• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: साहित्य

धनुष न्याैपानेका पाँच टुक्का कविताहरू

  • १५ पुष २०८०, आईतवार २२:३२ मा प्रकाशित
  • धनुष न्याैपानेका पाँच टुक्का कविताहरू
    १.
    म जन्मे हुर्केको अति सुन्दर छ मेरो देश
    स्वदेशमै कर्म गर्नेछु रहुन्जेल यो शेष।
    २.
    सबैलाई मान गर्दै झुक्नुसम्म झुक्यो
    सत्ता पायो भने अब सबै मूल सुक्यो ।
    ३.
    समुन्द्रको केही थोपा काममा लाग्ने भयो
    पिच भनेको बाटो हेर कच्ची बन्न गयो।
    ४.
    भगवान भन्दा माथि भए सर्वश्रेष्ठ गुरु
    घरघरमा शिक्षाको दियो बाल्न गरे सुरु ।
    ५.
    दक्ष जनशक्ति नै विदेसिए रोजगार छोडेर हैन
    मर्ने बेला आगो दिने छोरालाई विदेशमा बिदा छैन ।
    ✍️ धनुष न्यौपाने
    गुठीचौर गाउँपालिका ०४ बिगारे जुम्ला

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on धनुष न्याैपानेका पाँच टुक्का कविताहरू

    ‘जिन्दगी’ शीर्षक विशेष झिल्का लेखन शृङ्खला सम्पन्न

  • १५ पुष २०८०, आईतवार १२:३९ मा प्रकाशित
  • झिल्का लेखन अभ्यासको पहिलो शृङ्खला शनिबार सम्पन्न भएको छ । जिन्दगी शीर्षकमा दिइएको उक्त शृङ्खलामा झिल्काकारहरूको उत्साहप्रद सहभागीता रहेकोे थियोे । झिल्का साहित्य समाज, नेपालको आयोजनामा फेसबुक समूह मार्फत सञ्चालित उक्त शृङ्खलामा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न स्थानहरूमा रहनुभएका ४० जना झिल्काकार/साहित्यकारहरूको सहभागीता रहेको थियोे ।

    झिल्का नेपाली माटोमा उम्रिएको, अर्थपूर्ण संरचनायुक्त सरल, लघुतम एक मौलिक नवीनतम काव्य विधा हो। जुन तीन हरफमा लेख्ने गरिन्छ । यसका प्रत्येक हरफमा तीन तीन शब्दहरू गरेर यसमा जम्मा ९ शब्दहरू रहेका हुन्छन् । तसर्थ यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।

    यसका तीन हरफहरू मध्ये पहिलो र  तेस्रो हरफहरूको अन्तमा तुक (अनुप्रास) अनिवार्य गरिएको छ । यसमा शब्दानुप्रास र एकाक्षरी तुकान्त पनि स्वीकार गर्ने गरिन्छ । तर अतुकान्त हरफहरूलाई यसको दोष मानिएको छ । यसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रोले समर्थन गर्दै विस्तार र तेस्रोले भावलाई उत्कर्षमा पुर्‍याउँदै समापन गर्दछ । यी तीनवटै हरफमा परस्पर प्रगाढ सम्बन्ध हुनुपर्छ ।

    🌹झिल्का कविता लेखन अभ्यास शृङ्खला- १🌹

    #सङ्कलन/सम्पादन/संयोजन- वसन्त अनुभव 

    ~~~~~~~~~~~~~~~~~~

    [१]

    १)

    काेरिया जाने सपना

    समाप्त भयाे जिन्दगी,

    सरकार देखेँ थपना !

    २)

    बन्नुहुँदैन है बेताले

    नरक बन्छ जिन्दगी,

    घमण्ड रिस डाहाले !

    ३)

    जिन्दगीकाे निभ्याे दियाे 

    दैवले दिएकाे कर्म,

    भत्काउने आफैँ थियाे !

    ✍️ 

    तारा प्रसाद चापागाईँ

    धुनिबेसी

    ~~~~~~~~~~~~~~~~~~

    [२]

    १)

    रहनु सकारात्मक सम्झेर

    जीवनकाल बहुमुल्य हुन्छ,

    नबस्नु कहिल्यै गम्केर !

    २)

    माया खास हुन्छ 

    आमाकै आँचलमा हुर्किँदा,

    स्वर्गको आभास हुन्छ !

    ३)

    गाउँबेसी धाउँदैन नराेए 

    बेथितिले प्राण गयो,

    छोरो आउँदैन  नराेए !

    ४)

    घाँटीले हाड निल्दैन

    विचार पुर्‍याऊ साथी,

    जिन्दगी त्यसै मिल्दैन !

    ५)

    नसोच साथी कर

    सहज बनाउन सधैँ,

    जिन्दगीमा चाहिन्छ भर !

    ३)

    किताबको जस्तो गाता 

    एकार्काको बलियो सम्बन्ध,

    तोड्नहुन्न है नाता !

    ✍️

    प्रेम थापा “मन”बागलुङ

    ~~~~~~~~~~~~~~~~~~

    [३]

    १)

    गाउँदेखि जान्छ सहर

    यात्री बनेर पुग्छ,

    अनेकौँ बोकी रहर !

    २)

    तृष्णाको मात्र खानी

    जस्तोसुकै आओस् परिस्थिति,

    अघि बढ्ने बानी !

    ३)

    हार्दैन हिम्मत साथी

    ओझेल पार्छ तनाव,

    टेकेर दुःख माथि !

    ४)

    हिउँद अनि बर्खा

    सफर गरिरहन्छ मन,

    सङ्घर्षको चलाएर चर्खा !

    ५)

    औँसीको रात भुलेर

    जुनेली रातको पर्खाइमा,

    आशाको रङ्गमा  घुलेर !

    ६)

    छिचोल्छ आएको मरुभूमि

    दैवको उपहार सम्झेर,

    जिउँछु खुसीले झुमी !

    ७)

    आउँदा बाढी पहिरो 

    हरेस खाँदैन कहिले,

    लाग्दा चोट गहिरो !

    ✍️

    पृथक प्रकृति,झापा

    ~~~~~~~~~~~~~~~~~~

    [४]

    १)

    जिन्दगी कर्कलाको पानी 

    क्षणिक छ भन्दाभन्दै,

    बित्दोरहेछ मान्छेको जवानी !

    २)

    गर्नुपर्छ सधैँ सत्कर्म 

    बिर्सनु हुँदैन कहिल्यै,

    मान्छेले आफ्नो धर्म !

    ३)

    शुद्ध हुनुपर्छ मन

    अरूको भलाइ गर्नेको,

    राम्रै हुन्छ जीवन !

    ✍️

    बाबुराम पाण्डे 

    शीतगंगा १० अर्घाखाँची

    ~~~~~~~~~~~~~~~~~~

    [५]

    लुकेर कुकर्म नगर्नू

    अन्याय सहेर बसेका,

    बोकेर पीडामा नभर्नू !

    २)

    कतिको हुँदैछ किचलो

    बाध्यता सहदै बसेका,

    गरियो उसैको खिचलो !

    ३)

    अवस्था नाजुक भएछ

    उत्तर दिशामा पुगेर,

    छातीमा गोली गएछ !

    ✍️

    अम्बिका अधिकारी

    झापा बिर्तामोड

    ~~~~~~~~~~~~~~~~~~

    [६]

    १)

    दु:खका जङ्घार तरेर 

    बित्दैछ अभागी जिन्दगी,

    आँखामा सागर भरेर !

    २)

    सुखका  साथी  भेटिए

    जब दु:ख आइलाग्यो,

    नातासम्बन्ध सबै मेटिए !

    ३)

    रहेन भरोसा अब

    आफ्नै आँखाको अगाडि,

    मरे रहरहरू जब !

    ४)

    सोचेजस्तो रसिलो भएन

    जिन्दगी भयो बेस्वादको,

    केही स्वादै रहेन !

    ५)

    मरुभूमि सुख्खा खडेरीमा

    देखिँदैन कतै निकास,

    जिन्दगी बित्दैछ अँधेरीमा !

    ✍️

    वसन्त अनुभव

    घोराही उपमहानगरपालिका-१४, दाङ

    २०८०/०९/१३

    ~~~~~~~~~~~~~~~~~~

    [७]

    १)

    जन्मकर्म र मरण

    शाश्वत सत्य जिन्दगीका,

     आत्मा देव शरण !

    २)

    पत्तो  पाए  जुनी

    मगमगाउने फूल सरी,

    नबुझेमा व्यर्थ हुनी !

    ३)

    कोहीको जीवन कर्मशील

    कोही  अल्छी   संसारमा,

    बनौँ  हामी धर्मशील !

    ✍️

    मनोहरी पौडेल

    गैडाकोट १

    २०८०/९/१३

    ~~~~~~~~~~~~~~~~~~

    [८]

    १)

    जिन्दगी जसोतसो चल्यो

    सुःखको खोजिमा हिँड्दा,

    दु:खकै रासमा ढल्यो !

    २)

    कसैले धिक्कारे मलाई

    उपहास गरे सधैँ,

    बसिनँ हरेस खाई !

    ३)

    सङ्घर्षमय जिवन भयो

    जन्मिएपछि त आफ्नै,

    सङ्घर्षमै दिन  गयो !

    ✍️

    सुरेशकुमार पाण्डे

    घोराही१८ दाङ

    ~~~~~~~~~~~~~~~~~~

    [९]

    १)

    कसैलाई जिन्दगी भारी

    जिउनुपर्छ हामीले सधैँ,

    दु:खलाई पर सारी !

    २)

    उच्च भावना लिएर 

    अगाडि  बढ्नुपर्छ जिवनमा,

    आदर सत्कार दिएर !

    ३)

    हाँसी खुशी बाँचौला 

    दुई दिनको जिन्दगीमा,

    मायाँ पिरती साँचौला !

    ✍️

    बुद्धिमान दनुवार (सुरुङ्गेली कान्छो )

    कनकाई ४ झापा

    ~~~~~~~~~~~~~~~~~~

    [१०]

    १)

    हिँड्दछ जिन्दगी लम्केर

    सजाउँदै मीठा सपनाहरू,

    आकाशकाे बिजुलीझैँ चम्केर !

    २)

    बाेकेर साथमा सकारात्मकता

    बढौँ प्रगतिको बाटाेमा,

    पारेर निमिट्यान्न नकारात्मकता !

    ३)

    गरेर जीवनमा लगानी 

    थपौँ उचाई प्रतिष्ठाकाे,

    बनाई सुन्दर कहानी !

    ✍️

    त्रिलाेचन भण्डारी 

    मेचीनगर,झापा

    ~~~~~~~~~~~~~~~~~~

    [११]

    १)

    जिन्दगीको छैन भर

    आज हाेकी भाेली,

    लाग्छ धेरै डर !

    २)

    चुपचाप बसे आउँदैन 

    सुखकाे दिन जीवनमा,

    मनले शान्ति पाउँदैन !

    ३)

    हर्षकाे आँसु बगाई

    सफलताको शिखर चुम्नू,

    निराशा सबै  भगाई !

    ✍️

       राज कुमार राजभण्डारी “खाेटाङ्गे”

    मध्यपुर ठिमी ५ संगम काेलाेनी भक्तपुर ।

    ~~~~~~~~~~~~~~~~~~

    [१२]

    १)

    जिन्दगीको झिल्के तारो,

    आकाशमा गएर फल्दछ,

    टिपेर    खानै     गारो !

    २)

    जिन्दगी रोएको देखिँदैन

    हिमाल चढेर ओर्लिन्छ,

    विमारी  भने  लेखिँदैन !

               ३.

    थाहा हुँदैन मरेको 

    रुखको पात जिन्दगी,

    फिरफिर गर्दै झरेको !

    ✍️

    होम प्रसाद नेउपाने

    धरान,सुनसरी ।

    ~~~~~~~~~~~~~~~~~~

    [१३]

    १)

    उजाडियो सारा गाउँबस्ती 

    बाध्यता जिन्दगी कसैको,

    कसैलाई मस्तीमा मस्ती !

    २)

    पीडालाई छातीभित्र लुकाउनु

    असम्भव छैन दुनियाँमा,

    जिन्दगी काँडामा फुलाउनु !

    ३)

    जिन्दगी उधारो चल्दैन 

    सम्पत्ति नभए हिजोआज,

    चुल्होमा आगो बल्दैन !

    ✍️

    शरद प्रधानाङ्ग, विराटनगर – ७

    ~~~~~~~~~~~~~~~~~~

    [१४]

    १)

    गरौँ भनी रमाइलो 

    आसमा खोजेँ ठाउँ,

    कतै छैन घमाइलो !

    २)

    खोज्दै हिडेँ राप

    देखिनँ कतै बलेको,

    भन्छौ आगो ताप !

    ३)

    उर्लिएर आयो भेल

    पुल छैन जान,

    कसरी गर्ने मेल ?

    ✍️

    अनुग्रह राना मगर ‘पुष्प’

    पाँचखपन नपा – ६ संखुवासभा ।

    ~~~~~~~~~~~~~~~~~~

    [१५]

    १)

    जिन्दगी गयो खेर

    विदेश जाने रहरमा,

    सधैँको लागि हेर !

    २)

    वैरी होइन घरकै

    बिद्रोह गर्छ देशमा,

    लास गन्छ करकै !

    ३)

    डर देखाए देशमा

    विदेश जाने मरेर,

    लगायो गरिब केसमा !

    ✍️

    एवाइ प्रभात

    सहिदभुमि छेन्ताङ धनकुटा

    ~~~~~~~~~~~~~~~~~~

    [१६]

    १)

    चाहना मर्‍यो बाँच्ने

    दोधारे भयो मन,

    रङ्गमञ्चमा के नाँच्ने ।

    २)

    सरकार दिँदैन काम

    छैन अन्नको दाना,

    कहाँबाट लेराउँ दाम ।

    ३)

    बाँच कि मर

    कामविहीन ए ! मान्छे,

    जे गर्छस् गर !

    ✍️

    बिके माकजू , भक्तपुर ।

    ~~~~~~~~~~~~~~~~~~

    [१७]

    १)

    छैन कसैको भर

    जिन्दगीको लामो यात्रा,

    एक्लै  तय  गर !

    २)

    आउँदैन दुखको गन्ध

    सङ्घर्ष गरेमा जिन्दगीका,

    हुनेछन् पीडा तटबन्ध !

    ३)

    दुखसँग लगाऊ मित

    जिवन सबल बनाउन,

    आफ्नै मनलाई जित !

    ✍️

    बाबुराम गौतम, गुल्मी

    ~~~~~~~~~~~~~~~~~~

    [१८]

    १)

    जिम्मेवारी पुरा गर्ने 

    बनोस् अवस्था देशमा,

    जिन्दगी खुसीले भर्ने !

    २)

    सङ्घर्षको ताँती लाग्छ 

    कर्मतिर मन तम्सिँदा,

    आसा स्वयम् जाग्छ !

    ३)

    जीवन सुन्दर  फूल

    छरौँ सेवाको बासना,

    फूटाउ विकासको मुल !

    ✍️

    सुस्मिता अधिकारी ,काठमाडौँ

    ~~~~~~~~~~~~~~~~~~

    [१९]

    १)

    जिन्दगीको भरोसा छैन

    थाहा हुँदाहुँदै पनि,

     भएन है चैन !

    २)

    आज,भोलि भन्दै 

    आफ्नै दिन गयो 

    जन्मका दिन गन्दै !

    ३)

    जिन्दगी एउटा यात्रा 

    दुःखहरू सँगसँगै बरोबर 

    मिलाउनु छ मात्रा !

    ✍️

    शोभा आचार्य गौतम 

    काठमाडौँ

    ~~~~~~~~~~~~~~~~~~

    [२०]

    हातभरि  छन् ठेला 

    बुझ्दैन कसैले पनि,

    काम गर्ने  बेला !

    २) 

    जिन्दगीको छैन भर 

    परदेशमा कसैको पनि,

    कहाँ हुन्छ घर ?

    ३)

    जिन्दगीमा परिश्रम गरौँला

    हामीसँगै मिलेर यताउता,

    सफलतामा खुसी छरौँला !

    ४)

     जिन्दगीमा केही गर्नु 

    यो संसारमा एकदिन,

    सबैले  छ  मर्नु !

    ✍️

    कृष्ण धामी – बझाङ

    ~~~~~~~~~~~~~~~~~~

    [२१]

    १)

    मनको कस्तो चाह

    कसरी भनूँ कसलाई,

    कसरी भनूँ आह !

    २)

    सुनको यो रहर

    कसले देला अब,

    त्यो कस्तो पहर !

    ३)

    सुन्दरी रातकी रानी

    बनिँयो हेर पानी,

    बन्दैन जीवन नानी !

    ✍️

    नीमा छिरिङ भोटिया

    जलढका कालेबुङ

          भारत

    ~~~~~~~~~~~~~~~~~~

    [२२]

    १)

    सुन्दर हामी मानव

    मनुष्य योनी हाम्रो,

    किन बन्ने दानव ?

    २)

    किन गरिन्छ अभिमान ?

    होला ठूलो महल,

    राखौँ आफ्नो पहिचान !

    ३)

    जन्ममृत्यु नियतिको खेल

    आफै हामी खेलाडी,

    सजगतामा गर्नुपर्छ मेल !

    ✍️

    कार्की डिबी माकुम

    सुनवल-४, नवलपरासी

    ~~~~~~~~~~~~~~~~~~

    [२३]

    यो मनको वह

    सहनु छ आफैँ

    लगाउनु छ तह !

    २)

    समयले पोलेको डाम

    गोली लागेर जिन्दगी,

    क्षणमै राम राम !

    ३)

    मुनाहरू मुना टिपी

    बिताउँला भन्छन् जिन्दगी,

    घरको सङ्घार लिपी !

    ४)

    नलेखौँ भन्छु कथा

    जिन्दगी कचल्टियो कतै,

    बुरुरु बल्झिन्छ व्यथा।

    ✍️

    मोती सुब्बा 

    दार्जिलिङ, भारत।

    ~~~~~~~~~~~~~~~~~~

    [२४]

    १)

    जीवन कर्कलाको पानी

    अल्सी नि:शुल्क खान्छ,

    सुतेरै बित्छ जवानी !

    २)

    जीवन कस्तो दमदार

    नदी या हिमनदी,

    आफ्नै दिमाग हतियार !

    ३)

    जीवन चाँदको घेरो

    नियालेर आफैँ हेर,

    हिरैहिरा छन् सेरोफेरो !

     ✍️

    म्यामराज राई, भोजपुर

    ~~~~~~~~~~~~~~~~~~

    [२५]

    १)

    आशाको दियो बालेर 

    बस्छु तिमीलाई पर्खेर, 

    मनमा  माया   पालेर !

    २)

    उडायो माया  हुरीले 

    निर्दयी तिमी निष्ठुरी,

    मुटुमा  रेट्यौ  छुरीले !

    ३)

    मलाई  पीडा  दिएर 

    गयौ तिमी बेइमानी,

    रुँदैछु आँसु  पिएर !

    ✍️

    नवशिला,

    बेलबारी-२,लालभित्ती,मोरङ।

    ~~~~~~~~~~~~~~~~~~

    [२६]

    १)

    भिरको उकालो बाटो

    आँखामा आँसुको सागर,

    सम्झेर नेपाली माटो !

    २)

    कसरी सकिन्छ सहन

    आफ्नै आँगन अगाडि,

    हेरेर हृदय दहन !

    ३)

    धरतीमा बगायौ रगत

    लगाम उनकै हातमा,

    आखिरी सम्झे फगत !

    ✍️

    आर्त अकुलीन

    ~~~~~~~~~~~~~~~~~~

    [२७]

    १)

    जन्ममृत्यु सत्य हुन्छ

    सधैँभरि यो संसारमा,

    सुखदुःखले नै छुन्छ !

    २)

    राम्रो गर्नु कर्म

    सत्यलाई अङ्गालेर सधैँ,

    बुझेर यो मर्म !

    ३)

    अँध्यारो रातपछिको रवि

    नमात्तिनु सधैँ सुखमा,

    अनिमात्र बन्छ छवि !

     ✍️

    धनुष न्यौपाने

    गुठीचौर गाउँपालिका ०४ बिगारे जुम्ला

    ~~~~~~~~~~~~~~~~~~

    [२८]

    १)

    छातीको शूल जिन्दगी

    तनावै तनावको महासागर,

    आँसुको  मूल जिन्दगी !

    २)

    उजाड जीवन बस्तीमा

    कसरी बिताउनु जिन्दगी,

    हरदम दु:खको गस्तीमा !

    ३)

    आत्महत्या  गर्दैछन्  रहर

    उजाड सुनसान जिन्दगी,

    जिउँदो लासहरूको सहर !

    ✍️

    Lumbini Sahitya Pratisthan

    ~~~~~~~~~~~~~~~~~~

    [२९]

    १)

    जिन्दगी चैतन्य चाेला

    गरेमा केही असल,

    सुकर्मले नाम हाेला !

    २)

    जिन्दगीमा कमाउनु खुसी 

    भरिँदैन लाेभकाे भाँडो,

    खुसीले रहनुपर्छ झुसी !

    ३)

    जिन्दगी पाएको खास

    जिउन छैन कठिनाइ,

    अथाह नगरी आस !

    ✍️

    रामप्रसाद पुरी, बादेल, खाेटाङ ।

    ~~~~~~~~~~~~~~~~~~

    [३०]

    १)

    जिन्दगी यात्रा हो

    पर्छ लगातार हिँडिरहनु,

    धेरथोर मात्रा हो !

    २)

    जिन्दगी उज्यालो हो 

    साथै अँध्यारो पनि,

    सुखदुःखको टालो हो !

    ३)

    जिन्दगी बाँचुञ्जेल भार

    बेमतलवी कर्म गर्दै,

    मरेपछि हुन्छ लम्पसार !

    ✍️

    ध्रुव श्रेष्ठ 

    हाल काठमाडौ ।

    ~~~~~~~~~~~~~~~~~~

    [३१]

    १)

    दु:खमा खुशीले बाँच्नुपर्छ

    सङ्कट आउनसक्छ भोलि,

    थोरै जिन्सी साँच्नुपर्छ !

    २)

    जिन्दगी दुईदिने घामछायाँ

    घमण्ड नगरौँ बाँचुन्जेल,

    आपसमा बाँडौँ माया !

    ३)

    कर्कलाको पानीझैँ  ढलपल

    जीवन पोखिन्छ कहिले,

    सत्कर्ममा नगरौँ अलमल !

    ४)

    बाँचुन्जेल गरौँ हाँसखेल

    नबोलौँ  कटुवचन कसैलाई,

    नगरौँ कहिल्यै जालझेल !

    ✍️

    शान्ता पौडेल भट्टराई 

    टङ्कीसिनवारी, मोरङ

    ~~~~~~~~~~~~~~~~~~

    [३२]

    १)

    सन्तुष्टि जिन्दगीको महौषधि 

    दुख्दा खानेमात्र रहेछ,

    दु:खको त्यो औषधि !

    २)

    जिन्दगीमा धनको माला

    नभए आफन्त टेढा,

    जिन्दगी बन्छ नाला !

    ३)

    जिन्दगी यस्तो आजभोलि

    सरकार बहिरो अन्धो,

    जनतालाई वर्षाउछ गोली !

    ४)

    जिन्दगीमा नबोले जाती

    छैन भन्दियो रिसाउँछन्, 

    आफ्नो मान्छे कुठाराघाती !

    ५)

    बाटो उकालो हुन्छ

    फर्किंदै हेर्दै जानुस्,

    जिन्दगीमा मन रुन्छ !

    ✍️

    चुडामणी देबकोटा 

    चनपा १३ काठमाडौ

    हाल बारा सिमरा

    ~~~~~~~~~~~~~~~~~~

    [३३]

    १)

    मायाजालभित्र आफूलाई पारेर 

    चल्दैछ यो जिन्दगी,

    जिउँने रहर मारेर !

    २)

    भो    सानू    नरिसाऊ

    बाटो      छ      लामो,

    यत्तिकै यहाँ नबिसाऊ !

    ३)

    निर्णय      गर्न      साह्रो 

    दोबाटोमा ठेस लागेपछि,

    जीवन   बिताउन   गाह्रो !

    ✍️

    अच्युत घिमिरे, सर्पाङ, भुटान 🇧

    ~~~~~~~~~~~~~~~~~~

    [३४]

    १)

    जिम्मेवारीको भारी बोकेर 

    अविरल बग्दछ जिन्दगी,

    रोकिन्न कहिल्यै रोकेर !

    २)

    उज्ज्वल ताराजस्तै चम्क 

    एकबारको जिन्दगी हो,

    प्रगतिपथमा अघि लम्क !

    ३)

    बस्नुहुन्न त्यत्तिकै रोएर 

    जिन्दगीको पीर व्यथा,

    कसैगरी जानेछैन धोएर !

    ✍️

    डम्बर थामी ‘अनुपम’

    कालिन्चोक गा. पा. -६, दोलखा ।

    ~~~~~~~~~~~~~~~~~~

    [३५]

    १)

    अर्थ अनेक लाउँछन् 

    यहाँ एउटा जिन्दगीको,

    भोगाइ अनुसार पाउँछन् !

    २)

    लाग्छ अचम्मै जस्तो 

    मान्छेको यो जिन्दगी,

    बिचित्रको छ कस्तो !

    ३)

    अनगिन्ती ठक्कर खानुपर्ने 

    मनुष्यको दुईदिने चोलामा,

     छाडेर दुनियाँबाट जानुपर्ने !

    ✍️

    वि.वि.याक्खा

    पाँचखपन नगरपालिका – ६ 

    संखुवासभा।

    ~~~~~~~~~~~~~~~~~~

    [३६]

    १)

    जनतालाई बन्दुककाे गलपासाे 

    गणतन्त्रकाे प्रिय नासाे,

    समाजलाई भएन चासाे !

    २)

    जागिर खाेज्नेलाई गाेली 

    ए  ! हुतिहारा सरकार,

    भिराइदे बरू झाेेली !

    ३)

    कानुनी राज्यकाे भित्र 

    मान्छेकाे इहलीला समाप्त,

    पापिष्ठलाई जेल मित्र !

    ✍️

    प्रद्युम्न चालिसे 

    ~~~~~~~~~~~~~~~~~~

    [३७]

    १)

    कसलाई के हुन्छ ?

    भोलि आउॅंने कुरा,

    बिग्रदा मन रुन्छ !

    २)

    कोही अमर छैन

    धेरै घमण्ड नगरौँ

    बाँचुन्जेल गरौँ चैन !

    ३)

    अप्ठ्यारोमा साथ दिनु

    यत्तिकै कसलाई पुग्छ,

    कहिलेकाहीँ पर्छ लिनु !

    ४)

    अर्काको कामको चासो

    व्यर्थमा लिदाखेरि हेर,

    बन्ला गलाको पासो !

    ✍️

    अर्जुन प्रसाद चौलागाई💕

    ~~~~~~~~~~~~~~~~~~

    [३८]

    १)

    छैन केही कथा

    जीवनमा छु दु:खी,

    टन्न पीडा व्यथा !

    २)

    जिन्दगीको छैन भर

    आज या भोलि,

    मर्ने किन डर ?

    ३)

    जिन्दगी व्यथाले भरिएको

    सुख थाहा पाइएन,

    चारैतिर दु:ख छरिएको !

    ✍️

    राजेशराज गड्तौला

    कॅाडाघारी, काठमाण्डौ

    ~~~~~~~~~~~~~~~~~~

    [३९]

    १)

     चल्छ गाेली जहाँ

    माग राखेर युवा,

    मर्छ उहीँ त्यहाँ !

    २) 

    उम्कन खाेज्छाै किन

    गल्ति गर्छाै दिनदिन,

    स्विकार गर्दैनौ किन ?

    ३)

     सजिएका हुन्छन् सपनाहरू

     राति निद्रामा पनि,

    मेटिन्छ्न् मनका तिर्सनाहरू !

    ✍️

    रवि पौडेल 

    ~~~~~~~~~~~~~~~~~~

    [४०]

    १)

    भन्छन् कर्कलोको पानी

    म त भन्छु,

     नहिँड अजम्बरी ठानी !

    २)

    लाग्छ  एक जात्रा 

    कहिले  पुग्ने तराई,

    कहिले हिमालको यात्रा ?

    ३)

    प्रक्रिया निरन्तर चल्ने

    बच्चा, युवा, बुढो,

    हुँदै आखिरमा ढल्ने !

    ✍️

    दीपा गुरुङ्ग (समभाव)

    बुनपा-१२ कपन काठमाडौँ

    ~~~~~~~~~~~~~~~~~~

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged जिन्दगी विशेष झिल्का अभ्यास, झिल्का कविताLeave a Comment on ‘जिन्दगी’ शीर्षक विशेष झिल्का लेखन शृङ्खला सम्पन्न

    साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन शृङ्खला- ११६

  • १४ पुष २०८०, शनिबार २०:५३ मा प्रकाशित
  • काठमाडौँ। साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ११६ औँ शृङ्खला सम्पन्न भएको छ ।
    अभ्यासमा नेपाल लगायत विश्वका ५१ जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।

    टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।

    टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।

    ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ११६औँ शृङ्खलाको लागि प्रतिनिधि टुक्काको रूपमा समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।

    अभ्यासका लागि राखिएको प्रतिनिधि टुक्का

    नाथे बन्दुक चल्दैन भन्थ्यौ, चलाएको हेर,
    पुक्लुक्क ठाउँको ठाउँ, गोली नफालेर खेर ।

    वसन्त अनुभव
    घोराही, दाङ

    सहभागी टुक्काकारहरूले अभ्यासका क्रममा सृजना गर्नुभएको टुक्काहरू



    [१]
    हेर्नेको आँखा फोड, बोल्नेको जिब्रो थुत,
    लासैलासको    बेडमा,   आरामले  सुत ।
    ✍️
    वसन्त अनुभव
    घोराही, दाङ 
    [२]
    युवालाई ताकी ताकी गोली हान सरकार,
    आफैँ मात्र अघाऊ अरू भोकै के दरकार ।
    ✍️
    भगवती दवाडी ,झापा
    [३]
    सरकारमा धेरै शक्ति छ भन्ने फेरि देखायाे,
    राेजगारी खाेज्ने गरिब जनकाे मृत्यु लेखायाे । 
    ✍️ 
    ताराप्रसाद चापागाईँ 
    धुनिबेसी
    [४]
    के पायौँ तिमीले रोजगारीमा गएका ती मरे,
    विश्वमै रेकर्ड राख्न सत्तामा बस्ने अघि सरे।
    ✍️
    अर्जुन प्रसाद चौलागाई
    रामेछापः-सुनापति-१
    हालः-अमेरिका,बोस्टन।
    [५]
    पशु मारेझैँ यहाँ जनता मारेर उम्किन पाइँदैन,
    यस्तो गणतन्त्र अब यो देशमा हामीलाई चाहिँदैन ।
    ✍️
    धनुष न्यौपाने
    जुम्ला
    [६]
    काम गरी खान खोज्ने युवाको यहाँ भाग्य,  भविष्य र सपना सबै गल्यो,
    उ नेता थिएन इमानदार युवा नै पर्‍यो त्यसैले  लास भएर जल्यो ।
    ✍️
    पवन कुमार बुढाथेाकी
    काठमाडौँ
    [७]
    निर्दाेष व्यक्ति माथि गाेली चल्छ यहाँ सत्ताकै आडमा,
    पावर छदैंछ सरकारकाे जनता गए भाडमा ।
    ✍️
    केसर बाेहरा ( सङ्घर्ष )
     सुदूरपश्चिम अछाम ।
    हाल भारतबाट ।।
    [८]
    विनाकारण गोली हानी गयो युवाकाे ज्यान खेर,
    छोरा लडे आमाको काख रित्ताे भयो सबैले हेर ।
    ✍️
    सुशीला शिखा 
    काठमाडौं  कागेश्वरी
    [९]
    युवालाई गोली अनि जेल हाल, हिड्नेको खुट्टा फाल,
    बोल्नेको मुख टाल, नदेखाऊ सरोकार यस्तो चाल ।
    ✍️
    अच्युत घिमिरे, सर्पाङ, भुटान🇧🇹
    [१०]
    तिम्रो झुटो आश्वासनको कुरा कुनै हालतमा बिक्तैन,
    दम्भले भरिएको त्यो शासन सत्ता  धेरै दिन टिक्तैन।
    ✍️
    प्रदीप के रिमाल
    इटहरी सुनसरी।
    [११]
    सत्तामा आतङ्ककारी सरकार भएपछि हुन्छ डरैडर,
    कुनबेला को मर्छ र मारिन्छ हुँदैन कसैको नि यहाँ भर ।
    ✍️
    कबिताहरी  
    सुन्दर हरैंचा नगरपालिका १ मोरङ
    [१२]
    विनाकारण गोली चल्यो, होनहार युवाको ज्यान गयो,
    आमाको काख रित्ताएर, जनताको हालत यस्तै भयो ।
    ✍️
    एवाइ प्रभात
    सहिदभुमि छेन्ताङ धनकुटा
    [१३]
    माग्यो अभिभावक सम्झिएर रोजगार,
    चलायो गोली छाती चिर्‍यो गयो आरपार ।
    ✍️
    सुरेशकुमार पाण्डे दाङ घोराही १८
    [१४]
    गरिब माथि गोली चलाएर ज्यान लियौ किन ?
    न दियौ बाँचेर खान न सक्यौ रोजगारी दिन ।
    ✍️
    सरिता सेढाई धादिङ
    [१५]
    जान्ने रैछ हान्नलाई नत्र तालिम लिएको के काम,
    आफ्नै दाजुभाइलाई गोली हानी राखे नभन नाम ।
    ✍️
    अनुग्रह राना मगर 'पुष्प'
    पाँचखपन नपा - ६ संखुवासभा ।
    [१६]
    हेर्दै जाओ जनता, देशमा अझ के के गर्छु ?
    बेरोजगार युवा तह लाउन अघि सर्छु ।
    ✍️
    बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
    कनकाई ४ झापा
    [१७]
    धन्यवाद सरकार अब बन्दुकको आडमा सत्ता दरो पार,
    तिम्रा विरोधी भए युवाशक्ति सब गोली र डण्डा वर्षाइ मार !
    ✍️
    विवश पारदर्शी
    झापा
    [१८]
    दम्भको खोक्रो राजनीतिले अरू के नै गर्छ,
    चल्छ गोली अन्धाधुन्ध होनहार युवा मर्छ ।
    ✍️
    त्रिलोचन भण्डारी 
    मेचीनगर,झापा
    [१९]
    अब केही पनि रहेन बाँकी,
    हान्यो गोली छातीमा ताकी ताकी ।
    ✍️
    डम्बर थामी 'अनुपम' 
    कालिन्चोक गा. पा. -६, दोलखा ।
    [२०]
    कमाइ गर्न परदेश जान्छु भन्दा आफ्नै ज्यान गयाे,
    अब हाम्रो देश नेपाल कुन अवस्थामा जाने भयाे ।
    ✍️
    कल्पना भण्डारी  
    सिन्धुपाल्चोक जिल्ला
    हाल काठमाडौँ
    [२१]
    सुन्दै मन छियाछिया हुने, हरपल लाग्ने मरूँ मरूँ,
    भो भो नसुनाऊ यस्ता हृदयविदारक खबरहरू।
    ✍️
    पुष्पा सुवेदी 
    नेपालगंज, बॅाके ।
    [२२]
    कति सिपालु हाम्रा पुलिस, आकाशमा गोली हान्दा मान्छे ढल्छ,
    बाग्मतीमा दिएको दागबत्तीले बालुवाटारको चुल्हो बल्छ ।
    ✍️
    राजेशराज गड्तौला
    कॅाडाघारी, काठमाण्डौ
    [२३]
    नियतिको खेल पनि कस्तो निर्दोषलाई अनायासै गोली लाग्नु,
    समय निष्ठुरी हुँदोरहेछ नि गरिबले मात्र सहेर भाग्नु ।
    ✍️
    अम्बिका अधिकारी
    झापा बिर्तामोड
    [२४]
    शक्ति तागत रहुन्जेल गर्‍यौ मनोमानी,
    निमुखा सोझा जनता मार्‍यौ छानी छानी
    ✍️
    उमा दाहाल 
    [२५] 
    जनता  मार्नपट्टि किन लागेको छ होला सरकार ?
    चारैतिरबाट गाली पाउने काम गर्छ बारम्बार ।
    ✍️
    बाबुराम पाण्डे 
    अर्घाखाँची
    [२६]
    तानासाह  कम छन्, सुनाउथे भनी,
    तातो गोली हान्दैछन् रे जनता गनी ।
    ✍️
    नागेन्द्रप्रसाद यादव , दाङ 
    [२७]
    जितेर ल्याएकाे   सङ्घर्षले  केवल  पाएकै  हो  बाेल्न,
    ज्यानै लिँदै सञ्चाे भाे'कि, वाद र सिद्धान्तको पाेकाे खाेल्न !
    ✍️
    रामप्रसाद पुरी, बादेल, खाेटाङ ।
    [२८]
    श्रम बेच्ने युवा माथि चलाउछौ गोली
    अझै कति खेल्ने हौ र रगतको होली ?
    ✍️
    बाबुराम गौतम, गुल्मी
    [२९]
    युवाले राेजगार खाेज्दाखेरि हान्यौ गाेली,
    सुशासन दिने सरकारकाे झूटो बाेली ।
    ✍️
    राज कुमार राजभण्डारी "खाेटाङ्गे"
    मध्यपुर ठिमी ५ संगम काेलाेनी भक्तपुर ।
    [३०]
    घरमा पनि विभेद हुने के यस्तो भएको ?
    घामको खोजी गरेर आज जीवन गएको !
    ✍️
    आर्त अकुलीन
    [३१]
    कला, गला सुधारेमा हुनेछ है भला,
    बाेली गाेली ठाेक्दाखेरि युवा परे थला ।
    ✍️
    जी.वि.चिन्तन घाेराही,दाङ ।
    [३२]
    दाेषै थिएन, गाेली चलायाै,
    शान्ति पथमा रण मचायाै ।
    ✍️
    हरिगाेपाल प्रधान 
    बनेपा १४ साँगा बजार
    [३३]
    बहिनीको अभिभावक गुम्यो, आमाको सहारा ढल्यो,
    भाइको भरोसा टुट्यो, कर्मनिष्ट युवा चितामा जल्यो।
    ✍️
    मन्दिरा सेढाई 
    मलेखु,धादिङ
    [३४]
    युगौँ भयो किन बेथिति ढल्दैन यहाँ,
    नीतिविना त्यसै संस्कृति फल्दैन जहाँ ।
    ✍️
    गम्भिर दुवाडी
    [३५]
    धेरै त होइन चाहिएको थियो गाँस र बास,
    तिमीलाई झन बानी परेको रै'छ लिने सास !
    ✍️
    दीपा गुरुङ्ग (समभाव)
    बुनपा१२कपन काठमाडौ
    [३६]
    बन्दुक पनि निर्दोष, गोली पनि खामोस
    मरेतुल्य सरकार, देखिँदै छ  बेहोस ।
    ✍️
    बि कुलङ
    दार्जीलिङ
    [३७]
    बेरोजगारको लागि छैन सरकारको अन्तस्करण,
    रोजगार माग्नु अपराध भयो सजाय दियो मरण ।
    ✍️ 
    कृष्णकुमार वैद्य  
    बनेपा ९, काभ्रे
    [३८]
    मेरो देशका वीरलाई देखेर,
    उसको देशले कविता लेखेर।
    ✍️
    नीमा छिरिङ भोटिया
    जलढका कालेबुङ भारत
    [३९]
    तर्साउन मात्र खोजेको थियो आफैँ तर्सियो,
    एउटालाई गोली अर्कोलाई बुट बर्सियो ।
    ✍️
    होम प्रसाद नेउपाने
    धरान,सुनसरी ।
    [४०]
    निर्दाेष जनता माथि गोली चलाइ मार्छौ,
    त्यसैकारण बेलाबेला जन सामु हार्छौ ।
    ✍️
    शोभा आचार्य गौतम 
    काठमाडौँ
    [४१]
    सुध्रिनु थियो सुध्रिएन हाम्रो देशको कानुन,
    आयु उस्को त्यति नै थियो कि दैवले नै जानुन ।
    ✍️
    दुर्गा आचार्य 
    मोरङ
    [४२]
    सोचेको थिएन आँखाबाट आँसु झर्ला,
    विनाकारण यसरी आफैँ मर्नुपर्ला ।
    ✍️
    हिमा आर सी
    मेहेलकुना सुर्खेत
    [४३]
    राेजगार  हैन अब गाेली देऊ सरकार,
    गाउँ बस्ती र टाेल-टाेल बनाऊ अन्धकार ।
    ✍️
    खुनराज काेईराला 
    सिद्दलेक-३ गैरीगाउ,धादिङ
    [४४]
    कसको आस गरौँ सत्ताधारी नै आतङ्ककारी भएपछि,
    कुन बेला मरिने हो हजुर खुलेआम गोली  चलेपछि ।
    ✍️
    दुर्गा भट्टराई 
    मोरङ
    [४५]
    हिजो हाँस्दै गरेको ठिटोलाई श्रद्धाञ्जली भन्नु पर्‍यो,
    गोली नै खानुपर्ने काम ए ! सरकार उस्ले के गर्‍यो ?
    ✍️
    ध्रुव श्रेष्ठ 
    हाल काठमाडौँ ।
    [४६]
    गणतन्त्र बनी बाघ डुक्रियो हेर कस्तरी,
    माग्दामा रोजगारी नै, ढाल्यो मान्छे चरासरि।
    ✍️
    रामशरण न्यौपाने, भक्तपुर
    [४७]
    जनताको लागि चल्ने गोली अब आफैँतिर फर्काऊ सरकार,
    तिम्रा यी बकम्फुसे व्यवहारले चल्दैन जनताको घरबार।
    ✍️
    शशीश्री आचार्य
    बौद्ध कुमारीगाल काठमाडौं
    [४८]
    सर्वहाराकाे सरकार भन्नै लाजकाे कुरा,
    राेजगारी खाेज्न हिडेकाे ठहरै मर्‍यो भुरा ।
    ✍️
    प्रद्युम्न चालिसे 
    [४९]
    विश्वास लाग्दैन याे सरकारले अब के नै गर्छ, चलाए गाेली बिचरा साेझा युवाहरू मात्रै मर्छ।
    ✍️
    सहयात्री शाेभा अर्याल 
    रुपन्देही , बुटवल
    [५०]
    अविभावक भएपछि सन्तानको कुरा सुन्नुपर्छ
    कस्तो नीति यो सरकारको बोल्नेको मुख थुन्नुपर्छ।
    ✍️
    शान्ता पौडेल भट्टराई
    टङ्कीसिनवारी, मोरङ
    [५१]
    के मागेका थिए र सरकार  ?  पुन: परिक्षा दिन पाऊ भन्ने त थियो,
    सोचेका भए बेलैमा हुने थिएन घटना, अनाहकमा ज्यान लियो ।
    ✍️ 
    यमुना प्रधानाङ्ग'मुना'
    २०८०/०९/१४ इमाडोल, ललितपुर।
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन शृङ्खला- ११६

    साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खला- १३६

  • १४ पुष २०८०, शनिबार १९:३७ मा प्रकाशित
  • साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको १३६ औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ७३ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका केन्द्रिय उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।
    काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।
    संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरी मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।

    अभ्यासका लागि राखिएको प्रतिनिधि तस्बिर :

    उदक अभ्यास शृङ्खला– १३६ मा सहभागी उदक यात्रीका सुन्दर उदकहरू

    [१]
    जनता
    साँच्चिकै भेडा
    नेता असाध्यै टेढा !
    - वसन्त अनुभव 
    [२]
    बथान
    जङ्गल सरी
    भेडा अनि गाेठालाकाे !
    - ताराप्रसाद चापागाईँ 
           धुनिबेसी
    [३]
    नेता
    भाषण मिठा
    काम साह्रै खस्रा !
    - पूर्णबहादुर श्रेष्ठ 'हृदयङकृत'
         पनौती न.पा-३,काभ्रे
    [४]
    भेडा 
    हुने कहिलेसम्म
    बुद्धिमा बिर्को लागेसम्म !
    - अमृत सुवेदी 
    रुपा सात, कास्की
    [५]
    जनता 
    आखिर भेडा
    शासक गजाभन्दा टेढा !
    - डम्बर बिष्ट 
    हाल: भारत
    [६]
    भेडा
    नेपाली जनता
    नेताकै चाकडीमा व्यस्त !
    - राजाराम रत्गैंया, अमौरा, कैलाली
    [७]
    मलामी
    भ्रष्टाचारीको अरे
    मान्छेविना सबै पुत्लाको !
    - एवाइ प्रभात
    - सहिद भुमि, छेन्ताङ, धनकुटा
    [८]
    मान्छे 
    चेतनाको कमी 
    भेडा असाध्य ज्ञानी !
    - गुणनिधि घिमिरे, अमेरिका
    [९]
    नेता
    हुन्छन् जगेडा
    भेडाहरू भइरहन्छन् भेडा !
     - म्यामराज राई
    [१०]
    जनता
    बाख्रा भेडा
    नेताहरू भए गतिछाडा !
    - अच्युत घिमिरे, सर्पाङ, भुटान
    [११]
    जनता 
    आआफ्नो बाटोमा 
    नेता आसनै आसनमा !
    - नन्दलाल आचार्य
    सिद्धार्थटोल, उदयपुर 
    हाल: सिर्जनाकुटी, सिरहा 
    [१२]
    भेडा
    उनैलाई बनाए 
    जसले पसिना खनाए !
    - सुरेशकुमार पाण्डे 
    दाङ, घोराही १८
    [१३]
    गोठालो
    भेडाको अगाडि
    सुनाउँदै बजेट भाषण !
    - आर्त अकुलीन
    [१४]
    जनता
    साँच्चिकै भेडा
    चराउँदै छन् नेता !
    - सरिता सेढाइ, धादिङ
    [१५]
    देश 
    हाक्ने नेता 
    जनतालाई बनाउँछन् भेडा !
    - मङ्गला उपाध्याय
    [१६]
    नेता
    आश्वासनको भकारी
    गोठालो अनि व्यापारी !
    - पृथक प्रकृति, झापा
    [१७]
    ताल
    हेर नेताको
    ब्वाँसाको छ चाल !
    - अनुग्रह राना मगर 'पुष्प'
    पाँचखपन नपा -६, संखुवासभा 
    [१९]
    जनता 
     भाषण सुन्ने 
    नेता रुपियाँ गिन्ने !
    - नागेन्द्रप्रसाद यादव, दाङ 
    [२०]
    भेडा
    जनता मारेर
    सम्पत्ति गर्दैछ जगेडा !
    - विवश पारदर्शी, झापा
    [२१]
    जनता
    भेटिए दसान
    नेताका आसनै आसन !
    - सरस्वती श्रेष्ठ, इटहरी
    [२२]
    भाषण
    सुन्ने जनता 
    नेता भुक्ने फ्याउरो !
    - डिल्ली राज घिमिरे, अर्घाखाँची
    [२३]
    नेता 
    कुरा टेढा 
    जनता सबै भेडा !
    - गोपेन्द्र रिजाल, पाँचथर
    [२४]
    जनता
    नबन बोका
    खोल मनको ढोका !
    - रमा पन्त, पाल्पा
    [२५]
     जनता 
    हाम्रा नेता 
    भाषणमा मस्त भेडा !
    - इन्दिरा देवकोटा
    [२६]
    भेडा 
    नेताकाे भाषण 
    जनताहरू आश्वासनमै मख्ख !
    - केसर बाेहरा 'सङ्घर्ष'
    अछाम, हाल: भारत
    [२७]
    जनता 
    भेडा भएछन् 
    हामी जनता बाहिर ?
    - गुणनिधि घिमिरे
    [२८]
    नेतृत्व
    भइदियो गतिछाडा
    यसैले जताततै कचेडा !
    - केन्द्रप्रकाश बराल, इलाम
    [२९]
    जनता 
    चेतनाको कमी 
    नेताले गर्छन् मनपरि !
       - सुरेश न्यौपाने
        लम्की, कैलाली
    [३०]
    नेता
    मगज आलु
    जङ्गली जस्तै भालु !
    - खुनराज काेईराला
    सिद्दलेक-३, गैरीगाउ, धादिङ
    [३१]
    नेता
    एकोहोरो टेढो
    जनताहरू एकलौटी भेडो !
    - विविसा रुम्बा, मकवानपुर
    [३३]
    भाषण
    बोल्ने नेता
    सुन्ने सबै भेडा !
    - धनमाया चौधरी, कैलाली
    [३४]
    नेता
    झुक्याउने मेसाे
    सधैँ अश्वासनकाे पाेकाे !
    - नवराज भट्ट, कञ्चनपुर
    [३५]
    भाषण 
    भेडो जनता 
    शासकको चर्को शासन !
    - डम्बर थामी 'अनुपम' 
    कालिन्चोक गा. पा.-६, दोलखा 
    [३६]
    भाषण
    कुरा ठुलाठुला
    बुद्धि बिग्रेको मुला !
    - अम्बिका अधिकारी
    झापा, बिर्तामोड
    [३७]
    नेतृत्व
    बनाए अँध्यारो  
    कुर्सीकै खेल्छ प्यारो !
    - भगवती दवाडी, झापा
    [३८]
    भेडा 
    एकसुरे टेढा
    कत्ति बिघ्नका ठुलावडा !
    - जमुना कायस्थ
    [३९]
    कसुर
    देख्दा असुर
    हाम्रै कर्म झुर !
    - हिमाल अम्मै 
    घोडाघोडी, कैलाली
    [४०]
    नेता 
    आश्वासनका पोका
    दिन्छन् जनलाई धोका !
    - बि के विरही, टीकापुर, कैलाली
    [४१]
    नेता
    झुठको खेती
    जनता भेडाको मति !
    - उर्मिला पन्त पाण्डेय
     ज्ञानेश्वर, काठमाण्डौँ
    [४२]
    जनता
    भेडा होइन 
    नेताको स्वार्थी खेल !
    - नारायण कोइराला
      तानसेन, पाल्पा
    [४३]
    मानवाधिकार 
    स्यालकाे पैरवी
    भेडाकाे जमात बुर्लुक्क !
    - टीकाराम जाेशी, इमाडाेल
    [४४]
    नेता 
    जाली फटाहा
    भेडो जनता कता !
    - राज कुमार राजभण्डारी 'खाेटाङ्गे'
    मध्यपुर ठिमी-५, संगम काेलाेनी, भक्तपुर 
    [४५]
    भाषण
    नेतालाई शासन
    जनतालाई मिथ्या आश्वासन !
    - सरस्वती वली, बर्दिया
    [४६]
    स्वार्थी
    नेता टेेढा
    जिताउने हामी भेडा !
    - निरज कोइराला 
    इटहरी-१६, सुनसरी
    [४७]
    पर्खेको
    समय गति
    नठान्नु बिग्रेको मति !
    - समुन्द्रा शर्मा, सुनसरी
    [४८]
    नेता
    खन्याएर गेडी 
    बन्न खोज्ने केरी !
    - दीपा गुरुङ्ग 'सम्भाव'
    बुनपा-१२, कपन, काठमाडौ
    [४९]
    पाता
    कसेका जनता
    भाषणमा मस्त नेता !
    - धर्मी शाक्य, बुटवल, रुपन्देही 
    [५०]
    जनता
    सधैँका भेडा
    भाषणले सबै मेरा !
    - बुद्धिप्रसाद लामिछाने, कैलाली
    [५१]
    खेल
    झेलै झेल
    आफू च्यापु उस्तै !
    - भवानी घिमिरे, सर्लाही 
    [५२]
    नेता 
    कुशल शासक
    बनाउनु दैनिक पाठक !
    - कविदत्त ढकाल  
    ताँजाकाेट-४, हुम्ला 
    [५३]
    नेता 
    भेडाको नाइके
    जनताहरु भिरमा जाकिए !
    - रेनुका मरासिनी, अर्घाखाँची
    [५४]
    अति
    हुन्छ यसरी
    नबुझ्दा सबैको खती !
    - दुर्गा आचार्य, मोरङ
    [५५]
    भेडा
    जनता भएका
    भुक्ने कुकुर नेता !
    - बलराज गिरी, कैलाली
    [५६]
    नेता 
    चुनावी  भेला 
    सत्ता पाएपछि हेला !
    - दुर्गा भट्टराई
    [५७]
    भाषण
    मिठा कति 
    धेरै भयो खती !
    - शोभा आचार्य गौतम, काठमाडौँ
    [५८]
    नेता
    भेडालाई भाषण 
    कहिलेसम्म गर्ने शासन ?
    - नरेन्द्रबहादुर क्षेत्री
      बुटवल, रुपन्देही
    [५९]
    नेता
    चिप्ला भाषण 
    जनता झुक्याउने खेल !
    - श्रद्धा आचार्य, पोखरा
    [६०]
    जनता 
    पाउँदैनन् रासन
    नेताका चर्का भाषण !
    - चक्र शाही, कैलाली
    [६१]
    उपदेश 
    पाशविक बुद्धिले
    भेडालाई दिँदै सन्देश !
    - प्रद्युम्न चालिसे 
    भक्तपुर, कटुञ्जे 
    [६२]
    जनता
    भाषणमा मख्ख 
    भेडाहरुकाे हुलमा नेतृत्व !
    - नारायण प्रसाद उपाध्याय, कैलाली 
    [६३]
    जताको
    भेडाजस्तै नेताको 
    भाषण सुनुवाइ कताको !
    - जमुना आचार्य, सिन्धुपाल्चोक
    [६४]
    जनता 
    भेडाहरूका बथानमा
    आफूलाई बदल्ने नेता !
    - जिज्ञासु पन्त, लमजुङ 
    [६५]
    जनता
    सबै टेढोमेढो
    नेताले बनाए भेडो !
    - मन्दिरा सेढाई 
      मलेखु, धादिङ
    [६६]
    भेडा 
    बनाउने  जनता 
    भोग्ने निर्दोष देश !
    - सुस्मिता अधिकारी, काठमाडौँ
    [६७]
    भाषण
    नेताको शासन
    जनता भेडाको बथान !
    - सरस्वती श्रेष्ठ, रुपन्देही
    [६८]
    नेतृत्व
    निम्नकोटीको सोच
    एकोहोरो रटानको पराकाष्ठा !
    - घनश्याम पौडेल
    गौरीगङ्गा नपा -९, कैलाली
    [६९]
    विवेकशील
    सबै बनौँ
    बल्ल नेतालाई भनौँ !
    - कार्की डिबी माकुम
    सुनवल-४, नवलपरासी
    [७०]
    नेता
    भन्छ गोठाला
    जतासुकै गर्छ घोटाला !
    - पशपती राई, खोटाङ
    [७१]
    भाषण
    स्रोता भेडाहरू
    वक्ता चलाख गोठाला !
    - कविता आचार्य, कैलाली
    [७२]
    अशिक्षा 
    देखासिकीको भण्डार 
    जानेको भन्ने अहङ्कार ! 
    - सविता के.सी.
    [७३]
    नेता
    भाषण ठुला 
    जनता लडाउने खेल !
    - सहयात्री शाेभा अर्याल 
     रुपन्देही, बुटवल
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खला- १३६

    विनेसामको झिल्का कविता लेखन शृङ्खला-१ सम्पन्न

  • १३ पुष २०८०, शुक्रबार २१:२३ मा प्रकाशित
  • झिल्का एक मौलिक प्रयोगवादी नवीनतम एवम् लघुतम काव्य विधा हो । जुन तीन हरफमा लेख्ने गरिन्छ । आद्य पङ्ती, मध्य पङ्ती र अन्त्य पङ्ती गरेर जम्मा तीन हरफहरू हुन्छन् । तीन हरफमा जम्मा नौ शब्दहरू हुन्छन्। तसर्थ यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ । 
    यसको आद्य पङ्तीले विषयवस्तुको उठान, मध्य पङ्तीले समर्थन गर्दै बिस्तार र अन्त्य पङ्तीले भावलाई उत्कर्षमा पुर्‍याउँदै समापन गर्दछ । यसको आद्य र अन्त्य पङ्तीमा अनिवार्य अनुप्रास हुनुपर्छ भने मध्य पङ्ती भने स्वतन्त्र लेख्न सकिन्छ ।

    झिल्का कविता लेखन अभ्यास शृङ्खला-१

    #प्रशिक्षण/संयोजन/सम्पादन: वसन्त अनुभव

    १)
    बोकेर आँखामा नहर
    तड्पिरहेछु म निष्ठुरी,
    सम्झेर हरेक प्रहर !
    २)
    सधैँ अगाडि सर
    सफलता प्राप्तिका लागि,
    कर्ममा विश्वास गर !
    ✍️
    वसन्त अनुभव

    घोराही उपमहानगरपालिका १४, दाङ

    १)
    बाेकेर पिरकाे भारी
    बढ्दै जाउँ अघि
    खोस्रेर खाउँ खेतबारी ।
    २)
    केमा गर्छौ जिरह
    मजबुत छन् हातखुट्टा,
    नमान केही विरह !
    ✍️
    रबि पाैडेल

    दक्षिण भारत पाण्डेचरि ।

    १)
    नौलो आभास बोकेर
    उदायो झिल्का समाजमा,
    झाङ्गियोस् ताल ठोकेर !
    २)
    सुतेको बस्ती जगाउँन
    रमाउँदै कविताको फाँटमा,
    आयो साइनो लगाउँन !
    ✍️
    सुरेशकुमार पाण्डे

    दाङ घोराही १८

    १)
    राखेर हामीले सेवाभाव
    दिने गरौँ अरूलाई,
    सल्लाह र सुझाव !
    २)
    राखेर तिमीलाई मनमा
    दिँदैन कहिल्यै दु:ख,
    पाल्दछु सुखैले जीवनमा !
    ✍️
    बाबुराम पाण्डे

    अर्घाखाँची

    १)
    मुटुको टुक्राले बतायो
    घमन्ड गर्दथ्यौ आखिर,
    निष्ठुरी मायाले सतायो !
    २)
    सिक्दैछु भर्खर देखेर
    नवीनतम झिल्का कविता,
    राख्दैछु अलिअलि लेखेर !
    ✍️
    अम्विका अधिकारी

    झापा विर्तामोड

    १)
    सोचौँ सबैको भलाइ
    मरिन्छ पक्कै एकदिन,
    नगरौँ घात कसैलाई !
    २)
    मनमा पिर बोकेर
    युवा उड्यो समुद्रपारि,
    भविष्य बनाउने सोचेर !
    ✍️
    शान्ता पौडेल भट्टराई

    टङ्कीसिनवारी, मोरङ

    १)
    माया जितेर गयो
    सधैँ सफलताको यात्रामा,
    ऊ गरिब भयो !
    २)
    देश बेचेर नेताले
    रुँदैछिन् जननी आमा
    गरिब भो खेताले।

    ३)
    सपना बोकेर हिडेको
    दोबाटोमा अल्झिरहेको छु,
    विचार तिमीले जितेको !
    ✍️
    एवाइ प्रभात

    सहिदभुमि धनकुटा

    १)
    ठान्छौ आफू पवित्र
    बुझ वा सोच,
    कस्तो छ चरित्र ?
    २)
    आफ्नो चाल पाउन
    समर्पण जरुरी छ,
    सुनौलो दिन आउन ।
    ✍️

    प्रेम थापा “मन”बागलुङ

    १)
    बोकेर सपना धेरै
    युवाहरू खाडी मुलुक,
    झुपडीमा गरिबी मेरै !
    ✍️

    नागेन्द्रप्रसाद यादव , दाङ

    १)
    समुद्रपारि गए जन
    कमाउनको लागि भनेर,
    प्रवासी बन्ने प्रचलन !
    २)
    मौलायो मात्र भ्रष्टाचार
    जस्ताको त्यस्तै अवस्था,
    मिलीजुली गरौँ बहिष्कार !
    ३)
    परदेशमा धेरैका जीवन
    बाध्यता, परिबन्दको सिकार,
    तोड्न सक्दैनन् बन्धन !
    ✍️

    पृथक प्रकृति,झापा

    १)
    आज पालो खोयाको
    बाँचौँ यही लोकमा,
    समय आउॅंछ कोयाको !
    २)
    आक्रमण एउटा पाठ
    बुझ्नेले जरुर बुझ्छ,
    सोह्र दुना आठ !
    ✍️

    म्यामराज राई, भोजपुर

    १)
    पाप पुण्य विचार
    सेवाको भावना राखेर,
    आफूलाई पहिला निखार !
    २)
    फल्दैन आफैँ फल,
    श्रम चाहिन्छ दर्बिलो
    नगरी आफैँमा छल।
    ✍️
    होम प्रसाद नेउपाने

    धरान,सुनसरी ।

    १)
    सद्भाव लिएर आऊ
    मनमुटाव त्याग पहिले,
    अनि सत्यतामा रमाऊ !
    २)
    गरिबी बेरोजगारी भ्रष्टाचार
    हामीले चुनेका नेताले,
    गरिरहे मज्जाले लगातार !
    ✍️
    चेतन खनाल

    बंगलाचुली १ दाङ्ग।

    १)
    ओहो ! डर लाग्यो
    चाहना कता भाग्यो,
    मनले सुरक्षा माग्यो !
    २)
    भोकोपेट नै पौडिरहेछु
    केही पाउने आशामा,
    मरुभूमिमा अतालिँदै दौडिरहेछु !
    ✍️
    मन्दिरा सेढाई

    मलेखु,धादिङ

    १)
    सपना ठूलो बोकेर
    सहरको भिडमा आएँ,
    झुपडीमा आमा छोडेर !
    ✍️
    कला ढकाल

    हाल बुटवल

    १)
    गरेर असल काम
    सबैको मनमा बसेर,
    कमाऊ नाम दाम !
    ✍️

    सरिता सेढाई धादिङ

    १)
    हिमाल पहाड तराई
    हामी सबै नेपाली,
    कोही छैन पराई !
    २)
    आहा ! आमाको चोली
    सधैँभरि सुन्न पाउँ ,
    मिठो मिठो बोली !
    ✍️

    कृष्ण धामी, बझाङ

    १)
    गङ्गाजल बगेझैँ सलल्ल
    नयाँ विधा उदायाे,
    झिल्का कविता झलल्ल !
    २)
    खराबी धुस्नुमा मिल्का
    विकृति सबै डढाए,
    तब फुल्ला झिल्का !
    ✍️

    प्रद्युम्न चालिसे

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on विनेसामको झिल्का कविता लेखन शृङ्खला-१ सम्पन्न

    साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग- ५९

  • १० पुष २०८०, मंगलवार १९:०९ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- उन्नसाठीऔमा हामी पुगेका छौं।
    लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१
    मिति:- २०८०/०९/ ०५ते

    आदरणीय पञ्चाङ्ग अनुरागी एवम् स्रष्टाज्युहरू हार्दिक नमस्कार ” पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको:५९ [उन्नसाठीऔ] चित्रपटमा छौं।

         यहाँहरुलाई हार्दिक स्वागत गर्दै

    यस् शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग शनिबार बेलुका ९:०० बजे भित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!

    प्रशिक्षक :

    गुणनिधि घिमिरे
    घनश्याम पौडेल
    तोयानाथ सुवेदी

    चित्र संकलन

    सुशीला पाैडेल

    शुद्धीकरण

    जमुना आचार्य
    भवानी घिमिरे
    पुष्पा नेपाल (सुवेदी )

    संरचना

    अनुप्रास :- आफू खुसी
    स्थायी :- आफू खुसी
    अक्षर :- बराबरी

    समायोजक

    सोमनाथ लुइटेल “रवि पाल्पाली”
    तथा

    पञ्चाङ्ग साहित्य समाज नेपाल

    चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट]
    ~~~~~
    चित्रमा पञ्चाङ्ग

    पञ्चाङ्ग:०१
    भुइँमा बसि खै के गुन्दैछन् भेडाहरू।
    आफ्नाे बाटाे आफैंँले थुन्दैछन् भेडाहरू।
    गर्छन् राजनीति झुक्याउने छक्याउने,
    झुटाे खाेक्राे भाषण सुन्दैछन् भेडाहरू।
    भ्रष्टाचारीहरू नै चुन्दैछन् भेडाहरू।
    सुशीला पौडेल

    पञ्चाङ्ग:०२
    भेडाको नेतृत्वलाई पछ्याएर विकास कहाँ हुन्छ यहाँ।
    नगन्य विज्ञको बोलि बिलाउँछ नि मन कहाँ छुन्छ यहाँ।
    नेपाल रङ्गमञ्च अनि हामी सारा नेपाली कलाकार रे ,
    अयोग्यहरुमा विकल्प खोज्दा योग्य कस्ले किन चुन्छ यहाँ
    देशको अहितमा बोल्छन् बोल्नेको मुख कसले पो नै थुन्छ ?
    सुस्मिता अधिकारी ,काठमाडौँ

    पञ्चाङ्ग:०३

    गर्छन् भाषण नेताले जनता मख्खै हुने गरि ।
    विकासका कुरा गर्छन् सबैको मन छुने गरि ।
    हामी जनता भेडा सम्मान ,जे भने पत्याउने ,
    सुनाउँछन् जनताको पीडा यो मन रुने गरि ।
    यस्तो गर्छन् कुरा पनि सबको पाप धुने गरि ।

    बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
    कनकाई ४ झापा

    पञ्चाङ्ग:०४
    हाम्रो देशमा त नेता मात्र चुन्दाचुन्दै समय गएछ।
    पहिर्याउन फुलमाला उन्दाउन्दै समय गएछ।
    नेता बनेपछि धारा प्रवाह भाषण गरेर थाकेन,
    जनता भेडो बनेर कुरा सुन्दासुन्दै समय गएछ।
    काम केही नगरी सपना बुन्दाबुन्दै समय गएछ!
    -पशपती राई खोटाङ ।

    पञ्चाङ्ग:०५

    जसो गरे पनि राजनीतिमा सुहाउँदो रहेछ।
    जनताका कल्पित इच्छा हरु कुहाउँदो रहेछ।
    लाज छैन घिन छैन आँखा छोपेर अगाडि जाँदा,
    सोझा सिधा जनको रगतले नुहाउँदो रहेछ।
    हो यसै गरि गरि सबैलाई रुहाउँदो रहेछ।

    दुर्गा आचार्य
    मोरङ

    पञ्चाङ्ग:०६

    कसरी भन्नु भ्रम याे छरेकाे भनेर ।
    नचाहिँदाे यहाँ काम गरेकाे भनेर ।
    तालमेल आहा सुन्ने, सुनाउनेकाे ,
    खुसी दुबै छन् असर परेकाे भनेर
    सधैँ माथि बस्नेलाई झरेकाे भनेर ।

    भवानी घिमिरे
    सर्लाही ।

    पञ्चाङ्ग:०७
    आनन्दले माईक्रोफोनको आवाज सुनेका छन्।
    त्यहाँ सबैले मनमनै कुराहरू गुनेका छन्।
    ठूलो चौरमा भेडा र मान्छे सरोबरी बसेका,
    ती मान्छेले भोट दिएर भेडा नेता चुनेका छन्
    सबैले जानी नजानी आफैँको बाटो थुनेका छन्
    बेदु न्यौपाने ✍️🇳🇵
    पञ्चाङ्ग:०८
    देशको विकास गर्न असल नेता हुनु पर्छ ।
    जनताकाे सेवा गरी सवैकाे मन छुनु पर्छ।
    मान्छे जम्मा गरी गफ दिएर मात्रै कहाँ हुन्छ,
    दुखीकाे मन रुँदा आफ्नाे पनि मन रुनु पर्छ।
    आइलागे समस्या अघि सरी आफैंँ धुनु पर्छ।

    उर्मिला के.शी.
    धनकुटा !

    पञ्चाङ्ग:०९

    सधैँ मिठा मिठा कुराहरू गर्छन् यहाँ।
    माथि गए पछि, तल आँखा तर्छन यहाँ।
    जनतालाई आँखामा छारो हालेर नै,
    बोलीमा नै सोझा जन भर पर्छन् यहाँ।
    विश्वास गरि तिनकै पछि सर्छन् यहाँ ।
    शोभा आचार्य गौतम
    काठमाडौँ

    ॐ
    पञ्चाङ्ग:१०
    —==—
    सबै सर्दार बिग्रियाे घरबार के बताऊँ हजुर।
    देशभर बनेकाछन् दरवार के बताऊँ हजुर।
    नीति नियम खल्तीमा राखेर भयाे भन्दछन् विकास,
    कतै देखिदैन छेक्ने छेकबार के बताऊँ हजुर।
    हातमा समाइ आए तरबार के बताऊँ हजुर ।
    प्रद्युम्न चालिसेे
    भक्तपुर, कटुञ्जे ।

    पञ्चाङ्ग ११
    नेतृत्व चयन पारदर्शिता नदेखिएको खाल ।
    विधि विधानमा वास्तविकता नलेखिएको खाल ।
    जनताको देखभाल कहाँ फूर्सद छैन उनका,
    सजावट र भरिभराउले नपेलिएको खाल ।
    थोत्रो कुटीबाट महल पुग्दा नलेपिएको खाल ।

    जमुना आचार्य सिन्धुपाल्चोक

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग- ५९

    साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन शृङ्खला- ११५

  • १० पुष २०८०, मंगलवार ११:०५ मा प्रकाशित
  • काठमाडौँ। साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ११५ औँ शृङ्खला सम्पन्न भएको छ ।
    अभ्यासमा नेपाल लगायत विश्वका ६२ जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।

    टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।

    टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।

    ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ११५औँ शृङ्खलाको लागि प्रतिनिधि टुक्काको रूपमा समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।

    अभ्यासका लागि राखिएको प्रतिनिधि टुक्का

    नखानुथ्यो खाइहालेँ गरेँ नुनको सोझो,
    पचाउनै कठिन भयो बन्नपुग्यो बोझो ।

    वसन्त अनुभव
    घोराही, दाङ

    सहभागी टुक्काकारहरूले अभ्यासका क्रममा सृजना गर्नुभएको टुक्काहरू



    [१]
    जता गयो उतै छाद्छौ, नहेरिकनै ठाउँ,
    पदको गरिमा नराख्दा देख्यौ बल्ल बाउ ।
    ✍️
    वसन्त अनुभव
    घोराही, दाङ
    [२]
    मस्ती गरेको पैसाको खेलो,
    मिलाउँदै छन् है मेसोमेलो ।
    ✍️
    भेष कुमारी लामिछाने
    रुपन्देही
    [३]
    मस्तै खाइयो पचाइयो गरियो हामीले चैन,
    यस्तो रमाइलो त हजुर कसैलाई नि छैन।
    ✍️
    नवशिला,
    बेलबारी-२,लालभित्ती,मोरङ।
    [४]
    हिउँदमा सुक्ने खहरे, वर्षातमा साँघु चाहियो तर्दा,
    निल्नु न ओकल्नु भयो अहिले तातो खोले मुखमा पर्दा ।
    ✍️
    उमा दाहाल
    शुन्दर हरैँचा -१० मोरङ
    [५]
    यो पनि मै त्यो पनि मै गर्छु भनी तम्सिने हुँदा,
    फसे आफैँ आएनन् कोही विगतमा एक्लै रुँदा।
    ✍️
    अच्युत घिमिरे, सर्पाङ, भुटान🇧🇹
    [६]
    अलिनो कसरी खानु हजुर म त नुन खान्छु,
    नुनको सोझो गर्दागर्दै उसकै घरमा जान्छु ।
    ✍️
    गुणनिधि घिमिरे अमेरिका
    [७]
    मौका भएर पाइन्जेल खाए मैले धेरै,
    कस्ले सक्छ निकाल्न अदालत सबै मेरै ।
    ✍️
    अर्जुन प्रसाद चौलागाई
    रामेछापः-सुनापति-१
    हाल:-अमेरिका,बोस्टन।
    [८]
    खाउँखाउँ लाग्दालाग्दै झिगो पर्छ भागमा,
    भ्रष्टाचारको अन्त्य गरौँ यो पालि मागमा ।
    ✍️
    अम्बिका अधिकारी
    झापा बिर्तामोड
    [९]
    खान यतिसम्म खाइयो, डकार आउने गरी खाइयो, मस्तले पचाइयो‌,
    भ्रष्टाचारमा सामेल बनाइयो, आँखै नहेरीकन खुशियाली मनाइयो।‌
    ✍️
    कबिताहरी
    सुन्दर हरैंचा नगरपालिका १ मोरङ
    [१०]
    दालमा कालाे थियाे, शङ्का त पहिल्यै भयाे,
    कति ठूलाे अपराधी रै’छ ज्यान नै गयो ।
    ✍️
    प्रद्युम्न चालिसे
    [११]
    किन हो किन रित्तोझैँ लाग्छ गाउँ र सहर,
    आँखामा हेर बग्दैछ आज पीडाको नहर !
    ✍️
    आर्त अकुलीन
    [१२]
    खानुसम्म नै खायौ पहिले पचाउन भएछ गाह्रो,
    नुनको सोझो गरेँ भन्छौ अब पचाउन भयो साह्रो ।
    ✍️
    बेदु न्यौपाने 🇳🇵
    [१३]
    नुनको सोझो गर्छु भन्दै खाएको थिएँ टन्न,
    बल्लतल्ल ज्यान जोगाएर हिँडेको छु धन्न ।
    ✍️
    सरिता सेढाई धादिङ
    [१४]
    नखानु थियो खायौ भ्रष्टले, पेटमा के घोलौला
    शल्यक्रिया गर्नु छ, सत्य अब कहिले खोलौला ?
    ✍️
    प्रेम थापा “मन”बागलुङ
    [१५]
    खाऊ तिम्रै छ दिन खाएको पचाउन,
    सकेनौँ आखिर आफ्नो देश बचाउन ।
    ✍️
    हिमा आर सी
    मेहेलकुना सुर्खेत
    [१६]
    लोभी आँखा स्वार्थी मन पापी पेट हजुर साथमा,
    कामै गर्न मन लाउँदैन पैसा नपरे हातमा ।
    ✍️
    शंकर कार्की
    थाहा नगरपालिका ३ मकवानपुर।
    [१७]
    मौका पर्दा हिरा फोर्‍यौ चुस्यौ मिठो रस,
    बल्ल बुझ्यौ गाँठी कुरा कुना पसी बस ।
    ✍️
    त्रिलाेचन भण्डारी
    मेचीनगर,झापा
    [१८]
    नुनको सोझो गर्नैपर्‍यो नत्र हुन्छ हानी,
    गाह्रो हुँदो रहेछ हेर्नुस् सत्य बोल्ने बानी ।
    ✍️
    बाबुराम पाण्डे
    अर्घाखाँची
    [१९]
    के नै पाएँ जस्तो गरि हसुरेथ्यौ देखाई दुनियाँलाई जात्रा,
    भन्दाभन्दै समाइहालेउ जसरी भए नि पार गर यात्रा ।
    ✍️
    अनुग्रह राना मगर ‘पुष्प’
    पाँचखपन नपा – ६ संखुवासभा ।
    [२०]
    भ्रष्टाचारमा कमाएको पचाउने, अहिले गाह्रो भयो सुन पचाउन,
    पहिले धेरैले साथ दिए, अहिले डराएर आएनन् कोही बचाउन ।
    ✍️
    राजेशराज गड्तौला
    कॅाडाघारी, काठमाण्डौ
    [२१]
    कति धेरै पो खान सक्छस् तैँले खानसम्म खानू,
    एकदिन आँफै सकिन्छस् पाउँदैनस् केही लानु ।
    ✍️ समुद्र
    [२२]
    लोभले लाभ लाभले बिलाप भन्ने कुरा भुल्यौ,
    त्यतिबेला घमण्डले कोही चाहिन्न भन्दै फुल्यौ ।
    ✍️
    गंगा खड्का
    बूढानीलकण्ठ ,काठमाडौ
    [२३]
    खाएपछि हग्नै पर्‍यो कनिकुथी जसैगरी,
    नुनको सोझो गर्नै पर्‍यो उस्कै शरण परी ।
    ✍️
    विवश पारदर्शी
    झापा,
    [२४]
    मौका पाए भ्रष्टाचार, नपाएपछि विरोध गर्छ,
    नियतिले कोल्टे फेर्दा, मान्छे पनि नहेरेरै तर्छ।
    ✍️
    एवाइ प्रभात
    सहिदभुमि छेन्ताङ धनकुटा
    [२५]
    चाकरी चाटुकार पनि नाङ्गिन्छन् एकचोटि ,
    नुनको सोझो गर्नेमा पनि हुन्छन् उच्चकोटि ।
    ✍️
    कृष्णकुमार वैद्य
    बनेपा ९, काभ्रे
    [२६]
    नुनको साेझाे गर्नेकाे त छैन खासै काम,
    जसले छलकपट गर्याे उसकै नाम ।
    ✍️
    राज कुमार राजभण्डारी “खाेटाङ्गे”
    मध्यपुर ठिमी ५ संगम काेलाेनी भक्तपुर ।
    [२७]
    नुनको सोझो बनिरहे झन् धूर्त बन्दै,
    विदेशमा बसेको छु सधैँ पैसो गन्दै ।
    ✍️
    भगवती दवाडी , झापा
    [२८]
    समुद्ररहित यो देशमा निकाल्दैछन् नुन,
    नुन निकाल्ने नेताहरूले थुपार्दैछन् सुन।
    ✍️
    बि.कुलुङ
    दार्जिलिङ रंगबुल
    [२९]
    नुनकै साेझाे गर्छु भनी दर्शन छाट्यौ,
    डुबेर खुनमै, स्वजनलाई नै ढाट्याै ।
    ✍️
    हरिगाेपाल प्रधान
    बनेपा १४ साँगा बजार ।
    [३०]
    जो सोझो छ उसकै मुखमा घोचो,
    बाठाहरू मिलाउँछन् चोचोमोचो !
    ✍️
    पवन कुमार बुढाथोकी
    [३१]
    समस्या र आफ्नो शरीरको घाउ छोपी नराखे आफ्नैबाट रेटिन्छन्
    नुनचुक बोक्ने आफन्त तमसुक बोक्ने ठग्ने साहु धेरै भेटिन्छन् ।
    ✍️
    चुडामणी देबकोटा
    चनपा १३ काठमाडौ हाल बारा सिमरा
    [३२]
    खानु माथि नि घिच्नु पाइयो नाची नाची खायौं ,
    बाेक्रैसँग खाइयाे केरा नपाउनेले पायौं ।
    ✍️
    रामप्रसाद पुरी, बादेल, खाेटाङ ।
    [३३]
    यो कलीमा पाइदैन नुनको सोझो गर्नेहरू,
    हार्दिक नमन,यस्तै खबर सुन्न पॅाऊ अरू ।
    ✍️
    पुष्पा सुवेदी
    नेपालगंज, बॅाके ।
    [३४]
    देश बिग्रिएता पनि धनको सोझो गरौँ,
    नुनको सोझो भन्दै पापको घडा नभरौँ।
    ✍️
    सुस्मिता अधिकारी ,काठमाडौँ
    [३५]
    भक्ति मेरो प्रभुको सलामी र गुलामीमा,
    आउँछन् आउँन्नन् पछौटे मेरो मलामीमा।
    ✍️
    प्रदीप के रिमाल
    इटहरी सुनसरी।
    [३६]
    आँसु पिएर बसेको किन पाउँला नुन,
    जतासुकै जे गरे नि देखिने छैन गुन ।
    ✍️
    जमुना आचार्य सिन्धुपाल्चोक
    [३७]
    खुस्किगयो मुखबाट ,बोल्नै नहुने कुरो,
    धक्का लाग्यो योजनामा हुनेभयो अपुरो।
    ✍️
    होम प्रसाद नेउपाने
    धरान,सुनसरी
    [३८]
    खानुसम्म खायौँ, देश डुब्यो लौ कति सताएका,
    जन्मदै ऋणको भार थोपर्ने लाज पचाएका ।
    ✍️
    यमुना प्रधानाङ्ग’मुना’
    २०८०/०९/०७ शनिबार
    वीरगञ्ज, पर्सा हाल: ललितपुर
    [३९]
    सोझो रुख नै काटिन्छ हेर , दुनियाँमा पहिले,
    सकियो जमाना, नुनको सोझो गर्नेको अहिले ।
    ✍️
    शुक्रराज कुँवर
    धरान १०
    [४०]
    खान्न खान्न भन्दै खान हुन्न चारमाना,
    जानुपर्ला यार खानै छोडी पाइखाना ।
    ✍️
    बिके माकजू ,भक्तपुर ।
    [४१]
    नुनको सोझो गर्दा पनि लाग्न सक्छ पाप,
    दाजुभाइको युद्ध गर्ने बसेको छ छाप ।
    ✍️
    धनुष न्यौपाने
    गुठीचौर गाउँपालिका ०४ बिगारे जुम्ला
    [४२]
    नखाउन्जेल हो खाउ खाउ लाग्ने ,
    खाएपछि अरूको आरिस जाग्ने ।
    ✍️
    बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो)
    कनकाई ४ झापा
    [४३]
    देशलाई धितो राखेर खाए,
    माटो ढुङ्गा रूख सबै पचाए ।
    ✍️
    सुरेशकुमार पाण्डे
    दाङ घोराही १८
    [४४]
    कसले सक्छ मेरो जस्तो पावर देखाउन,
    आइलागेको खाएको मैले नाम लेखाउन ।
    ✍️
    दुर्गा आचार्य
    मोरङ
    [४५]
    आहा! सुन्दर देखिन्छ आमाको चोली,
    सबैभन्दा मिठो लाग्छ आमाको बोली !
    ✍️:
    कृष्ण धामी – बझाङ
    [४६]
    नुनको सोझो भन्दाभन्दै विदेशतिर गयौ
    लम्पसारवादले देशै डुबाउने भयौ।
    ✍️
    मन्दिरा सेढाई
    मलेखु,धादिङ
    [४७]
    लोभको भाँडो भरिन्न त्यो कहिल्यै हेर,
    श्रमिक जनको पसिना नजाओस् खेर ।
    ✍️
    शोभा आचार्य गौतम
    काठमाडौँ
    [४८]
    कमाउनु कमाए बगाए पैसाको खेलो,
    देश नै सक्काउने गर्दैछन मेसो मेलो।
    ✍️
    सहयात्री शोभा अर्याल
    रुपन्देही , बुटवल

    ४८)
    ढुकुटी नै रित्तिएछ नुनको सोझो गर्दागर्दै
    हाँडी घोप्टे बनिएछ लोभको भाँडो भर्दाभर्दै l
    ✍️
    बाबुराम गौतम, गुल्मी

    [४९]
    पाएपछि कसले छाेड्थ्याे लाएकाे त्याे बानी,
    दिनेले जब दिन्छन् भने पाए जति हाे खानी।
    ✍️
    भवानी पाेखरेल(बाबू विराज)
    बाणगङ्गा १ चार नम्बर कपिलवस्तु
    [५०]
    खाइयो भन्दैमा नगर्ने काम गर्नु हुन्नथ्यो,
    गल्ती काम गर भन्दा नगरे खुसी मिल्दथ्यो ।
    ✍️
    नन्दलाल आचार्य,
    सिद्धार्थटोल, बेलका-२, गल्फडिया, उदयपुर ।
    [५१]
    नखाने कुरा भए गलगिद्ध खाऊ,
    खाने कुरा भए परपरै पन्छाऊ ।
    ✍️
    लक्ष्मी रिजाल
    सप्तरी, रूपनगर, कञ्चनरूप~१२, मधेस, नेपाल ।
    [५२]
    मालिककाे पाउ पर्छु उसकै चाकरीमा बाेल्छु,
    आफ्नो माैलिक संस्कारलाई आगाे लगाई पाेल्छु।
    ✍️
    मित्र `उराठी´ गाैतम
    तिलाेत्तमा न पा-२,रुपन्देही
    [५३])
    सोचे थिएँ पहिला त देशकै लागि लड्छु भनी,
    सबले पिए सकिएनँ हेरी बस्न साधु बनी ।
    ✍️
    पुष्पा राई, खोटाङ।
    [५४]
    देखेपछि खाउँखाउँ लाग्छ नखाउँ भने मन मान्दैन,
    पैसा दिएर रिझाउनुछ आफन्त अनि खुट्टा तान्दैन ।
    ✍️
    भुपेन्द्र राना मगर
    धादिङ
    [५५]
    हसुर्दा जति नै पच्छ, अगस्ति बस्छ पेटमा,
    न्याय मूर्छा परेको छ, अख्तियार छ सेटमा ।
    ✍️
    रामशरण न्यौपाने, भक्तपुर
    [५६]
    मौका पाए भने सबैजना कुर्सीतिरै ताक्ने,
    माखो मार्ने केही होइन तलबभत्ता पाक्ने ।
    ✍️
    पद्मा काश्यप पाण्डे, मोरङ
    [५७]
    झन्डा भनेको कलेजो हो मुटु हो बुझेमा,
    अस्तित्व समाप्त बन्ने यही झन्डा झुकेमा ।
    ✍️
    चूडा निर्भीक
    [५८]
    नुनकाे साेझाे गर्न खाेज्दा धेरै दुख गर्छ,
    चतुर चढ्छ काँध माथि साेझाे ज्यूँदै मर्छ ।
    ✍️
    ताराप्रसाद चापागाईँ
    धुनिबेसी
    [५९]
    पाएको बेला खाइहाल्यौ लोभी बनेर,
    सोचेनौ नि पछि तिर्नुपर्छ की भनेर ।
    ✍️
    सुशीला शिखा
    काठमाडौँ कागेश्वरी
    [६०]
    नभन्नुथ्याे भनिहाले, र त पासाे लाग्याे बाेली,
    सहनै मुस्किल भयो र त कुरिरहेँ भाेलि ।
    ✍️
    खुनराज काेईराला
    सिद्दलेक -३ ग‌रीगाउँ,धादिङ
    [६१]
    खान्छु सकेजति, नखाऊ नभन,
    खाएँ त देशकै, नदुखाऊ मन ।
    ✍️
    रचना शर्मा प्रतीक्षा , ललितपुर
    [६२]
    नुनको सोझो गर्दागर्दै, गयो जीवन सारा,
    पाइनँ जस कतै, जुटाउनै कठिन चारा ।
    ✍️
    नागेन्द्रप्रसाद यादव , दाङ

    Posted in Uncategorized, ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन शृङ्खला- ११५

    साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खला- १३५

  • ८ पुष २०८०, आईतवार २३:१६ मा प्रकाशित
  • साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको १३५ औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ४६ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका केन्द्रिय उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।
    काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।
    संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरी मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।

    अभ्यासका लागि राखिएको प्रतिनिधि तस्बिर :

    उदक अभ्यास शृङ्खला– १३४ मा सहभागी उदक यात्रीका सुन्दर उदकहरू

    [१]
    मस्त 
    हाम्रा महामहिम
    गिदी खानमै व्यस्त !
    - वसन्त अनुभव 
    [२]
    अनेक
    मिलेछ कहानी
    मनुष्यको बित्यो जवानी !
    - अम्बिका अधिकारी 
        झापा, बिर्तामोड
    [३]
    काण्ड
    अनेकन् काण्ड
    कहिल्यै नसकिने भूखण्ड !
    - प्रद्युम्न चालिसे
    भक्तपुर, कटुञ्जे 
    [४]
    मनुष्य
    खाइरहेछन् गिदी
    अचम्म भयो जातिबित्ती !
    - सरिता सेढाई, धादिङ
    [५]
    मस्तिष्क
    चेतन प्रवाह
    आखिर भुटेर खाँदै !
    - आर्त अकुलीन
    [६]
    नतमस्तक 
    सम्पूर्ण सज्जन
    दिमाग खान तल्लिन !
    - पृथक प्रकृति, झापा
    [७]
    मस्तिक
    उब्जाएको कथा
    साध्य छैन व्यथा !
    - सुरेशकुमार पाण्डे 
    घोराही-१८, दाङ
    [८]
    मस्तिष्क
    जीवनको गाेरेटाे
    भैराखेकाे छ सिरेटाे !
    - कविदत्त ढकाल 
    ताँजाकाेट-४, हुम्ला
    [९]
    खप्पर
    खाएका गिदी
    गरेका आफ्नै जातिबित्ती ! 
    - बेदु न्यौपाने 
    [१०]
    मानव
    पारेर प्रभाव
    आफैँ बन्छ खराब !
    - पूर्णबहादुर श्रेष्ठ 'हदयङकृत'
       पनौती न.पा.-३, काभ्रे
    [११]
    मनुष्य
    आउने जाने
    गिदी भुटेर खाने !
    - अच्युत घिमिरे, भुटान
    [१२]
    खाेेपडी
    दानवीय राज
    कदर हराएकाे संसार !
    - भवानी घिमिरे, सर्लाही
    [१३]
    मानव
    मस्तिष्कको प्रयोग
    सकारात्मक नकारात्मक दुबै !
    - प्रेम थापा 'मन', बागलुङ
    [१४]
    संसार 
    सँगैको चित्र
    देखिन्छ अनेक विचित्र !
    - अनुग्रह राना मगर 'पुष्प'
    पाँचखपन नपा - ६ संखुवासभा ।
    [१५]
    मस्तिष्क 
    केन्द्रीय कार्यालय
    सम्पूर्ण अङ्ग चलायमान !
    - सविता के.सी.
    [१६]
    गिदी
    मुख्य चालक
    शरीरकाे राजा पालक !
    - नवराज भट्ट, कञ्चनपुर
    [१७]
    दिमाग 
    चलाउने मैले 
    खराब गर्दिने अर्कैले !
    - मधुसूदन अधिकारी, खुंग्री-५, रोल्पा
    [१९]
    परतन्त्र 
    विधर्मी शासक 
    गणतन्त्र नामको मन्त्र !
    - विवश पारदर्शी, झापा
    [२०]
    शासन 
    फेरिएको व्यवस्था
    जीवन नफेरिएको अवस्था !
    - हिमाल अम्मै, घोडाघोडी, कैलाली
    [२१]
    चुस्त 
    राज्य व्यवस्था 
    कथा हैन आवश्यकता !
    - केशवप्रसाद ढकाल 'प्रीतबीज'
    सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा
    [२२]
    नेता
    देश सकेका
    जनताको मस्तिष्क खाएका !
    - भगवती दवाडी, झापा
    [२३]
    भोज 
    निर्धालाई तोप
    बलवानलाई छ मोजैमोज !
    - दीपा गुरुङ्ग 'समभाव'
    बुनपा-१२, कपन, काठमाडौँ
    [२४]
    मान्छे 
    धेरै दिमाग 
    झिकेर खान्छ आफैँ !
    - पशपती राई, खोटाङ 
    [२५]
    मस्तिष्क 
    सुझाव मान्दैन 
    असल काम जान्दैन !
    - रामप्रसाद पुरी, बादेल, खाेटाङ 
    [२६]
    गिदी
    मानव हतियार 
    नष्ट गर्दै मतियार !
    - गोपेन्द्र रिजाल, पाँचथर 
    [२७]
    ल्याउनुपर्ने
    मस्तिष्कले सुविचार
    दिव्यज्ञानले अघि सारिने !
    - कार्की डिबी माकुम
     सुनवल-४, नवलपरासी
    [२८]
    मस्तिष्क 
    चेतनाको भण्डार 
    मानव दानव बन्दै !
    - राज कुमार राजभण्डारी 'खाेटाङ्गे'
    मध्यपुर ठिमी-५, संगम काेलाेनी, भक्तपुर 
    [२९]
    अन्जान
    प्रविधि व्यापार 
    आफ्नै गिदी उपहार !
    - सुस्मिता अधिकारी, काठमाडौँ
    [३०]
    गिदी 
    भुटेर खाने
    दानवीय मानिसको विधि !
    - सरस्वती श्रेष्ठ, रुपन्देही, बुटवल
    [३१]
    विकृती 
    अनौठो देखियो 
    मस्तिष्क खाएको भेटियो !
    - रिता खराल, रूपन्देही
    [३२]
    अनेकौँ
    चलेका कहानी 
    यस्तैमा बित्यो जिन्दगानी !
    - दुर्गा भट्टराई, मोरङ
    [३३]
    पढेको 
    दिमाग सडेको 
    खोपडीमा किरा भरेको !
    - जमुना कायस्थ, पोखरा
    [३४]
    मस्तिष्क 
    चिन्तन हरायो 
    खप्परले संसार सजायो !
    - सरस्वती वली
      बर्दिया, नेपाल
    [३५]
    खप्पर 
    विचारकाे आवास
    आवश्यकता सद्बुद्धिकाे प्रवाह !
    - नारायणप्रसाद उपाध्याय , कैलाली 
    [३६]
    सचित्र
    देखियो विचित्र
    कस्तो यो चित्र ?
    - कमला पौडेल 
    बरेङ-१, उर्लेनी, बागलुङ
    [३७]
    बकम्फुसे 
    बोलिले तिम्रो 
    मगज खायो मेरो !
    - मङ्गला उपाध्याय
    [३८]
    अनौठो
    आपसी सम्बन्ध
    गिदीको मोल भाउमा !
    - समुन्द्रा शर्मा, सुनसरी
    [३९]
    खोपडी 
    गिदी भरिएको 
    त्यही निकाली भुट्दै !
    - धनमाया चौधरी, क‌ैलाली
    [४०]
    प्रयोगशाला 
    विज्ञानको खेल
    त्यसैले ल्यायो झेलैझेल !
    - नन्दलाल आचार्य
    सिद्धार्थटोल, उदयपुर 
    [४१]
    खप्पर
    भिडन्तै भिडन्त 
    समयको आश्चर्यजनक अवतार !
    - लक्ष्मी रिजाल
    कञ्चनरूप नगरपालिका-१२, रूपनगर, सप्तरी 
    [४२]
    गिदी
    यति अविधि
    सङ्कुचित सोच परिधि !
    - म्यामराज राई, भोजपुर 
    [४३]
    अन्धविश्वास
    महाजालमा भुलाउने
    ठगहरूको व्यापारिक परिपञ्च !
    - उर्मिला पन्त पाण्डेय
     ज्ञानेश्वर, काठमाण्डौँ 
    [४४]
    विवशता
    हुनेखानेको राज
    बढ्दै गरिबको पीडा !
    - कविता आचार्य, कैलाली
    [४५]
    मस्तिक
    खाइसकेको सबै
    सामाजिक सञ्जालले भुटेर !
    - दुर्गा आचार्य, मोरङ
    [४६]
    मानव
    चित्र हजारौँ
    देखाउँछन् अनेक विचित्र !
    - सहयात्री शोभा अर्याल
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खला- १३५

    विनेसाम मुक्तक शृङ्खला- ५

  • ८ पुष २०८०, आईतवार १४:२८ मा प्रकाशित
  • सहभागी मुक्तककारका मुक्तकहरू क्रमश:

    १)
    बाँझो छन् ती खेतबारी कुराकै खेती गर्दछ्न्
    काँट्छ्न्, दाइँ गर्छन्, कुराको भकारी भर्दछ्न्
    व्यस्त छन् ती ब्वाँसाहरू रगत पिउन नेपालमा,
    विचरा ती हरिणहरू, खाडीमा अकालै मर्दछ्न् ।
    ✍️
    वसन्त अनुभव
    घोराही, दाङ
    २)
    देश तिम्रै हातमा छ नेताज्यू सकेजति लुट्न पाइहाल्छौ 
    नानाथरी आश्वासनले जनताको बुद्धि भुट्न पाइहाल्छौ 
    दुःखी गरिबहरूलाई पो नियम कानून  लाग्छ नेपालमा,
    तिमीले अबौँ भ्रष्टाचार गरेर लाखौँमा छुट्न पाइहाल्छौ ।
    ✍️
    चेतन खनाल (दाह्रीवाला) 
    बंगलाचुली १ दाङ

    ३)
    साहित्यिक यात्रा सबैको भरिलो खास हुनुपर्छ
    देश जनताको हितमा साहित्यको रास हुनुपर्छ
    साइँली साइँलाका गीत त गाउँदै आएका थियौँ,
    अबको रचनाभित्र देशभक्तिकै आभास हुनुपर्छ ।
    ✍️
    सुरेशकुमार पाण्डे
    घोराही १८ दाङ

    ४)
    मख्खै पार्छन् नेताज्यूले चुनावमा भाेट माग्दाखेरि
    कहाँ हुन्छन् थाहा हुँदैन जनताले राेट माग्दाखेरि 
    यस्तै छ याे देशकाे परिस्थिति कसलाई के भनौँ,
    भेटिदैन यहाँ समस्याको समाधान सर्पाेट माग्दाखेरि ।
    ✍️
    विना बुढाथोकी 
    सल्यान

    ५)
    भित्रभित्रै देश सिध्याउने खेल भएपछि
    चारैतिर षड्यन्त्र र जालझेल भएपपछि
    जनताहरू उफ्रिएर केही हुन्न सडकमा,
    अब नेताहरूकै आपसी तालमेल भएपछि।
    ✍️
    अनिता भण्डारी
    ताप्लेजुङ

    ६)
    अराजकतालाई पाता कस्न नसके देश हुन्छ भत्ताभुङ्ग
    अब जनताले कालो मोसो धस्न नसके देश हुन्छ भताभुङ्ग
    सबै आफसेआफ गोजी भरेर चल्न खोज्छन् अनि कसरी हुन्छ,
    भ्रष्ट हातको ताल्चा खोसेर पस्न नसके देश  हुन्छ भताभुङ्ग।
    ✍️
    अम्बिका अधिकारी 
    झापा बिर्तामोड

    ७)
    नेपालमा निकै गम्भीर अवस्था आएको छ
    जनता सडकमा छन् सरकार निदाएको छ
    दिनहुँ बढ्दैछ गरिबी, बेरोजगारी,भोकमरी,
    नेताले भ्रष्टाचार गरेर करोडौँ कमाएको छ ।
    ✍️
    भेषराज खनाल
    बंगलाचुली १ दाङ

    ८)
    देश डुब्न लाग्दा पनि तिमी किन हेरिरहेछौ
    यी जनताहरू रुवाएर तिमी त्यसै हाँसीरहेछौ
    किन सक्दैनौ देशको विकास गर्न ए नेता हो ?
    दिनदिनै सयौँको सङ्ख्यामा युवाहरू बेचिरहेछौ ।
    ✍️
    विक्रम तिरुवा सलिन
    जुम्ला

    ९)
    नेताहरू पनि आज अजिङ्गरजस्तै लाग्छ
    आफ्नै गाउँ पनि कालको सहरजस्तै लाग्छ
    उनी मोटाउँदै गए जनता ज्यूँदै जल्दाखेरी,
    हिमालको स्वच्छ पानी पनि जहरजस्तै लाग्छ।
    ✍️
    मोती पोख्रेल
    घोराही दाङ।

    १०)
    भ्रष्ट नेताको सुध्रिने छाँट  देखिएन
    देश बनाउने कत्ति पनि आँट देखिएन,
    स्विस बैङ्कमा अर्बौंको ब्यालेन्स उनको,
    तर देश निर्माण गर्ने छाँटकाँट देखिएन ।
    ✍️
    मोती पोख्रेल 
    दाङ

    ११)
    सरकारले जन जनको समस्या बारे सोच्न सक्नुपर्छ
    दायित्व बहन गर्न गम्भीर भई निकास खोज्न सक्नुपर्छ
    जनमतको कदर गरी जनताको मन जित्ने हो भने
    भ्रष्टाचार नियन्त्रण गरी सामानको मूल्य तोक्न सक्नुपर्छ ।
    ✍️
    रुपा गौतम
    निजगढ बारा

    १२)
    अरू कोही नआएपनि भेडाको बथान आउँछन् जानेर
    भाषण दिन तयार भए नेता गुण चाहिँ गाउँछन् जानेर
    चास्नीमा कमिलाहरू फसेझैं प्रलोभनमा फस्छन् जनता ,
    र लागि परेका हुन्छन् दायाँबायाँ नगरी सघाउँछन् जानेर ।
    ✍️
    पृथक प्रकृति,झापा 

    १३)
    आफन्त र नातेदारलाई सक्दो जागिर खुवाएका छन्
    लाखौँ युवा खाडी पठाउँछन् धुरुधुरु रुवाएका छन्
    भ्रष्टाचार गुन्डागर्दी घुसखोरीले भुँडी उत्तानो पल्टाएर,
    बुढा नेता कुर्सी ओगट्दै राल सिँगान चुवाएका छन् ।
    ✍️
    सरिता सेढाई धादिङ

    १४)
    यहाँ मन्त्री संसदलाई के पिर जनता बाँकी छन्
    चुनावमा चाहिने जति  स्थिर जनता बाँकी छन्
     दु:खी गरिब भोकै  मरेर फरक पर्दैन यो देशमा,
    नेताको चाप्लुसी गर्न आखिर जनता बाँकी छन् ।
    ✍️
    चेतन खनाल (दाह्रीवाला) 
    बंगलाचुली १ दाङ

    १५)
    देशको ढुकुटी रित्याएर खोक्रो बनायौ
    डामाडोल छ अर्थतन्त्र धोक्रो बनायौ
    के नै बाँकी छ र यहाँ लुट्नु लुट्यौ देश,
    गुदी सबै खाइसकेर शेष बोक्रो बनायौ ।
    ✍️
    मन्दिरा सेढाई
    मलेखु,धादिङ

    १६)
    रहे  कि  केही  सपना  अधुरा  सोचेनौ  है  प्रिय
    चाहिएको थियो कि सुनको चुरा सोचेनौ है प्रिय
    मागेको हार हैन नेक्लेस हैन धर्को सिन्दुर त हो,
    अहिलेसम्म कसरी गरौँ इच्छा पूरा सोचेनौ है प्रिय ।
    ✍️
    गिता खड्का अञ्जली 
    दाङ 

    १७)
    समता उब्जाउने मुटुमा कुनै औकात हुँँदैहुँदैन
    जहाँ सुन्दर दृष्टि राखिन्छ, त्यहाँ घात हुँदैहुँदैन
    सहयोग गर्नेले मनैबाट प्रेम गरेको हुन्छ त्यसैले,
    जिउँदो छँदा नै देऊ नत्र पछि सौगात हुँँदैहुँदैन ।
    ✍️
    प्रेम थापा “मन”बागलुङ

    १८)
    टन्न कमाउनुछ पहिला हामीलाई कमाउनदिनुस्
    यसो छोरा र नातिको लागि पनि  जमाउनदिनुस्
    तपाईँ भनेको जनता हो नि पालो  आइहाल्छ नि,
    दुईचार वर्ष  हामीलाई  देश लुटेर  रमाउनदिनुस्।
    ✍️
    नवशिला,बेलबारी २  
    लालभित्ती,मोरङ

    १९)
    भ्रष्ट दलालहरू देशभर हल्लिएका छन्
    नेताका भाषणले जनता थल्लिएका छन्
    सबल र प्रभावशाली शासन नभएपछि,
    युवा अरूको कब्जामा दल्लिएका छन् ।
    ✍️
    कला ढकाल
    झापा दमक

    २०)
    जब पीडाले छोएको हुन्छ
    आँसुले मुहार धोएको हुन्छ
    आँसु लुकाई हाँसे पनि,
    भित्रि मन निकै रोएको हुन्छ ।
    ✍️
    सुनिता पाण्डे 
    घोराही १८ दाङ्ग

    २१)
    छैन् छोरी सुरक्षित जन्मभूमि आमा पनि बलात्कारमा छन्
    अपराधीलाई फूलको हार मात्र निर्दोष कारागारमा छन्
    जसको शक्ति हुन्छ, उसकै भक्ति कानुन मरेको देशमा,
    नेतादेखि न्यायाधीशसम्म घुसखोरी र भ्रष्टाचारमा छन् ।
    ✍️
    शोभा शाह थापा
    हेटौडा ४ मकवानपुर

    २२)
    तिमी न्यायको भाषण गर्दै गर्नु  म चल्दै गर्छु
    तिमी माटोमा खोज्दै  गर्नु म रुखमा फल्दै गर्छु 
    कैयौँ रात काटेर  रम्ने ती दिन  बचाएँ  कति,
    सधैँ जस्तै नै म  पीडालाई निल्दै ओकल्दै गर्छु ।
    ✍️
    प्रेम थापा "मन"बागलुङ

    २३)
    नेताको भाषण कठै जनता आभार बनाउने रे
    झुठो आश्वासन हामीलाई स्वरोजगार बनाउने रे
    गरिबी बेरोजगारीले देश अस्तव्यस्त भएको छ,
    अझै बोल्छन् स्यालहरू दृढ सरकार बनाउने रे ।
    ✍️
    आकाश बि.क.
    बंगलाचुली १ दाङ्ग।

    २४)
    दुःखी गरिब जानैपर्ने भाषा भेश छोडेर
    आफैँले जन्मेको हुर्केको परिवेश छोडेर
    यहाँ पूजिवाद हरूको मात्र हैकम भयो,
    म अब बिदा हुँदैछु आफ्नै देश छोडेर ।
    ✍️
    गणेश क्षेत्री 
    बंगलाचुली १ दाङ्ग

    २५)
    मान्छेको मनभित्र रिस डाहा अहङ्कार किन हुन्छ
    एकअर्कोलाई उचाल्ने पछार्ने संस्कार किन हुन्छ
    आपसी सद्भाव, भाइचारा बिस्तारै हराउँदै गयो,
    फरक विचार फरक भावनाको दुत्कार किन हुन्छ ?
    ✍️
    सम्झना थापा मगर
    स्याङ्जा

    २६)
    म तिम्रै लागि भनेर काम गरेँ परिणाम  के भयाे
    आधा पेट खाई तिमीलाई पालेँ परिणाम के भयाे
    छाेडेर जान्छाै अशक्त शरीर निर्दयी कति छाै,
    चडाई काँधमा राखेको हरे परिणाम के भयाे ?
    ✍️
    रबि पाैडेल 
    दक्षिण भारत पाण्डेचरि ~~~~~~~~~~~~~~~~~~~~
    २७)
    रातो रगत चुसेर  बनेका छन् सेता घर यहाँ
    शासक स्वार्थमै लिप्त कसको पर्नु भर यहाँ
    गरिखाने वातावरण छैन न पैसा छ विदेशिन,
    विपन्न वर्गलाई त जीवन धान्नै   अभर यहाँ ।
    ✍️
    शान्ता पौडेल भट्टराई
    टङ्कीसिनवारी, मोरङ
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on विनेसाम मुक्तक शृङ्खला- ५

    साताका तीन लघुकथा- ४७

  • ७ पुष २०८०, शनिबार ०९:११ मा प्रकाशित
  • साताका तीन लघुकथा हिमालयन दृष्टि र नमस्ते आधुनिक लघुकथा मञ्च बिचको सहकार्यमा सञ्चालित साप्ताहिक स्तम्भ हो । यस स्तम्भमा नमस्ते आधुनिक लघुकथा मञ्चको भित्तोमा साताभर प्रेषित लघुकथाहरू मध्ये मञ्चले छानेर पठाएका उत्कृष्ट तीन लघुकथाहरू प्रकाशन हुने गर्दछन् ।
    यस साताको (४७औँ) शृङ्खलाका लागि लघुकथाकार रामकुमार पण्डितको लघुकथा ‘गाउँसहर’, लघुकथाकार तुलसी पण्डितको लघुकथा ‘श्रीमती’ र लघुकथाकार सुनिता निरौला पौडेलको लघुकथा 'निर्णय’ उत्कृष्ट तीनभित्र परेका छन् ।

    १)
    लघुकथाः गाउँसहर

    ✍️ रामकुमार पण्डित
    चोभारको ठूलो ढुङ्गामा पुगेर बागमतीको पानी ठोक्कियो । नदीको प्रवाहको चपेटामा परेर ढुङ्गाको ठाउँठाउँमा खोपिल्टो थियो । त्यो खोपिल्टोमा थोरै पानी रोकियो । ढुङ्गाले त्यही मौकामा भन्यो- “आफ्नो खबर सुनाउनु न पानीजी !”

    त्यो एकमुठी पानीले भन्न सुरु गर्‍यो- “जब म गाउँको छेउबाट बग्दैथिएँ, गाउँका मान्छेहरूले मेरो पानीले नुहाए, धुहाए, कसैकसैले पिए पनि । गार्गीमा भरेर घर लैजाने महिलाहरू त कति कति ।”

    त्यति नै बेला नदीको बिचमा छप्लाङ्ग गर्‍यो । चोभारको झोलुङ्गे पुलबाट बालकले एउटा गिट्टी फालेछ । त्यो सुनेर दुवैले आवाज आएतिर ध्यान दिए । वास्तविकता बुझेपछि ढुङ्गाले भन्यो- “अनि त्यसपछि के भयो ? सुनाउनु न !”

    “मेरो बदन सफा थियो । मभित्र माछा, भ्यागुता आदि जीवले सिर्जना गर्दथे । किसानले सिँचाइ गर्दथ्यो । म बडो आनन्दित हुँदै बहदै आएँ । धेरै बहेपछि काठमाडौँ सहरको नजिक आइपुगेँ । गाउँमाभन्दा म अझ ठूलो सिर्जनाको खानी हुनेभए भनेर उत्साहित भएँ । अरूभन्दा नि काठमाडौँजस्तो राजधानीमा बस्ने सहरियाको सङ्गतले मैले केही सिक्न पाउँछु भन्ने लाग्यो ।”

    “सहर आएपछि मेरो शरीर ढल र मलले ढाक्यो । पानीमा नुहाउने, धुवाउने त कताकता, मेरो नजिक आएपछि मान्छेहरू नाक थुन्दै हिँड्न थाले । देवीको रूपमा पूजा गर्ने मान्छेले नै मलाई किन यस्तो गर्‍यो ? मभित्र अथवा पानीमा सिर्जना गर्ने जीव खोइ कहाँबाट छुटे ? म सोचमग्न छु ।”

    का.म.पा ६ सिमलटार ।
    (रचना मिति: २०८० मङ्सिर २१ गते )

    २)
    लघुकथा: श्रीमती

    ✍️ तुलसी पण्डित
    “परिवारको नाममा मेरी एक आमा हुनुहुन्छ । विवाहपछि उहाँलाई माया गर्ने भए म तिमीसँग विवाह गर्छु । माया नगर्ने भए म तिमीसँग विवाह गर्न सक्दिनँ ।”
    “हजुरले यो के भन्नुभएको ? घरमा पालिएको कुकुरको त कति माया लाग्छ, झन् आमा । म माया नगरौँला र । ती आमा पनि मेरी आमा नै हुन् ।”

    धनेलाई चित्त बुझ्यो । धने र तिलमाया बिच विवाह भयो । ती जोडी अति नै मिल्थे । आमालाई पनि दुवैले अति माया गर्थे ।

    केही समयपछि धने एक बिहानै काम छ भन्दै बाहिर गयो । जानेबेलामा धनेले भन्यो ।
    “हेर तिलमाया ! म अहिले केही साथीहरुलाई भेटेर आउँछु । म आएपछि खाना खाएर तिमी र म बाहिर घुम्न जाउँला ?

    “हस् हुन्छ ।”

    धने घर आउन ढिला भयो । बुहारीले आमालाई भात खान दिइन् । आफू धनेको प्रतीक्षामा भोकै बसिन् ।

    दिउँसोको बाह्र बजेको थियो, घर हल्लायो । एकैचोटी घर लड्यो । आमा र तिलमाया घरभित्र पुरिए । धने हस्याङफस्याङ गर्दै घर आयो । हेर्छ घर भित्र आमा र श्रीमती पुरिएका । ऊ रुन कराउन थाल्यो । बाटोमा हिड्दै गरेका उद्दार टोली आए । दुवैको खुट्टा बाहिर देखिएको थियो । उद्दार टोलीले ‘ पहिले बुढीमाउलाई निकालौँ भन्दै सबै कुरा पन्छाउन थाले । धनेले गएर छेक्यो ।

    “किन छेकेको ? आमा जिउँदै हुनुहुन्छ । हामी उहाँलाई चाँडै गरेर निकाल्छौ । एक घण्टामा सहजसँग निकाल्न सकिन्छ ।”

    उसले श्रीमती तिलमायालाई देखाउँदै भन्यो- “एक घण्टाामा ऊ मर्न सक्छे । पहिले उसलाई निकाल्नु न !”

    ३) लघुकथा: निर्णय

    ✍️ सुनिता निरौला पौडेल
    “घाम यति माथिसम्म आउँदा नि नउठ्या ! यो केटीको के चाला हो ?” आमाले छोरीमाथि रोष प्रकट गर्दै भन्नुभयो ।

    “आमा ! राति अबेरसम्म निन्द्रा लागेन । बिहानीपखमात्र आँखा झ्याप्प लाग्यो, एकैछिन सुत्न दिनु न !” छोरी अझै कोल्टे फर्केर सुतिन् ।

    “यसरी अबेरसम्म सुत्नेले के गरी घर खालान् ! के के न गर्छु भन्छे, खै ? पत्यारै लाग्नछाडिसक्यो मलाई त !” आमा निराश अनुहार लिएर भान्सातिर पस्नुभयो ।

    ‘आँफूखुसी सुत्न र उठ्न पनि नपाउनु ? अब त म बुझ्ने भइसकेँ । केही गर्छु पनि भनिरहेको छु; बुझ्दै बुझ्नुहुन्न आमाले । यसरी म कति दिनसम्म साँगुरिएर बस्ने ?’ मनमनै सोच्न थालिन् उनी । र, साथीहरूसँग फोनबाट कुराकानी गरेर बाहिर जाने विचार गरिन् ।

    “आमा, म अब बाहिर जाँदैछु । भोलिको टिकट छ ।” भन्दै गर्दा “किन जानुपर्‍यो, विदेश छोरी ? कसरी यति छिटो निर्णय गर्‍यौ ?” कारुणिक शब्दले भन्नुभयो आमाले ।

    “मैले के गर्दा राम्रो, के गर्दा नराम्रो हुन्छ भन्ने आफ्नो निर्णय आफैँ गर्नसक्ने भएँ आमा ।” भनेर घरबाट बिदा भइन् । उहाँले आँखाभरि आँसु टिलपिल पार्दै भित्र पस्नुभयो ।

    भक्तपुर : राधे राधे, निकोशेरा ।
    २०८० – ०९ – ०४ गते ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on साताका तीन लघुकथा- ४७

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P