
१.
स्रष्टा
भावमा भक्ति
विश्व परिवर्तनको शक्ति !
२.
नेता
चढ्ने गाडी
जनता ऋणको भारी !
३.
वन
सम्पदाको खानी
व्यक्तिकाे ठूलो निगरानी !
४.
ज्ञान
सदा बृद्धि
उत्सुकता र मेहनतमा !
५.
मेल
एक आपसमा
उन्नति मानव जीवनमा !
- भवानी घिमिरे
सर्लाही

१.
स्रष्टा
भावमा भक्ति
विश्व परिवर्तनको शक्ति !
२.
नेता
चढ्ने गाडी
जनता ऋणको भारी !
३.
वन
सम्पदाको खानी
व्यक्तिकाे ठूलो निगरानी !
४.
ज्ञान
सदा बृद्धि
उत्सुकता र मेहनतमा !
५.
मेल
एक आपसमा
उन्नति मानव जीवनमा !

१
शिशिर
मुटुको कम्पन
खुला आकाशको जीवन !
२
देवढुङ्गा
सर्वोच्च शिखर
नेपाली माटोको शान !
३
फूलबारी
ढकमक चाहाना
नयाँ वर्षको शुभकामना !
४
चौतारी
पीपलु छाया
जाडोमा न्यानो माया !
५
मष्तिस्क
ज्ञानको सागर
जीवन सुन्दर अपार !
६
पिँजडा
चरीको बन्धन
समयको आर्त जीवन !
७
ईश्वर
अदृश्य शक्ति
मन वचनले भक्ती !
८
मन्दिर
धार्मिक आस्था
फूलहरू चुँडेर हत्या !
९
सिरेटो
सिरक अभाव
कारुणिक बस्तीको पीडा !
१०
शितलहर
मुटुको कम्पन
हत्केलामा यो जीवन !
✍️ आर्त अकुलीन, कैलाली

काठमाडौ, १७ पौष । साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन अभ्यासको १५औं शृङ्खला शनिबार सम्पन्न भएको छ ।
अभ्यासमा ६० जना टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक तथा प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त अभ्यास शृङ्खला नियमित सञ्चालन हुँदै आएको छ।
टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आएको छ । टुक्का लेखन अभ्यासमा पृथकता एवं फरकपन भित्राउने सिलसिला उक्त शृङ्खला सञ्चालनमा ल्याइएको समाजका अध्यक्ष एवं कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।
अभ्यासका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।
‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन अभ्यासको १५औं शृङ्खलाको लागि समाजका वरिष्ठ टुक्काकार वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।
अभ्यासका लागि राखिएको टुक्का
लगाउँदिन ढाका टोपी, मरिकाँटे पनि,
दुनियाँ सामु बस्नु छैन मूर्ख पाखे बनि ।
✍️ वसन्त अनुभव

सहभागी टुक्काकारहरूले अभ्यासका क्रममा सृजना गर्नुभएको टुक्काहरू
१//
नेपालीको सान टोपी, संस्कृति आधार,
तिमी किन लाउँथ्यौ ? मान्छे हौ कुलङ्गार ।
✍️
वसन्त अनुभव
घोराही उपमहानगरपालिका १४, दाङ
२//
किन होला हिजो आज त सबै टाढा बन्छन्
शहरमा पस्यो भने गाउँले पाखे भन्छन् ।
✍️
ललिता अभागी
सुनकोशी५ सिन्धुली
३//
टाउकोमा टोपी छैन खुट्टामा खोल लाऊ,
भाग्य छैन अमृत खान तिनपाने खाऊ ।
✍️
मन्दिरा सेढाई
मलेखु,धादिङ
४//
दौरा सुरुवाल ढाका टोपी नेपालीको शान,
लाउ नलाउ तिम्रो इज्जत तिमी आफै जान ।
✍️
गुणनिधि घिमिरे
पाँचथर
५//
लगाउनु छैन मलाई ,आफ्नो पोसाक संस्कृती ,
बिदेशी संस्कारमा बढेको ,चलेको छ बिकृती ।
✍️
बुद्धिमान चौधरी
कनकाई नगरपालिका ४ झापा
६//
गाउँका मान्छे पाखे रे शहरका हिरो,
राष्ट्रियता नभएका बुद्धि भने जिरो ।
✍️
पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
पनौती-३,काभ्रे
७//
संस्कृतिलाई भुले भुले शिरको ढाका टोपी फाले,
दौरा सुरुवाल लगाउनेलाई पाखे भन्न थाले।
✍️
अच्युत घिमिरे- दोभान सर्पाङ्ग भुटान
८//
काेही भन्लान् मूर्ख अनि काेहीले पाखे पनि,
ढाका टाेपीले सिध्याउँछु आफै नेता बनी ।
✍️
ताराप्रसाद चापागाईँ
धुनिबेसी ।
९//
ढाका टोपी लायो भने मुर्ख, गाउँले पाखे भन्ने,
नामर्द हुन ती विदेशीका, दलाल दास बन्ने ।
✍️
बिबस पारदर्शी
भद्रपुर न० पा० २ झापा
१०//
लगाउ भने ढाका टोपी देखिन्छ होला कि पाखे,
संस्कृतिमा धमिरा लागे नि अर्को संस्कृती चाखे।
✍️
इश्वरी अधिकारी
११//
जुल्फी पाल्छन् सुल्फा तान्छन् सान जताएर ,
हत्ते हाल्छन् ईज्जत् फाल्छन् हिराे बताएर ।।१।।
✍️
रामकृष्ण दुवाडी
पाेखरा
१२//
भुलेछौ नेपालीको शान भनी ढाका टोपी,
मुर्ख बनी किन बस्छौ दिलमा छुरा रोपी
✍️
अनुग्रह राना मगर ‘पुष्प’
संखुवासभा हाल मलेसिया
१३//
फाले टोपी गाले छ हिम्त विरहरूले पनि,
कति जना बाँकि छौ देखाऊ देशभक्त गनी।
✍️
सुरेशकुमार पान्डे।दाङ घोराही१८
१४//
टाउकाको ढाका टोपी त नेपालीको शान,
लगाउनु धेरै राम्रो ईज्जत आफ्नै जान ।
✍️
दुर्गा भट्टराई
मोरङ
१५//
तिम्रो शिरमा ढाका टोपी देख्दा खुसी मेरो मन,
नेपाली पोशाक लगाउँदै मुसुक्क हाँस्दा झन ।
✍️
कल्पना थामी
सिन्धुपाल्चोक
१६//
विदेशीको गुलाम बनेर ढाका टोपी फाल्ने,
अंग्रेजको कोट लगाई नेपालीपन ढाल्ने ।
✍️
इन्दिरा देवकोटा
कपिलवस्तु न .पा .३
१७//
पाखे भनेर भनि राख टाेपी छाड्ने छैन,
डलरसँग आमा साट्ने राष्ट्रघाती हैन ।
✍️
निरज कोइराला
बेलका १ भाैडादेवी टाेल उदयपुर हालः इटहरी
१८//
ढाका टोपी दौरा सुरुवाल पहिचान हो हाम्रो,
साच्चै नै पाखे तिमी बन्छौ भने नलाएकै राम्रो ।
✍️
निर्मला शाही ठकुरी
दैलेख
१९//
शताब्दी फेरिए झैँ फेरिदै छ यो जमाना,
इतिहास मेटिदै छ राष्ट्रियताको पाना।
✍️
म्यामराज राई,भोजपुर
२०//
कोट,प्यान्ट,टाई लाएँ ढाका टोपीले हुन्छ पाखे,
धर्म संस्कार छोडीसके शहरको खाना चाखे ।
✍️
भगवती दवाडी ,झापा
२१//
सारा सान सारा मान टोपीमा छ मेरो,
नेपालीको गुणगान बन्छ सेरोफेरो ।
✍️
अम्बिका अधिकारी
झापा बिर्तामोड
२२//
लगाउनै पर्ने टोपी , कहाँ छ र कानुन,
धर्मकर्म छैन केही , त्यो पहिला जानून !
✍️
टिकाराम पुन (टिपु )
सल्यान छत्रेश्वरी २
२३//
तिमी पाखे भन्दै गर, म लाउँछु ढाका टोपी,
हाम्रै सान हो यो, राखेको छु हृदयमा खोपी ।
✍️
राजेशराज गड्तौला
रतुवामाई- १०, मोरङ हाल- प्रवास
२४//
नेपालीलाई चिनाउँने यही हो, टोपी शान
चार मान्छेको अघि हजुर कति राम्रो मान।
✍️
बिनिता विश्वकर्मा (बिनु )
बुढिगंगा नगरपालिका ९बाजुरा
२५//
ढाका टोपीको सानमा हाँस्छौँ दिल खोली,
जहाँसुकै पहिचान छ एउटै बोली।
✍️
सुरेखा चाम्लिङ्ग
भक्तपुर
२६//
लगाइदिन्छु ढाकाटोपी बेहुँला, मन्त्री बन्दा,
अरु बेला चलेकै छ सबै मेरो कालो धन्दा ।
✍️
होम प्रसाद नेउपाने
धरान,सुनसरी ।
२७//
भन्नेले पाखे भन्दै गर्छन् लगाउँछु ढाका टोपी,
नेपाली सान आफ्नो मान राख्नेछु यसैले छोपी ।
✍️
💕बेदु न्यौपाने काठमाडौ💕
२८//
सुहाउँदैन लाउँदिन म कहिल्यै ढाका टोपी,
पाखे बन्ने रहर छैन सुन्दर टाउको छोपी।
✍
नवशिला
बेलबारी-२,लालभित्ती,मोरङ।
२९//
टोपी नै हो नेपाली-गोर्खाली सबैको शिरको ताज,
मान राख्ने कुराको प्रयोग गर्नु लाग्छ हैन लाज ?
✍️
अरुण कुमार भुजेल
गोरूबथान,कालेबुङ्ग,भारत।
३०//
ढाका टोपी हो हामी सारा नेपालीको पहिचान ,
सकारात्मक रितिरिवाजलाई गरौँ सम्मान ।
✍️
बिक्रम तिरुवा सलिन
जुम्ला
३१//
ढाका टोपी नलाए पनि मान सम्मान राखौ,
टोपी नलाए चिन्डे टाउको फेरि केले ढाकौ?
✍️
दीपक ठटाल जलन, खरसाङ,दार्जीलिङ।
३२//
ढाका टोपी नेपालीको सान,
सबले राखौँ यसको मान ।
✍️
संझना(कुसुम), कास्की
३३//
टोपी लगाउँने हुदैन पाखे छ कि छैन ज्ञान ,
वीर नेपालीको शिरको सान ढाका टोपी जान ।
✍️
बिके माकजु ,भक्तपुर ।
३४//
जसले टोपी लगाउँदैन उहीँ नै मुर्ख हुन्छ,
सगरमाथाको शिरमाथी त्यही टोपीले छुन्छ।
✍️
लक्ष्मी श्रेष्ट
बिर्तामोड झापा
३५//
नेपाली शिरको पहिचान हाम्रो टोपी,
पाखे भने भनुन् लगाऔँ ललाट छोपी।
✍️
बिके मुखिया
दार्जीलिङ भारत।
३६//
ढाका टोपी शिर माथि लाऊ चट्ट पारी,
नेपालीको शान हो यो नठान्नु नी भारी ।
✍️
जमुना आचार्य
सिन्धुपाल्चोक
३७//
नेपालीको शिरैमा सजाएंँ ढाकाको टोपी,
मैतालु फर्काउँदा सालीले मुहार छोपी ।
✍️
जिकुमार गौतम भद्रपुर -१ (पृथिविनगर) झापा
३८//
गुन्युचाेली, ढाका टाेपी, दाैरा सुरुवाल नेपालीको शान,
आफ्नाे रितिथिति मान्ने नमान्ने तिमीहरूले आफै जान।
✍️
सहयात्री शाेभा अर्याल
रुपन्देही बुटवल
३९//
लउँछु म ढाका टाेपी मेराे गाैरवमय सान ,
मुर्खले जे भनाेस् विश्वमा टाेपी मेराे पहिचान ।
✍️
प्रद्युम्न चालिसे
भक्तपुर,कटुञ्जे सु न पा ५ ।
४०//
मेरो ढाका टोपी चिन्ने कतिजना हुन्छन्,
राष्ट्रिय पोशाक आज कुना पसी रुन्छन्।
✍️
पौडेल विमुन्स
💕 पोखरा कास्की 💕
४१//
लगाउन मन छैन मलाई टोपी ढाकाको,
चिनिनु छैन मलाई भनी गाउँले पाखाको।
✍️
गणेश तामाङ वाइबा
धादिङ नेपाल।।।
४२//
हामी नेपालीको संस्कार र संस्कृति हो सान ,
आफ्नो शिर उच्च गरौँ आफै पाउनेछौँ मान।
✍️
दुर्गा अाचार्य
मोरङ
४३//
सच्चा नेपालीले मात्र यहाँ टोपी भित्रैदेखि मन पराउँछन्,
आफ्नो त छँदै छ विश्वभरिका मान्छेका शिर उँचो गराउँछन् ।
✍️
पवन कुमार बुढाथेाकी
चेाभार चारघरे
४४//
धेरैको मनमा यस्तै कुविचार आयो,
त्यसैले देशमा पश्चिमीकरण छायो ।
✍️
रामचन्द्र भट्टराई, स्याङ्जा
४५//
टोपी लगाउँछु म त पाखे भनुन् बरु,
अंग्रेजी नयाँ वर्ष मानुन् अंग्रेजहरू ।
✍️
मेनुका सापकोटा इटहरी
४६//
स्वदेशी दाैरा कछाड शिरमा ढाका टाेपी हुन्छ ,
नेपालीकाे सान बढ्छ माथि सगरमाथा छुन्छ ।
✍️
रामकृष्ण रिजाल
बाग्लुङ
४७//
टोपी हाम्रो शिरको शान,
गरौँ सबले यहाँ मान ।
✍️
नीमा छिरिङ्ग भोटिया
जलढक्का /कालेबुङ
४८//
अघि पछि नलाएर, दिवस कुरी बस्ने ,
टोपी हाम्रो सान भन्दै अहाँ ! कम्मर कस्ने ।
✍️
कर्ण दयाल
मेलौली नगरपालिका ७, बैतडी
४९//
माैलिकता छैन मेराे कुन्नि के चाहिँ भा’छु
आफैलाई चिन्दिनँ म पराइ तिरै गा’छु।
✍️
रामप्रसाद बेल्बासे`एक्लाे यात्री´
बुद्धभूमि ,कपिलवस्तु
कार्यरत -तमानखाेला ,बागलुङ ।
५०//
टाेपी न साेपी म जुल्फी लर्काउँछु,
जमाना सँगै टाउको फर्काउँछु ।
✍️
मित्र उराठी गाैतम
अमरपुर गुल्मी हाल: बुटवल
५१//
पाउमा लाउने जुत्ता चप्पल शिरमा लाउने टाेपी,
नलाएकाे राम्रो हजुर केवल दिवस मौका छाेपी ।
✍️
त्रिलोचन भण्डारी
मेचीनगर, झापा
५२//
ढाका टोपी लगाउँदिन श्रीपेच नै लाउँछु,
देशै खोक्रो भएपनि सुख सुविधा पाउँछु ।
✍️
डम्बर थामी ‘अनुपम’
कालिन्चोक गाउँपालिका-६, दोलखा
५३//
मेरो ढाका टोपी राम्रो मेरो सगरमाथा,
शिरमा टोपी नलाए पनि गाउँछु गाथा ।
✍️
रचना शर्मा प्रतीक्षा, ललितपुर ।
५४//
विदेशीहरूको पर्वमा रमाउँछन् आफ्नै पर्व भुलेर,
कस्लाई देखाउनु छ र नेपाली पहिरनमा खुलेर ।
✍️
रिजाल विनोद
बेलबारी ०२ मोरङ
५५//
सबै जाति संस्कृति अटाउँदैनन् एकै पोसाक भित्र,
यस्ता विषय राख्दाखेरि धेरै नै सोच्नुपर्छ है मित्र!
✍️
भूषण जंग
काठमाडौं !
५६//
टोपी निस्सन्देह यो हो हाम्रो शान,
तन मन धनले बढाऔँ मान।
✍️
अर्जुन उप्रेती
५७//
लगाऔँ ढाका टोपी सबैले जोगाऔँ संस्कार,
हटाऔँ विकृति विसङ्गति त्यागौँ कुविचार ।
✍️
नवीन जोशी, कैलाली
५८//
मेरो लागि हो ठूलै गर्व,
टोपी दिवस मान्छु पर्व।
✍️
चिरञ्जीवी ढकाल
५९//
पाखे भन्छन् रे ढाका टोपी लाउने जति,
आधुनिक हैट ! कैप लाउँछन् रे कति।
✍️
श्रेस्ठ “परिक्रमा”, धरान- सुनसरी ।
६०//
टोपी दिवस भिडमा मिल्न लाउछुँ ढाका टोपी,
सासु आमाले दिनुभएको बाकसबाट झिकी।।
✍️
मनोहरी पौडेल
गैडाकोट, नवलपुर
जय टुक्का ! जय साहित्य !!

१
शिक्षक
सदा सर्वदा
ब्रह्मा विष्णु महेश्वर!
२
शिक्षक
ज्ञानको सागर
समान चल्ने ज्वारभाटा!
३
शिक्षक
दियोको बाती
किरण झलमल बलेर!
४
शिक्षक
शिष्य सार्थक
मान सम्मान बढाउने!
५
शिक्षक
अभाव झेलेर
शिष्यका खुशीमा रमाउने!
६
शिक्षक
सरकारी काम
कहिले जाला घाम ?
७
शिक्षक
यत्रतत्र सर्वत्र
दुर्गन्धित राजनीतिक रङ्ग!
८
शिक्षक
लुतो कन्याइ
अस्त व्यस्त मस्त!
९
शिक्षक
सेवा निवृत्तमा
भित्ते पात्रहरू फेरिने!
१०
शिक्षक
निरिह आँखा
नेताको ढोका चहार्दै!
लक्ष्मीप्रसाद फुयाल
मोरङ, पथरी, शनिश्चरे

१.
चिसो
साह्रै कठिन
ज्यान जोगाइ बाँच्न !
२.
कष्टकर
जाडोको मौसम
गरिव बिरामी बुढाबुढी !
३.
बाघलाई
बलिया बाङ्गा
बृद्ध दुर्बल माघलाई !
४.
पुस
जाने बितेर
जाडो हुने फासफुस !
५.
जीवन
बाँच्ने बचाउने
अनमोल मानव जुनी !
उर्मिला पन्त पाण्डेय
ज्ञानेश्वर, काठमाण्डौँ

उदक साहित्य समाज नेपालको साप्ताहिक उदक वाचन कार्यक्रमको एघारौँ शृङ्खला मिति २०७८ साल पुष १८ गते सम्पन्न भएको छ ।
उक्त उदक वाचन कार्यक्रमको प्रमुख अतिथि वरिष्ठ साहित्यकार मुक्ति पोखरेलले आफ्ना उत्कृष्ट उदकहरू वाचन गर्नुको साथै शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
उदक वाचन कार्यक्रमको एघारौँ शृङ्खलामा विशिष्ट अतिथि पञ्चाङ्ग एलाक कवि वरिष्ठ साहित्यकार डम्बर पहाडीले आफ्ना उत्कृष्ट उदक वाचन गर्नुको साथै साहित्यिक स्रष्टाहरूलाई समयसँगै हिड्न अनुरोध गर्नुको साथै साहित्यिक एकताको सुत्रमा बाँधिनुपर्ने धारणा राख्नुभएको थियो ।
एघारौँ साप्ताहिक उदक वाचन कार्यक्रमा उदक यात्री हरि पङ्गेनी, नवराज भट्ट, सरस्वती श्रेष्ठ (रुपन्देही), पुष्प राना, निर्मला सुवेदी, वेदप्रसाद रिजाल, लक्ष्मी बस्याल, बालकृष्ण खनाल, बुद्धिप्रसाद लामिछाने, कविता देवकोटा, इन्दिरा देवकोटा, सुरेशचन्द्र घिमिरे, उर्मिला पन्त पाण्डेय, केशब न्यौपाने, गुणनिधि घिमिरे, वसन्त अनुभव, सुशिला पौडेल, सोम लुइटेल, सीता बिष्ट कार्की, सविता केसी, धर्मी शाक्य, घनश्याम पौडेल र प्रेम थापा लगायतका उदक यात्रीहरूले आ-आफ्ना उत्कृष्ट उदकहरू वाचन गर्नुभएको थियो ।
उदक साहित्य समाज नेपालका अध्यक्ष आर्त अकुलीनले उदक सैद्धान्तिक अवधारणाको बारेमा जानकारी गराउँदै उदकमा पहिलो पङ्क्तिमा रहेको एक शब्दले परिचय, दोस्रो पङ्क्तिमा रहेका दुई शब्दले व्याख्या र तेस्रो पङ्क्तिमा रहेका तीन शब्दले निष्कर्ष दिनुको साथै उदक काव्यिक विधाको लघुतम रूप भएकोले काव्यिक भावका साथै आन्तरिक संरचनामा जोड दिन अनुरोध गर्नुभएको थियो ।
उदक साहित्य समाज नेपालका अध्यक्ष तथा काव्यिक विधा उदक विधाका प्रवर्तक साहित्यकार आर्त अकुलीनको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन उदक साहित्य समाज नेपालको उपाध्यक्ष सविता केसीले गर्नुभएको थियो ।

काठमाडौ, १८ पौष । टुक्का साहित्य समाजले प्रथम टुक्का वार्षिकोत्सवको अवसर पारेर “शुभकामना टुक्का लेखन अभ्यास शृङ्खला – २८” को आयोजना गरेको थियो । उक्त अभ्यास शृङ्खला समाजका अध्यक्ष ताराप्रसाद चापागाईंको संयोजकत्वमा पौष १६ गते शुक्रबार आयोजना गरिएको हो ।
वार्षिकोत्सव ३ दिनसम्म मनाउने निर्णय गरेको समाजले पौष १५ वृहत् भर्चुअल कार्यशाला गोष्ठी, १६ गते शुभकामना टुक्का लेखन अभ्यास कार्यक्रम र १७ गते शुभकामना मन्तव्य र टुक्का वाचन कार्यक्रम भर्चुअल माध्यमबाट सम्पन्न गरेको थियो ।
टुक्का कविताका प्रवर्तक एवं समाजका अध्यक्ष चापागाईंको प्रशिक्षण रहेकोे उक्त २८ औं शृङ्खलामा नेपाल लगायत विश्वका ८० जना नेपाली भाषी टुक्काकार / साहित्यकारको सहभागीता रहेको थियो । सहभागी टुक्काकारहरूले प्रयोगवादी नव काव्यिक विधा टुक्काको सफलताको लागि टुक्काका माध्यमबाट अत्यन्त सुन्दर ढंगले शुभकामना व्यक्त गर्नुभएको थियोे ।
शुभकामना टुक्का लेखन अभ्यास शृङ्खला – २८ मा सहभागी सम्पूर्ण टुक्काकारहरूमा टुक्का प्रवर्तक एवं शृङ्खला प्रशिक्षक चापागाईंले हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्नुभएको थियो ।
प्रथम टुक्का वार्षिकोत्सवमा आयोजित शुभकामना टुक्का लेखन अभ्यास शृङ्खला – २८ मा सहभागी टुक्काकार र टुक्काहरू
१//
१.
स्वागतम सुस्वागतम, वार्षिकोत्सवलाई,
नयॅा जोस जॅागर देओस् यसले यहॅा आई ।
२.
शुभकामना टुक्कालाई बर्ष दिनको बेलामा,
निरन्तरता पाओस् टुक्काले विश्वभरी मेलामा ।
✍️ गुणनिधि घिमिरे
पाँचथर
२//
१.
फुल्दै जाऊँ फल्दै जाऊँ टुक्का तिमी मिठो काब्य बनि,
शुभकामना दिन्छौं हामी तिमी झाङ्गिए सधै भनि।
✍️ सुरेशकुमार पान्डे
दाङ घोराही-१८
३//
१
हरेक पल टुक्काप्रति हात जोडिऊन्,
नयाँ जोश उत्सुकताले प्रात: मोडिऊन् ।
२
लाखौंलाख शुभकामना टुक्का तिमीलाई,
फुल्नु फल्नु जगतमा सबकाे साथ पाई ।
✍️ त्रिलोचन भण्डारी
मेचीनगर ,झापा
४//
१.
टुक्का लेख्दै रमाउँछु,
मैले नाम कमाउँछु ।
२.
टुक्कालाई जन्मदिनकाे शुभकामना,
प्रगति पथमा लम्कँदै गर्नु सामना ।
✍️ अरुण नदी खत्री
काठमाडाैँ ।
५//
टुक्काको वार्षिक उत्सवको शुभकामना,
पुरा होओस् टुक्काकारको मनको चाहना।
✍️ सुशीला पाैडेल
६//
१.
साहित्यको फाँटिलो चौतारी बनोस् टुक्का आज,
दिनानुदिन बढ्दै जाओस् यो स्रष्टाहरू माझ।
२.
बामे सर्दै हिँडेको टुक्का काव्य दौडिने होस,
टुक्काकारहरुमा यसले भरिरहोस् जोस।
३.
दुबो जस्तै मौलाएर संसारै ढाक्यो टुक्काले,
अन्यायीलाई हान्छ कहिले गतिलो मुक्काले ।
✍️ दीपक ठटाल जलन
खरसाङ,दार्जीलिङ।
७//
१.
शुभकामना छ है मित्र टुक्का प्रथम वर्षको,
निरन्तर लेखनी आओस् भावनासँग हर्षको ।
२.
मिठा भाव सिर्जनाका हामी सजाउँला,
प्रेमिलता पस्कि-दिए केही लजाउँला ।
✍️ रामजी लामीछाने
पाेखरा
८//
१.
जन्मेकाे बर्ष पुग्याे टुक्का काव्य आज,
अमर बनी रहिरहोस् सबै माझ।
२.
फलोस् फुलोस् सधैँभरी टुक्का धेरै राम्रो होस,
दुई हरफको टुक्का लेख्न आओस् नयाँ जोस।
✍️ निर्मला शाही ठकुरी
दैलेख
९//
शुभकामना शुभकामना शुभकामना,
वसन्त पारभो पुर्ण होऊन् मनकामना।
✍️ कमला देवकोटा ,पाल्पा
हाल काठमाडौ
१०//
१.
मनैबाट उदाएको मानवी टुक्का भावना,
शब्द लालित्य पाएको शुभेच्छा, शुभकामना।
२.
टुक्काको बार्षिक उत्सव सबै हर्ष आत्म सानिध्य उज्ज्वल, हरेक क्षण सदाचार उदाएको आत्मामा देख्छु झल्मल ।
✍️ अम्बिका अधिकारी
बिर्तामाेड, झापा
११//
टुक्का काव्य गागरमा सागर अटाओस् यसैगरी
टुक्का काव्य सुन्दर वागमा फूलिरहोस् सँधैभरी ।
✍️ डम्बर थामी ‘अनुपम’
कालिन्चोक गाउँपालिका-६, दोलखा
१२//
१.
गन्तव्यमा नै पुग्न सकोस् अनेक जंगार तरेर,
नयाँ इतिहास कोर्न सकोस् मिठो मुस्कान छरेर ।
२.
फूलको बास्ना जसरी मिठो सौरभ चलिरहोस् ,
टुक्काको नाम अलौकिक दीप भई बलिरहोस् ।
✍️ गंगा खड्का
बूढानीलकण्ठ १ काठमाडौँ
१३//
परिस्थिति जस्तो नै आओस् गर्नु सधै सामना,
प्रथम वार्षिकोत्सवको यही शुभकामना!
✍️ मन्दिरा सेढाई
मलेखु,धादिङ
१४//
टुक्काको वृक्ष फैलेर जाओस् नेपाली धरामा,
उन्नति सधैं बढेर जाओस् बारी र गरामा।
✍️ तिला लेकाली
बेलबारी, माेरङ्ग ।
१५//
१.
जन्मोत्सव मनाउँदै छ टुक्का विधा आज,
लोकप्रिय बन्दैछ यो हेर सबका माझ ।
२.
शुभकामना सबैलाई टुक्का जन्मेको दिन,
अगाडि बढौँ लेख्दै हामी हिच्किचाउँने किन ?
✍️ राजेशराज गड्तौला
रतुवामाई- १०, मोरङ
हाल- प्रवास
१६//
१.
यो देशमा सबै मिली टुक्का अघि बढाउनु पर्छ,
यसैले कथा र उपन्यास बराबर काम गर्छ।
२.
सम्पूर्ण टुक्काकार मनैदेखि शुभकामना,
अब बुझ्नुपर्छ एक अर्का प्रतिको भावना ।
✍️ बिक्रम तिरुवा सलिन
जुम्ला
१७//
१.
सुवास छर्दै जानु साहित्यको माझमा,
हामी सबैको शुभकामना छ साथमा ।
२.
अघि सारेका पाइला कहिल्यै नथाकून
टुक्का कविताले सधै उच्च नाम राखून ।
✍️ बुद्धिमान चौधरी
कनकाई नगरपालिका ४ झापा
१८//
१.
समृद्ध बन्दै बढोस् अघि उल्लासमय,
साहित्यिक यात्रामा सबैले भनून् जय।
२.
पाइला गन्दै हिंडून् सही डोबमा सधैंभरि,
अनगिन्ती वर्षहरू आइरहून् यसैगरी।
✍️ म्यामराज राई
हतुवागढी-६, होम्ताङ्,भोजपुर,हाल:-जापान
१९//
१.
भावकका भावनाको यो सङ्गम चाैतारी,
टुक्का साहित्यले गाँस्यो नाता बलियो पारी।
३.
टुक्का गाँस्दै रमाउने हाे सबकाे चाहना,
जन्माेत्सवकाे अवसरमा शुभकामना ।
✍️ मित्र उराठी गाैतम
अमरपुर,गुल्मी हाल तिलाेत्तमा न पा रुपन्देही
२०//
१.
जन्मोत्सव मनाऔँ टुक्का विधाको साँझ,
लोकप्रिय बनाउनु छ सबैका माझ ।
२.
लेखेर बढ्दै जाऔ लिएर नयाँ भावना,
शिखर चुमोस् टुक्काले यहि शुभकामना ।
✍️ दुर्गा भट्टराई
मोरङ
२१//
१.
समेट्दै मनोभावना लाखौं लाख सर्जक बढून,
वर्षौवर्षसम्म टुक्का तिमीलाई मान्छेले पढून ।
२.
विकृति, विसंगतिका अवरोध चिर्न गर्दै सामना,
अघि बढ्दै जाऊँ टुक्का तिमीलाई लाखौ शुभकामना !
✍️ बिबस पारदर्शी
भद्रपुर न० प० २, झापा
२२//
बधाई तथा शुभकामना टुक्का कविता,
प्रगति देख्न पाऊँ है सदा तिम्रो रमिता।
✍️ मनोहरी पौडेल
नवलपुर, गैडाकोट १
२३//
व्यक्त हुन्छ दुई लाइनमै, सम्पुर्णका भावना,
टुक्का तिमिलाई जन्मदिनको,अथाह कामना।
✍️ सुमिना तिमल्सिना
भक्तपुर
२४//
१
जन्मदिनको धेरै धेरै शुभकामना,
सर्जक कमायौ टुक्का काव्यको नाममा।
२
प्रथम वार्षिकोत्सव सफल पारौँ,
मन र मुटुमा टुक्काको नाम सारौँ।
✍️ जगत थापा
बझाङ
२५//
१.
बाटोमै देखेँ अनेकौं दुर्घटना पनि,
अहो! सकिन्न सजिलै बाटो काट्न अनि।
२.
खेतबारीमा पँहेलपुर फुल्यो तोरी,
घरमै भइदिए हुन्थ्यो एउटी छोरी।
✍️ भगवती दवाडी
झापा
२६//
हृदय भरिको शुभकामना शुभ शुभ रहोस् सबमा,
आनन्दमयी परिबन्दले हाँसी रहौँ, सुन्दर जगमा।
✍️ अर्जुन उप्रेती अप्रतिम
असम भारत ।
२७//
१.
हार्दिक बधाई तथा शुभकामना वार्षिक उत्सवलाई,
मन खुब हर्षित र रमाएकाे छ टुक्कामा जाेडिन पाई।
२.
हामी सबै टुक्काकार मिलेर समाजमा ज्योति छर्नुछ,
आपसी रिसराग अनि घमण्ड त्यागी अगाडि सर्नुछ।
✍️ रिना याेल्माे
दार्जिलिङ्ग भारत ।
२८//
उच्च कामको गर्दछु आशा अनि चाहना,
टुक्का काव्य वार्षिकोत्सवको शुभकामना !
✍️ अनुग्रह राना मगर
२९//
१.
हेर्दाहेर्दै लेख्दालेख्दै आज वर्ष दिन पुगेछ,
साहित्यमा टुक्का सृजना उत्कृष्ट विधा हुनेछ।
२.
टुक्का तिम्रो जन्मदिनको अनगिन्ती शुभकामना,
साहित्यप्रेमी हृदयमा बस्न सक्नु यही चाहना।
✍️ सूर्यमणि रेग्मी
चितवन
३०//
१.
दुई हरफे कवितामा टुक्का नवीन विधा भयो,
यो एक वर्ष उल्लासपूर्ण अभ्यास-साधना रह्यो!
२.
साहित्यिक जगतमा टुक्काले नवीनता ल्याओस्,
अभियान र अभ्यासमा थप गहनता पाओस् ।
३.
गरौं सबैले निरन्तर अभ्यास र अथक साधना,
टुक्का लेखनको वार्षिकीको सबैलाई शुभकामना!
✍️ डा.चन्द्र खत्री
काठमाडौं
३१//
१.
साहित्यकाे अभिन्न अङ्ग टुक्का लेख्ने हाम्रो चाहना,
बर्ष दिन पाे पुगेछ त पाेखेका मनका भावना ।
२.
माैलाउँदै जानु टुक्का तिमी पुरा होऊन् सबै तिम्रा सपना,
यही छ है मेराे तर्फबाट वार्षिकाेत्सवकाे शुभकामना ।
✍️ शान्ति याक्साे
ताप्लेजुङ, हाल काठमाडौं ।
३२//
१.
साहित्यको भविष्य सदा फलोस् फुलोस्,
स्रष्टाको मन सदा टुक्का तिर भुलोस् ।
२.
साहित्य को सेवामा सब को भलो देखौँ,
हामी सबै मिलेर टुक्का साहित्य लेखौँ ।
✍️ लव खड्का
बुढानिलकण्ठ, काठमाडाैँ ।
३३//
१.
वर्ष पुग्यौ वामे सर्दै छिटै नै दगुर्ने हुनु,
सफलताको सिढी चढ्दै शिखर पनि छुनु।
२.
टुक्का तिमी फुल्नु, फल्नु सर्वत्र सुगन्ध छर्नु,
काव्य रसले मन जित्नु सबको दुःख हर्नु।
✍️ अरुण कुमार भुजेल
गोरूबथान,कालेबुङ्ग, भारत।
३४//
१.
प्रथम टुक्का वार्षिकोत्सवले उत्साह उमङ्ग पाओस्,
पुषको यो जाडो मौसमले सबैमा अलि न्यानो छाओस् !
२.
प्रथम टुक्का वार्षिकोत्सवलाई धेरै धेरै शुभकामना,
उपस्थिति हुन सकिएन त्यसैले चाहन्छु क्षमा याचना!
✍️ शरद प्रधानाङ्ग
विराटनगर-७
३५//
१,
एक बर्षको बालक बनी टुक्का अघि बढ्नेछ,
टुक्काकारले साथ दिए छिटो शिखर चढ्नेछ।
२,
सबै मिली बालक टुक्काको जन्मोत्सव मनाअौँ,
हातेमालो गरेर सबैले उपस्थिती जनाअौँ।
✍️ लक्ष्मी श्रेष्ठ
बिर्तामोड झापा
३६//
१.
वार्षिकोत्सव धेरै धेरै मनाउँदै जाउँ,
टुक्का कविता लेखिलेखि रमाउन पाँउ।
२.
टुक्का कवितामा पूर्ण अभिब्यक्ति देखेर,
सन्तुष्टि प्राप्त गर्ने धेरै रसिला लेखेर।
✍️ अच्युत घिमिरे
दोभान सर्पाङ्ग भुटान
३७//
साहित्यमा कलम जाेड्दै लेख्ने छ चाहना,
टुक्का दिवसकाे सबैलाई शुभकामना!
✍️ तारा खत्री
धरान-१७, सुनसरी
३८//
सुख ,समृद्धि, आराेग्य अनि वैभवताकाे छ शुभकामना,
राम्रै राम्रा रहून् प्रत्येक समय पल भन्ने मेराे चाहना ।
✍️ लक्ष्मी घिमिरे दहाल
दमक ७, झापा
३९//
पूरा होस् सबै मनको चाहना,
वार्षिक उत्सवको शुभकामना ।
✍️ श्री लिम्बू
पाँचथर
४०//
१.
जबदेखि टुक्का- काव्य आयो,
कयौँ नयाँ सर्जक जन्मायो !
२.
सुन्न पाइयो धेरै खुसिको कुरा,
सिक्दै सिकाउँदै एक वर्ष पुरा।
✍️ पारस भट्ट प्यासी
मेलौली दुई बैतडी
४१//
१.
वार्षिकोत्सव मनाएर हामी हर्षित बनौँ,
टुक्का कति लेखियो होला ! भनेर पनि गनौँ।
२.
हर हृदयको झैँ मेरो पनि माया बसेको,
टुक्का लेख्न भनी मनैदेखी कम्मर कसेको।
✍️ श्रेस्ठ “परिक्रमा”
धरान- १५, सुनसरी ।
४२//
१.
प्रथम टुक्का वार्षिकोत्सवको मङ्गलमय शुभकामना,
फलोस् फुलोस् दुबो झैँ सर्वत्र टुक्का कविता यही छ चाहना ।
२.
टुक्का कविताले सबैको मनमुटु छुन सकोस्,
अन्यत्र हैन हरपल शान्तिको बिगुल फुकोस्।
✍️ संझना कुसुम
कास्की ।
४३//
१
शुभकामना छ सबमा धेर,
अमुल्य जीवन नजाओस् खेर!
२
टुक्काकारका सृजना अब हेर फैलदै जान्छ,
जस्ले अरुको मन जित्छ, उसैले सन्तुष्टि खान्छ !
✍️ पवन कुमार बुढाथेाकी
चेाभार चारघरे, काठमाडौं
४४//
१.
तुकान्त मिलाएर टुक्का दुई लहरमा,
समान अक्षरमा लेख्दै जाऔं रहरमा ।
२.
मनाउँदै टुक्का दिवस पहिलो नै आज,
शुभकामना साटौं नमानी अप्ठेरो-लाज ।
✍️ रचना शर्मा प्रतीक्षा, ललितपुर
४५//
१.
मनको बह भन्नलाई धेरै छन् बिधा,
टुक्का मार्फत राख्न सकिन्छ कुरा सिधा।
२.
फुलबारीको फूलहरू हुन टुक्का फुलोस् चाहना,
टुक्काकार सबै जनलाई फूल झैं शुभकामना ।
✍️ कविन्द्र लाल प्रधान
ललितपुर, सुन्धारा ।
४६//
१.
पहिलो बर्षमा टुक्का साहित्य समाजको पुगोस् चाहना,
ज्योति बनी समाज जाज्वल्य पार्नु आत्मिक शुभकामना।
२.
बिज रोपी टुक्काको गर्यौ सहित्य सेवा,
निरन्तर पुगोस् भाषा विकासमा टेवा।
✍️ मिसु श्रेष्ठ
काठमाडाैँ ।
४७//
१.
सबको रहोस् टुक्का लेख्ने तीब्र चाहना,
सफल वार्षिकोत्सवको शुभकामना ।
२.
टुक्का लेखन सधैं अग्रपंक्तिमा पुगोस्
सर्जकको मनहरू टुक्काले नै छुओस्।
✍️ नानिमाया सुनुवार
उदयपुर ।
४८//
१.
दुई हरफ छोटो टुक्का कवितामा विभिन्न विधा लेखी पुर्ण गरौं सामना ,
टुक्काको वार्षिकोत्सव मनाउँदै गरौं सबैले मंगलमय शुभ कामना ।
२.
सबैले काव्यिय टुक्का लेखौं बिधि बिधान भित्र ,
आ-आफ्नो नाम, थर, ठेगाना लेखी पठाउँ चित्र ।
✍️ बेदु न्यौपाने
काठमाडौ।
४९//
१.
वार्षिक उत्सवको बाँसुरी धुन,
मधुर बजेको छ सबैले सुन।
२.
मिलाई अाकार चित्र टुक्काकार,
ढुकढुकी भित्र बस्नेछन् अपार।
३.
धागोमा माला फूलका थुँगा जोडी,
इन्द्रेणी रङ्गमा रचना नछोडी।
✍️ होम प्रसाद नेउपाने
धरान,सुनसरी ।
५०//
१.
रिसराग अहंकारको लुतो सबै फालोस्,
टुक्का काव्यले चेतनाको सधैं ज्योति बालोस् ।
२.
आऊँ रम्दै रमाऔंँ वार्षिकोत्सव आफ्नै भनेर,
यो फलोस् फूलोस् टुक्का काव्य सबको मुटु बनेर ।
✍️ रिजाल विनोद
बेलबारी ०२ मोरङ
५१//
१
सुटुक्क आइ रङ्गिएर साहित्यका पानाभरि
सफलतामा चढिरहोस् टुक्का काव्य यसै गरि !
२
प्रीति रोप्दै दुई हरफमा ठुलो संघर्ष गर्दै,
एक वर्ष पुग्यो है टुक्का काव्य दिव्य ज्योति छर्दै ।
✍️ धनु शर्मा
पाेखरा
५२//
१.
शुभकामना अचार जस्तै चखिलो चट्ट परेछौ,
टुक्का तिमीले उन्नतीका एक बर्ष पूरा गरेछौ ।
२.
अझ उन्नति प्रगति गर्दै जाओस् टुक्का कविताले,
उज्यालो पारोस् मन टुक्कारुपी रश्मि र सविताले ।
✍️ पुष्पाशायरा
बिराटनगर ।
५३//
१.
संसार अड्छ मायामा देखिँदैन यहाँ तर,
मायाकै जालमा सारा घुमेकाे छ चराचर !
२.
एक वर्ष भई सक्यो टुक्का साहित्य लेखन,
सकिनँ बुझ्न मैले त गाह्राे छ ज्ञान देखन !
✍️ सावित्री न्यौपाने ( पौडेल )
५४//
१.
चुनाैतीकाे गरियाे सामना,
बर्ष पुग्याे छ शुभकामना ।
२.
माैलिकता छानाेस् है टुक्काले,
हैन भने हानाेस् है मुक्काले ।
✍️ रामकृष्ण दुवाडी
पाेखरा ।
५५//
१.
क्या मिठो भाव छर्दछ टुक्का मनमा बसेर,
साहित्य रस मिठास भर्दै दिलामा पसेर।
२.
वर्ष दिन भयो फक्रेको टुक्का छरेर भावना,
साहित्य आकासमा फुलिरहोस् छ शुभकामना।
✍️ नवशिला
बेलबारी -२,लालभित्ती,मोरङ।
५६//
पुरा होऊन् मनका ईच्छा फलोस् फुलोस् सुखी जीवनको चाहना,
इश्वरले सदा रक्षा गरून् वार्षिक उत्सवको शुभकामना।
✍️ नवीन जोशी
प्रदेस ७, कैलाली
५७//
१
संसार भरि मग्मगाउने टुक्का बनोस् फूल,
साहित्यको सागर तार्ने टुक्का बनोस् पुल ।
२
विकास अनी समृद्धिले छाओस् सबैको चाहना,
प्रथम वार्षिकोत्सवको हार्दिक शुभकामना ।
✍️ तारा घिमिरे
सङ्खुवासभा
५८//
१.
प्रथम टुक्का-वार्षिकोत्सव मनाउँन पाउँदा,
पेटे भोटो समेत यौटा ल्याउँनु पर्ला आउँदा।
२.
साहित्यमा जेठो कान्छो हुनुहुन्न भेद,
सबै हाँगा बिँगा हुन् अरू, मूल हो वेद।
✍️ रामशरण न्यौपाने,भक्तपुर
५९//
१.
हार्दिक बधाई टुक्का कबिता, आदिदेखि अनादिसम्म छरिनु,
संसारभर हर कुनाकाप्चामा जनमनको ओठमा भरिनु !
२.
तिम्रै नालीबेलीमा लहराई रहन पाउँ,
सधैं नै तिम्रै डाँडाकाँडामा सुसेलिमा गाउँ !
✍️ टिकाराम पुन (टिपु)
सल्यान छत्रेश्वरी २
६०//
रमेर टुक्का लेखन बिधि बिधान भित्र,
राखिदिनु नाम थर ठेगाना अनि चित्र ।
✍️ जिकुमार गौतम
भद्रपुर -१ (पृथिबिनगर) झापा
६१//
१.
शुभकामना टुक्का काव्यलाई प्रथम वर्षको,
लेख्न पाउँ अनन्तसम्म सिमा नै छैन हर्षकाे।
२.
अन्त्यानुप्रास बराबर अक्षर र भावपूर्ण दुई हरफ,
ब्यङ्गय,हान्छाै समसामयिकता बाेल्छाैँ गर्दैनौं फुस्रा गफ,
✍️ रामकृष्ण रिजाल
बागलुङ
६२//
१.
नेपाली साहित्यमा टुक्का छाेटाे र मिठाे विधा,
सुन्न र पढ्न पाउँदा मन खुसी हुन्छ सिधा ।
२.
सबै मिली यो टुक्का काव्य लेख्ने बानी गरौँ
नजान्नेले जान्नेको सिकाइमा भर परौँ।
✍️ नानीबाबा अधिकारी
काठमांडौ
६३//
१)
फलोस् फूलोस् टुक्काले उन्नती गरोस्,
सर्वत्र उन्नतिको सन्देश छरोस् ।
२.
लाखौंलाख शुभकामना म आज अर्पण गर्छु,
तिमी हिड्ने बाटोमा टुक्का मेरा शब्द सधैँ छर्छु ।
✍️ इन्दिरा देवकोटा
कपिलवस्तु न .पा .३
६४//
१.
वार्षिकोत्सवको उपलक्ष्यमा छ शुभकामना!
टुक्का लेखनमा लागि परौं सर्जक सबैजना ।
२.
फलोस् फुलोस् प्रगतिको पथमा लम्किरहोस्,
जुन झैँ टुक्का काव्य सधैँभरी चम्किरहोस्।
✍️ काेकिला चाैधरी
बाँके ।
६५//
१.
टुक्काले उर्जा चलाउँछ चलाउँछ चाहना,
अझै सफलता पाओस् है धेरै शुभकामना ।
२.
लेख्छु टुक्का जहिले नगरी कुनै बाहाना,
पल्टियोस् सदैव टुक्काको नयाँ नयाँ पाना ।
✍️ कल्पना थामी
सिन्धुपाल्चोक
६६//
१
हरेक वर्ष आउँछ उत्सव आइराखोस् चाहना,
सम्पूर्णमा हृदय देखि दिनेछु म शुभकामना।
२
यसरी नै कविको त एक एक पाईला लम्किरहोस्,
आकाशको चन्द्रसुर्य झैँ सबैको हृदय चम्किरहोस्।
३
नछोड कहिल्यै साहित्यको बाटोलाई,
जान्यौ भने सजिलो छ सम्झ दुनो गाई।
✍️ कमला पाण्डे पराजुली
झापा
६७//
१.
फलोस् फुलोस् अनि सगरमाथा चुमोस्
नेपाली टुक्का कविता विश्वमै घुमोस् ।
२.
नयाँ कोकिला, वसन्तले पालुवा पलाऊन्,
सिर्जनशील हातहरू सिर्जना जन्माऊन्।
विक्रम वली “नेपाली बाबु”
घोराही -११- दाङ
६८//
१.
अबको पालो टुक्का कविता जनजनमा,
झाँगिदै लहरिएला यी जनका मनमा ।
२.
टुक्का कविताको सधैनै गर्नु छ सामना,
वार्षिकोत्सवको यो हार्दिक शुभकामना ।
✍️ ऋषिराम खनाल । मध्यविन्दु ६ नवलपुर ।
६९//
टुक्का वार्षिकाेत्सवकाे शुभकामना,
फुल्दै फल्दै अघि बढाेस् हाम्रो चाहना।
✍️ साधना पाैडेल
अाेखलढुङ्गा
७०//
१.
दुबो झैँ मौलाउँनु टुक्का, बाँस झैँ गजाउँनु,
मधुर साहित्य रसले विश्व नै सजाउँनु।
२.
तिम्रै साम्राज्य साहित्यमा छ चलेको हेर्न मन,
मुटुमै बस्न सफल हुनु विश्वास जितिकन।
३.
फलोस् फुलोस् प्रगति होस् टुक्काको छ यही चाहना,
निरन्तर अघि बढोस् काव्य यात्रा शुभकामना !!
✍️
वसन्त अनुभव
घोराही उपमहानगरपालिका १४, दाङ
७१//
१.
फलुन् उमङ्गका, फल लटरम्म,
यो धर्ती आकाश, रहुन्जेल सम्म ।
२.
उर्वर बनोस् टुक्का, साहित्यको भूमि,
यसरी नै सधैँ, शिखरहरु चुमि ।
✍️ मुकुन्द कृष्ण थापा
खोटाङ
७२//
१.
फूलको वर्षा हुँदै योजनाले सत्कार गरे,
टुक्काकार सबै मिलेर अहम पछि सरे।
२.
अझैँ नै फुलोस् सयपत्री नसुकेर फूल,
फल लाग्दा नथाकी पहिचान दिदै झुल ।
✍️ धनुष न्यौपाने
७३//
१.
दिल देखि व्यक्त गर्छु मेराे भावना,
टुक्कालाई मुरीमुरी शुभकामना ।
२.
थाहै भएन एकवर्ष कति छिटो गयो ,
टुक्का साहित्य आजदेखि दुईवर्षे भयाे ।
✍️ केशवप्रसाद ढकाल `प्रीतबीज´
७४//
उत्कृष्ट विधा भएर जन्म्यो टुक्का यो भवमा,
हटाई बाधा साहित्य सर फैलियोस् नभमा।
२
लेखेर ब्यङ्ग्य वार्षिकोत्सव मनाउँ तुक्काले,
विकृती फाल्न मिलेर हानौँ झटारो टुक्काले।
✍️ अबजस चन्द्र
क्षितिज पारी मायाको गाउँ, झापा
७५//
टोपी दिवसमा ट्वाक्क टुक्का,
लेखी हानूँ कि चोटिलो मुक्का ।
✍️ “देववर्तिनी”
७६//
एक बर्ष अगाडि सिर्जना भएको टुक्का कविता विधा,
मन परेर मलाई चढाई रहन्छु नयाँ नयाँ सिधा।
✍️ राजेश भट्टराई
सैनामैना ११,रुपन्देही , हाल सुर्खेत
७७//
१.
टुक्का तिमी फल्नु फुल्नु बासना मगमगाउँनु
साहित्यको ज्योती फैलाइ गाउँवेशी जगाउँनु ।
२.
बढ्दो तिम्रो लोकप्रियता छोटै अवधिमा,
बाँधी राख्नु नफुकाउनु तिम्रो आफ्नो सीमा ।
✍️ कर्ण दयाल
मेलौली नगर पालिका ७, बैतडी
७८//
१
टुक्का तिमी संसारमा नाम कमाएर बाँच,
लेखन र वाचन साथै ईज्जतलाई साँच ।
२
कामना छ तिमीलाई यो जन्मदिनमा,
पाइलाले शिखर चुम्नु छिनछिनमा
✍️ सुस्मिता नेपाल सुनसरी
७९//
१.
टुक्कामा कलम चलाई अब अघि सराैँ,
नेपाली भाषा साहित्यमा याेगदान गराैँ।
२.
जस्तै परिस्थिति आउँदा पनि गर्न सकाेस् सामना,
टुक्का-कविता जन्माेत्सवकाे अनेकौं शुभकामना,
✍️ सहयात्री शाेभा अर्याल
रुपन्देही बुटवल
८०//
१.
अन्त्यानुप्रास समान वर्ण दुई हरफकाे काव्य,
टुक्का नामले प्रखर बन्दैछ मिठाे भावमा श्राव्य ।
२.
शुभकामना! टुक्का तिमीलाई अझै चाेटिलाे बन्दै जानुँ,
पार भयाे पहिलाे वर्ष युगयुग बाँच्नु बनेर भानु ।
✍️ ताराप्रसाद चापागाईं
धुनिबेसी ।
🌹🌹जय टुक्का ! जय साहित्य !! 🌹🌹

काठमाडाैँ, १७ पौष । टुक्का साहित्य समाजको आयोजनामा प्रथम टुक्का वार्षिकाेत्सव कार्यक्रम शनिबार सम्पन्न गरेको छ । नेपाली साहित्य आकाशमा प्रयाेगवादी लघुत्तम नवकाव्यिक विधा “टुक्का कविता” लेखनकाे औपचारीक शुरुवात भएकाे एक बर्ष पूरा भएकाे अवसरमा उक्त कार्यक्रमको आयोजना गरि मनाइएको हो ।
टुक्का साहित्य समाजका अध्यक्ष ताराप्रसाद चापागाईंको अध्यक्षतामा संचालित उक्त कार्यक्रमको प्रमुख अतिथिमा वरिष्ठ साहित्यकार डा. देवी पन्थी रहनु भएको थियो। त्यस्तै विशिष्ट अतिथिमा डा.घनश्याम परिश्रमी र तिला लेकाली रहनुभएको थियो । साथै अतिथिमा अरुण नदी खत्री, सोमनाथ लुइँटेल रवि र सुशीला पौडेल रहनुभएको थियो ।
भर्चुअल लाइभका माध्यमले संचालित उक्त कार्यक्रममा टुक्का वाचन गरिनुका साथै शुभकामना आदानप्रदान गर्ने कार्य पनि गरिएको थियो । कार्यक्रममा टुक्का साहित्य समाजका पदाधिकारीहरू, टुक्का अभियन्ताहरू लगायत टुक्का सर्जकहरूको उपस्थिति रहेकोे थियो । अपरान्ह ४ बजेदेखि सन्चालन भएको उक्त कार्यक्रम करिब ७ बजेसम्म सन्चालन भएको थियो ।
कार्यक्रममा डा. देवी पन्थी, तिला लेकाली, अरुण नदी खत्री, सुशीला पौडेल लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो । कार्यक्रमको सञ्चालन टुक्का अभियन्ताद्वय भगवती दवाडी र दुर्गा रिजालले गर्नुभएको थियो ।

काठमाडौ, १७ पौष। साप्ताहिक उदक लेखन अभ्यास शृङ्खलाको ३३ औं भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त अभ्यास कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ८० जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन अभ्यास शृङ्खलाका प्रशिक्षक एवं उदक साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।
काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा अभ्यास शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।
शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरि एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।
अभ्यास शृङ्खलाका लागि राखिएको तस्बिर

१//
हिमाल
नेपालको शान
राष्ट्रियता हाम्रो अभिमान !
✍️
सविता के.सी.
२//
पहिचान
राष्ट्रिय गौरव
सगरमाथा उच्च सम्मान।
✍️
राेशन पराजुली,धरान।
३//
सगरमाथा
नयाँ वर्ष
लक्ष्य चुम्ने आकाँक्षा !
✍️
शिव खनाल जीवम
४//
सगरमाथा
सर्वोच्च शिखर
नेपालीको शिरको ताज !
✍️
वसन्त अनुभव
घोराही उपमहानगरपालिका १४, दाङ
५//
सगरमाथा
सुर्य चन्द्र
अंकित झन्डा फर्फरायो!
✍️
बालकृष्ण खनाल
६//
शिर
उच्च सगरमाथा
पुर्खाको अतुलनीय गाथा !
✍️
टिकाराम पुन (टिपु)
सल्यान छत्रेश्वरी २
७//
सगरमाथा
उच्च शिखर
हाम्रो देशको गौरव!
✍️
राजाराम रत्गैंया अमौरा कैलाली
८//
रक्तिम
झन्डा नेपालीको
चन्द्र सूर्य अंकित !
✍️
केशवप्रसाद ढकाल `प्रीतबीज´
गाेरखा
९//
उच्च
मेरो टोपी
विश्वको गौरव गाथा !
✍️
गुणनिधि घिमिरे #पाँचथर
१०//
झन्डा
हिमाल शान
उच्च छ जान !
✍️
अनुग्रह राना मगर ‘पुस्प’
संखुवासभा हाल मलेसिया
११//
सगरमाथा
हाम्रो स्वाभिमान
नेपाली मनको सान !
✍️
मिलन के .सी.( थापा) पोखरा
१२//
हिमाल
झन्डा नेपाल
नेपालीको अमुल्य माल!
✍️
खड्गबहादुर गुरुङ बुटवलदेखि ।
१३//
सगरमाथा
राष्ट्रिय ध्वज
हिमालयमा हराएको कस्तुरी!
✍️
कण्ठराज गिरी, टिकापुर कैलाली हाल अष्ट्रेलिया
१४//
सगरमाथा
अटल युगौंयुग
स्वतन्त्र स्वयम्भु फर्फराउँछ!
✍️
लक्ष्मी प्रसाद फुयाल
मोरङ पथरी शनिश्चरे
१५//
सगरमाथा
मुस्काउँदै हाँस्छ
बोकेर नेपाली झन्डा !
✍️
गोपालप्रसाद पाैड्याल
विराटचोक मोरङ
१६//
झन्डा
उच्च सगरमाथा
स्वाभिमानी नेपालीको गाथा!
✍️
हिमाल अम्मै घोडाघोडी कैलाली
१७//
देवढुङ्गा
सर्वोच्च शिखर
नेपाली माटोको शान !
✍️
आर्त अकुलीन, कैलाली
१८//
अटल
सगरमाथा हिमाल
झण्डा फर्फरायो नेपालको !
✍️
सरस्वती वली
बर्दिया नेपाल
१९//
हिमाल
झन्डाको सङ्केत
सुन्दर शान्त नेपाल !
✍️
खगेन्द्र बस्याल
तिलोत्तमा ९ सरस्वती पथ,रुपन्देही
२०//
सर्वोच्च
बोकेर शान
गर्दैन कहिल्यै अभिमान !
✍️
इन्दिरा देवकोटा
कपिलवस्तु न .पा .३
२१//
हिमाल
विश्वको शिरताज
सुन्दर शान्त विशाल!
✍️
मुक्ति पोखरेल
इटहरी ४, सुनसरी
२२//
हिमालय
गर्विलाे ईतिहास
दर्विलाे उँचाई पहिचान !
✍️
रामकृष्ण दुवाडी
पाेखरा
२३//
पर्वतराज
शिखरमा चम्केको
देख्छु म आज !
✍️
दुर्गा अधिकारी भमरकोटे ।
२४//
फहराएको
सगरमाथामा झन्डा
नेपालीका सर्बोच्च महिमा !
✍️
पुष्पशायरा । बिराटनगर ।
२५//
शिरमा
नेपालको शान
अग्लो हिमाल सगरमाथा
✍️
बासुदेव दनुवार = सिन्धुली
२६//
हाम्रो
देशको सान
सगरमाथा यसको नाम !
✍️
मंगला उपाध्याय
बारा कलैया १
२७//
सगरमाथा
नेपालीको शान
झन्डाले बोक्यो पहिचान !
✍️
इश्वरी अधिकारी लमजुङ।
२८//
पहिचान
महिमा गान
नेपालको आफ्नै शान !
✍️
प्रेम थापा बागलुङ
२९//
सगरमाथा
सर्वोच्च शिखर
हामी नेपालीको सान !
✍️
चक्र आले “लाफा” कैलाली
३०//
नेपाल
पृथक् पहिचान
झन्डा सगरमाथाको देश !
✍️
घनश्याम पौडेल
गौरीगंगा, कैलाली
३१//
फर्फरायो
राष्ट्रिय झण्डा
सगरमाथाको उच्च शीरमा !
✍️
देवेन्द्रराज शाक्य बुटवल रुपन्देही लुम्बिनी प्रदेश।
३२//
सगरमाथा
नेपालीको शिर
राष्ट्रको अभिन्न अङ्ग !
✍️
सोमनाथ लुइटेल “रवि पाल्पाली” पाल्पा तानसेन ।
३३//
झन्डा
राष्ट्रको ताज
रमाऔंँ आफ्नै पनमा!
✍️
कमला देवकोटा, पाल्पा
३४//
हिमाल
उर्जा जिन्दगीको
उच्च शिर नेपालकाे !
✍️
सुधा बाँस्कोटा ढकाल
३५//
सगरमाथा
विश्वमा बहादुर
वीर नेपालीको गाथा !
✍️
पशपती राई खोटाङ
३६//
सगरमाथा
नेपालीको गौरव
स्वाधीनताको अमूल्य प्रतीक !
✍️
श्रीकृष्ण शर्मा पोखरा
३७//
हिमाल
नेपालको गौरव
चन्द्र सुर्य अङ्कित !
✍️
धर्मी शाक्य,बुटवल रुपन्देही
३८//
सगरमाथा
शिरकाे टाेपी
नेपालीको साझा पहिचान !
✍️
रामराजा के.सी.
फर्पिङ , काठमाडौं
३९//
विश्व
नियालेर हेर्छ
सगरमाथा उच्च हिमाल
✍️
तोयनाथ सुवेदी
४०//
सगरमाथा
राष्ट्रकाे गाैरब
नेपालको सर्वोच्च शिखर !
✍️
नारायण प्रसाद उपाध्याय , कैलाली ।
४१//
राष्ट्रिय
झन्डा फर्फरायो
सगरमाथा नेपालीको शिरमा।
✍️
अन्जिता राउत
नेचा सल्यान -५ सोलुखुम्बु
४२//
हिमाल
हाम्रो शिर
बिश्वमा चिनाउने तिर !
✍️
सुमित्रा पोखरेल काठमाडौं
४३//
झन्डा
शिरमा बोकेर
हाँस्दै छ सगरमाथा !
✍️
रमेश प्रभात , चितवन
४४//
नेपाल
सगरमाथाको देश
स्वाधीनताको प्रतीक राष्ट्रियझण्डा !
बुद्धिप्रसाद लामिछाने कैलाली
४५//
सगरमाथा
विश्वको श्रीपेच
नेपालको झण्डा फर्फर !
✍️
उर्मिला पन्त पाण्डेय
ज्ञानेश्वर , काडमाण्डौँ
४६//
विश्वकाे
शिर नेपाल
सगरमाथा हाम्राे सान !
✍️
प्रद्युम्न चालिसे
४७//
नेपाल
झन्डा सगरमाथा
विश्व चिनाउने कथा!
✍️
जमुना कायस्थ
४८//
खुलेको
सगरमाथाको शिरमा
राष्ट्रिय झन्डा झुलेको !
✍️
बिके माकजु ,भक्तपुर ।
४९//
सगरमाथा
विश्वको सान
नेपाली मौलिक पहिचान !
✍️
अविराज व्यञ्जन,नवलपुर
५०//
सगरमाथा
गौरव सान
चन्द्र सूर्य रहदासम्म !
✍️
अशोक थापा
धनगढी , कैलाली
५१//
लोभलाग्दो
हाम्रो सगरमाथा
संसारकै अमुल्य उपहार !
✍️
बिक्रम तिरुवा सलिन
जुम्ला
५२//
सगरमाथा
नेपालको गहना
फहराउदै नेपालको झन्डा !
✍️
खेमराज पुरी कैलाली हाल मुम्बई
५३//
सगरमाथा
नेपालीको सान
नेपाली झन्डा फहराउँदै!
✍️
चक्र शाही ,कैलाली
५४//
सगरमाथा
हाम्रो शिर
हामी नेपालीको शान !
✍️
दुर्गा भट्टराई
मोरङ
५५//
सगरमाथा
फहराउँदो ध्वजा
शिरमा नेपालकाे झण्डा !
✍️
श्रद्धा आचार्य , पोखरा
५६//
हिमशिखर
हाम्रो शान
ध्वजा सर्वाेच्च पहिचान!
✍️
टीकाराम जाेशी, टीकापुर
५७//
सगरमाथा
नेपालको गौरव
शिखरमा नेपालको शान !
✍️
धनमाया चौधरी कैलाली
५८//
सगरमाथा
नेपाली सान
विश्व गिनीज मान !
✍️
सुरेशचन्द्र घिमिरे
५९//
सगरमाथा
शिर ताज
पहिचान नेपाली मान !
✍️
शारदा आचार्य
६०//
सर्वोच्च
शिखर सगरमाथा
नेपालको गौरवशाली गाथा!
✍️
राम बहादुर चौधरी, गोरखा
६१//
सगरमाथा
फरफर झन्डा
नेपाली माटोको माया !
✍️
भवानी घिमिरे, सर्लाही
६२//
झन्डा
राष्ट्रकाे चिनारी
सर्वाेच्च शिखर विशाल !
✍️
इन्दिरा ज्ञवाली
तानसेन,पाल्पा
६३//
सगरमाथा
नेपालको शान
प्राकृतीक शौन्दर्यको गाथा !
✍️
चेतराज जैशी ( हाल UAE)
६४//
पहिचान
शिरमा टोपी
बेग्लै हाम्रो शान !
✍️
रवि खडका रोदन, कैलाली
६५//
झन्डा
शिखरमा फरफराउँदा
नेपालीको उच्चस्तरीय शान !
✍️
सरस्वती श्रेष्ठ, इटहरी
६६//
झन्डा
हाम्रो सान
बस्छ उच्च आशन !
✍️
समुन्द्रा शर्मा
सुनसरी
६७//
सगरमाथा
सर्वोच्च शिखर
पहिचान हामी नेपालीको !
✍️
शिव ज्ञवाली,गुल्मी
६८//
सगरमाथा
नेपालको गाथा
संसारकै सर्वोच्च शिखर !
✍️
अगस्टीन राई
पूर्व सिक्किम, भारत
६९//
सगरमाथा
नेपालको पहिचान
झन्डा हाम्रो सान!
✍️
डम्बर पहाडी#एलाक’
७०//
सगरमाथा
विश्वको सान
नेपालीलाई चिनाउने पहिचान !
✍️
प्रतिमा पोख्रेल
भोजपुर
७१//
सम्मान
मात्र सगरमाथा
हामी नेपालीको सान !
✍️
विष्णुदीप सङ्कल्प
७२//
उचाइ
राष्ट्रिय झन्डा
सर्वोच्च शिखर सगरमाथा !
✍️
लक्ष्मी उपाध्याय, धादिङ
७३//
ध्वजा
उच्च हिमाल
नेपाली माटोमा गौरव !
✍️
कविता आचार्य, कैलाली
७४//
हिमाल
हाम्रो पहिचान
झण्डा हाम्रो सान !
✍️
रघु थापा सु न पा १.
७५//
सगरमाथा
राष्ट्रिय झन्डा
विश्व भरी चर्चित !
✍️
भजुराम के. सि.
७६//
रातो
त्रिकोण झन्डा
आहा! फहरायो हिमालमा !
✍️
शाही सुरेन्द्र
७७//
सगरमाथा
नेपालीको सान
विश्वकै हाम्रो पहिचान !
✍️
रिता खराल,रुपन्देही
७८//
सगरमाथा
विश्वकै गाथा
गौरवशाली हामी नेपाली !
✍️
वासुदेव ज्ञवाली,
पाल्पा,तानसेन – १
७९//
सगरमाथा
नेपालको शान
राख्दछ बिश्वमा पहिचान !
✍️
पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
पनौती-३,काभ्रे
८०//
सान
हामी नेपालीहरुको
पहिचान सगरमाथा शिर !
✍️
सुशिला पौडेल
जय उदक ! जय साहित्य !!

१
सगरमाथा
हिउँको पर्वत
गाउ देशको गाथा !
२
नेपाल
सुन्दर देश
प्रकृति आफ्नै विशाल !
३
तराई
समथर मैदान
नसोच्ने कसैले पराई !
४
गीत
मनको वह
आनन्द उमङ्ग प्रीत !
५
ज्ञान
भावको सागर
अन्तर मनको शान !