
काठमाडौ, २१ भाद्र
नेपालमा विगत २४ घण्टामा ९ सय ८० जना नयाँ संक्रमित थपिएका छन। जसमा पुरुष ६ सय ९० र महिला २ सय ९९ रहेका छन ।
आज थपिएका संक्रमित सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४६ हजार २ सय ५७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङ कार्यक्रममा प्रबक्ता डा. जागेश्वर गौतमले उक्त जानकारी दिएका हुन ।
प्रवक्ता गौतमका अनुसार क्वारेन्टाइनमा रहनेको संख्या ४ हजार ७ सय ०३ जना र आइसोलेसनमा रहेका सक्रिय संक्रमितको संख्या १७ हजार २२ जना रहेको छ । जसमध्ये संस्थागत आइसोलेसनमा ९ हजार २ सय ०१ जना र होम आइसोलेसनमा ७ हजार ८ सय २६ जना रहेका छन ।
विगत २४ घण्टामा कोरोनाका कारण ९ ब्यक्तिको मृत्यु पुष्टि भएको छ । जसमध्ये महिला २ जना र पुरुष ७ जना रहेका छन । हालसम्ममा मृत्यु हुनेको संख्या भने २ सय ८९ पुगेको छ ।
त्यस्तै गत २४ घण्टामा डिस्चार्ज हुनेको संख्या १ हजार ८ सय १४ रहेको छ भने हालसम्म निको भइ डिस्चार्ज हुनेको संख्या २८ हजार ९ सय ४१ रहेको छ । जसमध्ये प्रदेश नं. १ मा २ हजार ४ सय ५८ जना, प्रदेश नं. २ मा ८ हजार १ सय २७ जना, बागमती प्रदेशमा ३ हजार ६ सय ५९ जना, गण्डकी प्रदेशमा १ हजार ८ सय ०५ जना, प्रदेश नं. ५ मा ५ हजार ३ सय ५५ जना, कर्णाली प्रदेशमा २ हजार २ सय ७९ जना, र सुदुरपश्चिम प्रदेशमा ५ हजार २ सय ५८ जना रहेको छ ।
मन्त्रालयका प्रबक्ता डा. गौतमका अनुसार हाल सक्रिय संक्रमित संख्या १७ हजार २२ रहेको छ । होम आइसोलेसनमा बस्नेको संख्या ७ हजार ८ सय २६ रहेको छ । जसमध्ये प्रदेश नं. १ मा ७ सय ४३ जना, प्रदेश नं. २ मा ३ हजार ५ सय जना, बागमती प्रदेशमा २ हजार ३ सय ३६ जना, गण्डकी प्रदेशमा १ सय जना, प्रदेश नं. ५ मा ९ सय ७८ जना, कर्णाली प्रदेशमा ४३ जना, र सुदुरपश्चिम प्रदेशमा १ सय २६ जना रहेको छ ।
त्यस्तै संस्थागत आइसोलेसनमा बस्नेको संख्या ९ हजार २ सय ०१ रहेको छ । जसमध्ये प्रदेश नं. १ मा ८ सय ७१ जना, प्रदेश नं. २ मा ५ सय २८ जना, बागमती प्रदेशमा ४ हजार ८ सय ७७ जना, गण्डकी प्रदेशमा ७ सय ८७ जना, प्रदेश नं. ५ मा ९ सय ११ जना, कर्णाली प्रदेशमा ३ सय ७७ जना, र सुदुरपश्चिम प्रदेशमा ८ सय ५० जना रहेको छ ।
त्यस्तै हाल क्वारेन्टाइनमा बसिरहेकाको संख्या ४ हजार ७ सय ०३ रहेको छ । जसमध्ये प्रदेश नं. १ मा ८ सय ९१ जना, प्रदेश नं. २ मा ५ सय २९ जना, बागमती प्रदेशमा ४ सय २५ जना, गण्डकी प्रदेशमा प्राप्त छैन जना, प्रदेश नं. ५ मा ९ सय ९८ जना, कर्णाली प्रदेशमा ३ सय ९३ जना, र सुदुरपश्चिम प्रदेशमा ९ सय ६४ जना रहेको छ ।
नेपालमा हाल आई सि यु मा उपचाररत कोरोना संक्रमितहरुको संख्या १ सय ७४ रहेको छ । जसमा प्रदेश न.१ मा ९ जना, प्रदेश न. २ मा २८ जना, बागमती प्रदेशमा १ सय ९ जना, गण्डकी प्रदेशमा ५ जना, प्रदेश नं. ५ मा २० जना र कर्णाली प्रदेशमा ३ जना रहेका छन । भेन्टिलेटर सहितको उपचाररत संक्रमित भने २७ जना रहेका छन । जसमा प्रदेश नं.१ मा ३ जना र वागमती प्रदेशमा २१ जना र प्रदेश नं. ५ मा ३ जना रहेका छन ।
नेपालमा संक्रमित संख्या शून्य हुन पुगेका जिल्लाहरुको संख्या ५ रहेको छ । जसमा सोलुखुम्बु, मुगु, डोल्पा, हुम्ला र मुस्ताङ रहेका छन । त्यस्तै ५०० भन्दा बढी संक्रमित हुने जिल्ला १२ वटा रहेका छन । जसमा मोरङ, सुनसरी, धनुषा, पर्सा, रौतहट, सर्लाही, बारा, भक्तपुर, ललितपुर, चितवन, रुपन्देही र काठमाण्डौ पर्दछन ।
विश्वभर हालसम्म कोरोनाको जम्मा केस संख्या २ करोड ७१ लाख १६ हजार ५ सय १३ रहेको छ भने सक्रिय संक्रमित संख्या ६९ लाख ९२ हजार ७ सय ७२ रहेको छ । हालसम्म मृत्यु हुने विरामीको संख्या ८ लाख ८४ हजार ६ सय २० पुगेको छ । निको भई घर फर्कनेको संख्या १ करोड ९२ लाख ३९ हजार १ सय २१ जना रहेको छ ।






