
नायिका स्वेता खड्काले सन् २०७४ मै सिन्धुपाल्चोकमा एकीकृत माझी बस्ती निर्माण गर्ने घोषणा गरेकी थिइन्। स्वेता श्री फाउण्डेसनको तर्फबाट माझी बस्ती बनाउने घोषणा भएको थियो। तर हालसम्म पनि उक्त माझी बस्तीको निर्माण सम्पन्न भएको छैन।
मंगलबार स्वेता खड्काले सिन्धुपाल्चोकको निर्माणाधीन माझी बस्ती ऋणमा रहेको जानकारी दिएकी छिन्। उनले यस बस्ती निर्माण सम्पन्न गर्न सहयोगको अपिलसमेत गरेकी छिन्।
धुर्मुस सुन्तली फाउन्डेसनले निर्माण गरिरहेको गौतमवुद्ध क्रिकेट रंगशालाको जस्तै अवस्था सिन्धुपाल्चोकको माझी बस्तीको भएको उनको भनाइ रहेको छ।उनले सहयोग गर्छु भन्नेले सहयोग नगरेपछि बस्तीको निर्माण कार्य अलपत्र परेको गुनासो गरेकी हुन्।उनले सहयोग गर्छु भन्नेहरुले सहयोग नगरे त्यो गरिबमाथिको खेलवाड हुने बताएकी छिन्।

