• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: ताजा अपडेट

मातृभाषी लघुकथाकार राईलाई ‘वर्ष मातृभाषी लघुकथा सर्जक सम्मान’ प्रदान

  • ११ असार २०८१, सोमबार १९:२३ मा प्रकाशित
  • नमस्ते आधुनिक लघुकथा मञ्चले वर्ष मातृभाषी लघुकथा सर्जक सम्मान २०८१ बाट मातृभाषी लघुकथाकार म्यामराज राईलाई प्रदान गरेको छ । मञ्चले आफ्नो छैटौँ वार्षिकोत्सवको अवसर पारेर राईलाई सम्मानित गरेको हो ।

    स्रष्टा राईले पछिल्लो समय बान्तवा (राई) भाषामा लघुकथा सिर्जना गर्ने, नेपाली भाषामा लेखिएका लघुकथाहरूलाई बान्तवा ( राई ) भाषामा अनुवाद गर्दै संस्थाको फेसबुक समूहमा निरन्तर रूपमा प्रेषण गरिरहनुभएको छ ।

    आफ्नो स्थापनाकालदेखिनै संस्थाले राष्ट्रभाषाका साथै मातृभाषाको संरक्षण र प्रवर्द्धन गर्दै आएको छ र मातृभाषी लेखकहरूलाई प्रोत्साहन र सम्मान पनि गर्दै आएको छ । सोही कार्यलाई निरन्तरता दिँदै यस वर्षको ‘वर्ष मातृभाषी लघुकथा सम्मान’बाट राईलाई सम्मानित गरिएको मञ्चले जनाएको छ ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged म्यामराज राई, वसन्त अनुभवLeave a Comment on मातृभाषी लघुकथाकार राईलाई ‘वर्ष मातृभाषी लघुकथा सर्जक सम्मान’ प्रदान

    रेडियो सारथि १०७.४ मेगाहर्ज ‘वर्ष उत्कृष्ट रेडियो’ र अनिष पाठक ‘वर्ष उत्कृष्ट प्राविधिक सारथि’

  • ११ असार २०८१, सोमबार १७:०८ मा प्रकाशित
  • बडिगाड गा. पा.-२, खर्बाङ, बागलुङमा अवस्थित रेडियो सारथि १०७.४ मेगाहर्ज ‘वर्ष उत्कृष्ट रेडियो’ र सोही रेडियोमा कार्यरत समाचारवाचक एवम् प्राविधिक सारथि अनिष पाठक ‘वर्ष उत्कृष्ट प्राविधिक सारथि’ सम्मानबाट सम्मानित हुनुभएको छ । नमस्ते आधुनिक लघुकथा मञ्चले आफ्नो छैटौँ वार्षिकोत्सवको अवसरमा उहाँहरूलाई सम्मान गरेको हो ।

    रेडियो सारथिलाई निरन्तर लघुकथा वाचन र रेडियो तरङ्गबाट लघुकथा विशेष कार्यक्रम ‘लघुकथा आँगन’ प्रसारण गर्नकालागि स्थान उपलब्ध गराएवापत र उक्त रेडियोमा कार्यरत प्राविधिक अनिष पाठकलाई उक्त कार्यक्रममा निरन्तर प्राविधिक संयोजन गरेर योगदान दिनुभएवापत उक्त सम्मानद्वारा सम्मानित गरिएको मञ्चले जनाएको छ ।

    लघुकथा विशेष रेडियो कार्यक्रम ‘लघुकथा आँगन’को सञ्चालन सञ्चारकर्मी एवम् मञ्चका आधिकारिक लघुकथा वाचक कमल पौडेलले गर्दै आउनुभएको छ ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged वसन्त अनुभव1 Comment on रेडियो सारथि १०७.४ मेगाहर्ज ‘वर्ष उत्कृष्ट रेडियो’ र अनिष पाठक ‘वर्ष उत्कृष्ट प्राविधिक सारथि’

    वर्ष स्तम्भकार सम्मानबाट वसन्त अनुभव र वर्ष उत्कृष्ट पत्रिका सम्मानबाट हिमालयन दृष्टि सम्मानित

  • ११ असार २०८१, सोमबार १६:१४ मा प्रकाशित
  • नमस्ते आधुनिक लघुकथा मञ्चले वर्ष स्तम्भकार सम्मा, २०८१’बाट स्तम्भकार वसन्त अनुभवलाई र ।
    ‘वर्ष उत्कृष्ट पत्रिका सम्मान, २०८१ बाट ‘हिमालयन दृष्टि मिडिया प्रा. लि.’लाई सम्मान गरेको छ । मञ्चले आफ्नो छैटौँ वार्षिकोत्सवको अवसरमा उक्त सम्मानबाट सम्मानित गरेको हो ।

    नमस्ते आधुनिक लघुकथा मञ्चको भित्तोमा साताभर प्रेषित लघुकथाहरू मध्येबाट उत्कृष्ट तीन लघुकथाहरू छानेर स्तम्भकार वसन्त अनुभवले ‘साताका तीन लघुकथा’ स्तम्भ हिमालयन दृष्टि अनलाइन पत्रिकामा निरन्तर प्रकाशन गर्दै आउनुभएको छ । पत्रकारिताको माध्यमबाट उहाँले लघुकथाको उन्नयन र प्रवर्द्धनमा पुर्‍याउनुभएको योगदानको कदर गर्दै यो सम्मान प्रदान गरिएको मञ्चले जनाएको छ ।

    मञ्चका सचिव समेत रहनुभएका अनुभवले लघुकथाको लेखन, सम्पादनका अलावा कथा, कविता, मुक्तक, निबन्ध, गीत, गजल, झिल्का, टुक्का, उदक, पञ्चाङ्ग, चारु लगायत विविध विधामा कलम चलाउने गर्नुहुन्छ । अनुभव विभिन्न संस्थाहरूका कार्यसमितिमा रहेर कार्य गर्दै आउनुभएको छ । उहाँ झिल्का कविताको प्रवर्तक एवम् झिल्का साहित्य समाजको संस्थापक अध्यक्ष हुनुहुन्छ ।

    त्यस्तै लघुकथालाई लगातार वर्षभरि समाजमा फैल्याउनका लागि स्तम्भ प्रदान गरेर योगदान पुर्‍याएकोमा हिमालयन दृष्टि अनलाइन पत्रिकालाई पनि ‘वर्ष उत्कृष्ट पत्रिका सम्मान, २०८१’ द्वारा सम्मान गरिएको छ । “साताका तीन लघुकथा” स्तम्भ विगत लामो समयदेखि यसै पत्रिकामार्फत सञ्चालन हुँदै आइरहेको छ, जसको सञ्चालन वसन्त अनुभवले गर्दै आउनुभएको छ ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged नमस्ते आधुनिक लघुकथा मञ्च, वसन्त अनुभव1 Comment on वर्ष स्तम्भकार सम्मानबाट वसन्त अनुभव र वर्ष उत्कृष्ट पत्रिका सम्मानबाट हिमालयन दृष्टि सम्मानित

    ‘कथा-कुथुङ्ग्री सृजना नायक’का रूपमा लाेहनी र ‘अविश्रान्त लघुकथा साधक’का रूपमा मधिकर्मीलाई अभिनन्दन; चालिसेलाई ‘आदर्श लघुकथा सर्जक सम्मान’

  • ११ असार २०८१, सोमबार ०९:२१ मा प्रकाशित
  • नमस्ते आधुनिक लघुकथा मञ्चले ‘कथा-कुथुङ्ग्री सृजना नायक’का रूपमा साहित्यकार एवम् समालोचक पुष्कर लाेहनीलाई र ‘अविश्रान्त लघुकथा साधक’का रूपमा लघुकथाकार/साहित्यकार ध्रुव मधिकर्मीलाई अभिनन्दन गर्ने भएको छ । त्यस्तै ‘आदर्श लघुकथा सर्जक सम्मान” द्वारा साहित्यकार एवम् समालोचक डा. विदुर चालिसेलाई सम्मान गर्ने भएको छ । नमस्ते आधुनिक लघुकथा मञ्चले आफ्नो छैटौँ वार्षिकोत्सवको अवसरमा पहिलोपटक उक्त कुरा घोषणा गरेको हो

    नमस्ते आधुनिक लघुकथा मञ्चले वि.स. २०८१ सालका लागि लामाे समयदेखि समालाेचना एवं साहित्यका विभिन्न विधा तथा उपविधामा आजीवन साधनारत रही आख्यानकाे छाेटाे आख्यात्मक संरचनाका रूपमा कथा-कुथुङ्ग्री समेतकाे सिर्जनामार्फत नेपाली साहित्यमा पुर्याउनुभएकाे याेगदानका लागि वरिष्ठ साहित्यकार एवं कथा-कुथुङ्ग्रीका रचनाकार श्री पुष्कर लाेहनीलाई “कथा-कुथुङ्ग्री सिर्जना नायक”को रूपमा अभिनन्दन गर्न लागेको हो ।

    त्यस्तै नेपाली साहित्यकाे क्षेत्रमा लामाे समयदेखि लघुकथा लेखनमा विशिष्ट याेगदान गर्नुभएका वरिष्ठ लघुकथाकर श्री ध्रुव मधिकर्मीलाई “अविश्रान्त लघुकथा साधक” का रूपमा अभिनन्दन गरिने भएकाे छ ।

    साथै कविता, समालाेचना, भाषाविज्ञान एवं लघुकथाकाे समेत रचना गरी विभिन्न विधा एवम् उपविधासहित उपविधागत बृहत्तर आकारकाे “शताब्दम् महाशक्ति” लघुकथा महासङ्ग्रह जस्ताे एक आदर्श कृतिकाे सृजनामार्फत नेपाली साहित्यमा पुर्‍याउनुभएको विशिष्ट योगदानका लागि भाषाविद् एवम् वरिष्ट साहित्यकार डा. विदुर चालिसेलाई “आदर्श लघुकथा सर्जक” सम्मान प्रदान गरिने भएको छ ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged लघुकथा, वसन्त अनुभव2 Comments on ‘कथा-कुथुङ्ग्री सृजना नायक’का रूपमा लाेहनी र ‘अविश्रान्त लघुकथा साधक’का रूपमा मधिकर्मीलाई अभिनन्दन; चालिसेलाई ‘आदर्श लघुकथा सर्जक सम्मान’

    ‘पहिरो’लाई लघुकथालय पुरस्कार

  • ११ असार २०८१, सोमबार ०७:२० मा प्रकाशित
  • नमस्ते आधुनिक लघुकथा मञ्चले यस वर्षको लघुकथालय कृति पुरस्कार लघुकथाकार ललिता दोषीको लघुकथा सङ्ग्रह ‘पहिरो’ लाई प्रदान गरेको छ । नमस्ते आधुनिक लघुकथा मञ्चले आफ्नो छैटौँ वार्षिकोत्सवको दोस्रो दिन अर्थात् असार १० गते उक्त पुरस्कारको घोषणा गरेको हो ।

    २०८० सालभरमा प्रकाशित भएका लघुकथा सङ्ग्रहहरू बजारमा उपलब्ध भएसम्मका सङ्कलन गरी मूल्याङ्कनमा समावेश गरिएको थियोे । जसबाट निर्णायक समितिले अध्ययन र मूल्याङ्कन गरी उक्त पुरस्कारका लागि लघुकथा कृति ‘पहिरो’ लाई छ्नोट गरेको थियोे ।


    २०८० सालमा स्थापित उक्त पुरस्कारको रकम ११ हजार १ सय ११ रुपैयाँ र सम्मान पत्र रहेको छ । गतवर्ष उक्त पुरस्कार लघुकथाकार शेखर कुमार श्रेष्ठकृत लघुकथा सङ्ग्रह ‘बोकाको खुसी’ लाई प्रदान गरिएको थियोे ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged लघुकथा, वसन्त अनुभवLeave a Comment on ‘पहिरो’लाई लघुकथालय पुरस्कार

    वर्ष लघुकथा सर्जक एवम् पाठकमा पाण्डे र वर्ष उत्कृष्ट वाचकमा काफ्ले सम्मानित

  • ११ असार २०८१, सोमबार ०६:५२ मा प्रकाशित
  • नमस्ते आधुनिक लघुकथा मञ्चले ‘वर्ष लघुकथा सर्जक, २०८१’ एवम् ‘वर्ष पाठक, २०८१’ बाट लघुकथाकार सुरेशकुमार पाण्डेलाई र ‘वर्ष उत्कृष्ट लघुकथा वाचक, २०८१’ बाट सञ्चारकर्मी विवेक काफ्लेलाई सम्मान गरेको छ । आफ्नो छैटौँ वार्षिकोत्सव अवसर पारेर २०८१ असार ९ गते मञ्चले घोषणा गरेको हो । मञ्चले हरेक वर्ष आफ्नो वार्षिकोत्सवको अवसर पारेर विभिन्न पुरस्कार, सम्मान एवम् प्रशंसा पत्र प्रदान गर्दै आइरहेको छ ।

    वर्षभरि आफ्नो आधिकारिक फेसबुक समूहको भित्तोमा सबैभन्दा धेरै उत्कृष्ट लघुकथाहरू प्रेषित गर्ने लघुकथाकारहरू मध्येबाट प्रथम, द्वितीय र तृतीय घोषणा गरेर पुरस्कार रकम सहित सम्मान गर्दै आएको छ । यस वर्ष लघुकथाकार श्री सुरेशकुमार पाण्डे प्रथम हुन सफल हुनुभएकोले उहाँलाई नगद रु.७०००/- सहित ‘वर्ष लघुकथा सर्जक २०८१’ द्वारा सम्मान गरिएको हो ।

    त्यस्तै मञ्चको भित्तोमा प्रेषित लघुकथाहरू पढेर सबैभन्दा धेरै प्रतिक्रिया दिनेहरू मध्ये पनि लघुकथाकार श्री सुरेशकुमार पाण्डे नै प्रथम हुनुभएको हुँदा उहाँलाई ‘वर्ष पाठक २०८१’ बाट पनि सम्मान गरिएको थियोे । जसको पुरस्कार राशि ४०००/- रहेको छ ।

    त्यस्तै मञ्चले वर्षभरि मञ्चका लघुकथाहरू वाचन गरेर लघुकथाको उन्नयन र प्रवर्द्धनमा सघाउने लघुकथा वाचकहरू मध्ये पनि वर्ष उत्कृष्ट वाचक छानेर हरेक वर्ष नगद पुरस्कार सहित सम्मान गर्दै आएको छ । यस वर्षको वर्ष उत्कृष्ट वाचकको रूपमा हरेक साता लघुकथाहरू वाचन गरी मञ्चको आधिकारिक फेसबुक पेज र रेडियो पुष्पाञ्जली ९७.४ मेगाहर्जको रेडियो तरङ्गबाट प्रसारण गर्नुहुने सञ्चारकर्मी एवम् आधिकारिक लघुकथा वाचक श्री विवेक काफ्लेलाई नगद रु ५०००/- सहित ‘वर्ष उत्कृष्ट वाचक २०८१’ बाट सम्मान गरिएको थियोे ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged लघुकथा, वसन्त अनुभवLeave a Comment on वर्ष लघुकथा सर्जक एवम् पाठकमा पाण्डे र वर्ष उत्कृष्ट वाचकमा काफ्ले सम्मानित

    पौडेल र घलेलाई हेमलता स्मृति लघुकथा सम्मान प्रदान

  • १० असार २०८१, आईतवार ००:१० मा प्रकाशित
  • युवा लघुकथाकारद्वय प्रभादेवी पौडेल र राजन ग्याल्दाङ् ‘बुद्धिसिङ’ घले ‘हेमलता स्मृति लघुकथा सम्मान-२०८१’ बाट सम्मानित हुनुभएको छ । आफ्नो छैटौँ वार्षिकोत्सवको अवसर पारेर नमस्ते आधुनिक लघुकथा मञ्चले यो सम्मान उहाँहरूलाई प्रदान गरेको हो ।

    कीर्तिशेष लघुकथाकार हेमलता उप्रेतीको स्मृतिमा स्थापित ‘हेमलता स्मृति लघुकथा सम्मान’ लघुकथामा कुनै पनि कृति ननिकालेका तर निरन्तर स्तरीय लघुकथा लेखनमा लागिपरेका जुझारु युवा लघुकथाकारहरूलाई प्रोत्साहन गर्न प्रदान गर्ने गरेको मञ्चले जनाएको छ ।

    ५५ वर्ष मुनिका एकजना महिला र एकजना पुरुष युवा लघुकथाकार छनोट गरेर मञ्चले हरेक वर्ष यो सम्मान प्रदान गर्दै आएको छ । यो सम्मानबाट विगतका दुई वर्षमा दुई पुरुष तथा दुई महिला गरी ४ सक्रिय युवा लघुकथा सर्जकहरूलाई मञ्चले सम्मानित गरिसकेको छ ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged वसन्त अनुभवLeave a Comment on पौडेल र घलेलाई हेमलता स्मृति लघुकथा सम्मान प्रदान

    साताका उत्कृष्ट झिल्काहरू- १८

  • ९ असार २०८१, शनिबार ०६:५४ मा प्रकाशित
  • साताका उत्कृष्ट झिल्का कविताको १८औँ शृङ्खला सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त शृङ्खला हरेक हप्ता सञ्चालन गर्ने गरिन्छ । झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले यस शृङ्खलाको सुरुवात गरिएको यसका परिकल्पनाकार एवम् प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।

    यस शृङ्खलाका लागि हरेक हप्ताको आइतवारदेखि शुक्रवार अपरान्हसम्म झिल्का कविता फेसबुक समूहको भित्तोमा प्रेषित गरिएका झिल्का कविताहरू मध्ये उत्कृष्ट तीन जना झिल्काकारहरूका ३/३ झिल्काहरू छ्नोट गरी प्रकाशन गर्ने गरिन्छ । जसको संयोजन झिल्काकार एवम् झिल्का कविता अभियन्ता धनुष न्यौपानेले गर्दै आउनुभएको छ ।

    साताका उत्कृष्ट झिल्का कविता शृङ्खला- १८ का लागि झिल्काकारत्रय म्यामराज राई, बेदु न्यौपाने र राजेन्द्रप्रसाद भुसालका उत्कृष्ट झिल्का कविताहरू छनोटमा परेको संयोजक न्यौपानेले बताउनुभयो ।

    साताका उत्कृष्ट झिल्काहरू

    ———<•>———
    [१]
    राजनीतिले खेलाउॅंछ खेल
    छिर्के लाग्दै, लगाउॅंदै
    खोजिन्छ बेमेलभित्र मेल ।
    [२]
    झुण्डको झन्डा बोकेपछि
    आँखा टालिन्छ गुनको
    देशको झन्डा बिर्सेपछि ।
    [३]
    चालकले चलाखीपूर्ण नचलाए
    गाडी दुर्घटनामा पर्छ
    जथाभावी मन बहलाए ।
    ✍️
    म्यामराज राई, भोजपुर
    ———<•>———

    [१]
    जनतामा गराए भ्रान्ति
    सबैमा कलह उदायो
    देशमा भएन शान्ति ।
    [२]
    मानवता कतै भएन
    गरेनन् विकास देशको
    स्वधर्ममा कोही गएन ।
    [३]
    लाउने खाने उमेर
    आनन्द खुसीले रमाउँ
    फर्केर आउँदैन घुमेर ।
    ✍️
    बेदु न्यौपाने
    ———<•>———

    [१]
    राज्य सञ्चालन विधि
    राजनीति तथा शासन
    जाेगाउनु राष्ट्रकाे निधि ।
    [२]
    सर्वत्र सत्ताकाे माेहो
    गर्न गाह्रो जनतालाई
    बिहान बेलुका जाेहो ।
    [३]
    राजनीति गर्ने नेता
    लाग्याे सधैँ दाग
    भएनन् कहिल्यै सेता ।
    ✍️
    राजेन्द्रप्रसाद भुसाल
    ———<•>———

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged झिल्का कविता, धनुष न्यौपाने, वसन्त अनुभव, साताका उत्कृष्ट झिल्काLeave a Comment on साताका उत्कृष्ट झिल्काहरू- १८

    विशेष झिल्का लेखन अभियानको १९औँ शृङ्खला ( तुलसी विषयक) सम्पन्न

  • ८ असार २०८१, शुक्रबार ०७:२१ मा प्रकाशित
  • झिल्का लेखन अभियानको १९ औँ शृङ्खला (तुलसी विषयक) सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त झिल्का लेखन कार्यक्रम सञ्चालन गरिएको थियोे ।

    झिल्का कविता लेखनको यस विशेष अभियानमा पनि विगतका शृङ्खलाहरूमाझैँ सर्जकहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा छरिएर रहनुभएका नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ६० जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।

    झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये झिल्का लेखन अभियान पनि एक भएको र नेपाली समुदायका चाडपर्व, उत्सव लगायत विभिन्न विशेष अवसरहरूमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार/प्रवर्तक/प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो ।

    झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम, लघुतम, प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक, अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्‍याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।

    झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुन्छ तर समध्वनीक हुनुहुँदैन ।

    सहभागी झिल्काकारहरूका उत्कृष्ट झिल्का कविताहरू-
    —————<•>—————

    १//
    जताततै सुगन्ध छर्ने
    उत्तम जडिबुटी तुलसी
    ज्वरो, खोकी हर्ने !
    २//
    खोजेर भेटिँदैन खोट
    भरिपूर्ण छ गुणैगुणले
    मानिन्छ पवित्र बोट !
    ३//
    दोष पारिदिन्छ चुट्टै
    यतिमात्र होइन यसको
    धार्मिक महत्व छुट्टै !
    ✍️
    वसन्त अनुभव
    घोराही, दाङ
    ————-==———–
    १//
    यसको मञ्जरी अनि
    आफ्नै विशेषता औषधी
    भएको तुलसी पनि ।
    २//
    रुघाखोकी औषधी नाम
    यसलाई प्रयोग गरे
    देखाउँछ राम्रो काम ।
    ✍️
    बेदु न्यौपाने
    ————-==———–
    //
    छ अनेक गुणयुक्त
    तुलसी सेवन गरेमा
    भइन्छ रोगबाट मुक्त ।
    २//
    अन्तर्य बुझ्नु राम्रो
    तुलसी उपयोग गर्दा
    भलाइ हुन्छ हाम्रो ।
    ✍️
    कृष्णकुमार वैद्य
    बनेपा ९, काभ्रे
    ————-==———–
    १//
    तुलसीको महत्व धेरै
    आवश्यक विरुवा भनी
    रोपौँ घरमा सबेरै ।
    २//
    जताततै सुगन्ध छर्छ
    अत्यन्त उपयोगी जडिबुटी
    ज्वरो, खोकी हर्छ ।
    ३//
    रातोदिन दिन्छ अक्सिजन
    अत्यावश्यक हो तुलसी
    स्वच्छ राख्छ मन ।
    ✍️
    अर्जुन प्रसाद चौलागाई
    रामेछापः-सुनापति-१
    हालः-अमेरिका,बोस्टन।
    ————-==———–
    १//
    वरपिपल छन् वरपर
    सुन्दर देश हरियाली
    तुलसी लगाउँ घर ।
    २//
    तुलसी अनेक गुणकारी
    नियमित सेवन गर्दा
    लाग्दैन कुनै बिमारी ।
    ३//
    शोभा घरको आँगनीमा
    सुन्दर लाग्छ तुलसी
    राखौँ चाहे कौँसीमा ।
    ✍️
    सुरेशकुमार पाण्डे
    दाङ घोराही १८
    ————-==———–
    १//
    विष्णुको रूपमा रहेको
    हरेक रोगका लागि
    औषधीय गुण भएको ।
    २//
    आयुर्वेदमा अति काइदा
    पुर्‍याउँदो रहेछ यसले
    विभिन्न रोगमा फाइदा ।
    ३//
    घरको सुन्दरता बढाऔँ
    महत्व धेरै रहेछ
    घरमा तुलसी लगाऔँ ।
    ✍️
    सतीश पण्डित
    भानु६ चुँदी तनहूँ । हाल चनपा६ मातातीर्थ
    ————-==———–
    निर्जला व्रत लिएर
    तुलसीको बीउ राखौँ
    शरीरलाई विश्राम दिएर ।
    ✍️
    दीपा समभाव
    खोटाङ्ग
    ————-==———–
    १//
    तुलसी भगवानकाे रूप
    राेपिन्छ घर मैराेमा
    अक्सिजन दिन्छ खुब ।
    २//
    वृन्दाकाे त्याे अभिशाप
    तुलसी झार हुनुपर्‍यो
    विष्णुले गर्दा पाप ।
    ३//
    तुलसीमा हुन्छ शक्ति
    निर्जला भई सबै
    गराैँ यसकाे भक्ति ।
    ✍️
    डिल्लीराज (राजेन्द्र) भुसाल
    सन्धिखर्क-२, कुर, अर्घाखाँची
    ————-==———–
    १//
    नाम जतिकै पवित्र
    आँगनीको डिलमा रोप्दा
    आनन्द हुन्छ मनभित्र ।
    २//
    देवको रूपमा काम
    औषधी पनि रोगको
    बिहान दिउँसो साम ।
    ✍️
    संगीता खरेल
    चन्द्रागिरी ८ काठमाडौँ
    ————-==———–
    १//
    तुलसी खान्थ्यौँ चबाई
    आफ्नो आँगनमा रोपेर
    सम्झी आयुर्वेदिक दबाई ।
    २//
    तुलसीमा आयुर्वेदिक तत्त्व
    रोपिन्छ सबैका आँगनमा
    बुझिकन धार्मिक महत्त्व ।
    ३//
    हात काट्दा गाउँमा
    माडेर तुलसीको पात
    रगत रोकिन्छ घाउमा ।
    ✍️
    चुडामडी देबकोटा
    पुरानो नैकाप काठमाण्डौ
    ————-==———–
    १//
    तुलसीकाे महत्त्व धेरै
    ओैषधीय गुणयुक्त वृक्ष
    रोप्नु बिहान सबेरै ।
    २//
    शरीर स्नान गरी
    गुणकारी तुलसी रोपौँ
    घर र आँगनभरि ।
    ३//
    रुघाले बिरामी परेमा
    चाँडै बिसेक हुने
    तुलसी सेवन गरेमा ।
    ✍️
    राज कुमार राजभण्डारी खाेटाङ्गे
    मध्यपुर ठिमी ५ संगम काेलाेनी राधे राधे भक्तपुर ।
    ————-==———–
    १//
    एकातिर तुलसीको महत्त्व
    अर्कोतिर श्राप वृन्दाको
    मानव जीवनको तत्त्व ।
    २//
    जडिबुटीमा धेरै सर्वोत्तम
    स्वस्थकर प्रयोग गर्नु
    फाइदा हुँदैन कम ।
    ३//
    दैनिक रुपमा सेवन
    हजारौंँ छन् गुणहरू
    रोगमुक्त हुन्छ जीवन ।
    ४//
    चिनेमा श्रीखण्ड जस्तो
    वरिपरि छरिएका जडिबुटी
    नचिन्ने मानवहरू कस्तो ।
    ✍️
    घनश्याम पन्त, हरिवन सर्लाही
    ————-==———–
    तुलसीलाई आँगनमा सजाऔँ
    सही सदुपयोग गरी
    स्वास्थ्यलाई पनि बचाऔँ ।
    ✍️
    प्रेम थापा “मन”बागलुङ
    ————-==———–
    १//
    घाँटी दुखेमा खाइन्छ
    तुलसीको पात मज्जाले
    आराम भएको पाइन्छ ।
    २//
    तुलसीको दल छर्ने
    निर्जला एकादशीको दिनमा
    नखाई व्रत गर्ने ।
    ३//
    छुट्टै पहिचान भएको
    निर्जला एकादशीको महिमा
    विष्णुको रूपमा रहेको ।
    ✍️
    कला ढकाल झापा
    ————-==———–
    आस्थाको रूपमा हेरिन्छ
    आँगनमा रोपिएका तुलसीले
    प्रचुर अक्सिजन दिन्छ ।
    ✍️
    बि.कुलुङ
    दार्जिलिङ रंगबुल
    ————-==———–
    १//
    हाम्रो आँगनीमा पाइने
    जन्मेदेखि नै नमरेसम्म
    हामीलाई तुलसी चाहिने ।
    २//
    हिँड्ने साइत राम्रो
    पर्खिरहने सधैँ हामीलाई
    तुलसी आमा हाम्रो ।
    ✍️
    सविता भट्टराई, जनकपुर
    ————-==———–
    १//
    नराखी मनमा हठ
    शोभा हो घरको
    बनाऔँ तुलसी मठ ।
    २//
    तुलसीको महत्त्व जान्नुपर्छ
    समाजिक संस्कार संस्कृति
    हामी सबैले मान्नुप्रर्छ ।
    ३//
    पवित्र महाैषधी जानी
    सबैले तुलसी रोप्नुपर्छ
    अक्सिजनको श्रोत ठानी ।
    ✍️
    जयनारायण नेपाल
    इलाम । हाल सूर्यविनायक २, बालकोट भक्तपुर ।
    ————-==———–
    तुलसीको फूल पात
    प्रदान गर्छ प्राणवायु
    श्वास्थ्य राख्ने जात ।
    ✍️
    लोक् वहादुर छेत्री लामिछाने
    मोदी गा पा२ पर्वत्
    ————-==———–
    १//
    महत्व छ सारै
    निर्जला व्रत बसी
    तुलसीदल छरौँ सखारै l
    २//
    रेखदेख गरौँ नित्य
    शुद्ध चोखो मनले
    झुल्किनु पूर्व आदित्य l
    ३//
    नित्य खाएमा तुलसीपत्र
    रुघाखोकी अनि दग्धी
    निस्केर भाग्छ अन्यत्र l
    ✍️
    बाबुराम गौतम, गुल्मी
    ————-==———–
    औषधीय पौधा भनिन्छ
    तुलसी छेउछाउ रोपिए
    रोगमा प्रयोग गरिन्छ ।
    ✍️
    राजनारायण राई
    राजदल बस्ती सोनादह
    ————-==———–
    १//
    मीठो सुवास छर्छ
    खाएमा तुलसी हामीले
    औषधीको काम गर्छ ।
    २//
    रोप्नुपर्छ लगाएर मन
    धेरै छन् फाइदा
    तुलसीको दिन्छ अक्सिजन ।
    ३//
    सामान्य हेर्दा झट्टै
    सधैँ प्रयोग गरेमा
    रोग हुन्छ चट्टै ।
    ✍️
    अनिता भण्डारी, ताप्लेजुङ
    ————-==———–
    १//
    सबैलाई यो चाहिँने
    कहिलेसम्म पर्खिरहने यसरी
    आँगनमा रोपे पाइने ।
    २//
    औषधी नै लाग्छ
    सबै हेर्नुहोस् यता
    धेरै रोग भाग्छ ।
    ✍️
    नीमा छिरिङ भोटिया
    जलढका कालेबुङ
    ————-==———–
    १//
    तुलसी गुणकारी धेरै
    मठ बनाइ लगाऔँ
    पूजा गर्नुपर्छ सबेरै ।
    २//
    औषधीमा तुलसी उत्तम
    बुझेर सृष्टिको कथा
    भगवानको चरण परम ।
    ३//
    सुवासना मीठो तुलसीको
    उस्तै औषधीय गुणहरू
    प्रकृतिको उपहार यहीको ।
    ✍️
    दिल ठकुरी दार्जिलिङ
    ————-==———–
    १//
    माने भगवान् तुलसी
    नमान्दा भने झारपात
    उम्रेको मठमा पसी ।
    २//
    बढाउँछ शोभा आँगनको
    खोकीको हो रामवाण
    चरणमा चढाउँछौँ ईशको ।
    ✍️
    धनमाया चौधरी, कैलाली
    ————-==———–
    १//
    अक्सिजन तुलसीले भर्ने
    बहुउपयोगी यस वनस्पति
    सबैले संरक्षण गर्ने ।
    २//
    रुघाखोकी लाग्दा खाइन्छ
    घर अनि करेसाबारीमा
    हेर जताततै पाइन्छ ।
    ३//
    विष्णु भनेर पुजिने
    जल अर्पण गर्दा
    धर्मशास्त्र पनि बुझिने ।
    ✍️
    दुर्गा आचार्य
    मोरङ
    ————-==———–
    केही छैन खोट
    महत्त्व छ निकै
    रोपौँ तुलसीको बोट ।
    ✍️
    प्रविना प्रयासी, ओखलढुंगा
    ————-==———–
    १//
    तुलसी आँगनकी माता
    सबैको घरघरमा हुन्छिन्
    रोगकी एक उपचारदाता ।
    २//
    तुलसी सारै फाइदाको
    दिनहुँ खाएमा हुन्छ
    ओखती गुण काइदाको ।
    ✍️
    सुनगाभा पोखरेल
    ————-==———–
    १//
    औँषधी हो तुलसी
    मैले रोपेँ मठमा
    स्याहार गर्नु बसी।
    २//
    अचुक औषधी पाइयो
    रुघाखोकी रोग लागेकोमा
    मज्जाले उमालेर खाइयो।
    ३//
    तुलसीको राख्ने दल
    घरको पुर्व दिशा
    स्याहार पुग्छ मल ।
    ✍️
    एवाइ प्रभात
    सहिदभुमि धनकुटा
    ————-==———–
    १//
    तुलसी आँगनमा राम्रो
    रोप्दैमा आनन्द लाग्ने
    मनै खुसी हाम्रो ।
    ✍️
    शोभा आचार्य गौतम
    काठमाडौँ
    ————-==———–
    १//
    महाैषधी तुलसी महिमा
    राेप्दा शान्ति घरमा
    बढ्दछ परिवारको गरिमा ।
    २//
    तुलसीले दुर्गन्ध हटाउँछ
    राेगव्याध दरिद्रता सबैकाे
    रुघाखाेकी सबै घटाउँछ ।
    ३//
    तुलसीकाे राेपेर बीउ
    बनाउँ बास विष्णुको
    आरधनाले पुण्य लिउ ।
    ✍️
    हिरालाल न्याैपाने
    बानपा ८, काेटमाैला सल्यान
    ————-==———–
    १//
    आज निर्जला एकादशी
    तुलसीको दल छर्नु
    सकेमा उपवास बसी।
    २//
    सकारात्मक ऊर्जा छर्छ
    बहुउपयोगी यो तुलसीले
    औषधीको काम गर्छ ।
    ३//
    अक्सिजन दिने गर्छ
    हैन छर्ने मात्रै
    तुलसी हुर्काउनु पर्छ।
    ✍️
    अरुण कुमार भुजेल
    गोरूबथान,कालेबुङ,भारत।
    ————-==———–
    १//
    विष्णु भगवानको अङ्ग
    पूजा गरिन्छ तुलसीको
    ओखती भएर दङ्ग ।
    २//
    किटाणु भाग्छ जतातता
    स्वास्थ्यलाई फाइदाजनक पनि
    तुलसी रोपिन्छ सत्यता ।
    ३//
    सुगन्ध आहा मन्दमन्द
    तुलसीको महिमा अपार
    गुणको कारण बुलन्द ।
    ✍️
    पृथक प्रकृति, झापा
    ————-==———–
    १//
    राम्रो सुगन्ध दिन्छ
    राेपाैँ आँगनमा तुलसी
    दुषित ग्यास लिन्छ ।
    २//
    गर्दछन् तुलसीकाे पूजा
    भित्रियाे विदेशी संस्कृति
    संस्कार भयाे धुजा ।
    ३//
    तुलसी औषधीकाे रूपमा
    गराैँ प्रयोग सबैले
    पुर्‍याउँ सबैलाई ग्रुपमा ।
    ✍️
    रबि पाैडेल
    दक्षिण भारत पाण्डेचरि ।
    ————-==———–
    १//
    लेखेको पुग्छ कर्ममा
    तुलसीको पूजा धेरै
    गर्छन् हिन्दू धर्ममा ।
    २//
    रोपौँ तुलसी सम्मानले
    आफ्नो महत्त्व राख्छन्
    अध्यात्म र विज्ञानले ।
    ३//
    विष्णुको रूपमा चरणमा
    पुजा गर्छन् हिन्दुले
    शुद्धता ल्याउँछ वातावरणमा।
    ✍️
    अन्मोल मुस्कान
    तकदाह छाउनी, दार्जिलिङ
    ————-==———–
    १//
    तुलसी मठ आँगन
    बालेर धूप बत्ती
    गरौँ भक्ति भजन ।
    २//
    तुलसी थोपा धूलो
    अचुक औषधी मानौँ
    निमोनिया खोकीमा ओखतीमूलो ।
    ३//
    तुलसीको बास आँगन
    भगवानको टेढो नीति
    भेटिन्छ फरक पन ।
    ✍️
    मोती सुब्बा
    दार्जिलिङ निमकी डाँडा।
    ————-==———–
    १//
    तुलसीको बिज रोपौँ
    नकारात्मकता भरिएको दिमागमा
    सकारात्मक सोच खोपौँ ।
    २//
    धेरै रोगको निदान
    तुलसी रोप्ने दिनमा
    गरौँ सत्य पहिचान ।
    ✍️
    साबित्री प्याकुरेल, धादिङ्ग
    ————-==———–
    १//
    तुलसीले आँट दिन्छ
    छैन जसको घरमा
    उसको औकात सकिन्छ ।
    २//
    मठमा तुलसी रोपौँ
    घरमा शान्ति मिल्छ
    सङ्घर्षको बाटो छोपौँ ।
    ३//
    समस्या सारा टल्नेछ
    तुलसीको बोटलाई बचाउँ
    भोलि भाग्य फल्नेछ ।
    ✍️
    सुष्मा मगर, रोल्पा
    हाल भारत
    ————-==————
    १//
    कति सुन्दर प्रकृति
    सिद्ध गरि देखाउँछ
    पुर्वीय हाम्रो प्रवृति ।
    २//
    तुलसीको महत्व बुझौँ
    आगनमै रोपेर सबैले
    रोगसित सधैँ जुझौँ ।
    ३//
    आज तुलसी छरिन्छ
    हुर्काइ बढाइ यसलाई
    विवाह पनि गरिन्छ ।
    ✍️
    पशपती राई, खोटाङ
    ————-==———–
    १//
    गाईलाई बाँध्ने गोठ
    बिहान पूजापाठ गर्ने
    सधैँ तुलसीको मोठ ।
    ✍️
    भगवती दवाडी
    ————-==———–
    १//
    अनेक गुण पाइने
    तुलसी जडिबुटी हो
    खोकी, ज्वरोमा खाइने ।
    २//
    अक्सिजन धेरै दिने
    वरपर शुद्ध पारी
    प्रदुषण सबै लिने ।
    ३//
    खर्च खासै छैन
    किन्नै परे पनि
    महङ्गो धेरै हैन ।
    ✍️
    नन्दलाल आचार्य, उदयपुर
    ————-==———–
    १//
    एकादशीमा तुलसी राेपौँ
    माटाेमा बीउ छरेर
    उमार्न घासले छाेपौँ ।
    २//
    तुलसीमा औषधी पाइन्छ
    रुघाखोकीमा काम लाग्ने
    गुणगान वैद्यबाट सुनाइन्छ ।
    ३//
    तुलसीकाे उदक खानुपर्छ
    साक्षात् अवतार विष्णुका
    लागेकाे पाप झर्छ ।
    ✍️
    नवराज भट्ट
    कञ्चनपुर
    ————-==———–
    १//
    आँगन अनि सबैतिर
    पुजारीले रित्तै ठाउँ
    बदलिएको छैन तक्दिर ।
    २//
    मन्दिरको सबैका देउता
    भाकिसके आज यहाँ
    मनपर्ने भेटिएन एउटा ।
    ३//
    सागरभन्दा नि गहिरो
    विश्वास छ मनभरि
    समयले निम्त्यायो पहिराे ।
    ✍️
    ईश्वर साउद (भिक्षु)
    रामारोशन गाउँपालिका ६ सुदुरपश्चिम अछाम
    ————-==———–
    १//
    आयुर्वेदिक गुण भएको
    आँगनमा रोपिने तुलसी
    बहुचर्चित हुँदै गएको ।
    २//
    रोग, व्याधलाई टार्छ
    तुलसी पानी पिउनाले
    समस्या निको पार्छ ।
    ✍️
    डम्बर थामी ‘अनुपम’
    कालिन्चोक गा.पा. -६ , दोलखा ।
    ————-==———–
    एकादशीमा बीउ जमाएर
    पुज्छौँ विष्णुको रुपमा
    रोप्छौँ मोठ बनाएर ।
    ✍️
    सुस्मिता अधिकारी, काठमाडौँ
    ————-==———–
    तुलसी देवताको समान
    पुजौँ हिन्दु धर्मालम्वीले
    कहिल्यै नगरी अपमान ।
    ✍️
    गंगाराम यादव
    औरावनी २ सुनसरी
    ————-==———–
    १//
    तुलसीको महिमा धेरै
    रोपेर यसलाई गमलामा
    सुन्दर पारौँ जतिखेरै ।
    २//
    मनको रोग जान्छ
    ध्यान प्रभुको गरे
    तुलसीले रोग लान्छ ।
    ३//
    तुलसीले रोग लान्छ
    यसलाई उमाली खाए
    रुघाखोकी बिस्तारै जान्छ ।
    ✍️
    शशीश्री आचार्य
    बौद्ध कुमारीगाल काठमाडौं
    ————-==———–
    पारेर शुद्ध पवन
    शरीर स्वस्थ हुने
    राेप्दा तुलसी आँगन
    ✍️
    भाेलामान बर्देवा
    धरान ८ सुनिसरि
    ————-==———–
    नकारात्मक उर्जा भगाउँछ
    तुलसी रोपे आँगनमा
    सकारात्मक उर्जा आउँछ ।
    ✍️
    सीमा कार्की समर्पण
    मेलचोक पर्सा, नेपाल
    ————-==———–
    तुलसी हाम्रो भगवान
    जतन गरेर यसलाई
    गरौँ हरदम सम्मान ।
    ✍️
    विरेन्द्र चौधरी
    ————-==———–
    जो कोहीलाई चाहिने
    तुलसीको पातदेखि जरासम्म
    औषधीय गुण पाइने ।
    ✍️
    शान्ता पौडेल भट्टराई
    टङ्कीसिनवारी, मोरङ
    ————-==———–
    तुलसी औषधी पवित्र
    हिन्दुका आँगनको शोभा
    पुजनले शुद्ध चरित्र ।
    ✍️
    कार्की डिबी माकुम
    सुनवल -४, नवलपरासी
    ————-==———–
    १//
    औषधी तुलसी जति
    घर, आँगनीमा रोपिने
    यसको महत्त्व अति ।
    २//
    यो घरघरमा पाइने
    ठुलो महत्त्व बोकेको
    मर्दापर्दा गर्छ चाहिने ।
    ३//
    पुजिन्छ विष्णु भनेर
    निलहार व्रत बस्ने
    एकादशीका दिन गनेर ।
    ✍️
    दुर्गा भट्टराई
    ————-==———–
    १//
    विष्णुको प्रतीक तुलसी
    आँगनमा रोपे सबैले
    बन्दछ परिवार सुखी ।
    २//
    अक्सिजन धेरै चाहिन्छ
    तुलसी रोपौँ घरघरमा
    औषधीय गुण पाइन्छ ।
    ३//
    शरीरलाई फाइदा उपवास
    एकादशी व्रत बस्नाले
    हामीलाई हुन्छ स्वास्थ्यलाभ ।
    ✍️
    पद्मा काश्यप पाण्डे, मोरङ
    ————-==———–
    १//
    तुलसीकाे महिमा बुझेर
    राेपाैँ सबैकाे घरमा
    ईश्वर सम्झी पुजेर ।
    २//
    महिमा उसको अपार
    अमृतै सम्झेर पुजाैँ
    पार्दछ जीवन साकार ।
    ✍️
    हरिगाेपाल न्हुच्छेँप्धान
    काभ्रे, बनेपा १४ साँगा बजार।
    ————-==———–
    चाहिन्छ हेर जतिखेरै
    पवित्र बोट तुलसी
    काम दिन्छ धेरै ।
    ✍️
    वेल थोकर तामाङ
    ————-==———–
    १//
    तुलसी धेरै गुणयुक्त
    सेवन गरेमा यसको
    भइन्छ रोगबाट मुक्त ।
    २//
    घरको शोभा बढाइदिन्छ
    आँगनमा रोपेको तुलसी
    बिहान सधैँ पुजिन्छ ।
    ३//
    मानिन्छ पवित्र बोट
    धार्मिक महत्व बोकेको
    रोपौँ तुलसी बोट ।
    ✍️
    नन्दा धामी
    नौगड, दार्चुला
    ————-==———–
    धर्ममा तुलसीको महत्त्व
    विष्णु अवतार पुज्नू
    यसमा ओखती तत्त्व ।
    ✍️
    प्रद्युम्न चालिसे
    ————-==———–
    १//
    तुलसी आँगनमा रोप्ने
    बालबच्चा फोहोर गर्छन्
    सफा मनले छाेप्ने ।
    २//
    तुलसीले सुगन्ध छर्ने
    सबैले पुजापाठ गर्दा
    मनमा आनन्द भर्ने ।
    ३//
    तुलसीको पवित्र बोट
    नित्य पूजा गरौँ
    नगरी कुनै खोट ।
    ✍️
    श्रीकृष्ण धामी – बझाङ
    —-<••:जय झिल्का! जय साहित्य!:••>—-

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged झिल्का कविता, झिल्का लेखन अभियान, वसन्त अनुभवLeave a Comment on विशेष झिल्का लेखन अभियानको १९औँ शृङ्खला ( तुलसी विषयक) सम्पन्न

    पञ्चाङ्ग लेखन अभ्यास शृङ्खला- १००

  • ८ असार २०८१, शुक्रबार ०६:५७ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग: सयौ अभ्यासमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा पञ्चाङ्ग लेख्नु हुन हार्दिक अनुरोध छ:
    अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्ता पछिको भाग :-१०० ——————————-

    विधा :- पञ्चाङ्ग
    अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला
    मिति:- २०८१/०३/०३
    बुधबार बेलुका ०९ बजेसम्म पञ्चाङ्ग वा समपञ्चाङ्ग पठाउनु हुन अनुरोध छ।
    ……………………………………….
    प्रशिक्षक:-
    ……………
    सोमनाथ लुइटेल
    गुणनिधि घिमिरे
    सुशीला पौडेल

    ………………………
    भाषा शुद्धीकरण:-
    ———–
    पुष्पा सुवेदी नेपाल
    भवानी घिमिरे
    जमुना आचार्य
    पशपती राई

    सङ्कलक :-
    ———-
    दुर्गा रिजाल आचार्य

    संयोजक:-

    सोमनाथ लुइटेल “रवि पाल्पाली” ======================

    अक्षर सङ्ख्या:- [बराबरी]
    अनुप्रास :- आफुखुसी
    स्थायी :- अनिवार्य

    पञ्चाङ्ग:०१
    राम्रो कामहरू गरेर देखाउनु छ।
    धेरै खुशीहरू छरेर देखाउनु छ।
    हुन्छ धेरै उतार चढाव जीवनमा
    सबै दुखहरू हरेर देखाउनु छ।
    पछि हैन अघि सरेर देखाउनु छ।
    सुशीला पाैडेल
    पञ्चाङ्ग:०२
    मोहले संसार जलेको छ।
    मन मनै मन गलेको छ।
    बाँचेर अलिकति भरोसा,
    आशाको सलेदो बलेको छ।
    परन्तु प्रकाश छलेको छ।

    ✍️ अच्युत घिमिरे, सर्पाङ, भुटान 🇧🇹

    पञ्चाङ्ग:०३
    सधैँ राज्य सत्ताको मोहले गर्दा गलेको छु।
    यहाँ कुनै नेताको लाईफ हेर्दा ढलेको छु।
    नेताकार्यकर्ता बीचमा सरोकार रहेन,
    यो स्वदेश र विदेशको बीचमा फलेको छु।
    देशको महङ्गी बेरोजगारले जलेको छु।
    ✍️
    बेदु न्यौपाने 🌹🌹

    पञ्चाङ्ग:०४
    अन्जानमा कसैलाई दु:ख दिनु नपरोस् भन्छु।
    जस्तोसुकै पीर परे पनि आँशु नझराेस् भन्छु।
    मान्छे मान्छै भएर जीवन भरी बाँच्न खातिर ,
    गरीबकाे पनि चाडपर्व ~~सहजै टराेस् भन्छु।
    हरेक नेपालीको ~मुहारमा खुशी भराेस् भन्छु।

       राज कुमार राजभण्डारी खाेटाङ्गे

    मध्यपुर ठिमी ५ संगम काेलाेनी राधे राधे भक्तपुर ।

    पञ्चाङ्ग:०५
    आजभोलि घरमा नीति नियमको मात्रै कुरा चलेको छ
    खाँबोको सट्टामा पिल्लर हालियो संस्कार भने ढलेको छ।
    लाग्छ यो घर अब घर होइन शिविर जस्तै भइसक्यो,
    बाहिरी हेर्दा कति राम्रो रंग पनि चिरिच्याट्ट दलेको छ।
    कुरा कसैले कसैको सुन्दै नसुन्ने भित्र चाहिँ जलेको छ।
    -पशपती राई खोटाङ ।

    पञ्चाङ्ग:०६
    आएन भन्दाभन्दै आयो रसले।
    सुख्खा यो जगतमा छायो रसले।
    पानी महत्त्वपूर्ण छ जीवनमा,
    आहा चराचुरुङ्गी गायो रसले।
    जमिनले नि रुझ्न पायो रसले।
    शोभा आचार्य गौतम
    काठमाडौँ

    पञ्चाङ्ग:०७
    दु:ख पर्दा मनकारिले काम सारेको देखियो।
    आफ्नो कर्म देखि कोहि तआफै हारेको देखियो।
    बुझ्नु पर्ने पिडाले जीवन बर्वाद पार्छ भन्ने,
    ठुलोको घरमा गरिबलाई टारेको देखियो।
    गल्ती नगर्दा पनि सोझालाई खारेको देखियो।

    दुर्गा आचार्य
    मोरङ

    पञ्चाङ्ग:०८

    • सबैले केही न केही कर्म समाउनु राम्रो
    • – – मेहनत र परिश्रमले कमाउनु राम्रो
      कतिले चाहन्छन् तिमी जस्तै भएर जिउन
    • – – अरूलाई पिर नपारेर जमाउनु राम्रो
    • -अनि आफूसँग भएकोमा रमाउनु राम्रो ॥ गुणनिधि घिमिरे अमेरिका
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on पञ्चाङ्ग लेखन अभ्यास शृङ्खला- १००

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P