“अपन राधेमाई युवा क्लव” द्वारा आयोजित संस्कृति कार्यक्रम सम्पन्न

  • २५ भाद्र २०७८, शुक्रबार १८:५९ मा प्रकाशित
  • उमेश कुशवाहा ,पर्सा / संस्कृति संरक्षण को निमित “अपन राधेमाई युवा क्लव” द्वारा आयोजित संस्कृतिक कार्यक्रम सभ्य र भव्य रूपले समापन भएको छ। महिलाहरु को हरितालिका तीज व्रतलाई मध्य नजर गर्दै मधेश फाउन्डेसन नेपाल की अध्यक्ष पिंकी यादवको पूर्ण सहयोगले यो कार्यक्रम गईएको थियो ।राति करिब ८ बजे देखि सुरु भएको कार्यक्रम बिहान ३ बजे समापन भयो।

    आजको कार्यक्रम को प्रमुख अतिथि मधेश फाउन्डेसन नेपाल की अध्यक्ष पिंकी यादव सभापति , राधेमाई युवा क्लबको अध्यक्ष श्री पवन यादव ,विशिष्ट अतिथि यस क्लबका उपाध्यक्ष रचना अधिकारी र अतिथि क्लबको वरिष्ठ सलाहकार मुकेश यादव उपस्थितिमा कार्यक्रम शुरू भएको थियो। ।

    राष्ट्रिय गान लाई सम्झिदै द्वीप प्रज्वलन गरी कार्यक्रम लाई सुरुवात गरिएको थियो। महिला हरुले यो तीज ब्रत आफ्नो श्रीमान हरु को आयु लामो समय सम्म जाओस् भने सोचले रात भारी जाग्नै पर्ने रहेछ जस्तो पुर्खा पूर्वज देखि चल्दै आएको संस्कार अहिले पनि त्यही सोचले पर्व मनाइन्छ ब्रत बस्ने महिला हरुले बताउनु भयो।

    आजको सांस्कृतिक कार्यक्रम को कलाकार छोटु राज हुनु हुन्थ्यो र उहाँको झाँकी टोली भारत बाट आएको जानकारी पनि गराउनु भएको थियो। लगातार ४ दिन देखि क्लब का संपूर्ण सदस्यहरूले आफ्नो भूमिका निर्वाह गर्दै आइरहेका थिए। सबैको सोच एउटै थियो की यस सांस्कृतिक कार्यक्रम लाई जसरी भए पनि सभ्य ,भव्य र शान्ति सुरक्षा को साथ गराउनु पर्छ ।

    क्लबको संपूर्ण सदस्य हरुको साथ सहयोग ले यो कार्यक्रम सफल भयो। यो सांस्कृतिक कार्यक्रम को लाग्ने सम्पूर्ण खर्च हरु प्रमुख अतिथि बेहोर्नु भएकोले उहाँलाई यस क्लबको को तर्फबाट हृदय देखि धेरै धेरै धन्यवाद क्लबले दिएको थियो । आजको कार्यक्रम मा लगभग ८०० भन्दा बढी आइमाई दिदी बहिनिहरु को उपस्थिति भएको थियो।

    शान्ति सुरक्षा कायम गरी दिनु भएको मा श्रीपुर वार्ड कार्यालय बाट खटिनु भएको सम्पूर्ण सुरक्षाकर्मी हरु लाई क्लब ले धन्यबाद दिएको थियो।

    Leave a Reply