• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: मुख्य खबर

साप्ताहिक पञ्चाङ्ग भाग- १४८

  • १४ जेष्ठ २०८२, मंगलवार १४:३३ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग: एकसयअठचालीसौं अभ्यासमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा पञ्चाङ्ग लेख्नु हुन् अनुरोध छ।
    अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्ता पछिको भाग :-१४८—————-

    विधा :- पञ्चाङ्ग
    अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला
    मिति:- २०८२/०२/०५
    पञ्चाङ्ग वा समपञ्चाङ्ग लेखि बुधबार बेलुका ०९ बजेसम्म पठाउनु हुन अनुरोध छ।
    ……………………………………….
    प्रशिक्षक:-
    ……………
    सोमनाथ लुइटेल
    गुणनिधि घिमिरे
    सुशीला पौडेल

    ………………………
    भाषा शुद्धीकरण:-
    ———–
    भवानी घिमिरे
    पशपती राई

    सङ्कलक :-
    ———-
    दुर्गा रिजाल आचार्य

    संयोजक:-

    पञ्चाङ्ग साहित्य समाज नेपाल ======================

    अक्षर सङ्ख्या:- [बराबरी]
    अनुप्रास :- आफुखुसी
    स्थायी :- अनिवार्य

    पञ्चाङ्ग:०१
    जिन्दगी अन्तै मोडेर जाउँ।
    अहंकारीता छोडेर जाउँ।
    दिनहुँ झगडा कहिलेसम्म,
    दुष्टको दिल फोडेर जाउँ।
    सत्य वचन जोडेर जाउँ।
    सुशीला पौडेल

    पञ्चाङ्ग::०२
    खुसीको बीज छर्दै आऊ।
    मनका पीडा हर्दै आऊ।
    डाह गर्नेले गरून् सधैं,
    मेरो मायामा पर्दै आऊ।
    सुखी कामना गर्दै आऊ।
    ह्यारिस

    पञ्चाङ्ग:०३
    फकाउनु परेन बाेल्दा बाेल्दै फकियाे यहाँ।
    जवानीकाे रुपमा नराम्ररी छकियाे यहाँ।
    कति आउन सजिलो नै जान सजिलै सक्छ ,
    उकालीमा लाकाे माया ओर्लिदा सकियो यहाँ।
    कडा थियो फलाम खिया नलागी मकियाे यहाँ।
    भवानी घिमिरे
    सर्लाही ।

    पञ्चाङ्ग:०४
    पैसाको लोस्टो भन्ने चिज पनि कस्तो रहेछ,
    हुनेखानेलाई सदासदाको सस्तो रहेछ,
    माया यसैबाट पाउने गालि यसैबाट हो
    पैसाकै कारण सम्बन्ध हुँदै खस्तो रहेछ,
    प्रेमको सम्बन्ध पैसामा धेरै बस्तो रहेछ।

    दुर्गा आचार्य
    मोरङ

    पञ्चाङ्ग:०५

    लाेकतन्त्र नेतालाई फापेकाे छ साथी
    देश जनताकाे मन नापेको छ साथी
    सत्तामा सधैँ अर्जुन दृष्टि लगाउदा
    सिद्धान्त छाडी पाइला चापेकाे छ साथी
    भिन्न विचार भुङ्ग्राे पाे तापेकाे छ साथी ।
    प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्य

    साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग-१३०

  • १४ जेष्ठ २०८२, मंगलवार १४:३१ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- एकसयतीसौंमा हामी पुगेका छौं।
    लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१
    मिति:- २०८२/०२/०१

    आदरणीय पञ्चाङ्ग अनुरागी एवम् स्रष्टाज्युहरू हार्दिक नमस्कार पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको: १३०[एकसयतीसौऔं] चित्रपटमा,यहाँहरुलाई हार्दिक स्वागत गर्दै यस शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग शनिबार बेलुका ९:०० बजे भित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!

    प्रशिक्षक :

    सोमनाथ लुइटेल “रवि पाल्पालि
    गुणनिधि घिमिरे
    सुशीला पाैडेल

    चित्र संकलन

    सुशीला पाैडेल

    संकलन
    सुशीला पौडेल
    दुर्गा रिजाल आचार्य

    शुद्धीकरण

    भवानी घिमिरे
    पशपती राई

    संरचना

    अनुप्रास :- आफू खुसी
    स्थायी :- आफू खुसी
    अक्षर :- बराबरी

    समायोजक

    पञ्चाङ्ग साहित्य समाज नेपाल

    चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट]
    ~~~~~

    पञ्चाङ्ग:०१
    तिमीलाई भुल्न सक्दिन
    कसैसँग डुल्न सक्दिन
    तिमी छौ र त म बाँचेको,
    निन्द्रा लाग्दा झुल्न सक्दिन
    दिलदेखि खुल्न सक्दिन।
    सुशीला पौडेल

    पञ्चाङ्ग:०२

    कति छ तिम्रो माया याे मुटुमा भन्न सक्दिनँ
    बनेको छैन तुलाे जाेख्न म गन्न सक्दिनँ
    हरपल तिम्रो त्यो मुहार देख्दछ मनले ,
    खाली हुँदा तिम्रो पेट म खान टन्न सक्दिनँ
    आमा हुँ म सन्तानकी निर्दयी बन्न सक्दिनँ ।

    -भवानी घिमिरे
    सर्लाही ।
    पञ्चाङ्ग:०३
    शाश्वत छ प्रकृतिको रीत हजुर
    आज पर्यन्त उसैको जित हजुर
    पंक्षीले खुवाउदै छ चाराे प्रेमले
    कर्तव्यकाे बाेध प्राणी सित हजुर
    मुक्त कण्ठले गाउनु गीत हजुर
    -प्रधुम्न चालिसे

    पञ्चाङ्ग-४
    पंक्षी नै हो तर पनि माया गरेको देखियो
    यो धर्तीमा मायाको बिज नै छरेको देखियो
    आफ्नालाई बचाउन अर्कालाई मार्नु पर्ने,
    नियम पनि प्रकृतिले नै हरेको देखियो
    प्रकृतिमा निमुखा नै सधैं मरेको देखियो।
    -घनश्याम पौडेल,पोखरा

    पञ्चाङ्ग-५
    कसैलाई नमारी आफू यहाँ बाँच्न पाए
    सृष्टिको आगनीमा सबै हामी नाच्न पाए
    कति रमाइलो हुन्थ्यो होला नि यो संसार,
    मित्रता सबैसित गाँसी -गाँसी साँच्न पाए
    प्रकृतिको नियमलाई पनि भाच्न पाए।

    -पशपती राई खोटाङ ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्य

    साप्ताहिक पञ्चाङ्ग भाग- १४७

  • १४ जेष्ठ २०८२, मंगलवार १४:२८ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग: एकसयसचालीसौं अभ्यासमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा पञ्चाङ्ग लेख्नु हुन् अनुरोध छ।
    अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्ता पछिको भाग :-१४७—————-

    विधा :- पञ्चाङ्ग
    अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला
    मिति:- २०८२/०१/२९
    पञ्चाङ्ग वा समपञ्चाङ्ग लेखि बुधबार बेलुका ०९ बजेसम्म पठाउनु हुन अनुरोध छ।
    ……………………………………….
    प्रशिक्षक:-
    ……………
    सोमनाथ लुइटेल
    गुणनिधि घिमिरे
    सुशीला पौडेल

    ………………………
    भाषा शुद्धीकरण:-
    ———–
    भवानी घिमिरे
    पशपती राई

    सङ्कलक :-
    ———-
    दुर्गा रिजाल आचार्य

    संयोजक:-

    पञ्चाङ्ग साहित्य समाज नेपाल ======================

    अक्षर सङ्ख्या:- [बराबरी]
    अनुप्रास :- आफुखुसी
    स्थायी :- अनिवार्य

    पञ्चाङ्ग:०१
    अहमताले पतन गराउने छ एकदिन।
    आफूले आफैंलाई नै हराउने छ एकदिन।
    अहम्ता त धेरै नगर्दा हुन्छ जो कोहीले यहाँ,
    अकालमै तिमीलाई मराउने छ एकदिन।
    नसोंचेको खाडलमा झराउने छ एकदिन।
    -सुशीला पौडेल

    पञ्चाङ्ग:०२
    नबोल्ने भएपछि बोलेर के फाइदा
    अतीतसँग दिल खोलेर के फाइदा
    विरक्तको बाटो एक्लै हिँड नत्र हाँस्छन्
    बेथासँग भावना घोलेर के फाइदा
    जलेको मन फेरि पोलेर के फाइदा ।

    ✍️अच्युत घिमिरे, सर्पाङ, भुटान🇧🇹

    पञ्चाङ्ग:०३
    मान्छेले मान्छे नचिने पछि
    मौका चिनेर नहिने पछि
    आखिर दु:ख पाइन सक्छ
    चाहिदो माल नकिने पछि
    बेलामा मूल्य नछिने पछि।।
    -घनश्याम पौडेल,पोखरा

    पञ्चाङ्ग:०४
    भुस झैं भित्रभित्रै सल्की जलेको छु
    तिम्रो यादमा आजभोलि गलेको छु
    दु:ख बाहिर देखाउन चाहान्न म ,
    पतझरमा आगो लागी बलेको छु
    तिम्रो विश्वास गरि आफैं छलेको छु।
    -धनमाया चौधरी कैलाली

    ॐ

    पञ्चाङ्ग:०५

    कहिले नि बुढाे नहुने भाेक र मन साथी
    कहिले सन्ताेष नहुने लाेभ र धन साथी
    संसारमा अति घृणित बनाउने ईर्ष्याले
    इमान जमान नहुने रन र तन साथी
    श्रेष्ठ मान्छे काम नहुने झन र जन साथी ।
    -प्रद्युम्न चालिसे

    पञ्चाङ्ग-६
    जीवनमा आफैंले आफैंलाई पाउने प्रयास गर्नु
    संसार छोडी आफ्नै मनभित्र धाउने प्रयास गर्नु
    संसार जित्नेले पनि दुवैहात लट्काएरै जाने हो,
    जानु अघि यहाँ आफ्नो नाम कमाउने प्रयास गर्नु
    भ्रमको पर्दा च्याती यथार्थमा आउने प्रयास गर्नु।
    -पशपती राई खोटाङ ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्य

    साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग- १२९

  • १४ जेष्ठ २०८२, मंगलवार १४:२६ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- एकसयउन्नातीसौंमा हामी पुगेका छौं।
    लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१
    मिति:- २०८२/०१/२५गते

    आदरणीय पञ्चाङ्ग अनुरागी एवम् स्रष्टाज्युहरू हार्दिक नमस्कार पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको: १२९[एकसयउन्नतीसौऔं] चित्रपटमा,यहाँहरुलाई हार्दिक स्वागत गर्दै यस शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग शनिबार बेलुका ९:०० बजे भित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!

    प्रशिक्षक :

    सोमनाथ लुइटेल “रवि पाल्पाली
    गुणनिधि घिमिरे
    सुशीला पाैडेल

    चित्र संकलन

    सुशीला पाैडेल

    संकलन
    सुशीला पौडेल
    दुर्गा रिजाल आचार्य

    शुद्धीकरण

    भवानी घिमिरे
    पशपती राई

    संरचना

    अनुप्रास :- आफू खुसी
    स्थायी :- आफू खुसी
    अक्षर :- बराबरी

    समायोजक

    पञ्चाङ्ग साहित्य समाज नेपाल

    चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट]
    ~~~~~

    पञ्चाङ्ग:०१
    मकै दानाको लुगा परेको छ।
    एक अर्कोमा प्रेम गरेको छ।
    मानिसको कला छ गज्जबको,
    भएका दुःख जति टरेको छ।
    खुसीमा भुल्ने मन भरेको छ।
    -सुशीला पौडेल

    पञ्चाङ्ग:०२
    मकैको दाना परेको जस्तो लुगा लाइछे नानीले
    कति राम्रो हँसिलो सुन्दर छोरो पाइछे नानीले
    पँहेलो केश पँहेलै कपडा कति राम्रो सुहायो
    यसरी मकै नाश गरेर के पो खाइछे नानीले
    कुरो बुझ्दा त पक्कै ज्वाइँकै घर धाइछे नानीले ॥

    -गुणनिधि घिमिरे
    पाँचथर खान्द्रोङ्ग
    हालः- अमेरिका

    पञ्चाङ्ग:०३
    मकै गुणले भरिएको हुन्छ दाना दानामा
    बाँचेको हुन्छ यसैमा छ सारा माना दानामा
    न सुगर न प्रेसर शुद्ध हुन्छ सांच्चै भोजन
    स्वाद झनै हुन्छ गुन्द्रुक आटो खाना दानामा
    भुलिन्छन् मकैमा मानिस ठुला साना दानामा।

    सुरेशकुमार पाण्डे दाङ घोराही १८

    पञ्चाङ्ग :०४
    आहा! कुँदिएको कला कति राम्रो
    सुहाउने रङ्ग उस्तै अति राम्रो
    मेहनत धेरै छ बनावटमा
    सीपको लागि धैर्यता मति राम्रो
    कहाँ भेटिन्छ यो कला जति राम्रो
    -शोभा आचार्य गौतम
    काठमाडौँ

    पञ्चाङ्ग:०५

    यहाँ आमाकाे जस्तो शुद्ध प्यार कसले गर्छ ?
    याे धर्तीमा देखाउने संसार कसले गर्छ ?
    आमा नै शब्द ठुलो हाे वास्तवमा भन्नूपर्दा ,
    रेखदेख गर्ने काम आधार कसले गर्छ ?
    दुःख र सुखमा सेवा सत्कार कसले गर्छ ?

    नाम केसर बाेहरा ( आदर्श )
    सुदूरपश्चिम अछाम ।
    हाल भारतबाट ।
    पञ्चाङ्ग-०६
    खेतबारीमा फल्ने मकै त आज फेसबूकमै फल्न थाल्यो
    कृषकको हातमा पनि नया नया मोबाइल चल्न थाल्यो
    हाम्रो चाल देखेर प्रविधि पनि ट्वाँ खाएर हेरिरहेछ,
    चलाउँदा चलाउँदा थाकेन हात
    समय नै गल्न थाल्यो
    आफ्नै गति थाम्न नसकेर आधुनिकता आफैं ढल्न थाल्यो।
    -पशपती राई खोटाङ

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्य

    साप्ताहिक पञ्चाङ्ग भाग- १४६

  • १४ जेष्ठ २०८२, मंगलवार १४:१४ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग: एकसय छयालीसौं अभ्यासमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा पञ्चाङ्ग लेख्नु हुन अनुरोध छ।
    अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्ता पछिको भाग :-१४६—————-

    विधा :- पञ्चाङ्ग
    अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला
    मिति:- २०८२/०१/२२
    पञ्चाङ्ग वा समपञ्चाङ्ग लेखी बुधबार बेलुका ०९ बजेसम्म पठाउनु हुन अनुरोध छ।
    ……………………………………….
    प्रशिक्षक:-
    ……………
    सोमनाथ लुइटेल
    गुणनिधि घिमिरे
    सुशीला पौडेल

    ………………………
    भाषा शुद्धीकरण:-
    ———–
    भवानी घिमिरे
    पशपती राई

    सङ्कलक :-
    ———-
    दुर्गा रिजाल आचार्य

    संयोजक:-

    पञ्चाङ्ग साहित्य समाज नेपाल ======================

    अक्षर सङ्ख्या:- [बराबरी]
    अनुप्रास :- आफुखुसी
    स्थायी :- अनिवार्य
    पञ्चाङ्ग:०१
    अरूको कुरा काट्ने धेरै छन्
    खाना दिएर चाट्ने धेरै छन्
    मानिस पनि अजीब प्राणी,
    खरानी पिङ्ग बाट्ने धेरै छन्
    सफेद झुट फाट्ने धेरै छन्।
    सुशीला पौडेल

    पञ्चाङ्ग:०२
    अन्याय र अत्याचारमा मर्नु हुन्न
    दुनियाँ स्वार्थी हुन्छ पर सर्नु हुन्न
    समाजमा विकृति आएको छ यस्तो ,
    आफू गिर्ने काम कहिल्यै गर्नु हुन्न
    फेसनको नाम इज्जत हर्नु हुन्न।

    -दुर्गा आचार्य
    मोरङ

    पञ्चाङ्ग:०३
    गर्दै गरेको सबै कामहरूमा बार लाग्यो
    व्यथा लुकाउने ठाउँ नभएर हार लाग्यो
    औँसीलाई लास्टै जूनको खाँचो परे जसरी
    प्रबन्धमा त्यो अन्तिम भनाइको सार लाग्यो
    जीवन सकिनलाई होला तिखो धार लाग्यो ।

    ✍️अच्युत घिमिरे, सर्पाङ, भुटान🇧🇹

    ॐ

    पञ्चाङ्ग:०४

    जगबिनाकाे घर बलियाे हुँदैन राजा
    स्वार्थभित्रकाे भर बलियाे हुँदैन राजा
    कलियुग संस्कार संस्कृतिभित्र विकृति
    काँचो दुधकाे तर बलियाे हुँदैन राजा
    ज्ञान बिनाकाे सर बलियाे हुँदैन राजा ।
    -प्रद्युम्न चालिसे

    पञ्चाङ्ग:०५


    सोचे भन्दा बढी संघर्ष गर्छु तर हार हुन्छ
    केही काम नपाएपछि ज्यान पनि भार हुन्छ
    जहाँ गई जे गर्दा पनि सफल नभएपछि,
    सम्पुर्ण घर -परिवारबाट के को सार हुन्छ
    एक दिन भुक्लुक्क लड्यो जिन्दगी नै पार हुन्छ।


    -मल्ल लक्ष्मी श्रेष्ट
    मेची किनार
    बिर्तामोड झापा

    पञ्चाङ्ग-६
    आफैंले गरेको काम सम्झी-सम्झी किन रुने हो
    जे हुनु भयो झन् दुखाएर मुटु किन छुने हो
    सबै छन् समान संसारमा,अरुको लुट्नु हुन्न
    अभावलाई भावले राम्ररी पखाली धुने हो
    बुद्धिले काम गर्न छाडेपछि झगडा हुने हो।
    -पशपती राई खोटाङ ।

    पञ्चाङ्ग:०७
    मेरो मनमा चोट परेको छ।
    अत्याचार दिनहुँ गरेको छ।
    कसले बुझ्ने मनको भावना,
    यी आँखाबाट आँसु झरेको छ।
    दुखाइले बसाई सरेको छ।
    ह्यारिस

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्य

    साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग- १२८

  • १४ जेष्ठ २०८२, मंगलवार १४:१० मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- एकसयअठ्ठाइसीमा हामी पुगेका छौं।
    लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१
    मिति:- २०८२/०१/१८गते

    आदरणीय पञ्चाङ्ग अनुरागी एवम् स्रष्टाज्युहरू हार्दिक नमस्कार पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको: १२८[एकसयअठ्ठाइसीऔं] चित्रपटमा,यहाँहरुलाई हार्दिक स्वागत गर्दै यस शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग शनिबार बेलुका ९:०० बजे भित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!

    प्रशिक्षक :

    सोमनाथ लुइटेल “रवि पाल्पाली
    गुणनिधि घिमिरे
    सुशीला पाैडेल

    चित्र संकलन

    सुशीला पाैडेल

    संकलन
    सुशीला पौडेल
    दुर्गा रिजाल आचार्य

    शुद्धीकरण

    भवानी घिमिरे
    पशपती राई

    संरचना

    अनुप्रास :- आफू खुसी
    स्थायी :- आफू खुसी
    अक्षर :- बराबरी

    समायोजक

    पञ्चाङ्ग साहित्य समाज नेपाल

    चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट]
    ~~~~~

    पञ्चाङ्ग:०१
    घर परिवार पाल्न खाडी पसेँ म।
    चुहिएको छाना टाल्न खाडी पसेँ म।
    रातदिन नभनी काम गरेकै छु,
    श्रमिकको काम थाल्न खाडी पसेँ म।
    शत्रुको नजर ढाल्न खाडी पसेँ म।
    -सुशीला पौडेल

    पञ्चाङ्ग:०२
    देशमा गरिखाने ठाउँ छैन,
    पढे डिग्री के गर्नु नाउँ छैन।
    देश त झन बिग्रेको देखिन्छ,
    घर छोडेर पर जाउ छैन,
    दु: खका गीतहरु गाउँ छैन।

    -दुर्गा आचार्य
    मोरङ
    पञ्चाङ्ग:०३
    विदेश गएर पनि तातो घाममा जुट्दछन्
    परिवारसँग विदेशिएर पनि छुट्दछन्
    मजदुर जाहिँ गए पनि सुख पाउँदैन
    विदेशी ले पनि कामदार को पैसा लुट्दछ्न्
    आफ्नो शरीरको श्रम विदेशमा नै भुट्दछन्
    ✍️ वेदु न्यौपाने 🌹🌹

    ॐ
    पञ्चाङ्ग:०४


    जिउन पहिला काम छाइन्छ नानी
    परिश्रम गरे माम खाइन्छ नानी
    आजकाे दुनियाँ धेरै प्रतिस्पर्धा छ
    जुन ठाउँमा छ दाम जाइन्छ नानी
    राम्रो कार्य गर्दा नाम पाइन्छ नानी ।
    -प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे ।
    पञ्चाङ्ग-
    काम कहिल्यै सानो ठुलो हुँदैन श्रम गर्ने बानी बसालौँ
    पछि हट्ने होइन सधैं हामी अघि नै सर्ने बानी बसालौँ
    समान कामको लागि समान होस् ज्याला विभेद नगरियोस्
    श्रम शोषणको विरुद्धमा हामी सबै मर्ने बानी बसालौँ
    सम्मान गरौं श्रमलाई श्रमकै भर पर्ने बानी बसालौँ।
    -पशपती राई खोटाङ ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्य

    साप्ताहिक पञ्चाङ्ग भाग: १४५

  • १४ जेष्ठ २०८२, मंगलवार १४:०४ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग: एकसयपैतालीसौं अभ्यासमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा पञ्चाङ्ग लेख्नु हुनअनुरोध छ।
    अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्ता पछिको भाग :-१४५—————-

    विधा :- पञ्चाङ्ग
    अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला
    मिति:- २०८२/०१/१५
    पञ्चाङ्ग वा समपञ्चाङ्ग लेखि बुधबार बेलुका ०९ बजेसम्म पठाउनु हुन अनुरोध छ।
    ……………………………………….
    प्रशिक्षक:-
    ……………
    सोमनाथ लुइटेल
    गुणनिधि घिमिरे
    सुशीला पौडेल

    ………………………
    भाषा शुद्धीकरण:-
    ———–
    भवानी घिमिरे
    पशपती राई

    सङ्कलक :-
    ———-
    दुर्गा रिजाल आचार्य

    संयोजक:-

    पञ्चाङ्ग साहित्य समाज नेपाल ======================

    अक्षर सङ्ख्या:- [बराबरी]
    अनुप्रास :- आफुखुसी
    स्थायी :- अनिवार्य

    पञ्चाङ्ग:०१
    तिमी मेरो आँखाको नानी हौ प्रिय
    प्यास लाग्दा पिउने पानी हौ प्रिय
    तिमी छौ र त म बाँचेकी छु यहाँ,
    प्रेमील संसारको खानी हौ प्रिय
    आपत विपतमा ज्ञानी हौ प्रिय।
    -सुशीला पौडेल

    ॐ
    पञ्चाङ्ग:०२
    उसलाई हिजोआज भात लागेकाे छ राजै
    सम्पन्नता आभासले मात लागेकाे छ राजै
    शून्यताबाट कस्ले उठायाे याद गर साथी
    भ्रष्टाचारकाे स्पष्टता बात लागकाे छ राजै
    गजबको सम्पत्ति खातै खात लाग्काे छ राजै ।
    -प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे ।

    पञ्चाङ्ग:०३
    शरीरमा पसिना बगेर खलखल हुन्छु
    नदीमा डुङ्गामाथि चढ्दा म ढलपल हुन्छु
    आजभोलिका जमाना यस्तै यस्तै आएका छन्
    सभा कचरी सधैँ उखान छलफल हुन्छु
    देश देखेर आँखामा आँसु पलपल हुन्छु
    ✍️ वेदु न्यौपाने 🌹🌹

    पञ्चाङ्ग:०४
    सियोमा धागो हाल्न नसक्ने अल्छि ऊ
    माछा मार्न नसकी लाउँछे बल्छि ऊ
    बुझेर बुझ पचाउने बानी उसको ,
    अरुको प्रगति देखेर ठहरै ढल्छी ऊ
    भित्र भित्रै त आगोले पोलेर जल्छी ऊ ।
    -धनमाया चौधरी कैलाली

    पञ्चाङ्ग:०५
    देश डुब्न लागेको कसैले छेकेनन् आज
    सहि अनि सत्य कागजमा टेकेनन् आज
    अत्यचार,अन्याय जनताले कति सहने,
    झण्डै त्यो झुत्रो कपडा सरी फेँकेनन् आज
    बलेको आगोमा सिद्रा जस्तै सेकेनन् आज।

    -दुर्गा आचार्य
    मोरङ

    पञ्चाङ्ग:०६
    अनगिन्ती सपना बोकेर यहाँ।
    माया प्रेम दिलमा तोकेर यहाँ।
    प्रेमील संसार सजाउनु पर्छ,
    आफ्नाे प्याराे मायालु रोकेर यहाँ।
    बनाउनुछ छाती ठाेकेर यहाँ।
    -ह्यारिस

    पञ्चाङ्ग-६
    हामी सबै एकै हौं भन्ने मान्छे त हजुर जातमा अल्झियो
    सधैं पारिवारिक झमेला र साना-साना बातमा अल्झियो
    सर्वश्रेष्ठ हुँ भन्ने धाक छ ठुलो बुद्धि चाहिँ गयो सुकेर ,
    विश्वास जति गुमाएर अन्धविश्वासको खातमा अल्झियो
    समाधि सम्म नि पुग्नै सकेन सधैं दालभातमा अल्झियो।
    -पशपती राई खोटाङ ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्य

    साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग- १२७

  • १४ जेष्ठ २०८२, मंगलवार १३:५७ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- एकसयछब्बिसौमा हामी पुगेका छौं।
    लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१
    मिति:- २०८२/०१/११ गते

    आदरणीय पञ्चाङ्ग अनुरागी एवम् स्रष्टाज्युहरू हार्दिक नमस्कार पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको: १२७[एकसयसत्तासीऔं] चित्रपटमा,यहाँहरुलाई हार्दिक स्वागत गर्दै यस शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग शनिबार बेलुका ९:०० बजे भित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!

    प्रशिक्षक :

    सोमनाथ लुइटेल “रवि पाल्पाली
    गुणनिधि घिमिरे
    -सुशीला पाैडेल

    चित्र संकलन

    सुशीला पाैडेल

    संकलन
    सुशीला पौडेल
    दुर्गा रिजाल आचार्य

    शुद्धीकरण

    भवानी घिमिरे
    पशपती राई

    संरचना

    अनुप्रास :- आफू खुसी
    स्थायी :- आफू खुसी
    अक्षर :- बराबरी

    समायोजक

    पञ्चाङ्ग साहित्य समाज नेपाल

    चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट]
    ~~~~~
    पञ्चाङ्ग:०१
    नेपाल आमा मलाई बचाउ भन्छिन्।
    मेरो दिलमा घाउ छ जँचाउ भन्छिन्।
    नेपाल भएर नेपाली भन्छौ हामी,
    नेपालको पहिचान रचाउ भन्छिन्।
    आफ्नै देशकाे गीतमा नचाउ भन्छिन्।
    -सुशीला पौडेल

    ॐ
    पञ्चाङ्ग:०२


    आमाको मृत्युको दाेसाँधमा जन्मिए प्रभु !
    बाबाको मुटुमा गाँठाेबिच अन्मिए प्रभु !
    नारी सहनशीलताकाे प्रतिमूर्ति साँच्चै
    म जन्मिएको घरबाट नै मन्छिए प्रभु !
    आमाकाे पवित्र काखबाट पन्छिए प्रभु !
    -प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे ।

    पञ्चाङ्ग:०३
    छोरीको घरमा सबैलाई चाहा! भयो।
    म संसारमा जन्मेर आएँ आहा! भयो।
    जबसम्म बढ्दै म गएर ठूलो भएँ,
    जब हुर्कँदै गएँ सबैमा डाहा भयो।
    पराईको घर पठाउँछन् थाहा भयो।
    ✍️ वेदु न्यौपाने 🌹🌹
    पञ्चाङ्ग-४
    आजभन्दै भोलिभन्दै झन्झन् एक्लो हुँदैछिन नेपाल आमा
    मुटु सम्झेर देशको माटोलाई छुँदैछिन नेपाल आमा
    जहाँ जन्म्यौ जहाँ हुर्क्यौ छाडी नजाउ तिमी मलाई भन्दै,
    यै माटोमा पसिनाले आफ्नो जीउ धुँदैछिन नेपाल आमा
    लुटेराले देश रातारात लुट्दा रुँदैछिन् नेपाल आमा।
    -पशपती राई खोटाङ ।

    पञ्चाङ्ग:०५

    त्यो तिम्रो आशमा बाँचेका छौँ
    पीडाकाे रासमा बाँचेका छौँ
    कहानी झुपडीकाे हाे साथी ,
    श्रमकाे गाँसमा बाँचेका छौँ
    दल्दल भासमा बाँचेका छौँ ।
    भवानी घिमिरे
    सर्लाही ।
    पञ्चाङ्ग:०६
    देश डुब्न लागेको कसैले छेकेनन आज
    सहि अनि सत्य कागजमा टेकेनन आज।
    अत्यचार,अन्याय जनताले कति सहने
    झण्डै त्यो झुत्रो कपडा सरी फेकेनन आज
    बलेको आगोमा सिध्रा जस्तै सेकेनन आज।

    दुर्गा आचार्य
    मोरङ

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्य

    साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग- १२६

  • १४ जेष्ठ २०८२, मंगलवार १३:३९ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- एकसयछब्बिसौमा हामी पुगेका छौं।
    लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१
    मिति:- २०८२/०१/०४ गते

    आदरणीय पञ्चाङ्ग अनुरागी एवम् स्रष्टाज्युहरू हार्दिक नमस्कार पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको: १२६[एकसय छब्बीसौऔं] चित्रपटमा,यहाँहरुलाई हार्दिक स्वागत गर्दै यस शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग शनिबार बेलुका ९:०० बजे भित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!

    प्रशिक्षक :

    सोमनाथ लुइटेल “रवि पाल्पाली
    गुणनिधि घिमिरे
    सुशीला पाैडेल

    चित्र संकलन

    सुशीला पाैडेल

    संकलन
    सुशीला पौडेल
    दुर्गा रिजाल आचार्य

    शुद्धीकरण

    भवानी घिमिरे
    पशपती राई

    संरचना

    अनुप्रास :- आफू खुसी
    स्थायी :- आफू खुसी
    अक्षर :- बराबरी

    समायोजक

    पञ्चाङ्ग साहित्य समाज नेपाल

    चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट]
    ~~~~~
    पञ्चाङ्ग:०१
    प्रविधि विकासले काम राम्रो गरेको छ।
    यसैले चारैतिर नाम राम्रो छरेको छ।
    खुर्सानीको बोटमा पनि जोडी सुहाएको,
    विकासले सबैमा दाम राम्रो भरेको छ।
    हेर्नेहरु भीडमा जाम राम्रो परेको छ।
    सुशीला पौडेल

    पञ्चाङ्ग:०२
    क्या गजबको कला छ
    मुख फरक गला छ
    बोट पनि बिचित्रको
    हरियो पात फला छ
    नखाए हुने भला छ ।।
    -धनमाया चौधरी कैलाली

    पञ्चाङ्ग-०३
    खेतीयोग्य भूमि हाम्रो पसिनाले गलाउनु पर्छ
    मुख मात्रै हैन अब हातपाउ चलाउनु पर्छ
    हामी आफैं बिज हौं पोकामै रहनु हुन्न है सधैं
    रोपिइकन माटोमा उम्री फेरि पलाउनु पर्छ
    बोकेर मात्रै हुन्न सपना अब फलाउनु पर्छ।
    -पशपती राई खोटाङ ।

    पञ्चाङ्ग:०४
    के हाे यस्तो राता फल दाजै
    आँखालाई भयो छल दाजै
    टमाटर हाे कि दुई बच्चा ?
    ताजुककाे भयो पल दाजै,
    प्रकृतिकाे दिने फल दाजै ।

    भवानी घिमिरे
    सर्लाही ।

    पञ्चाङ्ग:०५
    सानाठूला सबैमा प्रेम हुन्छ हेर्नु
    यस्तो देख्दा साह्रै नै मन छुन्छ हेर्नु ।
    जमाना प्रविधिले कहाँबाट कहाँ ,
    निर्दयी देख्दा त हृदय रुन्छ हेर्नु
    त्यसैले एकान्तले बरु सुन्छ हेर्नु

    दुर्गा आचार्य
    मोरङ

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्य

    साप्ताहिक पञ्चाङ्ग भाग- १४३

  • १४ जेष्ठ २०८२, मंगलवार १३:३४ मा प्रकाशित
  • सम्पूर्णमा नयाँ वर्षको हार्दिक मङ्गलमय शुभकामना।
    आज,हामी नयाँ वर्ष प्रारम्भको दिनमा छौ।हाम्रो साप्ताहिक अभ्यासको दिन सोमबार परेको हुँदा,साप्ताहिक अभ्यासमा नयाँ वर्ष विशेष पञ्चाङ्ग लेख्नु हुन् सबैमा हार्दिक अनुरोध छ।
    “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग: एकसयत्रिचालीसौं अभ्यासमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा पञ्चाङ्ग लेख्नु हुन अनुरोध छ।
    अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्ता पछिको भाग :-१४३—————-

    विधा :- पञ्चाङ्ग
    अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला
    मिति:- २०८२/०१/०१
    पञ्चाङ्ग वा समपञ्चाङ्ग लेखि बुधबार बेलुका ०९ बजेसम्म पठाउनु हुन अनुरोध छ।
    ……………………………………….
    प्रशिक्षक:-
    ……………
    सोमनाथ लुइटेल
    गुणनिधि घिमिरे
    सुशीला पौडेल

    ………………………
    भाषा शुद्धीकरण:-
    ———–
    भवानी घिमिरे
    पशपती राई

    सङ्कलक :-
    ———-
    दुर्गा रिजाल आचार्य

    संयोजक:-

    पञ्चाङ्ग साहित्य समाज नेपाल ======================

    अक्षर सङ्ख्या:- [बराबरी]
    अनुप्रास :- आफुखुसी
    स्थायी :- अनिवार्य

    पञ्चाङ्ग:०१
    फूलमा नवरंग भरेर आयाे नयाँ वर्ष।
    सबैमा खुशीयाली छरेर आयाे नयाँ वर्ष।
    बाेट बिरुवाहरू नयाँ पालुवा पलाउँदा,
    सुकेका पातहरू झरेर आयाे नयाँ वर्ष।
    समयकाे जङ्घार तरेर आयाे नयाँ वर्ष।
    -सुशीला पौडेल

    पञ्चाङ्ग:०२
    नयाँ वर्षमा सबै शत्रु मासेर बसौँ।
    सबैमा माया दिएर हामी हाँसेर बसौँ।
    दुष्टहरूको भरमा अब पर्नु हुन्न,
    दुश्मनहरूलाई यहाँ नासेर बसौँ।
    आफन्त जतिलाई सबै टाँसेर बसौँ
    ✍️ वेदु न्यौपाने 🌹🌹

    पञ्चाङ्ग:०३
    मर्न लागेका आशाहरु फेरि जागेर हरियाली छाओस् शुभकामना
    वसन्त आएर सबैको मनमा कोइलीले गीत गाओस् शुभकामना
    जसोतसो बस्न पाऔँ सबैले पालमा दुइ हजार बयासी सालमा
    भोकै कोही नहोउन् सबैले एकछाक त खान पाओस् शुभकामना
    सबैको घैंटोमा घाम चरक्क लागेर अन्धकार जाओस् शुभकामना ।
    -पशपती राई खोटाङ ।

    पञ्चाङ्ग:०४
    नयाँ साल घुमेर आयो हामी माझमा।
    रमाइलो र खुशी छायो हामी माझमा।
    पुरानोलाई ससम्मान बिदा गरियो,
    आपसी मित्रता बढायो हामी माझमा।
    प्रकृतिले लाली लगायो हामी माझमा।।
    घनश्याम पौडेल,पोखरा

    पञ्चाङ्ग:०५

    बर्षौँबर्ष देखि नकचरो शासन मान्नु परेको छ।
    नोकरी छैन भोको पेटमा पटुकी बान्नु परेको छ।
    नयाँ सालमा युवाहरुलाई यसरी शक्ति आवस् की।
    जनता मारा नेतालाई लात्तै लात हान्नु परेको छ।
    अनि कठालोमा समाई घिस्याउँदै तान्नु परेको छ।


    मल्ल लक्ष्मी श्रेष्ट
    मेची किनार

    पञ्चाङ्ग:०६

    यै देशको माटो बनाउनुछ हामीले
    नेपाली हुँभन्ने जनाउनुछ हामीले
    गौरवान्वित हुँदै बाचौँ हुन्न र हामी,
    आफ्नो माटोमा नै खनाउनुछ हामीले
    परदेशीलाई तनाउनुछ हामीले ।

    -दुर्गा आचार्य
    मोरङ
    ,
    ॐ
    पञ्चाङ्ग:०७


    आयाे सिद्धार्थ नामकाे नव वर्ष सखी
    छायाे नेपाली मनमा छायाे हर्ष सखी
    देश विदेशमा बस्नेमा शुभकामना
    स्वाभिमानी बन्न गराै आफैँ कर्ष सखी
    कत्ति सहनु हुन्न हामीले धर्ष सखी ।,
    -प्रधुम्न चालिसे

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्य

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P