• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: समाज

प्रेममा परी विवाह गर्न भागेका युवा-युवति घरभित्र मृत भेटिए

  • १२ माघ २०८१, शनिबार १७:०६ मा प्रकाशित
  • सुर्खेत । रुकुम पश्चिममा माया, प्रेममा परी विवाह गर्न भागेका केटाकेटी घरभित्र मृत भेटिएका छन् । मृत भेटिनेमा त्रिवेणी गाउँपालिका–४ खुम्चेरी गाउँमा १९ वर्षीय लोकेन्द्र खड्का र १९ वर्षकै सपना पुन मगर रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी ऋषि पाठकले जानकारी दिए ।

    उनका अनुसार सपना वडा नम्बर ६ की हुन् । सपनालाई लोकेन्द्रले चार दिनअघि विवाह गर्ने भन्दै भगाएका थिए । स्थानीयले सोधिखोजी गर्दा उनीहरू शनिबार बिहानै ९ बजेतिर लोकेन्द्रकै घरमा रहेको अस्थायी टहरामा दुवै मृत भेटिएको पाठकले बताए । लोकेन्द्र झुन्डिएको अवस्थामा फेला परेका थिए भने सपनाको शव भुइँमा थियो ।

    प्रहरीका अनुसार लोकेन्द्रको आमा बिरामी थिइन् । उनका बुबाले श्रीमतीलाई उपचारका लागि नेपालगञ्ज लगेका थिए । त्यही समयमा घरमा यस्तो घटना घटेको हो ।

    प्रहरीले आमाबुवा आएपछि मात्रै आवश्यक कानुनी प्रक्रिया सुरु गरेर घटनाको अनुसन्धान गर्ने बताएको छ ।

    Posted in मुख्य खबर, समाज

    उपकार सेवा नेपालले क्विन ज्वेलर्सबाट सहयोग पाएको, व्हीलचेयर हस्तान्तरण गरेयो ।

  • ६ माघ २०८१, आईतवार २१:०२ मा प्रकाशित
  • वीरगञ्ज – उपकार सेवा नेपालले क्विन ज्वेलर्स प्रा लि काठमाडौं बाट सहयोग प्राप्त व्हीलचेयर बहुदरमाई नगरपालिका वार्ड न.८ रामनगरी निवासी २८ बर्षीय प्रजा कुमार सहनी को स्वास्थ्य अवस्था ठिक नभई शारीरिक अवस्था पनि पुर्ण अपाङ्ता भएकालेे उनको स्वस्थ्यलाई ख्याल गर्दै उनलाई १ थान व्हीलचेयर निजको घरमै पुगी एक कार्यक्रम बिच हस्तान्तरण गरिएको प्रकाश थारूले जानकारी दिनु भयो।


    सो कार्यक्रममा संस्थाको अध्यक्ष विद्या कुमारी सरावगी सदस्य द्वय अंकुर शर्मा पद्मा देवी सरावगी ,समाजिक अभियन्ता प्रकाश थारू र स्थानीय भद्रभलादमिहरुको समेत उपस्थिति रहेको थियो।

    Posted in समाज

    बङ्गलादेशको अन्तर्राष्ट्रिय साहित्य समेलनमा नेपाली साहित्यकारको पनि सहभागीता

  • २९ पुष २०८१, सोमबार १५:५३ मा प्रकाशित
  • पौष २८, बङ्गलादेश
    बङ्गलादेशमा सम्पन्न अन्तराष्ट्रिय साहित्य सम्मेलन २०२५ मा नेपालबाट सातजना साहित्यकारहरूले सहभागिता जनाएका छन् । बङ्गलादेशको पबना जिल्लाको इसर्दीमा जनवरी १० र ११ मा उक्त समेलन सम्पन्न भएको थियो ।
    साहित्य तथा सामाजिक संस्था नुङ्गुरद्वारा आयोजित सो सम्मेलनमा नेपालसँगै भारत लगायतका विभिन्न देशका साहित्यकारहरूले सहभागिता जनाएका थिए ।

    नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदी र सम्मेलनका प्रमुख संयोजक प्रा. हसतनुजमानले संयुक्त रूपमा बङ्गला देशको झण्डा झण्डोत्तोलन गरी कार्यक्रमको उद्घाटन गरेका थिए ।
    नेपालबाट सहभागी डा. धनप्रसाद सुवेदी, डा. टीकाराम उदासी, केशरी अम्गाई, शान्ता दाहाल, इन्द्रबहादुर चौधरी, राजकुमारी कुँवर र विमला खनालले कविता सुनाएका थिए ।

    उक्त सम्मेलनमा काव्य,कल्पना,भाव र अनुभूति , विश्वको सांस्कृतिक अन्तर सम्बन्ध र साना जातीय समूहको भाषिक र सांस्कृतिक सङ्कट समाधानका लागि हाम्रो उत्तरदायित्व विषयमा प्राज्ञिक विमर्श गरिएको थियो । त्यसैगरी विभिन्न पुस्तकको विमोचनसहित विभिन्न कलाकारले आफ्ना सांस्कृतिक कला प्रस्तुत गरेका थिए । सो अवसरमा विभिन्न विधामा योगदान पुऱ्याउने साहित्यकारलाई सम्मान गरिएको थियो ।

    सम्मेलनमा माणिक पण्डित, डा. साहिदा खातुन, प्रा. अब्दुद दाइन सरकार, प्रा. डा. मिर हुमायु कविर, प्रा. डा. शिखा सरकार, प्रा डा. शेख रजिकुल इस्लाम, हुमायु कविर घाली, प्रा. ङा फहजुल रहमान , प्रा. सुजिदुल इस्लाम, प्रा अकतर हुसैन, युनिस उदुम अहमद, लुफ्टर रहमान पन्जाब, लगायतको सहभागिता थियो ।

    कार्यक्रमको दोस्रो दिन विदेशी पाहुनालाई हार्डिङ ब्रिज, रविन्द्र कुटी विहार, पद्मा घाट, लालन साधुको समाधिस्थल आदि पर्यटकीय स्थलको भ्रमण गराइएको थियो । साथै नेपालका साहित्यकारहरूलाई ढाकाका विभिन्न पर्यटकीय तथा स्थलहरूको भ्रमण गराउने कार्यक्रम आयोजकले तयार गरेको छ ।

    Posted in अन्तर्राष्ट्रिय, ताजा अपडेट, मुख्य खबर, लोकप्रिय, समाज, साहित्य

    राप्ती साहित्य परिषद् दाङद्वारा पसिनाको पोको कविता सङ्ग्रहको समीक्षा

  • २७ पुष २०८१, शनिबार २०:४८ मा प्रकाशित
  • दाङ, पौष २६ राप्ती साहित्य परिषद् दाङ शाखाको नियमित कृति समीक्षा कार्यक्रमअन्तर्गत १९४ औँ श्रृङ्खलामा साहित्यकार कृष्ण गिरीको ‘पसिनाको पोको’ कविता सङ्ग्रहको समीक्षा कार्यक्रम दाङको नेपाल पत्रकार महासङ्घको हलमा भव्य रूपमा समीक्षा गरिएको छ ।

    राप्ती साहित्य परिषद् दाङ शाखाका अध्यक्ष यम रेग्मीको अध्यक्षता तथा वरिष्ठ गायक तथा संगीतकार डा. गोविन्द आचार्यको प्रमुख आतिथ्य तथा राप्ती साहित्य परिषद् केन्द्रका निवर्तमान अध्यक्ष पुरुषोत्तम खनाल र वरिष्ठ साहित्यकार गणेश विषमको विशिष्ट आतित्यमा कार्यक्रम सम्पन्न गरिएको थियो।

    नेपाली लेखक सङ्घ दाङका अध्यक्ष डा. हिमलाल पन्थीले कविता सङ्ग्रहको समीक्षा गर्नुभएको थियो । पसिनाको पोको कृतिले समाजको वर्तमान परिवेशसँगै कविताको चेतनाबोधलाई उजागर गर्न सफल भएको बताउनुभयो । कृतिमा उल्लेख कविताले समाज, मानवता, राजनीतिलगायत विषय र सर्जकका आफ्नै भोगाई पनि समावेश गरेर विविधता प्रदान गरेको बताउनुभयो ।
    प्रमुख अतिथि आचार्यले विचार बिनाको कला साहित्य हुन नसक्ने भन्दै कला, विचारसहितको प्रस्तुतिमा साहित्यकार गिरीले कवितामार्फत कृति ल्याउन सकेको बताउनुभयो ।

    कवि, लेखकले विचार र कलालाई सृङ्गारिक रूपमा कलात्मक ढङ्गले व्यक्त गर्ने प्रयास गर्नुपर्ने भन्दै सर्जक गिरीको कविता सङ्ग्रह पसिनाको पोकोमा वैचारिक रूपमा विविधता भरेर कृति ल्याएको टिप्पणी गर्नुभयो ।

    कृतिको समिक्षा गर्दै डा. पन्थीले साहित्यकार गिरीको २४ वटा कविता संग्रहित पसिनाको पोकोमार्फत समाजको उत्पीडितलाई व्यङ्ग्यात्मक र सिर्जनात्मक रूपमा उजागर गरेको बताउनुभयो । ४ दशक लामो शैक्षिक क्षेत्रमा क्रियाशील गिरीले यसअघि दहखोले महन्थहरुको गिरी वंशावली खकन कविता संग्रह २०६४ प्रकाशन गरिसक्नु भएको छ ।

    लेखक सङ्घ दाङ अध्यक्ष खगराज न्यौपानेले शुभकामना मन्तव्य दिनुभएको थियो ।
    सो कार्यक्रममा राप्ती साहित्य परिषद् केन्द्रका वरिष्ठ उपाध्यक्ष कमलमणि देवकोटा,प्रगतिशील लेखक सङ्घ केन्द्रका सल्लाहकार पदम प्रसाद शर्मा, राप्ती साहित्य परिषद् दाङ शाखाका सल्लाहकार डा.लोकराज पराजुली ,निवर्तमान तथा सल्लाहकार अध्यक्ष दीपक शर्मा “समीर,” प्रगतिशील लेखक सङ्घ केन्द्रीय सदस्य राम प्रसाद जैसी, पुरस्कार संस्थापकहरु हरिप्रसाद पाण्डे,
    पाण्डे, चन्द्रप्रकाश देवकोटा, देवेन्द्र रिजाल,नरेशजङ्ग राणा , नयाँ युगबोध राष्ट्रिय दैनिकका सम्पादक गोविन्द खड्का,समान्तार अनलाइनका सम्पादक छवि पुरी,रङ्गभूमिका टेलिभिजन हुम रेग्मी, नारायणपुर उद्योग बाणिज्य संघका संस्थापक अध्यक्ष मदनकुमार बस्नेत लगायतका विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरूको गरिमामय उपस्थिति रहेको थियो।

    त्यसै गरी सो कार्यक्रममा वरिष्ठ साहित्यकार यज्ञबहादुर डाँगी साहित्यकारहरूमा प्रकाश केसी,मदन गिरी, रीमा गाैतम,शान्ता रोका , सुशीला आचार्य, गणेश सुवेदी हरिप्रसाद पौडेल,एकराज शर्मा अधिकारी, गोपाल भुसाल अभिलाषी दामोदर पौडेल, मधुसुधन गौतम, नारदप्रसाद भण्डारी, वीना रोका, कमला रिजाल, नवराज देवकोटा ,
    देवेन्द्र रिजाल, धनसिंह गिरी,हिरा डिसी, नवराज देवकोटा, हरिप्रसाद पाण्डे, कुलबहादुर वली, महेश कुमार न्यौपाने, रामप्रसाद देवकोटा, कृष्ण प्रसाद गौतम, शैलजा शर्मा, चन्द्रप्रकाश देवकोटा,गिरिराज खनाल,अनिल गिरी, लगायतको साहित्यकारहरूको गरिमामय उपस्थिति रहेको थियो।

    राप्ती साहित्य परिषद् दाङका उपाध्यक्ष सुरेशकुमार पाण्डेको स्वागत मन्तव्यबाट शुभारम्भ भएको कार्यक्रमको सञ्चालन सचिव घनश्याम केसीले गर्नुभएको थियो। कार्यक्रममा “पसिनाको पोको” पुस्तकका लेखक कृष्ण गिरीलाई संस्थाको तर्फबाट प्रशंसा पत्रले सम्मान गरिएको थियो ।

    Posted in ताजा अपडेट, मुख्य खबर, समाज

    ३४औं स्थापना दिवसका अवससमा प्याप्सन द्वारा उत्तरवाहिनी संस्कृत गुरुकुलमा सहयाेग

  • २३ पुष २०८१, मंगलवार ०९:०० मा प्रकाशित

  • पुस २४ गते, प्याब्सन स्थापना दिवस मनाउन लागेकाे प्याब्सन घाेराहीले ३ दिने कार्यक्रम अन्तर्गत साेमबार घाेराही उपमहानगरपालिका वडा नं. ७ सुक्रवार उत्तरवाहिनीस्थित श्री माता पवित्रादेवी साङ्गवेद संस्कृत माध्यामिक विद्यालय (गुरुकुल)लाई खाद्यान्न सहयाेग हस्तान्तरण गरेकाे छ । प्याब्सन घाेराहीले गुरुकुललाई एक कार्यक्रम गरि एक क्विन्टल चामल, तीस लिटर तेल, पाँच किलाे मकै, दस किलाे दाल, बीस किलाे सुन्तला, भेली, चियापत्तीलगायतका खाद्य सामग्रीहरु हस्तान्तरण गरेकाे छ ।

    प्याब्सन घाेराही नगर कमिटीका अध्यक्ष बालकृष्ण ओलीकाे अध्यक्षता एवम् प्याब्सनका केन्द्रीय सचिव यादव गिरीकाे प्रमुख आतिथ्यतामा आयाेजित हस्तान्तरण कार्यक्रममा बाेल्ने वक्ताहरुले आफ्नाे भाषा, संस्कार र संस्कृतिलाई संरक्षण र सम्वर्द्धन गर्नुपर्नेमा जाेड दिएका थिए । कार्यक्रमका वक्ताहरुले देशकाे माैलिक पहिचान स्थापित गर्नका लागि सबै पक्ष लाग्नुपर्ने बताए । कार्यक्रममा श्री माता पवित्रादेवी साङ्गवेद संस्कृत माध्यामिक विद्यालय (गुरुकुल) का मूल गुरु देवनाथले गुरुकुलमा अध्यापन गराइने शिक्षाका विषयमा जानकारी गराउनुभएकाे थियाे ।

    कार्यक्रममा प्याब्सन लुम्बिनी प्रदेशका सल्लाहकार महेन्द्र अधिकारी, जिल्ला अध्यक्ष निर्मल न्याैपाने, उत्तरवाहिनी गुरुकुलका गुरु देवनाथलगायतले आ-आफ्ना विचार राख्नुभएकाे थियाे । गुरुकुलका व्यवस्थापक प्रकाश भट्टराईकाे स्वागत मन्तव्यबाट सुरु भएकाे कार्यक्रमकाे सहजीकरण प्याब्सन घाेराही नगर कमिटी सचिव बिमल भण्डारीले गर्नुभएकाे थियाे ।

    Posted in ताजा अपडेट, मुख्य खबर, लोकप्रिय, समाज

    तमु धिँ जेद्दाले तमु ल्होसार भब्यताका साथ मनायो ।

  • २१ पुष २०८१, आईतवार ०१:१६ मा प्रकाशित
  • रम्जान समर्पण, जेद्दा साउदी अरब !

    तमु धिँ समाज जेद्दा साउदी अरबद्वारा गत ३ जनवरी २०२५ शुक्रबारका दिन आफ्नो चार्ड सप्ह्री ल्हो ल्होसार बेजोड सांस्कृतिक कार्यक्रम सहित भब्यताका साथ सु-सम्पन्न गरेको छ ।

    नेपाली महाबाणिज्यदूतावास जेद्दाका कार्यवाहक महाबाणिज्य दूत सृजना अधिकारीको प्रमुख आतिथ्य तथा संस्थाका अध्यक्ष बेद तमुको सभापतित्वमा मायाँ गुरुङद्वारा संचालित उक्त कार्यक्रम दुई चरणमा गरि सु-सम्पन्न भएको थियो ।
    कार्यक्रमको पहिलो चरणमा उपस्थित बरिस्ठ ब्यक्तित्व तथा अतिथिगणहरुले शुभकामना मनतब्य  दिएका थिए । दोस्रो चरणको कार्यक्रममा स्थानीय कलाकारहरुको बेजोड   नित्य तथा अन्य सांगीतिक कोसेलीहरु पस्किएर भरपुर मनोरञ्जन दिएको थियो ।

    नेपाली राष्ट्रिय गान तथा गुरुङ समुदायको पहिचान युक्त आफ्नै गान सँगै सुरु गरिएको कार्यक्रममा ल्होसारको परिचय र महत्वलाई दर्सकमाझ प्रस्तुत गर्दै आश्था गुरुङले स्वागत मन्तव्य दिँदै उपस्थित सबैलाई स्वागत गरेकि थिइन् ।

    गुरुङ संस्कृति अनुसार कार्यक्रममा फेटा तथा भाङ्रो लगाएर उपस्थित अतिथिहरुलाइ सम्मान गरिएको थियो । कार्यक्रममा उपस्थित अतिथीहरु द्वारा कार्यक्रम आयोजक टिमलाइ धन्यवाद ज्ञापन गर्दै शुभकामना दिनुको साथै यस्तो मौलिक तथा सांस्कृतिक कार्यक्रमले बिदेशमा रहेका सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनीहरुलाइ एक आपसमा जोड्ने र स्वदेशी भुमिमा रहेको आभास तुल्याउने जनाएका थिए ।

    कार्यक्रममा आफ्नो मन्तव्य राख्ने क्रममा प्रमुख अतिथि सृजना अधिकारिले यस्ता कार्यक्रमले सम्पुर्ण नेपालीहरुलाइ खुशी दिलाउने, एक आपसी भाइचारा कायम गर्ने तथा दुखमा साथ मिल्ने, एक आपसमा चिनजान गर्न मौका मिल्ने, बताउदै आफू र आफ्नो महाबाणिज्य दूतावासबाट हुन सक्ने सहयोग सबै नेपाली श्रमिकहरुलाइ  प्रदान गर्ने कुरा बाताउनुभयो ।
    पहिलो चरणको कार्यक्रमको अन्त्यमा संस्थाका अध्यक्ष सभापति वेद तमुले उपस्थित सम्पुर्ण प्रायोजकहरु :- अलमाराइ कम्पनी, नेपाली होटल मेलम्ची,  काठमाडौ  होटल बलद, तथा अन्य विभिन्न संघ संस्था र ब्यक्तिगत बाट आर्थिक, भौतिक सहयोग गर्नुहुने सबैलाइ हृदयदेखी धन्यवाद दिएका थिए । यसै गरि कार्यक्रम सफल बनाउन दिनरात खटिने स्वंसेवकहरु, कलाकारहरु, अतिथिहरु,उपस्थित दाजुभाइ दिदिबहिनीहरु, संघसंस्थाका प्रतिनिधिहरु, तथा पत्रकार सबैलाइ बिशेष धन्यवाद दिदैं संस्थाले पीडित श्रमिकहरुका लागि पनि धेरै सहयोग गरेको र आगामी दिनहरुमा पनि गर्दै जाने प्रतिबद्धता जाहेर गरेका थिए ।
    कार्यक्रममा स्थानीय कलाकारहरु, संघं संस्थाका प्रतिनिधिहरु, दूतावास जेद्दाका प्रतिनिधिहरुको बाक्लो उपस्थिति रहेको थियो ।


    बिशिस्ट अतिथिहरुमा नेपाली महाबाणिज्य दूतावासका दूत सुवास यादब, श्रम सहचारी तम्राज काफ्ले, उपदूत बुद्दमाया भट्टराई, रहेका थिए भने   एनआरएनए साउदीका उपाध्यक्षद्वय राज गिरि, कृष्ण श्रेष्ठ, एनआरएनए आरसिसि जेद्दाका अध्यक्ष डिपि अर्याल, युवा क्लबका महासचिव नर कुमार मगर, इस्लामीक दावा सेन्टरका मन्जुर अलि मियाँ यान्बुका श्रीप्रसाद बर्देवा, किरातराई अयोख्याका अध्यक्ष लगायत अन्य संघ संस्थाका प्रतिनिधिहरुले अतिथिमा आशन ग्रहण गरेका थिए !  

    कार्यक्रममा सहयोगी दाताहरु , कलाकारहरु तथा प्रायोजकहरुलाइ प्रमाण पत्र प्रदान् गर्नुको साथै गुरुङ संस्कार अनुसार केही चेलीहरुलाइ मायाँको चिनो सहित  सम्मान गरिएको थियो ।
    नर कुमार मगर तथा राज गिरिद्वारा संचालित दोस्रो चरणको कार्यक्रममा बिबिध प्रकारका सांगीतिक कोसेलीका साथमा मिठो नेपाली भोजन सेल रोटि तथा खानाको ब्यबस्थापन गर्दै पाहुनालाइ बिदाइ गरिएको थियो ।

    Posted in अन्तर्राष्ट्रिय, ताजा अपडेट, समाज

    प्रसौनी निशुल्क आखाँ शिविर समपन्न।

  • २४ मंसिर २०८१, सोमबार १२:२८ मा प्रकाशित
  • वीरगंज २२ मंसिर

    पर्साको विन्दवासिनी गाउँपालीका वडा नं ५ प्रसौनी भाठ्ठा स्थित श्री मसरुर पव्लिक विधालयको प्राङ्गणमा आज एक दिवसीय आँखा शिविर सम्पन्न भएको छ।

    “प्रेम सबै लाई गर कसैलाई घृणा न गर भन्ने मुल नाराका साथ आज आखाँ शिविर सम्पन्न भएको छ।
    केडिया आखाँ अस्पतालको प्रविधि सहयोगमा र स्थानीय आयोजक अहमदिया संघ नेपालको आयोजनामा शिविर सम्पन्न भएको छ।

    शिविरमा ४५२ जनाको आखाँ जाँच गरिएको थियो जस्मा १५० जना मोतियाबिन्दुको बिरामी फेला परेका छन्। मोतियाबिन्दुको बिरामीको अप्रेसन परवानीपुर केडिया आखाँ अस्पतालमा हुने सो शिविरमा केडिया आखाँ अस्पतालको प्रविधिक डक्टर डा अम्बिका साह,व्यास महतो,कैशल कुमार कर्ण रहेका थिए।

    सो कार्यक्रमको पुर्व प्रदेश सभा सदस्य प्रह्लादलाद गिरीको मुख्य आतिथ्यमा सम्पन भएको छ।भने विशिष्ट अतिथि विन्दवासिनी गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष मोहन राउत अहिर ,केडिया आखाँ अस्पतालका डा. राज किशोर साह रहेका थिए।

    शिविरमा चेकजाँच गर्दा मोतियाबिन्दुको विरामी फेलापरेमा निशुल्क केडिया आखाँ अस्पतालमा अप्रेसन हुने स्थानिय आयोजक संस्थाका प्रतिनिधि बारा पर्सा इन्चार्ज हासिम अहमदले बताए।

    आखाँ शिविर कार्यक्रम अहमदिया संघ नेपालका कोषाध्यक्ष इसराइल अहमदको अध्यक्षतामा भएको कार्यक्रमको संचालन अहमदिया संघ नेपालका बारा पर्सा इन्चार्ज हासिम अहमदले गरेका थिए।

    Posted in समाज

    दाङकाे संस्कृत गुरुकुलमा सहयाेग प्रदान

  • ७ मंसिर २०८१, शुक्रबार १७:४७ मा प्रकाशित
  • ५ मंसिर, दाङ
    राप्ती स्वास्थ विज्ञान प्रतिष्ठानमा कार्यरत डाक्टरद्वय बम बि.सी. तथा अक्षिता के.सी.बाट आज आफ्नाे तेस्रो वैवाहिक वर्षगाँठकाे सुखद अवसरमा घाेराही ७ उत्तरवाहिनी क्षेत्र शुक्रवारस्थित संस्कृत गुरुकुलमा रहेका वटुकहरू तथा आश्रमका लागि भनी १६ थान न्यानाे ब्ल्याङ्केट प्रदान गर्नु भएकाे छ ।

    अभिभावकहरू बेञ्जु के.सी., माया के.सी. तथा याेगमाया शाक्यकाे उपस्थितिमा भएकाे कार्यक्रमबाट नयाँ पुस्तामा देखिएकाे सामाजिक उत्तरदायित्व बहनकाे विषयले सकारात्मक सन्देश प्रवाह गरेकाे थियाे ।

    घाेराही उपमहानगर पालिका ७ उत्तरवाहिनी क्षेत्र शुक्रवारमा सरजु उत्तरवाहिनीकाे तटमा संचालित श्री माता पवित्रदेवी साङ्गवेद संस्कृत गुरुकुलमा मंसिर महिना सुरुवातसँगै चिसाे बढेकाे समयमा यस्ता प्रकारका भाैतिक सामग्रीहरुले जाडाेकाे समस्या समाधान हुने साथै दान दाताहरुलाई आफूले गरेकाे कामबाट पूर्ण सन्तुष्टि मिल्नुका साथै सबैकालागि प्रेरणा प्रदान भई समाजमा सबैप्रति सेवाभावकाे भावनाकाे विकास गर्दछ । उक्त कार्यक्रममा गुरुकुल तथा आश्रम परिवारबाट आभार सहित वैवाहिक वर्षगाँठकाे अवसरमा वटुकहरूबाट सुस्वास्थ्य, दीर्घायु एवम् सुख,शान्ति, समृद्धिकालागि स्वस्ति वाचन सहित हार्दिक शुभकामना व्यक्त गरिएकाे थियाे ।

    Posted in ताजा अपडेट, मुख्य खबर, समाज

    बहुदरमाई नपा.-७ छठघाटको तयारी पूरा:- वडा अध्यक्ष बिरेन्द्र यादव द्वारा आलोकन

  • २२ कार्तिक २०८१, बिहीबार ०३:५० मा प्रकाशित
  • उमेश कुशवाहा – पर्साको बहुदरमाई नपा.-७ मा पर्ने छपकैया ,फुलकौल लागयत सम्पूर्ण घाटमा छठ पूजाको तयारी ९० प्रतिशत पुरा भएको छ भने बाक़ी बिहानको १०बजे सम्म पूरा हुनेछ। छठमा पूजा गर्न आउनेहरूका लागि घाटमा टेन्ट निर्माण, बिजुली बत्ती र रातिका लागि जाग्रमस्थल निर्माण कार्य पुरा भएको वडा अध्यक्ष बिरेन्द्र यादव यादवले जानकारी दिए ।

    यादवले आलोकन गर्दै छठ घाट मा हरेक वर्ष पूजा गर्ने भक्तालुको संख्या बढ्ने क्रम रहेको बताए ।

    सात हजारभन्दा बढी श्रद्धालुले सूर्यलाई जल चढाउने अपेक्षा गरिएको छ । अस्ताउँदो सूर्य र उदाउँदो सूर्यलाई जल चढाउनुका साथै छठी मईयाको पूजा आराधना छठ पर्वको मुख्य विशेषता रहेको छ ।

    भगवान् सूर्यको पूजा आराधना गर्ने यो पर्व विधिवत् रूपमा कात्तिक शुक्ल चतुर्थीदेखि चार दिनसम्म विधिपूर्वक मनाइन्छ।
    छठको पहिलो दिनलाई अरबा–अरबाइन पनि भनिन्छ।

    व्रतालुले भोजनमा माछा, मासु, लसुन, प्याज, कोदो, मसुरो जस्ता खाद्यान्न कार्तिक महीना भरी परित्याग गरी व्रत बस्ने परम्परा छ । छठ पर्व अत्यन्त श्रद्धा र भक्तिपूर्वक मनाइन्छ।

    Posted in मुख्य खबर, समाज

    अपांग बालकलाई व्हील चेअर सहयोग ।

  • ९ कार्तिक २०८१, शुक्रबार ११:४५ मा प्रकाशित
  • उपकार सेवा नेपाल द्वारा बिरगंज माहानगर पालिका .वार्ड न.१६ नागवा बस्ने अ. १९ वर्षिय शारीरिक रूपमा पुर्ण अपांगता भएको एक बालक लाई एक थान व्हील चेअर निज कै निवास मै पुगि एक कार्यक्रम बीच सहयोग प्रदान गरिएको छ ।

    सो कार्यक्रममा उपकार सेवा नेपाल संस्थाको अध्यक्ष बिद्या कुमारी सरावगी ,समाज सेवी प्रकाश थारूको उपस्थितिमा हस्तान्तरण गरिएको छ।
    उपकार सेवा नेपाल निरन्तर समाजिक कार्यमा समाज प्रति समर्पित रहेको देखिन्छ ।

    Posted in समाज

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P