“पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग: सयौ अभ्यासमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा पञ्चाङ्ग लेख्नु हुन हार्दिक अनुरोध छ: अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्ता पछिको भाग :-१०० ——————————-
विधा :- पञ्चाङ्ग अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला मिति:- २०८१/०३/०३ बुधबार बेलुका ०९ बजेसम्म पञ्चाङ्ग वा समपञ्चाङ्ग पठाउनु हुन अनुरोध छ। ………………………………………. प्रशिक्षक:- …………… सोमनाथ लुइटेल गुणनिधि घिमिरे सुशीला पौडेल
……………………… भाषा शुद्धीकरण:- ———– पुष्पा सुवेदी नेपाल भवानी घिमिरे जमुना आचार्य पशपती राई
अक्षर सङ्ख्या:- [बराबरी] अनुप्रास :- आफुखुसी स्थायी :- अनिवार्य
पञ्चाङ्ग:०१ राम्रो कामहरू गरेर देखाउनु छ। धेरै खुशीहरू छरेर देखाउनु छ। हुन्छ धेरै उतार चढाव जीवनमा सबै दुखहरू हरेर देखाउनु छ। पछि हैन अघि सरेर देखाउनु छ। सुशीला पाैडेल पञ्चाङ्ग:०२ मोहले संसार जलेको छ। मन मनै मन गलेको छ। बाँचेर अलिकति भरोसा, आशाको सलेदो बलेको छ। परन्तु प्रकाश छलेको छ।
✍️ अच्युत घिमिरे, सर्पाङ, भुटान 🇧🇹
पञ्चाङ्ग:०३ सधैँ राज्य सत्ताको मोहले गर्दा गलेको छु। यहाँ कुनै नेताको लाईफ हेर्दा ढलेको छु। नेताकार्यकर्ता बीचमा सरोकार रहेन, यो स्वदेश र विदेशको बीचमा फलेको छु। देशको महङ्गी बेरोजगारले जलेको छु। ✍️ बेदु न्यौपाने 🌹🌹
पञ्चाङ्ग:०४ अन्जानमा कसैलाई दु:ख दिनु नपरोस् भन्छु। जस्तोसुकै पीर परे पनि आँशु नझराेस् भन्छु। मान्छे मान्छै भएर जीवन भरी बाँच्न खातिर , गरीबकाे पनि चाडपर्व ~~सहजै टराेस् भन्छु। हरेक नेपालीको ~मुहारमा खुशी भराेस् भन्छु।
राज कुमार राजभण्डारी खाेटाङ्गे
मध्यपुर ठिमी ५ संगम काेलाेनी राधे राधे भक्तपुर ।
पञ्चाङ्ग:०५ आजभोलि घरमा नीति नियमको मात्रै कुरा चलेको छ खाँबोको सट्टामा पिल्लर हालियो संस्कार भने ढलेको छ। लाग्छ यो घर अब घर होइन शिविर जस्तै भइसक्यो, बाहिरी हेर्दा कति राम्रो रंग पनि चिरिच्याट्ट दलेको छ। कुरा कसैले कसैको सुन्दै नसुन्ने भित्र चाहिँ जलेको छ। -पशपती राई खोटाङ ।
पञ्चाङ्ग:०६ आएन भन्दाभन्दै आयो रसले। सुख्खा यो जगतमा छायो रसले। पानी महत्त्वपूर्ण छ जीवनमा, आहा चराचुरुङ्गी गायो रसले। जमिनले नि रुझ्न पायो रसले। शोभा आचार्य गौतम काठमाडौँ
पञ्चाङ्ग:०७ दु:ख पर्दा मनकारिले काम सारेको देखियो। आफ्नो कर्म देखि कोहि तआफै हारेको देखियो। बुझ्नु पर्ने पिडाले जीवन बर्वाद पार्छ भन्ने, ठुलोको घरमा गरिबलाई टारेको देखियो। गल्ती नगर्दा पनि सोझालाई खारेको देखियो।
दुर्गा आचार्य मोरङ
पञ्चाङ्ग:०८
सबैले केही न केही कर्म समाउनु राम्रो
– – मेहनत र परिश्रमले कमाउनु राम्रो कतिले चाहन्छन् तिमी जस्तै भएर जिउन
– – अरूलाई पिर नपारेर जमाउनु राम्रो
-अनि आफूसँग भएकोमा रमाउनु राम्रो ॥ गुणनिधि घिमिरे अमेरिका
“पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- त्रिरासीऔमा हामी पुगेका छौं। लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१ मिति:- २०८१/०२/३१गते
आदरणीय पञ्चाङ्ग अनुरागी एवम् स्रष्टाज्युहरू हार्दिक नमस्कार ” पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको:८३[त्रिरासीऔं] चित्रपटमा,यहाँहरुलाई हार्दिक स्वागत गर्दै यस शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग शनिबार बेलुका ९:०० बजे भित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!
भवानी घिमिरे जमुना आचार्य पशपती राई पुष्पा नेपाल (सुवेदी )
संरचना
अनुप्रास :- आफू खुसी स्थायी :- आफू खुसी अक्षर :- बराबरी
समायोजक
सोमनाथ लुइटेल “रवि पाल्पाली” तथा
पञ्चाङ्ग साहित्य समाज नेपाल
चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट] ~~~~~ चित्रमा पञ्चाङ्ग ~~
पञ्चाङ्ग;०१ तिमी छौ र पो म बाँचेकी छु। तिम्रो माया सधै साचेकी छु। देशै नरहे रहुला कहाँ, तिम्रै नाम लिई नाचेकी छु। दुश्मनकाे हात भाँचेकी छु। सुशीला पाैडेल पञ्चाङ्ग:०२ ढुङ्ग्री बुलाकी पनि बेचिखायौ नाक आज बुच्चे भयो भाषण मात्रै गर्छौ मिठा मिठा व्यवहार भने छुच्चे भयो पुर्खा भक्तिथापा जिउँदो हुँदा त कति उचाइ थियो हाम्रो गणतन्त्रसम्म आइपुग्दा त यो नेपाली कति फुच्चे भयो भूमि हडपेको छ अर्काले हेर त नक्शा मात्रै चुच्चे भयो । -पशपती राई खोटाङ ।
पञ्चाङ्ग:०३ नेपाल सुन्दर शान्त देशमा गनिन्छ सधैँ प्रकृतिले भरिएको देशहो भनिन्छ सधैँ। कैयौंँ खोला नाला छहराको साथमा नेपाल प्रकृति प्रिय सुन्दर हरियो बनिन्छ सधैँ विभिन्न धातुहरुलाई खोज्दै खनिन्छ सधैँ।
दुर्गा आचार्य मोरङ
पञ्चाङ्ग:०४
बत्ती बल्दैछ अब मेरो देशमा केही हुन्छ की ! तेल जल्दैछ अब मेरो देशमा केही हुन्छ की ! आशा गरौँ आशामाथि आशा पालेर मनमनै , आशा फल्दैछ अब मेरो देशमा केही हुन्छ की ! कुरा चल्दैछ अब मेरो देशमा केही हुन्छ की !
भवानी घिमिरे सर्लाही ।
पञ्चाङ्ग:०५ श्रमशील पाखुरा विदेशको त्यो खाडीमा छन् वृद्ध सबै हेर महङ्गा स्वदेशी गाडीमा छन् सम्भावना आज यहाँ टुलुटुलु हेरेकोछ गहकिला भाषण हेर नेताका वाणीमा छन् विकासका चाबी हेर वरिष्ठका नाडीमा छन् ।
भूमिका गैरे , तिमिल्सिना गैंडाकोट , नवलपुर
पञ्चाङ्ग:०६ देशको राष्ट्रिय गान छ। मठ् मन्दिर देव थान छ संसारमा स्वच्छ छवि एकताको सधैं मान छ। नेपालको आफ्नै शान छ। ह्यारिस
झिल्का लेखन अभियानको १८ औँ शृङ्खला (राजनीति विषयक) सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त झिल्का लेखन कार्यक्रम सञ्चालन गरिएको थियोे ।
झिल्का कविता लेखनको यस विशेष अभियानमा पनि विगतका शृङ्खलाहरूमाझैँ सर्जकहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा छरिएर रहनुभएका नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ८२ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।
झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये झिल्का लेखन अभियान पनि एक भएको र नेपाली समुदायका चाडपर्व, उत्सव लगायत विभिन्न विशेष अवसरहरूमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार/प्रवर्तक/प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो ।
झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम, लघुतम, प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक, अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।
झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ ।
सहभागी झिल्काकारहरूका उत्कृष्ट झिल्का कविताहरू- —————<•>—————
१// राजनीति फोहोरी खेल झुठो होला भनेको यथार्थ लाग्दैछ अचेल । २// गरेर अनेकन् छल पुर्याउँछन् जेल सोझालाई अन्यायलाई गर्दै मलजल । ✍️ वसन्त अनुभव घोराही, दाङ ————-==———– १// राजनीति कमाउने थलाे विकास हुन सकेन भएन जनताको भलाे । २// छलकपट र बेइमानी राजनीति गर्नेकाे काम संसदमा छैनन् इमानी । ३// राजनीति शब्द राम्रो व्यक्ति सही नहुँदा शब्द भयाे चाम्राे । ✍️ रबि पाैडल दक्षिण भारत पाण्डेचरि ————-==———– १// सत्तामा भयो खेल सोझासाझा यी जनतालाई विनादोष पुर्याउँछन् जेल । २// पानी माथिको ओभानो दु:खी गरिब सुन्दैन सरकार आफैँ कानो ! ३// बुढो गोरू सरकार टन्न छँदैछ उसलाई किन जनताको दरकार ? ✍️ बेदु न्यौपाने ————-==———– १// राजनीति खेल फोहोरी कुर्सी समाउन मात्रै सिंहदरबारको भित्र दोहोरी । २// सिंहदरबार कमाउने थलो बुझेर अगाडि बढौ यसमै हुन्छ भलो । ३// देशलाई बिगार गरेर जति भ्रष्ट्राचार गरून् भोलि जान्छन् मरेर । ✍️ ललिता गिरी सिन्धुली हाल काठमाडौँ ————-==———– १// फोहोरी गराए राजनीति झुटो नबोली नहुने गर्नु नपरोस् सितिमिति । २// सत्तालाई जालझेल गरेर टिकाउन खोज्छन् जहिल्यै कहिले यताउता सरेर । ३// सबैमा ठूलाबडाको हात नहुनेलाई हुने गराउॅंदा पापको लाग्ला खातैखात । ✍️ अर्जुन प्रसाद चौलागाई रामेछापः-सुनापति-१ हालः-अमेरिका,बोस्टन। ————-==———– १// नेताले देश खाए लुकाए अन्याय गर्नेलाई जनताले दुःख पाए । २// कति सक्छन् लुट्न सकेन केही गरेपनि यिनका भुँडी फुट्न । ३// देशलाई खोक्रो पारेर सबै खाइसके भित्रभित्र सोझा जनतालाई मारेर । ✍️ लक्ष्मण देउवा डोटी हाल भारत चेन्नई ————-==———– १// राजनीति उत्तम नीति अहिले अनर्थ भयो उल्टो बस्यो थिति । २// जनताको काम गरेर बस्न म खोज्थेँ बेथितिले छक्क परेर । ३// आशाको किरण देखियो वाक स्वतन्त्रता भएर जमिनमा जताततै लेखियो । ✍️ नन्दलाल आचार्य एनेलकुटी, सिरहा, मधेस प्रदेश । ————-==———– १// राजनीति बेइमानीको घर झुटोलाई साँचो बनाउने ठगेर जीविकोपार्जन नगर । २// विकासमा राजनीति लगाऊ जनतालाई गराऊ शान्त गरिबी अशान्ति भगाऊ । ३// फोहोरी राजनीति नगर समृद्धिको सुवास फैलाऊ चलोस् वासना वरपर । ✍️ होम प्रसाद नेउपाने धरान,सुनसरी। ————-==———– १// राजनीतिकाे यहाँ नाउँमा हदैसम्म बढ्दै गयाे भ्रष्टाचार पाे ! गाउँमा । २ // जनताकाे बेचेर नाम नेताहरूले कमाईरहन्छन् यहाँ भित्रभित्रै कालो दाम । ३// भएपछि फाेहाेरी खेल सदैव देखिरहन्छ यहाँ हरेक कुरामा झेल । ✍️ त्रिलाेचन भण्डारी मेचीनगर,झापा ————-==———– १// हुन्छ भन्छन् जालझेल सत्ता, भत्ताको लागि खेलीने एउटा खेल । २// सप्रदैछ केवल भ्रष्टाचार गर्दैनन् चिन्ता देशको जनतालाई बनाए शिकार । ३// मिथ्याको लिएर सहारा आफ्नो खल्ती भर्छन् लगाएर मात्र नारा । ✍️ पृथक प्रकृति ,झापा ————-==———– १// सजिलै कमाउने साधन नेतागिरी गरेर जिविका राजनीतिको मलिलो आँगन । २// आकाशको तारा झार्ने गर्छ मिठो भाषण राजनीतिले जनता मार्ने । ३// राजनीतिको मैलो खेल बेइमानी उही हरे ! जनता साउनको भेल । ✍️ दिल ठकुरी टिस्टा भेल्ली दार्जिलिङ । ————-==———– १// अनौठो यस्तो खेल हारजित हुने खुसुखुसु जनता माथिको जालझेल २// निर्णय गरिन्छ लुकेर खैलाबैला चाहिँ ढाँटी स्वार्थको कुटुरो बोकेर । ३// सराप अरे सतीको राजनिती असल भइदिए आशिक लाग्नेथ्यो धरतीको ! ✍️ कमला ————-==———– १// भ्रष्टाचार मात्रै गर्छन् बिकास गर्नलाई चाहिँ अर्काको भर पर्छन् । २// राजनीतिमा गरेर झेल यहाँ सबै नेताले षड्यन्त्रको खेल्छन् खेल । ✍️ अनिता भण्डारी ताप्लेजुङ ————-==———– १// जहिले चल्छ राजनीति देशमा छैन हजुर उसको निश्चित मिति । २// राजनीतिमा ठूलाबडाकाे हात छैन गरिब जेहेन्दारलाई दु:खमा कुनै बात । ✍️ श्रीकृष्ण धामी – बझाङ ————-==———– १// सबैभन्दा आज बेथिति कमाउमा लागेको रहेछ निस्वार्थ भनेको राजनीति । २// पाइलैपिच्छे भयो झुट फोस्रा नारामा सिमित राजनीति भयो लुट । ३// सोचेजस्तो भएन देश लुट्ने तरिका उहीँ केवल फेरियो परिवेश । ✍️ शंकर कार्की, मकवानपुर ————-==———– १// राजनीति शब्दको अर्थ गलत परिभाषित भयो अर्थको लाग्यो अनर्थ । २// भ्रष्टाचारको धमिरो फालौँ राजनीतिलाई पृष्टभूमि बनाएर राष्ट्रियताको जग बसालौँ । ✍️ पुष्पा सुवेदी नेपालगन्ज,बॅाके ————-==———– १// राजनीतिमा हुन्छ खेल भ्रष्ट नेताको जमातले गर्छन् अनेकौँ झेल । २// राजनीति लाग्थ्याे राम्रो झुट खेती गर्ने नेता भयो हाम्रो । ३// गर्नु इमानदारी राजनीति सधैँ सम्मानित हुनेछौ जनताको मन जिती । ✍️ राज कुमार राजभण्डारी खाेटाङ्गे मध्यपुर ठिमी ५ संगम काेलाेनी राधे राधे भक्तपुर । ————-==———– १// अर्काको पोल खोल्छ अस्थिर गणतन्त्र नेपालको राजनितीमा काण्डहरू बिथोल्छ । २// राजनितिलाई तरङ्गित बनाए सत्ता, शक्तिको घमण्डले सडकदेखि सदनसम्म हँसाए । ३// सरकारलाई छैन थाहा दुर्गम जिल्लाको घटनामा न गम्भीररूपमा चाहा । ✍️ कला ढकाल, झापा ————-==———– १// सिंहदरबारको त्यो राजनीति जति बाघचाल खेल्छौ उति प्रखर कुटनीति । २// राजनीति लङ्गुरबुर्जा बाघचाल जसले घुमाउन जान्यो सत्ता समिकरणमा हाल । ✍️ चुडामणी देबकोटा पुरानो नैकाप काठमाण्डौ ————-==———– १// पेशा भयाे राजनीति सेवा भनी बकबास नगर चुनाव जिति । २// अर्काकाे खुट्टा तान्ने भर्याङ भयाे राजनीति नबन आफूमात्र जान्ने । ३// स्वच्छ व्यक्ति छानौँ जनताले सक्छौँ सपार्न मजाले गाेल हानाैँ । ✍️ हिरालाल न्याैपाने बानपा ८ काेटमाैला,सल्यान ————-==———– १// गर्छन् मिली मनोमानी आपसमा भागबण्डा नमिल्दा राजनीतिमा चल्छ खिँचातानी । २// भाषणमा आदर्शका कुरा तड्पाउछन् जनतालाई घरीघरी बोकेर बगलीमा छुरा । ✍️ बाल कृष्ण श्रेष्ठ, सोलुखुम्बु ————-==———– १// राजनीति फोहोरी खेल खुट्टा तान्न सिपालु लडाउन गर्छन् जालझेल । २// आटेर पुग्ने सिंहदरबार मुसाको चोर दुलो लुट्छन् चलाउँछन् घरबार । ✍️ भुपेन्द्र राना मगर धादिङ ————-==———– १// राज्य सञ्चालन विधि राजनीति तथा शासन जाेगाउनु राष्ट्रकाे निधि । २// सर्वत्र सत्ताकाे माेहो गर्न गाह्रो जनतालाई बिहान, बेलुकाको जाेहो । ३// राजनीति गर्ने नेता लाग्याे सधैँ दाग भएनन् कहिल्यै सेता । ✍️ डिल्लीराज (राजेन्द्र) भुसाल सन्धिखर्क-२, कुर, अर्घाखाँची ————-==———– १// देश डुबाउने राजनीति झुटो नबोली नहुने यस्तै रहेछ तिथिमिति । २// पुरानो नीतिलाई बढाउनुपर्छ गर्दैछ आन्दोलन जनता निमुखालाई देश चलाउनुपर्छ । ३// हराउँदैछ देश नेपाल अब एमसीसीको नाममा फाडौँ विदेशीको जाल । ✍️ एवाइ प्रभात सहिदभुमि धनकुटा ————-==———– स्वार्थको पोको बोक्छौ वितृष्णा नेपालको राजनीति जनतालाई सास्ती तोक्छौ । ✍️ प्रेम थापा “मन”बागलुङ ————-==———– १// राजनीति बनाए पेवा मनपरी हैकमवाद लादेर आफूलाई फलाए मेवा । २// उग्र उदण्डताको नमूना लम्पसारवाद भयो राजनीति सर्वत्र विदेशीको टुना । ३// युवा आशाको दियो थपियो झनै वेदना विगतमा शान्ति थियो ! ✍️ ऋजु दिल्पाली ईटहरी १ सुनसरी । ————-==———– १// सेवाको कार्य महान विश्वमा हो राजनीति नागरिक मानेमा जहान । २// अवसर पुण्य कमाउने स्वयम्को खुबी रजाइँ राष्ट्रको प्रेममा रमाउने । ३// फसाए अज्ञानी लोभीले परावलम्वले उठ्नै गाह्रो राज्य बुझेन रोगीले । ✍️ मनोहरी पौडेल गैडाकोट १ ————-==———– गर्छन् कति बेइमानी राजनीतिमा छ आलोपालो बुझ्नै नसकिने कहानी । ✍️ नागेन्द्रप्रसाद यादव ————-==———– १// चारैतिर छ बेथिती कानुन छ जङ्गलकाे के काम राजनीति ? २// गरेर आस मेवाकाे पैसा कमाउने माध्यम हरायो भाव सेवाकाे । ३// युवालाई दिँदैनन काम बुढै छन् शासनमा राजनीति भयाे बदनाम । ✍️ दिनेशकुमार शर्मा हेटौंडा , मकवानपुर । ————-==———– १// कस्तो हुन्छ काम खाली जनता चुस्ने राजनीति राख नाम । २// हिजोआज नेता कति म त कवि गाउँघरको मान्छे जति । ३// सजिलो काम राजनीति निष्पक्ष कर्म गर नगर बेसी कुटनीति । ✍️ नीमा छिरिङ भोटिया जलढका कालेबुङ भारत ————-==———– बुझिएन राजनीतिको परिभाषा जबरजस्ती कानुन मिचेर वनाउने सर्वत्र निराशा । ✍️ लोकबहादुर क्षेत्री ————-==———– १// सम्पूर्ण नीतिको राजा लथालिङ्ग देशमा राजनीति बज्छ बेमौसमी बाजा । २// होइन फोहरी खेल हैन बेइमान राजनीति शासकको हो जालझेल । ✍️ कृष्णकुमार वैद्य बनेपा ९, काभ्रे ————-==———– राजनीतिमा गर्छौ खिँचातानी जनतालाई विश्वास देखाएर जहिल्यै गर्छौ बेइमानी। ✍️ बिरेन्द्र कुमार चौधरी इटहरी १६ सुनसरी ————-==———– १// धेरै भयो जालझेल रहेन इज्जत कुनै छोडिदेऊ राजनीति खेल । २// विश्वास तिमीले तोड्यौ हराएर गयो आशा बीच बाटोमै छोड्यौ । ३// धोका दियौ मलाई संसारमा हाँसो देखाएर गयौ जिउँदै जलाई । ✍️ अनुग्रह राना मगर ‘पुष्प’ पाँचखपन नपा – ६ संखुवासभा । ————-==———– १// अनेकौँ खेल राजनीतिमा सेवाको छैन भाव हिजोदेखि आजको मितिमा ! २// शोकमा डुब्यो देश मरिरहेछन् आज जनता नेताको छ छद्मवेश । ३// यो कस्तो सङ्घीयता सात टुक्रा पारेर बलियो हुन्छ राष्ट्रियता ? ✍️ दीप गोले तामाङ चन्द्रपुर -१, रौतहट ————-==———– गन्हाउने गराए राजनिती सबै बेकामे गधाले ल्याए जताततै बेथिति । ✍️ सुनगाभा पोखरेल ————-==———– १// अनेक अनेक खेल सधैँ हुन्छ राजनीतिमा भष्ट्राचार, ठगी, जालझेल । २// गर्छन् भाषणमात्र ठुलो जनतालाई समस्या पर्दा खोज्छन् लुक्ने दुलो । ✍️ साबित्री प्याकुरेल, धादिङ्ग। ————-==———– १// अचम्मै ! छ नि परिवर्तित राजनीतिले बनायो नेतालाई मात्रै धनी l २// सङ्घीयता भयो घाँडो न्याय भन्नु जनताकोलागि रहेछ बनेलु काँडो l ३// राजनीति साह्रै फोहोरियो लक्षित वर्गको बजेट नेताको घरमा सोहोरियो l ✍️ बाबुराम गौतम, गुल्मी ————-==———– १// भ्रष्टाचार अनि बेथिति मेरो देशमा अचेल घिनलाग्दो हुँदैछ राजनिती | २// अलापी मीठा सुर जनता मख्ख पार्छन् नेता धेरै चतुर | ✍️ सरिता सेढाई धादिङ ————-==———– १// अति नराम्रो खेल राजनीतिको घानमा हाली निकाल्छन् जनताको तेल । २// भ्रष्टले घर भर्ने बिचित्रको भयो राजनीति जनताहरू भोकै मर्ने । ३) हुँदैन केही खास स्वार्थीपन हावी भयो राजनीतिमा रहेन विश्वास । ✍️ अरुण कुमार भुजेल गोरूबथान,कालेबुङ,भारत। ————-==———– १// फोहोरी देशको राजनितीले देश कङ्गाल बनायो भ्रष्ट नेताहरूको बेथितिले । २// देशको विकास मन्द खाली गफमा टारेर फैलाए राजनितिको दुर्गन्ध । ✍️ वेल थोकर तामाङ मकवानपुर, बकैया _८ ————-==———–‘ १// राजनीति फोहोरी खेल स्वार्थ पूरा गर्न जनतामाथि सधैँ जालझेल । २// भाँडो कमाइ खाने नबिके अन्त कतै राजनीति गर्न जाने । ३// बाटो स्वार्थतिर मोडे असल मान्छे अब राजनीतिमा आउन छोडे । ✍️ शान्ता पौडेल भट्टराई टङ्कीसिनवारी, मोरङ ————-==———– १// लुछाचुँडी गर्छन् सत्ताको बनाई गरिबलाई शिकार खल्ती भर्छन् तलबभत्ताको । २// असल देशको थिति शान्तिको सास फेर्न चौतारी बनोस् राजनीति ✍️ नन्दा धामी नौगड, दार्चुला ————-==———– कही नभएको राजनीति यही देशमा रहेछ कसले बुझ्ने सितिमिति ! ✍️ सुरेश कार्की कुमारीगाल-७ काठमाण्डौ । हाल सिड्नी अष्ट्रेलिया ————-==———– भाषण दिने काम थाङ्नामा सुताउने जनतालाई राजनिती यसको नाम । ✍️ गंगाराम यादव औरावनी २ सुनसरी ————-==———– १// पैसा भए पुग्छ राजनीति गर्नका लागि हिमाल पनि नुग्छ । २// गर्छन् बेतुकका कुरा भित्रभित्रै चलाउँदा रहेछन् चुपी अनि छुरा । ३// काम गर्न पाइने राजनीति बाहेक भन्नुहोस् योग्यता भने नचाहिँने । ४// गर्छन् जनताका बात गरेजस्तो देखाएर ती हान्ने गर्छन् लात । ५// देशको राजनीति कस्तो ? सोझा, सिधा जनताको घाँटी नै रेट्लाजस्तो । ✍️ सतीश पण्डित भानु६चुँदी तनहूँ । हाल चनपा६ मातातीर्थ ————-==———– १// हरायो देश कुटनीतिले मेरो समाजले देखेन बर्बाद भयो राजनीतिले । २// हुँदैन विकास सिद्धान्तले खटिनु पर्छ मरिमेटी राष्ट्रप्रेमी सब राजनीतिज्ञले । ✍️ सम्पूर्ण जोशी कमरेड अछाम तोषी ————-==———– १// राजनीतिमा निर्लज्ज दानव दुर्जन भ्रष्ट राष्ट्रघाती बनेनन् कहिल्यै मानव । २// प्रमाणपत्र खोस्टा राजनीतिमा विदेशको यात्रामा युवाहरू एकता तोडेपछि कुरीतिमा । ३// धरती रुन्छिन् हारले चुलियो कुकर्मका चुचुराहरू थामिन्छ राजनीति संस्कारले । ✍️ घनश्याम पन्त हरिवन सर्लाही ————-==———– हाम्रो देशको राजनीति प्रभु ! मति दिनुहोस् केवल यहाँ बेथीति । ✍️ कार्की डिबी माकुम सुनवल -४, नवलपरासी ————-==———– १// कुर्सीको होड चल्यो नेपालको राजनीति हेर सदैव जनता छल्यो । २// आशाको बिहानी देख्न सोच परिवर्तन गरौँ सुनौलो कृति लेख्न । ३// पदलाई सलाम ठोक्छन् मानेर अयोग्यलाई बाध्यताले आँखाको आँसु रोक्छन् । ✍️ सुस्मिता अधिकारी, काठमाडौँ ————-==———– १// भोट माग्दा नमन स्वार्थ सकियो अनि सुरू गर्छन् दमन । २// कस्तो राजनीति चल्ने शिक्षा स्वास्थमा पनि सोझा जनता छल्ने । ✍️ संगीता खरेल चन्द्रागिरी ८ काठमाडौँ ————-==———– १// राजनीतिले देश बन्छ तर यहाँ स्वार्थमा नेताले नोट गन्छ । ✍️ शोभा आचार्य गौतम काठमाडौँ ————-==———– राजनीति गरौँ अब आउनुस् गाँजाको पक्षमा देशभक्ति झल्कन्छ तब । ✍️ लक्ष्मी रिजाल, रुपनगर, सप्तरी ————-==———– १// योग्यता पद प्रतिष्ठा हुन्छ देशको प्रगति भए नेतामा निष्ठा । २// देशको सेवा गर्ने राजनीति खेलाँ भन्दै आफ्नै ढुकुटी भर्ने । ३// राजनीतिको अनौठो खेल व्यवस्थालाई वेवास्ता गर्दा पर्दछन् नेताहरू जेल । ✍️ मोती सुब्बा दार्जिलिङ निमकी डाँडा। ————-==———– १// गर्नेलाई महान् काम जनहितमा लेखिए राजनीति दुष्टहरूले गरे बदनाम । २// भाषणले अगुल्टो बाल्छन् राजनीति गरेरै कतिपयले समाजमा पेट पाल्छन् । ३// राजनीतिमा के दिए ? जनताको अधिकार खोसेर सुविधाहरू नेताले लिए । ✍️ बि.कुलुङ दार्जिलिङ, रंगबुल ————-==———– १// किन गर्दछौ खास कागको हुलमा बकुलो बन्ने व्यर्थ प्रयास ! २// उसैको नुन खाएर गर्दछौ अनर्थ के उसैको भजन गाएर । ३// सामन्तको गर्छौ सलामी भोलि परेको बखत जन्ती न मलामी ! ✍️ विवश पारदर्शी झापा, ————-==———– १// उर्लियाे खहरे भेल खेल्छन् जनतामाथि नेताले फाेहाेरी राजनीति खेल । २// राजनीति गर्नेलाई मनाेमानि देखिन्छ जताततै छलकपट आखिर जनतालाई हानी। ✍️ काेपिला अधिकारी सिरानचाेक – ७, गाेरखा ————-==———– १// सम्झदा लाग्छ दिक्दार भएका छौँ जनताहरू राजनैतिक अस्थिरताको सिकार । २// निमुखा गरिबहरू सडकमा नेताबाट मर्दैछन् आशाहरू हिँड्दछन् ती तडकभडकमा । ✍️ पुरुषोत्तम फुयाल साकेला गाउँ पालिका-२ रतन्छा खोटाङ ————-==———– लगाउँछन् अनौठो शासन षड्यन्त्र मजाले गरी जोगाउँछन् आफ्नो आसन । ✍️ सनत राेकाय बिवश कुशे गा पा ८ , जाजरकोट ————-==———– १// राजनीति नहुँदा राम्रो दिनानुदिन तल तल खस्कियाे देश हाम्रो । २// राजनीति फाेहाेरी खेल सिद्धान्त र व्यवहारकाे दुर्लभ देखिन्छ मेल । ✍️ केशवप्रसाद ढकाल, गाेरखा। ————-==———– १// राजनीति गन्हाउने खेल बगिरहन्छन् हेर सधैँभरि जनताका आँखामा भेल । २// देश खुकुलो बनाए देशका सबै नेताहरू हेर साह्रै गनाए । ✍️ केसर बाेहरा ( सङ्घर्ष ) सुदूरपश्चिम अछाम । हाल भारत । ————-==———– १// राजनीति रहेछ खेल शकुनिको पाशा जस्तो सधैँ हुने झेल । २// राजनीति हो भाडभैलो यसलाई बुझ्न कठिन शासकको मन मैलो । ३// राजनीतिमा भ्रष्टाचारीको भेल रित्याउन देशको ढुकुटी हुँदैछ ठूलो खेल । ✍️ शशीश्री आचार्य बौद्ध कुमारीगाल काठमाडौँ ————-==———– राजनीति नेताको खेल सधैँ गर्छन् नेताहरू आपसमा कुर्सीको तालमेल । ✍️ बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो ) कनकाइ ४ झापा ————-==———– १// बाँझिए सबै खेतबारी किसानका छोरा परदेशिए थाप्लोभरि ऋणको भारी । २// भाषण मात्रै गुलियो जताततै नातावाद कृपावाद भ्रष्टाचारै भ्रष्टाचार चुलियो। ३// मोज भयो अति नेतालाई रहेछ लोकतन्त्र सहिदको रगतको क्षति । ✍️ पशपती राई खोटाङ । ————-==———– १// फोहोरी खेल बनेको हे राजनीतिकर्मीहरू सुन छिट्टै सुध्रिनु भनेको । २// जनताले रोजेर पठाउने तिमी आफैँ रमाएर किन जनता हटाउने ? ✍️ दुर्गा आचार्य मोरङ ————-==———– १// मीठो कुरा भाषणमा राजनीतिले कोल्टे फेर्दा कठोर हुन्छ शासनमा । २// छिचिमिरो जस्तै लाग्ने राजनीतिको क्षणिक अनुहार भोट सिद्धिएपछि भाग्ने । ३// सत्ता तुर्ने डरले गाउँघर नेता पसेर नमस्कार गर्छन् करले । ✍️ राजनारायण राई राजदल बस्ती सोनादह ————-==———– राजनीतिले चलाउँछ देश निरन्तर खेल सत्ताको यस्तै छ परिवेश । ✍️ दीपा समभाव खोटाङ्ग ————-==———– राजनीतिमा अनेक खेल गर्दछन् नेता भनाउँदाहरू कुटनीति र जालझेल । ✍️ भाेलामान बर्देवा धरान ८ सुनसरि ————-==———– १// राजनीतिले गर्छ बेइमानी झुटा आश्वासन दिई देश लुटेर खानी । २// दिएर विकासको नाउँ नेता आफ्नै सुरमा भ्रष्टाचार सर्वत्र गाउँ । ३// जन्ताका लागि काम सरकार ! अब देऊ हेर रोजगारको नाम । ✍️ मन्जु बोहरा सुदुरपश्चिम बझाङ ————-==———– मनोकामना गर्न सफल कसम खान्छ झुटो राजनीति गर्छ पलपल । ✍️ नबराज ओझा “दियालो” धनगढी,कैलाली ————-==———– १// राजनीति सही हुनुपर्छ हुन्छ देशको उन्नती जनताको हित गर्छ । २// जनता सचेत बन्दैछन् लाग राष्ट्रको हितमा नेपाली सारा भन्दैछन् । ✍️ पुष्पा राई ऐसेलुखर्क, खोटाङ। ————-==———– १// कस्तो फोहोर राजनीति जालझेल छलकपट मात्र जताततै छ बेथिति । २// राजनीति भयो व्यापार हेरेर नाफा, घाटा गरिन्छ यहाँ व्यवहार। ३// यो कस्तो राजनीति ? नैतिकता र इमानदारिता देख्नै पाइन्न सितिमिति । ४// राजनीति भयो बेहाल मालामाल छ नेताहरूलाई देश हुँदैछ कङ्गाल । ५// कुर्सीका लागि खिँचातानी रमाउँछौँ झोले बनेर हामी धेरै भाग्यमानी । ✍️ ज्ञानबहादुर क्षत्री सन्धिखर्क – २, अर्घाखाँची। ————-==———– १// राजनीतिमा हुने जालझेल भनाइ अनि गराइको कहिले नहुने मेल । २// लगाउने ठूलो नारा सबै नेता मन्त्रीको देखियो उस्तै पारा । ✍️ रुना कर्माचार्य दाहाल ,चितवन ————-==———– राजनीतिमा छैन गतिविधि भ्रष्टाचार बढेको जताततै सत्तामा छैनन् गुणनीधि । ✍️ भगवती दवाडी ————-==———– १// राजनितिमा हुन्छ झेल सबैले सोच्छन् सधैँ यसलाई फोहोरी खेल । २// पाइन्छ घृणा धेर पाइन्छ अपहेलना मात्रै गर्दैनन् सम्मान हेर । ३// जनताले दुःख पाउँछ सही मार्ग भाषणमा यथार्थमा अन्धकार बनाउँछ । ✍️ सीमा कार्की समर्पण मेलचोक पर्सा, नेपाल ————-==———– १// राजनीतिले खेलाउॅंछ खेल छिर्के लाग्दै, लगाउॅंदै खोजिन्छ बेमेलभित्र मेल । २// झुण्डको झन्डा बोकेपछि आँखा टालिन्छ गुनको देशको झन्डा बिर्सेपछि । ✍️ म्यामराज राई, भोजपुर ————-==———– राजनीति बाउसे बुरुक्क सदाबहार पन्ध्र असारको चुनाव आयो झुलुक्क । ✍️ ममता पौडेल बुढीगङ्गा -२ , मोरङ ————-==———– १// राजनीतिमा निष्ठा हरायो नेताका कर्तुत देखेर आदर्श उसै डरायो । २// भ्रष्टाचारीहरूको बढ्यो शान सज्जन कोही भए हुन्छ उसको अपमान । ३// भाषण गर्छन् चर्कोचर्को जनता सारा भोकानाङ्गा पिछ्लग्गुहरूको छ लर्को । ✍️ जयनारायण नेपाल इलाम हाल सूर्यविनायक २ बालकोट भक्तपुर । ————-==———– १// सच्चा देशभक्त वीर विकास हुन्छ देशको नेता भए धीर । २// राज्यको सञ्चालनको विधि राजनीतिमा हुन्छ तर भयो कमाउने निधि । ३// दलाल जन्माउने यन्त्र बेच्छन् युवा खाडीमा नेतालाई आयो गणतन्त्र । ✍️ पद्मा काश्यप पाण्डे, मोरङ ————-==———– १// पगरी नेता पदकाे कामकुराे सबैकाे व्यापार तैपनि ठूलाे कदकाे । २// कुचालमा राजा फालिएको सिद्धान्तहीन भयो राजनीति कसैकाे अनुग्रहमा पालिएकाे । ३// देशकाे स्थिति खस्केको माैलायाे विकार, विकृति झुटो आश्वासन पस्केकाे । ✍️ प्रद्युम्न चालिसे भक्तपुर कटुञ्जे ————-==———– १// फितलो बुँदा बोकेर समातेर हिँड्छन् झन्डा ज्यान तराजुमा जोखेर । २// राजनीति गरेर नथाक्ने हामी बन्यौँ मूर्ख अब कहिले जाक्ने । ✍️ बिकास छेत्री अञ्जान कैजले, बिजनबारी, दार्जिलिङ। ————-==———– —-<••:जय झिल्का! जय साहित्य!:••>—-
साप्ताहिक झिल्का लेखन अभ्यासको २२ औँ शृङ्खला आइतवार अपरान्ह सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा यो अभ्यास शृङ्खला निरन्तर हरेक हप्ता सञ्चालन हुँदै आएको छ । साप्ताहिक झिल्का कविता लेखन अभ्यासका विगतका शृङ्खलामाझैँ यसपटक पनि सहभागीहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा रहेर नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ६० जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।
झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला पनि एक भएको र साप्ताहिक रूपमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार एवम् झिल्का कविताका प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।
शृङ्खलाबारे प्रष्ट पार्दै शृङ्खला संयोजक/प्रशिक्षक म्यामराज राईले हरेक हप्ताको शुक्रवार राति १२ बजे अभ्यासको सूचना झिल्का कविता फेसबुक समूहमा राखिने र उक्त सूचनाको कमेन्टमा इच्छुक झिल्काकारज्यूहरूले स्वत:स्फूर्त आफ्ना उत्कृष्ट झिल्काहरू राखेर सहभागीता जनाउन सकिने बताउनुभयो ।
झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम एवम् लघुतम प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक र अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।
झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ । अर्थात् दोस्रो हरफको अन्त्यमा पहिलो र तेस्रो हरफको अन्त्यानुप्राससॅंग मिल्ने समध्वनिक अक्षर समेत हुनुहुँदैन ।
साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- २२ मा सहभागी झिल्काकारहरूका सुन्दर झिल्काहरू- —++—
… १, सगरमाथा नापिरहने मन पैँचोमा चरीको पखेटा ओर्लॅंदा हराउॅंछ आफ्नोपन । २, भेटिन्छ आठौँ आश्चर्य खोजे प्रबुद्ध समाजमा मान्छन् आआफ्नो सौन्दर्य । ३, ढकनीले गल्ती गर्दैन छोप्नेले निर्धक्क छोपेपछि खाडीको ताप पर्दैन ।
म्यामराज राई, भोजपुर … १, प्रचण्ड गर्मी धूप सहन विवश प्राणीहरू प्रकृतिको उग्र रूप । २, प्यासी छन् खोलाहरू तीब्र जलवियोजन रुखमा खस्दै मौरीका गोलाहरू । ३, उष्णता बोकी हावा भौतारिँदै छ जताततै खाँदै खुवाउँदै कावा !
वसन्त अनुभव, घोराही, दाङ … १, काम गरेर खानू सामाजिक सेवा गरी इतिहास कोरेर जानू । २, झुक्दैन सगरमाथा शिर सबै नेपाली मिलौँ नगरौँ कसैले पिर । ३, इतिहास रचेर छोडौँ सयौँ थुङ्गा गाँसेर माला बुनेर जोडौँ ।
रवि पौडेल ,दक्षिण भारत पाण्डेचरि … १, हाम्रो देश सगरमाथा नेपाल स्वतन्त्रताको देश नेपाली वीरहरूको गाथा । २, नेपाल देशको नेपाली सत्ताको आडमा बसेको चौँरीको खर्क हिमाली । ३, डाफे मुनाल हेरेको गणतन्त्र जनतामा आएर देशको मुहार फेरेको ।
बेदु न्यौपाने … १, सगरमाथा नेपालीको पहिचान विश्वको अगाडि यसले राखिरहेछ राष्ट्रको शान। २, राष्ट्रलाई चिनाउने काम सगरमाथाले विश्वभरिमै देशको राखिरहेछ नेपालको नाम। ३, यसको बढाऔॅं गरिमा राष्ट्रलाई चिनाउनेको अझै उच्च रहोस् महिमा।
अर्जुन प्रसाद चौलागाई, सुनापति-१, रामेछाप (हालः-अमेरिका, बोस्टन) … १, सगरमाथा जस्तो शिर बनाई बढ्न अघि बाधक बन्छ पिर । २, सोचिन्छ अनौठा कुरा जिन्दगीमा कहिले भएन सोचेका सपना पूरा । ३, तापको तातो सहन सकिन्न जस्तो भयो तातै हावा वहन ।
लक्ष्मण देउवा, डोटी (हाल भारत चेन्नई) … १, कुरा गहिरो खन्ने आश्वासन बाँड्न जानेमा अगुवा सजिलै बन्ने । २, कामले माम दिन्छ भनेरै म जोतिएँ उल्टै खुन लिन्छ । ३, भोकले भोजन घुमायो हेरेर मात्रै बस्दा अल्छीले अवसर गुमायो ।
नन्दलाल आचार्य, सिद्धार्थटोल, उदयपुर (हाल- एनेलकुटी, सिरहा, मधेस प्रदेश) … १, परिस्थितिको रहेछौ दास जे आउँदा अघि लाग्दोरहेछ नि आस । २, स्वच्छ राखे मनस्थिति अवस्थ सहज हुनेछ आफ्नो आफ्नो अवस्थिति । ३, समयले खेलाँची गर्दैन जसले जे भनोस् हुने कुरा टर्दैन ।
त्रिलोचन भण्डारी, मेचीनगर झापा … १, जोखिममा छ घर बर्खा सुरु भयो पहिरो आउने डर । २, बाडौँ सबैमा ज्ञान प्रकृति प्रकोक आएमा जानै सक्छ ज्यान । ३, गरेर राम्रो काम चिनाउनु छ हामीले यो देशमा नाम।
अनिता भण्डारी, ताप्लेजुङ … १, रुखो बोलीमा काँडा मिसिएको चाप देखियो भेट्न आउॅंदा टाढा । २, वैरागी यो भेषमा के खोजिरहेछ दुनियाँमा अझैसम्म भेटिएन देशमा। ३, आपसी द्वन्द्व चलिरहेको कसलाई के थाहा ? मुटुमा आगो बलिरहेको ।
ईश्वर साउद, रामारोशन गाउँपालिका ६ सुदुरपश्चिमअछाम … १, तिम्रो मेरो भेट अब कहिले नहुने याद बसेछ अमेट । २, छातीमा मायाको घाउ बल्झिरहने सदा खाटा सम्झनामा तिम्रो नाउ । ३, पर्खिरहे आस्थामा बसेर तिम्रै नामको जपना सुखद सपना रचेर ।
दिल ठकुरी, टिस्टा भेल्ली दार्जिलिङ … १, मायामा संसार अडेको दुखीलाई सधै गारो आँसु पुछ्दै बढेको। २, अरूको लागि राम्रो सोचौँ सधैँ निश्वार्थ कर्तव्य यही हाम्रो। ३, झुटो लाई फालेर अगाडि बढौँ हामी सत्य लाई अङ्गालेर।
सविता भट्टराई, जनकपुर, मुरली चोक जनकपुरधाम … १, मट्टितेल दाउरा चाहिँदैन निहुँ चाहिन्छ मान्छेलाई अप्ठ्यारोमा आफन्त पाइॅंदैन । २, कसलाई आफन्त भन्छौ? आफ्नै भन्नेले रेट्छन् पछि औँलामा गन्छौ । ३, चुर्लुम्म फोहोरमा गाडियौ भरियो कानमा मसला स्वार्थ लुट्यौ टाढियौ।
चुडामणी देवकोटा, पुरानो नैकाप काठमाडौँ … १, कसैले केही भन्छन् किन सोच्नुपर्ने होला ? किमार्थ खेदो खन्छन् । २, अरूको खुसी देखेर भित्रभित्रै जल्दा रहेछन् झन् जिउँदै लेखेर । ३, थुकेर थुक चाट्ने देखियो आडम्बरको पराकाष्ठा आफूले आफैँलाई ढाँट्ने।
पृथक प्रकृति ,झापा … १, सहयात्रा छोडी बिलायौ साथ दिन्छु भन्दै नरित्तिने आँसु दिलायौ। २, उद्योग बन्द गरेका सर्वहारा वर्गलाई हेर्न दिनरात कसरी छलेका ? ३, बाढी, पहिरो गएको दर्जनौँ ठाउँमा हेर अझ क्षतविक्षत भएको ।
कला ढकाल, झापा … १, अन्जान खुसीहरू पाले जीवन सजिलो चल्नेछ गरिबी जरैदेखि उखाले । २, स्पष्ट बोलेपछि छर्लङ्ग हिँडेर उकाली ओराली लडेछ नसोची बेढङ्ग । ३, आधार हुनुपर्छ हेर काम गरेर देखाउनु विश्वास भएकोले धेर ।
अम्बिका अधिकारी, झापा बिर्तामोड … १, स्वदेशमा भुतुक्कै लजाउने बनेर अर्काको भरिया विदेशमा पसिना बगाउने। २, अर्ती कुरा नमान्ने हामी आफ्नै खुट्टामा आफैँले बन्चरो हान्ने।
बिके मुखिया, दार्जीलिङ, भारत … १, आफ्नै माटोमा कर्म आमाको सेवा गर्नु सबैभन्दा ठुलो धर्म ! २, प्रभुले पठाए काज जुटौँ राष्ट्र सेवामा कहिल्यै नमानी लाज ! ३, सौम्य पिरतीको मूल, हेर सुन्दर बगैँचामा ढकमक फुलेका फूल !
शशीश्री आचार्य, बौद्ध कुमारीगाल काठमाडौं … १, जनतालाई सास्ती धेरै व्यवस्थाको खिल्ली उडाएर भन्छन् अझै मेरै ।
प्रेम थापा “मन”बागलुङ … १, घर संसार सुन्दर, बनाउने रहर यहाँ , कसलाई हुन्न र? २, परिवार एकत्रित पार्ने, खम्वा बनोस् स्थायी, स्वाभिमान उचाइमा सार्ने। ३, बोलेर हुँदैन यहाँ , गरेर देखाउने महान् देवता मानिन्न कहाँ ?
मनोहरी पौडेल, गैडाकोट १ … १, देश बिगार्ने केटा फकाउॅंछ जनता भोटमा जितेर लाउॅंछ फेटा। २, जङ्गे खम्बा हरायो सरकारले देखेन खै! भाषणमा मात्र करायो। ३, लिम्पियाधुरा टनकपुर पनि जनताले खोज्दैछ अब सरकार खै भनी ?
एवाइ प्रभात, सहिदभुमि धनकुटा … १, खान हुँदैन मागेर बजाऊ आफ्नै पाखुरा नजाउ कतै भागेर । २, छैन कर्म गरेको पाइँदैन केही खोजेर रहेन भण्डार भरेको । ३, काम गर्न डराउने डुलेर कहिले पुगेन खाने बेला कराउने ।
सञ्जना शर्मा, लमही दाङ … १, जस्तै दुःखी परानी गरिब ती जनताको भयो जीवन खरानी । २, क्रान्तिको बिगुल फुके अन्तमा आएर तिनीहरू फेरि नराम्ररी चुके । ३, भयो यहाँ अति नगरे केही अरू अझै होला कति ।
डिल्लीराज (राजेन्द्र) भुसाल, सन्धिखर्क-२, कुर, अर्घाखाँची … १, सपना बेचेर खाए रगतको खोलो बगाई जनताले दुःख पाए। २, उसलाई सन्तोष भयो जनताको अस्तित्व हरायो सबैको मातृत्व गयो। ३, लाखौँ सपुतको बलिदान जननीको छाती चिर्यौ धेरैको जीवन चिहान ।
घनश्याम पन्त, हरिवन सर्लाही … १, परीक्षा हुनु अघि नतिजा प्रकाशन गरेर परीक्षा लिने ढोँगी। २, कस्तो जानेको दुराचारीले केवल आफूलाइ सपारेर बिगार्यो सन्तान अत्याचारीले । ३, विकार कसरी गयो ? सारेर ल्याउॅंछ कुप्रवृत्तिले नसुध्रेर धिक्कार भयो ।
लोकबहादुर क्षेत्री लामिछाने … १, मनको मैलो पखालौँ हटाऔॅं सबै दाग दिलमा शान्ति सजाऔॅं । २, के लानु मरेर ? छरौँ मित्रता सबैमा मरौँ प्रिति गाँसेर!
हरिगोपाल न्हुच्छेँप्रधान, काभ्रे, बनेपा १४ साँगा बजार … १, मनमा खुसी पाले दुनियाँ जसरी बाँच्छ यसको नाम काले। २, झरी कस्तो आयो मनमा माया राख किसानले गीत गायो।
नीमा छिरिङ भोटिया, जलढका कालेबुङ, भारत … १, गर्मीले साह्रै सतायो ओहो ! पानी पर्दैन बेथिति बसोबास बतायो ।
शोभा आचार्य गौतम, काठमाडौँ … १, टाढाको भनेर तिमी बिलौना गाउँछु गीत असारे झरी रिमीझिमी । २, कुहिरोले सबै छेलियो एक्लो धुमधुम्ती बस्दा भएको हौसला सेलियो ।
मोती सुब्बा दार्जिलिङ निमकी डाँडा … १, पगरी नेता पदको कामकुरो सबैको व्यापारी तैपनि ठुलो कदको । २, कुचालमा राजा फालिएको सिद्धान्तहीन छ राजनीति कसैको अनुग्रहमा पालिएको ३, देशको स्थिति खस्केको मौलायो विकार, विकृति झुटो आश्वासन पस्केको ।
प्रद्युम्न चालिसे, भक्तपुर कटुञ्जे … १, पेटभरि छैन खाना सुरापान मस्ती गर्दै अङ्ग्रेजीमा गाउॅंछौ गाना । २, सुत्केरी श्रीमती घरमा बुबा थलिए निमोनियाले बाँचेका पानीको भरमा । ३, लरखराउॅंदै पस्छौ घर काम गर्छन् साथीसङ्गती तिमी हुन्छौ परपर ।
हिरालाल न्यौपाने ,बानपा ८ कोटमौला, सल्यान … १, जिन्दगी बगेको खोला एक दिन मर्नैपर्छ, यस्तो मान्छेको चोला । २, तँछाडमछाड सधैँ गरी बिताउँदा हरेक पल, पछुतो लाग्छ जीवनभरि ।
पुष्पा राई, ऐसेलुखर्क, खोटाङ … १, हेर्दा लाग्छ सदाचार त्यो रूप पशुकोझैँ गर्दै हिॅंड्छ कदाचार। २, फूल फुल्यो पाखाभरि सुन्दर छ दृश्यहरू आहा ! मेरो आँखाभरि । ३, बोकेर जीवनलक्ष्य हाम्रो सेवा गरौँ मनैदेखि जीवनमा सबभन्दा राम्रो ।
दीप गोले तामाङ, रौतहट … १, शरीरमा सारै घाम घाम भएको बेला , गर्नु हुँदैन काम । २, तराईमा घाम अति गर्दाखेरि तातो घामले अन्न उत्पादनमा क्षति । ३, स्वस्थ पाएन पानी पानी नहुदाँ हजुर , स्वस्थमा ठूलो हानी ।
श्रीकृष्ण धामी, बझाङ … १, विचारमा नयाँपन खिल्दैन लेख्ने प्रयास गर्छु पटक्कै भाव मिल्दैन। २, कहिल्यै सकिएन काम हेक्का रहँदैन ईशको भवसागर तार्ने राम । ३, कति गर्छौ विज्ञापन ? नगर झुटको खेती सत्कर्ममा लगाऊ मन ।
अरुण कुमार भुजेल, गोरुबथान,कालेबुङ, भारत … १, चोखो माया गरेर राख्छु सधैँ मनमा ओठमा खुसी छरेर । २, फसाएर मिठो बोलीले घायल बनायौ लौन। कर्के नजरको गोलीले।
वेल थोकर तामाङ, बकैया – ८, मकवानपुर … १, असारमा नि खडेरी कस्तो अनौठो समय ओभानो सेती, भेरी। २, मास्ने बाटो जसरी मौसमले घात गर्यो बाँच्नु अब कसरी? ३, बाँझै छ खेत रोपाइँ गर्ने बेलामा पाल्नु कसरी पेट ?
साबित्री प्याकुरेल,धादिङ … १, बाटोमा आउँदै थिएँ भेट भयो उसॅंग साथै मैले पिएँ ।
सुरेश कार्की … १, लागि रहन्छ डर उर्लियो भेल बर्खामा बगरमा छ घर! २, नचाहेरै हुन्छ मेल यस्तै रहेछ माया बिछोड मिलनको खेल ।
बि.कुलुङ, दार्जिलिङ, रंगबुल … १, खाएर आएँ भात अर्थोक के सक्थेँ फालेर आएँ जात । २, भोकले भोजन माग्छ खुब बिचारेँ मैले होसले रोग भाग्छ । ३, हिम्मतले संसार जित्यो केही गर्न सकिएन समय आफ्नो बित्यो ।
लक्ष्मी रिजाल, रुपनगर, सप्तरी … १, कसरी गर्छौ राजनीति ? कोरा भाषणले मात्र सुध्रिन्न समाजको बेथिति । २, आफूलाई विज्ञ ठान्ने आपत्विपत् कसैलाई पर्दा अरूको सल्लाह नमान्ने । ३, के भनौँ दाता ? कस्तो मूर्ख ज्ञानी विज्ञ हे भाग्यविधाता !
विवश पारदर्शी, झापा … १, विचरा पिॅंजडाको सुगा उड्न चाहन्छ सधैँ तोडेर फलामे लुगा ।
ताराप्रसाद चापागाईँ, धुनिबेसी … १, बीउ झर्दा माटोमा प्रतिकुल हुँदा बखत बाँझै पर्छ पाटोमा ! २, गर्मी चर्को घाममा एकनास हुँदैन मौसम झरी वर्षा याममा !
कृष्णकुमार वैद्य, बनेपा ९, काभ्रे … १, चिनाऊ देश नेपाल हिमाल पहाड मधेशी पहिले थियो विशाल । २, अखण्ड देश हाम्रो सुन्दर शान्त नेपाली वीरहरूको प्रदर्शन राम्रो। ३, चिसो बतास हिमाली वीरहरूको बसेर यो एकढिक्का छौँ नेपाली।
सुरेशकुमार पाण्डे दाङ घोराही १८ … १, चुँडियो लठारो पुल बिजोग भयो खच्चडको नेताले गरे भुल। २, बोकाएर भारी नुन खै के भनौँ ? कहिले तिर्ने गुन। ३, बनौँ सबै सचेत थाहा पाएर नि! नहोऔॅं अबुझ अचेत ।
अनुग्रह राना मगर ‘पुष्प’, पाँचखपन नपा – ६ संखुवासभा … १, हुँदैन ईर्ष्या पालेर उन्नति प्रगति गरौँ मनको तीतो फालेर । २, विवेकका घैलाहरु भरौँ साहित्य बागमा यसरी ज्ञानामृत सिन्चित गरौँ ।
डम्बर थामी ‘अनुपम’, कालिन्चोक गा.पा. -६ , दोलखा … १, बेहाल छ जिन्दगी कुन दिन मर्छु म नदीमा बगी । २, दैवले लाइदियो बार धेरै पटक जीवनमा मैले खाइसकेँ हार । ३, भाग्यको बार हटाउन मलाई रहर भयो धर्तीको बोझ घटाउन ।
ललिता गिरी सिन्धुली, हाल काठमाडौं … १, समयको हामी दास समयसँग चल्न सके हुनुपर्दैन कसैको आस ।
दुर्गा भट्टराई, मोरङ … १, भइन्छ भन्छन् मालामाल प्रमाणपत्र बिकेन भने राजनीतिमा हाम फाल l २, नेता भए जीर्ण जनताको सेवा सुविधाप्रति सोच राख्छन् सङ्कीर्ण l ३, फुक्ला भाषण गर्छन् विकासे बजेट लुकाई आफ्नै लाद्रो भर्छन् l
बाबुराम गौतम, गुल्मी … १, जतासुकै बढेको तनाव कस्तो होला दुनियाँ ? बुझौँ कसरी जनाब? २, गर्मी बाहिर भित्र एउटा देखिए पनि , अनेक हुँदारहेछन् चित्र ।
दीपा समभाव, खोटाङ्ग … १, टिपिक्क परेको चोली हाँसखेल गरौँ न एकैछिन दिल खोली। २, सलल बगेको खोली रहेछ मिठो तिम्रो सुरिलो त्यो बोली। ३, धोएर रुमाल निचार भइहाल्यो हाँसखेल त के छ विचार?
सतीश पण्डित, भानु – ६, चुँदी तनहूँ (हाल चनपा ६ मातातीर्थ) … १, हाम्रो देश सगरमाथा हामी सबै नेपालीको विश्व चिनाउने गाथा । २, सगरमाथाले सान चुकाउॅंदैन नेपालीहरू जहाँ गए कहिल्यै शिर झुकाउॅंदैन।
ममता पौडेल, बुढीगङ्गा -२ , मोरङ … १, कालो बादल फाटेर धर्ती जलमग्न बनाउॅंदै किसान पसिना साटेर । २, उर्लियो खोला हेर असारे झरी पर्दैमा गयो बालीनाली खेर ।
बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो ), कनकाइ ४ झापा … १, पुजापाठ गर्ने धेरै मान्छेलाई मान्छे नदेख्ने धर्म जाने खेरै। २, ढुङ्गालाई देउता पुजेका मान्छे सबै एउटै भन्नेले खै बुझेका । ३, भेदभाव आखिर किन दुईदिने सबै पाहुना मर्नै पर्ने एकदिन ।
रुना कर्माचार्य दाहाल ,चितवन … १, तातो बाफ चलेर स्वास फेर्न गाह्रो चर्को धूप बलेर | २, हामी काममा जाऔॅं कोक फ्यान्टाको सट्टा दही मोही खाऔॅं |
सरिता सेढाई धादिङ … १, आगोलाई नठानौँ सानो हेलचक्राई गरेको हामीले , जलाई दिन्छ छानो । २, यता आगो लाग्दाखेरि बोलाऔॅं दमकल सबैले नोक्सान होला फेरि । ३, आगोले ताप दिन्छ दुरुपयोग हुन गएमा, हाम्रो खुसी छिन्छ ।
सीमा कार्की समर्पण, मेलचोक पर्सा, नेपाल … १, युवालाई तालिम चाहिन्छ उद्यमशील भए व्यक्तिले स्वरोजगार गर्न पाइन्छ । २, सुतेर देश बन्दैन उद्यम नगरे आफैँले छिमेकी देशले गन्दैन । ३, कर्ममा विश्वास लाग्दछ पसिना पोखे धर्तीमा गरिबी आफैँ भाग्दछ ।
पद्मा काश्यप पाण्डे, मोरङ … १, चिप्लिन्छ अनि लडिन्छ फेरि उठेर हिॅंडौँ तब अलिक बढिन्छ। २, म देशलाई चिन्छु र देशकै लागि अवश्य रगत दिन्छु।
साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको १६० औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ४८ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका केन्द्रिय उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।
काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।
संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरी मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।
अभ्यासका लागि राखिएको तस्बिर:
साप्ताहिक तस्बिरमा उदक लेखन अभ्यास शृङ्खला- १६० मा सहभागी उदकयात्रीका सुन्दर उदकहरू-
[१] सपना समृद्ध नेपाल यथार्थमा देशको हाल ! -वसन्त अनुभव घोराही, दाङ [२] सेतु नबनाउने नेता फेरि नबन्ने विजेता ! -भगवती दवाडी ,झापा [३] गणतन्त्र विकासकाे गति उँधाे कि उँभाे ? -राेशन पराजुली,धरान [४] अप्रसिद्ध पशुको ज्यान नेताको अर्कैतिर ध्यान ! -अच्युत घिमिरे सर्पाङ, भुटान [५] गणतन्त्र पुल विकास कर्णालीमा खच्चरको निकास ! -बेदु न्यौपाने [६] निरीह बोझसॅगै अड्केर गएन प्राण सर्केर ! [७] लाचार मौनता कहिलेसम्म पीडाले आँखा टम्म ! -संगीता खरेल चन्द्रागिरी ८ काठमाडौँ [८] चाल मेरो देशको येस्तो छ हाल ! -अनिता भण्डारी ताप्लेजुङ [९] जीवन उकाली ओराली पिर कहालीलाग्दो भिर ! -आर्त अकुलीन [१०] तर्ने बनायो पुल खच्चरकाे जिन्दगीमा भूल ! -श्रीकृष्ण धामी – बझाङ [११] अवस्था सपनाको नेपाल यथार्थमा विकासको चाल ! -बुद्धिप्रसाद लामिछाने कैलाली [१२] दोभान लाचार सरकार जोगाउनै कठिन जीवन ! -सरस्वती वली [१३] सोच मेरो हाम्रो समाज आसाको त्यान्द्रो ! -मधुसूदन शर्मा रोल्पा [१४] पशुलाई गधा बनाई देशलाई भ्रष्टचारमा डुबाई ! -डुकछिरिङ लेपचा थाना लाईन,भारत [१५] माथि ठाडो भिर तल जङ्घार मजधार ! -कमला देवकोटा, पाल्पा [१६] बिचरा निरीह पशु चेतनशील मानवको दादागिरी ! [१७] विडम्बना जोखिममा ज्यान सरकारले दिदैन ध्यान ! -पृथक प्रकृति ,झापा [१८] जीवन उकाली ओराली समृद्ध नेपालको परिवहन ! -धनमाया चौधरी कैलाली [१९] दुर्गम विकासको गति सुध्रिएन नेताको मति ! -कला ढकाल झापा [२०] चुडियो पुलको रसी खच्चर बिचमै फसी ! -चक्र शाही ,लम्की, कैलाली । [२१] विकास बहानाकाे इतिहास खाेजाैँ बर्बादिकाे निकास ! -रामप्रसाद पुरी, बादेल, खाेटाङ । [२२] उस्तै जनतालाई सास्ती राज्य सञ्चालकलाई मस्ती ! -प्रेम थापा “मन”बागलुङ [२३] जुर्मुराएको गरेर देखाउँछु विकासे बजेट चुर्मुर्याएको ! -घनश्याम पन्त हरिवन सर्लाही [२४] नेपाल समृद्धिको सपना जताततै देखियो बेहाल ! -डम्बर थामी ‘अनुपम’ कालिन्चोक गा. पा.-६, दोलखा । [२५] अकल लाखौलाख हातमा पुल भाँचिएको रातमा ! -अम्बिका अधिकारी झापा बिर्तामोड [२६] खच्चर गधाको सामाज्य छैन केही अवसर ! -नागेन्द्रप्रसाद यादव [२७] खच्चड नतरी पुल काल आयो मूल ! -एवाइ प्रभात सहिदभुमि धनकुटा [२८] लोकतन्त्र जोडिएन देश पिताजीको फुलिसक्यो केश ! -पशपती राई खोटाङ । [२९] वास्तविक एकातिर हुन्छ देखिने अर्कातिर रहन्छ !
नन्दलाल आचार्य सिद्धार्थटोल, उदयपुर । हाल- एनेलकुटी, सिरहा । [३०] आश्वासन भरिएको विकास यत्रतत्र भयानक विनाश ! -प्रद्युम्न चालिसे भक्तपुर कटुञ्जे । [३१] बिजोग हेर हरिबिजोग साच्चै कन्त बिजोग ! -दुर्गा अधिकारी भमरकोटे, हाल कपन । [३२] व्यापार हत्ते प्राणीकाे जूवा आँप झटाराे ! -चन्द्रावती अधिकारी [३३] स्थिति नाजुक देखियो हाम्रो देशको बेथिति ! -शोभा आचार्य गौतम काठमाडौँ [३४] विपत्ति जुनसुकै बेला पशुलाई गरेनन् हेला ! -दीपा समभाव खोटाङ्ग [३५] यथार्थता अमानवका कारण मानवको भयो दुर्गति ! [३६] कस्ताे हाे राज्यसत्ता खाने मात्र भत्ता ! -डिल्लीराज (राजेन्द्र) भुसाल सन्धिखर्क-२, कुर, अर्घाखाँची [३७] अवस्था विकास गर्न योग्य नेतृत्वको खाँचो ! -सुस्मिता अधिकारी ,काठमाडौँ [३८] आपत्ति जनतालाई सास्ति धन्य विकासको गति ! -सरिता काफ्ले कोहलपुर ८ पिपरी बाँके [३९] खच्चर नगरौँ हेला यस्तो सङ्कटको बेला ! -पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत” पनौती न.पा-३,काभ्रे [४०] विकट विकासमा ओझेल भ्रष्टले गरे झालझेल ! [४१] कठै विकासको हाल सुध्रिएन नेताको चाल ! -शान्ता पौडेल भट्टराई टङ्कीसिनवारी, मोरङ [४२] देश चौपट सारा मात्र झुट्टा नारा ! -विवश पारदर्शी झापा, [४३] भारी बोकेर लैजानु कसरी पुल तारी ! -घनश्याम पौडेल,पोखरा [४४] यस्तो नहोस् भनेर विरोध गरौँ कनेर ! -लक्ष्मी रिजाल, रुपनगर, सप्तरी [४५] विकास झाेलुङ्गे पुल मारिए पशुका हुल ! -ताराप्रसाद चापागाईँ धुनिबेसी, धादिङ [४६] नाजुक कर्णाली पुल बन्यो हियाेमा शूल ! -केशवप्रसाद ढकाल ‘प्रीतबीज’ सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा। [४७] सङ्कट निर्दोष दोसाध देखिन्न जहाज चढेर ! -प्रभादेवी पौडेल चितवन [४८ चित्र हेरी खोज वास्तविकता मूलको भित्र ! -अनुग्रह राना मगर ‘पुष्प’ पाँचखपन नपा – ६ संखुवासभा ।
काठमाडौँ । साप्ताहिक ‘टुक्कामाथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १३९ औँ शृङ्खला सम्पन्न भएको छ । अभ्यासमा नेपाल लगायत विश्वका ५८ जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।
टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।
टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो । टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १३९ औँ शृङ्खलाको लागि प्रतिनिधि टुक्काको रूपमा समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।
प्रतिनिधि टुक्का- १३९ पुल पुल कति भन्छौ ? चट्ट चढ भ्यू टावर मोज गर, निर्धक्क घुम ट्वन्टीफोर आवर । ~<•>~
सहभागी टुक्काकारहरूका टुक्काहरू-
~<•>~ [१] भाँचियोस् पुल नै, मरून् प्राणी, छैन कुनै बाल जसरी नि, पर्नुपर्यो, खाली आफूलाई माल । ✍️ वसन्त अनुभव घोराही, दाङ ~<•>~ [२] विकृति छ राजनीतिमा विकास गाेजीतिर भ्यू टावरले संसार देख्याे छैन पुल भिर । ✍️ ताराप्रसाद चापागाईँ धुनिबेसी ~<•>~ [३] भोकमरीले मरून् कि बगोस् रगतको खाल मस्ती गर्ने हो सदनमा विकास कछुवाको चाल । ✍️ संगीता खरेल चन्द्रागिरी ८ काठमाडौं ~<•>~ [४] आइसक्यो भनेको मनसुन बाटो बिराएर कता पो गयो गर्मी बढेर सहन नसकी मान्छेहरूको बिचल्ली पो भयो । ✍️ पवनकुमार बुढाथोकी काठमाडौं ~<•>~ [५] भोकमरीले मरे नि हेर्न कसलाई चासो ? आफ्नै हातको राखन् धरन् मनमा चट्ट हाँसो । ✍️ बेदु न्यौपाने ~<•>~ [६] जेहोस् बाल मतलब दुनो आफ्नैतिर सोझ्याउॅंने फाइदाको लागि लड्दैछु अरू जो सुकै होउॅंन् रुने। ✍️ अर्जुन प्रसाद चौलागाई रामेछापः-सुनापति-१ हालः-अमेरिका,बोस्टन। ~<•>~ [७] पुल बनाउने पैसा छैन, भ्यू टावरको सान बाढी आउँदा रमिता हेर्ने असल नेता छान। ✍️ होमप्रसाद नेउपाने धरान,सुनसरी । ~<•>~ [८] जनतालाई अलमल्याउन नेता जे नै गर्छन् आफू लिन्छन् चाैरासी व्यञ्जन जनता भाेकै मर्छन् । ✍️ त्रिलाेचन भण्डारी मेचीनगर,झापा ~<•>~ [९] देशमा गतिलो छैन, हजुर पुल बाटो बिराउँदा जनतालाई भूल । ✍️ श्रीकृष्ण धामी – बझाङ ~<•>~ [१०] भाँचियोस् पुल नै, पहिरोले पुरियोस् बस्ती, ठिकै लाग्छ फेरि बनाउँदा आउने आफ्नो भागले, उत्साह जाग्छ । ✍️ अच्युत घिमिरे, सर्पाङ, भुटान 🇧🇹 ~<•>~ [११] आवश्यकता अनुसारको काम गर बोल सत्य साँचो दुर्गम ठाउँमा विकास गर छैन भ्यू टावरको खाँचो । ✍️ अनिता भण्डारी, ताप्लेजुङ ~<•>~ [१२] कति चुस्छौ रगत विविध करको नाउँमा भोट लिन फेरि आउनु पर्ला हाम्रो गाउँमा । ✍️ सविता भट्टराई, जनकपुर ~<•>~ [१३] भ्यू टावर बनाओस् यात पुल खाेजीनितिकाे छैन खासै खाँचो जसले देशको विकास गर्छ उसलाई दिनु देशको साँचो । ✍️ राज कुमार राजभण्डारी खाेटाङ्गे मध्यपुर ठिमी ५ संगम काेलाेनी राधे राधे भक्तपुर । ~<•>~ [१४] कुराले सकिन्छ हुन्छ खोकिदियो विकास पुल सडक नालाको कतै छैन निकास । ✍️ चुडामणि ध्रुव देवकोटा ~<•>~ [१५] केवलकार चढ्न पाए भ्यू टावर किन ? पैसा भए त सबै कुरा मिल्छ एकैछिन । ✍️ बाबू विराज कपिलवस्तु ~<•>~ [१६] खाेलापारि तर्नु पर्दा तुईन चुडिएर मर्नुपर्ने नेता भए ओखतीमुलाे विदेश गई गर्नुपर्ने । ✍️ हिरालाल न्याैपाने बानपा ८,काेटमाैला,सल्यान ~<•>~ [१७] जनताले खान नै गाँस छैन ठाउँ ठाउँमा बन्यो चढ्न भ्यू टावर परिवारै घुमफिर जनताले तिरेको करमा पाउँदा पावर । ✍️ सुशील शिखा काठमाडौँ कागेश्वरी ~<•>~ [१८] यो देशमा बन्ने हैन आवश्यक पुल कर्म गरौँ हामी सब धेरै गर्यौं भूल । ✍️ कमला देवकोटा, पाल्पा ~<•>~ [१९] पुल बनाउने पैसा झ्वामझ्वाम चट्ट बैङ्कमा राखेर वर्षैपिच्छे जनताको आँखामा छारो हाली दिन भाकेर । ✍️ अम्बिका अधिकारी झापा बिर्तामोड ~<•>~ [२०] क्या अनौठो छ सपनाको सहर सपनाभित्र हराएका रहर । ✍️ आर्त अकुलीन ~<•>~ [२१] जनताको पसिनाबाट नै कर असुल पारेर रमाए गगनचुम्बी महल भ्यू टावर राखेर । ✍️ कला ढकाल झापा ~<•>~ [२२] भाषण गर्दा नेताले देश र जनता भन्छन् मेरै पुल राम्रो बनाउन नसक्नेका फुर्ती अझ धेरै । ✍️ प्रेम थापा “मन”बागलुङ ~<•>~ [२३] जन्तु, मान्छेको मूर्ति, गेट, टावर धेरै बनाउने हो लाेकतन्त्रमा विकास कुकर्मले डुङ्डुङ्ती गनाए पनि बेजोडा हाै छैन हाम्रो विरुद्धमा निकास । ✍️ रामप्रसाद पुरी, बादेल, खाेटाङ । ~<•>~ [२४] जनताको गॅास कटाई भ्यू टावर बनाउने खानुसम्म खाएर विकास भएको जनाउने । ✍️ राजेशराज गड्तौला कॅाडाघारी, काठमाण्डौ ~<•>~ [२५] चारवर्षलाई मोज गरौँ चुनावमा भोज गरौँ जनतालाई मख्ख पार्दै संसदभित्र फेरि सरौँ । ✍️ घनश्याम पन्त हरिवन सर्लाही ~<•>~ [२६] नियत छैन विकासको र बनाउँछन् भ्यू टावर पुल किन चाहियो भत्किन्छ देश हुन्छ झरझर । ✍️ सुरेशकुमार पाण्डे, दाङ घोराही १८ ~<•>~ [२७] पुलकै नाम बेची सजियाे घर आँगन र दुनियाँ गरिब दीनदुखीहरूकाे सपना भयाे छियाछिया । ✍️ ईश्वर साउद रामारोशन गाउँपालिका ६ सुदुरपश्चिम अछाम ~<•>~ [२८] भ्यू टावर बनाएर के भयो ? हान्यो मुटुमा शूल भ्यू टावर होइन नदीमा बनाउ बलियो पुल । ✍️ डम्बर थामी ‘अनुपम’ कालिन्चोक गा. पा. -६, दोलखा । ~<•>~ [२९] हेर्नुपर्छ यो दुनियाँ ! रङ्गीबिरङ्गी भ्यू टावर चढेर चाहे पुल भाँचियोस् मतलब छैन चाहे मरोस् लडेर । ✍️ बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो ) कनकाइ ४ झापा ~<•>~ [३०] गधा बस्ने सहर छैन केही रहर । ✍️ नागेन्द्रप्रसाद यादव ~<•>~ [३१] रोजगारको कुरा गर्छौ, जाउँ हेर्ने भ्यू टावर किन चाहियो पुल यहाँ, महलको छ लहर । ✍️ एवाइ प्रभात सहिदभुमि धनकुटा ~<•>~ [३२] नेताहरूमा भयाे धेरै मुखकाे कला भएन अरू केही थपे घरकाे तला । ✍️ डिल्लीराज (राजेन्द्र) भुसाल सन्धिखर्क-१, कुर, अर्घाखाँची ~<•>~ [३३] विकास भन्दै विनासको बहार ल्याउँदैछु आफ्ना नातिपनातिलाई उकास्न भ्याउँदैछु । ✍️ नन्दलाल आचार्य सिद्धार्थटोल, उदयपुर । हाल- एनेलकुटी, सिरहा । ~<•>~ [३४] सबै राखे पनि यो मन खोलिनँ धेरै कुरा हजुर मैले बोलिनँ । ✍️ नीमा छिरिङ भोटिया जलढका कालेबुङ भारत ~<•>~ [३५] जनताको छाती टेकी शिखरमा चढ्न थाल्यौ शक्ति त तिम्रो हातमा छ, देश नर्कमा फाल्यौ । ✍️ शंकर कार्की,मकवानपुर ~<•>~ [३६] फस्दैछ रे देश विपदमा सरासर किन गर्छौ कुरा बनाउने भ्यू टावर । ✍️ हरिगाेपाल न्हुच्छेँप्रधान काभ्रे,लबनेपा १४ साँगा बजार। ~<•>~ [३७] सुख्खा मौसममा नभ्याउने तिमी असारे झरी यो, पानी रिमीझिमी। ✍️ मोती सुब्बा ~<•>~ [३८] ठीक बेठीक हेर्दैनन् लाग्छन् शासककै हुलमा शासकको ध्यान भ्यू टावरमा, जाँदैन पुलमा । ✍️ कृष्णकुमार वैद्य बनेपा ९, काभ्रे ~<•>~ [३९] नीति निर्माण गर्दैछन् रित्तो कुर्सीहरूले हाजिरी छँदैछ भनेर के हुन्छ अरूले ? ✍️ पुष्पा राई, ऐसेलुखर्क, खोटाङ । ~<•>~ [४०] हेलिकोप्टर सित्तैमा छ किन चाहियो मलाई मरे मरोस् न ! कठोर मन आउँदैन पलाई । ✍️ सुस्मिता अधिकारी ,काठमाडौँ ~<•>~ [४१] पुल शूल बन्छ, ढुङ्गो माटो टेकिन्छ भ्यू टावर बने, पर पर देखिन्छ । ✍️ विवश पारदर्शी झापा ~<•>~ [४२] चार वर्षे सत्ता हो गरिन्छ मजाले मोजमस्ती ऎन कानुन आफ्नै हो पेवा गरिन्छ जबर्जस्ती । ✍️ इन्दु श्रेष्ठ, चितवन ~<•>~ [४३] भाषणले मात्रै भए सबैतिर विकास कतै पनि छैन पुल सडककाे निकास । ✍️ सहयात्री शाेभा अर्याल रुपन्देही ~<•>~ [४४] मासु र रक्सीमा सबै जनता भुल्याए पुल बनाउने रकम त आफैँ खाए । ✍️ दुर्गा भट्टराई मोरङ ~<•>~ [४५] बेकामे भ्यू टावरहरू तिमी आफैँ चढ त्यही बसी जनता बगेको खबर पढ । ✍️ पुष्पा सुवेदी नेपालगन्ज,बॅाके। ~<•>~ [४६] भ्यू टावर बनाउनुभन्दा बनाऊ पुल मान्छे हौ मान्छे जस्तै बनेर सुधार भूल । ✍️ अरुण कुमार भुजेल गोरूबथान,कालेबुङ,भारत। ~<•>~ [४७] भ्यू टावर चढन पाएका छौ खुसी बन जन उद्याेगधन्दा खाेलेपछि त कमाउँछ धन । ✍️ जी.वि.कश्यप, घाेराही, दाङ । ~<•>~ [४८] आवश्यक ठाउँमा खै पुल छैन, भ्यू टावर अनेक ठाउँ नाफाको दृष्टिमात्र नलगाऊ गएर हेर ती आफ्नै गाउँ ✍️ शोभा आचार्य गौतम काठमाडौँ ~<•>~ [४९] किन चाहिए बाटा, पुल म त्यहाँ हिँड्न पर्दैन सत्तामा के म एक्लै छु र उसले केही गर्दैन । ✍️ सबिता खड्का कैलाली ~<•>~ [५०] हाहाकार नै मच्चियो लौन भयौ काकाकुल हे प्रभु ! वर्षा लाग्द नि फुटेन पानीको मूल । ✍️ वेल थोकर तामाङ बकैया_८ मकवानपुर ~<•>~ [५१] गरिबको पसिना बेची नाम कमाउने नेतासँग परेँ दिक्क जनता मेरो भगवान् नै हुन् भन्दै भाषण छाट्दै पार्छन् हेर ठिक्क । ✍️ बिकास छेत्री अन्जान कैजले, बिजनबारी, दार्जिलिङ। ~<•>~ [५२] विकासको रकम सबै खाए बचेको पैसाले पुल बनाए । ✍️ बि.कुलुङ दार्जिलिङ रंगबुल ~<•>~ [५३] हामी तुइन तरेकै छौँ ज्यान जोखिममा मोलेर मोजमस्ती गर्दै हिँड अझै नि चट्ट छाती खोलेर | ✍️ सरिता सेढाई धादिङ ~<•>~ [५४] खोलानाला उत्खनन् गरेर बनायौँ भ्यू टावर गरिब दुखीलाई मारेर देखाउदै छौँ पावर । ✍️ कबिताहरी सुन्दर हरैंचा नगरपालिका १ मोरङ ~<•>~ [५५] मोज र भोजको युगमा थितिका कुरा नगर समाजलाई उँभो लग्छु भनेर अघि नसर । ✍️ लक्ष्मी रिजाल, रुपनगर, सप्तरी ~<•>~ [५६] यत्रतत्र छ समस्या गतिछाडा सत्ता अल्पमत बहुमतका नाममा भत्ता । ✍️ प्रद्युम्न चालिसे भक्तपुर कटुञ्जे ~<•>~ [५७] आम्दानीको रुख रोप्यौ लिई नेताको पावर भन्छौ कति सजिलो गरेर चढ भ्यू टावर । ✍️ अनुग्रह राना मगर ‘पुष्प’ पाँचखपन नपा – ६ संखुवासभा । ~<•>~ [५८] तुइन हटाउ खोला र नदीमा बनाउ पक्की पुल ढाँट छल गरी लुटेर खाई नपार्नु है रनभुल । ✍️ सतीश पण्डित भानु ६ चुँदी तनहूँ। हाल चनपा६ मातातीर्थ
साताका तीन लघुकथा हिमालयन दृष्टि र नमस्ते आधुनिक लघुकथा मञ्च बिचको सहकार्यमा सञ्चालित साप्ताहिक स्तम्भ हो । यस स्तम्भमा नमस्ते आधुनिक लघुकथा मञ्चको भित्तोमा साताभर प्रेषित लघुकथाहरू मध्ये मञ्चले छानेर पठाएका उत्कृष्ट तीन लघुकथाहरू प्रकाशन हुने गर्दछन् ।
यस साताको (६०औँ) शृङ्खलाका लागि लघुकथाकार तुलसी पण्डितको लघुकथा ‘कालो हिरा’, लघुकथाकार धनसिंह विश्वको लघुकथा ‘सम्प्रदाय’ र लघुकथाकार भूमिका गैरे, तिमिल्सिनाको लघुकथा ‘बाध्यता’ उत्कृष्ट तीनभित्र परेका छन् । ~<•>~ ——————-<•>——————
[१] लघुकथा: कालो हिरा
✍️ तुलसी पण्डित उनी रूपमा अति रूपवती थिइन् । बजार जाँदा उनको अचानक एक काली केटीसँग भेट भयो । उनले अट्टहास गर्दै भनिन्- “यस्तो कालो रूपलाई कसले मन पराउँछ र ? अब तेरो जिन्दगीभर विवाह नहुने भयो ?” “हेर ! आजभोलि कालाको दिन पनि आएको छ । मेरो अगाडि तिम्रो जिन्दगी फिका नै हो ।”
“कसरी पत्याउँ यो कुरा ?” “उही तरकारी बेसिजनमा उत्पादन गरियो भने कति महङ्गो पर्न जान्छ । त्यसैले समय सबैको पक्षमा उर्लन्छ ।”
“आफ्नो बखानले केही हुनेवाला छैन । ऊ त्यो आउँदै गरेको केटा एकदम धनाढ्य छ । उसले धेरै फिलिम निर्माण गरेको छ । हामी ऊसँग विवाहको प्रस्ताव राख्यौँ । अनि थाहा हुन्छ, कसलाई मानिसले मन पराउँछ ?”
केटो त्यही आइपुग्यो । उनीहरूले केटातिर फर्कँदै भने- “हामी दुईजनामा तिमीले कसलाई मन पराउँछौ; उसैसँग विवाह गर । हाम्रो यो अमूल्य उपहार तिमीलाई ।” केटोले सोच्यो, गम्यो र मुस्कुराउँदै भन्यो- “यो कालो हिरा अमूल्य छ । म उनैसँग विवाह गर्छु ।” ——————-<•>—————— [२] लघुकथा: सम्प्रदाय
✍️ धनसिंह विश्व “नानी, बाबु ! कस्का छोरा हौँ ? नाम के हो ?” दश/बाह्र वर्षका बालबालिका एक्लै मन्दिरमा पूजा गर्नआएको देखेर पुजारीले अचम्म मान्दै सोधे । बालकले हाँस्दै भन्यो- “बाजे ! म मोमद फिरोजको छोरा हुँ । मोमद हरुन हो मेरो नाम ।” पुजारी अचम्म मान्दै फेरि भन्छन्- “अनि यहाँ ? कहाँ हिँडेको ? हातमा फूल, अछेता, धूप पनि बोकेका छौ त ?”
“बाजे ! भोलिदेखि हाम्रो वार्षिक परिक्षा छ। त्यसैले पूजा गरौँ भनेर आएको । बरु भन्नुहोस् न ! सरस्वती माता कहाँ हुनुहुन्छ ?” हतोत्साहित हुँदै बालकले भन्यो। “अनि तिमी गलत ठाउँ आयौ नि त बाबु ! तिमी त मस्जिद जानुपर्थ्यो। अल्लाहलाई पूज्नु पर्नेथ्यो। बाटो बिर्सेउ कि ? कसो ?” पुजारीले ठट्टा मुद्रामा हाँस्दै भने ।
“किन ? तपाईँको भगवान् हाम्रो भगवान् भन्दा सानो हो ? तपाईँको भगवान्ले मलाई परिक्षामा सफल बनाउँन सक्नुहुन्न र ?” बालकले जिज्ञासा राख्दै भन्यो। “त्यसो होइन ! तर तिमीहरू मुस्लिम हौँ। हामी हिन्दु । तिमीहरू मुस्लिमको लागि मस्जिद छ भने हाम्रो मन्दिर।” स्पष्टीकरण दिँदै भने। “भगवान् त सबैको एउटै होइन र ? त्यही भगवान्ले त हामी सबैलाई बनाएका हुन् नि ! भनेपछि अहिले मन्दिरमा के भगवान् छैनन् ?” फेरी प्रश्न गर्यो। पुजारी केही झर्को मानेझैँ गरी भने- “होइन ! तिम्रो र हाम्रो जात, धर्म, संस्कार, संस्कृति केही पनि मिल्दैन बाबु ! बरु तिमी मस्जिद नै जाऊ । त्यही ठिक छ तिमीलाई ।” बालकले भने- “होइन बाजे ! कसरी मिल्दैन र ? पोहोर गाड़ी दुर्घटनामा पर्दा मेरो अब्बुले दिएको रगत तपाईँसित मिल्यो त ! होइन ?” गेजिङ प० सिक्किम ——————-<•>—————— [३] लघुकथा: बाध्यता
✍️ भूमिका गैरे, तिमिल्सिना “कति धौ भयो, यो नाति हुर्काउँदा ? बाबाआमा अस्ट्रेलिया छन् । उही गएर केही समय बसेर लिएर आइयो ? राम्ररी राति पनि सुतिनँ म । चार/पाँच चोटी राति उठेर बोतलबाट दुध ख्वाउँथे ? त्यो दुधे बालक ल्याएर अहिले यत्रो भयो ।” सम्झँदै बुढीले भनिन् । “हो त नि ! यसका बाबाआमालाई एकछिन फुर्सद छैन । व्यस्त जीवन, पैसाको मोह भयो । परिस्थिति पनि त्यस्तै छ, के गर्ने ? यसको स्याहारसुसार कसले गर्ने ? त्यही भएर हामी नै हुर्काउँछौँ नाति भनि ल्याइयो । अहिले ठूलो भयो स्कुल खुरुखुरु जान्छ । बुझ्ने भइसक्यो । साउँभन्दा ब्याजको माया।” नातितिर हेर्दै पुलकित मुद्रामा बुढाले भने ।
अरूबेला त ठिकै हो । बिरामी भयो भने मलाई त ! साह्रै डर लाग्छ, किन हो ? कतै केही भई हाल्ने पो हो कि भनेर सात्तै जान्छ जान नि ? आफ्ना छोराछोरी हुर्काउँदा खै यस्तो विधि थाहा पाइएन । बस्तुभाउ, मेलापात, दाउरा, घाँस गर्नुपर्थ्यो । दु: ख थियो । दुखैदु:खले हुर्किएका हुन् बरा ! छोराछोरी त ?” बुढीले थपिन् ।
“अहिले त ध्यान नै यसैको मात्र छ । के खान्छ ? कस्तो लाउँछ ? कहाँ जाने भन्छ ? यसैको चाकडी गर्दागर्दै दिन बित्छ । पहिले र अहिलेका दिन यिनै हुन् क्यारे ! समयले कहाँबाट कहाँ ल्यायो, है बुढा ?
मोबाइलमा घन्टी बज्यो । भिडियो कल गरे छोराबुहारीले । “ “ल ! आऊ आऊ सुबोध नाति । हेर त ! तिम्रो बाबाआमाको फोन आयो । ल आऊ त बोल्न ।” ऊ आफ्नै पारामा खेलिरह्यो । कति गर्दा नि पिटिक्कै बोलेन ? वास्तै गरेन । सबैले अनेक प्रयत्न गरे तर सुबोधले ध्यानै दिएन ।
बाआमाले हामीलाई कति माया गर्छन् ? एकछिन छोड्दैनन् । पुच्छर लाएर हैरान पार्छ । आफ्ना बाबाआमाले बिचरा ! कति गर्छन तर पनि बोल्नै खोज्दैन, किन हो ? कतै आमाबाबा र सन्तान बीचको दुरी बढ्ने त होइन ? वास्तै गर्दैन, मलाई त सम्झदा नि डर पो लाग्छ त ? मलिन् मुख मुन्द्रामा बुढीले भनिन् ।
बुढाले घोरिँदै सोचेर भने- “आमाबुबाको माया, स्पर्श केही पाएको छैन ? अनि कसरी माया बसोस् त ? यो बाध्यात्मक परिस्थितिले निम्त्याएको दुरी पनि ठीक होइन ।” ——————-<•>——————-
साताका उत्कृष्ट झिल्का कविताको १७औँ शृङ्खला सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त शृङ्खला हरेक हप्ता सञ्चालन गर्ने गरिन्छ । झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले यस शृङ्खलाको सुरुवात गरिएको यसका परिकल्पनाकार एवम् प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।
यस शृङ्खलाका लागि हरेक हप्ताको आइतवारदेखि शुक्रवार अपरान्हसम्म झिल्का कविता फेसबुक समूहको भित्तोमा प्रेषित गरिएका झिल्का कविताहरू मध्ये उत्कृष्ट तीन जना झिल्काकारहरूका ३/३ झिल्काहरू छ्नोट गरी प्रकाशन गर्ने गरिन्छ । जसको संयोजन झिल्काकार एवम् झिल्का कविता अभियन्ता धनुष न्यौपानेले गर्दै आउनुभएको छ ।
साताका उत्कृष्ट झिल्का कविता शृङ्खला- १७ का लागि झिल्काकारत्रय लक्ष्मण देउवा डोटी, पुष्पा सुवेदी र सञ्जना शर्माका उत्कृष्ट झिल्का कविताहरू छनोटमा परेको संयोजक न्यौपानेले बताउनुभयो ।
साताका उत्कृष्ट झिल्काहरू
———<•>——— [१] १// कर्मको फल मिठो सधैँ दुःखमा रमाउने म गाउँले ठिटो । २// सङ्घर्षको भारी बोकेर पुग्न सकिन्न गन्तव्यमा बीचमा पाइला रोकेर । ३// दुःखको जङ्घार तरेर जिउनुको अर्थ सिकाई एकदिन जानुछ मरेर । ✍️ लक्ष्मण देउवा डोटी हाल भारत चेन्नई🇳🇵 ———<•>——— [२] १// राजनीति शब्दको अर्थ गलत परिभाषित भयो अर्थको लाग्यो अनर्थ । २// भ्रष्टाचारको धमिरो फालौँ राजनीतिलाई पृष्ठभूमि बनाएर राष्ट्रियताको जग बसालौँ । ३// नबिर्सनू ए साथीभाइ ! गन्तव्यमा पुगे भनी हेर आफ्नो उद्गमस्थललाई । ✍️ पुष्पा सुवेदी नेपालगन्ज, बॅाके ———<•>——— [३] १// आस गरेर बसेछौ अरूको मात्रै आज त्यसैले तल खसेछौ । २// मेहनत गरेर खानू आफ्नो यही ठाउँमा उब्जिन्छ है मानु । ३// मेहनत गरेर मरिँदैन गरेर अठोट आजै अरूको भर परिँदैन । ✍️ सञ्जना शर्मा ———<•>———
कवि तथा समालोचक पुष्कर रिजाल “पुष्प”को एकल कविता वाचन घोराही दाङमा भव्य रूपमा सम्पन्न भएको छ।
राप्ती साहित्य परिषद् दाङ शाखाका अध्यक्ष यम रेग्मीको अध्यक्षता तथा राप्ती साहित्य परिषद् केन्द्रका सल्लाहकार तथा निवर्तमान अध्यक्ष पुरुषोत्तम खनालको प्रमुख अतिथ्यता तथा राप्ती साहित्य परिषद् केन्द्रका सल्लाहकार तथा वरिष्ठ साहित्यकार उत्तम कृष्ण मजगैयाँ विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
कवि तथा समालोचक साहित्यकार रिजालले गद्य तथा पद्य गरी एक दर्जनभन्दा बढी कविता वाचन गर्नुभएको थियो। ती वाचित रचनाहरूको समीक्षा राप्ती साहित्य परिषद् केन्द्रका अध्यक्ष तथा वरिष्ठ साहित्यकार डा.टीकाराम उदासीले गर्नुभएको थियो। समीक्षक उदासीले पुष्कर रिजालका रचना भाव तथा कलाका दृष्टिकोणले उत्कृष्ट रहेको बताउनुभएको थियो।
राप्ती साहित्य परिषद् केन्द्रका सल्लाहकार तथा प्रगति लेखक संघ केन्द्रका सल्लाहकार पदमप्रसाद शर्मा,राप्ती साहित्य परिषद् दाङ शाखाका सल्लाहकार तथा निवर्तमान अध्यक्ष दीपक शर्मा “समीर” र वरिष्ठ साहित्यकार गणेश विषमले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
लेखक संघ दाङ शाखाका अध्यक्ष खगराज न्यौपाने, प्रगतिशील लेखक सङ्घका केन्द्रीय सदस्य रामप्रसाद जैसी, सिस्नुपानी नेपाल दाङ शाखाका अध्यक्ष डा.लोकराज पराजुली, झिल्का साहित्य समाज, नेपालका अध्यक्ष वसन्त अनुभव, विश्व नेपाली साहित्य प्रतिष्ठान, दाङ शाखाका अध्यक्ष तथा साहित्यकार डा.कृष्णराज डिसी, राप्ती साहित्य परिषद् दाङ शाखाका सल्लाहकार तथा केन्द्रका वरिष्ठ उपाध्यक्ष कमलमणि देवकोटा, प्रगतिशील लेखक सङ्घ लुम्बिनी प्रदेशका सल्लाहकार केशव थापा, प्रगतिशील लेखकसघ दाङका कोषाध्यक्ष चन्द्रबहादुर थापा लगायत विभिन्न साहित्यिक संघसंस्थाको बाक्लो उपस्थिति रहेको थियो।
त्यसैगरी सो कार्यक्रममा गीतकार प्रकाश केसी, गायक तथा संगीतकार सन्तोष रजौरे ,गजलकार खिम केसी, साहित्यकारहरू नगेन्द्र गुरु, डा.प्रेम योगी, शारदा शर्मा,गोपाल भुसाल अभिलाषी,धनसिंह गिरी,सुशीला आचार्य, वीणा रोका, विन्दु अधिकारी,देवेन्द्र रिजाल, महेश कुमार न्यौपाने, सुवाष न्यौपाने,शरद गौतम, रामकुमार पौडेल,दामु शर्मा,वसन्त पोखरेल, शोभाकान्त अधिकारी ,नमा शर्मा, तारा न्यौपाने, होम बहादुर रेग्मी , सुशीला कुमारी रेग्मी, रिमा गौतम,एच.एन .पाण्डे,अरुण कुमार नेपाली योजना बुढाथोकी लगायतको उपस्थिति रहेको थियो।
विश्व नेपाली साहित्य महासंघ, दाङ शाखा अध्यक्ष एवम् राप्ती साहित्य परिषद् दाङ शाखाका उपाध्यक्ष सुरेशकुमार पाण्डेको स्वागत मन्तव्यबाट शुभारम्भ भएको कार्यक्रमको सञ्चालक सचिव घनश्याम केसीले गर्नुभएको थियो। सो कार्यक्रममा एकल रचना वाचक साहित्यकार रिजाललाई परिषद्को तर्फबाट प्रशंसापत्रले सम्मान गरिएको थियो।
“पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग: उनान्सयाैं हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा पञ्चाङ्ग लेख्नु हुन् हार्दिक अनुरोध छ: अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्ता पछिको भाग :-९९ ——————————-
विधा :- पञ्चाङ्ग अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला मिति:- २०८१/०२/२८ बुधबार बेलुका ०९ बजेसम्म पञ्चाङ्ग वा समपञ्चाङ्ग पठाउनु हुन् अनुरोध छ। ………………………………………. प्रशिक्षक:- …………… सोमनाथ लुइटेल गुणनिधि घिमिरे सुशीला पौडेल
……………………… भाषा शुद्धीकरण:- ———– पुष्पा सुवेदी नेपाल भवानी घिमिरे जमुना आचार्य पशपती राई
अक्षर सङ्ख्या:- [बराबरी] अनुप्रास :- आफुखुशी स्थायी :- अनिवार्य
पञ्चाङ्ग:०१ मुटु दुखेको औषधी किन्न पाए किन्ने धेरै थिए होला। दुश्मन जति सबै नै विन्न पाए विन्ने धेरै थिए होला। काे कस्ताे काे कस्ताे निधारमा लेखिएको हुदैन रहेछ आँखाले हेरेर मात्र चिन्न पाए चिन्ने धेरै थिए हाेला सधैं भरि लत्याएर हिन्न पाए हिन्ने धेरै थिए हाेला । सुशीला पाैडेल पञ्चाङ्ग:०२ सङ्घर्षै सङ्घर्ष भनेर जान्नु छ जीवनमा। सारा खुसी हराएपनि धान्नु छ जीवनमा। सहज र असहज यो सब भावीको लेखाइ, कति कुरा मिहेनतले छान्नु छ जीवनमा। जे पर्दछ आफ्नो भागमा मान्नु छ जीवनमा।
✍️ अच्युत घिमिरे, सर्पाङ, भुटान 🇧🇹 पञ्चाङ्ग:०३
पञ्चाङ्ग:०३ दिनहुँ झगडा गर्ने परिवार किन चाहियो। आफ्नै पेट मात्रै भर्ने परिवार किन चाहियो। अब कुनै नाटक चैं नदेखाउनु महाेदय, घमण्डको बिज छर्ने परिवार किन चाहियो। हाम्रो खुसी सबै हर्ने परिवार किन चाहियो। ह्यारिस
पञ्चाङ्ग:०४ बन्द कलकारखाना खोल्ने बात दिनुपर्छ युवा लक्षित काम ल्याउने हात दिनुपर्छ सबै मिली देश विकासमा लाग्न सकेदेखि नकावधारी शोषकलाई लात दिनुपर्छ रगत चुस्ने मच्छडलाई मात दिनुपर्छ ।
पञ्चाङ्ग:०५ समतामूलक समाज बने पो राम्रो हुन्थ्यो बालकदेखि बृद्धका आवाज यी हाम्रो हुन्थ्यो समानताले एकता ल्याउन नसकेपछि परिवर्तनका नारा सब किन चाम्रो हुन्थ्यो ? परिमार्जन गरिनु पर्ने बानी दाम्रो हुन्थ्यो ।
भुमिका गैरे, तिमिल्सिना
गैंडाकोट , नवलपुर पञ्चाङ्ग:०६ सेठजी हुँदासम्म गाउँमा कसैले दुख पाएनन् हजुर सारा दुखी उनैको घरधाए अन्त कतै धाएनन् हजुर बलेकै आगो त ताप्ने हो सबैले कसले ताप्छ र निभेको बिल्ली मर्दा सबैआए त सेठ मर्दा कोहि आएनन् हजुर बाचुन्जेल त गुणगान गाए मरेपछि गाएनन् हजुर। -पशपती राई खोटाङ्ग।