
काठमाडौ, २० भाद्र
नेपालमा विगत २४ घण्टामा १ हजार ४१ जना नयाँ संक्रमित थपिएका छन। जसमा पुरुष ६ सय ९२ र महिला ३ सय ४९ रहेका छन ।
आज थपिएका संक्रमित सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४५ हजार २ सय ७७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङ कार्यक्रममा प्रबक्ता डा. जागेश्वर गौतमले उक्त जानकारी दिएका हुन ।
प्रवक्ता गौतमका अनुसार क्वारेन्टाइनमा रहनेको संख्या ६ हजार ७ सय ०१ जना र आइसोलेसनमा रहेका सक्रिय संक्रमितको संख्या १७ हजार ८ सय ७० जना रहेको छ । जसमध्ये संस्थागत आइसोलेसनमा ९ हजार ८ सय ६६ जना र होम आइसोलेसनमा ८ हजार ०४ जना रहेका छन ।
विगत २४ घण्टामा कोरोनाका कारण ९ ब्यक्तिको मृत्यु पुष्टि भएको छ । जसमध्ये महिला ३ जना र पुरुष ६ जना रहेका छन । हालसम्ममा मृत्यु हुनेको संख्या भने २ सय ८० पुगेको छ ।
त्यस्तै गत २४ घण्टामा डिस्चार्ज हुनेको संख्या १ हजार ५ सय ६६ रहेको छ भने हालसम्म निको भइ डिस्चार्ज हुनेको संख्या २७ हजार १ सय २७ रहेको छ । जसमध्ये प्रदेश नं. १ मा २ हजार ३ सय ४३ जना, प्रदेश नं. २ मा ७ हजार ८ सय ४२ जना, बागमती प्रदेशमा २ हजार ३ सय ५१ जना, गण्डकी प्रदेशमा १ हजार ७ सय १७ जना, प्रदेश नं. ५ मा ५ हजार २ सय ९७ जना, कर्णाली प्रदेशमा २ हजार २ सय ७९ जना, र सुदुरपश्चिम प्रदेशमा ५ हजार २ सय ५८ जना रहेको छ ।
मन्त्रालयका प्रबक्ता डा. गौतमका अनुसार हाल सक्रिय संक्रमित संख्या १७ हजार ८ सय ७० रहेको छ । होम आइसोलेसनमा बस्नेको संख्या ८ हजार ०४ रहेको छ । जसमध्ये प्रदेश नं. १ मा ७ सय ४० जना, प्रदेश नं. २ मा ३ हजार ८ सय ३१ जना, बागमती प्रदेशमा २ हजार २ सय ४५ जना, गण्डकी प्रदेशमा ४३ जना, प्रदेश नं. ५ मा ९ सय ५२ जना, कर्णाली प्रदेशमा ३६ जना, र सुदुरपश्चिम प्रदेशमा १ सय ५७ जना रहेको छ ।
त्यस्तै संस्थागत आइसोलेसनमा बस्नेको संख्या ९ हजार ८ सय ६६ रहेको छ । जसमध्ये प्रदेश नं. १ मा ७ सय ९९ जना, प्रदेश नं. २ मा ३ सय २५ जना, बागमती प्रदेशमा ५ हजार ८ सय ७५ जना, गण्डकी प्रदेशमा ८ सय ६० जना, प्रदेश नं. ५ मा ९ सय ०५ जना, कर्णाली प्रदेशमा ३ सय ३० जना, र सुदुरपश्चिम प्रदेशमा ७ सय ७२ जना रहेको छ ।
त्यस्तै हाल क्वारेन्टाइनमा बसिरहेकाको संख्या ६ हजार ७ सय ०१ रहेको छ । जसमध्ये प्रदेश नं. १ मा ८ सय ९२ जना, प्रदेश नं. २ मा ५ सय ३७ जना, बागमती प्रदेशमा ४ सय ४८ जना, गण्डकी प्रदेशमा २ हजार ४ सय ४४ जना, प्रदेश नं. ५ मा ९ सय ३० जना, कर्णाली प्रदेशमा ४ सय १८ जना, र सुदुरपश्चिम प्रदेशमा १ हजार ३२ जना रहेको छ ।
नेपालमा हाल आई सि यु मा उपचाररत कोरोना संक्रमितहरुको संख्या १ सय ६७ रहेको छ । जसमा प्रदेश न.१ मा ३ जना, प्रदेश न. २ मा २८ जना, बागमती प्रदेशमा १ सय ८ जना, गण्डकी प्रदेशमा ५ जना, प्रदेश नं. ५ मा २० जना र कर्णाली प्रदेशमा ३ जना रहेका छन । भेन्टिलेटर सहितको उपचाररत संक्रमित भने २४ जना रहेका छन । जसमा प्रदेश नं.१ मा १ जना र वागमती प्रदेशमा २० जना र प्रदेश नं. ५ मा ३ जना रहेका छन ।
नेपालमा संक्रमित संख्या शून्य हुन पुगेका जिल्लाहरुको संख्या ६ रहेको छ । जसमा सोलुखुम्बु, मुगु, ताप्लेजुङ, डोल्पा, हुम्ला र मुस्ताङ रहेका छन । त्यस्तै ५०० भन्दा बढी संक्रमित हुने जिल्ला १२ वटा रहेका छन । जसमा मोरङ, सुनसरी, धनुषा, पर्सा, रौतहट, सर्लाही, बारा, महोत्तरी, ललितपुर, चितवन, रुपन्देही र काठमाण्डौ पर्दछन ।
विश्वभर हालसम्म कोरोनाको जम्मा केस संख्या २ करोड ६७ लाख ७६ हजार ८ सय ९६ रहेको छ भने सक्रिय संक्रमित संख्या ६९ लाख ४४ हजार ९ सय ९९ रहेको छ । हालसम्म मृत्यु हुने विरामीको संख्या ८ लाख ७९ हजार ७ सय ३७ पुगेको छ । निको भई घर फर्कनेको संख्या १ करोड ८९ लाख ५२ हजार १ सय ६० जना रहेको छ ।

