२५ फागुन, काठमाडौं । काठमाडौंबाट भैरहवा उडेको श्री एयरलाइन्सको जहाजको इन्जिनमा आगो लागेको छ । उडान नं. ८२१ को जहाजको इन्जिनमा आगो देखिएको हो । सो जहाजलाई काठमाडौंमै आकस्मिक अवतरण गराउने तयारी छ ।
विमानस्थल स्रोतका अनुसार काठमाडौंबाट उड्नासाथ चालक दलले टावरलाई यसबारे जानकारी गराएका थिए ।
काठमाडौं । सर्वोच्च अदालतले माओवादी जनयुद्धका सुप्रिमो कमान्डर रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्धको रिट दर्ता गर्न आदेश दिएपछि १० वर्षिय सशस्त्रद्धन्द्ध अन्त्यकालागि गरिएको प्रमुख कडी वृहत शान्ति सम्झौताका विषयमा चर्चा चुलिएको छ ।
दर्ताको आदेशपछि पक्ष–विपक्षमा मतहरू विभाजित देखिन्छन् । अझ् मंगलबार प्रचण्डविरुद्ध रिट नै दर्ता भएपछि त विस्तृत शान्ति सम्झौता र त्यसमा समेटिएका विषयमा सतहमै बहस छेडिएको देखिन्छ ।
जब सर्वोच्च अदालतले माओवादी सशस्त्र द्धन्द्धका सुप्रिमोविरुद्ध रिट दर्ता गर्न पाउने आदेश दियो त्यसपछि जनयुद्धपछि टुक्राटुक्रामा विभाजित माओवादीहरू एकै ठाउँमा उभिएका छन् ।
८ टुक्रामा छरपष्ट रहेका माओवादी अदालतको यसै आदेशपछि एकै ठाउँमा उभिएर रिटको विरोध मात्रै होइन चेतावनी नै दिएका छन् ।
प्रचण्डविरुद्ध द्धन्द्धकालिन समयलाई जोडेर रिट दर्ता हुनु विस्तृत शान्ति सम्झौता विपरित हो भन्दै माओवादी नेताहरु सम्झौता विपरित गतिविधि बढाएर अशान्ति ल्याउन खोजीरहेको बताइरहेका छन् ।
के छ विस्तृत शान्ति सम्झौतामा ?
सशस्त्र युद्धको औपचारिक अन्त्यको घोषणा
माओवादी सेना, हतियारको र नेपाली सेनाको हतियारको संयुक्त राष्ट्रसंघद्वारा प्रमाणीकरण र अनुगमन माओवादीद्वारा कब्जा गरिएका सम्पूर्ण सम्पति फिर्ता
मानव अधिकर र अन्तराष्ट्रिय मानवअधिकर सम्बन्धी कानूनहरूको पूर्ण पालना
राजाको सम्पूर्ण राजनीतिक अधिकारको अन्त्य
उच्चस्तरीय सत्य निरूपण तथा मेलमिलाप आयोगको गठन
माओवादी सेनाका लडाकुहरूको रेखदेख समायोजन र पुनर्स्थापना
युद्धबाट पीडित र विस्थापित व्यक्तिहरूको ससम्मान पुनर्स्थापना
हातहतियार, गोलीगठ्ठा र विस्फोटक पदार्थ साथमा लिई आवतजावत गर्नु गैरकानुनी लगायत विषय समेटिएका छन् ।
२०६३ मंसिर ५ गते तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र विद्रोहीका तर्फबाट तत्कालीन माओवादी अध्यक्ष प्रचण्डले विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरेका थिए ।
योसँगै दशक लामो द्वन्द्वबाट मुलुकले मुक्ति पाएको थियो । तर, संक्रमणकालीन न्यायलाई टुंगोमा पु-याउने सहमति कार्यान्वयनमा आउन नसक्दा आजको स्थिति बन्न पुगेको विश्लेषण हुन थालेको छ ।
यसका लागि सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता आयोग गठन भए पनि द्वन्द्वपीडितले न्यायको महसुस गर्न सकेका छैनन् । झण्डै डेढ दशक बढि समयसम्म पनि संक्रमणकालीन न्याय निमटारा लाग्न नसकेपछि अन्तर्राष्ट्रिय समुदायले समेत चासो व्यक्त गर्दै आएका छन् ।
साउदी अरबमा इकामाको म्याद सकिएको वा कम्पनीले हुरुब लगाईदिएको अथार्त “यहाँको कानुन अनुसार गैर कानुनी हैसियतमा रहेका” सम्पूर्ण श्रमिक हरुलाई नेपाली दूतावास रियादले आफ्नो विवरण टिपाउन आह्वान गरेको छ।
दूतावास बाट जारी बिग्यप्ती अनुसार इकामा नभएका, हुरुब लागेका श्रमिकहरूलाई एक्जिट भिसा प्रक्रियाका लागि सहयोगको निरन्तरताका साथै इकामाको म्याद सकिएको तीन महिनाभन्दा बढी भइसकेको तर कम्पनी वा कफिलले इकामा नवीकरण नगरिदिएको अवस्थामा पनि दूतावासमा आफ्नो नाम टिपाउन आग्रह गरिएको छ ।
यस्तै हुरुब लागेको छ वा कम्पनीले तपाईँमाथि जरिवाना लगाएको छ वा कुनै मुद्दा वा जरिवाना लागेको छ भने पनि दूतावासमा आफ्नो विवरण टिपाउन अनुरोध गरिएको छ।
काठमाडौँ / नेपाल राष्ट्र बैंककाअनुसार आज आइतबार अमेरिकी डलर एकको खरिदमा १३१ रुपैयाँ ८६ पैसा र बिक्रीदर १३२ रुपैयाँ ४६ पैसा, युरोपियन युरो एकको खरिददर १३९ रुपैयाँ ९८ पैसा र बिक्रीदर १४० रुपैयाँ ६१ पैसा, अष्ट्रेलियन डलर एकको खरिदमा ८८ रुपैयाँ ६८ पैसा र बिक्रीदर ८९ रुपैयाँ ८ पैसा, क्यानेडियन डलर एकको खरिदमूल्य ९६ रुपैयाँ ८४ पैसा र बिक्रीमूल्य ९७ रुपैयाँ २८ पैसा र सिङ्गापुरे एकको खरिदमा ९७ रुपैयाँ ८० पैसा र बिक्रीमा ९८ रुपैयाँ २५ पैसा तोकिएको छ ।
यसैगरी, जापानी येन १० को खरिदमा ९ रुपैयाँ ६४ पैसा र बिक्रीमा ९ रुपैयाँ ६९ पैसा, चाइनिज युआन एकको खरिदमूल्य १९ रुपैयाँ ९ पैसा र बिक्रीमा १९ रुपैयाँ १८ पैसा, साउदी अरेवियन रियाल एकको खरिदमा ३५ रुपैयाँ १४ पैसा र बिक्रीमा ३५ रुपैयाँ ३० पैसा, कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ १४ पैसा र बिक्रीमा ३६ रुपैयाँ ३० पैसा र साउथ कोरियन वन १०० को खरिदमूल्य १० रुपैयाँ ५ पैसा र बिक्रीमा १० रुपैयाँ १० पैसा छ ।
पञ्चाङ्ग साहित्य समाज नेपाल अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्तापछिको :- भाग ३३ [तेत्तिसौँ ] ————————————- ” पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार “
विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग पाठशाला मिति:- २०७९/११/१६ गते समय :- साँझ ८ बजे ………………………………………… प्रशिक्षक:- …………… गुणनिधि घिमिरे घनश्याम पौडेल तोयानाथ सुवेदी ………………………
भाषा शुद्धीकरण:- ———– जमुना आचार्य भवानी घिमिरे पुष्पा नेपाल सुवेदी
पञ्चाङ्ग भनेको पाँच पदिय कविता विधा हो । कसरी लेख्न सकिन्छ ? —————- पुर्ण अनुप्रास र स्थायी अनिवार्य हुनु पर्छ । जस्तै :- उठान:- माैरिले फूलको रस चुसेर सारेको छ त्यहाँ [०१] वाैरिले उसैकाे गुडकाे चाका झारेको छ त्यहाँ [०२]
तेस्रो लाइनले माथिको शेरलाई बिस्तार गर्नु पर्छ ———————————- मिहिनेत नै गरेर सजाएकाे थियोे उसले [०३]
माथिको शेरलाई सम्बोधन गरि परिचय खोल्ने ——————————— १,२,३का लाइनलाई जोड दिदै परिणाम दिनुपर्छ
निचाेरेर नै खाेष्टा बनाएर खारेकाे छ त्याहाँ [०४] आफ्नै घर भेटाउँछु कि भन्दै चारेकाे छ त्यहाँ [०५] …………………………………………………………
उदाहरण पञ्चाङ्ग …………………………
माैरिले फूलको रस चुसेर सारेको छ त्यहाँ [०१] वाैरिले उसैकाे गुडकाे चाका झारेको छ त्यहाँ [०२] मिहिनेत नै गरेर सजाएकाे थियोे उसले [०३] निचाेरेर नै खाेष्टा बनाएर खारेकाे छ त्याहाँ [०४] आफ्नै घर भेटाउँछु कि भन्दै चारेकाे छ त्यहाँ [०५]
प्रविणा पल्लवी, महोत्तरी । ……………………………………………………
पञ्चाङ्ग [०१]
माैरीले फूलको रस चुसेर सारेको छ त्यहाँ । वैरीले उसैकाे गुडकाे चाका झारेको छ त्यहाँ । मिहिनेत नै गरेर सजाएकाे थियोे उसले , निचाेरेर नै खाेष्टा बनाएर खारेकाे छ त्यहाँ । आफ्नै घर भेटाउँछु कि भन्दै चारेकाे छ त्यहाँ ।
✍️प्रविणा पल्लवी, महोत्तरी । ……………………………………………………
पञ्चाङ्ग [०२] [०१] आफ्नो छोडी अर्कालाई सेपेको मन पर्दैन । कसैले नि कसैलाई चेपेको मन पर्दैन । बराबरी सबैलाई हेर्ने बानी गर्दा राम्रो , मुहारमा काली पोतो लेपेको मन पर्दैन । सानो छ भन्दैमा कैले हेपेको मन पर्दैन । [०२] राजनीति होइन लाज नीति गर्यौ तिमी । सधैँ खाएर भत्ता खाज नीति गर्यौ तिमी । जनता झुक्काउने नेता पालेका रहेछौँ , खोसेर खाने कस्तो बाज नीति गर्यौ तिमी । आफै पहिरने त्यो ताज नीति गर्यौ तिमी ।
साहित्यबाटै विकृतिको नास गर्नु पर्छ। काला कार्य सबै नियालेर नै छर्नु पर्छ। देशको विकास गर्ने जमात जम्मा गरौं, देश बर्बाद सम्झी सारा कुरा भर्नु पर्छ। अरिङ्गाल झैँ भ्रस्ट माथि हामी पर्नु पर्छ।
✍️शिव कुमार रेग्मी, पोखराथोक पाल्पा । ………………………………………………………
पञ्चाङ्ग [०४]
बिहानी मिर्मिरेसँग जागेर हेर्दा। संसारी जीवनसँग भागेर हेर्दा। कहिलेकाहीँ एकान्त नि प्यारो लाग्छ, केही पल आफैसँग मागेर हेर्दा। आफ्नाे त्यो शान्त आफू नै झागेर हेर्दा ।
✍️शाेभा आचार्य गाैतम, काठमाडौँ । …………………………………………………… पञ्चाङ्ग [०५]
देश डामाडोल हुँदा सरकार वेखबर भयो। रोजगार भएन देशभित्र युवा वेघर भयो। चुनावकै बेला मात्र लाग्छ गाउँघर भित्र मेला, जीवन नटुङ्गिने संघर्ष अनि बेअसर भयो। अमृत सम्झी दिएको भोट आज मेहतर भयो।
✍️सुरेशकुमार पान्डे, दाङ घोराही १८ । ……………………………………………………
पञ्चाङ्ग [०६]
वसन्तको बहार आएर धरा हेर्न थाल्यो । बाेट बुट्यानमा रङ्ग चढी रूप फेर्न थाल्यो । रमाए डालीमा चरा बचेरा आफ्नो लाेलीमा , प्रेमिल भावमा लहराले रूख बेर्न थाल्यो । मसी चाेपेर कवि मन कविता केर्न थाल्यो ।
✍️भवानी घिमिरे, सर्लाही । ………………………………………………………
पञ्चाङ्ग [०७]
मनपरि गरेका छन् राजनीति भनेका छन्। बाटो अवरोध गरेर खोइरो खनेका छन् । देश समाजलाई सुमार्ग देखाउनु पर्थ्यो, नेता हुँ भनेका छन् अर्कोको गोटी बनेका छन् । देश जनता देख्दैनन् खाली कुर्सी गनेका छन् ।
✍️पशपती राई, खोटाङ । ………………………………………………………………
पञ्चाङ्ग [०८]
बधाई को लर्को खानेलाई के थाहा जनताको नुनको पीडा यहाँ। शीतलहरको बेला कम्मल खातमा के थाहा उनको पीडा यहाँ । अचानोको पिरलाई खुकुरीले कहिले पो बुझेको हुन्छ आखिर ? थुनिलो हुँदाको दुखाई दुवारेलाई के थाहा थुनको पीडा यहाँ। चम्किलो खाध्य खानेले के थाहा गरिबले खाना घुनको पीडा यहाँ।
✍️दुर्गा आचार्य, मोरङ । ……………………………………………………………………
पञ्चाङ्ग [०९]
पन्चकाे भेला भन्थे । त्याे बेला देला भन्थे। अव ति दिन छैन, ऐले अवेला भन्थे। नेता त हेला भन्थे।
✍️मधुसूदन प्रसाद घिमिरे, काठमाडौं । ………………………………………………
योग त सबै श्वासको चाला हो। योग चलेको पुर्खाको पाला हो। पहिला खेतबारी काम गर्थे, अहिले त बसिबसाउ छाला हो। शरिर त्यो कुँजिएर जाला हो ।
✍️सुमित्रा पोखरेल, काठमाडौं । ……………………………………
पञ्चाङ्ग [१२]
बेलैमा सही र गलत छानेनौ तिमीले। कहाँ कसरी हान्नु पर्थ्यो जानेनौ तिमीले। मौका हेरी समयमै निर्णय गर्ने पर्थ्यो, सल्लाह सुझावमा सही ठानेनौ तिमीले। पहिले मानेनौ अहिले जानेनौ तिमीले ।
✍️रामप्रसाद पुरी बादेल, खोटाङ । ………………………………………
पञ्चाङ्ग [१३]
मनको कुरा सारालगि छर्न पाए हुन्थ्यो। सागर होस् या महासागर तर्न पाए हुन्थ्यो। अभावले जेलिएका र असहयोगीका , सेवाभावले मस्तिष्क नै भर्न पाए हुन्थ्यो। राम्रा मात्र काम छानेरेै गर्न पाए हुन्थ्यो ।
अप्ठ्यारोमा जङ्घार तरेर नआऊ । अन्तै माया जालमा परेर नआऊ । तिम्रै बाटो कुरिरहेछु आज पनि, यो मुटु झस्काउने गरेर नआऊ। अन्यत्र बसाइँ नि सरेर नआऊ ।
✍️मन्दिरा सेढाई, मलेखु धादिङ । ……………………………………………
पञ्चाङ्ग [१५]
यहाँ गणतन्त्रको रात भयो । अब प्रजातन्त्रको खात भयो । यहाँ देशभक्त नै जाग्नु पर्छ , देश विकास मात्र बात भयो। अबको स्वतन्त्र कै हात भयो ।
✍️बेदु न्यौपाने, काठमाडौ ❤️ । ……………………………………………
पञ्चाङ्ग [१६]
जरैदेखि नै विकृतिको विनास गर्नु छ। ठाउँ-ठाउँमा राम्रो कार्य गरेर मर्नु छ। राम्रो भन्दा आफ्नो मान्छेको जमात बढायौ, देश निम्ति असल कामको भर पर्नु छ। भ्रष्टहरूलाई राक्षसझैँ आँखा तर्नु छ।
नहुने के रहेछ र गर्याे भने यहाँ । सुन फल्छ रे पसिना छर्याे भने यहाँ। भत्काउने हाेइन बनाउँनु चै पर्छ, परिश्रम गर्नु पर्छ पर्याे भने यहाँ। सफलता मिल्छ अगि सर्याे भने यहाँ ।
✍️उर्मिला के.शी., धनकुटा । …………………………………………
पञ्चाङ्ग [१८]
हाेलीकाकाे दाेहन भएकाे विजय पर्व हाेली। सनातन हिन्दूधर्म भित्रमानेकाे गर्व हाेली। साथीभाई इष्ट मित्र बिच बाड्नुछ खुशीयाली, पहाड तराईमा खुशी छायाे आज सर्व हाेली। असङ्ख्य महत्व राख्ने हाम्राे याे हाे खर्व हाेली।
✍️धन कुमारी रेग्मी, चितवन । …………………………………………………
पञ्चाङ्ग [१९]
हामी चाँडै भेटौँला अब । भयो न्यास्रो मेटौँला अब । टाढा हुँदाको दु:ख भुल्दै आँखा भित्र लेटौँला अब । प्रेम मिठो रेटौँला अब ।
✍️प्रभा पोखरेल, अमेरिकाबाट । ……………………………………
पञ्चाङ्ग [२०]
छोटो भयो सिलेको जामा लाउन जानिनँ। मिलाई कसरी हो आमा लाउन जानिनँ। इच्छा भए उपाय हजारौं हुनेछन् हाम्रो , ल्याइदिएको के भो मामा लाउन जानिनँ। कसरी मनाउँ भयो धामा लाउन जानिनँ।
✍️कला ढकाल , झापा । ………………………………………………
पञ्चाङ्ग [२१]
मनको भारी बिसाउने ठाउँ कहाँ होला। बस्नै मन त छैन यहाँ जाउँ कहाँ होला। सोच्दा सोच्दै जीवनको आधा उमेर गयो, अभावको जिन्दगी हो यो भाऊ कहाँ होला। मुठी श्वास लिएर यहाँ धाउँ कहाँ होला।
✍️सरिता सेढाई धादिङ । ……………………………………………
पञ्चाङ्ग [२२]
देश मनमा छ । आफ्नो पनमा छ । माटोको सौन्दर्य, सबै जनमा छ । सौम्य वनमा छ ।
✍️आर्त अकुलीन, कैलाली । …………………………………………
पञ्चाङ्ग [२३]
तिम्रो रुपमा होलिको रङ्ग भर्न मन छ।
जहाँ जान्छौ उतै सँगसँगै सर्न मन छ । मायाले दिएको उपहार माया हुनेछ , दुई हात समाएर खोली तर्न मन छ ।
मायाकै विश्वासमा नै भर पर्न मन छ ।
✍️जानुका गौतम, काठमाडौं । ………………………………………………
पञ्चाङ्ग [२४]
ओहो ! गाउँ जस्तो राम्रो सहर देखिन। ठूला नदि सुन्दर त नहर देखिन।। गाउँमा समाज राम्रो सहरमा छैन। एकलो जिन्दगिको नै रहर देखिन। मेहनेति या खुसिको पहर देखिन।
✍️कमला पाण्डे पराजुलि, झापा चारआलि । …………………………………………………
पञ्चाङ्ग [२५]
निर्दोष जेल जान्छ अपराधी छुट्छ किन ? भोकमरी गरिबीले सदैव भुट्छ किन ? यस्ता देशका जनता रहेछौँ हामीलाई, जहाँ पुलिस लाएर जनता कुट्छ किन ? भ्रष्ट यहाँ जनताको सम्पत्ति लुट्छ किन ?
काठमाडौ। साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ७३ औँ शृङ्खला यही फागुन १३ गते शनिबार सम्पन्न भएको थियो। अभ्यासमा नेपाल लगायत विश्वका ५० जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।
टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।
टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।
‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ७३औँ शृङ्खलाको लागि प्रतिनिधि टुक्काको रूपमा समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।
अभ्यासका लागि राखिएको प्रतिनिधि टुक्का
देशभक्ति त खाली हौवा हो, गफ गर्ने कुरा, जाने त उहीँ विदेशै हो, गर्न चाहना पूरा । वसन्त अनुभव घोराही, दाङ
सहभागी टुक्काकारहरूले अभ्यासका क्रममा सृजना गर्नुभएको टुक्काहरू
[१] देशभक्ति भन्नु त देखाउने दाँत, विदेशी पुँजीले भरिएकाे छ आँत । 🌑ताराप्रसाद चापागाईँ धुनिबेसी ।
[२] सबैको यस्तै घटिया सोचले, देश हुँदैछ खाली, केटाकेटी र वृद्धवृद्धा यहाँ, बस्छन् फटाहा जाली । 🌑वसन्त अनुभव घोराही, दाङ
[३] देशभक्ति त जनतामा भन्दा नेतामा धेर हुनुपर्छ, देशकाे बजेटले तल्लो स्तरकालाई पनि छुनुपर्छ। 🌑दीपक ठटाल जलन
[४] देशभक्तिका गर्छन् सधैँ नै कुरा, मीठाे बाेलेर ढाडमा हान्छन् छुरा । 🌑केसर बाेहरा (सङ्घर्ष ) सुदुरपश्चिम अछाम ।
[५] ठूला ठूला कुरा गरी गर्छु भन्छन् देशभक्ति, जाली कुरा सुन्दासुन्दा मरेका छन् इच्छा शक्ति। 🌑मनोज खत्री अछामी
[६] बिनासित्ती गफ गर्ने जति बस्छन् यहाँ काम गर्ने स्वच्छ वातावरण छ जहाँ । 🌑अर्जुन प्रसाद चौलागाई रामेछाप:-सुनापति-१ हाल:-अमेरिका,म्यासाचुसेट्स बोस्टन।
[७] देशभक्तिले मात्र के गर्नु पेटले मााग्छ खाना, नाङ्गो भुतुङ्गाे शरिरमा, लगाउनु पर्ने नाना । 🌑धन कुमारी रेग्मी चितवन
[८] देशभक्तिको कुरा गरि , दुई हात जोडि बिन्ती बिसाको, हैन कस्तो खालको ? बाठ्ठो नबन पो भन्दै उल्टै रिसाको । 🌑अनुग्रह राना मगर ‘पुष्प’ पाँचखपन नपा – ६ संखुवासभा
[९] मानवता छँदैछैन आज मान्छे भित्र, धनको लोभले रित्तायो समाज मित्र। 🌑सुरेशकुमार पान्डे। दाङ घोराही १८
[१०] देशभक्ति बनेर मात्रै पालिदैन जहान, जाऊ विदेश कमाऊ पैसा बन्नेछौ महान । 🌑सरिता सेढाई धादिङ
[११] पहिले झोले बनिएन अहिले लाग्छ पिर, डोरी लाहुरे बन्छु म त हिडे विदेश तिर। 🌑नवशिला, बेलबारी-२,लालभित्ती,मोरङ।
[१२] देशको माटो बिर्सेर गए कुराले के गर्नु ? जिन्दगी भन्नु सुख र दु:ख आखिर छ मर्नु ! 🌑आर्त अकुलीन कैलाली
[१३] देशमा चलेको बेरोजगारीको पिडाले गरिबी मर्दैछन्, अर्काको देशमा पसिना जति बगायो त्यति दुःख सर्दैछन् । 🌑अम्विका अधिकारी झापा विर्तामोड
[१४] विदेशमा बस्दा खोक्दा रहेछन् देशभक्तीको नारा, फर्किउन् त स्वदेश, देखिनेछ नेताहरूकै पारा । 🌑राजेशराज गड्तौला कॅाडाघारी, काठमाण्डौ हाल- प्रवास
[१५] भाषणमात्र हो देश लुटाहाको परिवर्तन नठाने, रोकिदैन बाँच्नको निम्ति कहिले पनि परदेश जाने। 🌑शंकर कार्की मकवानपुर
[१६] बनाउँछु देश भन्दै, खाए पोली, भाषण मात्रै नेताको मीठो बोली । 🌑हिमा रोका मेहेलकुना सुर्खेत
[१७] सत्तामा हालीमुहाली बुढाकै हुन्छ, युवाको कुरा खोइ कसले पो सुन्छ । 🌑बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो ) कनकाई ४ झापा
[१८] बाहिर गए मिल्छ तोडाका तोडा, देशमा सदा फुटाउनुछ रोडा ! 🌑कमला देवकोटा पाल्पा
[१९] निकम्मा सरकार बुझ्दैन, जनताको कहर, नेपाली विदेशिनु बाध्यता हो, होइन रहर । 🌑बिके माकजु भक्तपुर ।
[२०] परदेश पस्ने होइन, देशमै केही गर्नुपर्छ, भोकै मर्नु परेमा पनि आफ्नै देशमा मर्नुपर्छ । 🌑बाबुराम पाण्डे शीतगंगा अर्घाखाँची
[२१] देशमा अस्थिरता रोप्नेले यो के सोच्थे, आफ्नो मात्र सोच्नेले आफ्नै भुँडीमा कोच्थे ? 🌑प्रेम थापा “मन” बागलुङ
[२२] पार्टीको पछि लागेर नै दाह्री जुँघा फुले, विदेशीको गुलाम भएँ देशलाई भुले ! 🌑बिबस पारदर्शी ।
[२३] कथा ब्यथा आ-आफ्नै छन् यहाँ, देश छोडेर जाने। बिकास को मुलधार छैन, कसरी गरिखाने?।। 🌑कबिताहरी सुन्दर हरैंचा नगरपालिका १ मोरङ
[२४] कोही छैन देशको लागी अघि बढ्छु भन्ने, सबै छन् यहाॅं भ्रष्टाचारी, पैसा मात्र गन्ने । 🌑योगेन्द्र भट्टराई खोटाङ दि.चु.गा.पा ४
[२५] देशभक्ति त खाली गफ मात्र देखियो हैन, आफ्नाे लागि मात्र सत्ता जनताको हित छैन । 🌑शाेभा अाचार्य गाैतम, काठमाडौँ
[२६] के के देख्न पर्ने हो यी आँखाले देश खत्तम पार्दैछन् डाँकाले । 🌑पुष्पा सुवेदी नेपालगञ्ज, बाँके ।
[२७] कृत्रिम सीमा रेखा काेरेर, देश तेराे मेराे बनाएका, साझा धर्ती बुझाउनु साटाे, याे वैमनस्यता खनाएका। 🌑मित्र उराठी गाैतम अमरपुर,गुल्मी हाल तिलाेत्तमा न पा-२,रुपन्देही
[२८] जुनै नेताहरू आए पनि धेरै हुन्छन् नि जाली, यस्तो गर्छु उस्ताे गर्छु भनी भाषण गर्छन् खाली। 🌑सहयात्री शोभा अर्याल रुपन्देही , बुटवल
[२९] कति बने कति रोए, लागि पर्ने देशभक्तिका बालबच्चा टुहुरा, गरिदिऔँ न मिलिजुली अब, वीर गोर्खालीका सपनाहरू पूरा । 🌑चन्द्रकली राना मगर नौबहिनी प्युठान
[३०] स्वाभिमानी नेताले, लगाउँछन् हातमा चुरा, अनैतिक र पतितले गर्दैनन् योग्य कुरा । 🌑होम प्रसाद धरान,सुनसरी ।
[३१] यहाँ सपना देखावटी, आफ्नै हुन्छ पराइ, बस्छन् तिनै मतियार मिलेर कुर्सी घुमाइ । 🌑जि कुमार गौतम भद्रपुर -१ झापा
[३२] रोजगारी खै पर्याप्त बाहिर गइन्छ, मिल्यो भने तारतम्य स्थायित्व भइन्छ । 🌑जमुना आचार्य सिन्धुपाल्चोक
[३३] देशभक्ति त छ मनमा, जीवन भोक छ धनमा । 🌑सुमित्रा पोखरेल काठमाडौँ
[३४] युवा जति फेसबुकमा र हामी सत्तामा, थाहा हुन्छ देशभक्त रम्न थाले भत्तामा । 🌑म्यामराज राई भोजपुर।
[३५] थोरै तिनो जे भए नि आफ्नै देशमा कमाऊ, नेपालमा जन्म लियौ यहि माटोमा रमाऊ। 🌑मन्दिरा सेढाई मलेखु,धादिङ
[३६] को छर यहाँ यो देशको लागि सही लिडर मान्ने, पद भ्रष्ट नै नेता भएपछि विदेशीले के जान्ने । 🌑टिकाराम पुन टिपु
[३७] जो विदेश नगई छाड्दैन उसले हो गर्ने देशभक्तिका कुरा, यहाँ बस्ने त छँदैछौँ लरेर बाँकी छाडेको खाने नेताका पुरा। 🌑रामप्रसाद पुरी बादेल खोटाङ।
[३८] स्वार्थी नेताकाे सत्तामा मनाेमानी हुँदैछ, देशभक्त जनता पिरले झनै रुँदैछ । 🌑राज कुमार राजभण्डारी खाेटाङ्गे मध्यपुर ठिमी ५ सङ्गम काेलाेनी भक्तपुर
[३९] नेताहरूलाई फिटिक्कै छैन लाज घिन, देशलाई उँधोतिर लैजादैछन् दिन्दिन । 🌑सरस्वती श्रेष्ठ इटहरी
[४०] मुखमा जप्छन् राम राम बगलीमा छुरा बाेक्छन्, देशभक्तिकाे नाटक गरी भ्रष्टाचार पाे ठाेक्छन् । 🌑त्रिलोचन भण्डारी मेचीनगर, झापा
[४१] राजनिती भो कमाउ धन्दा भ्रष्टचारको जालो, पाखण्डी यी नेता सबलाई दल्दिउ मोसो कालो । ✍ नवशिला, बेलबारी-२,लालभित्ती,मोरङ।
[४२] भाषणमा ठाेक्ने ओठेभक्ति पेट भित्र बाेकेर कालाे, निम्छरो जनताकाे मुखमा माड छैन हरमा टालाे । 🌑प्रद्युम्न चालिसे भक्तपुर कटुञ्जे ।
[४३] खुबै भाषण सुनियाे हजुर सबैकाे देशभक्ति कति कति, विदेशी कर्मचारी आयाे भेट्न हाेटल धाइएछ अतिअति । 🌑शम्भु ढकाल सू न पा १२ आठघरे ,ईलाम
[४४] लखेटेर युवावर्ग के को गर्छौ शासन, गरीबका झुपडीमा छैन खाने रासन । 🌑चूडा निर्भीक सिम्पानी गोरखा हालः मुलुकबाहिर
[४५] देशको लागि केहि पनि सकिएन गर्न, बेदनाले दुख्छ यो छाती सकिएन मर्न । 🌑बाबुराम गौतम गुल्मी
[४६] देशभक्त देखाएर पूरा गरे आ-आफ्नो आँत, विदेशीसँग मिलेर लुकाए चपाउने दाँत । 🌑बेदु न्यौपाने काठमाडौ
[४७] भनुँ भने तितो लाग्ला देश भक्तिका कुरा, विदेशीकै गुलामीले हुन्छ चाहना पूरा । 🌑ईशहाक हुसैन जीतपुर सिमरा १४ बारा।
[४८] रोजगारीका मार्ग बन्द गराए थिए जति, विदेशीन वाध्य भएका युवाको छ दुर्गति । 🌑भगवती दवाडी झापा
जजिरा एयरवेजले साउदी अरेबियाको रियाद, जेद्दा, मदिना, ताईफ र हायल शहरबाट कुवेत ट्रान्जिट हुदै गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवामा आगामी ०८ मार्च २०२३ देखि पुन: उडान सञ्चालन गर्ने भएको छ।
यस अघि जजिरा एयरलाइन्सले मार्च ९ तारिखदेखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट भैरहवा–कुवेत र कुवेत–भैरहवा उडान गर्ने बताएको थियो । केही महिनादेखि उडान रोकेको उक्त एयरलाइन्सले उडान पुनः सञ्चालन गर्ने जनाएको हो ।
२०७९ जेठ २ गतेदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै विमानस्थल उद्घाटनको दिनदेखि कुवेतको जजिरा एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान सुरु गरेको थियो ।