
उदक यात्री गोपालप्रसाद पौड्यालका उत्कृष्ट उदकहरू –
१.
जीवन
निरन्तर चलिरहने
सम्बन्ध खाली सम्बन्धहरू !
२.
विनासकारी
आज लखेट्नुपर्ने
सेता हात्तीको बिगबिगी !
३.
समाज
विकासे एजेन्ट
शून्य धरातलको खेती !
४
नेपाल
सुन्दर मुलुक
अर्कैको पञ्जामा कैद !
५
कठ्याङ्ग्रिने
शिशिरको जाडो
झुपडीमा अनेक आर्तनाद !
- गोपालप्रसाद पौड्याल, विराटनगर

