काठमाण्डौँ, १० मङ्सिर । साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको ७९औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ५९ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।
काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।
संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरि मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।
काठमाडौ, ३ कार्तिक। साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ६० औँ शृङ्खला मङ्सिर ३ गते शनिबार सम्पन्न भएको थियो। अभ्यासमा नेपाल लगायत विश्वका ७० जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।
टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।
टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।
‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ६० औँ शृङ्खलाको लागि समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।
अभ्यासका लागि राखिएको प्रतिनिधि टुक्का
बिन्ती मलाई जिताउनोस् सदा मन्त्री बन्न पाऊँ, मरेर जाँदा पनि चितामा तोप सलामी खाऊँ । वसन्त अनुभव
सहभागी टुक्काकारहरूले अभ्यासका क्रममा सृजना गर्नुभएको टुक्काहरू
[१] ढुक्क हुनु भोट तिमीलाई भयो नमर्दासम्म, बुढो ज्यान खङ्ग्रङ्ग सुकी नढलुन्जेल गर्लम्म । 🌑वसन्त अनुभव घोराही, दाङ
[२] मत हाल्नुस् है उमेदवार छानेर, जनताका लागि मरिमेट्ने जानेर । 🌑राजकुमार कार्की
[३] भाेट देउ मन्त्री बनाउ साेझा जनता तिमी, स्वर्गमा पनि लैजाउँ लाग्छ याे कुर्सी र जिमी। 🌑ताराप्रसाद चापागाईँ धुनिबेसी ।
[४] कोही देख्दिनँ राम्रो नेता सबैमा छ खोट, जित होस् भन्दै घर-घरमा बाड्दैछन् नोट । 🌑सम्झना कुवर
[५] आजसम्म जनताले पनि विचारै नगरी मत हालेर सांसद बनाए, के के नै गर्लान भनेको त तिनीहरूनै पैसामा आँखा गाडेर पो गनाए ! 🌑पवन कुमार बुढाथेाकी कठमांडैा
[६] अब के नै गर्छौ सांसद बनेर, समय बित्छ मर्ने दिन गनेर । 🌑असिराम डंगौरा जोशीपुर कैलाली हाल भारत
[७] ए मान्छे होइन मन बुझेर भोट राख्ने गर्नू, युवा हेर्नू दिन बितेका बुढाको भर नपर्नू ।
🌑श्याम कंन्चन के.सी हाल साउदी बाट
[८] हाम्रो यो मत हजुरलाई भो रक्सी मासु पैसा पायौ, हजुरजस्तो नेता पायौ जुनी भरको साइनो लायौ। 🌑नवशिला। बेलबारी-२,लालभित्ती,मोरङ।
[९] युवाहरू विदेश जान फ्री टिकट झर्छ, जिताउ अझै फेरि पनि मैँ बुढोले गर्छ। 🌑मनोज खत्री अछामी
[१०] पार्टी फेरेरै भएनि मन्त्री बनिरा’छौ तिमी, यसपालिको निर्वाचनमा पार्छौँ ज्योति धिमी । 🌑अर्जुन प्रसाद चौलागाई रामेछाप;सुनापति-१ हाल:-अमेरिका,बोस्टन।
[११] भोट दिदै मन्त्री बनाउँछौ, जनताकै हौ तिमी, स्वर्ग मर्त्य नै तिम्रै हो नेताज्यू ,सत्ता कुर्सी जिमी। 🌑बेदु न्यौपाने काठमाडौ
[१२] धेरै हसुर्यौ पापको घडा एकदिन अवश्य फुट्छ, मङ्सिर चारपछि जनतासँग तिम्रो सम्बन्ध टुट्छ । 🌑करन शाह
[१३] मङ्सिर चारमा राम्रोलाई जिताउन सबै जनता जुट्छन् देशको मुहार फेर्न नयाँ युवाहरू आउछन् अरू छुट्छन् । 🌑कबिता भूजेल ह.तु.न.पा.१खोटाङ,
[१४] विकासका एजेन्डा लिएर पहिलो काम थाल्नुपर्छ, स्पष्ट भिजन हजुरको भएमात्र भोट हाल्नुपर्छ। 🌑पवन अधिकारी(~Pawan) ठेगाना : – खनार – ७ सुनसरी नेपाल (सिमरबोना)
[१५] चुनाव चिन्ह रोजेर भोट हाली जिताउ मलाई, देश र जनता भाडमा जाओस् मेरो हुन्छ भलाइ । 🌑सुर्यमणी रेग्मी
[१६] ढुक्क भएर बस्नु यो भोट बुढा खाडामा, मन्त्री भएरै मर्नु, चिता लिएर भाडामा । 🌑अच्युत घिमिरे भुटान बाट 🇧🇹
[१७] स्वर्ग नर्क जे भनेपनि तिम्रै काखमा छ भाइ, चितामा पनि राख्दिनु जनता ठगेको कमाइ । 🌑सुरेशकुमार पान्डे। दाङ घोराही१८
[१८] नेतालाई भोट दिई नेता बनाउने यिनै जनता हुन् जुन, त्यही नेपाली जनता विदेश गई बगाउँछन् पसिना खुन । 🌑सरस्वती श्रेष्ठ इटहरी
[१९] देउ न देउ भोट मलाई, जागिर म दिउँला, तिमी हामी दाजुभाइ भई पाँच वर्ष जिउँला। 🌑एवाइ प्रभात धनकुटा, हाल मोर
[२०] सांसद बनेपछि फेरि मन्त्री बन्ने मोह जाग्यो, मृत्युपर्यन्त पनि सम्मान गारद खाउँ लाग्यो । 🌑डम्बर थामी ‘अनुपम’ कालिन्चोक गा.पा.-६, दोलखा ।
[२१] पटकपटक भोट दिएर जितायौ, तिमीले हाम्रो सधैँ नै कुभको चितायौ । 🌑टीका खतिवडा इलाम
[२२] मर्नु पर्दैन यार ठूलाबडाको घोती पछारी राख, कुर्सीलाई नै साध्य ठान, साधन जनतालाई मान । 🌑नन्दलाल आचार्य सिद्धार्थटोल, उदयपुर ।
[२३] विदेशीको रेमिटेन्स चाहिदैन भो आफ्नै देशमा कमाऊ, खनजोत गरी आफ्नै पाखो खेतबारी परिश्रम फलाऊ । 🌑आशा तामाङ
[२४] नाेट दिन्छौ भाेट लिन्छाै लिने दिने कुरा, खाेट गए चाेट आए पाँच वर्ष पुरा । 🌑निरज कोइराला बेलका १, हालः इटहरी
[२५] जिताउने अब त जनताको हातको कुरा, म नेताले चाहेर मात्रै यहाँ हुँदैन पूरा । 🌑साहित्य प्रेमी सलिन जुम्ला
[२६] चितामा सलामी खानुभन्दा मरेपछि नि जिउनुपर्छ, दुनियाँको फाटेको मन अब विश्वासले सिउनुपर्छ । 🌑गंगा खड्का बूढानीलकण्ठ , काठमाडौँ
[२७] हामी अमूल्य भोट दिन्छौँ तिमी त्यो मन्त्रीको पद खाऊ जनता गरिबीले मरे तिम्रो लास पैसाले जलाऊ 🌑भुपेन्द्र राना मगर धादिङ
[२८] बुझ म बाहेक अरू कोही नेपालमा छैन राम्रो हेर, नत्र त साम दाम दण्ड भेद बेहोर्नु पर्ला यतिखेर । 🌑प्रेम थापा “मन” बागलुङ
[२९] समाज सुधार्नलाई जिताऔँ जनता भोट हाली , भ्रष्ट नेतालाई दिऔँ जनता तुच्छ श्राप र गाली । 🌑बिके माकजु भक्तपुर ।
[३०] जिताउनुस् हजुर चुनावमा म विकास गर्नेछु, जनताका समस्या पिरमर्का सबै आफैँ हर्नेछु । 🌑उर्मिला के.शी. धनकुटा
[३१] मलाई जिताए जनता, तिमीलाई हेर्छु, सधैँ मन्त्री कुम्ल्याएर , खुशीको श्वास फेर्छु । 🌑जमुना आचार्य सिन्धुपाल्चोक
[३२] सोचाइ तपाईंको मात्र भएर कहाँ हुन्छ र, अब अरूको पालो, आशा गरी बित्यो पाँच वर्ष पाइएन खै फेर्न हामीले नयाँ टालो 🌑अनुग्रह राना मगर ‘पुष्प’ पाँचखपन नपा – ६ संखुवासभा हाल मलेसिया
[३३] जिताएकै हो तिमीलाई हरेक पल्ट, के चाहिँ गर्यौ ? हरेक पटक बरू तिमी हाम्रा नजरबाटै झर्यौ । 🌑राजेशराज गड्तौला रतुवामाई- १०, मोरङ हाल- प्रवास
[३४] बलियो, वीर मान्छे मन्त्री बनोस् पठाउँ चुनेर, विकासको बाढी ल्याउन सक्ने समुन्द्र थुनेर। 🌑होम प्रसाद नेउपाने धरान,सुनसरी ।
[३५] भोट जहिले पनि मलाई दिनु बरू, विकास चैँ न माग्नु पैसा लिनु अरू। 🌑सन्जना शर्मा दाङ लमही ।
[३६] धर्ती, जनता, देश तिम्रै हो, जे जो बन्नु छ बन, केही गरेनौ, अब राष्ट्र डुबाउने खाल्डो खन । 🌑रबि श्रेष्ठ सन्धिखर्क-१, अर्घाखाँची, हाल : बुटवल, रुपन्देही, नेपाल
[३७] मलाई पठाए म बन्त्री बनौँला, म मर्दा नि सत्ता छ मेरो भनौँला । ( छन्दःभुजङ्गप्रयात) 🌑चूडा निर्भीक सिम्पानी गोरखा
[३८] दु:ख पिडा जनताका हटाउँछु भन्थ्यौ जादा, लाज हरायो भ्रष्टहरू देश नै बेची खादा। 🌑शान्ति पाल
[३९] ढाँटे पनि बिन्ती मत देऊ मलाई, अरू छोडी आफ्नो नै गर्नुछ भलाइ। 🌑राममणी जोशी
[४०] रहर त गतिलै रै’छ जनताले के भोट देलान्, रुपियाँ चाहिँ थापी चुनावमा बरू हुर्मत लेलान्। 🌑दीपक ठटाल जलन १९.११.२२
[४१] नालापानीकाे लडाइँले आर्जेकाे यो मुलुक, नेपाल चिनाउने तिमीमा के छ त लौ भुक । 🌑रमा बेल्बासे कपिलवस्तु वाडगङ्गा बनगाइ
[४२] जनताको सुख चैन लुट्ने छन् सारा हर्ष। लौ न जिताउनोस् आराम गर्छ पाँच वर्ष। 🌑रतन बिष्ट आलिताल डडेल्धुरा
[४३] चुनाव हुन्जेल जनताकै शरणमा पर्छु, जितेपछि त सम्पत्ति कमाएर खल्ती भर्छु। 🌑राज कुमार राजभण्डारी खाेटाङ्गे मध्यपुर ठिमी ५ सङ्गम काेलाेनी भक्तपुर ।
[४४] मन्त्री सधैँ बनी तिमी, देशमा राज गर्ने, साेझा दुखी जनताहरू, अझैँ पछि पर्ने 🌑शाेभा अाचार्य गाैतम काठमाडौँ
[४५] देश विकास गरौँ भन्ने कहिले आएन सुद्धी, सत्ता तिम्रो हातमा सुम्पने हाम्रो नै उल्टो बुद्धि । 🌑पुष्पा सुवेदी नेपालगञ्ज ४, बाँके ।
[४६] खानुसम्म खायाै अझै देशै खाऊ हामी तिम्रै पूजा गर्छौं, तिमी जस्तो भक्षक नेता पछ्याउन नपाए हामी मर्छाैं । 🌑रामप्रसाद पुरी,बादेल,खाेटाङ हाल बु न पा ११,फूलबारी कुवा टाेल फ
[४७] विकास गर्न खोजेकै हुँ काम गर्न विपक्षीले दिएन, आफ्नै विकास गरे राजनिती भन्दा अर्को बाटो थिएन । 🌑शंकर कार्की थाहा नगरपालिका मकवानपुर।
[४८] भोट हाल्ने निर्णय गरेछन् साथीहरू, यसपल्ट बिना ढेवा। उसैलाई भोट दिई जिताउने, जसले गर्छ देशको सेवा। 🌑कबिताहरी सुन्दर हरैंचा नगरपालिका १ मोरङ
[४९] इमान किन चाहियो ? सान र मान किन चाहियो ? चाहे मुलुक डुबेर जाओस्, आफ्नै दुनो सोझाइयो । 🌑रामप्रसाद बेल्बासे ‘एक्लो यात्री’ शीतगङ्गा -५ , अर्घाखाँची हाल : बुद्धभूमि -३,कपिलवस्तु ।
[५०] भोट दिई मलाई जिताउनोस् पुराई होस, देख्नु होला तपाईहरूले यो बुढाको जोस । 🌑बुद्धिमान दनुवार सुरुङ्गा ४ झापा
[५१] बिन्ती मलाई मतदान गर्नुहोस् लम्पसार पर्छु, सात पुस्तालाई पुग्ने गरी हजुर कमाई गर्छु। 🌑मल्ल लक्ष्मी श्रेष्ट मेची किनार बिर्तामोड झापा
[५२] मर्न लागेर चितामा जानेबेला पनि कति भोट भनेर कराउँछौ, कुनै आस नै नगर तिमी जस्तो नाजायजलाई त हामी हराउँछौ। 🌑घनु भाट क्षेत्री शितगंगा १३ सिमलपानी, अर्घाखाँची
[५३] अझै पनि पार्न खोज्छौ आफ्नै भागमा कवाब, कहिलेसम्म खेप्ने होला जनताले दबाब ? 🌑बाबुराम गौतम गुल्मी
[५४] हामीले नजिताए नि छौ संसद बन्न पाएकै, चोरबाटो अपनाएर छौ मन्त्री पद खाएकै । 🌑राज कुमार कार्की कटारी-१,उदयपुर
[५५] विकासमा गतिछाडी लाज पचाएर माफी मागे, देश बेच्ने भ्रष्टचारी माला जप्दै मुख छोपी भागे । 🌑अम्विका अधिकारी झापा विर्तामोड
[५६] मर्छु भन्ने लागेकै छैन, छु अमृत जल पिएको, कसोगरी हार्छु र मैले, छु खाममा दाम दिएको । 🌑मन्दिरा सेढाई मलेखु,धादिङ
[५७] मेराे मान, प्रतिष्ठा, सानसाैकत यहाँ कसैले नहिलाऊ, सरकार! स्वर्गमा पनि एउटा बैङ्कको व्यवस्था मिलाऊ। 🌑मित्र उराठी गाैतम
[५८] स्वर्गीय बाजे बज्यैले त हेर भाेट तिमीलाई दिने भन्छन्, ताेपकाे सलामी खाएर जाऊ उता सांसद बनाइरन्छ्न् । 🌑श्याम बिश्वकर्मा
[५९] जित्न पाए खान पाउँथे दानापानी बसी, अर्कोपटक छाडी दिन्थेँ पुग्न थालेँ असी । 🌑रामकृष्ण दुवाडी
[६०] चुनाव आउँदा मात्र देखिन्छन् गाउँमा नेता, त्यसपछि चिन्नै नसकिने लुगा फेर्छन् सेता । 🌑जीवन जैशी अछाम हाल कैलाली
[६१] स्वार्थका वशमा परी देशमा कालाे कर्तुत अति गरे, बच्न बिन्ती-भाउँ गरी जन शरणमा निर्लज्ज भै झरे । 🌑प्रद्युम्न चालिसे
[६२] सधैँभरि आफैँ खाउँ आफैँ मात्र लाउँ, अगाडिका बाटा पनि आफैँ हिड्न पाउँ। 🌑दुर्गा आचार्य मोरङ
[६३] सबैले चाहेको रुचाएकाे नेतृत्व खाेजाैँ, याे देशको औधी माया गर्ने सेवक राेजाैँ । 🌑शर्मिला खतिवडा विर्तामोड ,झापा ।
[६४] जसरी हुन्छ भोट लिने, जनतालाई चाेट दिने । 🌑दुर्गा भट्टराई मोरङ
[६५] हुन्छ आउनुस् अलि बढि अङ्गरक्षक ल्याउँनु, ताेप सलामी मात्र किन सके अरू नि भ्याउँनु । 🌑शान्ति याक्साे काठमाडौं ।
[६६] चुनावताका मात्र तिमी घुम्छौ हात जोडी वरपर, राष्ट्रको विकास गर्छौ नै भन्ने रत्तिभर छैन भर । 🌑राजेन्द्र प्रधान ‘पासा’ दार्जीलिङ, भारत ।
[६७] भोट पाए मन्त्री भए कुकुरहरू मासुको थैलो भुँडी बढाए, आफ्ना छोराछोरी विदेशमा जनताका छोराछोरी मात्रै लडाए ।। 🌑यामनाथ आचार्य पर्वत
[६८] धोको छ जितेर फेरि मन्त्री बन्ने , थाहै नदिई सुटुक्क जरा खन्ने ! 🌑बिबस पारदर्शी भद्रपुर झापा,
[६९] केही गर्छौ भने तिमी हरेस नखाऊ, डुब्न लग्यो स्वदेश अब तिमी बचाऊ । 🌑कमला भट्टराई खोटाङ
[७०] जित्यौ अब कोट फेर, पुग्छौ के जनतानेर ? 🌑जनकराज भट्टराई
काठमाण्डौँ, ०३ मङ्सिर । साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको ७८औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ५९ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।
काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।
संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरि मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।
अभ्यासका लागि राखिएको प्रतिनिधि तस्बिर :
photo: social media
अभ्यासमा सहभागी उदक यात्रीका उदकहरू
[१] नेता ढोगेर खुट्टा माग्दै अमूल्य भोट ! 🌑संझना कुसुम
पञ्चाङ्ग साहित्य समाज नेपाल अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्तापछिको :- भाग १९ [उन्नाइसौँ] ————————————- ” पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार “
स्थायी :-आफूखुसी ,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,
पञ्चाङ्ग तथा सम पञ्चाङ्ग संरचना —————————————-
पञ्चाङ्ग भनेको पाँच पदिय कविता विधा हो । कसरी लेख्न सकिन्छ ? —————- ———————–
पूर्ण अनुप्रास र स्थायी अनिवार्य हुनु पर्छ । उठान गर्दा विषयवस्तुसँग सम्बन्धित हुनुपर्छ । ——————————— समपञ्चाङ्ग
आज खुलेर बोल्छु घण्टीमा भोट दिनुपर्छ [०१] भ्रष्टलाई पाखा लगाएर चोट दिनुपर्छ [०२] ——————————– तेस्रो लाइनले माथिको १,२ लाई विस्तार गर्नुपर्छ ।
चुनावले निर्णय दिन सके देश बन्ने हाे [०३] ——————————————
१,२,३का लाइनलाई जोड दिँदै परिणाम दिनुपर्छ । ———————————— जाडो आउँदै छ बुढालाई कोट दिनुपर्छ [०४] वृद्ध नेता सबैलाई खेल्न पोट दिनुपर्छ [०५]
माथिको १,२,३,४,५ लाइनको मर्मलाई पूर्णता दिन बाँकी १२३४५ ले खुल्नुपर्छ । —————————————- उठान गर्दा विषयवस्तुसँग सम्बन्धित हुनुपर्छ । १ र २ मा जस्तै हुनुपर्छ । ,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,
आफू शुद्ध बनी अरूलाई खोट दिनुपर्छ [०६] बिस्तारै चोट दिँदै फिरीमा ओट दिनुपर्छ [०७]
आठौँ लाइनले माथिको ६ र ७ लाई विस्तार गर्नुपर्छ। ,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,
मौन सत्रमा प्रचार भन्दा पैसा बाँड्दै गयौ [०८]
६,७ र ८ का लाइनलाई जोड दिँदै परिणाम दिनुपर्छ । ,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,
प्रतिघातीलाई मिलेर नै छोट दिनुपर्छ [०९] जितेर गोरखनाथलाई रोट दिनु पर्छ [१०] ————————————– उदाहरण सम पञ्चाङ्ग ०१
आज खुलेर बोल्छु घण्टीमा भोट दिनु पर्छ [०१] भ्रष्टलाई पाखा लगाई चोट दिनु पर्छ [०२] चुनावले निर्णय दिन सके देश बन्ने हाे [०३] जाडो आउँदै छ बुढालाई कोट दिनु पर्छ [०४] वृद्ध नेता सबैलाई खेल्न पोट दिनुपर्छ [०५]
आफू शुद्ध बनी अरूलाई खोट दिनुपर्छ [०६] बिस्तारै चोट दिँदै फिरीमा ओट दिनुपर्छ [०७] मौन सत्रमा प्रचार भन्दा पैसा बाँड्दै गयौ [०८] प्रतिघातीलाई मिलेर नै छोट दिनु पर्छ [०९] जितेर गोरखनाथलाई रोट दिनु पर्छ [१०]
सोमनाथ लुइटेल “रवि पाल्पाली” पाल्पा हाल बर्दिया । ~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~
पञ्चाङ्ग तथा सम पञ्चाङ्गहरू ~~~~~~~~~~~~~~~~~~
सम पञ्चाङ्ग [०१]
आज खुलेर बोल्छु घण्टीमा भोट दिनु पर्छ । भ्रष्टलाई पाखा लगाई चोट दिनु पर्छ । चुनावले निर्णय दिन सके देश बन्ने हाे , जाडो आउँदै छ बुढालाई कोट दिनु पर्छ । वृद्ध नेता सबैलाई खेल्न पोट दिनुपर्छ ।
आफू शुद्ध बनी अरूलाई खोट दिनुपर्छ । बिस्तारै चोट दिँदै फिरीमा ओट दिनुपर्छ । मौन सत्रमा प्रचार भन्दा पैसा बाँड्दै गयौ , प्रतिघातीलाई मिलेर नै छोट दिनु पर्छ । जितेर गोरखनाथलाई रोट दिनु पर्छ ।
✍️सोमनाथ लुइटेल “रवि पाल्पाली” पाल्पा हाल बर्दिया । ~~~~~~~~~~~~~~~~~~~~~~~~~~
सम पञ्चाङ्ग [०२]
असल नेतालाई छानीछानी भोट दिने हो । अक्षम नेतालाई यसपालि चोट दिने हो । वयोवृद्ध भएका मान्छे हो धर्म–कर्म गर , माघै काट्न नसक्नेहरूलाई कोट दिने हो । देश हाँक्ने युवालाई फूलको बोट दिने हो । नेता होइन जनतालाई पो खोट दिने हो । कलो खाई भोट दिनेको गला घोटदिने हो । अब नबुझ्ने जनताले कहिले होला बुझ्ने , भोलि यही देश बेच्नेले आज नोट दिने हो । चोर नेतालाई झन् किन मिठो रोट दिने हो ?
✍️श्रीकृष्ण शर्मा, पोखरा । ~~~~~~~~~~~~~~~~~~~~
सम पञ्चाङ्ग [०३]
प्रेममा लागेको खोट सम्झेको छु । मायाले दिएको चोट सम्झेको छु । सिरसिर हावा मनमा शीतल, वर र पीपल बोट सम्झेको छु । चौतारीको न्यानो कोट सम्झेको छु ।
गुलाफको सौम्य बोट सम्झेको छु । मायाले दिएको कोट सम्झेको छु । पिरतीमा घात गरेको तिमीले, मुटुको वेदना चोट सम्झेको छु । के होला भनेर खोट सम्झेको छु ।
पञ्चाङ्ग
बाबा आमाको केश राम्रो लाग्छ । सुन्दर परिवेश राम्रो लाग्छ । उकाली, ओराली, लेक र बेसी मलाई मेरो देश राम्रो लाग्छ । शान्त सुन्दर शेष राम्रो लाग्छ ।
✍️आर्त अकुलीन, कैलाली । ~~~~~~~~~~~~~~~~
सम पञ्चाङ्ग [०४]
जाडोको समय आएको लगाउन कोट चाहिन्छ। देशको भविष्य उज्ज्वल बनाउन भोट चाहिन्छ। चुनाव आउँदा मात्र गाउँ गाउँ जाने होइन, सधैँ आउने बनाउन एउटा बोट चाहिन्छ। सबैको विश्वासिलो बन्नको लागि ओट चाहिन्छ।
भविष्य निर्माण गर्न सबैले भोट दिनु पर्छ। हाम्रोलाई होइन राम्रोलाई नोट दिनु पर्छ। विश्वास गर्ने कुनै नै आधार नभएको हुँदा, आफ्नोलाई आफ्नैबाट सधैँ नै खोट दिनु पर्छ। पाँच वर्षमा दिएको भोटले चोट दिनुपर्छ ।
✍️सुशीला पौडेल, नेपाल । ~~~~~~~~~~~~~~~~~~
समपञ्चाङ्ग [०५]
दाताले देश विकासका लागि सदुपयोग खालको भोट देओस्। मतदानले जिती उसले विकास भर्न समावेशी नोट देओस्। युवापिँढी पो छान्नुपर्छ अब ढल्केवर पर्दा पछाडि राखेर , नाङ्गा आङ चिसोमा कठ्याङ्ग्रिएको हेर्दा बास सहित कोट देओस्। भोटले भोकको लागि जमिन सहितका नै बीउका बोट देओस् ।
हाँसीहाँसी सजिलै समस्याका समाधान गरि विना खोट देओस् । बेरोजी राखे जनता सबैलाई कि दिन काट्ने खेल पोट देओस् । कि जनशक्तिको भरपूर उपयोग गरि गाउँ-गाउँ विकास, आँउदोमा त नठानेर फेरि जनताले मिलिजुली चोट देओस्। एक्लैले हुँदैन ती धनी, गरिब, मजदुर सबका ओट देओस् ।
✍️जमुना आचार्य, सिन्धुपाल्चोक । ~~~~~~~~~~~~~~~~~
समपञ्चाङ्ग [०६]
जनताले आफ्नो अमुल्य भोट दिए, पछि फल मिल्छ भनेर बोट दिए, बदलामा जनतालाई धोका भयो, त्यही भोटले हजार चोट दिए। त्यतिले मात्रै नपुगेर खोट दिए।
जनताले नै उसलाई कोट दिए। माथी माथी जानलाई अठोट दिए। जनतालाई भने अल्मल्याइ रहे, भुलाउनको लागि सधैं पोट दिए। अम्मली पो बनाउन चुरोट दिए।
✍️पशपती राई, खोटाङ । ~~~~~~~~~~~~~~~~~~~
सम पञ्चाङ्ग [०७]
लाएको त्यो प्रेमलाई खोट दियौ। सोझासाझा महिलामा चोट दियौ। तिमी त साह्रै वैमनस्य रहेछौ, नजान्ने मा गएर त्यो लोट दियौ। कसैको स्वार्थमा गयौ ओट दियौ।
स्वार्थी भएर गयौ र भोट दियौ। आसा राखिएकोमा चैँ चोट दियौ। तिम्रो यो स्वार्थवाद कहिले सम्म, अरुलाई नै गएर ओट दियौ। सारै नै नराम्रो गरि खोट दियौ।
✍️बेदु न्यौपाने, काठमाडौ । ~~~~~~~~~~~~~~~~~~
पञ्चाङ्ग [०८]
सत्ता पोट भए जित अवश्य । धन्दा खोट भए जित अवश्य । भोटमा गुण्डागर्दी चल्छ सधैँ , खोट चोट भए जित अवश्य । नोटै नोट भए जित अवश्य ।
गुणनिधि घिमिरे, अमेरिका । ~~~~~~~~~~~~~~~~~~
पञ्चाङ्ग [०९]
नेताहरूले चुनावमा जित्छन् नोट लगाएर। माखो मार्ने कोही छैनन् के गर्ने खोट लगाएर। दलाली मात्रै पालन पोषण हुन्छन् यो देशमा, गरीब माथी हुन्छ दुख साह्रै चोट लगाएर। पैसा फल्छ रे यहाँ रूपैयाँको बोट लगाएर।
शिव कुमार रेग्मी, पोखराथोक,पाल्पा । ~~~~~~~~~~~~~~~~~~~~~~~~
पञ्चाङ्ग [१०] १• नोटसँग भोट साट्नु, महापाप हुन्छ हेर। आज हाँसे पनि भोलि,अभिश्राप हुन्छ हेर। जानी जानी बन्चरोको,चोट किन सहने हो, नत्र भ्रष्टचारीको नै, फलिफाप हुन्छ हेर। सानो गल्ती गरे देखि,पश्चाताप हुन्छ हेर। २• जनताको मनभित्र बस्नेलाई भोट दियौं। सॅधैभरि छलछाम गर्नेलाई चोट दियौं। जनताले गर्नु गरे अब पालो नेताजीको, मतदाता न्यायमूर्ति बनी कालो कोट दियौॅ। सॅधैभरि जोगाउनू नोट फल्ने बोट दियौॅ। ३• यो पालीको चुनावमा अठोट गरियो। हाम्रा छोडी राम्रालाई छनोट गरियो। जनताको चाहनालाई टाढा राखेर, अन्यत्रीका कुरा मात्र सपोर्ट गरियो। जो चाहिन्छ त्यसैलाई बचोट गरियो। घनश्याम पौडेल,पोखरा
✍️घनश्याम पौडेल, पोखरा । ~~~~~~~~~~~~~~~~~~~~~~~~~
पञ्चाङ्ग [११]
मान्छे चिनेर जिताउँ आफ्ना नहेरौँ अब। सहि सोचेर अगाडी जाउँ पाटी नफेरौँ अब। जोड् घटाउ जति गर उहीँ भेटियो नतिजा , नोट थुपारे पनि अरूको कुरा नटेरौँ अब। देश बनाउँ आफैँ नराम्रा कुरा नखेरौँ अब।
✍️शन्जना शर्मा, दाङ लमही । ~~~~~~~~~~~~~~
पञ्चाङ्ग [१२]
थोरै राहत मिलेको थियो पुल बनेको देखेर। छिन भर आशा हरायो बाढीले खनेको देखेर। अब फेरि भेलमै हेलिनु पर्ने भयो जनताले, सुबिधा छैन पछुतो लाग्छ कर गनेको देखेर। बन्छ फेरि भोट देउ रे नेताले भनेको देखेर।
✍️दुर्गा रिजाल आचार्य, मोरङ । ~~~~~~~~~~~~~~~~~~~~
पञ्चाङ्ग [१३]
यहाँ मान्छेकाे भाग्य बदल्ने नाेट रहेछ । कस्ताे नेता छान्ने हाे त्याे सबै भाेट रहेछ । जनता साेझासाझा पत्याउँछन् रे चाँडै नै, तर नेताहरूकाे मनमा खाेट रहेछ । जनताले सधैँ खानु पर्ने चाेट रहेछ ।
✍️ नवराज भट्ट महेन्द्रनगर, कञ्चनपुर । ~~~~~~~~~~~~~~~~~~~
पञ्चाङ्ग [१४]
असल नेता छान्नलाई चुक्नु त भएन कोही भोट दिन नगइकन रुक्नु त भएन कोही विकासको नारा कहिल्यै पुरा गर्दैनन् थाहा छ प्रलोभनमा परेर नि झुक्नु त भएन कोही अन्याय गर्नेलाई कान फुक्नु त भईन कोही
✍️अम्विका अधिकारी, झापा विर्तामोड । ~~~~~~~~~~~~~~~~~~~~~~~~~
पञ्चाङ्ग [१५]
हाम्रालाई होइन राम्रालाई भोट दिनुपर्छ । हामी मिलेर भ्रस्टाचारलाई चोट दिनुपर्छ । राखेर युवा पर्दा पछाडि विजय हुँदैन नै , जाडोको समय छ वृद्धलाई कोट दिनुपर्छ । पालो बनाएर नसक्नेलाई छोट दिनुपर्छ ।
✍️ अच्युत घिमिरे-भुटान बाट 🇧🇹 ~~~~~~~~~~~~~~~~~~
पञ्चाङ्ग [१६]
भोट दिएर चोट पाएका जनता हामी। भात दिएर ढिडो खाएका जनता हामी। खै कसलाई के दिने दोधारे भयो मन, कोट दिएर भोटो लाएका जनता हामी। नोट दिएर रोट चाहेका जनता हामी।
पांच घन्टाको पैदल हिंडेर खसाल्यौं भोट हामी। चिसोले लागेन निन्द्रा र फर्कियौँ बिना रोट हामी। थिए सिथिल जोश अहिले मतदातामा थिएन, उम्मेदवारमा नै जित्ने सधैँभरी देख्छौँ होट हामी। गर्ने कसैले केही होइन चिन्ता देख्छौँ नोट हामी।
✍️सुरेशकुमार पान्डे, दाङ घोराही १८ । ~~~~~~~~~~~~~~~~~~~
पञ्चाङ्ग[१८]
जनताले जतिपल्ट भोट दिए। यी नेताले त्यतिपल्ट चोट दिए। देश लुटे जनता लुटे नाङ्गो पारे, झोले चम्चे भ्रष्टलाई नोट दिए। बुझे पछि जनताले खोट दिए !
✍️बिबस पारदर्शी, भद्रपुर झापा । ~~~~~~~~~~~~~~~~~~~~~~
पञ्चाङ्ग [१९]
जनताको मर्म बुझ्दैन नोट खानेले। बिनाकारण नोट खान्छ भोट खानेले। सत्तामा पुग्न जनताकै बलि चढ्दैछ, केही गर्दैनन् ईश्वरको रोट खानेले। कसरी चरित्र बुझ्ने हो खोट खानेले।
✍️जनुका गौतम , काठमाडौं । ~~~~~~~~~~~~~~~~~~~~~~~
पञ्चाङ्ग [२०]
राम्रो नेता छानी सबैले भाेट दिनुपर्छ । अक्षम घुस्याहालाइ खाेट दिनुपर्छ । जनताका पिरमार्का नबुझेपछी यहाँ , सबै जनता मिली धेरै चाेट दिनुपर्छ । अन्याय गर्ने पापीलाइ छाेट दिनुपर्छ ।
✍️उर्मिला के.शी., धनकुटा । ~~~~~~~~~~~~~~~~~~~~~~
पञ्चाङ्ग [२१]
मनपरेको मान्छेले खोट लाउँदैन, मीठो बोलीवचनले चोट लाउँदैन। शंका गर्ने बानीले गर्न सक्दछ हानी , हृदयमा फुल्छ फूल बोट लाउँदैन, मजाले गुड्छ जीवन अोट लाउँदैन।
✍️होम प्रसाद नेउपाने, धरान सुनसरी । ~~~~~~~~~~~~~~~~~~
पञ्चाङ्ग [२२] [०१] असल व्यक्तिलाई छानेर भोट दिनुपर्छ । भ्रष्टाचारी नेता त सारेर खोट दिनुपर्छ । जनताको पिडा नबुझ्ने नेता के काम यहाँ , अब सबै जनता मिलेर चोट दिनुपर्छ । यी अत्याचारीलाई हामीले छोट दिनुपर्छ । [०२[ सुन्दर बगैँचामा बोट हुनुपर्छ । आराम गर्न यहाँ नोट हुनुपर्छ । जीवन गुजार्न कहाँ सजिलो छ र, गर्छु भन्न मनमा अठोट हुनुपर्छ । योग्य व्यक्ति छान्न त भोट हुनुपर्छ ।
✍️दुर्गा भट्टराई, बिराटनगर । ~~~~~~~~~~~~~~~~~~
पञ्चाङ्ग [२३]
हराभरा हुनलाई बोट चाहिन्छ । कारोबार चलाउन नोट चाहिन्छ । यो कुरा बुझी मनैमा राख्नु हजुर, जिवन जिउन त अठोट चाहिन्छ । चर्चित हुन असली खोट चाहिन्छ ।
✍️अनुग्रह राना मगर ‘पुष्प’ पाँचखपन नपा – ६ संखुवासभा । ~~~~~~~~~~~~~~~~~~~~~~
पञ्चाङ्ग [२४]
चुनावको मासु खाए भोट पनि लाए । कतिले त थोरै-थोरै पैसा पनि पाए । फटाहा हो भन्ने कुरो जानीजानी पनि , भेडाले नै भोट हाले पछि ती नै आए । भोट हाल्नेले नै कठै! ठुलो खाए।
✍️दस्ता कौशिक, पाँचथर। ~~~~~~~~~~~~~~~~~~~
पञ्चाङ्ग [२५]
जाडोमा तातो कोट चाहिएको छ। बुवाको लागि पोट चाहिएको छ। चिसोको बेला तातो चीज चाहिने, वृद्धलाई त खोट चाहिएको छ। युवाहरुमा बोट चाहिएको छ।
✍️ह्यारिसन ह्यारिश, काठमाडौं ।
पञ्चाङ्ग [२६] १ दिल भित्र लागेको खाेट याद आउँछ। आफन्तले दिएकाे चाेट याद आउँछ। यस्तै नै रहेछ जिन्दगी भनि समालेँ, उही राताे फूलकाे बाेट याद आउँछ। जाडाे जाडाे माैसम काेट याद आउँछ। २ हाम्रोलाई हाेइन है राम्रोलाई भाेट दिनु पर्छ। भनेका पनि हुन् जेल उनलाई चाेट दिनु पर्छ। असल देशप्रेमी भए पछि राम्रो नै गर्नु हाेस, अन्य अनि अत्याचार गर्नेलाइ खाेट दिनु पर्छ। गरिब दुखीलाइ जाडो याममा काेट दिनु पर्छ।
✍️सहयात्री शाेभा अर्याल रुपन्देही १४ बुटवल ~~~~~~~~~~~~~~~~~~~~~~~~~~~
सम पञ्चाङ [२७]
भुलौला म कसरी मुटुमा लागेको चाेट उस्तै छ । रुखमा चढाई फेद ढाल्न लागेको बोट उस्तै छ । फुर्क्याएर विश्वास दिलाएर धुरी माथी पुगेँ , तल खसाल्न लगाएको यो आरोप खोट उस्तै छ । धोका दिने खालको त्यो अपराधी अठोट उस्तै छ ।
चुनाव आयो जनताको आत्मा घाती भोट उस्तै छ । भेडा बाख्रा जस्तै जनता ठानी दिने नोट उस्तै छ । परिणाम आउँछ अब छिटो भन्दा छिटो छ हेर्नु, धेरै दाहुन हालेी पकाए नहुने राेट उस्तै छ । जति अड्कलेर ठिक बनाएको ओट उस्तै छ ।
✍️तारा घिमिरे सङ्खुवा सभा । ~~~~~~~~~~~~~~~~~~
पञ्चाङ्ग [२८]
चुनाव गराउन टाडा धाइयो पनि। घर छोडेर सारै दुुःख पाइयो पनि। निर्वाचन शान्तिपूर्ण सम्पन्न गर्नमा, मेसमा पकाएको खाना खाइयो पनि। समानुपातिकमा भोट लाइयो पनि।
✍️भगवती दवाडी ,झापा ।
पञ्चाङ्ग [२९]
शुभ कामको पनि पहिलो तात होस् आफ्नो आफ्नो सदैव सबैको जात होस् सबतिर छन् रे नयाँ सरकारको, गठनको प्रस्ताव प्रस्ताव बात होस् । विकासमा नयाँ लहरको खात होस् ।
चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट] ~~~~~~~~~~~~~~~~~
चित्रपट पञ्चाङ्ग [०१]
भुकम्पले गर्दा नै पुल केही धसेको छ। विम्बहरू सबै जमिन भित्र पसेको छ। लान्छना लगाउने कार्य हामीमा धेरै छन्, रक्सीले चुर भएर नदीमा खसेको छ। देवीको प्रार्थना गरी पानीमा बसेको छ।
✍️शिव कुमार रेग्मी,पोखराथोक,पाल्पा । ~~~~~~~~~~~~~~~~~~~~
चित्रपट पञ्चाङ्ग [०२]
नेपालमा पुल कति कच्चा बनाउछौ। चुनाव जित्नेलाई नै सच्चा बनाउछौ। बिग्रन्छ बाटो भत्किन्छ पुल बनाएको। भ्रष्टाचारी गर्नेले त घच्चा बनाउछौ। जनतालाई तिमीले बच्चा बनाउछौ ।
✍️सोमनाथ लुइटेल “रवि पाल्पाली” पाल्पा हाल बर्दिया । ~~~~~~~~~~~~~~~~~~~~~
चित्रपट पञ्चाङ्ग [०३]
हराभरा आहा अति राम्रो देखियो। ति नदी जति सबै नै हाम्रो देखियो। नलाउनु कसैको नजर हामीमा, जल माथि हुँदा पुल काम्रो देखियो । बलियो नि निकै होला चाम्रो देखियो।
✍️शन्जना शर्मा, दाङ लमही । ~~~~~~~~~~~~~~~~~~~
चित्रपट पञ्चाङ्ग [०४]
नदीमाथि पुल भासिएको कसरी हेरौँ । नेपालको धन नासिएको कसरी हेरौँ । रातदिन रोएकी छिन् मेरै नेपाल आमा, मेरो यो सिमाना तासिएको कसरी हेरौँ । पुर्खाको सम्पत्ति मासिएको कसरी हेरौँ ।
✍️आर्त अकुलीन, कैलाली । ~~~~~~~~~~~~~~~~~~~~~
चित्रपट पञ्चाङ्ग [०५]
गरिबी र भोकमरीले असहाय बच्चा थियो। आमाबाबु मरि गए उमेर नै कच्चा थियो। उपाय नै नदेखेर फाल हान्यो पुलबाट, ढाँट्न चोर्न नजानेको संस्कारी र सच्चा थियो। बाँचिरहोस् भने पनि सामाजिक घच्चा थियो।
✍️ गुणनिधि घिमिरे, अमेरिका । ~~~~~~~~~~~~~~~~~~~~~~~
चित्रपट पञ्चाङ्ग [०६]
बजेट झ्वाम पारेर पुल दिएको छ । हेर्नुस् कसरी नदीको पानी पिएको छ । कुन बेला भत्कने हो त्रासको घर भो, पौडी खेल्दा बालक त्रासले जिएको छ । कठै ! विकासको मेरुदण्ड खिएको छ ।
✍️श्रीकृष्ण शर्मा, पोखरा । ~~~~~~~~~~~~~~~~~~~~~
चित्रपट पञ्चाङ्ग [०७]
पौँडदै आफैँ खोला तर्दैछन् नि देखेर पुल कच्चा त्यो। ठूलै खर्च गरि बनाए पनि भएन किन सच्चा त्यो। हेर ! बिनासित्ति खेर गयो बजेट त्यसमा अपत्तो, बनाउने कि बनाउन लगाउनेको काम बच्चा त्यो। कतिको ज्यान लिएर कतिलाई गराउला घच्चा त्यो।
सत्ताको मनोमानीले गर्दा बालबालिका सुरक्षित छैनन्। विकासमा आँच आईपर्दा बालबालिका सुरक्षित छैनन्। जस्ले जिते पनि चुनावमा देशको लागि गर्ने केही हैन , बाटोघाटो पुल निर्माण सार्दा बालबालिका सुरक्षित छैनन् । बगायो बाढीपैह्रोले चर्दा बालबालिका सुरक्षित छैनन् ।
पुल भासियाे हेर त। धन नासियाे हेर त। प्रतिशतकाे खेलमा, मनै तासियाे हेर त। नेता गाँसियाे हे र त।
✍️म प्र घि, काठमाडौं । ~~~~~~~~~~~~~~~~~~
चित्रपट पञ्चाङ्ग [१०] [०१] बनाएका पुल भासिएका छन् यहाँ । बनाउँदै धन नासिएका छन् यहाँ । के भनौँ यो कमिसनको हाेडबाजीमा , देखेर यो मन ताछिएका छन् यहाँ । मिली खान नेता गाँसिएका छन् यहाँ । [०२] ऎतिहासिक खम्बा भाँचिएका छन् यहाँ । यसरी सबै धन नासिएका छन् यहाँ । देश भन्दा कमिसनमा ब्यस्त छन् नेता , जनताका मन नै ताछिएका छन् यहाँ । बेमेलमा नि नेता गासिएका छन् यहाँ ।
✍️दुर्गा भट्टराई, मोरङ । ~~~~~~~~~~~~~~~~~~~
पञ्चाङ्ग चित्रपट [११]
कच्चा बाटो माथी पुल तल नदी पुल भासिए छ। पढ्न भनी हिँड्दा हिँड्दै बालापन त्यसै नासिए छ। गाउँ बस्ती सहर बाटो पुल देशमा राम्रो छैन, हाम्रा नेताको विदेशीसँग साँठगाँठ गाँसिए छ। यसरी नै हाम्रो देशमा विकासोन्मुख नासिए छ।
अलिकति मात्रै भाँसिएको पुल थियो। मोटरसाइकलको मान्छे नै झुल थियो। गाडी लडेर चालक पानीमा तलै खस्दा, त्यस खोलामा हिमनदीको मूल थियो। दुर्घटना भएको ठाउँमा धेरै हुल थियो ।
✍️भगवती दवाडी, झापा । ~~~~~~~~~~~~~~~~~~~
चित्रपट पञ्चाङ्ग [१३]
नदीको बचमा भाँसिएको पुल छ । निर्माणको लागि नासिएको भुन छ । कसले कसलाई भन्ने सबै त्यसै, नाता आपसमा गाँसिएको मुल छ । यहाँ पार्टीहरु मिसिएको हुल छ ।।
✍️धनमाया चौधरी, कैलाली । ~~~~~~~~~~~~~~~~
चित्रपट पञ्चाङ्ग [१४]
नदी वारि पारी जोडिने पुल बन्न सकौँ । बगैंँचामा मग्मगाउने फूल बन्न सकौँ । पञ्चाङ्गमा रमाउने बानी परिसक्यो है, पञ्चाङ्गको बर्सिरहने मुल बन्न सकौँ। यस्लाई सिँगारी रहने तुल बन्न सकौँ।
✍️तारा घिमिरे, सङ्खुवासभा । ~~~~~~~~~~~~~~~~~~~
चित्रपट पञ्चाङ्ग [१५]
ठेक्दारको गल्तीले पुल भासियो हेर। बेकारमा देशको धन नासियो हेर। जनतालाई सुविधा दिन खोज्दाखेरि, ठेक्दारसँग भ्रष्ट नेता टाँसियो हेर। बेकारमा कच्चापदार्थ मासियो हेर।
✍️पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत” पनौती-३,काभ्रे । ~~~~~~~~~~~~~~~~~
चित्रपट पञ्चाङ्ग [१६]
प्यारो मेरो देशको लागि लड्दैछु म। सङ्घर्षको मैदानमा त बड्दैछु म। जे परेपर्छ हत्यारालाई छाड्दिन, साथ नदिएर नै एक्लै षड्दैछु म। समान्तिको दलदलमा गड्दैछु म।
✍️कमला पाण्डे पराजुली झापा । ~~~~~~~~~~~~~~~~~
चित्रपट पञ्चाङ्ग [१७]
नदीको बिचमा पुल बनाउनेलाई मान्नु पर्छ । अति नै उत्तम विचार दिमागलाई ठान्नु पर्छ। बनेको पुलबाट कति आनन्द छ हेर्नलाई त्यो, कुरा मात्र होइन यस्तो बनाउनु त जान्नु पर्छ । सबै मिलि हातेमालो गरेर लठ्ठारो तान्नु पर्छ ।
✍️अनुग्रह राना मगर ‘पुष्प’ पाँचखपन नपा – ६ संखुवासभा हाल मलेसिया । ~~~~~~~~~~~~~~~~~~~~~~~~
चित्रपट पञ्चाङ्ग [१८]
तल पानी माथि पुल तर्ने नै हो। वारिबाट पारितिर सर्ने नै हो। पानी जहाज चल्ने समुन्द्र हैन, तर्दातर्दै भत्किएमा मर्ने नै हो। पुलै नभए विपत्ति पर्ने नै हो।
✍️होम प्रसाद नेउपाने, धरान,सुनसरी । ~~~~~~~~~~~~~~~~~~~
चित्रपट पञ्चाङ्ग [१९]
पुलको पनि त आयु हुन्छ होला भाँचियो। पुरानो थियो कि पुल बिच खोला भाँचियो। बनाउन गारो छ ज्यान हथलिमा राख्दै, दिए ठेक्का लिनेछन् नोटकै झोला भाँचियो। खाने खाए मर्ने मरे रुने रोला भाँचियो।
✍️सुरेशकुमार पान्डे, दाङ घोराही १८ । ~~~~~~~~~~~~~~~~~~~~~~~~~~
चित्रपट पञ्चाङ्ग [२०]
नेताहरुको बुद्धि विवेक सबै नासिएर गयो। जनता हिँड्ने पुलहरु सबै नै भासिएर गयो। कमिसनको लोभमा ठेकेदार छानेर लगाई, ती काम गर्ने ठेकेदार र नेता टाँसिएर गयो। भ्रष्टाचारमा बनेको पुलहरु मासिएर गयो।
✍️मल्ल लक्ष्मी श्रेष्ट, मेची किनार बिर्तामोड झापा । ~~~~~~~~~~~~~~~~~
चित्रपट पञ्चाङ्ग [२१]
बाँडेपछि खाम, काम यस्तै हो। भेटी अनि दाम, काम यस्तै हो। हुने यी विकास र निर्माणमा, हुन्छ छलछाम, काम यस्तै हो। छैन बदनाम, काम यस्तै हो ।
✍️वसन्त अनुभव , घोराही, दाङ । ~~~~~~~~~~~~~~~~~
चित्रपट पञ्चाङ्ग [२२]
जताततै अस्तव्यस्त देख्छु देश भित्र मैले पुल नाजुक बालक डुब्दै देख्छु चित्र मैले। यातायात पक्कै पनि छँदैछ जोखिमपूर्ण पुल भासिनु पक्कै गहिरो देख्छु छित्र मैले देख्दैन है कतै मर्मत संहार मित्र मैले।
✍️तेजप्रसाद खनाल, लमही दाङ । ~~~~~~~~~~~~~~~~~~~~
चित्रपट पञ्चाङ्ग [२३]
अब त पुल पनि ठगिएछ यहाँ। खाताबाट रकम लगिएछ यहाँ। विकासको पाइलैपिच्छे यस्तै हुन्छ भ्रस्टाचारले मात्र तगिएछ यहाँ। जनताको सपना बगिएछ यहाँ।
✍️अच्युत घिमिरे, भुटान बाट 🇧🇹 ~~~~~~~~~~~~~~~~~~
चित्रपट पञ्चाङ्ग [२४]
चुनाव जिताएर जनताले फुल लाइदिए। परिणाम उसले चाहिँ भने शुल लाइदिए। असल नेता त देशले कहिल्यै चुन्न सकेन, चुनाव अघि चैँ आश्वासनको मुल लाइदिए। जितेपछि दुइदिनै नटिक्ने पुल लाइदिए।
✍️पशपती राई, खोटाङ । ~~~~~~~~~~~~~~~~~~~~~~~~~~
चित्रपट पञ्चाङ्ग [२५]
ठाउँ ठाउँमा नै पुल कच्चा बनाए बरै । जनताको मन जित्न सच्चा बनाए बरै । भत्किन्छन् पुलहरु अनि भासिन्छन् बाटो , भ्रष्टाचारीहरुले नै घच्चा बनाए बरै। साेझा यी जनतालाई बच्चा बनाए बरै।
पुल बन्दा खुसी लागेको छ । दुःख पीडा सब भागेको छ । अहिले पुल भाँचिएकोले, मनमा दुःख नै जागेको छ। पीडा माथि पीडा मागेको छ।
✍️ह्यारिस ह्यारिसन, काठमाडौं । ~~~~~~~~~~~~~~~~~~~~~~
चित्रपट पञ्चाङ्ग [२७]
पहिलेका धेरै कुरा मासिएको छ। मान्छेहरु हिँड्ने पुल भासिएको छ। चुनावमा विकासको हुन्छ कुरा त, बच्चा डरले छेउमा टाँसिएको छ। जीवन नै दोसाँधमा गाँसिएको छ।
✍️सुशीला पौडेल, काठमाडौं । ~~~~~~~~~~~~~~~~~~~~~~~
चित्रपट पञ्चाङ्ग [२८]
हेर्दाहेर्दै त्याे छँदाखाँदाकाे पुल पनि भासिन लाग्याे । सार्वजनिक ति धराेहरहरु पनि नासिन लाग्याे । भ्रष्टाचारीलाई उति नै कमिसन नपुगेर हाेला , जनतालाई शास्ति छ है भाेकले पेट टाँसिन लाग्याे । विदेशीकाे इशारामा चल्दा देश पनि मासिन लाग्याे ।
✍️उर्मिला के.शी., धनकुटा। ~~~~~~~~~~~~~~~~~~~
चित्रपट पञ्चाङ्ग [२९]
भाँचिएको पुल कसरी हेर्नु यहाँ । वर्षै पिच्छे पुल कसरी फेर्नु यहाँ । भाँचिएको नदीमा जिन्दगी बचेको , पानीमा बाँचेको जिन्दगी घेर्नु यहाँ । उद्वार गरेर मायाले बेर्नु यहाँ ।
✍️सुमित्रा पोखरेल, काठमाडौं । ~~~~~~~~~~~~~~~~~~
पञ्चाङ्ग [३०]
सिङ्गै ज्वालामुखी छातीभित्र,हुलेर बाँचेको मान्छे हुँ म। मुस्किलले तिम्रा यादहरु, भुलेर बाँचेको मान्छे हुँ म। अब पठाएर के गर्छ्यौ, व्यर्थमा घाइते भएर आउलान्, त्यो ज्वालामुखीको लाभा सँगै,घुलेर बाँचेको मान्छे हुँ म। राप सँगैको खरानी माथि, डुलेर बाँचेको मान्छे हुँ म।
मतपेटिका सुरक्षाको लागि बाराको सिम्रौनगढ नगरपालिकाको वडा नम्बर ७ कवलपुरमा मतदान केन्द्रका कर्मचारीहरू भुईँमै सुत्ने गरेका छन् ।
आसपासमा घर नहुनुका साथै मतदानस्थल निर्माण र सुरक्षा गर्नुपर्ने भएकाले आफूहरू यहीँ बस्नुपर्ने बाध्यता रहेको निर्वाचन अधिकृत लालबाबु प्रसाद यादवले जनाउनु भयो ।
भारतीय सीमासँग जोडिएको उक्त मतदान केन्द्र अति संवेदनशील केन्द्रमा पर्दछ ।
निर्वाचनका वेला सीमानाका सिल गरिए पनि खुल्ला सिमानाका कारण उक्त केन्द्र अति संवेदनशील क्षेत्रमा पर्दछ। १० जना प्रहरी र ११ जना अन्य कर्मचारी खटिएका उक्त केन्द्र सीमा क्षेत्रबाट करिब आधा किलोमिटर मात्र उत्तरतर्फ रहेको छ।
१. चुनावको मुखमा गर्छन् एकापसमा सक्तो सराप जिते पछि कॅाध मिलाउॅछन्, जब कुर्सी हुन्छ धराप । २. मख्ख नपराैँ नेताहरूका चिल्ला चाप्ला कुराले चुनाव पछाडि जनतालाई काट्ने छन् छुराले । ३. चुनाव अगाडि भोट माग्न हात जोड्छन् जितेर गए पछि हाम्रै टाउको फोड्छन् । ४. युवा अघि बढ्नु पर्यो, यी बुढा नेताहरू हराउन पठाउॅ अब यिनीहरूलाई भेडा बाख्रा चराउन । ५. कर्तव्य भुले नेताहरूले, विचार गरी भोट हालाैँ थोत्रा गाडीका इन्जन जस्ता पुराना नेता अब फालाैँ । ✍️ राजेशराज गड्तौला रतुवामाई- १०, मोरंग हाल- प्रवास
बिरगंज :- मंसिर ४ को निर्वाचनका लागि पर्सामा कर्मचारी, स्वयंसेवक र म्यादी प्रहरी सहित ११ हजारभन्दा बढी जनशक्ति खटिने भएका छन् ।
जिल्ला प्रशासन कार्यालय पर्साका प्रवक्ता एंव सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलका अनुसार मंसिर ४ को निर्वाचनका लागि पर्सा जिल्लामा १ सय ६७ स्थायी र २ अस्थायी गरी कुल १ सय ६९ मतदान स्थल तोकिएका छन् ।यस्तै ४ सय १५ स्थायी र २ अस्थायी गरी ४ सय १७ मतदान केन्द्र रहेका छन् ।
जिल्ला भरिका मतदान स्थल र मतदान केन्द्रमा गरि ४ हजार ६ सय सुरक्षाकर्मी, २ हजार म्यादी प्रहरी, ४ हजार ५ सय स्वयंसेवक र कर्मचारी खटिनेछन् । जिल्लामा साधारण, संवेदनशील र अति संवेदनशील गरी ३ श्रेणीमा मतदानस्थललाई छुट्याइएको छ ।
सुरक्षा संवेदनशीलताका कारणले संवेदनशील र अति संवेदनशील मतदानस्थलको नाम भने सार्वजनिक गरिएको छैन । निर्वाचन कार्यालयका अनुसार पर्सामा जिल्लामा ३ लाख ४५ हजार मतदाता छन् ।
संरक्षक /सहजकर्ता =निर्मला सुवेदी सञ्चालक/संयोजक =प्रेम थापा “मन”
तस्बिरसँग मिल्दो मुक्तक अभ्यास गर्नु हुने सबै स्रष्टा ज्यूहरू प्रति हार्दिक आभार ।
#उदाहरण_मुक्तक 🇳🇵
प्रफुल्लित बनेको छ मन प्रकृतिको भित्र भित्र दु:ख सारा हरण गराउन देख्दा मोहक यही चित्र कञ्चन मन सजाउन सन्ततिको,सपार्न मतिको वर्णन योग्य काफी विश्वको मुटु यही दृश्य पवित्र ।
✍️२०७९ ,कात्तिक ,२२ ,मङ्गलबार🇳🇵
✍️मुक्तक🇳🇵
झर्झराउँदा झरना हरियाली फाँट यो सुन्दर। बचाउ पर्यावरण देशको अरु सान के छ र । सफा हावा सफा पानी जान हो प्रकृति यो सबैको, सबथोक यहिँ मिल्छ जिन्दगी यसैको छ भर।
👉️रतन बिष्ट आलिताल डडेल्धुरा ।
✍️मुक्तक🇳🇵
सुन्दर प्राकृतिक छटा देखिन्छ हेर कस्ताे हेरेर यस्ताे दृश्य आँखा टेकिन्छ हेर कस्ताे झरना र हरियाे वनले सजाएकाे छ भूमि त्यहाँ पुगे याे अंगालोमा बेरिन्छ हेर कस्ताे।
👉️ नवराज भट्ट महेन्द्रनगर, कञ्चनपुर ✍️मुक्तक🇳🇵
कति अदभूत दृश्य, मोहित नहुने को होला मन,मुटु अनि अन्तस्करण, नछुने को होला प्रकृति नै हाम्रो साथी, सृष्टिकर्ता पालनकर्ता, प्रकृतिसँगै नहाँस्ने,नखेल्ने र नरुँने को होला ?
👉️वसन्त अनुभव घोराही, दाङ
✍️मुक्तक🇳🇵
चुनावी सरगर्मी ह्वात्तै नै बढेकाे काेही हात्ती चढे काेही धुरीमै रहेकाे अरुले कमाए भनेर हुन्छ र ? मतदाताकाे मन छ अहिले जलेकाे ।
👉️ मधुसूदन प्रसाद घिमिरे
✍️मुक्तक🇳🇵
प्रकृतिको कला बनोट लेखेर चित्त मान्दैन जसरी हेरूँ हेरिरहुँ चिम्लेर चित्त मान्दैन हरियाली बस्ती भित्र स्वर्गपुरी घर छ मेरो , यहीँ बस्छु यहीँ मर्छु म मरेर चित्त मान्दैन ।
👉️होम प्रसाद नेउपाने धरान,सुनसरी ।
✍️मुक्तक🇳🇵
आहा!कति सुन्दर र रमणीय ठाउँ रहेछ डाँडा पाखा पहराले छोपिएको गाउँ रहेछ प्रकृति प्रेमिको लागि कविता लेख्न सुहाउने हरियाली बसन्तको मनोहक नाउँ रहेछ ।
👉️अम्विका अधिकारी झापा विर्तामोड
✍️मुक्तक🇳🇵
मन नै खुसिले गदगद प्रकृति देख्दा स्वर्गको बयान पनि कमि शब्दमा हेर्दा हरेक दुःख भुलाईदिन्छ यो सुन्दर सन्सार खुशी र शान्ति एकै ठाउँमा भेट्दा ।
👉️सागर शर्मा (ढुक्क हो) जैमिनि १० पाही
✍️मुक्तक🇳🇵
प्रकृति तिमीलाई मन पराउने भएछु खै कसरी दिलभित्र सजाउने भएछु तिम्रै रूपाकृति देखेर मन भरिएपछि, चराझैँ मन मष्तिस्क नचाउने भएछु ।
👉️- आर्त अकुलीन, कैलाली
✍️मुक्तक🇳🇵
माथी झरना पारी पर्वत तल मेराे गाउँ साँच्ची यस्तै हुन्छ हजुर स्वर्ग भन्ने ठाँउ माछापुछ्रे अन्नपूर्ण धौलागिरी सबै देखिने नेपालमै पर्छ त्यो देउराली हो त्यसको नाउँ ।
👉️सिर्जन रामु गुरुङ्ग जैमिनि न पा १० राङ्खानी देउराली बागलुङ
✍️मुक्तक🇳🇵
प्राकृतिक सुन्दरताले वरपर सुन्दरता छरेको छ साथमा सुन्दर बस्तिले लिई आनन्द अटेको छ रमाउन चाहनेहरुका लागि प्रकृति नै एक हो कलकल बग्दै हेर यहाँ स्वच्छ सरिता बहेको छ।
👉️ तेजप्रसाद खनाल लमही दाङ। ✍️मुक्तक🇳🇵
सौन्दर्य प्रकृतिमा हराउँदा यो मन , अचम्मित आफै,सर्माउँदा यो मन , थाकेको शरीर लामो सुस्केरा सँगै , अमृत रूपी झरना तिर्खाउँदा यो मन ।
👉️महाश्रम शर्मा जैमिनि 4
✍️मुक्तक🇳🇵
स्वर्गीय आनन्द रारा, फोक्सुण्डो,फेवा तालमा पाउँछौं अनि,यी प्रत्येक हात्ती,गैंडा,कस्तुरीको चालमा पाउँछौं यसैले, ए ! बिदेशी पर्यटकहरु एकपटक घुम्न आउनु यस्तो मनोरम दृश्य एउटा मात्र देश नेपालमा पाउँछौं।
👉️प्रदिप नेपाली बिहादी ५ उराम,पर्बत।
✍️मुक्तक🇳🇵
आहा!मन लोभिने ठाउँ कति सुन्दर छ आजसम्म देखे भन्दा अति सुन्दर छ प्रकृति त हो मानवको बाँच्ने आधार यसैमा गरेको हाम्रो प्रगति सुन्दर छ ।
👉️विक्रम तिरूवा सलिन जुम्ला
✍️मुक्तक🇳🇵
प्रकृतिको सुन्दरताले नछुने को होला? यो मौलिकतामा खुशी नहुने को होला? सुख मात्र होइन सन्तोष हो हजुर खुशी प्राकृतिक विपत्तिमा यहाँ नरुने को होला?
👉️निर्मला सुवेदी,बागलुङ।
✍️मुक्तक🇳🇵
तन मन वचन लोभ्यायो प्रकृतिको भावले अन्तःकरण चेष्टा खुलायो हरियाली दावले रूपात्मक, अनगन्ती आशय, दैवी जगतमा प्राकृतिक सुन्दरतालाई जित्दैन तनावले।
✍️ अच्युत घिमिरे-भुटान बाट 🇧🇹
✍️मुक्तक🇳🇵
चारैदिशा हरियाली कति राम्रो गाउँ छ सबैजना एक पटक पुग्नै पर्ने ठाउँ छ नेताहरूले गर्दा आज कुरुप बनाइसके त्यही ठाउँसँग जोडिएको मेरो सुन्दर नाउँ छ ।
👉️बिक्रम शर्मा चापागाईं जैमिनिघाट बाग्लुङ
✍️मुक्तक🇳🇵
कुनै बेला धूप कुनै बेला छाउँ जिन्दगी यस्तै छ, किस्मतको खेल लगाउ दाउँ जिन्दगीको यस्तै छ, प्रकृतिको सुन्दरता र स्वरूप जस्तै यहाँको, कहिले काँही रमाउने ठाउँ जिन्दगीको यस्तै छ ।
👉️Singer bishal Kohalpur, banke
✍️मुक्तक🇳🇵
हेर्न मात्रै पाए पनि भोक प्यास मेटिन्छ नि साराङ्गीको धुन पनि छहराले रेटिन्छ नि स्वर्गकै अप्सरा पनि यतै भुल्थिन् होली धर्तीमा यस्तो ठाउँ अन्त कहाँ भेटिन्छ नि!
👉️-पशपती राई खोटाङ
✍️मुक्तक🇳🇵
कति सुन्दर प्राकृतिकले भरिपुर्ण मनमोहक ठाउँ सूक्ष्म रुपले अवलोकन गर्दा बिर्सने आफ्नै नाउँ झर्नाको संगीत संँगै ~ छङ्गछङ्ग बग्ने उस्तै खोला प्राकृतिले सजिएको सुन्दर लाग्छ देख्दा अझै गाउँ।
👉️अनुपमा भुजेल (आभा) खोटाङ्ग नेर्पा-६
✍️मुक्तक🇳🇵
देशलाई प्रकृतिले दिएको अतिनै सुन्दर उपहार छ प्रकृति प्रेमी साहित्यकारको धेरैनै मिठो उदगार छ उत्तरतर्फ कञ्चन हिमाल दक्षिण सुनौला फाँटहरू पाहुनालाई लोभ्याउने स्वच्छ प्राकृतिक उपकार छ ।
👉️” जिज्ञासु ” पन्त
✍️मुक्तक🇳🇵
खोज्दा नेपाली कै नाम भेटियोस् अनि पो त मज्जा हुन्छ उठ्ना बितिकै झरना देखियोस् अनि पो त मज्जा हुन्छ सबैले गुनगुनाउन परोस अाहा कति राम्रो नेपाल भनेर विदेशीको गलत नजर छेकियोस् अनि पो त मज्जा हुन्छ ।