• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: लोकप्रिय

क्वारेन्टाइन ब्यबस्थापनमा ब्यस्त ः उपमेयर नेपाल

  • ३ असार २०७७, बुधबार २०:२९ मा प्रकाशित

  • सुशील सुबेदी
    पहिला कमैलाई थाहा भएको भएपनि अहिले क्वारेन्टाइन के हो भन्ने करिब सबैलाई थाहा भएको छ । अहिले हरेक स्थानिय तहले आ–आफ्नो हिसाबले क्वारेनटाइनहरु बनाइरहेका छन् । कतिपय ठाउँमा क्वारेन्टाइन ब्यबस्थापनका लागि छुट्टै संयन्त्र परिचालन गरिएको पाहिन्छ भने कतिपय ठाउँमा निर्वाचित जनप्रतिनिधिहरु नै दिनरात नभनि क्वारेन्टाइन ब्यबस्थापनमा लागेका छन् । यसको गतिलो उदाहरण हो मेलम्ची नगरपालिका । मेलम्ची नगरपालिकामा रहेको क्षेत्रिय क्वारेनटाइनमा नगरपालिका आसपासका नगरपालिका सहित ४ वटा स्थानिय तहका शंकास्पद बिरामि राखिन्छ । मेलम्ची नगरपालिका, हेलम्बु गाउँपालिका, पाँचपोखरी थाङ्पाल गाउँपालिका र इन्द्रावति गाउँपालिका गरि चार वटा पालिकाका कोरोना भाइरस कोभिड १९ सँग मिल्दोजुल्दो लक्षण देखा परेका , अन्य सक्रमण फैलिएको जिल्लाबाट आएका र छिमेकि मुलुक भारत लगाएत अन्य तेस्रो मुलुकबाट आएका ब्यक्तिहरुलाइ राखिन्छ ।
    क्वारेन्टाइन भन्नाले कुनै रोगको संक्रमण फैलन सक्ने अवस्थालाई आंकलन गरी उक्त संक्रमित इलाका वा संक्रमितको सम्पर्कमा रहेका आवास, होटलमा रहेका सम्भावित जोखिम भएका व्यक्तिलाई बाह्य सम्पर्कबाट छुटाई तोकिएको स्थान वा घरमा कम्तिमा रोगलागे देखि रोगले लक्षण देखाउँदासम्मको अवधिसम्म छुट्टै राख्ने अवस्थालाई जनाउँछ ।
    कोरोना भाइरसको संक्रमणबाट लाग्न सक्ने रोगबाट शकास्पद व्यक्रिहरुलाई कम्तिमा १४ देखि १७ सुरक्षित र व्यवस्थित तरीकाले राख्ने व्यवस्थालाई क्वारेन्टाइनमा राखिएको हामी सबैलाई विदितै छ ।
    तर, कोरोना अघि स्थानीय तहले यस्तो प्राविधिक विषयमा काम गरेका थिएन । त्यसैले एकदमै प्राविधिक विषय, क्वारेन्टाइन कसरी बनाइन्छ र कसरी चलाइन्छ? भन्ने ज्ञान थिएन। त्यसैले यो अवस्थाले प्रत्येक स्थानीय तह वा सके प्रत्येक वडामा जनस्वास्थ्य विज्ञको आवश्यकता भन्ने पाठ सिकाएको छ ।
    नेपाल सरकारले जारी गरेको कोरोना भाइरस (कोभिड१९) क्वारेन्टाइन सम्बन्धी सञ्चालन तथा व्यवस्थापन गर्न बनेको मापदण्ड अनुरुप काम होस भन्ने चाहेको छ । हो, नेपाल सरकारले हरेक पक्ष समेटेर सञ्चालन तथा व्यवस्थापन गर्न ७ पृष्ठ लामो मापदण्ड जारी पनि गरेको छ । कतिपय ठाउँहरुमा मापदण्ड एकातिर र बनेका क्वारेनटाइनहरु अर्कातिर छन् । त्यसको अनुगमनको पाटो कमजोर देखिएको छ । क्वारेन्टाइन ब्यबस्थापनको प्राबिधिक ज्ञान भएका जनप्रतिनिधि नभएपनि महामारी फैलिन नदिनका लागि गर्दै र सिक्दै अगाडि बड्नुको विकल्प छ्रन् । कोरोना महामारीकोे परिस्थितिमा पनि मेलम्ची नगरपालिकाको क्वारेनटाइन ब्यबस्थापनमा ब्यस्त उपमेयर भगवति नेपाल एतिबेला कोरोना सक्रमण आफ्नो पालिकामा भित्रिन नदिनका लागि अपनाउन पर्ने उपायहरु खोजिमै तल्लिन हुनुहुन्छ ।
    सिन्धुपाल्चोकका नगर तथा गाउँपालिकाका धेरैजसो उपमेयर र उपप्रमुखहरु सरकारले जारी गरेको लकडाउनको सुरुको चरणदेखि नै घर बाहिर निस्केका छैनन् । अधिकांश उपमेयर र उप्रमुखलाई कारोना रोकथामको हरेक गतिविधिमा कमै देखिएका छन् । कतिपय गाउँपालिकाका अध्यक्षहरु नै उपप्रमुखको विषयमा जानकारी नै नभएको बताउँछन् । तर मेलम्ची नगरपालिकाकि उपमेयर भगवति नेपालभने फरक देखिनुभएको छ । विपद्को बेला कसरी काम गर्नेभन्ने गतिलो पाठ उहाँबाट सिक्न सकिन्छ ।


    उपमेयर नेपाल भने कोरोना भाइरस(कोभिड–१९) संक्रमण नियन्त्रण र उपचारका लागि सञ्चालन गरिएका गतिविधिमा नेतृत्वदायी भूमिका निर्वाह गरिरहनुभएको छ । उहाँ नगरपालिकाको क्षेत्रीय क्वारेन्टइन निर्माण, व्यवस्थापन र कोभिड–१९ विरुद्ध हुने सवैजसो गतिविधिमा सुरुदेखिनै सहभागि हुनुहुन्छ । क्वारेनटाइन ब्यबस्थापनमा मात्र होइन नगरपालिकाका हरेक गतिविधिमा उहाँको भुमिका महत्वपुर्ण छ । नगरभित्रका महिलाको स्वास्थ्य अवस्था तथा कोभिडले नगरमा निम्त्याएका समस्याहरुको लेखाजोखामा समेत उपमेयरको सहभागिता छ । लामो समयदेखि समाजसेवामा लाग्दै अनुभव बटुल्दै संघर्ष गरेर आउनुभएका उपमेयरको जोश अझै युवा अवस्थाकै छ ।
    कपाल फुलिसके, उमेर पनि पाको भइसक्यो । तर उहाँको काम गर्ने तरिकामा भने जोसिलोपन कायमै छ । उहाँ क्वारेन्टाइन व्यवस्थापन मात्रै होइन नगरपालिकामा आउने काममा दिनभर व्यस्त रहनुहुन्छ । महत्वपुर्ण र आफैले नगरि नहुने काममा मात्र आफ्नो कार्यालयमा आउने अन्य स्थानियतहका उपमेयर र उपप्रमुखहरुको लागि मेलम्ची नगरपालिकाकि उपप्रमुखको कामदेख्दा अफ्ट्यारो महशुस हुनुपर्ने हो । महिला र पुरुष बराबरी हुन् भनेर भनिरहँदा जनता कोरोना संक्रमणको सन्त्रासमा बसेकाबेला उपप्रमुखहरुको सक्रियता भने चित्त बुझ्दो छैन । सिन्धुपाल्चोकको बाह्रबिसेमा कोरोना सक्रमणबाट पहिलो सुत्केरी महिलाको मृत्युभएपछि सिन्धुपाल्चोकमा कोरोना भित्रिएको पुष्टि भयो ,र त्यसपछि मेलम्चीमा ४ जनामा कारोना सक्रमण देखियो । मेलम्ची क्वारेन्टाइनमा रहेकामा कोरोना देखिएपछि सबैभन्दा पहिला तिनिहरुको ब्यबस्थापनका निम्ती उपमेयर नेपाल अघिसर्नुभयो । अहिले नगरपालिकामा २ वटा क्वारेन्टाइन छन् । क्षेत्रिय क्वारेनटाइन मेलम्चीमा र बैकल्पिक कवारेनटाइन बाहुनेपाटिमा । क्वारेन्टाइनमा रहेका सुत्केरी महिला र बच्चाका लागि थप खाना अन्र्तगत बिहान बेलुका एक एक गिलास दुध दिने गरेको उपमेयर नेपालले बताउनुभयो । त्यस्तै आइसुलेशनमा बसेका हरुलाइ शक्ति प्रर्दक आयुवेर्दिक औषधि खवाउने गरेको समेत उपमेयर नेपालले बताउनुभयो । महिलाहरुको लागि छुट्टै क्वारेन्टाइन बनाउन नपाएकोमा चिन्ता लागेको उहनन्ले सुनाउनुभयो ।
    एक–दुई उपप्रमुख बाहेक जिल्लामा अन्यको सक्रियता न्यून छ । तर पनि जिल्लाको पाको उपमेयर नेपाल कार्यालय समयमा मात्र होइन साँझ विहान पनि काममै लागेको देख्दा सवैले खुशी मान्नुपर्छ । उहाँको काँधमा जति ठूलो जिम्मेवारी सुम्पिएको थियो व्यवस्थापनका लागि पनि त्यतिकै खटेको देखिएको छ । उहाँ क्षेत्रीय स्तरको क्वारेन्टाइन निर्माण समितिको संयोजक पनि हो । जस्तोसुकै समस्या आएपनि समस्या समाधानको लागि उहाँ तत्पर देखिनुहुन्छ । क्वारेनटाइनमा बसेकाहरुका लागि खाना खुवाउने कस्ले, उपमेयरलाइ नै चिन्ता छ । बत्ति बिग्रियो ,पानि आएन यस्ता अनेक समस्याहरु उपमेयर सँगै ठोकिन पुग्छन् । उहाँबाटै हुन्छ समाधानका कामहरु पनि । विभिन्न शाखाहरु त छन् नै तरपनि अग्रपंत्तिमा उपमेयर नै देखिन्छ । सुरु सुरुमा क्वारेन्टाइनमा बसेकाहरुलाइ खाना पकाउने मानिसहरु कोहि नपाउने गरेको उहाँले सुनाउनुभयो । बल्ल बल्ल कोहि भान्छे (खाना पकाउने ब्यक्ति) ल्याएपनि भाग्ने गरेको तर अहिले त्यस्तो समस्या नरहेको उपप्रमुख नेपालले बताउनुभयो ।
    कोरोना संक्रमण नियन्त्रणका क्रममा नगरपालिकाका विभिन्न ठाउँमा स्वास्थ्य परीक्षणमा महिलाहरुमा निकै समस्या देखिएको अनुभव उपमेयर नेपाल सँग छ । स्वास्थ्य अवस्था बुझ्ने क्रममा गाउँमा अहिले प्रजनन स्वास्थ्य, पाठेघरको समस्या र क्यान्सर पीडित महिला धमाधम भेटिएको समस्या सुनाउँदै उपचारको लागि आफुले पहल गर्ने उहाँले बताउनुभयो ।
    कोरोना सक्रमितहरुलाइ हाइ गर्दा होस या बाइ गर्दा उपमेयर नेपाल आँफै पुग्नुहुन्छ । अलि अगाडि उपमेयर सँग क्वारेन्टाइन पुग्दा क्वारेन्टाइनमा बसेकि सानि बालिकाले “आमा” भनेर बोलाउँदा लाग्यो क्वारेन्टाइनमा पनि घरमा जस्तै वातावरण छ । घरका अन्य सदस्यसँग पटक्कै न्यास्रिएकि थिइनन् ति बालिका किनकि उनले आफ्नो आमा बाट पाउने जस्तै माया उपमेयर बाट पाएकि थिइन् ।
    हस्पिटलमा आइसोलेसन राख्ने हल्ला भएपछि कोरोना संक्रमण हुने भयले गर्भवतीहरु घरमा नै बच्चा जन्माउन थालेको खबर पाउनासाथ उहाँले हस्पिटलमा रद्द गरेर नगरपालिकाको भवनमा नै आइसोलेशन बनाउने निर्णय नगरपालिकाले गरेकोे उपमेयर नेपालले बताउनुभयो ।
    नगरपालिकाले दीर्घरोगीहरुलाई औषधि पनि वितरण गरेको छ । कतिपय पालिकाहरुमा मेयर र उपमेयरको बोलचाल समेत नहुने गरेको छ । तर मेलम्चीमा भने मेयर र उपमेरको सम्बन्ध राम्रो छ । नगरपालिकामा हुने हरेक सानो सानो गतिबिधिमा समेत सल्लाह गरेर मात्र काम हुनेगरेको उपमेयर नेपालले बताउनुभयो । नगरको हरेक गतिबिधिमा जनप्रतिनिधिको साथ र सहयोगले नमुना नगरपालिका बन्नमा टेवा पुग्ने देखिन्छ ।

    Posted in राजनीति, लोकप्रियLeave a Comment on क्वारेन्टाइन ब्यबस्थापनमा ब्यस्त ः उपमेयर नेपाल

    त्रिदेशीय सीमा बिन्दुको इतिहासलाई फर्केर हेर्दा:- अधिवक्ता अपेक्षा निरौला

  • ३० जेष्ठ २०७७, शुक्रबार ००:०१ मा प्रकाशित
  • काठमाण्डौ

    समकालीन अवस्थामा दक्षिण एसियामा यस्तो देखिन्छ कि भारत आफ्नो छिमेकी राष्ट्रहरुसंग भएको आफ्नो मित्रतालाई छिटो गुमाउँदैछ। विश्वका दुई नजिकका छिमेकीहरू भारत र नेपाल कार्टोग्राफिक, कूटनीतिक, र केही हदसम्म, राजनीतिक अडानमा बाधिएका छन्। नेपाल सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई समेटेर नयाँ राजनीतिक र प्रशासनिक नक्सा सार्वजनिक गरेको एक महिना हुन लाग्यो । भारतले यसबारे वार्ता गर्न मानिरहेको छैन। नेपालले लगातार वार्ताबाट समाधानका लागि मिति माग गरेको र भारतले यसमा बेवास्ता गर्दै आएको छ। यो विवाद लगभग ३३० वर्ग किलोमिटर जग्गाको स्वामित्वमा रहेको छ जसलाई कालापानी भनिन्छ जुन पश्चिम नेपालमा भारत र चीन छुने त्रिसंगम सिमानाको नजिक छ। नोभेम्बर २०१९ मा जब भारतले जम्मू कश्मीरलाई संघ शासित प्रदेशमा परिवर्तन भएको दर्शाउन नयाँ नक्शा जारी गर्‍यो तब यो विवाद सुरु भयो।


    भारतको नयाँ नक्शा प्रति नेपालले आपत्ति जनायो किनभने त्यसमा कालापानी क्षेत्र भारतमा रहेको देखाइएको थियो। त्यसपश्चात पनि भारतीय नक्शामा कुनै परिवर्तन भएन। यसपछि नेपालले दार्चुलादेखि लिपुलेख पास सम्मको सडकको उद्घाटनलाई अस्वीकार गर्यो, जसको उद्देश्य भारतको रक्षा आपूर्ति लाइन सुदृढीकरण गर्नुका साथै तिब्बतमा कैलास मानसरोवरको तीर्थयात्रीहरूलाई सहज मार्ग बनाउन सहयोग गर्नु थियो। नेपालले त्यस सडक निर्माणको कार्यले आफ्नो सार्वभौमिकतामा अतिक्रमण भएको हो भनि भन्दै आइरहेको छ। साथै, त्यसको परिणाम स्वरुप यहाँ सडकमा उत्रिएर विरोध गरिएको छ, संसद आक्रोशित छ, र नेपाल सरकारले कालापानीलाई आफ्नो क्षेत्रको रूपमा देखाउँदै आफ्नो नक्शा जारी गरेको छ। त्यसप्रति भारतले आपत्ति जनाउँदै नया नेपालको नक्शामा “भारतीय क्षेत्रको केही भागहरु” समावेश गरेको बतायो। भारतले त्यो क्षेत्र आफ्नो हो भनि दावी गरेको छ। यद्यपि लिपुलेखमा भारतको सार्वभौमिकता अझै स्थापित हुन सकेको छैन किनकि यो अझै एक विवादित क्षेत्र हो। २००९ मा तत्कालीन भारतीय विदेश मन्त्री प्रणव मुखर्जीले नेपालको भ्रमणमा आएका बेला दुबै पक्षले कालापानी र सुस्ता लगायतका ठाउँहरूमा दुई देशबीच लामो समयदेखि चल्दै आएको सीमा विवादलाई थप छलफल गरेर सुल्झाउने कुरामा सहमति भएको छ भनि बताएका थिए।


    हालको विवादको केन्द्रमा रहेको लिपुलेख पास ५००० मिटरको उचाईमा अवस्थित छ। १९६२ को भारत-चीन युद्ध पछि भारतीय सेनाले कालापानीबाट लिम्पियाधुरा तर्फ ३७२ वर्ग किलोमिटर अतिक्रमण गरेको छ भनि नेपालले दाबी गरेको छ। त्यस समयमा नेपालले मित्रवत छिमेकीको रूपमा भारतीय सेनालाई यस क्षेत्रमा शिविर स्थापना गर्न अनुमति प्रदान गरेको थियो। त्यसपश्चात नेपालका तत्कालिन प्रधानमन्त्री कीर्ति निधि बिष्टले शिविर खाली गर्नका लागि कडा अनुरोध गरे पनि भारतीय सेना त्यहाँ बसेका थिए। दुई देशबीचको असम्मित शक्ति सम्बन्धका कारण नेपालले भारतलाई यस क्षेत्रबाट आफ्नो सेना फिर्ता लिन जबरजस्ती गर्न सकेको छैन।


    ब्रिटिश ईस्ट इण्डिया कम्पनी र नेपाल अधिराज्यबीच सुगौली सन्धिमा हस्ताक्षर भए पश्चात आधुनिक नेपाल भारत सीमाको सीमांकन ४ मार्च, १८१६ मा शुरू भएको थियो। नेपालको महाकाली नदीलाई दुई देशको सीमा घोषणा गर्ने सन्धिले सीमा समस्या सुल्झाउने अपेक्षा गरिएको थियो। तर यो भएन। पछिल्ला ६ दशकहरूमा सीमा र यसका वरिपरिको दशगजा (no man’s land) को विवाद जहिले पनि ज्वलन्त बनेको छ। दशकौंको दौडान, यी नदीहरूले धेरै पटक आफ्नो बहाब परिवर्तन गरेका छन् र परिणाम स्वोरुप भूमिमा विवाद र दावीहरुलाई जन्म दिईरहेको छन्। नेपाल सरकारको दाबी छ कि नेपालले आफ्नो सिमाना जोगाउन गरेको लापरवाहीको फाइदा उठाउँदै भारतले आफ्नो सीमा क्षेत्रमा अतिक्रमण गरिरहेको छ। नेपालमा भएको तथ्यांक अनुसार उत्तर प्रदेश र बिहारका भारतीयहरूले २३ जिल्लाका विभिन्न ७२ ठाउँहरुमा ६०,००० हेक्टर जमिन अतिक्रमण गरेका छन्। अतिक्रमणका कारण नेपाल र नेपाली जनताले ठूलै दुख र कष्ट भोगनु परेको छ जुन दुर्भाग्यवश भारतका बहिरा कानहरूमा बिरलै पर्दछ।

    इतिहासकार जोन व्हेल्प्टन, आफ्नो किताब “अ हिस्ट्री अफ नेपाल” मा लेख्छन्: “आधुनिक नेपालको इतिहाससँग जोडिएको एक सबै भन्दा महत्वपूर्ण छवि गोरखाका राजा पृथ्वीनारायण शाहले नै बोकेका थिए, जो नेपाल एकीकरण गर्नको निम्ति युद्धको लागि कम्मर कसेर, आँखामा दृढ संकल्पको एक नजरका साथ, उनले दाहिने हात जहिले पनि आकाशतिरऔंल्याएका हुन्थ्ये, र उहाको माहान बाणीको इतिहास साक्षी छ: “मेरा साना दु:खले अर्ज्याको मुलुक होइन, सबैलाई चेतना भया”


    शाह बंशीय शासकहरु मध्य सबैभन्दा महत्वाकांक्षी शासकको रुपमा राजा पृथ्वीनारायण शाहलाई मानिन्छ, जसको शासन अन्तर्गत १८ औं शताब्दीको अन्त्यमा नेपाल एकीकृत भएको थियो, जुन पूर्वमा सिक्किम र पश्चिममा उत्तराखण्डको गढवाल र कुमाऊँ क्षेत्रसम्म फैलिएको थियो। साथै, १८ औं शताब्दीको दोस्रो दशकमा, ईस्ट इण्डिया कम्पनीले उपमहादेशमा एक ठूलो उपस्थिति प्राप्त गरेको थियो, र उसले मद्रास, कलकत्ता र बम्बईमा आफ्नो मुख्य अड्डाहरूलाई सुदृढ बनाएको थियो। १९ औं शताब्दीको सुरुतिर, ईस्ट इण्डिया कम्पनीले उत्तर तिरको क्षेत्र, “अवध” मा आफ्नो विस्तार गर्न थालेपछि,यो पाल्पाको नजिक सम्म आयो, जुन नेपालको मूल भूमिको बीचमा एउटा स्वतन्त्र शहर थियो। त्यसको लगत्तै दुई शक्ति बीचमा सीमा विवाद उत्पन्न भयो। नेपालीहरूले तिब्बतसंगको व्यापारिक महत्वाकांक्षालाई महसुस गराई अंग्रेजहरूलाई अनुमति दिनको लागि अवरोधको रुपमा साबित भइरहेका थिए। अन्त्यमा १ नोभेम्बर १८१४ मा बेलायतीहरूले नेपाल विरूद्ध युद्धको घोषणा गरे। अभियानहरूको एक श्रृंखला समावेश गरि, युद्ध दुई वर्षको लागि चल्यो । १८१५ मा बेलायती सेनापति सर डेभिड अक्टर्लोनीले गढवाल र कुमाऊँबाट नेपालीहरुलाई बेदखल गर्न सफल भए। एक वर्ष पछि, युद्ध सुगौली सन्धिमा हस्ताक्षर गरी समाप्त भयो। यस सन्धिले नेपालको सिमाना सीमांकन गर्‍यो।


    सुगौली सन्धिमा दुबै देशका आधिकारिक प्रतिनिधिको हस्ताक्षरयुक्त नक्सा नेपालसँग छ । यदि,त्यसलाई अस्वीकार गर्ने हो भने भारत उपनिवेश भएको बेला ब्रिटिशले बनाएको नक्सा पनि सुरक्षित छ । त्यो न भारत,न नेपाल,कसैले केरमेट वा तयार पारेका हैनन्,विशुद्ध ब्रिटेनले आफू अधीनस्थ भूमि (भारत)को सीमा अद्यावधिक गरेको हो । १८१६ मा नेपालसङ्ग महाकालीलाई दुई देशवीचको अन्तिम सिमाना मानेर १३१ बर्षसम्म त्यसैलाई सम्मान गर्दै उसले महात्मा गान्धी,जवाहरलाल नेहरुलाई हिन्दुस्तान छोडेर जाँदा त्यही नक्सा दिएर गएको छ र आजसम्म भारत त्यही नक्साका आधारमा चलेको छ। यसबीच,बेलायतीहरुले आफ्नै भूमि इङ्ग्ल्याण्ड फर्किनुअघि १९४७ मा पाकिस्तानलाई अलग पारिदिए। पछि बंगलादेश, विद्रोहको माध्यमबाट अलग राष्ट्रको हैसियतमा रहन पुग्यो । पाकिस्तान, बंगलादेश र अहिलेको भारत पनि त्यही ब्रिटेनले १९४७ मा दिएर गएको नक्साका आधारमा चलेका छन् । तर, सबै प्रमाणले नेपालकै भूमि प्रमाणित हुँदाहुँदै पनि समस्याचाहिँ नेपालमा सिर्जना भएको छ ।


    सुगौली सन्धि अनुसारको नक्सामा जाँदा र त्यसलाई भारतले मान्छु भन्दा समाधान पनि हुन्छ। तर,हामीसँग भएका ती नक्सा नेपालमै निर्मित वा मुद्रित हैनन्,लाइब्रेरी अफ अमेरिका र ब्रिटेनबाट ल्याइएका हुन् । वर्तमान भारतले ब्रिटिश इन्डियाको विरासत बोकेको छ। त्यसैले ब्रिटिश इन्डियाले बनाएका आधिकारिक र ऐतिहासिक नक्सा वर्तमान भारतले पनि मान्नुपर्ने हुन्छ। तर भारतले लिम्पियाधुराबाट निस्केको नदीलाई काली नमानीकन एउटा पहाडबाट निस्केको सानो तिरतिरे खोलालाई काली नदी मान्दै आएको छ। भारतले लिपुलेकदेखि पश्चिमको पूरै भूभाग अर्थात् लगभग ३७४ वर्गकिलोमिटर भूभाग आफ्नो नक्सामा गाभेको छ। भारत स्वतन्त्र भएदेखि बनाउँदै गएको नक्सामा कालापानी, लिपुलेक, लिम्पियाधुरा भारततिर पारिएको छ। यसलाई आधिकारिक नक्सा मान्न सकिँदैन। कालापानी क्षेत्र नेपाल, भारत र चीनको सीमा जुट्ने ठाउँ भएकाले चीन पनि जोडिन्छ। नेपालले यस मुद्दालाई सुल्झाउन चिनियाँ पक्षसँग पनि कूटनीतिक पहल गर्नुपर्छ। तर नेपालको कूटनीतिक अक्षमताले यो विषय सुल्झाउने गरी काम नभएका हुन्। त्यस्को लागि सुगौली सन्धि कालखण्डमा दुवै पक्षबीच स्वीकृत नक्शालाई आधार मान्दै पारस्परिक हितलाई ध्यानमा राखेर कूटनीतिक माध्यमबाट निर्णय गर्दा उपयुक्त हुन्छ।


    हालको अवस्थामा भारतले भने अनुसार निर्माण भएको सडक पूर्ण रूपमा आफ्नो इलाका अन्तर्गत भारतमा छ तर नेपालले कम्तिमा १९ किलोमिटर नयाँ सडक “नेपाली क्षेत्र हुँदै जान्छ” भन्दै सडक महाकाली नदीको पूर्वी किनारमा पुगेको छ भनि तर्क गरेको छ। ब्रिटिश औपनिवेशिक शासकहरूसँग १८१६ को सुगौली सन्धिमा आधारित रही नेपालले यस नदीको पूर्वी भागलाई आफ्नो क्षेत्र मान्दछ।

    यसरी नेपाल–भारतबीच सीमा विवाद जारी रहँदै यो मुद्दा अन्तर्राष्ट्रिय अदालतसम्म पुगेमा यस्ता प्रमाण बलिया आधार हुनेछन्। नेपाल–भारतबीच सीमा विवाद जारी रहेमा इन्टरनेसनल कोर्ट अफ जस्टिसले नदीको मुहानलाई केन्द्र मान्ने स्पष्टै देखिन्छ। त्यसैगरी, नेपालले ६५ वर्षअघि संयुक्त राष्ट्रसंघमा सदस्यता लिन बुझाएको दस्ताबेजमै नेपालको पश्चिमी सिमाना काली (महाकाली) नदी रहेको प्रस्ट उल्लेख छ। राष्ट्रसंघमा सदस्यता लिँदा नेपालले पश्चिममा काली नदी र पूर्वमा मेची नदीलगायत अन्य भूभाग सहितको स्पष्ट आँकडा दिएको छ। विवाद समाधानका लागि यहाँ धेरै सम्भाव्य रूपहरू छन्। नेपाल संग विवादित क्षेत्रका जग्गा दर्ता रेकर्ड र कर रसिदहरू पनि छ । त्यस क्षेत्रमा नेपाली सैन्य तैनाथ गरि भारतीय नागरिकहरूको लागि विशेष पहुँच अधिकार दिने र दुवै देशको लागि चीनको साथ स्वतन्त्र-व्यापार क्षेत्र भनि समावेश गर्न सकिन्छ। भारत र नेपाल दुवै पक्षहरुले राजनीतिक सद्भाव र साशन कला प्रयोग गरि दुवै देश बीचको सीमा समस्याहरू समाधान गर्न सक्छ।अबका दिनमा अगाडि बढ्ने तरीका भनेको नेपालको नयाँ नक्सालाई औपचारिक रूपमा अनुमोदन गरि, सम्पूर्ण नेपाल भारत सीमाको सीमांकन गर्नु र सीमा सुरक्षाको कामलाइ सिघ्र कार्यान्वयन गर्नु हो।


    हालै नेपाल–भारत सीमा सम्बन्धी प्रमाण संकलन गर्न ९ सदस्यीय विज्ञ समूहको गठन भएको छ। यस समूहले ज्यादै उच्च नैतिक अडानको नेतृत्व लिनको लागि आवश्यक छ; संवेदनशीलता, अन्तर्राष्ट्रिय सम्मान, राजनीति, र जटिल मुद्दाहरूलाई खुलस्त, विनम्रतापूर्वक, आदरपूर्वक, र दृढतापूर्वक संवाद गर्न सक्ने परिस्थतिको निर्माण गर्न जुटाइने प्रमाणले सहयोग गरोस । त्यसका साथै नेपालले लिम्पियाधुरा लिपुलेखसम्म आफ्नो सडकमार्ग निर्माण गर्न जरुरि पनि छ। आगामी दिनमा भारतको बाटो हुदै त्यहाँ जान नपरोस किनभने कालापानी हाम्रो पुर्खा लडेको ठाउँ हो, कालापानी हाम्रो पुर्खाहरु लडेर हाम्रो देशलाई बचाएको ठाउँ हो, ब्रिटिशले बिर्तामा दिएको भूभाग होइन। भारतले हाम्रो प्राकृतिक स्रोत, हाम्रो छोरी चेली, हाम्रो स्वाभिमान, हाम्रो श्रम, हाम्रो धार्मिक सम्पदाहरु कब्जा गरे तर अब हामीले हाम्रो भूमि र सार्वभौमसत्ता अतिक्रमण गरि भारतलाई कब्जा गर्न दिनु हुदैन।

    Posted in लोकप्रिय1 Comment on त्रिदेशीय सीमा बिन्दुको इतिहासलाई फर्केर हेर्दा:- अधिवक्ता अपेक्षा निरौला

    बरिष्ठ पत्रकार सतिश चापागाईं एनआरएनए अमेरिकाको संचार विभागको संयोजकमा नियुक्त !

  • २९ जेष्ठ २०७७, बिहीबार २२:४७ मा प्रकाशित

  • नेप्लिज डायस्पोराका प्रधान सम्पादक तथा लोकप्रिय कार्यक्रम जोग संजोगका संचालक सतिश चापागाईंलाई एनआरएनए अमेरिकाले संचार विभागको संयोजकमा नियुक्त गरेको छ। एनआरएनए अमेरिकाका गतिबिधिलाई ब्यबस्थित रुपमा आम सदस्य र सर्बसाधारण समक्ष पुर्याउन सहयोग पुगोस भने उद्देश्यले पत्रकार चापागाईंलाई यो जिम्मा प्रदान गरेको एनआरएन अमेरिकाका अध्यक्ष सुनील साहले बताउनु भयो।

    नेपालमा लामो समय पत्रकारिता गर्नुभएका चापागाईले बिभिन्न पत्रिकामा सम्पादक र बिभिन्न एफएमहरुमा स्टेशन म्यानेजरको जिम्मेवारी बहन गरिसक्नु भएको छ। उहाँ अहिले नेप्लिज डायस्पोरा डटकमका प्रधान सम्पादक र संचालक हुनुहुन्छ। नेपाल प्रेस युनियनका पुर्ब केन्द्रिय उपाध्यक्ष चापागाई नेपाल पत्रकार महासंघ पाल्पामा बिभिन्न जिम्मेवारी बहन गरिसक्नु भएको छ।
    एनआरएनएका मुद्धाहरुलाई विश्वब्यापी नै उठाउदै आउनु भएका चापागाई एनआरएनए अमेरिकालाई नजिकबाट बुझेका ब्यक्ति हुनुहुन्छ। चर्चित र लोकप्रिय कार्यक्रम जोग संजोगका संचालक समेत हुनुहुन्छ।
    “यो अवसरका लागि एनआरएनए अमेरिकाको सिंगो कार्यसमितिलाई धन्यवाद दिदै संस्थाको संस्थागत विकासमा संचारको क्षेत्रबाट गर्नुपर्ने सहयोग रचनात्मक रुपमा गर्नेछु।” चापागाईंले छोटो प्रतिक्रिया दिदै भन्नुभयो।
    नेप्लिज डायस्पोरा परिवार प्रधान सम्पादक चापागाईंलाई हार्दिक बधाई सहित सफल कार्यकालको शुभकामना ब्यक्त गर्दछ।

    Posted in अन्तर्राष्ट्रिय, लोकप्रियLeave a Comment on बरिष्ठ पत्रकार सतिश चापागाईं एनआरएनए अमेरिकाको संचार विभागको संयोजकमा नियुक्त !

    कोरोना अपडेट – आज थप कोरोना संक्रमितको संख्या १७०, नेपालभर संक्रमितको संख्या १२१२ पुग्यो

  • १६ जेष्ठ २०७७, शुक्रबार १९:०९ मा प्रकाशित
  • वसन्त अनुभव
    काठमाडौं, १६ जेठ / नेपालमा आज थप १७० जना कोरोना संक्रमित थपिएका छन । थपिएका संक्रमितमा १६५ जना पुरुष र ५ जना महिला रहेका छन । आज थपिएका कोरोना संक्रमितसँगै संक्रमण हुनेको संख्या १२१२ पुगेको ‌स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए । जसमध्ये ११०३ जना पुरुष र १०९ जना महिला रहेका छन ।

    प्रवक्ता देवकोटाका अनुसार थप संक्रमित हुनेमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौमा गरिएको परीक्षणमा ८४ जना पोजिटिभ पाइएको छ । कपिलवस्तु जिल्ला यशोधराका ७ देखि ५२ वर्षीय पुरुष रहेका छन ।
    रौतहट जिल्ला फरदहवाका २ जना बालिका र ५४ जना २२ देखि ७० वर्षीय पुरुष सहित ५६ जना रहेका छन ।
    सर्लाही कौदिना मंगलवाका १९ देखि ३० वर्षीय ३ पुरुष र १ महिला रहेका छन ।

    रुपन्देहीको प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणमा १६ जना कोरोना पोजेटिभ देखिएका छन। कपिलवस्तु गौतम बुद्ध मावीको क्वारेन्टाइनमा रहेका १७ देखि ४४ वर्षीय १५ जना पुरुष संक्रमित रहेका छन । कपिलवस्तुकै सैनामैनाका २७ वर्षीय पुरुष संक्रमित देखिएका छन ।

    दाङ घोराही स्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परिक्षणमा ११ जनामा कोरोना संक्रमण देखिएको छ । जसमा गढवा गापाका २८ र ४१ वर्षीय २ जना पुरुष संक्रमित पाइएका छन । त्यस्तै कपिलवस्तु विजयनगरका १७ देखि ५२ वर्षीय पुरुष संक्रमित भेटिएका छन ।

    कोशी अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा २७ जना कोरोना पोजिटिभ देखिएका छन । जसमा झापा कचनाकवलका १८ देखी ४१ वर्षीय २४ जना पुरुष र झापाकै तयारिभिट्टाका २४ देखी ५४ वर्षीय पुरुष कोरोना संक्रमित भएका छन ।

    धरानको विपि मेमोरियल अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा ५ जना कोरोना पोजिटिभ देखिएका छन । जसमा सप्तरी राजविराजका २० देखी २६ वर्षीय ४ जना पुरुष र झापा भद्रपुरका एक ३४ वर्षीय पुरुष कोरोना संक्रमित भएका छन ।

    नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा ९ जना कोरोना पोजिटिभ देखिएका छन । जसमा बारा पचौटा नगरपालिका २७ देखी ४५ वर्षीय ४ जना पुरुष, पर्सा पोखरियाका २४ देखी ५४ वर्षीय ४ जना पुरुष र पर्सा जिरा भवानीका एक ३४ वर्षीय पुरुष कोरोना संक्रमित भएका छन ।

    पाटन अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा सर्लाही स्थायी ठेगाना भै पाटन अस्पतालमा रहेका ३१ वर्षीय पुरुषमा कोरोना पोजिटिभ देखिएको छ ।

    गण्डकी अस्पतालको प्रयोगशालामा परिक्षणमा म्याग्दी मालिकाका ३० वर्षीय पुरुषमा कोरोना पोजिटिभ देखिएको छ ।

    भेरी अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा १० जना कोरोना पोजिटिभ देखिएका छन । जसमा सबै बाँके डुडुवाका १७ देखी ४१ वर्षीय पुरुष रहेका छन ।

    भरतपुर अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा ६ जना कोरोना पोजिटिभ देखिएका छन । जसमा कपिलवस्तु २३ देखी २६ वर्षीय ४ जना पुरुष र नवलपरासी बर्दघाट सुस्ता पुर्व देवचुलीका १९ र २१ वर्षीय २ जना पुरुष रहेका छन ।

    नेपालका ७ प्रदेशका विभिन्न ५२ जिल्लाहरु कोरोना प्रभावित हुन पुगेका छन । जसमा प्रदेश नं १ का ८ जिल्ला, प्रदेश नं २ का ८ जिल्ला, बागमती प्रदेशका १२ जिल्ला, गण्डकी प्रदेशका ५ जिल्ला, प्रदेश नं. ५ का ९ जिल्ला, कर्णाली प्रदेशका ३ जिल्ला र सुदुरपश्चिम प्रदेशका ७ जिल्ला रहेका छन ।

    नेपाल अधिराज्यभर क्वारेन्टाइनमा बसेका व्यक्तिहरुको संख्या ९९ हजार ३ सय ३६ रहेको छ । त्यस्तै आइसोलेसनमा रहेका संक्रमितको संख्या १ हजार रहेको छ । हाल आइसोलेसनमा रहनेमा प्रदेश नं १ मा १२७ जना, प्रदेश नं २ मा ३८७ जना, बागमती प्रदेशमा २२ जना, गण्डकी प्रदेशमा १८ जना, प्रदेश नं. ५ मा ३८३ जना, कर्णाली प्रदेशमा ४७ जना, र सुदुरपश्चिम प्रदेशका १६ जना रहेका छन ।

    नेपालमा उपचाररत कोरोना संक्रमितहरु मध्ये आज १९ जना कोरोना संक्रमितहरु उपचारपछि निको भइ डिस्चार्ज भएका छन्। आज डिस्चार्ज हुनेहरूमा टेकु अस्पतालमा उपचाररत २ जना, कोरोना विषेश अस्पताल बेल्झुण्डी दाङमा उपचाररत ८ जना, पाटन अस्पतालमा उपचाररत ७ जना र बलम्बु युनिफाइट कोरोना विषेश अस्पतालमा उपचाररत २ जना रहेका छन ।

    आज डिस्चार्ज भएकाहरु सँगै घर फर्कनेको संख्या २०६ पुगेको छ। जसमा १६२ पुरुष र ४४ महिला रहेका छन ।हालसम्म डिस्चार्ज हुनेमा प्रदेश नं १ मा ३० जना, प्रदेश नं २ मा १०२ जना, बागमती प्रदेशमा २० जना, गण्डकी प्रदेशमा २ जना, प्रदेश नं. ५ मा ४७ जना र सुदुरपश्चिम प्रदेशका ५ जना रहेका छन ।

    त्यस्तै कोरोनाका कारण नेपालमा थप एक जनाको मृत्यु भएको पुष्टि भएको छ । अर्घाखाँची भुमिकास्थान नपाका ३५ वर्षीय पुरुषको जेठ १० भारतबाट नेपाल आउनेक्रममा मृत्यु भएको थियो । निजको जेठ ११ गते नमुना स्याम्पल लिइएको थियो । योसँगै मृत्यु हुनेको संख्या ६ पुगेको छ ।

    हाल सम्म आरटी पिसिआर प्रविधिबाट ६४ हजार १ सय ५४ वटा नमुना स्याम्पलको परिक्षण गरिएको छ भने विगत २४ घण्टाभित्र ३ हजार २ सय ३८ वटा नमुना परिक्षण गरिएको छ । त्यस्तै हालसम्म आरडिटी प्रविधिबाट १ लाख ५ हजार ४ सय ७८ वटा नमुना परिक्षण गरिएको छ भने विगत २४ घण्टाभित्र ३ हजार ४ सय ४४ वटा नमुना परिक्षण गरिएको छ ।

    अनलाइन एप मार्फत कोरोना सम्बन्धि आफ्नो विवरण भर्ने ब्यक्तिहरुको संख्या हालसम्म ५० हजार ८ सय ४६ पुगेको छ । विगत २४ घण्टामा बिवरण भर्नेको संख्या ५१४ रहेको छ । जसमध्ये ५ जना रेडजोन परेका छन ।

    Posted in ताजा अपडेट, मुख्य खबर, लोकप्रियLeave a Comment on कोरोना अपडेट – आज थप कोरोना संक्रमितको संख्या १७०, नेपालभर संक्रमितको संख्या १२१२ पुग्यो

    कोरोना अपडेट – आज थप कोरोना संक्रमितको संख्या ११४, नेपालभर संक्रमितको संख्या ८८६ पुग्यो

  • १४ जेष्ठ २०७७, बुधबार २१:५३ मा प्रकाशित
  • वसन्त अनुभव
    काठमाडौं, १४ जेठ
    नेपालमा आज थप ११४ जना कोरोना संक्रमित थपिएका छन । आज थपिएका कोरोना संक्रमितसँगै संक्रमण हुनेको संख्या ८८६ पुगेको ‌छ । ती मध्ये महिला ९० जना र पुरुष ७९६ जना भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए ।

    प्रवक्ता देवकोटाका अनुसार थप संक्रमित हुनेमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौमा गरिएको परीक्षणमा सिराहा लगायत जिल्लाका ३८ जना कोरोना संक्रमित पाइएका हुन ।

    त्यस्तै धरान स्थित किटजन्य प्रयोगशालामा गरिएको परीक्षणमा ८ जना कोरोना संक्रमित पाइएका हुन । जसमा रौतहटका ७ जना र मकवानपुरको १ जना रहेका छन ।

    त्यस्तै हेटौंडा स्थित विपि मेमोरियल क्यान्सर अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा १६ जना कोरोना संक्रमित पाइएका हुन ।

    त्यस्तै भेरी प्रादेशिक अस्पताल, नेपालगन्ज बाँकेको प्रयोगशालामा गरिएको परीक्षणमा बाँकेका १६ जना कोरोना संक्रमित पाइएका हुन ।

    त्यस्तै कोशि अञ्चल अस्पताल, बिराटनगरको प्रयोगशालामा गरिएको परीक्षणमा १७ जना कोरोना संक्रमित पाइएका हुन । जसमा झापा गौरादहका २ जना र कचनकवला गापाका १५ जना कोरोना संक्रमित पाइएका हुन ।

    राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा १८जना कोरोना संक्रमित पाइएका हुन । जसमा रुकुमपुर्वका ३ जना, दाङ घोराहीका ७ जना र लमही नपाका ८ जना कोरोना संक्रमित पाइएका हुन ।

    नेपालका ७ प्रदेशका विभिन्न ४७ जिल्लाहरु कोरोना प्रभावित हुन पुगेका छन । जसमा प्रदेश नं १ का ७ जिल्ला, प्रदेश नं २ का ८ जिल्ला, बागमती प्रदेशका ११ जिल्ला, गण्डकी प्रदेशका ४ जिल्ला, प्रदेश नं. ५ का ९ जिल्ला, कर्णाली प्रदेशका ३ जिल्ला र सुदुरपश्चिम प्रदेशका ५ जिल्ला रहेका छन ।

    नेपाल अधिराज्यभर क्वारेन्टाइन बेड संख्या १ लाख १७ हजार ४४ रहेको छ भने क्वारेन्टाइनमा बसेका व्यक्तिहरुको संख्या ७० हजार ३ सय ५ रहेको छ ।

    त्यस्तै आइसोलेसन बेडको संख्या ३ हजार ५ सय २३ रहेको छ भने आइसोलेसनमा रहेका संक्रमितको संख्या ६ सय ९९ जना रहेको छ । हाल आइसोलेसनमा रहनेमा प्रदेश नं १ मा ७३ जना, प्रदेश नं २ मा २२६ जना, बागमती प्रदेशमा २७ जना, गण्डकी प्रदेशमा ११ जना, प्रदेश नं. ५ मा ३२५ जना, कर्णाली प्रदेशमा २५ जना, र सुदुरपश्चिम प्रदेशका १२ जना रहेका छन ।

    नेपालमा उपचाररत कोरोना संक्रमितहरु मध्ये आज २८ जना कोरोना संक्रमितहरु उपचारपछि निको भइ डिस्चार्ज भएका छन्। मंगलबार डिस्चार्ज हुनेमा नारायणी कोभिड अस्थायी अस्पतालबाट २१ जना, बुधबार डिस्चार्ज हुनेमा कोशी अञ्चल अस्पतालबाट ४ जना र बाँके स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालबाट ३ जना रहेका छन ।

    आज डिस्चार्ज भएकाहरु सँगै घर फर्कनेको संख्या १८३ पुगेको छ। हालसम्म डिस्चार्ज हुनेमा प्रदेश नं १ मा ३० जना, प्रदेश नं २ मा ९७ जना, बागमती प्रदेशमा ११ जना, गण्डकी प्रदेशमा २ जना, प्रदेश नं. ५ मा ३८ जना र सुदुरपश्चिम प्रदेशका ५ जना रहेका छन ।

    त्यस्तै कोरोनाका कारण नेपालमा हालसम्म ४ जना व्यक्तिले ज्यान गुमाईसकेका छन । हालसम्म मृत्यु हुनेमा प्रदेश नं २ मा १ जना, बागमती प्रदेशमा १ जना र प्रदेश नं. ५ मा २ जना रहेका छन ।

    हाल सम्म आरटी पिसिआर प्रविधिबाट ५८ हजार २ सय ७७ वटा नमुना स्याम्पलको परिक्षण गरिएको छ भने विगत २४ घण्टाभित्र ३ हजार ५ सय ८० वटा नमुना परिक्षण गरिएको छ । त्यस्तै हालसम्म आरडिटी प्रविधिबाट १ लाख २ सय ८७ वटा नमुना परिक्षण गरिएको छ ।
    .

    Posted in ताजा अपडेट, मुख्य खबर, लोकप्रियLeave a Comment on कोरोना अपडेट – आज थप कोरोना संक्रमितको संख्या ११४, नेपालभर संक्रमितको संख्या ८८६ पुग्यो

    कोरोना अपडेट – आज थप कोरोना संक्रमितको संख्या ९०, नेपालभर संक्रमितको संख्या ७७२ पुग्यो

  • १३ जेष्ठ २०७७, मंगलवार २०:३८ मा प्रकाशित
  • वसन्त अनुभव
    काठमाडौं, १३ जेठ
    नेपालमा आज थप ९० जना कोरोना संक्रमित थपिएका छन । आज थपिएका कोरोना संक्रमितसँगै संक्रमण हुनेको संख्या ७७२ पुगेको ‌स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए ।

    प्रवक्ता देवकोटाका अनुसार थप संक्रमित हुनेमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौमा गरिएको परीक्षणमा महोत्तरी जिल्लाका २ जना, जुम्लामा स्थायी ठेगाना भई बारा जिल्ला निवासी २ जना, बारा जिल्ला पचौटा नगरपालिका- १ मा रहेको पिपरपट्टी माविको क्वारेन्टाइनमा रहेका ३ जना, रौतहट जिल्लाका २२ जना, सिरहा जिल्लाका ५ जना, धनुषा जिल्लाका १ जना गरी आज ३५ जना संक्रमित रहेका छन ।

    त्यस्तै भेरी प्रादेशिक अस्पताल, नेपालगन्ज बाँकेको प्रयोगशालामा गरिएको परीक्षणमा बाँकेका १ जना, रुपन्देही प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणमा ७ जना कोरोना पोजेटिभ देखिएका छन। निजहरुमध्ये कपिलवस्तु जिल्लाका २ जना, अर्घाखाँची जिल्लाका २ जना, गुल्मी जिल्लाका २ जना, रुपन्देही जिल्लाका १ जना रहेका छन्। त्यस्तै सेती प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणमा २ जना ब्यक्ति कोरोना पोजेटिभ देखिएका छन । उनीहरु कैलाली जिल्लाका १ जना र अछाम जिल्लाका १ जना रहेका छन्।

    कास्की जिल्लाको पोखराको प्रयोगशालामा गरिएको परीक्षणमा स्याड्जाका २ जना, सुर्खेत प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा सुर्खेत जिल्लाका १२ जना कोरोना पोजिटिभ देखिएका हुन । त्यसैगरी बाँके जिल्लाका ७ जनामा पनि कोरोना पोजेटिभ देखिएको छ । दाङ जिल्लाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा कपिलस्तुका २४ जना कोरोना संक्रमित देखिएका हुन ।

    नेपालका ७ प्रदेशका विभिन्न ४६ जिल्लाहरु कोरोना प्रभावित हुन पुगेका छन । जसमा प्रदेश नं १ का ७ जिल्ला, प्रदेश नं २ का ८ जिल्ला, बागमती प्रदेशका ११ जिल्ला, गण्डकी प्रदेशका ४ जिल्ला, प्रदेश नं. ५ का ८ जिल्ला, कर्णाली प्रदेशका ३ जिल्ला र सुदुरपश्चिम प्रदेशका ५ जिल्ला रहेका छन ।

    नेपाल अधिराज्यभर क्वारेन्टाइन बेड संख्या १ लाख २ हजार ७ सय ५८ रहेको छ भने क्वारेन्टाइनमा बसेका व्यक्तिहरुको संख्या ५५ हजार २ सय ८२ रहेको छ ।

    त्यस्तै आइसोलेसन बेडको संख्या ३ हजार ४ सय २३ रहेको छ भने आइसोलेसनमा रहेका संक्रमितको संख्या ६ सय १३ जना रहेको छ । हाल आइसोलेसनमा रहनेमा प्रदेश नं १ मा ६० जना, प्रदेश नं २ मा १९१ जना, बागमती प्रदेशमा २६ जना, गण्डकी प्रदेशमा ५ जना, प्रदेश नं. ५ मा २९४ जना, कर्णाली प्रदेशमा २५ जना, र सुदुरपश्चिम प्रदेशका १२ जना रहेका छन ।

    नेपालमा उपचाररत कोरोना संक्रमितहरु मध्ये आज ४३ जना कोरोना संक्रमितहरु उपचारपछि निको भइ डिस्चार्ज भएका छन्। आज डिस्चार्ज हुनेहरू नारायणी अस्पतालमा उपचाररत २ महिला र ४१ पुरुष रहेका छन्। आज डिस्चार्ज भएकाहरु सँगै घर फर्कनेको संख्या १५५ पुगेको छ। हालसम्म डिस्चार्ज हुनेमा प्रदेश नं १ मा २६ जना, प्रदेश नं २ मा ७६ जना, बागमती प्रदेशमा ११ जना, गण्डकी प्रदेशमा २ जना, प्रदेश नं. ५ मा ३५ जना र सुदुरपश्चिम प्रदेशका ५ जना रहेका छन ।

    त्यस्तै कोरोनाका कारण नेपालमा हालसम्म ४ जना व्यक्तिले ज्यान गुमाईसकेका छन । हालसम्म मृत्यु हुनेमा प्रदेश नं २ मा १ जना, बागमती प्रदेशमा १ जना र प्रदेश नं. ५ मा २ जना रहेका छन ।

    हाल सम्म आरटी पिसिआर प्रविधिबाट ५४ हजार ६ सय ९७ वटा नमुना स्याम्पलको परिक्षण गरिएको छ भने विगत २४ घण्टाभित्र ३ हजार ५५ वटा नमुना परिक्षण गरिएको छ । त्यस्तै हालसम्म आरडिटी प्रविधिबाट ९७ हजार ९ सय ६७ वटा नमुना परिक्षण गरिएको छ ।

    Posted in ताजा अपडेट, मुख्य खबर, लोकप्रियLeave a Comment on कोरोना अपडेट – आज थप कोरोना संक्रमितको संख्या ९०, नेपालभर संक्रमितको संख्या ७७२ पुग्यो

    कोरोना अपडेट- थप २० जना ब्यक्तिमा कोरोना पुष्टि, नेपालमा कोरोना संक्रमितको संख्या ५०७ पुग्यो

  • ९ जेष्ठ २०७७, शुक्रबार २०:०० मा प्रकाशित
  • वसन्त अनुभव
    काठमाडौं, ९ जेठ
    नेपालमा पुन: २० जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले मन्त्रालयद्वारा हुने नियमित मिडिया व्रिफिङ कार्यक्रममा उक्त जानकारी दिएका हुन ।

    थप कोरोना संक्रमण भएको पुष्टि हुनेमा कैलालीका ३ जना, डडेल्धुराका १ जना, बैतडीका १ जना, मोरङका १ जना र बाँकेका १४ जना व्यक्ति रहेका छन ।

    संक्रमित हुनेमा कैलालीका १९, २३ र २६ वर्षीय पुरुष रहेका छन जो जानकी गा.पा.को क्वारेन्टाइनमा बस्दै आएका थिए । त्यस्तै डडेल्धुरा जिल्ला पर्शुराम- १ का २८ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो ।

    त्यस्तै बैतडी शिवनाथ -१ का २२ वार्षिकोत्सब पुरुष कोरोना पोजिटिभ पुष्टि भएका हुन । उपरोक्त सबैको सेती प्रादेशिक अस्पताल, कैलालीको प्रयोगशालामा नमुना परिक्षणको क्रममा पोजिटिभ देखिएको हो ।

    त्यस्तै बाँकेको राप्ती सोनारीका १८ वर्षिय पुरुषमा र नरैनापुर गापाका १८ देखि ६१ वर्ष उमेर समुहका १३ जना पुरुषमा कोरोना पुष्टि भएको छ । निजहरुको भेरी प्रादेशिक अस्पताल, नेपालगन्जमा स्वाव नमुना परिक्षणका क्रममा कोरोना पोजिटिभ देखिएको हो ।

    त्यस्तै मोरङ जिल्ला रतुवामाई २ का ४१ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

    प्राप्त विवरण अनुसार आज मात्र बिहान कोरोना पुष्टि भएका ३० जना र दिउसो पुष्टि भएका २० जना गरी ५० जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । यसरी थप संक्रमित सहित नेपालमा कोरोना संक्रमितको संख्या ५०७ जना पुगेको छ। जसमा ४३३ जना पुरुष र ७४ जना महिला रहेका छन ।

    हाल आइसोलेसनमा रहेका कोरोना संक्रमितहरु ४३४ जना रहेका छन । प्रदेश बमोजिमको विवरण अनुसार प्रदेश नं. १ मा ५८ जना, प्रदेश नं. २ मा १४५ जना, वागमती प्रदेशमा १८ जना, गण्डकी प्रदेशमा ३ जना, प्रदेश नं. ५ मा २०३ जना, कर्णाली प्रदेशमा १ जना र सुदुरपश्चिम प्रदेशमा ५ जना कोरोना संक्रमितहरु उपचाररत रहेका छन ।

    प्रदेश अनुसार संक्रमितको विवरण

    मन्त्रालयका प्रवक्ता डा देवकोटाका अनुसार नेपालभरका ४० जिल्लामा कोरोना संक्रमित भेटिएका छन। प्रदेश अनुसार कोरोना संक्रमितको विवरण निम्नानुसार रहेको छ । प्रदेश नं. १ मा ८५ जना, प्रदेश नं. २ मा १५१ जना, वागमती प्रदेशमा २८ जना, गण्डकी प्रदेशमा ५ जना, प्रदेश नं. ५ मा २२७ जना, कर्णाली प्रदेशमा १ जना र सुदुरपश्चिम प्रदेशमा १० जना कोरोना संक्रमित रहेका छन ।

    कोरोना संक्रमितहरु मध्ये ३ जनाको मृत्यु भएको पुष्टि भएको छ । मृत्यु हुनेमा २ जना पुरुष र १ महिला रहेका छन ।

    मन्त्रालयका प्रवक्ताका अनुसार आज उपचार पछि निको भइ डिस्चार्ज हुने कोरोना संक्रमितको संख्या २१ रहेको छ । प्रखर सुशील कोइराला मेमोरियल क्यान्सर अस्पतालमा रहेको कोरोना अस्पतालमा उपचाररत १२ जना पुरुष र ९ जना महिला डिस्चार्ज भएका हुन । १ देखि ६० वर्ष उमेरका ती ब्यक्तिहरु १७ देखि २० दिनको उपचार बसाई पश्चात् पिसिआर नेगेटिभ आएपछि डिस्चार्ज गरिएको हो यो सँगै डिस्चार्ज हुनेको संख्या ७० पुगेको छ ।

    प्राप्त विवरण अनुसार प्रदेश नं. १ बाट २६ जना, प्रदेश नं. २ बाट ६ जना, वागमती प्रदेशबाट ९ जना, गण्डकी प्रदेशबाट २ जना, प्रदेश नं. ५ बाट २२ जना, र सुदुरपश्चिम प्रदेशबाट ५ जना डिस्चार्ज भएका छन ।

    मन्त्रालयका प्रवक्ता डा देवकोटाका अनुसार हालसम्म ४२ हजार ५ सय १७ जनाको पिसिआर प्रविधिबाट र ८२ हजार १ सय १६ जनाको आरडिटि प्रविधिबाट कोरोना परिक्षण गरिएको छ । वितेको २४ घन्टामा मात्र ३ हजार ८ सय १९ जनाको पिसिआर प्रविधिबाट परीक्षण भएको छ भने ३ हजार ४ सय २१ जनाको आरडिटि प्रविधिबाट परीक्षण भएको छ ।

    देशभर हाल २७ हजार ८ सय २९ जना क्वारेन्टाइनमा बसेका छन । जसमा प्रदेश नं. १ मा १ हजार ४ सय १४ जना, प्रदेश नं. २ मा ५ हजार ९ सय ६ जना, वागमती प्रदेशमा ४ सय ७८ जना, गण्डकी प्रदेशमा ६ सय ७८ जना, प्रदेश नं. ५ मा १५ हजार ९ सय ८९ जना, कर्णाली प्रदेशमा ७ सय ३५ जना र सुदुरपश्चिम प्रदेशमा २ हजार ६ सय २९ जना क्वारेन्टाइन बसेका छन ।

    Posted in ताजा अपडेट, मुख्य खबर, लोकप्रियLeave a Comment on कोरोना अपडेट- थप २० जना ब्यक्तिमा कोरोना पुष्टि, नेपालमा कोरोना संक्रमितको संख्या ५०७ पुग्यो

    गुमेका ती भुमि जति, सबै फिर्ता पाउनु पर्‍यो

  • ६ जेष्ठ २०७७, मंगलवार १३:४५ मा प्रकाशित
  • वसन्त अनुभव, गजलकार

    गजल

    नक्सा मात्र कोर्ने हैन, जोतभोगमै आउनु पर्‍यो ।
    गुमेका ती भुमि जति, सबै फिर्ता पाउनु पर्‍यो ।

    देशभक्त राष्ट्रभक्त, जागौ सबै चनाखो भइ,
    सधैं सीमा किच्लो भन्दा, काँडे तार लाउनु पर्‍यो ।

    सार्बभौम सत्ता सम्पन्न, पन्चशिल मान्ने राष्ट्र,
    हरबक्त नेपालले, दक्षिण किन धाउनु पर्‍यो ?

    नामले मात्र हैन वीर, गोर्खालीका सन्तान हामी,
    परि आए भारी पर्छौ, भनी देखाउनु पर्‍यो ।

    खुलेर नै बोल्न सकौ, बिग ब्रदर्स प्रवृतिमा,
    मन वचन कर्ममा नै, देशभक्ती छाउनु पर्‍यो ।
    २०७७/०२/०६
    दाङ

    Posted in ताजा अपडेट, मुख्य खबर, लोकप्रिय, साहित्यLeave a Comment on गुमेका ती भुमि जति, सबै फिर्ता पाउनु पर्‍यो

    ओली सरकारको ऐतिहासिक निर्णय, लिम्पियाधुरा सहितको नेपालको नक्सा जारी

  • ५ जेष्ठ २०७७, सोमबार २१:५५ मा प्रकाशित
  • ५ जेठ, काठमाडौँ । सरकारले लिम्पियाधुरासहितको नेपालको नक्सा जारी गरेको छ । सोमबार साँझ आकस्मिक रूपमा प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले नेपालको नयाँ नक्सा जारी गरेको हो ।

    नयाँ नक्सामा भारतले अतिक्रमण गरेका नेपालका लिपुलेक, कालापानी र लिम्पियाधुरालाई समावेश गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको एक इन्च भूमि पनि कसैले अतिक्रमण गर्न नपाउनै भन्दै पूर्खाले लडेर रक्षा गरेको भूमिको संरक्षण गर्ने बताउँदै आएका थिए ।

    आइतबरकै मन्त्रिपरिषदको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले प्रस्ताव लगेकी थिइन । महत्वपूर्ण मानिएको प्रस्तावमा सोमबारको बैठकमा छलफल गरेर जारी गरिएको हो ।

    नयाँ नक्सा आजैबाट प्रयोगमा आएको छ । नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले नक्सा अब सबैखालको प्रशासनिक प्रयोगमा ल्याउने जानकारी दिनुभएको छ । उहाँले सोमबार मन्त्रालयमा मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै अब सबैखालको प्रयोगमा नयाँ नक्सा आउने बताउनुभयो ।

    परराष्ट्र मन्त्रालयको सहमतिसहित भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा कुमारी अर्यालले प्रस्तुत गर्नुभएको लिम्पियाधुरासहितको नयाँ नक्साको प्रस्ताव मन्त्रिपरिषदले पारित गरेको हो। मन्त्रिपरिषदको बैठकले सुगौली सन्धी अनुसारको नेपालको अन्तराष्ट्रिय सिमा कायम गर्दै नयाँ नक्सा जारी गर्ने प्रस्ताव गएको हो। १८१६ को सुगौली सन्धि लिम्पियाधुराबाट आउने नदी काली नदीलाई सीमा नदी मान्दै यो नक्सा तयार पारिएको छ ।

    नेपाल आफैले पहिलो पटक लिम्पियाधुरासहितको नक्सा बनाएको हो। सरकारले नीति तथा कार्यक्रममा लिम्पियाधुरासहितको नक्सा जारी गर्ने घोषणा गरेका थियो। घोषणा गरेको ४ दिनमा सरकारले यो नयाँ नक्सा मन्त्रिपरिषदमा निर्णय गरिएको हो। भारतले १८१६ को सुगौली सन्धीको ५० वर्षपछि नक्सामार्फत अतिक्रमण गरेका थियो ।

    सन १८५६ देखि ९५ वर्ष लगाएर एक दर्जन नक्सामार्फत काली नदीको नाम परिवर्तन गरी कुटियाङदी लेख्न थाल्यो र लिपुलेकबाट आउने नदीलाई काली लेख्न थालेको देखिन्छ। नेपाली भूमि कालापानीमा ६० वर्षदेखि भारतीय सेना बस्दै आएको छ।

    सन १९६२ मा भारत चीन युद्ध भएपछि सामारिक स्वार्थ देखेर भारतले कालपानीमा इन्डो तिब्बत बोर्डर पुलिस फोर्स (आईटीबीपीएफ) राख्दै आएको छ । कालापानीमा फौज राखेपछि विस्तारै भारतले आफ्नो ब्यारेक भन्दा पूर्व एउटा सानो काली नामको मन्दिर र कुण्ड बनाएर त्यहीबाट बग्ने कुलोलाई नक्कली काली नदी भन्दै नक्सा समेत जारी गरेको छ ।

    भारतले गत कार्तिक १६ गते लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको नेपाली भूमि भारतमा पारेर नक्सा जारी गरेपछि यसको विरोध हुँदै आएको थियो भने सरकारलाई संसदीय समितिहरु लिम्पियाधुरासहितको नक्सा जारी गर्न निर्देशन दिएका थिए। अहिले वैशाख १६ भारतले नेपाली भूमि लिपुलेक हुदै मानसरोवर जाने सडक निर्माण गरेको थियो।

    भारतलाई त्यो भूमि नेपालको भएको भन्दै भारतलाई कुटनीतिक नोट पनि दिइसकेको छ। यसअघि सन २०१५ मे १५ मा भारत र चीनले लिपुलेकलाई द्धिपक्षिय व्यापार नाका बनाउने सहमति गरेका थियो। त्यस बेला नेपालले आफूलाई नसोधि आफ्नो भूमिलाई व्यापार नाका बनाउँने भन्दै विरोध जनाएको थियो । पछिल्लो समय भारतको दादागिरी बढेपछि सरकारले कडा प्रतिवाद गरेको छ । यही प्रतिवादकै क्रममा पहिलो पटक लिम्पियाधुरासहितको नक्साजारी भएको हो ।
    दैनिकी

    Posted in ताजा अपडेट, मुख्य खबर, लोकप्रियLeave a Comment on ओली सरकारको ऐतिहासिक निर्णय, लिम्पियाधुरा सहितको नेपालको नक्सा जारी

    कोरोना अपडेट – कोरोना संक्रमण थप १० जनामा पुष्टि, संक्रमितको संख्या २९१ पुग्यो

  • ४ जेष्ठ २०७७, आईतवार ०९:२५ मा प्रकाशित
  • वसन्त अनुभव
    काठमाडौ, ४ जेठ
    नेपालमा थप १० जना कोरोना संक्रमण भएको पुष्टि भएको छ । सिमावर्ती जिल्ला रौतहटमा भेटिएका १० जना संक्रमित सँगै नेपालमा कोरोना संक्रमितको संख्या २९१ पुगेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा जारी प्रेस विज्ञप्तिका अनुसार नयाँ संक्रमित भएको पुष्टि हुनेमा रौतहट राजपुर नपा फरहदवा – ९ निवासी १८, ३२, ३६, ३९, ३९, ४२ र ४८ वर्षिय पुरुष र रौतहट ईशनाथ नपा ३ र५ निवासी २८, ३० र ३३ वर्षीय पुरुष रहेका छन । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौमा गरिएको पिसिआर परिक्षणमा निजहरूको कोरोना पोजिटिभ देखिएको हो ।

    मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार निजहरूको स्वास्थ्य अवस्था सामान्य रहेको छ । साथै स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको बुझिएको छ ।

    प्राप्त विवरण अनुसार नेपालमा संक्रमित भएका २९१ जना मध्ये एक जनाको मृत्यु भएको, ३६ जना निको भइ घर फर्किसकेको र बाकी संक्रमितहरुको विभिन्न स्थानहरूमा उपचार भैरहेको छ । संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।

    Posted in ताजा अपडेट, मुख्य खबर, लोकप्रियLeave a Comment on कोरोना अपडेट – कोरोना संक्रमण थप १० जनामा पुष्टि, संक्रमितको संख्या २९१ पुग्यो

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P