प्रिय नयाँ वर्ष (कविता)

  • २९ चैत्र २०८०, बिहीबार २०:२६ मा प्रकाशित
  • प्रिय नयाँ वर्ष (कविता)
    ~~
    हरेक वर्ष नयाँ बनेर आउने
    कहिल्यै पुरानो बन्न नचाहने
    प्रिय नयाँ वर्ष…..!
    तिमी हरेकलाई खुसी
    अनि उमङ्ग लिएर आउनू
    प्रिय नयाँ वर्ष….!
    विगतमा तिमी कुनै कुरामा
    चुकेको भए…..!
    अनायास दु: ख दिएको भए
    प्रिय नयाँ वर्ष ……..!
    यसपालि कुनै कुरामा नचुक्नू
    सबैलाई अनुकूल बन्न त सक्दैनौ होला…!
    तर पनि प्रिय नयाँ वर्ष….!
    सच्चा बाटोमा डिड्न चाहनेहरुलाई
    कत्ति दु:ख नदिनु…..!
    प्रिय नयाँ वर्ष……!
    तिमी फेरिन्छौ हरेक साल
    तर हाम्रा विगत टाढिदै जान्छन्
    तिम्रो आगमनले खुसी हुने हामी
    झसङ्ग हुन थालेका छौँ……!
    प्रिय नयाँ वर्ष……..
    किनकि तिमीलाई स्वागत
    गर्दा गर्दै हाम्रा बालापन बिते
    किशोरावस्था बिते
    पत्तै भएन
    प्रिय नयाँ वर्ष…..!
    तिमी फेरिँदै जाँदा नयाँ बन्छौ
    तर हामीलाई पुरानो बनाउँछौ
    तर पनि हामी चित्त बुझाउँछौँ
    तिम्रो स्वागत गरिरहन्छौँ
    प्रिय नयाँ वर्ष……….!
    तिमीले अब…..
    हामीलाई वर्षभरिको योजना
    बनाउन सिकाउनू
    जुन योजनाले हामीलाई
    बिगतमाभन्दा अझ सफल बन्न सिकाओस्
    प्रिय नयाँ वर्ष …….!
    तिमीले हरेकलाई
    स्वस्थ तन अनि स्वस्थ मन दिनू
    जसको प्राप्तिले कोही दु:खी बन्न नपरोस्
    प्रिय नयाँ वर्ष…….!
    तिमी कठोर नबनीदिनू
    किनकि…….
    जगतमा कैयौं दु:खका प्रहरहरु…….!
    हामी मानवले सामना गरेका छौँ
    प्रिय नयाँ वर्ष…….!
    अब देशमा संम्बृद्धि
    अनि….
    सुशासन लिएर आउनू
    युवालाई राष्ट्र निर्माणमा लाग्ने
    उत्साह र उमङ्ग लिएर आउनू
    प्रिय नयाँ वर्ष…….!
    तब राष्ट्र संबृद्ध बन्नेछ
    विगतमा तिम्रो स्वागत गरिरहेकाहरु….!
    अझ……..
    सशक्त ढंगले स्वागत गर्न आतुर छौँ।
    प्रिय नयाँ वर्ष…..!स्वागत गर्न आतुर छौँ।

    तेजप्रसाद खनाल लमही दाङ।

    Leave a Reply