बरिष्ठ पत्रकार सतिश चापागाईं एनआरएनए अमेरिकाको संचार विभागको संयोजकमा नियुक्त !

  • २९ जेष्ठ २०७७, बिहीबार २२:४७ मा प्रकाशित

  • नेप्लिज डायस्पोराका प्रधान सम्पादक तथा लोकप्रिय कार्यक्रम जोग संजोगका संचालक सतिश चापागाईंलाई एनआरएनए अमेरिकाले संचार विभागको संयोजकमा नियुक्त गरेको छ। एनआरएनए अमेरिकाका गतिबिधिलाई ब्यबस्थित रुपमा आम सदस्य र सर्बसाधारण समक्ष पुर्याउन सहयोग पुगोस भने उद्देश्यले पत्रकार चापागाईंलाई यो जिम्मा प्रदान गरेको एनआरएन अमेरिकाका अध्यक्ष सुनील साहले बताउनु भयो।

    नेपालमा लामो समय पत्रकारिता गर्नुभएका चापागाईले बिभिन्न पत्रिकामा सम्पादक र बिभिन्न एफएमहरुमा स्टेशन म्यानेजरको जिम्मेवारी बहन गरिसक्नु भएको छ। उहाँ अहिले नेप्लिज डायस्पोरा डटकमका प्रधान सम्पादक र संचालक हुनुहुन्छ। नेपाल प्रेस युनियनका पुर्ब केन्द्रिय उपाध्यक्ष चापागाई नेपाल पत्रकार महासंघ पाल्पामा बिभिन्न जिम्मेवारी बहन गरिसक्नु भएको छ।
    एनआरएनएका मुद्धाहरुलाई विश्वब्यापी नै उठाउदै आउनु भएका चापागाई एनआरएनए अमेरिकालाई नजिकबाट बुझेका ब्यक्ति हुनुहुन्छ। चर्चित र लोकप्रिय कार्यक्रम जोग संजोगका संचालक समेत हुनुहुन्छ।
    “यो अवसरका लागि एनआरएनए अमेरिकाको सिंगो कार्यसमितिलाई धन्यवाद दिदै संस्थाको संस्थागत विकासमा संचारको क्षेत्रबाट गर्नुपर्ने सहयोग रचनात्मक रुपमा गर्नेछु।” चापागाईंले छोटो प्रतिक्रिया दिदै भन्नुभयो।
    नेप्लिज डायस्पोरा परिवार प्रधान सम्पादक चापागाईंलाई हार्दिक बधाई सहित सफल कार्यकालको शुभकामना ब्यक्त गर्दछ।

    Leave a Reply