एनआरएनए साउदीको सहजीकरण र नेपाली दूतावासको सहकार्यमा अस्थायी शिविर कार्यक्रम सम्पन्न ।

  • २६ भाद्र २०७८, शनिबार ००:५१ मा प्रकाशित
  • प्रत्येक महिनामा अस्थायी घुम्ति सेवा संचालन गरिने गरी अस्थायी शिविर कार्यक्रम अन्तर्गत दम्माम स्थित यस महिनाको लागी उक्त कार्यम १० सेप्टेम्बरका दिन दम्मामको अलफैसलामा सम्पन्न भएको छ।

    राहदानीको म्याद सकिएर नवीकरण गर्नु पर्ने नेपाली नागरिकहरू कोरोना महामारी र अन्य कारणले दूतावास रियाद सम्म जान नसकिएकाहरूलाई अस्थाई घुम्ति शिबिर संचालन गरी दूतावासको सेवा प्रदान गरिएको हो। गैर आवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद सउदीको सहजीकरण र नेपाली दूतावास रियादको सहकार्यमा साउदी अरबको पूर्वीय प्रान्तको दम्माममा अस्थायी घुम्ति शिविर संचालन गर्दै आएको छ।

    उक्त राहदानी सहजीकरण अस्थायी शिविर बाट पहिलो ५ सय १७ जना सेवा ग्राहीले सेवा प्राप्त गरेका छन् ।उक्त शिविर बाट ३ सय १७ जनाको राहदानी नवीकरणको फारम संकलन गरिएको र २ सय जनाको राहदानी नवीकरणक भएर आएको राहदानी वितरण पनि गरेको छ । पूर्वी प्रान्त दम्मामका लागी दूतावासका स्थानिय जन संपर्क अधिकारी हिरी घिमिरेले २०२१ को उक्त दिन सम्ममा कुल २ हजार ७ सय ३८ जनाको नवीकरण भई आएको राहदानी वितरण गरिएको जानकारी दिएका छन्।

    उक्त शिविर संचालनमा दूतावास रिदाद बाट का.बा. राजदूत दिलिप पौडेलको नेतृत्वमा दूतावासको पदाधिकारीहरु र सेवा ग्राहीको सहजताको लागी सहजीकरण तथा अनलाईन फारम भर्न एवम् अन्य व्यवस्थापन र सहयोग गर्न एनआरएनए साउदी अरब मातहतका निवर्तमान अध्यक्ष तथा नव निर्वाचित आईसीसी सदस्य तेज थापा,अध्यक्ष डमर यादब, लगायत क्षेत्रीय र स्थानीय समन्वय समितिहरूको दाधिकारीहरूको उपस्थिति रहेको थियो भने यस्तै सहयोगको लागी आदिवासी जनजाति महासंघ साउदीका पदाधिकारीहरू र हेल्प मधेश साउदीअरबका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

    Leave a Reply