
उदक यात्री म्यामराज राईका उत्कृष्ट उदकहरू –
१.
सुन्दरता
आँखाको हेराइ
सन्तोषको सास फेराइ !
२.
मानव
नाम काफी
लोभी या पापी !
३.
अन्धभक्त
इमान बेचुवा
पुतली जस्तै नचुवा !
४.
फूल
सुन्दरताको खानी
शीतल आँखाको नानी !
५.
पात
रुखको शोभा
एकमा अनेक आभा !
- म्यामराज राई
हतुवागढी-६, होम्ताङ्, भोजपुर
हाल: जापान

