• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: लोकप्रिय

विगत २४ घण्टामा कुन कुन जिल्लामा कती, कती भए कोरोना संक्रमित

  • १५ आश्विन २०७७, बिहीबार १९:३८ मा प्रकाशित
  • काठमाडौं, १५ असोज
    नेपालमा पछिल्लो प्राप्त जानकारी अनुसार कोरोना संक्रमितको संख्या ७९ हजार ७ सय २८ पुगेको छ । आज मात्र १ हजार ९ सय ११ जना कोरोना संक्रमित थपिएका छन ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रीफिङमा दिएको जानकारी अनुसार थप संक्रमितको प्रदेश तथा जिल्ला अनुसार विवरण निम्नानुसार रहेको छ ।

    प्रदेश १ मा
    ताप्लेजुङका १ जना
    उदयपुरका ३ जना
    खोटाङका २ जना
    झापाका ४ जना
    ओखलढुंगाका ३ जना
    भोजपुरका १ जना
    मोरङका १०५ जना
    सुनसरीका ६६ जना

    प्रदेश २ मा
    धनुषाका १९ जना
    पर्साका २८ जना
    बाराका १४ जना
    महाेत्तरीका १६ जना
    रौतहटका ४ जना
    सप्तरीका १६ जना
    सर्लाहीका ५ जना
    सिरहाका ३९ जना

    बागमती प्रदेशमा
    काठमाडौंका ८१७ जना
    काभ्रेपलान्चोकका १७ जना
    चितवनका ८६ जना
    दोलखाका ३ जना
    धादिङका १७ जना
    नुवाकोटका १० जना
    भक्तपुरका ५८ जना
    मकवानपुरका १७ जना
    रामेछापका ६ जना
    ललितपुरका ६८ जना
    सिन्धुपाल्चोकका ३ जना
    सिन्धुलीका ४ जना

    गण्डकी प्रदेशमा
    कास्कीका २८ जना
    गोरखाका ५ जना
    नवलपरासी पुर्वका १४ जना
    स्याङजाका १ जना
    तनहुँका ८ जना
    पर्वतका २ जना
    लमजुङका २ जना
    बागलुङका १४ जना

    प्रदेश ५ मा
    कपिलवस्तुका ३ जना
    गुल्मीका ३ जना
    दाङका ९ जना
    नलवपरासी पश्चिमका १० जना
    पाल्पाका ३ जना
    बर्दियाका ४ जना
    बाँकेका ३० जना
    रुपन्देहीका ९१ जना
    रोल्पाका जना
    प्युुठानका जना
    रुुुकुम पुुुर्वका ५ जना

    कर्णाली प्रदेशमा
    कालिकोटका ७ जना
    जुुुम्लाका ३७ जना
    दैैैैलेखका २ जना
    सल्यानका ३ जना
    मुुुगुका २ जना
    रुुुकुम पश्चिमका ३ जना

    सुदूरपश्चिम प्रदेशमा
    कन्चनपुरका २४ जना
    अछामका १ जना
    कैलालीका १६१ जना
    डडेल्धुराका १ जना
    बैतडीका ४ जना
    बझाङका २ जना

    Posted in ताजा अपडेट, लोकप्रियLeave a Comment on विगत २४ घण्टामा कुन कुन जिल्लामा कती, कती भए कोरोना संक्रमित

    अखिल नेपाल पिछडावर्ग महासघ पर्साले आफ्नो छूटै पहिचान बनाउदै, समाजिक कार्यमा तीब्रता,भिखमपुर स्वास्थ्य केन्द्रमा पनि सरसफाइ

  • १४ आश्विन २०७७, बुधबार १६:२६ मा प्रकाशित
  • उमेश कुशवाहा ,बिरगंज,असोज १४

    अखिल नेपाल पिछडावर्ग महासघ पर्साद्वारा समाजिक कार्यमा तीब्रता देखाईएको छ भने आफ्नो छूटै पहिचान बनाएको छ।

    मठ-मन्दीर, बिद्यालय,अस्पताल तथा बिभिन्न सार्बजनिक स्थलहरु सरसफाई,कोरोनाको जनचेतना मूलक सन्देश र विपन्न परिवारलाई राहत बितरण गरी समाजमा आफ्नो छूटै पहिचान बनाएको छ।

    अखिल नेपाल पिछडावर्ग महासघ पर्साद्वारा भिखमपुर स्वास्थ्य केन्द्रमा पनि सरसफाइ गरिएको छ।

    अखिल नेपाल पिछडावर्ग (ओबीसी) महासंघ पर्साको स्वच्छ बिरगंज सफा बिरगंज कार्यक्रम अन्तर्गत नै आज भिखमपुर स्वास्थ्य केन्द्रमा सरसफाइ गरिएको छ ।

    अखिल नेपाल पिछडावर्ग (ओबीसी) महासंघ पर्सा धोबिनी गाउपालिका कमिटी अध्यक्ष औनिराज रौनियारको अध्यक्षतामा बुधबार भिखमपुर स्वास्थ्य केन्द्र सरसफाइ गरिएको थियो ।

    विश्वभरी फैलिएको कोरोना भाइरसको महामारीका कारण लकडाउन तथा निषेधाज्ञा हुँदा स्वास्थ्य केन्द्रमा घाँस पलाउनका साथै फोहोर बढेको थियो । झण्डै ७ महिनाको अन्तरालपछि सामान्य अवस्थामा फर्किदै गरेको अवस्थालाई मध्यनजर गर्दै सामाजिक उत्तरदायित्वस्वरुप स्वास्थ्य केन्द्रमा सरसफाई गरिएको संघका अध्यक्ष रौनियारले बताउनुभयो ।

    सरसफाइ कार्यक्रममा प्रहरी निरीक्षक किस्मान तामाङ, डा. मनोज यादव , बिकास साह , ओबीसी धोबिनी गाउपालिका कमीटीका उपाध्यक्ष अतेन्द्र पटेल , सचिव देवसिस पटेल , सहसचिव पवन कुमार पटेल, कोषाध्यक्ष बृज किशोर रौनियार , सदस्य सतेन्द्र कुस्वाह, नागेन्द्र गुप्ता, राजु साह कानु, सुबास पटेल ,:समाजसेवी राजेन्द्र प्रसाद कुर्मी, हरिनारायण पटेल , प्रमेस्वर रौनियार , धिरज कुमार, प्रदीप पटेल, कृष्ण पटेल , दिना राउत , सुजित पटेल , राज कुमार गुप्ता , दिनानाथ पटेल लगायतकाकाे सहभागीता रहेको थियो।

    Posted in ताजा अपडेट, मुख्य खबर, लोकप्रिय, समाजLeave a Comment on अखिल नेपाल पिछडावर्ग महासघ पर्साले आफ्नो छूटै पहिचान बनाउदै, समाजिक कार्यमा तीब्रता,भिखमपुर स्वास्थ्य केन्द्रमा पनि सरसफाइ

    थारु जातिकाे पहिचान झलकिने दाङकाे दंगिशरण गाउँपालिकामा वडा नं. ३ चखाैरामा रहेकाे सांस्कृतिक सङ्ग्राहलय

  • ७ आश्विन २०७७, बुधबार १९:३८ मा प्रकाशित

    सुरेन्द्र बुढाथाेकि

    तुलसिपुर ६ असाेज

    हाम्राे देश नेपाल भाैगाेलिक विविधताले भरिपुर्ण भएकाे देश मानिन्छ । अझ यहाँ रहेका हिमश्रिङ्खला, नदि-नाला, झरणा, लेक-वेसि, ताल-तलैयाले झन् हाम्रा अान्तरिक पर्यटक तथा वाह्य पर्यटककाे मन लाेभ्याउनुका साथै माेहित बनाएकाे पाइन्छ ।

    यतिमात्र नभएर हाम्राे देश नेपाल साँस्कृतिक तथा विभिन्न वर्ण जात जातिकाे साझा फूलवारि पनि मानिन्छ । यहाँ बसाेबास गर्ने विभिन्न जात जातिकाे आ-आफ्नै भेष-भुषा, संस्कार, चाल-चलन, रितिरिवाज, धर्म, भाषा, चाडपर्व पनि रहेका छन् ।

    यस्तै दाङ जिल्लमा विषेश गरि थारु जातिकाे वाहुल्यता भएकाे पाइन्छ । उनिहरुकाे आफ्नै किसिमकाे संस्कार तथा माैलिक परम्परा पनि रहेकाे छ । उनिहरुले मनाउने चाडपर्व अन्य जातिकाे भन्दा भिन्न रहेकाे छ ।

    दाङकाे दंगिशरण गाउँपालिका वडा नं . ३ चखाैरामा थारु सांस्कृतिक पहिचान झल्काउने सङ्ग्रहालयकाे स्थापना गरिएकाे छ । यहाँ विभिन्न किसिमका तस्विरमार्फत थारु पहिचान झल्कने सन्देश दिन खाेजिएकाे छ । मनाेरम दृश्य तथा शान्त, सुन्दर तथा साैहार्द वातावरणमा हामि यस सङ्ग्रहालयलाइ सजिलै अवलाेकन गर्न सक्छाै ।

    यहाँ विभिन्न थारु पहिचालन झल्कने मुर्तिहरु सजाएर राखिएकाे छ । साथै हामिलाइ मनपर्ने परिकाहरु माछा, मासु, ढिक्रि, घाेङ्गि लगाएतका पिकारहरु अडर तथा इच्छा अनुसार खान पनि व्यवस्या रहेकाे छ ।

    Posted in लोकप्रियLeave a Comment on थारु जातिकाे पहिचान झलकिने दाङकाे दंगिशरण गाउँपालिकामा वडा नं. ३ चखाैरामा रहेकाे सांस्कृतिक सङ्ग्राहलय

    बंगलाचुलीमा रहेका सामुदायिक विद्यालयहरु संचालनमा

  • ४ आश्विन २०७७, आईतवार १४:१७ मा प्रकाशित
  • कमिरेचौर, दाङ, ४ असोज
    दाङको बंगलाचुली गाउँपालिकामा रहेका सबै सामुदायिक विद्यालयहरु आज आईतबार देखि संचालनमा आएका छन् । गाउँपालिकामा रहेका ४२ वटा सामुदायिक विद्यालय, ९ वडा बाल विकास केन्द्र र एउटा बोर्डिङ स्कुलमा आज देखि पठन -पाठन सुरु भएको हो ।

    गाउँपालिकाले पहिलो चरणमा वाल विकास केन्द्र देखि ५ कक्षा सम्मको पठन पाठन सुरु गर्ने निर्णय अनुसार आजदेखि पठन पाठन सुरु भएको हो । त्यसैगरी ६ देखि माथिको कक्षा भने गाउँपालिकाको बैठक बसी पाठ्यक्रम निर्धारण गरेर संचालन गरिने तयारी भएको छ ।

    गाउँपालिकामा शिशु देखि कक्षा पाँच सम्म ४ हजार ९ सय ७६ विद्यार्थी रहेका छन् । गाउँपालिकामा जम्मा जम्मी ७ हजार २ सय ५४ जना विद्यार्थीहरु रहेका छन् ।

    नेपाल सरकार शिक्षा तथा प्रविधि मान्त्रालयले जारी गरेको विद्यार्थि सिकाई सहजिकरण निर्देशिका २०७७ को गाईडलाईन अनुसार गाउँपालिकाले पठनपाठन कार्यलाई संचालन गरेको बंगलाचुली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेव बहादुर वलीले बताउनु भयो ।

    लामो समय सम्म लकडाउन भए पछि विद्यार्थिहरुको पढाई अन्यौलमा परेको हुँदा स्वास्थ्य सुरक्षा अपनाउँदै पठन पाठन कार्यलाई सुरु गरीएको प्रमुख प्रशासकीय अधिकृत वलीले बताउनु भयो । मिडियामा शेयर

    Posted in ताजा अपडेट, मुख्य खबर, लोकप्रियLeave a Comment on बंगलाचुलीमा रहेका सामुदायिक विद्यालयहरु संचालनमा

    गरीबको पीड़ालाई दर्शउन “पेट बड़ी पापी” भोजपुरी गीत बजारमा चाडै आउदै

  • ३ आश्विन २०७७, शनिबार ०६:२० मा प्रकाशित
  • बीरगंज
    नेपाल का युवाहरू द्वारा भोजपुरी गीत संगीत, कथा कहानी, कला संस्कृती मा निरन्तर कार्य गर्नुको साथै अश्लीलको बिरोध र श्लीलको प्रचार प्रसार गरिदै छ।

    बिगतका दिनहरुमा “जेंवना” नामक फेसबुक पेजबाट्ट भोजपुरिको धरोहरका रूपमा रहेको लोकगित, लोकधुन, परम्परा,संकृतीहरू बारे नियमित भिडियो बनाई छोटो समयमा राम्रो नाम कमाएका समुह अब भोजपुरी समाजमा रहेको दुख र पिडा बारे सांगीतिक माध्यमले अगाडि बढने संकल्पका साथ अगाडि बढिरहेको ति समुहका सदस्य अशोक कुश्वाहा बताउनुहुन्छ।

    वर्तमान समय मा वीरगंज बाट्ट श्याम सरार्फ द्वारा लिखित उनकै आवाज मा निर्माता राकेश यादव “मितवा”,संदिप प्रजापती अभिनीत “पेट बड़ी पापी” भोजपुरी गीत चाडै बजारमा आउदै छ । यो गीत/वीडियो का निर्देशक राजन श्रीवास्तव हुन भने बिवेक परियारले आफ्नो संगितले सजाएका छन । भोजपुरि समाज मा रहेको गरीबी र गरीबी का कारण आफ्नो घर परिवार छोडी विदेश पलायन भईरहेका युवाको व्यथा माथी फ़िलमाईएको यस भिडियो गितको बैनर सोसलमिडिया लगायत बिभिन्न संचारमाध्यमा व्यापक रूचाईएको छ साथै धैरै जना यस भिडियो गितको प्रतिक्षामा रहेको सोसल मिडियामा राखिएको बैनरको कमेन्ट बाट्ट सहजै बुझिएको छ।

    भोजपुरी गीत संगीत माथी भईरहेको काम हेरेर ६ दशक पहिला रहेको भोजपुरी गीत संगीत अनी सिनेमा को स्थिति अब फेरी चाडै फर्किने आभास भईरहेको भोजपुरीकर्मीहरू बताउनुहुन्छ । क्षणिक स्वार्थपूर्ति र क्षणिक इज्जत अनी पैसाको लागी अश्लील लेख्ने अनेकन भोजपुरी गीतकार का बीच यस्तो गीत आउनु श्लील गीत, संगीत वा सिनेमा मा काम गरिरहेका लागी सकारात्मक पक्ष हेर्न सकिन्छ साथै अश्लीलता को मुखमा कालो मोसो लगाउने शुभ कार्य पनी भईरहेको भोजपुरीकर्मीहरूको बुझाईरहेको छ।

    अश्लीलता को बाजार मा प्रतिस्प्रधात्मक रूपमा आईरहेको यस्तो श्लील गीतहरू हाम्रो परिवार का साथै सार्वजनिक ठाउँमा सुन्न सकिने वा देखन सकिने छ। श्लील गीतहरू माथी काम गरिरहेका हरेक गीत संगीत वा सिनेमा संग जोडिएका ब्यक्ति हरूको प्रोत्साहन स्वरूप हामी यस्तो गीतहरू देखेर , सुनेर, शेयर गरेर आफ्नो भाषा संस्कृती प्रति को जिम्मेवारी पूरा गरेर अश्लीलता माथी काम गर्नेहरूलाई निरुत्साहित गर्ने अब हाम्रो जिम्मेवारी पुरा गरौ।

    Posted in कला /जीवनशैली, लोकप्रिय, समाज, साहित्यLeave a Comment on गरीबको पीड़ालाई दर्शउन “पेट बड़ी पापी” भोजपुरी गीत बजारमा चाडै आउदै

    प्रहरीलाई नागरिकप्रती उत्तरदायी बनाउन सिन्धुपाल्चोकको ३ स्थानिय तहमा सुझाव संकलन पेटिका

  • १ आश्विन २०७७, बिहीबार १९:१३ मा प्रकाशित
  • सिन्धुपाल्चोक संवाददाता

    इलाका प्रहरी कार्यालय मेलम्चीले आफ्नो संगठनलाइ नागरिक मुखि बनाउन सुझाप संगलन कार्य सुरु गरेको छ ।
    वागमती प्रदेश प्रहरी कार्यालयको योजना अनुरुप सिन्धुपाल्चोकले प्रहरीलाई नागरिकप्रती उत्तरदायी बनाउन सुझाव पेटिका स्थापना गरेको हो ।

    पेटिका उद्दघाटन कार्यक्रमलाई सम्बोधन गर्दै मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्यालले सुझाव संकलन कार्यक्रमले प्रहरी संगठनमा सुशासन स्थापित गराउन महत्वपूर्ण भुमिका खेल्ने बताउनुभयो । उहाँले मौखिम रुपमा यो गरेन र उ गरेन भन्नेहरुले अब सुझाबको रुपमा पेटिकामा सुझाब दिन सक्नपर्ने बताउनुभयो ।

    हरेक नागरिकले आफू बिना बर्दिको सिपाहीको रुपमा प्रहरी संगठनलाई सहयोग गर्नुपर्ने नगर प्रमुख अर्यालले बताउनुभयो । पहिलो चरणमा जिल्लाका तीन नगरपालिकाको कार्यालयमा सुझाव पेटिका स्थापना गरिएको हो । नागरिका सुझाबका आधारमा काम अगाडि बढाइने इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरिक्षक फल बहादुर तामाङले बताउनुभयो । नागरिकले प्रहरी संगठनबारे कुनै गुनासो भएमा पेटिका मार्फत गुनासो राख्न पाउनेछन् ।

    प्राप्त सुझावलाई खामबन्धी गरेर जिल्ला प्रहरी कार्यालय पठाउने र जिल्लाबाट प्रदेश प्रहरी कार्यालयमा पठाइने र नागरिकले दिएको सुझावकै आधारमा संगठन र आचरण सुधारको योजना बनाइने प्रहरी निरिक्षक तामाङले बताउनुभयो । सुझाबले प्रहरी संगठनलाई कार्यसम्पादनमा सहयोग पुर्याउने उहाँले बताउनुभयो ।


    चौतार साँगाचोकगढी नगरपालिका, मेलम्ची नगरपालिका र बाह्रबिसे नगरपालिकामा गुनासो तथा सुझाव पेटिका राखेको प्रहरीले जनाएको छ । आज एक कार्यक्रमकाबीच नगरपालिकाहरुको कार्यालयमा प्रहरीले “प्रहरी कर्मचारीहरुको कार्यसम्पादन सम्बन्धी गुनासो एवंं सुझाव संकलन पेटीका” को उड्घाटन गरेको हो ।


    प्रहरीले स्थानीयको बढी आवतजावत हुने स्थानहरु छनौट गरी सुझाव पेटिका राखेको जनाएको छ । चौतारामा मेयर आमानसिंह तामाङ, मेलम्चीमा मेयर डम्बर बहादुर अर्याल र बाह्रबिसेमा मेयर निमफुञ्जो शेर्पाले सुझाव संकलन पेटिका को उद्घाटन गर्नुभएको थियो ।

    Posted in ताजा अपडेट, मुख्य खबर, लोकप्रियLeave a Comment on प्रहरीलाई नागरिकप्रती उत्तरदायी बनाउन सिन्धुपाल्चोकको ३ स्थानिय तहमा सुझाव संकलन पेटिका

    जसपाका नेता बिरेन्द्र यादवद्वारा बहुदरमाई नपा.फूलकौलमा १०० बोरा मल बितरण।

  • २९ भाद्र २०७७, सोमबार ११:३२ मा प्रकाशित
  • रसायनिक मल यूरिया लिएर किसानहरु आफ्नो गंतब्य तर्फ जादै।

    उमेश कुशवाहा,बीरगंज

    बहुदरमाई नगरपालिका ७ फूलकौलमा रसायनिक यूरिया मल आज जनता समाजबादी पार्टीका नेता बिरेन्द्र प्रसाद यादवले बितरण गर्नु भएको छन ।

    पर्साको बहुदरमाई नगरपालिकामा रासायनिक मल अभाव भएपछि कृषक चिन्तित बनेका छन् ।

    धान जोन र तरकारीका ब्लक क्षेत्र रहेको नगरपालिकामा कृषकहरू यतिबेला रासायनिक मलकाे अभाव झेलिरहेका छन् ।

    चैते धान रोपाइँसँगै सुरू भएको देशव्यापी बन्दाबन्दीका कारण मल अभाव भएपछि धेरैले थोरै रासायनिक मल हाली धान रोपेका छन् । तरकारी खेतीलाई पनि मल हाल्न ढिलो भइसकेको छ ।

    मल नपाएपछि १५०० सय देखी २००० हजार सम्म महंगोमा किसान मल किन्न बाध्य भएका छन। त्यही भएर

    आफ्नो गाऊ को कृषकहरु को समस्या लाई मनन् गर्दै जनता समाजबादी पार्टीका कर्मठ,सहयोगी ,मिलनसार, नेता बिरेन्द्र प्रसाद यादवले बहुदरमाई नगरपालिका वडा नं॰ ७ (टोल-फुलकौंल ) मा कुनै पनि कृषि सहकारी सस्था नभएको हुनाले भईरहेको युरिया मल हाहाकार विभिन्न निकाय मा पहल गरि साल्ट ट्रेडिंग बाट मल ल्याई जनता को समस्या समाधान गर्नु भएको छन।

    यादवले बहुदरमाई नगरपालिका ७ टोल फुलकौलमा दुई चोटीमा ५० -५० बोरा यूरिया मल सहज र सस्तो मूल्य ८०० सय को दरले बितरण गर्नु भएको छन।

    यादवले हिमालयन दृस्टिलाई जनकारी गराउनु भयो।

    Posted in ताजा अपडेट, मुख्य खबर, राजनीति, लोकप्रिय, विचार, समाजLeave a Comment on जसपाका नेता बिरेन्द्र यादवद्वारा बहुदरमाई नपा.फूलकौलमा १०० बोरा मल बितरण।

    मृतक संतन माँझीका परिवारलाई समाजिक अभियन्ता प्रकाश थारु र प्रेम घिमिरे द्वारा आर्थिक सहयोग ।

  • २८ भाद्र २०७७, आईतवार २१:३४ मा प्रकाशित
  • वीरगञ्ज,भदौ २८

    आर्थिक अभावका कारण बिष सेवन गरि मृत्यु भएको परिवारको बिचल्ली भएपछी मृतक संतन माँझीमुसहर को परिवारलाई सामाजिक अभियन्ताले खाद्यान्न सहयोग गरेका थिए ।

    वीरगञ्ज–३१ बेल्वा टोलका मुसहर परिवारलाई सामाजिक अभियन्ता प्रकाश थारु र प्रेम घिमिरेले मुसहर परिवारको पीडितको घरमै पुगि आइतबार बिहान खाद्यान्न सहयोग गरेका थिए ।

    आफ्नो खाजा खर्च कटौती ग़री मुसहर परिवारलाई चामल नब्बे किलो,, दुई लिटर खाने तेल, तीन किलो दाल, नुन दुई प्याकेट, नुहाउने साबुन २ पिस, लुगा धुने साबुन आधा दर्जन लगायतका समान प्रदान गरेका हुन् ।
    परिवारमा चरम आर्थिक समस्या भएपछि बेल्वा टोलका ३० बर्षीय युवक सतन माझीले गएको शुक्रबार विष सेवन गरेर आत्महत्या गरेका थिए !
    मृतक जङ्गलबाट दाउरा ल्याएर बेचेको पैसाले घर परिवार पाल्दै आएका थिए । कोरोना महामारीका बेला बेरोजगार भइ परिवार पाल्न नसकेपछि उनले विष सेवन गरी आत्महत्या गरेका थिए ।

    अरुको जग्गामा घर बनाइ बस्दै आएका माझीको श्रीमती ,आमा र एउटा 3बर्षीय छोरी तथा एउटा नै महीने दुधे बालक छन् । परिवारमा कमाउने माझीकै मृत्यु भएपछि उनको परिवारलाई खान समेत समस्या हुँदै आएको छ ।

    सोही समस्यालाई मध्यनजर गर्दै मुसहर परिवारलाई खानाको लागि भन्दै मृतक माझिकी श्रीमती रबिता देवीलाई खाद्यान्न सामग्री प्रदान गरेको समाजिक अभियन्ता प्रकाश थारुले जानकारी गराउनु भएको छ

    Posted in ताजा अपडेट, मुख्य खबर, लोकप्रिय, समाजLeave a Comment on मृतक संतन माँझीका परिवारलाई समाजिक अभियन्ता प्रकाश थारु र प्रेम घिमिरे द्वारा आर्थिक सहयोग ।

    घरायसी अवस्था कमजोर रहेका मृतक माझीको भाईजान अफ बिरगंजको सहयोगमा उद्दार ।

  • २७ भाद्र २०७७, शनिबार ०७:२० मा प्रकाशित
  • बिरगंज

    बिष सेवन गरी मृत्यु भएका र घरायसी अवस्था कमजोर रहेका मृतक सतन माझीको भाईजान अफ बिरगंजको सहयोगमा उद्दार गरिएको छ ।

    पर्सा जिल्ला बिरगंज महानगर पालिका वडा न.३१ बेल्वाका ३० बर्षिय सतन माझीको आज भाईजान अफ बिरगंजको सहयोगमा उद्दार गरिएको सामुदायिक सेवा केन्द्र श्रीपुर मुर्लीका सचिव दिलिप प्रधानले जनकारी गराउनु भयो।

    भाईजान अफ बिरगंजका अध्यक्ष नौसाद अन्सारी , आस्था नेपाल बिरगंजका सदस्य नुरुहदिन हवारी र समाज परिवर्तन नेपाल बिरगंजका अध्यक्ष अकलेस साहको सहयोगमा र सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा मुर्ली श्रीपुरका सचिव दिलिप प्रधानको पहलमा आज ईन्डो नेपाल हस्पिटल प्रा. लि. बिरगंजमा उपचाररत माझीको मृत्य भएको र गरिबी , घरायसी अवस्था कमजोर रहेकोले उपचारमा लागेको खर्चको रकम बुझाउन नसकेकोले उपचारमा लागेको सम्पुर्ण रकम माफ गर्न लगाई , गाउसम्म पुर्याउन एम्बुलेन्सको समेत व्यवस्था गरि पठाएको सचिव दिलिप प्रधानले जानकारी गराएका थिए ।

    बिरगंज वडा न. ३१ बेल्वा बस्ने अन्दाजी बर्ष ४२ कि लक्ष्मीनिया देबि मुसहरको छोरा अन्दाजी बर्ष ३० को सतन माझीको घरायसी अवस्था निकै कमजोर रहेको र आर्थिक अवस्था कमजोरको कारण बाध्य भएर बिहीबार बिष सेवन गरेको अवस्थामा दिउसो १२ बजे बिरगंजको ईन्डो अस्पतालमा भर्ना भएको र उपचारको क्रममा शुक्रबार बिहान ३ बजे निज माझीको मृत्यु भएको थियो ।

    निज मृतकको श्रीमती रफता देबि माझी र ९ महिनाको छोरा र ३ बर्षको छोरी रहेको समेत सचीव दिलिप प्रधानले बताए ।

    Posted in मुख्य खबर, लोकप्रिय, समाजLeave a Comment on घरायसी अवस्था कमजोर रहेका मृतक माझीको भाईजान अफ बिरगंजको सहयोगमा उद्दार ।

    वीरगंज फुड बैंकद्वारा निरन्तर रूपले राहत बितरण

  • २६ भाद्र २०७७, शुक्रबार २०:४१ मा प्रकाशित
  • बिरगंज ,भदौ २६

    वीरगंज फुड बैंकद्वारा निरन्तररूपले राहत बितरण जारी नै राखिएको छ ।


    बिरगंज फुड बैंकले राहत बितरण कार्यक्रमको शुक्रबार चौथो दिन पनि जारी रहेको थियो ।

    अखिल नेपाल पिछडावर्ग (OBC) महासंघ पर्साको आयोजना र श्रीपुर वडा प्रहरी कार्यालयको सहकार्यमा राहत वितरण सुरु गरिएको हो ।

    कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागी दैनिक ज्यालादारी गरि गुजारा चलाउने तथा विपन्न परिवारका लागि वडा नं ८,१३,१५ गरि ३ जना लाई राहत वितरण गरिएको छ !!

    फुड बैंकले “हुनेले दिएर जाउँ नहुनेले लिएर जाउँ “भन्ने नाराका साथ यो कार्यक्रमको सुरुवात गरेकोे ओबिसी पर्साका अध्यक्ष अकलेस साहले बताए ।

    ओबिसिले अभियान अन्तर्गत आज ३ घर परिवारलाई राहत वितरण गरेकोे छ । अध्यक्ष साहका अनुसार सहयोगका आवश्यकता भएका व्यक्तिहरुले जानकारी गराए पश्चात घर मै राहत पुर्याइएको बताए ।

    Posted in ताजा अपडेट, मुख्य खबर, राजनीति, लोकप्रिय, समाजLeave a Comment on वीरगंज फुड बैंकद्वारा निरन्तर रूपले राहत बितरण

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P