
पञ्चाङ्ग साहित्य समाज नेपालको चौथो वार्षिकोत्सव यही असार १३ गते सम्पन्न भएको छ । पाँचै तत्व पाँचै विकार, पञ्चाङ्ग नै ठीक आधार,भन्ने मूल नाराका साथ मिति २०७९/०३/१३ देखि विधिवत दर्ता भई पञ्चाङ्ग लेखन यात्रा सुरुआत भएको थियोे । जुन यही असार ३ गते तेस्रो वर्ष पूरा गरी चौथो प्रवेशमा गरेको छ ।
समाजले उक्त अवसरमा सम्पूर्ण कार्यसमिति परिवार, संरक्षक परिवार, सल्लाहकार परिवार, कानूनविद् परिवार, प्रेस सल्लाहकार परिवार र पञ्चाङ्ग स्रष्टाज्यूहरू लगाएत पञ्चाङ्गलाई यहाँसम्म ल्याउन साथ सहयोग गर्नु हुने सम्पूर्ण महानुभावहरूमा हार्दिक आभार प्रकट गरेको थियो ।
उक्त अवसरमा विभिन्न पञ्चाङ्ग स्रष्टाहरूले आफ्नो शुभेच्छासहित पञ्चाङ्ग प्रस्तुत गर्नुभएको थियो ।
🙏🙏पञ्चाङ्ग 🙏🙏🙏
सधैं सबैलाई जोड्ने पुल बनोस् पञ्चाङ्ग।
साहित्यको एकद्वार मूल बनोस् पञ्चाङ्ग।
वार्षिक उत्सवमा दिन्छु शुभकामना म,
मन्दिरमा सजाउने फूल बनोस् पञ्चाङ्ग।
लामखुट्टे भगाउन झुल बनोस् पञ्चाङ्ग।
🙏पञ्चाङ्ग:🙏
सबैको मनमा बस्न सफल पञ्चाङ्ग।
लेखाइमा पूर्ण कस्न सफल पञ्चाङ्ग।
वार्षिक उत्सवको हार्दिक शुभकामना,
खराब विचार डस्न सफल पञ्चाङ्ग।
सफा हृदयमा फस्न सफल पञ्चाङ्ग।
सुशीला पाैडेल
सम्पूर्णमा पुन पञ्चाङ्गको प्रगति र उन्नतिको लागि शुभकामना दिनु हुन हार्दिक अनुरोध छ।
🙏🙏🙏🙏🙏🙏
पञ्चाङ्गबारे सल्लाहकार तोयानाथ सुवेदी दाजुको भनाइ सहित शुभकामना।।
चाैथाे वर्ष प्रवेश गर्छ सहजै पञ्चाङ्गकाे याे विधा
पाँचाै लाइनमा समाप्त गरिने हाे एकताकाे विधा
मेराे याे शुभकामना छ सबमा लेख्नाेस् तपाईं पनि
स्थायी एक रहन्छ चार सँग ता याैटा स्वतन्त्रै छ नि।
(१)
चाराेटा अनुप्रास निश्चित गरी राखेर लेख्ने गराैँ
लेख्दा सुन्दर भाव झल्कन पुगाेस् भन्ने मनैमा धराैँ
याे साहित्य समाजका कविरमा बिन्ती यही गर्दछु
मेराे याे तन स्वस्थ भाे यदि भने पञ्चाङ्ग याे भर्दछु।
(२)
पञ्चाङ्गकाे उपविधा सुरु भएकाे आज ३ वर्ष पूरा भएकाे छ पञ्चाङ्गका प्रवर्द्धक साेमनाथ लुइँटेल र सुशिला पाैडेलाई धेरैले साथ दिँदै पञ्चाङ्ग लेखिरहेका छन्। याे वैदिक कालदेखि पञ्चाङ्ग आयुर्वेदमा र पात्राेमा उल्लेख हुँदै आएकाेमा अब काव्यकाे जगत्मा पनि उदाएकाे छ। याे वार्षिकोत्सबकाे अवसरमा सम्पूर्ण पञ्चाङ्ग परिवारलाई हार्दिक बधाई तथा शुभकामना छ।पञ्चाङ्गले यसैगरी सधैँ सार्थकता पाओस् भन्दै १ पञ्चाङ्ग प्रस्तुत गर्दछु । जय साहित्य,धन्यवाद
🙏पञ्चाङ्ग 🙏
पञ्चाङ्गले मेराे पनि मन छुन्छ सधैँ
नानाथरी तानाबानाहरू बुन्छ सधैँ
धेरै शुभकामना छ मेराे सबैलाई
लेख्नाेस् स्थायी अनिवार्य यस्मा हुन्छ सधैँ
अनुप्रास मिलाएर राम्राे तुन्छ सधैँ।
तोयानाथ सुवेदी
२०८१/०३/११
पञ्चाङ्ग साहित्य समाज बिधिवत रुपमा दर्ता भएर अाज ३ बर्ष पार गरि चौथो बर्षमा प्रबेश गरेको छ।
यस पञ्चाङ्ग साहित्य समाजका प्रवर्द्धक लगायत कार्यसमितिका पदाधिकारीहरुको मेहनतबाट अाज यो संस्थाले अरु साहित्य विधाले जस्तै अग्रगति लिईरहेको छ।
अागामी दिनहरुमा पनि यसरिनै छलाङ्ग मार्दै जावस र सम्पुर्ण पञ्चाङ्ग स्रष्टाहरुले पनि साथ दिनु हुनेछ भन्ने विस्वासका साथ यो पावन अवसरमा हार्दिक शुभकामना ब्यक्त गर्दछु।
🙏पञ्चाङ्ग 🙏
******
दिन प्रतिदिन पञ्चाङ्ग चुली रहेको छ।
गाउँ घर बस्ती बस्तीमा डुली रहेको छ।
छोटो मीठो लेखनीको बिदा भएर होला।
स्रष्टाहरुको यहाँ मन भुली रहेको छ।
त्यसैले त अाज पञ्चाङ्ग खुली रहेको छ।
**********
मल्ल लक्ष्मी श्रेष्ट
मेची किनार
बिर्तामोड झापा
सल्लाहकार
पञ्चाङ्ग साहित्य समाजले तीन बर्ष पुरागरि चौथो बर्षमा प्रवेश गरेको छ।यश कार्यसमितिका पदाधिकारीहरुको मेहनत ,संघर्षको कदर गर्दै ,आगामी दिनहरुमा पनि प्रगति उन्नति हुँदै जावस् ,साथै सम्पुर्ण पञ्चाङ्ग लेख्ने स्रष्टाहरु प्रति उच्च सम्मान प्रदान गर्दै आजको बार्षिक उत्सवका अवसरमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु !!
🙏पञ्चाङ्🙏
शुभकामना पञ्चाङ्ग साहित्य समाज देख्न पाउँदैछौं उचाईमा
स्रष्टाले खोजेजस्तै समाज रोजेजस्तै मलम लाउँदैछौं उचाईमाव
घमण्ड नगर्नु कहिल्यै ठाउँ बलियो तोड्न सक्दैन कसैले भनी
निराश पनि नहुनु अब जुन अगाडि उठाउँदैछौं उचाईमा
मेहनतले एकजुट भइ नछोडौ लेख्न छाउँदैछौं उचाईमा
अम्बिका अधिकारी
झापा बिर्तामोड
🙏पञ्चाङ्ग 🙏
चौथो बर्ष प्रवेशको शुभकामना भन्छु तिमीलाई
गहन काव्य बिधाको गणनामा म गन्छु तिमीलाई
निखारेर लेखेमा कुन बिधा पो नराम्रा छन् र यहाँ
साधनाले शिखर चुमोस् आशिर्वाद कन्छु तिमीलाई
समेटिउन् जीवन्का उकाली ओराली भन्छु तिमीलाई!
कमला देवकोटा , पाल्पा
🙏शुभकामना🙏
पञ्चाङ्ग साहित्य समाज नेपाल ले तीन बर्ष पुरागरि चौथो बर्षमा प्रवेश गरेको छ।आगामी दिनहरुमा पनि प्रगति उन्नति हुँदै जावस् ,साथै सम्पुर्ण पञ्चाङ्ग लेख्ने स्रष्टाहरु प्रति उच्च सम्मान प्रदान गर्दै आजको बार्षिक उत्सवका अवसरमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु !!
🙏पञ्चाङ्ग 🙏
अक्षर-२५
पञ्चाङ्ग तिमी ७९-३-१३मा आयौँ संम्बृद्धिको साथमा शुभकामना बन्दै,
आउनु है सगरमाथा झैँ उच्च तिमीले माथमा शुभकामना बन्दै।
शुभ जन्मदिनको शुभ आसिस अटल,अम्मरको तिमीलाई आज,
ज्योति छर्दै दिनहरु चलाउनु कलम हातमा शुभकामना बन्दै ,
तिमीले सुर्य सरि प्रकाश छर्नु सबको गाथमा शुभकामना बन्दै।
दुर्गा अाचार्य
🙏🙏 शूभकामना 🙏🙏
हार्दिक बधाई छ पञ्चाङ्ग परिवार । साहित्यको यो नयाँ प्रयोगले धेरै नयाँ तथा स्थापित साहित्यकारहरूलाई नयाँ ढंगले साहित्य सिर्जना गर्दै समाजमा रहेका विकृति विसंगति माथि प्रहार गर्दै जनचेतना जगाउने कार्यमा सहयोग पुर्याइरहेको छ । आगामी दिनहरूमा अझै सशक्त बन्दै निरन्तर अगाडि बढिरहोस् । शुभकामना ।
दुर्गा अधिकारी भमरकोटे
पञ्चाङ्ग साहित्य नेपाल तीन वर्ष पूरा गर्दै चार वर्षमा प्रवेश गरेकोमा सम्पूर्ण पञ्चाङ्ग साहित्य परिवारमा हार्दिक बधाई साथै शुभकामना व्यक्त गर्द्छु🙏🙏
🙏शुभकामना🙏
पञ्चाङ्ग साहित्य नेपाल तीन वर्ष पूरा गर्दै चार वर्षमा प्रवेश गरेकोमा सम्पूर्ण पञ्चाङ्ग साहित्य परिवारमा हार्दिक बधाई साथै शुभकामना व्यक्त गर्द्छु 🙏🙏
🙏🙏पञ्चाङ्ग 🙏🙏
सधैँ सगरमाथा झैँ गम्भिर् रहोस्।
हिमाल जस्तै नै यहाँ चम्कि रहोस्।
सधैँ एकताले अगाडि बढ्नु पर्छ,
सदाको दिन अगाडि लम्की रहोस्।
सधैँ पञ्चाङ्ग साहित्य सम्झि रहोस्।
बेदु न्यौपाने 🌹🌹
🙏🙏शुभकामना पञ्चाङ्ग 🙏🙏
सर्जकको मनभित्र फुलोस् पञ्चाङ्ग
गाउँबेंसी पखेरामा डुलोस् पञ्चाङ्ग
पञ्चाङ्गलाई दिदैँछु शुभकामना
मेचीदेखि कालीसम्म झुलोस् पञ्चाङ्ग
घामजस्तो जूनजस्तो खुलोस् पञ्चाङ्ग
पुष्पाञ्जली
🙏🙏पञ्चाङ्ग शुभकामना तिमीलाई 🙏🙏
समाजका विकृतिलाई हटाउन आउ पञ्चाङ्ग तिमी !
गगनको कालो बादल फटाउन आउ पञ्चाङ्ग तिमी !
पाँचै तत्व पाँचै विकार साहित्यमा तिम्रो मूल नारा !
साहित्यिक मन भित्र अटाउन आउ पञ्चाङ्ग तिमी !
सर्जकको सिर्जित रचना पटाउन आउ पञ्चाङ्ग तिमी !
विष्णु भट्टराई विभु
संरक्षक
🙏🙏 शूभकामना🙏🙏
पञ्चाङ्ग साहित्य समाज नेपालले तीन बर्ष पुरागरि चौथो बर्षमा प्रवेश गरेको छ।आगामी दिनहरुमा पनि प्रगति उन्नति हुँदै जावस् ,साथै सम्पुर्ण पञ्चाङ्ग लेख्ने स्रष्टाहरु प्रति उच्च सम्मान प्रदान गर्दै आजको बार्षिक उत्सवका अवसरमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु !!
🙏🙏पञ्चाङ्ग 🙏🙏
सबैको मनमा फुलोस् पञ्चाङ्ग।
सारा विश्वभर डुलोस् पञ्चाङ्ग।
पञ्चाङ्गलाई छ शुभकामना,
गीत र लयमा झुलोस् पञ्चाङ्ग।
चन्द्रमा जस्तै खुलोस् पञ्चाङ्ग।
ह्यारिस
हार्दिक शुभकामना
आज @पञ्चाङ्ग साहित्य समाज नेपाल तेस्रो बर्ष पूरा गर्दै चौथो बर्षमा प्रवेश गरेको दिन । यहाँसम्म सबै जना पञ्चाङ्गका स्रस्टाहरूलाई हार्दिक अभिवादन र धन्यवाद छ । अबका दिनमा हामीहरूले पञ्चाङ्गलाई अझै उचाइमा पुर्याउनु हजुरहरूको साथ र सहयोगको उपक्षेया राख्दै । सम्पूर्ण पञ्चाङ्गका मित्रहरूमा म अस्वस्थ भएतापनि तपाईहरू सबैबाट साथ पाएको छु साथै कार्यसमिति तथा अभ्यास अनि ग्रुपमा रहनुहुने सम्पूर्णमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।
प्रवर्तक
सोमनाथ लुइटेल “रवि पाल्पाली”
🙏🙏शुभकामना🙏 🙏
पञ्चाङ्ग साहित्य समाज नेपालकाे चौथो बार्षिक उत्सवमा उन्नति प्रगति सु स्वास्थ्य ,दीर्घायुकाे हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु ।
नियमित रूपमा पञ्चाङ्ग लेखेर सहयोग गर्ने , सल्लाह दिएर उत्साह थप्ने , वाचन गरेर रङ्ग भर्ने ,पढेर स्वाद लिने , बेला बेलामा झुल्केर उज्यालो दिने ,तेल थपि थपि पञ्चाङ्गलाई निभ्न नदिने, र प्रत्यक्ष अप्रत्यक्ष रूपमा सहय गर्नु हुने शुभ चिन्तक, पञ्चाङ्ग प्रेमी , सबै सबमा हार्दिक आभार प्रकट गर्दछु ।
यहाँहरुकाे साथ सहयोगले पञ्चाङ्ग विधा मौलाउन सकेको छ र भाेलिका दिनमा अझै दत्तचित्तकन साथ लाग्नु हुनेछ भन्ने अपेक्षा छ ।🙏🙏🌹🌹🌹
🙏🙏पञ्चाङ्ग 🙏🙏
शुभकामना छ अनगिन्ती लटरम्म फलाेस भन्छु
जगतलाई उज्यालो दिन झलमल्ल बलाेस भन्छु ।
मनाउँदै छु पञ्चाङ्ग तिम्रो जन्म दिन केक काटेर,
कलम न्यायका निमित्त त्यो अविरल चलाेस भन्छु ।
हुनु पर्छ तिमी चिरञ्जीवी ग्रहले न छलाेस भन्छु ।
भवानी घिमिरे
सर्लाही
🙏🙏 शूभकामना🙏🙏
चौथो वार्षिक उत्सवको शुभकामना व्यक्त गर्दछु। पञ्चाङ्ग साहित्य समाजमा जोडिनु हुने सम्पूर्ण साहित्यप्रेमी महानुभाव तथा कार्यसमिति परिवारमा मेरो हृदयदेखि शुभकामना छ। जय होस् सबैको । साहित्य तोड्ने होइन जोड्ने माध्यम हो । सबैमा नमस्कार
छवि वैरागी घिमिरे
संरक्षक
🙏🙏पञ्चाङ्ग 🙏🙏🙏
शुभकामना छ सधैं चम्किरहोस् पञ्चाङ्ग।
साहित्यलाई लिएर लम्कीरहोस् पञ्चाङ्ग।
पाँचलाईन,बराबरी अक्षरहरुमा
सुन्दर शब्दमा सधैँ झम्किरहोस् पञ्चाङ्ग,
नबिर्सिनु है कहिल्यै गम्कीरहोस् पञ्चाङ्ग।
शोभा आचार्य गौतम
काठमाडौँ
🙏🙏पञ्चाङ्ग 🙏🙏
तीन बर्ष पार गर्यौ असिम बर्ष पार गरोस् सजिलै।
साहित्यमा पाठकको मन जितेर जोश भरोस् सजिलै।
चौथो वार्षिकोत्सवको शुभकामना पञ्चाङ्ग विधालाई,
विश्वभर आफ्नो सकारात्मक विचारहरु छरोस् सजिलै।
फलोस् फूलोस् उन्नतिले कठिनाइका खोला तरोस् सजिलै।
सुस्मिता अधिकारी ,काठमाडौँ
🙏🙏शुभकामना👍🙏
पञ्चाङ्ग विधा कविता तिमी , साहित्य समाज
सलल बग्यौ तेजिलाे धार , साहित्य समाज।
चौथाेमा वर्ष टेकेछौ तिमी , कामना हजार
श्वदेशै भरि झाँगिनु तिमी , साहित्य समाज
प्रेरणादायी पञ्चाङ्ग तिमी , साहित्य समाज ।
तीर्थ राज जोशी
पञ्चाङ्ग
तेस्रो वर्ष पुरा गरी चौथो वर्ष प्रवेश गरेको शुभकामना
साहित्यिक हृदयमा मीठा शव्दायोजन छरेको शुभकामना
यसका रसास्वादनले तृप्त रहुन् जनमानस अनन्तकाल
अनेकौं वहस माझ पनि सफलताले चरेको शुभकामना
हर निबमा सरस्वती माताको आशिष भरेको शुभकामना ।
शर्मिला श्रेष्ठ सल्लाहकार
ललितपुर
👉🙏🙏 पञ्चाङ्ग 🇧🇹🙏🙏
पाँच तत्व मिलाइ लेख्ने पञ्चाङ्ग
शब्दै शब्द सिलाइ लेख्ने पञ्चाङ्ग
ठिक आधार जानेर पञ्चाङ्ग नै
अभिप्राय दिलाइ लेख्ने पञ्चाङ्ग
पूर्ण भाव पिलाइ लेख्ने पञ्चाङ्ग।
✍️ अच्युत घिमिरे, सर्पाङ, भुटान 🇧🇹
पञ्चाङ्ग साहित्य समाज नेपालले तीन वर्ष पुरागरि चौथो वर्षमा प्रवेश गरेको छ । आगामी दिनहरुमा पनि प्रगति उन्नति हुँदै जाओस् ! साथै सम्पुर्ण पञ्चाङ्ग लेख्ने स्रष्टाहरुप्रति उच्च सम्मान प्रदान गर्दै आजको वार्षिक उत्सवका अवसरमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु !!
🙏🙏🙏पञ्चाङ्ग 🙏🙏
साहित्यको सुन्दर बाग बनोस् पञ्चाङ्ग
कल्कलाउँदो मिठो साग बनोस् पञ्चाङ्ग
मोहित पारोस् दुनियाँ आफ्नो सुस्वादले,
अनुपम गीतको राग बनोस् पञ्चाङ्ग
साहित्य पारखीको माग बनोस् पञ्चाङ्ग ।
✍️
वसन्त अनुभव, प्रेस सल्लाहाकार
घोराही, दाङ
🙏🙏पञ्चाङ्ग 🙏🙏
सबैको मन र मुटुमा बसेको छौ पञ्चाङ्ग
साहित्यको मूल धारमा कसेको छौ पञ्चाङ्ग
नयाँ नयाँ साहित्यकार बटुल्दै जानु तिमी
हामी जस्ता सिकारुसंग फसेको छौ पञ्चाङ्ग
सञ्जालबाटै सबैमाझ पसेको छौ पञ्चाङ्ग |
सरिता सेढाई धादिङ
🙏🙏पञ्चाङ्ग 🙏🙏
केही राम्रा कुरा पनि भए पहिला
मनका मयल पखाली गए पहिला
जहाँ पनि हुन्छ तिता मिठा कुराहरु
ख्याल छ कस् कसले के के कए पहिला
अव राम्रो बिचार गर्नु तए पहिला
सुमित्रा पोखरेल काठमाडौं
“पञ्चाङ्ग”
सबैको मन मन्दिरमा नै झुलोस् यो पञ्चाङ्ग
झरी पछिको आकास जस्तै खुलाेस् याे पञ्चाङ्ग
चौथो बर्षको लाखौ शुभकामना संग सगै
लेक बेसी तराईसम्म नै डुलाेस् याे पञ्चाङ्ग
हजारौ बर्षसम्म नै फलोस् फुलोस् यो पञ्चाङ्ग।
नानीबाबा अधिकारी
काठमाडौं



















