• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: साहित्य

‘टुक्कामाथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन शृङ्खला- १३० सम्पन्न

  • ३ बैशाख २०८१, सोमबार ०९:४५ मा प्रकाशित
  • काठमाडौँ । साप्ताहिक ‘टुक्कामाथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १३० औँ शृङ्खला सम्पन्न भएको छ ।
    अभ्यासमा नेपाल लगायत विश्वका ५४ जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।

    टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।

    टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।
    टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १३० औँ शृङ्खलाको लागि प्रतिनिधि टुक्काको रूपमा समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।

    प्रतिनिधि टुक्का- १३०


    समस्याका डङ्गुर छन् आएको छ नयाँ वर्ष
    पेटमा मुसा दौड्नेगर्छन् दु:ख मानौँ कि हर्ष ?

    वसन्त अनुभव

    [१]
    केवल पात्रो फेरिँदैमा अवस्था फेरिँदैन
    नजर उही दृश्य उही फरक हेरिँदैन ।
    ✍️ वसन्त अनुभव

    घोराहीउपमहानगरपालिका १४, दाङ

    [२]
    सकूँ लक्ष्य चुम्न गरेर मेहनत अनि सङ्घर्ष
    सम्भावना बोकेर आओस् यसपालीको नववर्ष ।
    ✍️ नवशिला

    नवदेव मार्ग , लालभित्ती,मोरङ।

    [३]
    समस्याका डङ्गुरहरू पन्छाउँदै जाओस्
    नववर्षले सम्पूर्णमा सुखशान्ति छाओस् ।
    ✍️ डम्बर थामी ‘अनुपम ‘

    कालिन्चोक गा. पा. -६, दोलखा ।

    [४]
    शुभकामना के दिँउ तिमीलाई यो नयाँ वर्षको
    जनता हुन् यीनै नेता हुन् तिनै खै के छ र हर्षको ?
    ✍️ ध्रुव श्रेष्ठ

    खोटाङ हाल काठमाडौँ ।

    [५]
    जताततै आयो भन्छन् सबैले उमङ्ग बोकी नयाँ वर्ष
    परदेशी जीवनमा खै देखिन मैले त कहिल्यै हर्ष ।
    अनुग्रह राना मगर ‘पुष्प’

    पाँचखपन नपा – ६ संखुवासभा ।

    [६]
    नयाँ वर्ष त भन्नु मात्र खास फरक हुन्न
    वर्षाएका शुभकामनाले सबैलाई छुन्न ।
    ✍️ त्रिलाेचन भण्डारी

    मेचीनगर,झापा

    [७]
    दु:खलाई मृत्युको मुखमा पारी हर्ष डाक्नुछ
    मुसा हटाई ऊर्जा बढाएर जीवन हाँक्नुछ ।
    ✍️ नन्दलाल आचार्य
    सिद्धार्थटोल, उदयपुर

    हाल- एनेलकुटी, सिरहा ।

    [८]
    हुने कहिले होइन होला किले छोडेन
    साल जति फेरे पनि भाग्य कतै मोडेन |

    ✍️ सरिता सेढाई धादिङ

    [९]
    बिरालो हो क्या मान्छे पेटमा कुदेको छ मुसा ?
    वसन्तको झरी सुरु भो पलायो तामा टुसा ।

    ✍️ मोती सुब्बा

    [१०]
    विकासका पुर्वाधार जाओस् बढ्दै
    सद्बुद्धि तिर नै ध्यान आओस् गढ्दै।

    ✍️ कला ढकाल झापा

    [११]
    बाहिर भन्छु म पनि नयाँ वर्ष
    भित्रभित्र लाग्दैन कत्ति नि हर्ष।
    ✍️ सतीश पण्डित

    भाजु६ चुँदी तनहु

    [१२]
    खै रमाई के गर्नु, एकदिन आउने नयाँ वर्ष
    मनमा सधैँ उही पुरानै पिर, छैन कुनै हर्ष।

    ✍️ शंकर कार्की ,मकवानपुर।

    [१३]
    यहाँ सधैँ हुने यो हत्या र हिंसालाई रोकी
    तब हुन्थ्यो मन खुसी लाग्थ्यो नयाँ वर्ष हो कि !
    ✍️ प्रतिज्ञा प्रतिज्ञा

    मेहेलकुना सुर्खेत

    [१४]
    पात्रो फेरिएसँगै मानिसको पनि फेरियोस् विचार
    सबै सत्कर्ममा लागी हटोस् देशमा हुने भ्रस्टाचार ।
    ✍️ बाबुराम पाण्डे

    अर्घाखाँची

    [१५]
    नयाँ वर्ष आयाे गयाे खै के भयाे ?
    निमुखालाई यातना दिँदै गयाे ।

    ✍️ जी.वि.कश्यप घाेराही ,दाङ

    [१६]
    दैनिकी उहीँ छ बेचैनता उहीँ छ आए पनि नयाँ वर्ष
    लथालिङ्ग भताभुङ्ग छ देशको स्थिति छैन मनमा हर्ष।

    ✍️ दीपा तिम्सिना-ईलाम

    [१७]
    सधैँ जस्तै हर्ष मानी आएको छ नयाँ साल
    हिजो जस्तै भोलि पनि हुने देख्छु हाम्रो ताल ।
    ✍️ चूडा निर्भीक

    काठमाडौँ

    [१८]
    दिन उही, रात उही, मात्र यो साल फेरियो
    खुशीयाली मनाउदा, साहुँको ऋण बेरियो ।
    ✍️ बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )

    कनकाई ४ झापा

    [१९]
    विकासको यी मूल फुटाउन नयाँ सालमा लागेका
    अब धन कमाउने नेताहरू हामीदेखि भागेका ।
    ✍️ नीमा छिरिङ भोटिया
    जलढका कालेबुङ

    भारत

    [२०]
    समस्याको पोको लिएर आयो है नयाँ वर्ष
    भित्र मुसो दौडाई बाहिर देखावटी हर्ष !

    ✍️ कमला देवकोटा, पाल्पा

    [२१]
    नकारात्मकबाट सकारात्मक तर्फ सबै मोडिउन्
    नयाँ वर्षदेखि नराम्रा कार्यहरू नि अब छोडिउन् ।

    ✍️ प्रेम थापा “मन”बागलुङ

    [२२]
    जीवनको सङ्कल्प हराएको जस्तो लाग्छ मात्र बोल्न पाउँदा हर्षले
    भोक भोकै खुसी निभाएर के गर्नु शुभकामना र यो नयाँ वर्षले ।

    ✍️ अच्युत घिमिरे, सर्पाङ, भुटान🇧🇹

    [२३]
    हटोस् समस्याको बादल लागुन् सुख समृद्धिको घाम
    नववर्ष मंगलमय रहोस् बनुन् सम्पुर्णको काम।
    ✍️ बिके मुखिया

    दार्जिलिङ,भारत।

    [२४]
    नैराश्य नभइकन मनाउनु नयाँ वर्ष
    एकदिन अवश्य छाउँछ रे सर्वत्र हर्ष।
    ✍️ अरुण कुमार भुजेल

    गोरूबथान,कालिम्पोङ,भारत।

    [२५]
    खाउन् मस्तले पेट भरुन् ठगले यस वर्ष,
    हामी ठगेर खाँदैनौँ गर्छौँ कठिन सङ्घर्ष।
    ✍️ होम प्रसाद नेउपाने

    धरान,सुनसरी ।

    [२६]
    फाल्न सक्छ बढारेर समस्याको जाक
    नयाँ वर्ष तय गर्ला खान दुई छाक !
    ✍️ विवश पारदर्शी

    झापा

    [२७]
    गते फेरियो बार फेरियो, फेरियो महिना र साल
    लथालिङ्ग देशको भताभुङ्ग चाला फेरिएन हाल ।
    ✍️ कृष्णकुमार वैद्य

    बनेपा ९, काभ्रे

    [२८]
    एकअर्काको हात समाएर गर्नुछ उत्कर्ष
    यस्तै यस्तै शिक्षा लिएर आए हुन्थ्यो नववर्ष !
    ✍️ बि.कुलुङ

    दार्जिलिङ रंगबुल

    [२९]
    बाहिर सुनाैलाे बाेक्राे
    भित्रभित्रै सबै खाेक्राे।
    ✍️ हरिगाेपाल प्रधान

    काभ्रे, बनेपा १४ साँगाबजार।

    [३०]
    देशको हालत बिजोग छ, नववर्ष आए पनि
    सुनिदैन विचार नेताको, मान्छे आफ्नै जगे अनि।
    ✍️ एवाइ प्रभात
    सहिदभुमि धनकुटा
    [३१]
    गते बार फेरिए, फेरिए महिना र साल
    लथालिङ्ग र भताभुङ्ग भयो देशको ताल ।
    ✍️ दुर्गा भट्टराई

    मोरङ

    [३२]
    समस्या आउछन् जान्छन् नयाँ वर्ष जस्तो
    अवस्था हुन्छ उस्तै समय सोचे सस्तो ।

    ✍️ सुस्मिता अधिकारी , काठमाडौँ

    [३३]
    समस्या जहीँका तही छन् आयो नयाँ वर्ष
    उही छ दिन अनि रात उमङ्ग न हर्ष ।
    ✍️ शोभा आचार्य गौतम

    काठमाडौँ

    [३४]
    नयाँ नयाँ उमङ्ग बोकी आयो नयाँ साल
    किनी ल्याओस् अब छिट्टै देश भक्तिको पाल ।
    ✍️ दीपा समभाव

    दुबेकोल खोटाङ्ग

    [३५]
    सामाजिक संजाल भरि देख्छु आयो भन्छन् सबैले नयाँ वर्ष
    भित्तामा सज्जिने पात्राे फेरिन्छ तर गरिबलाई छैन हर्ष।
    ✍️ राज कुमार राजभण्डारी खाेटाङ्गे

    मध्यपुर ठिमी ५ संगम काेलाेनी राधे राधे भक्तपुर ।

    [३६]
    आयो नयाँ वर्ष खै के लिएर आयो
    बस्ती घच्घचायो निदबाट जगायो ।

    ✍️ सुरेशकुमार पाण्डे दाङ घोराही १८

    [३७]
    हातमा शक्ति हुनेहरूले बेस्सरी दुरुपयोग गर्छन्
    युवा बरा ! पेटको आगो निभाउन सात समुद्र तर्छन् ।

    ✍️ बाबुराम गौतम, गुल्मी

    [३८]
    भित्तेपात्रो फेरिँदै जान्छ हरेक वर्ष नै नयाँ सालमा
    हर्ष के हो थाहा छैन बिताउनु पर्छ जिन्दगी पालमा ।

    ✍ राजेन्द्र प्रधान ‘पासा’, दार्जिलिङ ।

    [३९]
    शुभेच्छा यही पस्किएँ आज
    यथार्थ उन्नत बनाेस् समाज ।
    ✍️ रामकृष्ण दुवाडी

    पाेखरा

    [४०]
    नववर्षले पेट भरिन्न देखिन्छ नाङ्गाभोका ।
    कोही भेटिदैनन् संसारका मन्दिरमा नरोका ।
    ✍️ चुडामणी देबकोटा

    चनपा १३ काठमाडौँ

    [४१]
    पुरा होउन् मनले सोचेका ती हरेक चाहना
    सबैलाई नयाँ वर्षको हार्दिक शुभकामना ।

    ✍️ कृष्ण धामी – बझाङ

    [४२]
    पात्रो फेरिएझैँ फेरिउँन् दुखीले गरेको सङ्घर्ष
    नयाँ आयाम लिएर आओस् यो एकासी नववर्ष।
    ✍️ अर्जुन प्रसाद चौलागाई
    रामेछापः-सुनापति-१

    हालः-अमेरिका,बोस्टन।

    [४३]
    नयाँ वर्षले साँच्चै नयाँ परिवर्तन लिएर आओस्
    अलकति दया र मानवताकाे सत्ता देशले पाओस् ।
    ✍️ ताराप्रसाद चापागाईँ

    धुनिबेसी

    [४४]
    उदायो नवीन वर्ष
    मनमा देखियो हर्ष !

    ✍️ आर्त अकुलीन

    [४५]
    लिई आऊ सुख समृद्धि र दिगो हर्ष
    सबैको बनोस् उल्लासमय नयाँ वर्ष ।

    ✍️ पद्मा काश्यप पाण्डे, मोरङ

    [४६]
    समस्या यस्तै हो, आउँछ जिन्दगीमा झेल्दै र खेल्दै जाओैँला,
    यी खाने मुखलाई जुँगाले छेक्दैन, जुरेकाे जे छ खाओैँला ।

    ✍️ रामप्रसाद पुरी, बादेल, खाेटाङ ।

    [४७]
    वर्ष फेरिए जस्तै भ्रष्टहरूको अवस्था चैँ फेरियोस्

    नयाँ वर्षले देशमा जनताको सहकाल घेरियोस् ।

    ✍️ बेदु न्यौपाने 🇳🇵

    [४८]
    सबैकाे मनमा खुुसी अनि हर्ष
    दु:ख भुलाएर आयाे नयाँ वर्ष।
    ✍️ सहयात्री शाेभा अर्याल

    रुपन्देही

    [४९]
    देश र तिम्रो समस्या बारे मलाई के थाहा ?
    नववर्षसॅंगै झन् भित्राएँ लाग्ने गरी आहा ।

    ✍️ म्यामराज राई, भोजपुर

    [५०]
    आयो नयाँ वर्ष दु:ख मेटियोस्
    भोकोपेट भर्ने बाटो भेटियोस् ।
    ✍️ मन्दिरा सेढाई

    मलेखु,धादिङ

    [५१]
    बिहानीको किरणसँगै फेरि आयो नयाँ वर्ष
    समस्याको ओइरो देख्छु बिस्मात मान्नु कि हर्ष ?
    ✍️ तोया नाथ चापागाईं

    दमक,झापा

    [५२]
    आउँदोरहेछ धनीलाई हरेक दिन नयाँ वर्ष
    रित्तो खल्ती भएकालाई खै केको उमङ्ग केको हर्ष ।
    ✍️ राजेशराज गड्तौला

    काँडाघारी, काठमाण्डौ

    [५३]
    खाली पेट भर्नलाई अब गरौं है सुरु
    समस्याको समाधानमा आफै बन्नु गुरु ।

    ✍️ धनुष न्यौपाने

    [५४]
    नयाँ वर्षले सबैमा सुख शान्ति छाओस्
    सिर्जना गर्न अति धेरै जाँगर आओस्
    भगवती दवाडी ,झापा
    ~<•>~

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged टुक्का माथि टुक्का, टुक्का_कविता, वसन्त अनुभवLeave a Comment on ‘टुक्कामाथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन शृङ्खला- १३० सम्पन्न

    साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खला- १५१ सम्पन्न

  • ३ बैशाख २०८१, सोमबार ०७:३१ मा प्रकाशित
  • साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको १५१ औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ५१ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका केन्द्रिय उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।

    काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।

    संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरी मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।

    अभ्यासका लागि राखिएको तस्बिर:

    साप्ताहिक तस्बिरमा उदक लेखन अभ्यास शृङ्खला- १५१ मा सहभागी उदक यात्रीका सुन्दर उदकहरू-

    [१]
    पर्व
    नयाँ वर्ष
    खुसी उमङ्ग हर्ष !

    • वसन्त अनुभव
      [२]
      पर्ख
      नयाँ वर्षमा
      आफ्नै गाउँ फर्क !
    • डम्बर थामी ‘अनुपम’
      कालिन्चोक गा.पा.-६, दोलखा
      [३]
      खुसियाली
      नयाँ वर्षमा
      छरियोस् सधैँ हर्षमा !
    • अनुग्रह राना मगर ‘पुष्प’
      पाँचखपन नपा -६, संखुवासभा
      [४]
      स्वागत
      नयाँ चर्षको
      आशा खुसी हर्षको !
    • रमा पन्त, पाल्पा
      [५]
      हराओस्
      पीडा नववर्षमा
      देश नाचाेस् हर्षमा !
    • निरज कोइराला, इटहरी
      [६]
      मजाले
      दु:ख जाओस्
      नयाँ वर्ष आओस् !
    • सनत रोकाय विवश
      कुशे गा.पा.-८, जाजरकोट
      [७]
      परिवर्तन
      ल्याउँछ यसले
      दुःखसुख मिलायो त्यसले !
    • नन्दलाल आचार्य
      सिद्धार्थटोल, उदयपुर
      हाल: एनेलकुटी, सिरहा
      [८]
      हराओस्
      नयाँ वर्षमा
      दुःख पीडा नआओस् !
    • कला ढकाल, झापा
      [९]
      नववर्ष
      नयाँ सोचाइ
      नयाँ कार्यको थालनी !
    • भाेलामान बर्देवा
      धरान-८, सुनसरी
      [१०]
      दुःख
      कष्ट हराओस्
      उमङ्गले मन भराओस् !
    • सरिता सेढाई, धादिङ
      [११]
      नयाँ
      साल समय
      चालचलन छ पुरानै !
    • दीपा गुरुङ्ग
      [१२]
      हर्ष
      नयाँ वर्षमा
      मनमा खुसी छाउने !
    • राज कुमार राजभण्डारी खाेटाङ्गे
      मध्यपुर ठिमी-५, राधे राधे, भक्तपुर
      [१३]
      हर्ष
      नयाँ वर्ष
      शुभकामना आदानप्रदानको चर्चा !
    • सरस्वती श्रेष्ठ, रुपन्देही, बुटवल
      [१४]
      रमाउँदै
      आउनु वर्ष
      हर्षको पछयौरी लिएर !
    • डुकछिरिङ लेपचा
      मिरिक -डुपटिन भारत
      [१५]
      कामना
      विश्वासको सगरमाथा
      बनोस् उदाहरणीय गाथा !
    • पृथक प्रकृति, झापा
      [१६]
      आयो
      नयाँ वर्ष
      लिएर खुसी हर्ष !
    • अनिता भण्डारी, ताप्लेजुङ
      [१७]
      चहाना
      नयाँ वर्षको
      हार्दिक मङ्गलमय शुभकामना !
    • हिमाल अम्मै, घोडाघोडी, कैलाली
      [१९]
      हर्ष
      नवीन वर्ष
      वसन्ती फूलको गर्व !
    • आर्त अकुलीन
      [२०]
      नववर्ष
      सबैमा हर्ष
      नपरोस् केही सङ्घर्ष !
    • घनश्याम पौडेल, पोखरा
      [२१]
      शुभकामना
      नयाँ वर्षको
      बाढी आओस् हर्षको !
    • पूर्णबहादुर श्रेष्ठ ‘हृदयङकृत’
      पनौती न.पा.३, काभ्रे
      [२२]
      बिहानी
      नयाँ वर्षको
      शान्तिको उपहार हर्षको !
    • रिजु दिलपाली
      [२३]
      आयौ
      नयाँ वर्ष
      देखाऊ उन्नतिको उत्कर्ष !
    • केन्द्रप्रकाश बराल, इलाम
      [२४]
      शुभकामना
      नयाँ वर्षको
      फैलियोस् चाहाना हर्षको !
    • बुद्धिप्रसाद लामिछाने कैलाली
      [२५]
      संवत्सर
      खुसीयाली घरघर
      समेटेर सबैको रहर !
    • अच्युत घिमिरे, सर्पाङ, भुटान
      [२६]
      आयो
      नयाँ वर्ष
      उमङ्ग उल्लास हर्ष !
    • श्रीकृष्ण धामी, बझाङ
      [२७]
      शुभकामना
      नयाँ वर्षको
      खुसी उमङ्ग हर्षको !
    • सुस्मिता अधिकारी, काठमाडौँ
      [२८]
      साल
      पुरानो फेरियो
      एकवर्ष बितेको हेरियो !
    • होम प्र. नेउपाने
      धरान, सुनसरी
      [२९]
      आओस्
      नया वर्ष
      छाओस् अनेक खुसी !
    • रघु थापा, सु न पा १.
      [३०]
      वर्ष
      उमङ्ग हर्ष
      सकिएला अब सङ्घर्ष !
    • रामप्रसाद पुरी, बादेल, खाेटाङ
      [३१]
      सुरूवात
      तन्ना मिलाएर
      नयाँ वर्षको बिहानीसँगै !
    • पशपती राई, खोटाङ
      [३३]
      हर्षमा
      पुगौ उत्कर्षमा
      एक्कासीको नयाँ वर्षमा !
    • विवश पारदर्शी, झापा
      [३४]
      पर्व
      लाग्छ गर्व
      भक्तपुरको बिस्केट जात्रा !
    • विके माकजू, भक्तपुर
      [३४]
      नवीन
      आयो साल
      नहोस् कसैको बेहाल !
    • नागेन्द्रप्रसाद यादव, दाङ
      [३५]
      वर्षले
      सकारात्मक सोच
      फैलिएर जाओस् हर्षले !
    • दुर्गा भट्टराई, मोरङ
      [३७]
      छाओस्
      नयाँ वर्ष
      खुसी उमङ्ग आओस् !
    • शोभा आचार्य गौतम, काठमाडौँ
      [३८]
      शुभकामना
      वर्ष एकासी
      उमङ्ग प्रगतिको कामना !
    • नारायण प्रसाद उपाध्याय, कैलाली
      [३९]
      उत्सव
      नयाँ साल
      फेरियोस् सबैको हाल !
    • संगीता खरेल, काठमाडौँ
      [४०]
      उद्गम
      नयाँ वर्ष
      भेटियोस् सबैमा गन्तव्य !
    • प्रेम थापा ‘मन’, बागलुङ
      [४१]
      नववर्ष
      उमङ्गमा मनाइयोस्
      मनका तितोपन हटाइयोस् !
    • कार्की डिबी माकुम
      सुनवल-४, नवलपरासी
      [४२]
      सत्रुता
      नहोस् कसैमा
      शुभकामना टक्र्याएँ सबैमा !
    • मङ्गला उपाध्याय
      [४३]
      नववर्ष
      उमङ्ग हर्ष
      समेटेर दैलाेमा मुस्कुराउँदैछ !
    • सुधा बाँस्कोटा ढकाल
      [४४]
      शान्ति
      सर्वे भवन्तु
      नव वर्षस्य समये !
    • तोयानाथ सुबेदी
      [४५]
      शुभकामना
      नयाँ वर्षको
      पुगोस् मनको चाहना !
    • समुन्द्रा शर्मा, सुनसरी
      [४६]
      हर्ष
      नयाँ वर्षको
      नाना चिची पापाको !
    • चक्र शाही
      [४७]
      अब
      फेरियाे वर्ष
      छाओेस् मनमा हर्ष !
    • ताराप्रसाद चापागाईँ,धुनिबेसी
      [४८]
      फेरियाे
      नयाँ वर्ष
      सबैलाई लिएर हर्ष !
    • उर्मिला के.सी., धनकुटा
      [४९]
      उल्लास
      नयाँ वर्षकाे
      प्याराे सबैका मनकाे !
    • नवराज भट्ट, कञ्चनपुर
      [५०]
      नववर्ष
      मनाउँ हर्षले
      सद्भाव उमङ्ग मस्तले !
    • धनमाया चौधरी, कैलाली
      [५१]
      बिहानी
      छाओेस् हर्ष
      आयाे नयाँ वर्ष !

    – सहयात्री शोभा अर्याल

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खला- १५१ सम्पन्न

    नववर्ष विशेष झिल्का लेखन अभियान सम्पन्न

  • १ बैशाख २०८१, शनिबार ०९:५९ मा प्रकाशित
  • झिल्का लेखन अभियानको नवौँ शृङ्खला (नववर्ष विशेष) सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालले नववर्ष २०८१ को अवसरमा उक्त कार्यक्रमको आयोजना गरेको थियोे ।

    झिल्का कविता लेखनको यस विशेष अभियानमा पनि विगतका शृङ्खलामाझैँ सर्जकहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा छरिएर रहनुभएका नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने १ सय ५९ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।

    झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये झिल्का लेखन अभियान पनि एक भएको र नेपाली समुदायका चाडपर्व, उत्सव लगायत विभिन्न विशेष अवसरहरूमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार/प्रवर्तक/प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो ।

    झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम, लघुतम, प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक, अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्‍याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।

    झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ ।

    ———-<•>———-
    उदाहरण झिल्का:
    खुसीयाली जताततै हर्षको
    कमी नरहोस् कदापि
    शुभकामना हजुर नववर्षको !
    ✍️ वसन्त अनुभव
    घोराही, दाङ

    सहभागी झिल्काकारहरूका उत्कृष्ट झिल्का कविताहरू-
    ———-<•>———-

    १//
    पुगोस् हरेकको चाहना
    नरहून् कोही दरिद्र
    नयाँ वर्षको शुभकामना !
    ✍️ वसन्त अनुभव

    घोराही उपमहानगरपालिका- १४, दाङ

    २//
    घुम्दै आयो नववर्ष
    सारा नेपालीको घरआँगनमा
    छाओस् उमङ्ग हर्ष !
    ✍️ मन्दिरा सेढाई

    मलेखु,धादिङ

    ३//
    नहोस् कसैको धर्ष
    वर्षैभरि उमङ्ग छाओस्
    यस्तो आओस् नववर्ष !

    ✍️ मंगला उपाध्याय

    ४//
    आयो नयाँ वर्ष
    घुम्दै फेरि आँगनमा
    बोकेर अथाह हर्ष ।

    ✍️ पृथक प्रकृति, झापा

    ५//
    सर्वदा समृद्धिको चाहना
    बाईबाई, हाईहाई चल्नुपर्छ
    नूतन वर्षको शुभकामना !
    ✍️नन्दलाल आचार्य
    बेलका २, सिद्धार्थटोल, उदयपुर

    हाल- एनेलकुटी, सिरहा ।

    ६//
    सबैको एउटै चाहना
    मनमा उत्साह उमङ्ग
    नयाँ वर्षको शुभकामना !
    ✍️ जयनारायण नेपाल

    इलाम ,हाल भक्तपुर

    ७//
    शान्ति नयाँ वर्षमा
    दिव्य सन्देश छर्दै
    जीवन बितोस् हर्षमा ।
    ✍️ रबि पाैडेल

    दक्षिण भारत पाण्डेचरि ।

    ८//
    आउने नयाँ वर्ष
    सद्भावले भरियोस् सबैमा
    कसैलाई नपरोस् धर्ष !
    ✍️ अर्जुन प्रसाद चौलागाई
    रामेछापः-सुनापति-१

    हालः-अमेरिका,बोस्टन

    ९//
    नववर्षमा लिएर हर्ष
    उत्साह उमङ्ग मनमा
    नहोस् कसैको अपकर्ष !

    ✍️ निर्मल शर्मा

    १०//
    नववर्ष आँगनमा आायो
    लिएर भारी शुभकामना
    उत्साह उमङ्ग छायो ।
    ✍️ विवश पारदर्शी

    झापा

    ११//
    सबैको पुगोस् चाहना
    उमङ्ग फैलियोस् जताततै
    नववर्षको हार्दिक शुभकामना !
    ✍️ बिकास छेत्री अञ्जान

    कैजले, बिजनबारी, दार्जिलिङ।

    १२//
    खराब बानी त्यागौँ
    नयाँ वर्ष एकासीमा
    सबै सत्मार्गमा लागौँ ।

    ✍️ धनमाया चौधरी

    १३//
    उल्लासमय रहाेस् चाहना
    मिटाेस् निराशा राेगव्याध
    नयाँ वर्षकाे शुभकामना !

    ✍️ प्रकाश के.सी.

    १४//
    आयो नयाँ वर्ष
    दु:खपिर भुली मनाऔँ
    यो खुसी हर्ष !
    ✍️ गंगाराम यादव

    औरावनी २ सुन्सरी

    १५//
    बेलुका सुतेर बिहान
    एक वर्ष बितिगयो
    खनेर उमेरको चिहान।
    ✍️ होम प्रसाद नेउपाने

    धरान,सुनसरी।

    १६//
    आइसक्यो नयाँ वर्ष
    खुसीका साथ मनाऔँ
    लिएर मनमा हर्ष ।
    ✍️ भवानी पाेखरेल(बाबू विराज)

    बाणगङ्गा १ चार नम्बर, कपिलवस्तु

    १७//
    नयाँ बिहानीको माया
    सबैलाई सम्झिरहने दिल
    सधैँभरि रहन्छ छाँया ‌।
    ✍️ नीमा छिरिङ भोटिया
    जलढका कालेबुङ

    भारत

    १८//
    उमेरहरूको सागो तरेर
    बढ्दैछ जीवन यात्रा
    मृत्युको आभास छरेर ।

    ✍️ अनमोल राई

    १९//
    शुभकामना नयाँ वर्षको
    वसन्तको आगमनमा हरियाली
    छाओस् सम्पूर्णमा हर्षको !
    ✍️ दिल ठकुरी

    दार्जिलिङ

    २०//
    बढाेस् सबैमा सुभावना
    प्रगतिले शिखर चुमाेस्
    नयाँ वर्षको शुभकामना !
    ✍️ त्रिलाेचन भण्डारी

    मेचीनगर,झापा

    २१//
    नयाँ वर्षको आस
    परिवर्तनको लहर देशमा
    नहोस् कोही निराश ।
    ✍️ संगीता खरेल

    चन्द्रागिरी ८ काठमाडौँ

    २२//
    मेरो एउटै चाहना
    समृद्ध नेपाल बनोस्
    सबैमा नववर्षको शुभकामना !
    ✍️ शंकर कार्की

    थाहा नगरपालिका मकवानपुर।

    २३//
    हरियाली पालुवा सरी
    आगमन वसन्तको यो
    शुभकामना अञ्जुली भरी !

    ✍️ नागेन्द्रप्रसाद यादव, दाङ

    २४//
    सफल रहाेस् चाहना
    हर्ष खुसी छाओस्
    सबैमा नववर्षकाे शुभकामना !
    ✍️ काेपिला अधिकारी

    गाेरखा सिरानचाेक

    २५//
    एउटै मनको चाहना
    मनको इच्छा पुगोस्
    नयाँ वर्षको शुभकामना !

    ✍️ कविता गुरुङ, रोल्पा

    २६//
    नववर्ष उमङ्ग सबमा
    उत्तराेतर प्रगति पाइलापाइलामा
    आरोग्यता होस् नेपालीजनमा ।

    ✍️ ज्ञानेन्द्ररत्न वज्राचार्य, काठमाडौँ ।

    २७//
    जीवनमा आओस् हर्ष
    नयाँ दिन खुसीयालीकाे
    बनाेस् नयाँ वर्ष !
    ✍️ राज कुमार राजभण्डारी खाेटाङ्गे

    मध्यपुर ठिमी ५ राधे राधे भक्तपुर ।

    २८//
    मौका आउँछ पर्खँदैन
    चिन्ने गर समयलाई
    बगेको खोला फर्कँदैन ।

    ✍️ देवकृष्ण काफ्ले

    २९//
    फैलिएर शान्ति सद्भावना
    समृद्धिका पालुवा पलाओस्
    नयाँ सालको शुभकामना !
    ✍️ कृष्णकुमार वैद्य

    बनेपा ९, काभ्रे

    ३०//
    आयो नविन वर्ष
    भुलेर दु:ख पीडा
    मनमा छायो हर्ष !

    ✍️ आर्त अकुलीन

    ३१//
    आयाे नयाँ वर्ष
    फेरिन्छ मात्र भित्तेपात्रो
    दुखीलाई छैन हर्ष !
    ✍️ हिरालाल न्याैपाने

    बानपा ८,सल्यान

    ३२//
    वसन्तकाे साथ पाउँदा
    फेरिऊन् नयाँ साेचहरू
    एकासीको बहार छाउँदा !

    ✍️ फूलमाया कुलुङ, साेलुखुम्बु

    ३३//
    नयाँ वर्ष आयो
    हर्ष र उमङ्गमा
    सबैतिर खुसी छायो ।
    ✍️ अनुग्रह राना मगर ‘पुष्प’

    पाँचखपन नपा – ६ संखुवासभा ।

    ३४//
    गरियो सुखदुःखको सामना
    उमङ्ग ल्याओस् नववर्षले
    सबैमा हार्दिक शुभकामना !

    ✍️ विश्वनाथ ढुङ्गेल

    ३५//
    नयाँ वर्षमा गुरु
    मिहिनेत मेरो कर्म
    नवीन यात्रा सुरु ।
    ✍️ धनुष न्यौपाने

    जुम्ला

    ३६//
    फेरिन्छ सालिन्दा साल
    फेरिँदैन कहिल्यै पनि
    निमुखा जनको हाल !

    ✍️ बाबुराम गौतम, गुल्मी

    ३७//
    पुरानो वर्ष जाऊ
    स्वागत छ नववर्ष
    शुभ भएर आऊ !

    ✍️ विके माकजू , भक्तपुर ।

    ३८//
    आयो रमाउँदै नववर्ष
    सुरुआत नयाँ कामको
    खुसी उमङ्ग हर्ष !
    ✍️ प्रेम शर्मा ” एकान्त प्रेमी

    कालेबुङ

    ३९//
    शुभकामना सन्देश छायाे
    विगतकाे वर्ष भुलाउँदै
    मनमा खुसियाली पलायाे ।
    ✍️श्रीबहादुर केसी शैलुङ्गे

    दुवाकाेट,भक्तपुर

    ४०//
    नववर्षमा नयाँ गाेरेटाे
    उमङ्ग रहोस् एकनास
    दु:खले काटोस् नेटो !
    ✍️ रमेश पन्थी

    राप्ती-५सिसहनिया दाङ

    ४१//
    पुगोस् मनका चाहना
    सबैमा नयाँ वर्षको
    हार्दिक मङ्गलमय शुभकामना !

    ✍️ अनिता भण्डारी ताप्लेजुङ

    ४२//
    सत्कर्मको जागोस् भावना
    सदा सुखशान्ति मिलोस्
    नयाँ वर्षको शुभकामना !

    ✍️ दीपा तिम्सना, ईलाम

    ४३//
    पहिलो वैशाख सुरुमा
    मङ्गल कामना सबैलाई
    चढाउँछु प्रार्थना गुरुमा ।

    ✍️ मोती सुब्बा

    ४४//
    आयो नयाँ वर्ष
    त्यागौँ हत्या हिंसा
    बाडौँ सद्भावना हर्ष !
    ✍️ सुदर्शन शर्मा

    सिरानचोक ३ गोरखा

    ४५//
    नववर्षको सबैलाई शुभकामना
    सुख समृद्धि छाओस्
    पुगोस् सबैको चाहना !

    ✍️ अमित लोहोरुङ राई

    ४६//
    गराैँ अन्धकारकाे सामना
    बसाउँ उज्ज्वल बस्ती
    सबैमा नववर्षकाे शुभकामना !
    ✍️ हरिगाेपाल प्रधान

    काभ्रे, बनेपा १४ साँगाबजार।

    ४७//
    खुसीहरू लिएर आउनू
    नयाँ वर्ष तिमी
    हरेकको जीवनमा छाउनू !

    ✍️ पुष्पा राई, खोटाङ ।

    ४८//
    शुभकामना नयाँ वर्षमा
    खुसी छावस् सधैँभरि
    बितोस् दिन हर्षमा ।
    ✍️ समुन्द्रा शर्मा

    सुनसरी

    ४९//
    देशमा परिवर्तन आओस्
    नयाँ वर्षको आगमनले
    सुख शान्ति छाओस् !

    ✍️ कला ढकाल, झापा

    ५०//
    खुसियाली छाओस् नववर्षमा
    सारा दुनियाँ रमाउन्
    सुखशान्ति र हर्षमा !
    ✍️ ईश्वर साउद

    सुदुरपश्चिम अछाम रामाराेसन ६ अछाम

    ५१//
    घरमा चुलो बलोस्
    गरिबको जीवनमा पनि
    सुख फलोस् फुलोस् ।
    ✍️ बाबुराजा वियोगान्त

    बैतडी

    ५२//
    गद्दार पुगून् काशीमा
    देश समृद्ध बनोस्
    भ्रष्टाचारी चढून् फाँसीमा !
    ✍️ शोभा शाह थापा

    हेटौंडा ४, मकवानपुर ।

    ५३//
    स्वस्थ रहोस् भावना
    वसन्तको अनुगमन सँगसँगै
    नयाँ वर्षको शुभकामना !

    ✍️ श्रीकृष्ण धामी – बझाङ

    ५४//
    आओस् नयाँ वर्ष
    उमङ्गको संसार ल्याई
    पाइयोस् मनमा हर्ष !

    ✍️ प्रेम थापा “मन” बागलुङ

    ५५//
    कोसेली खुसी हर्ष
    लिएर आइपुग्यो जीवनमा
    फेरि नयाँ वर्ष !
    ✍️ बि.कुलुङ

    दार्जिलिङ रंगबुल

    ५६//
    समृद्ध देशको चाहना
    चौतर्फी बनोस् विकासमय
    नयाँ वर्षको शुभकामना !

    ✍️ भगवती दवाडी, दमक,झापा

    ५७//
    आयो नयाँ वर्ष
    ल्याओस् सबैमा यसले
    उमङ्ग र हर्ष !
    ✍️ दीपा समभाव

    खोटाङ्ग

    ५८//
    बित्याे आसमा असी
    छैन भर एकासीकाे
    हिँड्छन् शब्दवाण धसी !

    ✍️ बासु पौड्याल

    ५९//
    स्वागत छ नववर्ष
    दुःखदायीलाई सुखदायी बनाई
    लिएर आऊ हर्ष !
    ✍️ शकुन राई

    मिरिक , दार्जीलिङ्ग ।

    ६०//
    गर्‍यौँ दु:खको सामना
    सुखको आगमन होस्
    सबैमा हार्दिक शुभकामना !
    ✍️ भुपेन्द्र राना मगर

    धादिङ

    ६१//
    सुख शान्ति आओस्
    नयाँ वर्ष एकासीमा
    सबैमा खुसियाली छाओस् !
    ✍️ भुजेल अरुण शान्ति

    गोरुबथान,कालिम्पोङ,भारत।

    ६२//
    रिसराग सब नाशी
    स्वागत गरौँ सबैले
    दुई हजार एकासी !
    ✍️ विमल खतिवडा माइला

    सिलगढी, भारत

    ६३//
    नयाँ वर्षको शुभकामना
    बारम्बार दिन सकिँदैन
    सुअवसरमा बाड्दैछु भावना !
    ✍️ अम्बिका अधिकारी

    झापा बिर्तामोड

    ६४//
    नववर्ष खास बनोस्
    यादकार होस् सबैलाई
    खुसीले साल चलोस् !
    ✍️ सनत रोकाय बिवश

    कुशे गा.पा. ८ जाजरकोट

    ६५//
    आपसी रिसराग भुलौँ
    शुभ मङ्गल नववर्षमा
    सुखशान्तिमा रमाई झुलौँ !
    ✍️ कार्की डिबी माकुम

    सुनवल-४, नवलपरासी

    ६६//
    उपहार नयाँ वर्षको
    युवा सबै विदेशमा
    खुसी न हर्षको !

    ✍️ देवी पन्थी

    ६७//
    नयाँ वर्षको शुभकामना
    केही झिल्काहरू लेखियो
    आफ्नै मनको भावना !

    ✍️ गुणनिधि घिमिरे अमेरिका

    ६८//
    सबैमा नवीन चाहना
    देशमा शान्ति छावोस्
    दुईहजार एकासीको शुभकामना !

    ✍️ बेदु न्यौपाने

    ६९//
    उत्साह उमङ्ग छरेर
    ल्याओस् नयाँ वर्षले
    सबैको झोली भरेर !

    ✍️ राजेन्द्र प्रधान ‘पासा’, दार्जिलिङ

    ७०//
    आगोको झिल्का झरर
    खुसी आओस् नेपालीहरूलाई
    नववर्षको शुभकामना फरर !
    ✍️ चुडामणी देबकोटा

    चनपा १३ काठमाण्डौ

    ७१//
    नववर्षको हार्दिक शुभकामना
    विश्वमा खुसियाली छाओस्
    मनको एउटै चाहना !
    ✍️ बिके मुखिया

    दार्जिलिङ, भारत

    ७२//
    देखावटी खुसी देखाउन
    नयाँ वर्ष आयो
    गरिब दुखीलाई रुवाउन !
    ✍️ पवन दाहाल

    रतुवामाइ-९ मोरङ

    ७३//
    जीवनमा गरेर सामना
    मनैमा उमङ्ग छाओस्
    नयाँ वर्षकाे शुभकामना !
    ✍️ सहयात्री शाेभा अर्याल

    रुपन्देही

    ७४//
    नयाँ वर्षले ल्याओस्
    सुख समृद्धि सहित
    सबैमा शान्ति छाओस् !

    ✍️ रामप्रसाद पुरी, बादेल, खाेटाङ ।

    ७५//
    आयो उमङ्गको बहार
    प्रकृतिले पालुवा फेर्‍यो
    नववर्षको दिंँदै उपहार !
    ✍ नवशिला

    नवदेव मार्ग, बेलबारी, लालभित्ती, मोरङ।

    ७६//
    आयो नयाँ वर्ष
    जस्ताे भए पनि
    मनाउँ मानेर हर्ष !
    ✍️ गोबिन्द्र राज तिमिल्सेना

    ठेगाना: बडिमालिका ७ बाजुरा

    ७७//
    धैर्य गरेर पर्ख
    आउनेछ सद्भाव, शान्ति
    उमङ्गको नयाँ बर्ख !

    ✍️ प्रमिला प्याकुरेल खड्का

    ७८//
    स्वागतम् नयाँ वर्ष
    स्वर्णिम आगमनले तिम्रो
    छाओस् सबैतिर हर्ष !
    ✍️ नबराज ओझा”दियालो”

    धनगढी, कैलाली

    ७९//
    छर्दै उमङ्ग हर्ष
    शुभकामना छ सबैलाई
    आयो नयाँ वर्ष !
    ✍️ पुष्पा सुवेदी

    नेपालगन्ज,बॅाके

    ८०//
    नयाँ वर्ष आफूजस्तै
    लिएर उमङ्ग सुख
    समृद्धि ल्याओस् मस्तै !
    ✍️ तुलसी छेत्री

    दुलियाजान -असम ।

    ८१//
    वसन्त उमङ्गको नाममा
    शान्तिको सन्देश छर्दै
    नयाँ वर्षको शुभकामना !

    ✍️ बिकाश थापा

    ८२//
    चाहना होऊन् पूरा
    आउँदो नयाँ वर्षले
    पुराओस् मनका कुरा !

    ✍️ धड्कन जैशी अछाम्

    ८३//
    नयाँ वर्षको शुभकामना
    उमङ्ग लिएर आओस्
    गरौँ खुसीले सामना !
    ✍️ शोभा आचार्य गौतम

    काठमाडौँ

    ८४//
    आउँदैछ नयाँ वर्ष
    ल्याएर उमङ्ग खुसी
    छाउँदैछ मनमा हर्ष !
    ✍️ केसर बाेहरा ( सङ्घर्ष )
    सुदूरपश्चिम अछाम ।

    हाल भारतबाट ।

    ८५//
    यो नयाँ वर्षदेखि
    सकारात्मक सोच राखौँ
    सशक्त रचनाहरू लेखी !
    ✍️ भोज विवश मगर

    नवलपरासी पुर्व

    ८६//
    शिखरमा शैल मुस्कुरायो
    मन्द समीरले व्युँझाई
    हेर नववर्ष आयो !
    ✍️ कमल प्रसाद बगाले
    वालिङ्ग बजार स्याङ्जा

    गण्डकी प्रदेश

    ८७//
    हराभराले छाओस् वर्षभरि
    वनजङ्गल खेतबारी पाखामा
    खुसियाली सर्वत्र छरी !
    ✍️ राजेश्वरी राजोपाध्याय

    ललितपुर

    ८८//
    समृद्ध राष्ट्रको चाहना
    सम्पूर्ण नेपाली जगतलाई
    नववर्षको हार्दिक शुभकामना !
    ✍️ शशीश्री आचार्य

    बौद्ध कुमारीगाल काठमाडौँ

    ८९//
    यो नयाँ सालमा
    नाँच्ने गाउने रमाउने
    सबै आआफ्नै तालमा !
    ✍️ ललिता गिरी सिन्धुली

    हाल काठमाडौँ

    ९१//
    घुमेर आयो फेरि
    एक वर्ष बित्छ
    जहिले पात्रो हेरी !
    ✍️ लक्ष्मण देउवा डोटी

    हाल भारत

    ९२//
    सुनसान अँध्यारो रात
    आघात जलन मुटुमा
    मायाको ठूलो आघात !

    ✍️ उपकार नेचाली

    ९३//
    नयाँ वर्षको आगत
    नाँच्दै आउने उमङ्गलाई
    गर्नैपर्छ मिलेर स्वागत !
    ✍️ घनश्याम पन्त

    हरिवन, सर्लाही

    ९४//
    पात्रोमा अङ्क थपिन्छ
    नयाँ वर्ष भन्दै
    किन मन्त्र जपिन्छ ?
    ✍️ बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )

    कनकाइ ४ झापा

    ९५//
    गरौँ सबैले कामना
    सुखी, समृद्ध नेपाल
    हामी सबैको चाहना !
    ✍️ शान्ता पौडेल भट्टराई

    टङ्कीसिनवारी, मोरङ

    ९६//
    सबैको मनमा उत्साह
    अतित भुलेर यसै
    नववर्षमा रमाउने चाह !

    ✍️ सम्पूर्ण जोशी

    ९७//
    पीडा भुलेर जाओस्
    असीको अन्तिम सन्ध्याले
    एकासी सुनौलो ल्याओस् !
    ✍️ नील हरि काफ्ले

    सिन्धुली (हाल काठमाडौँ)

    ९८//
    रित्तो कसैको पेट
    घर छैन उज्यालो
    नयाँ वर्षमा चोट !
    ✍️ बोधराज न्यौपाने

    वालिङ , स्याङ्जा

    ९९//
    कोइलीले गीत गायो
    समधुर शिशिरको जाडोमा
    वसन्त ऋतु आयो !
    ✍️ सीमा कार्की समर्पण

    मेलचोक पर्सा

    १००//
    नववर्षमा नयाँ उमङ्ग
    गएकाे वर्षभन्दा नि
    फेरियोस् जीवन रङ्ग !
    ✍️ भाेलामान बर्देवा

    धरान ८ सुनसरि

    १०१//
    मनभरि छ चाहना
    वर्ष दुईहजार एकासीको
    सबैमा हार्दिक शुभकामना !

    ✍️ सुरेश कार्की

    १०२//
    विकासको गतिविधि सुधारौँ
    नयाँ वर्ष लागेपछि
    न्यायको ढोका उघारौँ !
    ✍️ लिजा पुन मगर

    म्याग्दी

    १०३//
    शुभकामना सुखद जीवनको
    खुसी शान्ति समृद्धि
    संयमता बाँचिरहोस् मनको !

    ✍️ कमला पौडेल

    १०४//
    स्वागत नयाँ वर्ष
    नबिर्सनु है तिमीले
    ल्याउनुछ सबैमा हर्ष !

    ✍️ कपिल किशोर घिमिरे

    १०५//
    नयाँ उमङ्ग ल्याओस्
    आउने वर्षले सबैको
    घरआँगनमा खुशी छाओस् !
    ✍️ कबिताहरी

    सुन्दर हरैंचा नगरपालिका १ मोरङ

    १०६//
    शुभकामना हजुर नववर्षको
    देशमा सुशासन छाओस्
    माहोल बनोस् हर्षको !

    ✍️ नवीन कुमार ढकाल, हेटौंडा –९

    १०७//
    खाली एउटै चाहना
    रोग, भोक, शोक
    हटोस् हार्दिक शुभकामना !
    ✍️ मनोहरी पौडेल

    गैडाकोट १

    १०८//
    आयामहरू नौला सोच्नेछौँ
    आचरण प्रवृति सुधारेर
    विकृति विसङ्गतिलाई घोच्नेछौँ ।
    ✍️ केन्टरमेश क्षेत्रीय

    रोल्पा

    १०९//
    भ्रष्टाचार खतम होस्
    सदाचारी सब होऊन्
    कसैमा दोष नलागोस् !

    ✍️ होमनाथ गिरी

    ११०//
    बाह्र महिना सकियो
    सुरुआत फेरि हुन्छ
    शुभकामनाको बालियोस् दियो ।
    ✍️ मदनमणि राई

    सोलु दु.न.पा.११तिङ्ला सोलुखुम्बु।

    १११//
    उच्च रहून् मनकामना
    पुरा हुन् आकाङ्क्षाहरू
    नयाँ वर्षको शुभकामना !
    ✍️ तोया नाथ चापागाईं

    दमक,झापा,नेपाल

    ११२//
    बनावटी चिन्ता त्यागौँ
    नयाँ वर्षको उपहार
    देशको चिन्तनमा लागौँ !

    ✍️ कमला भण्डारी ढकाल

    ११३//
    शान्ति छाओस् देशमा
    शुभकामना नव वर्षको
    नआऊन् नक्कली भेषमा !

    ✍️ रिजु दिल्पाली

    ११४//
    बित्यो बाह्र महिना
    गरिबीको परिधिले कठै
    जिन्दगी बित्यो उमङ्गविना !

    ✍️ सन्तु खत्री

    ११५//
    परिश्रमको पसिना तरर
    निरन्तर बगोस् धरतीमा
    नववर्षको खुसी हरर !

    ✍️ बिजयराज न्यौपाने

    ११६//
    गर्नु चुनौतीको सामना
    दाजुभाइ दिदीबहिनी सबैलाई
    नयाँ वर्षको शुभकामना !
    ✍️ प्रविना प्रयासी

    ओखलढुंगा

    ११७//
    नयाँवर्ष बिक्रम सम्बत
    मनाउँछौँ शुभकामना दिई
    बिर्सेर नराम्रा बिगत !

    ✍️ रचना शर्मा प्रतीक्षा, ललितपुर ।

    ११८//
    खुसीको बीउ राेपेर
    नयाँ वर्ष आओस्
    हिँडाैँ उमङ्ग बाेकेर !
    ✍️ सन्दीप विश्वकर्मा

    प्यूठान (हाल:पाल्पा)

    ११९//
    छाउँदै उमङ्ग हर्ष
    विपुल उत्साह वर्षाउँदै
    आओस् हाम्रो नववर्ष !
    ✍️ डम्बर थामी ‘अनुपम’

    कालिन्चोक गा. पा. -६, दोलखा ।

    १२०//
    बोलौँ दिल खोलेर
    नव वर्षको शुभकामना
    पिरो वचनले नपोलेर !
    ✍️ सुरेशकुमार पाण्डे

    दाङ घोराही १८

    १२१//
    दुःख कष्ट हराओस्
    यो नयाँ वर्षले
    खुसीको बहार छाओस्

    ✍️ सरिता सेढाई धादिङ

    १२२//
    समृद्ध राष्ट्रको चाहना
    नववर्ष दुईहजार एकासीको
    सबैमा हार्दिक शुभकामना !
    ✍️ कृष्ण देउबा

    डडेलधुरा

    १२३//
    सुख, शान्तिको कामना
    मनमा उमङ्ग छाओस्
    सबैलाई नववर्षको शुभकामना !

    ✍️ मन्जु बोहरा

    १२४//
    लिएर मनमा हर्ष
    बनोस् काम अड्केकाे
    सुखद बनोस् नववर्ष !

    ✍️ प्रद्युम्न चालिसे

    १२५//
    नयाँ वर्षको शुभकामना
    सुखशान्ति र समृद्धिको
    पुगोस् सबै चाहना !

    ✍️ रसज्ञ छहरा

    १२६//
    मिलिजुली गरौँ सामना
    सखाप पारौँ चुनौतीहरू
    नववर्षको मिठो शुभकामना !

    ✍️ चिरञ्जीवी ढकाल

    १२७//
    नववर्षको हार्दिक शुभकामना
    पालुवा पलाओस् सदैव
    बाँझो नरहून् चाहना !
    ✍️ सञ्जना शर्मा

    लमही दाङ

    १२८//
    अपुरो नरहून् चाहना
    खुसियाली होस् जताततै
    नयाँ वर्षको शुभकामना !
    ✍️ गणेश कार्की

    धनकुटा चानुवा

    १२९//
    घरघरमा नयाँ वर्ष
    रिसराग छोडेर हामी
    मनाऔँ सबैले हर्ष !
    ✍️ बिरेन्द्र कुमार चौधरी

    इटहरी सुनसरी

    १३०//
    आयो नयाँ वर्ष
    फर्केर आएँ उसँगै
    मनाउन खुसी हर्ष !

    ✍️ सुमित्रा शिशु, झापा

    १३१//
    नववर्ष हर्षाेल्लासले मनाऔँ
    प्रगतिमा लागाेस् तनमन
    मिष्ठान्न भाेजन बनाऔँ ।
    ✍️ नवराज भट्ट

    कञ्चनपुर

    १३२//
    घरघरमा नववर्ष आओस्
    नरहोस् कसैसँग शत्रुता
    सबैमा आत्मीयता छाओस् ।

    ✍️ सरस्वती श्रेष्ठ इटहरी

    १३३//
    आयो नयाँ वर्ष
    दु:ख अभाव हटाई
    ल्याओस् खुसी हर्ष !
    ✍️ बाबुराम पाण्डे

    अर्घाखाँची

    १३४//
    नववर्षको यो आगमन
    सदाचार, सौहार्द, सहिष्णुता
    वनोस् प्रफुल्लित मन ।
    ✍️ पेम्वा यल्मो

    दार्जीलिङ,भारत

    १३५//
    खुसीहरू बोकेर आओस्
    नववर्षले सबैको जीवनमा
    हाँसोसँगै उमङ्ग ल्याओस् !
    ✍️ वि.वि.याक्खा

    पाँचखपन -६ संखुवासभा।

    १३६//
    आउँछ वर्षमा एकपटक
    पुरानो गई नयाँ
    देखाउँदै नौलो चटक !

    ✍️ साहित्य प्रेमी

    १३७//
    फूलझैँ जीवन फुलिरहोस्
    नववर्षको शुभेच्छा लिएर
    हर्षमा मन झुलिरहोस् !
    ✍️ दस्ता कौशिक

    – पाँचथर, सिंहपुर

    १३८//
    सिरसिर हावा हुरूरू
    नयाँ वर्षको हर्षोल्लास
    इच्छा चाहना फुरूरू !

    ✍️ हिरादेवी कुलुङ

    १३९//
    नयाँ उमङ्ग छाओस्
    याे नयाँ वर्षमा
    सपरिवारमा नवउत्साह ल्याओस् !

    ✍️ बुढ्यौली साहित्य समाज सिन्धुली

    १४०//
    रहर उत्साह भाग्यो
    गरिबहरूको जीवनमा जब
    माकुराको जालो लाग्यो !
    ✍️ सुष्मा मगर रोल्पा

    हाल ईन्दिया

    १४१//
    समृद्धि सबमा आओस्
    बनाेस् हर्षित जीवन
    नववर्षमा उमङ्ग छाओस् !

    ✍️ शम्भु गजुरेल , सिन्धुली

    १४२//
    जीवन बिताऊँ हर्षले
    शान्ति देओस् मनमा
    सबैको नयाँ वर्षले !

    ✍️ करन बोहरा, बझाङ

    १४३//
    खुसी लिएर आओस्
    नववर्ष सबैको जीवनमा
    हर्षसँगै उमङ्ग छाओस् ।
    ✍️ दुर्गा भट्टराई

    माेरङ

    १४४//
    जीवनमा उमङ्ग छाओस्
    आउँदो नयाँ वर्षले
    नेपालीमा हर्ष ल्याओस् !
    ✍️ सुस्मिता अधिकारी

    काठमाडौँ

    १४५//
    आँधी आओस् हर्षको
    छ मेरो शुभकामना
    सबैमा नयाँ वर्षको !
    ✍️ बिचन्द्र रायमाझी “मुस्कान “

    तानसेन ,पाल्पा

    १४६//
    नववर्ष नेपालमा छायो
    गुराँसको बैँसालु जवानी
    उल्लासमय वातावरण बनायो !

    ✍️ म्यामराज राई, भोजपुर

    १४७//
    नववर्षमा उमङ्ग आओस्
    नेपालीको सद्भाव लिएर
    मुलुकभर प्रगति छाओस् !
    ✍️ एवाइ प्रभात

    धनकुटा

    १४८//
    आँसुकाे भेल आयाे
    हेरे धेरैले रमिता
    दु:खकाे टुसाे पलायाे !

    ✍️ दीपक दाहाल

    १४९//
    आयो आयो नववर्ष
    एकक्षण हरघर नियाल्दै
    पसेर जान्छ हर्ष !
    ✍️ राजनारायण राई

    सोनादह दार्जीलिङ

    १५०//
    अल्छी आलस्य फालेर
    लाग्नुछ कर्म क्षेत्रमा
    मनकाे ज्याेति बालेर !

    ✍️ भुपेन्द्र के.सी.

    १५१//
    फेरि लिएर भारी
    सुन्दर सुखद सपनाको
    लस्कर सहितको सवारी !

    ✍️ उमेश उपाध्याय

    १५२//
    बनोस् जिन्दगानी सुरतालको
    सकारात्मक सोच सद्भाव
    शुभकामना नयाँ सालको !

    ✍️ कृष्ण सुवेदी

    १५३//
    दु:खकष्ट हट्दै जाओस्
    नयाँ वर्षको शुभकामना
    सबैमा खुसियाली छाओस् !

    ✍️ सोमनाथ लुइँटेल रवि पाल्पाली

    १५४//
    फुलको माला गासी
    स्वागत गर्छौ तिमीलाई
    नयाँ साल एकासी ।
    ध्रुव श्रेष्ठ

    खोटाङ,हाल काठमाडौ ।

    १५५//
    नयाँ वर्षको बहार
    लिएर आऊ तिमी
    भरी सबैमा जाँगर !
    ✍️ देव मगर

    तिनाउ-१,कचल,पाल्पा

    १५६//
    नयाँ वर्ष आयो
    उत्साह नयाँ लिएर
    फेरि खुसियाली छायो
    ✍️ बालकृष्ण श्रेष्ठ

    सोलुखुम्बु

    १५७//
    आइपुग्यो नयाँ साल
    नहोस् ताल पहिलाको
    केही होला कमाल !

    ✍️ ज्ञानेन्द्र क्षत्री

    १५८//
    नयाँ वर्षको शुभकामना
    अष्टाङ्गिक मार्ग पछ्याऔँ
    पुग्नेछ सबैको मनोकामना ।

    ✍️ के.पि. गौतम

    १५९//
    अतीतका पीडा भुल्ने
    आओस् नयाँ साल
    समृद्धिको शिखर डुल्ने !
    ✍️ नेत्र घिमिरे

    सूर्यविनायक, भक्तपुर ।

    —-<••:जय झिल्का! जय साहित्य!:••>—-

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged झिल्का कविता, झिल्का लेखन अभियान, वसन्त अनुभवLeave a Comment on नववर्ष विशेष झिल्का लेखन अभियान सम्पन्न

    प्रिय नयाँ वर्ष (कविता)

  • २९ चैत्र २०८०, बिहीबार २०:२६ मा प्रकाशित
  • प्रिय नयाँ वर्ष (कविता)
    ~~
    हरेक वर्ष नयाँ बनेर आउने
    कहिल्यै पुरानो बन्न नचाहने
    प्रिय नयाँ वर्ष…..!
    तिमी हरेकलाई खुसी
    अनि उमङ्ग लिएर आउनू
    प्रिय नयाँ वर्ष….!
    विगतमा तिमी कुनै कुरामा
    चुकेको भए…..!
    अनायास दु: ख दिएको भए
    प्रिय नयाँ वर्ष ……..!
    यसपालि कुनै कुरामा नचुक्नू
    सबैलाई अनुकूल बन्न त सक्दैनौ होला…!
    तर पनि प्रिय नयाँ वर्ष….!
    सच्चा बाटोमा डिड्न चाहनेहरुलाई
    कत्ति दु:ख नदिनु…..!
    प्रिय नयाँ वर्ष……!
    तिमी फेरिन्छौ हरेक साल
    तर हाम्रा विगत टाढिदै जान्छन्
    तिम्रो आगमनले खुसी हुने हामी
    झसङ्ग हुन थालेका छौँ……!
    प्रिय नयाँ वर्ष……..
    किनकि तिमीलाई स्वागत
    गर्दा गर्दै हाम्रा बालापन बिते
    किशोरावस्था बिते
    पत्तै भएन
    प्रिय नयाँ वर्ष…..!
    तिमी फेरिँदै जाँदा नयाँ बन्छौ
    तर हामीलाई पुरानो बनाउँछौ
    तर पनि हामी चित्त बुझाउँछौँ
    तिम्रो स्वागत गरिरहन्छौँ
    प्रिय नयाँ वर्ष……….!
    तिमीले अब…..
    हामीलाई वर्षभरिको योजना
    बनाउन सिकाउनू
    जुन योजनाले हामीलाई
    बिगतमाभन्दा अझ सफल बन्न सिकाओस्
    प्रिय नयाँ वर्ष …….!
    तिमीले हरेकलाई
    स्वस्थ तन अनि स्वस्थ मन दिनू
    जसको प्राप्तिले कोही दु:खी बन्न नपरोस्
    प्रिय नयाँ वर्ष…….!
    तिमी कठोर नबनीदिनू
    किनकि…….
    जगतमा कैयौं दु:खका प्रहरहरु…….!
    हामी मानवले सामना गरेका छौँ
    प्रिय नयाँ वर्ष…….!
    अब देशमा संम्बृद्धि
    अनि….
    सुशासन लिएर आउनू
    युवालाई राष्ट्र निर्माणमा लाग्ने
    उत्साह र उमङ्ग लिएर आउनू
    प्रिय नयाँ वर्ष…….!
    तब राष्ट्र संबृद्ध बन्नेछ
    विगतमा तिम्रो स्वागत गरिरहेकाहरु….!
    अझ……..
    सशक्त ढंगले स्वागत गर्न आतुर छौँ।
    प्रिय नयाँ वर्ष…..!स्वागत गर्न आतुर छौँ।

    तेजप्रसाद खनाल लमही दाङ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on प्रिय नयाँ वर्ष (कविता)

    ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन शृङ्खला- १२९ सम्पन्न

  • २५ चैत्र २०८०, आईतवार १८:३६ मा प्रकाशित
  • ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन शृङ्खला- १२९ सम्पन्न

    काठमाडौँ । साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १२९ औँ शृङ्खला सम्पन्न भएको छ ।
    अभ्यासमा नेपाल लगायत विश्वका ४९ जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।

    टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।

    टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।
    टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १२९ औँ शृङ्खलाको लागि प्रतिनिधि टुक्काको रूपमा समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।

    टुक्का माथि टुक्का- १२९
    आँखा छोप्नु कान थुन्नु नि सकिन्न भने बरु
    किन जल्छौ म जे गरुँ देखीनसहनेहरू ?
    वसन्त अनुभव

    [१]
    जल्नेहरू जलिरहून् खरानी नै बनून्
    आफ्नो बाटो नछोड जसले जे जे भनून् ।
    ✍️ वसन्त अनुभव
    घोराहीउपमहानगरपालिका १४, दाङ
    [२]
    पत्रपत्र जलेर खरानी भएको बेला
    आगोमा घिउ थप्न भएछौ आएर भेला ।
    ✍️ अम्बिका अधिकारी
    झापा बिर्तामोड
    [३]
    नेताको बोलीमा फेरि तिमी भुलियो
    हन चियामा त कति चिनी गुलियो ।
    ✍️ नीमा छिरिङ भोटिया
    जलढका कालेबुङ
    भारत
    [४]
    हेर्दिनँ भने पनि देखिन्छ आँखा अघि भएपछि
    यस्ताे हर्कत गर्नुभन्दा त ! मर ढुक्क गएपछि ।
    ✍️ बाबू विराज
    बाणगङ्गा १ चार नम्बर, कपिलवस्तु
    [५]
    हावा निकै चल्यो
    सत्ता हेर ढल्यो ।
    ✍️ नागेन्द्रप्रसाद यादव, दाङ
    [६]
    आँखा छोप्छु मुखै थुन्छु भुलिदिन्छु भनी
    झल्को मेट्न सकिएनँ घाँटी रेटे पनि ।
    ✍️ मन्दिरा सेढाई
    मलेखु,धादिङ
    [७]
    मानव बेचिने देशमा मानवताको छैन कदर
    कानुन हुँदाहुँदै पनि हुने सजाय किन बदर ?
    ✍️ कार्की डिबी माकुम
    सुनवल-४, नवलपरासी
    [८]
    छन् यहाँ धेरै अरूको उन्नति अनि प्रगतिमा जल्नेहरू
    केही गर्न सक्दैनन् आखिर अह्राएको बुद्धिमा चल्नेहरू ।
    ✍️ बाबुराम पाण्डे
    अर्घाखाँची
    [९]
    यहाँ सोच्दैछन् कसरी सकिन्छ छल्न
    अरूको प्रगति भयो कि थाल्छन् जल्न ।
    ✍️ प्रतिज्ञा प्रतिज्ञा
    मेहेलकुना सुर्खेत
    [१०]
    कसैले सक्तैन छेक्न जल्ने मानव जातिलाई
    आफ्नो कर्तव्य नभुली बढौँ सही बाटो समाई ।
    ✍️ अर्जुन प्रसाद चौलागाई
    रामेछापः-सुनापति-१
    हालः-अमेरिका,बोस्टन।
    [११]
    जल्नेहरू हिँड्छन् सधैँ मुन्टो बटारेर
    के नै खालो सार्लान् र खै खुट्टा लतारेर !
    ✍️ विवश पारदर्शी
    झापा
    [१२]
    जलेर सकिनु सकियो सबै भित्र भित्र
    हेर्नु सिवाय हेर्दै बस जलेको त्यो चित्र
    ✍️ बेदु न्यौपाने
    [१३]
    धेरै धेरै सम्झना हजुर, आँखा छोप्नु किन नि? मात्र सम्झेको
    बहिरो बन्न सकिनँ, केही भन्न सकिनँ, व्यर्थ किन बम्केको ?
    मोती सुब्बा
    दार्जिलिङ निमकी डाँडा ।
    [१४]
    लाग्छ उन्नतिको शिखरमा पाइला टेकी मरुँ
    प्रशस्त छन् आँखा लोभी र मन पापी गर्नेहरू।
    ✍️ भुपेन्द्र राना मगर
    धादिङ
    [१५]
    खानु जति खायौ अब अति भयो बल्ल पो तिम्रो पालो हेर आएछ
    आफूले गरेको बेइमानीले बल्ल लाग्दैछ मुटु कलेजो खाएछ।
    ✍️ सुशीला शिखा
    काठमाडौं कागेश्वरी
    [१६]
    नजलाऊ धेरै जल्नै बाँकी के छ र अब
    मिसिएपछि खरानी माटो नै भयो जब ।
    ✍️ होम प्रसाद नेउपाने
    धरान,सुनसरी ।
    [१७]
    मान्छेहरूको स्वभाव नै जल्ने हो जल्न दिनु
    बरु घिऊ तेल थपिदिनु गुनासो नलिनु ।
    ✍️ भुजेल अरुण शान्ति
    गोरुबथान,कालिम्पोङ,भारत।
    [१८]
    अरूको प्रगतिमा जल्ने
    रिसको आगो आफैँ गल्ने ।
    ✍️ संगीता खरेल
    चन्द्रागिरी ८ काठमाडौँ
    [१९]
    भित्ताको पनि कान हुन्छ सुन्नुपर्ने सस्तो
    हत्केलाले घाम नै छेक्ने भन तिमी कस्तो ।
    ✍️ धनुष न्यौपाने
    गुठीचौर गाउँपालिका ०४ बिगारे जुम्ला
    [२०]
    गरिखानेकाे आरिस गर्छौ, तिमी आफैँ गर्दैनाै केही, त्यसै मर्छाै
    पापैपापले भरेको घडा बाेकेर, भवसागर कसरी तर्छाै ।
    ✍️ रामप्रसाद पुरी, बादेल, खाेटाङ ।
    [२१]
    नेता न हुँ यो देशको तिमीहरूले नै चुनेको मलाई किन रिस गर्छौ
    अवसर मैले पाएको छु मैले भकारी नभरे के तिमीहरुले भर्छौ ?
    ✍️ पवनकुमार बुढाथेाकी
    काठमाडौँ
    [२२]
    गाँउ खायौ, सहर खायौ, खायौ सिङ्गो देश
    जनतालाई झुक्याएर फेर्‍यौ आफ्नो भेष ।
    ✍️ ध्रुव श्रेष्ठ
    हाल,काठमाडौ ।
    [२३]
    अरूको खुट्टा तान्नेहरू
    धेरै छन् यहाँ जान्नेहरू ।
    ✍️ बि कुलुङ
    रंगबुल दार्जिलिङ
    [२४]
    आफूले गर्न सक्दैनन् अरूलाई भन्छन् सजिलो गरी
    छक्कै पर्छु आजभोलि कस्तो हो रुवाउँछन् धरधरी।
    ✍️ अनुग्रह राना मगर ‘पुष्प’
    पाँचखपन नपा – ६ संखुवासभा
    [२५]
    परिश्रमी त देखासिकी सधैँ आफैँ गरिखान्छन्
    आरिसे गरिखान नसकी रिसले मरिजान्छन् ।
    ✍️ राज कुमार राजभण्डारी खाेटाङ्गे
    मध्यपुर ठिमी ५ संगम काेलाेनी राधे राधे भक्तपुर ।
    [२६]
    जतिसुकै अग्लाे टाकुराेमा बसेर काैलासे पनि लाज उद्रिन्छ
    विधि विधान मिचेर गरेका कामले खै कसरी बानी सुध्रिन्छ ।
    ✍️ प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे ।
    [२७]
    आँखा जलिरहेछ, पोलिरहेछ यो मन
    अरूको प्रगति देख्दा असह्य हुन्छ झन ।
    ✍️ राजेन्द्र प्रधान ‘पासा’, दार्जिलिङ ।
    [२८]
    के के गर्न मन छ तिम्रो आफ्नो खुसी गर
    काम कुरो बिगारेर मेरो भर नपर ।
    ✍️ नन्दलाल आचार्य
    सिद्धार्थटोल, उदयपुर
    हाल- एनेलकुटी, सिरहा ।
    [२९]
    मैले आँखा छोपे पनि सत्य कहाँ लुक्ला ?
    गल्ती स्विकारी जनसामु अब को झुक्ला ?
    ✍️ सुस्मिता अधिकारी ,काठमाडौँ
    [३०]
    उद्यमीको ढुङ्गामा मेवा फल्छ
    आरिस गर्ने सलाइझैँ जल्छ ।
    ✍️ बिके मुखिया
    दार्जिलिङ,भारत।
    [३१]
    प्रगतिमा जल्नेलाई जलिरहनदेऊ
    जता हुन्छ आफ्नो भलो त्यतै शरण लेऊ ।
    ✍️ त्रिलाेचन भण्डारी
    मेचीनगर,झापा
    [३२]
    आँखा खोलेर हेर्नु कान कोट्याएर सुन्नु के देख्छौ सुन्छौ अरू
    दुश्मन पनि कुनै दिन काम लाग्छ रे दोष नथोपर्नु बरु ।
    ✍️ चुडामणी देबकोटा
    चनपा१३काठमाण्डौ
    [३३]
    वायुमण्डलमा प्रदुषण सार्है भयो चर्को
    लाग्न थाल्यो मानवदेखि प्रकृतिलाई झर्को ।
    ✍️ शशीश्री आचार्य
    बौद्ध कुमारीगाल काठमाडौं
    [३४]
    तिमी जस्ता भ्रष्टहरूको त को छ र साथी
    जस्ले गर्छ असल कर्म ऊ नै हुन्छ माथि ।
    ✍️ दस्ता कौशिक
    [३५]
    जसले जति गरून् प्रगति उन्नति, किन आँखा तराैँ
    हामी पनि गराैँ सकेजति प्रगति त्यसै किन मराैँ ।
    ✍️ हरिगाेपाल प्रधान
    काभ्रे, बनेपा १४ साँगाबजार।
    [३६]
    झिँगाको सरापले डिँगो मर्दैन जे गर्छौ गर
    सुर नछोडी गर्छु काम जली मर्नेहरू मर ।
    ✍️ सतीश पण्डित
    चुँदी तनहूँ
    हाल चनपा६ मातातीर्थ
    [३७]
    आलोचना गरेर सदनमा बिताए
    एकले अर्काको कुभलो मात्र चिताए।
    ✍️ कला ढकाल, झापा
    [३८]
    आरिसेहरू जलिरहन्छ अरू के काम
    वास्ता गर्न छोडिदिए, कमाउनु छ दाम ।
    ✍️ बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
    कनकाइ ४ झापा
    [३९]
    म जे गरौँ जसो गरौँ न तिमीलाई केको खसखस
    अर्काको प्रगति देखेर जल्नेहरू आँखा चिम्ली बस ।
    ✍️ अनिता भण्डारी ताप्लेजुङ
    [४०]
    जल्न खोज्छन् आफ्नाहरू, सफलताको शिखर चढ्दा
    गन्तव्य भुल्नुहुन्न परिश्रमी बनी अगाडि बढ्दा ।
    ✍️ शंकर कार्की,मकवानपुर ।
    [४१]
    कोसिस गरेको हो हजुर मूर्खलाई पाठ सिकाउन
    कतै अन्धो कतै बहिरो हुनुपर्छ सम्बन्ध टिकाउन।
    ✍️ कृष्णकुमार वैद्य
    बनेपा ९, काभ्रे
    [४२]
    मनमा सधैँ हामीले खुसी नै खुसी त छर्नु
    मरेर गए पनि इतिहासमा नाम भर्नु।
    ✍️ श्रीकृष्ण धामी – बझाङ
    [४३]
    अरूको रिस गरे उल्टै आफूलाई नै खन्छ
    आफ्नै कर्ममा विश्वास गर्ने ठूलो मान्छे बन्छ ।
    ✍️ गंगा खड्का
    बूढानीलकण्ठ, काठमाडौँ
    [४४]
    कस्ले देख्छ र यहाँ भित्र भित्रै मन बल्छ
    आगोमा हिड्नेकै यहाँ पाइलाहरू जल्छ ।
    ✍️ दीपा समभाव
    खोटाङ्ग
    [४५]
    जल्नेहरू जलेर नै मरुन् छोड्दैनौँ आफ्नो ताल
    लोभको प्यास जागिरह्यो भए पनि मालामाल l
    ✍️ बाबुराम गौतम, गुल्मी
    [४६]
    दुईजिब्रेको चालै त्यस्तै कुरा लगाइरहने
    भएको थिचोमिचोमा हामी अब किन सहने ?
    ✍️ प्रेम थापा “मन”बागलुङ
    [४७]
    सङ्कीर्णताको राग अलाप्दै नसोध के भो भनी
    झन् अघि अघि बढ्दै जानु विध्न बाधा आए पनि ।
    ✍️ डम्बर थामी ‘अनुपम ‘
    कालिन्चोक गा. पा. -६, दोलखा
    [४८]
    जल्नेलाई जल्न दिने सहवास मैले माने
    किचकिचेको सङ्गत छोडी अन्त कतै जाने ।
    ✍️ अच्युत घिमिरे, सर्पाङ, भुटान🇧🇹
    [४९]
    गाउँ र बस्ती मिलेर सारा सबैले सपार
    माटोको माया बुझेमा आज हुनेछ अपार !
    ✍️ आर्त अकुलीन
    ~<•>~

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged टुक्का माथि टुक्का, टुक्का_कविता, वसन्त अनुभवLeave a Comment on ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन शृङ्खला- १२९ सम्पन्न

    साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खला- १५० सम्पन्न

  • २५ चैत्र २०८०, आईतवार १८:२६ मा प्रकाशित
  • साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको १५० औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ५० जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका केन्द्रिय उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।

    काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।

    संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरी मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।

    अभ्यासका लागि राखिएको तस्बिर:

    साप्ताहिक तस्बिरमा उदक लेखन अभ्यास शृङ्खला- १५० मा सहभागी उदक यात्रीका सुन्दर उदकहरू-

    [१]
    नियाल
    सर्वप्रथम आफूभित्र
    सबै मनोवृत्ति सम्हाल !

    वसन्त अनुभव
    [२]
    मनाेभाव
    कर्मकाे डाेरी
    खाेज्दै जीवनकाे यथार्थ !

    राेशन पराजुली, धरान
    [३]
    आत्मसमीक्षा
    आफ्ना पाइलाहरू
    गन्तव्य भेट्ने आशा !

    हिमाल अम्मै, घोडाघोडी, कैलाली
    [४]
    मृगतृष्णा
    आफनो स्वभाव
    बलियो जीवनको पाटो !

    डुकछिरिङ लेपचा
    मिरिक डुपटिन, भारत
    [५]
    आत्ममूल्याङ्कन
    अन्तरसम्बन्धमा तगारो
    जीवनको अनेक क्षण !

    प्रेम थापा मन’, बागलुङ
    [६]
    अमूर्त
    आउँछ याद
    आफ्नै अनुहारले भागाभाग !

    अम्बिका अधिकारी
    झापा, बिर्तामोड
    [७]
    आफैलाई
    बुझ्नुपर्छ आत्मालाई
    सम्मानित गर्नुपर्छ परमात्मालाई !

    रामप्रसाद पुरी, बादेल, खाेटाङ
    [८]
    मूल्याङ्कन
    पहिले आफूलाई
    अनि मात्र सम्पूर्णलाई !

    घनश्याम पौडेल, पोखरा
    [९]
    नियाल्नु
    आफैँमा भित्र
    भेटिन्छ यथार्थ चित्र ।

    ताराप्रसाद चापागाईँ, धुनिबेसी
    [१०]
    रहस्य
    बुझ्नलाई गाह्रो
    छोडेर आफ्नो कर्तव्य !

    गुणनिधि घिमिरे, अमेरिका
    [११]
    सोध
    आफैँसँग यहाँ
    तिमी छौ कहाँ ?

    नागेन्द्रप्रसाद यादव, दाङ
    [१२]
    आत्मालोचना
    भरपूर जरुरी
    उन्नयन नहुने दुरी !

    पृथक प्रकृति, झापा
    [१३]
    समय
    बलवान हुन्छ
    यसले कर्मठको सुन्छ !

    कार्की डिबी माकुम
    सुनवल-४, नवलपरासी
    [१४]
    तनको
    पार्श्व चित्रको
    विश्व ब्रह्माण्ड मनभित्रको !

    कमला देवकोटा, पाल्पा
    [१५]
    उपहार
    नयाँ वर्षको
    महङ्गी र भ्रष्टाचार !

    देवी पन्थी
    [१६]
    पछुतो
    आफूलाई नियाल्नु
    समयमै जीवन समाल्नु !

    धनमाया चौधरी, कैलाली
    [१७]
    उच्छृङ्खलता
    अनावश्यक तडकभडक
    सरलाता सद्भाव उत्तम !

    केन्द्रप्रकाश बराल, इलाम
    [१८]
    स्वयम्
    अनन्त यात्रामा
    हरेक युगमा पर्याप्त !

    सुधा बाँस्कोटा ढकाल
    [१९]
    रहस्य
    आँधी छुटेपछि
    यथार्थ यथार्थमा यथार्थवादी !

    अच्युत घिमिरे, सर्पाङ, भुटान
    [२०]
    सुन्दरता
    आफ्नो नियाल्नु
    नतिजा मुल्याङ्कन निकाल्नु !

    भुपेन्द्र राना मगर, धादिङ
    [२१]
    वियोग
    औँसीको रात
    विगत सम्झनाको याद !

    आर्त अकुलीन
    [२२]
    दोष
    चेतना अभावले
    न्याउरी मारी पछुतो !

    गोपेन्द्र रिजाल, पाँचथर
    [२३]
    फर्क
    पछाडि पनि
    जहाँ नदेखियोस् नर्क !

    होम प्रसाद नेउपाने
    धरान, सुनसरी
    [२४]
    कथा
    पढ सबैका
    व्यक्त अव्यक्त व्यथा !

    चन्द्रावती अधिकारी
    काेहलपुर, बाँके
    [२५]
    पछुतो
    नियालेर सारा
    आफ्नै अनुहारलाई हेर !

    बेदु न्यौपाने
    [२६]
    समय
    घुमिरहने चक्र
    आउने पालो सबैको !

    बुद्धिप्रसाद लामिछाने, कैलाली
    [२७]
    दृश्य
    नियालेर हेर
    आफैँभित्र एक फेर !

    कला ढकाल झापा
    [२८]
    मान्छे
    अनेक हुन्छ्न्
    आफैँलाई देखेर तर्सिन्छन् !

    अनुग्रह राना मगर ‘पुष्प’
    पाँचखपन नपा-६, संखुवासभा
    [२९]
    आत्ममूल्याङ्कन
    कर्म आफ्नो
    सत्मार्गमा लाग्ने सङ्कल्प !

    कल्पना पहाडी, सिन्धुली
    [३०]
    पछुतो
    एकोहोरो सोचाइ
    अरूलाई अहङ्कार देखाई !

    सुरेश न्यौपाने
    [३१]
    प्रश्न
    धेरै हुन्छन्
    कर्तव्य पथमा हिँड्दा

    समुन्द्रा शर्मा, सुनसरी
    [३३]
    दृश्य
    राम्रो हेर
    आफ्नो रूप फेर !

    राज कुमार राजभण्डारी खाेटाङ्गे
    मध्यपुर ठिमी-५, राधेराधे, भक्तपुर
    [३४]
    मूल्याङ्कन
    आफ्नै जीवनको
    स्वर्गसरी हुन्छ झन !

    सरस्वती वली
    [३४]
    गहिरो
    कठिन अनुत्तरित
    मलाई प्रश्न मेरै !

    मधुसूदन शर्मा, रोल्पा
    [३५]
    आत्ममूल्याङ्कन
    लगाई अन्तर्दृष्टि
    सकारात्मक सन्तुष्टिकाे माध्यम !

    नारायण प्रसाद उपाध्याय, कैलाली
    [३७]
    कुरीकुरी
    अरूलाई नभनौँ
    आफैँ राम्रो बनौँ !

    पशपती राई, खोटाङ
    [३८]
    वर्तमान
    आफूभित्रको मानिस
    चिन्नु नै आशिष !

    नन्दलाल आचार्य
    एनेलकुटी, सिरहा
    [३९]
    परिवर्तन
    स्वयम्मा गरौँ
    सकारात्मक विचार भरौँ !

    सुस्मिता अधिकारी, काठमाडौँ
    [४०]
    देख्छु
    तस्बिर अनेक
    सम्झिन्छु तिमी एक !

    बि के विरही, टीकापुर, कैलाली
    [४१]
    मुल्याङ्कन
    देह आत्मा
    अन्तस्करणमा हुने परमात्मा !

    संगीता खरेल, काठमाडौँ
    [४२]
    जीवन
    अनेक लीला
    शिरभित्रको अनेक पीला !

    सविता के.सी.
    [४३]
    अचम्म
    आफ्नो अनुहार
    आफैँलाई आफैँले जिस्काउँदा !

    रघु थापा, सु न पा १
    [४४]
    जिन्दगी
    छ खुसीभित्र
    गहिरो समवेदना मित्र !

    श्रीकृष्ण धामी, बझाङ
    [४५]
    म
    घमन्ड किन
    यो जीवनविना निरर्थक !

    टीकाराम जाेशी, टीकापुर
    [४६]
    हेर
    पहिला आफूलाई
    अनि मात्र अरूलाई !

    विके माकजू, भक्तपुर
    [४७]
    हेर
    बाहिर होइन
    आफैँमा भित्र एकपटक !

    दीपा समभाव
    [४८]
    चित्र
    आफैँलाई प्रश्न
    हेर्दा देखिने विचित्र !

    प्रद्युम्न चालिसे
    भक्तपुर, कटुञ्जे
    [४९]
    हे
    मूर्ख मनुष्य
    शान्ति खोज मनभित्र !

    मङ्गला उपाध्याय
    [५०]
    चढ
    जिन्दगीको गोरेटोमा
    सम्हाल्दै अघि बढ !

    डम्बर थामी ‘अनुपम’

    कालिन्चोक गा. पा.-६, दोलखा

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged उदक_कविता, वसन्त अनुभव, साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाLeave a Comment on साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खला- १५० सम्पन्न

    साताका उत्कृष्ट झिल्काहरू- १०

  • २५ चैत्र २०८०, आईतवार ०८:०५ मा प्रकाशित
  • साताका उत्कृष्ट झिल्काहरू- १०
    साताका उत्कृष्ट झिल्का कविताको १० औँ शृङ्खला सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त शृङ्खला हरेक हप्ता सञ्चालन गर्ने गरिन्छ । झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले यस शृङ्खलाको सुरुवात गरिएको यसका परिकल्पनाकार एवम् प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।

    यस शृङ्खलाका लागि हरेक हप्ताको आइतवारदेखि शनिवार अपरान्हसम्म झिल्का कविता फेसबुक समूहको भित्तोमा प्रेषित गरिएका झिल्का कविताहरू मध्ये उत्कृष्ट तीन जना झिल्काकारहरूका ३/३ झिल्काहरू छ्नोट गरी प्रकाशन गर्ने गरिन्छ । जसको संयोजन झिल्काकार एवम् झिल्का कविता अभियन्ता धनुष न्यौपानेले गर्दै आउनुभएको छ ।

    साताका उत्कृष्ट झिल्का कविता शृङ्खला- १० का लागि झिल्काकार त्रय मंगला उपाध्याय, बिके मुखिया र दिल ठकुरीका उत्कृष्ट झिल्का कविताहरू छनोटमा परेको संयोजक न्यौपानेले बताउनुभयो ।

    साताका उत्कृष्ट झिल्काहरू
    ~<•>~


    [१]
    १.
    माया, ममताको स्वभाव
    देखिदैन कसैमा अहिले
    बन्दैछ दुनियाँ खराब !
    २.
    फेरि आउँदैछ नववर्ष
    शुभकामना छ सबैलाई
    सबैमा छाओस् हर्ष !
    ३.
    स्वस्थ राख्न जीवन
    बिहान बेलुकी प्रभातफेरि
    चङ्गा बनाउने तन ।
    ✍️

    मंगला उपाध्याय

    [२]
    १.
    आरिसले सीप सिकिँद‌ैन
    मूल उद्देश्य देखासिकी
    भाग्य कलमले लेखिँदैन ।
    २.
    रात उज्यालो पुर्णिामाले
    औँसीको अन्धकार रात
    सहारा पारूहाङ सुम्निमाले ।
    ३.
    आस्था टुट्दा मनमा
    जीवनको सङ्घर्ष सम्झेँ
    उर्जा भरेँ तनमा ।
    ✍️

    दिल ठकुरी (दार्जिलिङ )

    [३]
    १.
    रुखमा पालुवा पलायो
    गीत गाउँदै चरीले
    हेर वनजङ्गलमा रमायो।
    २.
    चैते हुरी चल्दैछ
    खडेरी लागेको वनमा
    हुरुरु आगो बल्दैछ ।
    ३.
    न्याउली रुन्छ वनमा
    परदेशीको सम्झना झलझली
    विरह जाग्यो मनमा ।
    ✍️

    बिके मुखिया

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged झिल्का कविता, धनुष न्यौपाने, वसन्त अनुभव, साताका उत्कृष्ट झिल्काLeave a Comment on साताका उत्कृष्ट झिल्काहरू- १०

    पञ्चाङ्ग चित्रपट भाग-७४

  • २४ चैत्र २०८०, शनिबार १४:३३ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- बहतरौऔमा हामी पुगेका छौं।

    लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१

    मिति:-  २०८०/१२/२२गते

    आदरणीय पञ्चाङ्ग अनुरागी  एवम्  स्रष्टाज्युहरू हार्दिक नमस्कार  ” पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको:७४ [चौहत्तरौँ]  चित्रपटमा छौं।

             यहाँहरुलाई हार्दिक स्वागत गर्दै

     यस्  शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग शनिबार बेलुका ९:०० बजे भित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!

    प्रशिक्षक : 

    ————

    सोमनाथ लुइटेल “रवि पाल्पालि

    गुणनिधि घिमिरे 

    सुशीला पाैडेल 

    चित्र संकलन 

    —————–

    सुशीला पाैडेल 

    संकलन

    सुशीला पौडेल 

    दुर्गा रिजाल आचार्य

     शुद्धीकरण 

    ————–

    भवानी घिमिरे 

    जमुना आचार्य 

    पशपती राई 

    पुष्पा नेपाल (सुवेदी )

    संरचना 

    ———

    अनुप्रास :- आफू खुसी

    स्थायी :- आफू खुसी 

    अक्षर :-  बराबरी 

    प्रवर्तक तथा समायोजक

    —————–

    सोमनाथ लुइटेल “रवि पाल्पाली”

                      तथा 

    पञ्चाङ्ग साहित्य समाज नेपाल 

    ————————

    चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट]

    ~~~~~~~~~~~~~~~~~~~~~

    पञ्चाङ्ग  (चित्रमा)   ०१

    नेपालीको दु:ख सहने बानी भयो 

    नेताकै कारणले आज हानी भयो 

    थाप्लोबाट नाम्लो र ढाकर  हटेन 

    जति   भनेपनि नसुन्ने कानी भयो 

    पसिनाको मोल हेरत  पानी भयो ।

    ✍️सन्ध्या गौतम, काठमाडौं ।

    पञ्चाङ्ग   ०२

    कर्म  जति   गरेपनि   दु:ख   टर्दैन हाम्रो 

    दुखलाई   नै   कसैले   पनि  हर्दैन हाम्रो

    हाम्रो  बानी  परिसक्यो   कमारो     बन्ने

    थाप्लोको भारी कहिले पनि सर्दैन हाम्रो 

    पाथि  भर्छु  भनेपनि  मानो  भर्दैन हाम्रो ।

    ✍️सोमनाथ लुइटेल “रवि पाल्पाली” चितवन।

    पञ्चाङ्ग   ०३

    खुसीसँग घाँस दाउरा बोक्दै हिँड्ने हामी 

    भुटेका  मकै भटमास  टोक्दै हिड्ने हामी 

    गणतन्त्र    प्रजातन्त्र     अलपत्र   जनता

    अशान्ति र अन्यायलाई रोक्दै हिँड्ने हामी 

    नेपाल शान्तिक्षेत्र भन्दै तोक्दै हिँड्ने हामी ॥

    ✍️गुणनिधि घिमिरे, अमेरिका।

    पञ्चाङ्ग   ०४

    ०१)

    साहु गयो भएको घर बारी बोकेर 

    बाँचिरहेछु जलबिना झारी बोकेर

    हाँसेर बाँच्ने मन मलाई पनि थियो 

    गलामा चाँदी नै चाँदीका हारी बोकेर 

    आज थिचिँदै छ पिठिउँ भारी बोकेर । 

    ०२)

    पानीबिना ढुङ्गाले त माटो गल्दैन साथी हो 

    देखावटीले मात्रै जीवन चल्दैन साथी हो 

    कल्पनाको आकाशबाट यथार्थमा नझरी

    बिहान अनि बेलुका चुलो जल्दैन साथी हो 

    खाली पेटमा सुनौलो दिन ढल्दैन साथी हो । 

    ✍️श्रीकृष्ण शर्मा 

    पोखरा–५, मालेपाटन ।

    पञ्चाङ्ग   ०५

    घाँसको भारी  बोकेर हिँडेका छौं

    प्राणको बाजी ठोकेर हिँडेका छौं

    घाम् पानी झरी बादल केही भनी

    बाल् अधिकार घोकेर हिँडेका छौ

    मकै भटमास्   टोकेर हिँडेका छौं।

    ✍️सरस्वती श्रेष्ठ, इटहरी ।

    पञ्चाङ्ग   ०६

    जसोतसो भारी बोक्दै  जिन्दगी चल्दैछ नि

     मेहनतले  अन्न,तरकारी फल्दैछ नि

    दुःख गर्ने साहसी  काममा  रमाउँछन

    नथाक्ने पाखुरी बलले माटो गल्दैछ नि

    उकाली,ओरालोमा रम्दै दिन ढल्दै छ नि।

    ✍️शोभा आचार्य गौतम, काठमाडौँ ।

    पञ्चाङ्ग   ०७

    रन वन घाँस काट्ने चेली हुँ म

    बनै बसाउने फूल बेली हुँ म

    घाँस दाउरा मेरो दिनचर्या हो

    आमाबाका आँखाको परेली हुँ म 

    देशको प्यारी छोरी चमेली हुँ म ।

    ✍️धनमाया चौधरी, कैलाली ।

    पञ्चाङ्ग   ०८

    भारी बोकेर पनि त जीवन चलाउनु छ

    दुख सुख पाटो हुँदै एकता कलाउनु छ

    प्राणी जीवन् चक्र सम्झेर नै चित्त बुझाउने

    यो  मानव  नश्वर  देह चाँडै  गलाउनु छ

    सबै प्राण धान्न खेतमा अन्न फलाउनु छ।

    ✍️ बेदु न्यौपाने🇳🇵

    पञ्चाङ्ग   ०९

    मलाई  दु:ख  सहने  बानी  परेको  छ

    आफ्नै आफन्तले गर्दा हानी पारेको छ

    कतिन्जेल थाप्लाेमा नाम्लो र डाेकाे बरै

    पीडै  पीडा  जिन्दगीको कानी परेको  छ 

    शरिरबाट  पसिना  पानी  परेको  छ ।

    ✍️सहयात्री शाेभा अर्याल, रुपन्देही ।

    पञ्चाङ्ग   १०

    जति  परिश्रम  गर्दा पनि ~ दु:ख टरेन  गरीबकाे

    दु:खीकाे थाप्लाेबाट बाेझकाे भारी सरेन गरीबकाे

    घाम पानीको प्रभाह नगरी प्राणकाे बाजि लगाई

    रातदिन  काम  गरे  पनि  ~दाम  परेन  गरीबकाे

    घाँस  बिक्रीमा लाँदा  उचित  मूल्य गरेन गरीबकाे।

     ✍️राज कुमार राजभण्डारी खाेटाङ्गे,

      मध्यपुर ठिमी ५ संगम काेलाेनी राधे राधे भक्तपुर ।

    पञ्चाङ्ग   ११

    नेपालीको अर्को नाम भारी बोक्ने मान्छे

    मीठो अर्कैलाई बाॅडी ठेट्ना टोक्ने मान्छे

    जति दु:ख गरे पनि हात लाग्यो सुन्य

    दूध बेच्दै भट्टी पसी रक्सी धोक्ने मान्छे

    दिनभरी  ठीकै भनी राती खोक्ने  मान्छे।

    ✍️घनश्याम पौडेल, पोखरा ।

    पञ्चाङ्ग   १२

    घाँस काटी    पहरामा    भारी बनाउँछु

    खनी खाेस्री   हराभरा    बारी   बनाउँछु 

    किसानकी छाेरी म त खान्छु आटाेपिठााे

    रगतका   भल   पाेखी   टारी    बनाउँछ

    खाेला खाेल्सा बाँस राेपी  घारी बनाउँछु।

    ✍️चन्द्रावती अधिकारी,कोहलपुर बाँके ।

    पञ्चाङ्ग   १३

    भारी बोकेर व्यबहार चलेको छ हेर 

    परिश्रमले अन्न पात फलेको छ हेर 

    बोक्छौं घाँस घाम पानी केही नभनी ,

    यही  दैनिकीले माटो गलेकाे छ हेर 

    यसै गर्दै  आफ्ना दिन ढलेको छ  हेर ।

    ✍️दुर्गा भट्टराई, मोरङ 

    २०८०/१२/२२

    पञ्चाङ्ग   १४

    हिउँदो सकियो वर्षा पनि लाग्यो अब

    किसानको भोक तिर्खा सबै भाग्यो अब

    मानो खाएर दु:ख गर्नु  पर्ने हुनाले 

    मन भित्र काम गर्ने तृष्णा जाग्यो अब

    खेतबारीले मल र जल माग्यो अब ।

    ✍️सीमा कार्की समर्पण , काठमाडौं ।

    पञ्चाङ्ग   १५

    मेरो दु:ख कसैले   टार्न सकेन 

    दु:ख दर्द    छेकेर बार्न सकेन 

    प्रेमको   गित  अलापेर  नहुने 

    दु:खको भारिलाई सार्न नहुने 

    दुखी  भनेर   यहाँ  तार्न नहुने।

    ✍️राधे श्याम नगरकोटी ,भक्तपुर ।

    पञ्चाङ्ग  १६

    मान्छे  मात्रै  थुप्रिएर  भएन  केही  वस्तुभाउ पाल्नै पर्यो

    पालेपछि भोकै त राख्नु भएन थलामा  घाँस हाल्नै पर्यो

    गुजारा   त    चलाउनै   पर्यो  जेनतेन    गेरेरै  भए  पनि

    कहिँ कतै फाटिहाले पनि जिन्दगी जसोतसो टाल्नै पर्यो

    के गर्नु यो पापी पेट पाल्न चिसो चुल्होमा आगो बाल्नै पर्यो।

    ✍️पशपती राई, खोटाङ ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on पञ्चाङ्ग चित्रपट भाग-७४

    साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- ११ सम्पन्न

  • २२ चैत्र २०८०, बिहीबार १३:४८ मा प्रकाशित
  • साप्ताहिक झिल्का लेखन अभ्यासको ११ औँ शृङ्खला आइतवार अपरान्ह सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा यो अभ्यास शृङ्खला निरन्तर हरेक हप्ता सञ्चालन हुँदै आएको छ ।
    साप्ताहिक झिल्का कविता लेखन अभ्यासका विगतका शृङ्खलामाझैँ यसपटक पनि सहभागीहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा रहेर नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ७६ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।

    झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला पनि एक भएको र साप्ताहिक रूपमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार एवम् झिल्का कविताका प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।

    शृङ्खलाबारे प्रष्ट पार्दै शृङ्खला संयोजक/प्रशिक्षक म्यामराज राईले हरेक हप्ताको शुक्रवार राति १२ बजे अभ्यासको सूचना झिल्का कविता फेसबुक समूहमा राखिने र उक्त सूचनाको कमेन्टमा इच्छुक झिल्काकारज्यूहरूले स्वत:स्फूर्त आफ्ना उत्कृष्ट झिल्काहरू राखेर सहभागीता जनाउन सकिने बताउनुभयो ।

    झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम एवम् लघुतम प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक र अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्‍याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।

    झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ । अर्थात् दोस्रो हरफको अन्त्यमा पहिलो र तेस्रो हरफको अन्त्यानुप्राससॅंग मिल्ने समध्वनिक अक्षर समेत हुनुहुँदैन ।

    साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- ११ मा सहभागी झिल्काकारहरूका सुन्दर झिल्काहरू-


    …
    १,
    आइपुग्यो ऋतुराज वसन्त
    अनुपम बोकेर सौन्दर्यको
    रहिरहोस् रनबन अनन्त ।
    २,
    झोलाभन्दा ज्ञान घोके
    पेट पालिन्थ्यो आफैँ
    पार्टीभन्दा व्यक्ति बोके ।
    ३,
    लहडबाजीले ज्यान जान्छ
    परिवार ठुलो नठानेमा
    सपारभन्दा बिगारले तान्छ ।

    • म्यामराज राई, भोजपुर
      …
      १,
      उमङ्ग खुसीयाली अनन्त
      भित्रिएको छ बोकी
      आहा ! ऋतुराज वसन्त ।
      २,
      कुहुकुहु वनमा कोइली
      रुखमा पलाए पालुवा
      झरेर पुराना ओइली ।
      ३,
      हेर्दै लोभलाग्दो मनोहर
      छ जताततै हरियाली
      साँच्चिकै प्रकृति सुन्दर ।
    • वसन्त अनुभव, घोराही उपमहानगरपालिका १४, दाङ
      …
      १,
      मनमा भावहरू आउॅंछन्
      हाँसो या रुवाइ
      पीडा पनि पाउॅंछन् ।
      २,
      नसालु स्पर्शमा बोल्छौ
      यौवनमै तिमी डुब्दा
      मझेरीको पर्दा खोल्छौ ।
      ३,
      राम्रोले पाठ सिकाउॅंछ
      फरक छुट्याउन तिमीमा
      अनुभवले ज्ञान दिलाउॅंछ।
    • केन्टरमेश क्षेत्रीय, रोल्पा
      …
      १,
      कोरेका ती सीमारेखा
      गलत आफैँले तोडेर
      भोग्नुछ कर्मको लेखा ।
    • ताराप्रसाद चापागाईँ, धुनिबेसी
      …
      १,
      सौन्दर्य वसन्त आगमन
      सुनमा सुगन्ध थपिॅंदै
      हरियाली मन झन ।
      २,
      वसन्तको बहार आयो
      दुःख पीडा भुलाएर
      मनमा खुसी छायो ।
      ३,
      कोइली गीत गाउँदै
      कुहुकुहु गरेर मिठो
      वसन्तको वनमा रमाउँदै ।
    • केसर बोहरा ( सङ्घर्ष ), सुदूरपश्चिम अछाम, (हाल भारत)
      …
      १,
      खोक्रा भाषण गर्छौ
      जालझेलले चुनाव जितेपछि
      कुर्सीमा दङदास पर्छौ ।
      २,
      गर्छौ चिप्ला कुरा
      स्वार्थ पूरा नभए
      चलाउॅंछौ पछाडिबाट छुरा ।
      ३,
      एउटा कुरा सुन
      जसरी भए पनि
      छुनैपर्छ आकाशको जून ।
    • डम्बर थामी ‘अनुपम’, कालिन्चोक गा. पा. -६, दोलखा ।
      …
      १,
      वसन्तले ल्यायो खुसीयाली
      उमङ्गको लहर आयो
      सारा भरेर हरियाली
      २,
      कुहुकुहु कोइली वनमा
      वसन्तमा हरियाली छायो
      आनन्द आयो मनमा
      ३,
      चारैतिर सुनसान फाँट
      सबैतिर मात्र रोदन
      मान्छेले चीत्कार घाट
    • बेदु न्यौपाने
      …
      १,
      आयो वसन्त उर्लेर
      कोइलीको आवाज उस्तै
      फर्केर त्यतै हेर।
      २,
      कोइली कराउॅंछ वनमा
      पालुवा फेर्दा रुखले
      आनन्द लाग्छ मनमा।
      ३,
      कति आनन्दको बेला
      प्रकृति सुन्दर सॅंगसॅंगै
      किसानको हातमा ठेला ।
    • अर्जुन प्रसाद चौलागाई, रामेछाप, सुनापति-१(हालः-अमेरिका,बोस्टन)
      …
      १,
      वसन्त ऋतु आयो
      पालुवा पलायो बनमा
      सबैमा उमङ्ग छायो ।
      २,
      गाउँछन् पंक्षी गीत
      फूल फुल्छन् बनमा
      लगाउँछन् आपसमा मित ।
      ३,
      जीवजन्तु सबैको प्यारो
      बस्ती गाउँ झिलमिल
      कतै हुँदैन कालो ।
    • सुरेशकुमार पाण्डे, दाङ घोराही – १८
      …
      १,
      सुरम्य ऋतुराज आई
      निराश कोही नबनेर
      बाँचौँ एकअर्कामा मायालाई।
      २,
      अघाउँछन् पालुवा खाई
      चराचुरुङ्गीमा मस्ती देखिन्छ
      खुसी जीवन पाई।
      ३,
      हुरी आउँछ, नाँच्दै
      जाडो जान्छ टरेर
      पवन रुख भाँच्दै।
    • तेजप्रसाद खनाल, लमही दाङ।
      …
      १,
      वसन्तले ल्यायो हरियाली
      कोइलीले गीत गाउँदा
      उमङ्गले छायो खुसीयाली ।
      २,
      सुन्दर दृश्य देखिने
      रुखले पालुवा फेर्दा
      निराशापन सबै मेटिने।
      ३,
      नेपाली भै बाँचेको
      स्वर्गको टुक्रा नेपाल
      गौरव गर्दै नाँचेको।
    • राज कुमार राजभण्डारी खोटाङ्गे, मध्यपुर ठिमी – ५, संगम कोलोनी राधे राधे भक्तपुर
      …
      १,
      पालेर सत्बुद्धि मनमा
      जीवन जिउन सके
      हुन्न कष्ट तनमा |
      २,
      सबैको भलो चिताऔॅं
      भगवान्को भक्ति गरेर
      अमूल्य चोला बिताऔॅं ।
    • सरिता सेढाई, धादिङ
      …
      १,
      कोइलीले गीत गायो
      बिहानीमा झकझकायो मलाई
      वसन्तको बहार आयो ।
    • भगवती दवाडी
      …
      १,
      चल्छ प्रक्रिया अनन्त
      प्राकृतिको नियम यो
      फेरि आयो वसन्त !
      २,
      रहर लाग्ने मनमा
      गीत गाउँदै रम्ने
      कोइलीझैँ पारि वनमा।
    • दीपा समभाव, खोटाङ्ग
      …
      १,
      निष्पक्ष कानुन भएन
      नेता न्यायाधीशको पेवा
      जनताको पक्षमा गएन ।
      २,
      ऐन कानुन बराबरी
      पैसाले न्याय मारियो
      सबै जनता सराबरी ।
      ३,
      हेर्नुहोस् सबैले देशमा
      जनताका समस्या उस्तै
      नेताहरू भ्रष्टाचारको केसमा ।
    • चुडामणी देबकोटा, चनपा – १३, काठमाण्डौ
      …
      १,
      फूल्दछन् अनेक फूलहरू
      वसन्त ऋतुको उपहार
      उमारेर पानीका मूलहरू ।
      २,
      फूल फुलाउँछ बोटले
      हेर्दा लोभलाग्दो गरेर
      फूल झर्छ चोटले ।
      ३,
      फूल टिपी चढाई
      बनाई आनन्दित मन
      गरिन्छ आफ्नै बढाई ।
    • जी.वि.कश्यप घोराही उमनपा -१४, दाङ
      …
      १,
      सुवासित बास्ना छरी
      छाए ऋतुराज वसन्त
      अनन्त धरती भरी ।
      २,
      प्रफुल्ल सुन्दर जता
      फुलेफलेका झपक्क परी
      वाटिका वृक्ष लता ।
      ३,
      परी वासन्ती सुन्दरी
      नयन सर मार्छिन्
      प्रेमिल मन हरी !
    • विवश पारदर्शी, झापा
      …
      १,
      वसन्त छायो प्रकृतिमा
      लाग्यो नयाँ पालुवाहरू
      रमणीयता ल्यायो सृष्टिमा ।
      २,
      खिल्छ मनमा उमङ्ग
      आत्माविभोर बन्दै नाच्दछु
      जगायो आनन्दको तरङ्ग ।
      ३,
      रहरहरू फुल्छन् प्रकृतिसित
      हरियाली वसन्तको आगमनमा
      लगाउँछु फूलहरूसित प्रीत ।
    • दिल ठकुरी दार्जिलिङ, टिस्टा भेल्ली।
      …
      १,
      ऋतुले निभायो धर्म,
      कोइली वन रन्काउॅंदै,
      गाउँछ उसले मर्म।
      २,
      भए पहाडहरू सुरम्य ,
      आँखै नअघाउने रङ्ग ,
      गुराँस फुलेर रातम्य ।
      ३,
      पालुवा पलाउँदा वनमा
      बेहुली सजिए जस्तो,
      आनन्द आउँछ मनमा ।
    • मनोहरी पौडेल, गैडाकोट १
      …
      १,
      झिल्काले उज्यालो बनायो
      अँध्यारो ठाउँमा जताततै
      झलमल्ल प्रकाश खनायो ।
    • देवी पन्थी
      …
      १,
      तिम्रै सहारा माग्दछ
      पलाए वसन्तका मुना
      नभाँच्नु पाप लाग्दछ ।
      २,
      ब्वाँसाहरू सहर पस्दैछन्
      निभ्दैछ समृद्धिको दियो
      जनता कुटुरो कस्दैछन् ।
      ३,
      गोठालालाई अघि सारियो
      लुटिॅंदैछ इज्जत इमान
      देशभक्तलाई पछि पारियो ।
    • ऋजु दिल्पाली, इटहरी १ सुनसरी
      …
      १,
      मनले धुन बजाउँदा
      जीवन सुगन्धित हुनेछ
      मधुर सङ्गीत सजाउँदा ।
      २,
      मनले मन रोज्दा
      अपार माया भेटिनेछ
      एकार्काले समीप खोज्दा ।
      ३,
      देशको ढिकुटी चुहायौ
      अमनचयन आफू गरी
      धुरुक्क जनतालाई रुवायौ ।
    • प्रेम थापा “मन”, बागलुङ
      …
      १,
      वसन्त प्यारो आयो
      उमङ्ग उत्सव मनाउँदै
      पन्छी गीत गायो ,
      २,
      गुलाब पल्लवित बने
      मञ्जरी खुल्न लाग्यो
      समीरले चञ्चलता खने ।
      ३,
      प्रणय अनेकौँ बढायो
      उन्माद यहाँ हर्षले
      सुनौलो वसन्त आयो!
    • कमल प्रसाद बगाले, वालिङ्ग बजार स्याङ्जा
      …
      १,
      कोइली चरी करायो
      वसन्तको भयो आगमन
      जाडो पनि हरायो।
      २,
      खुले सबै बाटो
      यात्रा भए सहज
      तातियो उर्वर माटो।
    • तोया नाथ चापागाईं, दमक, झापा
      …
      १,
      भोटको बजारको नोट
      कहिलेकाहीँ यी मनहरू
      नेताको कालो कोट ।
      २,
      कस्ती छौ मायालु
      मरेपछि डुमै राजा
      नबन तिमी रिसालु ।
      ३,
      किताबको बन ज्ञानी
      सागर शान्त रहन्छ
      सेवक बनौँ हामी।
    • नीमा छिरिङ भोटिया, जलढका कालेबुङ, भारत
      …
      १,
      वसन्तमा गुराँस दङ्ग
      हरियाली पनि चारैतिर
      छायो हर्ष उमङ्ग।
    • गोकर्ण दयाल गौरव, मेलौली ७ बैतड़ी
      …
      १,
      हेर वसन्त आइसकेछ
      मुस्काएछन् नयाँ पालुवा ,
      कोइलीले गीत गाइसकेछ ।
      २,
      स्वागत छ ऋतुराज
      उमङ्ग लिई आयौ
      नव पल्लवका साथ ।
    • शम्भु गजुरेल
      …
      १,
      सोचमा भए सच्चरित्र
      कर्म तेस्तै गर
      भगवान् छ आफैँभित्र ।
    • देवकृष्ण काफ्ले
      …
      १,
      भोगाइ यो जिन्दगीको
      अनुभव रह्यो खास
      पासो एउटा बन्धकीको ।
      २,
      डढेलोले खायो वनलाई
      पीडा छटपटी एउटै
      कसैले खायो मनलाई ।
      ३,
      मनमा रापले भतभती
      सम्झनाले सताउँदा झन्
      मनभित्र धुवाँले पतपती।
    • घनश्याम पन्त, हरिवन, सर्लाही
      …
      १,
      खोक्रा भाषण चाहिँदैन
      हेक्का राख नेताहरूले
      जनता ठग्न पाइॅंदैन ।
      २,
      झिँजाले मुढो पोल्छ
      औकातमा बस साथी
      अब माटो बोल्छ ।
      ३,
      प्रकृतिको रित जनाउँछ
      विकृति विसङ्गति विरुद्धमा
      झिल्काले ज्वाला बनाउँछ ।
    • केशवप्रसाद ढकाल ‘प्रीतबीज’, सिरान्चोक-७, उपल्लो गोहोरे, गोरखा
      …
      १,
      फूलले सुगन्ध छरे
      उदाहरण जीवनको दिँदै
      ओइलेर भुईॅंमा झरे ।
      २,
      सोचेपछि एक अतुल्य
      होस् पुर्याउनु साथी !
      जिन्दगी छ अमूल्य ।
      ३,
      एकदिन सबै गल्नेछ
      थकित जीवनको प्रतिस्पर्धामा
      समय निरन्तर चल्नेछ ।
    • बि.कुलुङ, दार्जिलिङ, रंगबुल
      …
      १,
      जिन्दगी साँचेर आउनु
      भोकभोकै बाँच्ने कसरी ?
      दिमाग धेरै चलाउनु ।
    • अम्बिका अधिकारी, झापा बिर्तामोड
      …
      १,
      नेपालको कानुन मानून्
      किन बराबर छैन ?
      बनाउनेले पनि जानून् ।
      २,
      मौनताको सिमाना कसरी ?
      बढ्ने अगि तोडेर
      समानता ल्याउने जसरी ।
      ३,
      राहदानीमा नाम लेखेर
      युवाशक्ति पलायन हुँदै
      आकासे फल देखेर ।
    • संगीता खरेल, चन्द्रगिरी – ८, काठमाडौँ
      …
      १,
      चारैतिर हरियाली छायो
      खुसी उमङ्ग लिएर
      नयाँ वर्ष आयो ।
      २,
      उड्यो चरी माथि
      नयाँ वर्षमा मिलेर
      घुम्न जाऔॅं साथी ।
      ३,
      मनको मैलो झिकौँ
      नगरौँ अर्काको देखासिकी
      आफ्नैमा रमाउन सिकौँ।
    • अनिता भण्डारी, ताप्लेजुङ
      …
      १,
      परिश्रम हामीले गर्नुपर्ने
      कस्तो समाज यो
      व्यर्थैमा फेरि मर्नुपर्ने !
      २,
      कसको लागि गरिएको
      पिरले मन छताछुल्ल
      आत्मा किन भरिएको ?
      ३,
      गरेर दु:ख जहाँ
      छुटकारा पाउन मुस्किल
      परेको छ त्यहाँ !
    • रबि पौडेल ,दक्षिण भारत पाण्डेचरि ।
      …
      १,
      पुराना पत्कर फालेर
      छायो वसन्त बनमा
      नवीन पालुवा हालेर ।
      २,
      अनेक रङ्गीबिरङ्गी फूलमा
      मिठास खोज्दैछन् चरीले
      उडेर एउटै हुलमा ।
      ३,
      उमङ्ग पलायो मनमा
      पातले काँचुली फेरेर
      महक थपियो वनमा ।
    • नील हरि काफ्ले, सिन्धुली (हाल काठमाडौँ)
      …
      १,
      आहा ! वसन्त ऋतुराज
      देखिन्छन् हर्षमा पालुवा
      कुहुकुहु कोइलीको काज ।
    • नागेन्द्रप्रसाद यादव
      …
      १,
      सरकारी कुर्सी जलायो
      स्वदेशको आफन्त त्यागेर
      श्रमिक विदेशमा पठायो
      २,
      शिरमा कुराहरू मिलाएछ
      सरकारी बजेट बाँडेर
      जनताको आवाज सिलाएछ
      ३,
      वसन्त ऋतुराज आयो
      सौन्दर्यताको अनुपम बोकी
      मनुष्यको चाहाना छायो।
    • एवाइ प्रभात, सहिदभुमि धनकुटा
      …
      १,
      एसइई परीक्षाको घाउ
      अभिभावकलाई पढिदिने शिक्षार्थी
      खन्चुवालाई सोहोर्ने दाउ ।
      २,
      पैसा बटुल्न मेल
      गल्तीफल्ती लेख्यो लेखायो
      बाँडफाँमा देखियो झेलैझेल ।
      ३,
      वर्षभर पढ्यो पढायो
      कस्तो थिति बसेछ
      चोरी गर्‍यो गरायो ।
    • नन्दलाल आचार्य, बेलका २, उदयपुर, हाल- एनेलकुटी, सिरहा
      …
      १,
      फाट्ला तुवाँलोको जाल
      मौसम जीवन हेर्दा
      उस्तै जिन्दगीको हाल ।
    • शोभा आचार्य गौतम, काठमाडौँ
      …
      १,
      रहेछ सङ्ख्या उमेर
      आजभोलि हो भन्दै
      गएछ कहाँ घुमेर ।
      २,
      भनिदिएँ मेरो उमेरलाई
      एकैछिन त पर्खन
      सँगै यात्रा गर्नलाई ।
      ३,
      आउने बाटो कता
      कहाँ होला जाने
      बिसाई बस यता ।
    • फूलमाया कुलुङ, सोलुखुम्बु
      …
      १,
      काफलले मुखै रसाउने
      पहाडी चैतको फल
      कस्तो बनै बसाउने ?
      २,
      कोइलीक‍ो कुहु सुरले
      प्रफुल्ल हुन्छ मन
      बन गुन्जन्छ घुरले ।
      ३,
      प्रेमिल जोडी घुम्ने
      कस्तो राम्रो बन
      पालुवाले शिखरै चुम्ने ।
    • धनमाया चौधरी, कैलाली
      …
      १,
      बाँझो भयो पाटो
      त्यतिकै गयो खेर
      सारा उर्वर माटो ।
      २,
      पिँजडामा छन् चरी
      स्वतन्त्रता भनेर मात्र
      हुँदैन व्यवहार नगरी ।
    • कृष्णकुमार वैद्य, बनेपा ९, काभ्रे
      …
      १,
      मनमा वसन्तले छायो
      हर्ष उमङ्गमा अचेल ,
      नयाँ वर्ष आयो ।
      २,
      मनमा खुसी हर्ष
      राम्रो सोचविचार बोकेर
      आयो नयाँ वर्ष !
      ३,
      जिन्दगीमा दु:ख सहनु
      रहर बाध्यता आएपछि ,
      संसारमा एक्लै रहनु ।
    • श्रीकृष्ण धामी – बझाङ
      …
      १,
      सत्यको बाटो चालेर
      सत्कर्मको बिउ रोपौँ
      अधर्मको मैला फालेर।
      २,
      मनको मैला फालिन्छ
      सभ्य समाजको निर्माणले
      सत्यको मार्ग चालिन्छ।
      ३,
      गर्‍यो मान्छेको जातले
      भेदभाव ल्याएर समाजमा
      सभ्यता मेटायो हातले।
    • बिकास छेत्री अञ्जान, कैजले, बिजनबारी, दार्जिलिङ।
      …
      १ ,
      देखिन्छ भरोसा कसको ?
      यहाँ फित्ताबिनाको जुत्ता
      छामियो मुटु स्वजनको ।
      २ ,
      भरोसाको अनमोल टेकोभित्र
      लाग्यो धमिरा असङ्ख्य
      देखियो मित्रको सचित्र ।
    • हरिगोपाल प्रधान काभ्रे, बनेपा १४ साँगा बजार
      …
      १,
      गरेर सत्य काम
      बाँचेर सुन्दर धरामा
      अमर हुन्छ नाम !
      २,
      हेरेर शान्त गागर
      कञ्चन सिर्जना कला
      गागरमा हुन्छ सागर !
      ३,
      प्रकृतिको सौम्य चरा
      सौन्दर्य देखेर रमाउने
      मेरो अनुपम धरा !
    • आर्त अकुलीन
      …
      १,
      वचनले नघोच अब
      तोडिदेऊ सम्बन्धहरू सबै
      पराई सम्झन्छौ जब ।
      २,
      सम्हाल आफ्नो जोवन
      विश्वास नगर्नु कसैको
      गर्दै आफ्नो दोमन ।
    • मन्दिरा सेढाई, मलेखु, धादिङ
      …
      १,
      पीडाको आगो नबाल
      जलेर आज भित्रभित्रै
      जिन्दगी चाहिँ नफाल ।
      २,
      आवेशमा निर्णय नगर
      सहि गलत नबुझी
      कसैको भर नपर।
      ३,
      हिॅंड्दा हिॅंड्दै बिलायौ
      बाटो मोडेर तिमीले
      नरित्तिने आँसु पिलायौ।
    • कला ढकाल झापा
      …
      १,
      वासन्ती मेला वनैमा
      कोइलीको कुहु सुनेर
      आनन्द आयो मनैमा ।
    • सरस्वती श्रेष्ठ, रुपन्देही, बुटवल
      …
      १,
      सजिन्छौ तिमी शृङ्गारले
      छोपी वास्तविक रूप ,
      झुल्किन्छौ नयाँ अनुहारले।
      २,
      हरायो विकासको दियो
      खोजौं नेपाली मिलेर ,
      थाम्नुछ देशको मियो ।
      ३,
      जनता छॅंदैछौ सघाउने
      इमानी बस्छन् मौन ,
      फस्टाए सत्य दबाउने।
    • सुस्मिता अधिकारी, काठमाडौँ
      …
      १,
      कोइली कुहुकुहु गर्छ
      फेरिन्छ ऋतु अनि,
      वसन्तले सौन्दर्य छर्छ ।
      २,
      जङ्गल हाम्रो धन
      प्रकृतिको दृश्यले सधैँ ,
      लोभ्याउँछ हाम्रो मन ।
      ३,
      नदीनाला सबै बेचियो
      जनतालाई दुःख दिई,
      आफूले सुविधा लियो ।
    • सीमा कार्की समर्पण, मेलोचोक पर्सा
      …
      १,
      वसन्तले भित्रायो हरियाली
      प्रकृतिको सुन्दरता देखेर
      मनमा छायो खुसीयाली ।
      २,
      नयाँ रूप पायो
      बोट अनि बिरुवाले
      धरती जगमग बनायो ।
      ३,
      फूलमा रमाएर घुस्न
      पुतली बथान झुम्मिए
      फूलको रस चुस्न ।
    • सरला माझी
      …
      १,
      वसन्तको बहार आएछ
      ऋतु फेरिएको बेला
      प्रकृतिले मित लाएछ ।
      २,
      प्रकृतिको स्वरूप फेरियो
      यो समयको प्रारूपसॅंगै
      जताततै फूल बेरियो ।
      ३,
      आहा आनन्दको रूप
      यामसॅंगै प्रकृति बद्लिएपछि
      मन रमाउॅंछ खुब ।
    • राजेशराज गड्तौला, कॅाडाघारी, काठमाण्डौ
      …
      १,
      पिरतीको आभाष पाएर
      प्रफुल्लित बन्दैछ मन
      कोइलीले गीत गाएर ।
      २,
      बगैँचामा फूल फुल्यो
      प्रकृतिको रूप फेरियो
      वसन्तमा मन भुल्यो ।
      ३,
      बगानमा फूल फुलेर
      रौनकता छाएको बेला
      भँवरा मौरी डुलेर ।
    • मोती सुब्बा, दार्जिलिङ निमकी डाँडा।
      …
      १,
      आहा वसन्त आयो,
      सबैतिर देखियो हरियाली,
      छुट्टै उमङ्ग छायो ।
      २,
      गुराँस बनै भरी
      बिहान उदाउँदा सूर्य,
      देखिन्छ साँच्चै परी ।
      ३,
      लगाउँने बेला बाली
      समयले साथ दिए,
      फलाउँछु टन्न यसपालि ।
    • पुष्पा राई, खोटाङ ।
      …
      १,
      गरौँ नित्य पूजा
      आत्मालाई शान्ति दिलाएर
      तनाव पारौँ धुजा l
      २,
      सन्तुष्ट राखौँ मन
      लालसा जाग्यो भने
      तनमन गर्दछ दहन l
      ३,
      नौ शब्दको माला
      उनेर झिल्का बनाऔँ
      उघारी भावको ताला l
    • बाबुराम गौतम, गुल्मी
      …
      १,
      चारैतिर देख्छु हरियाली
      वसन्त ॠतुको आगमनले
      फूलको नुहियो डाली ।
      २,
      राम्रो काम गरेर
      हिॅंड्यौ भने हामी
      नाम रहन्छ मरेर ।
      ३,
      हातमा हात दिॅंदै
      लेखौँ झिल्का कविता
      ज्ञान पनि लिॅंदै ।
    • बुद्धिमान दनुवार (सुरुङ्गेली कान्छो ), कनकाइ ४ झापा
      …
      १,
      बनमा फु्ल्यो प्याउली
      आहा!मिठो भाकामा
      गाउँछे वन चरी ।
      २,
      झित्र्याउॅंदै किसानले बाली
      नयाँ वर्षबाट भरियोस्
      सबको मनमा खुसियाली।
      ३,
      वसन्तसॅंगै अब रमाउॅंला
      दु.खमा साथ दिॅंदै
      एकअर्काको हात समाउॅंला ।
    • मन्जु बोहरा बझाङ, देउलेख
      …
      १,
      सत्य बाटो रोज्नुपर्छ
      सत्कर्मको मार्ग पहिल्याउँदै
      नवीन कार्य खोज्नुपर्छ ।
      २,
      वसन्त आगमन भयो
      उजाड बनजङ्गलहरू पनि
      हरियाली हुँदै गयो ।
      ३,
      खोक्रो भाषण गर्छन्
      जनतालाई भुलाउँदै नेता
      आफ्नै भुँडी भर्छन्।
    • दुर्गा भट्टराई, मोरङ
      …
      १,
      रमाउॅंदै बाँड्दै हर्ष
      वसन्तको सुगन्ध छर्दै
      फेरि आयो नववर्ष।
      २,
      झुल्कियो झुलुक्क घाम
      जोस जाँगर लिई
      गर्नलाई पुर्ख्यौली काम।
      ३,
      दिनरात गरेर कर्म
      मुस्किल जहान पाल्नै
      कसले बुझिदेला मर्म।
    • बाल कृष्ण श्रेष्ठ, सोलुखुम्बु
      …
      १,
      मनमा गुने हिसाब
      न्याय हुन्छ पक्कै
      मेरै पक्षमा इन्साफ ।
      २,
      पर्खेर बस भने
      बसेँ मानेर वचन
      आएनन् किन धने ।
      ३,
      ओखलढुङ्गा रामपुर टार
      घरबार जोडिएन त्यता
      कोसिस गर्दा हजार ।
    • दिपक प्रसाद दाहाल, सुनपा ४ दधिकोट, भक्तपुर
      …
      १,
      संस्कार जब मासिन्छ
      तकनिकी ज्ञानको होडमा
      मानवता पनि नासिन्छ।
      २,
      पार्थक्य केही रहेन
      मान्छे अनि पशुमा
      प्रकृतिले पनि सहेन।
      ३,
      घोर अन्याय भयो
      भाषण शासन रासन
      सबै अभिशाप भयो।
    • पेम्वा यल्मो,दार्जीलिङ,भारत
      …
      १,
      ऋतुहरूको राजा वसन्त
      चारैतिर छर्दछ सुन्दरता
      खोज्न पर्दैन अन्त ।
    • बाबुराम पाण्डे, अर्घाखाँची
      …
      १,
      सत्य बाटो हिँडौँ
      सफलता प्राप्त गर्न
      दिनरात मिहिनेतमा भिडौँ ।
      २,
      वसन्त ऋतु आयो
      सबैतिर रङ्गीचङ्गी फूलले
      मनमा उमङ्ग छायो ।
      ३,
      चरीले गीत गाउँदा
      वनै भयो रमाइलो
      ऋतु वसन्त आउँदा ।
    • उर्मिला के.शी., धनकुटा
      …
      १,
      शिशिरको झरीमा रुझी
      कोइली करायो वनमा
      वसन्तको आगमन बुझी ।
      २,
      जताततै हरियाली छायो
      ऋतुराज वसन्तको आगमनसँगै
      नयाँ वर्ष आयो।
    • कोपिला अधिकारी, गोरखा सिरानचोक
      …
      १,
      जबैले जगाउनु भावना
      फेरिएका दिनहरु सम्झेर
      नव वर्षको शुभकामना ।
      २,
      नगर्नु कसैलाई हेला
      अन्त्यमा शरण उसैको
      परिन्छ एकदिन फेला।
    • दुर्गा आचार्य, मोरङ
      …
      १,
      चन्द्रमाझैँ तिमी देखिन्छौ
      किरिम पाउडर घसेपछि
      कसको भागमा लेखिन्छौ।
      २,
      शब्द पल्टाएर गजल
      तिम्रो रूप देखेपछि
      लोभिन्छु म फजल।
      ३,
      पापी नजर सल्बलाउँछ
      रूप तिम्रो देखेपछि
      सपनीमा मन बर्बराउँछ।
    • घनश्याम पन्त, हरिवन, सर्लाही
      …
      १,
      जनताले नायक बनाएको
      बनायौ उपनाम भ्रष्टाचारी
      कति विधि गन्हाएको ।
      २,
      फुर्ती लगाउने सुशासन
      व्यवहार सबै विकृति
      कामकारबाई भने दुशासन ।
      ३,
      गणतन्त्रलाई ढाल बनाई
      देश जनताको दोहन
      सत्तामा बसेर कमाइ ।
    • प्रद्युम्न चालिसे, भक्तपुर कटुञ्जे
      …
      १,
      हातमा कलम बोकी
      ज्ञानको ज्योति छर्नलाई
      चालौँ पाइला नरोकी ।
      २,
      अरूमा ज्ञान छरेर
      बालेर हिँडौँ दियो
      मनमा शान्ति भरेर ।
      ३,
      खुल्नेछ आँखा जब
      भनेर असल मान्छे
      चिन्नेछन् सबैले तब।
    • अनुग्रह राना मगर ‘पुष्प’, पाँचख्पन नपा – ६ संखुवासभा
      …
      १,
      बोकेर पिरको भारी
      बाँचेको छु अझै
      मनका रहर मारी ।
      २,
      आमाकै गर्वमा बरु
      मरेको भए आज
      दुःख हुँदैनथ्यो अरू ।
      ३,
      आफ्नैबाट धोका पाएँ
      लेखाजोखा छैन मेरो
      ठक्कर कति खाएँ ।
    • लालिता सिन्धुली, हाल काठमाडौं
      …
      १,
      आऊ सँगै जाऊॅं
      एकैक्षण चौतारीमा बसेर
      सितल हावा खाऊॅं
      २,
      फूलको बास्ना आयो
      चारैतिर हरियाली देखेर
      हावासँगै सुवास मगमगायो ।
      ३,
      मनले चाहेको मान्छे
      सम्झँदा आनन्द आउँछ
      सपनी उतै जान्छे ।
    • शशीश्री आचार्य, बौद्ध कुमारीगाल काठमाडौं
      …
      १,
      नयाँ पालुवा वसन्तमा
      छायो वनमा खुसियाली
      चैत्र महिनाको अन्तमा ।
      २,
      फलहरू मिठा फल्ने
      हुनेछ जगको भलो
      सुकर्मले दुःख ढल्ने ।
    • कार्की डिबी माकुम, सुनवल-४, नवलपरासी
      …
      १,
      खुसियाली छायो मनमा
      चारैतिर वसन्त ऋतु
      कोइली करायो वनमा।।
      २,
      गरेर सेवामूलक काम
      बस्नु यही समाजमा
      राखौँ अमर नाम।
    • सहयात्री शोभा अर्याल, रुपन्देही
      …
      १,
      रमाउँछु घुम्छु सहरमा
      आजसम्म जीवन चल्दैछ
      आफ्नो रहरै रहरमा।
      २,
      सिक्ने र सिकाउने
      कविता लेखनमा अब
      कति समय टिकाउने ।
      ३,
      लेख्न कोसिस गर्छु
      धेरै अग्रज हुनुहुन्छ
      म शरण पर्छु ।
    • लक्ष्मण देउवा डोटी, हाल भारत
      …
      १,
      वसन्त ऋतुको आगमन
      सबैजना सतर्क रहौँ
      तहसनहस होला जीवन ।
      २,
      वसन्त ऋतु आयो
      हरेक मानिसको मनमा
      जोस जाँगर छायो ।
    • प्रविना प्रयासी, ओखलढुङ्गा

    ::::::::जय झिल्का साहित्य ! ::::::::

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged झिल्का कविता, म्यामराज राई, वसन्त अनुभव, साप्ताहिक झिल्का कविता1 Comment on साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- ११ सम्पन्न

    पञ्चाङ्ग अभ्यास शृङ्खला- ८९

  • २२ चैत्र २०८०, बिहीबार ०८:१४ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग: अठसीऔंमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा पञ्चाङ्ग लेख्नु हुन् हार्दिक अनुरोध छ:

    अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्ता पछिको भाग :-८९ ——————————-

    विधा :- पञ्चाङ्ग
    अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला
    मिति:- २०८०/१२/२२
    बिहिवार बेलुका ०९ बजेसम्म पञ्चाङ्ग वा समपञ्चाङ्ग पठाउनु हुन अनुरोध छ।
    ……………………………………….
    प्रशिक्षक:-
    ……………
    सोमनाथ लुइटेल
    गुणनिधि घिमिरे
    सुशीला पौडेल

    ………………………
    भाषा शुद्धीकरण:-
    ———–
    पुष्पा सुवेदी नेपाल
    भवानी घिमिरे
    जमुना आचार्य
    पशपती राई

    सङ्कलक :-
    ———-
    दुर्गा रिजाल आचार्य

    प्रवर्तक तथा समायोजन

    सोमनाथ लुइटेल “रवि पाल्पाली” ======================

    अक्षर सङ्ख्या:- [बराबरी]
    अनुप्रास :- आफुखुसी
    स्थायी :- अनिवार्य

    पञ्चाङ्ग ०१

    समय त्यो एक मात्र गवाह हुन्छ साथी हो
    त्यही समयले गर्दा हृदय रुन्छ साथी हो
    तिम्रो यथार्थतालाई देखाउँछ समयले
    सानोतिनो कुराले पनि मन छुन्छ साथी हो
    कालले घडी पाउ पलालाई बुन्छ साथी हो।

    ✍️सन्ध्या गौतम, काठमाडौं ।

    पञ्चाङ्ग ०२

    माया गर्छु भन्छौ तर झर्केर बोल्छौ तिमी
    अर्कैको नासो भएर पर्केर बोल्छौ तिमी
    मायाको मूल्य मायाले नै तिर्नु विश्वासले
    घामपानी जस्तै किन?तर्केर बोल्छौ तिमी
    नचिनेको झैँ गरेर फर्केर बोल्छौ तिमी ।

    ✍️सोमनाथ लुइटेल “रवि पाल्पाली” काठमाडौं ।

    पञ्चाङ्ग ०३

    कति मज्जा मान्छ मान्छे अरुलाई ढाँट्न पाए
    सधैं ढाँटी ढाँटी अर्काको पसिना चाट्न पाए
    एकैछिन मिहिनेत गरे आइहाल्छ ज्वरो
    झरी बादल भन्दैन फेरि कुरा काट्न पाए
    फुर्ति नि गर्छ मोरा कागको फुल साट्न पाए।

    ✍️पशपती राई , खोटाङ ।

    पञ्चाङ्ग ०४
    ०१)
    अरे उनी पढेलेखेका छन् बोल्न सिपालु छन्
    दाजुभाइका मनमा विष घोल्न सिपालु छन्
    तिमी उनको कमजोरी देखाएर के गर्छौ?
    नानाथरी बहाना गरेर टोल्न सिपालु छन्
    कानुनी बाधा र बन्देज छिचोल्न सिपालु छन्।
    ०२)
    फुकाउ छाती गर हिम्मत घेरा तोडेर आऊ
    निर्दयी छ हुने खानेको शहर छोडेर आऊ
    उ असभ्य भएपनि तिमी सभ्यता देखाउनु,
    शिष्ट भइ बिदाइमा दुईहात जोडेर आऊ
    कहिल्यै नफर्किने गरि पाइला मोडेर आऊ।

    ✍️चिरञ्जीवी ढकाल,
    नेपालगन्ज -२० राँझा एयरपोर्ट बाँके।

    पञ्चाङ्ग ०५
    ०१)
    पढेर ज्ञान सिप सिक्ने बेला काँचाे माटो भर्न लाउँछ
    बाल शाेषण गरि इँटा बनाउने काम गर्न लाउँछ
    काम,कर्तव्य के हाे जिम्मेवारी सारा बिर्सेर सरकार
    झुपडीबाट पनि सडक पेटीमा बास सर्न लाउँछ
    बालबालिकालाई मूर्ख बनाएर यहाँ मर्न लाउँछ।
    ०२)
    इच्छा अनुसारको ~ वस्त्र लाएको छ अङ्ग प्रदर्शन गर्न सहजै ~पाएकाे छ
    सक्नुपर्छ नारीले आफ्नो इज्जत त आफैं
    आन्धाधुन्धा रेष्टुरेन्ट तिर नै ~~~ धाएकाे छ
    इज्जतकाे वास्ता छैन हुस्कि पाे खाएको छ।

    ✍️राज कुमार राजभण्डारी खाेटाङ्गे
    मध्यपुर ठिमी ५ संगम काेलाेनी राधे राधे भक्तपुर ।

    पञ्चाङ्ग ०६

    वसन्तको आगमनले मन खुशी हाम्रो हुन्छ
    हो चारैतिर फुल फुल्दा खेरी कति राम्रो हुन्छ
    बर्षामासको भेल सरी मन दुखी बन्यो भने
    ऋतुमा पनि त! मन अनि मस्तिष्क दाम्रो हुन्छ
    कहिल्यै नपग्लिने गरी मेरो मन चाम्रो हुन्छ ।

    ✍️सीमा कार्की समर्पण , काठमाडौं ।

    पञ्चाङ्ग ०७

    मेरो मन र मुटुको हिरा ठाने मैले
    तिमीलाई हृदयको रानी माने मैले
    कति राम्रो दिलको निश्चल बानी तिम्रो
    माया गर्छौ भन्ने हेराईले जाने मैले
    त्यही भएर तिमीलाई नै छाने मैले ।

    ✍️राधेश्याम नगरकोटी , भक्तपुर ।

    पञ्चाङ्ग ०८

    पसिनाको जलले नुहाउने गर्छ किसानले
    पसिना सँगै खुन चुहाउने गर्छ किसानले
    किसानको मर्म बुझ्दैन यो निरिह सरकार
    बजार छैन बाली कुहाउने गर्छ किसानले
    मेहनेतको फल तुहाउने गर्छ किसानले ।

    ✍️सरिता सेढाई, धादिङ ।

    पञ्चाङ्ग ०९

    आजकाल के भएको छ तिमीलाई झर्किन्छाैँ सधैं
    पराई जस्तै बनेर किन हाेला खै तर्किन्छाैँ सधैँ
    बैगुनी सधैंभरि गुनले मार्नु पर्छ भन्छन् यहाँ
    देखे नि नदेखे जस्तो गरेर उता फर्किन्छाैँ सधैँ
    बाेल्नै छाेडेर मसँग अन्तै किन हाे सर्किन्छाैँ सधैँ।

    ✍️सहयात्री शाेभा अर्याल, रुपन्देही ।

    पञ्चाङ्ग १०

    यो कस्तो गरी अत्याचार माया गर्छु भन्छे
    बेचेर मेरो चोखो प्यार माया धर्छु भन्छे
    शत्रुको आँगनमा रम्न थालिछे अचेल
    चढाई मुटु उपहार माया छर्छु भन्छे
    खोलेर प्रेमको बजार माया हर्छु भन्छे ।

    ✍️श्रीकृष्ण शर्मा
    पोखरा–५, मालेपाटन ।

    पञ्चाङ्ग ११

    चन्द्र उदायो, रात जुरायो
    श्रान्त निदायो, आँत जुरायो
    देश छ क्रान्त, साथ गुमाई
    कान्त जगायो, हात जुरायो
    प्रान्त उठायो, घात जुरायो।

    ✍️राजेन्द्रकुमार बज्राचार्य,कोटेश्वर,काठमाण्डौ।

    पञ्चाङ्ग १२

    तिमी बिना एक्लै कहाँ बाँच्न सक्छु र म
    जानी जानी तिम्रो मन भाँच्न सक्छु र म
    तिमीलाई खुशी राख्नु कर्म ठानेँ मैले
    तिम्रो मन रुवाएर नाँच्न सक्छु र म
    दिल भित्र अन्य माया साँच्न सक्छु र म।

    ✍️मन्दिरा सेढाई , मलेखु धादिङ ।

    पञ्चाङ्ग १३

    सधै सरकारको आफ्नै धुन छ समस्या
    बुद्धि नभएकाले केको गुन छ समस्या
    सरकार बनाउन र थाम्न छ व्यस्त
    जनताको चामल र नुन छ समस्या
    नेताको टनका टन सुन छ समस्या।

    ✍️देवी पन्थी ।

    पञ्चाङ्ग १४

    सुनाऊँ कस्लाई चित्कार मैले सुन्नेले मुख माेडेर हिडेपछि,
    दुर्भाग्य दूधे शिशु आमाले पेटी किनारमा छाेडेर हिडेपछि ।
    कलियुग लागेछ भन्थे कहालीलाग्दो दृश्य देखिन्छ साेचेकै थिइन ,
    हरेकसँग मायाको नाटक गर्दै सम्बन्ध गोडेर हिडेपछि,
    हेर धनकाे चक्करमा सिन्दुरकाे सम्बन्ध ताेडेर हिडेपछि ,

    ✍️दुर्गा आचार्य, मोरङ ।

    पञ्चाङ्ग १५

    यो कस्तो अलमलमा परियो आज
    सहर झुठको खेती भरियो आज
    मुर्ख दिवस नै किन पर्खिनु पर्‍यो
    यो कुराको महसुुस गरियो आज
    एक खुड्किला तल लौ झरियो आज।

    ✍️शोभा आचार्य गौतम, काठमाडौँ ।

    पञ्चाङ्ग १६

    यति धेरै चोट दिएर छोडे छौ
    जीवन मिलनको बाटो मोडे छौ
    मानव संस्कार छर्लङ्ग देखायौ
    आफन्तको नाता सबै नै तोडे छौ
    आफ्नो जीवनी अर्कैमा जोडे छौ।

    ✍️बेदु न्यौपाने ✍️🇳🇵काठमाडौं ।

    पञ्चाङ्ग १७

    गणतन्त्रको नयाँ बिहानी आएन कहिल्यै
    जनताले भोको पेट भर्न पाएन कहिल्यै
    गरिब झनै गरिब छ धनी झन् धनी भयो
    उच्च सगरमाथा गौरव गाएन कहिल्यै
    विश्वमा सुन्दर नेपाल चिनाएन कहिल्यै ॥

    ✍️गुणनिधि घिमिरे, अमेरिका।

    पञ्चाङ्ग १८

    विदेशमा जीवन चलेको छ
    सम्झनाको पहाड बलेको छ
    समयसँग सँगै यात्रा गरेर
    घरघरमा ज्यान ढलेको छ
    न त डलर धेरै फलेको छ।

    ✍️प्रभा पोखरेल, अमेरिका ।

    पञ्चाङ्ग १९

    हिड्दैछन् नि जहर पियरै हतारमा खै
    नेपालमै हाे कि मलेसिया कतारमा खै
    झुठको खेती मात्र मौलाउँदो रैछ यहाँ
    गाँउँघरै अछुताे छैन के छैन र भतारमा खै
    के किनौ र खै मूल्य नै छैन सतारमा खै।

    ✍️मीना देबकाेटा , सर्लाही।

    पञ्चाङ्ग २०

    हिजोआज भावना भागेर हैरान
    केही नलेखौं जस्तो लागेर हैरान
    त्यो उदासपनले सताउँदा खेरि
    परिस्थितिले सिमा नागेर हैरान
    मनमा छटपटी जागेर हैरान ।

    ✍️अच्युत घिमिरे, सर्पाङ, भुटान🇧🇹

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on पञ्चाङ्ग अभ्यास शृङ्खला- ८९

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P