राप्ती साहित्य परिषद् दाङ शाखाको नियमित एकल रचना वाचन कार्यक्रमको ८० औँ श्रृङ्खला सम्पन्न भएको छ । परिषदको यस शृङ्खलामा साहित्यकार महेश कुमार न्यौपानेले आफ्ना रचना वाचन गर्नुभएको थियोे । कार्यक्रम परिषदको सभाहलमा सम्पन्न भएको थियोे ।
राप्ती साहित्य परिषद् दाङ शाखाका अध्यक्ष यम रेग्मीको अध्यक्षता तथा राप्ती साहित्य परिषद्का संस्थापक अध्यक्ष वरिष्ठ साहित्यकार तथा पत्रकार नारायणप्रसाद शर्माको प्रमुख आतिथ्यमा तथा राप्ती साहित्य परिषद् केन्द्रका निवर्तमान अध्यक्ष पुरुषोत्तम खनाल तथा वरिष्ठ साहित्यकार उत्तमकृष्ण मजगैँया विशिष्ट आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो ।
साहित्यकार महेशकुमार न्यौपानेले विभिन्न शीर्षकमा गद्य र पद्य गरी १४ वटा कविताहरू प्रस्तुत गर्नुभएको थियो। कार्यक्रममा दर्शकहरूको बाक्लो उपस्थिति रहेको थियो ।
सो कार्यक्रममा पोखराबाट पाल्नुभएकी गोमा पराजुलीले शुभकामना मन्तव्य राख्नुभएको थियो। प्रमुख अतिथि रहनुभएका वरिष्ठ साहित्यकार नारायण प्रसाद शर्मा तथा विशिष्ट अतिथि वरिष्ठ साहित्यकारद्वय पुरुषोत्तम खनाल, उत्तमकृष्ण मजगैँयाले न्यौपानेको कवितामाथि आफ्नो विचार प्रस्तुत गर्नुभएको थियो।
राप्ती साहित्य परिषद् दाङ शाखाका उपाध्यक्ष सुरेशकुमार पाण्डेको स्वागत मन्तव्यसँगै शुभारम्भ भएको कार्यक्रमको सञ्चालन सहसचिव वीणा रोकाले गर्नुभएको थियो। संस्थाको तर्फबाट साहित्यकार महेशकुमार न्यौपानेलाई प्रशंसा पत्रले सम्मान गरिएको थियो।
साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको १९८ औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ४३ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका केन्द्रिय उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।
काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।
संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरी मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।
साप्ताहिक तस्बिरमा उदक लेखन अभ्यास शृङ्खला- १९८ मा सहभागी उदकयात्रीका सुन्दर उदकहरू-
[१] गुराँस सम्बन्ध समास मनमा अनुपम आभास !
आर्त अकुलीन [२] लालीगुराँस राष्ट्रिय फूल धरातल मुस्कुराउने सुर !
सविता के.सी. [३] गुराँस राताम्य बन छुटृै उमङ्गको आभास !
सरस्वती श्रेष्ठ, रुपन्देही, बुटवल [४] गुराँस मनमा फुल्यो प्रेमको भयो आभास !
देव स्याङ्देन, कालेबुङ [५] लालीगुराँस फुल्यो वनपाखामा हर्षोल्लास छायो मनमा !
सरस्वती वली [६] गुराँस गुराँस बनमा उमङ्ग छायो मनमा !
साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको १९७ औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ५४ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका केन्द्रिय उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।
काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।
संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरी मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।
साप्ताहिक तस्बिरमा उदक लेखन अभ्यास शृङ्खला- १९७ मा सहभागी उदकयात्रीका सुन्दर उदकहरू-
[१] मान्छे मरेको मानवता समाज जाँदैछ कता ?
वसन्त अनुभव [२] प्रवृत्ति समस्यामा पर्दा तमासा मानेर रमाउँछन् !
संगीता खरेल, काठमाडौँ [३] मान्छे जिउँदै मानवता मरेको देखाउँछ जतातता !
वेदु न्यौपाने [४] कठै मेरो देश मानवता हराएको परिवेश !
साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको १९६ औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ६५ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका केन्द्रिय उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।
काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।
संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरी मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।
साप्ताहिक तस्बिरमा उदक लेखन अभ्यास शृङ्खला- १९६ मा सहभागी उदकयात्रीका सुन्दर उदकहरू-
[१] चक्र जिन्दगीको बाटो कठिन एवम् वक्र !
वसन्त अनुभव [२] जीवनचक्र रेखा वक्र गर्भवस्था जन्म मृत्यु !
रमा पन्त [३] नियम सृष्टिसँगै अन्त्य अनौठो रहेछ गन्तव्य !
संगीता खरेल, काठमाडौँ [४] यस्तै दस चरण हामी सबैको जीवन !
संगमानंद पत्रकार चूरु-राजस्थान, भारत [५] जीवन बालकदेखि वृद्ध आखिरी समयको चक्र !
आर्त अकुलीन [६] देह जीवनचक्र घुम्दै माटाेमै हुन्छ अन्त्य !
ताराप्रसाद चापागाईँ [७] जीवन निरन्तर बन्धन चक्रपथमा घुम्छ सज्जन !
भगवती दवाडी [८] जिन्दगी समयको खेल झाँगिदै जान्छन् जालझेल !
सुरेशकुमार पाण्डे दाङ, घोराही-१८ [९] बाँचुन्जेल तेरो मेरो जीवन यस्तै घेरो !
साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको १९५ औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ५९ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका केन्द्रिय उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।
काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।
संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरी मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।
साप्ताहिक तस्बिरमा उदक लेखन अभ्यास शृङ्खला- १९५ मा सहभागी उदकयात्रीका सुन्दर उदकहरू-
[१] शुभकामना प्रणय दिवस पूरा होस् चाहना !
वसन्त अनुभव [२] आमा चोखो माया सन्तानको लागी जीवनभर !
साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको १९४ औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ६६ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका केन्द्रिय उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।
काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।
संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरी मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।
साप्ताहिक तस्बिरमा उदक लेखन अभ्यास शृङ्खला- १९४ मा सहभागी उदकयात्रीका सुन्दर उदकहरू-
[१] झण्डा छ सम्मानित चन्द्र सूर्य अङ्कित !
वसन्त अनुभव [२] झण्डा देशकाे शान नगर्नू कहिल्यै अपमान !
केसर बाेहरा ‘सङ्घर्ष’ अछाम, हाल- भारत [३] झण्डा स्वाभिमान देशके पहिचान नेपाली भेषके !
सागर कुस्मी, कैलाली [४] यो राष्ट्रिय झण्डा नेपालको स्वाभिमानको प्रतीक !
संगमानंद पत्रकार चूरु-राजस्थान, भारत [५] ध्वजा वीरताकाे चिनाे चन्द्र सूर्य अङ्कित !
निरज कोइराला, इटहरी [६] झण्डा गरौँ सम्मान दिएर देशमा योगदान !
सुरेशकुमार पाण्डे दाङ, घोराही-१८ [७] झण्डा हाम्रो सान कहिले नगर्नु अपमान !
चक्र शाही, लम्की, कैलाली [८] झण्डा नेपालीको सान नगर्नु कहिले अपमान। कला ढकाल झापा [९] झण्डा नेपालीको सान राखौँ यसकाे मान !
शान्ता पौडेल भट्टराई टङ्कीसिनवारी, मोरङ [१०] झण्डा नेपालीको सान चन्द्र सुर्य अङ्कित !
रमा पन्त, न्युजिलैन्ड [११] झण्डा हाम्रो सान नेपालको विश्वमाझ पहिचान !
दुर्गा अधिकारी भमरकोटे, हाल- कपन [१२] स्वाभिमान देशको सान बेचेमा हुन्छ अपमान !
सविता के.सी. [१३] झण्डा देशको उचाइ उचालौँ छाती फुलाएर !
चूडामणि देवकोटा पुरानोनैकाप, काठमाण्डौ [१४] झण्डा नेपालीको पहिचान बढाउँछ अझै सान !
भोज विवश मगर गैंडाकोट-३, नवलपरासी पूर्व [१५] झण्डा राष्ट्रको सान गौरव अनि सम्मान !
ऋजु दिल्पाली, ईटहरी-१, सुनसरी [१६] झण्डा पहिचान हाम्रो चन्द्र सुर्य अङ्कित !
समुन्द्रा शर्मा, सुनसरी [१७] राष्ट्रिता मनकाे भाव झण्डाकाे उच्च प्रभाव !
नवराज भट्ट, कञ्चनपुर [१८] झण्डा हाम्रो गौरव लाउनु हुन्न अंशबन्डा !
दीपा गुरुङ समभाव दुबेकोल, खोटाङ [१९] झण्डा देशको पहिचान जाेगाउँछ हाम्रो स्वाभिमान !
राज कुमार राजभण्डारी खाेटाङ्गे ऐसेलुखर्क-३, खाेटाङ, हाल- भक्तपुर [२०] अद्वितीय मेराे झण्डा विशेष अरूकाे भन्दा !
ताराप्रसाद चापागाईँ धुनिबेसी [२१] झण्डा देशको सान विश्वमा नेपाल स्वाभिमान !
घनश्याम पौडेल गौरीगङ्गा न.पा.-९, कैलाली [२२] नेपाली राष्ट्रिय झण्डा वीर हाम्रो पहिचान !
नेत्रबहादुर श्रेष्ठ ठुलो सिरुवारी, सिन्धुपाल्चोक -१३ [२३] झण्डा नेपालमा राज्य चन्द्रबंशी सूर्यबंशी क्रमशः !
कमला देवकोटा, पाल्पा [२४] झण्डा राष्ट्रियता भन्दा उच्च नेपालीले जान्दा !
रामप्रसाद पुरी, बादेल, खाेटाङ [२५] झण्डा देशको शान गर्नु हुन्न अपमान !
अच्युत घिमिरे, सर्पाङ, भुटान [२६] झण्डा देशको सान सबैले गरौँ सम्मान !
अनुग्रह राना मगर ‘पुष्प’ पाँचखपन नपा-६, संखुवासभा [२७] झण्डा राष्ट्रियता चिनाउने प्रतीक मानिन्छ सबैभन्दा !
विवश पारदर्शी, झापा [२८] देश झण्डाको पहिचान राष्ट्र राष्टियता परिवेश !
साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको १९३ औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ५३ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका केन्द्रिय उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।
काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।
संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरी मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।
साप्ताहिक तस्बिरमा उदक लेखन अभ्यास शृङ्खला- १९३ मा सहभागी उदकयात्रीका सुन्दर उदकहरू-
[१] उडान जिन्दगीको उचाइ हुन्छ समस्या समाधान !
वसन्त अनुभव [२] उडान शिखर चुम्ने लक्ष्य चाहिन्छ महान !
भोज विवश मगर गैंडाकोट-३, नवलपरासी पूर्व [३] उडान जीवनकाे परीक्षा भर्न सक्ने महान !
प्रमाेद नेपाल [४] उडान लक्ष्य पाइन्छ आँट हिम्मत चाहिन्छ !
रमा पन्त, न्युजिलैन्ड [५] उडान शिखर चुम्ने गर्नुपर्छ ठुलो आँट !
साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको १९२ औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ६४ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका केन्द्रिय उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।
काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।
संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरी मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।
साप्ताहिक तस्बिरमा उदक लेखन अभ्यास शृङ्खला- १९२ मा सहभागी उदकयात्रीका सुन्दर उदकहरू-
[१] हिमाल मनोरम दृश्य स्वच्छ कञ्चन ताल !
वसन्त अनुभव [२] हिमाल मनोरम दृश्य बिचमा सुन्दर ताल ! -:भोज विवश मगर गैंडाकोट-३, नवलपरासी पूर्व [३] हिमाल मनमोहक दृश्य स्वच्छ नीलमणि तालहरू !
वेदु न्यौपाने [४] नेपाल सौन्दर्यको बिन्दु चुचुरा बादल हिउँ !
गोपेन्द्र रिजाल, पाँचथर [५] हिमाल हाम्रो आस्था जहाँ छ सगरमाथा !
ध्रुव श्रेष्ठ, खोटाङ [६] हिमाल सेतै देखिने काखमा निलो ताल !
धनमाया चौधरी, कैलाली [७] हिमाल बिचमा ताल रमाईलो विशाल फाँट !
चूडामणि देवकोटा, पुरानोनैकाप, काठमाण्डौ [८] हिमाल देखिने कमाल पवित्र हृदय विशाल !
आर्त अकुलीन [९] हिउँ पग्लेर झरे ताल पर्यो गैरीमा !
भुपेन्द्र राना मगर, धादिङ [१०] सुन्दर हिमचुलीको काख स्वर्गतुल्य हाम्रो घर !
नमस्ते आधुनिक लघुकथा मञ्चले लघुकथा विशिष्ट प्रतियोगिता- २०८१ को आयोजना गर्ने भएको छ । मञ्चले एक सूचना जारी गर्दै सो जानकारी दिएको हो ।
मञ्चका संस्थापक अध्यक्ष घनश्याम डल्लाकोटी ‘कृष्णजी शर्मा’का अनुसार उक्त प्रतियोगिता २ चरणमा सञ्चालन हुनेछ । पहिलो चरणमा नेपालभित्रका सातै प्रदेशमा प्रदेशगत र मुलुकबाहिर परदेशगत गरी ८ उपचरणमा सञ्चालन हुने र प्रतियोगिताको दोस्रो चरणमा प्रथमचरणबाट प्राप्त नतिजाबाट निर्णायक मण्डलले मूल्याङ्कन गरी अन्तिम नतिजा निकालिने अध्यक्ष शर्माले बताउनुभयो ।
प्रतियोगिताको सुरुआत सुदुरपश्चिम प्रदेशबाट गर्न लागेको नमस्ते आधुनिक लघुकथा मञ्चले प्रतियोगिता सुरु हुनु अगावै प्रतियोगिता सम्बन्धी सूचना जारी गरिसकेको छ । जस अनुरुप सुदुरपश्चिम प्रदेश अन्तर्गतका लघुकथाकारहरूले २०८१ साल फागुन २५ गते राति १२ बजेदेखि २०८१ चैत २ गते राति १२ बजेसम्म आफ्ना प्रतियोगी लघुकथा मञ्चको इमेल ठेगानामा पठाउन सक्नेछन् ।
साप्ताहिक झिल्का लेखन अभ्यासको ५८ औँ शृङ्खला आइतवार अपरान्ह सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा यो अभ्यास शृङ्खला निरन्तर हरेक हप्ता सञ्चालन हुँदै आएको छ । साप्ताहिक झिल्का कविता लेखन अभ्यासका विगतका शृङ्खलामाझैँ यसपटक पनि सहभागीहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा रहेर नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ६५ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे । यो उत्साहपूर्वक सहभागिताका लागि सम्पूर्ण सहभागीहरूमा संयोजक म्यामराज राईले हार्दिक धन्यवाद ज्ञापन गर्नुभएको थियोे ।
झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला पनि एक भएको र साप्ताहिक रूपमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार एवम् झिल्का कविताका प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।
शृङ्खलाबारे प्रष्ट पार्दै शृङ्खला संयोजक/प्रशिक्षक म्यामराज राईले हरेक हप्ताको शुक्रवार राति १२ बजे अभ्यासको सूचना झिल्का कविता फेसबुक समूहमा राखिने र उक्त सूचनाको कमेन्टमा इच्छुक झिल्काकारज्यूहरूले स्वत:स्फूर्त आफ्ना उत्कृष्ट झिल्काहरू राखेर सहभागीता जनाउन सकिने बताउनुभयो ।
झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम एवम् लघुतम प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक र अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।
झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ । अर्थात् दोस्रो हरफको अन्त्यमा पहिलो र तेस्रो हरफको अन्त्यानुप्राससॅंग मिल्ने समध्वनिक अक्षर नभएमा उत्तम मानिन्छ ।
साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- ५८ मा सहभागी झिल्काकारहरूका सुन्दर झिल्काहरू-
१, निसानामा चेतना खुले तिम्रो रहर बन्थ्यो, सबैको हृदयभरि डुले । २, प्रकृति बाँच्ने आधार मानवमा मानवता भएमा, राम्रो देखिन्छ व्यवहार । ३, सरकारले नचाउॅंछ नाचल्लो उसैको कर्कश धुनमा, तालीले भ्याउॅंदछ उपल्लो । ✍️म्यामराज राई भोजपुर … १, नमानी कुनै डर, नबिर्से आफ्नो बाटो फर्केर आउनु घर ! ✍️आर्त अकुलीन … १, मायाले बेरेछ झन्झन घरबारबाट उम्कनै गाह्रो जालझेल सारा बन्धन । २, फसियो माया जालमा बाधा सिर्जना कोर्न नातिनातिना छन् साथमा । ३, तीर्थव्रत आकाशको तारा आवास छोड्न पाइन्न हातखुट्टा बाँध्यो सारा । ✍️भगवती दवाडी … १, मानिसमा चेतना हुन्छ भन्छन् सर्वश्रेष्ठ छौँ हामीलाई कसले छुन्छ? २, चेतनाको दियो बाल मनभित्रको कालो मैलो तुरुन्त अब फाल। ३, चेतना सदा खुलाऔॅं आफूलाई मानवता देखाउन हृदय त्यतै डुलाऔॅं । ✍️अर्जुन प्रसाद चौलागाई हाल – अमेरिका, बोस्टन … १, बोल्दा धेरै सोचेर आत्मा दुख्छ सबैको नबोल्नु प्याच्च घोचेर। २, रुन्छ सबैको मन नहेप देखेर गरिबी के काम धन ? ✍️चुडामणि देवकोटा पुरानो नैकाप काठमाडौँ … १, मेसो हराउँदै गयो हामी भ्रममा थियौँ आज उदाङ्ग भयो । २, गहिरो खाडल पर्यो यस्तै छ परिस्थिति पाउनेले खल्ती भर्यो । ३, बुझ्नु पर्ने कुरा जनताको चाहना अझै कहिले हुने पूरा ? ✍️पुष्पा राई खोटाङ … १, जब बिग्रिन्छ मति अहङ्कार बढ्दै जान्छ सुरु हुन्छ अधोगति । २, मान्छेको लालची मन सन्तुष्ट हुन्न कहिल्यै सदैव दरिद्र चिन्तन । ३, डोराउॅंदैछ हामीलाई जता ? डलरमा बिक्ने प्रवृत्ति दरिद्र हाम्रो मानसिकता । ✍️ज्ञानबहादुर क्षत्री, सन्धिखर्क – २, अर्घाखाँची … १, कुरा काट्दै नाचेर के पाए शत्रुले ? हिँडेकै छु बाँचेर । ✍️सरिता सेढाई धादिङ … १, नेपालको अन्तर्राष्ट्रिय बेइज्जत ठुला नेताहरूले गर्दा सुध्रेन हाम्रो आदत । २, वैदेशिक सहायता खाने नेताहरूले किन नबुझेको देश कतातिर लाने ? ३, वैदेशिक ऋण मागेर झ्वाम नपार आफैँ पुरै सीमा नागेर । ✍️बिपी लामिछाने दमक, झापा … १, उजाड भयो वन छैन बिरुवा रोप्नु रित्तियो नेपालीको धन ! ✍️धनमाया चौधरी कैलाली … १, अप्ठ्यारोमा छ देश सम्मान गरौँ यहाँले नबदलौँ आफ्नो भेष । ✍️दीप गोले तामाङ रौतहट … १, कतिसम्म लाचार बनेको छैन समाजको दृष्टिकोणमा, भ्रष्टाचारीलाई राम्रो भनेको। २, विकृतिको बाटोमा हिनेर आफ्नै इज्जत धरापमा, भ्रष्टाचारीलाई विश्वमा चिनेर। ✍️शंकर कार्की थाहा – ३, मकवानपुर … १, सुन्दैन जनताको कुरा देश लुटेराहरूले गर्दैन जनताको माग पूरा। २, पर्दैन माछा जालमा हिँड्नु हुन्न कहिल्यै सुरिएर अरूको तालमा। ✍️राज कुमार राजभण्डारी खोटाङ्गे ऐॅंसेलुखर्क – ३, खोटाङ ( हाल भक्तपुर ) … १, वास्ता कसैले गर्दैन आफूभित्र भएको देशभक्ति त्यसै कहिल्यै मर्दैन। २, रोकियो विकासको गति निराशा छाउन थाल्यो पलाओस् सबैमा मति। ३, घामले उज्यालो फैलिन्छ जीवन रमाउँछ रङ्गमा प्रकृतिको गोदमा खेलिन्छ। ✍️सतीश पण्डित भानु – ६, चुँदी, तनहूँ ( हाल चनपा – ६, मातातीर्थ ) … १, आफैँ जग चल्दैन प्रभुको इच्छाबिना यहाँ नडराएमा छायाँले छल्दैन। २, मनुष्य योनी सफल पार्ने प्रयास गरौँ बनौँ नागरिक असल। ३, मात्र दियो बल्दैन चाहिने तेल बाती मृत्यु शाश्वत टल्दैन । ✍️कार्की डिबी माकुम सुनवल-४, नवलपरासी … १, हावाकै भरमा चल्यो हल्ला बनेर चौतर्फी हल्लाकै दीप जल्यो । २, समुन्द्रको नापतौल भएन यकिन गर्नसक्ने गरी कसैमाथि विश्वास रहेन । ३, कुरा घुमेको देखियो देश विदेशमा चौतर्फी यहि बटुलेर लेखियो । ✍️ईश्वर साउद ‘भिक्षु’ रामारोशन गाउँपालिका – ६, सुदुरपश्चिम, अछाम … १, सरकारको नीति कस्तो गाह्रो भो गरिबलाई कडा फलाम जस्तो। ✍️निमा छिरिङ भोटिया जलढका, कालेबुङ … १, ढाकछोपमै छ रटान भ्रष्टकै पछि लाग्दै के गर्छौ बखान ? ✍️प्रेम थापा “मन” बागलुङ … १, हामीले पराईलाई खप्ने स्वतन्त्रता हाम्रो सपना सधैँ अरूको जप्ने । ✍️नेत्रबहादुर श्रेष्ठ ठुलो सिरुवारी , सिन्धुपाल्चोक -१३ … १, हटाऔॅं अज्ञानताको जालो शिक्षित बनाऔॅं देश अब तिम्रो पालो। २, प्रजातन्त्र आयो देशमा लुटेरा घुमेका देखिन्छन् आज बहुरूपीको भेषमा। ✍️बिके मुखिया वाङदे, दार्जिलिङ, भारत … १, उठौँ लागी परौँ मिलिजुली हामी सबैले प्रकृतिको रक्षा गरौँ । २, अरूको अगाडि हाँस्छन् हुँदा खाने मानिसहरू आँसु पिएर बास्छन् । ✍️केशवप्रसाद ढकाल ‘प्रीतबीज’ सिरान्चोक-७, उपल्लो गोहोरे, गोरखा … १, सपना सबै अधुरो सोचे झैँ रहिनछ जिन्दगी नै अपूरो । २, देशलाई खोक्रो बनाउन झोले, झ्याम्टे सामन्ती अगाडि बढ्छन् सघाउन । ३, उखान टुक्का नसुन सोझासिधा छन् जनता सपना पनि नबुन। ✍️कला ढकाल झापा … १, समयको निरन्तर यात्रा यहाँ बुझ्न नसके हुन्छ जीवनको जात्रा। २, आफूले आफैँलाई चिन्नुपर्छ भाव त्यागेर विकृतिको असल मार्ग हिँड्नुपर्छ। ३, जन्मेर एकदिन मरिन्छ यथार्थ तितो जीवनको बाँचुञ्जेल केही गरिन्छ । ✍️सरस्वती श्रेष्ठ रुपन्देही, बुटवल … १, फूल फुल्यो वनैमा बास्ना चल्यो हरर आनन्द छायो मनैमा। २, प्रकृतिको देन हाम्रो देखिन्छ चारैतिर हरियाली हेरिरहूँ लाग्ने राम्रो। ✍️अनुग्रह राना मगर ‘पुष्प’ पाँचखपन नपा – ६, संखुवासभा … १, सरकार ठिक्क टिकाउन जनचाहना बुझ्दैनन् कसैले उद्धत परनिर्भरता सिकाउन । ✍️राज बहादुर बडुवाल कनकासुन्दरी -५,जुम्ला … १, मानव जीवन पाए आफूलाई नचिनी यहाँ कसरी मनमा सजाए ? २, मानवमा दानव शक्ति छैन कर्तव्य मनभित्र उसैको गर्छ भक्ति । ✍️बिबा तामाङ दार्जिलिङ … १, जिन्दगी चलिरहेछ चलोस् नसोच कसैको बारेमा दिनहरू आफैँ ढलोस् । २, माया बाँडौँला आधा नछुटिने गरेर कहिले गाउॅंला प्रेमको गाथा। ✍️सुनगाभा पोखरेल कपिलवस्तु … १, चञ्चल हावा तातो राजनीतिक गोरेटोमा धुँवा सत्ताको जानलाग्यो सातो। २, धन्दा अनेक चलाउने जनताको ढाड भाँचेर व्यापारमा पैसा कमाउने। ✍️होमप्रसाद नेउपाने धरान, सुनसरी … १, अपराधी ढोँगीहरू सत्तामा मोज गरिरहेछन् ढुकुटी रित्याएर तलब भत्तामा । २, ज्वरो सॅंगसॅंगै रुघाखोकी फैलियो देशभरि भाइरस राष्ट्रिय रोग बोकी ! ✍️विवश पारदर्शी झापा … १, समयको जग चल्दा। सोचेको प्रक्रिया ढल्दोरहेछ , मानव अहम् जल्दा। ✍️टिकाराम पुन … १, जरुरत छ मेल बलियो एकताको लागि नखेलौँ झुटो खेल । ✍️भोज विवश मगर गैंडाकोट -३ नवलपरासी पूर्व … १, आलु, गुन्द्रुक बनाई स्वाद फेर्छौँ मुखको , खान्छौँ जिब्रो पड्काई । २, जहिल्यै सागलाई पखालेर सुकाउँछौ घाममा हामी , राख्छौँ गुन्द्रुक हालेर । ३, आँखामा चस्मा नबेर भिटामिन प्राप्त पाए , साग खाऔॅं धेर। ✍️सीमा कार्की समर्पण मेलचोक, पर्सा … १, जागिरको विज्ञापन खुले पैसा कमाउनको लागि , सारा अफिसतिर डुले । ✍️श्रीकृष्ण धामी बझाङ … १, चलेको रहेछ लुकामारी साखुल्लेताभित्र छन् छद्मभेषामा गणतन्त्रको उपलब्धि कुटामारी। २, अझैसम्म झोलेहरू उफ्रिन्छन् बेहोसी अझै मस्तमा दिनहरू आइसक्यो कुप्रिन्छन्। ३, युवाहरू बिजुलीसँग चम्केका आउँदैछन् दिनहरू कठोरसँग अझैसम्म साँढेहरू लम्केका। ✍️घनश्याम पन्त हरिवन, सर्लाही … १, अर्काको खेदो खन्नेहरू कहिले अगाडि बढ्दैनन् जहिले मपाईं बन्नेहरू । ✍️विष्णु पंगेनी पाण्डे वालिङ्, स्याङ्जा … १, सलल बगेझैँ गण्डकी सपना बगेको देख्दा जिन्दगी ठानेँ बन्धकी l २, सपना सदैव अधुरो देखेपछि लाग्यो जिन्दगी रहेछ साँच्चिकै बबुरो l ३, सत्यको पछाडि लाग्दालाग्दै आधा उमेर खस्कियो सपनाको पछि भाग्दभाग्दै l ✍️बाबुराम गौतम गुल्मी … १, जिन्दगी तिम्रो फूल मेरो बिझाउने काँडा कसरी भएछ भुल । २, संसारको खुसी बन्नु मरेर पनि भोलि व्यर्थै बाँचे नभन्नु । ३, आकाशको तिमी तारा चम्कनु ज्वलन्त बनी प्रशंसा गरून् सारा । ✍️बिसु हाङ राई विराटनगर … १, डुबुल्की मार्न मन आध्यात्मिक रसको खड्कुलो किन्न चाँहिदैन धन ! २, अब मध्यान्ह भइसक्यो लोभको झोली उसले झन् किन कस्यो ? ३, एकले अर्कोतिर देखाउँदा हो भन्दै पत्याउछु आफैँले थाहा नपाउँदा । ✍️दीपा गुरुङ समभाव दुबेकोल, खोटाङ … १, हत्केलाले सूर्य छेकिॅंदैन त्यसै मर्दैन देशभक्ति दशा लागेको देखिॅंदैन । २, देश रोएको बेला रमिते बनेर नाच पर्नेछौ परिस्थितिको फेला ! ३, पाखण्डीमा धर्म हुँदैन अपराधको ओछ्यानमा सुत्दैछौ तिम्रो चिता रुँदैन ! ✍️ऋजु दिल्पाली इटहरी – १, हलगडा, सुनसरी … १, तपाईॅंको महिमा विशाल हामी सबै अज्ञानी रक्षा गर्नुहोस् महाकाल । ✍️संगमानंद पत्रकार चूरु-राजस्थान, भारत … १, यता निलो आकाश माघको हुस्सु जितेर मसक्क हेर्ने विश्वास । २, मन अमिलो हुँदा जीवन बिलिनु लाग्थ्यो चिसो रातमा रुँदा । ३ वसन्त शान्त बस्छ पालुवाको छ पर्खाइसहित शिशिर कक्र्याएर कस्छ । ✍️कमला पौडेल … १, हुन नपरोस् कहिले कुनै कुराको दासी स्वतन्त्र हुन्छु जहिले । २, छोडेर विगतको कुरा जिउनुपर्छ वर्तमानमा साथी गरेर सपना पूरा । ३, कसैको घिनलाग्दो स्वार्थ थाहा पाएपछि मैले लुकाउन सकिनँ यथार्थ । ✍️पृथक प्रकृति झापा … १, कस्तो हो समाज खालि आफूले मात्रै गर्न खोज्छ राज। २, हुन्छन् समस्याका खात गर्दै यावत् कुराहरू देखाउॅंछन् व्यर्थ औकात। ✍️खडक आर सि मिलन छेडागाड नगरपालिका – २, सल्मा, जाजरकोट … १, ज्ञानको ज्योति जलाउँदा अन्धकार भाग्छ मनको, सपनामा उज्यालो छाउँदा । २, जीवनको अर्थ रोज्दा सत्यलाई आत्मसात् गर, आफैँलाई बुझ्न खोज्दा । ३, पर्खालले बाटो सर्दैमा आकाशमा घाम रोकिँदैन, साहसको भर पर्दैमा। ✍️नन्दलाल आचार्य सिद्धार्थटोल, उदयपुर … १, जनताको मन जल्दैछ निर्जीव सरकार सत्तामा देशमा आगो बल्दैछ । २, दिनरात नभनी जुटेर भर्दैछ विदेशको ढुकुटी तीर्थधाम फटाफट लुटेर । ✍️राधा चाम्लिङ खोटाङ … १, स्वतन्त्रता के गर्नु? परिन्छ फेरि जालमा, प्रजातन्त्रलाई रूप फेर्नु। ✍️लोक वहादुर छेत्री लामिछाने मोदी – २, देउपुर, पर्वत … १ , ज्यान खोक्रो बनाई धेरैले भरिसके धोक्रो दिनदिनै अति सताइ । २ , अब रह्यो ज्ञान जिन्दगी सबै रित्याए बरु लिनु ज्यान । ✍️हरिगोपाल न्हुच्छेँप्रधान काभ्रे, साँगाबजार बनेपा – १४ … १, कालो कौवा करायो बिहान आगनको छेउमा मन मेरो डरायो । २, झ्यालैमा बसेर हेरेको झल्झली आउँछ सम्झना मायाले पटुकी बेरेको । ✍️बुद्धिमान दनुवार ‘सुरुङ्गेली कान्छो’ कनकाई ४ झापा … १, दु:खमा भएन साथ तमासा हेर्दै बस्यो आज ठोक्दैछ माथ ! २, मुटुमा हानेर छुरा दूर जाँदा निष्ठुरी रहे सपना अधुरा ! ३, भरियो हृदयको रह अनवरत बग्दा आँखा पोखियो मनको बह ! ✍️वसन्त अनुभव वसन्तविहार, दाङ … १, पर्यो पीडा झेल्न आँसुमा डुबेको जिन्दगीमा छोडेन दैवले खेल्न। २, मानवले मानवता नबुझ्ने अस्तित्व आधार खोज्दा भए परेली रुझ्ने । ३, देशमा छैन रोजगार खान लाउनकै समस्या सधैँ गरिबलाई भार । ✍️ललिता गिरी सिन्धुली … १, अब फागुन लाग्यो घामको ताप बढ्दै शिशिरको जाडो भाग्यो। २, हेमन्तको घाम घमाइलो घामछाँया जस्तै जिन्दगी हाँसीखेली बनाउनु रमाइलो। ✍️देव स्याङ्देन कालेबुङ … १, प्रकृति बाँच्ने आधार मानवीयता जोगाई राखौँ हुन्छ राम्रो व्यवहार। २, सबैमा चेतना छरौँ क्षणिक छ जिन्दगानी मानवीय व्यवहार गरौँ । ✍️कोपिला अधिकारी सिरानचोक, गोरखा … १, कसैको भरमा पर्दिन आफ्नै इच्छाले जिउने कसैलाई मनमानी गर्दिन । ✍️रमा गुरुङ सालुगडा सिलीगुडी … १, हिमाल जले जल, दाउरा जले खरानी जलमग्न जमेर भल। २, छोरो गर्छ चकचक टकटक सासु गर्छिन् ससुरो गर्छन् कचकच। ३, हिमाल टल्क्यो टिलिक्क झिलिक्क बिजुली बत्ती देखा पर्यो मिलिक्क। ✍️ज्योतिर्पाल सिलगडी – भारत … १, नबिगारौँ आफ्नो मति रिसमा रिस बढ्नेछ त्यसैले सुधार गति। २, दु:खमा देऊ, साथ आखिर मरिलानु के ? गर माया अगाध। ✍️दुर्गा भट्टराई मोरङ … १, कसैलाई मुठी दिने आफन्त भने भरिपूर्ण, कसैलाई चुटी लिने। २, विश्वास कतैबाट छैन कस्को भरपर्नु आजभोलि! आफ्नो सरकार हैन । ✍️ वेदु न्यौपाने … १, किन मन फाट्यो ? गोफ्लेगाला चाउरी परे , उमेरले नेटो काट्यो । ✍️बुद्धिप्रसाद सापकोटा गैँडाकोट ७, नवलपुर … १, काफल पाक्यो वनैमा वसन्तको फल हो खुसी छायो मनैमा। ✍️कमला देवकोटा पाला … १, वनमा न्याउली करायो खोलामा थुनिन्थ्यो दुवाली माछाका हुलहरू हरायो । २, बिहानी गौथलीको चिरबिरमा फूलेका छन् लालीगुँरास माथि अक्कारिलो भिरमा। ✍️श्रीबहादुर केसी शैलुङ्गे भक्तपुर … १, ठुलाबडा सबै सरकारी छोई साध्य छैन बजार फलफूल तरकारी । २, भान्सामा चुलो बल्दैन भोको पेट भएपछि कोदालो त्यसै चल्दैन । ✍️जानुका बास्कोटा काठमाडौँ … १, आमा पहिलो साथी सन्तानलाई सर्वस्व ठान्ने भगवान्भन्दा हुन् माथि । २, गर्छिन् कामना चिरायु आमाको लागि सबै सन्तान हुन् प्राणवायु। ३, राख्ने एकसुत्र बाँधेर सधैँ परिवारलाई हाम्रो माया, प्रेमले साँधेर । ✍️रुना कर्माचार्य दाहाल चितवन … १, हृदयमा प्रकृति सजाऔॅं संरक्षण गरौँ वातावरणको, वनपैदावार जलस्रोत बचॅाऔॅं । २, सही संरक्षण छैन रोपौँ अधिक रुख मूल कहिल्यै सुक्दैन । ३, समयले हामीलाई पर्खिॅंदैन सचेत भएमा हामी , बाढी पैह्रो फर्किॅंदैन । ✍️सुस्मिता अधिकारी काठमाडौँ … १, तातो आगोको रापमा आमाको प्रेम झल्किन्छ पाकेको श्रमको तापमा । २, आत्माको अमूल्य उपहार पाइॅंदैन वस्तु बजारमा खोजेर पनि बारम्बार । ३, सम्बन्ध हुँदैन गाँसेर भावना मिल्नु पर्दछ जीवन बितोस् हाँसेर। ✍️पद्मा काश्यप पाण्डे मोरङ … १, एक्लै हिॅंड्न रमाउँछु मनसॅंग खेल्न पाउँदा भावनाहरू बटुलेर समाउँछु। २, सत्यको बाटो सम्मान ज्ञानको थैलो भरिभराउ असत्यको बाटो नोक्सान। ३, झुक्याई हात तान्यौ नेपाल आमाको छोरीलाई धारिलो हतियारले हान्यौ। ✍️राजेश्वरी राजोपाध्याय ललितपुर … १, नयाँ पालुवा पलायो कुहुकुहु गर्दै कोइलीले वसन्त ऋतु बोलायो । २, पाखा, पखेरा पहाड नाङ्गिन्छिन् बोटबिरुवा वनमा देखिन्छ धरा उजाड । ३, मुटुमा छुरा रोपियो अपवित्र हातबाट जब सिन्दुर सिउँदोमा पोखियो । ✍️शान्ता पौडेल भट्टराई टङ्कीसिनवारी, मोरङ