उदक यात्री प्रद्युम्न चालिसेका उत्कृष्ट उदकहरू

  • २९ पुष २०७८, बिहीबार १४:१५ मा प्रकाशित

  • विश्वास
    गुमेको अवस्था
    कहिल्यै चेत नखुलेको !


    ढँटुवा
    कुरामा विश्वास
    अधिक दु:खमा सन्तति !


    देश
    पीडाले जलेको
    हामी मूकदर्शक नेपाली !


    नेतृत्व
    आकांक्षा राख्ने
    युवाशक्ति जागरण आवश्यक !


    परिवर्तन
    निष्ठा विवेेक
    आदर्श परिपालन मेल !


    दल
    समाजकाे अङ्ग
    दुर्भाग्य अनेक विभाजन !


    सपुत
    जीवनको रक्षा
    देशका लागि आहुति !


    प्राण
    मान प्रतिष्ठा
    खाली स्वार्थ अहङ्कार !


    पुर्खा
    कम्मर कसेर
    दिएकाे संस्कार संस्कृति !

    १०
    रक्षा
    हामीले नगरे
    नेपालीकाे अस्तित्व इतिहासमै !

    • प्रद्युम्न चालिसे
      भक्तपुर

    One thought on “उदक यात्री प्रद्युम्न चालिसेका उत्कृष्ट उदकहरू

    Leave a Reply