• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: कला /जीवनशैली

माटोको भगवान बनाउन व्यस्त कलाकार ॥

  • ३ आश्विन २०७८, आईतवार १३:२५ मा प्रकाशित
  • कपिलवस्तु / नवदुर्गा भगवतीको पुजाका लागि यतिबेला कपिलवस्तुको पकडीमा रहेको मुर्तिकारहरु माटोको दुर्गा भवानीका मुर्ति वनाउन व्यस्त छन् । दशैको सप्तमी देखि एकादशी सम्म पुजा आजाका लागि निकालिने दुर्गा भवानीका मुर्तिहरु बनाएर यहांका कलाकारहरु ५ हजार देखि ३० हजार रुपैयामा सम्मका मुर्तिहरु बनाउंछन् ।

    मौसमी पेशा नभए पनि यसै पेशाबाट यस क्षेत्रमा करीव २ दर्जन कलाकारहरुले आफ्नो जिविकोपार्जन गर्दै आएका छन् । विगत केही वर्ष यता यस्ता मुर्तिहरु जिल्लामै वन्न थाले पछि भारतबाट आउने मुर्तिलाई प्रस्थिापन गर्दै यो पेशाले जिविकोपार्जनलाई समेत सघाउ पुर्याउने कपिलवस्तु मायादेवी ४ चाकरचौडाका बजारका मुर्तिकार गौरी शंकर गुप्ताले बताउनु भयो । वर्षको एक पटक भए पनि करीब ५० हजार देखि १ लाख रुपैयासम्म यसै पेशाबाट आम्दानी हुने उहाँको भनाई छ ।

    जिल्ला सदरमुकाम तौलिहवा, कृष्णनगर, बहादुरगंज लगायतका स्थानहरुमा करीब १ दर्जन बढी मुर्तिकारहरु यति बेला दुर्गा भवानीका मुर्तिहरु बनाउन व्यस्त देखिन्छन् । ३ महीना अघि सीमा पारी अलीगढ़वाबाट पकडीमा डेरा लिएर यिनीहरु मुर्ती बनाउन कस्सिएर लागेका छन् । मुर्तिकारहरुले पहिले परालको मुर्ती बनाएर त्यस माथी मलिलो माटो लगाएर फिनसिङ्ग गरि रंग लगाउने काम गर्दछन् ।

    Posted in कला /जीवनशैलीLeave a Comment on माटोको भगवान बनाउन व्यस्त कलाकार ॥

    माटोको भगवान बनाउन व्यस्त कलाकार ॥

  • ३ आश्विन २०७८, आईतवार १३:०५ मा प्रकाशित

    ‘कमेडी च्याम्पियन २’को उपाधि भरतमणिलाई

  • ३ आश्विन २०७८, आईतवार ००:१८ मा प्रकाशित

  • लोकप्रिय स्टयान्ड अप कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ सिजन २ को उपाधि भरतमणि पौडेलले जितेका छन् । शनिबार राती भएको ग्राण्ड फिनालेमा ताप्लेजुङका पौडेलले सबैभन्दा बढी भोट पाएर ‘कमेडी च्याम्पियन २’को उपाधि जितेका हुन् ।
    उपाधिसँगै उनले कार र २५ लाख रुपैयाँ पुरस्कार जितेका छन् । विभिन्न चरण हुँदै भरतमणिसँगै सिक्किमका विक्की अग्रवाल र गोरखाका सन्तोष थापा फाइनलमा पुगेका थिए ।
    उपाधि जितेका भरतमणि पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटाको क्यारिकेचर गरेपछि दर्शकको ‘नोटिस’मा परेका थिए । त्यस्तै उनले सेमिफाइनलमा पूर्व युवराज पारस शाहको क्यारिकेचर गरेका थिए । जुन प्रस्तुतीबाट निकै तारिफ पाएका थिए । उनी ‘कमेडी च्याम्पियन’मा सात पटकसम्म ‘पर्फर्मर अफ द राउण्ड’ बनेका थिए ।

    विशाल भण्डारीले निर्देशन गर्ने ‘कमेडी च्याम्पियन’ कान्तिपुर टीभी र युट्युब च्यानल ‘ओएसआर रियालिटी’बाट प्रशारण हुँदै आएको थियो । यसको पहिलो सिजनबाटै निर्णायकमा हास्यकलाकार सन्तोष पन्त, मनोज गजुरेल, अभिनेत्री ऋचा शर्मा र चलचित्र निर्देशक प्रदीप भट्टराई थिए भने शोलाई रीमा विश्वकर्माले होस्ट गर्दै आएकी थिइन् । ‘कमेडी च्याम्पियन’को पहिलो सिजनमा हिमेश पन्त विजेता बनेका थिए ।

    Posted in कला /जीवनशैली, मुख्य खबरLeave a Comment on ‘कमेडी च्याम्पियन २’को उपाधि भरतमणिलाई

    ‘कमेडी च्याम्पियन २’को उपाधि भरतमणिलाई

  • २ आश्विन २०७८, शनिबार २३:४० मा प्रकाशित
  • लोकप्रिय स्टयान्ड अप कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ सिजन २ को उपाधि भरतमणि पौडेलले जितेका छन् । शनिबार राती भएको ग्राण्ड फिनालेमा ताप्लेजुङका पौडेलले सबैभन्दा बढी भोट पाएर ‘कमेडी च्याम्पियन २’को उपाधि जितेका हुन् ।
    उपाधिसँगै उनले कार र २५ लाख रुपैयाँ पुरस्कार जितेका छन् । विभिन्न चरण हुँदै भरतमणिसँगै सिक्किमका विक्की अग्रवाल र गोरखाका सन्तोष थापा फाइनलमा पुगेका थिए ।
    उपाधि जितेका भरतमणि पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटाको क्यारिकेचर गरेपछि दर्शकको ‘नोटिस’मा परेका थिए । त्यस्तै उनले सेमिफाइनलमा पूर्व युवराज पारस शाहको क्यारिकेचर गरेका थिए । जुन प्रस्तुतीबाट निकै तारिफ पाएका थिए । उनी ‘कमेडी च्याम्पियन’मा सात पटकसम्म ‘पर्फर्मर अफ द राउण्ड’ बनेका थिए ।
    विशाल भण्डारीले निर्देशन गर्ने ‘कमेडी च्याम्पियन’ कान्तिपुर टीभी र युट्युब च्यानल ‘ओएसआर रियालिटी’बाट प्रशारण हुँदै आएको थियो । यसको पहिलो सिजनबाटै निर्णायकमा हास्यकलाकार सन्तोष पन्त, मनोज गजुरेल, अभिनेत्री ऋचा शर्मा र चलचित्र निर्देशक प्रदीप भट्टराई थिए भने शोलाई रीमा विश्वकर्माले होस्ट गर्दै आएकी थिइन् । ‘कमेडी च्याम्पियन’को पहिलो सिजनमा हिमेश पन्त विजेता बनेका थिए ।

    Posted in कला /जीवनशैलीLeave a Comment on ‘कमेडी च्याम्पियन २’को उपाधि भरतमणिलाई

    विष्णु माझीको अवस्था बुझ्न माइतीघर पुग्यो प्रहरी

  • २८ भाद्र २०७८, सोमबार १६:४६ मा प्रकाशित
  • काठमाडौंः लोक गायिका विष्णु माझीको अवस्थाबारे जानकारी लिन स्याङजा प्रहरीले अनुसन्धान थालेको छ। जिल्ला प्रहरी कार्यालय स्याङ्जाले माझीको माइती घरमा पुगेर सोधपुछ गरेको हो।

    पछिल्लो समय सामाजिक संजालमा माझीलाई बन्धक बनाएर राखेको र न्याय दिलाउनुपर्ने भन्दै प्रचार भएका छन्। यसैको कारण प्रहरील यसबारे जानकारी लिनको लागि माझीको माइतीघर पुगेको हो।

    जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख होविन्द बोगटीले दिएको जानकारी अनुसार माझीको माइतीघर पुग्दा कोही नभएको र ढोकामा ताल्चा लगाइएको थियो। जिल्ला प्रशासन कार्यालयको मौखिक आदेशबाट नै माझीको माइतीघरमा पुगेको बोगटीले बताए।

    तर जिल्ला प्रशासन कार्यालयलाई यसबारे केही जानकारी नभएको सुचना अधिकारी हरिप्रसाद शर्मा बताउँछन्। माझीको बारे सिडियोसँग पनि कुनै छलफल नभएको उनले जानकारी दिए। राष्ट्रिय मानव अधिकार आयोगका सहसचिव डा. टिकाराम पोखरेलले पनि आफुले माझीको अवस्थाबारे बुझ्न कुनै आदेश नदिएको बताएका छन्। पिडित आफैँले उजुरी नदिएसम्म घटनाको अनुसन्धान गर्न नसकिने पोखरेलले जानकारी दिए।

    दुई वर्ष अघि प्रमुख जिल्ला अधिकारी कोशहरि निरौला र प्रहरी उपरीक्षक राजकुमार लम्सालको सक्रियतामा माझी, उनका पति सुन्दरमणि अधिकारी, बाबा ताराबहादुर माझी, आमा धर्मकुमारी माझी र दाजु बाबुराम माझी प्रशासन कार्यालयमा आएका थिए।

    माझीले बाहिरी हल्लाजस्तो आफ्नो भोगाई नरहेको आजसम्म सुन्दरमणिले नै मलाई यहाँसम्म पुर्‍याएको भन्दै उनले आफु बन्धक नभएको बताएकी थिइन्।
    अन्नपुर्ण पोस्ट बाट साभार गरिएको।

    Posted in कला /जीवनशैलीLeave a Comment on विष्णु माझीको अवस्था बुझ्न माइतीघर पुग्यो प्रहरी

    दंगीशरण पोलिक्लिनिकमा डा. रवि स्वार र प्रवीण गुप्ता आउने ।

  • २६ भाद्र २०७८, शनिबार ०२:२५ मा प्रकाशित

  • यहि आउँदो असोज २ गते शनिबारका दिन तुलसीपुरको ‘ग’ लाइन स्थित तुलसीपुर उप-महानगरपालिकाको कार्यालय अगाडि रहेको दंगीशरण पोलिक्लिनिकमा नाक कान घाँटी विशेषज्ञ डा. रवि स्वार र मुत्र रोग विशेषज्ञ डा. प्रवीण गुप्ता आउने भएका छन्

    दंगीशरण पोलिक्लिनिक संचालक समितिका अध्यक्ष श्री जिबराज चौधरीले जनाएअनुसार स्वास्थ्य शिविर बिहान ८ बजेदेखि बेलुका ५ बजेसम्म रहने र यसअवधिमा पोलिक्लिनिकमा आफ्नो स्वास्थ्य अवस्था बारे चेकजाँच गराउने सम्पूर्ण लाई ओ.पि.डि शेवा निःशुल्क गरिने पनि उहाँले जानकारी दिनुभयो।

    दंगीशरण पोलिक्लिनिक यो भन्दा अघि नयाँ बसपार्क क्षेत्रमा सञ्चालन हुँदै आएकोमा भरखरै देखि ग’ लाइन स्थित तुलसीपुर उप-महानगरपालिकाको कार्यालय अगाडि पुरानो सिटि हस्पिटल रहेको घरमा सरेको र स्वास्थ्य सेवा नाफामुखी मात्र नभई सेवामुखी पनि भएकोले यसैलाई मध्यनजर गर्दै नयाँ ठाउँमा सेवा सञ्चालन गर्दा धेरैभन्दा धेरै बिरामी लाई सबैखाले सेवा पुर्याउन सकियोस् भन्ने मनसायका साथ निःशुल्क स्वास्थ्य शिविर संचालन गर्न लागेको बताउनुभयो ।

    Posted in कला /जीवनशैली, समाजLeave a Comment on दंगीशरण पोलिक्लिनिकमा डा. रवि स्वार र प्रवीण गुप्ता आउने ।

    “अपन राधेमाई युवा क्लव” द्वारा आयोजित संस्कृति कार्यक्रम सम्पन्न

  • २५ भाद्र २०७८, शुक्रबार १८:५९ मा प्रकाशित
  • उमेश कुशवाहा ,पर्सा / संस्कृति संरक्षण को निमित “अपन राधेमाई युवा क्लव” द्वारा आयोजित संस्कृतिक कार्यक्रम सभ्य र भव्य रूपले समापन भएको छ। महिलाहरु को हरितालिका तीज व्रतलाई मध्य नजर गर्दै मधेश फाउन्डेसन नेपाल की अध्यक्ष पिंकी यादवको पूर्ण सहयोगले यो कार्यक्रम गईएको थियो ।राति करिब ८ बजे देखि सुरु भएको कार्यक्रम बिहान ३ बजे समापन भयो।

    आजको कार्यक्रम को प्रमुख अतिथि मधेश फाउन्डेसन नेपाल की अध्यक्ष पिंकी यादव सभापति , राधेमाई युवा क्लबको अध्यक्ष श्री पवन यादव ,विशिष्ट अतिथि यस क्लबका उपाध्यक्ष रचना अधिकारी र अतिथि क्लबको वरिष्ठ सलाहकार मुकेश यादव उपस्थितिमा कार्यक्रम शुरू भएको थियो। ।

    राष्ट्रिय गान लाई सम्झिदै द्वीप प्रज्वलन गरी कार्यक्रम लाई सुरुवात गरिएको थियो। महिला हरुले यो तीज ब्रत आफ्नो श्रीमान हरु को आयु लामो समय सम्म जाओस् भने सोचले रात भारी जाग्नै पर्ने रहेछ जस्तो पुर्खा पूर्वज देखि चल्दै आएको संस्कार अहिले पनि त्यही सोचले पर्व मनाइन्छ ब्रत बस्ने महिला हरुले बताउनु भयो।

    आजको सांस्कृतिक कार्यक्रम को कलाकार छोटु राज हुनु हुन्थ्यो र उहाँको झाँकी टोली भारत बाट आएको जानकारी पनि गराउनु भएको थियो। लगातार ४ दिन देखि क्लब का संपूर्ण सदस्यहरूले आफ्नो भूमिका निर्वाह गर्दै आइरहेका थिए। सबैको सोच एउटै थियो की यस सांस्कृतिक कार्यक्रम लाई जसरी भए पनि सभ्य ,भव्य र शान्ति सुरक्षा को साथ गराउनु पर्छ ।

    क्लबको संपूर्ण सदस्य हरुको साथ सहयोग ले यो कार्यक्रम सफल भयो। यो सांस्कृतिक कार्यक्रम को लाग्ने सम्पूर्ण खर्च हरु प्रमुख अतिथि बेहोर्नु भएकोले उहाँलाई यस क्लबको को तर्फबाट हृदय देखि धेरै धेरै धन्यवाद क्लबले दिएको थियो । आजको कार्यक्रम मा लगभग ८०० भन्दा बढी आइमाई दिदी बहिनिहरु को उपस्थिति भएको थियो।

    शान्ति सुरक्षा कायम गरी दिनु भएको मा श्रीपुर वार्ड कार्यालय बाट खटिनु भएको सम्पूर्ण सुरक्षाकर्मी हरु लाई क्लब ले धन्यबाद दिएको थियो।

    Posted in कला /जीवनशैली, समाजLeave a Comment on “अपन राधेमाई युवा क्लव” द्वारा आयोजित संस्कृति कार्यक्रम सम्पन्न

    ऋचा शर्मालाई पुत्र लाभ

  • २३ भाद्र २०७८, बुधबार १२:५३ मा प्रकाशित
  • नायिका ऋचा शर्माले छोरालाई जन्म दिएकी छिन् । आज बिहान उनले छोरालाई जन्म दिएको पारिवारिक स्रोतले जनाएको छ । ऋचा आजै बिहान मात्र अस्पतालमा भर्ना भएकी थिइन् । ऋचाको सिजर गरिएको वुझिएको छ । आमा र छोराको अवस्था स्वस्थ रहेको छ ।
    नायिका ऋचा शर्माले करिब २ वर्ष अगाडि दिपेक्षा विक्रम राणासँग बिहे गरेकी थिइन् । पहिलो चरणको लकडाउनपछि ऋचा गर्भवती भएकी थिइन् ।
    नायिका शर्मा गर्भवती भएपछि पनि ‘कमेडी च्याम्पियन २’को निर्णायकको रुपमा काम गरिरहेकी थिइन् । तर, आमा बन्ने दिन नजिकिएपछि उनले यो साताबाट निर्णायक पदमा नरहने निर्णय गरेकी थिइन् ।

    Posted in कला /जीवनशैलीLeave a Comment on ऋचा शर्मालाई पुत्र लाभ

    नरेन र सायाको लघु चलचित्र ‘गहना’ सार्वजनिक

  • २३ भाद्र २०७८, बुधबार १२:४२ मा प्रकाशित
  • संचारकर्मी तथा निर्देशक लक्ष्मण सुवेदीले निर्देशन गरेको लघु चलचित्र ‘गहना’ युटुबमार्फत सार्वजनिक भएको छ । यो चलचित्रमा श्रीमान्–श्रीमतिविचको घरयासी समस्यालाई मुख्य बिषय बनाइएको छ । चलचित्र ३२ मिनेट लामो छ ।
    यो सिरियलले बेरोजगारी, आर्थिक अभाव र सामाजिक देखासिकीको कथालाई प्रस्तुत गरेको छ । गहना नभएका कारण माईत जान नसकेकी पत्नीका लागि पतिले कतिसम्म जोखिम मोल्न तयार हुन्छ भन्ने कुरा यो चलचित्रमा देखाइएको छ ।
    गहनाले झपक्कै भएर माइत जानुपर्ने, समाजलाई देखाउनुपर्नेे नेपाली समाजमा बिद्यमान सोचले गर्दा कतिसम्म समस्या आउँछ भन्ने कुरालाई स्पष्ट रुपमा चलचित्रले प्रस्तुत गरेको छ । पहिलो भागमा प्रचुर मात्रामा सस्पेन्स छोडिएको चलचित्र तेश्रो भागसम्म निर्माण हुने जानकारी निर्देशक सुवेदीले दिएका छन् ।
    यो लघु चलचित्रमा नरेन खड्का, साया भण्डारी र पुरन थापा मुख्य भूमिकामा छन् । चलचित्रको स्क्रिप्ट पनि निर्देशक सुवेदी आफैले लेखेका हुन् । बिमल ढकालले खिचेको चलचित्रको मुख्य सहायक निर्देशक बिनय पौडेल छन् । ललीतसिंह साउदले सम्पादन गरेको चलचित्रमा बिनोद भुजेलको पाश्र्वसंगीत छ । दिलासा क्रियसनको ब्यानरमा श्रीदेवी, दिलासा र सारा सुवेदी निर्माता रहेको ‘गहना’ काठमाडौ आसपासमै खिचिएको हो ।

    Posted in कला /जीवनशैलीLeave a Comment on नरेन र सायाको लघु चलचित्र ‘गहना’ सार्वजनिक

    फरक प्रस्तुतिका साथ दिबस खनिया पुन: टेलिभिजन कार्यक्रम लिएर आउँदै

  • २२ भाद्र २०७८, मंगलवार २२:१३ मा प्रकाशित
  • दिवस खनियाले आफ्नो नयाँ टेलिभिजन कार्यक्रमको नाम सार्बजनिक गरेका छन। उनले आफ्नो सामाजिक सन्जाल मार्फत नयाँ कार्यक्रम ‘द अदर साइड सो’ को फस्ट लुक सार्बजनिक गरेका हुन। बिगत लामो समय देखी बिभिन्न युवा केन्दृत र उत्प्रेरणात्मक कार्यक्रम उत्पादन र प्रस्तुत गर्दै आएका उनले भर्खरै मात्र योहो टेलिभिजन मार्फत ‘अ जर्नी थ्रु एग्जिस्टेन्स’ को दोश्रो सिजन सम्पन्न गरेका थिए।

    ‘अ जर्नी थ्रु एग्जिस्टेस’ ले दर्शक माझ राम्रो लोकप्रियता हाँसिल गर्दागर्दै अचानक बन्द भएको उक्त कार्यक्रममा खनियाले आनी छोइङ डोल्मा, अनुराधा कोइराला, महाबिर पुन, रमेश खरेल, गगन थापा, पुष्पा बस्नेत, सुरक्षा पन्त, योगी बिकाशानन्द लगायतसँग कुराकानी गरेका थिए। उक्त कार्यक्रम अचानक बन्द भएपछी खनियालाई दर्शकहरुले खोजिरहेकै बेला उनले भने आफ्नो फेसबुक मार्फत नयाँ कार्यक्रमको घोषणा गरेका हुन। बुझिए अनुसार, उनको नयाँ कार्यक्रम ‘द अदर साइड सो’ को सुटिङ छिट्टै सुरु हुँदैछ। उनको नयाँ कार्यक्रम बिगतका कार्यक्रम भन्दा केहि भिन्न र प्रस्तुती समेत फरक रहने छ। नाम बाट नै हामिले अड्कल लगाउन सक्छौँ कि देखिएको र देखिने भन्दा भिन्न पाटोलाई कार्यक्रम मार्फत देखाइने छ। यो कार्यक्रम सुरुमा १० देखी १५ शृँखला मात्र प्रस्तुत हुने र सुटिङ लगायत सबै काम सकिए पछी मात्र अन्य बिस्तृत जानकारी गराइने समेत बुझ्नमा आएको छ। यसरि हेर्दा दशैँ लगत्तै खनिया नयाँ टेलिभिजन कार्यक्रम लिएर पुन: दर्शक माझ आउने छन।

    Posted in कला /जीवनशैली, मुख्य खबरLeave a Comment on फरक प्रस्तुतिका साथ दिबस खनिया पुन: टेलिभिजन कार्यक्रम लिएर आउँदै

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P