भ्वाइस अफ प्रसौनी युवा क्लब द्वारा अभियान, हुनेले दिएर जाने नहुनेले लिएर जाने राहत

  • १९ भाद्र २०७७, शुक्रबार १२:३७ मा प्रकाशित

  • वीरगंज, १९, भाद्रौं

    सेवा नै धर्म हो भन्ने मुल नाराका साथ भ्वाइस अफ प्रसौनी युवा क्लबद्धारा हुनेले दिएर जाने नहुनेले लिएर जाने राहत अभियान जारी गरेको छ । लामो समय देखीे निषेधाज्ञाका कारण गरिब, बिपन्न, असहाय र दैनिक ज्यालादारी गरी आफनो जिविका पार्जन गर्नेहरु समस्यामा परेका छन ।

    कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणको लागि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा लगाए पनि उनीहरुको व्यवस्थापनका लागि कुनै कदम नचालेको देखिए पछि चुलो नबल्ने घरमा राहत सहयोग गरिने र जनताको समस्यालाई आफ्नो समस्या बुझि दिन रात खटिने वडा अध्यक्ष्ँ सुरेश गुप्ताले अगाडी हात बढाएका छन ।

    प्रसौनी गाउँपालिका वडा नं.–२ प्रसौनी बजारको चौकमा चामल, दाल, सोयाबिन र तेल बितरण नहुनेले लिएर जाने हुनेले दिएर जाने कार्यक्रम भ्वाइस अफ प्रसौनी युवा क्लबका अध्यक्ष्ँ सन्नी गुप्ताको सभापतित्वमा प्रमुख अतिथि प्रसौनी गाउँपालिकाका अध्यक्ष्ँ भोला प्रसाद गुप्ता वडा नं. २ का वडा अध्यक्ष सुरेश प्रसाद गुप्ता, वडा अध्यक्ष्ँ सनई साह, बृज किशोर साह, सत्यनारायण गुप्ता, कैलास प्र. गोसाई, इमरान मंसुरी, इरसाद मंसुरी, चन्दन पटेल, वीरेन्द्र महतो क्लबका सदस्यहरु इलाका प्रहरी कार्यालयका सई रुद्र श्रेष्ठ लगायत संचारकर्मीको सहभागीता रहेको थियो ।

    वडा अध्यक्ष गुप्ताको अति सराहनिय कार्यलाई प्रसंशा गर्दै गाउँपालिका अध्यक्ष्ँ भोला प्रसाद गुप्ता एक क्यून्टल चामल दिने बताएका थिए ।

    Leave a Reply