२५ मंसिर, काठमाडौं । सर्लाहीको त्रिभुवन नगर प्रहरी चौकीमा कार्यरत प्रहरी नायब निरीक्षक (सई)राजेशकुमार सिंह र प्रहरी जवान मनोजकुमार यादव घुस रकमसहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले ५० हजार रुपैयाँ घुससहित उनीहरुलाई पक्राउ गरेको हो ।
प्रहरी नायब निरीक्षक राजेशकुमार सिंहलाई कार्यालयबाटै र प्रहरी जवान मनोजकुमार यादवलाई सर्लाहीको ब्रहृमपुरी गाउँपालिका वडा नं. ४ स्थित सगरमाथा बोर्डिङ स्कुलको प्रांगणबाट रंगेहात पक्राउ गरेको छ ।
उनीहरुले भारतीय सीमाबाट नेपालतर्फ घरायसी सामान भित्राउन सहज गराइदिने भनी सेवाग्राहीसँग घुस लिने गरेको अख्तियारले जनाएको छ ।
अख्तियारका अनुसार प्रहरी नायब निरीक्षक सिंहले घुस रकम लिन घुमुवा प्रहरी जवान यादवलाई पठाएको भन्ने सूचनाको आधारमा अख्तियारको टोली परिचालित भएको थियो ।
उनीहरुमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ । साभार अनलाईनखबर.
काठमाण्डौ – नेपालमा चारपांग्रे गाडी उत्पादन गर्ने भन्दै लगानीको अनुमति मागेको कोरियाली कम्पनी मोट्रेक्ससँग परियोजना लगानी सम्झौता भएको छ ।
लगानी बोर्ड नेपाल र मोट्रेक्सका प्रतिनिधिबीच बुधबार प्रोजेक्ट इन्भेष्टमेन्ट एग्रिमेन्ट ढपीआईए)मा सम्झौता भएको हो ।
सम्झौतामा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत र मोट्रेक्सका प्रतिनिधिले हस्ताक्षर गरेका छन् । लगानी बोर्डले पहिलो चरणमा १०५ मिलियन अमेरिकी डलर (झण्डै १२ अर्ब नेपाली रुपैयाँ) लगानी गर्ने सहमतिमा हस्ताक्षर भएको जनाएको छ ।
@IBNOffice
लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत(सीईओ) महाप्रसाद अधिकारीले उज्यालोसँग भन्नुभयो, ‘मोट्रेक्ससँग आजसम्म हामीले छलफल मात्रै गरिरहेका थियौँ, आजदेखि भने टुंगोमा पुगेका छौँ, अब यो समझदारीलाई बोर्ड बैठकले पारित गरेको छ, उहाँहरुले अब वातावरणीय प्रभाव मूल्यांकन (ईआइए) गर्न सक्नुहुनेछ ।’
ईआइए गरेको ३६ महिनाभित्र भौतिक संरचना निर्माणको काम सक्नुपर्ने पनि सम्झौतामा उल्लेख भएको सीईओ अधिकारीले जानकारी दिनुभयो । सरकारले मोट्रेक्सलाई बुटवल धागो कारखानाको जग्गा दिने तयारी गरेको छ । २०७५ सालको चैत १ गते बसेको लगानी बोर्डको बोर्ड बैठकले मोट्रेक्सको लगानी स्वीकृत गरेको थियो ।
काठमाडौं । हुन्डाई ग्रान्ड आई १० नेपालको लागि नयाँ नाम होइन । वार्षिक ८ सयदेखि हजार यूनिटसम्म बिक्री हुँदै आएको छ । अब भारतीय बजारमा ग्रान्ड आई १० को नयाँ मोडल सार्वजनिक भइसकेको छ ।
कम्पनीले ग्रान्ड आई १० नियोस गत अगस्टमा बजारमा ल्याएको भएपनि यसलाई नेपाली बजारमा ल्याउन यसको आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल्सले ढिला गरिरहेको छ । यसो गर्नुको मुख्य कारण यसमा रहेको इन्जिन बताइएकाे छ ।
हुन्डाईले आफ्नो नयाँ मोडल नियोसमा बीएस ६ इन्जिनको प्रयोग गरेको छ । उक्त इन्जिनमा लाग्ने मापदण्ड अनुसारको इन्धन नेपालमा आउन सुरु नभएकाले यसलाई तत्काल नेपाल नल्याएको जनाएको छ ।
नेपाल आयल निगमले आगामी चैत १९ गतेबाट बीएस ६ मापदण्डको इन्धन ल्याउने जनाएसँगै नयाँ वर्ष २०७७ मा ग्रान्ड आई १० नियोस नेपाल आउने छ । यस्तोमा उक्त मोडलमा रहेका केही महत्वपूर्ण फिचरहरु यस प्रकार रहेका छन् ।
एक्सटेरियर
ग्रान्ड आई १० को एक्सटेरियरलाई
स्पोर्टी र फन्की लुक्स दिएर नियोस तयार गरिएको छ । नयाँ कारमा १५ इन्चको अलोय ह्वील लगाइएको छ भने पछाडि नयाँ बम्पर दिइएको छ ।
रिडिजाइन इन्टर्गेटेड एलइडी डिआरएलएस, एलइडी फग ल्याम्प, स्लिकर डिजाइन, नयाँ हेडल्याम्प, क्यासकेडिंग ग्रिल जस्ता परिवर्तन नयाँ नियोसमा पाउन सकिन्छ । यसमा दिइएको मेसिन कट अलोय ह्वील, सार्पर हेडलाइट र न्यू टेलाइटले कारलाई निकै आकर्षक बनाएको छ ।
इन्टेरियर
प्रिमियम फिचर समेटिएको कारमा इन्स्ट्रुमेन्ट
कन्सोल, इन्फोटेनमेन्ट
सिस्टम, स्टेयरिंग ह्वीललाई नयाँ स्वरुप दिइएको छ । ड्याश बोर्डको बीच भागमा राखिएको इन्फोटेनमेन्ट
सिस्टमले एप्पल कारप्ले र एन्ड्रोइड अटो सपोर्ट गर्नेछ ।
कम्पनीले हुन्डाई भेन्यूमा दिइएको कनेक्टेड कार टेक्नोलोजी यसमा पनि प्रयोग गरेको छ । कारमा ८ इन्च टचस्क्रिन इन्फोटेनमेन्ट रहेको छ । साथै, अटोमेटिक क्लाइमेट कन्ट्रोल, यूएसबी चार्जर, रियर एसी भेन्ट, कुल्ड ग्लोबबक्स, रियर पार्किङ क्यामरा लगायतका फिचर उपलब्ध रहेका छन् यसको लम्बाई ३८०५ एमएम, चौडाई १६८० एमएम, उचाई १५२० एमएम रहेको छ । २४५० एमएम ह्वीलवेश भएको यो कार पुरानो मोडल भन्दा ४० एमएम लामो, २० एमएम फराकिलो रहेको छ । यसको ह्वीलवेश समेत रेगुलर मोडलको २५ एमएम लामो रहेको छ ।
इन्जिन
ग्रान्ड आई १० नियोसमा १.२ लिटर कप्पा इन्जिन दिइएको छ । यसले ८३ बीएच पावर उत्पादन गर्छ भने इन्जिनमा ५ स्पीड म्यानुअल ट्रान्समिसनको साथै अटोमेटिक ट्रान्समिसन उपलब्ध रहेको छ । यस्तै, यसमा उपलब्ध यु टु १.२ लिटर सिआरडिआई डिजेल इन्जिनले ७२ पीएस पावर प्रदान गर्छ ।
प्रतिस्पर्धीमोडल
यसले फिचर तथा मूल्यका आधारमा मारुती सुजुकी स्विफ्टसँग सिधा प्रतिस्पर्धा गर्नेछ ।
भेरियन्टरकलर
नयाँ इरा र आस्टा भेरियन्ट बाहेक नियोस यसको रेगुलर मोडलकै भेरियन्टमा उपलब्ध हुदै आएको छ । नियोस बिभिन्न ६ कलर अप्सनमा उपलब्ध रहेको छ ।
माइलेज
पेट्रोल भेरियन्ट अन्तर्गत पाँच स्पीड म्यानुअल ट्रान्समिसन युक्त मोडलले प्रतिलिटर २०.७ किलोटिर माइलेज दिने एआरएआईले प्रमाणित गरेको छ । साथै, पाँच स्पीड एएमटी भेरियन्टले प्रतिलिटर २०.५ किलोमिटर माइलेज दिने दाबी कम्पनीले गरेको छ ।
त्यस्तै, दुबै ट्रान्समिसनमा उपलब्ध डिजेल भेरियन्टले प्रतिलिटर २६.२ किलोमिटर माइलेज दिने एआरएआईले प्रमाणित गरेको छ ।
काठमाडौं, मङ्सिर २४ गते । नेपाल विद्युत् प्राधिकरणले ६३५ मेगावाटको दूधकोसी जलाशययुक्त आयोजना निर्माणको विस्तृत अध्ययन प्रतिवदेन (डीपीआर)लाई अन्तिम रूप दिने तयारी गरिरहेको छ भने वित्तीय व्यवस्थापनका लागि पनि सक्रियता बढाएको आयोजनाले जनाएको छ ।
खोटाङ र ओखलढुङ्गाको सीमा क्षेत्र रभुँवाघाटदेखि डेढ किलोमिटर तल दूधकोसी नदीमा बाँध बाँधेर सुनकोसीमा पानी पुरयाउने र त्यहाँबाट छ सय मेगावाट विद्युत् उत्पादन गर्ने योजना छ । त्यस्तै बाँधस्थलनजिकै अर्को विद्युतगृहबाट थप ३५ मेगावाट विद्युत् उत्पादन गर्न खोजिएको छ । यसअघि भूमिगत विद्युतगृह बनाएर ८३५ मेगावाट उत्पादन हुनसक्ने देखिएकामा आर्थिक तथा अन्य कारणले ६३५ मेगावाट नै बनाउने निष्कर्षमा प्राधिकरण पुगेको छ । ८३५ मेगावाटमा बनाउँदा वित्तीय प्रतिफल अनुपात ९.२ प्रतिशत र ६३५ मेगावाटमा बनाउँदा ९.६ प्रतिशत हुने अनुमान प्राधिकरणको छ ।
आयोजना प्रमुख वसन्त श्रेष्ठका अनुसार अहिले परामर्शदाताले डीपीआर र वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) तथा पूर्ण सम्भाव्यता अध्ययन प्रतिवेदन जनवरी अन्त्यसम्ममा बुझाउने छ । आयोजनाको इटालियन परामर्शदाता ईएलसी इलोक्ट्रो कन्सल्टले जापानको न्युजेकसँगको सहकार्यमा अध्ययन गरिरहेको छ । सम्झौताअनुसार परामर्शदाताले मङ्सिर २ भित्र बुझाउनुपर्ने कार्यसूची थियो ।
प्रतिवेदनहरू प्राप्त हुनासाथ सोअनुसार लगानीको मोडालिटीका विषयमा छलफल गर्ने तयारी प्राधिकरणको छ । पछिल्लो अध्ययनअनुसार आयोजनाको कुल लागत १.५५ अर्ब अमेरिकी डलर (१ खर्ब ७५ अर्ब रुपियाँ) रहेको छ । यसमध्ये एसियाली विकास बैङ्कले आयोजनाका लागि ५५ करोड डलर लगानीको प्रतिबद्धता जनाएको छ ।
परामर्शदाताको प्रतिवदेन प्राप्त भइनसकेकाले वित्तीय व्यवस्थापनको प्रक्रिया अगाडि बढाउन र कम्पनीको कार्यक्रममा मोडालिटी टुङ्ग्याउन सकिएको छैन । “सम्भावित लगानीकर्तासँग अनौपचारिक छलफल भइरहेको छ तर डीपीआर प्राप्त नभएकाले निश्चित रूप पाउन सकेको छैन,” आयोजना प्रमुख श्रेष्ठले भन्नुभयो, “आयोजना निर्माणका लागि गर्नुपर्ने ठेक्का सम्झौताका डकुमेन्ट तयारी पनि गरिरहेका छौँ।”
सन् २०२१ जनवरीदेखि निर्माण थाल्ने भनिएको सो आयोजना निर्माण सुरु भने केही ढिला हुने देखिएको छ । डीपीआर लगायतका प्रतिवेदन अध्ययन, वित्तीय व्यवस्थापन, ठेक्का प्रक्रिया लगायतका काम एक वर्षभित्रै सम्पन्न गर्न समय अभाव हुने भएकाले केही महिना पछि धकेलिने सम्भावना छ ।
रभुँवाघाटमा बाँध बाँधी ताल निर्माण गरेर जम्मा गरिएको पानी सुरुङमार्फत १३.३ किलोमिटर टाढा हलेसी तुवाचुङ नगरपालिकास्थित धितुङको रातेखोलामा निर्माण गरिने विद्युतगृहमा पानी खसाल्ने र सो पानी सुनकोसीमा पुग्नेछ । रभुँवाघाटमा २२० मिटर अग्लो र ६३० मिटर लामो बाँघ बाँधेर जलाशय बनाइनेछ ।
बाँधका कारण जलाशयदेखि सोलुखुम्बुतर्फ दूधकोसी किनारमा दस किलोमिटर, खोटाङतर्फको रावाखोलामा आठ किलोमिटर र ओखलढुङ्गाको ठोट्नेखोला किनारसम्म चार किलोमिटर क्षेत्रफल समेटिने देखिएको छ । आयोजना सञ्चालनका लागि निर्माण गरिने बाँधले तीन जिल्ला खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुका करिब १६२ घर विस्थापित हुने प्रारम्भिक अनुमान रहेकोे आयोजना प्रमुख श्रेष्ठले बताउनुभयो । gorakhapatra online
घोराही उपमहानगरपालिकाले चालु आर्थिक बर्षको चौमासिकमा १० करोड रुपैयाँ बढी राजस्व संकलन गरेको छ । उपमहानगरको सोमबार बसेको राजस्व परामर्श बैठकमा राजस्व शाखा प्रमुख कृष्णकुमार के.सी.ले चालु आर्थिक बर्षको चार महिनामा १० करोड ७ लाख ८० हजार ३ सय ९० रुपैयाँ राजस्व संकलन भएको जानकारी दिनुभयो ।
सबै भन्दा धेरै मालपोत कार्यालयबाट आउने रजिष्ट्रेशन शुल्क ५ करोड ४ लाख ८३ हजार ६ सय ८४ रुपैयाँ उपमहानगरको खातामा आएको छ ।
त्यसैगरी, सम्पत्ती करबाट ९२ लाख २ हजार ९९ रुपैयाँ, मालपोत करबाट ४९ लाख ११ हजार १ सय २९ रुपैयाँ, घर जग्गा बहाल करबाट ४६ लाख ८१ हजार ८ सय रुपैयाँ सकंलन भएको छ ।
यसैगरी, व्यवसाय करबाट ६७ लाख ५९ हजार २ सय १२, घरनक्सा पास दस्तुरबाट २८ लाख ७५ हजार ९ सय ४२ रुपैयाँ, घर अभिलेखिकरण दस्तुरबाट ३९ लाख ३० हजार १ सय ६४ रुपैयाँ, चारकिल्ला दस्तुरबाट १३ लाख ३२ हजार ५ सय ८ रुपैयाँ र घरबाटो कायम सिफारीस दस्तुरबाट २७ लाख ६४ हजार २ सय १६ रुपैयाँ राजस्व संकलन भएको छ ।
राजस्व परामर्श समितिका संयोजक एवं नगरका कार्यबहाक प्रमुख सीता सिग्देल न्यौपानेको अध्यक्षतामा बसेको बैठकले सबै व्यवसायहरुलाई दर्ता प्रकृयामा ल्याउन अभियान चलाउने र जनप्रतिनिधी, कर्मचारी र व्यवसायीहरुलाई कर शिक्षाको बिषयमा तालिम चलाउने निर्णय गरेको छ ।
उपमहानगरपालिकाले चालु आर्थिक बर्षमा २४ करोड ९३ लाख ७५ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको छ । गत बर्ष उपमहानगरले २१ करोड ११ लाख ९ हजार ४ सय ५८ रुपैयाँ राजस्व संकलन गरेको थियो ।
के तपाइलाई थाहा छ ? फेसबुकले आफ्नो प्रयोगकर्तालाई पैसा कमाउने प्लेटफर्म पनि दिएको छ । हामी फेसबुकलाई आफ्नो कुरा सेयर गर्न र म्यासेज गर्न मात्र प्रयोग गरिरहेका छौं तर जान्यो भने फेसबुक बाट राम्रा पैसा कमाउन पनि सकिन्छ । इनटरनेट मार्फत फेसबुक प्रयोगकर्ताले चाहेमा घरमै बसी बसी पनि आम्दानी गर्न सक्ने अप्सन दिएको छ ।
यसरी कमाउनुहोस पैसा
फेसबुकबाट पैसा कमाउन सबै भन्दा पहिले तपाई संग एउटा फेसबुक पेज हुन या बनाउन जरुरी छ र पेजमा दैनिक अपडेट गर्नु गर्दछ जसले पेज रिच बढाउदछ । पेजमा लाइक हुनु महत्वपूण होइन तर पेजमा प्रयोगकर्ताको इन्गेजमेन्ट कति छ यसै अनुसार पेजको रिच तह हुन्छ । पेजको रिच पोस्ट गरिएको समाग्री कतिले लाइक, कमेन्ट र सेयर गरे भन्नेमा भर पर्ने हुंदा जति लाइक, कमेन्ट र सेयर बढ्यो सोही अनुसार पेजको रिच बढ्दछ ।
यदि पेजको रिज राम्रो छ भने तपाईले फेसबुकसंग कन्ट्याक गरि आम्दानी गर्न सक्नु हुनेछ । तपाईले कुनै स्थानिय उत्पादन तथा सेवाको विज्ञापन आफ्नो पेजमा गरिदिन सकिन्छ तर यो प्रयोगकर्ताको मेहनेतमा भर पर्दछ ।
अर्काे तरिका यस्का लागी तपाई फेसबुकको एड्भमन्स युजर बन्न जरुरी हुन्छ । जसका लागी तपाईले एक फर्ममा आफ्नो बैंकको अकाउन्ट नम्बर र आफ्नो सही बिबरण भर्नु पर्ने हुन्छ। फर्म भरेको केही समयमा तपाइको अकाउन्ट एक्टिभ हुन्छ । यस पछी फेसबुक प्रयोकर्ताको एक्टिभिटी अनुसार कमाएको पैसा सोही बैंक अकाउन्टमा जम्मा हुन्छ । यसले व्यावसाहीको लागी समेत नयाँ अप्सन लेराएको छ जसमा फेसबुक पेजमा कल टु एक्सन बटन राखिएको छ। इसले आफ्नो स्मभावित ग्राहक संग जोडिन र आफ्नो उत्पादन र सेवा प्रति पोत्साहित गर्दछ । ग्राहकले पेजमा रहेका पोस्ट देखेर कम्पनीलाई सम्पर्क गर्ने छन । यस बाहेक अर्को अप्सन भनेको प्रगोगकर्ताले आफ्नो टाइमलाइनमा भिडियो सेयर गरेर पनि पैसा कामउन सक्दछन । अपलोड भएको भिडियोमा फेसबुकले विज्ञापन देखाउन थाल्दछ र भिडियोको भ्यू अनुसार फेसबुकले पैसा सदने गर्छ तर यसको लागी भिडियो सक्कली अर्थात कपी नगरिएको र आफ्नै उत्पादन हुनु पर्नेछ । साभार:अर्थसंसार डटकम
चिन सरकारले पुननिर्माणको जिम्मा लिएको शहिद लखन गाउँपालिका–४ ताक्लुङको सिंजाली माध्यामिक बिद्यालयको भवन निर्माण कार्य हाल सम्म शुरु भएको छैन ।
सुविधासम्पन्न भवन बनाइ दिने भन्दै २०६८ सालमा सम्झौता गरेको थियो । तर हाल सम्म भवन निर्माण गर्न नआएको बिद्यालयका प्रधानाध्यापक बल नारायण श्रेष्ठले बताए । डा. बाबुराम भट्टराइ प्रधानमन्त्री हुँदा नेपाल आएको चिन सरकारको उच्च स्तरिय टोलीले नेपालको हिमाली क्षेत्रमा दश वटा सुविधा सम्पन्न आवासिय बिद्यालय बनाउने जिम्मा लिएको थियो ।
ती मध्य आठौ नम्वरमा सिंजाली मावि परेको प्रअ श्रेष्ठले जानकारी दिए । तर हाल सम्म काम शुरु हुन नसकेको प्रति बिद्यालयले चिन्ता व्यक्त गरेको छ ।
‘चिनिया टोली दुई पटक जग्गा हेर्न आयो,’ उनले भने, ‘अन्तिम पटक जग्गा हेरेर गएको पनि डेढ बर्ष भइसक्यो अहिले सम्म केही अत्तोपत्तो छैन ।’ भवन निर्माण नहुँदा अस्थायी टहरामा पठनपाठन गराउन बाध्य भएको उनले बताए ।
भूकम्पका कारण बिद्यालयको ११ कोठे पुरानो भवन भत्किएको बताउदै उनले भने, ‘नयाँ भवन बनाउने जिम्मा लिएको चिन सरकारले अहिले सम्म बनाएको छैन, भवन नहुँदा १ देखि ८ कक्षा सम्म टहरामै पढाउनुपर्ने बाध्यता छ ।’
कक्षा ९ र १० का विद्यार्थीहरु असुरक्षित भनेर स्टीकर टाँसिएको पुरानै भवनमा पढ्न बाध्य रहेको उनले गुनासो गरे । टहरामा पढाउदा जाडोमा अति चिसो र गर्मीमा बढि गर्मी हुदा पठनपाठनमा समस्या हुने गरेको उनले बताए ।
अस्थायी टहरामा एउटा कोठाको आवाज अर्काे कोठामा प्रष्ट सुनिने भएकाले पठनपाठन समेत प्रभावित भएको उनको भनाइ छ । ‘बर्षाको समयमा छाना चुहिएर कक्षाकोठा भित्रै पानी पस्छ, चैत्र बैशाखमा हावाहुरीको समस्या, भवन नभएर साह्रै समस्या भएको छ,’ उनले भने । पटक पटक बिद्यालय व्यवस्थापन समिति, शिक्षक र अभिभावकले पहल गरेपनि वेवास्ता गरेको उनले बताए ।
यो बर्ष पनि भवन निर्माणको काम शुरु हुने नहुनेमा अन्योल रहेको जिल्ला आयोजना कार्यान्वयन इकाइ शिक्षाका प्रमुख विष्णु प्रसाद मिश्रले बताए । ‘यो परराष्ट्र मन्त्रलायले गरेको मन्त्री स्तरीय सम्झौता हो, यो वर्ष शुरु हुने नहुनेमा हामी पनि अन्यौलमा छौ,’ उनले भने, ‘हामीले बनायौ भने भोलि मित्र राष्ट्रको सम्बन्धको कुरा छ, सम्झौता तोड्न पनि भएन ।’
कुटनीतिक मर्यादा विपरीत हुन्छ भनेर सम्झौता नतोडिएको उनको भनाइ छ । एक महिना अगाडि मन्त्रालयमा सम्पर्क गर्दा विद्यालय कहिले बन्छ भन्ने एकीन जानकारी नआएको उनले बताए ।
काठमाडौं । इलेक्ट्रीक स्कुटरको मोडल ‘एसडी १’ नेपाली बजारमा एसेम्बल गरिएको क्लासिक स्कुटर हो । उक्त स्कुटरलाई कम्पनीले १ लाख ४९ हजार रुपैयाँ मूल्य निर्धारण गरेर बिक्री वितरण गरिरहेको छ ।
इलेक्ट्रीक स्कुटर मियामाका लागि नेपालको आधिकारीक वितरक तथा एसेम्बल गर्ने कम्पनी मियामा मोटर्स प्रालिले नेपाली बजारमा इलेक्ट्रीक स्कुटर बिक्री गर्दै आएको छ । कम्पनीले विभिन्न ६ मोडलका इलेक्ट्रीक स्कुटर नेपाली बजारमा एसेम्बल गरेर बिक्री वितरण गरिरहेको हो ।
कम्पनीले अहिले बिक्री गरिरहेको मोडलमा जेवाइ १, एलवाइ १, वाइवाइजेड, सिजेवाई १, टिएन सिक्स र एसडी १ रहेका छन् । यी मोडल मध्ये एसडी १ कम्पनीको क्लासिक डिजाइनमा तयार भएको इलेक्ट्रीक स्कुटर हो ।
लिथियम आयोन र लिड एसिड दुबै ब्याट्री अप्सनमा उपलब्ध यो स्कुटरमा ७२ भोल्ट क्षमताको व्याट्री दिइएको छ । यसमा रहेको लिड एसीड व्याट्री फुलचार्ज गर्न ६ घण्टासम्म लाग्छ भने लिथिएम आयोन व्याट्री चारघन्टामा फुलचार्ज हुने छ । अगाडि चक्कामा डिस्क र पछाडि ड्रम ब्रेक दिइएको यो स्कुटर निकै सुरक्षीत रहेको कम्पनीले जनाएको छ ।
यसमा दिइएको हाइड्रोलिक एयर सस्पेन्सनले
स्कुटरलाई निकै आरामदायी बनाएको कम्पनीले दाबी गरेको छ भने, एक पटकको फुलचार्जमा यसले १०० किलोमिटर माइलेज दिने दाबी गरिएको छ ।
पूर्ण डिजिटल स्पीडोमिटर रहेको यो स्कुटर चोरी हुने सम्भावना अत्यन्त न्यून रहेको छ । यसमा दिइएको रिमोट युक्त साँचोको प्रयोग गरेर यसको पछाडिको चक्का लक गर्न सकिने छ ।
बजारमा लिड एसिड व्याट्रीयुक्त स्कुटरको मूल्य १ लाख ४९ हजार रुपैयाँ रहेको छ भने लिथिएम आयोन व्याट्री लगाइएको स्कुटरको मूल्य १ लाख ८७ हजार रुपैयाँ रहेको छ ।
यो मोटरसाइकलको
उच्च गति ४५ किलोमिटर प्रतिघन्टा रहेको छ । करिब ७० किलोग्राम कुल तौल रहेको यो स्कुटर कम्पनीले काठमाडौंको ज्ञानेश्वरमा एसेम्बल गरिरहेको छ ।
काठ्माण्डौँ – हेरचार डट कम प्रा लि र ब्लुबर्ड मार्ट, दरबारमार्ग बीच एक अर्काका ग्राहक लाइ बिशेष छुट दिने बारे सम्झौता भएको छ । यही मंसीर २०७६ को दोस्रो साता ब्लुबर्ड मार्ट दरबारमार्गमा भएको सम्झौतामा ब्लुबर्डका तर्फ बाट निर्देशक प्रेम पोख्रेल तथा हेरचारका तर्फ बाट प्रबन्धक उत्सब भट्टराईले हस्ताक्षर गरेका थिए।
उक्त सम्झौतामा ब्लुबर्ड मार्ट दरबारमार्गले हेरचारका ग्राहक लाई समान खरिद गरेबापत बिशेष छुट दिने र हेरचारले ब्लुबर्ड मार्ट संग सम्बन्धित ग्रहाकहरुलाई आफुले दिने सुबिधा बापत लिने सेवा सुल्कमा बिशेष छुट दिने उल्लेख गरिएको ब्लुबर्डका प्रबन्धक सचेत शाक्यले बताएका छन्।
हेरचार एक व्यावसायिक सेवा प्रदायक कम्पनि रहेको र हेरचार ले बिगत डेड बर्ष देखि व्यावसायिक घराना तथा आम जनतामा पर्ने समस्या हरु जस्तै बिजुली बत्ति मर्मत, धारा पानी सम्बन्धि मर्मत, काठको फर्निचर मर्मत, रंगरोगन सम्बन्धि, सिसाको काम, अल्मुनियम सम्बन्धि काम साथै घर अफिस सरसफाई लगाएत १२ विभिन्न किसिमका सेवाहरु दिँदै आइरहेको हेरचारका प्रबन्धक उत्सब भट्टराईले बताए ।
हेरचारका प्रबन्धक भट्टराईका अनुसार “समस्या हामीलाई समाधान हजुरलाइ” भन्ने मूल नाराका साथ अगाडी बढेको हेरचारले आफ्नो ग्राहकको हरेक समस्या समाधानमा बिशेष ध्यान दिँदै समयमै समाधान गर्दै आएको छ। छोटो समयमै ५०० भन्दा बडी ब्यावासिक घराना तथा ७०० भन्दा बढी आम ग्राहकलाई सेवा दिँदै आएको छ।
काठमाडौं । भारतमा जीपले हुन्डाई भेन्यू, मारुती सुजुकी ब्रेजाजस्तै सब-फोर मिटर एसयूभी बजारमा ल्याउने भएको छ । कम्पनीले आफ्नो बजार हिस्सा बढाउन र भारतीय बजारमा छोटा एसयूभीको मागमा भइरहेको बढोत्तरीलाई आफ्नो पक्षमा पार्न सब-फोर मिटर एसयूभी ल्याउन लागेको हो ।
जीपले भारतीय बजारमा सुरुवाति दिनमा जसरी कम्पासको बिक्री गर्न सकेको थियो अबभने क्रमिकरुपमा बिक्रीमा गिरावट आइरहेको छ । सुरुवाति महिनामा ३ हजार यूनिट हाराहारीमा बिक्री हुने गरेको जीप कम्पासको बिक्री घटेर अहिले मासिक ६/७ सयमा आईपुगेको छ ।
अमेरिकी चर्चित कम्पनी जीपले भारतीय बजारमा आफ्नो व्यवसाय बिस्तार गर्न कम्पास बाहेक अर्को मोडल नभएर हो भन्ने धेरैको बुझाई रहेको थियो । त्यसैले कम्पनीले अब भारतीय बजारमा जीप कम्पासको फेसलिफ्ट, कम्पास ७ सिटर र सब फोर मिटर नयाँ एसयूभी समेत ल्याउने भएको हो ।
कम्पनीको कम्प्याक्ट एसयूभीमा टु ह्वील र फोर ह्वील ड्राइभ अप्सन रहने छ भने मूल्यका हिसावले यी एसयूभीको मूल्य हुन्डाई क्रेटा, किया सेल्टोस, निशान किक्स र महिन्द्रा स्कर्पियोको जस्तै रहने छ ।
अहिले विभिन्न एजेन्सीले गरेको अनुमान अनुसार भारतमा यसको सुरुवाति भेरियन्टको मूल्य १० लाखदेखि टप भेरियन्टको मूल्य १५ लाख भारुसम्म रहने छ ।
अटोमेटिक र म्यानुयल दुबै गियरबक्समा आउने यो मोडलमा टर्बो चार्ज्ड पेट्रोल र डिजेल इन्जिन दिइने अनुमान गरिएको छ । कम्पनीले यो मोडललाई सन् २०२० को तेस्रो क्वाटरसम्ममा बजारमा उतार्ने तयारी गरिरहेको छ ।
बिगत १८ महिनादेखि नेपाली बजारमा बिक्री वितरण भइरहेको जीप कम्पासले निकै राम्रो बजार पाउन सफल भएको एमएडब्ल्यू लाइफले जनाएको छ ।