• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: कला /जीवनशैली

साउथ इन्डियन फिल्मका स्टार जोडी चैतन्य र समन्थाको सम्बन्ध विच्छेद

  • १६ आश्विन २०७८, शनिबार २१:१४ मा प्रकाशित
  • समन्था भन्छिन् – सम्बन्ध विच्छेदपछि पनि विशेष सम्बन्ध रहिरहनेछ

    मुम्बई — साउथ इन्डियन फिल्मका सुपरस्टार नागा चैतन्य र समन्था अक्किनेनीले ४ वर्षको वैवाहिक सम्बन्ध विच्छेद गरेको घोषणा गरेका छन् । एक विज्ञप्ति जारी गर्दै उनीहरुले आफूहरु अब अलग हुने फैसला गरेको प्रतिक्रिया दिएका छन् ।

    साथै उनीहरुले यस मुद्दामा गोपनीयता दिन पनि सञ्चारमाध्यम समक्ष आग्रह गरेका छन् । समन्थाले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘मैले र नागा चैतन्यले आफ्नो बाटोमा हिँड्नका लागि पति पत्नीको रुपबाट अलग हुने फैसला गरेका छौं । एक दशकभन्दा लामो मित्रता हाम्रो सम्बन्धको मुख्य हिस्सा थियो । साथै हामीलाई विश्वास छ कि हाम्रो बीचमा एक विशेष सम्बन्ध रहनेछ ।’

    तर मिडियासमक्ष उनले गोपनीयताको माग समेत गरेकी छन् । उनले यस्तो कठिन समयमा आफूहरुलाई गोपनीयता र समर्थन चाहिएको भन्दै शुभचिन्तक र प्रशंसकहरुसँग अपिल समेत गरेकी छन् । उनले लेखेकी छन्, ‘यो कठिन समयमा हाम्रो समर्थन गरिदिनुहोला जसले हामीलाई यसभन्दा अगाडि बढ्न मद्दत मिलोस् ।’

    दुई चर्चित दक्षिण भारतीय कलाकारको सम्बन्ध विच्छेदबारे केही दिनदेखि नै भारतीय सञ्चारमाध्यमले समाचार बनाउँदै आएका थिए । सम्बन्ध विच्छेदको फैसलापछि समन्था र चैतन्यलाई अदालतमा परामर्श समेत दिइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यस सम्बन्ध विच्छेदपछि अभिनेत्री समन्थाले ५० करोड रुपैयाँ पाउने बताइएको छ ।

    समन्था अक्किनेनी र नागा चैतन्यले ६ अक्टोबर २०१७ मा गोवामा पहिले हिन्दू रीति रिवाज अनुसार र ७ अक्टोबरमा फेरि क्रिश्चियन रीति रिवाज अनुसार विवाह गरेका थिए । विवाहपछि समन्थाले आफ्नो नामको अगाडि अक्किनेनी जोडेकी थिइन् । जबकी सम्बन्ध विच्छेदपछि समन्थाले आफ्नो ट्वीटर ह्यान्डलबाट अक्किनेनी हटाएकी छन् । आगामी अक्टोबर ६ मा विवाहको चार वर्षगाँठ पूरा हुनुअघि नै उनीहरुले अलगिने घोषणा गरेका हुन् ।

    Posted in कला /जीवनशैलीLeave a Comment on साउथ इन्डियन फिल्मका स्टार जोडी चैतन्य र समन्थाको सम्बन्ध विच्छेद

    पन्थीलाई विद्यावारिधि उपाधि

  • १४ आश्विन २०७८, बिहीबार १६:०९ मा प्रकाशित
  • ऋषिकेश पन्थीले त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकायबाट “Performance of Trading Sector’s Public Enterprises in Nepal” (नेपालमा रहेका व्यापारिक क्षेत्रका सार्वजनिक संस्थानको कार्यसम्पादन स्तर) शीर्षकमा विद्यावारिधि अध्ययन सम्पन्न गर्नूभएको छ ।
    व्यापारिक क्षेत्रमा रहेका सार्वजनिक संस्थानहरुको कार्यसम्पादनको अवस्था, सबल तथा दूर्बल पक्षहरु पत्ता लगाउने उद्देश्यले गरिएको उक्त अनुसन्धानमा प्राथमिक र द्वितीय दुवै श्रोतहरुको प्रयोग गरी मिश्रित विधिको माध्यमबाट उक्त अनुसन्धान सम्पन्न गरिएको छ ।

    अनुसन्धानबाट व्यापारिक क्षेत्र अन्तर्गत सार्वजनिक संस्थानहरुको कार्यसम्पादन स्तर लगानीको तुलनामा कमजोर रहेको पाइएको छ । सार्वजनिक संस्थानमा कार्यसम्पादन स्तरको मापन, कार्यसम्पादन मुल्याêन, कार्यसम्पादन करार, कार्यसम्पादनमा आधारित तलब भत्ताको व्यवस्था, कार्यसम्पादनमा आधारित नेतृत्व चयन लगायतका विषयहरु विगत लामो समयदेखि अवलम्बन गर्दै आएता पनि सार्वजनिक संस्थानको कार्यसम्पादन स्तर निकै कमजोर देखिनुमा सार्वजनिक संस्थानको कमजोर नेतृत्व, मानव संशाधन व्यवस्थापनको चूस्ततामा कमी तथा समयसापेक्ष रुपमा प्रविधिमैत्री उत्पादन तथा वितरण प्रणाली लागु गर्न नसक्नु जस्ता कारणहरु अनुसन्धानको निष्कर्ष रहेको छ ।

    प्रखर बक्ता पन्थी हाम्रो हिमालयन दृष्टिका कानुनी सलाहकार हुनुका साथै नेपाल वायु सेवा निगमको आधिकारिक ट्रेड युनियनका कार्यकारी अध्यक्ष पनि हुनुहुन्छ !

    Posted in कला /जीवनशैलीLeave a Comment on पन्थीलाई विद्यावारिधि उपाधि

    नायिका एलिना परदेशीसँग काठमाण्डौबाट बिहार भाग्ने तयारीमा

  • १४ आश्विन २०७८, बिहीबार ०९:४३ मा प्रकाशित

  • वीरगंज, १३ असोज।नेपाली चलचित्र क्षेत्रकी उदयीमान नायिका एलिना बाँसकोटा काठमाण्डौबाट बिहार भाग्ने तयारीमा रहेको रहस्य खुलेको छ ।पर्खिनुस्, तपाईंले गलत सोंच्दै हुनुहुन्छ, नायिका एलिना बाँसकोटा विहेवारी गर्न वा देश नै छोडेर बिहारी भाग्न लागेकी होईनन्, उनी आशुतोष फिल्म प्रोडक्सन प्रा. लि र नमस्ते नेपाल इन्टरटेन्मेट प्रा.लिको ब्यानरमा बन्न लागेको “बिहार से काठमाडौं” नामक भोजपुरी कथानक चलचित्रमा काठमाण्डौबाट बिहार जान लागेकी हुन् ।बिहीबारदेखि वीरगंजमा सो चलचित्रको हुन लागेको छायाकंनबारे जानकारी गराउन आयोजित पत्रकार भेटघाट कार्यक्रम मार्फ़त नायिका बाँसकोटा बिहार भाग्न लागेको जानकारी गराइएको छ ।गोपाल पौडेल र किरण सरकारको निर्माणमा नेपालकै कान्छो निर्देशक नारायण दत्त उपाध्यायको निर्देशनमा बन्न लागेको सो चलचित्रको मुख्य भूमिकामा नायक परदेशी साह र नायिका एलिना बाँसकोटाले अभिनय गर्नु हुनेछ ।८० लाख देखि एक करोड़को बजेटमा निर्माण हुन लागेको सो फ़िल्मको छायांकन २८-३० दिन भित्रै सम्पन्न गरिने योजना रहेको निर्माण कम्पनीले जनाएको छ ।

    फ़िल्मले नेपाल-भारत दुई देश बीचको सांस्कृतिक र मैत्री सम्बन्ध, भाषा, रितिथिति परम्परा, काठमाण्डौ जस्तो शहर की छोरी बिहार जस्तो अलग परिवेशका केटासँग जाँदा सामना गर्नु पर्ने अनेक पक्षको चित्रण इत्यादिलाई मनोरंजक एवं पारिवारिक हिसाबले हेर्न मिल्ने गरि निर्माण गर्न लागिएको बताइन्छ ।नेपाल पत्रकार महासंघ, पर्साको सभाकक्षमा आयोजित पत्रकार सम्मेलनमा नेशनल एवं नेपाल मेडिकल कलेजका प्रबन्ध निर्देशक बसरूद्दीन अंसारी, फिल्मका निर्देशक नारायण दत्त पौडेल, निर्माताको तर्फबाट नवीन अग्रवाल, किरण सरकार, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारी, नायक परदेशी साह, नायिका एलिना बाँसकोटालगायतको सहभागिता रहेको थियो ।

    नायिका एलिनाले आईएम क्रेजी, अहिंसा, जननी, फेरिफेरी, अदालत, अंजली, तलासलगायतका नेपाली फ़िल्महरूमा अभिनय गरिसक्नु भएको छ । साथै उनले साउथ इंडियन फ़िल्म चेन्नई-३मा डागा-डागा भन्ने आइटम गीतमा समेत अभिनय गरिसक्नु भएको छ । “बिहार से काठमाण्डौ” नायिका एलिनाको पहिलो भोजपुरी फ़िल्म हो भनें नायक परदेशीले यसअघि एसपी खरेल, जब प्यार किया तो डरना क्या, दीवाना-२, जय मधेश, देश प्रेमीलगायत झन्डै एक दर्जन भोजपुरी फ़िल्ममा नायकको भूमिकामा अभिनय गरिसकेका छन् भनें चार वटा नेपाली चलचित्रमा समेत अभिनय गर्नु भएको छ ।
    २०७८ असोज १४ गते विहीबार क्राइमचेक साप्ताहिकमा प्रकाशित

    Posted in कला /जीवनशैली, मुख्य खबरLeave a Comment on नायिका एलिना परदेशीसँग काठमाण्डौबाट बिहार भाग्ने तयारीमा

    गायक किरण गजमेरलाई नेपाल प्रवेशमा रोक

  • १३ आश्विन २०७८, बुधबार १९:०९ मा प्रकाशित
  • काठमाडौं । गायक किरण गजमेरलाई नेपाल प्रवेशमा रोक लगाइएको छ । सिङ्गिङ रियलिटी शो ‘द भ्वाइस अफ नेपाल’का विजेतासमेत रहेका गायक गजमेर अमेरिकी नागरिक हुन् ।

    गायक गजमेरले नेपाल बस्न पाउने अवधि गुजारिसकेकाले गृह मन्त्रालयले उनलाई नेपाल प्रवेशमा रोक लगाएको हो । एक प्रवेशाज्ञा (भीसा) वर्षमा अमेरिकी नागरिकहरुले १ सय ८० दिन मात्र नेपाल बस्न पाउने प्रावधान रहेको छ ।

    अध्यागमनले नेपाल प्रवेशमा रोक लगाएसँगै गायक गजमेर सन् २०२१ भर नेपाल आउन पाउने छैन । अध्यागमनका अनुसार उनले सन् २०२१ मा नेपाल बस्न पाउने अवधि गुजारिसकेका छन् । अब उनी सन् २०२२ मा मात्र नेपाल प्रवेश गर्न पाउनेछन् ।

    गत सोमबार कतार एयरको क्यूआर ६५० नम्बरको उडानबाट नेपाल आएका गायक गजमेरलाई सोही दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले त्यहीबाट अमेरिका फिर्ता पठाएको थियो ।

    ‘द भ्वाइस अफ नेपाल’ को तेस्रो संस्करणमा उनलाई दर्शकहरुले सर्वाधिक रुचाएका थिए ।

    Posted in कला /जीवनशैलीLeave a Comment on गायक किरण गजमेरलाई नेपाल प्रवेशमा रोक

    ‘मिस नेपाल युएस’को उपाधि प्रतिक्षालाई

  • ११ आश्विन २०७८, सोमबार १६:५४ मा प्रकाशित
  • ‘मिस नेपाल युएस २०२१’ को उपाधि प्रतिक्षा शुक्लाले जितेकी छन् । शनिबार अमेरिकाको न्यूयोर्कमा आयोजित फाइनलमा १०ल जना प्रतियोगीलाई पछि पार्दै प्रतिक्षाले उपाधि उचालेकी हुन् ।
    प्रतियोगितामा फष्ट रनरअप कला न्यौपाने र सेकेण्ड रनरअप अलिशा लिम्बु हुन सफल भए । यो ‘मिस नेपाल युएस’को १० औं संस्करण हो । यो प्रतियोगीतामा अमेरिकाका विभिन्न राज्यबाट प्रतियोगीहरु सहभागी थिए ।
    प्रतियोगीताको शिर्ष दश स्थानमा अपेक्षा सिंह गुरुङ परियार, कला न्यौपाने, प्रतिक्षा शुक्ला, प्रतिशा प्रधान, प्रितिजा जैसी, रीया श्रेष्ठ, सुनिता अधिकारी, सान्यमिता श्रेष्ठ ,सोन्याषा थापा तथा अलिशा लिम्बु पुगेका थिए । रहेका थिए ।
    न्यूयोर्कको क्विन्स थिएटरमा यो प्रतियोगीता आयोजना भएको थियो ।

    Posted in अन्तर्राष्ट्रिय, कला /जीवनशैलीLeave a Comment on ‘मिस नेपाल युएस’को उपाधि प्रतिक्षालाई

    बेस्ट ब्युटिसियन अवार्डबाट लायन गुड्डी जोशी सम्मानित

  • ८ आश्विन २०७८, शुक्रबार १३:०७ मा प्रकाशित
  • काठमाडौं, असोज ।
    क्रियटिभ ईन्साइट मिडिया प्रालिको आयोजना तथा रोज शिप विकाश तालिम केन्द्रको व्यवस्थापनमा नेपालमा पहिलो पटक सौन्दर्यकर्मी, फेसन मोडल तथा फेशन डिजाईनरहरुको लागि आयोजित नेपाल ब्युटिसियन एण्ड फेसन अवार्ड–२०७८ कार्यक्रममा फेमिन ब्युटी होम एण्ड ट्रेनि· सेन्टर वीरगंजकी संचालिका एवं लायन्स क्लबकी वुमेन इम्पावरमेन्ट डिष्ट्रिक्ट चिफ लायन गुड्डी जोशीलाई बेस्ट ब्युटिसियन अफ दि इयर २०७८ एवार्डबाट सम्मानित गरिएको छ । बेस्ट ब्युटिसियन अफ दि इयर २०७८ एवार्डबाट सम्मानित लायन गुड्डी जोशी लामो समयदेखि सौन्दर्य व्यवसाय तथा लायन्स क्लब मार्फत सामाजिक सेवामा सक्रिय हुनुहुन्छ ।
    सुन्दरताको क्षेत्रमा महत्त्वपुर्ण योगदान पुर्‍याएका ब्युटी पार्लर, ब्युटी ट्रेनि· सेन्टर, सौन्दर्य व्यवसायसँग आवद्ध सम्पूर्ण विधा–मेकअप, हेयर, नेल, फेसियल लगायत अन्य विधा, कस्टमेटिक प्रोडक्ट, कस्टमेटिक कम्पनि र फेसन मोडल र फेसन बुटिकलाइ समेट्दै अवार्ड सम्पन्न गरिएको कुरा रोज शिप विकाश तालिम केन्द्रकी अध्यक्ष वरिष्ठ सौन्दर्यबिद सोनी कारंजितले जानकारी गराउनु भएको छ ।
    प्रमुख अतिथि चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त अवार्डमा विशेष अतिथि चलचित्र कलाकार संघका अध्यक्ष रबिन्द्र खड्का, नेपाल फिल्म सोसाईटीका अध्यक्ष कृष्ण मल्ल, चलचित्र द्वन्द कलाकार संघका अध्यक्ष नारायण प्रधान, कलाकार संघका उपाध्यक्ष वरिष्ठ चलचित्रकर्मी मोहन निरौला, नृत्य कलाकार संघका अध्यक्ष जनक कार्की, चलचित्र निर्देशक समाजकी कोषाध्यक्ष समुन्द्र भट्ट, वरिष्ठ अभिनेता धिरेन शाक्य, वरिष्ठ अभिनेत्री शर्मिला मल्ल, वरिष्ठ गायिका देविका बन्दना, वरिष्ठ हास्य कलाकार उत्तम केसी, समाजसेवी प्रकाश कुमार श्रेष्ठ, ईभेण्ट डाइरेक्टर निशु कान्त झा, पत्रकार डब्बु क्षेत्रि, अभिनेता प्रशान्त ताम्राकार लगायतका रहेका थिए ।
    सौन्दर्यकला क्षेत्र अहिले हरेक व्यक्तिको लागि अपरिहार्य भैसकेको हुँदा नेपाली सौन्दर्यकला व्यवसायलाइ राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा पुर्‍याउन तथा सौन्दर्यकर्मीहरुको पेशालाइ सम्मान गर्दै उनीहरुको काम र व्यक्तित्वलाइ निखार्दै नेपालमा बढदै गईरहेको सौन्दर्यकला प्रतिको लगावलाइ व्यवस्थित गर्ने र पार्लर व्यवसायहरुलाई छुट्टै उँचाइमा पुर्‍याउन र ब्युटिसियन अवार्डको महत्त्वलाइ अझ फराकिलो बनाउँदै सम्पुर्ण सौन्दर्यकर्मीहरुको मनोबललाई उच्च बनाइ पार्लर तथा कस्टमेटिक व्यवसायलाई उद्योगको रुपमा स्थापना गर्न यस अवार्ड कार्यक्रमको आयोजना गरिएको अवार्डका संस्थापक निर्देशक सुर्य चन्दले बताउनु भयो ।
    अवार्ड समारोहमा सौन्दर्यकला क्षेत्रमा उच्च योगदान पुर्‍याएका सौन्दर्यबिद, सौन्दर्यकर्मी, समाजका विभिन्न प्रतिष्ठित व्यक्तिहरुलाइ समेत सम्मान गरिएको थियो ।

    Posted in कला /जीवनशैलीLeave a Comment on बेस्ट ब्युटिसियन अवार्डबाट लायन गुड्डी जोशी सम्मानित

    हेलिकप्टरमार्फत खुम्बू पुगेर गायिका इन्दिरा जोशीले गरिन् ‘इङ्गेजमेन्ट’

  • ८ आश्विन २०७८, शुक्रबार १०:१७ मा प्रकाशित
  • काठमाडौं । गायिका इन्दिरा जोशीले बिहीबार ‘इंगेजमेन्ट’ गरेकी छन् । उनले इंगेजमेन्ट गरेको भिडियो राखेर धेरैले सामाजिक संजालमा बधाइ दिएपछि वास्तविकता खुलेको हो ।

    गायिका जोशीले सोबारे औपचारिक रुपमा भने कतै जानकारी दिएकी छैनन् । उनले हेलिकप्टरमा खुम्बू पुगेर फेसन डिजाइनर शरद केडियासँग इन्गेजमेन्ट गरेको पाइएको छ ।

    उनले इंगेजमेन्ट गरेको भिडियो अहिले सामाजिक संजालमा जताततै छाएको छ । गायिका जोशीलाई क्याप्टेन विवेक थापाले टिकटकमा भिडियो राखेर बधाइ दिएका छन् । उक्त भिडियो अहिले भाइरल बनेको छ । उनले जोशी र केडिया दुवैलाई बधाइ दिएका छन् ।

    गायिका जोशीले यसअघि नै प्रेममा रहेको बताएकी थिइन् । तरपनि उनले आफ्नो प्रेमीबारे भने खुलाएकी थिइनन् ।

    Posted in कला /जीवनशैलीLeave a Comment on हेलिकप्टरमार्फत खुम्बू पुगेर गायिका इन्दिरा जोशीले गरिन् ‘इङ्गेजमेन्ट’

    असोज दोस्रो सातादेखि हल खोल्ने तयारी

  • ७ आश्विन २०७८, बिहीबार १८:१५ मा प्रकाशित
  • असोज दोस्रो सातादेखि हल खुल्ने भएका छन् । नेपाली निर्माताहरुले दसैं लक्षित गरेर फिल्म प्रदर्शन गर्ने तयारी थालेसँगै हल खोल्ने तयारी भएको हो ।

    यसअघि काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीले उपत्यकाभित्रका हल खोल्ने अनुमति दिएको थियो। तर हलहरुको छाता संगठन चलचित्र संघले नेपालभरको हल खोल्ने अनुमति दिनुपर्ने भन्दै हल नखोल्ने निर्णय गरेको थियो।

    अब भने आफूहरु असोज दोस्रो साताबाट नेपालभरकाहल खोल्ने तयारीमा पुगेको चलचित्र संघका अध्यक्ष मदुसुधन प्रधान बताउँछन्।

    ‘हामीले हल खोल्ने तयारी गरिरहेका छौं नै। पहिला पनि हामीले कोभिडको समयमा हल खोलेका थियौं। तर हलले फिल्म नै पाएन। तर यसपालि ढिला भए पनि तयारीका साथ खोलौं भन्ने हिसाबले छलफलहरु गरिरहेका छौं, ‘प्रधानले भने, ‘८/१० फिल्मको प्रदर्शन क्यालेन्डर बनाएरै फिल्म हल खोल्ने तयारी हो। अब फिल्म हलमा नभएर बन्द गर्नु नपरोस् भन्ने उद्देश्यले हामी अगाडि बढाइरहेका छौं। जिल्ला प्रशासन कार्यालयले उपत्यकाभित्रको हल खोल्ने अनुमति दियो। उपत्यकाभित्रका हल खोल्दा निर्माता फिल्म दिँदैन। त्यसैले अहिले सबै जिल्लाका सिडिओलाई पत्राचार गर्दैछौं। धेरै ठाउँबाट सकारात्मक प्रतिक्रिया आइरहेको छ। यो असोज दोस्रो हप्ताभित्रमा हलहरु खुल्छ। हामी स्वास्थ्य मापदण्ड अपनाएर नै हल खोल्छौं।’

    हालै निर्देशक सोभित बस्नेतले असोज २६ फूलपातीको दिनलाई लक्षित गरेर आफ्नो नयाँ फिल्म ‘डाँडाको वर पिपल’ प्रदर्शन गर्ने घोषणा गरिसकेका छन्। कोरोनाको त्रास घटेसँगै महामारीअघि नै प्रदर्शन रोकिएका फिल्महरुले प्रदर्शनको तयारी अगाडि बढाएका छन्।

    ‘चपली हाइट–३’, ‘हिजोआज भोलि’, ‘लक्का जवान’, ‘म यस्तो गीत गाउँछु’, ‘प्रेमगीत-३’, ‘चिसो मान्छे’ लगायतका फिल्महरुको प्रदर्शन पक्का गरेर फिल्म खोल्ने तयारीमा छ चलचित्र संघ। ‘अब फिल्म हल खुल्छ। खोल्नै पर्‍यो। यो निर्माण, वितरण र प्रदर्शनले चलचित्र क्षेत्र चलायमान बनाउन चालेको प्रयास हो। अब अहिले त धेरैले खोप लगाइसके, बजारहरु खुलिसक्यो। अब हामीले आँट गर्न बाँकी हो,’संघका अध्यक्ष प्रधानले भने।

    Posted in कला /जीवनशैलीLeave a Comment on असोज दोस्रो सातादेखि हल खोल्ने तयारी

    यसरी चर्चित हुँदैछ विष्णु माझीको दशैं–तिहार गीत

  • ७ आश्विन २०७८, बिहीबार १७:१७ मा प्रकाशित
  • ६ असोज, काठमाडौं । मान्छेको स्वभाव– लुकेको/लुकाइएको कुरालाई धेरै हेर्न खोज्छ । कुनै पनि कुरालाई जति लुकाइन्छ, त्यसप्रति चासो र उत्सुकता त्यति नै बढी हुन्छ । नदेखेको, नभेटेको कुरामा मान्छेले स्वाभाविकै बढी चासो दिन्छ ।
    सांगीतिक बजारमा विष्णु माझी त्यस्तै एक चासो र रहस्यले भरिएकी लोकगायिका हुन् । उनीप्रति मानिसको चासो अत्यधिक छ । किनभने, उनी सार्वजनिक जीवनमा देखिएकी छैनन् । सर्वत्र उपलब्ध छैनन् । बजारमा देखिएकी छैनन् ।
    ‘विष्णु माझी कस्ती छिन् ?’, ‘उनी किन सार्वजनिक छैनन् ?’, ‘गुप्तवास उनको स्वेच्छा कि बाध्यता ?’, ‘मान्छे सामाजिक प्राणी भएपछि समाजमा घुलमिल हुन खोज्छ । उनले गुप्तवास जीवन बिताउन चाहिरहेको हो भने किन ?’, ‘कस्तो खालको जीवन उनले खोजेको हो ?’, ‘श्रीमानले नजरबन्दमा राखेर उनी सार्वजनिक नभएकी हुन् कि ?’, ‘त्यसो हो भने उनले विद्रोह गर्थिन् होला ।’
    यी र यस्तै दर्जनौं चासो, चिन्ता र जिज्ञासाहरू उनीमाथि केन्द्रित छ । यिनै सवालले उनलाई ‘हटकेट’ बनाएको छ । त्यसमा सोसल मिडिया (फेसबुक, टिकटक)ले बढी नै मलजल गरेको छ । यही मेसोमा विष्णु माझीका एकपछि अर्को माधुर्य गीतहरू सार्वजनिक भैरहेका छन् । उनको गीतमा यति धेरै माधुर्यता र मोहनी लगाउने क्षमता हुँदैन थियो भने शायद गुप्तवास बसे पनि उनको यति धेरै सोधीखोजी हुँदैनथ्यो होला । अवस्था यस्तो छ कि उनका हरेक गीतले श्राेता/दर्शकलाई अत्यधिक तानिरहेको छ ।
    तीजमा ‘चरी जेलैमा’ले यत्रतत्र, सर्वत्र चर्चा पायो । अहिले उनको दशैं तिहार गीत सार्वजनिक भएको छ । बुधबार मात्रै सार्वजनिक गीतको बोल छ, ‘दशैं तिहार आइसक्यो’ । यस गीतले पुनः दर्शक/श्राेतालाई तान्ने आकलन गरिएको छ ।
    सांगीतिक बजारमा फेरि केही दिन उनको गीतको बोलवाला बढ्ने संगीतकर्मीहरूकाे अनुमान छ । यतिसम्म कि नयाँ गीत सार्वजनिक गर्ने तयारीमा रहेका अन्य केही गायक–गायिकाहरू यो गीत आएपछि ‘ब्याक’ भएका छन् ।
    एक चलेका लोकगायकले अनलाइनखबरसँग भने, ‘आज दशैं तिहार गीत सार्वजनिक गर्ने तयारी गरेका थियौं । तर, हिजो साँझ विष्णु माझीको गीत सार्वजनिक भएछ । अब आज र भोलि त्यस गीतको रेस्पोन्स हेरेर मात्र हाम्रो गीत सार्वजनिक गर्नुपर्ला ।’
    तीज गीत ‘चरी जेलैमा’पछि आफ्नै म्युजिक कम्पनी (सपना म्युजिक इन्डष्ट्रिज)मार्फत सार्वजनिक भएको गीत हो– ‘दशैं तिहार आइसक्यो’ । यस गीतमा पनि विष्णु माझीकै श्रीमान सुन्दरमणि अधिकारीको शब्द र संगीत छ । विष्णु माझीको स्वर रहेको गीतमा महिमा आचार्यको कोरस गायन छ ।
    सुन्दरमणिले गीतका शब्दलहर निकै सरल रूपमा उनेका छन् । उसो त उनी आफैंमा लोकदोहोरीका यस्ता स्रष्टा हुन्, जसले मौलिक, मर्मस्पर्शी गीत रचना गर्ने, संगीत भर्ने क्षमता राख्दछ । त्यहीअनुसारको भिडियो निर्माण गर्न सक्छन् उनी । उनका यसअगाडिका गीतले उनको क्षमता प्रमाणित भइसकेको छ ।
    त्यसकै निरन्तरता हो, ‘दशैं तिहार आइसक्यो’ । यस गीतलाई विष्णुले निकै मज्जाले गाएकी छिन् । गीतमा दशैं तिहार आइसकेको र झल्को लाइसकेको जनाउँदै आफ्नो परदेशी मान्छेलाई गाउँमा बोलाइएको छ ।
    गीतको भिडियो उत्तिकै राम्रो बनेको छ । भिडियोको मनमोहक दृश्यले जोकोहीलाई लोभ्याउन सक्छ । अडियोले जस्तै भिडियोले दर्शकलाई मोहित बनाउँछ । भिडियोमा शिव विकको कोरियोग्राफी निकै गज्जब देखिन्छ । शिव नेपाली म्युजिक भिडियो निर्देशनमा निकै सफल व्यक्ति हुन् । यसअगाडि विष्णुको ‘चरी जेलैमा’ गीतलाई पनि उनै शिवले कोरियोग्राफी गरेका थिए ।
    सुन्दरमणिकै निर्देशन रहेको भिडियोमा प्रिया विष्टले अभिनय गरेकी छिन् । रोचक कुरा के भने, विष्णुको तस्वीर तथा भिडियोहरू सार्वजनिक नभएको अवस्थामा विष्णुका श्रीमान भने मिडियामा नआए पनि भिडियोमा देखिइरहेका हुन्छन् । यस गीतको भिडियोमा पनि सुन्दरमणिले अभिनय गरेका छन् ।
    शम्भु चालिसेको छायांकन रहेको भिडियोलाई सुजन शाहीले सम्पादन गरेका छन् । भिडियोले युट्युबमा भ्यूजको गति बढाउँदै गएको छ । सार्वजनिक भएको २४ घण्टा नबित्दै भिडियोलाई ४ लाख ८० हजार भन्दा धेरैपटक हेरिसकिएको छ । टिकटकमा पनि यो गीतले चर्चा बटुल्दै गएको छ ।

    Posted in कला /जीवनशैलीLeave a Comment on यसरी चर्चित हुँदैछ विष्णु माझीको दशैं–तिहार गीत

    आमा बनिन् प्रियंका

  • ६ आश्विन २०७८, बुधबार १३:२२ मा प्रकाशित
  • नायिका प्रियंका कार्की आमा बनेकी छिन् । प्रियंकाले छोरीलाई जन्म दिएकी हुन् । सामाजिक संजालमा तस्वीर पोष्ट गर्दै प्रियंकाले आफू आमा बनेको उल्लेख गरेकी छिन् । प्रियंकाले यो सुन्दर संसारमा छोरी आयंका कार्कीलाई स्वागत छ भनेर लेखेकी छिन् । तस्वीरमा प्रियंका र आयुष्मान देशराज जोशी खुशी देखिएका छन् ।
    नायिका प्रियंका र नायक आयुष्मान देशराज जोशीले वि.सं २०७६ साल फागुण १६ गते बिबाह गरेका थिए ।
    पहिलो चरणको लकडाउनपछि प्रियंका गर्भवती भएकी थिइन् । गर्भवती भएपछि प्रियंकाले सामाजिक संजालमा पोष्ट गरेका तस्वीरहरुले उनको चर्चा, आलोचना सबै भएको थियो ।

    Posted in कला /जीवनशैलीLeave a Comment on आमा बनिन् प्रियंका

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P