“पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग: एकसय छयाहत्तरौं अभ्यासमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा अनुरोध छ।
अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्ता पछिको भाग :-१७६———-
विधा :- पञ्चाङ्ग
अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला
मिति:- २०८२/११/११
पञ्चाङ्ग वा समपञ्चाङ्ग लेखी बुधबार बेलुका ०९ बजेसम्म पठाउनु हुन अनुरोध छ।
……………………………………….
प्रशिक्षक:-
……………
सोमनाथ लुइटेल
गुणनिधि घिमिरे
सुशीला पौडेल
………………………
भाषा शुद्धीकरण:-
———–
भवानी घिमिरे
पशपती राई
सङ्कलक :-
———-
दुर्गा रिजाल आचार्य
संयोजक:-
=====
पञ्चाङ्ग साहित्य समाज नेपाल ======================
अक्षर सङ्ख्या:- [बराबरी]
अनुप्रास :- आफुखुसी
स्थायी :- अनिवार्य
पञ्चाङ्ग:०१
अहंकारी आफैं पछि पर्ने छ।
त्यस्ताको खुसी अरूले हर्ने छ
आफू आफैंलाई महान् सम्झिने,
आफैलाई आक्रमण गर्ने छ
आफैंमा दुःखको बीज छर्ने छ।
-सुशीला पौडेल।
पञ्चाङ्ग:०२
प्यास नमेटाउन पिएको पानी जस्तै
किन चित्तनबुझ्ने मायाको खानी जस्तै
पानीले नमेट्ने तिर्खा अनि उस्तै माया, भन्दा कत्ति नमान्ने अटेरी बानी जस्तै
भेटें तपस्याले महलकी रानी जस्तै।
-दुर्गा आचार्य
मोरङ
पञ्चाङ्ग:०३
–
तिमीले बिहेमा दिएको पछ्यौरीले छोपेपछि
दुई हात बाँधी पिठिउँमा छुराले रोपेपछि
म कहाँ बाँच्न सक्छु मेरी हृदयको प्यारो मान्छे,
तिमीले पनि अगाडीबाट छातीमा घोपेपछि
एक दुई हैन बार बार लडाइँ खोपेपछि ।
—
-मल्ल लक्ष्मी श्रेष्ट
मेची किजार
बिर्तामोड झापा
पञ्चाङ्ग :०४
लाेकतन्त्र भनेकाे कसरी भक्षक भयो र देश जल्याे प्रभु !
लाेकतन्त्रमा पनि निहत्था विद्यार्थी माथि झन् गाेली चल्यो प्रभु!
कहिल्यै नफल्ने फाेस्राे प्रजातन्त्र मान्न हामी बाध्य भएका छाैं,
ताजा जनादेश धेरै पटक भयाे जनतालाई छल्यो प्रभु!
स्वार्थी राजनीतिले गर्दा सरकार स्थिर भएन ढल्याे प्रभु !
-प्रधुम्न चालिसे
पञ्चाङ्ग- ०५
निष्ठा हरायो रे आज राजनीतिमा पनि मात्रै रेला छ
काम भने सिन्को भाँचेको छैन खानलाई चाहिँ मेला छ
होसियार ! मान्छे चिनौं बेलैमा नत्र पछुताउनु पर्ला !
बाहिर समृद्धिको कुरा भित्रभित्रै देश बेच्ने खेला छ
अस्तित्व धरापमा छ पहिचानको गफ गर्ने भेला छ।
-पशपती राई खोटाङ ।

