• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: मुख्य खबर

साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग- ९६

  • १२ आश्विन २०८१, शनिबार १५:३१ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- छ्यानब्बेऔमा हामी पुगेका छौं।
    लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१
    मिति:- २०८१/०६/०३गते

    आदरणीय पञ्चाङ्ग अनुरागी एवम् स्रष्टाज्युहरू हार्दिक नमस्कार ” पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको: ९६[छ्यानब्बेऔं] चित्रपटमा,यहाँहरुलाई हार्दिक स्वागत गर्दै यस शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग शनिबार बेलुका ९:०० बजे भित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!

    प्रशिक्षक :

    सोमनाथ लुइटेल “रवि पाल्पालि
    गुणनिधि घिमिरे
    सुशीला पाैडेल

    चित्र संकलन

    सुशीला पाैडेल

    संकलन
    सुशीला पौडेल
    दुर्गा रिजाल आचार्य

    शुद्धीकरण

    भवानी घिमिरे
    जमुना आचार्य
    पशपती राई
    पुष्पा नेपाल (सुवेदी )

    संरचना

    अनुप्रास :- आफू खुसी
    स्थायी :- आफू खुसी
    अक्षर :- बराबरी

    समायोजक

    सोमनाथ लुइटेल “रवि पाल्पाली”
    तथा

    पञ्चाङ्ग साहित्य समाज नेपाल

    चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट]
    ~~~~~
    पञ्चाङ्ग:०१
    एउटा पुस्तकालय खोल्न मन छ।
    यसबारे चारैतिर बोल्न मन छ।
    कस्तो राम्रो देखियो पुस्तकको घर,
    गल्ती बोल्ने सबैलाई पोल्न मन छ।
    अब गल्ती गर्नेलाई विष घोल्न मन छ।
    सुशीला पौडेल

    पञ्चाङ्ग :०२

    खुवाउनेकाे महल बन्यो खानेकाे पाल छ ।
    याे कसले चलाउँछ कुन्नि कसकाे जाल छ ।
    संघर्ष त सबैले गर्छन् रातदिन नभनी ,
    छ दुःखकाे कथा अनगिन्ती आँसुको ताल छ ।
    खान्न भन्दै कसम खायो भाेलि उही हाल छ ।

    भवानी घिमिरे
    सर्लाही ।

    पञ्चाङ्ग:०३
    घर बनाउने सपनामा थिए कुनै दिन
    आश्वासन परिवारलाई दिए कुनै दिन।
    मिहिनेत नगरेको पनि हैन नपुगेको
    पिडाकोअैासधि भन्दै पनि पिए कुनै दिन
    नसोचेका धारिला वचन लिए कुनै दिन।

    दुर्गा आचार्य
    मोरङ
    पञ्चाङ्ग:०४
    एउटा पुस्तकालय बनाउन मन छ।
    सम्पूर्णको उपस्थिति जनाउन मन छ।
    कस्तो राम्रो देखियो पुस्तकको घर हेर्दा,
    यस्को घृणा गर्नेलाई हनाउन मन छ।
    धेरै वार्षिक उत्सव मनाउन मन छ।
    -ह्यारिस

    पञ्चाङ्ग-०५
    चौरासी लाख जुनीपछि बल्ल मानव जुनी पाएको मान्छे
    प्रकृतिकै अनुपम रुप सुन्दर मस्तिष्कले छाएको मान्छे
    सुख सयल मात्रै खोज्छ तपस्या अनि साधना कहाँ रोज्छ?
    पढ्दैन किताब यति धेरै दु:ख र हन्डर खाएको मान्छे
    रित्तै फर्किन्छ आखिर यत्रो ज्ञानको भण्डारमा आएको मान्छे ।
    -पशपती राई खोटाङ ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged पञ्चाङ्ग1 Comment on साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग- ९६

    साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- ३६ सम्पन्न

  • १२ आश्विन २०८१, शनिबार १३:२७ मा प्रकाशित
  • साप्ताहिक झिल्का लेखन अभ्यासको ३६ औँ शृङ्खला आइतवार अपरान्ह सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा यो अभ्यास शृङ्खला निरन्तर हरेक हप्ता सञ्चालन हुँदै आएको छ ।
    साप्ताहिक झिल्का कविता लेखन अभ्यासका विगतका शृङ्खलामाझैँ यसपटक पनि सहभागीहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा रहेर नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ६१ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे । यो उत्साहपूर्वक सहभागिताका लागि सम्पूर्ण सहभागीहरूमा संयोजक म्यामराज राईले हार्दिक धन्यवाद ज्ञापन गर्नुभएको थियोे ।

    झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला पनि एक भएको र साप्ताहिक रूपमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार एवम् झिल्का कविताका प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।

    शृङ्खलाबारे प्रष्ट पार्दै शृङ्खला संयोजक/प्रशिक्षक म्यामराज राईले हरेक हप्ताको शुक्रवार राति १२ बजे अभ्यासको सूचना झिल्का कविता फेसबुक समूहमा राखिने र उक्त सूचनाको कमेन्टमा इच्छुक झिल्काकारज्यूहरूले स्वत:स्फूर्त आफ्ना उत्कृष्ट झिल्काहरू राखेर सहभागीता जनाउन सकिने बताउनुभयो ।

    झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम एवम् लघुतम प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक र अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्‍याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।

    झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ । अर्थात् दोस्रो हरफको अन्त्यमा पहिलो र तेस्रो हरफको अन्त्यानुप्राससॅंग मिल्ने समध्वनिक अक्षर नभएमा उत्तम मानिन्छ ।

    साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- ३६ मा सहभागी झिल्काकारहरूका सुन्दर झिल्काहरू-

    …
    १,
    उसको आज आएन
    भोलिले जुग खायो
    गाइएको गीत गाएन ।
    २,
    लम्बेतान कहानी कह्यो
    कसले देख्यो अरुण ?
    अनगिन्ती पानी बह्यो ।
    ३,
    आजले भोलि ठेलिरह्यो
    पहाडको दु:ख सम्म्याउन
    हिजोले आज पेलिरह्यो ।

    • म्यामराज राई
      …
      १,
      रहरले होकी करले
      बाँचेका खाना नपाई
      गरिब दुःखी तरले ।
      २,
      आँसु कसैले नदेखोस्
      अर्काको खोसेर नखानु
      दुःख सधैँ मेटोस् ।
      ३,
      हजार सपना देख
      कर्म गरेर देखाऊ
      झिल्का सधैँ लेख ।
    • अम्बिका अधिकारी, झापा बिर्तामोड
      …
      १,
      टुप्पोबाट पलाउने नासिन्छ
      घमण्ड बढ्छ मनमा
      उचालिँदै तल भासिन्छ ।
    • ताराप्रसाद चापागाईँ, धुनिबेसी
      …
      १,
      तिम्रो वचन कस्तो
      बिजाई मुटुमा चसक्क
      किन गर्‍यो यस्तो ?
      २,
      कसरी भुलौँ अतितलाई?
      कोशिस जारी राखें
      सकिएन बस्न रमाई ।
      ३,
      भुल्न प्रयास गरेँ
      त्यही भएर ठाउॅं
      छोडी अन्तै सरेँ ।
    • अर्जुन प्रसाद चौलागाई, रामेछापः-सुनापति-१
      हालः-क्यानडा,क्यालगरी।
      …
      १,
      मलाई भेट्न बोलाएर
      केही कुरा नबोली
      चुपचाप बस्यो टोलाएर ।
      २,
      पहाडमा दिनदासा सुरु
      विकासको काम छैन्
      पहिरो खस्छ खुरुखुरु।
      ३,
      मायाको कुरा गर्‍यो
      सॅंगै बस्छु भन्दा
      ऊ पछाडि सर्‍यो ।
    • ललिता गिरी सिन्धुली
      …
      १,
      माफी माग्नुपर्ने मैले
      बिनासित्ती तिमी झुकिदियौ
      आफ्नैले सताउँछन् ऐले।
      २,
      हिॅंड्यौ बिरालोको चालमा
      घचाडेर लडाए साथीहरूले
      जुवाडे, फटाहाहरूको खालमा।
    • चुडामणी देबकोटा, पुरानोनैकाप काठमाण्डौ
      …
      १,
      संविधानभन्दा पनि माथि
      कोही हुन सक्दैनन्
      होइन त साथी!
      २,
      संविधानमा मौलिक हक
      छ उल्लेख गरिएको
      लाग्छ बोल्नलाई धक।
      ३,
      वीर योध्दाको योगदान
      भन्दछन् फेरि सबै
      उत्कृष्ट नेपालको संविधान।
    • सतीश पण्डित, भानु -६, चुँदी, तनहूँ (हाल चनपा ६ मातातीर्थ)
      …
      १,
      हिजोआज प्रेममा परे
      थाहा छैन खोइ !
      मैले के गरे ?
      २,
      बाउले गर्छन् गाली
      हिजोपनि कुटेका हुन्
      उचालेर हलोको फाली ।
      ३,
      दिमाग घुम्छ किन ?
      मैले सक्दिन तिमीलाई
      चोखो माया दिन ।
    • लक्ष्मण देउवा डोटी
      …
      १,
      बतास यहाँ चल्दैछ
      होसियार दलाल हो
      तिम्रो सत्ता ढल्दैछ ।
      २,
      यहाँ भाँड्नसम्म भाँडिसके
      नभएको सपना देखाइ
      यहाँ ढाँट्नसम्म ढाँटिसके ।
      ३,
      यहाँ खोला तर्दैछ
      जीवन गइसक्यो फेरि
      यिनकै भर पर्दैछ ।
    • दीप गोले तामाङ, रौतहट
      …
      १,
      लगाएको ढाका टोपी
      कति राम्रो सुहाएको
      कालो कपाल छोपी ।
      २,
      बसिन् उनी थचक्क
      आइ मेरो काखैमा
      भयो मन चसक्क।
      ३,
      भाषण एउटा कुरा
      मख्खै पारी बोल्छन्
      भित्र चलाई छुरा ।
    • अनुग्रह राना मगर ‘पुष्प’, पाँचखपन न. पा. ६ संखुवासभा
      …
      १,
      देश बेचेर खायो
      जनता चुपचाप छ
      नेता धेरै रमायो।
      २,
      लिम्पियाधुरा नेपालको भन्छ
      खाना पाए चुपचाप
      अनि देश बन्छ?
      ३,
      शरणार्थी काण्ड कता ?
      सुनिन्दैन आवाज अहिले
      भ्रष्टाचारी गए जता।
    • एवाइ प्रभात, सहिदभुमि, धनकुटा
      …
      १,
      जिन्दगी त्यसै चल्दैन
      मेहनत नगरे कसैले
      चुलोमा आगो बल्दैन ।
      २,
      नाजिक बनेर आयो
      आफू राम्रो भएर
      मलाई नराम्रो बनायो ।
    • अनिता भण्डारी, ताप्लेजुङ
      …
      १,
      मन सकिँदैन सिउन
      सङ्घर्षले सिकाउँछ यहाँ
      साहसिक जीवन जिउन ।
      २,
      बेकार जगमा लुकेर
      तरुवर बृहत् भए
      आखिरमा जाने सुकेर ।
      ३,
      बाधा हुनेछ बेअसर
      नित्य चिन्तन गरेमा
      जीवनमा नरहने कसर ।
    • कार्की डिबी माकुम, सुनवल-४, नवलपरासी
      …
      १,
      फुरफुर नगर नासिन्छ
      घमण्डी चालको विचार
      आफै यहाँ भासिन्छ।
      २,
      कस्तो रहेछ चाला
      अरूलाई मारेर जिउने
      पर्ला अरूको पाला।
    • नीमा छिरिङ भोटिया, जलढका कालेबुङ, भारत
      …
      १,
      भ्रम मात्र छर्छन्
      पुरा गर्छु भन्दै
      झुटा आश्वासनले भर्छन् ।
      २,
      गर्दै कुरा खासखुस
      यताउता मिलेन भन्दै
      नेताहरूले खाइरहन्छन् घुस ।
      ३,
      निकाल्न सक्नुपर्छ जुक्ति
      यो घुसखोरी नेताबाट
      कसरी पाइन्छ मुक्ति ?
    • हिरामाया श्रेष्ठ, गजुरी -१, धादिङ
      …
      १,
      प्रेम अचम्मको हुने
      एकैछिन बोल्न नपाउँदा
      मन धेरै रुने ।
      २,
      टुप्पोबाट पलाएको मातिन्छ
      बढ्छ अहङ्कार धेरै
      आखिरमा छिनैमा मासिन्छ।
      ३,
      मनको कुरा लेखेर
      भविष्य आफै बनाऊ
      सुन्दर सपना देखेर ।
    • राज कुमार राजभण्डारी खोटाङे, मध्यपुर ठिमी ५ संगम कोलोनी राधे राधे भक्तपुर ।
      …
      १,
      जनताको राज भन्छन्
      आफै टन्न खाई
      भोट मात्रै गन्छन् ।
      २,
      नेताको भ्रष्ट मति
      जनताको ॲाखामा आँसु
      हाम्रो देशको गति ।
      ३,
      सम्पतिको भण्डार गन्छ
      जनतालाई चाहिन्न केही
      छादुन्जेल खाएर भन्छ ।
    • राजेशराज गड्तौला, कॅाडाघारी, काठमाण्डौ
      …
      १,
      सम्भावनाको घर
      विदेश दौड़ने बाध्यता
      हातमुख नजोरिने डर ।
      २,
      माटो सुहाउँदो रोजगारी
      मजबुत समृद्धिको बाटोमा
      भरौँ सिर्जनाले खेतबारी ।
    • ममता पौडेल, बुढीगङ्गा -२,मोरङ
      …
      १,
      हिजोआज अनि भोलि
      आजको सदुपयोग गरौ
      अवश्यै भरिनेछ झोली।
      २,
      जीवन एक यात्रा
      हिडेँ चोटि पुगिन्छ
      न हिडेँ जात्रा।
    • बिके मुखिया, दार्जिलिङ भारत।
      …
      १,
      परेको छ गारो
      पाखुरीले साथ दिँदादिँदै
      नहेप यति सारो ।
      २,
      लेख्नु धेरै थियो
      अधिकार आउला भनेर
      हेर्दाहेर्दै संसदले पियो ।
      ३,
      शिक्षक आन्दोलन आयो
      सहमतिलाई जेल पठाउँदा
      कसले के पायो ?
    • नन्दलाल आचार्य, सिद्धार्थटोल, उदयपुर (हाल- एनेलकुटी, सिरहा)
      …
      १,
      जो अन्याय अत्याचारी
      अधोगति देख्छौ देख्दैनौ
      ए काला भ्रष्टाचारी ।
    • प्रेम थापा “मन”, बागलुङ
      …
      १,
      संविधान देखाउने लेखियो
      न्याय छैन गरिबलाई
      हत्यारा बाहिर देखियो ।
      २,
      रास्ट्रको अपमान गर्दै
      नेता राजनीति गर्छन
      आफ्नो झोला भर्दै ।
    • रबि पौडेल, दक्षिण भारत पाण्डेचरी ।
      …
      १,
      श्रमिकले पाउने अधिकार
      दिन गाह्रो मालिकलाई
      गर्छौ किन प्रतिकार ?
      २,
      रुझिभिजि रोज कमाएको
      मालिकलाई नाफा पुर्‍याएर
      पाउने हक जमाएको ।
      ३,
      सङ्घर्ष भएर पहिले
      आफ्नो अधिकार पाउनलाई
      चाडपर्वको मुखमा जहिले ।
    • मोती योन्जन सुब्बा, दार्जिलिङ।
      …
      १,
      धोका दिन्न भनेर
      हिसाब चुक्ता गरायो
      पाई पाई गनेर ।
      २,
      विश्वासघात भयो भन्दै
      पश्चात्ताप गर्छ ऊ
      दुःखले विह्वल बन्दै !
      ३,
      सुन्दर फूल देखियो
      लोभि नजर दौडाई
      काँडा मात्रै टेकियो।
    • विवश पारदर्शी, झापा
      …
      १,
      हेर सारा गगन
      बादल वर्षालाई हाँस्दै
      सकेको पीडा सहन !
    • आर्त अकुलीन
      …
      १,
      दु:खको घैलो फोडिॅंदैन
      कुनै काम नभएपछि
      हातमुख पनि जोडिॅंदैन ।
      २,
      नगर्दा हुन्छ रहर
      गधा धोएर गाई
      बनाउन सक्दैनौ जिन्दगीभर ।
      ३,
      भ्रममा रुमलिन्न मित्र
      लाग्न थाल्यो तिम्रो
      नेताको जस्तो चरित्र ।
    • पृथक प्रकृति ,झापा
      …
      १,
      दुःख सम्झी नरुनु
      सुख अवश्यै आउँछ
      सधैँ सकारात्मक हुनु।
    • अरुण कुमार भुजेल, दार्जीलिङ्ग भारत।
      …
      १,
      ठोकेर मुटुमा किला
      खोज्दैछे ओठमा मुस्कान
      छन् आँखा रसिला ।
      २,
      सपना अपूरो अधुरो
      चारैतिर छ अन्धकार
      जीवनको ज्योति मधुरो ।
      ३,
      कालोनिलो निस्पट्ट सगर
      लाग्दैछ आजकल मलाई
      जिन्दगी मरुभूमि बगर ।
    • वसन्त अनुभव, घोराही, दाङ
      …
      १,
      भन्नलाई स्वयम् मेरो
      सिन्दुर लगाई जग्गेमा
      घुमाइदिनु उसलाई सातफेरो ।
      २,
      दिन पनि खुलेको
      आहा! दशैँको बहार
      धान पनि झुलेको ।
      ३,
      घाम लाग्यो घमाइलो
      दिनमा गर्मी भएपनि,
      लाग्छ साह्रै रमाइलो ।
    • अमृत कोइराला, पोखरा
      …
      १,
      कोही नपाएर खान
      भोको यहाँ सबै
      सन्तुष्टि खोज्न जान।
    • सुनगाभा पोखरेल, हाल: नेपालगन्ज
      …
      १,
      कसरी खोलूँ बह ?
      चम्किलो रातमा देखिन्छ
      जमिएला सुखको दह !
    • जनक बिसी, दक्षिणभारत कोचिन
      …
      १,
      आयो महिमा शारदको
      धरती अति शोभायमान
      भयो अन्त्य मेघको ।
      २ ,
      झुल्यो धानबाला खेतमा
      सयपत्री मखमली हाँस्यो
      रम्यो तनमन उल्लासमा ।
    • हरिगोपाल न्हुच्छेँप्रधान, काभ्रे, बनपा १४ साँगाबजार
      …
      १,
      उजाड भएपछि पाखाहरू
      सुख्खा रहे यहाँ
      हेर्ने पनि आँखाहरू ।
      २,
      आउँदैछन् हाम्रा चाडपर्व
      सुखद बनून् क्षणहरू
      लागोस् सबैलाई गर्व ।
      ३,
      सुनौलो रहोस् बिहान
      अन्तिम गन्तव्य हाम्रो
      केवल हो चिहान ।
    • त्रिलोचन भण्डारी, मेचीनगर, झापा
      …
      १,
      चाड पर्वको भेल
      चामल छैन घरमा
      कसरी पकाउने सेल ?
      २,
      विदेशिएको छोरा टाढा
      दिलमा स्नेहको भावले
      बल्झन्छ घाउ गाढा ।
      ३,
      सुचना संचारको नाउमा
      प्रवेश भएर आजकल
      छाडा केटाकेटी गाउॅंमा ।
    • हिरालाल न्यौपाने, बानपा ८ काेटमाैला सल्यान
      …
      १,
      देश बेथितिले चल्छ
      अराजक जातततै देख्दा
      युवाको मन जल्छ।
      २,
      खेत बाँझो देखिन्छन्
      बन्द छन् उद्योगहरू
      युवा जति बेचिन्छन् ।
      ३,
      नेताको झगडा हुन्छ
      जनताले दुःख पाउने
      गुनासो कसले सुन्छ?
    • कृष्ण बजगाई, भक्तपुर
      …
      १,
      भित्रिँदै छन् चाडपर्व
      महङ्गी आकाशियो झनै
      लागेन खासै गर्व ।
      २,
      खेतबारी बाँझो राखेर
      लहैलहैमा हिँडेका युवा
      फर्किन्छन् दु:ख चाखेर ।
      ३,
      नभुलौँ भाषा भेषलाई
      गरेर पौरख यहीँ
      स्वर्ग बनाऔँ देशलाई ।
    • शान्ता पौडेल भट्टराई, टङ्कीसिनवारी, मोरङ
      …
      १,
      सत्य कहाँ गएछ
      यो धर्तीमा कसैलाई
      फूल काँडा भएछ ।
      २,
      जात्रा देखाए धेरै
      असल आफू मात्रै
      हारेर जित मेरै ।
    • रामप्रसाद पुरी, बादेल, खोटाङ
      …
      १,
      सुखमा खुसी हुन्छ
      सम्हाल्न जानेन भने
      दुःखमा परेर रुन्छ !
      २,
      खास कोही भेटिएन
      भ्रममा पार्ने मात्रै
      अन्योलको वातावरण मेटिएन !
      ३,
      परिक्षा लिँदा दिँदा
      जीवनले मोड फेर्छ
      बेला बेला झुकिॅंदा !
    • अच्युत घिमिरे, सर्पाङ, भुटान🇧🇹
      …
      १,
      रङ्गिॅंदै छन् गाउँघर
      चाडपर्वले छोएर होला
      रित्तिॅंदै छन् शहर ।
      २,
      सुनसान परदेशको बसाइँ ,
      याद आउँछ गाउँघरको,
      बस्नुछ आँखा रसाई ।
    • भुपेन्द्र राना मगर, धादिङ
      …
      १,
      सुन्दर जीवनको पाटो
      अकालमै चुँडेर यसलाई,
      नबनाऔॅं माटोको धुलो ।
      २,
      जीवन कर्कलाको पानी
      सुख दुःखसॅंग जुधेर,
      सबैले कटाऔॅं जिन्दगानी ।
      ३,
      मन बनेमा निराश
      दिक्क लाग्ने बाँच्नलाई,
      खुसीको नहुने आस ।
    • सीमा कार्की समर्पण, मेलचोक पर्सा
      …
      १,
      जोडी राधाकृष्ण जस्तै
      देखियो हजुरको पनि
      प्रसंशा चौतर्फी प्रशस्तै ।
      २,
      दुरी बढ्यो अचेल
      हामीबिचको आज किन ?
      हुनुपर्ने देखियो सचेत ।
      ३,
      कहानी राम सिताको
      लेख्नुपर्ने भयो फेरि
      आउॅंछ यो युगबिनाको ।
    • ईश्वर साउद(भिक्षु), रामारोशन गाउँपालिका ६ सुदुरपश्चिम अछाम
      …
      १,
      पाउन छोड्यो रासन
      अहोरात्र रुन्छ देश
      निरङ्कुश भयो शासन !
      २,
      मत्स्य न्याय भयो
      खोसिए मौलिक हक
      आशा भरोसा गयो ।
    • ऋजु दिल्पाली, ईटहरी १ सुनसरी
      …
      १,
      जताततै घेरेको अभावले
      गरी खाने ठाउँबाट
      हटाइएछ राजनीति दबाबले।
      २,
      अधिकार पाउने आसमा
      खान छैन पेटभरि
      फर्के चरी बासमा।
      ३,
      कहिले पाउने अधिकार
      लडाइँको मैदान खाली
      गर्छ कस्ले प्रतिकार ।
    • दुर्गा आचार्य, मोरङ
      …
      १,
      बादलले पानी पार्दछ,
      दुखलाई बाँडेर नलिए
      सहर्ष आँसु झार्दछ।
      २,
      रुखमा कोइली करायो,
      वसन्त आएको देखेर
      वर्षाद ऋतु डरायो।
    • होमप्रसाद नेउपाने, धरान, सुनसरी
      …
      १,
      समयमै सोच्नुपर्छ अब
      पछुतो मानेर हुदैन,
      बिग्रन सक्छ जब।
      २,
      मान्छे भन्न डराउॅंछ
      आखालाई दोष किन,
      मनले मन पराउॅंछ।
      ३,
      मन पराउनु राम्रो
      धोका नदिनु कसैलाई,
      बैगुनी बानी हाम्रो।
    • शंकर कार्की
      …
      १,
      केहि लेख्न खोजे
      शवहरूको माला उनेर
      झिल्का कविता रोजे ।
      २,
      भावना पोख्ने ठाउँ
      साहित्यमा कविता हेर
      तीन लाइनको नाउँ ।
    • बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो ), कनकाई ४ झापा
      …
      १,
      आँशुले मुख धोएर
      समस्या झनै बल्झिन्छ
      हुँदैन समाधान रोएर!
      २,
      चाहना थिएन भन्ने
      आशा लागेर हो
      तिम्रो नजिक बन्ने!
    • मन्दिरा सेढाई, मलेखु,धादिङ
      …
      १,
      राष्ट्रिय नेता रमाए
      निर्दोषको पसिनामा
      कस्तरी हैकम जमाए।
      २,
      सदमा हल्ला चल्दैछ
      भ्रष्टाचारी नेताले आज
      निर्दोसको आँखा छल्दैछ।
      ३,
      भयो सबैलाई थाहा
      नेताको भाषण शैली
      सबैलाई भयो चाहा।
    • कला ढकाल, झापा
      …
      १,
      स्वार्थी मानिसको जात
      बेकम्मा बन्दैछ आफू
      उठाउन नजान्दा हात।
    • कोपिला अधिकारी, गोरखा
      …
      १,
      बढायौ अचेल दुरी
      नढाँटीकन भन लौ
      के पर्यो मजबुरी?
      २,
      मायाप्रीतिको सुँइको पाए
      अबदेखि तिमीसँग भेट्न
      घरमै प्रतिबन्ध लगाए l
      ३,
      नबस्नु कत्ति पिरमा
      मायाको जित हुनेछ
      रहेछ भने तक्दिरमा l
    • बाबुराम गौतम, गुल्मी
      …
      १,
      जनता दुःखमा घेरेको
      छैन अलिकति फिकिर
      नेता टुलुटुलु हेरेको।
    • बिरेन्द्र चौधरी, इटहरी, सुनसरी
      …
      १,
      देखाउनेको भिड लाग्छ
      भित्री कुरा बुझ्दैनन्
      उसकै पछि भाग्छ।
    • शोभा आचार्य गौतम, काठमाडौँ
      …
      १,
      मनैबाट निकालौँ तितोपिरो
      एकैबारको जिन्दगी बाँच्दा
      बनाऔॅं सबैले सुवासिलो।
    • विष्णु पंगेनी(पाण्डे ), वालिङ -स्याङ्जा
      …
      १,
      शरद् महिना आयो
      गाउँ घरमा रमाइलो
      चाडपर्वमा खुसी छायो ।
      २,
      साहुले दिएको ऋण
      हुन्छ होला अप्ठ्यारो
      हुनेछ तिर्न घृण !
      ३,
      खर्चमा नहौसनु पर्वमा
      एक छाक अन्न
      अघाएर परौँ गर्वमा
    • बेदु न्यौपाने
      …
      १,
      भ्रष्टले मृत्यु देख्दैन
      लुट्छ जीवनभर देशलाई ,
      इज्जतले नाम लेख्दैन।
      २,
      इमानीले गर्छ कर्म
      अँगाल्छ सेवाको धारणा ,
      गर्छ ठूलो धर्म।
      ३,
      भोलि बिहान हुनेछ
      उदाउनेछन् कोही इमानी ,
      दुःखीको मन छुनेछ।
    • सुस्मिता अधिकारी, काठमाडौँ
      …
      १,
      मेटिन्छ कहिले आशा,
      लासको श्वासमा अडी ,
      चाडमा नखेल्नु पासा ।
      २,
      रुपैया खल्तीमा भए
      भइन्छ पीडामा हेर
      आवेग भेलमा गए ।
      ३,
      त्यसैले समय गति,
      बुझेर मानिस हिॅंडे ,
      सुध्रिन्छ उसको मति ।
    • जी.वि.कश्यप, घोराही, दाङ
      …
      १,
      आफ्नो कर्तव्य बुझौँ
      कान छाम्ने गर्नुपर्छ
      समयमै सबै सुझौँ ।
      २,
      धानको बाला लहराएको
      परिश्रमी किसान हर्षित
      दसैँको तरङ्ग तरङ्गाएको ।
    • धनमाया चौधरी, कैलाली
      …
      १,
      समयले फन्को मार्‍यो
      उकाली ओराली गर्दै
      अघि बाटो सार्‍यो ।
      २,
      भर्न खोजीमा रहेछु
      हरेक इच्छाका झोलीहरू
      सबै कुरा सहेछु ।
      ३,
      भत्किन्छ सपनाको महल
      बनाउने कोसिसमा हुन्छु
      खुसीको गर्छु पहल ।
    • पुष्पा राई, बादेल, खाेटाङ ।
      …
      १,
      मुटुको हुन्छ चिरफार
      प्रेमको घारीमा पसेपछि
      नहुने रहेछ उपचार ।
      २,
      हरपल उसैको चाहना
      बुझ्नेले नबुझ्नेपछि बेकार
      मुटुभरि गुम्सिएका भावना ।
      ३,
      गर्छु आज वारपार
      निकाली फाल्छु उसलाई
      ठानी काँडे झार।
    • रुना कर्माचार्य दाहाल, चितवन
      …
      १,
      गर्छौँ हामी गर्व
      राम्रो लाग्छ हामीलाई
      हाम्रै आफ्ना चाडपर्व ।
      २,
      हाम्रो संस्कृति बचाऔॅं
      मौलिकता बचाई राख्न
      सारा विकृति हटाऔॅं ।
      ३,
      आचार विचार हाम्रो
      सादा जीवन जिउँदा
      हुन्छ सधैँ राम्रो ।
    • जयनारायण नेपाल, इलाम ,सूर्य विनायक २, बालकोट ,भक्तपुर ।
      …
      १,
      दसैँ पनि आयो
      नेपाली मनहरूमा सधैँ ,
      हर्ष खुसीले छायो ।
      २,
      आउँदैछन् देशमा चाडपर्व
      नेपाली हुनामा मलाई ,
      लाग्छ सधैँ गर्व ।
    • श्रीकृष्ण धामी, बझाङ

    ::::::::जय झिल्का साहित्य ! ::::::::::

    Posted in कला /जीवनशैली, ताजा अपडेट, मुख्य खबर, लोकप्रिय, साहित्यTagged झिल्का कविता, म्यामराज राई, वसन्त अनुभव, साप्ताहिक झिल्का कविता3 Comments on साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- ३६ सम्पन्न

    साताका उत्कृष्ट झिल्काहरू- २८

  • १२ आश्विन २०८१, शनिबार ११:०८ मा प्रकाशित
  • साताका उत्कृष्ट झिल्का कविताको २८ औँ शृङ्खला सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त शृङ्खला हरेक हप्ता सञ्चालन गर्ने गरिन्छ । झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले यस शृङ्खलाको सुरुवात गरिएको यसका परिकल्पनाकार एवम् प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।

    यस शृङ्खलाका लागि हरेक हप्ताको आइतवारदेखि शुक्रवार अपरान्हसम्म झिल्का कविता फेसबुक समूहको भित्तोमा प्रेषित गरिएका झिल्का कविताहरू मध्ये उत्कृष्ट तीन जना झिल्काकारहरूका ३/३ झिल्काहरू छ्नोट गरी प्रकाशन गर्ने गरिन्छ । जसको संयोजन झिल्काकार एवम् झिल्का कविता अभियन्ता धनुष न्यौपानेले गर्दै आउनुभएको छ ।

    साताका उत्कृष्ट झिल्का कविता शृङ्खला- २८ का लागि झिल्काकारत्रय नवराज भट्ट, सुनगाभा पोखरेल र भुपेन्द्र के.सी.का उत्कृष्ट झिल्का कविताहरू छनोटमा परेको संयोजक न्यौपानेले बताउनुभयो ।

    साताका उत्कृष्ट झिल्काहरू


    [१]
    १.
    हेर सरकारकाे चाल
    धम्क्याउँछ उल्टै दाेषी
    कानुनको छ बेहाल ।
    २.
    गल्ती नगर्ने डर्दैन
    गर्छ निर्धक्क सामना
    कदापि पछाडि सर्दैन ।
    ३.
    सुशासन कायम गर्नू
    नत्र भ्रष्टाचार राेकिन्न
    यसमा अगाडि सर्नू ।
    ✍️
    नवराज भट्ट
    कञ्चनपुर


    [२]
    १.
    परिरहेछ भदौरे झरी
    गुन्जन पानीको थोपाको
    भेट्नु मायालाई कसरी ?
    २.
    मौलिक हाम्रा चाडपर्व
    हुन् धरोहर खुसीका
    साच्चिँकै लाग्छ गर्व ।
    ३.
    कलिला उमेरका नानी
    हुन्छन् खुल्ला दिलको
    सबैसँग हाँसिरहने बानी !
    ✍️
    सुनगाभा पोखरेल


    १.
    चलिरहेछ पितृ पक्ष
    श्रद्धाभावले अर्पण गराैँ
    दान पितृदेव समक्ष ।
    २.
    पूर्वजले आँखा देखाए
    सानामा हुर्काई बढाई
    हामीलाई टाठाे गराए ।
    ३.
    ठूला भयाैँ अहिले
    अझै ज्ञानी बन्नुछ
    घमण्ड नगरौँ कहिले ।
    ✍️
    भुपेन्द्र के.सी.



    Posted in ताजा अपडेट, मुख्य खबर, लोकप्रिय, समाज, साहित्यTagged झिल्का कविता, धनुष न्यौपाने, वसन्त अनुभव, साताका उत्कृष्ट झिल्का1 Comment on साताका उत्कृष्ट झिल्काहरू- २८

    पार्वती घिमिरे पौडेलकाे “काटाैँ दाउरा घाँस” सार्वजनिक

  • ९ आश्विन २०८१, बुधबार २०:५४ मा प्रकाशित
  • नुवाकाेट पञ्चकन्या गाउँपालिका २ कविलास निवासी पार्वती घिमिरे पाैडेलले स्थानिय मठ मन्दिर र पर्यटकीय स्थानहरूकाे वर्णन गर्दै तयार पारेकाे लाेकगीत काटाैँ दाउरा घाँस हालै सार्वजनिक भएकाे छ ।

    पार्वती घिमिरे पाैडेलका शब्दहरूमा तिलक भट्टराई कल्पित र प्रभा खत्रीले स्वर दिनु भएकाे उक्त गीतकाे म्युजिक भिडियाेमा डा.के.पि.पाैडेल, रितु बस्नेत, पार्वती घिमिरे पाैडेल लगायत स्थानिय वासिन्दा तथा केही साहित्यकारहरूकाे समेत अभिनय रहेकाे छ ।

    “पार्वती घिमिरे पाैडेल” नामक युट्युव च्यानलबाट सार्वजनिक भएकाे उक्त लाेकगीतकाे बारेमा बाेल्दै पाैडेलले स्थानिय परिवेशकाे हुवहु चित्रण गर्ने प्रयास गर्नुकाे साथै साेही स्थानहरूमा छायाङ्कन गरिएकाे कारण याे लाेकगीतले नुवाकाेट कविलासकाे परिचय उजागर गर्नुकाे साथै पर्यटन प्रवर्दनमा समेत टेवा पुर्याउने बताउनु भएकाे छ । साहित्यका विभिन्न विधाहरूमा कलम चलाउने पाैडेलले यही गीत मार्फत सङ्गीत क्षेत्रमा डेब्यू गर्नु भएकाे हाे ।

    Posted in कला /जीवनशैली, ताजा अपडेट, मुख्य खबर, लोकप्रिय, समाज3 Comments on पार्वती घिमिरे पौडेलकाे “काटाैँ दाउरा घाँस” सार्वजनिक

    लघुकथाकाे कसीमा इज्जत लघुकथासङ्ग्रह(परिचयात्मक समीक्षा)

  • ८ आश्विन २०८१, मंगलवार ०६:३० मा प्रकाशित
  • सर्जक: ज्यो. नानी बिवु
    समीक्षक: डा.शंकरप्रसाद गैरे

    ‘इज्जत' लघुकथासङ्ग्रहकी लेखिका नानी बिवु पेसाले ज्याेतिष हुन् । ज्याेतिषशास्त्रमा स्नातक गरी यही पेसामा आवद्ध भएकी बिवु साहित्य लेखनमा विशेष सक्रिय छन् । २०७६ सालमाअनुक्राेश´ उपन्यास प्रकाशित गरेपछि घनश्याम डल्लाकाेटीकाे सुझाव र सल्लाहमा लघुकथा लेखनमा लागेकी बिवु आख्यान लेखनमा विशेष सक्रिय देखिन्छिन् । `इज्जत´ लघुकथासङ्गग्रह उनकाे दाेस्राे प्रकाशित कृति हाे ।

    ३२ वटा लघुकथा समाविष्ट गरेर तयार पारिएको प्रस्तुत `इज्जत´ लघु आकारको कृति हाे । समान आकारका लघुकथा समाविष्ट यस कृतिका लघुकथाहरू विषयगत दृष्टिले विभिन्न प्रकारका छन् । बालबालिकादेखि वृद्धवृद्धासम्मका विविध अवस्था विषय सन्दर्भलाई प्रस्तुत गरिएको यस कृतिका रचनामा प्रेमप्रणय, प्रेममा हुने धाेका, प्रेमकाे देखावटीपन, लैङ्गकि विभेद, आर्थिक विभेद र सामन्ती चरित्र, बालमनाेविज्ञान, याेग्यताकाे अपहेलना गर्दै भनसुनका आधारमा काम दिनेलिने प्रवृत्ति, भ्रमपूर्ण बुझाइका कारण हुने घटना/दुर्घटना, विभिन्न दिवसका नाममा चलेका फेसन र विकृति जस्ता विषयलाई बिवुले प्रभावकारी रूपमा प्रस्तुत गरेको पाइन्छ । काेराेना र प्रणयसन्दर्भ, सरकारी कर्मचारीकाे जिम्मेवार नहुने प्रवृत्ति, कुनै पनि विषयलाई एकपक्षबाट मात्र हेरिनु हुँदैन भन्ने सन्देश, अरूका कुरा काट्ने तर आफ्नो कमजोरी नदेख्ने प्रवृत्ति, सङ्कटका बेला अनावश्यक सञ्चय गर्नाले निम्तिने समस्या, सङ्कीर्ण बुझाई र दृष्टिकोण, लाेभ, उपदेश, विशिष्ट र महान् व्यक्तिको परिचय, संस्कृतिमा देखिएकाे भड्किलो पन, दाइजो प्रथाप्रतिकाे लेखकीय दृष्टिकोण र असन्तुष्टि, लैङ्गकि विभेद, हीनताबोध, पश्चात्ताप, ईर्ष्या, अपाङ्गताका विभिन्न पक्ष प्रस्तुत कृतिमा समाविष्ट रचनाले प्रस्तुत गरेका विषय हुन् । विकृति विसङ्गतिलाई प्रस्तुत गर्नु, नैतिक उपदेश दिनु, सामाजिक यथार्थकाे प्रस्तुति गर्नु बिवुका लघुकथाकाे उद्देश्य देखिन्छ ।

    लघुकथा साधनामा निरन्तर लागिपरेकी बिवु सम्भावना बाेकेकी लघुकथाकारका रूपमा देखापरेकी छन् । व्यङ्ग्यकाे प्रधानता नरहे पनि सन्देश सम्प्रेषणका दृष्टिले यिनका लघुकथा महत्त्वपूर्ण देखिन्छन् ।

    कृति : इज्जत
    स्रष्टा : ज्याे. नानी बिवु
    प्रकाशन वर्ष : २०८१ वैशाख
    प्रकाशक : नमस्ते आधुनिक लघुकथा मञ्च
    मूल्य : २०५/-

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged लघुकथा समीक्षाLeave a Comment on लघुकथाकाे कसीमा इज्जत लघुकथासङ्ग्रह(परिचयात्मक समीक्षा)

    गीतकार सतीश चापागाईको ‘अरबमा घाम छ’ सार्बजनिक

  • ७ आश्विन २०८१, सोमबार २०:५४ मा प्रकाशित
  • काठमाडौं – गीतकार सतीश चापागाईको गीत ‘अरबमा घाम छ’ बोलको गीत भिडियोसहित सार्बजनिक भएको छ । दिप घतानीको संगीत रहेको गीतलाई संजीव बराईलीले स्वर भरेका छन् । दिप घतानी, सीमा क्षेत्री र मिरेश अधिकारीको अभिनयसहित नयाँ गीत बजारमा आएको छ ।
    गीतमा नेपालमा दुःख भएर अरबमा जानुपरेको आम नेपालीका बाध्यता रहेको भाब दर्शाईएको छ । अरबमा घाम भएपनि काम त्यही भएकाले जानुपर्ने बाध्यता रहेको गीतका माध्यमबाट उठाइएको छ ।

    हेर्नुहोस भिडियो:

    Posted in कला /जीवनशैली, मुख्य खबर, साहित्य2 Comments on गीतकार सतीश चापागाईको ‘अरबमा घाम छ’ सार्बजनिक

    साउदी अरबको जेद्दामा नवनियुक्त महावाणिज्य दूतको गरियो भव्य स्वागत

  • ७ आश्विन २०८१, सोमबार १७:४२ मा प्रकाशित
  • समर्पण रम्जान

    गत २०सेप्टेम्बर २०२४ शुक्रबारका दिन नेपाली महावाणिज्य दूतावास जेद्दा साउदी अरबमा नव नियुक्त महाबाणिज्य दूत सुभाष यादवलाई विभिन्न संघ संस्थाद्वारा भव्य स्वागत गरिएको छ।

    गत एक वर्षभन्दा पहिले नेपाली महावाणिज्य दूतावास जेद्दाका महाबाणिज्यदूत  भुवन पौडेल ज्यू को नेपाल फिर्ती सँगै उहाँको स्थानमा अहिलेसम्म अरु कोही नआएको र ३६५ दिन यानि एक वर्षपछि उहाँको स्थानमा सुभाष यादव नियुक्ति भइ आएका छन्  ।  उहाँको सम्मान स्वरुप जेद्दा तथा पश्चिम् क्षेत्रमा रहेका विभिन्न सामाजिक संघसंस्था र समाजसेवीहरुले संविधान दिवस २०८१ को कार्यक्रमकै दिन पारेर  भब्य स्वागत गरेका छन् ।


    जेद्दामा अवस्थित नेपाली संघ संस्था हरु, एनआरएनए आरसिसि जेद्दा तथा आरसिसी जिजान,, नेपाली युवा क्लब, नेपाली हातेमालो युवा क्लब, तमुधि जेद्दा,   नेपाली साझा मञ्च साउदी अरब, रोल्पाली समाज, किराँत यायोख्या राई, तथा अन्य समाजसेवीहरु द्वारा खादा तथा दोसल्ला ओढाएर यादब र उहाँकि श्रीमतीलाई भब्य स्वागत गरिएको थियो । भने सबै संघ संस्थाहरुले उहाँको कार्यकालमा पनि श्रमिक हक हितको लागि गहिरो सहकार्य गर्ने बताउँदै  कार्यकाल सफलताको शुभकामना दिएका थिए ।
    कार्यक्रममा बोल्दै यादबले यसरी भब्य स्वागत गरिएकोमा सबै संघ संस्थालाई धन्यवाद दिदैं आफ्नो कार्यकालमा सबै सँग सहकार्य गर्दै श्रमिक हक हितका लागि सदैब अग्रपंक्तिमा रहेर काम गर्ने प्रतिबद्धता जाहेर गरे ।  

    Posted in अन्तर्राष्ट्रिय, ताजा अपडेट, मुख्य खबर1 Comment on साउदी अरबको जेद्दामा नवनियुक्त महावाणिज्य दूतको गरियो भव्य स्वागत

    रियाद र जेद्दा स्थित नेपाली दूतावासद्वारा संविधान तथा राष्ट्रिय दिवस २०८१ भव्यताका साथ मनाइयो

  • ६ आश्विन २०८१, आईतवार १२:३४ मा प्रकाशित
  • अन्जान गुभाजु। साउदी अरब

    नेपाली राजदूतावास, रियाद र नेपाली महावाणिज्य दूतावास, जेद्दाले संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ भव्यताका साथ सम्पन्न गरेका छन्। नेपालमा २०७२ साल असोज ३ मा पारित र लागू गरिएको नेपालको संविधानको सम्मानमा यी समारोहहरू आयोजना गरिएका हुन्, जसमा साउदी अरबमा रहेका नेपाली समुदायको उत्साहजनक उपस्थिति रह्यो। रियादमा आयोजित कार्यक्रम नेपाली राजदुतावासका प्रमुख कार्यवाहक राजदूत डा. डमरु बल्लभ पौडेलेको नेतृत्वमा सम्पन्न भयो। उनले संविधानले नेपाली जनतालाई प्रदान गरेका अधिकारहरू, लोकतान्त्रिक मूल्यहरू र नागरिक कर्तव्यबारे चर्चा गर्दै, विदेशमा रहेका नेपालीहरूले राष्ट्रको समृद्धिमा प्रभावकारी भूमिका खेल्नुपर्नेमा जोड दिए। कार्यक्रममा २२५ भन्दा बढी नेपालीहरूको सहभागिता रह्यो, जसमा पत्रकार, समाजसेवी, र विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति थियो।

    यसैगरी, जेद्दामा आयोजित मुख्य कार्यक्रम नेपाली महावाणिज्य दूतावासका कार्यवाहक महावाणिज्य दूत शत्रुध्वन पोखरेलको अध्यक्षतामा सम्पन्न भयो। कार्यक्रममा महावाणिज्य दूतावासका श्रम सहचारी तम्रराज काफ्लेले सञ्चालन गरेका थिए। समारोहमा एनआरएनए साउदी अरबका पदाधिकारीहरू, विभिन्न संघसंस्थाका प्रतिनिधिहरू, समाजसेवीहरू, र श्रमिक दाजुभाइ तथा दिदीबहिनीहरूको उल्लेखनीय उपस्थिति थियो।

    दुवै समारोहमा नेपालका संविधानले प्रदान गरेका अधिकार र कर्तव्यहरूबारे वक्ताहरूले चर्चा गरे। जेद्दामा, विभिन्न संघसंस्थाका प्रतिनिधिहरूलाई महावाणिज्य दूतावासले प्रशंसा पत्र प्रदान गरेर सम्मान गरेको थियो। सम्मानित हुनेहरूमा एनआरएनए साउदी अरबका पदाधिकारीहरू, समाजसेवीहरू, र विभिन्न संघसंस्थाका प्रतिनिधिहरू समावेश थिए। रियाद र जेद्दाका यी दुवै कार्यक्रमहरूमा संविधान दिवसको अवसरमा एक अर्काबीच शुभकामना आदानप्रदान गर्दै नेपाली समाजको एकता र बन्धुत्वको भावना झल्किएको थियो। उपस्थित अतिथिहरूले नेपाल र नेपालीहरूको उज्ज्वल भविष्यको कामना गर्दै कार्यक्रमको समापन गरेका थिए।

    Posted in अन्तर्राष्ट्रिय, मुख्य खबर1 Comment on रियाद र जेद्दा स्थित नेपाली दूतावासद्वारा संविधान तथा राष्ट्रिय दिवस २०८१ भव्यताका साथ मनाइयो

    साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खला- १७४ सम्पन्न

  • ५ आश्विन २०८१, शनिबार २०:२६ मा प्रकाशित
  • साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको १७४ औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ५९ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका केन्द्रिय उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।

    काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।

    संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरी मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।
    साप्ताहिक तस्बिरमा उदक लेखन अभ्यास शृङ्खला- १७४ मा सहभागी उदकयात्रीका सुन्दर उदकहरू-

    [१]
    कुरा
    मादक सुरा
    व्यवहारमा फेरि छुरा !

    • वसन्त अनुभव
      [२]
      नेता
      कोरा भाषण
      जनता आसमा रासन !
    • कविता आचार्य, कैलाली
      [३]
      दर्शक
      चुपचाप बसेर
      सुने घुँडा धसेर !
    • अम्बिका अधिकारी
      झापा, बिर्तामोड
      [४]
      भेला
      नेताको चासो
      जनतामा ठूलो हाँसो !
    • साहित्य प्रेमी सुशील, धनगढी
      [५]
      चित्रमा
      बसेका चुपचाप
      नर हैन पशु !
    • प्रद्युम्न चालिसे
      भक्तपुर, कटुञ्जे
      [६]
      अधुरा
      आश्वासनका कुरा
      हुँदारहेछन तिखा छुरा !
    • दीपा समभाव
      दुबेकोल, खोटाङ्ग
      [७]
      राजनीति
      भेडाको राज्य
      धुर्त स्यालको रजाइँ !
    • राजाराम रत्गैंया, अमौरा, कैलाली
      [८]
      नेतृत्व
      थाहा छैन
      आफ्नो पूर्ण दायित्य !
    • घनश्याम पौडेल, पोखरा
      [९]
      पशु
      पशुलाई खाेज्छ
      पछुताउँदै दु:ख राेज्छ !
    • ताराप्रसाद चापागाइँ, धुनिबेसी
      [१०]
      बेइमान
      नेपालका नेता
      जनता सबै भेडा !
    • रमा पन्त, पाल्पा
      [११]
      चुनाव
      स्यालको रजाइँ
      भेडा जनताको कजाइँ !
    • धनमाया चौधरी, कैलाली
      [१२]
      मान्छे
      गतिछाडा पशु
      हुँदैेछन् साह्रै साँढा !
    • भवानी घिमिरे, सर्लाही
      [१३]
      हाय
      लोकतन्त्रको जय
      जनतालाई भेडा बनाए !
    • पशपती राई, खोटाङ
      [१४]
      सुनेर
      भुल नगरौँ
      गलत नेता चुनेर !
    • अनुग्रह राना मगर ‘पुष्प’
      पाँचखपन न.पा.-६, संखुवासभा
      [१५]
      जमात
      अनावश्यक भिड
      अज्ञानता भित्रको विश्वासघात !
    • हिमाल अम्मै, घोडाघोडी, कैलाली
      [१६]
      भिड
      छ भेडाकै
      अझै बुद्धि आएन !
    • दीप गोले तामाङ, रौतहट
      [१७]
      देशमा
      भेडा जनता
      उन काट्ने नेता !
    • भुपेन्द्र राना मगर, धादिङ
      [१९]
      नेताकाे
      खाेक्राे भाषण
      पशुको रूप देखाउँदै !
    • राज कुमार राजभण्डारी खाेटाङे
      मध्यपुर ठिमी-५, राधे राधे, भक्तपुर
      [२०]
      अनुशासन
      बसेर कुरा
      गर्ने चुनावका कुरा !
    • भाेलामान बर्देवा
      धरान-८, सुनसरी
      [२१]
      भेडाहरू
      जुनसुकै चुन्छन्
      साह्रै एकोहोरो हुन्छन् !
    • अच्युत घिमिरे, सर्पाङ, भुटान
      [२२]
      कुरा
      गर्छन् ठूला
      काम सधैं अधुरा !
    • अनिता भण्डारी, ताप्लेजुङ
      [२३]
      नजर
      लगाएन सरकार
      जमात भ्रष्टाचारीको भर !
    • एवाइ प्रभात
      सहिदभूमि, धनकुटा
      [२४]
      भाषण
      छैन व्यवहारमा
      बिताऔँ जीवन सदाचारमा !
    • कार्की डिबी माकुम
      [२५]
      भेँडाहरू
      अगुवा पच्छ्याउने
      भिरवाट खसाले पनि !
    • ध्रुव श्रेष्ठ
      [२६]
      जनता
      चुनावी मामिला
      काम कुरो एर्कोतिर !
    • रिता खराल, रूपन्देही
      [२७]
      कुकुर
      भेडाको साथ
      सधैँ चुलीको बास !
    • सन्तु खत्री
      [२८]
      भाषण
      मात्र सुन्नुपर्ने
      बाठोले बोल्न नपाइने !
    • विवश पारदर्शी, झापा
      [२९]
      चुनाव
      आश्वासन बाँड्दै
      नेता टोलटोलमा घुम्दै !
    • केन्द्रप्रकाश बराल, इलाम
      [३०]
      बोली
      छलकपटको स्वर
      विश्वासघातीको हालीमुहाली उस्तै !
    • प्रेम थापा ‘मन’, बागलुङ
      [३१]
      जनता
      भेडा भए
      भाषण सुन्न गए !
    • पृथक प्रकृति, झापा
      [३२]
      ज्ञानी
      सुनौँ भाषण
      छानौँ जानी जानी !
    • नागेन्द्रप्रसाद यादव
      [३३]
      जनता
      भेडाको बथान
      चतुर स्यालको रजाइँ !
    • गोपेन्द्र रिजाल
      पाँचथर, मेची
      [३४]
      चित्र
      माैन छन्
      मानव हाेइन पशु !
    • रबि पाैडेल
      दक्षिण भारत, पाण्डेचरी
      [३५]
      राजनीति
      अनौठो खेल
      हुने सदैव जालझेल !
    • रुना कर्माचार्य दाहाल, चितवन
      [३६]
      भाषण
      कुरामा मात्र
      शासकले चलाउँछ शासन !
    • डम्बर थामी ‘अनुपम’
      कालिन्चोक गा.पा.-६, दोलखा
      [३७]
      भेला
      स्वतन्त्रताका स्वाँठहरू
      सम्बोधन बेईमान पापात्माको !
    • कमला देवकोटा, पाल्पा
      [३८]
      ठूला
      कुरा गरेर
      हिँड्छन् भ्रम छरेर !
    • सरिता सेढाई, धादिङ
      [३९]
      राजनीति
      नेताको खेल
      भेडा जनताहरू झेल !
    • सङ्गीता खरेल, काठमाडौँ
      [४०]
      नेता
      भाषणको प्रणेता
      मुखमा डरलाग्दो छुरा !
    • डुकछिरिङ्ग लेप्चा
      मिरिक, भारत
      [४१]
      जनता
      नबुझ्ने कहिले
      शासक चलिरहने जहिले !
    • सुरेश न्यौपाने
      [४२]
      नेता
      भाषणमा रमिता
      पालन गर्दैनन् आचरसंहिता !
    • सरिता काफ्ले
      कोहलपुर-८, पिपिरी, बाँके
      [४३]
      भाषण
      कुकुरको भुकाई
      भेडाहरुलाई हुन्छ राशन !
    • ऋजु दिल्पाली (राजेन्द्र घिमिरे)
      ईटहरी-१, सुनसरी
      [४४]
      भेडाहरू
      बथानमा कराए
      झुटा आश्वासन हराए !
    • हिरामाया श्रेष्ठ
      गजुरी-१, धादिङ
      [४५]
      नेता
      लाटा देशको
      गाडो छ तन्नेरी !
    • बुद्धिप्रसाद लामिछाने
      घोनपा-८, कैलाली
      [४६]
      भेडाहरू
      ‌खाएर खोक्रो
      बनाएका देश धोद्रो !
    • सरस्वती वली
      [४७]
      परम्परा
      नेपाली जनताको
      बिगार्नेलाई नै जिताउने !
    • सुस्मिता अधिकारी, काठमाडौँ
      [४८]
      राजनीति
      काँही नभएको
      राज्य सत्तामा बेथिति !
    • दुर्गा भट्टराई, मोरङ
      [४९]
      भाषण
      माकुरी जाल
      विकृत विवश काल !
    • आर्त अकुलीन
      [५०]
      पशु
      भेडाहरूकाे बथान
      दलाल दिँदैछ उत्थान ।
    • केसर बाेहरा ‘सङ्घर्ष’
      सुदूरपश्चिम, अछाम
      [५१]
      भाषण
      कुरामा कुरा
      जहिले अधुरै अधुरा !
    • होमप्रसाद नेउपाने
      धरान, सुनसरी
      [५२]
      चुनाव
      आउँदा मात्रै
      जनता प्रयोगमा आउने !
    • छिरिङ अविरल
      [५३]
      चुपचाप
      भाषण सुनौँ
      नारामा कोही नझुलौँ !
    • बेदु न्यौपाने
      [५४]
      कुटिल
      मादक कुरा
      नेतृत्वको लाग्ने छुरा !
    • केशवप्रसाद ढकाल ‘प्रीतबीज’
      सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा
      [५५]
      जनता
      चुपचाप बस्छन्
      निकम्माको भाषण सुनेर !
    • शान्ता पौडेल भट्टराई
      टङ्कीसिनवारी, मोरङ
      [५६]
      जनता
      सधैँ सोझा
      नेताले सम्झिए भेडा !
    • समुन्द्रा शर्मा, सुनसरी
      [५७]
      नेता
      उधारो आश्वासन
      जनता ट्वाल्ल भ्रममा !
    • घनश्याम पौडेल
      गौरीगङ्गा नपा-९, मसुरिया, कैलाली
      [५८]
      भेडा
      साथ खोज्छ
      अनि आफूजस्तै रोज्छ !
    • शोभा आचार्य गौतम, काठमाडौँ
      [५९]
      वाक्पटुहरू
      कुराको रसास्वादन
      विचरा जनता जनार्दन !
    • गोपालप्रसाद पौडेल
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged उदक_कविता, वसन्त अनुभव, साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाLeave a Comment on साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खला- १७४ सम्पन्न

    साउदीमा संबिधान दिवस भब्यताका साथ सम्पन्न, दूतावासद्वारा समाजसेवीहरु सम्मानित

  • ५ आश्विन २०८१, शनिबार १९:४८ मा प्रकाशित
  • नेपाली महावाणिज्य दूतावास जेद्दा तथा नेपाली दूतावास रियाद साउदी अरबले संविधान तथा राष्ट्रिय दिवस २०८१ भव्यताका साथ सम्पन्न गरेको छ।
    जनताद्वारा गत  २०७२ असोज ३ गते लिखित तथा पारित भएको संबिधानको सम्मान स्वरुप  साउदी अरबको जेद्दा तथा नेपाली दूतावास रियादमा गत ४ असोज शुक्रबारका दिन भब्यताका साथ सम्पन्न भएको छ। साउदी अरबमा कृयासिल रहेका विभिन्न संघसंस्थाहरूं समाजसेवीहरु, श्रमिक नेपाली दाजुभाई तथा दिदीबहिनीहरूको बाक्लो उपस्थितिमा आयोजना गरिएको उक्त  कार्यक्रममा नेपाली महावाणिज्य दूतावास जेद्दाका प्रमुख कार्यवाहक महावाणिज्य दूत शत्रुधन पोखरेलज्यूको अध्यक्षतामा भएको थियो। महावाणिज्य दूतावास जेद्दाका श्रम सहचारी तथा महावाणिज्य दूत तम्रराज काफ्लेद्वारा सञ्चालित उक्त कार्यक्रम नेपाली राष्ट्रिय गान सहित  सञ्चालन गरिएको थियो।
    उक्त कार्यक्रममा एनआरएनए साउदी अरबका पदाधिकारीहरु, एनआरएनए आरसीसी जिद्दाका सम्पूर्ण पदाधिकारीहरु, एनआरएनए जिजानका पदाधिकारीहरू नेपाली युवा क्लबका पदाधिकारीहरू, किरात राई यायोख्या जेद्दाका पदाधिकारीहरु, नेपाली साझा मञ्च साउदीका पदाधिकारीहरु, इस्लामिक दावा सेन्टर जेद्दाका पदाधिकारीहरु, हातेमालो युवा क्लबका पदाधिकारीहरू रोल्पाली सेवा समाजका पदाधिकारीहरू, यसका साथसाथै अन्य संघसंस्थाका पदाधिकारीहरु र श्रमिक दाजुभाई तथा दिदीबहिनीहरु अन्य समाजसेवी तथा बुद्धिजीवीहरूको बाक्लो उपस्थिति रहेको थियो ।

    उक्त कार्यक्रममा विभिन्न समाजसेवी तथा संघसंस्थाका पदाधिकारीहरुलाई उहाँहरुको योगदानको उच्च  कदर गर्दै महाबाणिज्य दूतावास जेद्दाले  सम्मान पत्र प्रदान गरेको थियो । एनआरएनए आइसिसी  साउदिका पदाधिकारी राजेन्द्र अर्याल, पुर्व उपाध्यक्ष यास्मिन बेगम, समाजसेवी राजु सैयद, एनआरएनए अध्यक्ष रबिना अर्याल, एनआरएनए उपाध्यक्ष राज कुमार गिरि, आरसिसि जेद्दा, आरसिसि जिजान, नेपाली युवा क्लब जेद्दा, नेपाली हातेमालो युवा क्लब जेद्दा, किरातराई यायोख्या जेद्दा, तमु धिँ जेद्दा, रोल्पाली समाज जेद्दा, इस्लामिक सेन्टर जेद्दा, नेपाली साझा मंच जेद्दा, साथै आफ्ना भोलिएन्टर र अन्य समाजसेवि हरुलाइ सम्मान गर्दै प्रशंसा पत्र दिएइको थियो।

    कार्यक्रममा शुभकामना दिने क्रममा तमु धिं जेद्दाका अध्यक्ष बेद तमु लगायतका अन्य संघसंस्थाका पदाधिकारीहरूले संविधान दिवसको शुभकामना दिएका थिए। यसैगरी मदिनाका प्रोफेसर मोहम्मद युसुफ ले   संविधान सम्बन्धी छोटो जानकारी दिँदै शुभकामना दिएका थिए।
    यसैगरी महावाणिज्य दूतावास जेद्दाको तर्फबाट कार्यक्रमका अध्यक्ष कार्यवाहक महावाणिज्य दूत शत्रुध्वन पोखरेलज्यूले उपस्थित सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई स्वागत गर्दै संविधान दिवस २०८१ को शुभकामना प्रदान गर्नुभएको थियो ।

    Posted in अन्तर्राष्ट्रिय, ताजा अपडेट, मुख्य खबरLeave a Comment on साउदीमा संबिधान दिवस भब्यताका साथ सम्पन्न, दूतावासद्वारा समाजसेवीहरु सम्मानित

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P