साताका तीन लघुकथा हिमालयन दृष्टि र नमस्ते आधुनिक लघुकथा मञ्च बिचको सहकार्यमा सञ्चालित साप्ताहिक स्तम्भ हो । यस स्तम्भमा नमस्ते आधुनिक लघुकथा मञ्चको भित्तोमा साताभर प्रेषित लघुकथाहरू मध्ये मञ्चले छानेर पठाएका उत्कृष्ट तीन लघुकथाहरू प्रकाशन हुने गर्दछन् ।
यस साताको (४७औँ) शृङ्खलाका लागि लघुकथाकार रामकुमार पण्डितको लघुकथा ‘गाउँसहर’, लघुकथाकार तुलसी पण्डितको लघुकथा ‘श्रीमती’ र लघुकथाकार सुनिता निरौला पौडेलको लघुकथा 'निर्णय’ उत्कृष्ट तीनभित्र परेका छन् ।
१) लघुकथाः गाउँसहर
✍️ रामकुमार पण्डित चोभारको ठूलो ढुङ्गामा पुगेर बागमतीको पानी ठोक्कियो । नदीको प्रवाहको चपेटामा परेर ढुङ्गाको ठाउँठाउँमा खोपिल्टो थियो । त्यो खोपिल्टोमा थोरै पानी रोकियो । ढुङ्गाले त्यही मौकामा भन्यो- “आफ्नो खबर सुनाउनु न पानीजी !”
त्यो एकमुठी पानीले भन्न सुरु गर्यो- “जब म गाउँको छेउबाट बग्दैथिएँ, गाउँका मान्छेहरूले मेरो पानीले नुहाए, धुहाए, कसैकसैले पिए पनि । गार्गीमा भरेर घर लैजाने महिलाहरू त कति कति ।”
त्यति नै बेला नदीको बिचमा छप्लाङ्ग गर्यो । चोभारको झोलुङ्गे पुलबाट बालकले एउटा गिट्टी फालेछ । त्यो सुनेर दुवैले आवाज आएतिर ध्यान दिए । वास्तविकता बुझेपछि ढुङ्गाले भन्यो- “अनि त्यसपछि के भयो ? सुनाउनु न !”
“मेरो बदन सफा थियो । मभित्र माछा, भ्यागुता आदि जीवले सिर्जना गर्दथे । किसानले सिँचाइ गर्दथ्यो । म बडो आनन्दित हुँदै बहदै आएँ । धेरै बहेपछि काठमाडौँ सहरको नजिक आइपुगेँ । गाउँमाभन्दा म अझ ठूलो सिर्जनाको खानी हुनेभए भनेर उत्साहित भएँ । अरूभन्दा नि काठमाडौँजस्तो राजधानीमा बस्ने सहरियाको सङ्गतले मैले केही सिक्न पाउँछु भन्ने लाग्यो ।”
“सहर आएपछि मेरो शरीर ढल र मलले ढाक्यो । पानीमा नुहाउने, धुवाउने त कताकता, मेरो नजिक आएपछि मान्छेहरू नाक थुन्दै हिँड्न थाले । देवीको रूपमा पूजा गर्ने मान्छेले नै मलाई किन यस्तो गर्यो ? मभित्र अथवा पानीमा सिर्जना गर्ने जीव खोइ कहाँबाट छुटे ? म सोचमग्न छु ।”
का.म.पा ६ सिमलटार । (रचना मिति: २०८० मङ्सिर २१ गते )
२) लघुकथा: श्रीमती
✍️ तुलसी पण्डित “परिवारको नाममा मेरी एक आमा हुनुहुन्छ । विवाहपछि उहाँलाई माया गर्ने भए म तिमीसँग विवाह गर्छु । माया नगर्ने भए म तिमीसँग विवाह गर्न सक्दिनँ ।” “हजुरले यो के भन्नुभएको ? घरमा पालिएको कुकुरको त कति माया लाग्छ, झन् आमा । म माया नगरौँला र । ती आमा पनि मेरी आमा नै हुन् ।”
धनेलाई चित्त बुझ्यो । धने र तिलमाया बिच विवाह भयो । ती जोडी अति नै मिल्थे । आमालाई पनि दुवैले अति माया गर्थे ।
केही समयपछि धने एक बिहानै काम छ भन्दै बाहिर गयो । जानेबेलामा धनेले भन्यो । “हेर तिलमाया ! म अहिले केही साथीहरुलाई भेटेर आउँछु । म आएपछि खाना खाएर तिमी र म बाहिर घुम्न जाउँला ?
“हस् हुन्छ ।”
धने घर आउन ढिला भयो । बुहारीले आमालाई भात खान दिइन् । आफू धनेको प्रतीक्षामा भोकै बसिन् ।
दिउँसोको बाह्र बजेको थियो, घर हल्लायो । एकैचोटी घर लड्यो । आमा र तिलमाया घरभित्र पुरिए । धने हस्याङफस्याङ गर्दै घर आयो । हेर्छ घर भित्र आमा र श्रीमती पुरिएका । ऊ रुन कराउन थाल्यो । बाटोमा हिड्दै गरेका उद्दार टोली आए । दुवैको खुट्टा बाहिर देखिएको थियो । उद्दार टोलीले ‘ पहिले बुढीमाउलाई निकालौँ भन्दै सबै कुरा पन्छाउन थाले । धनेले गएर छेक्यो ।
“किन छेकेको ? आमा जिउँदै हुनुहुन्छ । हामी उहाँलाई चाँडै गरेर निकाल्छौ । एक घण्टामा सहजसँग निकाल्न सकिन्छ ।”
उसले श्रीमती तिलमायालाई देखाउँदै भन्यो- “एक घण्टाामा ऊ मर्न सक्छे । पहिले उसलाई निकाल्नु न !”
३) लघुकथा: निर्णय
✍️ सुनिता निरौला पौडेल “घाम यति माथिसम्म आउँदा नि नउठ्या ! यो केटीको के चाला हो ?” आमाले छोरीमाथि रोष प्रकट गर्दै भन्नुभयो ।
“आमा ! राति अबेरसम्म निन्द्रा लागेन । बिहानीपखमात्र आँखा झ्याप्प लाग्यो, एकैछिन सुत्न दिनु न !” छोरी अझै कोल्टे फर्केर सुतिन् ।
“यसरी अबेरसम्म सुत्नेले के गरी घर खालान् ! के के न गर्छु भन्छे, खै ? पत्यारै लाग्नछाडिसक्यो मलाई त !” आमा निराश अनुहार लिएर भान्सातिर पस्नुभयो ।
‘आँफूखुसी सुत्न र उठ्न पनि नपाउनु ? अब त म बुझ्ने भइसकेँ । केही गर्छु पनि भनिरहेको छु; बुझ्दै बुझ्नुहुन्न आमाले । यसरी म कति दिनसम्म साँगुरिएर बस्ने ?’ मनमनै सोच्न थालिन् उनी । र, साथीहरूसँग फोनबाट कुराकानी गरेर बाहिर जाने विचार गरिन् ।
“आमा, म अब बाहिर जाँदैछु । भोलिको टिकट छ ।” भन्दै गर्दा “किन जानुपर्यो, विदेश छोरी ? कसरी यति छिटो निर्णय गर्यौ ?” कारुणिक शब्दले भन्नुभयो आमाले ।
“मैले के गर्दा राम्रो, के गर्दा नराम्रो हुन्छ भन्ने आफ्नो निर्णय आफैँ गर्नसक्ने भएँ आमा ।” भनेर घरबाट बिदा भइन् । उहाँले आँखाभरि आँसु टिलपिल पार्दै भित्र पस्नुभयो ।
भक्तपुर : राधे राधे, निकोशेरा । २०८० – ०९ – ०४ गते ।
( छोटो समयमा मनोभाव व्यक्त गर्न सकिने नयाँ नेपाली साहित्यिक प्रविधा “झिल्का” भनेको नौ शब्दको कविता। प्रत्येक हरफमा तीन तीन शब्द, पहिलो हरफले उठान, दोश्रो हरफले व्याख्यान र तेश्रो हरफले समापन गर्छ । पहिलो र तेश्रो हरफमा अन्त्यानुप्रास हुनु अनिवार्य छ । - गुणनिधी घिमिरे )
१) सााहित्यिक मनका आँखाहरूले छर्लङ्ग उज्यालो बनाउन्, हाम्रा झिल्काका भाखाहरूले ! २) न्यायलाई बुई बोकेर सुन्दर समाज बनाऊँ, अन्यायलाई व्यङ्ग्य ठोकेर ! ३) अर्काकै मात्र भरमा परेर देश बिग्रियो, अचेतन् नेताका करमा ! ४) जाग युवा जाग प्रगति धेरै गर्नलाई, सुमार्ग छानेर लाग ! ५) धुलो मैलोले भरियो रमाइलो हाम्रो आँगन, बेवास्ता किन गरियो ? ६) शान्ति व्यवस्था ल्याउन देशको मुहार फेर्नलाई, युवाले सक्छ भ्याउन ! ७) आगोको झिल्का लप्कामा होसले कर्म नगरे, खाइदेला एकै झप्कामा ! ८) झिल्कामा फाल हालेर सत्यको बाजी जितौँला, फोहर कर्तुत् फालेर ! ९) कसैको प्रशंसा पर्दैन जाँगर आँट गरौँला अल्छेले केही गर्दैन ! १०) बाँधेर संसारी मायाले कर्तव्य कर्म बिर्सेला, छाड्ला आफ्नैँ छायाँले । ✍️ गुणनिधि घिमिरे अमेरिका
“पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग: चौहतरौऔंमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा पञ्चाङ्ग लेख्नु हुन् हार्दिक अनुरोध छ: अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्ता पछिको भाग :-७४ ——————————-
विधा :- पञ्चाङ्ग अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला मिति:- २०८०/०९/०२गते बुधबार बेलुका ०९ बजेसम्म पञ्चाङ्ग वा समपञ्चाङ्ग पठाउनु हुन् अनुरोध छ। ……………………………………….
प्रशिक्षक:- …………… गुणनिधि घिमिरे घनश्याम पौडेल तोयानाथ सुवेदी ……………………… भाषा शुद्धीकरण:- ———– जमुना आचार्य भवानी घिमिरे पुष्पा नेपाल सुवेदी
अक्षर सङ्ख्या:- [बराबरी] अनुप्रास :- आफुखुसी स्थायी :- अनिवार्य
पञ्चाङ्ग:०१ हरिको चरण पर्नु छ। भजन किर्तन गर्नु छ। जीवनमा खुसी ल्याउन, ज्ञानको प्रकाश छर्नु छ। भक्तिको मार्गमा सर्नु छ। सुशीला पौडेल
पञ्चाङ्ग:०२ नीति सिद्धान्त मानेर अघि बढ्नु छ। भक्ति मार्गमा जानेर अघि बढ्नु छ। सबल,सक्षम बन्नको लागि सधैँ, जगत आफ्नो ठानेर अघि बढ्नु छ। शक्तिमा ध्यान तानेर अघि बढ्नु छ। ह्यारिस
पञ्चाङ्ग :०३
नीति_सिद्धान्तहरू सधैँ मानेर चल्नुपर्छ। सुख दुःख एकै हो सधैं जानेर चल्नुपर्छ। मौसम बदलिए रहने निरन्तरतामा पल, भागदौड जिन्दगी सधैं तानेर चल्नुपर्छ । मन तरङ्गित पाइला धानेर चल्नुपर्छ । कार्की डिबी माकुम सुनवल-४, नवलपरासी
पञ्चाङ्ग:०४
छोटो छोटो सास तानेर हिँड्नुपर्छ यहाँ। असल खराब छानेर हिँड्नुपर्छ यहाँ। बढ्नुपर्नेे विश्वास दिनदिनै घट्नेे गर्छ, ढुंगा भगवान मानेर हिँड्नुपर्छ यहाँ। आफ्नै मनलाई जानेर हिँड्नुपर्छ यहाँ ।
होम प्रसाद नेउपाने धरान,सुनसरी ।
पञ्चाङ्ग:०५ गुनासो गर्नु भन्दा चुप लागेर बस्नै बेस। पछुतो पर्नु भन्दा दुर भागेर बस्नै बेस। स्वतन्त्र भएर जिउनु पनि आलम्बना हो, जिउँदै मर्नु भन्दा खुब जागेर बस्नै बेस। पौन नै हर्नु भन्दा आड मागेर बस्नै बेस।
✍️अच्युत घिमिरे, सर्पाङ, भुटान🇧🇹
पञ्चाङ्ग:०६
याद तिम्रै छायाँ बनेर मेरो साथ धाउँछ ममा। छुँदाखेरी रुप तिम्राे फेरि कता हराउँछ ममा। खै किनकिन मनमा अनेक कुरा खेलिरहँदा, बिर्सुँ भन्छु पलपल तिम्रै कल्पना आउँछ ममा। गर्न खाेज्छु केही काम तिम्रै झल्काे छाउँछ ममा।
उर्मिला के.शी. धनकुटा
पन्चाङ्ग:०७ नीति र सिद्धान्त सानाले मान्नै पर्छ यहाँ। ठुलाले सकेजती साना हान्नै पर्छ यहाँ। जीवन जिउनुको मजा यहि त रहेछ, आफन्त पैसावाललाई छान्नै पर्छ यहाँ । आफ्ना सोरेर मिलाउन जान्नै पर्छ यहाँ । कमला देवकोटा, पाल्पा
पञ्चाङ्ग :०८
यहाँ जानीजानी ठूलाले सानालाई चैँ मिच्ने रहेछन्। दुनियाँ आँखा छल्दै डोनेसन उठाई घिच्ने रहेछन्। बोली धर्म न चलनको आफैँ ठूलो बनेर रहेका, नबुझेको छ भने अत्याचार मात्रामा थिच्ने रहेछन् । आँखा चिम्लेर आफू अघि सर्दै सबैले किच्ने रहेछन्।
बेदु न्यौपाने ✍️🇳🇵
पञ्चाङ्ग :०९
शान्तिका दुत मान्दछौ तिमीलाई । धर्म पालक छान्दछौ तिमीलाई । अशान्तिकाे छिमाेलेर सारा हाँगा , ज्ञानी बुद्ध याे जान्दछौँ तिमीलाई । भगवान् रुप ठान्दछौ तिमीलाई ।
भवानी घिमिरे सर्लाही ।
पञ्चाङ्ग:१० आँसु बनेर दुःख बग्दछ टुटे पछि तन मेरो। इमान्दारिता अङ्गाल्नेको दुःखेको छ नि मन मेरो। संघर्षको संसारमा कर्म हराउन थाल्यो सधैं जाने मृत्यु पश्चात खाली ठूलो नठानौ धन मेरो। मातृभूमी छोडेर बसाईँ सर्न थाले जन मेरो। सुस्मिता अधिकारी ,काठमाडौँ
पञ्चाङ्ग:११ मान्छेले तँछाडमछाड गरेर हुल गरे बाबै। आफुले आफैंलाई श्रेष्ठ ठानेर भुल गरे बाबै। नत्र त ढुङ्गालाई देउता मानी किन पुज्नुपर्थ्यो, ज्ञानओझेल पारी घमण्डलाई मुल गरे बाबै। विश्वासलाई पनि छिद्र पारेर झुल गरे बाबै। -पशपती राई खोटाङ ।
झिल्का एक नवीनतम, लघुतम प्रयोगवादी काव्य विधा हो । जुन तीन हरफको हुन्छ । प्रत्येक हरफमा ३/३ शब्द हुने गर्दछ्न् । एउटा कवितामा जम्माजम्मी ९ शब्दहरू हुन्छन् । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले बिस्तार र तेस्रो हरफले भावलाई उत्कर्षमा पुर्याउँदै समापन गर्दछ । झिल्काको पहिलो र तेस्रो हरफको अन्त्यानुप्रास मिलेको र दोस्रो हरफ स्वतन्त्र रहेकोे हुन्छ । झिल्कामा विम्व, प्रतीकको प्रयोग गर्दै कुनै पनि विषयवस्तु माथि चोटिलो प्रहार गर्न सकिन्छ ।
वसन्त अनुभवका उत्कृष्ट झिल्का कविताहरू-
१) जीवन सारा जगत सम्झेर ल्याउँदा हजुर, लाग्दैछ आज फगत ! २) आकाश धर्ती सबमा एकमात्र तिमी पियारी, अमूल्य सारा जगमा ! ३) नशालु तिम्रो नजर पलपल मलाई तान्दैछ, लोभलाग्दो त्यो अधर ! ४) उज्यालो जुनेली रातमा हातमा हात राखेर, भुलियो मायाको साथमा ! ५) गाजा भाङ चरेस हानिकारक हुन्छ जीवनमा, नखानू कहिल्यै हरेश ६) जानेर या नजानेर ऊ भइदियो टाढा मुटुमा छुरा हानेर ! ७) स्वार्थीको छ धुइरो मुहारमा कुटिल मुस्कान हातमा छ सुइरो ! ८) मायामा विष भरेर हिड्यो ऊ सुटुक्क आँखामा नहर खनेर ! ९) चिसो अन्धकार रातमा झुम्दैछन् मदहोस मान्छेहरू आआफ्नै सुर मातमा ! १०) सडक र सदन नेताहरू सबै कलाकार मुना र मदन ! ११) आमालाई दिएर घात मख्ख छन् राष्ट्रप्रेमीहरू गरेर युवा निर्यात ! १२) परेपछि घमण्डको छिर्को उचितअनुचित हेक्कै नहुने लागेपछि बुद्धिमा बिर्को ! १३) राखेर मलाई क्षोभमा हाँस्दै गयौ निष्ठुरी परेर धनको लोभमा ! १४) कतिबेला पस्यौ सुटुक्क थाहै नदिई मलाई दिलमा बस्यौ सुटुक्क ! १५) शब्द शब्द जोखेर हिँड्छन् छ्द्मभेषी स्यालहरू मुखमा मह बोकेर ! १६) नदेखाऊ धेरै कमाल इज्जत पर्दैछ धरापमा आफ्नो लँगौटी समाल ! १७) लखेटी युवा खाडीमा मस्त छन् हजुरबाहरू चढेर अर्बौँको गाडीमा १८) खोलेर कुरा कम्पनी बाँड्दैछन् रोजगार नेताहरू बन्नेछ देश धनी । १९) लोग्ने परदेश खाडीमा भताभुङ्ग भयो घरबार स्वास्नी नाठोको गाडीमा ! २०) लाग्दैछ कुक्क बाँडुली धेरै भयो नदेखेको सम्झ्यौकि ए ! ठुली ? २१) कोसौँको दूरी चलेर भेट्न आउँदैछु सुटुक्क सासुकी छोरी छलेर ! २२) छातीमा हात राखेर धरोधर्म धोका दिनेछैन कसम देउता भाकेर ! २३) बनायौ नोकर भान्छे जोत्यौ, म जोतिइरहेँ जिउँदै मरेको मान्छे ! २४) हाँसो, रोदनको मूल रहेछ जिन्दगी आखिर छाङ्गो भिरको फूल ! २५) दिलकी रानी सम्झिएँ एयरपोर्ट जस्तै तिमीलाई सुनको खानी सम्झिएँं ! २६) अजङ्गको पिर छातीमा बोकेर हिँड्दैछ लगातार, तिखिलो झिर छातीमा ! २७) आँखामा बोकी असार छातीमा उस्तै ज्वालामुखी, जलेको ध्वाँसो अङार ! २८) वचनको किलो गाडेर अचानक गई निष्ठुरी, सम्बन्ध सारा भाँडेर ! २९) दुनियाँका कान भर्दै हिड्दैछे मोरी अचेल एकपछि अर्को गर्दै ! ३०) माया गर्छु तिमीलाई ख्याल ठट्टा नठान्नू, नपाए मर्छु तिमीलाई ! ✍️ वसन्त अनुभव घोराही उपमहानगरपालिका १४, दाङ
काठमाडाैँ, छैटाैँ राष्ट्रिय झण्डा दिवसकाे अवसर पारेर टुक्का साहित्य समाजकाे आयाेजना २०८० पाैष १ गते “मेराे राष्ट्रिय झण्डा” विषयक टुक्का कविता लेखन श्रृङ्खला १०४ सम्पन्न भएकाे छ ।
टुक्का साहित्य समाजका अध्यक्ष ताराप्रसाद चापागाईँकाे संयाेजकत्वमा सञ्चालन भएकाे उक्त कार्यक्रममा नेपाल, भारत लगायत विश्वका विभिन्न स्थानबाट ७६ जना टुक्काकारहरूकाे सहभागिता रहेकाे थियाे । भर्च्युअल माध्यमबाट सञ्चालन भएकाे उक्त कार्यक्रमकाे प्रशिक्षण अध्यक्ष चापागाईँले नै गर्नु भएकाे थियाे भने सहभागीहरूले ” मेराे राष्ट्रिय झण्डा ” विषयमा केन्द्रित भई चाेटिला टुक्का कविताहरू सिर्जना गरेकाे थिए ।
टुक्का साहित्य समाजले विशेष अवसरहरूमा विशेष टुक्का कविता लेखन कार्यक्रमहरू सञ्चालन गर्नुकाे साथै अन्य विभिन्न किसिमका नियमित अभ्यासका कार्यक्रम तथा नियमित प्रशिक्षणहरू समेत सञ्चालन गर्दै आएकाे छ ।
कार्यक्रमकाे समापन गर्दै अध्यक्ष/ प्रशिक्षक चापागाईँले वि.सं.२०१९ पाैष १ गते नेपालकाे झण्डालाई संयुक्त राष्ट्रसंघमा अङ्गीकृत गरिएकाे थियाे । राष्ट्रिय धराेहर संरक्षण प्रतिष्ठानकाे आव्हानमा २०७५ सालबाट शुरु गरिएकाे राष्ट्रिय झण्डा दिवस हरेक वर्ष पाैष १ गते विविध कार्यक्रमका साथ मनाइदै आएकाे छ । राष्ट्रियता र राष्ट्र प्रेमकाे जागरकाे प्रतिककाे रुपमा नेपालकाे झण्डा दिवसकाे विशेष महत्व रहेकाे कुरा व्यक्त गर्नु भएकाे थियाे । साथै छैटाै राष्ट्रिय झण्डा दिवस २०८० काे अवसरमा शुभकामना व्यक्त गर्दै कार्यक्रममा सहभागी भएर सुन्दर टुक्का कविताहरू सिर्जना गर्ने सम्पूर्णलाई धन्यवाद व्यक्त गर्नु भएकाे थियाे ।
उक्त कार्यक्रममा सङ्कलन गरिएका केही टुक्का कविताहरू [१] १. चन्द्र सूर्य चम्किएकाे छेउमा निलाे घेराे आफ्नाे ङण्डा यही छ सान छैन अरू मेराे । २. इज्जत इमान जमिन नदी मिलेरै बेच्याै नेताहरू धर्म संस्कृति जनता बेच्याै याे झण्डा छ बाँकी छैन अरू । ✍️ ताराप्रसाद चापागाईँ धुनिबेसी [२] १. झुक्न दिन्नँ मेरो झन्डा मेरो देशको सान अटल, अमर, दृढ छ मेरो स्वाभिमान । २. यही झन्डाकै सुरक्षार्थ कति निभे ज्योति देशका होनहार सपूत हिरा र मोती । ✍️ वसन्त अनुभव घोराही उपमहानगरपालिका १४, दाङ [३] १. झण्डा हाम्रो देशकै शान, हाम्रै देशको गर्व लिएर अघि बढौँ यसलाई हरेक पर्व । २. विश्वभरिमा अनौठो छ मात्रै झण्डा हाम्रो यो भन्दा झण्डा कुन छ र संसारमा राम्रो । ✍️ राजेशराज गड्तौला कॅाडाघारी, काठमाण्डौँ [४] १. निलो रोगन छ किनारा भुइँमा रातो राम्रो सबले बोकौँ चन्द्र सूर्य अङ्कित झन्डा हाम्रो। २. झन्डा हाम्रो संसारभरि सबले सक्छन् चिन्न चन्द्र सूर्य रहेसम्म रहन्छ देश अभिन्न । ✍️ रामशरण न्यौपाने भक्तपुर [५] चन्द्र सूर्य अङ्कित झण्डा देशको पहिचान आफ्नै मौलिकताले बढाएको विश्वमा सान। ✍️ पुष्पा राई खाेटाङ। [६] चन्द्र सूर्य फर्फराएको यो झण्डा मुनि नेपाल हाम्रो देश नेपाली भाषा भिन्न भिन्नै लगाउँछन् भिन्नता छ राम्रो भेश। ✍️ बेदु न्यौपाने काठमाडाैँ [७] चन्द्र सूर्य अङ्कित देशको महान् झण्डा हुनुपर्छ सबै हातमा एकै झण्डा भए देशको हित गर्छ। ✍️ सुरेशकुमार पाण्डे घोराही १८ दाङ [८] सूर्य चन्द्र अङ्कित झण्डा, हाम्रो देशको सान राष्ट्रिय चिन्हहरूकाे हामी राखौँ सधैँ मान। ✍️ शोभा आचार्य गौतम काठमाडौँ [९] १ चन्द्र सूर्य अङ्कित निलो किनाराको झण्डा रातो त्रिकोणात्मक झण्डा देखि जान्छ रे वैरीको सातो । २ सगर्व उठाऔँ यो रातो झण्डा जप्दै देश नेपाल फहराउ हाम्रो निशान तराई पहाड हिमाल । ✍️ ध्रुव श्रेष्ठ हाल काठमाडौँ । [१०] १. तिनकुने आकारको हाम्रो झण्डा फरर घुम्न आउने पर्यटक यानमा सरर । २. रातो भूइँ निलो छेउ खुर्पे चन्द्र बिचमा भएको बाह्र कुना सूर्य बोकी विश्वकै एक हुन गएको । ✍️ जमुना आचार्य सिन्धुपाल्चोक [११] १. राष्ट्रिय झण्डा हाम्रो उँचो शान नेपालीको गर्विलो पहिचान । २. राष्ट्रिय झण्डाको राखौं मान झण्डा हो हाम्रो जङ्गी निशान । ✍️ रचना मोक्तान “यात्री” नमोबुद्ध न.पा.-५, काभ्रे । [१२] १. राष्ट्रिय झण्डा हो ,राष्ट्र कै गौरव चिनारी चन्द्र र सूर्य झलमल बल्छन् वारिपारी । २. नेपालीको सान मान विश्वमा उचालेको छ पहिचान सूर्य-चन्द्र अङ्कित रहेसम्म चलिरहन्छ गुनगान । ✍️ होम प्रसाद नेउपाने धरान, सुनसरी । [१३] १, मेरो राष्ट्रिय झण्डा, चन्द्र सूर्य अङ्कित देशको लागि लड्छु, सबै हुन्छ शङ्कित। २. झण्डा बोकेर हिड्छु, विश्व साराभरि अखण्ड नेपालको, समाचार गरि । ✍️ एवाइ प्रभात सहिदभूमि छेन्ताङ धनकुटा [१४] १. चन्द्र अनि सूर्य अङ्कित झण्डा प्यारो छ मलाई गाेलबद्ध भए यो ध्वजा मुनि सबैको भलाई । २. त्रिकोण झण्डा शान्तिकाे रङ्ग घेरामा राखेको घेरेर पुर्खाकाे इतिहास, प्रकृति देशको, बस्छु म हेरेर । ✍️ रामप्रसाद पुरी बादेल, खाेटाङ । [१५] चन्द्र सूर्य अङ्कित झन्डा हाम्रो देशको सान राख्छ गोर्खालीको विश्वमा यसले सधै मान । ✍️ बुद्धिमान दनुवार (सुरुङ्गेली कान्छो ) कनकाई ४ झापा [१६] १. राष्ट्रिय झण्डा सच्चा हृदयले बोकौँ भ्रष्टाचारीलाई नमस्कार न ठोकौँ । २. विश्व बन्धुत्व सबै मिलेर जसरी नि बढाऊँ सच्चा मानव जहाँको भए नि फूल नै चढाऊँ । ✍️ पवन कुमार बुढाथेाकी काठमाडौँ [१७] त्रिकोणात्मक झण्डा नेपालको सान एकता हुनु नेपालीको पहिचान। ✍️ म्यामराज राई भाेजपुर [१८] १. जाग उठ युवा हो, देश बनाऊ झण्डाले याे बोल्दछ, हात बढाऊ। २. झण्डा हो यो, वीर शहीदले बोकेको दुश्मनलाई हेर, यसले रोकेको । ✍️ पदमा शर्मा ‘आँचल’ कालाचिनी, भारत [१९] विश्वमा फरक आकृति भएको झण्डा मात्र हाम्रो त्रिकोणात्मक आकारमा चन्द्र, सूर्य देखिन्छ राम्रो । ✍️ रुना कर्माचार्य दाहाल चितवन [२०] १. चन्द्र सूर्य अङ्कित हाम्रो तीन कुने झन्डा अत्यन्तै सुहाउने राजमुकुट र डन्डा । २. जति सुन्यो कमी लाग्ने त्यो वीरताको गाथा छिमेकीको पेलाइमा गरम बन्छ माथा । ✍️ प्रदीप के रिमाल इटहरी, सुनसरी। [२१] १. हिमालको काखबाट झर्नाहरू झर्झराउछ मेरो राष्ट्रिय झण्डा कति राम्ररी फर्फराउछ । २. सगरमाथा झैँ ठाडो शिर झुकाउनु हुन्न कहिले शत्रुहरुलाई परास्त गर्ने अठोट राख्नु जहिले। ✍️ अम्बिका गिरी बिराटनगर [२२] सूर्य चन्द्र हाम्रो देशको पहिचान अनि सान हामी जहाँ जान्छौ नेपालको राख्छ यसले मान । ✍️ दुर्गा आचार्य मोरङ [२३] मेरो देश विश्व सामु चिनाउने एक झण्डा हो शान यो नेपाली माटोमा जन्मिनु सौभाग्य अनि वरदान। ✍️ विक्रम तिरुवा ‘सलिन’ जुम्ला [२४] चन्द्र र सूर्य अङ्कित झण्डा हाम्रो नेपालकै सान सदा ठडिएर फर्फराओस् अनि बोकोस् पहिचान । ✍️ प्रेम थापा “मन” बागलुङ [२५] १. त्रिकोण आकार छ अनि रङ्ग पनि तीन चम्कदैछ चन्द्र अनि सूर्यको गति लिन। २. राष्ट्रिय झण्डाले राखेको छ विश्वमा नाम देशको शिर उच्च पार्न गरौ मिलि काम। ✍️ सुस्मिता अधिकारी काठमाडौँ [२६] १. मेरो देशको झन्डा हाे हाम्रो पहिचान सुरक्षित रहुन् माटो, गरौँ अभिमान। २. देशको शान देशको मान झण्डा फहराउनु देशको अन्न, लिएर आफ्नो कर्म लहराउनु। ✍️ माेति सुब्बा दार्जिलिङ भारत। [२७] १. चन्द्र, सूर्य अङ्कित राष्ट्रिय झण्डा मेरो यति राम्रो झण्डा अन्त छैन सेरोफेरो । २. राष्ट्रिय झण्डा हामी नेपालीको निसान राष्ट्रको उन्नतिमा लम्कौँ सारा किसान । ✍️ कृष्णकुमार वैद्य बनेपा ९, काभ्रे [२८] १. रातो र निलो रङ्ग सूर्य चन्द्र अङ्कित झण्डा हो हाम्रो गर्व गरि उचाली राखौँ देखिएको छ विश्वमा राम्रो। २. चर्चा परिचर्चा जताततै चलेको छ सेरोफेरो कहिल्यै नझुक्ने अतुलनीय राष्ट्रिय झण्डा मेरो। ✍️ अनुग्रह राना मगर ‘पुष्प’ पाँचखपन नपा – ६ संखुवासभा । [२९] १. यो देशको झण्डा उच्च रहोस् मनमा देशको मान भरोस् । २. मेरो झण्डा देशको शान मेरो यो झण्डा कति मान । ✍️ नीमा छिरिङ भोटिया जलढका कालेबुङ [३०] १. नेपालको गौरव हो यो राष्ट्रिय झन्डा दुई त्रिकोण आकारमा छ लामो डन्डा। २. चन्द्र सूर्य अङ्कितले शासक पहिचान बहादुर दृढताले रिपु मर्दन मान । ✍️ कमला देवकोटा पाल्पा [३१] १. त्रिकोणात्मक चन्द्र, सूर्य अङ्कित झण्डा नेपालीकाे पहिचान स्वाभिमानी नेपालीको विश्वमा युगान्तकारी सधैँभरि सान। २. नेपालकाे झण्डा पृथक छ विश्वभरि फरफराउनु छ झण्डा गौरव गरि । ✍️ राज कुमार राजभण्डारी “खाेटाङ्गे” मध्यपुर ठिमी-५ संगम काेलाेनी भक्तपुर । [३२] १. नेपालीको सान उँचो र एउटा तेस्मा डन्डा चन्द्र सूर्य अंकित प्यारो मेरो राष्ट्रिय झन्डा । २. रगत जस्तै रातो पृष्ठ छेउमा किनारा निलो झण्डाकाे साथ गर्व गर्ने नेपाली छाती जाेसिलाे । ✍️ उमा दाहाल शुन्दरहरैँचा -१० मोरङ [३३] चन्द्र सूर्य निशानी गौरवशाली झन्डा हाम्रो वीरता र शान्ति दर्साउने रङ्ग झनै राम्रो। ✍️ भुपेन्द्र राना मगर धादिङ [३४] १. बाघको डमरू जस्तै नखाने सिनो राष्ट्रिय झण्डा हाम्रो वीरताको चिनो । २. लालीगुराँस फूलेर वनैभरि ढाकेको यो हाम्रो राष्ट्रिय झण्डा फहराई राखेको । ✍️ डम्बर थामी ‘ अनुपम ‘ कालिन्चोक गा.पा.-६, दोलखा । [३५] राष्ट्रिय झण्डा देशभक्त नेपालीको सान विश्व सामु नै अटल छ हाम्रो स्वाभिमान । ✍️ दुर्गा भट्टराई मोरङ [३६] माया गरे जस्तो लाग्यो सबले टुक्का लेख्दा मनै आज आनन्द भयो हाम्रो झण्डा देख्दा । ✍️ हिमा आर.सी मेहेलकुना सुर्खेत [३७] १. मेरो देशलाई अङ्कित गर्ने मेरै देशको सान जानी राख किन संसारभरि सबैले गर्छन् मान । २. यही झण्डा फरफराउँदा देश नै हाँसे जस्तो सुख शान्ति समृद्धि नेपालमा चारैतिर सस्तो । ✍️ धनुष न्यौपाने गुठीचौर गाउँपालिका ०४ जुम्ला [३८] १. राष्ट्रियता हो हाम्रो पहिचान जोगाऔँ सबैले चन्द्र सूर्य जङ्गी निशान हाम्रो नलुटोस् कसैले। २. देश बाँचे सधैँ बाँच्छ हाम्रो पहिचान झण्डा हो राष्ट्रियता र हाम्रो स्वाभिमान । ✍️ पद्मा काश्यप पाण्डे मोरङ [३९] १. चन्द्र सूर्यको ध्वजा रातो झण्डा नेपाली हाम्रो विश्वमा छरितो सार्वभौम गाथा रङ्ग राम्रो । २. विगत यही झण्डामा रिस फेरे हाम्रै नेताले देखियो राष्ष्ट्रिय झण्डा दिवस सबैलाई शुभकामना लेखियो । ✍️ चुडामणी देबकोटा चनपा १३ काठमाडौँ, हाल बारा सिमरा [४०] १. गर्नु हुदैन कहिल्यै राष्ट्रिय झण्डाकाे अपमान स्वाभिमानी नेपालीको बढाउनेछन् झण्डाले सान। २. चन्द्र सूर्य अङ्कित झण्डा नेपालीहरूको सान नेपालीहरूकाे स्वाभिमान विश्वमा पहिचान। ✍️ सहयात्री शाेभा अर्याल रुपन्देही, बुटवल [४१] बुद्ध जन्मेको भूमि हो, नेपाल हाम्रो चन्द्र र सूर्य अंकित झण्डा, क्या राम्रो! ✍️ यमुना प्रधानाङ्ग’मुना’ ललितपुर हाल वीरगञ्ज, पर्सा [४२] १. रातो चन्द्र सूर्य अङ्कित मेरो देशको झण्डा फरर खोलानाला हरियाली वनपाखामा बतास सरर । २. वीरताले छाती फुल्छ मेरो देशको माटोको माया सेक्दा विकासको मुल फुटाउ रिस उठ्छ भ्रष्टले बाटो छेक्दा । ✍️ अम्बिका अधिकारी झापा, बिर्तामोड [४३] १. माथि सूर्य,तल चन्द्रमा भएको झण्डा हाम्रो विश्वभरिमा यो भन्दा कति देखिंदैन राम्रो । २. वीर गोर्खालीको इज्जत देशको पहिचान अझै बढ्दै जाओस् विश्वभरि झण्डाकै शान । ✍️ अर्जुन प्रसाद चौलागाई रामेछापः सुनापति-१ हालः अमेरिका,बोस्टन। [४४] फर्फराउँदै छन् शानले, चन्द्र सूर्य अङ्कित झन्डा गोर्खाली भनेर गर्व गर्छौं, खान्छौँ विदेशीको डन्डा। ✍️ कबिताहरी सुन्दर हरैंचा नगरपालिका १ मोरङ [४५] १. विश्वमा छुट्टै चिनारी तीन कुना भएको चन्द्र र सूर्य पनि छ त अङ्कित रहेको । २. वीर गोर्खाली नेपालीको निशानी रातो रङ्ग सधै चम्कि रहनेछ याे सूर्य र चन्द्र सङ्ग । ✍️ सुशीला शिखा काठमाडौँ, कागेश्वरी [४६] १. रातो र चन्द्र सूर्य झण्डा उचाली कहिले नझुक्ने यो मन नेपाली। २. यसले कहिले झुक्न जानेको हैन हाम्रो जस्तो झण्डा त अन्त कतै छैन। ✍️ मनोजमान अछामी बान्नीगढि जयगढ ४, अछाम [४७] चन्द्र र सूर्य हाम्रो झण्डा विश्वमा फहराउँछ त्रिभुजाकार झण्डा हाम्रो टुक्कामा लहराउँछ। ✍️ इन्दु श्रेष्ठ चितवन [४८] संसारमै सुन्दर छ झण्डा हाम्रो चन्द्र र सूर्य अङ्कित रातो राम्रो । ✍️ भगवती दवाडी झापा [४९] १. हाम्रो देशको झण्डा हाम्रो स्वाभिमान फर्फराउछौँ गाउदा राष्ट्रिय गान । १. निलो,रातो अनि सेतो हाम्रो झण्डाको छ रङ्ग त्यहि रङ्गमा मुस्कुराउछन् चन्द्र सूर्य सङ्ग । ✍️ पुष्पा सुवेदी नेपालगंज, बॅाके । [५०] १. सूर्य चन्द्र अङ्कित राष्ट्रिय झन्डा हाम्राे सिम्रिक रङ भुइँमा निलाे फेराे राम्राे । २. सूर्य नाैवटा ग्रहमध्येकाे पहिलाे ,चन्द्रमा पृथ्वीकाे ग्रह उप दुई त्रिकोण माथि सूर्य तल चन्द्रमा सेताे रङ सुन्दर खुप । ३. हाम्राे राष्ट्रिय झन्डा वैदिक विधिमा बनेकाे चन्द्र सूर्य त हामीले हाम्राे ईश्वर भनेकाे । ✍️ प्रद्युम्न चालिसे भक्तपुर [५१] १. चन्द्र सूर्य अङ्कित झण्डा नेपालीको हाे नि सान स्वाभिमानी नेपाली वीरका सन्तान भनि जान । २. त्रिकाेणमा चन्द्र सूर्यकाे साथ राताे लाली छाएकाे ताजा नै छ नझुक्ने शिर भनि क्रान्ति गीत गाएकाे । ३. सेताे रङकाे चन्द्र सूर्य सिम्रिक रङकाे भुइँ राम्राे पृथक खालकाे किनारा छ है संसारमै झण्डा हाम्राे। ✍️ एस वि प्रगति प्यूठान (हाल:पाल्पा) [५२] १ साेचाैँ सबले आ-आफ्नाे दिमाग पारी ठन्डा एकताकाे निशानी हाे हाम्रो राष्ट्रिय झन्डा । २ गर्व गराैं चन्द्र सूर्य झण्डा हातमा बाेकी उठाैँ जागाैँ एक भई सबै घमण्ड राेकी। ✍️ त्रिलाेचन भण्डारी मेचीनगर, झापा [५३] १. झुक्ने छैन कहिल्यै पनि शत्रु सामु हाम्रो राष्ट्रिय झण्डा बिखण्डनकारीले मच्चाए पनि ठाउँ ठाउँमा वितण्डा । २. चन्द्र सूर्य अङ्कित झण्डा हो नेपालको सान विश्वको शिरमा नाच्छ जनाउदै पहिचान । ✍️ बाबुराम गौतम गुल्मी [५४] १. चन्द्र सूर्य झण्डाले बोकेको छ सान विश्वमा नेपालको राखेको छ मान। २. सबै देशको भन्दा त छुट्टै पहिचान राष्ट्रको सप्पत्ती हो नगरौँ अपमान। ✍️ सरिता सेढाई धादिङ [५५] १. मेरो राष्ट्रिय झण्डा हो नेपाली सान आहुति दिएर तापनि राखौं मान । २. चन्द्र र सूर्य अङ्कित झण्डा हाम्रो झन्डा लहरिँदा लाग्छ अति राम्रो । ✍️ कार्की डिबी माकुम सुनवल-४, नवलपरासी [५६] १. वीर गोरखालीले लहराउने जीतमा राम्रो रक्तिम धर्तीमा चन्द्र सूर्य अङ्कित झण्डा हाम्रो २. धर्तीको शीर भै उभेको छ मेरो सगरमाथा तीनकुने झण्डाले गाउँछ मेरै देशको गाथा । ✍️ गोपालकृष्ण डंगोल काठमाण्डौँ (हाल इटहरी)। [५७] मेरो देशको चन्द्रसूर्य अङ्कित रातो झन्डा देशद्रोहीले प्रहार गर्छन् झण्डा माथी डन्डा। ✍️ नवशिला बेलबारी-२, लालभित्ती,मोरङ। [५८] गर्नुहुन्न है हामीले राष्ट्रिय झण्डाकाे अपमान राष्ट्रिय झण्डाले झल्काएकाे छ देशकाे पहिचान । ✍️ केसर बाेहरा ( सङ्घर्ष ) सुदूरपश्चिम अछाम हाल भारतबाट । [५९] प्राण हाे कि देशकाे शान चन्द्र सुर्य झन्डा अवमूल्यन गर्नेलाई दिन हाे कि? डन्डा । ✍️ जि.वि. चिन्तन [६०] १. देशकाे पहिचान नेपालीको शान चन्द्र सूर्य राष्ट्रिय झण्डालाई मान । २. टार्न सकेमा सारा समस्या टर्छ बैरीबाट झण्डा जाेगाउनु पर्छ । ✍️ सूर्य गिरी पाेखरा [६१] १. चन्द्र र सूर्य नझुकेसम्म नेपाल झुक्दैन अन्याय त्याे सहेर कहिल्यै नेपाली लुक्दैन । २. संसारभरि देखिने फरक झन्डा हाम्रो चन्द्र र सूर्य मिलेको साैन्दर्य झनै राम्रो। ✍️ आशिष ऐडी कालिकोट पचालझरना [६२] १. गौरवशाली अग्ला हिमाल छन् हाम्राे देशकाे पहिचान फरक आकारमा सजिएको राष्ट्रिय झण्डा हाम्रो सान । २. झन्डा बोकी लडे पुर्खा भएनन् है थकित स्वाधीन राष्ट्र हाम्रो, दुनियाँ परे चकित । ✍️ शुक्रराज कुँवर धरान १० [६३] १. राताे निलाे रङ्गकाे झण्डा देशको सान हाम्रो देश नेपालकाे राम्रो पहिचान । २. राष्ट्रिय झण्डाकाे हामीले सधैँ राखाैँ मान देशलाई जाेगाउँदै जाेगाउनु छ शान । ✍️ कल्पना भण्डारी सिन्धुपाल्चाेक [६४] १. मेरो देशमा राष्ट्रिय झन्डाको शान राष्ट्रिय झन्डाले हुन्छ देशको पहिचान । २. सूर्य र चन्द्रमा आहा क्या राम्रो देशमा राष्ट्रिय झन्डा छ हाम्रो । ✍️ कृष्ण धामी बझाङ [६५] १. नीलो भित्र रातो हाम्रो साहसको रङ्ग हाम्रो शक्ति अटल छ चन्द्र सूर्य सङ्ग। २. शान्ति अनि वीरताका गाथा यस्ले दिन्छ फरक शैली विशेषता संसारले लिन्छ। ✍️ मनोहरी पौडेल गैडाकोट १, नवलपुर [६६] १. फर्फराउँदैछ सगरमा त्यो चन्द्र सूर्य मेरो टिष्टा काँगडा हिम तराई मेची कालिको घेरो। २. उँचो सान मेरो अटल सधैं राष्ट्रको स्वाभिमान यही चन्द्र सूर्य गौरव मेरो यही मेरो पहिचान । ✍️ सागर आँसु डोटी [६७] १. देश भक्ती गीत गाउँ, नेपाली पनकाे प्रीत लाऊँ दाहिने हत्केला ले चन्द्र सूर्य झण्डा फरफराऊँ । २. दुण्डुभी बजाउ,नेपाल नेपालीकाे सान देखाऊँ सिरूपाटे खुकूरी नचाउँ, देशबाट बैरी भगाऊँ । ✍️ हरिगाेपाल प्रधान बनेपा १४ साँगा बजार । [६८] चन्द्र सूर्य अङ्कित झण्डाले नेपाल चिनायाे वीरताकाे शान नेताकाे व्यवहारले घिनायाे । ✍️ भाेलामान बर्देवा धरान ८ सुनसरी [६९] बाह्र कला सूर्य अङ्कित, सोह्र कला चन्द्रमा झण्डा हाम्रो गौरवान्वित, सम्पूर्ण भूखण्डमा। ✍️ अजय कुमार झा महोत्तरी, जलेश्वर [७०] हाम्रो राष्ट्रिय झन्डाको विश्वमै छुट्टै शान चन्द्र सूर्य सहित नेपालीको पहिचान । ✍️ ईमान सिंह के.सि. ब्यास ९ धनुबेसी कलेस्ति तनहुँ [७१] दुई तिन कुनो मिलेर परेको माथि सूर्य तल चन्द्रमा झरेको। ✍️ साँग्रीस मानन्धर मोती [७२] चन्द्र सूर्य अंकित झण्डा छ निलो किनारमा बचाइ राख्ने अठोट गरौ हाम्रो निधनमा । ✍️ दुर्गा ढुङ्गेल [७३] नेपाली शान नेपाली मान सूर्य र चन्द्र अङ्कित झण्डा हाम्रो निलो किनारा रातो भुइँमा दुई त्रिकोणी आहा ! कति छ राम्रो ? ✍️ देव मगर तिनाउ-१,कचल,पाल्पा [७४] १. राष्ट्रिय झण्डा सूर्य चन्द्र हाम्रो पहिचान सबैभन्दा पृथक् हुँदै राखेको छ है सान। २. विश्वमै राखेको छ यसले हाम्रो नाम चन्द्रमा माथि मुस्कुराउँदै तल घाम। ✍️ शान्ता पौडेल भट्टराई टङ्कीसिनवारी, मोरङ [७५] नेपालकाे गाैरव नेपालीको शान चन्द्र र सूर्य झण्डाकाे गराैँ सम्मान । ✍️ एकान्त युगल प्रेमी कालिङ्पाेङ, भारत [७६] फरक छौ हामी सन्सारमा सबै भन्दा माथी फहराउँ चन्द्र सुर्यकाे त्रिकाेण झन्डा साथी । ✍️ धर्मराज पोखरेल बेलबारी -२, मोरङ
“पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- अन्ठाउनौमा हामी पुगेका छौं। लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१ मिति:- २०८०/०८/ २८गते
आदरणीय पञ्चाङ्ग अनुरागी एवम् स्रष्टाज्युहरू हार्दिक नमस्कार ” पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको:५८ [अन्ठान्नौ] चित्रपटमा छौं।
यहाँहरुलाई हार्दिक स्वागत गर्दै
यस् शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग शनिबार बेलुका ९:०० बजे भित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!
प्रशिक्षक :
गुणनिधि घिमिरे घनश्याम पौडेल तोयानाथ सुवेदी
चित्र संकलन
सुशीला पाैडेल
शुद्धीकरण
जमुना आचार्य भवानी घिमिरे पुष्पा नेपाल (सुवेदी )
संरचना
अनुप्रास :- आफू खुसी स्थायी :- आफू खुसी अक्षर :- बराबरी
समायोजक
सोमनाथ लुइटेल “रवि पाल्पाली”
पञ्चाङ्ग साहित्य समाज नेपाल
चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट] ~~~~~ पञ्चाङ्ग ०१
कति शक्तिशाली मानेका छौँ हामीले। धर्म र मर्ममा बानेका छौँ हामीले । कलियूग लाग्यो रे मान्दैनन् देवता, सके बचनले हानेका छौँ हामीले। बुझ्ने चाहाना छैन् जानेका छौँ हामीले ।
दुर्गा आचार्य मोरङ
पञ्चाङ्ग:०३
बिन्ति गर्छु फेरि आइदेऊ बुद्ध मेराे भूमिमा । सबैकाे मन बनाइदेऊ शुद्ध मेराे भूमिमा । न रहाेस् क्लेश रतिभर अशान्तिकाे कही कतै , छिट्टै भरिदेऊ सहिष्णुता रुद्ध मेराे भूमिमा । भाव हाेस् भाइचाराकाे नहाेस् युद्ध मेराे भूमिमा।
भवानी घिमिरे सर्लाही
पञ्चाङ्ग :०४ घुमेर आउ यो देश हेर्दै बुद्ध । तिम्रो संसारी त्यो रुप फेर्दै बुद्ध । बिश्वमै विकृति लौ फैलेर आयो, बिश्वमानै अब आउ घेर्दै बुद्ध । अपराधी हरूलाई सेर्दै बुद्ध । बेदु न्यौपाने काठमाडौँ ✍️🇳🇵
पञ्चाङ्ग :०५ बुद्धका उपदेश कति राम्रो। अंङ्गालेको बाटो अति राम्रो। केही भए नि पालना गरौ, बन्छ सात्विकले मति राम्रो। हरपल हिड्ने त्यो गति राम्रो । शोभा आचार्य गौतम काठमाडौँ
पञ्चाङ्ग:०६
दिनदिनै अशान्ति चलेको छ यहाँ। मनभित्र दियालो जलेको छ यहाँ छरिदेउ हे बुद्ध ज्ञानको विचार, विषै विषको फल फलेको छ यहाँ। नैतिकताको रूख ढलेको छ यहाँ।
होम प्रसाद नेउपाने धरान,सुनसरी ।
पञ्चाङ्ग:०७ हिंसाबाट धेरै टाढा सर्नु छ। अशान्ति र दुःख पीडा हर्नु छ। बुद्धको नियम पालन गरौं, भक्तिकाे मार्गमा लागि पर्नु छ। बुद्धले जसरी शान्ति छर्नु छ। ह्यारिस
पञ्चाङ्ग:०८ बुद्धले त मध्यमार्गको बाटो सरासर जाउ भनेका थिए। हिंसा नगर कसैको बरु भिक्षा मागेर खाउ भनेका थिए। म त केवल बाटो देखाइदिने मात्रै पथप्रदर्शक न हुँ, यात्रा तिमीले नै गर्ने हो चल्नुपर्छ तिम्रै पाउ भनेका थिए। दीप आफैं भइ जलेर सर्वत्र उज्यालो छाउ भनेका थिए। -पशपती राई खोटाङ ।
पञ्चाङ्ग:०९
बुद्धका यी उपदेश मान्नुपर्छ अब। राम्रो नराम्रो कुरा नि छान्नुपर्छ अब। यो देश अशान्तिमा रुमलिएको बेला , बुद्धका महान बाणि जान्नुपर्छ अब। राम्रा साब्दिक बचन तान्नुपर्छ अब।
पञ्चाङ्ग:१०
फर्केर फेरि देश हेर्न आउ बुद्ध समृद्धिले मुहार फेर्न आउ बुद्ध भ्रष्ट अनि दुराचारले सिमा नाग्यो , यो बुद्धत्वले देश घेर्न आउ बुद्ध सबैलाई शान्तिले बेर्न आउ बुद्ध ।
दुर्गा भट्टराई मोरङ पञ्चाङ्ग ११ बुद्धको उपदेश पो छान्नुपर्छ हामीले । हिंसा बिना मित्र बन्न जान्नुपर्छ हामीले । सुत्र राम्रो यो एकताको जालो बुनाइको , वैरीपनि मिलनमा तान्नुपर्छ हामीले । आध्यात्मिक पथलाई मान्नुपर्छ हामीले ।
काठमाडौँ। साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ११४ औँ शृङ्खला सम्पन्न भएको छ । अभ्यासमा नेपाल लगायत विश्वका ६२ जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।
टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।
टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।
‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ११४ औँ शृङ्खलाको लागि प्रतिनिधि टुक्काको रूपमा समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।
अभ्यासका लागि राखिएको प्रतिनिधि टुक्का
उमेर साठी काट्दा पनि, ~रहर अनौँठो जाग्ने, के भएको होला तरुनी देख्दा भेटौँ भेटौँ लाग्ने ? ✍️
वसन्त अनुभव घोराही, दाङ
सहभागी टुक्काकारहरूले अभ्यासका क्रममा सृजना गर्नुभएको टुक्काहरू
[१] नजरमा होइन तिम्रो, नियतमै छ खोट, धेरै नचम्क ए हजुरबा पर्ला ठूलो चोट । ✍️ वसन्त अनुभव घोराही, दाङ
[२] शरीर बुढो भएपनि मन बुढो हुँदैन, तरुनीलाई आँखा लाउन केहीले छुँदैन। ✍️ अच्युत घिमिरे, सर्पाङ, भुटान🇧🇹
[३] विकृति सारा बढेर आयो गाउँ र सहर, बैँसको बेला के हुन्छ होला विचित्र रहर ? ✍️ आर्त अकुलीन
[४] जता राम्री देख्यो हजुर यी आँखाले त्यतै हेर्ने, चाह गर्छ तनले पनि माया अङ्गालोमा बेर्ने । ✍ नवशिला, बेलबारी-२-लालभित्ती,मोरङ।
[५] बुढेसकालकाे बैँस हेर कति मात्तिएका, बैँस जाेवन देलान भन्दा लान आत्तिएका । ✍️ भवानी पाेखरेल (बाबू विराज) बाणगङ्गा १ चार नम्बर कपिलवस्तु
[६] तन बुढाे भए पनि मेराे मन बुढाे हुन्न, सुगर विपी बढे पनि चञ्चल मन छुन्न । ✍️ मित्र `उराठी´ गाैतम तिलाेत्तमा-२,रुपन्देही
[७] नियत राम्रो भएमा तिमी, फूल देख्छौँ जतै, इज्जत नि ख्याल राख आँखा नलैजाउ कतै । ✍️ शोभा आचार्य गौतम काठमाडौँ
[८] सुन्ने इच्छा नहुँदा नि यहाँ के के सुन्नुपर्छ, मान्छे बुढाे तनले हैन मनले हुनेगर्छ । ✍️ केशवप्रसाद ढकाल ‘प्रीतबीज’ सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा
[९] रूप सौन्दर्यले खिच्छ, मान्छेलाई सधैँभरि, बुढो मानिस हो लोहा, बन्छिन् चुम्बक सुन्दरी । ✍️ रामशरण न्यौपाने, भक्तपुर
[१०] उमेर गयो बैँस नि गयो रहर कस्तो बतास, अवकाश हुने बेलामा पनि दिल छैन हतास । ✍️ भगवती दवाडी ,झापा
[४३] लौरो टेक्ने शरीरको पनि, कुर्सी चढ्ने रहर, सत्ता पाए तरुनीलाई घुमाइदिन्थेँ सहर । ✍️ होम प्रसाद नेउपाने धरान,सुनसरी।
[४४] उमेरले नेटाे काटे पनि बुढाे हुँदैन भन्थेउ मन, युवतीको मायाजालमा परिसकियो सारा तिम्राे धन। ✍️ राज कुमार राजभण्डारी “खाेटाङ्गे” मध्यपुर ठिमी ५ संगम काेलाेनी भक्तपुर ।
[४५] भन्छन् उमेर छउन्जेल बरु मान्छे तर्किन्छ, साठी पुगेपछि फेरि जवानी पनि फर्किन्छ । ✍️ बाबुराम पाण्डे अर्घाखाँची
[४६] उमेर हद हुँदैन हाम्राे प्रेमिल खेलमा , सेल, साग जेपनि पाक्छ बजारकाे तेलमा । ✍️ हरिगाेपाल प्रधान बनेपा १४ साँगा बजार ।
[४७] मनको इच्छा अरूको के भो मेरो त पुरा भएन, देख्यो कि राम्रा चिज ताक्ने बानी केही गरी गएन ! ✍️ पवन कुमार बुढाथेाकी काठमाडौं
[४८] उमेरसँगै रोगले च्याप्छ के खाने के नखाने, साठी कट्यो देखिन्छ सबैको रहर चैँ नजाने । ✍️ चुडामणी देबकोटा हाल बारा सिमरा
[४९] साठी कटोस् असी टेकोस् बैँस मर्दैन, प्रकृतिको नियम हजुर टारी टर्दैन । ✍️ ध्रुव श्रेष्ठ हाल काठमाडौ ।
वरिष्ठ साहित्यकार नारायण नेपालको गीत तथा गजल सङ्ग्रह ‘माया’को आज एक कार्यक्रमको आयोजना गरी लोकार्पण गरिएको छ । राप्ती साहित्य परिषद, दाङजिल्ला शाखाको आयोजनामा घोराहीस्थित होटेल माला इनको सभाकक्षमा भएको कार्यक्रममा प्रथम नारी महाकवयित्री बुनू लामिछानेले उक्त सङ्ग्रहको लोकार्पण गर्नुभएको थियोे ।
लोकप्रिय दङ्गाली सङ्गीतकार सन्तोष श्रेष्ठद्वारा सङ्गीतबद्ध सङ्ग्रहमा चारवटा गीत/गजलहरू रहेका छन् । जसमा रामकृष्ण ढकाल, सत्यराज आचार्य, स्वरुपराज आचार्य र राज सिग्देलको सुमधुर आवाज रहेको छ । उक्त गीतहरूका म्युजिक भिडियो/लिरिकल भिडियो कार्यक्रममा बजाएर सुनाउँदा उपस्थित दर्शक/श्रोता मन्त्रमुग्ध हुन पुगेका थिए ।
कार्यक्रममा विमोचित कृतिको समीक्षा राप्ती साहित्य परिषदका केन्द्रिय अध्यक्ष डा. टिकाराम उदासी र सुबोध रेग्मीले गर्नुभएको थियोे । उक्त अवसरमा बोल्दै गीतकार नारायण नेपालले अब उक्त गीतहरू सार्वजनिक सम्पत्ति भएको र त्यसलाई चर्चित बनाउने, भाइरल बनाउने जिम्मा दर्शक/श्रोताको रहेकोे बताउनुभयो । कार्यक्रममा नारायण नेपाल लगायत बुनू लामिछाने, सन्तोष श्रेष्ठले बोल्नुभएको थियोे ।
परिषदका दाङ जिल्ला अध्यक्ष दीपक शर्मा “समीर”को अध्यक्षतामा भएको कार्यक्रममा परिषदका सदस्य हरिप्रसाद पौडेल “स्वर्णशिखा”ले सम्पूर्ण अतिथिहरूलाई शब्दगुच्छाले स्वागत गर्नुभएको थियोे । कार्यक्रमको सहजीकरण परिषदका सचिव प्रकाश के सीले गर्नुभएको थियोे ।
साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको १३४ औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ६६ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका केन्द्रिय उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।
काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।
संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरी मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।
अभ्यासका लागि राखिएको प्रतिनिधि तस्बिर :
उदक अभ्यास शृङ्खला– १३४ मा सहभागी उदक यात्रीका सुन्दर उदकहरू
[१] बाध्यता तुइनको भर जिन्दगी साह्रै कष्टकर !
वसन्त अनुभव [२] अप्ठ्यारो बाटो ओहो गर आफैँ जोहो !
शोभा आचार्य गौतम, काठमाडौँ [३] जीवन तुइनकाे जाेखिम दुर्गममा पुलकाे अभाव !