• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: मुख्य खबर

इस्लामिक दावा सेन्टर सनैया जेद्दाद्वारा भेटघाट तथा परिचयात्मक कार्यक्रम सम्पन्न

  • ७ मंसिर २०८२, शनिबार ०९:५१ मा प्रकाशित

  • जेद्दा, साउदी अरब ! साउदी अरबको जेद्दा स्थित सनैयामा रहेको इस्लामिक दावा सेन्टरको नेपाली बिभागद्वारा गत २१ नोभेम्बर शुक्रबारका दिन नेपाली श्रमिकहरू बीच एक आपसी भेटघाट तथा परिचयत्मक कार्यक्रम सम्पन्न गरेको छ।

    नेपाली महावाणिज्य दूतावास जेद्दाका महावाणिज्य दूत पारस पण्डितको प्रमुख अतिथ्यमा दावा सेन्टरका नेपाली विभागका प्रमुख मन्जुर अलि मियाँको सभापतित्वमा उक्त कार्यक्रम सम्पन्न भएको थियो। सनैया स्थित श्रमिक नेपाली दाजुभाईहरूको उपस्थितिमा एकआपसी भेटघाट तथा परिचय गराउने उद्देश्यका साथ गरिएको उक्त कार्यक्रममा अतिथिहरूमा एनआरएनए साउदी अरबका उपाध्यक्ष राजगिरी, एनआरएनए आरसीसी जेद्दाका कार्यवाहक अध्यक्ष चिरञ्जीवी बस्नेत, साझा मञ्च साउदी अरबका उपाध्यक्ष तेजबहादुर सिन्दुली, सेन्टरका इन्चार्ज इब्राहिम अबु खालिद रहेका थिए !


    रमजान दिन मियाँद्वारा संचालित उक्त कार्यक्रम अलि अख्तरले कुरानिक आयत पढेर सुरु गरिएको थियो ! सेन्टरका इन्चार्ज अबु खालिदले स्वागत गरेका थिए ! छोटो छोटो मन्तव्य दिने क्रममा आफ्नो सेन्टरको उद्देश्य, सेन्टरले गर्ने कामहरु र नेपालीहरुका लागि सेन्टरले गर्ने साथ सहयोग तथा ईस्लाम प्रतिको आस्था संबन्धी सेन्टरका नेपाली बिभागका प्रमुख मन्जुर अलि मियाँले जानकारी गराएका थिए ! अतिथिहरु सबैले आ आफ्नो परिचय दिदैं सेन्टरले समय समयमा नेपाली दाजुभाइहरुसँगको भेटघाट तथा परिचयात्मक कार्यक्रमका साथै खेलकुद कार्यक्रम गर्दै नेपालीहरुलाइ एकजुट गराउन सहयोग गरेकोमा खुशी व्यक्त गर्दै धन्यवाद ज्ञापन गरेकाथिए ।


    प्रमुख अतिथी महाबाणिज्यदूत पारस पन्डितद्वारा कार्यक्रममा उठेका केही श्रमिक समस्याहरुको जवाफ दिदै यस्तो श्रमिकमुखी कार्यक्रम गरिएकोमा सेन्टरलाइ धन्यवाद दिएका थिए ! श्रमिकहरुलाइ कुनैपनि समस्या परेमा दूतावासको नम्बरमा कल गर्न र म्यासेज गर्न अनुरोध गर्दै श्रमिक समस्या समधानमा महाबाणिज्यदूताबास जेद्दाले कुनै कसर बाकी नराख्ने पनि जानकारी गराए ।
    कार्यक्रममा सेन्टरद्वारा प्रमुख अतिथिलाइ मायाको चिनो दिदैं कार्यक्रम समापन गरिएको थियो ।

    Posted in अन्तर्राष्ट्रिय, ताजा अपडेट, मुख्य खबर, समाज

    साउदीमा रहेका ४ लाख नेपालीको मतदाता दर्ता सहज बनाउन रास्वपा रियादले दूतावासलाई बुझायो पत्र

  • २ मंसिर २०८२, सोमबार ०९:३० मा प्रकाशित
  • रियाद, साउदी अरब — १७ नोभेम्बर २०२५ साउदी ! नेपालमा जेन जि आन्दोलन पछि २१ फाल्गुन २०८२ का दिन हुन लागिरहेको प्रतिनिधि सभा सदस्यको निर्वाचनमा मतदान गर्नका लागि साउदी अरबमा बसोबास गर्दै आएका नेपाली श्रमिकहरुको मतदाता नामावली दर्ता प्रक्रिया सहज र प्रभावकारी बनाउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रियाद प्रवास समितिले साउदी अरब रियाद स्थित नेपाली दूतावासलाई एक ज्ञापनपत्र सहित औपचारिक अनुरोध गरेको छ।

    देशमा रोजगारको वातावरण नहुँदा विविध कारणले अध्ययन, रोजगारी, स्वास्थ्य, परिवार तथा अन्य कारणले साउदी अरबमा बसोबास गर्दै आएका धेरै नेपाली नागरिकले मतदाता नामावलीमा समावेश हुन नसकेको विषयमा गम्भीर चिन्ता व्यक्त गर्दै साउदी अरबमा बसोबास गर्नुभएका नेपाली श्रमिकहरूको मतदान गर्न पाउने अधिकार सुनिश्चित गर्नका लागि पनि अनुरोध गरेको छ।

    समितिका अनुसार हालै दर्ता अभियान सुरु भए पनि प्रवासी नेपालीले सहज रूपमा नाम दर्ता गर्न पाउन नसक्दा उनीहरूमा असन्तोष र चिन्ता बढेको छ। प्रवासी नेपालीका लागि आवश्यक सहजीकरण र प्राविधिक पूर्वाधारको अभावले दर्ता प्रक्रिया ढिला हुने, भ्रम उत्पन्न हुने र धेरैले अवसर गुमाउने जोखिम रहेको समितिले जनाएको छ।

    रास्वपाले पत्रमार्फत दूतावासलाई प्रवासी नेपालीको मतदान अधिकार सुनिश्चित गर्न दर्ता प्रक्रियामा प्राविधिक र प्रशासनिक सहयोग उपलब्ध गराउन अनुरोध गरेको छ। समितिले विशेष गरी दर्ता प्रक्रिया सरल, छिटो र सबै प्रवासी नेपालीको पहुँचमा हुने गरी व्यवस्थित गर्नुपर्नेमा जोड दिएको छ।

    समितिका सभापति मनीष लामा र सचिव उमेश भट्टको संयुक्त हस्ताक्षर रहेको पत्रको प्रतिलिपि केन्द्र, रियाद तथा पूर्वी क्षेत्रका प्रवास समितिहरूलाई समेत पठाइएको छ। पत्रमा उल्लेख छ कि दर्ता अभियान सफल बनाउन दूतावास, प्रवास समिति र अन्य सम्बन्धित निकायबीच सहकार्य अनिवार्य रहेको छ।

    प्रवासी नेपालीहरूका लागि मतदान अधिकार सशक्त बनाउन, दर्ता प्रक्रिया प्रभावकारी र पारदर्शी बनाउन र आवश्यक जानकारी प्रवासी समुदायसम्म पुर्‍याउन रास्वपाले दूतावाससँग नियमित सम्पर्क र तालमेलको आग्रह गरेको छ। समितिले प्रवासी नेपालीको सक्रिय सहभागितामा आधारित मतदान प्रक्रियाले राष्ट्रिय स्तरमा लोकतान्त्रिक सुदृढीकरणमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरेको छ।

    Posted in अन्तर्राष्ट्रिय, मुख्य खबर, राजनीति

    “प्लाष्टिकको फूल”को समीक्षा

  • २९ कार्तिक २०८२, शुक्रबार २३:१४ मा प्रकाशित
  • कार्तिक २८ दाङ
    राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङले आफ्नो नियमित कृति समीक्षा कार्यक्रम अन्तर्गत १९७ औँ श्रृङ्खलामा साहित्यकार खगेश्वर भण्डारीको नविनतम् कथासङ्ग्रह “प्लाष्टिककको फूल”को घोराहीमा समीक्षा गरेको छ।

    परिषद्का अध्यक्ष यम रेग्मीको अध्यक्षता तथा नेपाल संस्कृत विश्वविद्यालय, सांस्कृतिक विभागका प्रमुख निर्देशक डा.टीकाराम उदासीको प्रमुख आतिथ्यता तथा राप्ती साहित्य परिषद् केन्द्रका सल्लाहकार पुरुषोत्तम खनालको विशिष्ट अतिथ्यतामा कार्यक्रम सम्पन्न गरिएको थियो।

    ‘प्लाष्टिकको फूल’ कथासङ्ग्रहको समीक्षा समालोचक तथा साहित्यकार प्रमोद धितालले गरेका थिए । भण्डारीको कथा सङ्ग्रह हरेक दृष्टिकोणले पठनयोग्य रहेको समीक्षक धितालले बताए । प्लाष्टिकको फूल कथासङ्ग्रहमा १२ वटा कथा रहेका छन् । जसलाई अक्षरधाम नेपालले प्रकाशनमा ल्याएको हो ।

    कार्यक्रममा कथाकार भण्डारीले कथा लेख्दाका एवम् कथा प्रकाशन गर्दाका अनुभवहरू सुनाएका थिए ।

    सर्वोदय पुस्तकालय तथा वाचनालयका अध्यक्ष सुशील गौतम, राप्ती साहित्य परिषद् केन्द्रका सल्लाहकार पुरुषोत्तम खनालले शुभकामना मन्तव्य तथा स्रष्टा भण्डारीलाई बधाई दिएका थिए।

    कार्यक्रम ३ दर्जन बढी साहित्यकारहरूको उपस्थिति रहेको थियोे । परिषद्का उपाध्यक्ष सुरेशकुमार पाण्डेको स्वागत मन्तव्यबाट शुभारम्भ भएको कार्यक्रमको सञ्चालन सचिव घनश्याम केसीले गरेका थिए।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged यम रेग्मी, राप्ती साहित्य परिषद, सुरेशकुमार पाण्डे

    विश्व बैंकद्वारा नेपाललाई चेतावनी !

  • २८ कार्तिक २०८२, बिहीबार २०:१८ मा प्रकाशित
  • काठमाडौंः विश्व बैंकले आफ्नो ताजा प्रतिवेदन ‘नेपाल डेभलपमेन्ट अपडेट : सुधारहरू जसले सार्वजनिक लगानीलाई तीव्र पार्छ (Reforms to Accelerate Public Investment)’ मा चेतावनी दिएको छ कि नेपालको अर्थतन्त्र चालु आर्थि‌क वर्ष २०२५–२६ मा निकै सुस्त हुन सक्छ । यसको मुख्य कारण पछिल्लो राजनीतिक अस्थिरता र सार्वजनिक अशान्ति हो ।

    विश्व बैंकका अनुसार, नेपालको आर्थिक वृद्धिदर २०२५–२६ मा घटेर २.१ प्रतिशतमा पुग्ने अनुमान गरिएको छ, जुन २०२४–२५ मा ४.६ प्रतिशत थियो । तर यदि पुनर्निर्माणका कामहरूमा तीव्रता ल्याइयो भने, २०२६–२७ मा यो दर ४.७ प्रतिशतसम्म पुग्न सक्ने सम्भावना छ ।

    🔻 राजनीतिक उथलपुथल र आर्थिक संकट

    २०२५ सेप्टेम्बरमा जेन–जेड (Gen-Z) द्वारा नेतृत्व गरिएको व्यापक विरोध प्रदर्शनले तत्कालीन प्रधानमन्त्री के.पी. शर्मा ओलीको सरकारलाई ढालिदिएको थियो । ती प्रदर्शनहरू हिंसात्मक बनेका थिए, जसमा ७० भन्दा बढी मानिसको मृत्यु भयो र सरकारी तथा निजी सम्पत्तिमा अरबौँ नेपाली रुपैयाँको क्षति पुगेको थियो ।

    त्यसपछि, देशमा सुशीला कार्कीको नेतृत्वमा एक गैर–राजनीतिक अन्तरिम सरकार गठन गरिएको छ, जसलाई २०२६ मार्च ५ मा आमनिर्वाचन गराउने जिम्मेवारी दिइएको छ ।

    🏨 पर्यटन र सेवा क्षेत्रमा गहिरो असर

    विश्व बैंकका अनुसार, आर्थिक सुस्तीको सबैभन्दा ठूलो प्रभाव सेवा क्षेत्रमा पर्नेछ ।

    • पर्यटन उद्योगमा विदेशी पर्यटकको आगमन घट्ने सम्भावना छ ।
    • बीमा क्षेत्र पनि सम्पत्ति नोक्सानीका कारण प्रभावित हुनेछ ।
    • यी कारणले रोजगारी, आम्दानी र निजी लगानीमा नकारात्मक असर पर्ने चेतावनी दिइएको छ ।

    ⚠️ गरिबी निवारणमा असर

    विश्व बैंकले हिंसा र विनाशका कारण गरिबी निवारणका प्रयासहरूमा ठूलो झटका लागेको बताएको छ ।

    गरिबी दर (दैनिक ४.२ अमेरिकी डलरको मापदण्डमा) हालको ६.२% बाट बढेर ६.६% पुग्ने अनुमान गरिएको छ ।

    🏗️ सरकारले सुरू गर्‍यो पुनर्निर्माण योजना

    नेपालका अर्थमन्त्री रमेश्वर प्रसाद खनालका अनुसार सरकारले “इण्टिग्रेटेड बिजनेस रिकभरी प्लान (Integrated Business Recovery Plan)” सुरू गरेको छ ।

    यस अन्तर्गत प्रभावित व्यवसायहरूलाई अनुदान, कर छुट र सञ्चालन सहायता प्रदान गरिनेछ ।

    इन्फ्रास्ट्रक्चर मर्मत तथा निर्वाचन तयारीका लागि सार्वजनिक स्रोतहरूको पुनः विनियोजन गरिएको छ ।

    त्यसैगरी, क्षतिग्रस्त सार्वजनिक र निजी सम्पत्तिहरूको मर्मतका लागि एक “पुनर्निर्माण कोष (Reconstruction Fund)” पनि स्थापना गरिएको छ ।

    खनालका अनुसार, “यी पहलहरूको उद्देश्य निजी क्षेत्रमा पुनः विश्वास जगाउने र अर्थतन्त्रलाई स्थिर गतिमा ल्याउने हो।”

    💡 विश्व बैंकका सिफारिसहरू

    विश्व बैंकका माल्दिभ्स, नेपाल र श्रीलंकाका निर्देशक डेभिड सिस्लेनले भने —

    नेपालका लागि सार्वजनिक लगानीमा तीव्रता ल्याउन अत्यावश्यक भएको बताए ।

    उनका अनुसार विकास, रोजगारी र समृद्धि बढाउन नेपालले —

    • परियोजना योजना र बजेट प्रक्रिया सुदृढ गर्न,
    • भूमि अधिग्रहण र रूख कटानी प्रक्रिया सरल बनाउन,
    • क्यास व्यवस्थापनमा दक्षता ल्याउन, र
    • प्रोक्योरमेन्ट (खरिद) कानूनहरूमा संशोधन गरी परियोजना कार्यान्वयनलाई छिटो बनाउन जरुरी छ ।
    Posted in अर्थ, मुख्य खबर

    रुल अफ ल होइन, हुल अफ लको शासन?

  • २८ कार्तिक २०८२, बिहीबार १७:३८ मा प्रकाशित
  • देशलाई अहिले स्थायित्व र न्याय चाहिएको छ — उत्तेजना होइन।

    ,✍️ तुल्सी राम आचार्य

    दुई महिनाभित्रै जेन्जी प्रमुख मिस्टर गुरुङले आफ्नै पहलमा नियुक्त गृहमन्त्रीको राजीनामा माग्नु केवल राजनीतिक असन्तुष्टि होइन, संस्थागत अस्थिरताको संकेत हो। राज्यका अङ्गहरूबीचको अविश्वास र प्रतिस्पर्धा यो स्तरसम्म पुग्नु चिन्ताजनक छ।


    आजबाट सेवा निवृत्त भएका प्रहरी प्रमुख खापुङमाथि यात्राप्रतिबन्ध लगाइएको घटनाले प्रहरी प्रशासनमाथि डर, धम्की र आरोपको वातावरण झन् गहिरो भएको प्रमाण दिन्छ। यस्तो व्यवहारले प्रहरीको मनोबल बढाउँदैन, बरु खस्काउँछ।


    २३ गतेको घटनालाई ‘हत्या’को रूपमा चित्रण गर्दै जनभावना उचाल्ने प्रयासले केवल सुरक्षाकर्मीको आत्मविश्वास होइन, शासनको मेरुदण्डमै चोट पुर्‍याएको छ। संवेदनशील विषयलाई राजनीतिक रंग दिन खोज्नु न्याय प्रणालीमाथिको विश्वास कमजोर पार्ने काम हो।
    आज कानूनी शासनभन्दा पनि भीडको मनोविज्ञानले शासन गरिरहेको अनुभूति बढ्दै गएको छ — रुल अफ ल होइन, हुल अफ ल।
    सामाजिक सञ्जालमा फैलिएका विषालु टिप्पणीहरू र केही मिडियाका कथित “विश्लेषण” हरूले स्थिति अझ जटिल बनाइरहेका छन्। आलोचनाको नाममा दण्डमुक्तिको संस्कारलाई वैधानिकता दिन खोजिँदैछ। यस्तो प्रवृत्तिले राज्यको शासकीय ढाँचा नै हल्लाउन सक्छ।
    सार्वजनिक सम्पत्ति जलाउने, तोडफोड गर्ने वा नष्ट गर्ने कुनै पनि काम कुनै सन्दर्भमा पनि स्वीकार्य हुन सक्दैन। यदि प्रहरीले त्यस्ता अपराध रोक्ने क्रममा बल प्रयोग गर्नुपर्‍यो भने त्यसको विरोधमा उभिनु बौद्धिकता होइन, कायरता हो।
    देशलाई अहिले आवश्यक छ — स्थायित्व, संयम र न्याय। राजनीतिक लाभका लागि संस्थाहरू कमजोर पार्ने प्रवृत्ति रोकिएन भने कानूनी शासन होइन, भीडको शासन स्थायी बन्ने खतरा बढ्दै जानेछ।

    Posted in मुख्य खबर, राजनीति

    वीरगञ्जमा शंकास्पद सुटकेश फेला, बम नभएको पुष्टि

  • २७ कार्तिक २०८२, बुधबार २२:३७ मा प्रकाशित
  • उमेश कुशवाहा, वीरगञ्ज
    वीरगञ्ज महानगरपालिका–२ छपकैया बिरयानी हाउस अगाडि शंकास्पद सुटकेश फेला परेको छ। स्थानीयवासीले सुटकेश देखेपछि तत्काल प्रहरीलाई खबर गरेका थिए।

    सूचना पाएलगत्तै प्रहरी बिट छपकैयाबाट हवल्दार रञ्जन राज पाण्डेको नेतृत्वमा टोली घटनास्थल पुगेको थियो। सुटकेश शंकास्पद देखिएपछि वडा प्रहरी कार्यालय विर्ताका निरीक्षक बिक्रम सुवेदीको कमाण्डमा अर्को टोली र नेपाली सेनाको बम डिस्पोजल टोली पनि खटाइएको थियो।

    सेनाको टोलीले सुटकेश परीक्षण गर्दा कुनै विस्फोटक पदार्थ नपाइएको र बम नभएको पुष्टि गरेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

    Posted in मुख्य खबर

    मधेस प्रदेशमा जनमत पार्टीद्वारा वीरगञ्जमा प्रदर्शन, मुख्यमन्त्रीको नियुक्ति असंवैधानिक भएको दाबी

  • २६ कार्तिक २०८२, मंगलवार १३:३९ मा प्रकाशित
  • उमेश कुशवाहा
    वीरगञ्ज, पर्सा— मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्ति असंवैधानिक भएको भन्दै जनमत पार्टीले वीरगञ्जमा आज विरोध प्रदर्शन गरेको छ।

    पार्टीका नेता तथा कार्यकर्ताहरूले मुख्यमन्त्री यादवलाई बर्खास्त गर्न र तत्कालीन प्रदेश प्रमुख साबित्री सुवेदी भण्डारीविरुद्ध कानुनी कारबाही गर्न माग गरेका छन्। प्रदर्शनका क्रममा सहभागीहरूले ‘संविधानको मर्म विपरीत गरिएको नियुक्ति खारेज गर’ भन्ने नारासहित जुलुस निकालेका थिए।

    जनमत पार्टीका नेताहरूका अनुसार यादवलाई संविधानको धारा विपरीत नियुक्त गरिएकोले यो कदमले लोकतान्त्रिक मूल्य र संविधानको उल्लङ्घन गरेको छ। उनीहरूले यस्तो निर्णयले प्रदेशमा राजनीतिक अस्थिरता बढाउने चेतावनी समेत दिएका छन्।

    वीरगञ्जको घण्टाघर क्षेत्र वरिपरि गरिएको प्रदर्शनमा पार्टीका केन्द्रीय र स्थानीय नेताहरूको उपस्थिति रहेको थियो। शान्तिपूर्ण तर तीव्र नाराबाजीसहितको प्रदर्शन केही घण्टा सञ्चालन भएको बताइएको छ।

    Posted in मुख्य खबर, राजनीति

    नेपाली पत्रकार महासंघ साउदी शाखा र दूतावासबीच श्रमिक हितका विषयमा छलफल

  • २४ कार्तिक २०८२, आईतवार २१:१६ मा प्रकाशित

  • रियाद । अन्तर्राष्ट्रिय पत्रकार महासंघ अमेरिका–साउदी शाखाद्वारा साउदी अरेबियास्थित नेपाली दूतावास रियादमा परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।

    गत ७ नोभेम्बर शुक्रबाका दिन संचालित कार्यक्रममा महासंघका पदाधिकारीहरूको परिचय, संस्थाको उद्देश्य, दूतावाससँगको सहकार्य, र साउदीमा रहेका नेपाली श्रमिकका समस्या समाधानका विषयमा विस्तृत छलफल गरिएको थियो।

    कार्यक्रममा दूतावासका नियोग उप–प्रमुख तथा कार्यवाहक राजदूत सृजना अधिकारी, श्रम काउन्सेलर कविराज उप्रेति, र द्वितीय सचिव दिनेश सिवाकोटीको तथा पत्रकार महासंघका पदाधिकारीहरुको उपस्थिति रहेको थियो।

    महासंघका अध्यक्ष बिष्णु घिमिरेले संस्थाको उद्देश्य र गतिविधिबारे जानकारी दिँदै श्रमिकको हक–हितका विषयमा मिडियाको सक्रिय भूमिका आवश्यक रहेको उल्लेख गर्नुभयो ।

    दूतावास रियादकी कार्यवाहक राजदूत अधिकारीले साउदीमा रहेका मिडियालाई एकताबद्ध बनाएर संस्था स्थापना गरेकोमा धन्यवाद व्यक्त गर्दै, दूतावास सदैव नेपाली श्रमिकको पक्षमा काम गर्ने प्रतिबद्धता जनाउनुभयो। उहाँले छिट्टै दुई देशबीच श्रम सम्झौता हुने र त्यसले श्रमिकलाई राहत मिल्ने जानकारी पनि दिनुभयो।

    श्रम काउन्सेलर उप्रेतिले कम्पनीबाट भाग्नुपर्ने अवस्था, सम्झौता विपरीत काम, आत्महत्या, भिसा प्रमाणीकरण, सेल्टर समस्या लगायतका विषयमा प्रकाश पार्दै, संघ–संस्थाको सहकार्यले यी समस्या समाधानमा टेवा पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो।

    द्वितीय सचिव सिवाकोटीले दूतावासले श्रमिकका हितमा जारी गरेको ‘हाते पुस्तिका’ साउदीभरका नेपालीसम्म पुर्‍याउन संघका प्रतिनिधिहरूलाई आग्रह गर्नुभयो।

    Posted in ताजा अपडेट, मुख्य खबर

    मरणोपरान्त सम्मानार्थ बान्तावा शब्दावली पुस्तक प्रकाशन र लोकार्पण

  • २१ कार्तिक २०८२, बिहीबार २०:२६ मा प्रकाशित
  • विराटनगर कार्तिक १९
    सुजाता राई

    शिक्षक तथा समाजसेवी स्व. हर्कध्वज राईद्वारा सङ्कलित ‘बान्तावा शब्दावली’ पुस्तक किराँत राई बान्तावा खिम, सहिदभूमि गाउँ कार्यसमितिको आयोजनामा बुधबार पिप्लेमा परिवार, शिक्षक र स्थानीय अगुवाहरूसॅंगै लोकार्पण गरिएको छ ।
    सहिदभूमि गाउॅंपालिकाका अध्यक्ष मनोज राईको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विशिष्ट अतिथि बंगला राई, चन्द्रध्वज राई, प्रा.डा. टंक न्यौपाने, निराजन राई (सहप्राध्यापक तथा भाषाविद, इच्छापूर्ण राई (सहप्राध्यापक तथा भाषाविद) रहेका थिए । त्यस्तै, आमन्त्रित विशेष अतिथिमा आनन्द सन्तोषी राई (निवर्तमान अध्यक्ष, केन्द्रीय जनजाति महासंघ), अस्मिता राई (केन्द्रीय सचिव, किराँत राई यायोख्खा), उद्धव राई(अध्यक्ष, किराँत राई यायोख्खा, धनकुटा) समाजिक अभियन्ताहरू तिलक राई, पृथसिंह दाहाल लगायत थिए ।

    कार्यक्रमलाई अझ स्मरणीय बनाएको पक्ष के थियो भने
    लोकार्पित पुस्तकमा आत्मीयता, मेहनत र सङ्कलनको रोचक कहानी बोकेर बसेकी कृतिकारकी भतिजी सुजाता राई विशेष रूपमा उपस्थित थिइन् । काकाले आफ्नो जीवन समाज, शिक्षा र संस्कृतिमा अर्पण गरेको साँचो हो । मरणोपरान्त भए पनि उहाँको सम्मानार्थ यस पुस्तकलाई आकार दिइएको हो, उनले प्रष्ट्याइन् ।
    कृतिकारको योगदान बारे सार्वजनिक रूपमा सुनिँदा सुजाता राई मात्र होइन, उपस्थित सम्पूर्ण परिवार र सहभागीहरू भित्रभित्रै भावुक बनेका दृश्यहरू खुलेर देखिन्थे । स्व. राई केवल शिक्षक मात्र थिएनन्, जीवन सुधालय माध्यमिक विद्यालय, खोकुका नि:शुल्क जग्गादाता, संस्कृतिक अभियन्ता एवम् समाजका आदर्श व्यक्ति पनि थिए ।

    उनको जीवनसाथी श्रीमती बंगला राई, छोरा अशेष राई, भाइ चन्द्रध्वज राई, भाउजू बैकान्छी राई, भतिजो इच्छराम राई, मोहन राई, अशिम राई, प्रेमबहादुर राई, भतिजी धनकुमारी राई लगायत छिमेकी, आफन्त, साथीभाइ र सांस्कृतिक अभियन्ता, स्थानीय जनप्रतिनिधिहरूको विशेष उपस्थिति रहेको उक्त लोकार्पण कार्यक्रमले शब्द मात्र होइन, अस्तित्वको पहिचान जोगाउने संकल्प समेत बोकेको थियो । विमोचनमा स्थानीय विद्यार्थीहरूको सुन्दर नृत्यले कार्यक्रमको शोभा बढाएको थियो ।
    पञ्चकृष्ण माविका प्रधानाध्यापक होमबहादुर राईको सभापतित्वमा स्वागत मन्तव्य सहिदभूमि बान्तावा खिमका कोषाध्यक्ष सुलुकमन राईले गरेका थिए भने कार्यक्रम सञ्चालन अर्जुन राईको थियो ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged म्यामराज राई, सुजाता राई

    जेन जी को नेतृत्व गर्दै आएका सुदन गुरुङले गृह मन्त्री ओमप्रकाश अर्याललाई पद छाड्न अनुरोध

  • २१ कार्तिक २०८२, बिहीबार १४:५६ मा प्रकाशित
  • जेन जी को नेतृत्व गर्दै आएका सुदन गुरुङले गृह मन्त्री ओमप्रकाश अर्यालले सरकार गठनको 2 महिना हुँदा समेत जेन जी र जनताले चाहेझै काम गर्न नसकेको हत्यारालाई र” “भ्रष्टाचारीलाई कारबाही गर्न नसकेको भन्दै पद छाड्न भनेका छन् । गुरुङले आफ्नो फेसबुक पेजमार्फत हाम्रो अलोकप्रिय गृहमन्त्रीको लागि सन्देश भन्दै पद छाड्नकालागि अनुरोध गरेका छन् ।

    सुदन गुरुङ गुरुङको स्टाटस जस्ताको त्यस्तै …

    ‼️ हाम्रो अलोकप्रिय गृहमन्त्रीको लागि सन्देश ‼️

    तपाईंले जनताको भरोसा पूरा गर्न सक्नुभयो छैन।

    देशभरबाट “हत्यारालाई कारबाही गर” “भ्रष्टाचारीलाई कारबाही” गर भन्ने आवाज उठ्दा “जेन्जीलाई कारबाही” गर सुन्ने गृह मन्त्रीको पदमा टाँसिएर बस्नु राष्ट्रप्रति अपमान हो।

    सहिदको रगत सम्झनुहोस्। नेपाल र नेपालीको आशा र आँसु सम्झनुहोस्।

    काम गर्न नसके पद छोड्ने गर्नुभएको वाचा सम्झनुहोस्।

    ओमप्रकाश अर्याल ज्यू, अब त्यो समय आएको छ किनभने अब दुई महिना हुन लागिसक्यो न त कुनै भ्रष्टाचारलाई कारबाही भो न त कुनै हतियारालाई।

    अहिलेसम्म के हुन्छ कि भनेर देशको हितको लागि लड्दा मैले भ्रामक समाचार द्वारा यत्रो अपमान देखि चरित्र हत्या समेत सहेर बसे । कुनै स्पष्टीकरण पनि दिन उचित ठानिन्न किनभने मैले सोचेको थिएँ कामले देखाउँछ र कामले बोल्छ अनि नेपाली जनताले बुझ्नेछन् एकदिन,र अझै पनि देश बन्छ भने, करोडौँ अट्याकहरू सहन तयार छु तर अब तपाईंबाट आशा मरिसकेको छ।

    हामी लड्यौं योग्य, इमानदार, र परिणाम देखाउने नेतृत्वका लागि।

    हामी भ्रष्टाचार अन्त्य र राष्ट्रको भविष्य सुरक्षित गर्न उठ्यौं।

    अब भीत्र मनमै सोच्नु होला—“चुनाब गराएर निक्लिन्छु, THE YOUTHS OF NEPAL ARE NOT STUPID, WE ARE WAITING.

    त्यसैले चेतना होस् ।

    चुनाबको नाटक नचलोस्।

    ८४ को चुनाव ८२ मा सार्नलाई गरिएको आन्दोलन होइन यो ।

    नेपाली जनता र जिन्जीका मागहरू सम्बोधन हुँदैन भने यसपालिको चुनाव हुन दिइने छैन।

    अझै पनि गृहमन्त्रीको पदमा टाँसेर जुका जस्तो बस्नुहुन्छ भने दुई दिनपछिको प्रेस कन्फ्रेन्सले तपाईंको भविष्य निर्धारण गर्नेछ। प्रधानमन्त्रीको प्रिय पात्रो भनेर कुर्ची बच्छ भनेर सोच्नुहुन्छ भने यो तपाईंको भ्रम हो।

    Posted in मुख्य खबर, राजनीति

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P