• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: मुख्य खबर

क्षेत्रीय समन्वय समिती ताबुकको नवनिर्वाचित अध्यक्षमा नर बहादुर खतिवडा ।

  • ७ जेष्ठ २०८०, आईतवार १९:१० मा प्रकाशित
  • गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति साउदी अरेबिया अन्तर्गत रहेको , क्षेत्रीय समन्वय समिती ताबुकको छैटौँ अधिवेशन ऎतिहासिक, उत्कृष्ट, भव्य र सव्य रुपमा श्रमिक अन्तरक्रिया कार्यक्रमका साथै विविध सास्कृतिक कार्यक्रम सहित सु-सम्पन्न भएको छ।

    अधिवेशनबाट २०२१-२०२३ कार्यकालको समितिलाई बिगठन गर्दै नयाँ कार्य समिति चएन भएको छ ।
    ताबुक आस पासका सबै क्षेत्रका श्रमिकका समस्या , सुन्वाई र सम्बोधन होस भन्ने हेतुले विभिन्न स्थानका नेपाली प्रबासीहरुलाई उक्त स्थानको प्रतिनिधित्व हुने गरि समितिमा समाबेस गर्नुका साथै बिगतका समितिका केही पदाधिकारी ज्युहरुलाई निर्वाचन समिती द्वारा निर्विरोध चयन गर्दै अधक्ष्यमा श्री नर बहादुर खतिवडा लगाएत २ जना महिला सदस्य सहित १९ सदस्यीय २०२३-२०२५ कार्यकालका लागि नयाँ कार्य समिती चयन गरियोको थियो।

    नवनिर्वाचित कार्यसमिति


    क्षेत्रीय समन्वय समिति ताबुक द्वारा राष्ट्रिय परिषदका अध्यक्ष श्री डम्बर यादव, मध्य पूर्व संयोजक श्री जोन अर्याल लगाएत सिंगो एनआरएनए परिवार र यस RCC ताबुकका सम्पुर्ण कार्य समितिका पदाधिकारी तथा उपाध्यक्ष तथा क्षेत्रीय समन्वय समिती ताबुकका सल्लाहकार श्री अर्जुन थापा र NRNA NCC साउदी अरबका पूर्व उपाधक्ष्य र हाल सल्हाकार साथै RCC ताबुकका संस्थापक तथा बरिस्ट सल्लाहकार श्री भक्त हमाल प्रती हार्दिक आभार प्रकट गरेको थियो ।

    Posted in अन्तर्राष्ट्रिय, मुख्य खबर, समाजLeave a Comment on क्षेत्रीय समन्वय समिती ताबुकको नवनिर्वाचित अध्यक्षमा नर बहादुर खतिवडा ।

    अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज साउदीले ५औ बर्षगाँठ मनाउने।

  • ७ जेष्ठ २०८०, आईतवार १८:५३ मा प्रकाशित
  • अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज साउदीले अरबले विशेषगरी मुस्लिम धर्मावलम्बीहरुको महान चाड बक्रीइदलाइ मध्य नजर गर्दै साउदी अरबको अलखोबर स्थिति क्लासिक रेस्टुरेन्टमा आगामी जुन २८ तारिखमा आफ्नो पाचौं बार्षिक उत्सव मनाउने भएको छ।

    मातृभूमिका लागि विश्वभरिका रोल्पालीहरु गोलबद्ध होऔ भन्ने नाराका साथ गरिने उक्त कार्यक्रममा‌, कार्यक्रमको उपलक्ष्यमा बम्पर उपहार तथा विविध सास्कृतिक कार्यक्रम आयोजना पनि गरिने बताइएको छ।

    सो कार्यक्रममा उपस्थित भइदिन हुन अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज साउदी अरबले आग्रह गरेको छ ।

    Posted in अन्तर्राष्ट्रिय, मुख्य खबर, समाजLeave a Comment on अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज साउदीले ५औ बर्षगाँठ मनाउने।

    पोर्चुगलमा सुतेकै ठाउँमा मृत भेटिए नेपाली युवक

  • ७ जेष्ठ २०८०, आईतवार १०:३५ मा प्रकाशित
  • लिस्बन : वैदेशिक रोजगारीको सिलसिलामा आठ महिनाअघि पोर्चुगल आएका एक नेपाली युवकको मृत्यु भएको छ। बाँकेको खजुरा गाउँपालिका–१ चन्द्रनगरका ३३ वर्षीय गणेशमान साराङकोटीको गत शुक्रबार सुतेकै अवस्थामा मृत्यु भएको हो।

    साराङकोटीको पोर्तीमाउस्थित आफ्नै कोठामा सुतेकै अवस्थामा निधन भएको गैरआवासीय नेपाली संघ पोर्चुगलका अध्यक्ष रविन अधिकारीले जानकारी दिए। बिहीबार राति कामबाट आएर सुतेका उनी शुक्रबार बिहान ओछ्यानमै मृत भेटिएको अध्यक्ष अधिकारीले बताए।

    साराङकोटी पोर्तीमाउस्थित एक होटलमा कार्यरत थिए। विगत आठ वर्षदेखि घर नगएका उनी रोजगारीकै सिलसिलामा दुबई–माल्टा हुँदै आठ महिनाअघि पोर्चुगल आएका थिए । उनको शव पोर्तीमाउस्थित अस्पतालको शवगृहमा राखिएको छ।

    परिवारको आग्रहमा उनको शव नेपाल पठाउने तयारी भइरहेको अध्यक्ष अधिकारीले बताए। उनले शव पठाउनका लागि रकम संकलन शुरु गरिएको भन्दै सहयोग गर्न पोर्चुगलमा रहेका नेपाली समुदायसँग आग्रह गरे।

    Posted in अन्तर्राष्ट्रिय, मुख्य खबरLeave a Comment on पोर्चुगलमा सुतेकै ठाउँमा मृत भेटिए नेपाली युवक

    एनआरएनए आरसिसि जेद्दाले ८औं महाधिवेशन गर्दै

  • ६ जेष्ठ २०८०, शनिबार १७:१३ मा प्रकाशित
  • समर्पण रम्जान

    २० मे २०२३, सनिवार ! गैर आवासिय नेपाली संघ साउदी अरबको मातहतमा रहेको क्षेत्रिय समन्वय समिति जेद्धाले आफ्नो आठौँ महाधिवेशन तथा श्रमिक अन्तरक्रिया” कार्यक्रम आग
    मी मे २६ तारिख शुक्रबारको दिन गर्ने भएको छ ।

    जेद्दा क्षेत्रीय समन्वय समितिले २०२३-२५ कार्यकालका लागि गर्न लागिएको महाधिवेशन सम्बन्धि सूचना जारी गर्दै नयाँ कर्यकालको समितिमा रहेर निस्वार्थ समाज सेवा गर्न ईच्छुक नेपाली दाजुभाई तथा दिदिबहिनीहरुलाई गत मिती २०२३ मे १९ तारिख शुक्रबार राती ११.५९ बजे सम्म आफ्नो उम्मेदवारी निर्वाचन समितिको ईमेल (ecnrnarccjeddah@gmail.com) मा  पठाउन समेत अनुरोध गरेको थियो  ।
    उक्त अधिवेशन सुसम्पन्न गर्नका लागि एनआरएनए साउदि अरबका उपाध्यक्ष राज कुमार गिरीको संयोजकत्वमा, भिम गुरुङ, रामराधा घिमिरे, केशव सिंह, र बिष्णु रावल गरि पाँच सदस्य निर्वाचन समिति चयन गरेको छ ।

    साथै अधिवेशनका साथमा श्रमिक अन्तर्कृया पनि गरिने भएकोले उक्त कार्यक्रम सम्पन्न गर्नका लागि साउदी अरबको पश्चिमी क्षेत्रमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाई तथा दिदिबहिनीहरुलाई कार्यक्रमा उपस्थितिका लागी निमन्त्रणा समेत गरेको छ ।
    कार्यक्रम जेद्दा स्थित  सरफियाको लक्की दरबार रेष्टुरेन्टमा दिनको १२:३० बजे देखि सुरू हुने छ l

    Posted in अन्तर्राष्ट्रिय, मुख्य खबर, समाजLeave a Comment on एनआरएनए आरसिसि जेद्दाले ८औं महाधिवेशन गर्दै

    नेपाल एअरलाइन्सले १२ हजार ७ सय रुपैयाँमै मलेसिया–भैरहवा उडाउने

  • ५ जेष्ठ २०८०, शुक्रबार १४:३२ मा प्रकाशित
  • काठमाण्डौ – राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एअरलाइन्स) ले यही जेठ २९ गतेदेखि भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान सुरु गर्ने भएको छ । त्यस अवसरमा निगमले मलेसियाबाट प्रवर्द्धनात्मक भाडादर १२ हजार सात सय रुपैयाँ कायम गरेको छ । यो मलेसियाबाट भैरहवा उडानका लागि मात्र हो ।

    ‘नेपाल एअरलाइन्सले भैरहवा–मलेसिया र मलेसिया–भैरहवा–काठमाण्डौ रुटमा यही जेठ २९ देखि उडान सुरु गर्दैछ, त्यस अवसरमा मलेसिया–भैरहवा–काठमाण्डौका लागि अत्यन्तै सस्तो शुल्कमा टिकट उपलब्ध गराएका छौँ’, निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिनुभयो ।

    उहाँका अनुसार मलेसिया–भैरहवाका लागि १२ हजार सात सय र मलेसिया–भैरहवा–काठमाण्डौका लागि १४ हजार सात सय २० रुपैयाँ भाडादर कायम गरिएको छ । निगमले मलेसियाको जोहोरबारुबाट क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलसम्म आवतजावत गर्न चाँडै नै शटल बसको व्यवस्था गर्ने उहाँको भनाइ छ ।

    निगमको उडान तालिकाअनुसार टिकट बुकिङ खुला भइसकेको छ । भैरहवाबाट अहिले निगमले हप्ताको एक उडानबाट सुरु गर्ने र बजारको माग तथा निगमको बजार व्यवस्थापनअनुसार अन्य गन्तव्यमा समेत उडान गर्नेछ ।

    राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत निर्माण भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान तदारुकताका साथ गर्नका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँगको समन्वयमा निगम व्यवस्थापनले विशेष पहल गरी उडान सुरु गर्ने निर्णय गरेको निगमले जनाएको छ ।

    निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीसहितको टोलीले भर्खरै गरेको मलेसिया भ्रमणमा सिभिल एभिएसन अथोरिटी मलेसियाका निर्देशकसँग मलेसियाबाट भैरहवा नियमित उडानसम्बन्धी विविध पक्षमा छलफल गरेको निगमले उल्लेख गरेको छ ।

    Posted in अर्थ, मुख्य खबरLeave a Comment on नेपाल एअरलाइन्सले १२ हजार ७ सय रुपैयाँमै मलेसिया–भैरहवा उडाउने

    पञ्चाङ्ग लेखन अभ्यास शृङ्खला भाग- ४४

  • ५ जेष्ठ २०८०, शुक्रबार ०८:३९ मा प्रकाशित
  • पञ्चाङ्ग साहित्य समाज नेपाल अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्तापछिको :- भाग ४४ [चवालिसौँ] ————————————-
    ” पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार “

    विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग पाठशाला मिति:- २०८०/०२/०३ गते  समय :- साँझ ८ बजे ।

    भ्रष्टाचार विरुद्ध पञ्चाङ्ग लेखेर सदनमा हाल भैरहेको अवस्थालाई  उजागर गर्न र जनता सामुन्ने पञ्चाङ्गद्वारा अनुभुती  गराउन १/१पञ्चाङ्ग लेख्न हुन अनुरोध छ ।
    ……………………………………………………………………
    प्रशिक्षक:-
    ……………
    गुणनिधि घिमिरे
    घनश्याम पौडेल
    तोयानाथ सुवेदी
    ………………………

    भाषा शुद्धीकरण:-
    ———–
    जमुना आचार्य
    भवानी घिमिरे
    पुष्पा नेपाल सुवेदी

    सङ्कलक :-
    ———-
    दुर्गा रिजाल आचार्य

    संयोजक:-
    =====
    सोमनाथ लुइटेल “रवि पाल्पाली” ======================

    अक्षर सङ्ख्या:- आफूखुसी [बराबरी]

    अनुप्रास :-  आफुखुसी

    स्थायी :- आफूखुसी
    ………………………………………………

    पञ्चाङ्ग संरचना
    …………………

    पञ्चाङ्ग भनेको पाँच पदिय कविता विधा हो ।
    कसरी लेख्न सकिन्छ ?
    —————-
    पुर्ण अनुप्रास र स्थायी अनिवार्य हुनु पर्छ ।
    जस्तै :-
    उठान:-

    ✍️आफै जान्ने आफै सुन्ने भ्रष्ट भयौ हाम्रा नेता[०१]
    ✍️बोल्दा  कुरा पूरा  हुन्न  कता गयौ हाम्रा नेता[०२]

    तेस्रो लाइनले माथिको शेरलाई बिस्तार गर्नु पर्छ
    ———————————-

    💢सदनलाई कब्जामा राखी काण्ड गर्दै आयौ [०३]

    माथिको शेरलाई सम्बोधन गरि परिचय खोल्ने
    ———————————
    १,२,३का लाइनलाई जोड दिदै परिणाम दिनुपर्छ

    ✍️सुन काण्ड  गर्नेलाई  कता  लयौ हाम्रा नेता[०४]
    ✍️गाउँदेखि  भ्रष्टाचार  गर्ने  सयौं  हाम्रा  नेता[०५]

    ४, ५ ले पञ्चाङ्गको निष्कर्ष दिनुपर्छ ।
    …………………………………………………………

    उदाहरण पञ्चाङ्ग  

    ✍️आफै जान्ने आफै सुन्ने भ्रष्ट भयौ हाम्रा नेता।
    ✍️बोल्दा  कुरा पूरा  हुन्न  कता गयौ हाम्रा नेता।
    💢सदनलाई कब्जामा राख्ने काण्ड गर्दै आयौ,
    ✍️सुन काण्ड  गर्नेलाई  कता  लयौ हाम्रा नेता।
    ✍️गाउँदेखि  भ्रष्टाचार  गर्ने  सयौं  हाम्रा  नेता।

    ✍️सोमनाथ लुइटेल “रवि पाल्पाली” पाल्पा
    हाल बर्दिया ।

    …………………………………………………………

    पञ्चाङ्ग   [०१

    छन्द : अद्रितनया (२३।३८६१४२४ पिङ्गल)
    लक्षण: नजभजभा जभौ लघुगुरू बुधैस्तु गदितेयमद्रितनया ।
    गण:         न      ज     भ      ज     भ      ज    भ     ल    गु
    सङ्केत :  ।।।    ।ऽ।    ऽ।।   ।ऽ।    ऽ।।   ।ऽ।   ऽ।।  ।     ऽ
    वर्ण:२३,         यति:  ७, १३  र २३ अक्षरमा  ।

    पञ्चाङ्गहरू
    ………………
    [०१]
    सुन सिक मित्र हो, अब त सीपको, अटल ज्ञान अर्थ सब त्यो ।
    जनप्रिय बन्छ है,सकल कर्मको, सबल ध्यान अर्थ सब त्यो।
    नरजन सीप  मै, प्रगति  हुन्छ त्यो, अबल उच्च साथ छिन मै,
    जन हित हुन्छ है, मुलुकको यहाँ, परम सान अर्थ  सब त्यो ।
    सुन अब मन्त्रको, अकल ज्ञान यो, जनम मान अर्थ  सब त्यो
    [०२]
    युगयुग  चल्छ है, रहर यत्नको, सबल  सीप  हुन्छ त  जहाँ ।
    भरसक चल्छ है, कहर जिन्दगी, सबल खीप हुन्छ त जहाँ ।
    निप थुम भूमि त्यो, रहर  अन्नको,अवनि मिल्छ  ज्ञान  सगर,
    लहलह  हुन्छ है, सगर भूमिको, जमिन  नीप  हुन्छ त जहाँ ।
    सब सिप  लाउनू, बगर  मात्रमा, उदित दीप  हुन्छ त  जहाँ ।
    [०३]
    छ सिप प्रयत्नको, रहर भित्रको, मुलुक दीप बाल्नु छ यहाँ ।
    हरपल देशको, कहर छेड्न त्यो, कदम धेर चाल्नु छ  यहाँ ।
    कृषिस्थल कर्मको, जहर भेड्नमा,अब बजेट राख्नु न अहो ,
    छ चुसक शत्रुको, अब देशको, कठघरा नि   हाल्नु छ यहाँ ।
    सब जन मात्रको,सुखशान्तिले, मुलुकभित्र  पाल्नु छ यहाँ ।

    ✍️राजेन्द्रकुमार  बज्राचार्य, ललितपुर ।
    …………………………………………………

    पञ्चाङ्ग   [०२]

    गनाउँदै हिँड्छन् ठूलो भुँडी पारी हाम्रो नेता।
    यो  देश र जनता खाल्डोमा झारी हाम्रा नेता।
    छैन-अलिकति पनि मनाम लाज घिन को,
    अगाडि बढेकाछन् जनता मारी हाम्रा नेता।
    घुसको लागि त के सारो लाचारी  हाम्रा नेता।

    ✍️सरस्वती श्रेष्ठ, इटहरी ।
    ……………………………………………………………

    पञ्चाङ्ग   [०३]

    स्वादिष्ट आटो देश मेरो हो ।
    सिक्काको पाटो देश मेरो हो ।
    जिन्दगी न हो उकालो अनि,
    ओरालो बाटो देश मेरो हो ।
    जन्मेको माटो देश मेरो हो ।

    ✍️आर्त अकुलीन, कैलाली ।
    …………………………………………………………

    पञ्चाङ्ग   [०४]
    [०१]
    आफै जान्ने आफै सुन्ने भ्रष्ट भयौ हाम्रा नेता।
    बोल्दा  कुरा पूरा  हुन्न  कता गयौ हाम्रा नेता।
    सदनलाई कब्जामा राख्ने काण्ड गर्दै आयौ,
    सुन काण्ड  गर्नेलाई  कता  लयौ हाम्रा नेता।
    गाउँदेखि  भ्रष्टाचार  गर्ने  सयौं  हाम्रा  नेता।
    [०२]
    काम  भन्दा  कुरा बढी  गर्ने ल्याइयो हामीले नेता।
    राम्रो-राम्रो  कुरा  गर्दा  गीत  गाइयो  हामीले नेता।
    सदनलाई कब्जामा राख्ने काण्डै काण्ड गर्दै आयौ,
    राम्रो  काम  गर्नेलाई  कति धाइयो  हामीले   नेता।
    खातैखात  भ्रष्टाचार  गर्ने   पाइयो  हामीले   नेता।

    ✍️सोमनाथ लुइटेल “रवि पाल्पाली” पाल्पा
    हाल बर्दिया ।
    …………………………………………………………

    पञ्चाङ्ग   [०५]
    [०१]
    बिना काम संसदमा कराउनु भयो।
    तोपे बाले  बेकारमा हराउनु भयो।
    ढिलोचाॅडो धुरीबाट पाप कराउॅछ,
    सुकुम्बासी नाम लिॅदै डराउनु भयो।
    सम्पत्तिले भकारी नै भराउनु भयो।
    [०२]
    बिरोधका शैली पनि थरि थरि भए।
    एक पल्ट भए हुन्थ्यो घरि घरि भए।
    सानो निहुॅ हुनु हुन्न आन्दोलन हुन्छ,
    कहिले त आन्दोलन बर्षै भरी भए।
    कुनै राम्रा कुनै  देखाबटी सरी भए।

    ✍️घनश्याम पौडेल, पोखरा ।
    …………………………………………

    पञ्चाङ्ग   [०६]

    शान्तिय  प्रिय भए पनि  हाम्रो देश।
    बिखण्डित  हुँन थालेको राम्रो  देश।
    उठाउँछन् झण्डा धेरैले भिन्दा भिन्दै,
    बनाउँन  खोजे  दुष्टले  चाम्रो   देश।
    सुगौली सन्धिपछि भयो साम्रो देश।

    ✍️सुरेशकुमार पाण्डे दाङ घोराही १८
    …………………………………………

    पञ्चाङ्ग   [०७]

    सेतै फुलेर नि फल्न चाहिँ  कहिल्यै नजान्ने कस्तो दारी यो।
    न  त  बुद्धि आउँछ न  विवेक किन पालेको यत्रो भारी यो।
    मुखले चाहिँ  मीठो भाषण दिने  कर्तुत भित्र अर्कै पाल्ने,
    पहेंलो  वस्त्र  धारण  गर्ने  अनि भट्टी  छिर्ने कस्तो धारी यो।
    आफैं  बेचिइएर  नि  फेरि  देशै  बेच्ने कस्तो भ्रष्ट चारी यो।

    ✍️पशपती राई, खोटाङ ।
    …………………………………………………………………

    पञ्चाङ्ग   [०८]
    [०१]
    देशमा काण्डै काण्ड चलाउने नेता ल्यायौँ हामीले।
    जनताका ति आँखा छलाउने नेता ल्यायौँ हामीले।
    सबै  आडम्बरी  भएका   नेताहरू  रोज्यौँ   सबैले,
    सत्ता  पुगेर  देशै  जलाउने  नेता  ल्यायौँ   हामीले।
    भ्रष्टाचार बिकास  पलाउने  नेता  ल्यायौँ  हामीले।                                                                                                                                                                                                       

    ✍️बेदु न्यौपाने , काठमाडौ ❤️ ।
    …………………………………………………………

    पञ्चाङ्ग   [०९]

    देसमा सत्ता पाएपछि शासकले ढाँट्यौ त के गरौँ।
    एउटा घरका दाजुभाइ भाईमा फाट्यौ त के गरौँ।
    भन्थ्ये चार जात छत्तीस वर्णको सिङ्गो फूलबारी हो,
    थियो एक आपसमा बलियो तार काट्यौ त के गरौँ।
    भनौं भन्नलाई के आफ्नै देस भुल्न आट्यौ त के गरौँ।

    ✍️दुर्गा रिजाल आचार्य , मोरङ ।
    ………………………………………………………………

    पञ्चाङ्ग   [१०]
    [०१]
    अब युवा नेताहरूले देश चलाउँछ रे।
    भ्रष्टाचारी बुढालाई झेलमा जलाउँछ रे।
    पहिला कति गरे भ्रष्टाचार  हिसाब गर्नू,
    दु:खी पीडितहरू माथी दयाँ पलाउँछ रे।
    हाम्रो देशमा विकास गरेर फलाउँछ   रे।
    [०२]
    जता हेर्छु म पापै पाप मात्र भेटिदैछ यहाँ।
    सत्य र धर्मको अनगन्ति रेटिदैछ यहाँ।।
    सोच्दैछु यो त घोर कलियुग आयेकै होत।
    पूजा पाठ कति कतिघर मेटिदैछ यहाँ।।
    एक्लै हिंड्दा चोर फटाहले लुटिदैछ यहाँ।।

    ✍️कमला पाण्डे पराजुली, झापा चाराआली ।
    ……………………………………………………

    पञ्चाङ्ग   [११]

    देशमा  अनेक बेथिति चलाउने नेता।
    साेझा साझा जनताहरू छलाउने नेता।
    कहिले खै त देशमा राम्रो व्यवस्था हाेला,
    सधैँ दुःखकाे भुमरीमा जलाउने नेता।
    देशमा भ्रष्टाचार खेती फलाउने नेता।
     
    ✍️शाेभा आचार्य गाैतम,काठमाडौँ।
    …………………………………………………

    पञ्चाङ्ग   [१२]

    चुनावकाे बेला जनतामा ठूलाे राग थियाे।
    नेता भन्दै थिए भेडा बनाउने धाग थियाे।
    जनतालाई काैडिमा नबिक्ने पत्रु बनाए,
    जितेपछि मुहार फेर्ने भाेटकाे माग थियाे।
    ला ला भनेर देखाउने हरियाे साग थियाे।

    ✍️सुरेश चन्द्र घिमिरे, लमजुङ ।
    ……………………………………………

    पञ्चाङ्ग   [१३]
    [०१]
    आन्दोलन गरेर हुन्न सिधै फाँसी देउ।
    फाँसी दिएको दिन हेरी सबै हाँसी देउ।
    भ्रष्टचारी बढार्नु पर्छ अब सबै मिली,
    घाटमा लान यिनलाई हरियो बांसी देउ।
    केही नलागे भित्तामा किलाले टाँसी देउ।
    [०२]
    देशमा शान्ति ल्याउन यहाँ आन्दोलन गर्नु परेको छ।
    नेपाल आमाका सन्तान लडाँई गर्दै मर्नु परेको छ।
    दुबोसरी मौलाउँदै छ यहाँ भ्रष्टाचारको जालो,
    पार्टीपार्टी  सदनमै खिचातानी गर्छन् पर्नु परेको छ।
    भ्रष्टाचारी उम्कने बाटो खोज्दै सिमाना तर्नु परेको छ।
    [०३]
    ठुला साना सबैको नजरमा गिर्नु परेको छ आज।
    मागी खानेले झैँ झोली र कुम्लो भिर्नु परेको छ आज।
    जिवनको पाइला आफ्नै गतिमा चलिरहेको बेला,
    बिना सापटिका ति रिणहरु तिर्नु परेको छ आज।
    कसैले देख्छ की भनी कुनामा छिर्नु परेको छ आज।

    ✍️सरिता सेढाई, धादिङ ।
    ………………………………………………………………

    पञ्चाङ्ग   [१४]

    देशले सच्चा नै नेतृत्व छान्न सकेन ।
    कुपात्रको कठघरामा तान्न सकेन।
    जसो  गरे नि मनपरी छोडेको हुँदा,
    राजनीतिले  अख्तियार  मान्न  सकेन ।
    कच्चा यो आर्थिक नीतिले धान्न सकेन।

    ✍️जमुना आचार्य, सिन्धुपाल्चोक ।
    ……………………………………………

    पञ्चाङ्ग   [१५]

    तिमी मेरो आँखाको नानी हौं प्रिय।
    प्यास लाग्दा पिउने पानी हौं प्रिय।
    तिमी छौ र त म बाँचेकी छु यहाँ,
    प्रेमील संसारको खानी हौं प्रिय।
    आपत विपतमा ज्ञानी हौं प्रिय।

    ✍️सुशीला पौडेल ।
    ………………………………………………

    पञ्चाङ्ग   [१६]

    अशान्तिको नास होला भन्ने आसमा छु।
    खै धर्मको बास होला भन्ने आसमा छु।
    पापी नै पापी भेटिन थाले जताततै,
    म पनि कसैको खास होला भन्ने आसमा छु।
    खानलाई थोरै गास होला भन्ने आसमा छु।

    ✍️सुमित्रा पोखरेल, काठमाडौं ।
    ……………………………………………………

    पञ्चाङ्ग  [१७]

    राष्ट्रिय राजनितिलाई तरङ्गित बनाउँछन्।
    नेपालीले नेपालीलाई शरणार्थी जनाउँछन्।
    सत्ता र शक्तिको घमण्डले मात्तिएर होला,
    सडकदेखि सदनसम्म मान्छे गनाउँछन्।
    उच्च तहमा बस्नेले  जनता भनाउँछन्।

    ✍️कला ढकाल, झापा दमक ।
    ……………………………………………………

    पञ्चाङ्ग   [१८]
    [०१]
    जङ्घार तर्दा गाेडा कमायाे भने  ।
    अघि बढ्नेकाे खुट्टा समायाे  भने ।
    विकासको ढाेका बन्द हुनेछ है ,
    अन्यायबाट सम्पत्ति जमायाे भने ।
    अर्को दुःखमा पर्दा रमायाे भने ।
    [०२]
    फेरि पाइन्छ कि पाइन्न मानव चाेला यहाँ ।
    सङ्कल्प गर्दै छु छाेड्दिन बाेक्ने छु झाेला यहाँ ।
    चराइरहेकाे घाउमा मलम लगाउन ,,
    बगाउँछु अधिक पसिनाकाे त्यो खाेला यहाँ ।
    साथ देऊ भगवान्  हे जगन्नाथ भाेला यहाँ ।

    ✍️भवानी घिमिरे, सर्लाही ।
    ……………………………………………

    पञ्चाङ्ग   [१९]

    सानो-सानो कुरामा रिसाउने मेरो बानी छ साथी।
    दु:खलाई  सुखमा  मिसाउने मेरो बानी छ साथी।
    जिन्दगी  सफर  भए  हाँसीहाँसी    बिताउनुपर्छ,
    आगोझैँ  झर्किएमा चिसाउने मेरो बानी छ साथी।
    थकाइ  लागेमा  त बिसाउने  मेरो बानी छ साथी।

    ✍️जानुका गौतम , काठमाडौं ।
    ………………………………………………………

    पञ्चाङ्ग   [२०]

    लुकाएर गरेको काम छरेर गरेकै सर भयो।
    ढाकछोप गरेरे पनिपो डरेर मरेकै सर भयो।
    स्वतन्त्र भ्रष्टाचार गरी सबै मिलेर भरेको बेला ,
    एक्कासि के अकास झरेर बज्र परेकै सर भयो।
    दिन बिग्रि दशा सरेर सर्बश्व हरेकै सर भयो ।

    ✍️बिबस पारदर्शी , झापा ।
    ……………………………………………………

    पञ्चाङ्ग   [२१]
    [०१]
    बुढेसकालमा पनि खेल  मनपर्छ ।
    सबैसँगको  समान मेल मनपर्छ ।
    आखिर के  छ र मरिलाने जिन्दगीमा ,
    पहिले भन्दा समय अचेल मनपर्छ ।
    खेल्दै गर्दा तातो तातो सेल मनपर्छ ।
    [०२]
    बुद्धले ज्ञान बुद्धि  बाडेकाे हाम्रो देश नेपाल ।
    अशान्तिले दिनहुुँ जरा गाडेको  देश नेपाल ।
    दिक्दार लाग्छ  खै किन भएको मति  बेग्ला बेग्लै ,
    हर्दम नेता आपसमा फाटेकाे देश नेपाल ।
    नेताले जनता सधैं नै ढाँटेकाे देश नेपाल ।

    ✍️दुर्गा भट्टराई, मोरङ ।
    ………………………………………………

    पञ्चाङ्ग   [२२]

    खाँटा उकिएर आजकाल माम्री बसेकी छे।
    आफ्नै भुडी भर्नलाई यहाँ  हाम्री बसेकी छे।
    भष्टाचार  नगर  हैन्  सके  जत्ती गर  भनौ,
    कति गाउँनु  गुणगान लौ  चाम्री बसेकी छे।
    नराम्रो त न भनी  दिनु है  राम्री  बसेकी छे।

    ✍️डिल्ली राज घिमिरे, अर्घाखाँची ।
    …………………………………………………

    पञ्चाङ्ग   [२३]

    जनताकाे भन्दा सताकाे मरिहते गर्छन् यहाँ ।
    कहिले यता अनि कहिले त उता सर्छन् यहाँ ।
    देशमा घुसखाेरी,भ्रष्टाचारले सिमा नाघेपछि ,
    बिदेशीहरूकाे अगाडि लम्पसार पर्छन्  यहाँ ।
    आफ्नाे स्वार्थ पुरा गर्न देशलाई नै हर्छन् यहाँ।

    उर्मिला के.शी., धनकुटा ।
    …………………………………

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on पञ्चाङ्ग लेखन अभ्यास शृङ्खला भाग- ४४

    इण्डो-नेपाल-बांग्लादेश काँन्कलेव‌ 2023 सम्पन्न पर्सा का पत्रकार गुप्ता र साह सम्मानित

  • ४ जेष्ठ २०८०, बिहीबार ०९:०४ मा प्रकाशित
  • वीरगंज

    प्रेस क्लब आँफ आगरा एंव उत्तर प्रदेश जर्नलिस्ट एसोसिएसन द्वारा इण्डो -नेपाल -बांग्लादेश काँन्कलेव‌ 2023 सम्पन्न सम्पन्न भएको छ।

    उतर प्रदेश स्थित आगराको कलार्क सिरिज होटलमा प्रेस क्लब आँफ आगराको आयोजना गरिएको कार्यक्रममा प्रमुख अतिथि उत्तर प्रदेशका कानुन मन्त्री प्रोफेसर एसपि सिंह तथा सार्क जर्नलिस्ट फोरमका अध्यक्ष राजु लामा, प्रेस क्लब आँफ आगराका अध्यक्ष अशोक अनहोतरीले संयुक्त रुपमा दिप प्रज्वलन गरी कार्यक्रम उद्घाटन गरेका थिए।

    उक्त मीडिया काँन्कलेव -2023 को सम्बोधन गर्दै सार्क जर्नलिस्ट फोरमका अध्यक्ष राजु लामाले भने प्रेस स्वतन्त्रता भएको अनमोल शब्द हो र निश्पक्ष रुपमा समाचार सम्प्रेषण गर्दछ। साउथ एसियामा ११ जना पत्रकारको आतंककारीले मारेका छन्।कोरोनाको कारण कति पत्रकारहरु को आवस्था नै खराब भएको बताए।

    साथै इण्डो-नेपाल-बांगलादेश मीडिया काँन्कलेवले इण्डो -नेपाल-बंग्लादेशको मीडिया अज मजबुत होस र एसिया महादेशको सम्पुर्ण क्षेत्रमा संगठन बिस्तार गर्ने जनाउदै हार्दिक शुभकामना व्यक्त गरेका थिए।

    सार्क जर्नलिस्ट फोरमका सचिव बंगलादेशका अब्दुल रहमानले सम्बोधन गर्दै भने प्रेस क्लब आँफ आगरा एंव उत्तर प्रदेश जर्नलिस्ट एसोसिएसन लाइ हार्दिक सुभकामना दिन चाहन्छु कि कार्यक्रमको आयोजना गरेको छ ।इण्डो -नेपाल-बंग्लादेश मीडिया काँन्कलेवले तिन देशको सम्बन्ध राम्रो हने बताए।

    उत्तर प्रदेशका क्याबिनेट शिक्षा मन्त्री योगेन्द्र उपाध्यायले भने सता र सामाजको सुधार्नको लागि पत्रकारको बढी भुमिका हुने बताएका थिए। पत्रकार जुन तरिकाले न्युज लेखछ त्यहि तरिकाले सता र सामाजको सुद्धाता तर्फ लग्ने गर्छ बताए।

    आगराका वरिष्ठ पत्रकार विनोद अग्निहोत्रीले भने सबैभन्दा बढि चुनौती पत्रकारको हुन्छ किन भने झैझगडा,हाडताल ,जुलुस , प्रदर्शन इत्यादि हुने ठाउँमा रिपोर्टिङ को लागि व्यक्ति ले नै फोन गर्छ जसको बिपक्षमा न्युज लेखयो भने पत्रकार लाइ कुटपिट समेत गर्न सक्छ सबथोकको समस्या लाइ टार्दै पत्रकारिता गर्दछ।एक आर्का देसको पत्रकार माथि अत्याचार भइरहेको छ भने एक आपसमा सहयोग को भावना हुनुपर्छ किन कि संगठन को अर्थ भनेको नेपालको पत्रकार माथि अत्याचार भइरहेको छ भने भारत ले पत्रकार को पंक्षमा सहयोग गर्नु पर्छ भनि बताएका थिए।

    कार्यक्रम का प्रमुख अतिथि उतर प्रदेस का आगराको सांसद एंव भारत सरकार का कानुन राज्य मन्त्री प्रोफेसर एसपि सिंहले भने पत्रकार को हकिकत सचाइ लेखाइ बाट पिडित को हक अधिकार सुनिश्चित हुने गर्दछ । पत्रकारिता को अर्थ भन्दा खेरि चेहरामा दाग छ भने ऐनामा दाग नै गराउँछ तथा ऐनामा दागछ भने ऐना लाइ मिटाउने कार्य गर्नु पर्दैन जे जस्तो छ त्यस्तै न्युज लेखनु पर्ने पत्रकारको काम हो भनि आफनो भानइ राखेका थिए।

    उक्त प्रेस क्लब आँफ आगरा एंव उत्तर प्रदेश जर्नलिस्ट एसोसिएसन द्वारा इण्डो -नेपाल -बांग्लादेश काँन्कलेव‌ 2023 मा पर्सा वीरगंज महानगरपालिका वडा नं १० (घडिअर्वा)निवासी प्रहार डेली डट कम पोर्टल का संचालक राहुल गुप्ता तथा वीरगंज महानगरपालिका वडा नं १७ (अलौं) निवासी रौतहट एक्स्प्रेस का पर्सा/बारा संवादाता पवन प्रसाद साह लाइ सार्क जर्नलिस्ट फोरम का अध्यक्ष राजु लामा सार्क जर्नलिस्ट आगराका बरिष्ठ पत्रकार बिबेक जैन,अरुन रावत ले संयुक्त रुपमा सम्मानित गरेका थिए।

    उक्त कार्यक्रम सार्क जर्नलिस्ट आगराका अध्यक्ष असोक अग्निहोत्री को अध्यक्षतामा भएको कार्यक्रममा भारत सरकारका कानुन राज्य मन्त्री प्रोफेसर सत्यपाल सिंह बघेल को प्रमुख अतिथियतामा तथा सार्क जर्नलिस्ट फोरम का अध्यक्ष राजु लामा को विशिष्ट अतिथितियता तथा बरिष्ठ अतिथि उत्तर प्रदेश का क्याबिनेट शिक्षा मन्त्री योगेन्द्र उपाध्याय, बिशिष्ट अतिथि आगरा का बरिष्ठ पत्रकार विनोद अग्निहोत्री,अरुन रावत लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो भने कार्यक्रम को सहजिकरण सार्क जर्नलिस्ट आगरा का कोषाध्यक्ष बिबेक जैन ले गरेका थिए।

    Posted in अन्तर्राष्ट्रिय, मुख्य खबरLeave a Comment on इण्डो-नेपाल-बांग्लादेश काँन्कलेव‌ 2023 सम्पन्न पर्सा का पत्रकार गुप्ता र साह सम्मानित

    जापानमा ट्रकले बसलाई ठक्कर दिँदा दुई नेपालीको मृत्यु !

  • ३ जेष्ठ २०८०, बुधबार १०:२५ मा प्रकाशित
  • काठमाडौं : रोकिराखेको बसलाई ट्रकले पछाडिबाट ठक्कर दिँदा जापानमा दुई नेपाली युवासहित तीन जनाको मृत्यु भएको छ।

    मियागी प्रिफेक्चरको कुरिहारामा तोहोकु एक्सप्रेसवेमा रोकिराखेको बसलाई स्थानीय समयअनुसार मंगलबार मध्यरातमा पछाडिबाट ट्रकले ठक्कर दिँदा दुई नेपालसहित तीन जनाको मृत्यु जापानी सञ्चारमाध्यमले जनाएका छन्।

    मृत्यु हुने अर्का व्यक्ति जापानी महिला रहेको समाचारमा उल्लेख छ। मृत्यु भएकाहरू परिचय र दुर्घटनाको कारणबारे जापानको प्रहरीले अनुसन्धान गरिरहेको छ।

    दुर्घटनामा ट्रक चालक गम्भीर घाइते भएका छन्। त्यहाँको प्रिफेक्चरल प्रहरीका ट्रकको तीव्र गतिका कारण दुर्घटना भएको हो। ४० जना सवार बसमा मृत्यु भएका तीनै जना अन्तिम सिटमा बसेका थिए।

    Posted in अन्तर्राष्ट्रिय, मुख्य खबरLeave a Comment on जापानमा ट्रकले बसलाई ठक्कर दिँदा दुई नेपालीको मृत्यु !

    उदक यात्री सविता के.सी.का उत्कृष्ट उदकहरू

  • ३१ बैशाख २०८०, आईतवार २०:०० मा प्रकाशित
  • १
    लाज
    असजिलो महसुस
    मस्तिष्क हराएका मानिस !

    २
    गल्ती
    जानी नजानी
    स्विकार्य नहुने बानी !

    ३
    पराय
    आत्मियता नभएको
    आफ्नो आफ्नै हुने !

    ४
    गद्दार
    स्वार्थी मनस्थिति
    हुँदैन बोलिको भर !

    ५
    उस्तै
    तिमी जस्तै
    व्यहोरा हेर दुरुस्तै !

    ६
    पछुतो
    साथमा पहिलो
    व्यहोरा अति अगतिलो !

    ७
    सङ्गत
    भास्छ मास्छ
    दुष्ट परेछ फगत !

    ८
    व्वाँसो
    कन्याउँछु भन्ने
    अझै निहुँ खोज्ने !

    ९
    घाउ
    चर्केको मन
    साथी भन्ने धन !

    १०
    पछौटे
    पछाडि परेको
    बेला नभइ झरेको !

    ११
    बाध्यता
    लाचारी भएको
    सकारात्मकताले सदा सहेको !

    १२
    मृत्यु
    कुहिने शरीर
    अमर हुने नाम !

    १३
    थकान
    पुरुषलाई लाग्ने
    नारीमा शक्ति जाग्ने !

    १४
    नशा
    शब्दले हान्ने
    कस्तो रहेछ दशा ?

    १५
    मपाईँत्व
    सम्मान आफैँलाई
    सलाम नपाए घुर्की !

    १६
    ॐ
    मनमा शान्ति
    नपाल्नु कतै भ्रान्ति !

    १७
    सुख
    शान्त मन
    दुई छाके धन !

    १७
    धिक्कार
    आफ्नै मन
    लोभी दुर्योधनको साथ !

    १९
    रहर
    लोभको घडा
    जहिले अगाडि खडा !

    २०
    घुम्टो
    लाज छोप्ने
    इज्जतीलो बीउ रोप्ने !

    २१
    प्रश्न
    उत्तरको खोज
    भोकमा भेटेको भोज !

    २२
    साँढे
    अति छाडापन
    हिंसक त्यो वनढाडे !

    २३
    लाज
    निहुरिन्छ शिर
    नबोल बन धीर !

    २४
    अर्ती
    सिकाउने हो
    नजाने के गर्नु !

    २५
    भएन
    असफल प्रयास
    भिरबाट लड्ने गोरु !

    • सविता केसी, काठमाडौँ
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on उदक यात्री सविता के.सी.का उत्कृष्ट उदकहरू

    पञ्चाङ्ग लेखन अभ्यास शृङ्खला भाग- ४३

  • ३० बैशाख २०८०, शनिबार २३:१५ मा प्रकाशित
  • पञ्चाङ्ग साहित्य समाज नेपाल अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्तापछिको :- भाग ४३ [त्रिचालिसौँ ] ————————————-
    ” पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार “

    विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग पाठशाला मिति:- २०८०/०१/२६ गते  समय :- साँझ ८ बजे ।

    ……………………………………………………………………
    प्रशिक्षक:-
    ……………
    गुणनिधि घिमिरे
    घनश्याम पौडेल
    तोयानाथ सुवेदी
    ………………………

    भाषा शुद्धीकरण:-
    ———–
    जमुना आचार्य
    भवानी घिमिरे
    पुष्पा नेपाल सुवेदी

    सङ्कलक :-
    ———-
    दुर्गा रिजाल आचार्य

    संयोजक:-
    =====
    सोमनाथ लुइटेल “रवि पाल्पाली” ======================

    अक्षर सङ्ख्या:- आफूखुसी [बराबरी]

    अनुप्रास :-  आफुखुसी

    स्थायी :- आफूखुसी
    ………………………………………………

    पञ्चाङ्ग संरचना
    …………………

    पञ्चाङ्ग भनेको पाँच पदिय कविता विधा हो ।
    कसरी लेख्न सकिन्छ ?
    —————-
    पुर्ण अनुप्रास र स्थायी अनिवार्य हुनु पर्छ ।
    जस्तै :-
    उठान:-

    ✍️अन्तर   चित्तदेखि   शुद्धमय   हुनु   छ [०१]
    ✍️तर   कहिल्यै   नहोस् क्रुद्धमय  हुनु छ [०२]

    तेस्रो लाइनले माथिको शेरलाई बिस्तार गर्नु पर्छ
    ———————————-

    💢मित्र शान्ति र अहिंसाको मुलुक हो याे [०३]

    माथिको शेरलाई सम्बोधन गरि परिचय खोल्ने
    ———————————
    १,२,३का लाइनलाई जोड दिदै परिणाम दिनुपर्छ

    ✍️काँडाले  नि  नसोच्नू  युद्धमय  हुनु  छ [०४]
    ✍️बरु  मन, वचन       बुद्धमय   हुनु   छ [०५]

    ४, ५ ले पञ्चाङ्गको निष्कर्ष दिनुपर्छ ।
    …………………………………………………………

    उदाहरण पञ्चाङ्ग  
    ………………………

    अन्तर   चित्तदेखि   शुद्धमय   हुनु   छ [०१]
    तर   कहिल्यै   नहोस् क्रुद्धमय  हुनु छ [०२]
    मित्र शान्ति र अहिंसाको मुलुक हो याे [०३]
    काँडाले  नि  नसोच्नू  युद्धमय  हुनु  छ [०४]
    बरु  मन, वचन       बुद्धमय   हुनु   छ [०५]

    ✍️श्रीकृष्ण शर्मा पोखरा
    हाल घान्द्रुक

    …………………………………………………………

    पञ्चाङ्ग   [०१]

    अन्तर   चित्तदेखि   शुद्धमय   हुनु   छ ।
    तर   कहिल्यै   नहोस् क्रुद्धमय  हुनु छ ।
    मित्र शान्ति र अहिंसाको मुलुक हो याे  ,
    काँडाले  नि  नसोच्नू  युद्धमय  हुनु  छ ।
    बरु  मन, वचन       बुद्धमय   हुनु   छ ।

    ✍️श्रीकृष्ण शर्मा, पोखरा
    हाल घान्द्रुक ।
    …………………………………………………

    पञ्चाङ्ग   [०२]

    आत्मा ज्ञान बाँडेर गए बुद्धले।
    राम्रो कीर्ति छाडेर गए बुद्धले।
    बुद्ध जन्मेको देशमा शान्ति राख्दै,
    मुर्खलाई फाँडेर गए बुद्धले।
    आस्नो तृष्णा माडेर गए बुद्धले।

    ✍️सरस्वती श्रेष्ठ इटहरी, पञ्चाङ्ग ।
    ……………………………………………

    पञ्चाङ्ग   [०३]

    नेपाली माटोमा  जन्मिएको भगवान बुद्ध हाम्रो।
    यति राम्रो यति निर्मल शक्ति भएको शुद्ध हाम्रो।
    संसारलाई शान्तिको मार्ग देखायौ सन्देश पायौँ,
    तिम्रो  नाममा  रिस राग  गर्ने बेनामी क्रुद्ध हाम्रो।
    मानिसले  ज्ञान  पाएपनि  विनाशको युद्ध हाम्रो।

    ✍️सोमनाथ लुइटेल “रवि पाल्पाली” पाल्पा
    हाल बर्दिया ।
    ………………………………………………………

    पञ्चाङ्ग   [०४]

    मानव ऑफै बीचमा अनेकौॅ युद्ध निस्किए।
    विष्णुका दशौॅ औतार लिएर बुद्ध निस्किए।
    कपिलवस्तु जिल्लाको लुम्बिनी क्षेत्रबिचमा,
    जन्मेका तिनै बालक मनका सुद्ध निस्किए।
    शान्तिका दूत हुनाले युद्धका रुद्ध निस्किए।

    ✍️घनश्याम पौडेल, पोखरा ।
    ………………………………………………………

    पञ्चाङ्ग    [०५]

    बुद्ध नै शान्तिका अग्रदुत थिए महान्।
    घाँसीबाट अत्यधिक शिक्षा लिए महान्।
    बनाय   मानिसले  उनैलाई   देवता,
    दुनियाँलाई नै उपदेश   दिए  महान्।
    टुक्राएका संरचनालाई सिए महान्।

    ✍️सुरेशकुमार पाण्डे दाङ घोराही १८ ।
    ……………………………………………………

    पञ्चाङ्ग   [०६]
    [०१]
    मनले रुवायाे मनले हँसायाे आज ।
    सारा वन एक फूलले वसायाे आज।
    पदमा हुँदा सबैमा हाई हाई हुने,
    पद सकिदा त नयन रसायाे आज ।
    महको लाेभमा जीवन फसायाे आज ।
    [०२]
    जन्मिए बुद्ध नेपालमा ज्ञान बाँड्नलाई हेर ।
    दुःखी घाउमा मलम, लगाइ छाड्नलाई हेर  ।
    राज्य भाेगकाे सुख छाेडी हिँड्ने गर्थे याेगी बनी,
    भिक्षाबाट भरण गर्थे तृष्णा फाँड्नलाई हेर ।
    अशान्तिकाे जिलाे यहाँ नराखी माड्नलाई हेर ।

    ✍️भवानी घिमिरे , सर्लाही ।
    …………………………………………………………

    पञ्चाङ्ग   [०७]

    कुनै पनि धर्मले भन्दैन हामी क्रुद्ध हुनुपर्छ।
    ज्ञान र अज्ञानको बिचमा वाक जुद्ध हुनुपर्छ।
    रक्तपात लडाईं पशुत्व हो यो युगको होइन,
    रिस रागलाई मार्न शान्तिकामी बुद्ध हुनुपर्छ।
    लिई बुद्धको ज्ञान हामी नेपाली शुद्ध हुनुपर्छ ।

    ✍️रामप्रसाद पुरी बादेल,  खोटाङ  ।
    ………………………………………………

    पञ्चाङ्ग   [०८]

    हजार  माइलको  यात्रा  गर्न  पाइला  आफैंले चाल्नुपर्छ।
    यात्रामा  अनेक  अवरोध  आउँछ  त्यो आफैंले ढाल्नुपर्छ ।
    भगवान  गौतम   बुद्धले  त  यही  कुरा  सिकाएका  थिए ,
    ईष्र्या   मोह   रीसराग  वैमनस्यता  भित्रै  बाट  फाल्नुपर्छ।
    आफैंभित्र छ अथाह ज्ञानको ज्योति त्योआफैंले बाल्नुपर्छ।

    ✍️पशपती राई, खोटाङ्ग ।
    ……………………………………………………………………

    पञ्चाङ्ग   [०९]
    [०१]
    दरबार त्याग गरे गौतम बुद्धले।
    शान्तिको प्रकाश छरे गौतम बुद्धले
    बुद्ध जयन्तीको सबैमा शुभकामना,
    अशान्ति सबैको हरे गौतम बुद्धले।
    पीपलको भर परे गौतम बुद्धले।
    [०२]
    सत्य था  पाउन न्यायालय धाउनेछन् एक दिन।
    बाच्नेकाे भन्दा मर्नेकाे गीत गाउनेछन् एकदिन।
    आफू निर्दाेष छु भनेर घमण्ड नगर्नु दाेषीले,
    काला  कर्तुतहरु  बाहिर  आउनेछन्  एकदिन।
    अपराधीले आफ्नाे सजाय पाउनेछन् एकदिन।

    ✍️सुशीला पौडेल ।
    …………………………………………

    पञ्चाङ्ग   [१०]

    ज्ञानकाे लागि ध्यान गरेका बुद्ध ।
    शान्तिका वाणीहरू  छरेका बुद्ध ।
    गृहस्थ  त्यागेर ज्ञानकाे खाेजीमा,
    सबैका दुःख,दर्द हरेका बुद्ध ।
    ज्ञानकाे सागरले भरेका बुद्ध ।

    ✍️शाेभा आचार्य गाैतम, काठमाडौँ ।
    ………………………………………………

    पञ्चाङ्ग   [११]

    बुद्ध जन्मिएको  देश  शुद्ध हुन्छन् ।
    शान्ति भूमि  देश किन क्रुद्ध हुन्छन् ।
    शान्ति भूमि अहिंसाको  देश  हाम्रो ,
    नेपाल  यो  मातृभूमि  बुद्ध  हुन्छन् ।
    जनता  यी  किन  युद्धमय  हुन्छन् ।

    ✍️बेदु न्यौपाने, काठमाडौ ❤️ ।
    ……………………………………………

    पञ्चाङ्ग   [१२]

    हरेक मनमा बुद्ध खोजेर ।
    नेपाली पनमा बुद्ध खोजेर ।
    शान्ति र अहिंसा रोजेर बाटो,
    निर्मल तनमा बुद्ध खोजेर ।
    असल जनमा बुद्ध खोजेर ।

    ✍️आर्त अकुलीन, कैलाली ।
    ……………………………………

    पञ्चाङ्ग    [१३]

    नौ डाडा पारी त्यो सानो गाउँ झुल्के घामले सुहायो।
    यो धरातललाई बुद्धको ज्ञान र नामले सुहायो।
    प्राणीमा हामी मनुष्य चोला पाएर यहीँ धर्तीमा,
    जीवनलाई मुक्ती पुजन गर्ने कामले सुहायो।
    ‘बुध्मं शरणं गच्छामी’ गाउने यो सामले सुहायो।

    ✍️अच्युत घिमिरे, भुटानबाट ।
    ………………………………………………………

    पञ्चाङ्ग   [१४]

    शान्तिको सन्देश अझै छरिरहेछन् बुद्धले।
    पृथ्वीपथमा  डुलेर   झरिरहेछन्   बुद्धले।
    जन्मभूमिको  खवर के छ नजर लगाऊँ,
    भनी ध्यान  उपासना   गरिरहेछन् बुद्धले ।
    हुन्न हिंसा पाप भन्दै   सरिरहेछन्  बुद्धले।

    ✍️जमुना आचार्य, सिन्धुपाल्चोक ।
    …………………………………………………

    पञ्चाङ्ग   [१५]

    बुद्ध तिम्रै मार्गमा अघि बढ्न सकौँ।
    पुस्तकका पानामा ज्ञान पढ्न सकौंँ।
    विश्व लाई चिनायौ शान्ति भुमी भनी,
    तिम्रै अर्ति लिई शिखर चढ्न सकौँ।
    शत्रु सामु शान्तीले हामी लड्न सकौँ।

    ✍️सरिता सेढाई , धादिङ ।
    …………………………………………………

    उँभौली पर्व तथा २५८५औँ गौतम बुद्ध जयन्तिको हार्दिक मङ्गलमय शुभकामना !!
    साथमा एक पञ्चाङ्ग

    पञ्चाङ्ग   [१६]

    अन्यायमा  हुदैन  है   रुद्ध बन्न सिक्नु।
    न्याय लिन आफैँभित्र युद्ध बन्न सिक्नु ।
    शान्तिपूर्ण अर्ति  सुन्नु आदर्शका कुरा ,
    स्वावलम्वी बन्नु अनि शुद्ध बन्न सिक्नु ।
    पढि लेखि  ज्ञान लिनु  बुद्ध बन्न सिक्नु।

    ✍️गुणनिधि घिमिरे, अमेरिका ।
    …………………………………………………

    पञ्चाङ्ग   [१७]

    मेरा तीन  पञ्चाङ्गहरू
    छन्द : अश्वललित (७।२७ पिङ्गल)
    लक्षण: अश्वललितं न्‌जौ भ्‌जौ भ्‌जौ भ्‌लौ ग्रुद्रादित्याः ।
    गण:         न     ज     भ       ज       भ       ज     भ     ल    गु
    सङ्केत : ।।।   ।ऽ।    ऽ।।    ।ऽ।     ऽ।।    ।ऽ।   ऽ।।     ।     ऽ
    वर्ण:२३ ,यति:  ११ अक्षरमा  ।
    रचना: राजेन्द्रकुमार  बज्राचार्य

    पञ्चाङ्ग   [०१]

    जब इतिहास  रच्नु उनको, निरन्तर  स्वभाव भेटिनु  रह्यो ।
    जब  प्रतिघात रच्नु  उनको, सरासर  प्रभाव  मेटिनु  रह्यो ।
    छ समय साथ साथ उनको, अनित्य छ त जन्म जीवन कसै,
    हर वय काल हेर उनको, ल  जीवन छ साथ  लेटिनु  रह्यो ।
    कति सुखदुःख खप्नु उनले, सजीवन  नि आज रेटिनु रह्यो ।

    पञ्चाङ्ग   [०२]

    प्रवेश  झरी  र मेघ  जगमा, निरन्तर   सदैव   दर्किनु  यहाँ ।
    अनेक  थरीथरी सुख कतै, निरन्तर स्वरूप  फर्किनु  यहाँ ।
    अनेक  प्रकार जीवन सधैं,न भर्किनु यहाँ  न धर्किनु   कतै,
    ल आपत पर्छ जीवन कसै,निशान नि ल छोड तर्किनु यहाँ ।
    छ सुन्दर जिन्दगी अब कतै, जगात नि छोड र लर्किनु यहाँ ।

    पञ्चाङ्ग   [०३]

    न रीस  र रागको  चलन ती, न जात न भात छ वर्किनु  कतै ।
    न साम न दामको चलन ती, न दण्ड  न भेद छ थर्किनु  कतै ।
    न झर्किनु  चर्किनु वचनमा, त्यसै किन थर्किनु  भो अब यहाँ ,
    परे अब   जर्कनु छ पथमा, त्यसै किन धर्किनु   फर्किनु कतै ।
    परे अब लड्नु जति जगमा, छ अन्तिमसास छ  हर्किनु कतै ।

    ✍️राजेन्द्रकुमार  बज्राचार्य, काठमाडौं ।
    ……………………………………………………………………

    पञ्चाङ्ग   [१८]

    भानु बुध्द जन्मेकाे  देश छ।
    हिमाल पहाड  र  बेस छ।
    मान्छे मात्र किन हाे रित्तामा,
    जता ततै हिँसा  र क्लेस छ।
    बुध्दत्व र  मानव बाँकी सेष छ ।

    ✍️मीना देबकाेटा, सर्लाही ।
    …………………………………

    पञ्चाङ्ग   [१९]

    शान्तिकाे बिगुल छर्दै आए गाैतम बुद्ध ।
    ज्ञानकाे ज्याेतीले धर्ती छाए गाैतम बुद्ध ।
    मुर्खहरुकाे घमण्डलाइ त चुर पार्दै ,
    दुखीकाे घाउमा मल्हम लाए गाैतम बुद्ध।
    शान्तिका बाणीकाे गीत गाए गाैतम बुद्ध।

    ✍️उर्मिला के.शी., धनकुटा ।
    …………………………………………………

    पञ्चाङ्ग    [२०]
                              
    विश्वभरी नै शान्तिको ज्ञान  छरेर आए बुद्ध ।
    नेपालमा शान्तिको प्रतीक  भएर आए बुद्ध ।
    मानव जातिमा दया र धर्मको सुमार्ग देखाई,
    लोभ र लालचदेखि टाढा बनेर आए बुद्ध  ।                  

    आमा मायादेवीको गर्वमा बसेर आए बुद्ध ।

    वीणा रोका , दाङ घोराही ।
    …………………………………………………

    पञ्चाङ्ग   [२१]

    धन्दा कालो खुलेर आयो।
    घरैपिच्छे डुलेर आयो।
    जाम थियो पहिले कता,
    फुत्त बाटो भुलेर आयो ।
    पत्रिकामा झुलेर आयो ।

    ✍️प्रभा पोखरेल, हाल अमेरिकाबाट ।
    ………………………………………

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on पञ्चाङ्ग लेखन अभ्यास शृङ्खला भाग- ४३

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P