दोस्रो ईन्टर दाङभ्याली खुला टि-२० क्रीकेट शनिवारबाट सुरु हुँदै

  • २२ आश्विन २०७८, शुक्रबार १८:१२ मा प्रकाशित
  • २२-असोज/ तुलसीपुरमा दोस्रो ईन्टर दाङभ्याली टि- २० क्रीकेट च्याम्पियनसिप सनिवार देखि सुरु हुदैछ । डिभिसिसि दाङको आयोजनामा तथा पार्टी फ्लो रेष्टुरेन्ट तुलसीपुरको मुख्य प्रायोजनमा महेन्द्र माविको खेलमैदान तुलसीपुरमा संचालन हुने प्रतियोगिताको उद्घाटन बिहान १० बजे हुनेछ ।

    उद्घाटन खेलमा टिएससी तुलसीपुर र बिवाईसि अश्वारा भिड्नेछन् । खेल साढे १० बजे सुरु हुनेछ । त्यस्तै दोस्रो खेलमा बिवाईसि शान्तिनगर र टिएसए तुलसीपुर भिड्नेछ्न् । खेल दिउँसो एक बजेबाट सुरु हुने आयोजक क्लबका अध्यक्ष आभाष बुढाथोकीले जानकारी दिए । पहिलो संस्करण सफलता पुर्बक सम्पन्न गरेको डिभिसिसीले जिल्लामा क्रीकेट खेलको पहुँच अभिवृद्धि गर्ने र नव प्रतिभाहरुलाई क्रीकेट खेलमा स्थापित गर्ने उदेश्यका साथ क्रीकेट च्याम्पियनसिप को आयोजना गरेको बताएको छ ।

    प्रतियोगिताको बिजेताले नगद ४० हजार ट्रफी,मेडल तथा प्रमाणपत्र हात पार्नेछ । एकसाता बढी संचालन हुने प्रतियोगिता मा जिल्लामा स्थापित क्रीकेट क्लबका १२ टिमको सहभागिता रहेको छ । प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने ब्यक्तिगत बिधा तर्फका बेस्ट ब्याट्सम्यान,बेस्ट बलर,वेस्ट फिल्डर, म्यान अफ द म्याच, म्यान अफ द सिरिज र मोस्ट सिक्स प्रहार गर्ने खेलाडी लाई पुरस्कृत गरिने उपाध्यक्ष सागर देवकोटाले जानकारी दिए ।

    Leave a Reply