• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: साहित्य

टुक्का साहित्य समाजद्वारा ‘पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस’को अवसरमा विशेष टुक्का लेखन अभ्यास श्रृङ्खला

  • २९ पुष २०७८, बिहीबार ०७:५२ मा प्रकाशित
  • “टुक्का लेखन अभ्यास श्रृङ्खला-२९” मा १०७ जना सर्जकको उत्साहजनक सहभागीता

    काठमाडाैं, विशेष अवसरहरूमा टुक्काकाे अभ्यास श्रृङ्खलाहरू सञ्चालन गर्दै आएकाे टुक्का साहित्य समाजले २०७८ पाैष २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसकाे अवसरमा “टुक्का लेखन अभ्यास श्रृङ्खला-२९” सम्पन्न गरेकाे छ।

    टुक्काका प्रवर्तक/ टुक्का साहित्य समाजका अध्यक्ष ताराप्रसाद चापागाईंकाे संयाेजकत्व तथा प्रशिक्षण मा  सञ्चालित उक्त कार्यक्रममा पृथ्वी जयन्ती/ राष्ट्र प्रेम विषयमा केन्द्रित भएर  नेपाल भारत लगायत विश्वका विभिन्न देशहरूबाट १०७ नेपालीभाषी सर्जकहरूले चाेटिला टुक्काहरू सिर्जना गर्नु भएकाे थियाे।

    कार्यक्रमकाे समापन गर्दै समाजका अध्यक्ष/ संयाेजक चापागाईले सबै देश भक्त नेपालीले पृथ्वी नारायण शाहका दिव्याेपदेशहरूलाई मनन् गर्दै अघि बढ्नु पर्ने कुरामा जाेड दिदै पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसकाे अवसरमा सम्पूर्ण नेपालीहरूमा शुभकामना व्यक्त गर्दै सक्रिय सहभागिताकाे लागि सम्पूर्ण सर्जकहरू प्रति हार्दिक आभार व्यक्त गर्नु भएकाे थियाे ।

    “टुक्का” दुई हरफमा अक्षर संख्या बराबर गरेर तुक् (अन्त्यानुप्रास) मिलाएर दुई हरफमा नै पूर्ण हुने गरि लेखिने नेपाली माैलिक प्रयाेगवादी लघुत्तम काव्यिक विधाकाे रुपमा छाेटाे समयमा धेरै सर्जक तथा पाठकहरूकाे मनमा बस्न सफल भएकाे छ। 

    अभ्यासकाे क्रममा सङ्कलन गरिएका १०७ सर्जकहरूमा उत्कृष्ट टुक्काहरू

    [१]
    राष्ट्र निर्माता पृथ्वीनारायण वीर गोर्खाली सिद्धान्तका प्रतिपादक राजा
    राष्ट्रियताको प्रतिक दुरदर्शी नेतृत्वका दिव्य उपदेशहरू छन् ताजा।
    ✍️ ताराप्रसाद चापागाईं
    धुनिबेसी ।

    [२]
    आधुनिक  नेपालका  थिए  प्रथम  राजा
    एकताका प्रतिक हुन् हामी सबैका साजा।
    ✍️ हिउँकला हाँसी खतिवडा
    कमलबजार अछाम।

    [३]
    देश हाम्रो नेपाल हो नेपाली हामी पर्‍यौँ
    एकतावद्ध भइ आज देश एक गर्‍यौँ ।
    ✍️ राजेशराज गड्तौला
    रतुवामाई- १०, मोरङ
    हाल- प्रवास

    [४]
    एकताको सुत्रधार पृथ्वी  थियौ राजा
    तिम्रो काम अझैसम्म छ नि यहाँ ताजा ।
    ✍️ केशवप्रसाद ढकाल `प्रीतबीज´
    गाेरखा

    [५]
    जन्मिएका गाेर्खा जिल्ला नरभूपालका पुत्र
    खण्ड खण्ड याे नेपाल जाेड्ने एकताका सूत्र ।
    ✍️ मित्र उराठी गाैतम
    तिलाेत्तमा न पा-२ रुपन्देही

    [६]
    पसिना र रगत  तिम्रा मिलेकाे यहि माटाेमा 
    पूर्व मेची पश्चिम काली जाेड्याै एउटै गाठाेमा।
    ✍️ प्रशान्त स्वाँर
    अछाम, हाल धनगढी

    [७]
    रात दिन खटेर बहादुरीका साथ एउटै राज्य बनायाै
    विश्व मान चित्रमा नेपाल भन्ने देश पनि छ भन्ने जनायाै।
    ✍️ पवन कुमार बुढाथेाकी
    काठमाडौं

    [८]
    एकताका प्रतिक तिमी राष्ट्रपिता थियौ
    फुटी हैन जुटी देश बन्ने सन्देश दियाै।
    ✍️ नानीबाबा अधिकारी
    काठमाडाैँ

    [९]
    देश निर्माणमा बढ्याे पछि सरेन
    अमर भयाे फेरि कहिल्यै मरेन।
    ✍️ बिनिता बिश्वकर्मा ‘बिनु’
    बाजुरा ।

    [१०]
    बाइसे र चौबिसे राज्य जोड्ने थिए एउटै पृथ्वी राजा
    चार जात छत्तीस वर्णलाई बनाए थे सबैका साजा ।
    ✍️ बेदु न्यौपाने
    काठमाडौ
    [११]
    एकता का  प्रतीक थिए एक राष्ट्र नायक
    कोही जन्मेनन् फेरि देश बनाउँने लायक।
    ✍️ लक्ष्मी श्रेष्ट
    बिर्तामोड झापा।

    [१२]
    पुरुषार्थी निडर तिनै राजा पृथ्वी थिए
    राष्ट्र निर्माण र एकताकाे सन्देश दिए।
    ✍️ प्रेम सुनार
    दैलेख

    [१३]
    टुक्रे टुक्रे राज्य थिए बनायाै सिङ्गो नेपाल
    चार जात छत्तिस वर्ण गास्यौ एउटै जाल ।
    ✍️ बुद्धिमान चौधरी
    कनकाई नगरपालिका ४ झापा

    [१४]
    चार जात छत्तिस वर्णका फुलवारीका ज्ञाता
    तिमी नै हौ यो मुलूक बनाउने राष्ट्र निर्माता।
    ✍️ पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
    पनौती-३,काभ्रे

    [१५]
    सुन्दर शान्त देश याे अनेकतामा एकता
    यही नै हो नेपालीको पहिचान र सभ्यता।
    ✍️ घनश्याम पौडेल
    सृजना चोक, पोखरा।

    [१६]
    अरिङ्गाललाई झिँगा अनि सिस्नुलाई देख्थे झार
    पृथ्वीनारायणसँग अङ्ग्रेजले मान्नु पर्याे हार।
    ✍️ ललिता अभागी
    सुनकोशी-५ सिन्धुली

    [१७]
    चार जात छत्तिस वर्ण एकता गाँसेर भाे टिकाऊ
    दुरदर्शिता दिव्याेपदेश भएन कहिल्यै बिकाऊ ।             
    ✍️ निरज काेइराला
    बेलका १ भाैडादेवी टाेल उदयपुर  
    हालः इटहरी

    [१८]
    राष्ट्रिय एकताका प्रतीक दुरदर्शी राजा
    टुक्रिएको राज्य जोडि बनाए सबको साजा।
    ✍️ रुपा पौडेल
    ललितपुर

    [१९]
    छोटा छोटा राज्यलाई एकता गराई मिलाउने उनकै छ राज
    विश्वले चिन्छन् चार जात छत्तिस वर्णको फूलबारी हो भनी आज।
    ✍️ अनुग्रह राना मगर ‘पुष्प’
    संखुवासभा हाल मलेसिया

    [२०]
    बाइसे चौबिसे राज्य एक बनाई पृथ्वीनारायणले अरू
    राष्ट्रिय एकता दिवस मनाऊँ लाै उनकै सम्झनामा बरू।
    ✍️ सुरेशकुमार पान्डे
    दाङ घोराही१८

    [२१]
    बाइसे र चौबिसे राज्य एक बनाएका थियौ
    उमेर सानै तर मनमा देशको चिन्ता लियौ ।
    ✍️ इन्दिरा देवकाेटा
    कपिलवस्तु न पा ३

    [२२]
    राष्ट्र प्रेम सिक्नु परे पृथ्वीको इतिहास हेर
    ठड्याए थे सिंगो नेपाल राष्ट्र सम्झनामा बेर।
    ✍️ दीपक ठटाल जलन
    खरसाङ, दार्जीलिङ।

    [२३]
    बाइसे र चौबिसे ति राज्य जोड्ने राजा
    पृथ्वी हुन् राष्ट्रपिता हामी सबका साजा।
    ✍️  नवशिला
    बेलबारी -२,लालभित्ती,मोरङ।

    [२४]
    राष्ट्रप्रती निकै गहिरो प्रेम हुनुपर्छ ,
    चोट पर्दा देश माथि याे मन रुनुपर्छ ।
    ✍️ बिक्रम तिरुवा सलिन
    तिला ३ जुम्ला

    [२५]
    टुक्रिएका राज्यहरु सबै समेटेर
    विश्व सामु चिनाए थ्याै नेपाल भनेर।
    ✍️ प्रेम कला चापागाईं
    झापा

    [२६]
    गोरखाबाट काठमाडौ देश रचाउन
    नेपाल अनि नेपालीको शान बचाउन ।
    ✍️ मन्दिरा सेढाई
    मलेखु,धादिङ

    [२७]
    चार जात छत्तिस वर्ण को फूलबारी हाम्रो
    पृथ्वी नारायण शाहको अद्भुत वाणी राम्रो।
    ✍️ सरस्वती श्रेष्ठ
    इटहरी

    [२८]
    पृथ्वी तिमीले टेकेका साम्राज्यमा आफ्नो राज चलायाै
    वैरीलाई निमिट्यान्न परेर कुटनीतिले  गलायाै।
    ✍️ अम्विका अधिकारी
    झापा विर्तामोड

    [२९]
    राष्ट्रप्रेम अनि एकता देशको सुरक्षा छाता
    हामीमा एकता नरहे वैरीले कस्नेछन् पाता।
    ✍️ बिके मुखिया
    दार्जीलिङ भारत।

    [३०]
    यो देशको माटो निधारमा चन्दन मानी लाउँछु,
    अन्तिम श्वास चलेसम्म म देशकै गीत गाउँछु ।
    ✍️ गंगा खड्का
    बूढानीलकण्ठ १ काठमाडौँ

    [३१]
    विशाल एक बनाई छोडे राष्ट्रिय एकता
    बिर्सनु हुन्न कहिल्यै साथी उनको वीरता।
    ✍️ भगवती दवाडी
    दमक झापा

    [३२]
    बाइसे र चाैबिसे राज्य समेटेर एक राज्य बनायाैँ
    उनै राष्ट्र पिताकाे सम्झनामा राष्ट्रिय दिवस मनायाैँ ।
    ✍️ केसर बाेहरा
    अछाम ।

    [३३]
    पृथ्वी बाईसे चौबीसे राज्यहरूमा पनि चढे
    पूर्वदेखि पश्चिमसम्म राज्य विस्तारमा बढे ।
    ✍️ डम्बर थामी ‘अनुपम’
    कालिन्चोक गाउँपालिका-६, दोलखा

    [३४]
    पुर्खाले आर्जेको दुई ढुंगा बिचको नेपाल मुलुक
    सिमाना रक्षा गरेनौं भने लैजालान् खल्याक खुलुक।
    ✍️ होम प्रसाद नेउपाने
    धरान,सुनसरी ।

    [३५]
    साना-तिना  राज्यहरु कब्जा गर्दै गए
    राज्य विस्तार गरी ती पृथ्वी राजा भए ।
    ✍️ रचना मोक्तान “यात्री”
    नमोबुद्ध न.पा. -५, काभ्रे ।

    [३६]
    हाम्रा गौरव हुन नृप थिए निकै सहासी पनि
    बाँधे एकता सूत्र मा साना साना टुक्रे राज्य अनि।
    ✍️ सूर्य मणि रेग्मी
    चितवन

    [३७]
    हिमाल पहाड़ तराई अखण्ड प्रकृति राम्रो
    विविध भाषा,जीवन एकताको संस्कृति हाम्रो।
    ✍️ भूषण जंग
    काठमाण्डू ।

    [३८]
    एकमात्र राष्ट्रनायक काेरे देशकाे खाका
    नेपाली भनि नाम दिने प्रतीक एकताका ।
    ✍️ बिबस पारदर्शी
    भद्रपुर न०प० २, झापा

    [३९]
    बाइसे चौबिसे राज्य एकीकरण गराई  छाडे
    चार जात छत्तिस वर्णको फूलबारी भनि बाँडे।
    ✍️ सुशिला पाैडेल

    [४०]
    भाँडभैलो मच्चिएको छ सधैं भरिको सकस
    कसरी  मनाउने हो  राष्ट्रिय  एकता  दिवस।
    ✍️ दुर्गा बुलबुल श्रेष्ठ
    धादिङ

    [४१]
    राष्ट्रघाती सम्झौताहरू सबै हुनुपर्छ बदर
    राष्ट्र निर्माणमा जीवन दिनेकाे गराैँ है कदर ।
    ✍️ त्रिलोचन भण्डारी
    मेचीनगर, झापा

    [४२]
    हाम्रो नेपाल भन्न पाइएको छ गर्वले
    निर्माण गरे पृथ्वीले अनेकौं संघर्षले।
    ✍️ लक्ष्मण समीर, बर्दिया
    हाल काठमाडौं

    [४३]
    देश निर्माण गर्ने तिमीलाई छ हाम्रो उच्च सम्मान
    पृथ्वीमा हाहाकार मच्चियो प्रकट होउ भगवान।
    ✍️ जमुना आचार्य
    सिन्धुपाल्चोक

    [४४]
    एकताले बल मिल्छ भनेर  पृथ्वीले नारे
    कलियुगको नेतृत्वले सबै बिनाश पारे।
    ✍️इश्वरी अधिकारी
    लमजुङ

    [४५]
    पृथ्वीनारायणकाे एकीकरणले बनेकाे देश नेपाल
    टुक्र्याउन खाेज्दैछन नेताले फेरि गरेर अनेकाै जाल ।
    ✍️ सुरेखा चाम्लिंग
    भक्तपुर

    [४६]
    एउटै बगैंचाका फूलहरू एक हेक्का हुनुपर्छ             
    दुस्मन हरू पछारेर शिरले आकाश छुनुपर्छ।
    ✍️ माधवी भट्ट
    सुर्नया( बैतडी )

    [४७]
    पुर्खाले टेकेको यी माटो घस्न तयार बरू
    पृथ्वी एक छँदै छौ सहिद भूली सके अरू।
    ✍️ माेहन तर्मु मगर

    [४८]
    एकताको प्रतिक तालीका लायक
    पृथ्वीनारायण हुन् राष्ट्रका नायक।
    ✍️ म्यामराज राई
    भोजपुर

    [४९]
    सुन्दर शान्त विशाल देश नेपाल वाह
    महान हुन् निर्माता पृथ्वी नारायण शाह ।
    ✍️ बिके माकजु
    भक्तपुर ।

    [५०]
    टुक्राटाक्री राज्यहरु थिए साना साना भइकन वरपर अलमल्ल
    पृथ्वीनारायणले एक सुत्रमा बाँधेर नेपाल लाई पारे झलमल्ल ।
    ✍️ गुणनिधि घिमिरे
    माेरङ्ग, हाल अमेरीका ।

    [५१]
    पृथ्वीले आर्जन गरेकाे राष्ट्रिय एकता,
    हेर्नुहाेस् त आज हुन लाग्याे यता न उता ।
    ✍️ शान्ति याक्साे
    ताप्लेजुङ, (हाल काठमाडौं)

    [५२]
    थिए पृथ्वीनारायण महान देश निर्माता
    राष्ट्रपिता महान देशका ती जीवन दाता।
    ✍️ कृष्ण आनन्द भट्ट
    प‌ञ्चेश्वर ०५ बैतडी

    [५३]
    एकताका सूत्रधार हुन् ती पृथ्वी , सदैव होस् कदर
    अनुपम दिव्योपदेश राष्ट्र निर्माणमा  होस्  सदर।
    ✍️ मिसु श्रेष्ठ
    दोलखा ( हाल काठमाडौं )

    [५४]
    धर्म लिङ्ग वर्ण छ भ्रष्टाचारीको खाजा
    पृथ्वीको भार बोक्ने एकीकरण राजा ।
    ✍️ रिजाल विनोद
    बेलबारी ०२ मोरङ

    [५५]
    थिए एक शक्तिशाली राजा पृथ्वी अति देश भक्त
    टुक्रिएका राज्यलाई एक बनाइ पारे सशक्त।
    ✍️ कोकिला चौधरी
    बाँके

    [५६]
    नेपाल र नेपाली मनमा छर्ने एकताको प्रवाह
    पुन माग्दैछ याे देशले एक पृथ्वीनारायण शाह।
    ✍️ अरुणा श्रेष्ठ ‘अनु’
    झापा

    [५७]
    हामीले भुल्नु हुन्न कहिल्यै पुर्खाले गरेका बलिदान
    राष्ट्र एकीकरण गर्ने पृथ्वीनारायण थिए महान ।
    ✍️रिता खराल
    रुपन्देही

    [५८]
    एकताका प्रतीक राजा पृथ्वी  थिए देश भक्त
    टुक्राटुक्रा भएको देश जाेडेर पारे  ससक्त ।
    ✍️ दुर्गा भट्टराई
    मोरङ

    [५९]
    राष्ट्र प्रेमी जति पृथ्वीलाई सम्झेर रुन्छन्,
    भ्रष्टाचारी नेता चैँ राष्ट्रकै रगत दुन्छन्।
    ✍️ अरुण कुमार भुजेल
    गोरूबथान,कालेबुङ्ग,भारत।

    [६०]
    उनको राष्ट्र प्रेमले हामीलाई छुनुपर्छ
    देशलाई चोट लाग्दा मुटुहरू रुनुपर्छ।
    ✍️ हिमा रोका
    मेहेलकुना सुर्खेत

    [६१]
    पृथ्वी जस्तै कयौं वीरहरु खै कता हराएका
    छाै कि कतै नेपाली तिमी दुश्मन सँग डराए ।
    ✍️ कल्पना थामी
    सिन्धुपाल्चोक

    [६२]
    एकताको अभियानलाई पृथ्वीले धाने
    समग्रमा राष्ट्रवादी प्रतीक चिन्ह माने ।
    ✍️ रामकृष्ण दुवाडी
      पाेखरा ।

    [६३]
    वितण्डा राजनीति हटाउनुपर्छ सङ्घीयता
    सबै मिलिजुली देश बनाउनुपर्छ एकता।
    ✍️ बासुदेव दनुवार
    सिन्धुली

    [६४]
    हिजो को राष्ट्रिय प्रेम र एकता आज खण्ड खण्डमा बाँडिएछ्न्
    सर्वहारा हुँ भन्ने नेता हरू सत्ता को भाग बन्डामा भाँडिएछन् ।
    ✍️ लक्ष्मी प्रसाद फुयाल

    [६५]
    उहिले थिए नेपाल धर्तीमा पृथ्वीनारायण एक
    रोएर बसे देश र जनता लौ! बिते दिन अनेक।
    ✍️ परिक्रमा श्रेस्ठ
    धरान, सुनसरी ।

    [६६]
    नेपाली हाैँ तयार सधै गर्नु परे सामना
    पृथ्वी जयन्तीकाे सम्पूर्णलाई शुभकामना।
    ✍️ सहयात्री शाेभा अर्याल
    रुपन्देही १४ बुटवल

    [६७]
    एकताको मुल स्तम्भ राजा पृथ्वीले गाडे गहिरो
    मेटाई  दिए सबै शत्रु अनि देश भाँड्ने पहिरो।
    ✍️ अच्युत घिमिरे
    दोभान भुटान।

    [६८]                                    
    नेपाल को एकिकरण गर्ने पुर्खा उनै हुन
    पृथ्वी नारायण शाह बिना  जन्म लिन सकुन।
    ✍️ संझना( कुसुम)

    [६९]
    बनाइदियाै सुन्दर माला थुङ्गा थुङ्गा उनेरबचाइराखाैँ एकता ती दिव्याेपदेश  गुनेर ।✍️ दुर्गा वनवासी
    झापा

    [७०]
    दुस्मनको हात घाँटी रेट्दै मुलुक विजय बनायो
    नेपाली सबै हाैँ एक भन्दै वीरताको झण्डा फैलायो।
    ✍️ रुपेश सदय
    सिरहा।

    [७१]
    पृथ्वीनारायण नेपालका युग नायक थिए
    छिन्नभिन्न थियाे देश एकीकरण गरी दिए ।
    ✍️ हरिनारायण चाैधरी
    सुन्दर हरैंचा नगरपालिका १ मोरङ

    [७२]
    एकताका प्रतीक पृथ्वीनारायण हाम्रा
    दूरगामी राजा थिए महान वाणी राम्रा ।
    ✍️ निर्मला शाही ठकुरी
    दैलेख, हाल सिवान भारत

    [७३]
    १.
    गोरख काली मनकामनाको आशिर्वाद थियाे
    एकीकरण अभियान सफल बनाई दियाे ।
    ✍️ सुरेश भट्ट

    [७४]
    शिक्षा दिएकाछन निडरहुनु गर्नु सबैले भावना
    दिदैछु सबैलाई आज पृथ्वी जयन्तीको शुभकामना ।
    ✍️ दुर्गा आचार्य
    मोरङ

    [७५]
    टुक्रे मुलुक एक गरि एकताको उदाहरण दियौं
    गणतान्त्रिक मुलुकमा आज तिमी ले ठूलो स्थान लियौं।
    ✍️ प्रदीप के रिमाल
      इटहरी, सुनसरी ।

    [७६]
    नेपाल देश धवल बन्याे पृथ्वीकाे याेगदानले
    विश्वमा नेपाली भनि  गर्व गर्दछाै हामी सानले।
    ✍️ प्रद्युम्न चालिसे
    भक्तपुर ।

    [७७]
    राष्ट्र निर्माता पृथ्वी नारायण शाहको सदा नै जयहोस्
    अखण्ड दीप बालियुन राजा तिम्रो किर्ती गान लयहोस्।
    ✍️ पुष्पशायरा
    बिराटनगर ।

    [७८]
    एकता सुत्रमा बाँधे पृथ्वीनारायण शाहले
    खरानी भए भुरे टाकुरे, जले पीडा र डाहले ।
    ✍️ वसन्त अनुभव
    घोराही उपमहानगरपालिका १४, दाङ

    [७९]
    पृथ्वीनारायण शाह हुन् हाम्रो नेपालको बहुमूल्य तारा
    नेपाली भएर बाँचेका छौं उनले नै दिएका अभिभारा।
    ✍️ रतन पाण्डे’पारतन’
    दार्जिलिङ्ग ।

    [८०]
    सम्झना भित्र पृथ्वी छन् देशप्रेमी बनी
    मात्र कुरा गर्न जान्ने बन्न लागे धनी।
    ✍️ पौडेल विमुन्स
    पोखरा कास्की

    [८१]
    पृथ्वीलाई  सम्झि गर्व छ मलाई  माफ  गर
    भत्काउने बग्रेल्तीछन् देश जोड्ने  को नै छ र?
    ✍️ चिरञ्जीवी ढकाल
    नेपालगन्ज -२०
    राँझा एयरपोर्ट बाँके

    [८२]
    यो गणतन्त्र फटाहालाई मागी खाने भाँडो
    दलालहरू ति नेपाली जनतालाई घाँडो ।
    ✍️ गणेश तिमल्सिना गति
    धनुषा

    [८३]
    सिङ्गो नेपाल बनायौ नेपालीको सान बढायौ
    एकताको नाम दिई सभ्यताको दियो जलायौ।
    ✍️ रीना सापकोटा खनाल
    जि.सि.-१४ बारा ।

    [८४]
    पृथ्वीनारायण नभएका भए, नेपाल सिंगो कसरी बन्थ्यो
    हामी नेपाली रहने थिएनौं विदेशी ले आफ्नो जमिन भन्थ्यो।✍️ रचना शर्मा प्रतीक्षा
    ललितपुर ।

    [८५]
    फुट्ने होइन जुटौ अब दिदै बलिदान
    प्राणभन्दा प्यारो हुन्छ देशको स्वाभिमान ।
    ✍️ जि कुमार गौतम
    भद्रपुर-१ पृथ्विनगर

    [८६]
    साना टुक्रे राज्य भए कसले हामीलाई नेपाली भन्थ्यो
    एउटै नभए आज कसरी यत्रो विशाल राज्य बन्थ्यो।
    ✍️ दस्ता कौशिक
    पाँचथर ।

    [८७]
    नेपाल एकीकरणका पृथ्वी हुन् चम्किला तारा
    चौबिसे राज्य सिङ्गो बनाउने थियो अभिभारा ।
    ✍️ तारा घिमिरे
    सङ्खुवासभा।

    [८८]
    पृथ्वीनारायणले जोडेको देश आज भत्किएला जस्तो
    राज्य सञ्चालन गर्ने नेताहरू नै यहाँ भए खै कस्तो ।
    ✍️ बिक्रम तिरुवा सलिन
    जुम्ला

    [८९]
    युगका पुरुष पृथ्वीनारायण इतिहासले भन्छ
    एकतामा शक्ति ठुलाे सुशासनले मात्र देश बन्छ ।
    ✍️ रश्मि रिमाल
    झापा ।

    [९०]
    हर्ष उल्लास सँग पृथ्वी जयन्ती मान्नु
    वैरी आउलान नेपाल बलियाे बान्नु ।
    ✍️ अरुण नदी खत्री
    काठमाडाैँ ।

    [९१]
    हिजो वीर पुर्खाहरूले जोगाएको माटो प्यारो नासो
    हामी सबै मिलेर बनाउनु पर्छ नेपालको चासो।
    ✍️ शरद प्रधानाङ्ग
    विराटनगर-७

    [९२]
    राष्ट्रिय एकता दिवस केवल पात्रोमा मात्र नै लेखियाे,
    राष्ट्र निर्माता पृथ्वी समेत गणतन्त्रको सिकार देखियाे।
    ✍️ शम्भु लाल श्रेष्ठ
    नागार्जुन -१ रानीवन, पानीट्यांकी, काठमाडौं।

    [९३]
    टुक्रा टुक्रा भएकोलाई एउटै बनाउने
    महान छौँ पृथ्वी तिमी नै हाै देश सजाउने।
    ✍️ राजेश भट्टराई
    सैनामैना ११,रुपन्देही

    [९४]
    चार जात छत्तिस वर्णकाे फूल टिपि उन्याै तिम्ले एउटै माला
    नेतागणकाे सुधारेर मति तिम्राे जस्तै बनाइदेउन चाला।
    ✍️ लक्ष्मी घिमिरे दहाल
    झापा।

    [९५]
    साना राज्य एकीकरण गरी ठुलाे देश बनाउने
    राष्ट्र निर्माता पृथ्वीकाे आज जन्म जयन्ती मनाउने ।
    ✍️ लालीमाया थापा मगर
      प्युठान

    [९६]
    टुक्रा टुक्रा भएको देश नेपाल लाई जोगाउने
    सहिद बनी गरेका काम सम्झना मा दिलाउने।
    ✍️ नवीन जाेशी
    कैलाली ।

    [९७]
    पृथ्वीनारायण शाहको जन्मदिन मनाए
    उनैले टुक्राटुक्रा राज्यलाई सिङ्गो बनाए ।
    ✍️ रत्ना पुन मगर
    रुकुम पश्चिम्

    [९८]
    १
    पृथ्वी नारायण शाह ती राष्ट्रपिता हुन
    उनको योगदानकाे गाउनु पर्छ गुन।
    ✍️ गोमा गुरागाई
    इटहरी, सुनसरी

    [९९]
    पृथ्वीनारायण शाह जस्तो अरु राजा थिएनन्
    अशान्ति र  विश्वासघात जनतालाई दिएनन्।
    ✍️ कमला हरिमाया पाण्डे पराजुली
      झापा

    [१००]
    देश उत्थान गर्ने नै छायामा छन् सधैँ यहाँ
    हराए राष्ट्रनिर्माता खोज्नजाऊँ म पो कहाँ।
    ✍️ रामशरण न्यौपाने
    भक्तपुर ।

    [१०१]
    माली हामी नेपाली हौं फूलबारी यो विशेष
    पृथ्वी जयन्ती मनाउँदै जाेगाऊँ भाषा भेष ।
    ✍️ ज्योती घिमिरे
    धनुषा ,गोदार।

    [१०२]
    एउटै साझा फुलबारी हाे सुन्दर शान्त नेपाल
    पृथ्वीनारायण काे एकीकरणले बन्याे विशाल।
    ✍️ साधना पाेैडेल
    ओखलढुङ्गा ।

    [१०३]
    सिंगो नेपाल निर्माण गर्ने, पृथ्वी तिमी योद्धा वीर
    तिम्रो देश टुक्रिदै गो, नेपाल आमा को बढ्दो पीर।
    ✍️ पदमा शर्मा आँचल
    कालाचिनी, भारत ।

    [१०४]
    पृथ्वीले टुक्राराज्य जोड्न अगाडि बढेर
    सिंङ्गोराष्ट्र निर्माण गरे लडाइ लडेर  ।
    ✍️ ऋषिराम खनाल
    मध्यबिन्दु- ६ नवलपुर

    [१०५]
    महानायक राष्ट्र सेवक त पृथ्वी  थिए
    देशको निमित्त सिंगो जीवन अर्पि दिए।
    ✍️ रुपा गाैतम
    निजगढ बारा।

    [१०६]
    वीर पुर्खा ले अर्पेको ज्यान आज धेरै सस्तो भयो
    नेपाली को वीरता त्याे इतिहासमै बिलाई गयाे ।
    ✍️ सुमिना तिमल्सिना
    भक्तपुर ।  ।

    [१०७]
    राष्ट्रलाई यौटै मालामा गाँसेर जसले सिङ्गो नेपाल बनाए
    तिनै पृथ्वीलाई सम्झिन किन हो यहाँ केही व्यक्ति निकै लजाए ।
    ✍️ प्रीति आत्रेय ज्ञवाली (फलित ज्योतिषाचार्य)
    स्तम्भकार, नारी मासिक
    बुटवल, हाल न्होम पेन्ह, कम्बोडिया

    >>> जय टुक्का! जय साहित्य!! <<<

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on टुक्का साहित्य समाजद्वारा ‘पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस’को अवसरमा विशेष टुक्का लेखन अभ्यास श्रृङ्खला

    उदक स्रष्टा गुणनिधि घिमिरेका उत्कृष्ट उदकहरू

  • २८ पुष २०७८, बुधबार ०९:५७ मा प्रकाशित
  • १
    काठमाडौँ
    निर्दोष स्थल
    मानव चेतना कमजोर !

    २
    मान्छे
    सभ्य चेतनशील
    गाउँ शहर उन्नत !

    ३
    आफू
    जागरुक विवेकशील
    संसार सुन्दर स्थल !

    ४
    दृष्टि
    आफू तर्फ
    सभ्य समाज निर्माण !

    ५
    दोषारोपण
    असभ्य बानी
    अस्ति व्यस्त संसार !

    ६
    निर्माण
    त्याग समर्पण
    आफू अर्को सबै !

    ७
    सभ्यता
    पहिलो व्यक्ति
    आफू आफू आफू !

    ८
    सबै
    सत्य सभ्य
    घर समाज राष्ट्र !

    ९
    घमण्ड
    अहंकार क्रोध
    मानव सभ्यता ह्रास !

    १०
    लोभ
    माया मोह
    एक अर्को विलाप !

    ११
    विकास
    सभ्यता पहिचान
    संस्कृति संस्कार परिवेश !

    १२
    विचलन
    भेदभाव कुसंस्कार
    गलत प्रवृत्ति विकास !

    १३
    प्रवृत्ति
    हेपाहा दलाल
    काम क्रोध मोह !

    १४
    राज्य
    नातावाद कृपावाद
    विना पद्धति शासन !

    १५
    प्रहार
    निम्न वर्ग
    गरिब दु:खी बेसहारा !

    १६
    आशा
    प्रखर व्यक्तित्व
    राष्ट्रिय एकता अविलम्ब !

    १७
    भरोसा
    युवा शक्ति
    साहित्य सिर्जना कलाकारिता !

    १८
    विकल्प
    दोषारोपण रहित
    आफू आफूमा सभ्यता !

    १९
    विकास
    देशभक्ति आवश्यक
    समय परिवेश परिस्थिति !

    २०
    निष्कर्ष
    सहज सरल
    सुन्दर समाज निर्माण !

    • गुणनिधि घिमिरे
      मोरङ, हाल- अमेरिका
    Posted in Uncategorized, ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on उदक स्रष्टा गुणनिधि घिमिरेका उत्कृष्ट उदकहरू

    टुक्का माथि टुक्काको १६औं शृङ्खला सम्पन्न; ५७ जना टुक्काकारहरूको सहभागीता

  • २८ पुष २०७८, बुधबार ०८:५६ मा प्रकाशित
  • काठमाडौ, २४ पौष । साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन अभ्यासको १६औं शृङ्खला शनिबार सम्पन्न भएको छ ।
    अभ्यासमा ५७ जना टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक तथा प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त अभ्यास शृङ्खला नियमित सञ्चालन हुँदै आएको छ।

    टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आएको छ । टुक्का लेखन अभ्यासमा पृथकता एवं फरकपन भित्राउने सिलसिला उक्त शृङ्खला सञ्चालन गरिदै आएको समाजका अध्यक्ष एवं कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।

    अभ्यासका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।

    ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन अभ्यासको १६औं शृङ्खलाको लागि समाजका वरिष्ठ टुक्काकार वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।

    अभ्यासका लागि राखिएको टुक्का

    राखेको छु वृद्धाश्रम, वृद्ध बाबुआमा,
    कमी नहोस् केही भनी, सुख सुविधामा ।

    ✍️ वसन्त अनुभव

    सहभागी टुक्काकारहरूले अभ्यासका क्रममा सृजना गर्नुभएको टुक्काहरू

    १//
    वृद्धाश्रम राखी आयौ आफ्नै बाबुआमा,
    पक्कै फिर्छ पालो तिम्रो गरी बस सामा ।
    ✍️
    वसन्त अनुभव
    घोराही उपमहानगरपालिका १४, दाङ

    २//
    राम्रोसँग सुविधाले राखे त ठिकै होला,
    नत्र भने त ति बृद्धहरूको मन रोला !
    ✍️
    गुणनिधि घिमिरे पाँचथर

    ३//
    आमाबाबु ईश्वर भन्दै वृद्ध मन्दिर राखेँ,
    पालाे घुम्दै आएछ त्यही कर्मकाे फल चाखेँ।
    ✍️
    ताराप्रसाद चापागाईं
    धुनिबेसी ।

    ४//
    कस्ताे छाेराे परेँछु म गरेँछु पाे है उल्टाे,
    कुन मुखले पार्नु अब साेही काम सुल्टाे ।
    ✍️
    त्रिलोचन भण्डारी
    मेचीनगर झापा

    ५//
    अनुभव ज्ञान बृक्ष बृद्धबृद्धा त्याग आज जवानीकाे जाेसमा,
    चाेखाे मायाँ बाेध हाेला बृद्धबृद्धा आफ्नाे पालाे आएपछि हाेसमा ।
    ✍️
    निरज काेइराला
    बेलका १ भाैडादेवी टाेल उदयपुर

    ६//
    कंहाँ हुन्थ्यो र आफ्नो घर जस्तो आश्रम छोरा,
    बिर्सिएछ आफू रूझेर ओताएको त्यो मोरा ।
    ✍️
    सुरेशकुमार पान्डे
    दाङ घोराही१८

    ७//
    खुसी भा’छौ छोरा हामी आश्रम बस्नु पर्दा,
    गरगहना खोल्न आएस् पछी हामी मर्दा।
    ✍
    नवशिला
    बेलबारी-२,लालभित्ती,मोरङ ।

    ८//
    पिण्ड दिने चाहिन्छ भनी जन्माएको छोराले,
    सही र गलत छुटाएन दिमाग कोराले।
    ✍️
    म्यामराज राई,भोजपुर

    ९//
    स्वर्गै हो वृद्धाश्रम बाआमाको लागि,
    वृद्धाश्रम राखेर टाढा जान्छु भागी ।
    ✍️
    डम्बर थामी ‘अनुपम’
    कालिन्चोक गाउँपालिका-६, दोलखा

    १०//
    सुपुत्र हैन त्याे साँच्चै कपुत पाे रहेछ मोरो,
    जीवित ईश वृद्धाश्रम छाेड्ने कुलङ्गार छोरो ।
    ✍️
    प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे ।

    ११//
    पति पत्नी हामी दुवै, जागीरमा व्यस्त,
    सुखसॅग बस्नुस् पैसा, पठाम्ला प्रसस्त।
    ✍️
    घनश्याम पौडेल, सृजना चोक
    पोखरा

    १२//
    ठुला ठालु बन्छन् मान्छेहरु दुनियाँलाई पोसी,
    बा-आमा वृद्धाश्रम पुर्याउछन् भएर बेहोसी।
    ✍️
    पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
    पनौती-३,काभ्रे

    १३//
    नालायक हुन ती सन्तान आमा बाबुलाई वृद्धाश्रममा राख्ने,
    तड्पाएर तिनलाई मिठो मसिनो व्यञ्जन आफूले मात्र चाख्ने।
    ✍️
    दीपक ठटाल जलन,
    खरसाङ,दार्जीलिङ।

    १४//
    जन्मदिने बुवाआमा भगवान भन्छन् धरतीमा,
    हामी पनि तिनी जस्तै हुनुपर्छ छैन असतीमा !
    ✍️
    टिकाराम पुन (टिपु)
    सल्यान छत्रेश्वरी २

    १५//
    बाआमाको जिउँनी फुत्काइ हालें मैले,
    बृद्धाश्रम मज्जासँग बस्नु हुन्छ ऐले।
    ✍️
    होम प्रसाद नेउपाने
    धरान,सुनसरी ।

    १६//
    बाबुआमाले खोज्छन् सदा सन्तानका सुख,
    तर निष्ठुरी सन्तानले खाली दिन्छन् दुख ।
    ✍️
    मनोहरी पौडेल
    गैडाकोट १, नवलपुर

    १७//
    धर्मकर्म गर्ने भनी तीर्थ व्रत जान्छौं धाम,
    वृद्वाश्रममा आमा छोडेर गर्यौ ठुलै काम।
    ✍️
    भगवती दवाडी

    १८//
    भोकप्यास नभनी, छोरालाई पाले, हुर्काए बढाए,
    सपुत छोरा वृद्ध आश्रम बुवाआमा पुगाई आए ।
    ✍️
    अम्विका अधिकारी
    झापा विर्तामोड

    १९//
    झन्झट त्यही हुने बाआमालाई पाल्न,
    साेच यही सन्तानले वृद्धाश्रम हाल्न ।
    ✍️
    रामकृष्ण दुवाडी
    पाेखरा ।

    २०//
    वृद्धाश्रम जीवन शब्द नै पवित्र छ आफैमा,
    आफ्नो कर्मले दुषित नबनाउँ गुनौं मनैमा ।
    ✍️
    कविन्द्र लाल प्रधान
    ललितपुर सुन्धारा धाल्छें १७ ।

    २१//
    मातापिता देवीदेवता, घर हो धाम,
    वृद्ध वृद्धा वृद्धाश्रम, नपठाऊ राम ।
    ✍️
    बिके माकजु ,भक्तपुर ।

    २२//
    जीवनभर यो शोकको अनि नौ-नौ महिना तिम्रो कोखको रिन,
    चुक्ता भयो बाआमा छोराले तिम्लाई वृद्धाश्रम पठाएको दिन।
    ✍️
    बी.कुलुङ
    दार्जिलिङ (भारत)

    २३//
    फूल लाएको छोरो म दुधको भार तिरेँ,
    बाबाआमा आश्रम राखी अमेरिका फिरेँ ।
    ✍️
    राम कुमारी खडका
    तुल्सिपुर उ न पा १९ दाङ

    २४//
    कति गर्व गर्दै भन्छौ वृद्धाश्रम राखेको कुरा,
    सुनेर पनि मेरो छातिमा त धसियो नि छुरा ।
    ✍️
    गंगा खड्का
    बूढानीलकण्ठ १, काठमाडौँ

    २५//
    युग बदलियो जमाना बदलियो, भयो रामलीला,
    वृद्धआश्रममा बुवाआमा राखी पुज्दैछौ ढुङ्गे शिला ।
    ✍️
    मोहन मगर

    २६//
    बाबुआमा वृद्धाश्रम, म छु ससुराली,
    कति धेरै भाग्यमानी पत्नी मेरी काली ।
    ✍️
    रामजी लामिछाने पोखरा , कास्की

    २७//
    कति राम्रो बुद्धि आएछ मेरो छोरा आर्शिवाद तँलाई,
    दु:खै परे पनी म त बस्छु घरमै नराख है मलाई ।
    ✍️
    अनुग्रह राना मगर ‘पुष्प’
    संखुवासभा हाल मलेसिया

    २८//
    वृद्ध हुनुभयो आमाबाबा गर्न सक्नुहुन्न काम,
    हिड्नुहोस् बृद्धआश्रम लगेर कमाउँछु म नाम ।
    ✍️
    गणेश तामाङ वाइबा
    धादिङ नेपाल।

    २९//
    बृद्ध बाआमालाई ईश्वर भन्दै छलेर बृद्धाश्रम पुर्याइयो,
    घुम्दै फिर्दै अब आफ्नै पालो आएछ आफ्नै छोरोलाई सुर्याइयो ।
    ✍️
    बेदु न्यौपाने काठमाण्डौ

    ३०//
    अर्ति दिने बा छोड्दिएँ आश्रम ह्या मानी,
    नयाँ केटी खोज्दै हिँड्ने परेको छ बानी।
    ✍️
    पौडेल विमुन्स 💕 पोखरा कास्की 💕

    ३१//
    बधाई छ, तर डोको चाहिँ सुरक्षित राख्नु होला,
    भोलि उतै बोकी लान्छ आफ्नो छोराले लाँदैन खोला।
    ✍️
    अरुण कुमार भुजेल
    गोरूबथान,कालेबुङ्ग,भारत।

    ३२//
    आमाबाउको पीडा बुझ्ने छोरो भएन,
    वृद्धाश्रम राख्यो उसमा दया रहेन ।
    ✍️
    बिबस पारदर्शी
    भद्रपुर न० प० २ झापा

    ३३//
    कसैले पुर्याउछन् वृद्धाश्रम कसैले लान्छन् धाम,
    सेवामा समर्पित बनी सदा जप्दछु तिम्रै नाम ।
    ✍️
    जिकुमार गौतम
    भद्रपुर-१ (पृथिविनगर) झापा

    ३४//
    आधुनिक सन्तान हुँ म बाउआमा किन पाल्नु,
    घरमा धेरै दु:ख दिन्छन् अब कता लगि फाल्नु ?
    ✍️
    राजेशराज गड्तौला
    रतुवामाई- १०, मोरङ हाल- प्रवास

    ३५//
    आमाबालाई बुढेसकालमा राख्ने वृद्धाश्रम,
    कहिले बुझ्लान जिम्मेवारी छुट्ला कहिले क्रम ।
    ✍️
    बिक्रम तिरुवा सलिन
    जुम्ला

    ३६//
    वृद्धाश्रम जाँदा काँडा टिप्दै पन्छाउँदै गइन् आमा,
    सोचिकन छोरो फर्किदा काँडा नबिझोस् ती खुट्टामा ।
    ✍️
    हरिनारायण चौधरी
    सुन्दर हरैंचा नगरपालिका १ मोरङ

    ३७//
    बसाल्नु बसालीहालेछौं नि संस्कार कति राम्रो,
    बुझ कुरा सन्ततिले पनि सिकिरहेछन् हाम्रो ।
    ✍️
    रामचन्द्र भट्टराई ,स्याङ्जा

    ३८//
    बुवाआमा ईश्वर हुन, म गर्न सक्छु काम,
    उनैको आशिर्वादले कमाउँनेछु सुनाम ।
    ✍️
    दुर्गा भट्टराई
    मोरङ

    ३९//
    मानवताको सुधार भन्नुनै आश्रममा वृद्ध आमाबाबा रुवाउँदै भर्नु,
    स्वतन्त्रताको नाममा जग्गा जमिन सिध्याई छोरा छोरी सहरतिर सर्नु।

    ✍️
    अच्युत घिमिरे-भुटान

    ४०//
    सन्तानले डाँडाकाँडा ढाकेको छ मेरो ऐले,
    नतमस्तक भै वृद्धाश्रम जानु पर्यो मैले ।
    ✍️
    लक्ष्मी श्रेष्ट
    बिर्तामोड झापा

    ४१//
    कहिले लगानी नगर्नु आफूले नै वृद्धाश्रम पठाउनु ,
    संख्या बढ्यौ यहाँ लान्छ है सन्तानले पर्छ अब हटाउनु।
    ✍️
    सुरेखा चाम्लिंग
    भक्तपुर

    ४२//
    छोराले भन्दा बुहारीले माया बर्साउँछे,
    ज्वाइँले स्याहार्दा आफ्नै छोरीले तर्साउँछे।
    ✍️
    डा. चन्द्र खत्री “भूषण जंग “
    काठमाडौं

    ४३//
    हेरचाह हुन्छ भनी बाआमा वृद्धाश्रम राखियो,
    कहिलेकाही भेट्न आउँछु है भन्दै बाटो लागियो ।
    ✍️
    बुद्धिमान चौधरी
    कनकाई नगरपालिका ४झापा

    ४४//
    यसै त्यसै कुनै दिन अवश्य पर्छ फाल्न,
    सुखै हुन्छ, बृदाश्रममा बाबुआमा पाल्न ।
    ✍️
    केशवप्रसाद ढकाल `प्रीतबीज´
    गाेरखा

    ४५//
    दिक्दार भएर आफै वृद्धाश्रम चाहेका हुन,
    भरोसा टुटाएर पछि रोजेका रहेछन् जुन ।
    ✍️
    संझना (कुसुम)

    ४६//
    घरको रेखदेख हुन्छ भनी दुई कुकुर पाले,
    खर्च केही बच्ला ठानेर बाआमा वृद्धाश्रम फाले।
    ✍️
    शर्मिला श्रेष्ठ
    भैंसेपाटी,ललितपुर

    ४७//
    एक्लै घरमा छाेड्नु भन्दा वृद्धाश्रममै राख,
    विदेश गए´नि तिम्रा बच्चा च्याँप्नु आफ्नै काख।
    ✍️
    मित्र उराठी गाैतम
    अमरपुर गुल्मी हाल तिलाेत्तमा न पा-२ रुपन्देही

    ४८//
    उनका कर्म किन देख्थेँ अहिले मै कमाउन धाएँ,
    तिमी जाँदा एक्लै हुन्छौ दुख पाउँछौ पुर्याउन आएँ ।
    ✍️
    जमुना आचार्य
    सिन्धुपाल्चोक

    ४९//
    कर्म खोटो छोरा र छोरीसँग बस्न कर्ममा छैन अरे,
    बाटो हेर्छिन बृद्धआश्रममा आमा छोरो आउँछ भरे।
    ✍️
    दुर्गा आचार्य
    मोरङ

    ५०//
    बाबुआमा गनगन गर्दै बस्छन् सबै बेला,
    वृद्धाश्रममा पठाइ दिए अब हुन्न हेला।
    ✍️
    सहयात्री शाेभा अर्याल
    रुपन्देही

    ५१//
    चलअचल धनसम्पत्ति सबै राख्याे उसले आफ्नै नाममा,
    वृद्धाश्रम छाेडेर बाबाआमा डुलीरहन्छ ऊ बिना काममा ।
    ✍️
    रामकृष्ण रिजाल
    बा न पा 13 बागलुङ

    ५२//
    संसार देखाउने बाबुआमा आश्रम तिर लान्छन्,
    पुर्ख्यौली धनसम्पत्ति भएजति आफैतिर तान्छन् ।
    ✍️
    तारा घिमिरे सङ्खुवा सभा

    ५३//
    बाबाआमा वृद्धाश्रम घरमा छोरा मस्ती,
    गाउँघरमा यहि काम दोहोरियो अस्ति ।
    ✍️
    ललिता अभागी
    सुनकोशी५सिन्धुली

    ५४//
    वाह ! अनाथालयमा दानी बन्दै दाता कर्ण बन्यो,
    वृद्धाश्रममा आमाबा पुऱ्याई नर्कको बाटो खन्यो।
    ✍️
    अर्जुन उप्रेती (अप्रतिम)
    असम भारत

    ५५//
    वृद्धाश्रम पनि चाहिन्छ असहायको लागि नचाहिने त हैन,
    गर्न पाऊँ सेवा र स्याहार बुबाआमाको वृद्धाश्रम लाने छैन ।
    ✍️
    रचना शर्मा प्रतीक्षा
    ललितपुर इमाडोल ।

    ५६//
    मन्दिर ठुलाे थियो तर मुर्ती राख्ने स्थान भएन,
    आमाबुवा पाल्नलाई घरमा राख्ने ठाउँ रहेन ।
    ✍️
    सुमिना तिमल्सिना
    चागुनारायण 8 भक्तपुर

    ५७//
    पाए होलान् बाबुआमाले छोरा वर मागी,
    वृद्धाश्रम बस्न पुगे विचरा ती अभागी।
    ✍️
    पवित्रा महरा
    दाङ

    जय टुक्का ! जय साहित्य !!

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on टुक्का माथि टुक्काको १६औं शृङ्खला सम्पन्न; ५७ जना टुक्काकारहरूको सहभागीता

    उदक यात्री आदरणीय सुधा बाँसकाेटा ढकालका उत्कृष्ट उदकहरू

  • २७ पुष २०७८, मंगलवार १३:५२ मा प्रकाशित
  • १
    शिशिर
    जाडाेकाे साैगात
    चिसा लामा रात !

    २
    विचार
    हरपल सक्रिय
    अत्यन्त शक्तिशाली ऊर्जा !

    ३
    फूल
    स्निग्ध सुन्दर
    प्रकृतिको अनुपम उपहार !

    ४
    बिहानी
    रविकाे उदय
    नव उत्साह सञ्चय !

    ५
    माया
    अमूल्य अमूर्त
    अनुपम मधुर साैगात !

    • सुधा बाँसकाेटा ढकाल
      काठमाण्डौँ
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on उदक यात्री आदरणीय सुधा बाँसकाेटा ढकालका उत्कृष्ट उदकहरू

    उर्मिला पन्त पाण्डेयका पृथ्वीनारायण शाह विषयक केही उदकहरू :

  • २७ पुष २०७८, मंगलवार १२:५४ मा प्रकाशित
  • नेपालीका
    एकताका प्रतीक
    बडामहाराज पृथ्वीनारायण शाह !

    टुक्रिएको
    राज्यलाई जोडने
    महान दूरदर्शी राजा !

    शाहवंशका
    अनमोल ज्योति
    बाँचिरहेछन् नेपाली मुटुमा !

    सकारात्मक
    दिव्य उपदेशहरू
    इतिहासको पानामा सुरक्षित !

    नेताहरूले
    टुक्रा पारे
    विभिन्न राजधानीको नाममा !

    उर्मिला पन्त पाण्डेय
    ज्ञानेश्वर, काठमाण्डौ
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on उर्मिला पन्त पाण्डेयका पृथ्वीनारायण शाह विषयक केही उदकहरू :

    उदक वाचन कार्यक्रमको बाह्रौँ शृङ्खला सम्पन्न; कार्यक्रममा २५ जना उदक यात्रीको उत्साहजनक सहभागिता

  • २५ पुष २०७८, आईतवार २१:५५ मा प्रकाशित
  • उदक कविताको विशिष्ट अङ्गको रूपमा रहेको डा. बमबहादुर थापाको धारणा ।

    उदक साहित्य समाज नेपालको साप्ताहिक उदक वाचन कार्यक्रमको बाह्रौँ शृङ्खला सम्पन्न भएको छ ।

    उक्त उदक वाचन कार्यक्रमको प्रमुख अतिथि वरिष्ठ साहित्यकार डा. बमबहादुर थापा जितालीले उदक नेपाली साहित्यमा कविताको एउटा विशिष्ट अङ्गको रूपमा रहेको महसुस भएको धारणा राख्नुभएको थियो ।

    कार्यक्रममा प्रमुख अतिथि डा. थापाले आफ्ना उत्कृष्ट उदकहरू वाचन गर्दै उदक लगाएत छोटा कविताहरू छोटो, मीठो, लेख्न, पढ्न र बुझ्न सहज भएको र यी सबै प्रविधिको उपलब्धी भएको बताउनुभयो । उहाँले सिर्जनालाई पहिले सर्जकको आँखाले हेरेर पछि सम्पादकको आँखाले हेरेर मात्र प्रकाशन गर्न अनुरोधका साथ शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ‌।

    कार्यक्रममा विशिष्ट अतिथि वेदविज्ञ तिलकप्रसाद लुइटेलले छोटो समयमा पनि उदकले नेपाली साहित्यमा व्यापकता पाएको धारणा राख्नुको साथै शुभकामना मन्तव्य सहित आफ्ना उत्कृष्ट उदकहरू वाचन गर्नुभएको थियो ।

    उदक वाचन कार्यक्रमको बाह्रौँ शृङ्खलामा सरस्वती श्रेष्ठ (रुपन्देही), केशब न्यौपाने, प्रेम थापा, पुष्प राना, लक्ष्मीप्रसाद मिश्र, जमुना कायस्थ,रोशन पराजुली, देवेन्द्र खनाल, निर्मला सुवेदी, नवराज भट्ट, सुरेशचन्द्र घिमिरे, केशव ढकाल, कविता देवकोटा, उर्मिला पन्त पाण्डेय, सरस्वती राना, सुधा बाँस्कोटा ढकाल, चन्द्रावती अधिकारी, सोम लुइटेल, गुणनिधि घिमिरे, प्रद्युम्न चालिसे लगायतका उदक यात्रीहरूले आ-आफ्ना उत्कृष्ट उदकहरू वाचन गर्नुभएको थियो ।

    उदक साहित्य समाज नेपालका अध्यक्ष आर्त अकुलीनले उदक सैद्धान्तिक अवधारणाको बारेमा जानकारी गराउँदै उदकमा पहिलो पङ्क्तिमा रहेको एक शब्दले परिचय, दोस्रो पङ्क्तिमा रहेका दुई शब्दले व्याख्या र तेस्रो पङ्क्तिमा रहेका तीन शब्दले निष्कर्ष दिनुको साथै उदक काव्यिक विधाको लघुतम रूप भएकोले काव्यिक भावका साथै आन्तरिक संरचनामा जोड दिन अनुरोध गर्नुभएको थियो ।

    उदक साहित्य समाज नेपालका उपाध्यक्ष सविता केसीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन उदक साहित्य समाज नेपालका महासचिव हिमाल अम्मैले गर्नुभएको थियो ।

    Posted in कला /जीवनशैली, ताजा अपडेट, मुख्य खबर, लोकप्रिय, साहित्यLeave a Comment on उदक वाचन कार्यक्रमको बाह्रौँ शृङ्खला सम्पन्न; कार्यक्रममा २५ जना उदक यात्रीको उत्साहजनक सहभागिता

    उदक यात्री खगेन्द्रप्रसाद बस्यालका उत्कृष्ट उदकहरू

  • २५ पुष २०७८, आईतवार २०:४६ मा प्रकाशित
  • १
    औँसीमा
    उज्यालो विश्वास
    छिट्टै हुनेछ पूर्णिमा !

    २
    रहर
    पूर्णिमा निमित्त
    नजाउ फेरि शहर !

    ३
    हिमालचुली
    आफै भित्रको
    खोजौँ अब नभुली !

    ४
    जिन्दगी
    जानेमा पक्कै
    सबैमा फुल्छ कि !

    ५
    हुटहुटी
    काँचुली फेर्न
    बनाऔँ सबैको ढुकढुकी !

    ६
    दियालो
    हेर्न नबिर्सौँ
    पूर्विय सभ्यताको उज्यालो !

    ७
    पुकार
    नसुन्ने बहिरा
    पार्यौ जिन्दगी धिक्कार !

    ८
    अनन्त
    उदकको भित्रै
    हामीले खोजेको वसन्त !

    खगेन्द्रप्रसाद बस्याल
    रुपन्देही

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on उदक यात्री खगेन्द्रप्रसाद बस्यालका उत्कृष्ट उदकहरू

    साप्ताहिक उदक अभ्यासको ३४औं शृङ्खला सम्पन्न; ५४ जना उदक स्रष्टाहरूको सहभागीता

  • २४ पुष २०७८, शनिबार २२:०८ मा प्रकाशित
  • काठमाडौ, २४ पौष। साप्ताहिक उदक लेखन अभ्यास शृङ्खलाको ३४ औं भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त अभ्यास कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ५४ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन अभ्यास शृङ्खलाका प्रशिक्षक एवं उदक साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।

    काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा अभ्यास शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।

    शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरि एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।

    अभ्यास शृङ्खलाका लागि राखिएको तस्बिर

    तस्बिरमा उदकका सहभागी सर्जकहरू

    १//
    आकाश
    जूनको सौन्दर्य
    अनुपम रात्री प्रहर !
    ✍️
    आर्त अकुलीन, कैलाली

    २//
    मौसम
    रुखुवा हँगिया
    जुरार हमार अँगिया!
    ✍️
    सागर कुस्मी “संगत”
    कैलाली

    ३//
    निराशा
    आशाको दीप
    उज्यालो छर्दछ मनभरी !
    ✍️
    शिव खनाल जीवम

    ४//
    चकमन्न
    जुनेली रात
    कठ्याङ्ग्रिने जाडोको साथ!
    ✍️
    पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
    पनौती-३,काभ्रे

    ५//
    चन्द्रमा
    जुनेली रातमा
    निर्जीव रुख साथमा !
    ✍️
    टिकाराम पुन (टिपु)
    सल्यान छत्रेश्वरी २

    ६//
    फाेटाे
    खिच्ने काैशल
    सुकेको रुखमा चन्द्रमा !
    ✍️
    नारायण प्रसाद उपाध्याय , कैलाली ।

    ७//
    चाँदनी
    रात्रीको प्रहर
    मनका स्वप्निल रहर !
    ✍️
    हिमाल अम्मै घोडाघोडी कैलाली

    ८//
    प्रकृति
    आकाशमा जून
    क्षितिज रुखको टुप्पो !
    ✍️
    सविता के.सी., काटमाडौँ

    ९//
    जून
    धर्तीको साहारा
    हरियो वृक्ष आधा !
    ✍️
    सरस्वती वली
    बर्दिया

    १०//
    रातमा
    जुनमा दाग
    झुल्किएको प्रकाश चिराग !
    ✍️
    केशव नेउपाने

    ११//
    रात
    सुनौलो चन्द्रमा
    सुकेको रूखको भरोसा !
    ✍️
    घनश्याम पौडेल

    १२//
    जून
    अनौठो दृश्य
    रात्रीकालिन समयको आभास !
    ✍️
    रिता खराल , रुपन्देही

    १३//
    चन्द्रमा
    हरियो वृक्ष
    सुन्दर मध्य रात!
    ✍️
    सुशीला पौडेल

    १४//
    रात
    जुनको सितलता
    बस्ती बस्तिमा मौनता !
    ✍️
    राम नेउपाने

    १५//
    चाँदनी
    वृक्ष वेदना
    बुझौला कसरी भावना !
    ✍️
    प्रेम थापा

    १६//
    चन्द्रमा
    खुला आकाश
    लुकामारी शुष्क बृक्षसँग !
    ✍️
    गोपाल पौडेल

    १७//
    रात
    चम्किलो चन्द्रमा
    निष्पट्ट प्रहरमा उदाङ्ग !
    ✍️
    घनश्याम पौडेल
    गौरीगंगा कैलाली

    १८//
    चन्द्रमा
    उज्यालो छर्छ
    शितलता प्रदान गर्दछ !
    ✍️
    देवेन्द्रराज शाक्य बुटवल रुपन्देही

    १९//
    चाँदनी
    उन्मत्त रात
    प्रतीक्षा भोलिको प्रभात !
    ✍️
    वसन्त अनुभव
    घोराही उपमहानगरपालिका १४, दाङ

    २०//
    चन्द्रमा
    रात्रिकालीन सहारा
    उज्यालो पनको आभास!
    ✍️
    सरस्वती श्रेष्ठ इटहरी

    २१//
    वृक्ष
    जन्म मृत्यु
    एक चन्द्रमा साक्षी !
    ✍️
    चन्द्रावती अधिकारी

    २२//
    चाँदनी
    पुष्प गुच्छामा
    मनमोहक प्राकृतिक दृश्य !
    ✍️
    रामचन्द्र ढकाल
    भरतपुर, चितवन

    २३//
    मानव
    प्रकृतिको बिनाश
    पर्यावरणमा गम्भीर असर!
    ✍️
    पशपती राई खोटाङ

    २४//
    चाँदनी
    साथको रात
    बिते पछि प्रभात!
    ✍️
    बुद्धिप्रसाद लामिछाने कैलाली

    २५//
    जुनेली
    रातको प्रतीक्षा
    शितलता पाउने आसामा।
    ✍️
    धर्मी शाक्य,बुटवल ,रुपन्देही

    २६//
    आकाश
    जुनको प्रकाश
    देखिन्छ बिचित्रको झकास !
    ✍️
    अनुग्रह राना मगर ‘पुष्प’
    संखुवासभा हाल मलेसिया

    २७//
    शान्त
    रात्रीको जून
    इश्वर उनै हुन !
    ✍️
    इश्वरी अधिकारी

    २८//
    चन्द्रमा
    चाँदनी रात
    आनन्दै आनन्दको साथ !
    ✍️
    गुणनिधि घिमिरे #पाँचथर #मोरंग

    २९//
    जून
    छाया चित्र
    निशाकाे उज्यालाे आभाष।
    ✍️
    राेशन पराजुली,धरान

    ३०//
    रुख
    जून शिरमा
    उज्यालाे पाउने अासामा !
    ✍️
    सुरेशचन्द्र घिमिरे

    ३१//
    चाँदनी
    रातमा शिकारी
    विनाश वन्यजन्तु पर्यावरण!
    ✍️
    सोमनाथ लुइटेल “रवि पाल्पाली”

    ३२//
    सत्यता
    चन्द्र गगन
    सृजन विनासको निरन्तरता!
    ✍️
    कणठराज गिरी टीकापुर कैलाली
    हाल अष्ट्रेलिया ।

    ३३//
    बृक्ष
    सुर्योदयको पर्खाइमा
    चन्द्रमाको शितल छहारी।
    ✍️
    रमा पन्त
    पाल्पाली

    ३४//
    जूनले
    जुनेली रातमा
    बनायो आकर्षक दृश्य !
    ✍️
    रामचन्द्र भट्टराई ,स्याङ्जा

    ३५//
    चन्द्रमा
    सुकेको वृक्ष
    मिलन हुन्छ रातमा!
    ✍️
    बालकृष्ण खनाल

    ३६//
    आकाशमा
    चम्किलो जून
    रातीको अमुल्य सुन ।
    ✍️
    बिक्रम तिरुवा सलिन
    जुम्ला

    ३७//
    पतझर
    बसन्त बहार
    चन्द्रमा छुने रहर!
    ✍️
    जमुना कायस्थ

    ३८//
    चाँदनी
    छरेर शीतलता
    सुन्दर अलौकिक छटा !
    ✍️
    इन्दिरा ज्ञवाली
    तानसेन,पाल्पा

    ३९//
    पतझर
    वृक्षको आशा
    जुनेली शितले पलाउने !
    ✍️
    सावित्री अधिकारी

    ४०//
    जीवन
    सुकेको रुख
    खुसीको पालुवा पर्खाइ !
    ✍️
    बादल गुरुङ वियोगी

    ४१//
    जून
    अध्यारोको साथी
    मात्र देखिन्छ राती !
    ✍️
    शारदा गौतम आचार्य
    ललितपुर !

    ४२//
    कृष्णपक्ष
    झुलुक्क झुल्की
    लुक्न खोज्दैछ चन्द्रमा !
    ✍️
    मंगला उपाध्याय

    ४३//
    वृक्ष
    पतझडको चित्र
    जुनेली रातको दृश्य ।
    ✍️
    सरस्वती श्रेष्ठ

    ४४//
    चन्द्रमा
    जुनेली रात
    अन्धकारलाई दिदैछ मात !
    ✍️
    खेमराज पुरी कैलाली हाल मुम्बई

    ४५//
    चन्द्रमा
    खुसी छर्दै
    बिहानीकाे आशा भर्दै !
    ✍️
    केशवप्रसाद ढकाल `प्रीतबीज´
    गाेरखा

    ४६//
    चन्द्रमा
    खुशी छर्दै
    मिलन हुने आशामा !
    ✍️
    दुर्गा भट्टराई
    मोरङ

    ४७//
    रुख
    चन्द्रमा नियाल्छ
    सुन्दर बिहानी पर्खेर !
    ✍️
    समुन्द्रा शर्मा
    सुनसरी

    ४८/
    पूर्णिमा
    चकमन्न रात
    वाह! क्या बात!
    ✍️
    राम बहादुर चौधरी, गोरखा

    ४९//
    वृक्ष
    सुनसान रात
    सुन्दरताको प्रतीक चन्द्रमा !
    ✍️
    सीता पाण्डेय मरासिनी
    रेसुङ्गा-९, गुल्मी ।

    ५०//
    चन्द्रमा
    निलाे अाकाश
    हाँगाकाे बिचमा प्रकाश !
    ✍️
    रामकृष्ण दुवाडी
    पाेखरा ।

    ५१//
    मन्त्रमुग्ध
    बृद्ध रुख
    समीप पाएर चन्द्र !
    ✍️
    बिके माकजु ,भक्तपुर ।

    ५२//
    चन्द्रमा
    शितल प्रकाश
    सजिव निर्जिवमा बराबरी !
    ✍️
    गणेश विष्णु

    ५३//
    जुनेली
    रातको आभास
    स्वर्गीय आनन्दको अनुभुति !
    ✍️
    मिलन के.सी.(थापा)पोखरा

    ५४//
    जीवन
    खोलिको पानी
    बाचियो जानी नजानी !
    ✍️
    अबोध निर्मल कैलालि

    जय उदक ! जय साहित्य !!

    Posted in Uncategorized, ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on साप्ताहिक उदक अभ्यासको ३४औं शृङ्खला सम्पन्न; ५४ जना उदक स्रष्टाहरूको सहभागीता

    टुक्काकार दीपक ठटालका उत्कृष्ट पाँच टुक्का कविताहरू

  • २३ पुष २०७८, शुक्रबार १९:०५ मा प्रकाशित
  • १
    बैँस ढलेपछि चर्म चाउरी पर्छ,
    मान्छेको चुरीफुरी पनि सबै झर्छ|
    २
    बैँसमा मात्तिनु साह्रै राम्रो हैन,
    उमेर ढलेपछि हुँदैन चैन|
    ३
    खाने लाउने बैँसमै हो सुन,
    लहैलहैमा नखोज्नु जून छुन ।
    ४
    जोवन जान्छ तर बैँस जाँदैन भन्छन्
    नजाने बैँसमा कतिले खाड़ल खन्छन्|
    ५
    रंगीन हुन्छ बैँसको सपना,
    तरुनी पाउने हुन्छ जपना|

    दीपक ठटाल

    Posted in Uncategorized, ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on टुक्काकार दीपक ठटालका उत्कृष्ट पाँच टुक्का कविताहरू

    ‘मुख्या बाको छोरो’ – कविता

  • २२ पुष २०७८, बिहीबार १६:०० मा प्रकाशित
  • म त मुख्या बाको छोरो
    बिना काम डुल्ने मोरो ।।

    पढ्न लेख्न जानिएन
    पैले भन्या मानिएन ।।

    हे बरी हे बरी आम्मै
    लाई दिऊँ माया ठ्याम्मै ।।

    मैंले माया लाको छैन
    बिहे पनि भाको छैन ।।

    दाजु भाई पर्देशैमा
    म बस्दैछु स्वदेशैमा

    हे बरी हे बरी आम्मै
    लाई दिऊँ माया ठ्याम्मै ।।

    हेर्दा लाटा सिधा जस्ता
    कुरा गर्ने चिप्ला कस्ता !!

    सकिँदैन भेटाउन
    मन्को प्यास मेटाउन ।।

    हे बरी हे बरी आम्मै
    लाई दिउँ माया ठ्याम्मै ।।

    कुरा गर्न चिप्ला खाले
    यस्तै लेउ भन्थे बाले ।।

    दाजुभाई आरिस् गर्छन्
    ल्याऊँ भने रिस्ले मर्छन् ।।

    हे बरी हे बरी आम्मै
    लाई दिऊँ माया ठ्याम्मै ।।

    • गुणनिधि घिमिरे
      पाँचथर
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on ‘मुख्या बाको छोरो’ – कविता

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P