• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: ताजा अपडेट

‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ६२औँ शृङ्खला शनिबार सम्पन्न

  • २२ मंसिर २०७९, बिहीबार ०७:२३ मा प्रकाशित
  • काठमाडौ, १७ कार्तिक। साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ६२ औँ शृङ्खला मङ्सिर १७ गते शनिबार सम्पन्न भएको थियो।
    अभ्यासमा नेपाल लगायत विश्वका ४२ जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।

    टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।

    टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।

    ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ६२ औँ शृङ्खलाको लागि समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।

    अभ्यासका लागि राखिएको प्रतिनिधि टुक्का

    डाक्टर इन्जिनियर छोराछोरी, लन्डनमा छन् दासी,
    महल छन् खास दुई चारवटा, म त सुकुमबासी ।
    ✍️वसन्त अनुभव

    सहभागी टुक्काकारहरूले अभ्यासका क्रममा सृजना गर्नुभएको टुक्काहरू



    [१]
    राजधानीको मुटुको बस्ती, छोड्नुहुन्न खास,
    झुत्रा झात्री बेरौँ आङमा, नहुन्जेल निकास ।
    🌑वसन्त अनुभव
    घोराही, दाङ

    [२]
    नगर है हेँला भनेर हामीलाई काठमाण्डौँको सुकुम्वासी,
    घर हेर हाम्रो तिम्राभन्दा राम्रो, बनाउँला तिमीलाई दासी !
    🌑पवन कुमार बुढाथेाकी

    [३]
    डाक्टर इन्जिनियर छोराछोरी अरूनै छन् दासी,
    गाडी एउटा तीनवटा भवन म त सुकुम्वासी।
    🌑बेदु न्यौपाने
    काठमाडौ

    [४]
    बाध्यता वा कहरले, गाउँ छोडेर आइयो सहर,
    छ यो मनमा सुकुम्वासी हुकुमवासी हुने रहर।
    🌑होम प्रसाद नेउपाने
    धरान,सुनसरी ।

    [५]
    सुनका सिक्री गलामा औँलामा औँठी गाँसी,
    घर घडेरी चिल्ला गाडी, म त सुकुम्वासी ।
    🌑मन्जु जोशी
    डिलासैनि बैतडी

    [६]
    धन्न पार्टीको सदस्यता मगाएँ,
    र, सुकुमवासीमा नाम सजाएँ।
    🌑म्यामराज राई
    हतुवागढी- ६,भोजपुर

    [७]
    सबले ठगे सुकुमवासी भै देशलाई पर्याे भार,
    नक्कलीकै चलखेल ज्यादा सक्कलीलाई भयाे मार ।
    🌑ताराप्रसाद चापागाईँ
    धुनिबेसी

    [८]
    सुकुम्वासी भन्दै भित्रभित्रै चलखेल,
    कति गर्न जान्या राजनीति तालमेल ।
    🌑अनुग्रह राना मगर ‘पुष्प’
    पाँचखपन नपा – ६ संखुवासभा

    [९]
    हातमा छ आइफोन घाँटीमा छ ठूलो सिक्री,
    सुकुम्वासी हामीहरू हामीलाई के को फिक्री ।
    🌑सरिता सेढाई
    धादिङ

    [१०]
    सुख दु:ख गर्दै आइयो काठमाण्डौको माटोमाथि ।
    सुकुमवासी बन्यो अचेल के गर्नु नि अरू साथी ।
    🌑सुशान्त सुनिता

    [११]
    सुकुमवासी सधैँलाई त हुँदैन होला,
    सरकार नियम नबनाई भयो भोला।
    🌑सुरेशकुमार पान्डे

    [१२]
    छोराछोरी अमेरिका अष्ट्रेलिया गएका छन् काममा,
    यहाँ हामी सबै आन्दोलित छौँ सुकुम्वासीको नाममा ।
    🌑डम्बर थामी ‘अनुपम’
    कालिन्चोक गा.पा.-६, दोलखा ।

    [१३]
    म त गाउँले धनी आएँ शहरमा , लालपूर्जा लुकाएर
    सुकुम्वासी बनी मौका छोपी अझ कुर्लिन्छु घोक्रो सुकाएर ।
    🌑प्रेम थापा “मन”

    [१४]
    तीन तले घर छ, एक बिघा जमिन, म हुँ सुकुम्वासी,
    नक्कली सुकुम्वासी, भएको छ देशमा डन हुकुम्वासी।
    🌑एवाइ प्रभात
    धनकुटा हाल मोरङ

    [१५]
    टाटा सुमो गाडी टहरा अगाडि भएका सुकुमवासी,
    छत नभएर खाडीमा बेचिने हामी चैँ महल वासी ।
    🌑राजेशरज गड्तौला
    रतुवामाई- १०, मोरङ
    हाल- प्रवास

    [१६]
    सुकुम्वासीको अर्थ गयो अब मासी,
    जो सुखसँग बस्छ उहीँ सुकुम्वासी ।
    🌑पुष्पा सुवेदी

    [१७]
    छोराछोरी अष्ट्रेलिया कोही छन् जापान टोकियो,
    सच्चा सुकुम्वासी भइयो असली बिल्ला बोकियो!
    🌑ईमानसिंह के.सि.
    ब्यास ९,तनहुँ हाल ठूलो भर्यागं,नागार्जुन-२

    [१८]
    हुन्छन् भव्य निवास बस्न जसका कङ्गाल सोही हुने ।
    कस्तो तुच्छ स्वभाव वा नियम हो जानिन्न केही मुने ।।
    (शार्दूलविक्रीडित छन्दमा)
    🌑चूडा निर्भीक

    [१९]
    अँध्यारोमा लुकिछिपी धन्दा गर्ने गर्छु देश मासी,
    गाडी महल छन् तर पनि बनेको छु सुकुम्वासी ।
    🌑बाबुराम गौतम
    गुल्मी

    [२०]
    धनी सम्पन्न भएपनि ट्याग लागेको छ सुकुम्वासीको,
    कसरी हटाउने हो यो ट्याग आदेश छ हुकुम्वासीको।
    🌑दीपक ठटाल जलन
    खरसाङ

    [२१]
    सुकुम्वासीको छोराछोरी डाक्टर इन्जिनियर हुनु गलगाँडो,
    घर घडेरी र सुनको सिक्री नै भयो उनिहरूकै लागि घाँडो ।
    🌑रबि श्रेष्ठ
    सन्धिखर्क-१, अर्घाखाँची,
    हाल : बुटवल, रुपन्देही, नेपाल !

    [२२]
    लालपुर्जा छन् कोही कसैको, भन्छन् म हुँ सुकुम्वासी,
    सरकारी जग्गा हडप्न खोज्छन्, देखिन्छन् हुकुम्वासी।
    🌑कबिताहरी
    सुन्दर हरैंचा नगरपालिका १ मोरङ

    [२३]
    देशको सुरक्षा गर्दा पनि न घर छ न ठहर छ मेरो ,
    सरकारमा बस्नेले भन्छ फेरि के हो नागरिकता तेरो ?
    🌑राजेन्द्र प्रधान ‘पासा,’
    दार्जिलिङ, भारत ।

    [२४]
    विदेश जान्न काम गर्छु यै माटो माथि,
    आमा बुवा कति रोए बुझ सबै साथी !
    🌑आर्त अकुलीन
    कैलाली

    [२५]
    हुने खाने धनीमानी गर्छन् नाटक सुकुम्वासी,
    लाज सरम पचाएर भर्छन् पनि रुवाबासी ।
    🌑त्रिलोचन भण्डारी
    मेचीनगर, झापा

    [२६]
    म त सुकुम्वासी पो हुँ छैन गाँस कपास,
    चारतले घर भए नि ! जान्छु वनवास ।
    🌑रचना मोक्तान “यात्री”
    नमोबुद्ध न. पा. – ५, काभ्रे ।

    [२७]
    भन्छन् सुकुमवासी हाै घर घडेरी, सुविधा सम्पन्न छ साथमा,
    छाेरा र छाेरी डाक्टर छन् विदेशमा सार्वजनिक जग्गा हातमा ।
    🌑शाेभा अाचार्य गाैतम
    काठमाडौ

    [२८]
    होलान् कति सक्कली, कति नक्कली सुकुमवासी,
    गाउँ छोडेर शहर बस्ने, होलान् हुकुमवासी !
    🌑बिबस पारदर्शी
    भद्रपुर झापा,

    [२९]
    हातमा बाला घाँटीमा सिक्री, सुकुमवासी नेता,
    देशद्रोही, ठग, दलालका महल राता सेता।
    🌑नवशिला
    बेलबारी-२,लालभित्ती,मोरङ।

    [३०]
    सुकुम्वासी बन्न छोराछोरी हुनेपर्ने डाक्टर इन्जिनियर गाडी,
    हातमा आइफोन गलामा सिक्री लगाए सजिलो हुन्छ रातो साडी ।
    🌑बुद्धिमान दनुवार
    सुरुङ्गा ४ झापा

    [३१]
    महल छन् सहरमा, बस्छु झुपडीमा हाँसी,
    राज्यले दया गरी भन्छ अहो! सुकुमवासी।
    🌑खग्रास

    [३२]
    लालाबाला साना हुँदा चारैतिर सम्पत्तिको रवाफ र हर्ष,
    डाक्टर इन्जिनियर सन्तान भएका सुकुम्वासी वर्षौवर्ष ।
    🌑अम्विका अधिकारी
    झापा विर्तामोड

    [३३]
    पैदल हिड्न लाज लागेर गाडी किने टक्क,
    सित्तैमा पाए सुकुम्वासी हुँ तिमी किन बक्क ?
    🌑निरज कोइराला
    बेलका १ उदयपुर, हाल इटहरी

    [३४]
    ठूलाे रूखकाे ओत लागेस् भन्नुहुन्थ्याे सदैव बाले ,
    झण्डा बाेकी भएको छु सुकुम्वासी म दलकाे भाले ।
    🌑प्रद्युम्न चालिसे
    कटुञ्जे भक्तपुर ।

    [३५]
    मस्तिमा छन्, बदनाम गरिरा’छन् केही हुकुम्वासीहरू,
    पीडा र अभाव झेलिरहेका छन् खास सुकुम्वासीहरू ।
    🌑मित्र `उराठी´ गाैतम
    अमरपुर,गुल्मी हाल तिलाेत्तमा न पा-२,रुपन्देही

    [३६]
    छोराछोरी जर्मनी र अस्ट्रेलियामा नै छन् हेर मेरा,
    सित्तैमा करोडौँको जग्गा हडप्छु कसले खोज्छ डेरा ?
    🌑अस्मिता सापकोटा
    भरतपुर ४,चितवन

    [३७]
    सन्तान जति विदेशी भए आशा राखी रेमिन्ट्यासको,
    बुढेसकालमा एक्लै हुन्छन् भर छैन पक्कै अबको।
    🌑अर्जुन प्रसाद चौलागाई
    रामेछाप:-सुनापति-१
    हाल:-अमेरिका,बोस्टन।

    [३८]
    आखिर वास्तविकता नदेखाई लालपुर्जा लुकाएर,
    स्वघोषित सुकुमवासी कराउँदैछन् घोक्रो सुकाएर।
    🌑अच्युत घिमिरे
    भुटान बाट 🇧🇹

    [३९]
    छोरा छोरी मोज गर्छन्, युरोपका बासी,
    आफू सुकुम्वासी भन्छन्, पजेरोमा हाँसी।
    🌑अजयकुमार झा
    जलेश्वर, महोत्तरी

    [४०]
    बस्तीका सुकुम्वासीको नाम लिँदै भवन ठड्याएर ,
    आन्दोलन रोइकराई कृत्रिम गरिबी अड्याएर ।
    🌑जमुना आचार्य
    सिन्धुपाल्चोक

    [४१]
    भाेट बैंक, भर्ती केन्द्र बनाउन कार्यकर्ता आफैँ म हुकुम्वासी,
    काठमाण्डौँकाे घडेरीकाे दाम सुन्दा हुनुपर्ने सबै सुकुम्वासी ।
    🌑रामप्रसाद पुरी
    बादेल,खाेटाङ ।

    [४२]
    हुकुमवासी सुकुम्वासी बन्छ शक्ति हुँदा,
    कसको मन पोलेको छ? सुकुम्वासी रुँदा
    🌑गोपे दाजु
    पाँचथर

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ६२औँ शृङ्खला शनिबार सम्पन्न

    ‘रहर’ – कविता

  • २० मंसिर २०७९, मंगलवार १७:५९ मा प्रकाशित
  • ‘रहर’ – कविता

    सुनकोशीको बगरमा
    छरपस्ट 
    बालुवाजस्तै गरेर
    बग्रेल्ती 
    रहर बटुल्न लम्किरहेका
    मेरा पाइतालाहरू
    कैयौं पटक 
    बालुवामा 
    भासिएका छन्
    पहरामा 
    चिप्लिएका छन्
    चट्टानमा 
    ठोकिएका छन्
    सुनकोशीमा 
    निस्सासिँदै बगेका छन्
    तैपनि 
    रहरहरु बटुलेर
    पोल्टोमा राख्ने 
    अथक मेरा कोसिसहरू
    कहिल्यै पनि
    पूर्णविराम गरिन
    र लाग्ने छैनन् 
    पूर्णविराम
    जबसम्म 
    विश्राम लिने छैनन् 
    चितामा
    सघर्षशील 
    मेरा यी पाइतालाहरुले !

    – देवकी के.सी., काठमाडौँ

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on ‘रहर’ – कविता

    जैमिनी साहित्यिक मञ्च बागलुङ द्वारा सञ्चालित चित्रमा मुक्तक अभ्यासको ५८औँ  शृङ्खला सम्पन्न

  • २० मंसिर २०७९, मंगलवार ०८:१२ मा प्रकाशित
  • “समाज_सेवामा_निस्वार्थ_सहभागिता साहित्य_उत्थान_र_विकासमा_हाम्रो_प्रतिबद्धता “

    जैमिनी साहित्यिक मञ्च बागलुङ द्वारा हरेक मङ्गलबार सञ्चालन गरिने चित्रमा मुक्तक अभ्यास ५८औं  शृङ्खला सम्पन्न🇳🇵
    संरक्षक तथा सहजकर्ता -संस्थापक अध्यक्ष निर्मला सुबेदी
    सञ्चालक तथा संयोजक -संस्थापक सचिब प्रेम थापा

    👉️मुक्तक 🇳🇵

    आधा आकाश ढाक्नेलाई सहजताको खाँचो छ
    फैलिएको विकृति हटाउन सभ्यताको खाँचो छ
    बढ्दो महिला हिंसालाई रोक्न,दिनुपर्छ सचेतना
    बलियो राष्ट्र बनाउन परस्पर ममताको खाँचो छ  ।

    ✍️प्रेम थापा “मन”🇳🇵

    👉️मुक्तक 🇳🇵

    सुख,दु:खमा साथ दिन्छिन् प्यारीले कम्ता नठान
    स्वर्गतुल्य हुन्छ घर छोरी र बुहारीले कम्ता नठान
    भन्छन् नारी बिनाको घर घरनै रहदैन बुझ राम्ररी ,
    आधा आकाश ढाकेका छन् नारीले कम्ता नठान ।

    ✍️वसन्त अनुभव 🇳🇵
    घोराही, दाङ

    👉️मुक्तक 🇳🇵

    समताका कुरा गर्छन् नारीलाई गल्छी पार्छन्
    स्वतन्त्रताका कुरा, पछाडिबाट बल्छी पार्छन्
    समान रूपमा बढ्ने अघि काम भाग लगाऊ
    बिहानदेखि घरको धन्दा गर्दा अल्छी पार्छन् ।

    ✍️सविता के.सी., काठमाडौँ ।🇳🇵

    👉️मुक्तक 🇳🇵

    नारी एकदिन माइत जाँदा पुरुष भोकै हुन्छ त
    बनाइ खानु भनी छोडेको सामल पोकै हुन्छ त
    आमा अब छोरालाई पनि पकाउन सिकाउनु है
    छोरीले गृहकार्य सकेर नि जुठोभाँडो धोकै हुन्छ त।

    ✍️पशपती राई खोटाङ ।🇳🇵

    👉️मुक्तक 🇳🇵

    महिला आरक्षणको व्यवस्था छ संविधानमा
    घरघरमा चाहिँ महिला हिंसा साँझ बिहानमा
    आवाज उठाउनु पर्छ परे तरवार चलाउनु पर्छ
    खोइ निर्मला को बोल्ने न्यायको अभियानमा?

    ✍️निर्मला सुवेदी,बागलुङ।🇳🇵

    👉️मुक्तक 🇳🇵

    कहिले देश कहिले परिवार देखेकी छिन् नारीले
    दुःख अनि पीडाको विरङना टेकेकी छिन् नारीले
    भगवानको वरदान हुन नारी सम्मान गर्नु पर्छ नी
    अरु खुसी बनाउन  खुसी लखेटेकी छिन् नारीले ।
        ✍️   हेमराज महरा क्षेत्री 🇳🇵
           रोल्पा नगरपालिका ५ रोल्पा

    👉️मुक्तक 🇳🇵

    नारीको सम्मानमा केही गर फाईदा पुरुषलाई नै हुन्छ
    बराबरी ठानेर ज्योति छर फाईदा पुरुषलाई नै हुन्छ
    आधाशक्तिको रुपमा सम्मान गर्नुपर्छ हेला गरेर हैन है
    सफलतको फुल साथ छर फाईदा पुरुषलाई नै हुन्छ।

    ✍️अम्विका अधिकारी🇳🇵
    झापा विर्तामोड ।

    👉️मुक्तक 🇳🇵

    सदैव रहोस् महान यो देश हाम्रो,
    संसारको दौडमा यो रेश हाम्रो,
    अरूको अगाडि नझुकोस् यो सान,
    धर्म, संस्कृति र  भेष हाम्रो ।

    ✍️विशाल सिङ्गर🇳🇵

    👉️मुक्तक 🇳🇵

    यी पाखा पखेरामा चिच्याई कराई गर्व छ
    अनि रमाएकै छु आँटो,ढिंडो खाई गर्व छ
    यसरी नै मेरो पहिचान बिश्व सामु पस्किदै
    म नेपाली हुँ,नेपाली हुनुमा मलाई गर्व छ।

    ✍️प्रदिप नेपाली🇳🇵
    बिहादी ५ उराम,पर्बत।

    👉️मुक्तक 🇳🇵

    असुर दैत्यलाई परास्त गर्ने दुर्गा रूप नारी छन्
    रूपमा मोहित दैत्य दुतलाई राम्रो सँग खारी छन्
    दस महिना गर्भ बोक्ने आमाको शक्ति सामर्थ्य
    नबुझेका पदका ठालु बाटो छेक्ने हकदारी छन् ।

    ✍️” जिज्ञासु ” पन्त 🇳🇵
    लमजुङ ।
    👉️मुक्तक 🇳🇵

    सानो सुन्दर घर सजाउन हिँडेको छु ‌
    बगैँचा बिच फूल लगाउन हिँडेको छु
    चन्द्र सूर्य अङ्कित यो ध्वजा बोकेर,
    मेरो स्वाभिमान  बचाउन हिँडेको छु ।

    – ✍️आर्त अकुलीन, कैलाली🇳🇵

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on जैमिनी साहित्यिक मञ्च बागलुङ द्वारा सञ्चालित चित्रमा मुक्तक अभ्यासको ५८औँ  शृङ्खला सम्पन्न

    उदक यात्री आर्त अकुलीनका उत्कृष्ट दस उदकहरू

  • २० मंसिर २०७९, मंगलवार ०७:०२ मा प्रकाशित
  • 🌺 केही उदक 🌺
    ———————- … ✍️ आर्त अकुलीन
    १
    झिँगा
    फोहोरको बास
    विभिन्न रोग वाहक !

    २
    डङ्गुर
    फोहोरको रास
    रोग फैलाउने खास !

    ३
    खहरे
    जीवन गति
    कहिले उर्लेको कति !

    ४
    डढेलो 
    चौतर्फी तुवाँलो
    गाउँ समाज अँध्यारो !

    ५
    फूलबारी
    फूलको सौन्दर्य
    चौतर्फी फूलकै माधुर्य !

    ६
    प्रकृति
    सौन्दर्यको खानी
    उकाली ओराली जिन्दगानी !

    ७
    प्रकृति
    अनुपम आकृति 
    मिठा सम्झनाहरू सम्पत्ति !

    ८
    जीवन
    श्रद्धाको फूल
    आखिर बगेर जाने !

    ९
    मौरी
    उडेर टाढा
    आखिर परको भूमि !

    १०
    कोइली 
    प्राकृतिक सुन्दरता 
    सौन्दर्यको अनुपम नमुना !

    ——————————
    – आर्त अकुलीन 
    देवाश्रम, कैलाली

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on उदक यात्री आर्त अकुलीनका उत्कृष्ट दस उदकहरू

    साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको ८०औँ भाग शनिबार सम्पन्न

  • १९ मंसिर २०७९, सोमबार १३:३२ मा प्रकाशित
  • काठमाण्डौँ, १७ मङ्सिर । साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको ८०औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ५५ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।

    काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।

    संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरि मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।

    अभ्यासका लागि राखिएको प्रतिनिधि तस्बिर :

    photo: social media

    अभ्यासमा सहभागी उदक यात्रीका उदकहरू

    [१]
    अशक्त
    सशक्तको आशामा
    हुन्छ निर्भरता खोजिरहेको ।
    🌑होम प्रसाद
    धरान,सुनसरी ।

    [२]
    अपाङ्ग
    फरक क्षमता
    नआक्नू दुर्बल सपाङ्ग !
    🌑वसन्त अनुभव
    घोराही, दाङ

    [३]
    नियति
    सांसारिक विश्व
    बनाऊँ समान जगत।
    🌑तेजप्रसाद खनाल
    लमही दाङ।

    [४]
    समानता
    असमानताकाे युद्व
    एक एक साथ ।
    🌑राेशन पराजुली
    धरान।

    [५]
    बाध्यता
    अपाङ्गता नियति
    अघि बढ्दै जीवन ।
    🌑महानन्द भट्ट
    कंचनपुर ।

    [६]
    मानव
    अपाङ्ग, सपाङ्ग
    सेवा प्रमुख अङ्ग ।
    🌑म्यामराज राई
    भोजपुर

    [७]
    अध्यक्ष
    वडाकाे राजा
    जनताको कर खाजा !
    🌑बिपी खनाल

    [८]
    अपाङ्गता
    साेचाैँ समानता
    सम्मान अनि मानवता ।
    🌑ताराप्रसाद चापागाईँ
    धुनिबेसी

    [९]
    दिवस
    उत्साह मनको
    नौलो आशाको किरण !
    🌑अनुग्रह राना मगर ‘पुष्प’
    पाँचखपन नपा – ६ संखुवासभा

    [१०]
    अपाङ्गता
    फरक क्षमता
    आफ्नो गन्तव्यमा निरन्तरता ।
    🌑भवानी घिमिरे
    सर्लाही ।

    [११]
    मानवता
    समानताको भावना
    दीन दुखी अपाङ्गता !
    🌑डम्बर थामी ‘अनुपम’
    कालिन्चोक गा.पा.-६, दोलखा ।

    [१२]
    अपाङ्ग
    बाध्यताको शिकार
    सपाङ्गले गरौँ प्यार ।
    🌑पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
    पनौती-३,काभ्रे

    [१३]
    अपाङ्ग
    बुझौँ छर्लङ्ग
    समाजको अभिन्न अङ्ग ।
    🌑ज्ञानबहादुर क्षत्री
    सन्धिखर्क, अर्घाखाँची ।

    [१४]
    अपाङ्गता
    राखौँ समभावना
    बाँचौँ प्रेममय जीवन।
    🌑लक्ष्मीप्रसाद फुयाल
    मोरङ पथरी शनिस्चरे

    [१५]
    विवशता
    शारीरिक अपाङ्गता
    खाँचो स-प्रेम सहायताकाे ।
    🌑शुक्र सर्लाही

    [१६]
    अपाङ्ग
    हेप्नु तिम्रो
    हो मानसिक दरिद्रता !
    🌑मंगला उपाध्याय

    [१७]
    मर्मले
    गरौँ सम्मान
    फरक क्षमताको सदैव ।
    🌑प्रेम थापा “मन”

    [१८]
    अपाङ्ग
    विकृत अङ्ग
    पक्षपातले मानवता भङ्ग !
    🌑अच्युत घिमिरे
    भुटान बाट 🇧🇹

    [१९]
    अपाङ्ग
    बाचून् सम्मानपूर्वक
    देऊ सरकार आधारशीला ।
    🌑केन्द्रप्रकाश बराल
    इलाम ।

    [२०]
    धैर्यवान्
    सक्षम छन्
    उदाहरण खोज्नु पर्दैन !
    🌑मानन्धर रमेश, येँ

    [२१]
    अशक्तता
    शारीरिक अपाङ्गता
    अपाङ्ग मैत्री आवश्यकता !
    🌑आर्त अकुलीन
    कैलाली

    [२२]
    सक्षम
    मानसिक श्रम
    हातेमालोमा चल्दै कदम !
    🌑हिमाल अम्मै
    घोडाघोडी कैलाली

    [२३]
    खबरदारी
    हाम्रो जिम्मेवारी
    अपाङ्ग बिच साझेदारी !
    🌑शब्द अभ्यास
    काठमाण्डौँ

    [२४]
    अशक्त
    शारीरिक अपाङ्गता
    मानसिक तीक्ष्ण क्षमता !
    🌑श्रद्धा आचार्य
    पोखरा

    [२५]
    अपाङ्गता
    प्रखर तिक्ष्णता
    राष्ट्रको ध्यानमा नैरास्यता !
    🌑कमला देवकोटा
    पाल्पा

    [२६]
    विविधता
    हुनुपर्छ समाज
    अपाङ्ग मैत्री समानता ।
    🌑सरस्वती वली
    बर्दिया नेपाल

    [२७]
    ए
    मानसिक अपाङ्ग
    मजाक नगर अपाङ्गसँग !
    🌑बालकृष्ण खनाल
    टीकापुर कैलाली।

    [२८]
    अपाङ्ग
    प्रतिभाका धनी
    अरूमा छैन कमी !
    🌑नवराज भट्ट
    कञ्चनपुर

    [२९]
    अपाङ्ग
    दिऊँ समभावना
    जिन्दगीमा बन्छ सम्मानपूर्ण ।
    🌑धर्मी शाक्य
    बुटवल ,रुपन्देही ।

    [३०]
    अपाङ्गता
    रहर होइन
    जीवनमा आएको बाध्यता !
    🌑देवकी

    [३१]
    अपाङ्गता
    दुर्घटनाको फल
    श्राप न पाप !
    🌑कण्ठराज गिरी
    टीकापुर कैलाली

    [३२]
    अपाङ्गता
    स्वीकार गरौँ
    विशेष सदस्य समाजका !
    🌑गोपाल पौडेल

    [३३]
    असक्त
    बाहिरी स्वरुप
    पूर्ण मानसिक रूपमा ।
    🌑धनमाया चौधरी
    कैलाली

    [३४]
    सेवामा
    सकारात्मक सोच
    जनता सरकारको नेतृत्व !
    🌑जमुना कायस्थ
    पोखरा

    [३५]
    अपाङ्ग
    खोसिएको रङ्ग
    अपार क्षमता उसङ्ग !
    🌑पशपती
    -खोटाङ

    [३६]
    अपाङ्गता
    आत्मबलको पर्याय
    संसार जित्ने साहस ।
    🌑गोपे दाजु,
    पाँचथर ।

    [३७]
    अपाङ्ग
    चित्रण गरिएको
    सेवा भाव देखिएको !
    🌑रिता खराल
    रुपन्देही

    [३८]
    उदार
    कर्तव्यको भूमिका
    अपाङ्गको सहयोगमा निरन्तरता ।
    🌑मिलन के.सी(थापा)
    पोखरा

    [३९]
    दुर्घटना
    सताउँछ जिन्दगी
    जिउँनु साहस राखेर !
    🌑नारायण कोइराला
    तानसेन,पाल्पा

    [४०]
    अपाङ्ग
    भएपनि कमजोर
    गर्छन् आफ्नो काम।
    🌑प्रदिप नेपाली
    बिहादी ५ उराम,पर्बत।।

    [४१]
    दुर्बलता
    शारीरिक अशक्त
    सम्मानता सम्मानकाे आवश्यकता ।
    🌑रामप्रसाद पुरी
    बादेल,खाेटाङ

    [४२]
    सुन्दर
    सपनाको आस
    भरोसा दयामा बिबस ।
    🌑ओम परियार
    युएई कास्की पोखरा 1

    [४३]
    अपाङ्गता
    भिन्न क्षमता
    छ सम्मानको आवश्यकता ।
    🌑दुर्गा भमरकोटे ।

    [४४]
    नियति
    असाधारण बिपत्ति
    सद्भावना अमुल्य सम्पत्ति !
    🌑तोया घिमिरे
    शंखमुल, काठमाडौ ।

    [४५]
    विकलाङ्ग
    भोग्नुपर्ने नियति
    सकसले भरिएको जीवन !
    🌑राजेश भट्टराई
    सैनामैना ११,रुपन्देही
    हाल भरतपुर चितवन

    [४६]
    अपाङ्गता
    मानिसलाई होइन
    गरौँ समस्यालाई संबोधन !
    🌑अम्विका अधिकारी
    झापा विर्तामोड

    [४७]
    सबैले
    मानवता छर्नु
    अपाङ्गलाई सहयोग गर्नु !
    🌑भुपेन्द्र राना मगर
    धादिङ

    [४८]
    सहयोग
    गर्दा अपाङ्गको
    मनमा आनन्द सन्तोष ।
    🌑सुमित्रा पोखरेल
    काठमाडौं

    [४९]
    मानवता
    हाम्रो बिशेषता
    भावी पुस्तामा निरन्तरता !
    🌑हीराचन्द्र अधिकरी
    कैलाली

    [५०]
    अशक्तता
    शारीरिक अस्वस्थता
    सामाजिक सद्भावको आवश्यकता !
    🌑त्रिलोक रामदाम
    सिद्धार्थनगर-८ ,भैरहवा !

    [५१]
    अपाङ्गता
    दर्साउनु मानवता
    सभ्य समाजकाे आदर्शता ।
    🌑प्रद्युम्न चालिसे

    [५२]
    अपाङ्गता
    सहयोगी भावना
    गराैँ सबैले कामना।
    🌑शाेभा अाचार्य गाैतम
    काठमाडौँ

    [५३]
    शरीर
    अपाङ्ग समाङ्ग
    हृदयमा चोखो विश्वास
    🌑सविता के.सी.
    काठमाडौँ ।

    [५४]
    अपाङ्ग
    नलिनु बोझ
    भर्छन् दिमागले ओझ !
    🌑जमुना आचार्य
    सिन्धुपाल्चोक

    [५५]
    मानवता
    मानवीय धर्म
    असक्तलाई गरिने कर्म !
    🌑कविता आचार्य, कैलाली

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको ८०औँ भाग शनिबार सम्पन्न

    पञ्चाङ्ग चित्रपट भाग- २० सम्पन्न

  • १८ मंसिर २०७९, आईतवार १३:२५ मा प्रकाशित
  • पञ्चाङ्ग चित्रपट भाग :- २०
    लेख्नुपर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१
    मिति:-  २०७९/०८/१५ गते

    आदरणीय पञ्चाङ्गका अनुरागी  एवम् पञ्चाङ्ग स्रष्टाज्युहरू हार्दिक नमस्कार  ” पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको २०[बिसौं]  चित्रपटमा छौं।
             यहाँहरुलाई हार्दिक स्वागत गर्दै

               
    यस्  शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग भोलि साँझ ८:०० बजेभित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!

    प्रशिक्षक : 
    ————
    गुणनिधि घिमिरे 
    तोयानाथ सुवेदी
    घनश्याम पौडेल

    चित्र संकलन 
    —————–
    दुर्गा रिजाल आचार्य

    शुद्धीकरण 
    ————–
    जमुना आचार्य 
    भवानी घिमिरे 
    पुष्पा नेपाल (सुवेदी )

    संरचना 
    ———
    अनुप्रास :- आफू खुसी
    स्थायी :- आफू खुसी 
    अक्षर :-  बराबरी

    समायोजन 
    ————-

    सोमनाथ लुइटेल “रवि पाल्पाली”
                      तथा 
    पञ्चाङ्ग साहित्य समाज नेपाल 
    ————————

    चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट]
    ~~~~~~~~~~~~~~~~~~~~~
    पञ्चाङ्ग  चित्रपट  [०१]
      [०१]
    के जाडाे के गर्मी सडककाे बास छ।
    हेर्नकाे लागि तस्बिर निकै खास छ।
    मानवता केवल अक्षरमा मात्र
    भाेकाे छ पेट सधैँ भिक्षाकाे आस छ।
    परिस्थिति नै राजनीतिकाे दास छ।
    [०२]
    कति डर लाग्दाे छ सडककाे जीवनमा।
    न्याय कता भाग्दाे छ सडककाे जीवनमा।
    भाेकाे पेट चिसाे भुईं आनन्दकाे निन्द्रा छ,
    पिडै पीडा दाग्दाे छ सडककाे जीवनमा।
    मानवता माग्दाे छ सडककाे जीवनमा।

    💢सुशीला पौडेल

    पञ्चाङ्ग    [०२]

    सधैँ भयो सडक माथि बास यो जिन्दगी ।
    जिउनलाई छैन केही खास यो जिन्दगी ।
    जिन्दगीको अर्थ नबुझ्दै आमा बित्नुभयो ,
    कति बन्नु खै गरिबीकै दास यो जिन्दगी ।
    बाँचेर नि भयो जिउँदो लास यो जिन्दगी ।

    💢श्रीकृष्ण शर्मा, पोखरा।

      पञ्चाङ्ग   [०३]

    भोको पेट लिएर भुइँमा सुत्नु परेको छ।
    हाम्रो पिर मर्का खै कसले बुझ्ने गरेको छ।
    दुःखी  र गरिबीको जिन्दगी कसैको नहोस्,
    चिसोको कारण आँखाबाट आँसु झरेको छ।
    धनिले गरिबको खुसी जहिले हरेको छ।

    💢ह्यारिसन ह्यारिस, काठमाडौं ।

    पञ्चाङ्ग   [०४]

    हेर त यी बालक हरूको पाटी र बाटोको बास भो ।
    भोको पेट थाकेको शरीर बाटैमा जिउँदो लास भो ।
    के हुने हो ? जिन्दगीभर कठैबरा   केही नै थाछैन ,
    जिन्दगी केहो अर्थ नबुझ्दै बाटोमै बासको खास भो ।
    बच्चामै ठगिएको जीवन पछि त कसैको दास भो ।

    💢बेदु न्यौपाने,काठमाडौ ✍️

    पञ्चाङ्ग    [०५]

    चिसो तातो सडकको नै बास  हेर।
    हामी मरे कसलाई छ  खास हेर।
    हिजो पनि यस्तै आज नि यस्तै भनु,
    कहिले फुस्लुक्क जान्छ र सास हेर।
    उठाउने कोही हुदैन   लास हेर।

    💢सुमित्रा पोखरेल, काठमाडौं ।

    पञ्चाङ्ग   [०६]

    मेरो पनि रहर थियो आङ भरि लुगा भए कस्तो हुन्थ्यो,
    मात्र बिहान र बेलुका पेट भित्र खाना गए कस्तो हुन्थ्यो ।
    गरिबी निवारणका नारा सिमित देखे आँशु थामिदैन,
    बरु जान्थ्यौँ हामी त बाल आश्रम कसैले लए कस्तो हुन्थ्यो ,
    उद्दार गर देवता मान्छु भन्थे मनले जए कस्तो हुन्थ्यो ।

    💢दुर्गा आचार्य , मोरङ ।

    पञ्चाङ्ग   [०७]

    चिसो लाग्छ भोक लाग्छ,छैन कुनै सहारा,
    चिसोले  बालख जाग्छ छैन  कुनै  सहारा
    यिनको  चासो  यो  धर्तिमा,कसैलाई  छैन
    पुरा  गर्यो  स्वार्थ भाग्छ, छैन  कुनै  सहारा
    लाज  छोप्न वस्त्र माग्छ छैन   कुनै  सहारा।

    💢सुरेशकुमार पाण्डे, दाङ घोराही १८ ।

    पञ्चाङ्ग   [०८]

    सत्तामा बस्नेले पनि गरिबी हेरेका होलान्।
    गरिबी उन्मुलनको  कानुन फेरेका होलान्।
    यस्तै हेर्न चाहन्छन् संधै  लाज   पचेकाहरु,
    पद,पैसाको लागि मात्र केही केरेका होलान्।
    बालबालिका माथि ठूलालाई टेरेका होलान्।

    💢होम प्रसाद नेउपाने, धरान सुनसरी ।

    पञ्चाङ्ग   [०९]

    कठै!को छ यिनका सहारा ढले सडकमै ।
    चारैतिर  झिलीमिली बत्ती  बले सडकमै ।
    जता बत्ती बलेपनि साथमा कोही नहुँदा,
    खाना छैन छामछुम माया  गले सडकमै ।
    घाम पानी शीत भोक प्यास छले सडकमै ।

    💢जमुना आचार्य , सिन्धुपाल्चोक ।

    पञ्चाङ्ग   [१०]

    बिचरा बालक सडक पेटिमा ढलेका छन् ।
    खाना छैन पेटको भोकले कति गलेका छन् ।
    सरकार छ तर दु:खि  गरिबको छ कहाँ ,
    शक्ति छैन साहारा बिना कसरी पलेका छन् ।
    बच्चाकै लागी आमाबाबु काममा चलेका छन् ।

    💢सोमनाथ लुइटेल “रवि पाल्पाली” पाल्पा हाल बर्दिया ।

    पन्चाङ्ग   [११]

    हामीलाई पनि बस्नकाे लागि घर भए हुन्थ्याे ।
    राम्राे खान लाउँन त कसैकाे भर भए हुन्थ्याे ।
    सडक पेटी बेवारिसे टहरा हाे हाम्राे बास ,
    बिज्याईँ गर्ने थिएनाै कसैकाे डर भए हुन्थ्याे ।
    समाजमा चिनिन हाम्रो पनि थर भए हुन्थ्याे ।

    💢उर्मिला के.शी., धनकुटा ।

    पञ्चाङ्ग   [१२]

    छहरा दिने काे हाेला यहाँ ?
    पहरा दिने काे हाेला यहाँ ?
    दैवकाे छ भर जीवनमा ,
    टहरा दिने काे हाेला यहाँ ?
    सहरा दिने काे हाेला यहाँ ?

    💢भवानी घिमिरे, सर्लाही ।

    पञ्चाङ्ग   [१३]

    आफन्तैले यहां खोइरो खनेको छ ।
    अघि मुख फर्काई ठिक्क बनेको छ ।
    बोकेर हिन्छन् नाना भांती कुराहरु,
    मेरो अघि तिमी असल भनेको छ ।
    बर्बाद गर्ने दिन बस्दै गनेको छ ।

    💢सरिता सेढाइ,  चरौदी धादिङ ।

    पञ्चाङ्ग   [१४]

    सरकारले   माया गर्दै   बेर्न   सकेन ।
    भबिष्य बच्चाको नेताले हेर्न सकेन ।
    जनताले चुनाव  जिताएर जाने भए , 
    नयाँ  नियम  कागजमा  केर्न सकेन ।
    मायाले  बच्चाको मुहार फेर्न सकेन ।

    💢कला ढकाल, झापा ।

    पञ्चाङ्ग   [१५]

    बजेट बच्चाको लागि पारेन यहाँ ।
    नीति  नियम  कहिले बारेन यहाँ ।
    कागजमा मात्रै  नियम बन्यो हेर ,
    दु:ख बालबालिकाको टारेन यहाँ।
    सरकारले   ठाउँमा   सारेन  यहाँ।

    💢जानुका गौतम, काठमाडौं ।

    पञ्चाङ्ग-१६

    उही  धर्तीमा कोही दास उही मान्छे ।
    कोही भने कसैको खास उही मान्छे।
    मुखले  समानता   फलाक्न  नछाड्ने,
    उठाउँदैन कोही  लास  उही  मान्छे।
    यथार्थमा   दिदैन  बास  उही  मान्छे।
    पशपती राई खोटाङ

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on पञ्चाङ्ग चित्रपट भाग- २० सम्पन्न

    पञ्चाङ्ग लेखन अभ्यास शृङ्खलाको २०औँ भाग सम्पन्न

  • १६ मंसिर २०७९, शुक्रबार १२:१९ मा प्रकाशित
  • पञ्चाङ्ग साहित्य समाज नेपाल अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्तापछिको :- भाग २० [बिसौँ] ————————————-
    ” पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार “

    विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग पाठशाला मिति:- २०७९/०८/१२ गते  समय :- साँझ ८ बजे
    …………………………………………
    प्रशिक्षक:-
    ——-
    गुणनिधि घिमिरे
    घनश्याम पौडेल
    तोयानाथ सुवेदी

    भाषा शुद्धीकरण:-
    ———–
    जमुना आचार्य
    भवानी घिमिरे
    पुष्पा नेपाल सुवेदी

    सङ्कलक :-
    ———-
    दुर्गा रिजाल आचार्य

    संयोजक:-
    =====
    सोमनाथ लुइटेल “रवि पाल्पाली” ======================

    ,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,

    अक्षर सङ्ख्या:- आफुखुसी

    अनुप्रास :- खाली बाली ढाली पाली नाली दाली चाली हाली फाली  टाली जाली आदि

    स्थायी :-गरायौ

    पञ्चाङ्ग तथा सम पञ्चाङ्ग संरचना —————————————-

    पञ्चाङ्ग भनेको पाँच पदिय कविता विधा हो । कसरी लेख्न सकिन्छ ?
    —————- ———————–

    पूर्ण अनुप्रास र स्थायी अनिवार्य हुनु पर्छ ।
    उठान गर्दा विषयवस्तुसँग सम्बन्धित हुनुपर्छ । ———————————
    समपञ्चाङ्ग

    सम्बन्ध पवित्र थियो खाली गरायौ [०१]
    बलियो  घर चुहुने    पाली  गरायौ [०२]
    ——————————–
    तेस्रो लाइनले माथिको १,२ लाई विस्तार गर्नुपर्छ ।

    निष्ठुरीको  दिलमा  बस्ने बास छैन [०३]
    ——————————————

    १,२,३का लाइनलाई जोड दिँदै परिणाम दिनुपर्छ । ————————————
    आफू सभ्य मलाई त जाली गरायौ[०४]
    भोजन भएनी  रित्तो थाली गरायौ [०५]

    माथिको १,२,३,४,५ लाइनको मर्मलाई पूर्णता दिन बाँकी १२३४५ ले खुल्नुपर्छ । —————————————- उठान गर्दा विषयवस्तुसँग सम्बन्धित हुनुपर्छ । १ र २ मा जस्तै हुनुपर्छ ।
    ,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,

    नोकर  जस्तै कुरुवा माली  गरायौ [०६]
    खेत जोत्ने हलोलाई फाली गरायौ [०७]

    आठौँ लाइनले माथिको ६ र ७ लाई विस्तार गर्नुपर्छ।
    ,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,

    नत ओत  नत पोत भयो जिन्दगी [०८]

    ६,७ र ८ का लाइनलाई जोड दिँदै परिणाम दिनुपर्छ ।
    ,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,

    पानी छेक्नलाई अझै आलि गरायौ[०९]
    काम सकिएपछी त   नाली गरायौ[१०]
    ————————————– उदाहरण सम पञ्चाङ्ग ०१

    सम्बन्ध पवित्र थियो खाली गरायौ [०१]
    बलियो  घर चुहुने    पाली  गरायौ [०२]
    निष्ठुरीको  दिलमा  बस्ने बास छैन [०३]
    आफू सभ्य मलाई त जाली गरायौ[०४]
    भोजन भएनी  रित्तो थाली गरायौ [०५]

    नोकर  जस्तै कुरुवा माली  गरायौ [०६]
    खेत जोत्ने हलीलाई फाली गरायौ [०७]
    नत ओत  नत पोत भयो जिन्दगी [०८]
    पानी छेक्नलाई अझै आलि गरायौ[०९]
    काम सकिएपछि  त   नाली गरायौ[१०]

    ✍️सोमनाथ लुइटेल ” रवि पाल्पाली “
    —————————-

    पञ्चाङ्ग तथा समपञ्चाङ्गहरू:-

    समपञ्चाङ्ग   [१]

    सम्बन्ध पवित्र थियो खाली गरायौ ।
    बलियो  घर चुहुने    पाली  गरायौ ।
    निष्ठुरीको  दिलमा  बस्ने बास छैन ,
    आफू सभ्य मलाई त जाली गरायौ ।
    भोजन भएनी  रित्तो  थाली गरायौ ।

    नोकर  जस्तै  कुरुवा माली  गरायौ ।
    खेत जोत्ने  हलीलाई फाली गरायौ ।
    नत ओत  नत पोत   भयो जिन्दगी ,
    पानी छेक्नलाई अझै आलि गरायौ ।
    काम सकिएपछि  त   नाली गरायौ ।

    ✍️सोमनाथ लुइटेल ” रवि पाल्पाली “
    पाल्पा हाल बर्दिया ।
    ~~~~~~~~~~~~~~~~~~~~~~~

    समपञ्चाङ्ग   [०२]

    गयौ उजाड यो सिउदो खाली बनाएर ।
    दुनियाँको नजर देखि  गाली  बनाएर ।
    साथ नदिने भएत किन रोज्यौ  पहिले,
    समाजमा  तिरस्कारको ताली बनाएर।
    भत्किएको घर नजिक पाली बनाएर ।

    गयौं भाँचिएको रुखको डाली बनाएर ।
    नसुहाउँने त्यो ओठको लाली बनाएर ।
    यस्तो होला भन्नेत सोचेको थिएन मैले,
    हितैसी  मेरो साथीलाई साली बनाएर ।
    नभएको त्यो आरोपमा जाली बनाएर ।

    ✍️तारा घिमिरे,  सङ्खुवा सभा ।
    ~~~~~~~~~~~~~~~~~~~

    समपञ्चाङ्ग   [०३]

    यो दिलको माझ पनि खाली गरायौ।
    भित्रभित्रै त्यो आत्मसात  जाली गरायौ।
    के गल्तीको सजाय भोग्न दिदै छौ आज,
    सुन्दर जीवन जिएँथेँ नाली गरायौ।
    सबैको आँखाको अगाडि ताली गरायौ।

    मलाई तिमीले गर्दा त्यो काली गरायौ।
    हिजोआजको  दिनदिनै शाली गरायौ।
    तिम्रो मनको भाषामा त बुझ्न सकिन,
    आजभोलि हुँदाहुँदै त पाली गरायौ।
    रुख काट्ने औजार जस्तो फाली गरायौ।

    ✍️बेदु न्यौपाने, काठमाडौ ✍️
    ~~~~~~~~~~~~~~~~~~~~~~~~~~

    समपञ्चाङ्ग  [०४]
    [०१]
    हिजो यो जिन्दगीको आफू माली गरायौ ।
    फेरि आज मेरै सिउँदो खाली गरायौ ।
    भर काट्नु थियो भने के माया गरेको ,
    दुःख आँसु बग्ने मलाई नाली गरायौ ।
    असिनाले चुटेको धान बाली गरायौ ।

    फल सबै लुटेर खाली डाली गरायौ ।
    बिगार्यौ खरको चुहिने पाली गरायौ ।
    लायौ बाली जोतेर खेत खायौ तिमीले ,
    मलाई त व्यर्थै फलामे फाली गरायौ ।
    आफू उम्क्यौ दोष लाएर जाली गरायौ ।
    [०२]
    किसानको हातमा ठेला देखियो ।
    मलमाथि नेताको खेला देखियो ।
    यहाँ हरेक दिन गाईजात्रा हुन्छ ,
    संसद्मा अचम्मको मेला देखियो ।
    नेता सबै विदेशी चेला देखियो ।

    जताततै चोरको भेला देखियो ।
    यो देशको ढुकुटी रेला देखियो ।
    लासको राजनीति गर्नेबाटै नै,
    सहिदको नाममा हेला देखियो ।
    अब देश सँच्चिने बेला देखियो ।

    ✍️श्रीकृष्ण शर्मा पोखरा ।
    ~~~~~~~~~~~~~~~~~~~~~~~~

    समपञ्चाङ्ग   [०५]

    दिल भरिएको थियो खाली गरायौँ ।
    ऋण बोक्यौँ घर बेच्यौँ पाली गरायौँ ।
    कर्मले किन हो यस्तो खेल खेल्दै छ,
    समाजमा मलाई पो जाली गरायौँ ।
    खान अन्न छैन खाली थाली गरायौँ ।

    सम्बन्ध फोहोर फाल्ने नाली गरायौँ
    मेरो श्रम कमाउने बाली गरायौँ।
    तिमी बाट सहाराको के आश गर्नु?
    दल दले हिलो छेउँ आली गरायौँ।
    सधैँको पहरेदार माली गरायौँ ।

    ✍️दुर्गा आचार्य,मोरङ ।
    ~~~~~~~~~~~~~~~~~~~~~~

    समापञ्चाङ्ग   [०६]

    पहिले उब्जाउ दिइरहने बाली गरायाै ।
    काम सकियाे अनि तिमीलेत खाली गरायाै।
    याे संसार पनि कस्तो हुँदाेरहेछ  बिचित्र,
    स्वार्थी भयाै छाेड्याै सबैसामु जाली गरायाै।
    धर्ती फाेर्न नसक्ने कुँडीएकाे फाली गरायाै।

    जरैदेखि सुकेकाे त्याे रुखकाे डाली गरायाै।
    कामनै नलाग्ने फाेहाेर वग्ने नाली गरायाै ।
    निस्ठुरी रहेछाै तिम्राे दिलमा दिएनाै बास,
    फूल नभएकाे फूलवारीकाे माली गरायाै ।
    ओत नहुने सँधै चुहिने त्याे पाली गरायाै ।

    ✍️उर्मिला के.शी., धनकुटा ।
    ~~~~~~~~~~~~~~~~~~~~~~~~~~

    समपञ्चाङ्ग   [०७]

    दिलको ढोका खुल्लैछ काली आए हुन्छ।
    मनको  सारा  द्वेष  चैँ  फाली आए  हुन्छ।
    तिमी  बिना  अन्धकार  छ   मेरो  संसार,
    एउटा  सानो  उज्यालो  बाली  आए हुन्छ।
    साथमा   थोरै   प्रेमिल  गाली  आए  हुन्छ।

    केही चाहिँदैन  हात  खाली आए हुन्छ।
    नकुराउ    धेरै   यसै पाली  आए  हुन्छ।
    समय  भन्दा  बलियो  को छ र धर्तिमा,
    बाटाका  ती  अबरोध  ढाली आए हुन्छ।
    बन्ने  छौ  आएर  मेरो  माली आए हुन्छ।

    ✍️पशपती राई ,खोटाङ ।
    ~~~~~~~~~~~~~~~~~~~~~~~~~

    समपञ्चाङ्ग   [०८]

    कहिले फुलबारीको माली गरायौं ।
    पुर्याएर उचाइमा ताली गरायौं ।
    बटुलेर खुशीहरू कहाँ राखूँ म ?
    मीठो प्यारमा पुजाको थाली गरायौं।
    तिम्रै अधरमा रम्ने लाली गरायौं।

    झिकेर मलाई मुटु खाली गरायौं ।
    बिना गल्ती सजायमा गाली गरायौं ।
    बदलेर मौसम जस्तै तिम्रो मन,
    जिन्दगी बाँझो खेतको आली गरायौं ।
    चोखो प्रेमलाई गन्धे नाली गरायौं ।

    ✍️पुष्पा नेपाल(सुवेदी ), इलाम ।
    ~~~~~~~~~~~~~~~~~~~~~~

    पञ्चाङ्ग   [०९]
    [०१]
    नचिनेर   मन   मेरो        काली  गरायौ।
    हृदयको  चोखो   प्रेम   खाली    गरायौ।
    एक्लो   भएर  जहाँ जान्छौ,जाउ तिमी,
    सच्चा    व्यवहारलाई   जाली    गरायौ।
    सुनको   कचौरा   थिएँ    थाली गरायौ।
    [०२]
    सकेनौँ  रानी  बनाउन    माली  बनायौ।
    सुनको  सियोलाई   पनि फाली बनायौ।
    भिरको चिण्डो जसरी  बनायौ जिन्दगी,
    मसिनु  ढुङ्गाको अडेसा आली बनायौ।
    पहिरो  झरेको  सरिको  नाली  बनायौ।

    ✍️होम प्रसाद नेउपाने
    धरान,सुनसरी ।
    ~~~~~~~~~~~~~~~~~~~~

    पञ्चाङ्ग   [१०]

    पल्लागाउँका साहूकि छोरी ब्ल्याकब्युटी काली भन्थे।
    पार्पाचुके  गर्दै   छाड्दै   गाउँकै  ईज्जत  फाली भन्थे।
    कहिले हाँस्थी कहिले  रुन्थी आनीबानी राम्रै लाग्थ्यो ,
    बर्षदिनमा   दुईटा  तिन्टा   झत्ते   टाला  टाली  भन्थे ।
    टाढाकि  ता  होईन  अरे  आफ्नै  बाउकि साली भन्थे।

    ✍️गुणनिधि घिमिरे अमेरिका ।
    ~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~

    पञ्चाङ्ग   [११]

    हत्केलामाथि ठेला हेरेर ।
    अनौठो लाग्छ चेला हेरेर ।
    बाको निधार भारीले थिच्दा,
    तिमी बसेछौ मेला हेरेर ।
    के पाइन्छ र खेला हेरेर ।

    ✍️आर्त अकुलीन, कैलाली ।
    ~~~~~~~~~~~~~~~~~~

    पञ्चाङ्ग   [१२]
    १.
    कसैलाई बाँच्ने अझै आस छ।
    कसैकाे आफन्तकाे लास छ।
    आस र निराशाकाे जीवन,
    न मरुञ्जेल सधैं पास छ।
    कसैलाई यही नै खास हुन्छ।
    २.
    जन्मेकाे प्राणी मर्छ एकदिन।
    राम्राे गर्ने नै तर्छ एकदिन।
    जन्मेपछि भाेगिन्छ परेकाे नै,
    आजकाे डेरा सर्छ एकदिन।
    ठूलाे मानिस झर्छ एकदिन।
    ३.
    सन्तानले नैतिक शिक्षा पाउँछ घरबाट।
    विद्या आर्जन गर्न स्कूल धाउँछ घरबाट
    ज्ञान प्राप्त गर्न घर स्कुल दुबै चाहिने नै,
    सभ्य भएर समाजमा आउँछ घरबाट।
    हित गर्नेकाे गुणगान गाउँछ घरबाट।
    ४.
    सेवा गर्ने सबैले नामकाे लागि हाे।
    मान्छे दौडिने सबै कामकाे लागि हाे।
    सेवा नगरे मेवा कहाँ पाइन्छ नि,
    काम गर्ने नै यहाँ मामकाे लागि हाे।
    अझ भनौ भने याे दामकाे लागि हाे।

    ✍️नवराज भट्ट
    ~~~~~~~~~~~~~~~~~~

    पञ्चाङ्ग   [१३]
    [०१]
    हरभरा रसिलाे जग्गा खाली गरायौँ।
    गरा फाली फूलबारीकाे माली गरायौै।
    खेत जाेत्ने हलाे थियोे बारीमा कोदालो,
    काटेर नै  बिना कामकाे  फाली गरायाैँ।
    साेझा सिधा ब्यक्तित्वलाई जाली गरायौँ।
    [०२]
    फूलकाे बगैँचा थियोे खाली गरायौँ।
    सुन्दर फूल बिनाकाे डाली गरायौँ।
    फूलेर सुगन्ध दिन्थ्याे अबस्य पनि ,
    फूल बिना बगैँचाकाे माली गरायाैँ।
    फूलकाे बगानलाई नाली गरायाैँ।

    ✍️शाेभा आचार्य गाैतम, काठमाडौँ ।
    ~~~~~~~~~~~~~~~~~~~~~~

    पञ्चाङ्ग   [१४]

    जनताले लत्याए पनि कुर्सी समाएकै छन्।
    हार्नुमा दुख छैन बरू अझ  रमाएकै छन्।
    गुमेपछि फेरि आइन्न भन्ने थाहा छॅदै छ,
    त्यसैले पुस्तौॅलाई पुग्नेगरी कमाएकै छन्।
    नैतिकताले छोड्नुपर्ने सत्ता जमाएकै छन्।

    ✍️घनश्याम पौडेल, पोखरा ।
    ~~~~~~~~~~~~~~~~~~~~~~~~~~

    पञ्चाङ्ग   [१५]

    बसाइँ सरेर तिमीले गाउँ खालि बनायौप।
    बाँझो छोडेर जमीन नअन्न बाली बनायौ।
    कसले सिङ्गार्छ गाउँ अब बेवारिसे भयो,
    गाउँलाई त थियो आशा मन जाली बनायौ।
    मासेर तिमी तिलहरी यहाँ फाली बनायौ।
                          /१/
    पवित्र मन किन जाली बनायौ।
    जरुरी कोठा तर पाली बनायौ।
    पवित्र  हुनुपर्थ्यो  भावना   तर,
    पवित्र पोखरी त नाली बनायौ ।
    भावना भित्र खाली खाली बनायौ ।

    ✍️तेजप्रसाद खनाल, दाङ लमही ।
    ~~~~~~~~~~~~~~~~~~~~~

    पञ्चाङ्ग   [१६]

    साँचो कुरा नगरी  निकै टाला टाली गरायाै!
    नगर्ने नि  गरेछाै माेराेलाई माली गरायाै।
    विदेसी भूमिमा  सुनाैला सपना  बुन्दै गरेँ,
    रासलीला मा रमेर ऊ  सँग बाली गरायाै।
    बेइमान रहेछाै   खल्ती मेराे खाली गरायाै।

    ✍️टिकाराम जोशी, टिकापुर कैलाली ।
    ~~~~~~~~~~~~~~~~~~~~~~~~~

    पञ्चाङ   [१७]

    उनै फर्किन्छन् जान्छन्  देश खाली गराउँदै।
    गर्किए  कतै हली  कतै आली गराउँदै।
    बुझ्नेहरूले बुझेका हुन्छन्  उनको चाला,
    सोरेर  गयो उस्ले  रित्तो डाली गराउँदै।
    बज्यो ताली देख्ने आलिपाली गराउंदै।

    ✍️सुरेशकुमार पान्डे, दाङ घोराही १८ ।
    ~~~~~~~~~~~~~~~

    पञ्चाङ्ग   [१८]
    [०१]
    कोमल हृदय रित्याएर खाली गरायौ।
    तिम्रो मनको फूलबारीमा माली गरायौ।
    यात्रा धेरै पार गर्नुछ गन्तव्यमा पुग्न,
    दोबाटो छेक्नलाई तिमीले आली गरायौ।
    यो दुनियाँ सामुमा मलाई जाली गरायौ।
    [०२]
    मेरो लास जलिरहँदा ताली गरायौ।
    तिम्रो आस्था ढलिरहँदा ढाली गरायौ।
    आँट र हिक्मतलाई डोहोर्याएपछि
    तिमी खेल हारिरहँदा जाली गरायौ ।
    तिम्रो चर्चा चलिरहँदा नाली गरायौ।
    [०३]
    परिबन्धमा परे पछि त्यस्तै हुन्छ कहिले काहीँ ।
    काम धन्दा व्यबहारले ब्यस्तै हुन्छ कहिलेकाहीँ ।
    सम्झनामा आउँछौ नि तिमी हर दिनरातहारू,
    नजानिदो मायापनि अभ्यस्तै हुन्छ कहिलेकाहीँ।
    मुटुका यी धड्कन पनि ज्यस्तै हुन्छ कहिलेकाहीँ ।

    ✍️मन्दिरा सेढाई, मलेखु,धादिङ ।
    ~~~~~~~~~~~~~~~~~~~~~~

    पञ्चाङ्ग  [१९]

    लहर थियो फूलले भरेको किन यसलाई खाली गरायौ।
    रहर थियो जुन झैँ परेको किन यसलाई फाली गरायौ।
    जीवन हाम्रो जहिले डुबेको हुन्छ हाराहारी सुख दुःखमा ,
    कहर थियो सुविधा हरेको किन यसलाई ताली गरायौ ।
    पहर थियो उन्नति मरेको किन यसलाई बाली गरायौ।

    ✍️ अच्युत घिमिरे-भुटान बाट 🇧🇹
    ~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~

    पञ्चाङ्ग   [२०]
    [०१]
    तिम्रो छाती भित्र भित्रै फुल्ने मेरो रहर छ।
    तिमै काखे सिरानिमा  झुल्ने मेरो रहर छ।
    कहिले  पनि  तिमी  मलाई  नाई नभन है,
    प्रेमसँग   गाउँ   घर   डुल्ने  मेरो   रहर छ।
    मेरा सारा  दु:खी दिन  भुल्ने  मेरो  रहर छ।
    [०२]
    कसैको  मन  मुटुमा  म  घुल्न सकिन।
    मेरो मुटुको  कुना भित्र  हुल्न  सकिन।
    भगवान  म  कसोगरि  बाँच्ने हो  यहा,
    प्यारको मूल्य कतै नि असुल्न सकिन।
    अरु  कोहीसँग  पनि म  डुल्न सकिन।

    ✍️मल्ल लक्ष्मी श्रेष्ट, मेची किनार
    बिर्तामोड झापा ।
    ~~~~~~~~~~~~~~~~~~~~~~~

    पञ्चाङ्ग   [२१]

    स्वर्ग जस्तो मेरो भूमि  अन्त कहां पाऊ छौँ ।
    बिदेशीबाट    फर्किएपछि  यहीं  आऊ छौँ
    देश हाम्रो छैन  कमि  सबै कुरामा पुर्ण,
    ढिंडो फांडो खोले सिस्नु जे छ त्यहि खाऊ छौँ ।
    आफ्नै डाँडा काँडासित माया प्रिती लाऊ छौँ।

    ✍️सरिता सेढाई , चरौंदी धादिङ ।
    ~~~~~~~~~~~~~~~~~~~~~~~~~~~

    पञ्चाङ्ग   [२२]

    थकानकाे  औषधि  आराम  भए।
    लेखा जाेखा बिना त्यो काम भए।
    मानिस कति अशल  हुँदाे    कठै,
    वनबास     जानु  अघि राम भए।
    खुसी  हुन्छ   पौरखको दाम भए ।

    ✍️मिना देवकोटा,
    ~~~~~~~~~~~~~~~~~~~~

    पञ्चाङ्ग   [२३]

    आज हजूरको दिन खास होला।
    कहि  नगई घरमै   वास होला।
    शुभ जन्म दिन होस  सबतिर ,
    आशीर्वाद प्राप्त हुने आस होला।
    सुभकामना दिनेको रास होला।

    ✍️सीता शर्मा पन्थी, बिरंगज ।
    ~~~~~~~~~~~~~~~~~~~~~

    पञ्चाङ्ग   [२४]

    तिम्रो मेरो माया पनि टुटे-फुटेको जस्तो ।
    पानी पर्दा असिनाको भाग्य जुटेको जस्तो ।
    बुझ्नै गाह्रो हुन्छ मलाई के भएको होला,
    समयले जवानीको खुसी लुटेको जस्तो ।
    सानो चोट लाग्दा खेरि दिल टुटेको जस्तो।

    ✍️दस्ता कौशिक,पाँचथर।
    ~~~~~~~~~~~~~~~~~~~~~~~~~

    पञ्चाङ्ग   [२५]

    सिर्जनाका फूलहरुका डाली गरायौ ।
    कताकता डुल्नमा पुगेँ खाली गरायौ।
    निस्कनै मुस्किल पसेपछि सागरमा,
    भागदौड र पसिनामा काली गरायौ ।
    यस्तै बीचमा परेँ हिँड्दै ताली गरायौ।

    ✍️जमुना आचार्य, सिन्धुपाल्चोक ।
    ~~~~~~~~~~~~~~~~~~~~~~

    पञ्चाङ्ग   [२६]
    [०१]
    चाहे जसलाई हिजो उसलाई पाउन सकिएन।
    अघि पछि सायद उसको धाउन सकिएन।
    अरूले त प्रेम भनी जून तारा नी झारी ल्याए,
    आफूले चै कविता नी गाउन सकिएन।
    सायद त्यस्ता माया हाम्ले लाउन सकिएन ।
    [०२]
    प्रेम बाली खेरै गयो दाउन सकिएन।
    संका सधैं चुहुई रहे छाउन सकिएन।
    आदत  बद्लियो बेला वसन्त नि बदलिएर,
    अश्रु झरी परिरहने साउन सकिएन।
    मिलन बिछोडका गीत गाउन सकिएन।

    ✍️प्रतिभा अर्याल , खजुरा बाँके ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on पञ्चाङ्ग लेखन अभ्यास शृङ्खलाको २०औँ भाग सम्पन्न

    दाङमा संचालित गाेरखनाथ गुरुकुलकाे उन्नयनकालागि महेश संस्कृत गुरुकुलम् देवघाटकाे सहयाेग रहने

  • १६ मंसिर २०७९, शुक्रबार ०६:३५ मा प्रकाशित
  • नेपालकाे एक मात्र संस्कृत विश्वविद्यालय रहेकाे दाङ जिल्ला हावापानीकाे हिषाबले एकदमै राम्राे मानिन्छ ।पहाडि जिल्ला भएपनि प्रसस्त समथर खेतियाेग्य मैदानले जस्ताे काम गर्दछु भन्दा पनि कुनै कमि छैन ।राष्ट्र गुरु याेगी नरहरिनाथले चिम्टा गाडेर दाङ जिल्लामा संस्कृत विश्वविद्यालय स्थापना गराएरै जानू भयाे ।त्यस्तै गुरुले काेटिहाेम पनि दाङ जिल्लामा ३ ठांउमा लगाउनु भयाे ।ती स्थान हुन् चाैघेरा सिद्ध रत्ननाथ मठ,त्रि सिद्धेश्वर शिवालय तुल्सिपुर र अर्काे रिहार धाममा ।काेटिहाेम लगाउनुकाे मूख्य उद्धेश्य एउटै थियाे गुरुकुल र गाैशाला हरेक मठ मन्दिरमा स्थापना गरेर संचालन गर्ने ।उद्धेश्य राम्रा हुन्छन् महान पुरुषका तर ती उद्धेश्य पूरा गर्नकालागि लाग्ने अनुयायी हरुकाे खाँचाे समाजमा रहेका छन् ।अहिले आएर याे महसुस सबैलाई भएकाे छ ।यसै शिलसिलामा दाङमा खुलेकाे गाेरखनाथ वैदिक गुरुकुलम् ले सबैलाई सानाे आशा जगाएकाे सुगन्ध धेरै स्थानबाट पाईएकाे छ ।मठ,मन्दिर समाज तथा राज्यबाट सहयाेग भएमा सुविधा सम्पन्न व्यवस्थापनका साथ एक अब्बल गुरुकुल दाङमा चलाउन सकिन्छ भन्ने दृढ विचार लिएर अगाडि लागेका छन् घाेराही १७ निवासी प्रकाश भट्टराई ।उहाँकाे परिवारनै गुरुकुलमा लागेकाे छ ।छाेराले पनि गुरुकुलमानै पढ्दछन् ।नयाँ नयाँ याेजनामा काम गर्ने तथा समाजसंग गुरुकुललाई जाेड्नकालागि घर घर पुगेर अन्न दान लिने साेचाई लिएकाे भट्टराई बताउनु हुन्छ ।
    यहि मंसिर १३ १४ गते वटुकहरुलाई शैक्षिक ,धार्मिक तथा पर्यटकीय भ्रमण गराउने उद्धेश्य लिएर देवघाट धामकाे अध्ययन अबलाेकन भ्रमण यस गुरुकुलले गराएकाे छ ।गुरु गाेरखनाथकाे आशीर्वाद ग्रहण गरि शैक्षिक भ्रमण यात्रा शुभारम्भ गर्ने क्रममा बांणगंगा नगर पालिकाकाे नन्दनगरमा अवस्थित मनकामना संस्कृत गुरुकुल ,चितवन गैडाकाेटमा रहेकाे याेगी नरहरिनाथ गुरुकुल ,नवलपरासीमा रहेकाे धार्मिक पर्यटकीय सिजि मन्दिर ,लुम्बिनी,देवघाट स्थित महेश सन्यास आश्रम,हरिहर सन्यास आश्रम ,गलेश्वर आश्रम लगायतका स्थानकाे अध्ययन अवलाेकन गरेकाे छ ।शैक्षिक भ्रमणकाे क्रममा यस पटक आफ्नाे कार्मिक सम्बन्ध भएकाे देवघाट स्थित महेश संस्कृत गुरुकुलम् मा विशेष रुपमा रहेकाे छ ।१४ गते विहान ७ बजे महेश आश्रमका वर्तमान स्वामी महाराजकाे दर्शन आशीर्वाद ग्रहण गरी सत्संग छलफल गर्ने माैका प्राप्त गरेकाे छ । महाराजजीबाट सबैलाई भाेजन खाना ,बसाईका बारेमा केही साेधेपश्चात दाङमा गुरुकुल संचालन गर्नकालागि साेचाई गुरु महाराजकाे थियाे ।आज त्यस कार्यकाे सुरुवात भएकाे छ खुसि लाग्याे ।अब हामी संम्पर्कमा रहेर काम गराैं ।म दाङ आउंदछु ठूलाे कार्यक्रम राखेर एउटा याेजना बनाउनु पर्दछ ।गुुरुकुल चलाउनका लागि उपयुक्त वातावरण चाहिन्छ । सुरुवात भएकाे छ अब थप्दै जाने हाे भन्नु भयाे साथै केही विद्यार्थीलाई जानेका शैक्षिक गतिविधि साेध्नु भयाे ।तत्पश्चात हामी विदा भयाै ।
    महेश सन्यास आश्रमका संस्थापक महाराज स्वामी रामानन्द हुनुहुन्छ ।त्यस आश्रमबाट संचालित महेश संस्कृत गुरुकुलम् हाे ।आज भन्दा करिब ३० बर्ष अगाडि स्वामीज्यूले कठिन साधना र प्रयत्नबाट आज याे अबस्थामा आईपुगेकाे छ ।अहिले यस गुरुकुलमा करिव २५० बिद्यार्थीहरु कक्षा ६ देखि आचार्य सम्मकाे अध्ययन आवासीय रुपमा रहेर अध्ययन गरिरहेका छन् ।स्वामीज्यूकाे एउट भनाई थियाे —* पढ्ने र पढाउने कुरामा कहिल्यै अल्छी गर्न हुँदैन ।* आज त्याे प्रतिफल दिएकाे छ यस गुरुकुलले ।व्यवस्थापन तर्फ भन्नु पर्दा एकै पटक सबै विद्यार्थीहरुलाई भाेजन,सत्संग गराउन सक्ने ब्यवस्थित भाेजन काेठा र सत्संग कक्ष रहेका छन् ।त्यस्तै अतिथि पाहुना ,विद्यार्थीहरुका अभिभावकहरुकालागि सुविधा सम्पन्न आवास गृह रहेकाे छ ।विद्यालयमा पठन पाठन कक्ष , प्रशासन कक्ष ,शिवालय परिसर लगायत पठन पाठन गर्नकालागि चाहिने सबै क्षेत्रलाई समेटेर लगेकाे पाईन्छ यस गुरुकुलमा ।
    अहिले स्वामी रमणान्दज्यूकाे प्रमुख संरक्षकत्वमा रहेकाे यस गुरुकुलमा उच्च शिक्षा देखि आचार्य तर्फकाे जिम्मेवारी गुरु कमल सुवेदी र कक्षा ६ देखि माथि उच्च शिक्षा सम्मकालागि गुरु फणीन्द्र पाैडेलले लिएर खटिनु भएकाे छ भने अन्य साधु,सन्त गुरुहरुकाे मेहनत र जिम्मेवारी भुमिका उत्तिकै राम्राे रहेकाे छ ।यस्तै गुरुकुलम् संचालनकालागि गुरु गुरु प्रसाद सुवेदी ,गुरु कपिल सुवेदी ,गुरु राम प्रसाद सुवेदी हेटाैंडा लगायत साधु सन्त , विद्वान ,धर्मात्मा समाजसेवी दाता अभिभावकज्यूहरुकाे अत्यन्तै सकृयता रहेकाे छ ।जयतु संस्कृतम् ।

    गोरखनाथ वैदिक गुरुकुलबाट प्राप्त समाचार

    Posted in कला /जीवनशैली, ताजा अपडेट, मुख्य खबर, लोकप्रिय, समाजLeave a Comment on दाङमा संचालित गाेरखनाथ गुरुकुलकाे उन्नयनकालागि महेश संस्कृत गुरुकुलम् देवघाटकाे सहयाेग रहने

    उदक यात्री दुर्गा आचार्यका केही उत्कृष्ट उदकहरू

  • १५ मंसिर २०७९, बिहीबार २३:५८ मा प्रकाशित
  • / केही उदक /
    १.
    युवा
    देश जागरण
    गर्नुपर्ने देशको विकास !

    २.
    देश
    नमुना बनाउन
    तिम्रो हातमा साँचो !

    ३.
    आशावादी
    आशामा जनता
    दैनिक न्यायको खोजीमा !

    ४.
    कर्म
    गरेर खाँदा
    विश्वास जितेर जाने !

    ५.
    विकास
    गरेर हेर्नुपर्ने
    जनताको मन पग्लिने !

    • दुर्गा आचार्य
      मोरङ
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on उदक यात्री दुर्गा आचार्यका केही उत्कृष्ट उदकहरू

    ‘टुक्का माथि टुक्का’ साप्ताहिक व्यङ्ग्यात्मक टुक्का लेखनको ६१औँ शृङ्खला शनिबार सम्पन्न

  • १३ मंसिर २०७९, मंगलवार ०६:५७ मा प्रकाशित
  • काठमाडौ, १० कार्तिक। साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ६१ औँ शृङ्खला मङ्सिर १० गते शनिबार सम्पन्न भएको थियो।
    अभ्यासमा नेपाल लगायत विश्वका ८१ जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।

    टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।

    टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।

    ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ६१ औँ शृङ्खलाको लागि समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।

    अभ्यासका लागि राखिएको प्रतिनिधि टुक्का

    विश्वास गरे   जनताले,  दिए  देशको  साँचो,
    कुराभन्दा अब काम गर,  कामको छ खाँचो।

    वसन्त अनुभव

    सहभागी टुक्काकारहरूले अभ्यासका क्रममा सृजना गर्नुभएको टुक्काहरू



    [१]
    नेताको  काम  अब  जनताको सेवा गर्ने,
    अहिले पनि  गर्ने हौ कि मात्रै खल्ती भर्ने ।
    🌑विक्रम तिरूवा सलिन
    जुम्ला

    [२]
    जनादेशको  कदर  गरी तिमी अघि बढ,
    के गर्ने र कहाँ गर्ने भनी वस्तुस्थिति पढ ।
    🌑वसन्त अनुभव
    घोराही, दाङ

    [३]
    नदिउँ  भने  अमूल्य  मत  राष्ट्र  डुब्ने  डर,
    फकाई फुल्याई लैजानेको खै के मान्नु भर।
    🌑होम प्रसाद नेउपाने
    धरान,सुनसरी ।

    [४]
    काम   गरे  नगरे पनि  मेरा  भाषण  सुनिदियौ,
    अब चुनाव सकियो ढुक्क छु मलाई चुनिदियौ ।
    🌑अच्युत घिमिरे
    भुटान बाट 🇧🇹

    [५]
    युवा नेता धेरै आए अब बन्द हुन्छ खाम,
    दायाँबायाँ गर्‍यो भने जेल पुग्दछ हराम ।
    🌑पेक्मा हमुवा

    [६]
    जीवनदेखि लिन मन छ सधैँलाई विश्राम,
    जति दु:ख गरेपनि  मनमा  भएन आराम।
    🌑नन्दा महतारा

    [७]
    सडेको  जरासँगै नयाँ पालुवा पलाए,
    विकास हुन्छ अब युवाले देश चलाए ।
    🌑असिराम डंगौरा
    जोशीपुर कैलाली
    हाल भारत

    [८]
    बुढाले अब आराम गरी खानुपर्छ,
    भ्रष्टाचार नगर विकास अघि सर्छ ।
    🌑प्रेम सुनार

    [९]
    जितेपछि   ठालु  बनी  नबस  है  घर,
    जनताका दु:ख बुझ्न तिम्लाई छ कर ।
    🌑डम्बर थामी ‘अनुपम’
    कालिन्चोक गा.पा.-६, दोलखा ।

    [१०]
    जनताले  पाँच वर्षे   म्यान्डेट  दिएर  पठाएका  छन्  हेर,
    देश विकास लागि दे’को भोट कसैपनि नजाओस् है खेर।
    🌑बेदु न्यौपाने
    काठमाडौ

    [११]
    व्यवहारमा ल्याउन ती भाषणका कुरा,
    दिएका छन् जनताले  पाँच वर्ष नै पूरा ।
    🌑सागर आँसु
    (डोटी)

    [१२]
    दिएर   मत    टाँडमा   पुर्‍याउने   ती   जनता,
    बाेकायाै ठुलाे भारी ऋणकाे अब जाउन् कता ?
    🌑ताराप्रसाद चापागाईँ
    धुनिबेसी ।

    [१३]
    भाषण  लगाउँदै  सत्तामा छिरेका,
    जुन जोगी आएपनि कानै चिरेका ।
    🌑सरिता सेढाई
    धादिङ

    [१४]
    जनताले दिएका छन् मतदान हेेर,
    देशमा    परिवर्तन   गर्नुपर्छ   धेर ।
    🌑भगवती दवाडी
    झापा

    [१५]
    जेल नेल भोगेर पाका भएको कथा भो अब सुनाउनु पर्दैन,
    योग्य र सक्षमले विकास गर्नसक्छ कथाको नायकले गर्दैन!
    🌑प्रमोद भट्टराई ‘प्रतीक’
    कौशलटार, भक्तपुर

    [१६]
    चुनाव जितेको खुसीमा खादा माला अबिर दलेर,
    पाँच  वर्ष   यसरी नै  बित्दो  रै’छ  देशलाई  छलेर ।
    🌑बी.कुलुङ
    दार्जिलिङ

    [१७]
    जसले पायौ  मौका अहिले  काम गरि देखाऊ,
    योग्य,सक्षम,असल बनी आफ्नो नाम लेखाऊ।
    🌑त्रिलोचन भण्डारी
    मेचीनगर, झापा

    [१८]
    जनताको विश्वासले चुनाव जितेका छौ हेर,
    भ्रष्टाचारको  अन्त्य गरी  देशको मुहार फेर।
    🌑राज कुमार राजभण्डारी खाेटाङ्गे
    मध्यपुर ठिमी ५सङ्गम काेलाेनी भक्तपुर ।

    [१९]
    बुढा  अब  अति  भयो,   लाग्ने गर  चुप,
    जाडो पनि बढ्न थाल्यो खाऊ बरू सुप।
    🌑तुलाराम गिरी

    [२०]
    पठाएका छन् जनताले देशको लागि केही गर भनेर,
    बिश्वास छ बाटो बदल्ने छैनौ पहिलेझैँ लाचारी बनेर।
    🌑शंकर कार्की
    थाहा नगरपालिका ३मकवानपुर।

    [२१]
    सुन्दर  बिहानीको  छ आस,
    स्वच्छ हावामा बदल्ने सास ।
    🌑रजनी पौडेल

    [२२]
    ज-जसले गरेन राम्रो काम जनताले फाल्दिए,
    जनताको काम गर्ने र नयाँलाई भोट हाल्दिए ।
    🌑निमा शेर्पा
    चानबारी गान्तोक सिक्किम ।

    [२३]
    जनताको अमूल्य मतलाई खेर नफाल,
    देश विकास गर्नलाई कदम अघि चाल ।
    🌑बुद्धिमान दनुवार
    सुरुङ्गा ४ झापा

    [२४]
    काम गर्ने हुन् कि दाम कमाउने हुन् थाहा छैन राजै
    भन्न सकिन्न  केही पनि  निश्चिन्त भइकन लौ आजै।
    🌑दीपक ठटाल जलन

    [२५]
    देश जोगाउँदै  दुष्टको फन्दाबाट गर विकास,
    जनता र देशको लागि सदैव खटिकन खास ।
    🌑सुरेशकुमार पान्डे।
    दाङ घोराही१८

    [२६]
    सोच अब बाँकी त्यही एउटा थियो आशाको नासो,
    बिश्वास  गरी  जिताएका छन्  नबनाउ  अरु  हाँसो ।
    🌑अनुग्रह राना मगर ‘पुष्प’
    पाँचखपन नपा – ६ संखुवासभा हाल मलेसिया

    [२७]
    विकासको नाउँ दिई जनताको आँखा नछल्नू,
    बिग्रेको  अवस्था देखी  तपाईं कहिल्यै नगल्नू ।
    🌑कमला भट्टराई
    खोटाङ

    [२८]
    विकास गर्छु मैले भन्छन् माखो नै मर्दैन,
    जनता   जति   ताते  पनि  असर  पर्दैन।
    🌑सन्जना शर्मा
    दाङ लमही

    [२९]
    भष्ट्राचारको अन्त्य गरेर विकास गराउनोस्,
    कङ्गाल होइन  देशलाई  समृद्ध बनाउनोस् ।
    🌑मन्जु जोशी
    डिलासैनी बैतडी

    [३०]
    देशको मुहार फेर्नु भनी  दिएकाछौँ भोट,
    विकास  गर्नु  जनतालाई नदिनु  है चोट।
    🌑नवशिला
    बेलबारी-२, लालभित्ती,मोरङ।

    [३१]
    नेता बन्ने अधिकार पायौँ, दिएर जनताले भाेट,
    काम गरेर  देखाऊ ,नदेऊ   नागरिकलाई चाेट।
    🌑शाेभा अाचार्य गाैतम
    काठमाडौँ

    [३२]
    विकल्पमा थिए कैयौँ  पाएनन् क्यारे  टिकट,
    यो देश  लुट्ने भ्रष्टाचारी  हुन्छन्  सधैँ निकट ।
    🌑सूर्यमणि रेग्मी 
    चितवन

    [३३]
    जनताको भोटमा नेताको रजाइ,
    भन न गर्छौ अब कसको भजाइ ?
    🌑रचना शर्मा प्रतीक्षा
    ललितपुर ।

    [३४]
    नोट लिएर भोट दियौ, घिच्यौ मेरो माम,
    जे मन लाग्छ त्यही गर्छु, छैन तेरो काम।
    🌑अजय कुमार झा

    [३५]
    आश्वासन त केवल बादलमा हराएको काग बन्ला,
    कुर्सी भाग लगाउँदै पाँच साल त हराई गयो भन्ला ।
    🌑रन्जना खड्का कुंवर
    हाल पोखरा पृथ्वीचोक

    [३६]
    झुठ्ठा आश्वासन र भाषण भुली, गर अब विकास,
    समृद्धि तर्फ  ध्यान दिएर,  देशलाई देऊ निकास !
    🌑रबि श्रेष्ठ
    सन्धिखर्क-१, अर्घाखाँची,
    हाल : बुटवल, रुपन्देही, नेपाल !

    [३७]
    जनताले दिएको अभिभारा मनन् गर,
    आपसमा  लड्दै  समय  बर्बाद  नगर ।
    🌑नारायण कोइराला
    तानसेन,पाल्पा

    [३८]
    आफ्नै छातीमा हात राखेर सोचौँ, सही गर्‍यौँ कि गल्ती,
    परिवर्तन   होला कि  टिकाउलान्   उही  चलनचल्ती ।
    🌑राजेशराज गड्तौला
    रतुवामाई- १०, मोरङ
    हाल- प्रवास

    [३९]
    उद्योगधन्दा कल-कारखाना उत्खनन् हुने खानी,
    विकासकाे नयाँ खाका काेर्दछौँ  गर्दैनाैँ बेइमानी ।
    🌑धन कुमारी रेग्मी
    भरतपुर चितवन

    [४०]
    जनतालाई  घात भयो  यहाँ बारबार,
    अब तिमी काम गरेर जन खुसी पार ।
    🌑तेजप्रसाद खनाल
    देउखुरी दाङ।

    [४१]
    नेताले नै बनाएका छन् जनतालाई  दास,
    काम होइन कुरा गर्छन् छैन तिनको आस
    🌑अम्विका अधिकारी
    झापा विर्तामोड

    [४२]
    जनताको काम भोट दिने र नेताको काम विकास,
    काम नगरे  अर्कोपटक दिन्छन्  जनताले निकास ।
    🌑निरु भट्ट
    सुर्नया,बैतडी

    [४३]
    काम हामी गरिहाल्छौँ, पिर नमान साथी,
    नातागोता र  झोले झाले  लिइकन माथि ।
    🌑मोहन भुजेल

    [४४]
    चुने युवा जनताले आज नयाँ अनुहार,
    भ्रष्टचार  निर्मूल  गरी देश लाउन  पार !
    🌑बिबस पारदर्शी
    भद्रपुर  झापा,

    [४५]
    भ्रष्टको बाटो त्यागेर सबै अगाडि सर्नुछ ,
    एकता भाव जगाइ सारा विकास गर्नुछ ।
    🌑आर्त अकुलीन
    कैलाली

    [४६]
    पाँच वर्षे  अवधि दिई  पठाएका छौँ हेर  विश्वास  गरेर,
    सुम्पेका छौँ देशको साँचो, आमूल परिवर्तन गर्छौ भनेर।
    🌑आशारानी श्रीस
    कालीगण्डकी -३ जयखानी गुल्मी।

    [४७]
    हाम्रो देश बिग्रेको हो भ्रष्ट डुलाएर,
    जितेपछि बस्न हुन्न नाक फुलाएर ।
    🌑प्रेम थापा “मन”

    [४८]
    गर्नेछु म देशकाे सबै, विकासका काम,
    जहाँ मेराे  निकास हुने, पाउँनेछु  दाम !
    🌑गाेपालकृष्ण डंगाेल
    काठमाडौं, हाल इटहरी

    [४९]
    देशमा अब केही परिवर्तन हुन्छ कि छ आस,
    झुक्याएर अरूले झैँ जनताको नतोड विश्वास ।
    🌑अस्मिता सापकोटा
    भरतपुर चितवन

    [५०]
    विश्वास   गरी  मत  दिए  पाँच  वर्षलाई  हेर,
    जनताकाे विश्वासलाई नफाल्नु है तिमी खेर।
    🌑मित्र उराठी गाैतम
    अमरपुर गुल्मी हाल तिलाेत्तमा न पा-२,रुपन्देही

    [५१]
    कुरा भन्दा काम गर्न युवा जुट्नुपर्छ,
    विकृति  र  विसङ्गतीलाई  चुट्नुपर्छ ।
    🌑कमला  देवकोटा
    पाल्पा

    [५२]
    भ्रष्टलाई भोट दिन्छन्  रकम खाइकन,
    विकास गर्छ भन्दै बस्छन् भर परिकन ।
    🌑डोटि के.आइ.सिंह 06 फलेडि

    [५३]
    कुरा होइन  नेता  अब  इमानदार  भई  काम  गर,
    सिधा सोझा जनताको मनमा नमेटिने विश्वास भर  ।
    🌑राजेन्द्र प्रधान ‘पासा’
    दार्जीलिङ, भारत ।

    [५४]
    तिम्रा पछि  खटिरहे जनता दिनरात,
    जीतको माला लगाएर नगर्नू है घात ।
    🌑कर्ण दयाल ‘सोराडी’
    मेलौली नगरपालिका ७ ,बैतडी

    [५५]
    खुलमखुल्ला टीका लाउनुस्  नभए नि एकान्त,
    दल   फेरिरहनेलाई   किन  चाहियो  सिद्धान्त ?
    🌑प्रल्हाद घिमिरे
    बनेपा_काभ्रेपलान्चोक

    [५६]
    सक्षमलाई नै सुम्पी दिनु बागडोरको साँचो,
    देशको मुहार फेर्नलाई युवाको नै छ खाँचो ।
    🌑बाबुराम गौतम
    गुल्मी

    [५७]
    जनतालाई  गफको  सट्टामा  खोजिरहेछन्  विकास,
    तिम्रो हातमा छ के, कसरी बन्ने? फलाम या कपास।
    🌑म्यामराज राई
    भोजपुर

    [५८]
    अनौठा  रहेछन्  जनता ! कति त  उस्तैलाई छाने,
    जानी बुझी आफ्नो भाग्यमा पुरानै बञ्चरोले हाने।
    🌑अरुण कु.भुजेल
    गोरूबथान,कालेबुङ्ग,भारत।

    [५९]
    अब पालो तिम्रो आयो देश विकास गर्ने,
    नगर्नु  तिमी  अरू जस्तै  गोजी पेट भर्ने ।
    🌑दुर्गा आचार्य
    मोरङ

    [६०]
    पहिला   लिएर   देशकाे   नासाे,
    भन्छन् अहिले भयाे गला पासाे ।
    🌑केसर बाेहरा (सङ्घर्ष )
    सुदुरपश्चिम अछाम ।
    हाल भारतबाट ।

    [६१]
    जान्ने बुझ्नेले नदेउ भन्थे मत मलाई तर साेझाले दिए जानीजानी,
    पाँच वर्षलाई ढुक्क भैगाे, मुखले गर्ने काम, हातले गर्छु मनाेमानी ।
    🌑रामप्रसाद पुरी
    बादेल,खाेटाङ ।

    [६२]
    चुनाव  जितेपछि  संसद  भवन छिर्छौ,
    जनताको गुणको बदला कहिले तिर्छौ ?
    🌑रचना मोक्तान “यात्री”
    नमोबुध्द न. पा. ५ काभ्रे

    [६३]
    अग्रता चुम्दै कोही पुगे अगाडि,
    कामचोरलाई   पारेर   पछाडि ।
    🌑समंझना (कुसुम)

    [६४]
    नाती पुस्ता सक्षम भए, तिमी गर आराम,
    काजक्रिया नगर्लान् नि फेरि भए बदनाम  ।
    🌑शोभा गुरुङ
    नेपालगन्ज

    [६५]
    जित भयो भन्दैमा नमात्तिनु कमरेड, देशको लागि गर्नु छ काम,
    निष्ठापूर्वक होस् सधैंभरि सम्मान, देशको हितमा अघि बढ्दै जाम।
    🌑कबिताहरी
    सुन्दर हरैंचा नगरपालिका १ मोरङ

    [६६]
    जिती गयाैै नेताहरू जनताले भाेट दिई,
    अब गाउँगाउँमा आउँनू सेवा भाव लिई ।
    🌑उर्मिला के.शी.
    धनकुटा

    [६७]
    आफ्नाे नाम लेखाउन त काम गरी देखाऊ
    उत्तम   काम  गरेर   अमर   नाम   लेखाऊ ।
    🌑शर्मिला खतिवडा
    विर्तामोड ,झापा

    [६८]
    आयौ कलाकार  कला देखाउन, काँधमा जोर मादल भिरेको,
    पाँच वर्ष पछि नहोस् फेरि, जुन जोगी आएपनि कानै चिरेको ।
    🌑यामनाथ आचार्य
    पर्वत

    [६९]
    कुरा होइन काम गराैँ  सुधार गरी बानी,
    पठाएका हुन् जनताले इमानदार मानी ।
    🌑सुस्मिता नेपाल
    सुनसरी

    [७०]
    जितेर   गएपछि   बिर्सनू    जिताउनेलाई
    माथि पठाउनू झाेला बाेकी पछ्याउनेलाई ।
    🌑टङ्कबहादुर अालेमगर
    त्रियुगा नगरपालिका -११ उदयपुर १ नम्बर प्रदेश

    [७१]
    देश बनाउने जिम्मेवारी सुम्पेका छौँ चट्ट,
    काम गरी  देखाएर  राख  इतिहास झट्ट ।
    🌑जमुना आचार्य
    सिन्धुपाल्चोक

    [७२]
    के गर्ने के नगर्ने त्यो  हजुरकै छ हात,
    जनताको विश्वासलाई नहान्नु है लात ।
    🌑भुपेन्द्र राना मगर
    धादिङ

    [७३]
    भोट दियौ र जितायौ ए ! जन,
    अब विकासमा लाग्छ यो मन ।
    🌑बिके माकजु
    भक्तपुर ।

    [७४]
    कसम खाऊँ विकास गर्ने राखी देश साछी,
    हाम्रो कर्तब्य पुरा गर्‍यौँ तिमी नबन्नू लाछी ।
    🌑पुष्पा सुवेदी
    नेपालगञ्ज बाँके

    [७५]
    जितिहालेंँ पाँच वर्षलाई, खान्छु म बसीबसी,
    भेडा जनता  बसिरहन्छन्, गाउँमै घुँडा धसी।
    🌑मन्दिरा सेढाई
    मलेखु,धादिङ

    [७६]
    देशको साँचो सुम्पेपछि विश्वासमा नै बस,
    काम  चाहिँ बढी नै गर  नत्र खरानी  घस।
    🌑अर्जुन प्रसाद चौलागाई
    रामेछाप:-सुनापति-१
    हाल:-अमेरिका,बोस्टन।

    [७७]
    गाउँगाउँमा  विकासकाे  नारा दिएर चुनाव  जिती सहर पसेँ,
    चुनावकाे खर्च  जुटाउने जाेखना हेरी कापी कलम लिई बसेँ ।
    🌑प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे

    [७८]
    आफैँ उठेर  दगुरेछ  गोठको त्यो बाछो,
    भ्यागुताको उफ्राइ मात्र तर छिटो माछो।
    🌑प्रदीप के रिमाल
    इटहरी, सुनसरी।

    [७९]
    भर्‍याङ  बन्न पठाएका हुन् आस्थाको नबिर्सनू नि यार,
    पार्टी  सिद्धान्त  भन्दै  मन  टुक्राए  झैँ  देश  टुक्रा  नपार ।
    🌑उमा दाहाल
    शुन्दर हरैचा १० मोरङ

    [८०]
    देश हाक्न आउनू युवा  संझी आफ्नै  गाउँ सहर,
    विदाइ गरी खेद्नु पर्‍यो बुढालाई आ-आफ्नो घर ।
    🌑बासुदेव पौडेल

    [८१]
    विकास भनेको पकाउँदै न पकाउने अहिलेको व्यवस्थाको यो भाँडो,
    अरू देश प्रगति गरी कहाँ पुगिसके हाम्रो चाहिँ कस्तो रहेछ ठाँडो !
    🌑पवन कुमार बुढाथेाकी
    काठमाण्डौ

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on ‘टुक्का माथि टुक्का’ साप्ताहिक व्यङ्ग्यात्मक टुक्का लेखनको ६१औँ शृङ्खला शनिबार सम्पन्न

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P