“पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- नब्बेऔमा हामी पुगेका छौं।
लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१
मिति:- २०८१/०४/२४गते
आदरणीय पञ्चाङ्ग अनुरागी एवम् स्रष्टाज्युहरू हार्दिक नमस्कार ” पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको:९०[नब्बेऔं] चित्रपटमा,यहाँहरुलाई हार्दिक स्वागत गर्दै यस शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग शनिबार बेलुका ९:०० बजे भित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!
प्रशिक्षक :
सोमनाथ लुइटेल “रवि पाल्पालि
गुणनिधि घिमिरे
सुशीला पाैडेल
चित्र संकलन
सुशीला पाैडेल

संकलन
सुशीला पौडेल
दुर्गा रिजाल आचार्य
शुद्धीकरण
भवानी घिमिरे
जमुना आचार्य
पशपती राई
पुष्पा नेपाल (सुवेदी )
संरचना
अनुप्रास :- आफू खुसी
स्थायी :- आफू खुसी
अक्षर :- बराबरी
समायोजक
सोमनाथ लुइटेल “रवि पाल्पाली”
तथा
पञ्चाङ्ग साहित्य समाज नेपाल
चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट]~~~~~
पञ्चाङ्ग:०१
ठाम अनुसार नाम कति झरनाकाे।
नगर्नु कसैले कुनै क्षति झरनाकाे।
माथि आकाशबाट झरेकी परी जस्तै,
बर्षातमा कस्ताे तिब्र गति झरनाकाे।
सुन्दर रूप देखिन्छ अति झरनाकाे।
सुशीला पाैडेल
पञ्चाङ्ग:०२
पानीलाई कहिले सागर पुगौँ भाको होला
नाता धर्तीमाता सित अजम्बरी लाको होला
अमृत झैँ सारा प्राणीको प्यास मेट्न पाउँदा
झर्नाबाट झरझर गर्दै गीत गाको होला
जगत बचाउने बाचा कसम खाको होला।
-पशपती राई खोटाङ
पञ्चाङ्ग:०३
पहाडबाट झरेर आयौ
काेरी बाटी गरेर आयौ
झरना हौ कि अप्सरा तिमी ,
सौन्दर्यता भरेर आयौ ।
माेती दाना छरेर आयौ ।
भवानी घिमिरे
सर्लाही ।
पन्चाङ्ग:०४
नेपालको पर्यटकीय रुपकी रानी हौ
पर्बत छाङ्गो पहराकी खुपकी खानी हौ
तिमी बिना खल्लो बन्दैछ जन जीवन नै
बिदेशीको नि मन जित्ने कुलकी नानी हौ
तिम्रो आवाजमा मुग्ध छन् मु्लकी पानी हौ।
कमला देवकोटा, पाल्पा
पञ्चाङ्ग:०५
झरना जस्तै निष्कलङ्क बन्नुपर्छ मैले
सत्य जे हो नलुकाई त्यै भन्नुपर्छ मैले
बाटो छैन भनी गन्तव्य पुग्न अल्छी किन
चुनौतीका लाखौँ जँघार गन्नुपर्छ मैले
आफूले हिँड्ने बाटो आफैँ खन्नुपर्छ मैले ।
श्रीकृष्ण शर्मा पोखरा –५, मालेपाटन
पञ्चाङ्ग:०६
हरियो बनमा सौर्न्दर्यता भरेर झर्ने,
पर्यटकलाई आकर्षित गरेर झर्ने,
कति स्वच्छन्द र सुन्दर हुन्छ त्यो झरना,
डाँडा र काडा, खोल्सा पखेरा तरेर झर्ने,
उकालीबाट ओराली तर्फ सरेर झर्ने ।
शोभा आचार्य गौतम
काठमाडौँ
पञ्चाङ्ग:०७
देख्दा अति सुन्दर छ कलकल पानी
माथिपट्टि पहरा छ तलतल पानी
जता हेर्यो त्यतै राम्रो नेपालका ठाउॅ,
गागरीमा हाल्यो भने ढलपल पानी
नदी बनी बग्दा खेरि सलसल पानी।।
घनश्याम पौडेल,पोखरा
पञ्चाङ्ग:०८
भरना सँगै रमाउन मन छ
पाखा परेरामा सजाउन मन छ
लोभलाग्दो हिम नदीलाई नै,
आँखा बाट नहटाउन मन छ
पर्यटको केन्द्र बनाउन मन छ।।
कला ढकाल झापा
पञ्चाङ्ग:०९
प्रकृतिसँग रमाउन मन छ।
त्यहि हातले समाउन मन छ।
प्रकृति पनि अनौठो लाग्छ देख्दा,
मलाई यही जमाउन मन छ।
प्रकृतिमा नै कमाउन मन छ।
ह्यारिस







