काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले पुरुष क्रिकेट टोलीको मुख्य प्रशिक्षकका लागि विज्ञापन खोलेको छ ।
एक सूचना जारी गर्दै क्यानले पुरुष क्रिकेट टोलीको मुख्य प्रशिक्षकका लागि दरखास्त आह्वान गरेको हो । यसका लागि इच्छुक र योग्य खेलाडीले दरखास्त दिन सक्नेछन् ।
यसअघिका नेपाली पुरुष क्रिकेट टोलीका मुख्य प्रशिक्षक डेभ वाटमोरले पदबाट राजीनामा दिएका थिए । त्यसपछि उक्त पद रिक्त रहेको छ ।
काठमाण्डाै – साफ च्याम्पियनसिप फुटबलको आज हुने फाइनल खेलमा नेपालका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी प्रतिबन्धनमा परेका छन् । साफ आयोजक कमिटीले नेपालका मुख्य प्रशिक्षक अलमुताइरीले लिग चरणमा बंगलादेश र श्रीलंकासँगको खेलमा पहेँलो कार्ड पाएकाले आज हुने फाइनलमा प्रतिबन्ध लगाइएको जनाएको छ ।
प्रतिबन्धपछि अलमुताइरीले असन्तुष्टि व्यक्त गरेका छन् । भर्चुअल पत्रकार सम्मेलनमा अलमुताइरीले साफको नियमावलीमा रातो कार्ड पाएमा मात्र अफिसियलले अर्को खेल गुमाउने उल्लेख भएपनि आफूलाई दोहोरो पहेँलो कार्ड खाएकै भरमा प्रतिबन्ध लगाइएको भन्दै असन्तुष्टि पोखेका छन् । उनले साफका पदाधिकारीले नेपालले प्रतियोगिता नजितोस् भनेर नियमावलीमै नभएको प्रावधान लागु भएको आरोप लगाएका छन् ।
‘नेपालले साफमा गरेका उत्कृष्ट प्रदर्शनबाट साफका पदाधिकारी खुसी छैनन्, उनीहरुले भारत प्रेरित निर्णय गरे’, अलमुताइरीले भने । नेपाल र बंगलादेशसँगको खेलपछि रेफ्रीमाथि हातपात गर्नेहरुलाई साफ पदाधिकारीले केही नगरेको भन्दै मूख्य प्रशिक्षक अलमुताइरीले भारतीय प्रशिक्षकले रातो कार्ड खाएर मैदान जान पाएनन् भन्दैमा नेपाली प्रशिक्षकलाई अन्याय गर्न नमिल्ने बताएका छन् । दोहोरो पँहाेलो कार्डका कारण आज अञ्जन विष्ट पनि खेल्न पाउने छैनन । नेपाल पहिलोपटक साफको फाइनलमा पुगेको छ । उपाधिको लागि आज राति पौने ९ बजे नेपालले भारतसँग खेल्दैछ ।
नेपाल साफ च्याम्पियनशिपकाे फुटबलकाे फाइनलमा पुगेकाे छ । आज भएकाे खेलमा बङ्गलादेशसँग एक–एक गाेलकाे बराबरी खेल्दै नेपाल पहिलाे पटक फाइनलमा पुगेकाे हाे ।
खेलकाे नवाैँ मिनेटमा बङ्गलादेशका लागि सुमन रेजाले हेडरमार्फत गाेल गर्दै टाेलीलाई अग्रता दिलाएका थिए । नेपालका लागि अञ्जन विष्टले खेलकाे ८८ औँ मिनेटमा पेनाल्टीमार्फत गाेल गरेका हुन् ।
२७ असोज / साफ च्याम्पियनसिप फुटबलमा फाइनल प्रवेशका लागि आज नेपाल र बङ्गलादेश खेल्दैछन् । मालेमा रहेको राष्ट्रिय रङ्शालामा नेपाल र बङ्गलादेशबीचको खेल दिउँसो पौने ५ बजे सुरु हुनेछ । नेपालले अहिलेसम्म साफ च्याम्पियनसिपको फाइनल यात्रा तय गर्न सकेको छैन । तर, बङ्गलादेशविरुद्ध बराबरी वा जितको नतिजाले नेपाल पहिलो पटक साफको फाइनलमा पुग्नेछ ।
साफमा सेमिफाइनलसम्मको यात्रा नेपालको ठूलो उपलब्धि हो । श्रीलङ्काले चार खेल खेल्दा अन्य टोलीले तीनरतीन खेल खेलेका छन् । लिग तालिकामा समान ६ अङ्क भए पनि गोल अन्तरको आधारमा आयोजक माल्दिभ्स शीर्ष स्थानमा उक्लिँदा भारतसँगको पराजयले नेपाल दोस्रो स्थानमा झरेको छ ।
साफ च्याम्पियनसिपमा नयाँ इतिहास रच्ने सङ्घारमा नेपाली टोली छ । अब नेपाललाई फाइनल पुग्न मात्र एक अङ्कको आवश्यकता छ । नेपालले सुरुआती दुई खेलमा लगातार जित निकालेको थियो । माल्दिभ्सलाई १–० ले हराएको नेपालले श्रीलङ्कालाई ३–२ ले हराएको थियो ।
२३ असोज, काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) २०२१ काे फाइनलमा पाेखरा राइनाेजले जितका लागि चितवन टाइगर्सलाई ११२ रनकाे लक्ष्य दिएकाे छ । कीर्तिपुरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेकाे पाेखराले १७.५ ओभरमा सबै जिकेट गुमाएर १११ रनमा अलआउट भयाे । पाेखराका लागि असेला गुनारत्नेले सर्वाधिक ३४ रन बनाए । रिचर्ड लेभीले २६ र कप्तान विनाेद भण्डारीले २२ रन बनाए । विपिन रावलले १७ रन जाेडे । बाँकी खेलाडीले दाेहाेराे अंकमा रन बनाउन सकेनन् । पाेखराले ओपनिङ जाेडीमा परिवर्तन गर्दै रिचर्ड लेभसंग विपिन रावललाई खेलाएकाे थियाे । यी दुईले पाेखरालाई राम्राे सुरुवात दिलाउने संकेत गरेका थिए । तर पहिलाे विकेटका लागि ३७ रनकाे साझेदारी गरेपछि लेभी आउट भए । चाैथाे ओभरकाे तेस्राे बलमा रिचर्ड लेभी १५ बलमा ५ छक्का प्रहार गर्दै २६ रन बनाएर आउट भए । करिम जन्नतकाे बलमा दिलिप नाथले लेभीलाई क्याच गरे । ऋत गाैतम पाँचाै ओभरकाे पाँचाै बलमा २ रन बनाएर आउट भए । ऋतलाई कमल सिंह ऐरीले हासिम अन्सारीबाट क्याचआउट गराए । छैटौं ओभरकाे अन्तिम बलमा साेमपालले साहान अराचचिगेलाई शाहब आलमबाट क्याचआउट गराएपछि पाेखराले पावर प्लेमै ३ विकेट गुमाएर ४३ रन बनाएकाे थियाे । नवाैं ओभरकाे तेस्राे बलमा विपिन रावनल १७ रन बनाएर आउट भएपछि पाेखराले ५९ रनमा चाैथाे विकेट गुमायाे । सागर ढकालले शाहब आलमबाट विपिनलाई क्याचआउट गराए । त्यसपछि असेला गुनारत्ने र कप्तान विनाेद भण्डारीले इनिङ्स सम्हाल्ने प्रयास गरेका थिए । तर असेला २४ बल खेल्दै ३ चाैका र १ छक्का मद्दतमा ३४ रन बनाएर १४ औं ओभरमा आउट भए । असेलालाई सेकुगे प्रसन्नले दिलिप नाथबाट क्याचआउट गराए । १५ औं ओभरमा पाेखराले २ विकेट गुमायाे । चितवनका कमल सिंह ऐरीले एकै ओभरमा विवेक यादव र लाेकेश बमलाई आउट गरेपछि पाेखराले १५ ओभरमा १०१ रन बनाउँदा ७ विकेट गुमायाे । यस सिजन उत्कृष्ट खेलिरहेका विवेक ४ रन बनाएर आउट भए र लाकेशले खाता समेत खाेल्न सकेनन् । कप्तान विनाेद भण्डारीले एक छेउबाट ईनिङ्स सम्हाल्ने प्रयास गरेपनि अर्काे छेउबाट विकेट गुमाउँदा पाेखरा कम स्काेरमा राेकियाे । लगत्तै अर्काे ओभरमा विक्रम साेब पनि १ रन बनाएर आउट भए । उनलाई सेकसगे प्रसन्नले बाेल्ड गरे । त्यसपछि नन्दन यादव खाता नखाेली करिम जन्नतकाे बलमा एलबीडब्लु भए । अन्तिम विकेटकाे रुपमा कप्तान विनाेद २६ बल खेल्दै २२ रन बनाएर १८ औं ओभरमा आउट भए । चितवनका लागि बलिङमा कमल सिंह ऐरीले ३.५ ओभरमा २० रन खर्चिएर ४ विकेट लिए । यस्तै करिम जन्नत र सेकुगे प्रसन्नले २-२ विकेट लिए । कप्तान साेमपाल कामी र सागर ढकालले समान विकेट लिए ।
२२-असोज/ तुलसीपुरमा दोस्रो ईन्टर दाङभ्याली टि- २० क्रीकेट च्याम्पियनसिप सनिवार देखि सुरु हुदैछ । डिभिसिसि दाङको आयोजनामा तथा पार्टी फ्लो रेष्टुरेन्ट तुलसीपुरको मुख्य प्रायोजनमा महेन्द्र माविको खेलमैदान तुलसीपुरमा संचालन हुने प्रतियोगिताको उद्घाटन बिहान १० बजे हुनेछ ।
उद्घाटन खेलमा टिएससी तुलसीपुर र बिवाईसि अश्वारा भिड्नेछन् । खेल साढे १० बजे सुरु हुनेछ । त्यस्तै दोस्रो खेलमा बिवाईसि शान्तिनगर र टिएसए तुलसीपुर भिड्नेछ्न् । खेल दिउँसो एक बजेबाट सुरु हुने आयोजक क्लबका अध्यक्ष आभाष बुढाथोकीले जानकारी दिए । पहिलो संस्करण सफलता पुर्बक सम्पन्न गरेको डिभिसिसीले जिल्लामा क्रीकेट खेलको पहुँच अभिवृद्धि गर्ने र नव प्रतिभाहरुलाई क्रीकेट खेलमा स्थापित गर्ने उदेश्यका साथ क्रीकेट च्याम्पियनसिप को आयोजना गरेको बताएको छ ।
प्रतियोगिताको बिजेताले नगद ४० हजार ट्रफी,मेडल तथा प्रमाणपत्र हात पार्नेछ । एकसाता बढी संचालन हुने प्रतियोगिता मा जिल्लामा स्थापित क्रीकेट क्लबका १२ टिमको सहभागिता रहेको छ । प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने ब्यक्तिगत बिधा तर्फका बेस्ट ब्याट्सम्यान,बेस्ट बलर,वेस्ट फिल्डर, म्यान अफ द म्याच, म्यान अफ द सिरिज र मोस्ट सिक्स प्रहार गर्ने खेलाडी लाई पुरस्कृत गरिने उपाध्यक्ष सागर देवकोटाले जानकारी दिए ।
फिफा विश्वकप छनोट अन्र्तगतको खेलमा जापान पराजित भएको छ । गएराति भएको खेलमा जापान साउदी अरेवियासँग १–० गोल अन्तरले पराजित भयो । ७१ औं मिनेटमा साउदीका फिरस अल बुराकनले गरेको गोल नै निर्णायक बन्न पुग्यो । तेस्रो चरणको तेस्रो खेलमा जापानले अहिलेसम्म एक खेल मात्रै जितेको छ । यो समुह बीमा अष्ट्रेलिया र साउदी अरबले शत प्रतिशत जित निकालेका छन् । समूह एमा इरानले युएईमाथि १–० गोल अन्तरको जित दर्ता गरेको छ । यसैगरी दक्षिण कोरियाले इरानमाथि २–१ गोलको जित दर्ता गर्न सफल भयो । इराक र लेबनानले गोलरहित बराबरी खेल्दा चीनले भेतनाममाथि ३–२ गोल अन्तरको जित दर्ता गर्न सफल भयो । अस्ट्रेलियाले ओमानमाथि ३–१ को जित दर्ता गर्न सफल भयो ।
नेपालले साफ च्याम्पियनसिप-२०२१ मा सोमबार श्रीलंकालाई ३–२ ले हराएको छ । जितसँगै नेपाल फाइनलनजिक पुगेको छ ।
जितसँगै नेपाल लिग तालिकाको शीर्ष स्थानमा पनि उक्लिएको छ। नेपाल पछाडि बंगलादेश चार अंकसहित दोस्रो स्थानमा रहेको छ। भारतको एक अंक छ भने आयोजक माल्दिभ्स र श्रीलंका अंकविहीन छन्।
लगातारको जितले नेपालको फाइनल पुग्ने सम्भावना बलियो भएको छ, त्यहीं प्रतियोगितामा श्रीलंकाको चुनौती लगभग सकिएको छ। नेपालका लागि सुमन लामा, अञ्जन विष्ट र आयुष घलानले एक- एक गोल गरे। सुमनले ३३ औं मिनेटमा गोल गरे। उनले श्रीलंकाली पोस्टको गोल लाइनबाट गोल गरे।
यसअघि पुजन उपरकोटीको प्रहार पोस्टमा लागेर फर्किएको थियो र त्यसमै सुमनले ‘प्वाइन्ट ब्ल्यान्क’ बाट गोल गरे। नेपालका लागि १६ औं क्याप जित्दै सुमनले पहिलो अन्तर्राष्ट्रिय गोल गरे र आफ्नो उपयोगिता सिद्ध गरे। सन् २०१६ को बंगबन्धु गोल्डमा डेब्युको अवसर पाएका सुमनले राष्ट्रिय टिमबाट भित्र बाहिर हुँदै पाँच वर्षको अन्तरमा पहिलो गोल गरे।
यो उनको खेल जीवनकै सबैभन्दा सजिलो गोल पनि रह्यो। अञ्जनले ५१ औं मिनेटमा दोस्रो गोल थपे। उत्कृष्ट ढंगले बल अगाडि बढाउँदै निकालेको क्रममा अञ्जनले गोल गरेका हुन्। यो नेपालका लागि उनको छैटौं गोल रह्यो। श्रीलंकाका तर्फबाट मार्वन ह्यामिल्टनले ५७ औं मिनेटमा गरे।
उनले पेनाल्टी एरियाको ठीक बाहिरबाट शक्तिशाली प्रहार गर्दै उत्कृष्ट गोल गरेका थिए। आयुषले ८६ औं मिनेटमा गोल गरे। यो पनि उनको डेब्यु गोल थियो। श्रीलंकाका तर्फबाट डेलन डिसिल्भा ले पेनाल्टीबाट इन्जुरी समयमा श्रीलंकाका लागि दोस्रो गोल गरे। गौतम श्रेष्ठले बल ह्यान्ड गरेपछि श्रीलंकाले पेनाल्टी पाएका हो।
त्यसको ठीक अगाडि सुमन अर्यालले गोल लाइनबाट बल क्लियर गरेका थिए। दोस्रो हाफको मध्यभागमा मनीष डाँगी र आयुष घलान गोल गर्ने राम्रो अवसरमा चुके। खेलको दोस्रो हाफ पहिलोको तुलनामा रोमाञ्चक र प्रतिस्पर्धात्मक रह्यो।
नेपालले आफ्नो पहिलो खेलमा आयोजक तथा डिफेन्डिङ च्याम्पियन माल्दिभ्सलाई पराजित गरेको थियो। त्यसमा मनीष डाँगीले गोल गरेका थिए।
काठमाण्डाै – माल्दिभ्समा भइरहेको साफ च्याम्पियनसिप फुटबलमा नेपालले आज दोस्रो खेल खेल्दैछ । दोस्रो खेलमा नेपालले आज श्रीलङ्कासँग खेल्ने छ ।
खेल राति पौने १० बजे मालेमा रहेको राष्ट्रिय फुटबल स्टेडियममा हुनेछ । नेपाली टिम श्रीलङ्कासँगको आजको खेलमा पनि जित निकाल्ने लक्ष्यमा छ । तर, बलियो टिम श्रीलङ्काविरुद्ध नेपाललाई जित निकाल्न सहज भने हुनेछैन ।
नेपालले पहिलो खेलमा साविक विजेता तथा आयोजक माल्दिभ्सलाई १–० गोल अन्तरले पराजित गरेको थियो । नेपाललाई जित दिलाउन मनिष डाँगीले निर्णायक गोल गरेका थिए । नेपाल तीन अङ्क जोडेर शीर्ष स्थानमा छ ।
नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्ला अल्मुताइरीले साफ च्याम्पियनसिप-२०२१ मा माल्दिभ्समाथि शुक्रबार राति प्राप्त जितका लागि पूर्णत: हकदार रहेको बताएका छन् । उनले अहिले नै खुसीयाली मनाउन हतार नगर्न पनि अनुरोध गरेका छन् । उनले माल्दिभ्समाथिको जित आफैमा ऐतिहासिक भएको भने मानेका छन् ।
प्रशिक्षक अल्मुताइरीले भनेका छन्, ‘माल्दिभ्सलाई उसकै भूमिमा हराउनु आफैमा ठूलो हो, यसको फरक महत्त्व छ। त्यसमाथि साफ च्याम्पियनसिपमै यो माल्दिभ्समाथि नेपालको पहिलो जित हो। त्यसैले म आफै निकै भावनात्मक भएको छु र उत्तिकै खुसी पनि छु। तर अहिले नै धेरै खुसीयाली मनाउन हतार पनि नगरौं।’
उनले थपे, ‘म सबै नेपाली फुटबल समर्थक र अखिल नेपाल फुटबल संघ सबैलाई भन्न चाहन्छु, हामीले अझै धेरै गर्न बाँकी छ। हामी सबै काम योजनाबद्ध ढंगले तह तहमा गर्नेछौं। अब हाम्रो खेल श्रीलंकाविरुद्ध छ। हामीले अहिले नै सबथोक प्राप्त गरेका छैनौं। हामी सबै संयमित हुनु पर्छ।’ अल्मुताइरीका लागि व्यक्तिगत रूपमा पनि यो जित विशेष रह्यो।
मालेस्थित नेसनल स्टेडियममा नेपाली टिमको हौसला बढाउन आएका नेपाली दर्शक।
खेलको अघिल्लो दिन मात्र उनका काकाका कुवेतमा निधन भएको थियो र यसै कारण उनी प्रतियोगिताको प्रि म्याच कन्फ्रेन्समा उपस्थित समेत हुन पाएनन्। उनलाई ढाडको पनि समस्या भइरहेको छ र यसका लागि शल्यक्रिया नै आवश्यकता रहेको छ। यस्तोमा उनले भने, ‘प्रशिक्षकको काम कहाँ सजिलो छ र? फुटबलमा प्रशिक्षकको व्यक्तिगत भावनाको कुनै अर्थ छैन।’
प्रशिक्षक अल्मुताइरीको भनाइ थियो, ‘मेरो परिवारको एक सदस्यको निधन भएको छ र तर अहिले म यहाँ व्यस्त छु। मेरा लागि के ठूलो हो, त्यसको अर्थ छैन। मैले टिमको भलाइका लागि काम गर्नु पर्छ। म आफै ढाडको समस्याबाट गुज्रिरहेको छु। हामी सबैका लागि यति बेला टिमको प्रदर्शनको मात्र अर्थ छ।’