• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: Uncategorized

सिन्धुपाल्चोकको निर्माणाधीन माझी बस्ती ऋणमा रहेको स्वेता खड्काको गुनासो, सहयोग गर्न अपिल

  • २३ माघ २०७७, शुक्रबार १८:४० मा प्रकाशित
  • नायिका स्वेता खड्काले सन् २०७४ मै सिन्धुपाल्चोकमा एकीकृत माझी बस्ती निर्माण गर्ने घोषणा गरेकी थिइन्। स्वेता श्री फाउण्डेसनको तर्फबाट माझी बस्ती बनाउने घोषणा भएको थियो। तर हालसम्म पनि उक्त माझी बस्तीको निर्माण सम्पन्न भएको छैन।

    मंगलबार स्वेता खड्काले सिन्धुपाल्चोकको निर्माणाधीन माझी बस्ती ऋणमा रहेको जानकारी दिएकी छिन्। उनले यस बस्ती निर्माण सम्पन्न गर्न सहयोगको अपिलसमेत गरेकी छिन्।

    धुर्मुस सुन्तली फाउन्डेसनले निर्माण गरिरहेको गौतमवुद्ध क्रिकेट रंगशालाको जस्तै अवस्था सिन्धुपाल्चोकको माझी बस्तीको भएको उनको भनाइ रहेको छ।उनले सहयोग गर्छु भन्नेले सहयोग नगरेपछि बस्तीको निर्माण कार्य अलपत्र परेको गुनासो गरेकी हुन्।उनले सहयोग गर्छु भन्नेहरुले सहयोग नगरे त्यो गरिबमाथिको खेलवाड हुने बताएकी छिन्।

    Posted in UncategorizedLeave a Comment on सिन्धुपाल्चोकको निर्माणाधीन माझी बस्ती ऋणमा रहेको स्वेता खड्काको गुनासो, सहयोग गर्न अपिल

    दोलखामा हिमपात

  • २३ माघ २०७७, शुक्रबार १७:४८ मा प्रकाशित
  • चरिकोट दोलखका उच्च हिमाली क्षेत्रमा शुक्रबार अपराह्नबाट हिमपात सुरु भएको छ । यो वर्ष दोलखाका कालिञ्चोक, शैलुङ, खरिढुङ्गा लगायतमा पहिलो हिमपात भएको हो ।आन्तरिक पर्यटकको चहलपहल हुने कालिञ्चोक क्षेत्रमा यो वर्ष पहिलोपटक हिमपात भएसँगै होटल व्यवसायी हौसिएका छन् । कालिञ्चोकमा हिउँ खेल्न आउने आन्तरिक पर्यटकको चहलपहल बाक्लो हुने गरेको छ ।

    विगत वर्षमा मंसिरबाटै कालिञ्चोकमा हिमपात हुने भएपनि यो वर्ष भने ढिलोगरी हिमपात भएको होटल व्यवासयी हरि ओलीले बताए । उनले हिमपात भएसँगै कोरोनाले थलिएका होटल व्यवसायले थोरै भएपनि लय लिने उनले बताए ।

    यस्तै दोलखाका च्योरदुङ लगायतका क्षेत्रमा पनि हिमपात भइरहेको छ भने तल्लो भेगमा सामान्य वर्षा भइरहेको छ । उच्च हिमाली भेगमा हिमपात भएसँगै आलु रोपेका किसान खुसी भएका छन् । हिमपात नहुँदा हिमाली क्षेत्रका आलु किसान निराश भएका थिए । हिमपातसँगै उनीहरु आलुमा सिँचाई पुग्ने भन्दै खुसी भएका हुन् ।

    Posted in UncategorizedLeave a Comment on दोलखामा हिमपात

    गोंगबुमाट्याक्सीमाआगजनी, बन्दगर्ने५६जनालाईप्रहरीलेलियोनियन्त्रणमा

  • २२ माघ २०७७, बिहीबार ०८:१८ मा प्रकाशित
  • गोंगबुमाट्याक्सीमाआगजनी, बन्दगर्ने५६जनालाईप्रहरीलेलियोनियन्त्रणमा

    काठबिहीबारबिहानैदेखिचोकचोकमा  बाक्लोमात्रामासुरक्षाकर्मीहरुखटिएकाछन्। 

    अहिलेसम्मप्रहरीलेहड्तालगर्दैहिड्ने५६जनालाईनियन्त्रणमालिइसकेकोएसएसपीसिंहलेजानकारीदिए।

    माडौंको गोंगबुमा  ट्याक्सीमाआगजनीभएकोछ।आजआमहड्तालआयोजनागरेकोनेपालकम्युनिष्टपार्टीप्रचण्ड-नेपालसमूहकाकार्यकर्तालेट्याक्सीमाआगजनीगरेकाहुन्। 

    बिहीबारबिहानप्रदेश३-०१००२ज५८८१नम्बरकोट्याक्सीमाआगजनीगरेकोमहानगरीयप्रहरीपरिसर, काठमाडौंकाप्रहरीवरिष्ठउपरीक्षकअशोकसिंहलेसेतोपाटीलाईजानकारीदिए।

    ‘प्रदर्शनकारीहरूलेआगजनीगरेरगएकाछन्,’उनलेभने। 

    सोट्याक्सीधादिङकाखुम्बनारायणश्रेष्ठकोहो।प्रहरीलेट्याक्सीमालागेकोआगोनियन्त्रणमालिइसकेकोछ।सोट्याक्सीमापूर्णरूपमाक्षतिपुगेकोछ। 

    प्रचण्डनेपालसमूहलेबुधबारपत्रकारसम्मेलनगर्दैआमहड्तालगर्नेघोषणागरेकाथिए।सविधानकोबेवास्तागर्दैसंवैधानिकआयोगहरूमानियुक्तिगरेकोभन्दैहड्तालकोघोषणागरेकोहो। 

    बिहीबारबिहानैदेखिचोकचोकमा  बाक्लोमात्रामासुरक्षाकर्मीहरुखटिएकाछन्। 

    अहिलेसम्मप्रहरीलेहड्तालगर्दैहिड्ने५६जनालाईनियन्त्रणमालिइसकेकोएसएसपीसिंहलेजानकारीदिए।

    Posted in UncategorizedLeave a Comment on गोंगबुमाट्याक्सीमाआगजनी, बन्दगर्ने५६जनालाईप्रहरीलेलियोनियन्त्रणमा

    अब निजी क्षेत्रका ठूलाआयोजनामा छुट्टैसुरक्षायुनिट

  • २० माघ २०७७, मंगलवार १३:५६ मा प्रकाशित
  • २०माघ, काठमाडौं।निजीक्षेत्रबाटसञ्चालनमारहेकाठूलाआयोजनाकोसुरक्षामाअबछुट्टैसुरक्षायुनिटकोअवधारणाल्याइएकोछ।४८औंराष्ट्रियविकाससमस्यासमाधानकोबैठकलेनिजीक्षेत्रबाटसञ्चालितठूलाआयोजनाकोसुरक्षाव्यवस्थापनमाछुट्टैमापदण्डबनाएरकार्यान्वयनमाल्याउनगृहमन्त्रालयलाईजिम्मेवारीतोकेकोछ।

    गृहमन्त्रालयले३महिनाभित्रैयस्तोसंयन्त्रनिर्माणगरीलागूगर्नेगरीजिम्मेवारीपाएकोराष्ट्रिययोजनाआयोगलेजानकारीदिएकोछ।

    आयोगकाअनुसारनिजीक्षेत्रबाटसंचालनमारहेकाठूलाआयोजनाकोसुरक्षाव्यवस्थापनकोजिम्मेवारीविद्यमानसुरक्षाजनशक्तिबाटैहुँदाजनशक्तिअभावभएकोनिष्कर्षमासरकारपुगेकोछ।

    यसलेआयोजनामाखटिनेजनशक्तिकोप्रोत्साहन, सेवा-सुविधाउपलब्धगराउनसमेतसमस्याभएकोनिष्कर्षसरकारकोछ।यस्ताआयोजनाकालागिसरकारकोतर्फबाटसमेतठूलोरकमखर्चभइरहेकोभन्दैछुट्टैसंयन्त्रकोअवधारणाल्याइएकोहो।

    नेपालप्रहरीरप्रदेशप्रहरी-कार्यसंचालन, सुपरीवेक्षणरसमन्वयंऐन, २०७५अनुसारनेपालसरकारलेतोकेकामहत्वपूर्णव्यक्ति, स्थान, निकाय, राष्ट्रियमहत्वकाआयोजना, अन्तराष्ट्रियविमानस्थल, राष्ट्रियराजमार्ग, राजमार्गरविदेशीकुटनीतिकनियोगकोसुरक्षागर्नेजिम्मानेपालप्रहरीकोरहेकोछ।

    अर्कोतर्फनिजीक्षेत्रकासुरक्षाप्रदानगर्नेनिकायरसुरक्षाकर्मीलेअपनाउनुपर्नेमापदण्डनिर्धारणगरीकार्यान्वयनगराउनेजिम्मेवारीसमेतप्रहरीकोहो।

    Posted in UncategorizedLeave a Comment on अब निजी क्षेत्रका ठूलाआयोजनामा छुट्टैसुरक्षायुनिट

    युरोपका चार देशसँग नेपालले थाल्यो श्रम सम्झौताको पहल, वार्षिक ५० हजारलाई रोजगारी

  • ४ माघ २०७७, आईतवार २१:३० मा प्रकाशित
  • युरोपका चार देशसँग नेपालले थाल्यो श्रम सम्झौताको पहल, वार्षिक ५० हजारलाई रोजगारी
    सरकारले व्यक्तिगत भिसामा नेपाली कामदार गइरहेका युरोपका चार देशसँग श्रम सम्झौता गर्न पहल थालेको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोमानिया, पोल्याण्ड, पोर्चुगल तथा सेसेल्ससँग श्रम सम्झौताका पहल थालेको हो । 
    मन्त्रालयले श्रम सम्झौता गर्न पहल गरिरहेका युरोपियन मुलुकमा हाल नेपाली कामदार व्यक्तिगत श्रम स्वीकृति लिएर रोजगारी लागि गइरहेका छन् ।
    पोर्चुगल, रोमानिया, पोल्याण्ड तथा सेसेल्सले सरकारीस्तरमा श्रम सम्झौता गरेर कामदार लिन खोजिरहेका कारण ती देशसँग छलफल भइरहेको मन्त्रालयले जनाएको छ । 
    पछिल्लो समय व्यक्तिगत श्रम स्वीकृति लिएर युरोपियन मुलुकमा जाने नेपाली कामदारकाे संख्या बढ्दै गएको छ । जसकारण कामदारकै सुरक्षा र हकहितका लागि सरकारीस्तरमा श्रम सम्झौता गर्नुपर्ने आवश्यकता समेत भएको श्रम मन्त्रालयले जनाएको छ ।  
    धेरै देशले नेपालबाट श्रमिक लैजान चासो देखाइरहेको श्रम मन्त्रालयका सचिव तोयम रायले जानकारी दिए । मन्त्रालयले पोर्चुगल, रोमानिया, पोल्याण्ड तथा सेसेल्समा रोजगारीका लागि कामदार पठाउन सरकारीस्तरमा श्रम सम्झौता गर्न छलफल गरिरहेको सचिव रायले बताए । ‘युरोपियन मुलुकमा श्रमिकको उच्च कमाइ हुन्छ । युरोपियन मुलुक नेपाली कामदारका लागि रोजगार गन्तव्य देशसमेत बन्न सक्छन् । युरोपियनका केही देशबाट नेपाली कामदारको राम्रो माग आउने गरेको छ,’ उनले भने, ‘हाल  छलफल भइरहेको पोर्चुगल, रोमानिया, पोल्याण्ड तथा सेसेल्समा कस्ता कामदार रोजगारीमा पठाउन सकिन्छ भनेर अध्ययन भइरहेको छ । श्रम सम्झौता गर्नुअघि दक्ष कामदार उत्पादन कसरी गर्न सकिन्छ भनेर तयारी गर्नुपर्छ ।’
    श्रम मन्त्रालयले पोर्चुगल, रोमानिया, पोल्याण्ड तथा सेसेल्ससँग सरकारीस्तरमा श्रम सम्झौता गरेर वार्षिक ५० हजार कामदार रोजगारीमा पठाउन सकिने अनुमान गरिरहेको सचिव रायले जानकारी दिए । युरोपका देशले निर्माण, होटल, कृषि, उद्योग, सेवा क्षेत्र र समुद्रमा काम गर्ने श्रमिक लिन इच्छा देखाइरहेका  मन्त्रालयले जनाएको छ ।
    पोर्चुगल, रोमानिया, पोल्याण्ड तथा सेसेल्समा हाल पनि वार्षिक ५ हजारभन्दा धेरै नेपाली रोजगारीका लागि गइरहेको श्रम मन्त्रालयको अनुमानित तथ्यांक छ । अहिले नेपाली कामदार भारत हुँदै पोर्चुगल, रोमानिया, पोल्याण्ड तथा सेसेल्स गइरहेका छन् । 
    म्यानपावर कम्पनीले पनि नेपाली श्रमिकलाई भारत हुँदै युराेप पठाउँदै आएका छन् । भारत हुँदै राेजगारीका लागि युरोपका देश गएका कतिपय नेपाली अलपत्रसमेत पर्ने गरेका छन् । 
    सरकारले युरोपका देश जाने कामदारको सेवा शुल्क तोके पनि म्यानपावर कम्पनीले भने आफूखुसी रकम लिँदै आएका छन् । वैदेशिक रोजगार विभागका अनुसार युरोपमा पठाउँछु भनेर म्यानपावर र एजेन्टले ठगी गरेकाे भन्दै धेरै कामदार समस्या लिएर कार्यालयमा आउने गरेका छन् ।
    साभार :सिलापत्र डट कमवाट

    Posted in UncategorizedLeave a Comment on युरोपका चार देशसँग नेपालले थाल्यो श्रम सम्झौताको पहल, वार्षिक ५० हजारलाई रोजगारी

    यसरी प्रयोग गर्नुहोस् सरकारले ल्याएको नागरिक एप

  • ३ माघ २०७७, शनिबार २२:१० मा प्रकाशित
  • काठमाडौं । सरकारले संभव भएसम्मका सबै सरकारी सेवा दिनेगरी शुक्रबार नागरिक एपको बेटा भर्सन सार्वजनिक गरेको छ । सरकारी सेवाका लागि सकेसम्म सरकारी कार्यालय धाउनै नपर्ने उद्देश्यका साथ सार्वजनिक गरिएको यो एप प्रयोग गर्न पनि निकै सहज छ ।

    हाल यो एपबाट प्यान नम्बर लिन सक्ने व्यवस्था मिलाइएको छ । आगामी दिनमा यसैगरी क्रमशः यो एपमा अन्य सरकारी सेवा समेत लिन सकिनेछ ।

    विभिन्न सरकारी निकायले सञ्चालनमा ल्याएका सबै एपहरुलाई क्रमशः यही एपमा इन्टिग्रेट गर्ने सरकारको योजना छ । यहाँ हामी तपाईंलाई नागरिक एपमा कसरी खाता खोल्ने भन्ने विषयमा बताउँदै छौं ।

    यसका लागि सुरुमा तपाईंले आफ्नो मोबाइलको नागरिक एप डाउनलोड गर्नुपर्ने हुन्छ । यसका लागि एन्ड्रोइड फोन हो भने यहाँ क्लिक गर्नुहोस् तथा आईओएस हो भने यहाँ क्लिक गर्नुहोस् ।

    अब एप खोल्नुहोस् र भाषा छनोट गर्नुहोस् अनि खाता खोल्न अगाडि बढ्नुहोस् । यदि मोबाइलमा डार्क मोड अन गर्नुभएको छ भने त्यसलाई बन्द गर्न भने नबिर्सिनुहोस् ।

    अब त्यसमा आफ्नो मोबाइल नम्बर राख्नुहोस् । याद राख्नुहोस्, तपाईंले अरुको मोबाइल नम्बरबाट यो एपमा खाता खोल्न सक्नुहुन्न ।
    त्यसैले आफ्नै नाममा दर्ता भएको मोबाइल नम्बर राख्नुहोस् र ‘अगाडि बढ्नुहोस्’ । यति गरिसकेपछि एपले भर्खरै राखेको मोबाइल नम्बर तपाईंकै साथमा छ कि छैन भन्ने यकिन गर्न एसएमएसमार्फत ६ अंकको कोड पठाउँछ ।
    उक्त कोड जस्ताको त्यस्तै एपमा राख्नुहोस् र पुनः ‘अगाडि बढ्नुहोस्’ लेखिएको स्थानमा दबाउनुहोस् । आफ्नो मोबाइल नम्बर प्रमाणीत गराएजस्तै एपमा दर्ता हुन तपाईंले परिचयपत्रबाट आफ्नो विवरण समेत प्रमाणीत गराउनुपर्ने हुन्छ ।
    त्यसका लागि नागरिकता, मतदाता परिचयपत्र वा राहदानी मध्ये कुनै एउटा विकल्प छनौट गर्नुहोस् र त्यसको विवरण भर्नुहोस् । उदाहरणका लागि नागरिकता छान्नुभयो भने त्यसको नम्बर, जारी भएको जिल्ला, जन्म मिति र जारी भएको मिति उल्लेख गर्नुहोस् र अगाडि बढ्नुहोस् ।
    यदि तपाईंले उल्लेख गरेको विवरण र गृह मन्त्रालयमा भएको विवरण मिलेको खण्डमा प्रमाणीकरण सफल हुनेछ । त्यससँगै एउटा फाराम खुल्छ ।
    त्यसमा आफ्नो छुटेको विवरण थप गर्नुहोस्, गलत विवरण सच्याउनुहोस् र अगाडि बढ्नुहोस् । यति गरेसँगै नागरिक एपमा तपाईंको दर्ता प्रक्रिया पुरा हुन्छ । अब यसमा पिन कोड राखेर तपाईं एपमा उपलब्ध सेवा प्रयोग गर्न सक्नुहुन्छ ।

    Posted in UncategorizedLeave a Comment on यसरी प्रयोग गर्नुहोस् सरकारले ल्याएको नागरिक एप

    पाकिस्तानी विमान मलेसियाको कब्जामा !

  • २ माघ २०७७, शुक्रबार १९:११ मा प्रकाशित


  • क्वालालम्पुर । पाकिस्तान इन्टरनेशनल एयरलाइन्स (पीआईए) को एउटा ‘बोइङ्ग–७७७’ विमानलाई मलेसियाले कब्जामा लिएको छ । क्वालालम्पुर विमानस्थलमा मलेसियाली प्रशासनले उक्त पाकिस्तानी विमान कब्जामा लिएको हो । अधिकारीहरुका अनुसार मलेसियाको एउटा स्थानीय अदालतको आदेशअनुसार सो विमान कब्जा गरिएको हो ।

    समाचार एजेन्सीहरुका अनुसार पीआईएले विमान भाडामा लिएबापतको रकम नबुझाएका कारण यस्तो कारवाही गरिएको हो । पीआईएले सन् २०१५मा भियतनामको एउटा कम्पनीसँग बोइङ्ग–७७७ विमान भाडामा लिएको थियो ।
    पाकिस्तानी न्यूज च्यानल ‘जियो टिभी’ले जनाएअनुसार पाकिस्तानी सहर कराँचीबाट मलेसियाको क्वालालम्पुर पुगेको उक्त विमानलाई फर्कन नदिइ मलेसिया प्रशासनले कब्जामा लिएको हो । क्वालालम्पुरबाट पाकिस्तानतर्फ फर्कनका लागि विमान तयारी अवस्थामा रहेको र यात्रीहरुसमेत विमानमा चढिसकेको अवस्थामा उडान भर्न अनुमति नदिइएको हो ।
    विमानलाई क्वालालम्पुर विमानस्थलमै रोकिएपछि विमानका चालक दलका १८ सदस्य पनि मलेसियामै बस्नुपरेको छ । कोभिड–१९ प्रोटोकलअनुसार चालक दलका सबै सदस्यले कम्तीमा १४ दिन क्वारेन्टिन बस्नुपर्ने जनाइएको छ ।
    पीआईएले ट्वीटरमार्फत उक्त घटनाको पुष्टि गरेको छ । पीआईएका अनुसार मलेसियाको अदालतले एकतर्फी निर्णय सुनाएको आधारमा यो कारवाही गरिएको हो ।
    एउटा अर्को ट्वीटमा पीआईएले लेखेको छ, ‘पीआईए र अर्को पक्षबीच लन्डनको एउटा अदालतमा मुद्दा चलिरहेको छ, यो एक कानुनी लडाइ हो, जो अझै जारी छ । तर मलेसियाली अदालतले एकतर्फी निर्णय सुनाएको छ, जुन स्थिति स्वीकार्न लायक छैन ।’
    पीआईएले पाकिस्तान सरकारलाई यसबारे जानकारी गराइएको र कुटनीतिक स्तरमा कुरा उठाउन भनिएको पनि जानकारी दिएको छ । पीआईएका अनुसार उक्त विमानमार्फत पाकिस्तान आउन टिकट लिएका यात्रीहरुका सम्बन्धमा आवश्यक प्रवन्ध मिलाइएको पनि पीआईएले जनाएको छ ।

    Posted in UncategorizedLeave a Comment on पाकिस्तानी विमान मलेसियाको कब्जामा !

    सरकारी अस्पताललाइ सुविधामैत्रि बनाउन लागि परेकाे छ : मुख्यमन्त्रि पाेख्रेल

  • २६ पुष २०७७, आईतवार १८:५८ मा प्रकाशित

    तुलसिपुर षुस २६
    लुम्विनि प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले सरकारी अस्पताललाई सुविधामैत्रि बनाउन प्रदेश सरकार लागि परेको बताएका छन । राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सीटी स्क्यान मेसीन र चिकीत्सक बस्ने भवनको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन । अस्पताललाई सुविधा युक्त बनाई विरामी रिफर गनुपर्ने बाध्यताको अन्त्य गर्ने गरि अस्पतालको विकासमा लाग्न सुझाव दिएका थिए । सरकारी अस्पतालमा भएका उपकरण समेत प्रयोग नगर्ने परिपार्टिको अन्त्य गर्दै सुविधायुक्त तवरले सेवा दिन आग्रह समेत गरेका थिए ।
    अस्पतालको दिगो रुपमा विकासको लागि योजनाका साथ अघि बढ्न आग्रह गर्दै भौतिक पुर्वाधार र जनशक्तिको लागि सहयोग गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको समेत उनले बताएका थिए । अर्को प्रसंङ्गमा मुख्यमन्त्री पोख्रेलले अस्पतालको जमिन अतिक्रमणमा पर्नु गलत कार्य भएको बताएका थिए ।
    अस्पताल विकास समितिका अध्यक्ष पदम प्रसाद न्यौपानेको अध्यक्षतमा भएको कार्यक्रममा उपमहानगरका नगर प्रमुख घश्याम पाण्डेले अस्पताललाई सुविधा सम्पन्न बनाउने प्रयासले सार्थकता पाएका बताएका थिए । अस्पतालको स्तरोन्नती भई अहिले २ सय बेडका रुपमा सञ्चालित छ । आगामि दिनमा ६ सय बेडका रुपमा विकास गर्ने लक्ष्य रहेको अस्पतालका मेडिकल सुपरीटेण्डेण्ट डा.विनोद सिंहले बताएका छन । सिटि स्क्यान र चिकित्सक बस्नका लागि क्वाटर बनेपछि सेवामा थप सहजता हुने उनले बताएका थिए । कार्यक्रमको सहजिकरण जनश्वास्थ्य निरीक्षक हेमा पौडेलले गरेकी थिईन ।

    Posted in UncategorizedLeave a Comment on सरकारी अस्पताललाइ सुविधामैत्रि बनाउन लागि परेकाे छ : मुख्यमन्त्रि पाेख्रेल

    सिन्धुपाल्चोकमा चार वटा स्थानीय तहमा अस्पतालको शिलान्यास

  • १५ मंसिर २०७७, सोमबार १६:२१ मा प्रकाशित
  • सरकारले सातै प्रदेशमा आज एकै साथ ३ सय ९६ वटा आधारभूत अस्पतालको शिलान्यास गर्ने योजना अनुसार सिन्धुपाल्चोकमा पाँचवटा मध्ये चार वटामा आधारभूत अस्पताल सिलान्यास गरिएको हो ।
    दुई वर्षभित्र निर्माण सम्पन्न गरेर सञ्चालनमा ल्याउने सरकारको योजना छ ।मेलम्ची नगरपालिकाको मेलम्चीमा, लिंसखुपाखर गाउँपालिकाको डाँडापाखरमा जुगल गाउँपालिकाको बराम्चीमा बलेफी गाउँपालिकाको जलवीरमा, अस्पताल शिलान्यास गरिएको हो । मेलम्ची नगर पालिका मा नगर प्रमुख डम्बर अर्याल र लिसंखुपाखरमा राष्टिय सभा सदस्य सिंहबहादुर विश्वकर्माले र अन्य स्थानीय तहमा भने सम्बन्धित मेयर तथा अध्यक्षले अस्पतालको शिलान्यास गरेका थिए । हेलम्बु गाउँ पालिका मा भने शिलान्यास गरिने स्थानको माटो परीक्षणसहित प्राविधिक जाँचको काम बाँकी रहेकाले पछि मात्रै शिलान्यास गरिने हेलम्बु गाउँ पालिका का अध्यक्ष निमा ग्याल्चेन शेर्पा ले जान कारी दिनु भयो ।
    त्यस्तै जिल्लाका तीन वटा स्थानीय तहमा आधारभूत अस्पताल निर्माण भई सञ्चालनमा आइ रहेकाछन् ।

    जिल्लामा रहेका बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्र, नवरलपुर अस्पताल, चौतारा अस्पताललाई नै आधारभूत अस्पतालको रुपमा विकास गर्ने योजना रहेको छ । त्यस्तै पाँचपोखरीमा भने अस्पताल निर्माणधिन छन् । पाँचपोखरीमा अस्पताल भवन नै बन्दै गरेको र , त्यहाँ डाक्टर बाहेक अन्य जनशक्तिको समेत व्यवस्थापन भैसकेको वरिष्ठ जन स्वास्थ अधिकृत दुर्गा दत्त चापागाईले जानकारी दिनुभयो ।
    इन्द्रावतीमा नवलपुर अस्पताललाई नै आधारभूत अस्पतालको रुपमा विकास गरिने भएको छ । इन्द्रावतीमा नयाँ भवन निर्माणको काम समेत धमाधम भैरहेको छ । जिल्लाका तीन स्थानीय तहमा भने कुनै अस्पतालको शिलान्यासको काम भएको छैनन् ती स्थानीय तहमा यस्ता कार्यक्रम आएको जानकारीमा न आएको वरिष्ठ जन स्वास्थ अधिकृत चापागाईले जानकारी दिनु भयो ।
    जिल्लाका सुनकोसी, भोटेकासी र त्रिपुरा सुन्दरी गाउँपालिकामा कुनै अस्पताल शिलान्यासको कार्यक्रम छैन् । त्यहाँ अस्पतालहरु पनि नभएको र कार्यक्रम पनि नभएको पनि चापागाईंले जान कारी दिनु भयो ।

    Posted in UncategorizedLeave a Comment on सिन्धुपाल्चोकमा चार वटा स्थानीय तहमा अस्पतालको शिलान्यास

    घोराही उपमहानगरले गर्‍यो चालु आ.व.को प्रथम चौमासीक समिक्षा

  • १२ मंसिर २०७७, शुक्रबार १६:४० मा प्रकाशित
  • दाङ,घोराही, १२ मंसिर
    दाङ जिल्लाको घोराही उपमहानगरपालिकाले चालु आ.व.२०७७/७८ को प्रथम चौमासिकको समिक्षा गरेको छ । नगर प्रमुख नरुलाल चौधरीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा चालु आ.व.को प्रथम चौमासिकमा गरेका कामहरुको सार्वजनिक तथा समिक्षा गरिएको थियो । साथै आगामी दिनमा कामलाई थप तिब्रता दिने बिषयमा समेत छलफल गरिएको थियो ।

    कार्यक्रममा सूचना अधिकारी भिमबहादुर चौधरीले पहिलो चौमासीकमा गरेका कामका बारेमा जानकारी गराउनुभयो । उहाँले नगरको कूल पूजीगत तर्फ १५ प्रतिशत काम भएको जानकारी दिनुभयो । टेण्डर प्रकृया सकिने क्रममा रहेको र उपभोक्ता समिति गठन धमाधम भैरहेको पनि उल्लेख गर्नुभयो ।

    नगरको सूचना तथा सञ्चार प्रविधी शाखाले आयोजना गरेको समिक्षा कार्यक्रममा नगर प्रमुख चौधरी पहिलो चौमासीकको तुलनामा अब दोस्रो चौमासिकका कामलाई तिब्रता र गुणस्तरीयता दिन निर्देशन दिनुभयो ।

    साथै उहाँले चालु आर्थिक बर्षका लागि तय भएका कार्यक्रम र बजेटको सहि सदुपयोग तथा सम्पादनमा शाखा महाशाखा र वडा कार्यालयहरुलाई निर्देशन दिनुभएको हो ।

    साथै उहाँले नगरबासीहरुलाई पनि आफ्ना ठाउँमा परेका योजनाहरुलाई समयमै सक्न र गुणस्तरीय बनाउन विषेशरुपले लाग्न आग्रह गर्नुभयो ।

    त्यसैगरी, नगर उपप्रमुख सीता सिग्देल न्यौपानेले योजना सम्झौता र कार्यान्वयनको पक्षलाई समय अनुसार अघि बढाउन निर्देशन दिनुभयो । कसरी गुणस्तरीय र दिगो काम गर्न सकिन्छ भन्ने तर्फ बिषेश ध्यान दिएर काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

    साथै प्रमुख प्रशासकिय अधिकृत ऋषिराम केसीले कार्यपालिकाले कुन मितिमा के काम गर्ने भनि निर्णय गरेर शाखा महाशाखा र वडामा परिपत्र गरि सकेको जानकारी दिनुभयो । कार्यक्रमको सहजिकरण सूचना प्रविधी अधिकृत विमल अग्रहरीले गर्नुभएको थियो ।

    Posted in Uncategorized, ताजा अपडेट, मुख्य खबरLeave a Comment on घोराही उपमहानगरले गर्‍यो चालु आ.व.को प्रथम चौमासीक समिक्षा

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P