• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: अर्थ

बचत खातामा सुविधा दिन बैंकहरुको होडबाजी, कुन बैंकमा कति सुविधा ?

  • ९ फाल्गुन २०७६, शुक्रबार १५:२८ मा प्रकाशित
  • ५ फागुन, काठमाडौं । कुनैबेला ३२ वटामा पुगेका वाणिज्य बैंकहरु अहिले घटेर २७ मा झरेका छन् । नेपाल राष्ट्र बैंकको पुँजी वृद्धिको योजनाले अधिकांश विकास बैंक तथा फाइनान्स कम्पनीहरुको अस्तित्व समाप्त भए पनि वाणिज्य बैंकको संख्या थोरैमात्रै घट्यो ।
    ३ वर्ष अघिसम्म २ अर्ब रुपैयाँ चुक्ता पुँजी रहेका वाणिज्य बैंकहरुले अहिले ८ अर्ब नघाइसकेका छन् । चार गुणा पुँजी बढाएका बैंकहरुबीच यतिबेला भने तीव्र प्रतिष्पर्धा देखिएको छ ।

    बैंकहरुले बीमा सुविधादेखि एटीएम कार्ड प्रयोग शुल्क, कर्जाको ब्याजदरमा छुट सुविधा लगायतका योजनाहरु अघि सारेर ग्राहक फकाउने मेसो गरिरहेका छन् । सबै बैंकका आ–आफ्नै स्कीम छन् । आफ्ना योजनाहरु बारे सर्वसाधारणसम्म पु¥याउन बैंकहरुले सञ्चार माध्यमदेखि सामाजिक सञ्जालमामात्रै होइन सडकको घुम्तिका चोकचोकसम्म विज्ञापनहरु राखेका छन् ।
    पूर्व बैंकर अनलराज भट्टराई बैंकहरुले ग्राहकका लागि सुविधा दिनु राम्रै विषय भएको बताउछन् । बैंकले दिएको सुविधाकोे ग्राहकले भरपुर उपयोग गर्नु पर्ने पूर्व बैंकर अनलराज भट्टराईको भनाई छ ।
    जति बैंकहरुले सुविधा दिन प्रतिष्पर्धा गर्छन त्यसको प्रत्यक्ष फाइदा भने सर्वसाधारणलाई नै हुने हो । केहि बैंकहरुले सर्वसाधारणका लागि अघि सारेका विभिन्न सुविधाहरु बारे यहाँ चर्चा गरौं ।
    बचत खातामा अफरै, अफर !
    बैंकहरुले पछिल्लो समय बीमा सुविधालाई विशेष ध्यान दिएका छन् । बीमा सम्बन्धी विभिन्न स्कीमहरु ल्याएर बैंकहरुले आफ्ना ग्राहकहरुलाई सुविधा दिने बताइरहेका छन् । बैंकमा बचत खाता खोल्दैमा सामान्यतया बैंकहरुले कति रुपैयाँसम्मको बीमा सुविधा दिएका होलान ? पाँच लाख, दश लाख वा त्योभन्दा कम ।
    धेरै रकम बराबरको सुविधा र विभिन्न किसिमका बीमा सुविधा दिनेहरुको सूचिमा पछिल्लोपटक एन आई सी एशिया बैंक लिमिटेड अग्रपङतीमा देखिएको छ । यस बैंकले ग्राहकले विश्वास नै गर्न नसक्ने मूल्य बराबरको बीमा सुविधा दिन थालेको छ । त्यो पनि तीन÷तीन किसिमका बीमा सुविधा ।
    यसो त अन्य बैंकले पनि बीमा सुविधा नदिएका होइनन् तर एन आई सी एशियाको बीमा सुविधा अतुलनिय नै देखिन्छ । एन आई सी एशिया, नबिल, मेगा, सानिमा र माछापुच्छ्रे बैंकले दुर्घटना बीमा अन्तर्गत १०/१० लाख रूपैयाँ दिने जनाएका छन् ।
    सनराइज, एभरेष्ट, ग्लोबल आईएमई र हिमालयनले भने ५/५ लाख रूपैयाँको योजना राखेका छन् । त्यस्तै घातक रोगहरुका लागि एन आई एशियाले सर्वाधिक उच्च १० लाख रूपैयाँ दिइरहेको छ भने नबिल, मेगा, सानिमा, माछापुच्छ्रेले ३÷३ लाख रूपैयाँ बराबरको बीमा सुविधा ल्याएका छन् ।
    अन्त्यमा, तेस्रो मेडिकल बीमामा एनआईसी एशिया, मेगा, सनराइज, माछापुच्छ्रे र एभरेष्ट बैंकल ले १/१ लाख रूपैयाँको बीमा सुरक्षित गरेका छन् । यसभित्र पनि विभिन्न सर्त र सीमा भित्र रकम अफर गरिएको छ । जस्तै, एन आई सी एशिया बैंकले १ लाखको मेडिकल बीमा सुविधा अन्र्तगत रु.८०,००० अस्पताल भर्ना बापत र रु. २०,००० ओपीडी बापत बीमा दिने दाबी गरेको छ ।
    ओपीडी अन्तर्गत सर्वाधिक उच्च बीमा दिने बैंक एन आई सी एशिया नै रहेको छ । यसर्थ, उक्त ओपीडी बीमा सेवाले ग्राहकवर्गलाई अस्पतालमा भएका सामान्य खर्च जस्तै डाक्टरको शुल्क, ल्याब टेष्ट, औषधि खर्च लगायतका खर्चहरु बापत रु. २०,००० सम्मको भरपाई गर्नेछ । माछापुच्छ्रेले ओपीडी बापत रु. १०,००० दिने जनाएको छ ।
    बीमा सुविधा अन्तर्गत खातावालाका बैंकहरूले ग्राहकका आवश्यकता र बजारको मागअनुरुपका बचत खाता सुविधा ल्याएको जनाएका छन् । एन आई सी एशियाकोे बीमा सुविधामात्रै बजारका अन्य बैंकहरूको तुलनामा अत्याधिक धेरै रहेको देखिन्छ ।
    दुर्घटनाबाट मृत्यु भएमा वा पूर्ण रुपमा अशक्त भएमा १० लाख रूपैयाँसम्मको बीमा सुविधा उपलब्ध गराउने बैंकले जनाएको छ भने १८ घातक रोगहरुको लागि १० लाख रूपैयाँसम्मको बीमा सुविधा र १ लाख रूपैयाँसम्मको औषधी उपचार बीमा सुविधा समेत गरी कुल रु. २१ लाख बराबरको बीमा सुविधा दिने एन आई सी एशिया बैंकले बताएको छ ।
    मानौ कुनै ग्राहकले रु. २१ लाख रूपैयाँसम्मको बीमा आफैले गर्न परेमा करिब १४ हजार रूपैयाँ बराबरको बीमा शुल्क वापत बुझाउन पर्ने हुन्छ । तर एन आई सी एशिया बैंक स्वयंले उक्त बीमा सुविधा बापत लाग्ने बीमा शुल्क सम्झौता गरको एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडलाई सम्झौंता अनुरुप बीमा शुल्क तिर्नेहुँदा ग्राहकवर्गलाई करिब १४ हजार रुपैयाँको फाइदा पुग्नेछ ।
    अन्य बैंकको सुविधा पनि उस्तै छन् । मेगा बैंकले मेगा माया बचत खाता अन्तर्गत १४ लाख रूपैयाँ, माछापुच्छ्रे बैंकले स्मार्ट बचत खाता अन्तर्गत १४ लाख रूपैयाँ, सानिमा बैंकले सानिमा सम्पन्न बचत खाता अन्तर्गत १३ लाख ५० हजार रूपैयाँ, नबिल बैंकले नबिल प्रिमियम नारी बचत खाता अन्तर्गत १३ लाख रूपैयाँ, सनराइज बैंकले सनराइज महाबचत खाता अन्तर्गत ६ लाख रूपैयाँ, एभरेष्ट बैंकले एभरेष्ट स्पेसल बचत खाता अन्तर्गत ६ लाख रूपैयाँ, हिमालयन बैंकअन्तर्गत सुपर प्रिमियम बचत खाता अन्तर्गत ५ लाख रूपैयाँ र नेपाल इन्भेष्टमेन्ट बैंकले सुरक्षा बचत खाता अन्तर्गत २ लाख रूपैयाँ बराबरको बीमा सुविधासहित ग्राहकहरुसम्म पुगिरहेका छन् ।
    एनआईसी एशियाले कर्जाको प्रशासनिक शुल्क (खुद्रा ऋण) मा फ्ल्याट २५ बेसिस पोइन्ट छुट दिने भनेको छ भने हिमालयन बैंकले ५० प्रतिशत छुटको व्यवस्था गरेको छ । तर अन्य बैंकहरुले यस्तो सुविधा दिएको देखिदैन । यसबाहेक खातावालालाई कर्जाको ब्याजदरमा (खुद्रा ऋण) मा पनि विशेष सहुलियत प्रदान गर्ने एन आई सी एशिया बैंकले जनाएको छ ।
    निकै नै गतिशिल शैलीमा बैंकिङ्ग गरिरहेको एन आई सी एशियाले ग्राहकलाई आफ्नो बैंकमा आकर्षित गर्न उच्च फाईदा प्रदान गर्नेगरी उपयोगी योजनाहरु पस्केको छ । जस्तै डिम्याट खाता निःशुल्क खोलिदीने, निःशुल्क ई–कमर्श एक्टिभेसन, पेन्सनको आधारमा कर्जा सुविधा दिने, जेष्ठ नागरिकलाई होम बैंकिङ्गको सुविधा दिने, अन्तर्राष्ट्रिय डलर कार्डको जारी शुल्कमा शत प्रतीशत मिनाह गर्ने, लगाएतका थुप्रै निःशुल्क सुविधाहरु समाहित गरेको छ । यस्ता सुविधाहरु लिने खातावालाले साँच्चीकै चमत्कार आभाष गर्ने बैंकले आफ्ना विभिन्न संचार सुचनाहरुबाट आमजनमानसलाई भन्दै आइरहेको छ ।
    सोही खाता योजना अन्तर्गत एन आई सी एशिया बैंकले न्यू सुपर चमत्कारिक बचत खाता खोल्ने ग्राहकका लागी एटीएम कार्ड, डेबिट कार्ड, क्रेडिट कार्डजस्ता सुविधाहरु निःशुल्क उपलब्ध गराउँछ । नेपालको कुनैपनि बैंकको एटीएमबाट निःशुल्क रुपमा रकम झिक्न मिल्ने व्यवस्था यस खातामा रहेको छ ।
    माथी उल्लेखित बीमा, कर्जा र अन्य सुविधा बाहेक एन आई सी एशियाले नेपालमै पहिलो पटक अत्यन्त पृथक एवं लाभदायी स्वीप इन/स्वीप आउट सुविधा आफ्ना ग्राहकहरु सामु पस्केको छ ।
    स्वीप इन/स्वीप आउट एक विशेष किसिमको सुविधा हो जसमा तपाईले खोल्नु भएको न्यू सुपर चमत्कारिक बचत खाताहरुमा स्वतः मुद्दती खाताको लाभ प्राप्त गर्नुहुनेछ ।
    अर्थात् तपाईले अहिले बचत खातामा पाइरहनु भएको ब्याजदर ६.५% बाट स्वतः बढेर ९.७५% सम्म पुग्नेछ भने यसमा मुद्दती खाताकोे जस्तो निश्चित समय सम्म रकम होल्ड गनुपर्ने झन्झट भने रहदैन ।
    स्विप इन–स्विप आउट सुविधा अन्तर्गत एन आई सी एशिया बैंकले न्यू सुपर चमत्कारिक बचत खातामा रु २ लाखभन्दा बढी रकम भएमा, उक्त बढी रकमलाई रु १०,०००ले गुणन गर्ने गरी तीन महिनाको मुद्दती निक्षेपमा स्वतः रकमान्तर गर्नेछ र सो रकममा ९.७५ प्रतिशत सम्मको ब्याजदर प्रदान गर्नेछ ।
    यसरी मुद्दती निक्षेपमा स्विप इन गरिएको रकम आवश्यकता अनुसार सजिलै झिक्न अर्थात स्विप आउट गर्न सकिन्छ । यो सुविधा बैंकले न्यू सुपर चमत्कारिक बचत खाता(डायमण्ड श्रेणीका ग्राहकहरुलाई स्वतः उपलब्ध गराउँदछ ।
    स्वीप इन/स्वीप आउट सुविधामा एन आई सी एशियाले ९.७५प्रतिशत वार्षिक ब्याजदर प्रस्ताव गरेको छ भने अन्य बैंकहरुले यस्तो सुविधा दिएका छैनन । यो मानेमा धेरै रकम बैंकमा जम्मा गरिरहनु पर्ने तर काम–कारणबस मुद्दती खातामा राख्न नसक्ने ग्राहकलाई एन आई सी एशिया बैंक उत्तम रहेको देखिन्छ ।
    वास्तवमै ग्राहकले पाउने बीमा सम्बन्धी फाइदा, कर्जा सम्बन्धी फाइदा र अन्य सुविधा बापतको फाइदाको कुल गणना गर्ने हो भने, एन आई सी एशिया बैंकको न्यू सुपर चमत्कारिक बचत खातामा साँच्चैको अतुलनिय तथा असिमित फाइदाहरु ग्राहकले प्राप्त गर्न सक्नुहुनेछ । यसकारण अहिले बजारमा बैंकहरुले दियका सुविधाहरु केलाउने हो भने बीमा सुविधा, कर्जा सुविधा, स्विप इन–स्विप आउट सुविधा, र अन्य निःशुल्क बैंकिङ्ग सुविधाहरु हेर्दा एन आइ सी एशिया बैंकको न्यू सुपर चमत्कारिक बचत खाता नै अब्बल देखिन्छ ।

    Posted in अर्थ, मुख्य खबरLeave a Comment on बचत खातामा सुविधा दिन बैंकहरुको होडबाजी, कुन बैंकमा कति सुविधा ?

    महालक्ष्मी बिकास बैंकको सहयोगमा विद्यालयमा खेल सामग्री हस्तान्तरण ॥

  • ९ फाल्गुन २०७६, शुक्रबार ११:०९ मा प्रकाशित


    कपिलवस्तु – महालक्ष्मी बिकास बैक पकडीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बिभिन्न सामाजिक कार्य गर्दे आएको छ । सो कार्यालय निरन्तरता दिदै वैंकको पकडी शाखाले जिल्लाको शुध्दोधन गाउँपालिका वडा नंम्बर २ स्थित श्री माध्यमिक विद्यालय श्रीनगर (धतुरगढ)को ३० औं वार्षिक उत्सवको अवसरमा विद्यालयमा अध्यनगर्दे आएको विद्यार्थीलाई झुला १ थान , चिप्लेटी १ थान निर्माण गरी गाउँपालिका अध्यक्ष निसार अहमद खान मार्फत विधालयको प्रध्यानाध्यापक अनिरुध श्रीवास्तवलाई हस्तान्तरण गरिएको छ । फागुन ७ गते बुधवार बिद्यालयको ३०औं  बार्षिक उत्सबमा बैंकद्वारा आयोजित हस्तान्तरण कार्यक्रममा गाउपालिका अध्यक्ष श्री निसार अहमद खान , उपाध्यक्ष  सुधादेबी पाण्डेय , सांसद सहषराम यादब, बिद्यालयका प्रधानअध्यापक, कर्मचारी, समाजसेवी, अभिभावक, लगायतको उपस्थिति रहेको थियो । महालक्ष्मी बिकास बैक पकडी शाखा प्रमुख  दिपेश्वर अर्यालले सहयोग सामग्री हस्तान्तरण गर्दै शिक्षाको बिकासमा सबैको सहभागिता आवश्यक  रहेको बताए ।  बैंकको सहयोगले बिधालयमा अध्ययनरत छात्र छात्रा तथा अभिभावकहरुमा खुसी हुनुभएको साथै आगामि दिनमा समेत बैंकले यस क्षेत्रमा यस्तै किसिमका सामाजिक कार्यहरु निरन्तर रुपमा गरिरहने बताए ।

    Posted in अर्थ, खेल, मुख्य खबर, समाजLeave a Comment on महालक्ष्मी बिकास बैंकको सहयोगमा विद्यालयमा खेल सामग्री हस्तान्तरण ॥

    पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

  • ५ फाल्गुन २०७६, सोमबार २१:३२ मा प्रकाशित
  • काठमाडौं-  नेपाल आयल निगमले  पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २-२ रुपैयाँ घटाएको छ ।

    सोमबार राती १२ बजेदेखि लागू हुने गरी मुल्य घटाएको नेपाल आयल निगमले जनाकारि दिएको हो ।

    निगमले यस अघि पनि पेट्रोल र डिजेल तथा मट्टितेलमा प्रतिलिटर १–१ रुपैयाँ घटाएको थियो । यता, एलपी ग्याँसको मुल्य भने यथावत रहेको निगमले जनाएको छ । यसअघि २५ रुपैयाँ बढाएर अहिले ग्याँसको मुल्य १४ सय पुगेको छ ।सिभिलखबर

    Posted in अर्थ, ताजा अपडेटLeave a Comment on पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

    टाटा अल्ट्रोज मार्च पहिलो साता नेपाल आउने, यस्तो हुनेछ मूल्य

  • ४ फाल्गुन २०७६, आईतवार २०:३५ मा प्रकाशित

    काठमाडौं । टाटा मोटर्सको लागि नेपालको आधिकारीक वितरक सिप्रदी ट्रेडिङले कम्पनीको पहिलो प्रिमियम ह्याचब्याक कार अल्ट्रोज मार्चको पहिलो साता सार्वजनिक गर्ने भएको छ । जनवरी अन्तिममा नै ल्याउने भनिएपनि कम्पनीले एक महिना ढिलोगरि अल्ट्रोज नेपाल ल्याउन लागेको हो ।
    विभिन्न तीन भेरियन्टमा नेपाल आउने टाटा अल्ट्रोजको सुरुवाति मूल्य ३३ लाख रुपैयाँ पर्ने अनुमान गरिएको छ । तर, यसको कम्पनीले भने आधिकारीक जानकारी गराएको छैन ।
    ‘हामीले अल्ट्रोजलाई आगामी मार्च ६ तारिखमा नेपालमा सार्वजनिक गर्ने तयारी गरेका छौँ, तर अहिल्यै मूल्य लगायतका विषय भने टुङ्गो लागेको छैन’, सिप्रदी स्रोतले मेरोअटोसँग भन्यो ।
    सुरुमा पेट्रोल इन्जिनयुक्त एक्सएम, एक्सटी र एक्सजेड भेरियन्ट नेपाली बजारमा आउने छ । यी मोडलको मूल्य ३३ लाखदेखि टप भेरियन्टको मूल्य ३८ लाख रुपैयाँ हुने अनुमान गरिएको छ ।
    कम्पनीले ल्याउने उक्त ह्याचव्याक कारले मारुती सुजुकी बलेनो र हुन्डाई इलाइट आई २० सँग सिधा प्रतिस्पर्धा गर्नेछ ।
    निकै आरामदायी, ठुलो स्पेश, बिशिष्ट फिचर तथा ठूला कारको जस्तै पर्फर्मेन्स रहने दाबी गरिएको अल्ट्रोज कम्पनीले आफ्नो नयाँ अल्फा प्लाटफर्ममा निर्माण गरेको हो ।

    अल्ट्रोजको चेसिसमा कम तौलको मेटलको प्रयोग गरिएको छ भने आकर्षक हेडलाइट र डे टाइम रनिंग लाइटको फिचर यसमा उपलब्ध रहेको छ । कारमा अल ब्ल्याक ड्याशबोर्ड र ३४१ लिटरको बुटस्पेश रहेको छ ।
    १७ इन्च अलोय ह्वील लगाइएको अल्ट्रोजको लम्बाई ३९८८ एमएम, चौडाई १७५४ एमएम र उचाई १५०४ एमएम रहेको भने यसको ह्वीलवेश २५०१ एमएम रहेको छ ।
    अल्ट्रोजमा १.२ लिटर टर्बोचार्ज थ्री सिलिन्डर पेट्रोल इन्जिन दिइएको छ । यसले ५५ सय आरपीएममा १०२ एचपी पावरका साथै १७५० देखि ४ हजार आरपीएममा १४० एनएम टर्क उत्पादन गर्छ । यसमा ७.० इन्च टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टमको प्रयोग गरिएको छ ।

    Posted in अर्थ, बिज्ञान/प्रविधि, मुख्य खबरLeave a Comment on टाटा अल्ट्रोज मार्च पहिलो साता नेपाल आउने, यस्तो हुनेछ मूल्य

    परराष्ट्र मन्त्रालय र वै.रो.विभागले साउदीमा वैदेशीक रोजगारमा व्याप्त श्रमिक समस्यालाई न्युनिकरण गर्न अन्तर्कृया कार्यक्रम सम्पन्न

  • ३ फाल्गुन २०७६, शनिबार २३:०५ मा प्रकाशित
  • शुक्र मोक्तान

    रियाद/साउदी- नेपाल सरकार र नेपाली राजदुताबास रियादको आयोजनामा साउदी अरबको पूर्वि शहर दम्माम स्थित रोज रेष्टुरेण्टमा १४ फेब्रुअरी २०२० शुक्रबारका दिन एक औपचारिक कार्यक्रम गरी वर्तमान अवस्थामा वैदेशीक रोजगारमा व्याप्त श्रमिक समस्यालाई न्युनिकरण गर्ने उदेश्यले अन्तर्कृया कार्यक्रम सम्पन्न भएको छ।नेपाली दुताबास रियादका पूर्वी प्रान्त दम्मामका लागी स्थानिय कर्मचारी हरी घिमीरेले संचाल गरेको  उक्त कार्यक्रममा नेपाली राजदुतास रियादका तर्फ बाट नियोग उप-प्रमुख दिलिप पौड्यालको उपस्थिती रहेका थिए भने नेपाल बाट साउदी भ्रमणमा रहेका कार्यदलका पदाधिकारीहरू रहेका थिए। उक्त कार्यदलमा परराष्ट्र मन्त्रालयका सह सचिव तथा मध्य एसिया, पश्चिम एसिया साथै अफ्रिका  महासाखा प्रवन्ध निर्देशक  हरिष चन्द्र घिमीरे, वैदेशिक रोजगार विभागका महानिर्देशक डा. भिष्म कुमार भुसाल, परराष्ट्र मन्त्रालयका शाखा अधिकृत कुल बहादुर राना मगर,  वैदेशिक रोजगार विभागका शाखा अधिकृत जमुना काफ्ले र नेपाली राजदुताबास मलेशियाका पूर्व राजदूत डा. ऋषिराज अधिकारी रहेका थिए। 


    उक्त कार्यक्रम तथा कार्यदलको मुख्य उदेश्य वैदेशिक रोजगारलाई अझै सुरक्षित र मर्यादित बनाउनको लागी निती नियमको तर्जुमा गर्न सम्बन्धित राष्ट्रमा रहेको नेपाली राजदुताबास र उक्त राष्ट्रमा कार्यरत कामदारहरूबाट सल्लाह सुझाबहरू संकलन गर्दै प्रतिवेदन तयार गरी सम्बन्धित विभाग र मन्त्रालयलाई बुझाउने रहेको परराष्ट्र मन्त्रालय सह सचिव हरिष चन्द्र घिमीरेले  मन्तव्यको क्रममा बताए। उनले उक्त प्रतिवेदनको आधारमा वैदेशिक रोजगार सम्बन्धी  नेपाल सरकारले कार्यनिती तथा कार्यदिशा तय गरिने पनि बताए।


    कार्यक्रममा एनआरएनए आईसिसी मध्यपूर्व सह संयोजक राजेन्द्र अर्याल, सदस्य याशमिन वैगम र नारायण पासवान, एनआरएनए एनसिसी साउदीका अध्यक्ष तेज बहादुर थापा लगायतका पदाधिकारीहरू,  संघिय लोकतान्त्रिक राष्ट्रिय मंचका केन्द्रीय सदस्य श्रीयावा लिम्बु लगायत साउदी अरबमा रहेका विभिन्न सामाजिक संघ संस्था तथा राजनीतिक दलका भातृ संगठनहरूका प्रतिनिधिहरूको उपस्थिती रहेको थियो। भने सबै संघ संस्थाले उक्त कार्यदललाई आ-आफ्नो संस्थागत सल्लाह सुजाव सहितको ज्ञापन पत्र तथा ध्यानाकर्षण पत्र बुझाईएका थिए।


    अन्तर्कृया कार्यक्रममा उठेका प्रश्नहरूलाई सम्बोधन गर्ने क्रममा दुताबासको तर्फबाट उपनियोग प्रमुख दिलिप कुमार पौड्याल, वैदेशिक रोजगार विभागको तर्फबाट डा. भिष्म कुमार भुसाल र परराष्ट्र, श्रम तथा सामाजिक सुरक्षा मन्त्रालयको तर्फबाट सह सचिव हरिष चन्द्र घिमीरेले जवाफ दिएका थिए।
    जवाफ दिने क्रममा साउदीमा घरेलु कामदारहरू माथी सोधिएको प्रश्नमा वैदेशिक रोजगार विभागका शाखा अधिकृत जमुना काफ्लेले नेपाल सरकारले उल्लेख गरिएको बुँदाहरूमा साउदी सरकारले सहमती नजनाए सम्म वर्तमान व्यवस्था नै कायम रहने बताएका छन्।

    Posted in अन्तर्राष्ट्रिय, अर्थ, ताजा अपडेट, मुख्य खबर, समाजLeave a Comment on परराष्ट्र मन्त्रालय र वै.रो.विभागले साउदीमा वैदेशीक रोजगारमा व्याप्त श्रमिक समस्यालाई न्युनिकरण गर्न अन्तर्कृया कार्यक्रम सम्पन्न

    साउदी अरबलाई वैदेशिक रोजगारीको गन्तव्य बनाउने सोचाइमा रहनुभएका नेपालीहरूमा नेपाली राजदूतावास, रियाद, साउदी अरबको अनुरोध ।

  • १ फाल्गुन २०७६, बिहीबार ०९:२५ मा प्रकाशित
  • रियाद साउदी अरब- साउदी अरबलाई वैदेशिक रोजगारीको गन्तव्य बनाउने सोचाइमा रहनुभएका नेपालीहरूमा नेपाली राजदूतावास, रियाद, साउदी अरबको अनुरोध ।वैदेशिक रोजगारीका लागि साउदी अरबमा आएका कतिपय नेपाली कामदारहरुलाई यहांको हावापानी, तापक्रम, भूगोल, भीसा तथा रोजगार (कफला) पद्बति, कम्पनी तथा कामको प्रकृति, सेवा सुविधा र सेवा शुल्क, कामदार छनौट र भीसा प्रकृयामा हुने रोजगारदाताको खर्च लगायतका विषयमा जानकारी नहुदा विभिन्न समस्याहरु झेल्नुपरेका धेरै घटनाहरु छन् । विशेष गरी कामदार साउदी अरब आउनासाथ काम र अन्य कुराहरुमा समायोजन हुन नसक्दा अविलम्व घर फर्कन चाहने, काम छाडेर सडकमा विक्षिप्त अवस्थामा हिड्ने ज्यानै समेत जोखिममा परेका घटनाहरु हुने गरेका छन् ।यस्ता विकराल समस्यालाई न्यूनिकरण गर्न मद्दत पुगोस् भन्ने उद्देश्यले राजदूतावासले यो जानकारीमूलक सूचना सार्वजनिक गरेको छ ।साउदी अरबः एक संक्षिप्त परिचयसाउदी अरब अधिराज्य (المملكةالعربيةالسعودية) अरबी प्रायदिपको सबैभन्दा ठूलो देश हो । यसको सीमा ८ मुलुकसंग जोडिएको छ । उत्तर-पश्चिममा जोर्डन, इजिप्ट पर्छन भने उत्तरमा ईराक, कुवेत, पूर्वमा बहराइन, कतार, र संयुक्त अरव इमिरेट्स पर्दछन । त्यसैगरी दक्षिण पूर्वमा ओमन, दक्षिणमा यमन लगायतका देश रहेका छन  । केहीक्षेत्रसँग दक्षिण पूर्वमा पर्सियन खाडी अरवको खाडीले छोएको छ भने उत्तर-पूर्व र पश्चिममा [लाल सागर/Red Sea] रहेको छ । यो अधिराज्यको अनुमानित जनसङ्ख्या करिब २ करोड ७५ लाख र यसको क्षेत्रफल २१,५०,००० वर्ग किलोमीटर रहेको छ । यस मुलुकमा १३ प्रान्त (Province) छन ।यो मरूभुमीको देश हो । पेट्रोलियम पदार्थ र धार्मिक पर्यटन यो देशका मुख्य आर्थिक स्रोत हुन् । यहाँको हावापानी सुख्खा छ । पानी नपर्ने र अत्यधिक गर्मी हुने हुन्छ । वर्षातको समयमा बाहिरको तापक्रम ५० डिग्रीभन्दा माथि पुग्छ ।साउदी अरव एक इस्लामीक राष्ट्र हो । विश्वका इस्लाम धर्माबलम्वीहरूको ठूला धार्मिकस्थल मक्का र मदिना साउदी अरबमा रहेको हुंदा यो अधिराज्यलाई “दुई पवित्र मस्जिदको भूमी” पनि भनिन्छ । यहाँका राजालाई यी दुई धार्मिक स्थलको संरक्षक (Custodian of Two Holy Mosques) मानिन्छ । संसार भरिबाट वर्षेनी लाखौं ईस्लाम धर्मावलम्बी मक्का मदिनामा हज (हिजरी पात्रोको १२ औं महिनामा) र उमराह (वर्षैभरी) गर्नको लागि आउदछन । यहांको न्याय प्रणाली पूर्णतः ईस्लामिक कानून (सरिया कानून) मा आधारित छ ।यस मुलुकमा अनेकौ ठूला, मझौला र साना उद्योग, व्यवसाय, आयोजना सञ्चालन भएकोले कामदारहरूले मुलुकभित्र जुनसुकै ठाँउमा पनि काम गर्न जानुपर्ने हुन्छ ।कफला पद्बतिः यो खण्ड राम्रोसंग पढ्नुहोस् ।यो मुलुकको भिषा कफला पद्धति (Sponsorship System) मा आधारित छ । कफला पद्धति भनेको स्पोन्सरको अनुमति वेगर देशभित्र प्रवेश गर्न वा स्वदेश फर्कन वा काम गर्न वा व्यावसाय गर्न वा अन्य कुनै क्रियाकलाप गर्न अनुमति नहुने पद्धति हो । कफिल (Sponsor) भनेका मालिक (Owner) हुन् । कफिलले भिषा उपलव्ध नगरेसम्म कुनै पनि मुलुकबाट कुनै पनि व्यक्ति काम गर्ने हिसावमा साउदी अरब प्रवेश गर्न र स्वदेश फर्कन सक्दैन । कफिलको अनुमति वेगर तोकिएको भन्दा फरक काम गर्न, तोकिएको भन्दा फरक कम्पनीमा काम गर्न, अकामा (अस्थायी आवासीय अनुमतिपत्र) जारी वा नविकरण गर्न वा कफला ट्रान्सफर गर्न (अर्को कम्पनीमा जान वा कफिल परिवर्तन गर्न) सकिदैन ।कफला पद्धति सिद्बान्ततः कामदारको संरक्षण र सुरक्षा गर्ने पद्धति हो । कफला पद्धतिको कार्यान्वयनमा भने थुप्रै प्रकारका समस्या देखिने गरेका छन् । कफला पद्बतिको उद्बेश्य राम्रो भएता पनि यो पद्बतिको दुरूपयोग हुनेगरेका कारण कतिपय अवस्थामा कामदारले श्रम शोषण तथा अन्य कठीनाइहरू झेल्नुपर्ने अवस्था आउन सक्छ । कफिलमा निहित अधिकारः भिषा उपलब्ध गराउने, विधिवत अकामा जारी तथा नविकरण गर्ने, वहिर्गमन/पुनः प्रवेश भिषा (Exit/Re-entry-ख्रुजनिहाइ/ख्रुजअहुदा ) दिलाउने, कफला स्थानान्तरण (Sponsorship Transfer) गर्न स्वीकृति दिने/लिने, रोजगारदाता परिवर्तन गर्न वा कम्पनी छोडन अनुमति दिने वा कामदारलाई स्वदेश फर्कन/फर्काउन एक्जिट/रिइन्ट्र भिषा जारी गर्ने आदि रहेका छन् ।कफिलमा निहित अन्य अधिकारहरूमा कामदारलाई भगौडा (हरूप/Runaway) जनाउने र विभिन्न मुद्धा लगाएर आफ्नो देश फर्कन पनि नमिल्ने गरी यात्रा बन्देज (सफर मम्नु/Travel ban) लगाउन सक्ने आदि रहेका छन् । यस प्रकारका घटनाहरूमा महिनौंसम्म अदालतमा  मुद्धा चल्ने र अदालतबाट निरुपण भइ वा कफिलसंग समझदारी बनाएर तिर्ने बुझाउने रकम नबुझाएसम्म जुनसुकै बेला पक्राउ पर्ने र जेल जानुपर्ने हुनसक्दछ । कफिलको मृत्यु भएमा वा स्पोन्सर कम्पनी कानूनी समस्यामा परेमा कामदार पनि समस्यामा पर्ने हुन्छ । उसको अर्को कानूनी हक हस्तान्तरण भएर कफला नभएसम्म सबै सेवाहरू र काम ठप्प हुन सक्दछन । यसबाट वर्षौसम्म पनि कुनै नेपाली साउदी अरबमा नै बस्न वाध्य हुनुपर्ने अवस्था हुन्छ । यस किसिमका जटील समस्याबाट धेरै नेपालीहरू पीडित रहेको पाइएको छ ।केही निश्चित अवस्थाहरू जस्तैः कफिलले ३ महिना सम्म सेवा सुविधा वा अकामा नदिएमा वा नवीकरण नगरेमा वा कम्पनी रेडमा अवस्था भएमा श्रम कार्यालयको स्वीकृतिमा कफला स्थानान्तरण (Sponsorship Transfer) गर्न सकिन्छ । तर प्रायः नेपाली कामदारले यो कुरा नबुझ्ने, भाषाको कठिनाइ हुने र श्रम अदालत जान डराउने कारण यो प्रावधानको अवलम्बन गरी आफ्नो समस्याको निकास खोजेको पाइदैन । यस्ता समस्याका कारण कामदारले कम्पनी छोड्ने वा छोडाउने हुन्छ जसबाट कामदार अलेखवद्ब भइ अझ ठूलो समस्यामा पर्ने हुन्छ । यसरी कामदारहरू समस्यामा परेको मौका हेरी साउदी अरब मै रहेका कतिपय नेपालीहरूले कामदारलाई बढी तलव सुविधाको लोभ देखाइ गैरकानूनीरुपमा काममा लगाउने र पारिश्रमिक नदिने गरेको घटनाहरू प्रशस्त पाइएका छन् ।साउदी अरबमा कफिलले मात्र अकामा अद्यावधिक गरेर वैधबाटोबाट कामदारलाई एक्जिट भिषा दिलाउन सक्ने कुरा माथि उल्लेख गरिसकिएको छ । कफिलले एक्जिट/रिइन्ट्रि भिषा दिएर नपठाएमा कामदार स्वदेश फर्कने अवस्था हुदैन । अलेखवद्ध कामदारलाई कुनै मुद्धा मामिला नभए र स्पोन्सरले हरूब लगाएको भए डिपोर्टेशन सेन्टर/सफरजेल बाट एक्जिट भिषा जारी गरी स्वदेश फर्कन सकिन्छ । तर कतिपय मुद्धा भएका वा चोरी गरेर पनि मानिस गैरकानूनी बाटोबाट स्वदेश फर्केको पनि पाइन्छ । तर यो अत्यन्त जोखिमपूर्ण हो ।कम दुःखमा नै नेपालमै परिवारका साथमा बसेर क्रमशः बढी आय आर्जन गर्न सकिन्छ । आफ्नै समाजमा रहेर देश र समाजकै विकासमा योगदान गर्न सकिन्छ ।साउदी अरबमा आउने गरी योजना बनाउदै गरेको महिला दिदीबहिनीहरु हुनुहुन्छ भने थप विचार गरेर मात्र पाइला चाल्नुहोला । महिलाहरुका समस्या धेरै आएकाले सप्लाई र कन्ट्रक्टिङ कम्पनीबाट महिलाहरु ल्याउन बन्द गरिएको छ । घरेलु कामदारमा साउदी आउन बन्देज छ ।साउदी अरबमा काम गर्न आउने सोचमा रहेका नेपालीहरूले निम्न वुंदाहरूमा पूर्णरुपमा ध्यान दिएर मात्र आउने निर्णय गर्नुहुन अनुरोध छःमाथि उल्लेख कफला पद्बतिका बारेमा प्रष्ट भएर मात्र पूर्व तयारी चरणमा प्रवेश गर्नुहोस् ।
    पूर्व तयारी चरण१. कुन कामका लागि साउदी अरबमा जान लागेको हो, निश्चित गर्नुहोस् । सो कामको लागि नेपाल सरकारले तोकेको पारिश्रमिक कति छ थाहा पाउनुहोस् । अदक्ष कामदारका लागि नेपाल सरकारले साउदी रियाल १ हजार र खाना वापत ३०० तोकेको छ । अन्य पदहरुका पारिश्रमिकका बारेमा यकिन हुनुहोस् ।२. त्यो कामका लागि आवश्यक सीप छ छैन विचार गर्नुहोस् । सीप नभए सिक्नुहोस् ।३. सीप सिकेको भनि प्रमाणपत्र मात्र नलिनुहोस्, वास्तविक रूपमा तालिम लिएर नै सीप सिक्नुहोस्, प्रमाणपत्र लिनुहोस् ।४. प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद (CTEVT) बाट सीप परीक्षण प्रमाणपत्र समेत लिनुहोस् ।५. सीप परीक्षण नभएको सीप प्रमाणपत्रको मान्यता हुदैन । त्यस्तो प्रमाणपत्रले तोकिएको सुविधा पनि नपाइने भएकाले यकिन गर्नुहोस् ।६. सीप भएर प्रमाणपत्र नभएपनि समस्या हुनसक्छ । कुनै कुनै पेशा सीपयुक्त हुने र त्यसको सीप परीक्षण प्रमाणपत्र वेगर अकामा पनि नवन्ने हुनसक्दछ ।७. साउदी अरब आउन लाग्ने खर्च र साउदीमा काम गर्दा हुने आय तथा दुःखको तुलना गर्नुहोस् । फाइदा हुने देखिए मात्र साउदी अरबमा काम गर्न आउनुहोस् ।८. फाइदा नहुने भए विचौलिया र मेनपावरलाई खर्च गर्ने पैसाले नेपालमै आफ्नो चाख र सीप अनुसारको केही पेशा, व्यवसाय गर्नुहोस् । नेपालमा नै नेपालकै लागि परिवारकासाथ बसेर आनन्दसंग काम गर्न सकिन्छ ।यो सकरात्मक पक्षलाई पटक पटक मनन गर्नुहोस् ।९. नेपाल मै बसेर केही गर्छु भन्ने निर्णय गर्नुभयो भने यो नै उत्तम निर्णय हुनेछ ।१०. अब मानौं आउने नै निर्णय गर्नुभयो । यस अवस्थामा विश्वासिलो र भरपर्दो मेनपावर कम्पनीबाट वर्किङ भिषामा मात्र साउदी आउनुहोस् । मेनपावर कम्पनी कस्तो प्रकारको हो विभिन्न स्रोतबाट यकिन गर्नुहोस् । विचौलियाहरूको विश्वास नगर्नुहोस् । कुनै रकम कसैलाई दिनुपरेमा भरपाई वा तमसुक गरेर मात्र दिनुहोस् ।११. वर्किङ भिषा बाहेक अन्य भिषा (भिजिट भिषा, हज/उमरा भिषा, फ्रि वर्क/आजाद भिषा) बाट काम गर्ने भनि नआउनुहोस् । भिजिट भीसामा पठाएर थुप्रै नेपालीहरूलाई अलपत्र बनाएका घटनाहरू प्रशस्त रहेका छन् । सजग हुनुहोस् । विशेष गरी महिला कामदारलाई कुवेत, यूएइ र भारतको बाटो हुदै भिजिट भीसामा साउदी अरब ल्याउने गरेको पाइएको छ । यसरी आउने महिलाहरु वर्षौसम्म विना पारिश्रमिक रोजगारदाताको चरम शोषणमा पर्ने गरेका प्रशस्त घटनाहरु छन् । तसर्थ अनावश्यक प्रलोभनमा नपर्नुहुन वैदेशिक रोजगारीमा जाने सोचका महिलाहरुलाई विशेष अनुरोध छ । गैरकानूनी रूपमा सक्रिय एजेन्टहरु वैदेशिक रोजगारीका नाममा महिलाको वेचविखनमा लागिपरेका हुनसक्छन् ।१२. आफ्नै चिनजानका मानिस एजेन्ट भएर तपाइलाई गलत सूचना दिएर ठगी गर्न सक्छन । पहिला साउदीमा काम गर्न आइसकेका वा कम्पनीमा काम गरिरहेका साथीभाइ संग कुरा बुझेर मात्र आउनुहोस् । अथवा कम्पनीको नाम काम ठाम कस्तो छ स्पष्ट बुझेर मात्र आउनुहोस् ।१३. संझौता एउटा र दिमागमा अर्को कुरा बोकेर नआउनुहोस् ।१४. साउदी अरबमा कामदारको रूपमा आउन सेवा शुल्कको रूपमा न्युनतम लागत (भिषा तथा टिकट र सेवा शुल्क रोजगारदाताले दिने भएकोले) मात्र लाग्छ । बढी रकम कसैलाई नबुझाउनुहोस् ।१५. दश देखि बीसहजार भन्दा वढी पैसा दिनुभएको छ भने तपाइ नेपालमा नै ठगीमा पर्दै हुनुहुन्छ भन्ने स्पष्ट हुनुहोस् ।१६. नेपालमा नै नेपाली मेनपावर र एजेण्टले ठगेमा विदेशमा विदेशीले तपाईलाई ठग्दैन भन्नै सकिदैन । जसलाई जति रकम बुझाउनुहुन्छ त्यसको भर्पाइ लिनुहोस् । भरपाई वेगर रकम वुझाउनु गलत हो । गलतको परिणाम गलत नै हुन्छ ।१७. साउदी अरबमा कामदारको रूपमा आउदा वढी शारिरिक र मानसिक परिश्रम गर्नुपर्ने हुन्छ । तपाईको स्वास्थ्य कमजोर छ वा कुनै विरामी हुनुहुन्छ वा औषधी सेवन गरिरहनु भएको छ भने नआउनुहोस् ।१८. घरेलु तथा सामाजिक हिंसाबाट मुक्ति, लागु औषध सेवनको समस्या भएका तथा अवसाद् (Depression) आदि समस्या भइ नेपालका सुधार गृहमा राखि सुधार ल्याउनु पर्ने अवस्थाका व्यक्तिलाई साउदी अरबमा पठायो भने सुधार हुन्छ भन्ने भ्रममा परिवारका सदस्यले साउदी अरव नपठाउनुहोस् आफू नआउनुहोस् । त्यस्ता कामदार यहां आएर सुधार हुने नभइ झन् ठूलो समस्यामा फस्ने गरेका प्रशस्त घटनाहरू पाइएका छन् । यसमा गम्भीर हुनुहोस् ।१९. विशेषगरी कतिपय महिला कामदारहरुलाई विभिन्न प्रलोभनमा पारेर उत्पत्तिको मुलुक, बाटोमा पर्ने मुलुक तथा गन्तव्य मुलुकमा समेत चरम शोषण हुने गरेकाले महिलाहरुले वैदेशिक रोजगारीमा आउनुपूर्व गम्भीर विचार गर्नुहोस् ।२०. यहांको हावापानी सुख्खा र अत्याधिक गर्मी हुने हुँदा खुला ठाँउमा काम गर्नुपर्ने प्रकृतिका कामहरू जस्तै कृषिफार्म/मजरा तथा निर्माणक्षेत्रमा आउने कामदारले बेलैमा धेरै सोच्नुहोस् । यस प्रकारका काममा विचौलिया एव मेनपावर कम्पनीहरूले गलत जानकारी दिइ पठाउने गरेको पाइएको छ । सम्झौतापत्र राम्ररी पढेर मात्र सहिछाप गर्नुहोस् । सम्झौतापत्रमा जे भएपनि काम भने विचौलिया वा मेनपावरले भने अनुसार हुन्छ भन्ने भ्रम बोकेर नआउनुहोस् ।२१. पारिश्रमिकका विषयमा स्पष्ट हुनुहोस् । नेपाल सरकारले तोकेको पारिश्रमिक भन्दा कम हुनेगरी कुनैपनि सम्झौता नगर्नुहोस् । गत वर्ष नेपाल सरकारले साउदी अरवमा आउने नेपाली कामदारका विभिन्न पदहरूकालागि पदअनुसारको पारिश्रमिकको व्यवस्था गरेको छ । जस अनुसार अदक्ष कामदारका लागि न्यूनतम मासिक पारिश्रमिक साउदी रियाल १ हजार र खाना सुविधा वापत साउदी रियाल ३ सय तोकिएको छ । ओभरटाइम वा अन्य सुविधा बढी हुन्छ भन्ने गलत आश्वासन र भनाइमा विश्वास नगर्नुहोस् । ओभरटाइम वा अन्य सुविधा सम्बन्धि यथार्थता कम्पनीमा काम गर्ने पुराना कामदार साथीभाइबाट समेत बुझ्न सकिन्छ । संझौतापत्रमा उल्लेख भएभन्दा बढी कमाइ हुन्छ भन्ने अनावश्यक आश्वासन र मौखिक भनाइको भ्रममा नआउनुहोस् ।२२. सप्लाई कम्पनी भनेको भए आउने थिइन भन्ने श्रमिक बढी देखिएकोले कस्तो कम्पनीमा जादैछु भन्नेमा प्रष्ट हुनुहोस् । कागजातमा उल्लेख कम्पनीकाबारेमा वेभसाइट एवं अन्य श्रोतबाट बुझ्नुहोस् । Recruitment Company, Manpower Solution जस्ता नाम जोडिएका कम्पनी सप्लाई कम्पनी हुन सक्दछन् । सप्लाई पनि बहु तहसम्मको सप्लाई हुने भएकोले विचार पुर्याकएर मात्र आउनुहोस् । अधिकांश सप्लाई कम्पनीमा पारिश्रमिक तथा अतिरिक्त समयको सुविधा न्यून हुनेगरेका समस्या आइरहेका छन् ।२३. सप्लाई तथा कन्ट्राक्टिङ कम्पनीमा आउने कामदारहरू कम्पनीको कन्ट्राक्ट सकिए वा भंग भए वा ग्राहक कम्पनीबाट सप्लाई तथा कन्ट्राक्टिङ कम्पनीलाई समयमा भुक्तानी नभएको अवस्थामा कामदारले पारिश्रमिक समयमा नपाउने स्थिति हुन्छ ।
    तयारी चरणः१.माथिका सबै बुंदाहरू पढिसकेपछि साउदी अरब आउने निश्चित  गर्नुभयो भने संभव भएसम्म एकपल्ट सम्बन्धित कम्पनीको विषयमा वेवसाइट हेरेर वा ति कम्पनीमा काम गर्ने नेपालीसंग सम्पर्क गरेर सबै कुरा बुझ्नुहोस् । उक्त कम्पनीमा काम गर्ने कामदारको सम्पर्क नं. तपाइलाई पठाउने भनिएको मेनपावरबाट उपलब्ध हुन सक्छ । रोजगारदाताको फोन नं लिएर पनि कुरा गर्न सकिन्छ ।२.पासपोर्ट, भिषा, करारपत्र, श्रम स्वीकृति, रकम वुझाएको भर्पाई लगायतका कागजातहरु ठिक दुरूस्त भए नभएको यकिन गर्नुहोस् । सवारी चालक काममा आउनेले यातायात कार्यालयबाट सवारी चालक अनुमति पत्रको अभिलेख प्रमाण सहित आउनुहोस् । नक्कली लाइसेन्स लिएर नआउनुहोस् ।३.कागजात ठिक भएपछि एक सेट छाँयाप्रति घरमा छोडेर आउनुहोस् ।४.रोजगारदाताले दिने सुविधाः तलब, आवास, खाना, ओभरटाइम, कार्यघण्टा, कार्यदिन सहितको श्रम संझौता रोजगारदाताको सही भएको छ छैन विचार पुर्यािउनुहोस् । दोहोरो श्रम संझौता गरेर नआउनुहोस् । जव तपाई २ वटा संझौता बोकेर आउनुहुन्छ समस्या त्यही बाट शुरू भयो भन्ने बुझ्नुहोस् ।५.एयरपोर्टसम्म लिन आउने व्यक्तिको नाम र सम्पर्क नम्वर लिनुहोस् । कफिल (Sponsor) वा मुदिर (Manager) को सम्पर्क नम्वर पनि लिइराख्नुहोस् । नेपाली राजदूतावासको वेभसाइट तथा फेसबुकका सूचनाहरु हेर्नुहोस् तथा टेलिफोन नं पनि लिनुहोस् ।६.अरेविक भाषाको सामान्य शव्दावली बुझ्ने र सोध्न सक्ने भएर आउनु राम्रो हो । २ दिनको अभिमुखिकरण तालिम लिएर आउनु अनिवार्य छ । तालीम नलिइ प्रमाणपत्र मात्र लिएर नआउनु  होस् ।७.साउदी अरबको कुन ठाँउमा जानुपर्ने, जहाजवाट कहाँ पुगिने, कति समय लाग्ने, यकिन गरेर सोही अनुसार खर्च र अन्य आवश्यक व्यवस्था गरेर आउनुहोस् ।८.नेपाल सरकारले घरेलु कामदार (हाउसमेड, निजी ड्राइभर, वगैचे तथा भान्से आदि) लाई साउदी अरब आउन श्रम स्वीकृति प्रदान गर्दैन । यस्ता कामदारको हकमा स्थानीय श्रम कानून समेत लागु हुँदैन । यसर्थ, कसैको लोभलालच वा आश्वासनमा परेर गलत तरीका वा बाटोबाट यस्ता काममा नआउनुहोस् ।९.अन्य मुलुक भएर साउदी अरब नआउनुहोस् । विविध कारणले आउनुपरेमा सम्बन्धित देशमा भएको नेपालको नियोगको अनुमति लिएर मात्र आउनुहोस् । यसरी आउनेले पनि आफ्नो सुरक्षा र मर्यादाको विषयमा गम्भिर सोचविचार गरेर मात्र आउनुहोस् ।क)यात्राको चरणः१.आवश्यक कागजातः पासपोर्ट, भिषा, करारपत्र, आवश्यक खर्च, लुगाफाटा लिएर आउनुहोस् । साउदीमा गैर कानूनी हुने पदार्थहरूः मदिराजन्य पदार्थ, नसालु पदार्थ, गुटखा, मर्चा तथा चिकित्सकको प्रेस्क्रिप्शन भन्दा बाहिरका औषधी आदि नल्याउनुहोस् ।२.विमानस्थलको श्रम डेस्कमा सोधेको विषयमा सही जानकारी दिनुहोस् । श्रम डेस्कमा सोध्दा पैसा १० हजार दिएको भन्ने तर विदेशमा पुगेपछि बढी दिएको हो नभन्नुहोस् । जे सत्य हो, त्यही सबै ठाँउमा भन्नुहोस् । ठगिएको शंका भएमा जिल्ला प्रशासन कार्यालय वा वैदेशिक रोजगार विभाग वा एयरपोर्टको श्रम डेस्क वा प्रहरीमा उजुरी दिनुहोस् ।३.स्वदेशकै विमानस्थलबाट आउनुहोस् । स्वीकृति वेगर विदेशी मार्ग वा विमानस्थल प्रयोग गरेर आउदै हुनुहुन्छ भने तपाइ दुःखको भुमरीमा पर्दै हुनुहुन्छ भन्ने स्पष्ट हुनुहोस् ।४.यात्राको चरणमा विमानस्थल र प्रवेषाज्ञाका प्रकृयाको वारेमा पूर्व जानकारी लिनुहोस् र सभ्य तरिकाले सोही अनुसार आचरण र व्यवहार गर्नुहोस् ।५.साउदी अरबको विमानस्थलको अध्यागमन क्लियर भएपछि आफूलाई लिन आउने मानिस सही हो होइन (नाम वा फोन नं. बाट) यकिन गर्नुहोस् । पासपोर्ट जसलाई पायो उसैलाई नदिनुहोस् । अर्कै रोजगारदाताले लैजान सक्ने भएकोले चनाखो हुनुहोस् ।साउदी अरब आउने सोचमा रहनुभएका नागरिकहरू एवं सरोकारवाला सबैले माथि उल्लेख जानकारीमूलक विषय वस्तुलाई पटक पटक पढी मनन गर्नुहोस् । वैदेशिक रोजगारी सोचे सुने जस्तो सजिलो छैन ।देश भित्रै रोजगारी वा स्वरोजगारीका अवसर खोजौं ।
    नेपाली राजदूतावास,रियाद, साउदी अरब

    Posted in अन्तर्राष्ट्रिय, अर्थ, कला /जीवनशैली, ताजा अपडेट, मुख्य खबर, समाजLeave a Comment on साउदी अरबलाई वैदेशिक रोजगारीको गन्तव्य बनाउने सोचाइमा रहनुभएका नेपालीहरूमा नेपाली राजदूतावास, रियाद, साउदी अरबको अनुरोध ।

    सुन्तला खेतीमा रमाउँदै कृषक : रु ३० करोड आम्दानी

  • २८ माघ २०७६, मंगलवार २१:३४ मा प्रकाशित
  • भोजपुर । यस वर्ष सुन्तला बिक्रीबाट रु ३० करोडभन्दा बढी रकम भोजपुरमा भित्रिएको छ । उत्पादित ४  हजार ७०६ मेट्रिक टन सुन्तला  बिक्रीबाट  सो बराबरको आम्दानी भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
    गत वर्षको तुलनामा यस वर्ष १० प्रतिशतले सुन्तला उत्पादनमा वृद्धि भएको  बताइएको छ । जिल्लामा उत्पादन भएको सुन्तला धनकुटा, सुनसरी, झापा, मोरङ, धरान, इटहरी, विराटनगर, काठमाडौँलगायतका सहरमा जाने गरेको छ । करिब रु २ करोड मूल्य बराबर आन्तरिकरुपमा खपत हुने र बाँकी अन्य जिल्लामा जाने गरेको केन्दका  निमित्त कार्यालय प्रमुख योगन्द्रप्रसाद यादवले जानकारी दिए ।  कार्यालयको तथ्याङ्कअनुसार गत वर्ष रु २८ करोड २९ लाख ४४ हजार बराबरको सुन्तला बिक्री भएको थियो । 
    जिल्लामा ७८८ हेक्टर क्षेत्रफलमा सुन्तला उत्पादनका लागि योग्य जमिन भए पनि हाल ५८७ हेक्टर क्षेत्रफलमा सुन्तला खेती भइरहेको छ । जिल्लाभर २८७ ठूला बगैँचा तथा  सामान्य रुपमा पनि सो खेती हुने गरेको केन्द्रले जनाएको छ । अन्य बालीको तुलनामा सुन्तला खेतीबाट बढी आम्दानी  र किन्नका लागि ठेकेदार बगैँचामै आउने भएका कारण कृषक सुन्तला खेतीमा आकर्षित हुने बताइएको छ ।


    टेम्केमैयुङ गाउँपालिका–२ छिनामुखुका सुन्तला कृषक सुमन प्रधानले भने, “पहिला धरान, इटहरी ढाकार डोकोमा बोकेर सुन्तला बेच्नुपर्ने अवस्था थियो, अहिले बगानमै ठेकेदारको लर्को लाग्छ, थोरै मेहनतमा आम्दानी पनि राम्रो छ ।”
    जिल्लाको टेम्केमैयुङ गाउँपालिकाको अन्नपूर्ण, छिनामखु, खावा, कोट, गोगने, तिम्मा, भोजपुर नगरपालिकाको देउराली, हेलौछा, आम्तेक, बोखिम, पालुवा, दावा, हतुवागढी गाउँपालिकाको रानीवास, अरुण गाउँपालिकाको साङपाङ, प्याउली षडानन्द नगरपालिकाको मुलपानीलगायत ठाउँमा सुन्तला उत्पादन हुने गर्दछ ।
    सुन्तला उत्पादन हुने क्षेत्रमा प्रदेश तथा केन्द्र सरकारले सुन्तलाको पकेट तथा ब्लग स्थापना गरी कृषकलाई अनुदानको व्यवस्था गरेसँगै यसतर्फ झनै कृषक आकर्षित भएका हुन् । रासस

    Posted in अर्थ, ताजा अपडेटLeave a Comment on सुन्तला खेतीमा रमाउँदै कृषक : रु ३० करोड आम्दानी

    ट्याक्सीमा छुटेको १३ तोला सुन फिर्ता, चालकलाई सिक्री उपहार

  • २७ माघ २०७६, सोमबार २०:२२ मा प्रकाशित
  • काठमाडौं । सोमबार दिउँसो साढे १ बजे लक्की रिजाल लाजिम्पाटबाट थापाथली नर्भिक अस्पताल चोकसम्म यात्रा गर्दै थिइन्। गन्तव्यमा पुगेपछि उनी ट्याक्सीबाट ओर्लिइन्, तर ‘लगेज’ ट्याक्सीमै छुट्यो। रिजालले लगेज छुटाएको कुरा चालकले पनि झट्ट थाहा पाएनन्। रिजाललाई ट्याक्सीको नम्वर पनि थाहा भएन। रिजालले आफ्नो लगेज ट्याक्सीमा छुटेको भन्दै साढे ३ बजे ट्राफिक प्रहरी महाशाखामा निवेदन दिइन्। उक्त ट्याक्सीको ट्राफिक प्रहरीले खोजी गर्न थाल्यो। त्यत्तिकैमा ट्राफिक कन्ट्रोल रुमको हटलाइन नम्वर १०३ मा फोन आयो।

    त्यो फोन गर्ने व्यक्ति उनै ट्याक्सी चालक थिए। बा२ ज ४०७१ नंको ट्याक्सी भाडामा चलाउँदै आएका बर्दिया गेरुवा गाउँपालिका ४ का नवीन सिग्देलले एक यात्रुको लगेज आफ्नो ट्याक्सीमा छुटेको ट्राफिक प्रहरीलाई जानकारी दिए। ट्राफिक प्रहरी महाशाखाको खोजतलास शाखाले छुटेकाे लगेजसहित चालक सिग्देललाई उपस्थित गरायो। रिजाललाई पनि सम्पर्क गरी महाशाखाका प्रहरी उपरीक्षक राजकुमार बैदवारले छुटेको लगेज हस्तान्तरण गरे। रिजालको लगेजमा एकदमै महत्वपूर्ण सामानहरु थियो। १३ तोला बराबरको सुनका गरगहना, ल्यापटप, महत्वपूर्ण मेडिकल कागजपत्रहरु लगेजमा थियो।

    हस्तान्तरणपछि लगेज धनीले इमान्दारिताको प्रशंसा गर्दै एक थान सुनको सिक्री पुरस्कारस्वरुप चालकलाई प्रदान गरेको प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले जानकारी दिए। “म आजै मात्रै अमेरिकाबाट आएको हुँ,” रिजालले भनिन्, “लाजिम्पाटमा सानो काम थियो, त्यहाँ पुगेर बाटोमा रहेको ट्याक्सीमा चढेर थापाथलीमा रहेको युरो किड्समा छोरालाइ भेट्न जाँदा झोला ट्याक्सीमै छोडेछौं ।इसिधाकुरा.कम बाट

    Posted in अर्थ, ताजा अपडेट, मुख्य खबरLeave a Comment on ट्याक्सीमा छुटेको १३ तोला सुन फिर्ता, चालकलाई सिक्री उपहार

    करिव १५ लाखमै नेपाल आउला विश्वकै सबैभन्दा सस्तो इलेक्ट्रिक कार ? कसले ल्याउला ?

  • २६ माघ २०७६, आईतवार १३:२६ मा प्रकाशित
  • भारतमा चलिरहेको अटो एक्सपो २०२० मा विश्वकै सबैभन्दा सस्तो इलेक्ट्रिक कार ओरा आर १ ले धेरैको ध्यान खिचेको छ । सो ध्यान नेपाली व्यवसायीहरुमा समेत छ ।
    अटो एक्सपोमा नेपाली अटोमोबाइल व्यवसायीहरु पनि सहभागी छन् । नाडा प्रतिनिधि मण्डलको रुपमा एक हुल व्यवसायीहरु एक्सपो अवलोकन गरिरहेका छन् ।
    चीनको अटोमोबाइल कम्पनी ग्रेट वाल मोटर्सले यो भन्दा पहिले नेपाली बजारमा गाडी बिक्री गरे पनि अहिले यसको आधिकारिक वितरक नेपालमा छैन । त्यसैले अब कसले यो इलेक्ट्रिक कार नेपालमा ल्याउला भन्ने धेरैको चासो छ ।
    चीनको सो इलेक्ट्रिक कारको मूल्य ५९ हजार ८ सय युआन छ । नेपालमा ल्याउदा यसको मूल्य १५ लाख रुपैयाँको हाराहारीमा पर्ने सम्भावना देखिन्छ ।
    समा ३३ किलोवाटको लिथियम आयोन ब्याट्री र ३३ किलोवाटको इलेक्ट्रिक मोटर जडान गरिएको छ । सो कारको टप स्पिड १०० किलोमिटर प्रतिघन्टा रहेको छ । कारको लुक होन्डा ई जस्तो रहेको छ ।
    प्रतिघण्टा १०० किलोमिटरको रफ्तारमा दौडने यो कार फुलचार्जमा ३५१ किलोमिटरको दुरी तय गर्ने क्षमता राख्छ ।
    ओरा आर१ इलेक्ट्रिक कारमा ९.० इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम समावेश गरिएको छ । र यो कनेक्टेड कार टेक्नोलोजी, टायर प्रेशर मोनिटरिङ सिस्टम, रिभर्स पार्किङ सेन्सर र क्यामेराको साथमा उपलब्ध रहेको छ ।
    सो कार कम्पनीको एमई प्योर इलेक्ट्रिक प्लेटफर्ममा आधारित रहेको छ । ओराको अर्थ ओपन, रिलाइअबल र अल्टर्नेटिभ हुन्छ !
    श्रोत :-नेपाल अटो

    Posted in अर्थ, मुख्य खबरLeave a Comment on करिव १५ लाखमै नेपाल आउला विश्वकै सबैभन्दा सस्तो इलेक्ट्रिक कार ? कसले ल्याउला ?

    श्रीमान गुमाएकी सुस्मिता थपलियाले विमा कम्पनीबाट पाइन् १ करोड ३ लाख ५ हजार रुपयाँ

  • २४ माघ २०७६, शुक्रबार ०३:०१ मा प्रकाशित
  • नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा विमा गरेका वुद्धशान्ति गाउँपालिका-३ निवासी इन्द्रप्रसाद दंगालको सवारी दु-र्घटनमा मृ-त्यु भएपछि उहाँको परिवारलाई विमा वापतको रकम प्रदान गरेको छ ।

    बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईको प्रमुख आतिथ्यमा आज आयोजित कार्यक्रमकाबीच विमा बापत एक करोड तीन लाख १५ हजार रुपैयाँ दंगालकी श्रीमती सुस्मिता थपलियालाई प्रदान गरि दंगालको गत कात्तिक ४ गते शिवसताक्षी नगरपालिकाको दुधेमा सवारी दु-र्घटनामा मृ-त्यु भएको थियो । दंगालले गत असार ३१ गते ५० लाख रुपैयाँ वरावरको अमृत बर्षा विमा योजना खाता खोल्नु भएको थियो ।

    दंगालले विमा गरेसंगै पहिलो किस्ता वापतको ४ लाख ६६ हजार ९ सय रुपैयाँ कम्पनीलाई बुझाउनुभएको थियो । १६ बर्षको सो विमा अवधि रहेको र मृ-त्युपछि उहाँकी श्रीमती सुस्मिताले मृ-त्यु दावीको कागजपत्र बिमा कम्पनीमा पेश गर्नुभएको थियो ।

    उक्त रकम कम्पनीले सम्पूर्ण पक्रिया पुर्याएर मृ-तकको परिवारलाई चेक हस्तान्तरण गरेको नेशनल लाइफ इन्स्योरेनस कम्पनी बिर्तामोड शाखा प्रमुख कमल बुढाथोकीले जानकारी दिनुभयो । बिर्तामोड शाखा प्रमुख बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा कम्पनीका प्रदेश नं. १ प्रमुख नरेन्द्र राई, मृतकका भिनाजु नयनप्रसाद ओली, अभिकर्ता अनन्तराम ओली लगायतले बोल्नु भएको थियो । साभार : पुर्बेली न्युज

    Posted in अर्थ, ताजा अपडेटLeave a Comment on श्रीमान गुमाएकी सुस्मिता थपलियाले विमा कम्पनीबाट पाइन् १ करोड ३ लाख ५ हजार रुपयाँ

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P