ऋचा शर्मालाई पुत्र लाभ

  • २३ भाद्र २०७८, बुधबार १२:५३ मा प्रकाशित
  • नायिका ऋचा शर्माले छोरालाई जन्म दिएकी छिन् । आज बिहान उनले छोरालाई जन्म दिएको पारिवारिक स्रोतले जनाएको छ । ऋचा आजै बिहान मात्र अस्पतालमा भर्ना भएकी थिइन् । ऋचाको सिजर गरिएको वुझिएको छ । आमा र छोराको अवस्था स्वस्थ रहेको छ ।
    नायिका ऋचा शर्माले करिब २ वर्ष अगाडि दिपेक्षा विक्रम राणासँग बिहे गरेकी थिइन् । पहिलो चरणको लकडाउनपछि ऋचा गर्भवती भएकी थिइन् ।
    नायिका शर्मा गर्भवती भएपछि पनि ‘कमेडी च्याम्पियन २’को निर्णायकको रुपमा काम गरिरहेकी थिइन् । तर, आमा बन्ने दिन नजिकिएपछि उनले यो साताबाट निर्णायक पदमा नरहने निर्णय गरेकी थिइन् ।

    Leave a Reply