• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: Uncategorized

एनआरएनए साउदीले ILO संस्थाको आर्थिक हिनामिना सम्बन्धमा आएका मिथ्या समाचारहरु विरुद्ध च्यालेन्ज सहित गर्यो भर्चुअल प्रेसमिट कार्यक्रम ।

  • १० फाल्गुन २०७७, सोमबार ०९:२३ मा प्रकाशित
  • समर्पण रम्जान

    प्रेसमिट सहित

    २२ फेब्रुअरी २०२१, साउदी अरब ! कोभिड १९ को अबस्थामा गैरआवासीय नेपाली संघ (एनआरएनए) ले अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) द्वारा सपोर्ट गरिएको सामाजिक प्रोजेक्टमा साउदी अरबमा पनि अनियमितता भएको भनेर २० फेब्रुअरीका दिन हलियुडखबरले छपाएसँगै एनआरएनए साउदीले यस समाचारलाई खन्डन गर्दै २१ फेब्रुअरीका दिन प्रेसमिट बक्तब्य निकाल्दै भर्चुअल प्रेसमिट कार्यक्रम गरेको छ ।

    उक्त कार्यक्रममा एनआरएनए आइसिसी मध्यपुर्वका उपसंयोजक, आइसिसी सदस्यहरु तथा एनसिसि पदाधिकारीहरु, ILO पोजेक्टको अनुगमन टोलि र विभिन्न मिडियाकर्मिहरु, प्रबास खबर का प्रतिनिधि, हिमलायन दृस्टीका प्रतिनिधि, अन्नपूर्ण पोस्टका प्रतिनिधि, सैलुङ अनलाइनका प्रतिनिधि, पिटि अनलाइनका प्रतिनिधि, र एनए मिडियाका प्रतिनिधि हरुको उपस्थित रहेको थियो ।
    संस्थाका अध्यक्ष तेज थापाको अध्यक्षतामा महासचिव उमेश भट्टराईद्वारा संचालित प्रेस मिट कार्यक्रममा संस्थाका कोषाध्यक्ष सन्तोष लुइँटेलद्वारा सम्पुर्ण कोष विवरण पारदर्शी रुपमा सेयर गराउदैै एनआरएनए साउदि १००% सत्य रहेको र तथ्य र प्रमाण बिनाको समाचार फैलाउने हलियुडखबर लाई च्यालेन्ज गर्दै कुनै पनि आर्थिक हिनामिनाको प्रमाण देखाउन पनि चुनौती दिएका थिए ।


    यसै गरि कार्यक्रममा उपस्थित आइसिसी सदस्य नरायाण पास्वान, आइसिसी मध्यपुर्व उप संयोजक राजेन्द्र अर्याल, एनसिसि संरक्षक राजु सैयद, एन सिसि उपाध्यक्षहरु बिशाल श्रेष्ठ, रोशन श्रेष्ठ, सचिब लाल बहादुर मगर, सह कोषाध्यक्ष योगेन्द्र श्रेष्ठ, प्रोजेक्ट अनुगमन सदस्य दिपक रेग्मी लगायत सम्पुर्ण उपस्थित महानुभाब तथा मिडिया कर्मिहरुले बोल्दै मध्य पुर्व साउदीमा निस्वार्थ भावनाले सामाजिक कार्यहरू गर्दै जाँदा, अधिकांश पीडित श्रमिकहरुलाइ सहरा बनेर धेरै समस्यामा मल्हम लगाउदै समाधानमा सहयोग गर्दै आइरहेको श्रमिकको एक मात्रै सामाजिक संस्था, साउदी अरबको एनआरएन लाई लगाइएको मिथ्या आरोप प्रती घोर निन्दा गर्दै त्यस्ता पत्रकारलाई प्रमाण सहित टेबल टक गर्न अब्हान गर्नु भएको छ । देशको तेस्रो अंग पत्रकार भएर बिना प्रमाण सुनेको भरमा समाचार छापेकोमा आपत्ति जनाउँदै प्रमाण जुटाएर आउन र यदि प्रमाण नभए भ्रमात्मक समाचार फैलाउनेलाइ कार्वाही गर्ने चेतावनी दिनु भएको छ ।


    कार्यक्रममा संस्थाका प्रबक्ता बिष्णु न्यौपानेले प्रेसमिट पडेर सबैमाझ सुनाएका थिए भने यस्ता भ्रमात्मक खबरलाइ चिर्न सदैब तत्पर रहेको बताएका थिए।
    अन्त्यमा अध्यक्ष तेज बहादुर थापाले कार्यक्रम समापन गर्ने क्रममा यसरी बिना प्रमाण युरोप अमेरिकाको कुनै कुनामा बसेर भ्रमात्मक र मिथ्या खबर एक सिङ्गो संस्थालाई असर पुग्ने खालका समाचार छपाउनेलाइ स प्रमाण सहित आउन पनि अनुरोध गर्दै हिनामिना भएको प्रमाण भए जस्तोसुकै अबस्थामा आफुहरुले सजाय भोग्ने र प्रमाण नभए संस्थालाई आँच पुर्याउने समाचार छाप्नेलाइ सामाजिक रुपमा क्षमा माग्नु पर्ने नमागे कार्वाहीको दायरामा लेराउने कुरा अबगत गराउनु भएको छ ।


    कार्यक्रममा अध्यक्ष थापाले उपस्थित मिडियाकर्मिहरुलाइ सत्य तथ्य समाचार छपाउन र गलत समाचारलाई चिर्नको लागि पनि सहयोग गर्न अनुरोध गरेका छन् । अन्त्यमा हिड्दा पनि ठेस लाग्छ भने निस्वार्थ भावानाले सामाजिक कामहरु गर्दा यस्ता बाधा अड्चनहरु आइपर्ने र यस्ता मिथ्या समाचारहरु बाट सचेत रहि बिचल्लीत नहुन र सदैब अडिग रहन आफ्नो एनआरएनए साउदी टिमलाइ आग्रह गरेका छन ।

    Posted in UncategorizedLeave a Comment on एनआरएनए साउदीले ILO संस्थाको आर्थिक हिनामिना सम्बन्धमा आएका मिथ्या समाचारहरु विरुद्ध च्यालेन्ज सहित गर्यो भर्चुअल प्रेसमिट कार्यक्रम ।

    ‘अवहेलना निवेदनले समय खेर’

  • ७ फाल्गुन २०७७, शुक्रबार ०७:०७ मा प्रकाशित
  • काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतमा आफैं उपस्थित भएर अवहेलनासम्बन्धी मुद्दामा बिहीबार लिखित जवाफ पेस गरेका छन्। आफूले अदालतको मानहानि नगरेको दाबीसहित मुद्दा खारेजीको माग प्रधानमन्त्री ओलीले गरेका छन्। प्रधानमन्त्रीले जवाफमा अदालतप्रति उच्च सम्मानसमेत व्यक्त गरेका छन्। 

    ‘लोकतन्त्र, विधिको शासन तथा स्वतन्त्र न्यायपालिकाका लागि पाँच दशकभन्दा लामो समयदेखि संघर्ष गरेको मैले न्यायपालिकाको सम्मान कम हुने कार्य गरेँ भनी कल्पना गर्नु दूराग्रहपूर्ण छ’, प्रधानमन्त्रीको जवाफमा लेखिएको छ, ‘अदालतबाट भएका फैसला तथा आदेशको म तथा मैले नेतृत्व गरेको सरकारबाट सदैव सम्मान र कार्यान्वयन भइरहेको छ।’

    प्रधानमन्त्रीले सर्वोच्चले गरेका संविधान र कानुनको व्याख्या पूर्णतः पालना भएको जिकिर लिएका छन्। जवाफमा प्रधानमन्त्रीले भनेका छन्, ‘सम्मानित अदालतबाट न्यायसम्पादनका क्रममा हुने कामकारबाहीमा कुनै अवरोध गरिएको छैन। कुनै फैसला वा आदेशको अवज्ञा गरिएको भन्ने दाबी निवेदकले लिन सकेको अवस्था छैन।’
    उनले मुद्दा शब्दका फूलबुट्टा भरेर मुद्दा दिएको बताएका छन्। ‘तसर्थ निवेदन दाबी नै दूषित छ। कुनै पनि वक्ताको पूरा वक्तव्यलाई आधार बनाई त्यसको शब्द वा आशयको अर्थ निकाल्नुपर्छ’, जवाफमा लेखिएको छ।

    Posted in UncategorizedLeave a Comment on ‘अवहेलना निवेदनले समय खेर’

    अदालतका नापी निरीक्षकसहित चार जना घुससहित पक्राउ

  • ३ फाल्गुन २०७७, सोमबार १५:१२ मा प्रकाशित
  • काठमाडौँ: रुपन्देही जिल्ला अदालतका नापी निरीक्षक (सर्वेक्षक)द्वय सुमित चौलागाईँ र मनोज थापा घुससहित पक्राउ परेका छन् ।

    अदालतमा परेको जग्गा सम्बन्धी मुद्दाको नापजाँच कार्यमा सहजीकरण गरिदिने भन्दै उनीहरुले सेवाग्राहीसँग घुस लिँदा लिँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो ।

    उनीहरुलाई ५ हजार अतिरिक्त रकम लिइसकेको अवस्थामा कोटहीमाई गाउँपालिका वडा नं १ बोगडियाबाट नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको सहप्रवक्ता गणेशबहादुर अधिकारीले जानकारी दिए।

    यसवाहेक वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग ववरमहल, काठमाडौंका नायव सुब्बा नरेन्द्र चन्द र लेखापढी व्यवसायी रामबाबु दाहाल घुससहित पक्राउ परेका छन् । उनीहरुलाई सेवाग्राहीसँग ८ हजार घुस लिँदालिँदै घुससहित अख्तियारको टोलीले पक्राउ गरेको हो ।

    अख्तियाले लेखापढीको काम गर्ने दाहालले सुब्बा चन्दलाई दिइसकेको अवस्थामा रकम सहित विभाग परिसरबाट दुबै जनालाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको छ ।

    Posted in UncategorizedLeave a Comment on अदालतका नापी निरीक्षकसहित चार जना घुससहित पक्राउ

    जापानको परमाणु रियाक्टर रहेको क्षेत्रमा ७.१ रेक्टरको शक्तिशाली भूकम्प

  • १ फाल्गुन २०७७, शनिबार २२:२६ मा प्रकाशित
  • फाइल फोटो

    १३ फेब्रुअरी २०७७ ! जापानको पूर्वी क्षेत्रमा शनिबार राति शक्तिशाली भूकम्प गएको छ । १० वर्षअघि गएको शक्तिशाली भूकम्पका कारण तीनवटा परमाणु रियाक्टर क्षतिग्रस्त बनेको फुकुसिमानजिकै भूकम्पको केन्द्रविन्दु रहेको थियो ।

    जापानका अधिकारीहरुले भूकम्पको तीव्रता ७.१ म्याग्निच्युड रहेको बताएका छन् । यद्यपि, भूकम्पबाट सुनामीको खतरा भने नरहेको उनीहरुले जानकारी दिएका छन् । स्थानीय समयअनुसार ११ बजेर ८ मिनेट जाँदा भूकम्प गएको थियो ।

    भूकम्प गलत्तै प्रधानमन्त्री कार्यालयले विपद् व्यवस्थापन कार्यालय स्थापना गरेको छ भने परमाणु प्लान्ट सञ्चालन गर्ने टोकियो इलेक्ट्रिक पावर कम्पनीले त्यसमा रेडिएसन चुहावट भएको या नभएको जाँच गरिरहेको छ । एनएचकेका अनुसार भूकम्प ३० सेकेण्डसम्म गएको थियो ।

    सन् २०११ को मार्चमा जापानमा ९–९.१ म्याग्निच्युडको प्रलयकारी भूकम्प गएको थियो । द ग्रेट इस्ट जापान अर्थक्वेक भनेर चिनिने त्यस भूकम्पलाई जापानमा गएको अहिलेसम्मकै शक्तिशाली भूकम्प मानिन्छ । त्यतिबेला करिब १६ हजारले ज्यान गुमाएका थिए । उक्त भूकम्पको १० औँ वर्ष गाँठको एक महिना अघि जापानमा शक्तिशाली भूकम्प गएको हो । समाचार श्रोत एजेन्सी सहित रातोपाटी

    Posted in Uncategorized9 Comments on जापानको परमाणु रियाक्टर रहेको क्षेत्रमा ७.१ रेक्टरको शक्तिशाली भूकम्प

    सोमबारसम्म वर्षा र हिमपातको सम्भावना (तीन दिनको पूर्वानुमानसहित)

  • १ फाल्गुन २०७७, शनिबार ०७:५३ मा प्रकाशित
  • काठमाडौँ-  मुलुकमा फेरि पश्चिमी वायुको प्रभावले वर्षा र हिमपातको सम्भावना बढेको छ ।

    पश्चिमी वायुको प्रभावले आज दिउँसो र राति उच्च पहाडी र हिमाली भेगमा हल्का हिमपात र वर्षाको पूर्वनुमान गरिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    महाशाखाले विहान ६ बजे जारी गरेको तीन दिनको पूर्वानुमान वुलेटिनमा सोमबार रातिसम्म ठाउँठाउँमा वर्षा र हिमपातको पूर्वानुमान गरिएको छ ।

    अहिले देशको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका केही भू-भागमा आंशिकदेखि सामान्य बदली र अन्य  पहाडी भू-भागमा आंशिक बदली रहेको छ । बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।

    आगामी २४ घण्टा उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आह्वान गरेको छ ।

    यस्तो छ तीन दिनको मौसम पूर्वानुमान

    फाल्गुन ०१ गते (शनिबार)

    दिउँसो : देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ । प्रदेश-१ का पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ।

    राति: देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ । प्रदेश-१ र गण्डकी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ ।

    फाल्गुन ०२ गते (आईतबार)

    दिउँसो : देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ । देशका पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ।

    राति : देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ । प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ।

    फाल्गुन ०३ गते (सोमबार)

    दिउँसो : देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ। देशका पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षा हुने सम्भावना छ ।

    राति : प्रदेश नं १ मा आंशिकदेखि सामान्य बदली रही बाँकी पहाडी भू-भागका धेरैजसो स्थानमा आंशिक बदलीको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । प्रदेश- १ र गण्डकी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ।

    Posted in UncategorizedLeave a Comment on सोमबारसम्म वर्षा र हिमपातको सम्भावना (तीन दिनको पूर्वानुमानसहित)

    बीबीसी टेलिभिजनको प्रसारणमा चीनले लगायो प्रतिबन्ध

  • ३० माघ २०७७, शुक्रबार ०९:२९ मा प्रकाशित
  • बेइजिङ — चीनले बीबीसी वर्ल्ड सर्भिस टेलिभिजनको प्रसारणमा प्रतिबन्ध लगाएको छ ।  ‘झूटो’ र ‘अनुचित’ सामग्री प्रसारण गरेको भन्दै बीबीसी वर्ल्ड न्युजलाई चीनमा प्रसारणमा रोक लगाइएको चिनियाँ राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

    हालैका आफ्ना रिपोर्टहरुमा बीबीसीले कोरोना महामारी र शिनजियाङमा विगर मुसलमानहरुमाथि शोषण भइरहेको भन्दै आलोचनात्मक सामग्री प्रसारण गरेको थियो । बेलायतको विदेश मन्त्रालय विज्ञप्ति जारी गर्दै चीनमा इन्टरनेट र मिडयामाथि कडा प्रतिबन्ध लागू भएको बताएको छ । बेलायती विदेश मन्त्रालयले चीनको पछिल्लो निर्णयले विश्वसामु उसको छवि गिराउने प्रतिक्रिया दिएको छ ।

    गएको हप्ता बेलायती सञ्चारमाध्यम नियामक निकाय अफकमले चीन सरकारको नियन्त्रणमा रहेको सीजीटीएन टेलिभिजनको प्रसारण लाइसेन्स निलम्बित गरेको थियो । त्यसैको प्रतिक्रियास्वरुप चीनले बीबीसीको वर्ल्ड सर्भिसमाथि प्रतिबन्ध लगाइएको विश्लेषण गरिएको छ । बीबीसीले चिनियाँ राष्ट्रियता र राष्ट्रिय एकतालाई अवमूल्यन गर्दै सामग्री प्रसारण गरेको पनि चिनियाँ अधिकारीले आरोप लगाएका छन् ।

    बीबीसीका एसिया सम्पादकका अनुसार चीनमा बीबीसी वर्ल्ड सर्भिसमाथि प्रतिबन्ध लगाउँदै खासै असर नपर्ने बताए । उनका अनुसार चीनमा केबल अपरेटरहरुले बीबीसी टेलिभिजन खासै प्रसारण गर्दैनन् । केही होटेल र आवासीय क्षेत्रहरुमा बाहेक बीबीसी वर्ल्ड सर्भिसको प्रसारण नहुने अल जजीराले उल्लेख गरेको छ ।

    इकान्तिपुर न्युज ।

    Posted in UncategorizedLeave a Comment on बीबीसी टेलिभिजनको प्रसारणमा चीनले लगायो प्रतिबन्ध

    ५५ बर्षिय वृद्धाको बीभत्स अवस्थामा शव भेटियो

  • ३० माघ २०७७, शुक्रबार ०९:१९ मा प्रकाशित
  • ३० माघ २०७७ ! रुकुम पश्चिममा एक वृद्धाको बीभत्स अवस्थामा शव भेटिएको छ। जिल्लाको चौरजहारी नगरपालिका–८ टाकुरा टोल नजिकैको जंगलमा स्थानीय करिब ५५ वर्षीया देवकला घर्तीको अद्र्धनग्न अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ। आफन्त र स्थानीयले उनको बलात्कारपछि हत्या भएको हुन सक्ने अनुमान गरेका छन्।  

    प्रहरीले पनि बलात्कारपछि हत्या भएको हुन सक्ने आशंका व्यक्त गरेको छ। देवकला गत २५ गते सामान किन्न जान्छु भन्दै घरबाट निस्केकी थिइन्। आफन्त वा माइत गएको हुन सक्ने शंका गरिएको थियो। लामो समयसम्म उनी सम्पर्कमा नआएपछि आफन्तले खोजी गरिरहेका थिए।  

    बिहीबार बिहान जंगलमा उनको धोती, माला, चप्पल, चुरालगायतका सामान भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। देवकलाको जंगलमा शरीरको माथिल्लो भागमा कालो रङको ब्लाउज र कम्मरभन्दा मुनि नांगो अवस्थामा सालको काठले हल्का च्यापी राखेको अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख, डिएसपी ध्रव श्रेष्ठले जानकारी दिए।  

    प्रहरीले घटनास्थलमै पुगेर मुचुल्का तयार पारेको उनले बताए। ‘देवकलाको शव भेटिएको छ,’ उनले भने, ‘बलात्कारपछि हत्या हो या अन्य हत्या वा अरू के हो यस विषयमा अनुसन्धान भइरहेको छ।’ चौरजहारी नगरपालिका–८ की कार्यबहाक वडाध्यक्ष देवी भण्डारीले पनि बलात्कारपछि हत्या भएको हुन सक्ने आशंका व्यक्त गरिन्।  

    ‘घटनाको प्रकृति हेर्दा बलात्कारपछि हत्या भएको जस्तो देखिन्छ,’ उनले भनिन्, ‘यथार्थ अनुसन्धान र पोस्टमार्टम रिपोर्टले देखाउँला।’ देवकलाको हत्यापछि घिसार्दै खोल्सामा फालिएको हुनसक्ने उनको भनाइ छ। घटनास्थलमा थोरै रगत समेत देखिएको प्रहरीले बताएको छ। मृतक देवकलासँग सुन भएको कारणले पनि हत्या भएको हुनसक्ने अनुमान गरिएको छ।  

    मृतकका जेठाजुका छोरा मानबहादुर घर्तीले पनि अनुसन्धानपछि घटनाको रहस्य खुल्ने बताए। ‘बलात्कारपछि हत्या भएको हो की भन्ने शंका छ,’ उनले भने, ‘रिपोर्ट नआउँदै यसै भन्न सकिन्न।’ देवकलाका पती डिल्के करिब १०/१२ वर्ष अघि मृत्यु भएको थियो। छोरा पनि तीन वर्षभन्दा बढी समयदेखि रोजगारीका लागि भारतमा गएका छन्। उनी घरमा एक्लै बस्दै आएकी थिइन्।

    नागरिकनेटवर्क बाट ।

    Posted in UncategorizedLeave a Comment on ५५ बर्षिय वृद्धाको बीभत्स अवस्थामा शव भेटियो

    ४० वर्षमुनिका महिला विदेश जाँदा परिवारको सहमति अनिवार्य !

  • २८ माघ २०७७, बुधबार १२:४५ मा प्रकाशित
  • काठमाडौँ- सरकारले अध्यागमन कार्यविधि २०६५ संशोधनको तयारी गरेको छ। भिजिट भिसाका नाममा मानव तस्करी बढेको र विदेशमा नेपालीहरु अलपत्र परेको भन्दै अध्यागमन विभागले कार्यविधि संशोधन प्रस्ताव गृहमन्त्रालयमा पठाएको छ ।

    पछिल्लो समय म्यानपावर एजेन्सी, ट्राभल एजेन्सी, मानव तस्कर र अध्यागमन विभागका कर्मचारीकै सेटिङमा नेपालीहरु श्रम स्वीकृति नलिई वैदेशिक रोजगारीमा जाने, अलपत्र पर्ने र विदेशमा बेचिने गरेको भन्दै विभागले गृह मन्त्रालयमा संशोधन प्रस्ताव पठाएको हो ।

    अध्यागमन विभागले भिजिट भिसा लिन चाहने व्यक्तिले कम्तीमा साधारण अंग्रेजी बोल्न जान्नुपर्ने बुँदा थप गर्न प्रस्ताव गरेको छ। यसैगरी परिवारका सदस्य वा स्थानीय निकायको सिफारिस र भिजिट भिसा बिमालाई पनि अनिवार्य गर्न प्रस्ताव गरेको छ। त्यस्तै भिजिट भिसामा जान एलएलसी पास हुनैपर्ने नियम पनि संशोधन गर्न लागिएको छ।

    अध्यागमन विभागका महानिर्देशक रमेशकुमार केसीले भिजिट भिसालाई व्यवस्थित गर्न कार्यविधिमा केही बुँदाहरु थप्ने तयारी भइरहेको बताए। उनले वैदेशिक रोजगारी हुने खाडीलगायत मुलुकमा भिजिट भिसाको दुरुपयोग बढ्दो रहेको बताउँदै महिलाहरुलाई पनि भिजिट भिसामा लगेर तस्करले विभिन्न देशहरुमा बिक्री गर्ने गरेको पाइएकोले त्यसलाई व्यवस्थापन गर्न संशोधनको तयारी गरिएको बताए ।

    एक्लै विदेश जाने महिलालाई वडा कार्यालय र परिवारको सहमति चाहिने

    विभागले संशोधनका लागि गरेको प्रस्तावमा विदेश जाने महिलाले वडाको सिफारिस र परिवारको सहमति अनिवार्य चाहिने गरी संशोधन प्रस्ताव गरेको छ ।

    नयाँ कार्यविधिअनुसार ४० वर्षमुनिका महिलाहरू एक्लै विदेश जाँदा अब वडा कार्यालयको र पारिवारिक सहमति अनिवार्य चाहिने भएको छ।

    त्यस्तै विभागले भिजिट भिसामा जानेले साधारण अंग्रेजी बोल्न जान्नुपर्ने भनी प्रस्ताव गरेको छ । यो प्रस्ताव भने विवादास्पद देखिएको छ ।

    मानव तस्करी बढेको, शोषणमा परेको, समस्यामा भए उद्धार गर्न नसकिएको, औषधी उपचार नपाएर बिजोग भएको अवस्थालाई मध्यनजर गर्दै कार्यविधि संशोधन प्रस्ताव गरिएको विभागले जनाएको छ। गृहको कानुन शाखामा आवश्यक छलफल भई कार्यविधि चाँडै लागू हुने विभागका सूचना अधिकारी टेकनारायण पौडेलले बताए।

    Posted in UncategorizedLeave a Comment on ४० वर्षमुनिका महिला विदेश जाँदा परिवारको सहमति अनिवार्य !

    दुई फरार अभियुक्त पक्राउ

  • २७ माघ २०७७, मंगलवार ०९:१० मा प्रकाशित
  • मकवानपुर- जिल्ला प्रहरी कार्यालय मकवानपुरको टोलीले वन मुद्दा र बैंकिङ कसुर मुद्दामा लामो समयदेखि फरार दुई जनालाई पक्राउ गरेको छ ।

    जिल्ला अदालत मकवानपुरले विसं २०७० जेठ १९ गते  वन मुद्दामा दोषी ठहर गर्दै १६ दिन कैद भुक्तान गर्न बाँकी रही फरार मकवानपुर मनहरि गाउँपालिका–६ का ३४ वर्षीय सञ्चलाल घलानलाई सोमबार पक्राउ गरेको हो ।

    त्यसैगरी बैंकिङ कसुर मुद्दामा जिल्ला अदालतले २०७६ माघ २५ गते दोषी ठहर गर्दै रु चार लाख १८ हजार २५० जरिवाना तोकेको फरार रहेका मनहरि गाउँपालिका–६ का ३५ वर्षीय विनोद प्रजालाई पक्राउ गरेको  छ ।

    पक्राउ परेका दुवैलाई सजाय भुक्तानका लागि जिल्ला अदालत मकवानपुरमा पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

    Posted in UncategorizedLeave a Comment on दुई फरार अभियुक्त पक्राउ

    बुधबारदेखि पश्चिमी वायु फेरि प्रवेश, तीन दिनसम्म बर्षा भै जाडो बढ्ने

  • २६ माघ २०७७, सोमबार १७:४५ मा प्रकाशित
  • काठमाडौं – यस वर्ष हिउँद याममा करीब पाँच महिनापछि गत शनिबार राजधानी काठमाडौँसहित देशभर हल्का वर्षा भयो । मौसमविद्हरुले पनि मौसम पूर्वानुमान गर्दै वर्षातपछि क्रमशः तापक्रम वृद्धि भई गर्मी बढ्ने पूर्वानुमान गरेका थिए ।

    नेपालमा पश्चिमी वायु प्रवेश गरी गत बिहीबारदेखि शनिबारसम्म मौसम बद्ली हुनका साथै शनिबार अपरान्ह हल्का वर्षा पनि भएको थियो । आइतबार बिहानैदेखि साँझसम्म पारिलो घाम लागे पनि बिहान र साँझ पख चिसो बढेको थियो । मौसमी प्रणालीमा केही परिवर्तन आउने भएकाले अझै केही दिन चिसो हुने र नयाँ मौसमी प्रणालीको विकास भई दुई दिनपछि वर्षात हुने मौसमविद्को भनाइ छ ।

    मौसमविद् सजिना शाक्यले आगामी बुधबारदेखि नेपालमा पश्चिमी वायु फेरि प्रवेश गरी वर्षा र हिमपातको सम्भावना रहेको बताउनुभयो । उहाँका अनुसार पश्चिमी वायुको प्रभावले पश्चिमी पहाडी भू–भाग तथा अन्य पहाडी भेगमासमेत बदली र हल्का वर्षाको सम्भावना रहेको छ । तीन दिनसम्म हल्का बदली र थोरै स्थानमा वर्षा हुनेछ । यो क्रम फेब्रुअरी महिनाभर जारी रहनेछ । अब विस्तारै तापक्रम वृद्धि भई गर्मी बढ्दै जाने बताइएको छ ।

    राजधानी काठमाडौँसहित देशभर दिउँसोपख घाम लागे पनि चिसो अझै रहने भएकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

    आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै महाशाखाले चिसो अझै रहने तथा तराईका भू–भागमा हुस्सु र कुहिरोको अझै सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ । आज सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ । रातिको समयमा सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ ।
    भोलि मङ्गलबार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने छ । आगामी २८ गते बुधबार देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भू–भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना रहेको छ ।

    महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँको न्यूनतम दुई दशमलव पाँच र अधिकतम तापक्रम १८ दशमलव पाँच डिग्री सेल्सियस रहेको छ । सबैभन्दा कम जुम्लामा माइनस दुई दशमलव सात डिग्री सेल्सियस रहेको छ ।

    Posted in UncategorizedLeave a Comment on बुधबारदेखि पश्चिमी वायु फेरि प्रवेश, तीन दिनसम्म बर्षा भै जाडो बढ्ने

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P