
पञ्चाङ्ग साहित्य समाज नेपाल अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्तापछिको :- भाग २३ [तेइसौँ] ————————————-
” पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार “
विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग पाठशाला मिति:- २०७९/०९/०५ गते समय :- साँझ ८ बजे
…………………………………………
प्रशिक्षक:-
——-
गुणनिधि घिमिरे
घनश्याम पौडेल
तोयानाथ सुवेदी
भाषा शुद्धीकरण:-
———–
जमुना आचार्य
भवानी घिमिरे
पुष्पा नेपाल सुवेदी
सङ्कलक :-
———-
दुर्गा रिजाल आचार्य
संयोजक:-
=====
सोमनाथ लुइटेल “रवि पाल्पाली” ======================
अक्षर सङ्ख्या:- १४
अनुप्रास : सुक्न , थुक्न , लुक्न, फुक्न, चुक्न, ढुक्न भुक्न, दुख्न, झुक्न आदि
स्थायी :- नपरोस्
पञ्चाङ्ग तथा सम पञ्चाङ्ग संरचना —————————————-
पञ्चाङ्ग भनेको पाँच पदिय कविता विधा हो । कसरी लेख्न सकिन्छ ?
—————- ———————–
पूर्ण अनुप्रास र स्थायी अनिवार्य हुनु पर्छ ।
उठान गर्दा विषयवस्तुसँग सम्बन्धित हुनुपर्छ । ———————————
समपञ्चाङ्ग
कलमको मसि कहिले सुक्न नपरोस् [०१]
पत्रकार देखेपछि त लुक्न नपरोस् [०२]
——————————–
तेस्रो लाइनले माथिको १,२ लाई विस्तार गर्नुपर्छ ।
आजभोली सानो आवाज नि ठूलो भयो [०३]
——————————————
१,२,३का लाइनलाई जोड दिँदै परिणाम दिनुपर्छ । ————————————
नराम्रो भनेर कहिले थुक्न नपरोस् [०४]
आफ्नो आवाज सुनाउन भुक्न नपरोस् [०५]
माथिको १,२,३,४,५ लाइनको मर्मलाई पूर्णता दिन बाँकी १२३४५ ले खुल्नुपर्छ । —————————————- उठान गर्दा विषयवस्तुसँग सम्बन्धित हुनुपर्छ । १ र २ मा जस्तै हुनुपर्छ ।
,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,
बोलेको कुरामा कहिले चुक्न नपरोस् [०६]
अरुका कारणले त्यसै झुक्न नपरोस् [०७]
आठौँ लाइनले माथिको ६ र ७ लाई विस्तार गर्नुपर्छ।
,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,
इज्जत सोचेर काम गरौँ मिलिजुली [०८]
६,७ र ८ का लाइनलाई जोड दिँदै परिणाम दिनुपर्छ ।
,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,
लोभ-लालचमा कहिले ढुक्न नपरोस् [०९]
आफ्नै प्रगतिमा सित्तैमा फुक्न नपरोस् [१०]
उदाहरण पञ्चाङ्ग तथा समपञ्चाङ्ग
…………………………………………
कलमको मसि कहिले सुक्न नपरोस् [०१]
पत्रकार देखेपछि त लुक्न नपरोस् [०२]
आजभोली सानो आवाज नि ठूलो भयो [०३]
नराम्रो भनेर कहिले थुक्न नपरोस् [०४]
आफ्नो आवाज सुनाउन भुक्न नपरोस् [०५]
बोलेको कुरामा कहिले चुक्न नपरोस् [०६]
अरुका कारणले त्यसै झुक्न नपरोस् [०७]
इज्जत सोचेर काम गरौँ मिलिजुली [०८]
लोभ-लालचमा कहिले ढुक्न नपरोस् [०९]
आफ्नै प्रगतिमा सित्तैमा फुक्न नपरोस् [१०]
✍️सोमनाथ लुइटेल “रवि पाल्पाली”
……………………………………………………
पञ्चाङ्ग तथा समपञ्चङ्ग
………………………………
समपञ्चाङ्ग [०१]
झुठको खेती खाली बोली चुक्न नपरोस् ।
गाउँ सहर कुकुर झैँ भुक्न नपरोस् ।
हरेक पलमा घुम्ने गर्छन् जन्तु सरी,
लेक र बेसी सत्य मान्छे लुक्न नपरोस्।
चैत मासको खोला जस्तै सुक्न नपरोस् ।
काम बिनाको व्यर्थ शङ्ख फुक्न नपरोस् ।
जिन्दगीको यो लामो यात्रा रुक्न नपरोस् ।
रात दिन खान पाए खुसी हुने सबै,
खान नपाइ जीव जस्तै ढुक्न नपरोस् ।
आफ्नै अगाडि खाने थाल थुक्न नपरोस् ।
✍️आर्त अकुलीन, कैलाली ।
……………………………………………………
समपञ्चाङ्ग [०२]
कलमको मसि कहिले सुक्न नपरोस् ।
पत्रकार देखेपछि त लुक्न नपरोस् ।
आजभोली सानो आवाज नि ठूलो भयो ,
नराम्रो भनेर कहिले थुक्न नपरोस् ।
आफ्नो आवाज सुनाउन भुक्न नपरोस् ।
बोलेको कुरामा कहिले चुक्न नपरोस् ।
अरुका कारणले त्यसै झुक्न नपरोस् ।
इज्जत सोचेर काम गरौँ मिलिजुली ,
लोभ-लालचमा कहिले ढुक्न नपरोस् ।
आफ्नै प्रगतिमा सित्तैमा फुक्न नपरोस् ।
✍️सोमनाथ लुइटेल “रवि पाल्पाली” पाल्पा
हाल बर्दिया ।
…………………………………………………………
समपञ्चाङ्ग [०३]
जहाँ पायो त्यहीँ प्याच्च प्याच्च थुक्न नपरोस् ।
थुकेपछि गल्ती भैगो आफैं भुक्न नपरोस् ।
गल्ती गरेपछि गल्ती स्वीकार गर्नु पर्छ,
सत्यको अगाडि कोहि पनि लुक्न नपरोस् ।
होइन भने त कतै पनि चुक्न नपरोस् ।
कसैलाई उक्साउन कान फुक्न नपरोस् ।
लहैलहैमा कसैको बाटो ढुक्न नपरोस् ।
सत्य त सत्य नै हुन्छ जति लुकाए पनि,
सत्यको मर्म कहिल्यै पनि सुक्न नपरोस् ।
सत्यको अगाडि कोहि पनि झुक्न नपरोस् ।
✍️पशपती राई, खोटाङ ।
………………………………………………
समपञ्चाङ्ग [०४]
गलत काम गरि लुक्न नपरोस् ।
शत्रु सामु कहिले झुक्न नपरोस् ।
पसिना बगाई खान सकौँ सधैं ,
वचनमा दृढता चुक्न नपरोस् ।
आश गरेर दैलो ढुक्न नपरोस् ।
घृणाले मुखपनि थुक्न नपरोस् ।
सरापले ज्यान सुक्न नपरोस् ।
बाँचुन्जेल नै असल काम गरौं ,
बिनाकारण कतै भुक्न नपरोस् ।
नियम कानूनमा फुक्न नपरोस् ।
✍️तारा घिमिरे स्वैच्छा, सङ्खुवासभा ।
…………………………………………………
समपञ्चङ्ग [०५]
कसैको कामको घृणाले थुक्न नपरोस्।
काम गर्दा काहीँ कोहि नै चुक्न नपरोस्।
जीवन्तसम्म असल काम गर्नुपर्छ,
मुर्दा बिनाको शंख कतै फुक्न नपरोस्।
कानुनी नारा गेटमा गै भुक्न नपरोस्।
गोर्खाली हामी वैरी क्क्क्क सामु झुक्न नपरोस्।
कसैको आशा भरोसामा ढुक्न नपरोस्।
आफैँ श्रम गरेर जिउन सिक्नु पर्छ,
काममा गल्ती गर्दै अनि लुक्न नपरोस्।
जीवनमा कसैलाई होच्याइ थुक्न नपरोस्।
✍️बेदु न्यौपाने, काठमाडौ✍️।
………………………………………………
समपञ्चाङ्ग [०६]
आउँदैमा मूल सुके झैँ सुक्न नपरोस् ।
कहिल्यै नराम्रा कामले थुक्न नपरोस्।
तन मन र वचनले शुद्धता लिई ,
वैरीका सामुमा कदापी झुक्न नपरोस्।
अपराध गरेर कतै लुक्न नपरोस्।
गलत कुरा लय लिदैँ भुक्न नपरोस् ।
वचनले पक्का कवच चुक्न नपरोस्।
कर्मले त डोर्याउनेछ सफलतामा,
गाँसका लागि चियाएर ढुक्न नपरोस्।
कानेखुसी गर्दै कानमा फुक्न नपरोस्।
✍️जमुना आचार्य, सिन्धुपाल्चोक ।
……………………………………………
समपञ्चाङ्ग [०७]
कहिँ कतै नि यसै बाेली चुक्न नपरोस्।
आक्राेशमा आएर कतै भुक्न नपरोस् ।
हिडेका पाईलाहरू अगाडि बढुन,
कसैसामु हात फैलाइ झुक्न नपरोस् ।
कसैकाे व्यबहार माथि थुक्न नपरोस्।
बगिरहुँ त्यो खाेला सरी सुक्न नपराेस्।
अगाडि बढेका पाईला रुक्न नपराेस्।
सत्कर्म र सत्य वचन का साथ बाचुँ,
कसैलाई हाेच्याई कान फुक्न नपराेस्।
कुनै अपराधमा परि लुक्न नपराेस्।
✍️शाेभा आचाार्य गाैतम, काठमाडौँ।
…………………………………………………
समपञ्चाङ्ग [०८]
निर्लज्ज नहोऊ अति नै थुक्न नपरोस् ।
हेर्दै लज्जाबोध भएर लुक्न नपरोस् ।
कम्तिमा त राख आफ्नो इज्जतको ख्याल,
समाजको सम्मानबाट चुक्न नपरोस् ।
अपराधी झैँ तिमी सधैँ झुक्न नपरोस् ।
पराइको दैलो हजुर ढुक्न नपरोस् ।
दया पाऊँ मालिक भन्दै भुक्न नपरोस् ।
घाँटी हेरी हाड निल्नू, नहुनू खर्चालु,
दानाका लागि दिनभर रुक्न नपरोस् ।
सुकुवा लागेको रोगी झैँ सुक्न नपरोस् ।
✍️वसन्त अनुभव ,घोराही, दाङ।
……………………………………………
समपञ्चाङ्ग [०९]
यो जीवन जिउनलाई झुक्न नपरोस् ।
कहिल्यै समाजको बिच लुक्न नपरोस् ।
सत्य बोल्नेको नै खेदो हुन्छ आजभोलि ,
मरण कहिले आउँछ ढुक्न नपरोस् ।
आफैंले आफैंलाई हेरि थुक्न नपरोस्।
सँधै रोगी भएर ज्यान सुक्न नपरोस् ।
दया गरिदिनुस् भनेर भुक्न नपरोस् ।
कमजोरी कै फाइदा लिने गर्छन् सबै ,
अरु छिरेको स्थल आफु रुक्न नपरोस् ।
सम्मान जति घुमाएर चुक्न नपरोस्।
अच्युत घिमिरे , भुटान बाट ।
……………………………………………
समपञ्चाङ्ग [१०]
खान नपाएर कहिले सुक्न नपरोस्।
वैरीसँग दु:ख देखाई झुक्न नपरोस्।
हलो कोदालो गरेर बसेको मान्छेले,
पराया घरमा कहिले ढुक्न नपरोस्।
बैमानी देखेर कहिले लुक्न नपरोस्।
कहिले कसैलाई पनि थुक्न नपरोस्।
अन्याय गरी कँहि कतै चुक्न नपरोस्।
हिम्मतको साथ अगाडि बढ्ने मान्छेले,
गन्तव्यमा पुग्न बाटोमा रुक्न नपरोस्।
बिमार परेर कहिले फुक्न नपरोस्।
✍️मल्ल लक्ष्मी श्रेष्ट, मेची किनार
बिर्तामोड झापा ।
……………………………………………
पञ्चाङ्ग [११]
अपराधी जस्तै बनेर लुक्न नपरोस्,।
बाँचुन्जेल जीवन भरी झुक्न नपरोस्,।
मानिस भएर बाँचौंला स्वाभिमानी भई,
आफ्नै लागी कसैको सामु भुक्न नपरोस्।
आकाश तिर फर्केर पनि थुक्न नपरोस्।
✍️सुरेशकुमार पान्डे, घोराही १८ दाङ ।
………………………………………………………
पञ्चाङ्ग [१२]
भ्रष्टाचारी आरोप लागी,लुक्न नपरोस्।
समाजका सामु कहिल्यै,झुक्न नपरोस्।
भोकलाग्दा हातमुख,जोड्न पाए पुग्छ,
कसैको ढोकामा गएर, ढुक्न नपरोस्।
मिठोको लोभमा परेर, चुक्न नपरोस्।
✍️चिरञ्जीवी ढकाल, नेपालगन्ज -२०
राँझा एयरपोर्ट बाँके ।
……………………………………………………
पञ्चाङ्ग [१३]
अनैतिक काम गरेर लुक्न नपरोस् ।
अनुचित गर्नेसँग त झुक्न नपरोस् ।
मिहिनेत विबेकले बाँच्नु हो जिन्दगी,
छि:छि: भनि कहिले पनि थुक्न नपरोस् ।
जिन्दगीमा कहिले पनि चुक्न नपरोस् ।
✍️कला ढकाल, झापा ।
……………………………………………………
पञ्चाङ्ग [१४]
खहरे खोला झैँ कहिले सुक्न नपरोस् ।
साथ पाएँ भनेर त्यसै फुक्न नपरोस् ।
त्यस्तो काम नगर्नु समाज दिक्क हुने ,
अपराधी भएर कैले लुक्न नपरोस् ।
तिमीलाई कहिले पनि थुक्न नपरोस् ।
✍️जानुका गौतम, काठमाडौं ।
……………………………………………
पञ्चाङ्ग [१५]
सागर तरेर टाढै जान्छ लागेको छ।
दुश्मन अगाडि बढे मनै भागेको छ।
चारैतिर ठगैठगको आभास डर ,
मन त आतिने गरि भोक जागेको छ।
विर्षर नि भगवान माया भाकेको छ।
✍️अम्विका अधिकारी, झापा विर्तामोड ।
…………………………………………………………
पञ्चाङ्ग [१६]
आजसम्म कुनै काम गर्दा चुक्नु नपरोस्।
शत्रु अगाडि त म कहिल्यै झुक्नु नपरोस्।
जे गर्छु आफै मिहेनत र हिम्मत ले नै,
गाउँ घरमा नचाहिँदो याँ भुक्नु नपरोस्।
लाचारी भएर दुनियाँमा ढुक्नु नपरोस्।
✍️कमला पाण्डे पराजुली , झापा चारआलि
हरिमाया ।
…………………………………………………
पञ्चाङ्ग [१७]
आँखा भरी आँसु लिएर झुक्न नपरोस् ।
खाएको गाँस कहिले नि थुक्न नपरोस् ।
विधाताले सजाउने हाम्रो भाग्य छैन ,
भगवान बाहेक अन्त लुक्न नपरोस् ।
केही दिन्छन् कि भनेर नै ढुक्न नपरोस् ।
गिता पोखरेल लुइटेल, कावासोती नवलपुर ।
………………………………………………
पञ्चाङ्ग [१८]
गलत गरेर लुक्न गएका कति ।
छिमेकीको सामु झुक्न गएका कति।
शिर ठाडो पारेर हिँड्नु संसारमा पर्छ,
हात पसारेर ढुक्न गएका कति।
बातको पक्का हौँ चुक्न गएका कति ।
✍️भगवती दवाडी ,झापा, दमक ।
…………………………………………
पञ्चाङ्ग [१९]
सहि कुरामा कहिले नि झुक्न नपरोस् ।
आर्काको निन्दालाई पनि थुक्न नपरोस् ।
मान्छेको जातै यस्तै हो पर्दा अतालिन्छ ,
हिँडाइ लामो भएपनि रुक्न नपरोस् ।
खहरे झैँ कहिले पनि सुक्न नपरोस् ।
✍️संगिता शर्मा , सिन्धुली ।
……………………………………………………
पञ्चाङ्ग [२०]
जानाजानी गल्ती गरेर झुक्न नपरोस्।
कसैलाई नि औँल्याएर थुक्न नपराेस्।
जीवन दु:ख सुखकाे मेल बुझेर नै,
कहिलेकाहीँ यसै बाेली चुक्न नपराेस।
कमजोर बनी याे मन दुख्न नपराेस्।
✍️शाेभा आचार्य गाैतम, काठमाडौँ ।
………………………………………………
पञ्चाङ्ग [२१]
कर्तव्यको पथबाट म चुक्न नपरोस्।
छोपेर मुख कसैसँग लुक्न नपरोस् ।
नेपाली हुँ तातो रगत बग्छ नसामा ,
देशका वैरीसँग कैल्यै झुक्न नपरोस् ।
आकाशतिर फर्किएर थुक्न नपरोस् ।
✍️श्रीकृष्ण शर्मा, पोखरा ।
……………………………………………………
पञ्चाङ्ग [२२]
सुन्दर जीवन फूल झैँ सुक्न नपरोस्।
अन्याय सहेर न्यायमा चुक्न नपरोस्।
पाओस् गतिशीलता जीवनले सधैँ भरी,
प्रगतिको बाटोमा कतै रुक्न नपरोस्।
बाधा अड्चन आएपनि झुक्न नपरोस् ।
होम प्रसाद नेउपाने, धरान,सुनसरी ।
………………………………………………
पञ्चाङ्ग [२३]
जीवनमा मूल सुके झैँ सुक्न नपरोस् ।
अरुले हेर्दै लत्याएर थुक्न नपरोस्।
सदा सोचौं सदाचार र सत्य कर्म नै,
दुश्मनको सामु कहिल्यै झुक्न नपरोस्।
परिस्थितिमा म झुकेर लुक्न नपरोस्।
✍️दुर्गा आचार्य , मोरङ ।
………………………………………………
पञ्चाङ्ग [२४]
[०१]
झुटाे बाेलेर पराइसँग झुक्न नपरोस्।
गलत काम गरेर यहाँ चुक्न नपरोस् ।
अगाडि बढेका सपनाहरू पूरा गर्ने ,
रिसमा आएर अरुसँग भुक्न नपरोस्।
छि:छि: त्यो यस्तो मान्छे भनेर थुक्न नपरोस्।
[०२]
सुकेको बाेट जस्तै गरि सुक्न नपरोस्।
अगाडि बढेका पाइला रुक्न नपरोस्।
झुट बाेली भन्दा पनि सत्य बाेली बाेल्नु,
केही कुनै आराेप लागि लुक्न नपरोस्।
बाबा आमाकाे शिर कहिँ झुक्न नपरोस्।
✍️सहयात्री शाेभा अर्याल, रुपन्देही १४ बुटवल ।
…………………………………………………………
पञ्चाङ्ग [२५]
जुनेली रातको कुराले सुक्न नपरोस् ।
मिठा ति बातको कुराले फुक्न नपरोस् ।
तिमीले दिएको धोकाले नि सतायो अझै,
भयो नि घातको कुराले रुक्न नपरोस् ।
नगर भो जातको कुराले भुक्न नपरोस् ।
✍️सीता शर्मा पन्थी, बिरंगज ।
……………………………………………
पञ्चाङ्ग [२६]
पकाएर पत्थर गलाउन सक्छाै?
धकेलेर पहाड ढलाउन सक्छाै?
सम्भव छ भन्छाै विश्वमा सबै चिज,
आगाेले पानीलाई जलाउन सक्छाै?
मरेको मान्छेलाई चलाउन सक्छाै?
✍️दुर्गा क्षेत्री, नवलपुर ।
…………………………………………
पञ्चाङ्ग [२७]
छातिमा ताप बचनकाे आगाेले पोल्छ ।
निभ्दैन जस्ताे छ असिना जागोले पोल्छ ।
जिन्दगी त अनमाेल हाे सबैकाे तर ,
कालो नै बाधेको बलियाे धागाेले पोल्छ ।
हुँदाहुँदै अब वैराग्य छाँगाेले पोल्छ ।
✍️मिना देवकोटा, सर्लाही ।
………………………………………………………
पञ्चाङ्ग [२८]
जहाँ पायो त्यहाँ कहिल्यै थुक्न हुँदैन।
इमानदारीतामा हामी चुक्न हुँदैन।
आफ्नै बल,बुद्धि र विवेकले बाँच्ने हो,
अनावश्यक काम गरि लुक्न हुँदैन ।
सगरमाथा जस्तै शिर झुक्न हुँदैन।
✍️पूर्णबहादुर श्रेष्ठ “हृदयङकुत”
पनौती न.पा.-३,काभ्रे
……………………………………………………
पञ्चाङ्ग [२९]
[०१]
बैरी सामु शिर कहिल्यै झुक्न नपरोस्।
गल्ती गरी कुरा बनाई लुक्न नपरोस्।
दुनियाॅले दुर्दुर गरी थुक्न नपरोस्,
प्राण जाओस् तर बचन नझरोस् त्यसै।
खाएको बाचाबाट तल चुक्न नपरोस्।
[०२]
खहरे झैॅ हिॅउदमा सुक्न नपरोस्।
लक्ष बिर्सी कुवाबित्र रुक्न नपरोस्।
हात छॅदै खन् मेसनत गर्न लागि,
दुई छाक खान कतै ढुक्न नपरोस्।
चिने पनि कुकुर झैॅ भुक्न नपरोस्।
✍️घनश्याम पौडेल,पोखरा ।
…………………………………………
पञ्चाङ्ग [३०]
चुनाव जितेर जानेकाे मुखमा थुक्न नपराेस् ।
भेडा झैँ बेचिएर इमान निष्ठा चुक्न नपराेस् ।
हुने बिरूवाकाे चिल्लाे पातले काम थालिसके ,
गाउँ फर्केर अाउँदा कुकुर झैँ भुक्न नपराेस्।
जुत्ता पगरी लाएर जन सामु झुक्न नपराेस् ।
✍️सुरेश चन्द्र घिमिरे, लमजुङ ।
……………………………………………………
पञ्चाङ्ग ३१
सधैँ भरि तिमी आँखा तर्छौ किन?
मबाट टाढा बसि नजर भर्छौ किन?
केही भए भनबरू आउ बसि यतै,
नजिक जाँदा नचिने जस्तो गर्छौ किन?
मेरै घर्को बाटो फेरि सधैँ झर्छौ किन?
✍️शन्जना शर्मा, दाङ लमही ।
………………………………………………

