
१.
माघमा
नबढे जाडो
के अर्थ त्यसको ?
२.
बतास
राखेर नाम
नछर हामीलाई भ्रम ।
३.
सम्वृद्धि
आउला कहिले
हामी छौँ अनकन्टारमा !
- रमेश प्रभात, चितवन

१.
माघमा
नबढे जाडो
के अर्थ त्यसको ?
२.
बतास
राखेर नाम
नछर हामीलाई भ्रम ।
३.
सम्वृद्धि
आउला कहिले
हामी छौँ अनकन्टारमा !

‘साताका तीन लघुकथा’ स्तम्भमा प्रत्येक साता नमस्ते आधुनिक लघुकथा मञ्चमा साताभर प्रेषित गरिएका लघुकथाहरू मध्ये तीनवटा लघुकथाहरू छानेर प्रकाशित गरिनेछ । सोही क्रममा साताका तीन लघुकथा स्तम्भको पहिलो शृङ्खलामा निम्न तीन लघुकथाहरू छनोट गरी प्रकाशित गरिएको छ ।

– जीवन दाहाल
एक साँझ बस्ती छोडेर भागेको गधा ब्वाँसाहरूको घेरामा पर्यो । जङ्गलमा निस्फिक्रीसँग चरेर जतिसुकै मोटाएको भए पनि कालको जालमा परेको पत्ता पाउनासाथ ऊ अतालिएर सहारा खोज्दै करायो-ढ्याँचु s s ! ढ्याँचु s s ! ढ्याँचु s s !
घेरा हाल्ने ब्वाँसाहरु मध्येबाट एउटा खाइलाग्दो ब्वाँसो अघि बढ्यो र भन्यो-“न डराइबक्स्योस् गधा महासय, हामी हजुरका गाथमा कुनै हानी नोक्सानी पुर्याउन आएका हैनौँ ।”
डराइ डराइ गधाले सोध्यो-“उसो भए किन घेरा हालेका त ?
“राजा बनाउन”-ब्वाँसाले उत्तर दियो र थप्यो-“हजुर सोझो, इमानदार, कर्तव्यपरायण र सात्विक प्राणी होइबक्सनु भै राजा हुन योग्य होइबक्सन्छ, त्यसैले ।”
ब्वाँसोको वचनमा चिप्लिएको गधाले राजाको शक्तिशाली तथा वैभवयुक्त जिन्दगी सम्झियो र प्रसन्न चित्तले हाँस्यो- ढ्याँचु s s ! ढ्याँचु s s ! ढ्याँचु s s !
त्यसपछि ब्वाँसाको नाइकेले गधालाई श्रीपेच लगाइ दियो र नयाँ राजाको घोषणा गर्यो । अनि आफूले पनि आफैँ शिरमा फेटा बाँध्यो र आफूलाई प्रधानमन्त्री घोषणा गर्दै फर्मान जारी गर्यो-“चारै प्रहर जागा बसेर महाराजको सुरक्षा गर्नु । राज आज्ञा नहुञ्जेल चरो मुसो पनि सुरक्षा घेरा भित्र पस्न नपाओस् र सेन्ट्री बस्ने पालो परेको ब्वाँसाले “जागते रहो ! जागते रहो ! भनेर सतर्कताको नारा लगाइरहनु ।”
गधा निश्चिन्त भयो ब्वाँसाहरूसँग र बसेकै ठाउँमा लुपुक्क निदायो । ब्वाँसाहरू भने जागै रहे ‘जागते रहो-जागते रहो’ को नारा घन्काउँदै ।
अनि बिहान हुँदा ब्वाँसाहरू निदाइरहेका भेटिए र राजाको चैँ हाडखोरमात्र ।
मैतिदेवी, काठमाडौ ।

– देबीप्रसाद थापा’मामा’
“बाबा! म तपाईंले भनेझैँ प्रथम श्रेणीमा उत्तीर्ण भएँ घुमाउन लान्छु भन्नुभएको थियो! कहिले लाने?”आठ वर्षे छोरीले बाबुलाई आफ्नो बाचा सम्झाउँदै भनी ।
बाबु कथा लेख्नमा व्यस्त थियो ।
पुनः छोरीले सोही प्रश्न दोहर्याई ।
एक्कासि बाबुले उत्तर दियो “जाने भइछस् घुम्न ! जा नत्र भेट्लिस् । लेखेको देख्दिनस् ।”
छोरी रुँदै रुँदै आमा भएतिर गई।
भित्रबाट आमा भुतभुताई,”कस्तो विडम्बना! काल्पनिक पात्रको भावना बुझ्ने मान्छेले किन जिउँदा मान्छेको भावना बुझ्दैनन् ?”
मणिपुर, भारत

– सत्या अधिकारी
विभेद त मेरो घरैबाट शुरुभएको हो । बुबा सधैं भन्नुहुन्थ्यो- “हेर ! तिमी दुई जुम्ल्याहा दिदीभाईमा भाईलाई चाहिँ जसरी पनि म डाक्टर पढाउँछु ।” तर भैदियो ठिक उल्टो ।
सरकारी कलेजमा राम्रो अङ्क ल्याएर, सरकारी छात्रवृत्तिमा डाक्टर भएँ म । भाईले चाहिँ जसो तसो गरेर हेल्थ असिस्टेन्ट पढ्यो । तर बिडम्बना ! एच. ए. पढेको मेरो भाईलाई
बिरामीले डा. साप भन्दै नमस्ते गर्थे, तर आफूलाई भने, “म सिस्टर हैन , डाक्टर हुँ है !” भन्दै सधैँ स्पष्टीकरण दिनुपर्थ्यो ।
काठमाडौँ

काठमाडौ, ०१ माघ । साप्ताहिक उदक लेखन अभ्यास शृङ्खलाको ३५ औं भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त अभ्यास कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ७१ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन अभ्यास शृङ्खलाका प्रशिक्षक एवं उदक साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।
काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा अभ्यास शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।
शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरि एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।

१//
आश्रम
गरिबको घर
जीवन जिउने आधार !
२//
झुपडी
सपनाको महल
अनगिन्ती कुण्ठित चाहना !
३//
परिवार
घर संसार
सुख शान्ति अपार !
४//
झुपडी
दरिद्रको निवास
चिन्ता जुटाउन गाँस !
५//
गृह
परिवार संरक्षित
झुपडी पनि प्रिय !
६//
झुपडी
बग्रेल्ती सन्तान
कसरी जुटाउनु खाना
७//
गरिबी
सुन्दर झुपडी
हेरेर आफ्नै खाेपडी !
८//
छाप्रो
मेरो महल
सुन्दर न्यानो आनन्दमय !
९//
जिन्दगी
नेपालीको स्तर
सरकार दृष्टि अभाव !
१०//
झुपडी
मेरो महल
बाँझै अनगिन्ती रहर !
११//
घर
गरिबको दरबार
धनिको तुच्छ उपहार !
१२//
झुपडी
ठुलो परिवार
धेरै गरिबहरुको आश्रय
१३//
झुपडी
दुखीको दरबार
यसैभित्र भेटिन्छ संसार !
१४//
सच्चा
प्रेमको बास
दियो बल्ने झुपडी !
१५//
बुबाको
सानो झुपडी
छोराले पाउने सम्पत्ति !
१६//
झुपडी
अभावको महल
दु:ख चिहाइ रहन्छ !
१७//
वास
बाँच्ने आस
घामपानी हुँरीको ओत !
१८//
दुखाई
पिडाको अनुभूति
गरिबको रहर चित्रमा !
१९//
झुपडी
गरिबकाे बास
दु:खीकाे कष्टकर जिन्दगी !
२०//
उत्तरायण
मकर सक्रान्ति
जाडोको उत्कर्ष रूप !
२१//
बसोबास
गरीबको झुपडी
धनीको गगनचुम्बी महल !
२२//
झुपडी
कदली गढेका
खलियान पीडित अडेका !
२३//
कुटी
दीनदुखीकाे निवास
कतिञ्जेल याे बिल्लिबाठ !
२४//
अभाव
गरिबीको दबाब
परिवर्तनसँगै पिछडिएको स्वभाव !
२५//
झुपडी
गरिबको बास
छैन कसैको आस !
२६//
घर
छानोमा खर
जाडोमा यसैको भर !
२७//
गरिब
खरकाे छाना
कसरी चल्छ माना ?
२८//
बासमा
अशक्त परिवार
अझै सहयोगको आसमा !
२९//
झुपडी
गरिवको महल
ओझेलका पात्रको बाध्यता !
३०//
झुपडी
फुसको छानो
दु:ख बिसाउने चाैतारी !
३१//
दु:खी
पीडा एक
अगचको भोगाइ अनेक !
३२//
कुटी
जस्तो भएनी
स्वर्ग हुन्छ झुपडी !
३३//
घर
शितल छहारी
मेलमिलाप आनन्दको चौतारी !
३४//
डन्डुर
गहिर निन
इहे मोर झोंपरीमे !
३५//
घर
जस्तो भएनी
स्वर्ग लाग्छ आफूलाई !
३६//
खरले
बनेको घर
भुकम्पको हुँदैन डर !
३७//
झुपडी
दयनिय अबस्था
गरीबकाे कष्टकर जिन्दगी !
३८//
सन्तुष्टि
खरको छानो
जुटाउन सक्दा मानो !
३९//
गरिबी
अभावको जिन्दगी
सम्पत्ति एउटा झुपडी !
४०//
झुप्रो
हावापानी छल
भेटिन्छ मायाको महल !
४१//
घर
मनकाे महल
परिवारमा घामपानीकाे जाेहाे !
४२//
महल
देखिदैन् चहलपहल
बचेखुचेकाे जीवन रहलपहल !
४३//
तनाव
बेरोजगारी जीवन
घरमा धनको अभाव !
४४//
झुपडी
गरिबको बास
महलको छैन आस !
४५//
बास
उड्दै होसहवास
मौसमी त्रासको सहवास !
४६//
परिस्थिति
परिवर्तनको खोजी
अभाव अनि संघर्ष !
४७//
घर
परिवारले बन्छ
बाँडेर दु:ख सुख ।
४८//
घर
सानो होस्
मन सानो नहोस् ।
४९//
उपहार
खुसीको बहार
नबनोस् चक्कुको धार !
५०//
झुपडी
गरिबको निवास
चल्दैछ जसोतसो गुजारा !
५१//
झुपडी
छानामा खर
सुदामाको प्यारो घर !
५२//
झुपडी
चेपाङ बस्ती
गिज्याइ रहेछ आधुनिकता !
५३//
झुपडी
धनाढ्यका निम्ति
तर मेरो दरबार !
५४//
माघी
झुप्राे घरमा
अनुपम थारु थरमा !
५५//
झुपडी
झल्काउँछ गरिबी
मनका धनी बस्छन् !
५६//
घर
जहाँ खुसी
त्यही छ स्वर्ग !
५७//
जीवन
संघर्षमय हाम्रो
गरिब भएनी राम्रो !
५८//
घर
आश्रय स्थल
जोगाउने सुरक्षाको आधार !
५९//
झुपडी
बासको धनी
सन्तोष मान्यो भनी !
६०//
माघी
थारु संस्कृति
विषमताले पिरोलेको क्षण !
६१//
झुपडी
सम्पत्तिको गरिब
धनी मनको घर !
६२//
घर
मायाले बन्छ
ठुलाे सानाे हुँदैन !
६३//
गरिब
सुखकाे धनी
बास खरुकाे झुप्रोमा !
६४//
झुपडी
शान्त परिवार
परिश्रमी जन मस्तराम !
६५//
झुपडी
भित्र रमाइलो
आत्मा सन्तुष्टि मनको !
६६//
झुपडी
बास विवशता
दैनिक जीवन कठिन !
६७//
झुपडी
निर्धनहरूको महल
बाहिर रमणीय हलचल !
६८//
खुसी
खोजौँ आनन्द
झुपडी या महल !
६९//
घर
आनन्दको संसार
त्यही स्वर्गको आधार !
७०//
बुकुरो
निर्दयी बतास
खोज्दै गरिब गाँस !
७१//
आश्रय
न्यानो घर
परिवार बाँच्ने आधार ।
जय उदक ! जय साहित्य !!

सरकारले ७ माघदेखि लागू हुने गरी सार्वजनिक स्थलमा प्रवेशका लागि खोप कार्ड अनिवार्यको घोषणा गरिसकेको छ । तर, लुम्बिनी प्रदेशमा अझै ४३ प्रतिशतले खोपको पूर्ण मात्रा लगाउन पाएका छैनन् । सबै नागरिकलाई पूर्ण मात्रा खोप नदिँदै सरकारले खोपकार्ड अनिवार्य गर्दा व्यवहारिक रुपमा यसको कार्यान्वयन कठिन हुने देखिएको छ ।
भिडभाड बढी हुने रेस्टुराँ, सिनेमाहल, रंगशालाजस्ता स्थानमा पनि खोपकार्ड अनिवार्य गर्ने व्यवस्था गर्न गृह मन्त्रालयले मातहतका निकायलाई निकायले निर्देशन दिइसकेको छ । तर, दुबै खोप लगाउन नपाएकाहरु सार्वजनिक सेवा लिनबाट बन्चित हुनसक्ने देखिएको छ ।
कोरोना संक्रमणको पहिलो र दोस्रो लहरमा ‘हट स्पट’ बनेको लुम्बिनी प्रदेशमा खोपको गति सुस्त छ । प्रदेशभरिमा खोप लगाउन योग्य कुल ३९ लाख ६७ हजार जनामध्ये हालसम्म पूर्ण खोप पाउनेको संख्या १९ लाख २१ हजार २६८ मात्र पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
सीमा क्षेत्रबाट ठूलो संख्यामा आउजाउ गर्ने प्रदेशमा खोपको गति भने सुस्त देखिएको छ । हालसम्म पहिलो डोज खोप लगाउनेको संख्या ३१ लाख २९ हजार ३६० रहेको छ भने दुवै मात्रा लगाउनेको संख्या १९ लाख २१ हजार २६८ रहेको छ ।
प्रदेशका १२ वटै जिल्लामा खोप अभियान सञ्चालन भइरहेको छ । केही स्थानीय तहले उमेर समूह अनुसार बालबालिकाबाहेक अन्यलाई खोपका दुवै मात्रा पूरा गरेका छन् । केहीले दोस्रो मात्रा पर्खिरहेका छन् । केहीमा छुटेकाले स्वास्थ्य संस्थामा गए पनि सहजै खोप लगाउन पाएका छैनन् ।
रूपन्देहीको देवदह नगरपालिकाले खोपका लागि योग्य ४३ हजार जनाको तथ्यांक संकलन गरेकोमा ४० हजारले पूर्ण खोप लगाइसकेको स्वास्थ्य संयोजक काशीनाथ बन्जाडेले बताए । अन्यलाई समेत खोप उपलब्ध गराएर छिट्टै पूर्ण खोप लगाउन सफल पालिका घोषणा गरिने उनले दाबी गरे । १८ वर्षभन्दा मुनिका कसैले पनि खोप नलगाएको उनले जनाए ।
कपिलवस्तुको वाणगंगा नगरपालिकामा हालसम्म ७१ हजारले पहिलो चरणमा खोप लगाएका छन्, जसमध्ये ५६ हजार जनाले पूर्ण खोप लगाएको स्वास्थ्य संयोजक ठगराज पौडेलले बताए । पहिलो मात्रा लगाउने काम पुस १५ गते सकिएको उनले बताए । अझै चार साता पर्खने र अर्को मात्रा लगाइदिने उनले बताए ।
80हजार जनसंख्या रहेको उक्त पालिकामा खोप लगाउने सुरुवाती दिनमा अत्यन्तै भीड भए पनि अहिले चाप नभएको पौडेलले बताए । १ लाख जना बसोबास रहेको वाणगंगामा पाँच देखि ११ वर्षका बालबालिकालाई स्वास्थ्य मन्त्रालयले दिएपछि र छुटेका व्यक्तिलाई लगाइदिन पालिका तयारी अवस्थामै रहेको उनको भनाइ छ । बाहिरदेखि आएका स्थानीयको एन्टिजेन परीक्षण गरिरहेको उनले जानकारी दिए ।
प्रदेशको पहाडी जिल्ला रुकुम पूर्वको सिस्ने गाउँपालिकामा खोपको दोस्रो डोज लगाउने अभियान जारी छ । स्वास्थ्य कार्यालयमा पहिलेजस्तो भीडभाड छैन । पहिलो डोज करले लगाए पनि दोस्रो लगाउन आउन छोडेको स्वास्थ्य संयोजक सुरेन्द्र यादवले बताए । उनका अनुसार लक्षित संख्या १५ हजार रहेकामा बालबालिका र छिटफुट गरी संख्या बढ्दै जाने अपेक्षा गरिएको छ । पालिकामा भेरोसेल र कोभिसिल्डको पहिलो डोज ११ हजार ५२३ जनाले लगाएका छन् । दोस्रो डोज लगाउने पाँच हजार ३७३ जनामात्रै रहेको यादवले बताए । पहिलो डोज लगाएका मध्ये केही काठमाडौं, केही भारत र केही विदेश नै गइसकेको र गाउँमा भएकाले पनि चासो नदिएको उनले बताए । पालिकामा चैतभित्र सबैलाई खोप लगाइदिने गरी आफूहरू लागिपरेको भन्दै यादवले जनता नै भागेपछि आफूहरूको केही उपाय नलागेको बताए ।
Copied:ratopati

दाङ – दाङमा रोकिराखेको ट्र्याक्टरसँग अटो ठोक्किँदा दङ्गीशरण गाउँपालिका ४ का ५० वर्षीय दीपक बुढाथोकीको ज्यान गएको छ । दुर्घटनामा अटोका चालक गम्भीर घाइते भएका छन् ।तुलसीपुरबाट हेकुली जाँदै गरेको रा १ ह २९६६ नम्बरको अटो त्यही दिशातर्फ रोकिराखेको रा १ त २८२२ नम्बरको ट्र्याक्टरसँग हेकुली चोकमा ठोक्किँदा दुर्घटना भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।दुर्घटनामा घाइते अटो चालक दङ्गीशरण ३ हेकुलीका २७ वर्षीय मनिष चौधरीको तुलसीपुरमा उपचार भइरहेको छ ।ट्र्याक्टर चालक फरार रहेका प्रहरीले जानकारी दिएकाे छ ।

घोराही चौघेरा स्थित गोरखनाथ वैदिक गुरुकुलमा ‘कुसुम रचना प्रतिभा पुरस्कार’ स्थापना गरिएको छ । घोराही उपमहानगरपालिका १७ बेलभार निवासी डा.रचना घिमिरेले २५ हजार ५ सय ५५ रुपैयाँको अक्षयकोष खडा गरी उक्त पुरस्कारको स्थापना गर्नुभएको हो ।
सामाज सेवामा विशेष रुचि राख्नुहुने घिमिरेले आफ्नो जन्मदिनको अवसरमा आफ्नो मातापिता सहित गुरुकुलमा आयोजित कार्यक्रममा सरिक हुँदै उक्त अक्षयकोष रकम गुरुकुलकी प्राचार्य सन्तोषी सुवेदीलाई हस्तान्तरण गर्नुभएको थियोे।
अक्षयकोष खडा गरेको सन्दर्भमा बोल्नु हुँदै अभिभावक सुषमा कुमारी रेग्मीले यसरी युवावर्ग समाजसेवा तर्फ प्रेरित हुनु अत्यन्त खुसीको कुरो भएको बताउनुभयो । साथै यस कार्यले युवा पिँढीमा उत्प्रेरकको कार्य गर्ने र समाजको उत्तरदायित्व बहन गर्न उनीहरू अग्रसर हुने बताउनुभयो।
साथै उहाँले गोरक्ष रत्ननाथ मठमा सञ्चालित दाङकै प्रतिष्ठाको रुपमा रहेको गोरखनाथ वैदिक गुरुकुललाई एक सक्षम गुरुकुल बनाउन सबैले आ-आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्ने बताउनुभयो ।
उक्त अवसरमा घिमिरे परिवारले गुरुकुलमा आवासीय रुपमा रहेका वटुकहरुका लागि खिर भण्डाराकाे पनि आयाेजना गरेको थियो ।
कार्यक्रममा वटुकहरूले स्वस्ति वाचन तथा भजन नृत्य प्रस्तुत गरेका थिए ।

गुरुकुलकी प्राचार्य सन्ताेषी सुवेदीकाे अध्यक्षतामा सञ्चालित भेलामा गुरुकुल समिति पदाधिकारीहरू, शिक्षकहरूकाे उपस्थिति रहेको थियाे भने कार्यक्रमको सहजीकरण गुरुकुलका अध्यक्ष प्रकाश भट्टराईले गर्नुभएको थियो ।

समर्पण रम्जान
१३ जनवरी २०२२, अल कासिम साउदी अरब ! बिगत् ३ वर्ष पहिले साउदी अरबको अल कासिम स्थित बन्दर अल जैदी कम्पनीमा आएर अहिलेसम्म नेपाल फर्कन नसकेका २ जना नेपालीहरु एनआरएनए अल कासिमका संरक्षक तथा अल कासिमका लागि दूतावास प्रतिनिधि बिशाल श्रेष्ठको जमानीमा नेपाल नेपाल फर्किन सफल भएका छन् ।
नेपाल घर महोत्तरी जिल्ला बिजलपुरा निवासी राम बहादुर महतो र राजवीर महतोले सोही कम्पनीमा ३ माहिना सम्म काम गर्दा पनि तलब नपाए पछि साउदी रियादमा भागेर काम गरिरहेका थिए ।
कम्पनीबाट भागेकोले कम्पनीले उहाँहरु दुबैलाई हुरुफ(भगौडा)मा राखेको र २ बर्षदेखि अकामा नविकरण नहुदाँ चाहेको अबस्थामा नेपाल फर्किन नसकेका र इक्जिट भिसाका लागि रियाद दुताबासबाट ट्राभल डकुमेन्ट (पासपोर्ट)र अन्य पेपर लिएर ४ जनवरी २०२२ का दिन अल कासिम आएका श्रेष्ठले जानकारी गराए ।
सोही दिन पीडितहरु ( Deportation Centre) अध्यागमन बिभाग गए पनि त्यहाँका अफिसर हरुले नेपाल जादाँ टिकट र जमानी बस्ने मान्छे लिएर आउनु भने अनुसार १३ जनवरीको नेपाल फर्कने टिकट लिएर गए पछि दुबैजनाको लागी श्रेष्ठले आफै जमानीको रूपमा बसी आफ्नो इकामा जम्मा गरि सहिछाप लगाए पछि उहाँहरु दुबैजनाको सोही दिन एक्सिट भिसा लागेर आजै १३ जनवरि पीडितहरु नेपाल पुगेका छन् !
उहाँहरु रियादबाट अलिकासिम आएसँगै बस्ने ठाउँ तथा खानेको समेत समस्या भएपछि एनआरएनए आरसिसिको अनुरोधमा एनआरएनए साउदी अरबले उहाँहरु लगायत अझै अरु बाकिँ २ जनाको लागि बस्ने र खाने सहयोग गरेको छ।

४ जना मध्ये २ जना नेपाल पुगिसकेका र बाकिँ २ जना को पनि बहिर्गमन भिसा लागिसकेको साथै उहाँहरुपनी यसै हप्ता नेपाल पुग्ने कुरा बिशाल श्रेष्ठले जानकारी गराउदैँ यस कार्यमा सहयोग गर्नुहुने दूतावास रियाद, एनआरएनए अध्यक्ष डम्बर यादव र एनआरएनए अल कासिम टिमलाइ तथा मोहम्मद उमामा अन्सारीलाइ अभार प्रकट गरेका छन् ।

काठमाडौं– उदयपुरको बेलका नगरपालिका–६ बस्ने ४० वर्षीय गोविन्द मगर १७ वर्षपछि साउदी अरेबियाबाट पक्राउ परेका छन्। इन्टरपोलबाट रेड नोटिस जारी भएका उनलाई साउदी अरबबाट बुधबार नेपाल ल्याइएको छ ।
मगरले २०६१ मंसीर १३ गते मानबहादुर तामाङको हत्या गरेका थिए । उनलाई यही कसुरमा जिल्ला अदालत उदयपुरले पक्राउ अनुमति दिएपछि प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाबाट खटिएका टोलीले पक्राउ गरेर नेपाल ल्याएको हो ।
मगरमाथि २०७७ माघ २६ गते रेड नोटिस जारी गरिएको थियो । उनलाई आवश्यक कानुनी कारवाहीका लागि इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिला उदयपुरलाई बुझाइएको इन्टरपोल शाखाले जनाएको छ ।
Copied:khaberhub

१.
अलमल
कागकाे कुहिराे
सँधै अनिर्णयकाे बन्दी !
२.
दिगम्बर
नग्न शरीर
अहिंसा कठाेर तपस्या !
३.
मृत्यु
अबिचिलित शाश्वतसत्य
कर्म पाप पुण्य !
४.
भाेजन
अपरिहार्य आवश्यकता
प्राणीकाे जीवनकाे आधार !
५.
घर
शिरमाथिकाे छानाे
घामपानीबाट बच्ने साधन !
नवराज भट्ट
महेन्द्रनगर, कञ्चनपुर

१
विश्वास
गुमेको अवस्था
कहिल्यै चेत नखुलेको !
२
ढँटुवा
कुरामा विश्वास
अधिक दु:खमा सन्तति !
३
देश
पीडाले जलेको
हामी मूकदर्शक नेपाली !
४
नेतृत्व
आकांक्षा राख्ने
युवाशक्ति जागरण आवश्यक !
५
परिवर्तन
निष्ठा विवेेक
आदर्श परिपालन मेल !
६
दल
समाजकाे अङ्ग
दुर्भाग्य अनेक विभाजन !
७
सपुत
जीवनको रक्षा
देशका लागि आहुति !
८
प्राण
मान प्रतिष्ठा
खाली स्वार्थ अहङ्कार !
९
पुर्खा
कम्मर कसेर
दिएकाे संस्कार संस्कृति !
१०
रक्षा
हामीले नगरे
नेपालीकाे अस्तित्व इतिहासमै !