
यहि आउँदो असोज २ गते शनिबारका दिन तुलसीपुरको ‘ग’ लाइन स्थित तुलसीपुर उप-महानगरपालिकाको कार्यालय अगाडि रहेको दंगीशरण पोलिक्लिनिकमा नाक कान घाँटी विशेषज्ञ डा. रवि स्वार र मुत्र रोग विशेषज्ञ डा. प्रवीण गुप्ता आउने भएका छन्
दंगीशरण पोलिक्लिनिक संचालक समितिका अध्यक्ष श्री जिबराज चौधरीले जनाएअनुसार स्वास्थ्य शिविर बिहान ८ बजेदेखि बेलुका ५ बजेसम्म रहने र यसअवधिमा पोलिक्लिनिकमा आफ्नो स्वास्थ्य अवस्था बारे चेकजाँच गराउने सम्पूर्ण लाई ओ.पि.डि शेवा निःशुल्क गरिने पनि उहाँले जानकारी दिनुभयो।
दंगीशरण पोलिक्लिनिक यो भन्दा अघि नयाँ बसपार्क क्षेत्रमा सञ्चालन हुँदै आएकोमा भरखरै देखि ग’ लाइन स्थित तुलसीपुर उप-महानगरपालिकाको कार्यालय अगाडि पुरानो सिटि हस्पिटल रहेको घरमा सरेको र स्वास्थ्य सेवा नाफामुखी मात्र नभई सेवामुखी पनि भएकोले यसैलाई मध्यनजर गर्दै नयाँ ठाउँमा सेवा सञ्चालन गर्दा धेरैभन्दा धेरै बिरामी लाई सबैखाले सेवा पुर्याउन सकियोस् भन्ने मनसायका साथ निःशुल्क स्वास्थ्य शिविर संचालन गर्न लागेको बताउनुभयो ।


