• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: Uncategorized

प्रहरीले ठूलो परिमाणमा भारतीय पाडाभैंसी पक्राउ

  • २० कार्तिक २०७७, बिहीबार १९:३३ मा प्रकाशित


    पर्सा ,२० कात्तिक

            पर्साको ठोरी गाउँपालिकाबाट प्रहरीले ठूलो परिमाणमा भारतीय पाडाभैंसी पक्राउ गरेका छन। । जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय सेढवाबाट गएको संयुक्त प्रहरी टोलीले ठोरी गाउँपालिका वार्ड नम्बर ५ सुवर्णपुरको बाटो हुँदै भारत बाट अबैध रुपमा भित्रिदै गरेको बीस वटा भैंसी गएराती दुई बजे पक्राउ गरेका छन। पक्राउ गरिएको भैंसी लाई ईलाका प्रहरी कार्यालय सेढवामा राखिएको र आवश्यक कार्वाहीको लागि बिरगंज भन्सार कार्यालयमा पठाउने तैयारी भैरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम प्रहरी नायव उपरीक्षक मनोजित कुवरले जानकारी दिए। ।
    Posted in UncategorizedLeave a Comment on प्रहरीले ठूलो परिमाणमा भारतीय पाडाभैंसी पक्राउ

    प्रदेश नं २ का मुख्यमन्त्री राउत कोरोना पोजेटिभ

  • १८ कार्तिक २०७७, मंगलवार १९:२६ मा प्रकाशित
  •   

    जानकी पोस्ट ,जनकपुरधामः प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतलाई कोरोना पोजेटिभ भएका छन्।

    कोरोना भएपछि मुख्यमन्त्री राउतले विगत केही दिनदेखि मुख्यमन्त्री निवास मै आइसोलेट भएका छन्।

    मुख्यमन्त्री राउतको स्वास्थ्य अवस्थामा सुधार आइरहेको र अझै केही दिन आइसोलेट भएरै बस्ने मुख्यमन्त्रीका प्रेस संयोजक अतिस मिश्रले हुलाकी न्यूजलाई जानकारी दिए।

    मुख्यमन्त्री राउत पछिल्लो समय पार्टी प्रवेशलगायतका कार्यक्रममा सहभागी भएका थिए। Janaki Post

    Posted in UncategorizedLeave a Comment on प्रदेश नं २ का मुख्यमन्त्री राउत कोरोना पोजेटिभ

    जुत्तामा रगत देखिएपछि प्रहरीले भेट्टायो कुमार बिकका खुट्टा छिनाल्ने दुई जना

  • १४ कार्तिक २०७७, शुक्रबार २०:०३ मा प्रकाशित
  • तस्बिर: नारायण खड्का/सेतोपाटी 
    तस्बिर: नारायण खड्का/सेतोपाटी h op

    तुलसीपुर उपमहानगरपालिका -११ का ४५ वर्षीय कुमार (कमारा) बिकको खुट्टा छिनाल्ने दुई युवालाई प्रहरीले पक्राउ गरेको छ।

    इलाका प्रहरी कार्यालय तुलसीपुरले घटनाको चार दिनपछि शुक्रबार पत्रकार सम्मेलन गरी तुलसीपुर-१० पढ्ढाका २४ वर्षीय अमृत चौधरी र तुलसीपुर-१६ उत्तर कुररियाका २२ वर्षीय पवन चौधरीलाई सार्वजनिक गरेको हो।

    कार्यालयका प्रमुख डिएसपी शिवबहादुर सिंहले उनीहरू दुबै जनाले बिकको खुट्टा आफूहरूले खुर्पाले हानेर छिनालेको स्वीकारेको बताए।

    पक्राउ परेका अमृत र पवन ज्वाइँ-जेठान हुन्। दशैंका दिन  पवन माइती आएका थिए। दशैं मनाउन भन्दै ज्वाइँ-जेठानसहित गाउँका ७‍-८ जनाले रक्सी खाए। 

    त्यहीबेला तुलसीपुर-१० गौलौरीमा चौधरीहरूले झगडा गरे। हानाहान र कुटाकुट भयो। गौलौरीका दुर्गा चौधरी र विजय चौधरीलगायत दुबै पक्षका मानिस घाइते भए। त्यसपछि दुर्गाका कान्छा छोरा सञ्जिव चौधरीले पढ्ढाका अमृत चौधरीलाई फोन गरेर गुहार मागे।  दुर्गा  र अमृत मामा-भाञ्जा हुन्।

    पढ्ढामा सँगै  रक्सी खाइरहेका अरू घरघर गए। मदिराले मातेका अमृत र पवन घरबाट खुर्पा लिएर निस्किए। गौलौरी गाउँतिर  लागे।

    बाटोमा कुमार बिक भेटिए। उनी तुलसीपुर-१२ टरिगाउँस्थित भान्जाको घरबाट बिहेभोज खाएर आउँदै थिए। 

    अमृत र पवनले बिकलाई सोधपुछ गरे। बिकले भान्जाको बिहे खाएर आएको भने।

    भोजमा गएका बिकले पनि रक्सी खाएका थिए। उनीहरूले फेरि झगडा गरेर आइस् भनेर सोधे। बिकले पनि सामान्य झगडा भएको र त्यस्तो केही नभएको तथा आफू घर जान लागेको जवाफ दिए। खासमा बिक पनि भान्जाको घरबाट भनाभन गरी घर जान्छु भनेर हिँडेका थिए।

    त्यो कुरापछि चौधरीद्वयले बिक पनि झगडामा सामेल भएको ठहर गरे। अनाहकमा उनीमाथि निर्मम तरिकाले आक्रमण भयो।

    आक्रमणपछि बिकको बाँया खुट्टाको गोलीगाँठा भन्दा माथिबाट च्याट्टै छिनालिदिए। दुबै हात र ढाडमा समेत गहिरो घाउ लाग्ने गरी आक्रमण गरे।

    सूचना पाएलगत्तै प्रहरी गएर उद्धार गरी बिकलाई अस्पताल पुर्‍यायो। प्रहरीले  छिनालिएको बिकको खुट्टा बाल्टिनमा राखेर लगेको थियो। अत्याधिक रक्तस्राव भइसकेको हुँदा रातारात प्रहरीकै सक्रियतामा रगतको जोहो भयो। रगत दिँदै बिकलाई बाँके पुर्‍याइयो।  अहिल‍े उनको लखनउमा उपचार भइरहेको छ।

    यसरी पत्ता लागे अभियुक्त

    बिकको खुट्टा छिनालेको घटना सार्वजनिक भएपछि प्रहरीलाई तीव्र दबाबमा पर्‍यो। प्रहरीले झगडिया दुबै पक्षका मानिसलाई नियन्त्रणमा लिएर अनुसन्धान थाल्यो। डिएसपी सिंहका अनुसार यो बीचमा प्रहरीले ८८ जनालाई पक्राउ गरी सोधपुछ र अनुसन्धान गर्‍यो। कुनै सुराक मिलेन। बिकले फोनसमेत प्रयोग नगर्ने हुँदा अभियुक्त पत्ता लगाउन समस्या थियो।

    प्रहरीले पक्राउ परेका ८८ जनाको कल डिटेल खोज्यो। त्यही बीचमा घाइते बिकले एउटा सुराक दिए- आफूलाई हान्नेहरू चौधरी नै भएको र त्यसमध्येका एक जनाले रातो कपडा लगाएका थिए। प्रहरीले त्यसलाई पनि आधार बनाएर अनुसन्धान अगाडि बढायो। त्यतिले मात्रै नपुगेर प्रहरी घर–घरमै पुगेर अनुसन्धानमा खटियो। कतै न कतै रगत वा कुनै पनि सुराक फेला पर्छ कि भनेर त्यसरी आफूहरूले अनुसन्धान गरेको डिएसपी सिंहले बताए। 

    दशैंको समय भएकोले चौधरीले पनि कुखुरालगायतको बली दिने हुँदा घर-घरमा रगत थियो। त्यसपछि प्रहरीले घरभित्र पसेर अनुसन्धान गर्ने र लत्ता कपडामा ध्यान दिने निर्णय गर्‍यो।

    पढ्ढाका अमृत चौधरीको घर अनुसन्धानका क्रममा प्रहरीले लत्ता कपडामा ध्यान दियो। अमृतले लगाउने जुत्तामा रगत देखियो।  प्रहरीले त्यही जुत्ताको आधारमा अनुसन्धान अगाडि बढायो।

    अमृतबारे सोधिखोजी गर्‍यो। अमृत घरमा थिएनन्। अनि रगत लागेको रातो टिर्सट पनि फेला पर्‍यो। उनका ज्वाइँ कुररियाका २२ वर्षीय पवन चौधरी पनि त्यहाँ थिएनन्। दुबै फरार थिए।

    प्रहरीले पढ्ढामै लुकेर बसेका दुबै जनालाई बिहीबार बेलुका नियन्त्रणमा लियो। त्यसपछि बिकको खुट्टा छिनाल्नेहरूको पहिचान भयो।

    जुत्तामा लागेको रगतको आधारमा अनुसन्धान गर्दा उनीहरू पक्राउ परेको डिएसपी सिंहले सेतोपाटीलाई बताए।

    गौलौरीमा चौधरी समुदायबीच भएको झगडामा सामेल नभएका निर्दोष बिक चौधरीद्वयको आवेश र उत्तेजनाको शिकार भएको प्रहरीले बताएको छ। दुबै पक्षले अत्याधिक मदिरा सेवन गरेको हुँदा पनि घटना भएको प्रहरीको अनुमान छ।

    बिकको खुट्टा छिनाल्ने दुबै जनाविरूद्ध प्रहरीले ज्यान मार्ने उद्योगमा मुद्दा चलाउने भएको छ।

    ,श्रोत :-सेतोपाटी

    Posted in UncategorizedLeave a Comment on जुत्तामा रगत देखिएपछि प्रहरीले भेट्टायो कुमार बिकका खुट्टा छिनाल्ने दुई जना

    छपकैया गुठीका अध्यक्षको नेतुत्व गएको टोलिले पर्सा क्षेत्र नंं.१ का सान्सद प्रदिप यादव द्वारा भेट्घाट

  • १४ कार्तिक २०७७, शुक्रबार १६:१२ मा प्रकाशित
  • संवावदाता

    बिरगंज १४ कार्तिक ।
    पर्सा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य माननीय प्रदिप यादवको निवासमा छपकैया गुठी २ का अध्यक्ष धिरज शर्माको नेतुत्वमा गएको टोलिले भेटघाट भएको छ ।
    बिरगंज महानगरपालिका वडा न २ छपकैया स्थित सन्सारीमाई मन्दिरको संरक्षणका लागि माननीय प्रदिप यादव ज्यु सङ्ग गुठीका अध्यक्ष धिरज शर्माले गुठीमा भएको समस्याको बारेमा माननीय प्रदीप यादवले चासोका साथ सुन्नु भएको थियो ।
    माननीय यादबले मन्दिरको लागि आवश्यक पर्ने पुजारी घर , मन्दिर वरिपरि टायल्स र अन्य मर्मत सम्भारको लागि विशेष ध्यान दिई त्यसको लागि आफुले सक्दो सहयोग गर्ने समेत बताउनु भयो।
    म जुन पार्टीको भएपनि अहिले पर्सा क्षेत्र न १ को सम्पुर्ण जनताको प्रतिनिधि भएको र सबैलाई समेटेर अगाडि बढनु पर्ने मेरो कर्तव्य रहेको बताए।

    बोलेर होईन गरेर देखाउने र जे बोल्छु त्यही गर्छु ।जे गर्छु त्यही बोल्छु । म अरु नेता जस्तो गफगर्ने नभैइ काममा बिश्वास राख्ने नेता रहेको बताए ।
    मन्दिर सबैको आस्थाको केन्द्र रहेको र मैले पनि मन्दिरको लागि केही गर्नु पर्ने भएकोले चाडो मन्दिरको निरीक्षण गरि काम सुरु गर्ने समेत बताए ।
    भेटघाट टोलिमा छपकैया गूठीमा सचिव अजित कुमार भुजेल , सदस्य प्रकाश कुमार शाह , सुनिल सुबेदि , कृष्ण कार्की , सम्भु थापा र सन्सारीमाई मन्दिर व्यवस्थापनका अध्यक्ष प्रदिप राउत कुर्मीको सहभागिता रहेको थियो ।

    Posted in UncategorizedLeave a Comment on छपकैया गुठीका अध्यक्षको नेतुत्व गएको टोलिले पर्सा क्षेत्र नंं.१ का सान्सद प्रदिप यादव द्वारा भेट्घाट

    आज गोरखाबाट लगिएकाे फूलपाती हनुमान ढोकामा भित्र्याइयो

  • ७ कार्तिक २०७७, शुक्रबार २२:०० मा प्रकाशित
  • गोर्खा ! आज नवरात्रीको सातौं दिन अर्थात फुलपाति। घरघरमा शास्त्रीय विधिअनुसार शुभसाइतको प्रतीक फूलपाती भित्र्याइएको छ।

    काठमाडौंको दसैँ घरमा पनि विधिपूर्वक फूलपाती भित्र्याइएको छ। गोरखाबाट शुक्रबार बिहान लगिएकाे फुलपाती लिन गुरुजुको पल्टन सहितको लावालस्करले जमलमा पुगि डोलामा राखि फूलपाती हनुमान ढोका ल्याएका थिए।

    फूलपातीमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको पूल, मान वृक्ष र अन्य मौसम अनुसारका फूलहरु समावेस गरिएको हुन्छ। लावालस्कर सहित डोलामा ल्याइएको फूलपातीलाई अपरान्हको साइतमा दशैं घरमा भित्र्याइएको हो।

    दसैँ घरमा भित्र्याउनुपूर्व फूलपातीलाई विधिपूर्वक पूजा अभिशेक गरिएको थियो।

    नवदुर्गाका विभिन्न स्वरुपसँग गासिएको फूलवृक्षका प्रकारहरुमा उखुमा कालिका, हलेदोमा दुर्गा, केराको बोटमा ब्रम्हायणी, धानको बालामा लक्ष्मी, बेलपत्रमा शिवा, दारिममा रक्तदन्तिका, जयन्तीमा कार्तिकी, अशोकको फूलमा शोकरहिता, मान वृक्षमा चामुण्डा देवीको बास रहने शाष्त्रीय मान्यता छ।

    दसैँ घरमा आज भित्र्याइएको फूलपाती दशमीको दिन टिका जमरासँगै देवीको प्रसादको रुपमा ग्रहण गर्ने परम्परा छ। दसैँघरमा फूलपाती भित्र्याइएपछि नेपाली सेनाले टुडिखेलमा हर्ष बढाईं गर्ने चलन छ।

    सेनाको हर्ष बढाईं अवलोकन गर्न राष्ट्र प्रमुख, सरकार प्रमुख र विशिष्ट व्यक्तिहरु सरिक हुने चलन छ। काठमाडौंमा कोरोना संक्रमणको जोखिम बढेसँगै नेपाली सेनाले सैनिक मञ्च टुडिखेलमा गर्दै आएको हर्ष बढाईंलाई यो वर्ष समान्य रुपमा सम्पन्न गरेको छ। सिभिल खबर बाट

    Posted in UncategorizedLeave a Comment on आज गोरखाबाट लगिएकाे फूलपाती हनुमान ढोकामा भित्र्याइयो

    मधेशी पत्रकार समाज पर्सा र बाराका अध्यक्षले दिए राजीनामा

  • ४ कार्तिक २०७७, मंगलवार १९:३८ मा प्रकाशित

    वीरगंज ४ असोज ।
    मधेशी पत्रकार समाज नेपालका पर्सा र बाराका अध्यक्षले राजीनामा दिनु भएको छ ।
    मधेशी पत्रकार समाज पर्साका अध्यक्ष श्रवण प्रसाद साह र बाराका अध्यक्ष अनिल कुमार गुप्ताले छुटा–छुटै रुपमा आज समाजका केन्द्रिय अध्यक्ष मोहन सिंहलाई ईमेल मार्फत राजीनामा पत्र बुझाएका हुन् ।
    मधेशी पत्रकार समाज नेपालका केन्द्रिय अध्यक्ष मोहन सिंहले एकलौटी, मनोमानी तरिकाले मधेशी पत्रकार समाजका सदस्य समेत नरहेका मनोज कुमार मिश्रालाई प्रदेश नं. २ को उपाध्यक्ष पदमा मनोनित गरेकोमा असन्तुष्टि जनाउदै राजीनामा दिनु भएको पत्रमा उल्लेख गरिएको छ ।
    केन्द्रिय अध्यक्ष सिंहले मधेशी पत्रकार समाजको विधान विपरित निर्णय गरेकोमा पर्सा र बारा शाखाको गम्भिर ध्यानाकर्षण भएको हुँदा यसलाई मध्यनजर गर्दै आजकै मितिबाट मधेशी पत्रकार समाजको कुनै पनि पदमा नरहने गरी राजीनामा दिएको पर्सा शाखाका अध्यक्ष श्रवण प्रसाद साहले बताउनु भयो ।

    Posted in UncategorizedLeave a Comment on मधेशी पत्रकार समाज पर्सा र बाराका अध्यक्षले दिए राजीनामा

    मधेशी पत्रकार समाज पर्सा र बाराका अध्यक्षले दिए राजीनामा

  • ४ कार्तिक २०७७, मंगलवार १९:३५ मा प्रकाशित
  • वीरगंज ४ असोज ।
    मधेशी पत्रकार समाज नेपालका पर्सा र बाराका अध्यक्षले राजीनामा दिनु भएको छ ।
    मधेशी पत्रकार समाज पर्साका अध्यक्ष श्रवण प्रसाद साह र बाराका अध्यक्ष अनिल कुमार गुप्ताले छुटा–छुटै रुपमा आज समाजका केन्द्रिय अध्यक्ष मोहन सिंहलाई ईमेल मार्फत राजीनामा पत्र बुझाएका हुन् ।


      मधेशी पत्रकार समाज नेपालका केन्द्रिय अध्यक्ष मोहन सिंहले एकलौटी, मनोमानी तरिकाले मधेशी पत्रकार समाजका सदस्य समेत नरहेका मनोज कुमार मिश्रालाई प्रदेश नं. २ को उपाध्यक्ष पदमा मनोनित गरेकोमा असन्तुष्टि जनाउदै राजीनामा दिनु भएको पत्रमा उल्लेख गरिएको छ ।
      केन्द्रिय अध्यक्ष सिंहले मधेशी पत्रकार समाजको विधान विपरित निर्णय गरेकोमा पर्सा र बारा शाखाको गम्भिर ध्यानाकर्षण भएको हुँदा यसलाई मध्यनजर गर्दै आजकै मितिबाट मधेशी पत्रकार समाजको कुनै पनि पदमा नरहने गरी राजीनामा दिएको पर्सा शाखाका अध्यक्ष श्रवण प्रसाद साहले बताउनु भयो ।

      Posted in UncategorizedLeave a Comment on मधेशी पत्रकार समाज पर्सा र बाराका अध्यक्षले दिए राजीनामा

      सहकर्मीकै लापरबाहीले ज्यान गुमाएका एक वरिष्ठ डाक्टर

    • २ कार्तिक २०७७, आईतवार २३:४१ मा प्रकाशित
    • भानुभक्त

      काठमाडौं, भदौ २९

      डाक्टर सिंहकी श्रीमती वीना (बीचमा) र  छोराछोरी। तस्बिर: नारायण महर्जन/सेतोपाटी।
      डाक्टर सिंहकी श्रीमती वीना (बीचमा) र छोराछोरी। तस्बिर: नारायण महर्जन/सेतोपाटी।

      जनकपुरका प्रज्ञा सिंह र प्रज्वल सिंह दिदीभाइ हुन्। उनीहरूका बुवा डाक्टर थिए। बुवाका पाइला पछ्याउँदै उनीहरू पनि डाक्टरी पढ्दैछन्। 

      प्रज्ञा अहिले एमबिबिएस पाँचौ वर्षमा छिन्, प्रज्वल दोस्रो सेमेस्टरमा। हाडजोर्नी विशेषज्ञ प्राध्यापक डाक्टर ज्ञानेश्वरप्रसाद सिंहले दुई छोराछोरीलाई डाक्टर पढ्न बंगलादेश पठाएका थिए। उनी आफू यता हाड घोट्थे, उता छोराछोरीलाई खर्च पठाउँथे।

      छ/सात महिनायता भने प्रज्ञा र प्रज्वलको डाक्टर बन्ने सपनामा ठेस लागेको छ। उनीहरूको सपनामा हरहमेसा उकेरा लगाइराख्ने बुवा अब यो धरतीमा छैनन्। लकडाउनले बन्द भएको कलेज छोडेर नेपाल आएका यी दिदीभाइ अचेल आमासँगै कहिले नेपाल मेडिकल काउन्सिल (एनएमसी) धाउँछन्, कहिले सिडिओ कार्यालय, त कहिले गृह मन्त्रालय।

      उनीहरूलाई लाग्छ- हाम्रा बुवाको उपचारमा लापरबाही भएको छ, हामीमाथि अन्याय भएको छ। भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा डाक्टरी पढाउने उनीहरूका बुबालाई त्यहाँका डाक्टरहरूले राम्ररी उपचार गरेको भए उनको ज्यान जोगिन्थ्यो।

      भारतबाट एमबिबिएस, पाकिस्तानबाट अर्थोपेडिक्समा एमएस र अमेरिकामा विभिन्न तालिम गरेका डाक्टर सिंहले युनिभर्सल मेडिकल कलेजमा हाडजोर्नी विभाग प्रमुख भएर काम गरेको झन्डै १० पुगेको थियो। उनी अस्पतालमा काम गर्दा श्रीमती वीनाले काठमाडौंमा छोराछोरी पढाएकी थिइन्। दुबै छोराछोरी पढ्न विदेश गएपछि २०७६ वैशाखमा उनी पनि श्रीमानसँगै बस्न भैरहवा गइन्।

      गत वर्ष भदौ १० गते। डाक्टर सिंह एउटा पार्टीमा गएका थिए। श्रीमती वीना सँगै थिइन्। खाना खाने क्रममा सिंहको घाँटीमा मासुको हड्डी अड्कियो। उनलाई अप्ठेरो भयो। वीनाले एम्बुलेन्स बोलाइन्। डाक्टर सिंहले पढाउने मेडिकल कलेजमा पुर्‍याइन्। अस्पतालको इमर्जेन्सीमा पुग्दा रातको झन्डै ११ बजेको थियो होला।

      ‘उहाँ मलाई गाह्रो भइरहेको छ भन्दै हुनुहुन्थ्यो तर त्यहाँका डाक्टरसाबहरूले हड्डी निकाल्ने कुरै गर्नुभएन, रातभरि पेन किलर दिएर राख्नुभयो,’ वीनाले सेतोपाटीसँग भनिन्,’उहाँले पढाउने कलेज, उहाँकै साथी डाक्टरहरूले राम्रै गर्नुहोला सोचें। शंका गरिनँ, भर परें।’

      १० घन्टापछि अर्को दिन बिहान ९ बजे डाक्टर सिंहलाई अपरेशन थिएटरमा लगियो। नाक, कान, घाँटीका डाक्टर विश्व तुलाचन, एनेस्थेसियाकी लक्ष्मी पाठक र कार्डियोथोरासिक सन्तोष साहको टिमले डाक्टर सिंहको अपरेशन गर्‍यो।

      ‘अपरेशन गरेपछि उहाँहरू आएर भन्नुभयो- अपरेशन सफल भयो। हामीले आधा हड्डी निकाल्यौं, आधा हड्डी तलतिर धकेलिदियौं,’  वीनाले सम्झिइन्।

      सर्जरीपछि उनलाई पोस्ट अपरेशन वार्डमा राखियो। अर्को दिन बिहान डाक्टरहरूको राउन्ड आयो। डाक्टरहरू राउन्डमा आउँदा सिंहलाई घाटीको अप्ठेरो कम भएको थिएन। डाइबेटिजको पनि समस्या रहेका उनले आफूलाई गाह्रो भइरहेको बताए।

       ‘केही अरू कारणले घाँटी सुन्नियो, बिस्तारै ठिक हुन्छ,’ डाक्टरहरुले भने।

      सिंहलाई झोलिलो खानेकुरा दिए हुन्छ, २-३ दिनमा उनले सामान्य खाना खान सक्छन् भनेर राउन्डमा आएका डाक्टर गए।

      डाक्टरले भनेपछि वीनाले त्यही दिन दूध ल्याएर श्रीमानलाई खुवाइन्।

      डाक्टर ज्ञानेश्वरप्रसाद सिंह। फाइल तस्बिर: सौजन्य सिंह परिवार।

      अर्को दिन धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत डाक्टर अरूणकुमार सिंह भैरहवा आए। उनी डाक्टर सिंहका भाइ हुन्। उनले भाउजुसँग दाइलाई  के-कसो भएको हो भनेर सोधे।

      त्यो दिन डाक्टर सिंहलाई ज्वरो आएको थियो। बान्ता पनि भएको थियो। डाक्टरहरूले भने उनलाई त्यही दिन डिस्चार्ज भएर घर गए पनि हुन्छ भनेका थिए।

      ‘मैले घरमा जाँदा गाह्रो हुन्छ बरू अस्पतालमै ठिक छ भनेपछि त्यही बस्यौं। तर त्यही दिन भैरहवामा भएको अर्थोपेडिकसम्बन्धी एउटा सेमिनारमा उहाँलाई लिएर जानुभयो,’ वीनाले भनिन्।

      त्यो सेमिनारको आयोजना युनिभर्सल मेडिकल कलेज नै गरेको थियो।

      ‘अर्थोको विभागीय प्रमुख बुवा भएकाले उनीहरूले तपाईंले केही बोल्नु पर्दैन, गएर बसिदिए मात्र पुग्छ भनेर लिएका रहेछन्,’ छोरा प्रज्वलले भने,’केही मिनेट बसेपछि बुवाले छाती दुख्यो भन्नुभएछ। फेरि अस्पताल ल्याएछन्।’

      दाइको यस्तो हालत देखेपछि डाक्टर अरूणलाई शंका लाग्यो। उनले हड्डी घाँटीबाट हट्यो कि हटेन भनेर एक पटक फेरि सिटी स्क्यान गर्न जोड गरे।

      १४ गते डाक्टर सिंहको सिटी स्क्यान भयो। सिटी स्क्यानको रिपोर्ट हेरेपछि भने डाक्टरहरूको अनुहारको रङ बदलियो। उनीहरूले आत्तिएजस्ता देखिए। सिंहको परिवारलाई केही भनेनन्। बरू काठमाडौं जानु पर्ने बताए।

      ‘काठमाडौंको ग्रान्डी अस्पतालसँग हाम्रो सहकार्य छ। भोलि बिहान उहाँलाई एयरलिफ्ट गरेर काठमाडौं पठाउँछौं भन्नुभयो, अरू केही भन्नुभएन,’ वीनाले भनिन्, ‘त्यसपछि हामी पनि आत्तियौं। रातभरि छटपटियौं।’

      अर्को दिन बिहानै अस्पतालले व्यवस्था गरेको हेलिकप्टर चढेर डाक्टर सिंह, वीना र भाइ अरूण काठमाडौं आए।

      हेलिकप्टर धापासीस्थित ग्रान्डी अस्पतालको हेलिप्याडमा उत्रियो। डाक्टर सिंहको उपचार भने त्यहाँ भएन। ग्रान्डीमा एम्बुलेन्स तयारी हालतमा थियो। त्यही चढेर उनीहरू त्रिवि शिक्षण अस्पताल परिसरभित्र रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर पुगे।

      ‘हामी पुग्दा मनमोहनमा डाक्टरसाबहरू अपरेशनका लागि रेडी भएर बस्नुभएको थियो। उताबाट पहिल्यै कुरा भइसकेको रहेछ। उहाँको अवस्था निकै जटिल भइसकेको छ, जतिसक्दो छिटो अपरेशन गर्नुपर्छ भनेर पेपर साइन गर्न लगाएपछि हामी त छाँगाबाट खसेजस्तै भयौं,’ वीनाले भनिन्,’भैरहवामा त डाक्टरहरूले केही हुन्न एक-दुई दिनमा ठिक हुन्छ भन्नुभएको थियो।’

      त्यो दिन मनमोहनमा डाक्टर विभुषाल थापा, रञ्जन सापकोटा र आकृति शर्माको टिमले ६ घन्टा लगाएर डाक्टर सिंहको अपरेशन गर्‍यो।

      सिंहको अपरेशन गरेका थोरासिक सर्जन सहप्राध्यापक सापकोटाले बिरामी आइपुग्नुअघि नै आफूहरूलाई खानेनलीमा गम्भीर समस्या भएको बिरामी आउँदैछ भन्ने खबर आएको बताए।

      ‘सायद भैरहवाबाट अस्पताललाई खबर गरेको थियो होला। गम्भीर भनेपछि नलीमा प्वाल परेको हुनसक्छ ठानेर हामी अपरेशनका लागि तयारी हालतमा बसेका थियौं,’ डाक्टर सापकोटाले सेतोपाटीसँग भने,’उहाँहरू आउनासाथ ढिला नगरी ओटीमा लिइहाल्यौं।’

      उनका अनुसार मनमोहनमा पुर्‍याउँदा डाक्टर सिंहको घाँटीमा हड्डी छँदै थियो। लामो समयसम्म रहेको हड्डीले नलीमा प्वाल पारेको थियो। त्यो प्वालबाट गएको खानेकुराले छातीसम्म इन्फेक्सन भएको थियो। पीप जमिसकेको थियो।

      प्रज्ञा सिंह। तस्बिर: नारायण महर्जन/सेतोपाटी

      ‘हामीले उहाँको खानानली काट्यौं। छातीको संक्रमण र पीप निकाल्न अर्को अपरेशन गर्‍यौं,’ डाक्टर सापकोटाले भने,’खानानली काटेर फाल्यौं, त्यसैले मुखबाट खाना दिन मिलेन अनि पेटमा पनि अर्को अपरेशन गरेर आन्द्रामा अर्को नली जोड्यौं।’

      यता डाक्टर सिंहको स्थिति बिग्रँदै गएको थियो। उता बंगलादेशमा रहेका छोराछोरीलाई यो कुरा थाहै थिएन।

      ‘उनीहरूको जाँच चलिरहेको थियो। चिन्ता मान्लान् र जाँच बिगार्लान् भनेर बुवालाई अलिअलि घाँटीमा समस्या छ मात्र भनेकी थिएँ,’ वीनाले भनिन्।

      मनमोहनका डाक्टरले गरेको अपरेशनबाट डाक्टर सिंहको ज्यान त जोगियो तर उनी सामान्य अवस्थामा फर्किएनन्। उनको शरीरमा नयाँ खानानली बनाउनु पर्थ्यो। मेडिकल भाषामा त्यसलाई ‘ग्यास्ट्रिक पुल अप’ भनिन्छ। त्यो भनेको आमाशयलाई खानानलीमा रूपान्तरण गर्नु हो। डाक्टर सापकोटाका अनुसार हाम्रो खानानली र आमाशयको लम्बाई बराबर हुन्छ- लगभग २५ सेन्टिमिटर।

      ‘खानानलीका कोषहरू निकै संवेदनशील हुन्छन्। खानानली काटेपछि त्यसको विकल्प आमाशयलाई नै माथि तानेर खानानली बनाउने हो,’ उनले भने,’दुबैको आकार मिल्ने भएकाले यसो गरिन्छ। त्यसपछि आमाशय रहन्न। खाना सोझै मुखबाट आन्द्रामा पुग्छ।’

      तीन वटा अपरेशन सँगै गरेकाले डाक्टर सिंहको ‘ग्यास्ट्रिक पुल अप’ तत्काल गर्न सम्भव भएन। डेढ महिनापछि बोलाउने भनेर डाक्टरहरूले उनलाई १५ दिन अस्पताल राखेर डिस्चार्ज गरिदिए।

      वीनाले बिरामी श्रीमानलाई अस्पतालबाट निकालिन्। जनकपुर धेरै टाढा थियो फेरि डेढ महिनापछि त आउनु नै छ। उनी श्रीमानलाई लिएर ललितपुरस्थित माइती पुगिन्।

      ‘उहाँलाई सबैथोक नलीबाटै खुवाउँथे। बोल्न सक्नुहुन्थेन्। फाट्टफुट्ट एक दुई शब्द बोल्नु हुन्थ्यो,’ उनले भनिन्, ‘बेलाबेलामा फलो अपमा पनि गइरहन्थें।’

      त्यही बेला दशैं मनाउन प्रज्वल नेपाल आएका थिए। आमाले अलिअलि घाँटीको समस्या छ भनेका बुवालाई उनले ओछ्यानको ओछ्यानमै देखे।

      डेढ महिना घरमा बसेपछि कात्तिक १७ गते ग्यास्ट्रिक पुल अपका लागि डाक्टर सिंहलाई मनमोहनमा  फेरि भर्ना गरियो। पहिले अपरेशन गरेको डाक्टरको टिमले १९ गते उनको आमाशयलाई खानानली बनाउने अपरेशन गर्‍यो।

      ‘अपरेशन गरेपछि ५०-५० चान्स छ भनेका थियौं किनकी उहाँलाई डायबेटिज, उच्च रक्तचाप र मुटुको समस्या थियो,’ डाक्टर सापकोटाले भने,’ती समस्याले पनि होला उहाँको शरिरमा नयाँ खानानली राम्ररी जोडिएन।’

      डाक्टर सिंहलाई भेन्टिलेटरमा राखियो। मनमोहनको भन्दा टिचिङको क्रिटिकल केयर राम्रो छ भनेर टिचिङमा सारियो।

      ‘त्यसपछि उहाँ बोल्न नसक्ने हुनुभयो। म उहाँलाई हेर्थें, उहाँ मलाई हेर्नुहुन्थ्यो। त्यसैगरी दिन-महिना बिते,’ वीनाले भनिन्।

      डाक्टर सिंह यो नाजुक अवस्थामा पुग्नुका पछि उनले काम गर्ने युनिभर्सल मेडिकल कलेजका डाक्टरहरूको लापरबाही कारण थियो। सुरूदेखि नै उनीहरूले आफ्ना विभागीय प्रमुखको उपचारमा हेलचक्रयाइँ नगरेको भए आज यस्तो हालत हुने थिएन।

      जुन प्राध्यापकको नाममा मेडिकल कलेजले वर्षौंसम्म सयौं विद्यार्थी भर्ना गर्‍यो। करोडौं रुपैयाँको व्यापार गर्‍यो तिनै डाक्टर अस्पतालको शैयामा बोल्न नसक्ने भएका बेला के-कस्तो छ भनेर सोध्दा पनि नसोधेको देख्दा वीनाको मन कुँडियो।

      ‘उहाँहरूले गल्ती गर्नुभएको थियो, त्यो त हामीसँग स्वीकार्नु पनि भएन। आफ्नै मेडिकल कलेजमा नौ-दस वर्ष काम गरेको विभागीय प्रमुख त्यस्तो हालतमा हुँदा मानवीयता पनि देखाउनु भएन,’ वीनाले भनिन्,’के छ, कसो छ भनेर कहिल्यै एकफेर सोध्नु पनि भएन।’

      पुस ३ गते डाक्टर सिंह टिचिङको भेन्टिलेटरमै हुँदा वीनाले उनको उपचारमा संलग्न युनिभर्सलका डाक्टरहरूले लापरबाही गरको भन्दै नेपाल मेडिकल काउन्सिलमा उजुरी दिइन्।

      उजुरीमा वीनाले युनिभर्सलका डाक्टरहरूका सिलसिलेवार गल्तीले डाक्टर सिंहको स्वास्थ्य जटिल बनाएको उल्लेख गरेकी थिइन्।

      युनिभर्सलका डाक्टरहरुले पाँच मुख्य गल्ती गरेका थिए।

      पहिलो, घाँटीमा हड्डी अडकिएर गम्भीर अवस्थामा अस्पताल पुर्‍याएको १० घन्टासम्म पनि उनको अपरेशन गरिएन। ‘पेन किलर’ दिएर राखियो।

      दोस्रो, जब डाक्टरहरुले अपरेशन गरे गम्भीर गल्ती गरे। आधा हड्डी निकाल्यौं, आधा तलतिर धकेलिदियौं भने। तर बाँकी हड्डी तल गएको थिएन, त्यहीँ अडकिएको थियो। 

      अपरेशनपछि हड्डी खानानलीबाट हट्यो कि हटेन, तल झर्यो भने त्यसले तल गएर कतै नलीमा घाउ वा प्वाल बनाएको छ कि भनेर सिटी स्क्यान गर्नु अनिवार्य कुरा हो। यस्ताखाले अपरेशनमा पहिला अड्किएको वस्तु पुरै गयो कि गएन र त्यो ठाउँको अवस्था कस्तो छ भनेर अपरेशनपछि सिटी स्क्यान वा अरू केही विधिबाट हेर्नु प्रोटोकल अन्तर्गत नै पर्ने डाक्टरहरू बताउँछन्। खानेनलीका कोषहरू निकै संवेदनशील हुने भएकाले केही क्षति भएको छ कि भनेर एकिन गर्नुपर्छ। डाक्टर सिंहको अपरेशनपछि प्रोटोकलअनुसार तुरून्तै सिटी स्क्यान गरिएन।

      तेस्रो, डाक्टर सिंहलाई केही समयसम्म खाना खान दिइनु हुन्नथियो। तर डाक्टरहरूले उनलाई अर्को दिन नै तरल खानेकुरा खुवाउन भने। एकातिर भित्रको हड्डीले खानेनलीमा प्वाल पारेको थियो अर्कातिर बाहिरबाट खानेकुरा दिएपछि त्यही प्वालबाट निस्कियो र संक्रमण छातीसम्म फैलियो।

      चौथो, डाक्टर सिंह अस्पतालको शैयामै थिए तर अपरेशनमा संलग्न डाक्टर लक्ष्मी पाठकले उनको आफूहरूले सफल अपरेशन गरेको भन्दै भिडिओ र फोटो फेसबुकको डाक्टर्स सोसाइटीको ग्रुपमा पोस्ट गरिन्। आफूहरूले केही नयाँ कुरा गरेर डाक्टर सिंहको सफल अपरेशन गरेको उनले दाबी गरिन्। आलोचना भएपछि उनले उक्त पोस्ट पछि मेटाइन्। परिवारको अनुमतिबिना कोही बिरामीबारे यसरी सार्वजनिक गर्नु ‘अनइथिकल’ मानिन्छ।

      पाचौं, जब डाक्टर सिंहलाई गाह्रो हुँदै गयो युनिभर्सल मेडिकल कलेजले उनलाई काठमाडौं पठाउने तयारी गर्‍यो। तर सिंहलाई किन गाह्रो भयो, अपरेशनमा के गल्ती भयो भनिएन। केही दिनअघि सम्म डिस्चार्ज गर्ने बताइरहेका डाक्टरहरूले सिंहलाई एक्कासी काठमाडौं किन लैजानु पर्ने भयो भन्ने परिवारलाई बताएनन्।

      डा सिंह मेडिकल कलेजमा उपचार गर्न बाहिरबाट आएका बिरामी थिएनन्। एउटा विभागमा प्रमुख नै थिए। उनी र उनको परिवारसँग जुन हेलचेक्याइँ गरियो, जसरी गल्ती थाहा भएपछि सूचना लुकाइयो, त्यसले आमबिरामी र उनीहरूका परिवारसँग उक्त मेडिकल कलेजले कस्तो व्यवहार गर्छ भन्ने छनक दिएको छ।

      मेडिकल काउन्सिलमा वीनाको उजुरीमाथि छानबिन सुरू नै भइसकेको थिएन, त्रिवि शिक्षण अस्पतालमा डाक्टर सिंहको अवस्था दिनदिनै नाजुक हुँदै गयो।  भेन्टिलेटरको सहायताले सास फेरिरहेका ५६ वर्षीय यी डाक्टरले गत माघ २ गते अन्तिम सास फेरे।

      मानिसका शरिरका हड्डीबारे उनले जीवनभर पढे, पढाए र बिरामीको उपचार गरे। घाँटीमा अडकिएर एउटा हड्डीको आफ्नै मेडिकल कलेजमा सावधानीपूर्वक उपचार हुन नसक्दा उनको मृत्यु भयो।

      ‘हामीले सेकेको प्रयास गरेका थियौं तर उहाँलाई बचाउन सकेनौं,’ डाक्टर सापकोटाले भने,’सुरूमा उहाँलाई अस्पताल ल्याउँदा नै अवस्था जटिल भैसकेको थियो।’

      के साँच्चै युनिभर्सलका डाक्टरहरूले सिंहको उपचारमा लापरबाही गरेका थिए त?

      मेडिकल काउन्सिलले झन्डै ८ महिना लगाएर यो विषयमा अनुसन्धान गर्‍यो। उक्त अनुसन्धानबाट एकातिर सिंहको उपचारमा संलग्न चिकित्सकको हेलचक्रयाइँ देखिएको छ भने अर्कातिर उनीहरूले बिरामीका आफन्तलाई बेलैमा सही सूचना नदिएको देखिएको छ।

      काउन्सिलले उपचारमा संलग्न डाक्टर विश्व तुलाचनलाई एक वर्षको प्रतिबन्ध लगाएको छ।

      ‘तपाईंबाट व्यक्त स्पष्टिकरणमा वस्तुगत रूपमा पुष्टि हुने गरी यथेस्ट प्रमाणपत्रहरू संलग्न नभएकाले एक वर्षका लागि इसोफेजिएल इन्डोस्कोपी नगर्न निर्देशन दिने र सो विषयको तालिम लिई सोको प्रमाणपत्र काउन्सिलमा पेस गरेपछिमात्र इसोफेजियल इन्डोस्कोपी प्रोसेज्युडर गर्न दिने निर्णय भएको व्यहोरा अवगत गराउँदै सोही बमोजिम तपाईंलाई जानकारी तथा कार्यन्वयनका लागि सचेत गराइएको छ,’ काउन्सिलले  भदौ २२ गते तुलाचनलाई लेखेको पत्रमा भनिएको छ।

      उपचारमा संलग्न अर्की चिकित्सक लक्ष्मी पाठकले भने भदौ २४ गतेमात्रै काउन्सिलमा आफ्नो स्पष्टिकरण बुझाएकी छन्। लकडाउनका कारण उनको स्पष्टिकरण आउन समय लागेकाले उनका बारे निर्णय हुन बाँकी रहेको काउन्सिल जनाएको छ।

      उपचारमा संलग्न अर्का चिकित्सक सन्तोष साहलाई भने संलग्नता नदेखिएको भन्दै सफाइ दिने निर्णय काउन्सिलले गरेको छ।

      युनिभर्सल मेडिकल कलेजमा आचार संहिताअनुसार काम गर्ने उपयुक्त प्रणाली नभएको पनि निष्कर्ष पनि काउन्सिलले निकालेको छ।

      ‘अस्पतालको  स्वास्थ्य सेवा प्रणालीलाई सुधार गर्न स्वास्थ्य सेवा प्रभावकारिताको व्यवस्थित प्रोटोकल तथा निर्देशिकाहरू बनाइ लागु गर्न गराउन र बिरामी एंव स्वास्थ्यकर्मीहरूबीचको सम्बन्धलाई सुमधुर बनाइराख्न निर्देशन दिइन्छ,’ काउन्सिलले भनेको छ।

      वीना र डाक्टरी पढिरहेका उनका छोराछोरीलाई भने काउन्सिलको यो सजाय निकै कम भएको लाग्छ।

      ‘उहाँहरूका गल्तीका कारण मैले श्रीमान गुमाएँ, छोराछोरीले बुवा गुमाए। त्यत्रो गल्ती गर्दा काउन्सिलले एक जना डाक्टरलाई एक वर्ष निलम्बनमात्र गर्‍यो। एक जनाबारे अहिलेसम्म निर्णय गरेको छैन अनि अर्का एक जनालाई संलग्नता नदेखिएको भनेर सफाइ दिएको छ,’ वीनाले भनिन्,’मेरा श्रीमान पनि एनएमसीको सदस्य हुनुहुन्थ्यो। एनएमसीले बाँचेका डाक्टरलाई मात्र न्याय दिने हो? नत्र काउन्सिल गरेको यो निर्णयले उहाँलाई न्याय भयो र!’

      युनिभर्सल मेडिकल कलेजले क्षतिपुर्ति दिनुपर्ने डा सिंहका परिवारको माग छ।

      काउन्सिलका अध्यक्ष डाक्टर भगवान कोइराला यो मुद्दामा विज्ञहरूको टिम बनाएर अनुसन्धान गरिएको र त्यसपछि इथिकल कमिटीको पूर्ण बैठकले निर्णय गरेको बताउँछन्।

      ‘काउन्सिलले सबै प्रक्रिया पुरा गरी गरेको निर्णय यही हो। उहाँहरूलाई चित्त नबुझे पुनरावेदनमा जान सक्नुहुन्छ,’ डाक्टर कोइरालाले भने,’क्षतिपूर्तिका लागिचाहिँ उहाँहरूले अर्कै कानुनी बाटो समात्नुपर्छ।’

      प्रज्वल सिंह। तस्बिर: नारायण महर्जन/सेतोपाटी

      युनिभर्सलका प्रबन्ध निर्देशक खुमा अर्याल भने यो घटनामा आफूहरूले कुनै क्षतिपूर्ति नै दिन नसक्ने बताउँछन्।

      ‘गल्ती संसारभरिका डाक्टरहरूबाट हुन्छ। हाम्रोबाट पनि भयो होला, गल्तीअनुसार मेडिकल काउन्सिलले एकजनालाई कारबाही गरेको छ अरूलाई पनि गर्ला,’ अर्यालले भने,’तर मैले कलेजको तर्फबाट उहाँको ज्यान बचाउन सकेसम्म सहयोग गरेको हुँ। भैरहवामा उहाँको उपचारको पैसा लागेन। एयरलिफ्ट गरेर काठमाडौं पठाएँ। मनमोहन अस्पतालमा पहिलो अपरेशन गरेको खर्च ब्यहोरें। त्यसपछि सधैँभरि त उहाँको जिम्मा कलेजले लिन सक्दैन नि!’

      अर्यालले मनमोहनसम्मको खर्च व्यहोरेको बताए पनि परिवारले काठमाडौं आइसकेपछि एक पटक एक लाख रुपैयाँ दिनुबाहेक अरू केही सहयोग नगरेको बताएको छ।

      ‘उहाँको उपचारमा हाम्रो ६० लाखजति खर्च भयो होला। बैंकमा मात्रै अहिले ३० लाख रुपैयाँ ऋण छ,’ वीनाले भनिन्, ‘घरमा कमाउने मान्छे रहनुभएन। उता छोरीको एमबिबिसएको फाइनल किस्ता बुझाउन बाँकी छ।’

      छात्रवृतिमा एमबिबिएस पढिरहेका प्रज्वल भने आफ्ना बुवाको मृत्यु प्रकरणले बेलाबेला समाचारमा आइरहने डाक्टरमाथि हातपात भएका घटना सम्झिन्छन्।

      ‘डाक्टरको लापरबाहीले बिरामीको मृत्यु भयो भनेर मान्छेहरूले हुलहुज्जत गरेको सुन्दा मलाई अचम्म लाग्थ्यो किन त्यस्तो गरेका होलान् भनेर,’ प्रज्वलले भने,‘तर अचेल लाग्छ- मेडिकल कलेजको डिपार्टमेन्ट चिफले त यस्तोसम्म भोग्नु पर्दो रहेछ। अरू सामान्य बिरामी र उनीहरूका परिवारले कतिसम्म भोग्नुपर्ला! श्रोत सेतोपटी

      Posted in Uncategorized, ताजा अपडेटLeave a Comment on सहकर्मीकै लापरबाहीले ज्यान गुमाएका एक वरिष्ठ डाक्टर

      बसपार्क चालिस फिट्टे रोड र बाइपास रोडमा अझै रोकिएन यौन धन्दा

    • २ कार्तिक २०७७, आईतवार २३:१३ मा प्रकाशित

      बीरगंज २ कार्तिक।
      बीरगंजको नयाँ बसपार्क क्षेत्रको चालिस फिट्टे रोडमा हुने यौन धन्दा अझै रोकिएको छैन । यो क्षेत्र यौन धन्दा गर्ने थलोको रुपमा परिचित छ ।

      बिगतका दिनमा स्थानिय वडा वासिको पहलमा बीरगंज वडा १५ समितिको कार्यलाय र जिल्ला प्रहरी कार्यलय पर्साले छापामारी गरी बसपार्क देखि लक्ष्मवा (प्रतिमा चौक) देखी बाइपास क्षेत्रका विभिन्न ठाउँबाट यौन व्यवसायीलाई पक्राउ गरिएको थियो ।

      त्यसपछी लकडाउन बन्दा बन्दिले केही दिन यी क्षेत्र सुनसान जस्तै थिए । फेरी यता बाइपास र बसपार्कको चालिस फिट्टेरोड्मा यौन व्यवासायी सलबलाउन थालेका छन ।

      यौन व्यवसाय अनुसन्धानकर्ताको भनाइ अनुसार अहिले पनि यहाँका विभिन्न स्थानहरुमा नास्ता र खानाको नाममा खोलिएका होटेलहरुमा खुलेआम रुपमा यौन धन्दा गर्ने गरेको पाइएको छ ।

      खुलेआम रुपमा यौन धन्दा अहिले कोरोना (कोभिड १९)को डर त्रासको बीच पनि लुकी छिपी उही कामलाइ निरन्तरता दिएको छ ।

      बसपार्कको नयाँ चालिस पिट्टे रोड तथा बाईपास एरियामा अध्यारो हुनेबितिकै खाना नास्ताका लागि खोलिएको होटेलहरुमा खुलेआम मोल तोल गरि बसपार्कको गेस्टहाउसहरु जाने गरेको पाइएको छ ।

      तर पुलिस, प्रशासनले केहि लचक्ता र त्यो एरियामा स्थापित बसपार्क प्रहरी चौकी, अस्थाई भिस्वा पुलिस चौकी भएतापनि निर्मुल हुन् भने सकेको छैन ।

      हरेक साझा या दिउसै चालिस फिट्टे रोडका क्षेत्र र बाइपास एरियामा खाजाको नाममा खोलिने होटेलमा भेटिने यौनकर्मीहरुको होटेल अगाडिको रोड्मै ´´कण्डम“ भेटिन थाले पछि त्यो टोलका स्थानियहरु बसपार्क पुलिस चौकी र भिस्वा डाढामा रहेको अस्थायी पुलिस चौकीको सहयोगमा यो कार्य भएको भन्दै आलोचना गर्न थालेका छन।

      स्थानियहरुको कुराकानी चलाईरहदा पुलिस प्रशासनको मिलोमतोमा भएको र यौन कर्मीलाई पुलिसले वास्था नगर्दा पनि नियन्त्रण भन्दा बाहिर गएको आकलन गरेका छन् ।

      लकडाउन (बन्दा बन्दि) भन्दा पहिला स्थानियको पहल र प्रहरी प्रशासन र त्यतिखेरको बसपार्क प्रहरीचौकिको इन्चार्ज प्र.ना.नि बिजय कुमार शाहिको सकृयतामा पक्राउगरेका पुरुषलाई नियन्त्रण लिएर अनेक शैलीका प्रशं गरिरहेका र महिला यौन कर्मीलाई छुट हुदा पनि यो नियन्त्रण हुन् सकेको छैन ।

      दुवै पक्षलाई नियन्त्रण लिएर कारबाही गर्यो भने यो नियन्त्रण हुनसकने बुद्धिजिविहरुले बताउछन।

      Posted in UncategorizedLeave a Comment on बसपार्क चालिस फिट्टे रोड र बाइपास रोडमा अझै रोकिएन यौन धन्दा

      सिन्धुपाल्चोक मेलम्ची बजारमा गोल्डस्टार ब्रान्डको जुत्ता स्वरुम स्थापना

    • २ कार्तिक २०७७, आईतवार १०:०६ मा प्रकाशित

      नेपालको प्रतिष्ठात जुत्ता कम्पनी गोल्डस्टारले आफ्नो सेवालाई विस्तार गर्दै सिन्धुपाल्चोक जिल्लाको मेलम्ची बजारमा पनि गोल्डस्टार ब्रान्डको जुत्ता स्वरुम स्थापना गरेको छ।
      बढ्दो शहरीकरण,आधुनिक र प्रतिस्पर्धाी बजारमा विभिन्न स्वदेशी तथा विदेशी जुत्ता कम्पनीहरु लागि पछि पर्दै जुत्ता पारखी को निम्ति विभिन्न मोडलका जुत्ता तथा चप्पल बजारमा ल्यायको हो ।
      वडा दसै को विशेष छुट सहित लेडिज जेन्स दुबै का लागि ब्रान्डेट जुत्ता रहेको प्रोपाइटर रबिन श्रेष्ठले जानकारी दिनु भयो।
      मेलम्ची गोल्डस्टार जुत्ता स्वरुम का प्रोपाईट श्रेष्ठ भन्नुहुन्छ यो प्रतिस्पर्धाी बजारमा सस्तो ,बलियो र भर्पर्दे नेपालमै उत्पादन गरिएको नेपाली ब्रान्ड गोल्डस्टाले मेलम्ची बासिको मन जित्ने छ
      किनकि यो सस्तो ,बलियो , र्भरपर्दे छ त्यसैले गर्दा हामीले ग्राहको मन जित्न सफल हुने छौ ।

      Posted in UncategorizedLeave a Comment on सिन्धुपाल्चोक मेलम्ची बजारमा गोल्डस्टार ब्रान्डको जुत्ता स्वरुम स्थापना

      Posts navigation

      Older posts
      Newer posts

      Himalayan Dristi Team

      • प्रधान सम्पादक

        अनिल आचार्य

      About us

      • हाम्रोबारे

      Follow us on Facebook

      Contact Us

      Kathmandu, Nepal
      Email: himalayandristi@gmail.com
      Phone:-00977-9868990772
      Web:
      www.himalayandristi.com/
      विज्ञापनका लागि
      कृष्ण गिरि 00977-9860341922

      © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P