• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: Uncategorized

नियमित र व्यावसायिक उडान संचालन गर्न एनआरएनए साउदी अपील

  • ६ असार २०७८, आईतवार २१:४४ मा प्रकाशित
  • साउदी अरब ! गैर आवासीय नेपाली संघ(एनआरएनए एनसिसि) राष्ट्रिय समन्वय परिषद साउदी अरबले यथासिघ्र नियमित तथा व्यावसायिक उडान संचालन गरिदिन आग्रह गर्दै प्रेस बिज्ञप्ति निकालेर सम्बन्धित पक्षलाइ ध्यानाकर्षण गराएको छ ।

    कोभिड १९ को महामारीले ठुलो आर्थिक तथा मानवीय क्षेती बेहोर्दै बिश्व नै अस्तब्यस्त भइरहेको अबस्थामा नेपालद्वारा प्रतिबन्ध लगाइएको अन्तर्राष्ट्रिय उडानले खाडी मुलुकमा रहेका नेपाली श्रमिकहरु चपेटामा परेको र केही सिमित चार्टर उडान गरिएता पनि श्रमिकहरुले चर्को भाडा तिर्नु परेको अबस्थालाइ मध्यनजर गर्दै एनआरएनए साउदीले बिग्यप्ती निकालेर सम्बन्धित पक्षलाई ध्यानाकर्षण गराएको छ ।

    उक्त बिग्यप्तिमा नेपाल सरकार, पररास्ट्र मन्त्रालय,नेपाल सरकार, श्रम तथा बैदेशिक मन्त्रालय, नेपाली राजदुताबास तथा महावाणिज्यदुताबास साउदी अरब लाई बोधार्थ गर्दै भनिएको छ !
    ” उपर्युक्त सम्बन्धमा कोरोना महामारीले गर्दा विश्व नै प्रभावित भएको कुरा सर्वविदित नै छ।यस विषम परिस्थितिमा खाडी मुलुकलाई कर्मथलो बनाई कार्यरत नेपाली श्रमिक वर्ग पनि अछुतो नरहेको सबैमा अवगत नै छ।
    नेपाल सरकारले नेपालमा कोरोना महामारीको दोस्रो लहरको प्रकोपले उग्ररूप लिए पश्चात खाडी लगायत सबै अन्तर्राष्ट्रीय उडानहरू ६ मेई देखी १४ मेई २०२१ सम्मको लागी प्रतिबन्ध लगाएको थियो भने उक्त प्रतिबन्धलाई पुनः निरन्तरता दिँदै ३१ मेई २०२१ सम्म भनिए पनि आजको दिन सम्ममा केही एयरलाइन्सलाई बाहेक उक्त प्रतिबन्ध नखुलाईएको कारण स्वदेश फिर्तीको पर्खाईमा रहेका खाडी मुलुकका आम नेपाली श्रमिक युवाहरू प्रभावित भएका छन्।
    यो विषम परिस्थिथिमा साउदी सरकारले विश्वको प्राय राष्ट्रहरूबाट आगमनमा रोक लगाएको अवस्थामा पनि नेपाली श्रमिकहरूको आवागमनमा भने अनुमति दिइरहेको छ। यद्यपि नेपाल सरकारले दोस्रो पटक लगाएको हवाई उडान प्रतिबन्धकै बावजूद पनि चार्टर्ड फ्लाइट (CHARTERED FLIFGT) को नाममा अनुचित तथा मनोमानी ढंगले रू. ८६,०००/- देखी १,६०,०००/- सम्म एक तर्फी उडानको भाडा असुल्दै नेपाल-साउदी अरब बिचको हवाई उडान संचालित छन् जुन खाडी मुलुकमा कार्यरत अदक्ष तथा अर्धदक्ष श्रमिक युवाहरू माथिको शोषण हो भन्ने महशुस गरेका छौं । त्यसैले यस बिषयमा सम्बन्धित निकाय तथा सरोकारवालाहरूको गम्भीर ध्यानाकर्षण गराउँदै यथासिघ्र नेपाल-साउदी नियमित उडान संचालनको अनुमति दिन गैर आवासीय नेपाली संघ नेपाल सरकार संग संस्थागत अपिल गर्दछ।”

    Posted in Uncategorized2 Comments on नियमित र व्यावसायिक उडान संचालन गर्न एनआरएनए साउदी अपील

    रौतहटमा असार ७ सम्म निषेधाज्ञा थप

  • ३१ जेष्ठ २०७८, सोमबार १६:०० मा प्रकाशित
  • ३१ जेठ, रौतहट । रौतहटमा जारी निषेधाज्ञा असार ७ गतेसम्म थपिएको छ । कोरोना संक्रमण नियन्त्रणमा आइनसकेको भन्दै जिल्ला प्रशासन कार्यालय रौतहटले असार ७ गतेसम्मका लागि निषेधाज्ञा थप गरेको हो ।

    यसअघि जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को बैठकले कोरोना भाइरस संक्रमण अझै नियन्त्रणमा आइनसकेकाले निषेधाज्ञा थप्न प्रशासनलाई सिफारिस गर्ने निर्णय गरेको थियो । रौतहटमा लगाइएको निषेधाज्ञा सोमबार मध्यराति १२ बजे सकिंदैथियो ।

    जिल्ला प्रशासन कार्यालयले यसपटकको निषेधाज्ञालाई केही खुकुलो बनाएको छ । किराना, फलफूल र तरकारी पसलका साथै बैंक तथा वित्तीय संस्थालाई नियमित सञ्चालनको अनुमति दिइएको छ ।

    स्वास्थ्य, विद्युत, दूरसञ्चार, खानेपानी, दूध, फोहोरमैला व्यवस्थापन, ग्यास, पेट्रोलियम पदार्थ, औषधि, खाद्यान्न, तरकारी आपूर्ति बाहेकका अन्य सबै निकाय र सेवालाई पनि निषेध गरिएको छ भने एम्बुलेन्स, शव वाहन, दमकल लगायत सवारी पास प्राप्त सवारी साधनलाई मात्र सञ्चालनको अनुमति दिइएको छ ।

    विवाह, व्रतबन्ध तथा मृत्यु संस्कार लगायतका कार्यमा भौतिक दूरी कायम गर्दै बढीमा २५ जनासम्म उपस्थित हुन पाउने व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए ।

    copied:onlinekhaber

    Posted in UncategorizedLeave a Comment on रौतहटमा असार ७ सम्म निषेधाज्ञा थप

    पिस फोर दलितस फाउन्डेसन नेपालको पहलमा दलित लागि खाद्यान्न राहत वितरण।

  • ९ जेष्ठ २०७८, आईतवार १८:५९ मा प्रकाशित
  • उमेश कुशवाहा,पर्सा

    कोभिड-१९ को विरुद्ध, रोकथाम , प्रतिकार्यको लागि विश्व र नेपाल भरी लकडाउनको अवस्था रहेकोे छ। पर्सा जिल्लामा २०७८/०१/१६ गतेदेखि हाल सम्म निषेधाज्ञा रहेको छ।

    पर्सा जिल्लामा पनि निषेधाज्ञा , लकडाउनले गर्दा धेरै दलित, मजदुर, जेष्ठ नागरिक, श्रमिकहरु प्रभावित रहेकोे छ्न। काम बन्द भएकोले दैनिकी ज्यालादारी गरेर काम गर्ने घरपरिवार लाई खाद्यान्नको समस्या रहेर भोकभोकको अवस्था भएको छ।

    यस पर्सा जिल्लाको पटेर्वासुगौली गाउँपालिका वडा-५, मनिहर्वा गाउँ पर्सा जिल्लाको सदरमुकाम बिरगंज बाट ३० किमि टाढा रहेकोे ग्रामीण बस्ती रहेकोे छ।

    यस गाउँ मनिहर्वाको अति विपन्न , मजदुर दलितहरु अधिकान्स बाहिर काम गरेर घरपरिवारको जिबिका चलाउने गर्द्छ्न। यसको अति विपन्न दलितहरुको अवस्था निकै नै पहिला देखि दयनीय रहेकोे छ।

    लकडाउनले गर्दा यहाँको दलित , मजदुर , विपन्न घरपरिवार अति नै प्रभावित रहेकोे छ्न।

    धेरै प्रभावित तथा खाद्यान्नको समस्या रहे पनि पहिलो चरणमा यस गाउँको ३८ डोम , मुसहर , दुसादको घरपरिवारलाई खाद्यान्न राहत वितरण गरिएको छ। मजदुर , दलित , अति विपन्न , गरीब जेष्ठ नागरिक लाई लक्ष्यित गरि खाद्यान्न राहत वितरण गरिएको छ।

    खाद्यान्न राहतमा २ पिस मास्क, १५ केजी चामल , १ केजी दाल , १ लिटर तेल , २ केजी आलु , १ केजी नुन , २ पिस साबुन , १ पिस सर्फ तथा केही आयुर्वेदिक सामग्री ( औषधिको रूपमा काम लाग्ने) सहयोग गरिएको छ। प्रती परिवार रु. १३५०/- को समान रहेको पीस फोर दलित फाउंडेसन नेपालका अध्यक्ष मनोज रामले जनाएको छन।

    काठमाडौं जिल्ला घर भएको हाल क्यालिफोर्निया, संयुक्त राज्य अमेरिका बस्ने मनकारी आदरणीय रिचा रसाइली र भोजपुर जिल्ला घर भएको क्यालिफोर्निया, संयुक्त राज्य अमेरिका बस्ने राजेन्द्र सुनार मार्फत लकडाउन प्रभावित पर्सा जिल्लाको मजदुर , गरिब , दलित , अति विपन्नहरुको लागि राहत खाद्यान्न आर्थिक सहयोगको गर्नु भएको छ ।


    कैलाली जिल्ला घर भएको हाल क्यालिफोर्निया, संयुक्त राज्य अमेरिका बस्ने मनकारी आदरणीय चरु लता स्वार मार्फत लकडाउन प्रभावित पर्सा जिल्लाको गरिब, अति विपन्नहरुको लागि राहत खाद्यान्न सहयोगको लागि आर्थिक सहयोग गर्नु भएको छ।


    मकवानपुर जिल्ला घर भएको हाल क्यालिफोर्निया, संयुक्त राज्य अमेरिका बस्ने मनकारी सामजसेवी आदरण भिम विश्वाकर्मा मार्फत लकडाउन प्रभावित पर्सा जिल्लाको मजदुर, दलित , अति विपन्नहरुको लागि राहत खाद्यान्न सहयोगको लागि आर्थिक सहयोग गर्नु भएको छ।


    काठमाडौं जिल्ला घर भएको हाल क्यालिफोर्निया, संयुक्त राज्य अमेरिका बस्ने मनकारी आदरणीय सुरज केसि मार्फत लकडाउन प्रभावित पर्सा जिल्लाको मजदुर , गरिब , दलित , अति विपन्नहरुको लागि राहत खाद्यान्न सहयोगको लागि आर्थिक सहयोग गर्नु भएको छ।


    सुनसरी जिल्ला घर भएको हाल क्यालिफोर्निया, संयुक्त राज्य अमेरिका बस्ने मनकारी आदरणीय डाक्टर विपिन यादव मार्फत लकडाउन प्रभावित मजदुर , गरिब , दलित , अति विपन्नहरुको लागि राहत खाद्यान्न वितरणको आर्थिक सहयोग गर्नु भएको छ।


    रामेछाप जिल्ला घर भएको हाल क्यालिफोर्निया, संयुक्त राज्य अमेरिका बस्ने मनकारी आदरणीय राजकुमार गुरुङ मार्फत लकडाउन प्रभावित पर्सा जिल्लाको लागि राहत खाद्यान्न वितरणको लागि आर्थिक सहयोग गर्नु भएको छ।


    यो कार्यमा पहल , सहकार्य र समन्वयको निम्ति कैलाली जिल्ला घर भएको हाल क्यालिफोर्निया, संयुक्त राज्य अमेरिका बस्ने आदरणीय वरिष्ठ सामाजिक अभियान्ता दान विश्वाकर्मा प्रती पीस फोर दलित फाउंडेसन नेपालले हार्दिक धन्यवाद दिएको छ।

    यस कार्यमा सहयोग गर्ने नागरिक स्वयंसेवी समुहको संयोजक तथा पिसफोर दलित फाउन्डेसन नेपालको अध्यक्ष मनोज राम, उपाध्यक्ष चन्द्रकिशोर राम , संयोग कुमार राम , अशोक राम, राहुल कुमार राम र दलित अगुवाको सहभागिता रहेकोे थियो ।


    यस कार्यक्रमको सहजीकरण पिस फोर दलितस फाउन्डेसन नेपालको अध्यक्ष मनोज रामले गर्नु भएको थियो।

    Posted in UncategorizedLeave a Comment on पिस फोर दलितस फाउन्डेसन नेपालको पहलमा दलित लागि खाद्यान्न राहत वितरण।

    रम्जानदिन मियाँको अध्यक्षतामा एनआरएनए क्षेत्रीय समन्वय समिती अल कासिमको चौथो अधिवेशन सम्पन्न ।

  • १८ बैशाख २०७८, शनिबार ०४:०० मा प्रकाशित

    ३० अप्रिल २०२१ ! गैरआवासीय नेपाली संघ साउदी अरबको मातहतमा रहेको क्षेत्रीय समन्वय समिती अल कासिमले आफ्नो चौथो अधिवेशन तथा आठौं बार्षिकोत्सब कार्यक्रम यसै ३० अप्रिल शुक्रबारका दिन भब्यताका साथ सम्पन्न गरेको छ ।
    २०१८-२० कार्यकाल सफलताका साथ पूरा गरि २०२१-२३ कार्यकालका लागि आयोजित चौंथो अधिबेशन रम्जान दिन मिँयाको अध्यक्षतामा १४ सदस्यीय नव निर्वाचित समितिको चयन गरेको छ ।

    चौथो अधिवेशन द्वारा अध्यक्षमा रम्जान दिन मियाँ, वरिष्ठ उपाध्यक्षमा कृष्ण अधिकारी, उपाध्यक्षमा बिष्णु रावल, सचीवमा ध्रुब कटुवाल, कोषाध्यक्षमा चिरञ्जीवी अर्याल, सह कोषाध्यक्षमा वीर बहादुर तमाङ, युवा संयोजकमा खिलेन्द्र राज कन्धवा, सदस्यहरुमा नुरुल जमा अन्सारी, बिनोद खड्का, सिद्दी श्रेष्ठ, रमन अर्याल, अर्जुन थापा, बद्री के.सी, अशोक सुवेदी, चयन भएका छन् ।

    कोरोना महामारीको अबस्थालाई मध्यनजर गर्दै जुम अनलाइन प्रबिधि र सिमित समिती पदाधिकारी हरुको भौतिक उपस्थितिमा संचालन गरिएको कार्यक्रममा प्रमुख आतिथ्यमा नेपाली दूतावास रियाद बाट, बिशिस्ट अतिथिहरुमा महाबाणिज्य दूतावास जेद्दाका सत्रुघन पोख्रेल, आइसिसी मध्य पुर्व संयोजक राजेन्द्र अर्याल, आइसिसी सदस्य यास्मिन बेगम, आइसिसि सदस्य नारायण पास्वान, आइसिसी सदस्य रमेश भन्डारी रहेका थिए भने विशेष अथितिमा एनआरएनएनसिसि अध्यक्ष तेज बहादुर थापा, एनआरएनएनसिसि उपाध्यक्ष तथा आर सिसि प्रमुख सल्लाहकार बिशाल कुमार श्रेष्ठ रहेका थिए । यसैगरी अतिथिहरुमा एनआरएनए एनसिसीका प्रमुख सल्लाहकार डम्बर यादब, साउदी अरबका उपाध्यक्ष ज्यु हरु, एनसिसीका सम्पुर्ण पदाधिकारीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु र मिडियाकर्मी हरु रहेका थिए ।

    अध्यक्ष रमजान दिन मियाँ को सभापतित्वमा सचिब बिष्णु रावल तथा सह सचिब ध्रुब कटुवाल द्वारा संचालित कार्यक्रममा संस्थाका उपाध्यक्ष कृष्ण अधिकारी ज्यु ले स्वागत मन्तव्य राख्नु भएको थियो ।
    राष्ट्रिय गानको धुन सँगै संचालित कार्यक्रम अधिबेशन ब्यानर खोलेर उद्द्घाटन गरिएको थियो ।

    दुई चरणमा समापन गरिएको उक्त कार्यक्रममा पहिलो चरणमा आसन ग्रहण देखि २०१८-२० कार्यकालको कार्य प्रगति प्रतिवेदन सचीव बिष्णु रावल र आर्थिक प्रतिवेदन वीर बहादुर तमाङ ले प्रस्तुत गरेपछि अध्यक्ष मियाँले २०१८-२० कार्यसमिती विघटन गर्दै र पहिलो चरणको कार्यक्रम समापन गरेका थिए ।

    दोस्रो चरणको कार्यक्रम बन्द सत्र बाट सुरु भएको र निर्वाचन समितीका संयोजक बिशाल श्रेष्ठ द्वारा कार्यसमिति २०२१-२३ कार्यकालका नयाँ उम्मेद्बारीहरुको नाम जुम मार्फत उपस्तिथित अतिथिहरुमा पेस गर्दै कोहि कसैलाई उम्मेद्बारी दिन इच्छुक भए २ मिनेटको समय दिई दाबीविरोध भए सुझाउन गरिएको अनुरोधमा कोहि कसैको दावी विरोध नपरेकोले उम्मेद्बारी दिएका नामहरु नै निर्विरोध निर्बाचित भएको घोषणा गर्दै बधाई तथा सफलताको शुभकामना दिनु भयो ।

    उक्त जुम अनलाइन बाट कार्यक्रममा उपस्थित प्रमुख अतिथि, बिशिस्ट अतिथि तथा अतिथिहरुले दिएको शुभकामना मन्तव्यमा अल कासिम क्षेत्रीय समितीले गरेका अनगिन्ती सामाजिक सेवा प्रति सबै अभारी रहेको र अन्य क्षेत्र भन्दा अगाडी रहेर श्रमिकहरुको समस्या समाधान मा ठुलो योगदान दिन सफल भएको ले २०१८-२० कार्यकालका समितीलाई धन्यवाद दिदै नयाँ कार्यसमिति लाई अझै अगाडी बढ्न हौसला दिनु भयो ।
    कार्यक्रमको अन्त्यमा सम्पुर्ण निवर्तमान कार्यसमितिलाई प्रसंसा पत्र र नव निर्वाचित पदाधिकारी हरुलाइ बधाई पत्र ले सम्मान गरिएको थियो ।

    अन्त्यमा कार्यक्रम समापन गर्दै अध्यक्ष मियाँले सबै उपस्तिथित अतिथि ज्यु हरुलाइ, सहयोगी मन हरुलाइ, पत्रकार मिडिया हरुलाइ धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापन गरेका थिए ।

    Posted in UncategorizedLeave a Comment on रम्जानदिन मियाँको अध्यक्षतामा एनआरएनए क्षेत्रीय समन्वय समिती अल कासिमको चौथो अधिवेशन सम्पन्न ।

    प्रदेश-२ मा ५६ जना कोरोना संक्रमित थपिए, ३ जनाको मृत्यु

  • ३१ चैत्र २०७७, मंगलवार १८:१६ मा प्रकाशित
  • ३१ चैत, जनकपुरधाम । प्रदेश-२ मा पछिल्लो २४ घण्टामा ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशको बिभिन्‍न ठाउँमा रहेको कोरोना प्रयोगशालामा १ सय २५ जनाको परीक्षण गर्दा ५६ जना संक्रमित देखिएका छन् ।
    प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, जनकपुरधाममा २६ वटा परीक्षण गर्दा १२ जना संक्रमित देखिका छन् । यस्तै गजेन्द्रनारायण सिंह अस्पताल, राजविराजमा ४ जनाको परीक्षण गर्दा २ र नारायणी अस्पताल बीरगंजमा ९५ जनाको परीक्षण गर्दा ४० जना संक्रमित देखिएका छन् ।
    कुन जिल्लामा कति संक्रमित ?
    पछिल्लो २४ घण्टामा सबैभन्दा बढी पर्साका ३८ जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमित हुने १ जना बहादुरमाई नगरपालिकाका हुन् भने बाँकी सबै बीरगञ्‍ज महानगरपालिकाका हुन् ।
    यस्तै, सिरहामा ७ जना, धनुषा र बारामा ४÷४ जना, सप्तरीमा २ जना र महोत्तरीमा एकजना कोरोना संक्रमित देखिएका छन् ।
    योसँगै हालसम्म प्रदेशमा संक्रमित हुनेको संख्या १७ हजार ४ सय ३ पुगेको छ ।
    २४ घण्टामा तीनको मृत्यु
    यो अवधिमा प्रदेशमा ३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
    मृत्यु हुनेमा बाराको जितपुर सिमरा उप-महानगरपालिका ९ बस्ने ३७ बर्षीय पुरुष, पर्साको बीरगञ्‍ज महानगरपालिका-३ बस्ने ६२ बर्षीय पुरुष र पर्साकै कालिकामाई गाउँपालिका २ बस्ने ५५ वर्षीय पुरुष छन् ।
    बाराका ३७ बर्षीय पुरुष र बीरगञ्‍जका ६२ बर्षीय पुरुषको नारायणी अस्पताल बीरगञ्‍जजमा उपचारका क्रममा र कालिकामाई २ का ५५ वर्षीय पुरुषको भरतपुर अस्पताल चितवनमा उपचारका क्रममा मृत्यु भएको छ ।
    यससँगै प्रदेशमा कोरोना संक्रमण पुष्टि भएर मृत्यु हुनेको संख्या २ सय १२ पुगेको छ ।

    Posted in UncategorizedLeave a Comment on प्रदेश-२ मा ५६ जना कोरोना संक्रमित थपिए, ३ जनाको मृत्यु

    बर्थडे पार्टीबाट फर्किँदा कार दुर्घटना, एकको मृत्यु

  • २० चैत्र २०७७, शुक्रबार १४:२९ मा प्रकाशित
  • २० चैत, काठमाडौं । पेप्सिकोलामा कार अनियन्त्रित भएर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तीनकुने निवासी २१ वर्षीय दितम गोभाजु छन् ।
    प्रहरी वृत्त, बानेश्वरका डीएसपी दक्षबहादुर बस्नेतका अनुसार बिहान साढे ६ बजे भएको दुर्घटनामा गम्भीर घाइते उनलाई ट्रमा सेन्टर लगिएको थियो । तर, चिकित्सकहरुले मृत घोषणा गरे ।
    प्रहरीका अनुसार गोभाजुसहित ७ जना सवार बा १० च २८६४ नम्बरको कार मुलपानीबाट जडिबुटीतिर आउँदै गर्दा पेप्सिकोला काठमाडौं–३२ वडा कार्यालय अगाडि अनियन्त्रित भएर रेलिङमा ठोक्किएर दुर्घटना भएको हो ।
    गाडी क्षत्‌विक्षत् हुने गरी भएको दुर्घटनामा गोभाजुको मृत्यु भएको छ भने अर्का एकजनाको हातमा चोट लागेको छ। अन्यको अवस्था सामान्य छ । चालक २० वर्षीय वीरेन्द्रराज श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
    श्रेष्ठले दिएको बयान अनुसार उनीहरु मुलपानीमा साथीको जन्मदिन मनाएर फर्किएका थिए । ‘एकाबिहानै दुर्घटना हुने वित्तिकै स्थानीयले खबर गरिहाले, लगत्तै प्रहरी पुगेर उद्दार गरेको थियो’, डीएसपी बस्नेत भन्छन् । थप अनुसन्धान जारी रहेको उनले बताए ।

    Posted in UncategorizedLeave a Comment on बर्थडे पार्टीबाट फर्किँदा कार दुर्घटना, एकको मृत्यु

    साढे २ किलो युरेनियमसहित चारजना पक्राउ

  • २८ फाल्गुन २०७७, शुक्रबार १५:५८ मा प्रकाशित
  • २८ फागुन, काठमाडौं । साढे २ किलो युरेनियमसहित चारजना पक्राउ परेका छन् । महानगरीय प्रहरी कार्यालय रानीपोखरीले शुक्रबार पत्रकार सम्मेलन गरी बौद्ध क्षेत्रबाट उनीहरुलाई पक्राउ गरेको जानकारी दिएको छ ।
    एआईजी हरिबहादुर पालका अनुसार नेपालमा युरेनियम बरामद भएको यो पहिलो घटना हो ।

    Posted in UncategorizedLeave a Comment on साढे २ किलो युरेनियमसहित चारजना पक्राउ

    टुँडिखेलमा कैलाश पर्वत र महादेव !

  • २७ फाल्गुन २०७७, बिहीबार १५:४४ मा प्रकाशित
  • २७ फागुन, काठमाडौं । आज सेना दिवस, नेपाली सेनाले टुँडिखेलमा विशेष कार्यक्रम गरेको छ । टुँडिखेलमा सेनाले विभिन्न खेल तथा युद्धकला प्रदर्शन गरेको छ ।
    सेना दिवसको कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्निप्रसाद सापकोटा, प्रधानन्यायाधीस चोलेन्द्रशम्शेर जबरा, नेपाल सरकारका मन्त्रीहरुलगायतका विशिष्ट व्यक्तिहरु सहभागी भएका थिए ।
    हरेक वर्ष शिवरात्रीकाे दिन नेपाली सेनाले सेना दिवस मनाउँछ । यस वर्षको सेना दिवसमा टुँडिखेलमा नै कृत्रिम कैलाश पर्वत र महादेवको तस्वीर राखिएको थियो ।

    Posted in UncategorizedLeave a Comment on टुँडिखेलमा कैलाश पर्वत र महादेव !

    अनलाइनबाट सेयर कारोबार गर्नेको संख्या ४ लाख ४५ हजार, कुन ब्रोकरका ग्राहक कति?

  • २७ फाल्गुन २०७७, बिहीबार १४:५४ मा प्रकाशित
  • ट्रेड म्यानेजमेन्ट सिस्टम (टिएमएस) अनलाइनबाट सेयर कारोबार गर्नेको संख्या ४ लाख ४५ हजार ३५३ पुगेको छ।

    नेपाल स्टक एक्स्चेन्जका अनुसार ५० वटा ब्रोकर कम्पनीको टिएमएस प्रयोग गरी सो संख्याले सेयर कारोबार गर्ने गरेका छन्। 

    हालसम्म दोस्रो बजारबाट सेयर कारोबार गर्नेको संख्या ५ लाख ९४ हजार ८७९ छ। कारोबार गरेकामध्ये अनलाइनमा आबद्ध ग्राहक संख्या करिब डेढ लाखले कमी देखिन्छ। 

    ब्रोकर नम्वर ५८ नासा सेक्युरिटीजका अनलाइन ग्राहक संख्या सबैभन्दा धेरै ४१ हजार ९०२ छन्।  पछिल्लो समय प्राथमिक बजारमा संलग्न ग्राहक संख्या करिब १८ लाख पुगेको छ। प्राथमिक बजारमा आवद्ध भइकन पनि दोस्रो बजारमा करिब १३ लाख ग्राहक आवद्ध भएका छैनन्। 

    ‘आइपिओ भर्ने तर दोस्रो बजारमा प्रवेश नगरेको संख्या ठूलो देखिन्छ,’ नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले भने, ‘आइपिओ परेपछि बेच्नका लागि पनि दोस्रो बजारमा जानुपर्छ। क्रमिक रूपमा संख्या बढ्दै जानेछ।’

    कतिपयलाई परेको आइपिओ दोस्रो बजारमा कसरी बेच्ने भन्ने जानकारीको अभाव छ। त्यस्तै आइपिओ परे पनि तुरुन्तै बेच्न आवश्यक नठानेका कारण धेरै दोस्रो बजारमा आएका छैनन्।

    हेर्नुस् कुन ब्रोकर कम्पनीका ग्राहक कति?

    हेर्नुस् कुन ब्रोकर कम्पनीका ग्राहक कति?

    ब्रोकर कम्पनीअनलाइन ग्राहककुल ग्राहक
    कुमारी सेक्युरिटिज417810125
    अरुण सेक्युरिटिज47255906
    ओपल सेक्युरिटिज84427664
    मार्केट सेक्युरिटिज31854444
    अग्रवाल सेक्युरिटिज484414412
    जे एफ  सेक्युरिटिज62206893
    आशुतोष ब्रोकरेज 28688651
    प्रज्ञान सेक्युरिटिज21418237
    मल्ल एण्ड मल्ल सेक्युरिटिज56787783
    थ्राइब ब्रोकरेज सर्भिस28967332
    नेपाल स्टक हाउस756111563
    प्रिमो सेक्युरिटिज837913104
    एबिसी सेक्युरिटिज689615090
    सगरमाथा सेक्युरिटिज7794020
    नेपाल इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज34817884
    सिप्ला सेक्युरिटिज15155518
    मिडास स्टक ब्रोकरेज2050321484
    सिप्रबी सेक्युरिटिज1108811918
    श्वेता सेक्युरिटिज71797332
    एसिएन सेक्युरिटिज399810696
    श्रीकृष्ण सेक्युरिटिज426011440
    त्रिशुल सेक्युरिटिज732612556
    प्रिमिययर सेक्युरिटिज1080213366
    दक्षिणकाली इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज31286471
    भिजन सेक्युरिटिज1891418853
    कोहिनुर इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज103829334
    सेक्युर्ड सेक्युरिटिज633310160
    स्वर्णलक्ष्मी सेक्युरिटिज21925303
    दिपशिखा धितोपत्र कारोबार कम्पनी1877930904
    सुमेरू सेक्युरिटिज602715772
    क्रियटिभ सेक्युरिटिज456310411
    लिन्च स्टक मार्केट1573516457
    सनी सेक्युरिटिज2766924113
    साउथ एसिएन बुल्स40018057
    डायनामिक मनी म्यानेजर642713057
    इम्पेरियल सेक्युरिटिज1902825214
    कालिका सेक्यरिटिज86347617
    निभ सेक्युरिटिज450111467
    त्रिशक्ति सेक्युरिटिज951711298
    अनलाइन सेक्युरिटिज1855020385
    क्रिस्टल कन्चनजंगा सेक्युरिटिज56546880
    अक्सफोर्ड सेक्युरिटिज1179210740
    सुन्धारा सेक्युरिटिज1308912728
    इन्भेष्टमेन्ट म्यानेजमेन्ट नेपाल55175440
    सेवा सेक्युरिटिज43875553
    भृकुटी स्टक ब्रोकिङ71407527
    श्री हरि सेक्युरिटिज642212482
    आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज1981519363
    नासा सेक्युरिटिज4190231184
    दिव्या सेक्युरिटिज631110691
    कुल 445353594879

    दोस्रो बजारमा कसरी आवद्ध हुने?
    सबभन्दा पहिले आफूलाई कारोबार गर्न नजिक हुने ब्रोकर कम्पनी छनौट गर्नुपर्छ। हाल देशभर ५० वटा ब्रोकर कम्पनी छन्। 

    ब्रोकर कम्पनी छनौट भइसकेपछि ब्रोकर खाताका लागि केवाइसी फारम भर्नुपर्छ। केवाइसी भर्दा आफ्नो नागरिकताको फोटोकपी, पासपोर्ट साइजको फोटो, बैंक खाता नम्बर, डिम्याट खाता नम्बरसहित आफैं ब्रोकर कार्यालयमा उपस्थित हुनुपर्छ। 

    केवाइसी फारम भरिसकेपछि मात्रै अनलाइनबाटै कारोबार गर्न अनलाइन कारोबार (टिएमएस) खाता खोल्न सकिन्छ। ती दुवै फारम भरेर बुझाएको करिब एक सातामा आफ्नो इमेल ठेगानामा ब्रोकर कम्पनीले ‘युजरनेम’ र एउटा वेबलिंक पठाउँछ। 

    सो वेबलिंकमा क्लिक गरिसकेपछि त्यहाँ नयाँ पासवर्ड हाल्न सुझाव दिइन्छ। त्यहाँ आफूले सम्झनेगरी पासवर्ड हालेर ‘सबमिट’ गरेपछि टिएमएसको पासवर्ड तयार भयो, युजरनेम छँदैछ। 

    अब टिएमएस (ब्रोकर कम्पनीको नम्बर) डट नेप्सेटिएमएस डट कम डट एनपी लिंक खोलेर युजरनेम, पासवर्ड र दिइएको ‘क्याप्चा’ राखेर टिएमएस खोल्न सकिन्छ। 

    यसरी खुलेको लिंकमा बायाँतर्फ अर्डर म्यानेजमेन्टमा गई किन्न वा बेच्न आदेश दिन सक्छौं। सो आदेश म्याच भएपछि कारोबार सम्पन्न हुन्छ। आफूले दिएको आदेश कारोबार भयो वा भएन भनेर हेर्न ट्रेड म्यानेजमेन्टअन्तर्गत डेली ट्रेडबुकमा गई हेर्न सकिन्छ। 

    बुझ्नुपर्ने एउटा विषय, नयाँ हुनुहुन्छ भने आइपिओ बिक्री गर्न तपाईंलाई कुनै समस्या हुँदैन। तर दोस्रो बजारबाट खरिद गर्नगि ब्रोकर कम्पनीमा निश्चित रकम पहिले नै धरौटीस्वरुप जम्मा गर्नुपर्ने व्यवस्था छ। 

    जति रकम धरौटीस्वरुप जम्मा हुन्छ, त्यसको चार गुणासम्म कारोबार गर्न पाइन्छ। तीस हजार रूपैयाँ धरौटी राखेमा एक लाख बीस हजार रूपैयाँसम्मको सेयर खरिदका लागि अर्डर गर्न सकिन्छ। 

    Posted in UncategorizedLeave a Comment on अनलाइनबाट सेयर कारोबार गर्नेको संख्या ४ लाख ४५ हजार, कुन ब्रोकरका ग्राहक कति?

    कांग्रेस नेता जोशीलाई फेरि भेन्टिलेटरमा राखियो

  • २५ फाल्गुन २०७७, मंगलवार १५:४२ मा प्रकाशित
  • २४ फागुन, काठमाडौं । मस्तिष्कघात भएर नर्भिक अस्पतालमा उपचाररत नेपाली कांग्रेसका नेता नविन्द्रराज जोशीलाई शनिबारदेखि फेरि भेन्टिलेटरमा राखिएको छ ।
    १३ फागुनमा अस्पताल भर्ना भएका उनको स्वास्थ्यमा क्रमिक सुधार आएपछि भेन्टिलेटरबाट निकालिएको थियो ।

    तर शनिबार बिहान एक्कासी श्वासप्रश्वासमा समस्या भएपछि भेन्टिलेटरमा राखिएको उपचारमा संलग्न डा. राजीव झाले बताए । ‘भेन्टिलेटरबाट निकालेको २४ घण्टा भइसकेको थियो । तर शनिबार बिहान एक्कासी समस्या भयो,’ उनले भने, ‘अहिले ब्लड प्रेसर, हर्ट विट लगायत नर्मल नै देखिएको छ ।’
    उनी अहिले पनि कोमामा नै रहेको डा. झाले बताए ।

    Posted in UncategorizedLeave a Comment on कांग्रेस नेता जोशीलाई फेरि भेन्टिलेटरमा राखियो

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P