नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तानबाट ज्ञानेन्द्र मल्ल र उपकप्तानबाट दीपेन्द्र सिंह ऐरीलाई पदमुक्त गरेको छ ।
आज बुधवार बसेको क्यानको बोर्ड बैठकले मल्ल र ऐरीलाई पदमुक्त गर्ने निर्णय गरेको हो । खेलाडी आचारसंहिता उल्लङ्घन गरेको भन्दै क्यानले यस्तो निर्णय गरेको हो ।
यसैबीच क्यानले टिमको नयाँ कप्तानका रूपमा सन्दीप लामिछानेलाई नियुक्त गरेको छ ।
‘नेपाल क्रिकेट सङ्घले अनुशासन उल्लङ्घनसम्बन्धी गठन गरेको छानबिन समितिले गरेको सिफरिसअनुसार खेलाडी आचारसंहिता उल्लङ्घनमा संलग्न चार खेलाडी– ज्ञानेन्द्र मल्ल, दीपेन्द्र सिंह ऐरी, सोपपाल कामी र कमल सिंह ऐरीलाई २०२२ को सेन्ट्रल कन्ट्र्याक्टमा सुरुको छ महिनाका लागि सहभागी नगराउने निर्णय गरेको छ’, क्यानले आज बुधवार निकालेको विज्ञप्तिमा भनिएको छ ।
काठमाण्डाै – फिफा विश्व कप २०२२ को युरोपेली छनोट प्लेअफमा पोर्चुगल र इटली एकै समूहमा परेका छन् ।
दुवै देश एउटै समूहमा परेसँगै पोर्चुगल र इटलीमध्ये एक देशले मात्रै विश्व कप खेल्न पाउने पक्का भएको छ ।
हिजो भएको ‘ड्र’ मा इटली र पोर्चुगल समूह ‘सी’ मा परेका छन् ।यो समूहमा रहेका इटली, पोर्चुगल, टर्की र उत्तर म्यासेडोनिया मध्ये एउटा टिम मात्रै विश्व कपमा पुग्नेछ ।
पोर्चुगलले टर्की र इटलीले नर्थ म्यासेडोनियासँग खेल्नेछन् । दुई टोलीबीचको विजेताले विश्व कपमा स्थान बनाउने छ, पराजित हुने टोली बाहिरिने छ ।
कतार विश्वकपका लागि भइरहेको दक्षिण अमेरिकी छनोट अन्तर्गत अर्जेन्टिना र ब्राजिलबीच खेला खेलाउने दुई रेफ्रि निलम्बनमा परेका छन्।
दक्षिण अमेरिकन फुटबल कन्फेडेरेसनले फिफा विश्वकप छनोट अन्तर्गत अर्जेन्टीना र ब्राजिलबीचको खेल खेलाउने रेफ्रि एन्ड्रेस कुन्हा र भिडियो सहायक इस्टेबन ओस्टोजिचले गम्भीर गल्ती गरेको भन्दै निलम्बन गरेको हो।
मंगलबार अर्जेन्टीनाको घरेलु मैदानमा ब्राजिलविरुद्ध खेलको पहिलो हाफमा अर्जेन्टीनाका डिफेन्डर निकोलस ओटामेन्डीले ब्राजिलका फरवार्ड राफिन्हालाई कुहिनोले अनुहारमा हानेका थिए।
CONMEBOL have taken swift action to suspend the officials last night having reviewed the decision to allow Nicolás Otamendi go unpunished for his elbow on Raphinha.. Served you right dirty refereepic.twitter.com/PFmWKLVbZv
ओटामेन्डीको प्रहारले राफिन्हाको अनुहारमा रगत आएको थियो। उनको उपचारमा पाँच वटा टाकासमेत लगाउनु परेको थियो। भिडियो सहायक ओस्टोजिचले रेफ्रि कुन्हालाई उक्त फाउलका लागि पहेलो कार्ड दिनुपर्ने सुझाव दिएका थिए। तर रेफ्रि कुन्हाले ओटामेन्डीलाई कुनै चेतावनी दिएनन्। उक्त फाउलका लागि फ्रिकिकसमेत नदिएको दक्षिण अमेरिकन फुटबल कन्फेडेरेसनले जनाएको छ।
उक्त घटनापछि रेफ्रिको कमिटिले उक्त भिडियोलाई विश्लेषण गर्दै रेफ्रिहरूले कर्तव्य निर्वाहका क्रममा गम्भीरर गल्ती गरेको निष्कर्ष निकालेका थिए। सोही निष्कर्षका आधारमा दुबै जनालाई अनिश्चितकालका लागि निलम्बन गरेको हो।
यसैबीच ब्राजिलियन फुटबल कन्फेडेरेसनले फुटबलको सर्वोच्च निकाय फिफालाई पत्र लेख्दै अर्जेन्टिनाका ओटामेन्डीमाथि प्रतिवन्ध लगाउनुपर्ने मागसमेत गरेको छ।
काठमाडौं। पबजी खेलको लोकप्रियता विश्वभरी नै छ । यो खेलमा हरेक महिना करिब ५२ करोड खेलाडी सक्रिय रहन्छन् । दैनिक सक्रिय खेलाडीको संख्या पनि करिब ४ करोड छ ।यो खेल बनाउने क्राफ्टन कम्पनीले यिनै खेलाडीहरुको लागि पबजी ग्लोबल च्याम्पियनशिप ल्याएको छ । प्रतियोगिता आज बिहानदेखि सुरु भएको छ र १९ डिसेम्बरसम्म चल्नेछ । सबै प्रमुख वेबसाइटमा यसको लाइभ स्ट्रिमिङ गरिनेछ ।
पबजी ग्लोबल च्याम्पियनशिपमा विश्वभरबाट ३२ टिम सहभागी हुनेछन् । सबै टिमलाई गरेर कूल १८ लाख ६० हजार डलर (२२ करोड रुपैयाँ) पुरस्कार दिइनेछ । यीमध्ये पहिलोदेखि १६ औं स्थानसम्म रहने टिमले फरक फरक राशी पुरस्कार पाउनेछन् । १७ देखि २०, २१ देखि २४ र २५ देखि ३२ औं स्थानमा रहने टिमहरुलाई समान राशीको पुरस्कार दिइनेछ ।
प्रतियोगिताको फाइनल ३ दिनसम्म चल्नेछ । यसमा हरेक दिन ५ म्याच खेलिनेछ । पुरस्कार जित्ने सबै खेलाडीहरुलाई कोरियाको इंचियोन प्याराडाइज सिटीको यात्रा गराइनेछ । त्यहाँ सबैलाई करिब २ मिलियन डलरको पुरस्कार दिइनेछ । प्रतियोगितामा सबैभन्दा धेरै मार्ने खेलाडीलाई १० हजार डलर (१२ लाख रुपैयाँ) र टिमलाई २० हजार डलर (२४ लाख रुपैयाँ) पुरस्कार दिइनेछ । प्रतियोगितामा अन्तिम हुनेलाई पनि १० हजार डलर पुरस्कार दिइनेछ ।
काठमाडौं । विश्वकप छनोट अन्तर्गत जापानले ओमानमाथि १–० गोलको जित निकालेको छ । जुन्य इटोको निर्णायक गोलमा जापानले लगातार तीन खेलमा जित निकालेको हो ।
पहिलो हाफमा गोलरहित खेलेको जापानका लागि ८१औं मिनेटमा इटोले गोल गर्दै टिमलाई जित दिलाएका थिए । समूह ‘बी’कै अर्काे खेलमा अष्ट्रेलियाले भने चीनसँग १–१ गोलको बराबरी खेलेको छ । पहिलो हाफमा अग्रता बनाएको अष्ट्रेलियाले अन्तिमसम्म आफ्नो अग्रतालाई जोगाइ राख्न सकेन । ३८औं मिनेटमा मिचेल डुकेले गोल गर्दै अष्ट्रेलियालाई अग्रता दिलाए ।
७०औं मिनेटमा वे ले गोल गर्दै टिमलाई हारबाट जोगाए । यता समूहको शीर्ष स्थानमा रहेको साउदी अरेवियाले भेतनाममाथि १–० गोलको जित हात पारेको छ । नतिजासँगै समूह ‘बी’मा साउदी अरेवियाले ६ खेलबाट १६ अंक जोडेको छ । दोस्रो स्थानमा रहेको जापानले १२ अंक जोडेको छ । अष्ट्रेलिया ११ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा छ ।
काठमाडौं । न्युजिल्यान्डलाई फाइनलमा ८ विकेटले पराजित गर्दै अस्ट्रेलियाले पहिलो पटक आईसीसी टी-२० विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार राति युएईस्थित दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा टस जितेर फिल्डिङ रोजेको अस्ट्रेलियाले १ सय ७३ रनको लक्ष्य पाएको थियो ।
कप्तान केन विलियमसनको ८५ रनको अर्धशतकीय इनिङ प्रेरित न्युजिल्यान्डले पहिलो इनिङमा १ सय ७२ रनको योगफल तयार गरेको थियो । यद्यपि, अस्ट्रेलियालाई पराजित गर्नका लागि भने त्यो योगफल पर्याप्त भएन ।
दोस्रो इनिङमा ब्याटिङमा उत्रिएको अस्ट्रेलियाले १८. ५ ओभरमा मात्रै दुई विकेट गुमाएर १ सय ७३ रनको लक्ष्य पूरा गर्दै पहिलो पटक टी-२० विश्वकपको उपाधि जितेको हो ।
अस्ट्रेलियाका लागि वान् डाउनमा क्रिजमा उत्रिएका मिचेल मार्सले ५१ बलमा ६ चौका र ४ छक्कासहित ७७ रनको अविजित अर्धशतकीय इनिङ खेले । यस्तै, ओपनर डेभिड वार्नर ३८ बलमा ४ चौका र ३ छक्कासहित ५३ रन बनाएर पेभिलियन फर्किँदा ग्लेन म्याक्सवेल १८ बलमा ४ चौका र १ छक्कासहित २८ रनमा अविजित रहे ।
न्युजिल्यान्डका लागि ट्रेन्ट बोल्टले २ बाहेक अन्य खेलाडीले विकेट लिन सकेनन् ।
पहिलो इनिङमा ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डका लागि कप्तान विलियमसनले ४८ बलमा १० चौका र ३ छक्कासहित ८५ तथा मार्टिन गप्टिलले २८, ग्लेन फिलिप्सले १८ तथा जिमी निशमले अविजित १३ रन बनाए ।
अस्ट्रेलियाका लागि जोश हेजलउडले ३ तथा एडम जाम्पाले १ विकेट लिएका थिए । अस्ट्रेलियाले टी-२० विश्वकपमा पहिलो पटक न्युजिल्यान्डलाई पराजित गरेको हो ।
आईसीसी विश्वकपमा भने अस्ट्रेलियाले दोस्रो पटक फाइनलमा न्युजिल्यान्डलाई निराश बनाएको हो । यसअघि २०१५ को एकदिवसीय विश्वकपको फाइनलमा पनि अस्ट्रेलियाले न्युजिल्यान्डलाई पराजित गर्दै पाँचौं पटक उपाधि उचालेको थियो ।
भारतीय क्रिकेट बोर्ड ‘बीसीसीआई’ले बुधबार पुरुष टिमका लागि प्रशिक्षकमा पूर्वकप्तान राहुल द्रविडलाई नियुक्त गरेको छ । उनले सफल प्रशिक्षक रहेका रवि शास्त्रीको स्थान लिनेछन् । ट्वान्टी-२० विश्वकपछि द्रविडले भारतीय टिम सम्हाल्नेछन् ।
बोर्डका अध्यक्ष शौरभ गांगुलीले प्रेस विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘द्रविडको खेल जीवन निकै उच्च रह्यो । क्रिकेटका एक महान भारतीय खेलाडीमा उनी पनि पर्छन् । प्रशिक्षकको भूमिकामा उनले यस्तै सफलता चुम्नेमा म आशावादी छु ।’
भारतले एक महिनापछि घरमा न्युजिल्यान्डविरुद्ध सिरिज खेल्दैछ र त्यसमा पहिलो पल्ट टिमको नेतृत्व गर्नेछन् । अहिले चलिरहेको ट्वान्टी-२० विश्वकपबाट शास्त्रीले भारतीय टिमबाट बिदाइ लिनेछन् ।
खेल जीवनमा एक शास्त्रीय शैलीका कारण प्रशिद्ध रहेका द्रविड ठोस सुरक्षात्मक खेलका लागि चर्चित थिए र यसक्रममा उनले मिस्टर डिपेन्डेबल उपनाम पनि पाएका थिए । उनी क्रिजमा टिकेर खेल्न माहिर थिए ।
उनले भारतका लागि १ सय ६४ टेस्ट खेल्दै १३ हजार २ सय ८८ रन बनाए । बोर्डले अहिलेसम्मको कामका लागि शास्त्रीलाई धन्यवाद पनि भनेको छ । सन् २०१७ मा उनी पहिलो पल्ट भारतीय टिमका प्रशिक्षक भएका थिए ।
१६ कात्तिक, काठमाडौं । नेपााली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले तीन वर्षे सम्झौतामा हस्ताक्षर गरेका छन् । अब उनी सन् २०२४ सम्म राष्ट्रिय टिमको मुख्य प्रशिक्षक रहनेछन् ।
मुख्य प्रशिक्षक अल्मुताइरीका अनुसार १ नोभेम्बरबाट सुरु भएको नयाँ सम्झौता २०२४ को अन्त्यसम्म कायम रहनेछ । उनले अघि भने, ‘हामीले राम्रो फुटबलका लागि राम्रो वातावरण बनाउन छलफल गरेका छौं । धेरै कुरा अर्को महिला लिग सुरु भएपछि प्रष्ट हुनेछ ।’
माल्दिभ्समा भएको साफ च्याम्पियनसिपको फाइनल खेल्नुअघि अम्मुताइरीले नेपाल छाड्ने घोषणा गरेका थिए । तर अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पाले कतार पुगेर भेट्नुका साथै कतार फुटबल एशोसिएसनसँग भएको छलफलपछि मुख्य प्रशिक्षक अम्मुताइरी नयाँ सम्झौताका लागि सहमत भएका हुन् ।
परीक्षण काल पूरा गरेको भन्दै मुख्य प्रशिक्षक अल्मुताइरीले मिलेर फुटबल विकासमा काम गर्न चाहेको बताए । ‘म प्रशिक्षक हुँ, फुटबलमा काम गर्न चाहन्छु’ उनले भने ।
तर आफ्नो व्यक्तिगत जीवनलाई लिएर टीकाटिप्पणी नगर्न उनले आग्रह गरे । मुख्य प्रशिक्षक अल्मुताइरीले अघि भने, ‘मैले के लगाएँ, कस्तो कपाल बनाएँ, मेरो जीवनबारे नबोल्नुस् । मेरो काममा केही छ भने भन्नुस् ।’
१० कार्तिक २०७८ ! नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी अब थप ३ वर्ष नेपालमै रहने बताएका छन् ।
नेपाललाई पहिलो पटक साफ च्याम्पियनसिपको उपविजेता बनाएका अलमुताइरीले सामाजिक सञ्जाल फेसबुक मार्फत् थप ३ वर्ष टोलीको प्रशिक्षणको जिम्मेवारी सम्हाल्ने जानकारी गराएका छन् ।
उनले संजालमा आफ्नो फ्यानहरुलाइ सबैलाई धन्यवाद दिदै जानकारी गरेका छन् । उनले भनेका छन् :-
“कर्मा छिरिङ शेर्पा र क्युएफए पदाधिकारीहरुसँगको भेट छलफलपछि मैले नेपालमा मेरो जागिरलाई निरन्तरता दिन अखिल नेपाल फुटबल संघसँग ३ वर्षको लागि नयाँ सम्झौता गर्ने निर्णय गरेको छु र सहयोग गरेकोमा कतार फुटबल संघलाई धन्यवाद र मलाई नेपाल फर्काउनको लागि सबै कुरा गरेको छु ।
नयाँ मिसनमा सफलताको कामना गर्दछु.. हामी हाम्रा आगामी २ वर्षको लक्ष्य र योजना छिट्टै प्रकाशित गर्नेछौं, तपाईहरुलाई मेरो वाचा छ नेपाली फुटबलको भविष्य राम्रो हुनेछ तर हामीलाई समय मात्र दिनुहोस्।
तपाईंले देखाउनुभएको माया अरू कुराहरू भन्दा धेरै महत्त्वपूर्ण छ त्यसैले मलाई सधैं तपाईंको हृदयमा बस्न दिनुहोस् 🙏
मलाई मात्र हैन नेपाली फ्यानहरूको साथ र माया चाहिन्छ खेलाडीहरूलाई पनि चाहिन्छ त्यसैले हामीलाई समर्थन गर्नुहोस्, हामीलाई विश्वास गर्नुहोस्, हामीलाई माया गर्नुहोस्। “
६-कात्तिक/ आईसीसी टी–२० विश्वकप क्रिकेटमा आजदेखि ‘सुपर १२’ का खेल सुरु हुँदैछन् । पहिलो चरणको खेल सकिएपछि चार टिम ‘सुपर १२’ मा प्रवेश गरेका छन् । सुपर १२ मा टिमहरुलाई दुई समूहमा विभाजन गरिएको छ । जसअन्तर्गत आज दुई खेल हुँदैछन् ।
‘सुपर १२’ को समूह एक अन्तर्गत अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीच पहिलो खेल नेपाली समय अनुसार दिउँसो पौने चार बजे यूएईको आबुधाबीमा सुरु हुनेछ । यस्तै समूह एकमै रहेको साविक विजेता वेष्ट इन्डिज र साविक उपविजेता इङ्ग्ल्यान्डबीचको खेल पनि आजै दुबईमा बेलुका पौने ८ बजे सुरु हुनेछ