भिजिट भिसामा दुबई उडाएका थिए । ८ कात्तिकमा दुबई पुगेका सन्तोषले श्रम स्वीकृति नभएका कारण तत्काल काम पाएनन् । तीन महिना नबित्दै घरमा फोन गरेर उनले आफूलाई दलालले ठगेको र घर फर्किन चाहेको सुनाएका थिए । तर, ऋण खोजेर दुबई पुगेका उनी फर्किन पनि सकेनन् । किनभने सात वर्षअघि बहिनी सतिलाको विवाह गर्दा सयकडा तीनका दरले लिएको सात लाख ऋण थियो । त्यसमाथि विदेश जाँदा दुई लाख ३० हजार थपिएको थियो । ‘राम्रो कमाइ हुन्छ भनेर दलालले छोरालाई दुबई पु¥यायो । छोरो उतै बिलायो,’ आमा झुनियादेवीले भनिन् ।
१२ माघ ०७७ मा दुबईस्थित सुप्रिमो हस्पिटालिटी सर्भिसेज प्रालिका सुमन परियारले आफूलाई क्लिनरको काम गर्ने गरी कम्पनीमा राखेको जानकारी सन्तोषले परिवारलाई गराएका थिए । बुबा किशोरका अनुसार उनले कार धुने काम गर्थे । तर, कति तलब पाइन्छ, कसरी बसेका थिए परिवारलाई केही थाहा थिएन । विदेश गएपछि सन्तोषले दुईपटक गरी ६७ हजार रुपैयाँ भने घर पठाएको भाइ रामवरणले बताए ।
यसैबीच गत पुसको दोस्रो साता सन्तोषको मृत्यु भएको खबर घर पुग्यो । युएईको स्वास्थ्य मन्त्रालयअन्तर्गत उम अल क्युवेन जिल्लास्थित प्रिभोन्टिभ विभागबाट जारी गरिएको मृत्यु प्रमाणपत्रमा १० पुस ०७९ (२३ जनवरी २०२३)मा उनको मृत्यु भएको उल्लेख छ । खाना र औषधि नपाएर छोरो बितेको खबर आए पनि त्यसबाहेक आफूलाई कुनै जानकारी नभएको बुबा किशोरले बताए ।
काठमाडौंमा रहेर सन्तोषको शव झिकाउन दौडधुप गरिरहेका आफन्त धीरू यादवका अनुसार सुप्रिमो कम्पनीमा काम गर्दागर्दै ढलेपछि मस्तिष्कमा पानी जमेको पाइएको थियो । शल्यक्रिया गरेको केही महिनापछि सन्तोष काममा पनि फर्किएका थिए । तर, पछि काम गर्दागर्दै निधन भएको खबर आयो । शव झिकाउन दूतावासका अधिकारी, वैदेशिक रोजगार बोर्डमा दौडधुप गर्दै आवश्यक निवेदन दिए पनि दुबई प्रहरीले छानबिन गरिरहेको भन्दै फकाईएको धीरूले बताए ।
सन्तोषलाई विदेश पठाउने एजेन्ट शम्भु ठाकुरले फोन नै ब्लक गरिदिएको भाइ रामवरणले बताए । ‘सुुरुमा फोन गर्दा शव ल्याउन पहल गर्दै छौँ भन्थ्यो, तर अहिले त फोन नै ब्लक गरेको छ,’ उनले भने । नयाँ पत्रिकाको सम्पर्कमा आएका ठाकुरले भने आफूले म्यानपावर कम्पनीले भनेअनुसार प्लेनको टिकट मात्रै बुक गराएको दाबी गरे ।
युएईस्थित नेपाली दूतावासका श्रम काउन्सिलर दीनबन्धु सुवेदीले सन्तोषको घटना सम्बन्धमा दूतावासले नो अब्जेक्सन लेटर (एनओसी) जारी गरिसकेको भए पनि घटना अनुसन्धानका क्रममा रहेकाले शव पठाउन नसकिएको बताए । ‘सन्तोष यादवको निधनको घटना उम अल क्युवेनको प्रशासनले अनुसन्धान गरिरहेको छ । प्रहरी रिपोर्ट आउनेबित्तिकै शव नेपाल पठाइनेछ,’ उनले भने, ‘स्थानीय प्रहरीबाट क्लेअरेन्स (सफाइ) सर्टिफिकेटको प्रतीक्षा छ । दूतावास निरन्तर सम्पर्कमा छ ।’
रामवरणका अनुसार सन्तोषको निधनपश्चात् ७० वर्षीय हजुरबुबा हरि यादवको १० पुसमा निधन भएको छ । तर, दाइको शव नआएकाले हजुरबुबाको काजकिरियासमेत गर्न नपाएको उनले बताए । दाहसंस्कार भने भइसकेको छ । ‘हजुरबुबाभन्दा अगाडि नातिको निधन भएको थियो । तर, शव पनि नआएकाले कसरी काजकिरिया गर्ने भन्ने कुरा उठेपछि दुवैको काजकिरिया भएको छैन,’ उनले भने । रामवरणले हालै मात्र कक्षा १२ उत्तीर्ण गरेका छन् । तर, विदेशमा दाइको ज्यान गएपछि उनी स्नातक भर्ना हुन सकेका छैनन् ।
नेपालको कोशी प्रदेशको सुन्दर सहर विराटनगरको राम जानकी सेवा सदनमा जारी तीन दिवसीय नेपाल-भारत साहित्य महोत्सव आइतबार सम्पन्न भएको छ । महोत्सव विराटनगर महानगरपालिका र भारतको मेरठस्थित क्रान्तिधरा साहित्य अकादमीको संयुक्त आयोजनामा भएको थियोे । महोत्सवको अन्तिम दिन १० बुदे विराटनगर घोषणा जारी गर्दै औपचारिक रूपमा सम्पन्न भएको थियोे ।
उक्त महोत्सवको औपचारिक उद्घाटन चैत ३ गते भएको थियो । उद्घाटन सत्रको समापन सँगै लघुकथा वाचन कार्यक्रम सञ्चालन गरिएको थियोे । जसको संयोजन नेपालमा सर्वप्रथम लघुकथामा विद्यावारिधि गर्नुभएका व्यक्तित्व डा.पुष्करराज भट्टले गर्नुभएको थियो । उक्त अवसरमा मनोहर पोखरेल, निरज कोइराला, पुष्पा सायरा लगायत नेपाल तथा भारतका दुई दर्जन बढी लघुकथाकारहरूले आ-आफ्ना लघुकथा वाचन गर्नुभएको थियोे ।
प्रथम दिनको दोस्रो सत्रमा कविता वाचन कार्यक्रमको आयोजना गरिएको थियोे । जसको अध्यक्षता दाङका साहित्यकार एवम् चारु साहित्य प्रतिष्ठान लुम्बिनी प्रदेश अध्यक्ष तेजप्रसाद खनालले गर्नुभएको थियोे । उक्त अवसरमा नेपाल र भारतका वरिष्ठ कविहरूले आ-आफ्ना कविता वाचन गरेका थिए ।
महोत्सवको दोस्रो दिन पनि कविता वाचन कार्यक्रमलाई निरन्तरता दिइएको थियोे । टुक्का साहित्य समाजका केन्द्रिय उपाध्यक्ष एवम् साहित्यकार वसन्त अनुभवको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रमको अध्यक्षता भारतका कवि एवम् साहित्यकार राजकुमार जैनले गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन क्रान्तिधरा साहित्य अकादमीका अध्यक्ष डा.विजय पण्डितले गर्नुभएको थियोे । कार्यक्रममा नेपाल तथा भारतका थुप्रै कवि तथा साहित्यकारहरूले आफ्ना रचना वाचन गर्नुभएको थियोे ।
पुस्तक विमोचन कार्यक्रम
विमोचित पुस्तक अनमोल रत्न
जारी महोत्सवको दोस्रो दिन नेपाली, हिन्दी र अङ्ग्रेजी भाषाका आधा दर्जन पुस्तकहरू लोकार्पण गरिएका थिए । साहित्यकार एवम् कार्यक्रमका प्रमुख अतिथि वसन्त अनुभवले उक्त पुस्तकको लोकार्पण गर्नुभएको थियोे ।
विमोचित पुस्तक आदिकवि भानुभक्त आचार्य केही विचार
विमोचित पुस्तकहरूमा नेपालका १२ जना मुक्तककारहरू (अमृता रसाइली रामदाम, अम्बिका खरेल उप्रेती, सीता शर्मा पन्थी, रमा दाहाल खतिवडा, सुनिता बराल, सन्जना शर्मा, गणेश लोहनी, घनश्याम पौडेल, तेजप्रसाद खनाल, यज्ञलाल सुबेदी, नागेन्द्र यादब, प्रेम सुनार) को संयुक्त सङ्ग्रह “अनमोल रत्न”, साहित्यकार लक्ष्मीकान्त शर्माको पुस्तक “आदिकवि भानुभक्त आचार्य केही विचार”, भारतीय कथाकार डा.अलका वर्माको हिन्दी कहानी सङ्ग्रह “गुलमोहर”, भारतीय कवि Preeti Saini को poems and prose poems “The Essence Of A Fulfilled Life” लगायतका पुस्तकहरू रहेका छन् ।
विमोचित पुस्तक गुलमोहर
विमोचन पश्चात् जारी कार्यक्रममा नेपाल लगायत भारतका कवि तथा साहित्यकारहरूले टुक्का कविता, कविता, गजल, चारु, मुक्तक आदि वाचन गर्नुभएको थियो ।
महोत्सवको अन्तिम दिन साहित्यमा अनुवादको महत्व बारे छलफल गरिएको थियो । जसमा डा. पुष्कर राज भट्ट, डा. घनश्याम परिश्रमी, विभारानी श्रीवास्तव, राजेन्द्र गुरागांई, डा. देवी पन्थी लगायतको सहभागीता रहेको थियो । अग्रज साहित्यकार विवश पोखरेलको अध्यक्षतामा भएको समापन कार्यक्रममा वरिष्ठ साहित्यकार दधिराज सुवेदी, मेरठ अकादमीका अध्यक्ष डा. विजय पण्डित, चेतना संरक्षण प्रतिष्ठानकी अध्यक्ष गंगा सुवेदी, वरिष्ठ साहित्यकार डा. घनश्याम न्यौपाने परिश्रमी, पोखराका साहित्यकार बलराम उपाध्याय रेग्मी, भानु कला केन्द्रकी अध्यक्ष माया पौडेल, कार्यक्रम संयोजक देवी पन्थी, चन्द्रागिरी साहित्य प्रतिष्ठान काठमाडौं अध्यक्ष जनार्दन अधिकारी धड्कन, वसन्त अनुभव, तेजप्रसाद खनाल लगायतको रहेकोे सक्रिय सहभागीता रहेको थियोे ।
विमोचित पुस्तक “The Essence Of A Fulfilled Life”
महोत्सवको अन्तिम दिन जारी घोषणापत्रमा नेपाली साहित्य पुस्तक हिन्दीमा र हिन्दी साहित्यका पुस्तकलाई नेपालीमा अनुवाद गरी दुवै देशको साहित्यलाई एकअर्को देशमा प्रवर्द्धन गर्ने, महाभारतकालीन राजा विराटको दरबारलाई महाभारत सर्किटसित जोड्ने विषयमा पुरातात्विक विभाग र इतिहासकारहरूसित समन्वय गरेर थप अध्ययन अनुसन्धान गर्ने, आगामी महोत्सवमा दुवै देशका विश्वविद्यालय, कलेज र विद्यालयमा अध्ययन गर्ने, युवा स्रष्टाहरूलाई बढीभन्दा बढी सहभागी गराइने, वार्षिक साहित्य महोत्सवबाहेक अन्य वर्षैभरि दुवै देशमा विभिन्न साहित्यिक कार्यक्रम आयोजना गर्ने र एकअर्का देशमा आमन्त्रण गर्ने, युवा साहित्यकारहरूलाई प्रोत्साहित गर्ने लगायतका कुराहरू रहेका छन् ।
महोत्सवमा नेपालका सातै प्रदेशका र भारतको महाराष्ट्र, उत्तर प्रदेश, झारखंड, असम, अरूणाचल प्रदेश, सिक्किम, मध्य प्रदेश, राजस्थान, दिल्ली, पंजाब, हरियाणा, उत्तराखंड, बिहार, छत्तीसगढ लगायत क्षेत्रका ३५० भन्दा बढी कवि/ साहित्यकार/ कथाकारहरूको सहभागीता रहेकोे थियोे । जसमध्ये २५० भन्दा बढीले रचना वाचन गरेका थिए ।
साउदी अरबको जेलमा रहेका अधिकांश नेपाली मदिरा कारोबारीमा पक्राउ परी जेल जीवन बिताइरहेको पाइएको छ ।
साउदीका जेलमा परेका अधिकांश नेपाली रक्सी ओसारपसारमा लागेकाहरू रहेका रियादस्थित नेपाली दूतावासले जनाएको छ ।
दूतावासले शुक्रबार फेसबुक लाइभमार्फत यसबारे जानकारी दिँदै रक्सी ओसारपसार गर्ने कार्यमा नलाग्न अरु नेपालीलाई आग्रह गरेको छ।
रक्सी ओसारपसारमा कार्यमा लगाउनेहरु पनि धेरै जसो नेपाली नागरिक नै हुने गरेको दूतावासका श्रम काउन्सेलर देवेन्द्र कार्कीले बताए ।
काउन्सेलर कार्कीका अनुसार आफूले जेलमा पुगेर भेट्दा चिनजानकै मान्छेबाट ठगिएको भन्ने गुनासो आएकोले यसबारे सबैले सचेत रहन पनि आग्रह गरेका छन् ।
‘जेलमा गएर बुझ्दा सबैले चिनेकै साथीभाइले काम गर्न लगाएको भन्ने सुनियो’, उनले फेसबुक लाइभमा भने, ‘बढी पैसा कमाउने प्रलोभनमा परेर आफ्नो जिन्दगी खराब नगर्नुस्, जे कामको लागि आउनुभएको हो त्यही काम गर्नुस् ।’
साउदी नेपाली श्रमिकको लागि प्रमुख गन्तव्य देश हो तर यहाँको कानुन कडा छ । नियमकानुनको बारेमा थाहा नहुँदा पनि वैदेशिक रोजगारीमा साउदीमा रहेका धेरै नेपाली श्रमिक फस्ने गरेका छन् ।
साउदीमा रक्सी सेवन, बिक्री वितरण तथा ओसारपसारलाई ठूलो अपराध मानिन्छ । बिक्री वितरणको मात्राका आधारमा ६ महिनादेखि वर्षौँ वर्षसम्म जेल सजाय हुन सक्ने तथा जरिबाना पनि हुने भएकाले यस्तो कार्यमा नलाग्न र नलगाउन पनि दूतावासले त्यहाँ रहेका नेपाली समुदायलाई आग्रह गरेको छ ।
रक्सी ओसारपसारमा गर्ने कार्यमा जेल परेकाहरूलाई र जेल अवधि समाप्त गरेपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरेर पुन:साउदी अरब फर्कन नसक्ने गरी डिपोर्ट गर्ने गरेको छ ।
स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा अनेरास्ववियुका उम्मेदवार प्रदीप बस्नेत नेतृत्वको प्यानललाई विजय गराउन आहवान गर्दै नेकपा एमाले नेतृ कोमल ओलि राप्ती बबई क्याम्पसको प्राङ्गणमा भएको कार्यक्रममा उपस्थित भएकीछिन्।
दाङ तुलसीपुर स्थित रापती बबई क्याम्पसको स्ववियू निर्वाचनमा प्रदिप बस्नेतको नेतृत्व रहेको अनेरास्ववियुको संयुक्त प्यानललबाट सभापतिमा प्रदिप बस्नेत, कोषाध्यक्षमा हेमन्त प्रकाश वली, सचिवमा सोनिया थापा रहेकी छिन् भने, प्रत्यक्ष सदस्य पदका लागि ७ र समानुपातिकतर्फ ७जना चुनावी मैदानमा होमिएका छन्।
चैत्र ५ गते हुने निर्वाचनमा राप्ती बबई क्याम्पसको कमान कस्को हातमा जाला त्यो भने हेर्न बाँकीनै छ।
साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ७४ औँ शृङ्खला यही फागुन २० गते शनिबार सम्पन्न भएको थियो। अभ्यासमा नेपाल लगायत विश्वका ४७ जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।
टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।
टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।
‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ७४ औँ शृङ्खलाको लागि प्रतिनिधि टुक्काको रूपमा समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।
अभ्यासका लागि राखिएको प्रतिनिधि टुक्का
सदा कुर्सी मिलिरहोस् यसै गरी हरदम, चितामा नपुगुन्जेलसम्म कृपा नहोस् कम । वसन्त अनुभव घोराही, दाङ
सहभागी टुक्काकारहरूले अभ्यासका क्रममा सृजना गर्नुभएको टुक्काहरू
[१] साम, दाम, दण्ड र भेद, गरिराख झेल, मरेपनि कुर्सी लैजाऊ, उतै खेल्नु खेल । 🌑वसन्त अनुभव घोराही, दाङ
[२] थर्थरी कामेका छौ हिँड्न सक्ने कोही छैन, कुर्सी तान्ने खेल खेल्छौ गर्ने केही त हैन । 🌑भगवती दवाडी दमक, झापा
[३] लडाइँ गर्छन् जो पनि पद र कुर्सीकै लागि, विडम्बना देश चलाउँछन् अरुसँग मागी । 🌑डम्बर थामी ‘अनुपम’ कालिन्चोक गा.पा.-६, दोलखा ।
[६] सत्ता र कुर्सीको मोहमा मरिमेट्ने, लोभीपापीहरु, देशमा ताण्डव देखाउँदै छन् हेर ! मिलिजुली बरु । 🌑कबिताहरी सुन्दर हरैंचा नगरपालिका १ मोरङ
[७] राजनीति गरेकै यस्कै लागि हत्तपत्त छोड्नु नै किन, सास रहुन्जेल यस्तै गर्छु, त्यही प्यारो कुर्सीलाई लिन। 🌑अर्जुन प्रसाद चौलागाई रामेछाप:-सुनापति-१ हाल:-अमरिका,म्यासाचुसेट्स बोस्टन।
[८] अरूलाई भ्रम दिएर शिखरमा पुग्नु छ हामी, विना निती राज गर्नुपर्छ सधैभरी नाडी छामी । 🌑सुरेशकुमार पान्डे। दाङ घोराही १८
[९] अरू देश विकासमा अघिअघि सर्याे, कुर्सीमाेह मात्र बढ्ने बानी यस्तै पर्याे । 🌑धन कुमारी रेग्मी भरतपुर चितवन
[१०] देश भक्तहरु हो कुर्सी हल्लाएर देखाऊ, छ भने दम, हामीलाई पनि लाग्छ देशको माया तर पार्टिभन्दा कम । 🌑 पुष्पा सुवेदी नेपालगञ्ज, बाँके ।
[११] कुर्सीमाेह नेतागणमा चुलिरहँदा यहाँ जहिल्यै, शान्तिपूर्ण सास फेर्ने दिनहरू आएन है कहिल्यै । 🌑त्रिलोचन भण्डारी मेचीनगर,झापा
[१२] खाली कुर्सी मात्र भन्ने होइन, देशको चिन्ता गर, भोट दिइ पठाएका छन् जनतामा विश्वास छर। 🌑अनुग्रह राना मगर ‘पुष्प’ पाँचखपन नपा – ६ संखुवासभा
[१३] बॅाचुन्जेल छोड्नु छैन, छलेर पाएको कुर्सी र शक्ति, चाहिया भए तिमीलाई, आई गर मेरै मात्र भक्ति । 🌑राजेशराज गड्तौला कॅाडाघारी, काठमाण्डौ हाल- प्रवास
[१४] बाघ ती हेर कुर्सीको लागि अगाडि बढेका, आफैँले मात्र जान्ने छु भनी कुन्नि के पढेका ! 🌑आर्त अकुलीन कैलाली
[१५[ सधैँभरि लगातार मेरै छालाको घ्याम्पे भुँडी भर्न पाऊँ, जे गरे पनि केही नगर्ने जनतासँग यस्तै माया लाऊँ । 🌑प्रेम थापा “मन” बागलुङ
[१६] कस्तो हो त्यो कुर्सीको मोह जसलाई पनि हुने, अनुभव भएन नशाले कहिले होला छुने । 🌑सरिता सेढाई धादिङ
[१६] सत्ता स्वार्थमा किन नपल्कु ? जता ढल्कु मिल्छ उतै मल्खु ! 🌑बिबस पारदर्शी ,
[१७] चिताएपछि कुर्सीमा पुर्याइदेउ चट्ट, इच्छाएका मनोकामना पूरा हुन्छन् फट्ट। 🌑होम प्रसाद नेउपाने धरान,सुनसरी ।
[१८] बाेकेरै लैजान्छन् घाटमा, चिता पनि हाे उच्च आसन, बाँचुन्जेल मस्तिले गर्नै पर्याे जनता माथि शासन । 🌑मित्र उराठी गाैतम
[१९] तिम्रो कानुन तिम्रो कुर्सी उसको ठूलो सत्ता, देशको विकास केहि छैन पचाकाछन् भत्ता। 🌑मनोज खत्री अछामी
[२०] नभरिने यो लोभको भाँडो, उमेरले काटे पनि डाँडो । 🌑भुपेन्द्र राना मगर धादिङ
[२१] जनताले चाहेजस्तो अब राम्रो आओस् एउटा, मुलुक बनाेस् रामराज्यझैँ, मान्छे बनाेस् देउता । 🌑रामप्रसाद बेल्बासे ‘एक्लो यात्री’ शीतगङ्गा-५,अर्घाखाँची हाल: बुद्धभूमि -३, कपिलवस्तु।
[२२] पालो युवाको भनेर नधम्क्याइ सत्ता दिन जान्नुपर्छ, पिण्ड खानेबेलामा कुरा जनताले भनेको मान्नुपर्छ । 🌑अम्विका अधिकारी झापा विर्तामोड
[२३] सत्तामा पुग्न भोट माग्दा चिच्याएर नेता ‘जनता नै मेरा हुन् भन्छन्, पद पाएपश्चात आफन्तलाई मात्र फाइदा दिनको लागि गन्छन् । 🌑पवन कुमार बुढाथेाकी काठमाडौं
[२४] सदा कुर्सी एक अर्कोमा नै तानातान गर्छौ, जनता हेर्दा थाकिसके, शान्ति कहिले भर्छाै। 🌑शाेभा अाचार्य गाैतम काठमाडौँ
[२५] सुनकै कुर्सी मिलेपनि देशको निम्ति केही छार्ने हैन, थचक्क कुर्सीमा बसिसकेपछि दायाँ बायाँ देख्नु छैन। 🌑दीपक ठटाल जलन
[२६] देशमा अनेक रूपमा ~ छेपारे ~ छाए, सत्ताको लिसो चिप्लो घस्दै चेपारे आए । 🌑टिकाराम पुन टिपु छत्रेश्वरि गाँउपालिका २ सल्यान
[२७] विकासको नाममा कुर्सी मात्र सबै तान्ने, बाहिर आस देखाउँदै भित्र छुरा हान्ने । 🌑योगेन्द्र भट्टराई खोटाङ्ग दि.चु.गा.पा.४
[२८] आफूलाई पो चाहिएको अरु अघि सर्छन्, आफ्नै बाबुको जन्मजात ल्याएको झैँ गर्छन् । 🌑जमुना आचार्य सिन्धुपाल्चोक
[२९] जसो गर्यो त्यसै हुने भगवान दाहिना हुँदा, भएकै छ, बज्र पनि मैन हुन्छ तिमीले छुँदा । 🌑रामप्रसाद पुरी बादेल खोटाङ ।
[३०] कुर्सी पाउन अनेक तिगडम अपनाउँछन् खाली, सज्जनहरू सबै पाखा लगाई पुग्छन् केवल जाली ।। 🌑बाबुराम पाण्डे शीतगंगा अर्घाखाँची ।
[३१] राजनीतिमै त हो जालझेल गर्ने, जनतालाई मार्दै आफ्नो पेट भर्ने । 🌑हिमा रोका मेहेलकुना सुर्खेत
[३२] लुछिराख है बाँचुन्जेल न अघाउन्जेल टम्म, मरे कसले दिन्छ कुर्सी तिम्रा छोरा, नातिसम्म। 🌑म्यामराज राई भोजपुर ।
[३३] मर्ने बेला भइसक्यो कुर्सी अझै तिमीलाई प्यारो , किन गर्छौ जालझेल किन बन्छौ जनताको तारो । 🌑बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो ) कनकाई ४ झापा
[३४] कुर्सीकै मात्र कुरा छन् आफू मात्र जान्ने जस्तो, नीति नियम पनि यहाँ लाग्दछ कस्तो कस्तो ॥ 🌑गुणनिधि घिमिरे सूर्यविनायक
[३५] सधैँ कुर्ची मिलिरहोस् यसै गरी हरदम, बाँचुन्जेल नै चलिरहोस् आफ्नै हरहैकम । 🌑बाबुराम गौतम, गुल्मी
[३६] साम, दाम, दण्ड ,भेदको कसैले नि कुरै नगर , यो देश विकास गर्ने त म नै हुँ सबै भर पर । 🌑बेदु न्यौपाने काठमाडौ
[३७] ललाट तिम्रो बलियो रहेछ मर्ने बेलासम्म कुर्सीमा जाऊ, देशको युवालाई विदेशमा बेच्ने राजनीति गरेर खाऊ । 🌑शंकर कार्की मकवानपुर थाहा नगरपालिका ३,
[३८] ईर्ष्यालु मान्छे सधैँ अरूहरूकाे रिस गर्छ, कहाँ मिल्छ त्यसै कुर्सी साम दाम जान्नुपर्छ । 🌑केशवप्रसाद ढकाल ‘प्रीतबीज’ सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा
[३९] कुर्सीका कति कुपात्रहरू अघि बढेका, देश बेचेर आफ्नो घरमा मोती जडेका। 🌑दुर्गा भट्टराई माेरङ
काठमाडौ। साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ७५ औँ शृङ्खला यही फागुन २७ गते शनिबार सम्पन्न भएको थियो। अभ्यासमा नेपाल लगायत विश्वका ५५ जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।
टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।
टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।
‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ७५औँ शृङ्खलाको लागि प्रतिनिधि टुक्काको रूपमा समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।
अभ्यासका लागि राखिएको प्रतिनिधि टुक्का
काम होइन महोदय ! कुरा ठूला गरे हुन्छ, दुनियाँ छ यस्तै सारा, कामचोरकै कुरा सुन्छ । वसन्त अनुभव घोराही, दाङ
सहभागी टुक्काकारहरूले अभ्यासका क्रममा सृजना गर्नुभएको टुक्काहरू
[१] गफाडिकै दिन छ हजुर, गफ लाए हुने, काम गर्ने मेहनती त पर्छ जहिल्यै रुने । 🌑वसन्त अनुभव घोराही, दाङ
[२] काम हैन हजुर कुरा बिक्ने सहर याे हाम्राे, फटाहा र कामचाेरलाई देख्छन् सबले राम्राे । 🌑ताराप्रसाद चापागाईँ धुनिबेसी ।
[३] दुरदृष्टि देखाउँदै सबै ठूला कुरा गर्छन् , राज्यको धन भेटेपछि यि आफ्नै भुँडी भर्छन् । 🌑बेदु न्यौपाने काठमाडौ
[४] गफ मात्र गर्नेको दिन गएन कहिल्यै पनि, कम्मर कसौँ सब दुःखीको दिन ल्याउॅंन भनी । 🌑अर्जुन प्रसाद चौलागाई रामेछापः-सुनापति-१ हालः-अमेरिका,म्यासाचुसेट्स बोस्टन।
[५] काम गर्नु फिटिक्कै होइन, गफ लगाउँदै बस्छन्, यी कामचोरहरू एकदिन, दुई बल्ड्याङ खस्छन् । 🌑कबिताहरी सुन्दर हरैंचा नगरपालिका १ मोरङ
[६] जसले बोल्छ झुठा कुरा उही पुग्छ माथि, काम गर्ने होइन है यी अल्छे तिघ्रे साथी । 🌑सरिता सेढाई धादिङ
[७] कति वर्ष कटिसके देशमा रोजगारी र विकास छैन, गरिब दु:खी जनतालाई खै त देशमा शान्ति अनि चैन । 🌑तेजप्रसाद खनाल लमही दाङ।
[८] जो चोर उसैका हुन्छन् ठुल्ठुला कुरा, आफू बाहेक अरू, देख्छ साना भुरा । 🌑बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो ) कनकाई ४ झापा
[९] गफले बाँचेका छन् गफैले टिक्दैछन्, त्यस्तो ठालुबाट अरूले के सिक्दैछन्? 🌑म्यामराज राई भोजपुर।
[१०] देशको लागि दिलो ज्यान दिन्छु त भन्छन् कामभन्दा कुरा ठूलो गर्छन्, देश कता तिर गयो थाहा छैन । हरे ! खाली आफ्नै मात्र थैलो भर्छन् । 🌑सरस्वती श्रेष्ठ इटहरी
[११] कामचोरकै पो जमाना छ साना कुरा कसले सुन्छ, जसले बोल्छ सत्य वचन उही यहाँ जहिल्यै रुन्छ । 🌑त्रिलोचन भण्डारी मेचीनगर,झापा
[१२] जानेदेखि सानो हुन्न कुनै पनि काम, कुराले फल्छ कहाँ सुक्का मोहर दाम ? 🌑बिके माकजु भक्तपुर ।
[१३] सधैँभरि कुराले टार्न खोज्छ हुदैन काम कहिले पनि, विश्वास गर्नु मुर्खता हो चोरहरूले विकास गर्लान भनि। 🌑शंकर कार्की थाहा ३ मकवानपुर
[१४] चाेरलाई चाैताराे साधुलाई सुली चरितार्थ भयाे, देखाउने नेपाली दाँत चपाउने अर्कै देश गयाे । 🌑निरज कोइराला बेलका १ उदयपुर, हालः इटहरी
[१५] गर्नु केही छैन गरेको छु भन्दै कुकुर जस्तो भुक्छन्, हे दैव जनता किन भेडा भए तिनैको सामु झुक्छन् । 🌑प्रमोद भट्टराई ‘प्रतीक’ कौशलटार, भक्तपुर
[१६] अस्थिरताको हुरी चलाएर मपाइत्वले चढ्यो, काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर बढ्यो । 🌑प्रेम थापा “मन” बागलुङ
[१७] बेकाम जन अगाडि बढे कुरा नै गरेर, जन्मेको भूमि छोडेर गए समुद्र तरेर ! 🌑आर्त अकुलीन कैलाली
[१८] बिचरा दुखी गरिब सधैँ मर्छन्, कसैले भने ठगेर खाने गर्छन् । 🌑हिमा रोका मेहेलकुना सुर्खेत
[१९] आएको बजेट आधा नै छिनिदिन्छ, सोध्यो भने नदेखेको झैँ गरिदिन्छ । 🌑अनुग्रह राना मगर ‘पुष्प’ पाँचखपन नपा – ६ संखुवासभा
[२०] धाक धम्की कुरा ठूला अरे, काम गर्दा खुट्टा लुला गरे ! 🌑बिबस पारदर्शी ,
[२१] कामचोर कुरौटेका दिन आए हेर, कर्म गर्ने मेहनती खेरा गए केर ! 🌑कमला देवकोटा, पाल्पा
[२२] लुकिचोरीमा काम ठग्नेको मिलेमतो कुरा , गतिविधि ठप्प राखेर बजेट झ्वाम पूरा । 🌑जमुना आचार्य सिन्धुपाल्चोक
[२३] बोल्नेको पिठो बिक्छ नबोल्नेको चामल बिक्दैन, त्यसैले त यो ठाउँमा सिधासाधाको काम छैन । 🌑रत्ना पुन मगर
[२४] नेपालीमा उखानै छ, बोल्नेको पिठो बिक्छ, गफाडिको अगाडि खै !, को मेहनती टिक्छ ? 🌑पुष्पा सुवेदी नेपालगञ्ज, बाँके ।
[२५] कामचोरले कुरा गर्छन्, पुरै तारा झार्ने, ठगी खाने अघि लाग्छन्, मेहनतीले हार्ने। 🌑मन्दिरा सेढाई मलेखु,धादिङ
[२६] ठूला कुरा गरेर पेट भर्नु पनि धन्दा नै भयो, यस्तै दुर्मतिले त राज्यको कोष पनि खेर गयो। 🌑दीपक ठटाल जलन,११.०३.२३
[२७] काम छैन जस्को किन हो उस्कै कुरा बिक्ने, कैले होला राम्रा कुरा हाम्रो देशमा सिक्ने ! 🌑दुर्गा आचार्य मोरङ
[२८] काम होइन कुरा मात्रै गर्ने, मिलिजुली सबैले पेट भर्ने । 🌑योगेन्द्र भट्टराई खोटाङ्ग
[२९] जाओस् काम जतासुकै, झुठो बोल्दा बढ्छ सान, समृद्ध नेपालको प्रगति, बढ्न सक्छ मान। 🌑होम प्रसाद नेउपाने धरान,सुनसरी ।
[३०] कामकाे पछि किन पर्ने ? बाेल्न अघि सर्ने, लुटेराले कुम्ल्याई हाल्याे अब कसाे गर्ने ? 🌑रामकृष्ण दुवाडी पाेखरा
[३१] केका कामको मुल्याङ्कन भो र, यहाँ सबै जना छन् कामचोर । 🌑साँग्रीस मानन्धर मोती
[३२] कामभन्दा धेरै अचेल गर्ने गर्छन् कुरा, मुखमा ठिक्क पार्नेको मनमा हुन्छ छुरा । 🌑बाबुराम पाण्डे शीतगंगा अर्घाखाँची
[३३] अल्छे तिघ्रो स्वादे जिब्रो उखान गर्थे बुढापाका, जसले काट्छ मौरीको घार उसले खान्छ चाका। 🌑नवशिला, बेलबारी-२,लालभित्ती,मोरङ।
[३४] काम भने सिन्काे छैन गफ लगाउँछन् ठूला, हाम्रो देशका फटाहा सामन्त हुँ भन्ने मुला । 🌑केसर बाेहरा (सङ्घर्ष ) सुदुरपशश्चिम अछाम ।
[३५] सोझा-साझा जेल पर्ने काम गर्छन् हेर, स्याबासी पाउने झोलेहरू हुन्छन् धेर। 🌑परिक्रमा श्रेष्ठ धरान- १५, सुनसरी ।
[३६] कानुन के कामका लागि भन्नेहरूको के भर, इमान्दारिताले संसार कहाँ नै चलेको छर । 🌑अम्विका अधिकारी झापा विर्तामोड
[३७] कामभन्दा कुरा गर्नु बढी आनन्द मिल्छ मिठा मिठा कुराहरू बढी उसैले निल्छ। 🌑रचना शर्मा प्रतीक्षा इमाडोल, ललितपुर ।
[३८] देश विकासको मीठो मीठो सपना भर्छन्, कामको भन्दा नि भाषणको विश्वास गर्छन्। 🌑भुपेन्द्र राना मगर धादिङ
[३९] गफ कै खेलो फड्को छ सारा, दुनियाँमा चकित कुराले पार्छु, जे बोले हुन्छ लोकतन्त्रमा, अरुले फुकाउँछन् गोरु म नार्छु । 🌑रामप्रसाद पुरी बादेल खोटाङ
[४०] कुरामात्र ठूलाठूला काम धाम छैन, कुरा मात्र गरेर नि हुने रै’छ चैन । 🌑शाेभा अाचार्य गाैतम काठमाडौँ
[४१] कामको खोजी कसलाई छ, गफ दिए हुन्छ, गफाडीले नै आजकल हेर शिखर छुन्छ। 🌑राजेशराज गड्तौला कॅाडाधारी, काठमाण्डौ हाल- प्रवास
[४२] कुरा त ठूला अरुका हुन् मैले काम गर्छु, सुनिश्चित मेरा कुरा पाउमा शिर धर्छु । 🌑धन कुमारी रेग्मी चितवन
[४३] चुनाव आयाे सबै दलकाे विकासको नारा घन्कियाे, चुनाव जिती गयाे विकास बजेट गाेजीमा थन्कियाे। 🌑प्रद्युम्न चालिसे भक्तपुर कटुञ्जे ।
[४४] विकास छ ठप्प यहाँ नेता हुँदा हरामखोर, कहिल्यै माखो मार्ने हैनन् अल्छी अनि कामचोर । 🌑बाबुराम गौतम, गुल्मी
[४५] रीत नै यस्तो बसेपछि कसको के लाग्छ, कामचोरको अगाडि नैतिकता नि भाग्छ। 🌑गंगा खड्का बूढानीलकण्ठ , काठमाडौँ
[४६] यस्तो गर्छु उस्तो गर्छु भनेर ठूला कुरा गर्छन् , देशको ढुकुटी रित्याएर आफ्नै भकारी भर्छन् । 🌑सहयात्री शाेभा अर्याल बुटवल , रुपन्देही
[४७] काम बन्दैन पैसामा, बिक्ने मान्छे ठूला भए, दूध के मिल्छ गोठालो, साँढेका गोठमा गए। 🌑रामशरण न्यौपाने,भक्तपुर
[४८] जाली फटाहाको भनाइ कसले सुन्छ, आफ्नो मनले जे देख्छ त्यही गरे हुन्छ । 🌑सुशीला पौडेल
[४९] गफैले सम्मान मिल्छ दाम अनि नाम, सिको उनकै गर्दछु म को गर्छ काम । 🌑शान्ति चन्द पाल धनगढी कैलाली
[५०] सधैँ झुठा भाषणले मात्र देश चलाउनेले के गर्लान् र राष्ट्रकाे हित जनता ढलाउनेले । 🌑दुर्गा भट्टराई मोरङ
[५१] राजनीतिलाई पेसा बनाए लुटेर खाने, जनताले पनि सधैँभरि उस्तैलाई छाने । 🌑सुरेशकुमार पान्डे दाङ घोराही १८
[५२] कुरो र कुलोलाई त जता लगे पनि हुन्छ, कामभन्दा तिम्रा गफले आकाश पनि छुन्छ । 🌑डम्बर थामी ‘अनुपम’ कालिन्चोक गा.पा.-६, दोलखा ।
[५३] यस्तो तालले नि सबै निमुखा गरिब जनताका चुलामा आगो बल्छ ? जसलाई केही गर्लान् कि भनेर पदमा पठायो उसैले बढी छल्छ ! 🌑पवन कुमार बुढाथेाकी काठमाडौं
[५४] काम गर्ने होइनन् ती कुरा गर्छन् ठूला, जुन जोगी आएपनि उहीँ ड्याङ्का मुला । 🌑कोपिला अधिकारी गोरखा सिरानचोक
[५५] लुटेरा नेताले देश कङ्गाल बनाएका, सत्ताकाे लागि छन् विदेशीलाई कनाएका । 🌑राज कुमार राजभण्डारी खाेटाङ्गे मध्यपुर ठिमी ५ सङ्गम काेलाेनी भक्तपुर ।
पञ्चाङ्ग साहित्य समाज नेपाल अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्तापछिको :- भाग ३५ [पैंतीसौँ] ————————————- ” पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार “
विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग पाठशाला मिति:- २०७९/११/२२ र २३ गते समय :- साँझ ८ बजे
पञ्चाङ्ग भनेको पाँच पदिय कविता विधा हो । कसरी लेख्न सकिन्छ ? —————- पुर्ण अनुप्रास र स्थायी अनिवार्य हुनु पर्छ । जस्तै :- उठान:-
✍️कहिले देवता त कहिले धाम हराउँछ [०१] ✍️कंस भेटिन्छ कलियुगमा राम हराउँछ [०२]
तेस्रो लाइनले माथिको शेरलाई बिस्तार गर्नु पर्छ ———————————-
✍️ज्यानै अर्पेर जसले बचायो देशलाई [०३]
माथिको शेरलाई सम्बोधन गरि परिचय खोल्ने ——————————— १,२,३का लाइनलाई जोड दिदै परिणाम दिनुपर्छ
✍️नागरिकताबाट उसैको नाम हराउँछ [०४] ✍️कहिले देवता त कहिले धाम हराउँछ [०५] …………………………………………………………
उदाहरण पञ्चाङ्ग …………………
उदाहरण पञ्चाङ्ग ………………………
कहिले देवता त कहिले धाम हराउँछ [०१] कंस भेटिन्छ कलियुगमा राम हराउँछ [०२] ज्यानै अर्पेर जसले बचायो देशलाई [०३] नागरिकताबाट उसैको नाम हराउँछ [०४] कहिले देवता त कहिले धाम हराउँछ [०५]
💢पुष्पा नेपाल (सुवेदी), इलाम । ……………………………………………………
पञ्चाङ्ग [०१]
घरी जून हराउँछ घरी घाम हराउँछ । कंस भेटिन्छ कलियुगमा राम हराउँछ । ज्यानै अर्पेर जसले बचायो देशलाई , नागरिकताबाट उसैको नाम हराउँछ । कहिले देवता त कहिले धाम हराउँछ ।
✍️पुष्पा नेपाल (सुवेदी), इलाम । ……………………………………………………
पञ्चाङ्ग [०२]
नजर जुधाउन आयौ र त ठाउँ दिएँ मैले। इरादा बुझाउन आयौ र त नाउँ दिएँ मैले। मेरो खुशी भन्नू नै तिम्रो चाहना हो भन्ने बुझ, निवास सुधाउन आयौ र त गाउँ दिएँ मैले।
नसोचेको कुरा तिमीलाई त्यो भाउ दिएँ मैले।
✍️मन्दिरा सेढाई, मलेखु,धादिङ । ………………………………………………
पञ्चाङ्ग [०३]
पढेर पनि झरेको मान्छे हो ऊ । छलेर अघि सरेको मान्छे हो ऊ । खराब सङ्गतको तालमा नाच्दा , आँशु पिएर मरेको मान्छे हो ऊ। दिनहुँ दु:ख गरेको मान्छे हो ऊ ।
✍️प्रभा पोखरेल, हाल काठमाडौं । ………………………………………
पञ्चाङ्ग [०४]
तिम्रो अहमताले उठिबास लाग्ने छ एकदिन। भएको धन दौलत सबै नै भाग्ने छ एकदिन। सम्झना रहोस् महोदय अरूलाई बोल्ने गरेका, त्यहि शब्दहरूले आफैँलाई दाग्ने छ एकदिन। मेरा प्रश्नहरुले नि उत्तर माग्ने छ एकदिन ।
✍️सुशीला पौडेल । ………………………………………………
पञ्चाङ्ग [०५]
आँखाले हेर्छु तर तिम्रो दिलमा राम रहेनछ । खोजी गर्दै हिँडे भेटिने समय गाम रहेनछ । माया गर्दा राम्रो बोलेर त विश्वास भएन हाम्रो, बिसाउन खोज्छु बिसाउने राम्रो ठाम रहेनछ । टेक्ने थिएँ राम्रोसँग त्यो मसँग दाम रहेनछ ।
✍️सोमनाथ लुइटेल “रवि पाल्पाली” ………………………………………………
पञ्चाङ्ग [०६]
लुटमार गर्न जुटेका फुटेर जान्छन् । घर भित्रकै ढुकुटी नै भुटेर जान्छन् । कसले बुझ्ने व्यबहार उनीहरूको सबैको मन र मस्तिष्क लुटेर जान्छन्। नालायकले आफ्नैलाई कुटेर जान्छन्।
✍️सुरेशकुमार पान्डे, दाङ घोराही १८ । ……………………………………………
पञ्चाङ्ग [०७]
मान्छे साँच्चै मान्छे हुने दिन कहिले आउँछ? दुखी देख्दा मन छुने दिन कहिले आउँछ? दिनरात नभनी बटुली, गाँठो पारेको छ, चित्त अघाइ त्यो, फुने दिन कहिले आउँछ? अरुलाई दुख्दा रुने दिन, कहिले आउँछ?
अशुभ समाचार सुन्छु, छानामा काग कराउँछ। जताततै अभावै अभाव भोको राग कराउँछ। कराउँदैछ सडकमै न्याय अन्याय स्वरहरू, तेरो मेरो पदमा असन्तुष्टका भाग कराउँछ। “कारबाही गर” अपराधी फाल्ने माग कराउँछ।
✍️होम प्रसाद नेउपाने, धरान,सुनसरी । ………………………………………………
पञ्चाङ्ग [०९]
अभ्यास गर्दै जादा अवश्य आउँछ यहाँ । खोला होईन तिर्खा जहिले नि धाउँछ यहाँ । जीवन भन्नु यस्तै नै रहेछ यहाँ के गर्ने ? हरेक कुरा जान्न,सुन्न, गर्न मन लाउँछ ।
निमुखाको दु:ख पीडाले नै छाउँछ यहाँ ।
✍️लक्ष्मी घिमिरे दाहाल, झापा । ………………………………………………
पञ्चाङ्ग [१०]
सारा बोट खाने किराहरू । पाए नोट खाने किराहरू । लेक बेंसी सबै सकेपछि, आफैँ चोट खाने किराहरू । अनि खोट खाने किराहरू ।
✍️आर्त अकुलीन, कैलाली । ……………………………………
पञ्चाङ्ग [११] [०१] रातमा जून दिनमा घाम आउँछन्। देश संकट ले गर्दा राम आउँछन् । धर्तीमा भगवान सधैं जन्मेको छन्, मन सम्झ सधैं देव धाम आउँछन्। स्वार्थी चुनावमा नेता गाम आउँछन् । [०२] देशमा बर्बरता को अवस्थाले राम आउँछन् । चहकिला पूर्व उदाएर पश्चिम् घाम आउँछन् । देशमा अस्थिरता ले गर्दा राम आउँन बाध्य , सत्ता खिचातानी गर्छन् खै सुधार्न गाम आउँछन् । जैले नि सत्ताको कुर्सीमा बस्न हराम आउँछन् ।
✍️बेदु न्यौपाने, काठमाडौ ❤️ । ……………………………………………
पञ्चाङ्ग [१२]
हेर्दा सुन्दर देखिने गाउँ मेरो हो। मिलेर बस्ने जनको ठाँउ मेरो हो। हाम्रो नेपालको वर्णन कस्तो गरुँ, त्यही ठाउँमा खेलेको पाउ मेरो हो। काली भनेर बोलाए नाउँ मेरो हो।
✍️कला ढकाल , झापा । ……………………………………………
पञ्चाङ्ग [१३]
काँडाबिच जब गुलाफ फुल्दछ धेरै । प्रकाशमा त्यो सूर्य फूल खुल्दछ धेरै । कठिनाई र सहजताकाे याे जीवन, सङ्घर्षकाे सफलतामा झुल्दछ धेरै परिश्रमको फलमा मन डुल्दछ धेरै।
✍️टीकाराम जाेशी, इमाडोल । …………………………………………
पञ्चाङ्ग [१४]
नानाथरि कुरा गरि आगो बनायौ मलाई । तानेर छिनिने काचो धागो बनायौ मलाई । आपसी मतभेद बढ्नाले द्वन्द सुरु भयो, जिस्काउने गर्नाले नै खागो बनायौ मलाई । एकै ठाउँ उभिने त्यो टाँगो बनायौ मलाई ।
✍️संगिता शर्मा , सिन्धुली । …………………………………………………
पञ्चाङ्ग [१५]
निमूखाको लाठी बन्नु तिमी । आफ्नै पाखा बारी खन्नु तिमी । पसिना बगाऊ यही माटो , यहीँको कमाई गन्नु तिमी । यहीँ अर्ती सबैलाई भन्नु तिमी ।
✍️सुमित्रा पोखरेल, काठमाडौं । ………………………………………
पञ्चाङ्ग [१६]
पत्र लेखेर मात्र हुँदैन नी पठाउन खाम चाहिन्छ। खामको दायाबाया पठाउने पाउनेको नाम चाहिन्छ। पत्रमा बहुत ईमर्जेन्सी कुरा लेखिएको भएपनि, हल्करा दाईलाई हिँडन पनि त तातो घाम चाहिन्छ। हिँडदा हिँडदा थकाई लाग्छ अनि खान माम चाहिन्छ।
✍️मल्ल लक्ष्मी श्रेष्ट,मेची किनार बिर्तामोड झापा । ……………………………………………………………
पञ्चाङ्ग [१७]
नराख भो त्यो दिलभित्र भुले हुन्छ अब। डाली छानी छानी नि कतै डुले हुन्छ अब। तिम्रो मेरो सम्बन्धमा धमिरा लागे पछि, बादल फाटी अर्कैतिर खुले हुन्छ अब। अन्त कतै को बगैंचामा फूले हुन्छ अब।
✍️चेतना पोखरेल, मोरङ । …………………………………………………
पञ्चाङ्ग [१८] [०१] नेताको घैंटोमा अब घाम लागे हुन्थ्यो। यदि घाम नलागे जनता जागे हुन्थ्यो। कति हो सहने राणा शासन यिनका, काम गर्न नसके त अन्तै भागे हुन्थ्यो। बाटो बाटो झोलीमा यिनले मागे हुन्थ्यो। [०२] सोच आउँछ नानाथरी घुरी बसेको छु। आला घाउका टाटाहरु पुरी बसेको छु। तिम्रै तस्बिर समाएर रुने बानी पर्यो, तिमी आउने दोबाटोमा कुरी बसेको छु। सम्झिँदै ति बितेका पल फुरी बसेको छु।
✍️सरिता सेढाइ, धादिङ । …………………………………………………
पञ्चाङ्ग [१९]
आज न्यानो घाम लाग्यो। लुगा सुक्न काम लाग्यो। झरीले दिक्क लाएथ्यो, यो पारिलो ठाम लाग्यो। र पवित्र धाम लाग्यो।
✍️बिबस पारदर्शी , झापा । ……………………………………
पञ्चाङ्ग [२०]
फाटेको भए नि टालो लाउन पर्छ । बर्षदिन भए छानो छाउन पर्छ । बिचल्ली छौ हामी कहिले न्याय हुन्छ , गरिब भएसी मानो पाउनु पर्छ । बाँच्न पनि हामी कति धाउनु पर्छ ।
✍️जानुका गौतम, काठमाडौं । ………………………………………………
पञ्चाङ्ग [२१]
अन्धकार रातपछि त उज्यालो हुन्छ यहाँ । सत्कर्म गर्यौ भने सुखको बाटो छुन्छ यहाँ । भाग्यमा छ भन्दैमा डोकोमा दूध अडिदैन, कर्मशील हातले ठुलो सपना बुन्छ यहाँ । बुद्धि र विवेकले आफ्नो भविष्य चुन्छ यहाँ ।
✍️वीणा रोका , दाङ घोराही । ………………………………………………
पञ्चाङ्ग [२२]
बालपनकाे यो शुद्ध मन । आध्यात्मिक हाे बुद्ध मन । शिकार हुँदा कुसंस्कारकाे , जानेछ बन्दै त्यो रुद्ध मन । दबाएमा हुने युद्ध मन ।
✍️भवानी घिमिरे, सर्लाही । ………………………………………………
पञ्चाङ्ग [२३]
हाँसेर बोल सधैं मायाको के कुरा भयो। गर्मी बढेछ धेरै छायाको के कुरा भयो। बाटो उही हुन्छ सबैको लक्ष्य बोकी हिँड, गर केही त दायाँबायाँको के कुरा भयो । पुरानै निति राम्रो नयाको के कुरा भयो।
✍️सन्जना शर्मा, दाङ लमही । ……………………………………………
पञ्चाङ्ग [२४]
हजुरको बोली कति मीठो सुनुँ सुनुँ लाग्छ । धेरै बोली रहनु भो कान थुनुँ थुनुँ लाग्छ । मौका मिले हाँस्दै खेल्दै बस्न पाए हुने थियो , सँगै बसी मीठा मीठा वार्ता बुनुँ बुनुँ लाग्छ। आँखा कान नाक मुख सबै तुनुँ तुनुँ लाग्छ ।
✍️गुणनिधि घिमिरे, अमेरिका । ……………………………………………………
पञ्चाङ्ग [२५]
नारद जस्तो नबन्नू राम्रो हुन्न हजुर। मानव हो तर पनि मन छुन्न हजुर। सदासयता सहयोग छैन कत्ति पनि, देख्दा त्यस्ता ब्यवहार मन रुन्न हजुर। सकिएला त फाटेेको मन तुन्न हजुर।
✍️तेजप्रसाद खनाल, लमही दाङ। ………………………………………………
पञ्चाङ्ग [२६]
शीतल निवासले आफैँले मात्रै शीतल ताप्नु हुँदैन। सबैलाई समान दिने हो आफैँले मात्र खाप्नु हुदैन। आशा भरोसा सबैले गरेका छन् शीतल निवास माथि, राखिराख्नु पर्छ जन विश्वास यसलाई हाप्नु हुँदैन। देशकोलागि खम्बा बनेर उभिदा खुट्टा काप्नु हुँदैन ।
✍️पशपती राई, खोटाङ । …………………………………………………………………
पञ्चाङ्ग [२७]
तिमीलाई बेहुलीमा बर्काे सजाउँला । सिउँदाेमा सिन्दुरको धर्को सजाउँला। जिन्दगीभरि साथ दिने कसम खाई। बेण्ड बाजा बजाएर घर्काे सजाउँला। सुनको चुरा हातमा अर्को सजाउँला।
✍️प्रविणा पल्लवी, महाेत्तरी । ………………………………………………
पञ्चाङ्ग [२२]
बालपनकाे यो शुद्ध मन । आध्यात्मिक हाे बुद्ध मन । शिकार हुँदा कुसंस्कारकाे , जानेछ बन्दै त्यो रुद्ध मन । दबाएमा हुने युद्ध मन ।
✍️भवानी घिमिरे, सर्लाही । ………………………………………………
पञ्चाङ्ग [२३]
हाँसेर बोल सधैं मायाको के कुरा भयो। गर्मी बढेछ धेरै छायाको के कुरा भयो। बाटो उही हुन्छ सबैको लक्ष्य बोकी हिँड, गर केही त दायाँबायाँको के कुरा भयो । पुरानै निति राम्रो नयाको के कुरा भयो।
✍️सन्जना शर्मा, दाङ लमही । ……………………………………………
पञ्चाङ्ग [२४]
हजुरको बोली कति मीठो सुनुँ सुनुँ लाग्छ । धेरै बोली रहनु भो कान थुनुँ थुनुँ लाग्छ । मौका मिले हाँस्दै खेल्दै बस्न पाए हुने थियो , सँगै बसी मीठा मीठा वार्ता बुनुँ बुनुँ लाग्छ। आँखा कान नाक मुख सबै तुनुँ तुनुँ लाग्छ ।
✍️गुणनिधि घिमिरे, अमेरिका । ……………………………………………………
पञ्चाङ्ग [२५]
नारद जस्तो नबन्नू राम्रो हुन्न हजुर। मानव हो तर पनि मन छुन्न हजुर। सदासयता सहयोग छैन कत्ति पनि, देख्दा त्यस्ता ब्यवहार मन रुन्न हजुर। सकिएला त फाटेेको मन तुन्न हजुर।
✍️तेजप्रसाद खनाल, लमही दाङ। ……………………………………………
पञ्चाङ्ग [२६]
शीतल निवासले आफैँले मात्रै शीतल ताप्नु हुँदैन। सबैलाई समान दिने हो आफैँले मात्र खाप्नु हुदैन। आशा भरोसा सबैले गरेका छन् शीतल निवास माथि, राखिराख्नु पर्छ जन विश्वास यसलाई हाप्नु हुँदैन। देशकोलागि खम्बा बनेर उभिदा खुट्टा काप्नु हुँदैन ।
✍️पशपती राई, खोटाङ । ………………………………………………
पञ्चाङ्ग [२७]
तिमीलाई बेहुलीमा बर्काे सजाउँला । सिउँदाेमा सिन्दुरको धर्को सजाउँला। जिन्दगीभरि साथ दिने कसम खाई। बेण्ड बाजा बजाएर घर्काे सजाउँला। सुनको चुरा हातमा अर्को सजाउँला।
✍️प्रविणा पल्लवी, महाेत्तरी। ………………………………………………
पञ्चाङ्ग [२८]
हाँस्दै वबोल्दै मायाँ लाउँने भावनाकाे गीत रहेछ। सुख,दुख मिल्नु,छुट्नु समयकाे रित रहेछ। शुन्दर शान्त तलाउझैँ कहाँ हुन्छ र जिन्दगानी, आशै आशमा जीवन काट्ने यही जीत रहेछ। कहिले टाढा कहिले नजिक हाम्रो हित रहेछ।
✍️उर्मिला के.शी. ,धनकुटा । ………………………………………………
पञ्चाङ्ग [२९]
माया गर्दा सबै थोका खाने भए यहाॅ। आफ्नै घर छोडी टाढा जाने भए यहाॅ। अचम्मको छ दुनियाॅ बयान के गर्नु, ऑफू जादा इज्यत नि लाने भए यहाॅ। बस्नेले त ठूलै धोका खाने भए यहाॅ।
✍️घनश्याम पौडेल, पोखरा । …………………………………………………
पञ्चाङ्ग [३०]
बिकास निर्माणका ज्ञान सिक्न जानुन्। जन प्रतिनिधि ठुला याेजना झिक्न जानुन्। नेताकाे हैसियत ताैलने बेला अाएकाे छ, गर्भ तुहिएझैँ हैन पुरै अवधि टिक्न जानुन्। जनताकाे मानस पटलमा बिक्न जानुन् ।
✍️सुरेश चन्द्र घिमिरे, लमजुङ । …………………………………………………
पञ्चाङ्ग [३१]
के कति कदम चाल्यौ सिकाइ देउन मलाई ! कसरी जिउन थाल्यौ सिकाइ देउन मलाई ! म पनि तिमिलाई दिलबाट निकाल्न चाहन्छु , तिम्ले कसरी निकाल्यौ सिकाइ देउन मलाई ! टुक्रिएको मन टाल्यौ सिकाइ देउन मलाई !
✍️बुद्धिमान द्नुवार ( सुरुङ्गेली कान्छो ) कनकाई ४ झापा । ………………………………………………
काठमाण्डौँ, साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको ९४ औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ५९ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।
काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।
संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरि मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।
अभ्यासका लागि राखिएको प्रतिनिधि तस्बिर :
अभ्यासमा सहभागी उदक यात्रीका उदकहरू
[१] सहानुभूति मानवता जनियाे उदार हृदय खनियाे ।
ताराप्रसाद चापागाईँ, धुनिबेसी
[२] मानवीयता समान बिचार एकात्मक सुन्दर उद्धार !
बेदु न्यौपाने, काठमाडौँ
[३] मानवता आत्मा परमात्मा सम भावकाे जग !
भवानी घिमिरे, सर्लाही
[४] मानवीय आत्मिक भावना देखियो राम्रो समानता !
सरस्वती श्रेष्ठ, इटहरी
[५] सेवा सेवकको सहारा आफ्नै जिन्दगीलाई टेवा !
मनोज थापा, कैलाली
[६] मानवता अझै पनि सम्झिएँ रहेछ भनी !
सरिता सेढाई, धादिङ
[७] सतकर्म दुबैजनामा बास मानवताको ठूलो रास !
डुकछिरिङ लेपचा, डुपटिन, भारत
[८] मानवता सुखमय संसार भगवान्को अमूल्य उपहार !
म्यामराज राई, भोजपुर
[९] मानवता उदार दिल दयाको सुन्दर झिल !
वसन्त अनुभव, घोराही, दाङ
[१०] चरित्र भन्नु पर्दैन व्यवहारमा देखिन्छ स्पष्ट !
घनश्याम पौडेल, पोखरा
[११] मानवता यस्तै सद्भाव हट्नेछ सारा तनाव !
प्रेम थापा “मन”, बागलुङ
[१२] जिन्दगी एक रथको हुने दुई पांग्रा !
डम्बर थामी ‘अनुपम’ कालिन्चोक गा.पा.-६, दोलखा
[१३] सहयात्रा परेवाको जोडी नङ मासुको सम्बन्ध !
आर्त अकुलीन, कैलाली
[१४] दया अन्तर्निहित सद्गुण मानवियताको साक्षात उदाहरण !
राजाराम रत्गैंया, अमौरा, कैलाली
[१५] मानवता घाम छाया देखियो आपसमा माया !
धनमाया चौधरी, कैलाली
[१६] मानवता देखियो चालमा खुसी भेटियो हालमा !
सविता के.सी., काठमाडौँ
[१७] मानव सबैको सहारा गर्नैपर्ने खान आहारा !
टीकाराम पुन ‘टिपु’, सल्यान
[१८] मानव जिन्दगी चल्दै एकअर्काको बलियो सहारा !
सावित्री अधिकारी
[१९] मानवता आपसी सदभाव आत्मियताले बेरेको व्यवहार !
बुद्धिप्रसाद लामिछाने, कैलाली
[२०] मानवता परिस्थितीलाई हेरेर गर्नपर्छ अरूलाई सहयोग !
प्रदिप नेपाली बिहादी-५, उराम, पर्वत
[२१] नारी देखाउँदै परोपकार मानवको भित्रको संस्कार !
अनुग्रह राना मगर ‘पुष्प’ पाँचखपन नपा-६, संखुवासभा
[२२] जिन्दगी चल्ने चलाउने यही हो काइदा !
अमृत सुवेदी
[२३] सहयात्रा सुख दु:ख जीवनका तितामिठा अनुभव !
चक्र आलेमगर “लाफा”, कैलाली
[२४] मानव चेतनाको वाहक प्रगतिशील बिशिष्ट प्राणी !
विवस पारदर्शी
[२५] दया सहयोगी भावना हुनुपर्छ जरूर मानवमा !
प्रयासी प्रविना पौडेल
[२६] नारी ममताकी खानी कोमलताको आदर्श बानी !
हिमाल अम्मै, घोडाघोडी, कैलाली
[२७] मानव परोपकारी स्वभाव ढुङ्गाको भर माटो !
कमला देवकोटा, काठमाडौँ
[२८] यात्रु रिक्सा चालक वर्षा हुदैछ बाधक !
बालकृष्ण खनाल, टीकापुर
[२९] गरिब खुट्टामा घाउ परिवार पाल्ने साहस !
श्रद्धा आचार्य, पोखरा
[३०] सम्वन्ध फूलको जस्तो दुई मुटुको धड्कन !
कविता आचार्य, कैलाली
[३१] भरोसा आफ्नै नहुने अरुको के विश्वास ?
कृष्ण जोशी, मेरिल्याण्ड
[३२] संर्घष सहयात्री जीवन मिलेर एकअर्काको साहारा !
सरस्वती वली, बर्दिया
[३३] यात्रा बाधक वर्षा दुबैकाे आ-आफ्नै बाध्यता !
नारायणप्रसाद उपाध्याय, कैलाली
[३४] सहयोग यात्रारत नारी बाधा बनेको झरी !
खेमराज पुरी, कैलाली
[३५] करुणा नारी विशेषता सहज गतिशील सांसारिकता!
टीकाराम जाेशी, इमाडोल
[३६] यात्रा हाम्रो सहयोग परस्पर एकले अर्कालाई !
मङ्गला उपाध्याय, बारा
[३७] साथ यात्रामा रथ गुडिरहेको जीवन पथ !
रामप्रसाद पुरी, बादेल, खोटाङ
[३८] मान्छे बुझ्ने मर्म सबैको कल्याण कर्म !
योगेन्द्र भट्टराई, खोटाङ्ग
[३९] मानव अटुट सम्बन्ध सहयोगको अतुलनीय उदाहरण !
समुन्द्रा शर्मा, सुनसरी, इटहरी
[४०] मानवता हृदयमा बास समाजमा छायाे उल्लास !
प्रद्युम्न चालिसे, भक्तपुर
[४१] जीवन सङ्घर्षै सङ्घर्ष कारुण क्रन्दन महाप्रस्थान !
योगेन्द्र जोशी
[४२] मान्छे कर्तव्यमा भिजेर मानवताको छाता ओढाउँदै !
पशपती राई, खोटाङ
[४३] संवेदना मानवीय पुकार परिपक्व चेतनशील संस्कार ।
घर बनाउन पत्थर चाहिन्छ हिलो मुछेर गार्हो लगाउन पानी चाहिन्छ पानी बग्दै पहाडबाट ढुङ्गा कुँदेर गोलो बनाउँछ लाग्छ पानी नै बलशाली छ मसिनो गरी नियाल्दा दुबै अब्बल छन्
दुबै महत्त्वपूर्ण छन् आपसमा जति सङ्घर्ष चले पनि यी दुबै नभई हुन्न यी अलगिन खोजे पनि प्रकृतिले अलग हुनै दिँदैन प्रकृतिले समेत दुबैको अस्तित्व देख्छ महत्त्वपूर्ण मान्छ
त्यसो त धर्तीमा पत्थर नभएको भए पानीको अस्तित्व हुन्थेन होला एकले अर्कोको अस्तित्व स्वीकार गरेमा मात्र प्रकृति खुसी हुन्छिन्
आफ्ना सजीव वा निर्जीव सन्तान प्रकृतिलाई समान लाग्छ हामी मानवले यसको कसरी मूल्याङ्कन गर्नू र ? घर निर्माण गर्दा ढुङ्गाले मात्र घर अडिन्न पानीले मात्र घर ठडिन्न साथमा माटो चाहिन्छ
त्यसैले दुबै र अन्य महत्त्वपूर्ण र बलवान् छन् विद्यार्थी छन् शिक्षकको अस्तित्व छ प्राणी छन् पृथ्वीको अस्तित्व छ मान्छे बस्छन् घरको अस्तित्व छ
आ-आफ्नो ठाउँमा सबै ठुला छन् र महत्त्वपूर्ण प्राणी माटो ढुङ्गा सबै प्रकृतिकै सिर्जना हुन् त्यसैले लाग्छ प्रकृति नै बलिई र ठुली हुन् ।
पञ्चाङ्ग साहित्य समाज नेपाल अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्तापछिको :- भाग ३४ [चौतिसौँ ] ————————————- ” पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार “
विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग पाठशाला मिति:- २०७९/११/२२ र २३ गते समय :- साँझ ८ बजे
नेपालीको महान चाडपर्व मध्य एक फागु पुर्णिामा तथा होलि हिमाल , पहाड र तराईमा मनाइने प्रमुख पर्व हो । त्यसैले फागु तथा होलिको बिषयमा आफ्नो बिचार पञ्चाङ्ग मार्फत परम्परा र संस्कृतिको बारेमा १/१ पञ्चाङ्ग लेख्न हुन अनुरोध गर्दछौँ । …………………………………………………………………… प्रशिक्षक:- …………… गुणनिधि घिमिरे घनश्याम पौडेल तोयानाथ सुवेदी ………………………
भाषा शुद्धीकरण:- ———– जमुना आचार्य भवानी घिमिरे पुष्पा नेपाल सुवेदी
प्रकृति र संस्कृतिको रङ्ग बनाउँछु मैले [०१] यस् पर्वमा विभिन्न रङ्गले जनाउँछु मैले [०२] परम्परालाई जोगाउने हाम्रो कर्तव्य हो [०३] होलि हो ! रङ्गै रङ्गले रङ्ग खनाउँछु मैले [०४] रङ्ग अविर लगाई होलि मनाउछु मैले [०५]
सोमनाथ लुइटेल “रवि पाल्पाली” ……………………………………………………
होलि विषेश पञ्चाङ्ग ***************
पञ्चाङ्ग [०१] [०१] प्रकृति र संस्कृतिको रङ्ग बनाउँछु मैले । यस पर्वमा विभिन्न रङ्गले जनाउँछु मैले । परम्परालाई जोगाउने हाम्रो कर्तव्य हो , होली हो, रङ्गै रङ्गले रङ्ग खनाउँछु मैले । रङ्ग अविर लगाई होलि मनाउँछु मैले । [०२] होलीमा विदेशी पनि दङ्ग हुने भए । होलीमा त सबै कुरा भङ्ग हुने भए । सबैको शरीर रङ्गिन भएकोछ नै , नचिनेको पनि आज सँङ्ग हुनेभए । विभिन्न रङ्ग लगाई तङ्ग हुनेभए ।
✍️सोमनाथ लुइटेल “रवि पाल्पाली” ……………………………………………
पञ्चाङ्ग [०२]
सप्तरङ्ग घोलेर नै होली मनाउनु पर्छ। सम्पूर्ण नेपालीको यो पर्व बनाउँनु पर्छ। पर्वै-पर्वलै रङ्गिएको हाम्रो नेपाल बुझ्नु, इष्ट-मित्र बिच प्रेम-भाव जनाउँनु पर्छ। सोच बिचार गरेर रङ्ग खनाउनु पर्छ।
✍️शिव कुमार रेग्मी, पोखराथोक,पाल्पा । ………………………………………………
पञ्चाङ्ग [०३]
विविध रङ्गसँगै मित्रताको ढङ्गमा। मिलीजुली साथीसङ्गी परेको दङ्गमा। संस्कृति परम्परा मनाउनु बेश हो , एकताको भावना शान्तिपूर्ण रङ्गमा। राग द्वेश मास्नु है होलिकाको सङ्गमा।
✍️गुणनिधि घिमिरे, सूर्यविनायक भक्तपुर । ………………………………………………
पञ्चाङ्ग [०४] [०१] रङ्गको पर्व होली कस्तो होला ? सम्झेर आज भोलि कस्तो होला ? साँघुरो सोच राखी बढ्ने तिमी, रक्तले बग्ने खोली कस्तो होला ? हृदय छेड्ने बोली कस्तो होला ? [०२] जन्मेको धर्तीमा माटोको मायाले बेर्ने मन छ । पुरानो र रुढी सारा परम्परा फेर्ने मन छ । घरमा कुकुर बिराला रमिता गर्छन् आखिरी, फूलको आँखाले फूलको संसार हेर्ने मन छ । सानो सुन्दर बागको तस्बिर केर्ने मन छ ।
✍️आर्त अकुलीन, कैलाली । …………………………………………
पञ्चाङ्ग [०५]
रातै भएर हाेलीकाे रङ्ग लागेको छ। फागुकाे रङ्गकाे उत्सव नै जागेको छ। एक आपसमा सद्भाभ भै राखी खेलौ भाङकाे नसा लुछालुछमा भागेको छ। सबै मिलेर खेल्न समय मागेको छ।
✍️प्रविणा पल्लवी, महाेत्तरी । …………………………………………
पञ्चाङ्ग [०६]
पहाडमा आज भयो तराईमा भोलि होला। यतातिर फागु भन्दा त्यतातिर होली होला। हिमाल पहाड तराई चारैतिर मानिने, कतै एक दुई हुँदा कतै जम्बो टोली होला। सिमसिम पानी परे इन्द्रेणीको खोली होला।
✍️घनश्याम पौडेल, पोखरा । …………………………………………………
पञ्चाङ्ग [०७] [०१] होलीले रङ्गियोस् चोली मेरो । लालीत्य होस् सधैँ बोली मेरो । जबर्जस्ती दल्न हुन्न रङ, मित्रताको बन्यो टोली मेरो । प्रेमले भरियो झोली मेरो । [०२] होलीले रङ्गाइ दियोस् चोली मेरो । लालित्यले भरियोस् सधैँ बोली मेरो । जबर्जस्ती दल्न हुन्न कसैले रङ, प्रणयको प्रतीक बन्यो टोली मेरो । मनोत्सवले भरियो झोली मेरो ।
✍️वीणा रोका, घोराही दाङ । ……………………………………
पञ्चाङ्ग {०८}
रमाइलाे गराै कर नगराैँ। अरुले खेल्ने भर नगराैँ। हाेली इच्छारुपि खेल हाे, रङ् खेल्न त रहर नगराैँ। नखेल्नेलाइ नि पर नगराैँ ।
✍️मधुसूदन प्रसाद घिमिरे, काठमाडौं । ……………………………………………
पञ्चाङ्ग [०९]
जीवनमा सप्तरङ्ग घाेली आओस् । प्रेम सद्भाव बाेकेर हाेली आओस् । लानु के नै छ र मरेर परम , धाममा धर्मकाे भरी झाेली आओस् । पाप पखाल्ने नै द्वार खाेली आओस् ।
होली पुर्णिामा मा ति थरीथरीका रङ्ग जनाउँ हामी । संस्कार संस्कृति मान्दै जीवन रङ्गिन बनाउँ हामी । हिमाल पहाड तराई सबैमा होली खुसीले मनाउँदै छन् , वसन्त ऋतु आगमन रङ्गिन होली मनाउँ हामी । सबैमा सद्भावले प्रेमको होली रङ्ग खनाउँ हामी ।
आउ खेलौं मधेस पहाड कोस्यालि होली। मिलेर हामी सबै अखण्ड दिव्यालि होली। कुनै-कुनै बहाना अवस्य हुन्छ खुसीका, सबै जाती मेलेर खेलौं न सिँयाली होली। मनाउँ एकताको ज्वोत हो दियालि होली।
✍️सुरेशकुमार पान्डे, दाङ घोराही १८ । ………………………………………………
पञ्चाङ्ग [१२]
सधैं रङ मात्रै पो दल्न आउँछ होली। रङैरङ दलेर चल्न आउँछ होली। दलेर रङ बद्लेन जीवन कहिल्यै , उही अग्नि ज्वालामा जल्न आउँछ होली। उस्तै अन्याय सधैं फल्न आउँछ होली।
✍️पशपती राई, खोटाङ । ……………………………………………
पञ्चाङ्ग [१३] [०१] पर्व हाेली राम्रो । रङ्ग घाेली राम्रो । नाचौँ रमाउदै, दिल खाेली राम्रो । प्रित झाेली राम्रो । [०२] वसन्त तिमी ओर्लेर आउँदा यहाँ । शिशिर लुक्छे उमंग छाउँदा यहाँ । असत्यको प्रतीक हाेलिका जलाई, हर्षका गाथा जनले गाउँदा यहाँ । रङ्गियाे जगत पर्व पाउँदा यहाँ । [०३] वसन्तको बहार आएर धरा हेर्न थाल्यो । बाेट बुट्यानमा रङ्ग चढी रूप फेर्न थाल्यो । रमाए डालीमा चरा बचरा आफ्नो लाेलीमा , प्रेमिल भावमा लहराले रूख बेर्न थाल्यो । मसी चाेपेर कवि मन कविता केर्न थाल्यो ।
✍️भवानी घिमिरे,सर्लाही । …………………………………………………
पञ्चाङ्ग [१४]
वसन्तकाे बहारसँगै हाेली पर्वमा रङ्ग छायाे। साथी भाइ मेलमिलापमा अचम्मकाे ढङ्ग छायाे। यसरी मनका उरारेर रमाउँदा राम्रो हुन्छ, बर्षभरिकै खुशी दिवस साथीहरू सँग छायाे। बाजा बजाई हाँसी खुशी मनाउँदामा दङ्ग छायाे।
✍️धन कुमारी रेग्मी, चितवन । ………………………………………………………
पञ्चाङ्ग [१५] [०१] खेल्दै सप्तरङ्गसभग होली मनाउँनु पर्छ। हामीले महत्वपूर्ण पर्व बनाउँनु पर्छ । अनगिन्ती पर्वै-पर्वले पूर्ण हाम्रो देश हो , आफ्ना अरु बिच प्रेम-भाव जनाउँनु पर्छ । रङ्गको होली सोचेर नै रङ्ग खनाउँनु पर्छ । [०२] बधाईको लर्को खानेलाई के थाहा जनताको नुनको पीडा यहाँ। सितलहरको बेला कम्मल खातमा के थाहा उनको पीडा यहाँ। अचानोको पीरलाई खुकुरीले कहिले पो बुझेको हुन्छ आखिर ? थुनिलो हुँदाको दुखाई दुवारेलाई के थाहा थुनको पीडा यहाँ। चम्किलो खाध्य खानेले के थाहा गरिबले खाना घुनको पीडा यहाँ।
✍️दुर्गा रिजाल आचार्य, मोरङ । ……………………………………………………………………
पञ्चाङ्ग [१६] [०१] बर्षदिनको चाड हो होली रङ्ग खेल्नुपर्छ। आऊ हामीहरू साथै साथीसँग खेल्नुपर्छ। अङ्ग अङ्ग भिजाइ हामीले रमाउँनु पर्छ, त्यो तन यो मन रङ्गसँग अङ्ग खेल्नुपर्छ। आऊ पारेर दुनियाँ पुरै दङ्ग खेल्नुपर्छ। [०२] रङ्गिन पल यो कमाउँन आऊ। पिच्कारी बेलुन समाउन आऊ । चाड रङ्गको उमंगको यहीँ हो, होलीमा रङ्ग लौ जमाउन आऊ। मिली साथी सङ्गी रमाउँन आऊ।
हाम्रो पर्व होली सबैले मनाऊँ। मधेँसीका भोलि सबैले मनाऊ। आफन्त मिलेर रमाइलो गर्दै, आ आफ्नो टोली सबैले मनाऊ। रङ्गको झोली सबैले मनाऊ ।
✍️भगवती दवाडी, दमक झापा । ………………………………………………
“पञ्चाङ्ग [१८]
रङ र खुशी लिएर आयाे पर्व होली आऊ। हिमाल,पहाड आज तराईमा भाेलि आऊ। सबै छन् दङ्ग फागुपुर्णिमा नै आउँदछन् , विभिन्न रङ्गहरुले भरेर त्यो झोली आऊ। संस्कृति जोगाउँदै खेलौ है मन खोली आऊ।
✍️नानीबाबा अधिकारी, हाल अस्ट्रेलिया । ………………………………………………
पञ्चाङ्ग [१९]
सप्तरङ्ग घोली होली मनाउँनु पर्छ। फागु पूर्णिमा रङ्गीन बनाउँनु पर्छ। होलीको सबैलाई शुभकामना दिन्छु, आपसमा सद्भाव जनाउँनु पर्छ। आपसमा मिली रङ्ग खनाउँनु पर्छ।
✍️सुशीला पौडेल । …………………………………………
पञ्चाङ्ग [२०]
सद्भावका साथ रङ्गको हाेली मनाउँनु पर्छ । आपसी मेलमिलापमा एक जनाउँनु पर्छ । सधैभ सहज बनाउँनुपर्छ संस्कार संस्कृति , हिमाल पहाड तराई एकै बनाउँनु पर्छ । ईच्छा हुनेलाई मात्रै यो रङ्ग खनाउवनु पर्छ ।
✍️दुर्गा भट्टराई, मोरङ । ………………………………………………
पञ्चाङ्ग [२१]
गर्नु भन्छन् सानैदेखि असल मान्छेको सङ्गहरु राम्रो। धेरै फल लिन ठाउँ बनाउँनुपर्छ दङ्गहरू राम्रो । बाली र सन्तान सपार्नलाई चाहिन्छ ठाउँ र सङ्गत, चाहान्छन् सबै भएका आफन्तहरूले ढङ्गहरू राम्रो। सानादेखि ठूला सम्मलाई मन पर्ने रङ्गहरु राम्रो ।
होली पर्व रमेर मनाऊ सबैले । मैत्री भावको पर्व जनाऊ सबैले। आपसी सद्भाव बढाई एक अर्कामा, सोच विचार गरी रङ्ग खनाऊ सबैले। शुद्ध समृद्धिको सोच बनाऊ सबैले ।
✍️सरस्वती श्रेष्ठ, इटहरी । …………………………………………
पञ्चाङ्ग [२३]
हाेली लाै अायाे रङ्गको पर्व याे। सबैले मान्ने खुसीको गर्व याे। विविध संस्कृति अनेक जाती, पुस्ता पुस्ता विच गराैँ सर्व याे। रङ्गको छ रङ्गिलाे अणर्व याे।
✍️शाेभा आचार्य गाैतम, काठमाडौँ । ……………………………………………
पञ्चाङ्ग [२४]
विविध रङ्गसंगै रमाउँनु राम्रो । आफ्नो परम्परा त समाउँनु राम्रो। संस्कृतिको नाममा छाडा बन्नु हुन्न, राष्ट्रिय स्वाभिमान कमाउँनु राम्रो। आपसमा मित्रता जमाउँनु राम्रो।
✍️सरिता सेढाई, धादिङ । …………………………………………
पञ्चाङ्ग [२५]
रमाइलो पर्व हाेली हजुर। तराईकाे पनि भाेलि हजुर। खुसी नै भएर मनाऊ हामी, खेलाैन दिल नै खाेली हजुर। विभिन्न रङ्ग त्यो घाेली हजुर।
पञ्चाङ्ग [२६] [०१] रम्ने हो पर्व होलीमा अब । जमौँ गुनिलो बोलीमा अब । भट्किलो शैली छोडेर हामी, खोजौँ संस्कृति झोलीमा अब। मिलेर चढौँ डोलीमा अब। [०२] बाहिर ठिक्क भित्र दिक्क हुनु हुँदैन हामी। दु:ख पर्दा बसेर एक्लै रुनु हुँदैन हामी । अनुपम सौन्दर्य हुन् सुखदु:ख जीवनका , बुझ्दा बुझ्दै दु:खमा हात धुनु हुँदैन हामी । अरुको प्रगतिको पर्दा छुनु हुँदैन हामी ।
✍️प्रभा पोखरेल, हाल अमेरिका । ………………………………………
पञ्चाङ्ग [२७]
सँधैभरिको माया उति नै मेरो देशको । जति हेर्यो उति राम्रो सेरोफेरो देशको । सबै कुरा हराउँदा बचियो जस्तो लाग्छ। काट्नु पर्छ अब गएर घेरो देशको । कर्तव्य सबैको हुँदैन मेरो तेरो देशको ।
✍️सन्जना शर्मा, दाङ लमही । ……………………………………………
पञ्चाङ्ग [२८]
रङ्गको पर्व होली रे। नराख रङ्ग झोली रे। सबै मिली खेलिन्छ, नभन साथी भोली रे। खेलौ मन खोली रे।
✍️सुमित्रा पोखरेल, काठमाडौं । …………………………………
पञ्चाङ्ग [२९]
पावन यो मासमा आउँने पर्व होली। पुर्व देखि पश्चिम छाउँने पर्व होली। देखिन थाल्योअब रङ्गको वर्षापनि , गाला राता बनाई गाउँने पर्व होली । सद्भाव , सदाचार पाउँने पर्व होली।
✍️सीता शर्मा पन्थी, बिरगंज । ……………………………………
पञ्चाङ्ग [३०]
भोलीको कुरा के हुन्छ ? आज होलि मनाइयो । साच्चै यसपालि दिल खोली-खोली मनाइयो । सङ्गी साथीसँग भेटघाट गरेर रम्दै छौँ , भिजाउँदै रङ्गाउँदै रङ्ग घोलि मनाइयो । असत्य मार्गि होलिकालाई पोलि मनाइयो ।
✍️कला ढकाल , झापा । ………………………………………………………
पञ्चाङ्ग [३१]
छोरीको बिवाहा भन्ने गरौँ कन्याको दान हैन । लैङ्गिक समानता व्यबहारमा होस् ज्ञान हैन। आजैदेखि हामी विभेद र हिंसाको अन्त्य गरौँ , सम्मान उच्च राखौँ नारीको शब्दमा मान हैन। नारी बिलासिता पुरुषको सृष्टि बाहान हैन ।
✍️पुष्पा नेपाल (सुवेदी), इलाम । ……………………………………………………
पञ्चाङ्ग [३३]
जीवन भर अन्यायको जाॅतो पिस्नु पर्छ । काम बनाऊन ठूलाकै पाऊ मिच्नु पर्छ । हुतिहारा धेरै भो जताततै आजकल , पेटभर खाना खानेले हैंन घिच्नुपर्छ। न्याय अन्यायको जीवन चक्र मिच्नु पर्छ।