काठमाडौं । वैदेशिक रोजगारीमा जाने नेपालीको मृत्युको संख्या पछिल्ला वर्षमा बढ्दो छ । अझ बढ्दो छ, हार्ट अट्याक (हृदयघात), कार्डियक अरेस्ट र सुसाइड (आत्महत्या) बाट मृत्यु हुनेको संख्या । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो ६ महिनामा वैदेशिक रोजगारीका क्रममा विदेशी भूमिमा ७४० जना नेपालीको मृत्यु भइसकेको छ । तीमध्ये ६४५ जनाको मृत्यु कारण खुलिसकेको छ ।
वैदेशिक रोजगार बोर्डको सचिवालयको तथ्याङ्क अनुसार, २०८१ साउन १ गतेदेखि पुस मसान्तसम्मको अवधिमा हृदयघात, कार्डियक अरेस्ट र आत्महत्याका कारण ज्यान गुमाउनेको नेपालीको संख्या १४६ छ । उक्त अवधिमा हृदयघातका कारण ५३, कार्डियक अरेस्टका कारण २७ र आत्महत्याका कारण ६६ जना नेपालीको मृत्यु भएको छ । यो भनेको कारण खुलेका कुल मृत्युको २२.६३ प्रतिशतभन्दा बढी हो ।
चालु आर्थिक वर्षको पहिलो ६ महिनामा कारण खुलेका मृत्युमध्ये ८.२१ प्रतिशतको हृदयघात, ४.१८ प्रतिशतको कार्डियक अरेस्ट र १०.२३ प्रतिशतको आत्महत्याका कारण मृत्यु भएको देखिन्छ ।
वैदेशिक रोजगारीमा जाने अधिकांश युवा उमेरका छन् । उमेरका हिसाबले उनीहरूको मृत्यु नहुनुपर्ने हो । तर, जुन तथ्याङ्क बाहिर आइरहेको छ त्यो पत्यारिलो छैन ।
“एउटा कारण नेपालमाभन्दा धेरै बढी तापक्रममा (तातो) काम गर्नुपर्दा उनीहरूको शरीर त्यसअनुकुल हुन नसक्दा हृदयघात र कार्डिक अरेस्टको समस्या आएको हुनसक्छ । तर यो पनि त्यति ठूलो संख्यामा नहुनपर्ने हो, ।
‘नेपाल लेवर माइग्रेसन रिपोर्ट, २०२२’ वैदेशिक रोजगारीमा गएका नेपालीको मृत्युलाई अझ डरलाग्दो गरी चित्रण गरेको छ । प्रतिवेदनमा वैदेशिक रोजगारीका क्रममा १४ वर्षमा अर्थात् आर्थिक वर्ष २०६५/७६ देखि २०७८/७९ सम्म भएका मृत्यु र तिनको कारण खोजिएको छ ।
प्रतिवेदन अनुसार, २०७५ साउन १ गतेदेखि २०७९ असार मसान्तसम्मको १४ वर्षको अवधिमा वैदेशिक रोजगारीमा गएका १० हजार ६६६ जनाको मृत्यु भएको थियो । तीमध्ये ३ हजार ३९४ (३१.८२ प्रतिशत) जनाको मृत्युको कारण थियो, हृदयघात, कार्डियक अरेस्ट र आत्महत्या ।
उक्त १४ वर्षमा कार्डियक अरेस्टका कारण १ हजार ४७४ जना (१३.८१ प्रतिशत), हृदयघातका कारण ७३३ जना (६.८७ प्रतिशत) र आत्महत्याका कारण १ हजार १८७ जना (११.१२ प्रतिशत)को मृत्यु भएको प्रतिवेदनमा उल्लेख छ ।
आर्थिक वर्ष २०७६/७७ देखि २०७८/७९ सम्मको तीन वर्षको अवधिमा मलेसियामा आत्महत्याका कारण ८०, हृदयघातका कारण १४ र कार्डियक अरेस्टका कारण २२ जनाको मृत्यु भएको थियो ।
यस्तै, त्यही तीन वर्षमा साउदी अरबमा आत्महत्याका कारण ७८, हृदयघातका कारण २३ र कार्डियक अरेस्टका कारण २८ जना नेपालीले ज्यान गुमाएका थिए । कतारमा उक्त समयमा आत्महत्याका कारण ५५, हृदयघातका कारण ३५ र कार्डियक अरेस्टका कारण ३३ जना नेपालीको मृत्यु भएको थियो ।
उक्त अवधिमा युनाइटेडर अरब इमिरेट्स (यूएई)मा आत्महत्याका कारण ५८, हृदयघातका कारण २६ र कार्डियक अरेस्टका कारण ५० जना नेपालीले ज्यान गुमाएका थिए ।
नेपालबाट स्वस्थ्य गएको व्यक्ति विदेशमा गएको केही दिनमै आत्महत्या, कार्डियाक अरेस्ट र हृदयघातबाट मृत्यु हुनुलाई सामान्य रुपमा लिन नहुने धारणा वैदेशिक रोजगार विज्ञहरुको छ ।
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन क्षेत्रमा मोरङका सञ्जय ओझामाथि अभद्र व्यवहार गर्ने प्रहरीमाथि छानबिन सुरु भएको छ । बुधबार विमानस्थलबाट उपत्यका प्रहरी कार्यालय रानीपोखरी तानेर उनीहरुमाथि छानबिन थालिएको हो ।
उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एसएसपी शेखर खनालले विमानस्थलमा युवामाथि अभद्र व्यवहार गर्ने प्रहरी कर्मचारीलाई रानीपोखरी तानेर घटनाबारे छानबिन थालिएको भन्दै विज्ञप्ति नै जारी गरेका थिए ।
प्रहरी कर्मचारीले सञ्जय ओझामाथि अभद्र व्यवहार गर्दैै छलारपछार गरेको भिडिओ भाइरल भएपछि उपत्यका प्रहरीले भिडिओमा देखिएका तीनजना प्रहरी कर्मचारीलाई रानीपोखरी तानेको हो ।
एसएसपी खनालले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘‘२०८१ चैत ३१ मा स्वदेश फर्किरहेका एक युवामाथि त्रिभुवन विमानस्थल सुरक्षा कार्यलय गौचर काठमाडौंबाट खटिएको प्रहरी कर्मचारीले दुव्र्यवहार गरेको भन्ने भिडिओ विभिन्न सञ्चार माध्यमहरुमा प्रकाशन भएको सम्बन्धमा गम्भीर ध्यानाकर्षण भएको र छानविनकालागि३ जनाप्रहरी कर्मचारी विमानस्थलबाट तानेर रानीपोखरी झिकाइएको छ ।’’
त्यसरी प्रहरीबाट नै दुर्व्यवहारमा परेका युवा मोरङका सञ्जय ओझा दुवईबाट केही दिनको लागिमात्रै बिदामा नेपाल आएको खुलेको छ । ट्रली राखेको विषयमा भएको सामान्य विवादपछि आफूमाथि दुर्व्यवहार भएको सञ्जयले बताएका छन् ।
भएको के हो ?
करिब २ मिनेटको भिडिओ हेर्दा विमानस्थलमा खटिएका प्रहरीले सञ्जयमाथि दुर्व्यवहार गरेको देखिन्छ । तीनजना प्रहरी कर्मचारीमध्ये एकजना ट्राफिक प्रहरी देखिन्छन् । प्रहरी हवल्दारसहितका तीन प्रहरीले उनलाई तानेर नै बाहिरबाट भित्र लगेको देखिन्छ, त्यो पनि लछारपछार गर्दै ।
त्यसमध्ये एकजना प्रहरीले लात्ताले समेत हानेको भिडिओमा देखिन्छ । त्यही भिडिओको आधारमा विमानस्थलमा खटिएका प्रहरी कर्मचारीमाथि सामाजिक सञ्जालमा चर्को विरोधसमेत भइरहेको छ । सोही आलोचनापछि सञ्जयमाथि दुर्व्यवहार गर्ने प्रहरीलाई रानीपोखरी प्रहरीले बुधबार तानेको हो । सञ्जय हिमालय एयरलाइन्समार्फत चैत ३१ मा दुवईबाट नेपाल फर्किएका थिए ।
सञ्जय र उनकी श्रीमती दुवैजना आफन्तको विहेका लागि नेपाल आएका थिए । तर, विमानस्थलमा भने सञ्जयमाथि दुर्व्यवहार भएको हो । सञ्जयकी श्रीमतीले भने अब घटना साम्य भएका कारण कुरा गर्न नमिल्ने प्रतिक्रिया दिइन् ।
उनले भनिन्, “मेरो भाइको विहेका लागि हामी दुवैजना सँगै आएका हौँ । हामीले जे भयो भयो भनेर छोडेका थियौँ । तर, पछि भिडिओ भाइरल भएछ । अब यो बारे कुरा नगरौँ ।’’
तर, विमानस्थल हवाई यात्रु यातायात सेवा व्यवस्थापन प्रालिले भने सञ्जयमाथि नै कारबाही हुनुपर्ने माग राख्दै विज्ञप्ति जारी गरेको छ ।
सेवा प्रालिका सचिव उमाशंकर धितालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘‘सञ्जय ओझाले ११ः३० मा विमानस्थलको आगमन पार्किङ एरियाका प्रि–पेड ट्याक्सी सेवाका कर्मचारी तथा सुरक्षाकर्मीमाथि गालीगलौज तथा प्रहरीमाथि जुत्ता प्रहार गर्ने प्रयासको घोर भर्त्सना गर्दै सरकारसँग ओझाविरुद्ध कानुनअनुसारको कारवाही माग गछौँ ।’’
विमानस्थल सुरक्षा प्रमुख एसएसपी सोमेन्द्र सिंह राठौरले पनि सञ्जयले भन्सारका कर्मचारीमाथिसमेत अभद्र व्यवहार गरेको खुलेको बताए । उनले भने,‘‘प्रहरीको भूमिका के थियो भन्ने बारे रानीपोखरीले छानबिन गर्दैछ । तर, सञ्जय पनि एग्रेसिभ हुँदा घटना भएको जस्तो देखिन्छ ।’’
राष्ट्रिय तथ्यांक कार्यालयले मंगलबार सार्वजनिक गरेको राष्ट्रिय जनगणना–२०७८ को आप्रवासनसम्बन्धी विश्लेषणात्मक प्रतिवेदनले २० वर्षमा नेपालबाट बाहिरिनेको संख्या दोब्बरले बढेको देखाएको हो।
२०५८ सालको जनगणनाअनुसार, कूल जनसंख्याको ३ दशमलव ३ प्रतिशत नेपालबाट बाहिरिने गरेकामा २०७८ मा आइपुग्दा यो संख्या बढेर ७ दशमलव ५ प्रतिशत पुगेको छ।
प्रतिवेदन अनुसार, देशबाट बाहिरिने जनसंख्यामा पुरुषको हिस्सा निकै ठूलो छ।
बाहिरिनेमध्ये ८२ दशमलव २ प्रतिशत पुरुष छन् भने महिला १७ दशमलव ८ प्रतिशत बाहिरिएका छन्।
देश छाड्नेमध्ये पनि २० देखि २९ वर्ष उमेर समूहको हिस्सा झण्डा आधा छ। ४९ दशमलव ४० प्रतिशतभन्दा केही बढी जनसंख्या यस उमेर समूहबाट बाहिरिएको छ।
नेपालबाट बाहिरिनेमध्ये ३० देखि ३९ वर्ष उमेर समूह १९ दशमलव ५ प्रतिशत छ।
देशबाहिर रहेको जनसंख्याको तीन चौथाइभन्दा बढी अर्थात् ७५ दशमलव ८ प्रतिशत १५ देखि ३४ वर्ष उमेर समूहको छ।
देश छाड्नेको यही प्रवृत्ति रहेमा अबको ३० वर्ष अर्थात् विसं २१०८ सम्ममा देशमा युवा जनशक्तिको अभाव हुन सक्ने कार्यालयका प्रमुख तथ्यांक अधिकारी मधुसूदन बुर्लाकोटीले बताएका छन्। त्यतिन्जेल देशबाट बाहिरिने महिलाको संख्या पनि अधिक हुने उनको भनाइ छ।
कार्यक्रममा बुर्लाकोटीले भने, ‘काम गर्ने उमेर समूहको जनशक्ति उच्च रूपमा बाहिरिने दरलाई नियन्त्रण गराउन यो तथ्यांकले सहयोग गर्ने अपेक्षा छ। दुई दशकमा दोब्बर जनसंख्याले नेपाल छाडिसकेको छ। यो संख्या नियन्त्रण गर्न नसके आगामी दिनमा झन् बढ्नेछन्।’
उमेश कुशवाहा,वीरगंज पर्साको पर्सागढ़ी नगरपालिका बागेश्वरी चैनपुर तित्रौना शिद्धनाथ बाबा मन्दिरको प्राँगणमा ५ दिने २४ कुण्डीय गायत्री महायज्ञ एवम प्रज्ञम पुराण कथा शुरू भएको छ।
आज शिद्धनाथ बाबा मन्दिरको प्राँगणबाट बाजा-गाजाको साथमा निकालिएको शोभा जल, कलश यात्रा चैनपुर,बागेश्वरी तित्रौना गाउँको परिक्रमा गरी चैनपुरको तिलावे नदिबाट जल लिएर पुनः शिद्धनाथ बाबाको मन्दिरमा फर्किएको गोश्वामी मोबाइलका संचालन अशोक गिरीले हिमालयन दृस्टिलाई बताउनुभयो।
भारतको शान्ति कुंज हरिद्वारबाट आउनु भएको प्रबचन कर्ता मण्डली द्वारा बिहान र बेलुका प्रत्येक दिन विभिन्न किसिमको संस्कार गराउने जस्तो कथा,प्रबचन पुंसवन,मुंडन,नामकरण,अन्नप्रशन,बिधारम्भ यज्ञोंपवित,विवाह दिवश र बिभिन्न सांस्कृतिक गीत संगीत कथा प्रबचन गरिनेछ।
२४ कुण्डीय गायत्री महायज्ञ एवम प्रज्ञम पुराण कथा शिद्धबाबा मन्दिरको प्राँगणमा चैत्र १६ गते हवन गरी समापन हुनेछ।
चैत, ६ दाङ राप्ती साहित्य परिषद् दाङ शाखाले विगतका वर्षझैँ यस वर्ष पनि वार्षिक साधारण सभा तथा स्रष्टा सम्मान एवम पुरस्कृत तथा काव्य उत्सव गर्ने भएको छ । यस वर्ष पुरस्कार छनाैट समि तिले गरेकाे निर्णय अनुसार मनाेज वुढाथाेकिद्धारा स्थापित “यज्ञबहादुर बुढाथोकी स्मृति पुरस्कार”बाट कवि एवम् समालोचक डा. कृष्णराज डिसी, लालबहादुर अार.सी लगायत रावत परिवारद्धारा स्थापित “वेदवप्रसाद जयश्वरी रावत स्मृति पुरस्कार”बाट गायक प्रकाश रेग्मी र कृष्णप्रसाद अधिकारी (कृष्ण-गायत्री प्रतिष्ठान)द्धारा स्थापित “कृष्ण गायत्री प्रज्ञा पुरस्कार”बाट कवि एवम् समालोचक, अनुसन्धान कर्ता डा.कृष्णराज सर्वहारीलाई पुरस्कृत एवम् सम्मानित गरिने भएको छ । सो प्रतिभा छनोट समितिमा राप्ती साहित्य परिषद् दाङ शाखाका निवर्तमान अध्यक्ष एवम् सल्लाहकार दीपक शर्मा ‘समीर’ संयाेजक तथा सदस्यमा निवर्तमान उपाध्यक्ष शारदा शर्मा, वर्तमान उपाध्यक्ष सुरेशकुमार पाण्डेय र सदस्य सचिवमा परिषद् दाङ शाखाका अध्यक्ष यम रेग्मी रहनुभएको थियो ।
त्यसैगरी यस वर्ष परिषद् दाङ शाखाकाे भर्खरै सम्पन्न बैठकले तीनजना अग्रज स्रष्टाहरूलाई सम्मान गर्ने निर्णय गरेकाे छ । सम्मानित हुनेहरूमा साहित्यकार एवम समाजसेवी विनोद पाेख्रेल, साहित्यकार पद्मप्रसाद शर्मा र निवर्तमान अध्यक्ष तथा सल्लाहकार कवि दीपक शर्मा ‘समीर’ रहनुभएको छ । यही चैत १६ गते हाेटेल मालाइन घाेराही दाङमा “बहुभाषिक काव्य उत्सव”का बीच स्रष्टाहरूलाई सम्मान तथा पुरस्कृत गरिने छ भने चैत २३ गते हुने भनिएको सत्रौँ वार्षिक साधारण सभा तथा स्रष्टा सम्मान, पुरस्कृत तथा बहुभाषिक काव्य उत्सव विषेश कारणबस चैत १६ गते शनिबारका दिन सारिएको राप्ती साहित्य परिषद् दाङ शाखाका अध्यक्ष यम रेग्मीले बताउनुभएकाे छ ।
“पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- एकसयसअठारौंऔमा हामी पुगेका छौं। लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१ मिति:- २०८१/११/०८गते
आदरणीय पञ्चाङ्ग अनुरागी एवम् स्रष्टाज्युहरू हार्दिक नमस्कार पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको: ११८[एकसयअठारौंऔं] चित्रपटमा,यहाँहरुलाई हार्दिक स्वागत गर्दै यस शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग शनिबार बेलुका ९:०० बजे भित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!
अनुप्रास :- आफू खुसी स्थायी :- आफू खुसी अक्षर :- बराबरी
समायोजक
सोमनाथ लुइटेल “रवि पाल्पाली” तथा
पञ्चाङ्ग साहित्य समाज नेपाल
चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट] ~~~~~ पञ्चाङ्ग:०१ सँगसँगै हाँसौँला हामी। दुःख पीडा मासौँला हामी। जिन्दगी राम्रो बनाउन, दुष्टलाई नासौँला हामी। प्रेमील मन् गासौँला हामी। -सुशीला पौडेल
पञ्चाङ्ग:०२ प्रणय दिवस मनाउँदैछन् कोही आफूलाई खुशी बनाउँदैछन् कोही चारैतिर यस्तै बहार कहाँ हुन्छ? यसैमा बिरोध जनाउँदैछन् कोही भित्रभित्र आफैं गनाउँदैछन् कोही। -घनश्याम पौडेल,पोखरा
पञ्चाङ्ग:०३ तिमी र म बीच भएको कुरा कसैलाई थाहा नहाेस् ठुलालाई मात्रै हैन साना भुरा कसैलाई थाहा नहाेस् बाबाको आँखा छली मैले दिएको सुनको सिक्री अनि , तिमीले दिएको सुनको चुरा कसैलाई थाहा नहाेस् । केही केही थाहा पाए नि पूरा कसैलाई थाहा नहाेस् -भवानी घिमिरे सर्लाही ।
पञ्चाङ्ग:०४ एकै छाता मुनि ओत लाग्न मन लाग्छ तिमी सँगै हात जोडी भाग्न मन लाग्छ कुनै डर त्रास छैन तिमी भए पछि , तिमी सँग दुई रात माग्न मन लाग्छ त्यही रात तिमी सँग जाग्न मन लाग्छ ।। धनमाया चौधरी कैलाली
ॐ पञ्चाङ्ग:०५
ईश्वरकाे वरदान दुई फूल हामी सृष्टिलाई चलाउने दराे पुल हामी प्रिय जीवन सार्थक बनाउनु पर्छ महत्त्व बुझेर नगराैं है भुल हामी बनाैन धरामा सहयात्री झुल हामी । -प्रद्युम्न चालिसे भक्तपुर कटुञ्जे ।
पञ्चाङ्ग:०६ मायाले अटाएको छ संसार यो लाग्दछ या लाग्दैन माया पार यो प्रेम बिना अन्धकार छ जीवन सक्दिनँ सहन प्रेममा हार यो आओस् है भेट्ने समय बाम्बार यो -शोभा आचार्य गौतम काठमाडौँ पञ्चाङ्ग-०७ अलि नजिक आउ न प्रिय प्रेमको डोरी बाटौं हामी दुइटा मुटु एउटै बनाई सयौ जुनी काटौं हामी नमुना बनोस् हाम्रो यो प्रेम कहानी युगयुगसम्म नमरोस् हाम्रो साँचो प्रेम काललाई पनि ढाटौं हामी जस्तो सुकै विघ्न वाधा आओस् दुवै मिलि आँटौं हामी। -पशपती राई खोटाङ ।
रोल्पा : रोल्पाको दक्षिणी त्रिवेणी गाउँपालिका-६ थुम्कामा श्रीमानले आफ्नै श्रीमतीको हत्या गरेका छन् । खुकुरीले घाँटीमा प्रहार गरि मंगलबार बिहान घरमै हत्या गरेको प्रहरीले जनाएको छ । गाउँपालिकाको केन्द्र जुगार पश्चिमी थुम्का गाउँकी ३२ वर्षीय अस्मिता बुढामगरको हत्या भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।
उनका श्रीमान ४० वर्षीय खिमबहादुर बुढामगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आफ्नै श्रीमतीलाई खुकुरी प्रहार गरि सख्त घाइते बनाएको भनी प्रहरी चौकी जुगारमा खबर पुगेपछि प्रहरी घटनास्थल पुगेको थियो ।
प्रहरी चौकीका प्रहरी नायव निरीक्षक दिवश हिताङको नेतृत्वमा चारजनाको प्रहरी टोली घटनास्थल पुग्दा असिम्ता मृत फेला परेकी थिइन्।
इलाका प्रहरी चौकी होलेरीका प्रहरी निरीक्षक सरोज प्रजापति नेतृत्वको थप प्रहरी समेत घटनास्थल पुगेको थियो । हत्या आरोपमा खिमबहादुरलाई खुकुरीसहित नियन्त्रणमा लिइएको जनाइएको छ । प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
गाउँलेका अनुसार बुढामगरले श्रीमतीलाई बेलाबेलामा कुटपिट गर्दथे । के कति कारणले हत्या भएको भन्ने अझै खुलेको छैन ।
सरिशा अछामी काठमाडौं, फागुन १ । काठमाडौं- १ (नाम परिवर्तन) सामाजिक सञ्जालमा आफ्ना गोप्य तस्बिर पठाएर पैसा मागिररहेको गुनासो लिएर साइबर ब्युरो आएकी थिइन्।
उनलाई फेसबुकमा आफ्ना गोप्य तस्बिरहरू पठाउँदै पैसा मागेपछि काठमाडौं-१ ब्युरो पुगिन्। आफूले मागेजति पैसा नदिएमा भिडिओ/ फोटो सार्वजनिक गर्ने धम्की दिएपछि उनी प्रहरीको आइपुगेको साइबर ब्युरोकी प्रहरी वरिष्ठ नायब निरीक्षक सावित्री कार्कीले जानकारी दिइन्।
उनका अनुसार काठमाडौं १ ले ब्युरोमा उजुरी दिएपछि प्रहरीले यस घटनामा अनुसन्धान थाल्यो। अनुसन्धानको क्रममा उनलाई फेक एकाउन्टबाट पैसा माग्ने उनकै प्रेमी भएको तथ्य फेला पर्यो।
‘उनीहरू लिभिङमा बस्दै आएका रहेछन्, प्रेमिका जागिरेसँगै आर्थिक पक्ष बलियो भएकाले प्रेमीले नक्कली एकाउन्ट बनाएर धम्की दिँदै पैसा लिने गरेको प्रहरी अनुसन्धानमा खुल्यो,’ कार्कीले भनिन्, ‘प्रेमीले भने जागिरहरू केही नगर्ने उनकै कमाइमा रमाइरहेको रहेछ।’
एकअर्काको प्रेम-प्रेमिका भएरै विश्वास गर्दा पनि काठमाडौं-१ ले मानसिक तनाव झेल्नुपर्यो। पछि प्रेमीलाई प्रहरीले नियन्त्रणमा लिएर कानुनी कारबाही गर्यो। त्यसपछि उनीहरू छुट्टिए कि के भयो भन्नेकुरा प्रहरीलाई थाहा भएन।
काठमाडौं-२ (नाम परिवर्तन) बालकको नामबाट स्कुलको ग्रुपमा आफ्नै आमाकी गोप्य तस्बिरहरू छताछुल्ल भयो। त्यो कुरा बालकले पनि शिक्षकहरूले भनेपछि थाहा पाए।
शिक्षकहरूले त्यस्तो प्रश्न गर्नसाथ आफ्नो कारण आमाको बेइज्जत भएको भन्दै ती बालक स्कूल छोडेर भागे। घर पनि गएनन्। साँझसम्म घर नगएपछि काठमाडौं-२ की आमा छोरालाई खोज्दै स्कुल पुगिन्।
‘छोराको नामबाट स्कुलमा आफ्ना गोप्य तस्बिर छताछुल्ल भएको थाहा पाएर छोरा स्कुल छोडेर हिँडेको जानकारी पाएपछि ब्युरोमा रूँदै आइपुगेकी थिइन्,’ कार्की भन्छिन्- ‘अनुसन्धानको क्रममा ती तस्बिर छोराले नभई उनकै श्रीमानले पठाएको पायौं।’
उनका अनुसार श्रीमतीबाट छुटकारा पाउन त्यस्तो हर्कत गरेको प्रहरी अनुसन्धानमा खुल्यो।
काठमाडौं- ३ (नाम परिवर्तन) काठमाडौंको एक क्याफेमा चिया खान पसेकी थिइन्। त्यही बेला मोबाइल चार्ज गर्न रेष्टुरेन्टका कर्मचारीलाई फोन दिइन्।
चिया खाएर निस्किनेबित्तिकै उनको फेसबुक ह्याक भएको भन्दै ब्युरो आइपुगेकी थिइन्। उक्त घटनामा प्रहरीले अनुसन्धान गरिरहेको उनले बताइन्।
त्यस्तै, एक युवती आफ्नो आइडी पासपोर्ट कतै सेयर नगरिकिन आफ्नो गोप्य फोटोहरू अन्जान व्यक्तिले पठाएर धम्की दिएको भन्दै साइबर व्युरोमा आइपुगेकी थिइन्।
‘अनुसन्धानको क्रममा ती युवतीको फेसबुक ह्याक गरेर पूर्वप्रेमीसँगको च्याटबाट तस्बिरहरू निकालेर ह्याकरले धम्की दिएको देखियो,’ उनले भनिन्, ‘यस्ता केस दिनहुँ आइरहेका हुन्छन्। त्यसैले यसबारे अब हामी सजग हुनुपर्छ।’
उनले यी केसहरू बिहीबार भ्वाइस अफ चिल्ड्रेन र आइवर्ट नेपालले संयुक्त रूपमा गरेको ‘अनलाइन दुर्व्यवहारबाट प्रभावित बालबालिका र महिलाको अवस्था तथा सुरक्षित इन्टरनेटका लागि संचारकर्मीको भूमिका’ भन्ने कार्यक्रममा भनेकी हुन्।
उनले डिजिटल प्रयोग बढेसँगै महिला र बालबालिकामाथि हुने अपराधका घटनाहरू पनि बढेको बताइन्।
यसमा प्रहरीले अपराधिक क्रियाकलाप गर्ने व्यक्तिलाई कारबाही गरेसँगै प्रयोगकर्ताहरू पनि सचेत हुनुपर्ने उनको भनाइ छ।
उनका अनुसार सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले बेलाबेलामा पासवर्डहरू फेरिरहनुपर्छ। साथै आफू कहाँ जाँदैछु, के गर्दैछु भनेर लाइभ लोकेसन सेयर गर्न हुँदैन।
‘हरेक कुरा सामाजिक सञ्जालमा सेयर गरिरहँदा अर्को व्यक्तिले त्यसको फाइदा उठाउने गरेको देखियो,’ कार्कीले भनिन्, ‘व्यक्तिगत विवरण श्रीमान-श्रीमतीमा पनि कमै सेयर गरेको राम्रो हुन्छ।’
श्रीमान-श्रीमती हुँदा होस् वा प्रेमी-प्रेमिका हुँदा सम्बन्ध बिग्रिएपछि एकअर्काको व्यक्तिगत विवरण तथा गोप्य तस्बिरहरू बाहिर ल्याइदिने गरेका घटना प्रशस्त छन्। त्यसैले यसबारे प्रयोगकर्ता नै सजक हुनुपर्ने उनले जानकारी दिइन्।
एकपल्ट खिचेका तस्बिर तथा सामाजिक सञ्जालमा राखेका फोटोहरू गुगलबाट कहिले पनि हट्दैन। सामाजिक सञ्जालको सञ्चालक टिमसँग एकपल्ट मोबाइलमा भएको सबैकुरा सधैं रहिरहने उनको भनाइ छ।
उक्त कार्यकम्रमा बोल्दै राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले पनि सामाजिक सञ्जालको प्रयोगसँगै दुरूपयोगले घटनाहरू बढ्दै गइरहेको जानकारी दिइन्।
सामाजिक सञ्जालमा हुने घटनाहरू पहिला काठमाडौंको साइबर ब्युरोमा मात्र दर्ता हुन्थ्यो। त्यसकारण टाढा-टाढाका मानिसहरूले गुनासो गर्न थालेपछि ब्युरो र प्रहरी प्रधान कार्यालयलाई आयोगले पटकपटक पत्राचार गर्यो। त्यसपछि ७७ जिल्लाबाट उजुरी दिने व्यवस्था भएको अध्यक्ष पराजुली बताउँछिन्।
‘हामीले डिजिटल अपराधका घटनामा कुनै पनि कारबाही अगाडि नबढाए पनि महिलाहरू कहाँ जाने के गर्ने टुङ्गो लगाउन नसकेर आउनुहुन्छ, उहाँहरूको समस्या अनुसार हामी सल्लाह दिन्छौं,’ अध्यक्ष पराजुलीले भनिन्, ‘त्यसैले सामाजिक सञ्जाल नियन्त्रणका लागि पनि अहिले चर्चामा रहेको सामाजिक सञ्जाल विधेयक सही छ भन्ने लाग्छ।’
उनी सामाजिक सञ्जालमा महिला, बालबालिकामात्र नभई पुरूषहरू पनि पीडित बन्दै गएका छन्। त्यही कारण यसलाई नियन्त्रण गर्नुपर्ने उनको भनाइ छ।
पत्रकार महासंघको अध्यक्ष निर्मला शर्माले पनि बौद्धिक वर्ग मानिने महिला पत्रकारहरूसमेत डिजिटल अपराधबाट पीडित भएको गुनासो दिनहुँ बढ्दै गइरहेको छ। पत्रकार महिलामाथि हुने हिंसामा पछिल्लो समय डिजिटल हिंसाले ठूलो क्षेत्र ओगटेको उनी बताउँछिन्।
‘पत्रकारबाटै ह्यारेसमेन्ट भएर रूँदै सुनाउन आउनुहुन्छ,’ अध्यक्ष शर्माले भनिन्, ‘यहाँ कुनै पनि महिला सुरक्षित छैनन्।’
भ्वाइस अफ चिल्डेनका अध्यक्ष कार्यकारी निर्देशक कुष्णकुमार थापाका अनुसार महिला र बालिकामात्र नभई बालकहरू पनि अनलाइन दुर्व्यवहारबाट प्रभावित भएको दाबी गर्छन्।
पछिल्लो समय केटालाई केटी बनेर र केटीलाई केटा बनेर अनलाइनमा यौन दुर्व्यवहार भइरहेको छ। केहीदिन अघिमात्र डेटिङ एप टेन्डरमा एक युवकलाई युवती बनेर ५ लाख रूपैयाँ लिएको गुनासो आइरहेको थियो। डेटिङ एपमा चिनजान भई पटक/पटक पैसा मागेपछि ठगिएको महसुस गरेर उनी प्रहरीको गएको हामीलाई जानकारी आएको थियो।
‘उक्त पैसा माग्ने केटी नभएर केटा नै भएको प्रहरी अनुसन्धानमा खुलेको थियो,’ कार्यकारी निर्देशक थापा भन्छन्, ‘हामीले केएनएच जर्मनीसँग मिलेर २०२३ मा गरेको अनुसन्धानमा ३८ प्रतिशत बालिका र ३२ प्रतिशत बालकहरू यौन दुर्व्यवहारमा परेका छन्।’
उनका अनुसार बालकहरूलाई यौनजन्य सन्देशहरू पठाउने, अश्लिल फोटो, भिडिओ पठाउने गरेको पाइएको छ।
काठमाडौँ, माघ २६ गते शनिवार वसन्त अनुभव नमस्ते आधुनिक लघुकथा मञ्चद्वारा प्रकाशित लघुकथासङ्ग्रहहरू ‘बुन्छ्त’ र ‘नमस्ते’को परिचर्चा कार्यक्रम शनिवार सम्पन्न भएको छ । मञ्चकै आयोजनामा जुम प्रविधिबाट भएको उक्त कार्यक्रम अपरान्ह ७ बजेदेखि अढाई घन्टासम्म चलेको थियोे ।
‘बुन्छ्त’ लघुकथासङ्ग्रह लघुकथाकार म्यामराज राईको दोस्रो लघुकथा कृति हो । यसभन्दा पहिले उहाँको ‘हाम्रो बाटो’ लघुकथासङ्ग्रह प्रकाशित भइसकेको छ । त्यस्तै ‘नमस्ते’ लघुकथासङ्ग्रह, लघुकथाकार भूमिका गैरे तिमिल्सिनाको पहिलो लघुकथा कृति हो । यद्यपि उहाँको ‘निवुवा’ नामक दोस्रो लघुकथा कृति पनि बजारमा आइसकेको छ ।
परिचर्चा कार्यक्रमका प्रमुख अतिथि एवम् वरिष्ठ समालोचक डा.विदुर चालिसेले नआलमद्वारा वि.सं. २०८१ मा प्रकाशित सम्पूर्ण लघुकथासङ्ग्रहहरूमा शैली वैज्ञानिक सूत्रको प्रयोग भएको उल्लेख गर्नुभयो । साथै गुरुकुल पद्धतिमा रहेका उक्त २२ वटा कृतिले विभिन्न जाति, वर्ग, स्थान आदिको प्रतिनिधित्व गरेको बताउनुभयो । उक्त पुस्तकहरूको सम्पादकको समेत भूमिका निभाउनुभएका डा.चालिसेले प्रकाशनका क्रममा भोगेका सास्तीहरू उल्लेख गर्दै सकेसम्म त्रुटिरहित बनाउन हरप्रयास गरिएको बताउनुभयो ।
पुस्तक परिचर्चाकारको रूपमा उपस्थित हुनुभएका समालोचक डा.शंकरप्रसाद गैरेले कार्यक्रमको पहिलो चरणमा लघुकथाकार म्यामराज राइको लघुकथा कृति ‘बुन्छत’को परिचर्चा गर्दै ‘वान्तवा’ भाषामा राखिएको शिर्षक ‘बुन्छत’ले पाठकमा कौतुहलता, जिज्ञासा पैदा गर्ने गरेको उल्लेख गर्नुभयो । साथै उहाँले ‘बुन्छ्त’मा पूर्णप्रसाद ब्राह्मणको झिल्का लघुकथासङ्ग्रहभित्रको ‘खलल’ लघुकथालाई बीज विन्दु मानेर लेखिएका ५४ वटा लघुकथाहरू रहेकोे उल्लेख गर्नुभयो । ‘बुन्छत’ शिर्ष लघुकथा मिथकिय पृष्ठभुमिमा भए पनि सम्पूर्ण लघुकथाहरू सामाजिक, समसामयिक पृष्ठभुमिमा लेखिएका छन् । साथै नेपाली र जापानी परिवेशलाई पृष्ठभुमि बनाएर लघुकथाहरू लेखिएका बताउनु हुँदै राईका लघुकथामा विकृति, विसङ्गतिप्रति व्यङ्ग्य, मानवले पालना गर्नुपर्ने अनुशासन लगायत प्रेम, मानवीय समवेदना रहेको उल्लेख गर्नुभयो । साथै उहाँले समाजमा देखिरहेका, भोगिरहेका घटना, विषयवस्तुलाई कलात्मक शिल्प शैलीमा प्रस्तुति गर्ने क्षमता लघुकथाकार राईमा रहेको बताउनुभयो ।
कार्यक्रमको दोस्रो चरणमा लघुकथाकार भूमिका गैरे तिमिल्सिनाको लघुकथा कृति ‘नमस्ते’ बारे परिचर्चाकार एवम् समालोचक डा.शंकरप्रसाद गैरेले लघुकथाकार तिमिल्सिनाको लघुकथासङ्ग्रह ‘नमस्ते’ पूर्णप्रसाद ब्राह्मणको झिल्का लघुकथासङ्ग्रहभित्रको ‘सराप’ लघुकथालाई बीज विन्दु मानेर लेखिएको र जसमा ३७ वटा फरकफरक विषयका लघुकथाहरू रहेकोे उल्लेख गर्नुभयो । साथै उहाँले तिमिल्सिनाको लघुकथाहरूमा समाजमा रहेका विकृति र विसङ्गतिमाथि व्यङ्ग्य, असल शिक्षकमा हुनुपर्ने गुणहरू लगायत शैक्षिक क्षेत्रमा रहेका विसङ्गतिहरूमाथि प्रहार देख्न पाइने बताउनुभयो ।
कार्यक्रममा कृतिकारको तर्फबाट बोल्नु हुँदै लघुकथाकारद्वय म्यामराज राई र भूमिका गैरे तिमिल्सिनाले परिचर्चा कार्यक्रम आयोजना गरिदिएकोमा संस्थाप्रति हार्दिक आभार प्रकट गर्दै परिचर्चाकारले दिनुभएको सुझावलाई स्वीकार गर्ने बताउनु हुँदै परिचर्चाकारप्रति धन्यवाद प्रकट गर्नुभयो ।
‘लघुकथा वन्दना’ प्रशारणसँगै शुरु भएको कार्यक्रममा वसन्त अनुभव, कमल पौडेल, डा.विदुर चालिसे, यमुना प्रधानाङ्ग, कृष्णजी शर्मा, डा.शंकरप्रसाद गैरे, अवधेश सिंह, मीठू कुमारी पाठक, मुक्ति गौतम, म्यामराज राई, भूमिका गैरे तिमिल्सिना, छायादत्त न्यौपाने, कुमार काफ्ले, ध्रुव राज थापा, ध्रुव नेपाल, राजन घले लगायत संस्थाका सल्लाहकारहरू, अभिभावकहरू, पदाधिकारीहरू, सञ्चारकर्मीहरू, लघुकथा सर्जक एवम् पाठकहरूको उपस्थिति रहेको थियोे ।
नमस्ते आधुनिक लघुकथा मञ्चका अध्यक्ष घनश्याम डल्लाकोटी ‘कृष्णजी शर्मा’को अध्यक्षतामा सञ्चालित उक्त कार्यक्रमको सहजीकरण कुशल कार्यक्रम सञ्चालक एवम् रेडियो सारथिका स्टेसन म्यानेजर कमल पौडेलले गर्नुभएको थियोे ।
नेपाल तामाङ घेदुङ पूर्वी क्षेत्रीय समन्वय समिति दमाम साउदी अरबको आयोजनामा साउदी अरबको पूर्वी शहर दमामको सिहातमा आज एउटा कार्यक्रम गरी मनाइने भएको छ। उक्त कार्यक्रम बिहान ११ बजेदेखि सुरु हुने समितिले जनाएको छ।
ल्होसार’ शब्द ‘ल्हो’ अर्थात् वर्ष वा साल र ‘छार’ वा ‘सार’ अर्थात नयाँ भन्ने दुई शब्द मिलेर बनेको छ ।
यस दिन तामाङ समुदायले विशेष परम्परागत अनि सांस्कृतिक महत्त्वका साथ ल्होसार मनाउँदछन् । यसरी नेपालको उच्च पहाडी भेग र पहाडी भेगमा बसोबास गर्ने तथा देशविदेशमा छरिएर रहेका तामाङ समुदाय लगायत सम्पूर्ण बौद्धमार्गीहरुको घनत्व रहेको क्षेत्रमा पनि आजको दिनलाई हर्ष बढाई गर्दै नयाँ वर्ष मनाउने गरिन्छ ।