
काठमाडौँ । साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १२५ औँ शृङ्खला सम्पन्न भएको छ ।
अभ्यासमा नेपाल लगायत विश्वका ६० जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।
टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।
टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।
टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १२५ औँ शृङ्खलाको लागि प्रतिनिधि टुक्काको रूपमा समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।
टुक्का माथि टुक्का- १२५
होटेल जाऊ क्यासिनो जाऊ खेल्ने गर जुवा
मोज गर्ने नै यही हो बेला बुझन ए सुवा !
वसन्त अनुभव

सहभागी टुक्काकारहरूका चोटिला टुक्काहरू-
[१]
शिव जस्तै पोइ चाहियो, व्रत बस्दै मागेँ
व्रत तोड्न दारु खोज्दै होटेलतिर लागेँ ।
✍️वसन्त अनुभव
घोराही, दाङ
[२]
विश्वासीलो पोइ भनेर सधैँ गर्छन् पुजा
होटलमा केटी लगेछन् माया धुजाधुजा
✍️अम्बिका अधिकारी
झापा बिर्तामोड
अञ्जान कृत मनको डायरीबाट ✍️
[३]
शिक्षा छैन अब दार्जिलिङमा ज्ञान बाड्न छाड्यो,
जता हेर्यो हिंसा हत्या राजनीतिले जरा गाड्यो।
✍️ बिकास छेत्री अञ्जान
बिजनबारी, दार्जिलिङ
[४]
विकृति र विसङ्गतिले संसार खाइसक्याे
अरू खबर म चैँ ठिक छु भन्दै अर्काे बक्याे ।
✍️ ताराप्रसाद चापागाईँ
धुनिबेसी
[५]
क्यासिनो अनी बारका ढोका गाह्रो होला खोल्न
भित्ताका नि कान हुन्छन् पर्छ बिचारेर बोल्न ।
✍️ उमा दाहाल
शुन्दर हरैँचा -१० मोरङ
[६]
गएर होटेल गयो पैसा खेलेर लास
आउँछ कि आउँछ कि भनी मानेर आस ।
✍️ प्रेम सुनार दैलेख
[७]
बैँस रहुन्जेल गरियो मोजमस्ती, अहिले पछुतो लाग्ने
समय फर्केर आउँदैन आउँदाखेरि अनिन्द्रामा जाग्ने।
✍️ कबिताहरी
सुन्दर हरैंचा नगरपालिका १ मोरङ
[८]
आफू व्रत बसेर मलाई देखाउॅंछिन् भए जति रिस
शिव जस्तै भाङ खाने भएको भए हुन्थ्यो नि सधैँ मिस ।
✍️ अर्जुन प्रसाद चौलागाई
रामेछापः-सुनापति-१
हालः-अमेरिका,बोस्टन।
[९]
विसङ्गतिले गर्दा मैले दिनै होटलतिर जुवा खेल्न लागेँ
भाङ धतुरो सेवन गर्दै शिव प्रसाद केटी लिएर भागेँ ।
✍️ बेदु न्यौपाने ✍️🇳🇵
[१०]
अन्धो भएर गर्दै गर मोजमस्ती, कमाउने यो बेला
जब सकिन्छ अनि थाहा पाउछौ हुँदा अरूबाट हेला ।
✍️ अनुग्रह राना मगर ‘पुष्प’
पाँचखपन नपा – ६ संखुवासभा ।
[११]
अर्काकाे धनमा पाए मान्छेले गर्ने हाे मस्ती
हाेटल भित्र छिरेर रमाउँदै थिए अस्ति।
✍️ कल्पना भण्डारी
सिन्धुपाल्चोक ,हाल काठमाडौँ
[१२]
होटल जान्छौ रक्सी खान्छौ खेल्छौ जुवा तास
गराउने नै भयौ क्या हो सडकको बास ।
✍️ सरिता सेढाई धादिङ
[१३]
विकृतिले बिगार्ने भयो, भविष्यको जोहो गर्ने बेला
अहिले बाटो बिराएर परिवारले गर्ला नि ! हेला ।
✍️ शंकर कार्की, मकवानपुर।
[१४]
बनाऊँ भविष्य चार दिनको जिन्दगी गरौँ काम राम्रो
तिमी विदेश म डिस्को आत्मनिर्भर हुन्छ बालख हाम्रो ।
✍️ सुरेशकुमार पाण्डे दाङ घोराही १८
[१५]
जुवा खेल जिन्दगी नै राखेर दाउमा
कही पनि बिक्ने छैनौ कौडीको भाउमा ।
✍️ डम्बर थामी ‘अनुपम ‘
कालिन्चोक गा. पा. -६, दोलखा ।
[१६]
क्यासिनाेमा छिरी जुवा तास खेली गरेउ मस्ती
ऋणै ऋणको बाेझ खेप्न नसकी सरेउ बस्ती ।
✍️ राज कुमार राजभण्डारी खाेटाङ्गे
मध्यपुर ठिमी ५राधे राधे भक्तपुर ।
[१७]
होटेल, बार, क्यासिनोमा जाने आदत खुब बस्यो
लतका कारण भावी जीवन अन्धकारमा फस्यो ।
✍️ त्रिलाेचन भण्डारी
मेचीनगर,झापा
[१८]
सबले मस्ती गर्नुपर्छ यही हो साथी बेला,
दोहोरी साँझ जाने जति चोकमा हुनु भेला।
✍️ नवशिला,
नवदेव मार्ग, लालभित्ती,मोरङ।
[१९]
विकृती र विसङ्गतिमा उर्लदो छ जनभावना
भिरमा जाने गोरुलाई के दिनु र शुभकामना।
✍️ टिकाराम पुन पुकार
छत्रेश्वरी गाउँपालिका २ सल्यान
टुक्का
[२०]
जुवा नि खेल्यौ, तास नि खेल्यौ, समाज भडायौ
विकृति ल्याई , यसरी सधैँ जनता लडायौ ।
✍️ प्रेम थापा “मन”बागलुङ
[२१]
जुवा खेल्न छोड युवा कमाउने हो बेला
जिन्दगी त लामो छ नगर साथी झमेला।
✍️ तोया नाथ चापागाईं
दमक,झापा,नेपाल
[२२]
सत्तामा जाउ, भत्ता खाउ काम चैँ केही नगर
गाडीमा घुम भाषण देउ मरिलानु के छ र ?
✍️ होम प्रसाद नेउपाने
धरान,सुनसरी ।
[२३]
होटल गई बोतल हल्लाऊ, यौवन मस्त बनाई
ऋणी बनेर कतारमा जाऊ जीवन ध्वस्त गराई ।
✍️ अजय कुमार झा
महोत्तरी, नेपाल
[२४]
कोही युवा मस्त देशमा कोही खाडीमा पसिना झार्छन् तर्तरी
मस्त युवाका मस्त परिवार खाडी जानेको आँसु गहभरी ।
ध्रुव श्रेष्ठ
खोटाङ, हाल काठमाडौँ ।
[२५]
सृष्टिको भाव सुन्दर हुन्छ बुझेर परानी
आखिर सबै जीवन बन्छ जलेर खरानी !
✍️ आर्त अकुलीन
[२६]
विकृति विसङ्गति पलायाे देशमा
बर माग्ने गर्दछन् पहेलाे भेषमा ।
✍️ शलिकराम दाहाल
चा न पा ३ झाैखेल भक्तपुर
[२७]
अमूल्य जीवन खेर गयो इन्द्रियकै भरमा अल्झी
मन र मुटु अझै चस्किँदैछ माया पल्टैपल्ट बल्झी ।
✍️ दीपा गुरुङ – समभाव
[२८]
भनाई असह्य भयो मन सारै रुने
जुवामा हारेँ सबैलाई भन्न नहुने ।
✍️ चुडामणी देबकोटा
चनपा१३काठमाण्डौ
[२९]
बाहिर क्यासिनो र बृजसम्म खसम
दुलही रुन्छे छैन नुन टम्म कसम !
✍️ कमला देवकोटा, पाल्पा
[३०]
छेपारा देखाउँदै मान्छेले बदल्ने गर्छ रङ्ग,
सद्दे ठानेर पछि लागेका सब परेछन् दङ्ग !
✍️ कृष्णकुमार वैद्य
बनेपा ९, काभ्रे
[३१]
दौडाएर कौडा हान्यौ बासै रित्तो भयो
नाङ्गै भयौ च्याँखे थाप्दा सबै धन गयो ।
✍️ नील हरि काफ्ले
सिन्धुली (हाल काठमाडौँ)
[३२]
चलेको छ रङ्गरेली होटलमा र क्यासिनोमा आज
जुवा तास सौदाबाजी धन्दा नाना निर्धक्क विना लाज !
✍️विवश पारदर्शी
झापा
[३३]
उमेर हुँदा चैँ गर न मोजमस्ती धन मासी
बुढेसकालमा सुस्केरा हाल्दै हुन्छ रुवाबासी ।
✍️ मोती सुब्बा
दार्जिलिङ निमकी डाँडा।
[३४]
सत्मार्गमा हिँडेमा जीवन हुन्छ ढुक्क
अन्यथा जीवनभर गर्लान् बाबै थुक्क ।
✍️प्रद्युम्न चालिसे
भक्तपुर कटुञ्जे।
[३५]
नखेल ए साथीहरू यहाँ जुवा तास
यसले गर्छ नि ! हजुर धनको नाश ।
✍️ नीमा छिरिङ भोटिया
जलढका कालेबुङ भारत
[३६]
उर्वर जिन्दगी उमेर हुँदा खाएर बसेर नासेकाे
बुढेसकाल लागेपछि दुःखमा नसुहाउने हाँसेकाे ।
✍️ रामप्रसाद पुरी, बादेल, खाेटाङ ।
[३७]
घरै भाँडेर पनि राेडीमा सुवा गाउने
अनि खै कसरी घरकीले शान्ति पाउने ?
✍️ हरिगाेपाल प्रधान
बनेपा १४ साँगा धजार ।
[३८]
मोज गर जीवनभर नहुन्जेल रल्ल
असली स्वाद जिन्दगीको आउनेछ बल्ल ।
✍️ धनुष न्यौपाने
गुठिचौर गाउँपालिका ०४ बिगारे जुम्ला
[३९]
दिनहुँ खान्छाैँ रक्सी खेल्छाैँ जुवा अनि तास
हुने भयाे अब जिन्दगी आश्रमकाे बास ।
✍️ सहयात्री शाेभा अर्याल
रुपन्देही
[४०]
खेलेऊ तिमीले हजारौँ किसिमका जुवा तास
मुहार देखाउनै लाज भो छिमेकी आसपास ।
✍️ मुक्ति काफ्ले
कोक्राझार असम, भारत
[४१]
मोजमस्ती गर्छौ काम छोडी मिली साई सुवा
बुढेसकालको यो मस्तीले लिकाल्नेछ धॅुवा ।
✍️ पुष्पा सुवेदी
नेपालगन्ज, बॅाके।
[४२]
भट्टी जान्छौ रक्सी खान्छौ हिँड्छौ हल्ला गरी
ज्यान जान सक्छ हेर अफ्ट्यारोमा परी ।
✍️ अनिता भण्डारी, ताप्लेजुङ
[४३]
जुवा खेल्नु राम्रो हैन पाण्डवको भयो वनबास
सत्चरित्रवान् कर्मनिष्ठ भए गर्छन् सबैले आस ।
✍️ शुक्रराज कुँवर
धरान १०
[४४]
बेलैमा मोज गर तिमी देशका युवा
वृद्ध भएपछि खेल्न सकिन्न नि जुवा ।
✍️ भगवती दवाडी, झापा
[४५]
मोजमस्तीमा सधैँभरि किन हराउनु ?
गलत कदममा प्रभुसँग डराउनु ।
✍️ कार्की डिबी माकुम
सुनवल-४, नवलपरासी
[४६]
क्यासिनो जाने, जुवातास खेल्ने भयो अति
बेलैमा होस् पुगाऊ नत्र होला तिम्रो क्षति ।
✍️ रुना कर्माचार्य दाहाल
चितवन
[४७]
दिन उमेरमा बहाना गरी मोज गरौँ
वृद्ध उमेर ईश्वरीय चरणमा परौँ ।
✍️ सुस्मिता अधिकारी, काठमाडौँ
[४८]
लाग्यौ होटल क्यासिनोतिर भने बेचिन्छ गैह्रीखलो
थाम्नुपर्छ युवा जुटेर अब लौ यो देशको नै बलो।
✍️ रामशरण न्यौपाने, भक्तपुर
[४९]
जति उच्च स्तरमा जान्छन् यहाँ पार्टी क्यासिनोमा गर्ने
जनताको पीडा कसले देख्ने, आफ्नो खल्ती मात्र भर्ने।
✍️ शोभा आचार्य गौतम
काठमाडौँ
[५०]
उमेर यही हाे छाेड्नुहुन्न याे रमाउने बेला
हुनुपर्छ साथीहरू हाेटल क्यासिनाेमा भेला ।
✍️ काेपिला अधिकारी
गाेरखा सिरानचाेक
[५१]
रक्सी पिउनु जुवा खेल्नु त आजकलको फेशन
मान्छे हेर्दा सुटेड बुटेड, घरमा छैन बेसन ।
✍️ राजेशराज गड्तौला
कॅाडाघारी, काठमाण्डौ
[५२]
बिचार गरी खेल्ने गर पिरतिको खेल
मन बिग्रियो भने फेरि जानुपर्ला जेल ।
✍️ हिमा आर सी
मेहेलकुना सुर्खेत
[५३]
बिग्रिन्छ घरबार जुवाले हुन्छ हेर सर्वनाश
नशाको पोखरीमा जाकिए बन्छ है जिउँदो लाश ।
✍️ राजेन्द्र प्रधान ‘पासा’, दार्जिलिङ ।
[५४]
पढ्ने र कमाउने बेलामा खेलेर जुवा तास
जिम्मेवारी काँधमा बढेपछि लाग्ला उठिबास ।
✍️ संगीता खरेल
चन्द्रागिरी ८ काठमाडौँ
[५५]
कति सुन्नु मैले च्याङच्याङ च्याङच्याङ दिक्कलाग्दो
निराशाले म आफैँलाई देख्छु होटलतिर भाग्दो ।
✍️ अच्युत घिमिरे, सर्पाङ, भुटान🇧🇹
[५६]
बुझ्नुपर्छ समयको महत्व
हुनुपर्छ आपसी अपनत्व ।
✍️ भेष कुमारी लामिछाने
देवदह ०५, खैरेनी रुपन्देही
[५७]
रमाउने अनि कमाउने यही हो बेला
सकिएपछि त्यो जवानी सबैबाट हेला ।
✍️ प्रविना प्रयासी
ओखलढुंगा
[५८]
हुन् अब तिमीले मनमा डुलेर
के फाइदा छ सबै वाचा भुलेर ।
✍️ श्रीकृष्ण धामी – बझाङ
[५९]
रमाइलो गरौँ जिन्दगी हो दुई चार दिन
आऊ न बस मायालु छेउमा लौ एकैछिन ।
✍️ बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
कनकाई ४ झापा
[६०]
जुवा, तास, मोजमस्ती छिनभरका हुन् खेल
रङ्गीचङ्गी सकिएपछि बन्छ जीवन जेल ।
✍️ पद्मा काश्यप पाण्डे, मोरङ~<•>~



















